Tuesday, May 16, 2017

टुक्रिएको मन ; एउटा मनोबाद

टुक्रिएको मन ; एउटा मनोबाद

-------------------------------
सोच्दैछु, आफनो गाउँ जस्तै ससाना भुभाग ओगटेका मानब बस्ती हाम्रो भुगोल भरि कति होलान? र ती के कस्ता होलान? म अलमलिदैछु। नेपाल नामले संज्ञापित एकादेशको यो मेरो गाउँ कुन अबधिदेखि अबिछिन्नतायुक्त ईतिहास बोकेर आएकोछ? के भएर अमुक नामबाट सम्बोधित हुनपुगेको हो? मेरो नाम थरको न्वारान हुँदा के के घटना परिघटना घटित भएका होलान? यसै खाले प्रश्नहरु माथि टुक्रिदै गएको मेरो मन खाली ब्युत्पत्ति खोज्दै,अनुमानित बुँदा जोडदै, पौराणिक फुर्का लगाउदै, काल्पनिक कथाहरुमा जेलिदै अज्ञात इतिबृत खोजी रहन्छ ।
अचेल जातिय संरचना सीप र संस्कृति बुझाउने आआफनै खाले कथा ब्यथा सुनिन्छन् । कला, साहित्य, सौर्य स्वाभिमानका पनि आआफ्नै पहिचान छन् । समष्टिमा यी सबैको एकीकृत बैभब नै राष्ट्रियता हो । यस्तो अन्तराबलम्बित राष्टियताको सम्बर्धन समकालीन समाजमा अत्याबश्यक हुनगएकोछ । तर खण्डित बिखण्डित मानव भएर सोच्दा यदाकदा बिचलित भइदोरहेछ  र बिचरा बनिदो रहेछ । भनौ भने देशकालका नाममा, जातजातिका नाममा, हामी आफै मानव इतिहासको जीर्णपाना पो हुन थाल्दा रहेछौ । समयले हाम्रो इतिहासमा पनि नित नयाँ कलेवर चढाउदैछ । हामी खाली सिर्जनाको रुपमा मात्र अभिब्यक्त हुन पुग्दैछौ। फगत एक नाम बिशेषले संबोधित सिर्जना ।
आफनै बारेमा भनौ, लेखक बनौ भनेर लेखेकै थिइन, तर कसरी लेख्नथाले, छेउ टुप्पो थाहा पनि छैन । जागिरेबृतिमा जाउला  भनेर नौकरी गरेकै थिइन, तर कसरी सरकारी सेवामा प्रबेश गरे? के के काम गरेर ससम्मान सेवा निबृत भए ? कुनै तर्कसंगत सिलसिला मिल्न सकेकै छैन । सबैले आआफना अर्थमा मलाइ सम्बोधित गरे , मैले सकारे । यसैलाइ उपलब्धि मानेर साँचियो ।
यो सिलसिला बिहीन जीवनयात्रा कसरी शुरु भयो होला?सोच्दा अचम्भै लाग्छ । तत्कालिन भौतिक र सामाजिक आधारहरु मेरो यो यात्राकालका लागि बिल्कुलै अनुकूल थिएनन् । अनुकूल हावापानी र जमिनमा पो केहि कुरा उम्रिन्छ त । तर म प्रतिकूलतामा पनि उम्रिए । त्यतिबेला प्रतिकूलतासङ्ग भिड्नसक्ने हिम्मत पनि म मा थिएन् जस्तो लाग्छ । फलस्वरुप जिबनभरि बिना बिरोध सम्झौता गर्ने बानी बसाल्यो अबचेतनले । कालान्तरमा यहि बानी " अबोधाबस्थाको बोधिज्ञान " साबित भयो मेरालागि । यो सब बन्नुको पछाडी तत्कालिन कारण थिए, आफनै घरको वास्तविक स्थितिको ज्ञान र त्यसले मानसपटमा छाडेको असपष्ट अनुभुति । मेरालागि आफैलाइ अलमल्याउने झुटो आश्वासन थियो आफनो अध्ययन कार्य । कालान्तरमा यहि पढिरहने बानीले दिनचर्यामा जरो हाल्यो । टेकने समाउने केही नभएको म बिनाबाटोको मैदानमा दशकौसम्म भौतारिइ रहे । समय भिटकिदै गयो । यहि परिभ्रमण मेरो पहिचान बन्यो ।
डोटेली- बैतडेली मूल भाषा भएको मलाई नेपाली राष्ट भाषा बोल्न नै आउदैनथ्यो । बाचक भएर अलिअलि अक्षर उच्चारण गर्न सिके पनि राम्रो लेख्न जान्दैनथे । मुढेबल लगाएर केबल पढिरहन्थे, लेखिरहन्थे । ठिक बेठिक भनेर भनिदिने सिकाइ दिने कोहि थिएन । मेरो यो अबोध सम्बोधिका असजिला अबधिमा अघोर एकान्तभित्र कुनै सुसाइरहने जस्तो अज्ञात सहयोगी शक्तिले अनुगमन गरिरहे झै लाग्दथ्यो । यहि अनुभूतिले अन्यौल अनिश्चितता र दिशाहीनताबाट मुक्ति दिन्थ्यो । म इमानदारीपुर्बक पढथे र जाने जति लेख्थे ।
यो क्रममा म के भए? थाहा छैन । तर जे पाए त्यो मेरो नितान्त नीजी आर्जन रह्यो । यसैमा मलाइ गर्व छ । स्वेच्छाले म न कतै गए, न कसैको ढोका ढकढकाए । अहममा आघात पर्ने कुनै काम कहिल्यै पनि मैले गरेकोछैन । यहि मेरो आत्मबोध र अर्थ्याइ हो ।
आकाशमा उडेको चंखाजस्तो भए पनि म मेरा पुर्खाहरुको निरन्तरताको डोरिमा बाँधिएको हुन्छु । पुर्ख्यौली सम्पत्तिमा मेरो दाबी छैन भन्न पनि सक्दैन । म संग मेरा पुर्खाहरुको केही ईतिहास छ, केही संस्कार छन्  र केही खानदानी रौब पनि छ । यो सब मेरा पितामह र प्रपितामहको कमाइ हो, जसमा अमुक नामको उपयोग गरि कागजी श्रेस्ता वा मायावी पहिचानमा म दरिएको हुन्छु । संगसंगै मेरो गाउँ परिबेशको धुलोमैलो टक्टक्याएर नौलो क्रम थाल्ने सोच पनि छ , जो मेरा पुर्खाहरुले साँचेका थिए ।
यदाकदा र्याङठ्याङ नै नमिलेको समाज, तालमेल नमिलेको स्थिति, बिग्रेको चाँजोपाँजो र घरपरिवार तथा बिपरीत परिस्थितिको जेलाइमा कोपरिएको मन बिझदो रहेछ, दुख्दो रहेछ ।यी दुखाइका सम्बेदनाहरु शब्दमा ल्याएर कोरल्दा यस्तै लेख वा कबिता बन्दो रहेछ । तुकताल नमिलेका यी अक्षरभित्र कसैले मेरो आर्तनाद सुने वा नसुने पनि मलाइ  भने यो अल्याङमल्याङ साँचिरहन मन लाग्छ । जीबनभित्रका बेथिति र विपरीत अबस्थाका दुर्भाग्यपुर्ण दुखजिलाहरु पनि अप्रासाङ्गिक लाग्दैनन् । बिपरीततामा जेलिएको जीवन एक बिब्ल्याटो नियति हो । यो सकारेर मात्र म श्रष्टा या सर्जक हुनसक्छु भन्ने लाग्दछ । अतः बिगतबारे पछुतो पनि छैन, उपलब्धि मानेर अभिमान पनि छैन । कसैको पनि महानतामाथि आस्था राख्छु, तर भक्ति कसैको पनि गर्दैन । महापुरुषहरुमा श्रद्धा छ, तर म पुजा कसैको पनि गर्दैन । हरेकको त्यागबाट प्रभावित रहन्छु, तर कसैमाथि समर्पित रहदैन ।
मबाट कुनै स्वार्थसिद्ध हुननसक्दा चेपारेहरुबाट हुनसक्ने एकाङ्की  आलोचनाहरु,कुनै अभिष्ट प्राप्त नहुदा घुसघुसेहरुले गर्नसक्ने गालीहरु वा छेपारेहरुबाट मौसमी रंग अनुसार गरिएका प्रायोजित अभिनयहरु देख्दा सुन्दा कता कता चस्स त हुन्छ नै, तर ठाउँ हेरि व्यवहार गर्न  र अबसर हेरि फाइदा उठाउन नजानेर " बुद्धू " मा दरिएको म यथार्थमै किनारको साछी भएर बस्नमा रमाउन चाहन्छु । म आफैले अबमुल्यन गरेको कुनै कथित मुल्यका लागि किमार्थ लडन सक्दैन । आफनै अपमान हनेगरि हल्ला मचाएर सम्मानित हुन पनि चाहन्न । बरु आफैप्रति बिश्वास नगर्ने लघुताको बिरोधमा सँधै युद्ध गर्न चाहिरहनेछु । यहि मेरो मानसिक अठोट छ ।
यसो लेखिरहदा मलाइ लाग्दैछ, मैले उमेर अनुसार जीवन भोग्ने अबसर कहिल्यै पाएन । त्यो अबसरबाट बञ्चित भएकोले नै म अब्याबहारिक भए कि ? अथवा भनौ, सँधै एकतहमाथिको जीवन बाँच्दा सिमान्त क्षणमा किनारिकृत पो भए कि ? न केटाकेटिमा चकचके भए, न जोबनमा जोशिलो । सँधै प्रबोधाबस्थामा बस्नु नै बुद्धुपन हो कि ? त्यसो त कमजोर गाँठ भएको मानिससंग आँट हुने कुरा पनि भएन ।
यस क्रममा अरुको बृद्धानुभुति कस्तो हुदोरहेछ, थाहा छैन । तर म भने जेठो भइकन पनि अरुले निर्बाह गरे जस्तो गुरुत्व सम्हालने पक्षमा पनि छैन । थकाली मुखिया बन्न पनि चाहदैन । अर्कोतिर कम उमेरमै फाइफुइ लाएर बूढो थकालीको भुमिकामा रहन खोज्ने भाइहरुलाइ पनि मेरो साधुबाद छ । तै पनि यदाकदा जेष्ठताको अनुभुतिका कारण जुनियरहरुले आलोकाँचो अहंकार देखाउदा कता कता मन भित्र नमीठो पिरलो भने उठिहाल्दो रहेछ ।
अघाइ सकेको मानिसलाई थालको भोजन बेस्वादे लागेजस्तो साठी कटेको जीबनमा के पो हस्याङफस्याङ गर्नु र भन्ने लागिरहेकोछ । बाँच्न गारो पर्ने समयमा बुढै हनुपर्छ भन्ने पनि केही छैन । मर्न नसकेर बाँचेको भए पनि खेल खेल्दै ख्यालख्यालमा साठीको सँघार काटिएको पत्तै भएन । जिबनको यो गणित अचम्भ लाग्दो छ । अझै पनि बूढो  भएर त पटक्कै डराइएको छैन , तर गर्नुपर्ने काम धेरै बाँकी रहन्छन कि भनेर अलमलमा भने परिदो रहेछ ।
यस्तै ससाना ब्याबहारिक अलमलमा मनोबैज्ञानिक समाधान खोज्न हाम्रा गाउगर्खामा स्थानिय लोकदेउता पुकार्ने चलन छ । यी पुकारहरुको प्रत्युत्तर धामीहरु मार्फत कूटभाषामा प्राप्त हुन्छ । केही कालको प्रभाव र केही लोकको बिब्ल्याठो बठ्याइले गर्दा यस्ता लोकप्रभाबी प्रचलनमा पनि गुणदोष थपघट भैरहन्छन् । अक्सर मैले सुनेकोछु, धामीहरु " भाबी " दिदा " दस चित्तको एक चित्त गर्ने " भनेर बोल दिन्छन् । लोक बोलीमा चित्त भनेको मन हो । माथिका बोलको मनसाय " दस मन नगर्नु, एक मन गर्नु " भनेको हो । यो उक्ति मलाइ बहुतै मननीय लाग्दछ । ब्रजबासी गोपिनीहरुले उद्धब मार्फत प्राप्त श्रीकृष्णको रैबारको जवाफ पनि यस्तै गरि दिएका थिए । " उधो! मन नभयो दशबीस " अर्थात हे उद्धब ! हाम्रो मन दस बीसवटा भएका छैनन । एउटा मनमा कृष्ण बसिदिए पछि लम्बेचौडे अन्य कुरामा किन टाउको दुखाउनु । दस मन गरे पो अशान्ति हुन्छ । एउटा चित्त हुनु नै शान्ति हो, जो अभिष्ट पनि हो ।
म पनि दस चित्त नगरि सद्चित्त आनन्दकासाथ आकाशीन चाहन्छु । मेरो यो अज्ञात यात्रमा साथ दिने अनन्त शक्तिहरु सदैब ममाथि कृपालु रहनेछन भन्नेमा अत्यन्तै आश्वस्त छु । यो मेरो मनले सदैब यस्तै शिबसंकल्प लिईरहोस भन्ने कामना गर्दछु । तन्मे मनः शिबसंकल्पमस्तु । आजको बासठ्ठियौ बर्षप्रबेशको अबसरमा यो मनोबाद यो मनोबाद यहि सत्संकल्पमा टुङग्याउदैसबैको जीबनयात्रा यस्तै सुन्दर बनोस भन्ने शुभभावसमेत यो आलेखमार्फत अभिब्यक्त गर्दछु । शिबास्ते पन्थानः ।
( बैशाख २८, २०७४ । महेन्द्रनगर )


===================?????????????????????===========================

Wednesday, May 10, 2017

नगर बनिरहेका हाम्रा गाउँघरहरु



(नगरमा बदलिदै गरेका गाउँहरु र देखे सुनेका अनुभव)
गाऊँ  हाम्रो सामाजिक र आर्थिक संरचनाको बिशिष्टतम इकाइ हो । निश्चित सानो भुगोलमा खासगरि कृषि कर्म या परम्परागत कामगरिरहेका जनसमुहको वस्तिलाइ गाउँ भनेर चिनिन्छ । कृषिमा आधारित संयुक्त परिवार, मन्द बिकास, गरिबी, अशिक्षा ,अपेक्षाकृत रुढिग्रस्त समाज नै गाउँका साझा बिशेषता हुन् । तर समय परिबर्तनशील छ । गाउँहरु पनि बदलिदै छन या भनौ गाउँहरु नगरमा परिबर्तन हुदैछन  । गाउँको भ्रमण गर्दा प्रथम  दृष्टि मै यस्ता परिबर्तन देखिन्छन् ।
संझिन्छु, हामी सानोहुँदा मेरो पहाडी दुर्गम गाउँमा कुनै पनि गाउँले परदेश ( बोलचालको भाषामा देस) बाट छुट्टीमा घर आउदा पुरै गाऊँमा एक किसिमको आनन्दको वातावरण बन्थ्यो । स्वागतार्थ सारा गाउँ प्रतिक्षामा हुन्थ्यो । आउनेले प्राय: सबैकालागी केही न केही लिएर आउथे, जस्तो- लुगाफाटो, चुरापोते, डोरी, काइयो, मिठाई , बिस्कुट, चुरोट, बिडी आदि ।काममा फर्कने बेला पनि गच्छे अनुसार केही रुपिया पैसा दिएर जान्थे । बिदाईको दृश्य आत्म विह्वल र अश्रुपूरित हुन्थ्यो । उहिले गाउँमा आफनै शैलीमा नयाँ प्रयोग पनि हुन्थे । जस्तो मेरा पिताजीले बाघ लुकेको ठूलो ओडारको मुखभित्र  आगो बाली खुर्सानी हालेर गारो लगाऊदा त्यस्को पिरो धुवाँले दोस्रो दिन बाघ मरेको थियो रे । गाउँमा आफनै जेष्ठता हुन्थयो, गाउँका आफनै प्रथा परम्परा थिए । भन्नेहरुले जतिसुकै बक्र व्याख्या गरे पनि यी परंपराको निर्बहनमा कुनै उचनिचको संस्तरण थिएन । स्थापित मान्यताका केही मानक आदर्श थिए । केही शास्त्रीय व्याख्या वा किम्बदन्तिका बुँदाहरु जोडिएका हुन्थे । यस्ता प्रचलनहरुसंग खेलवाड गर्ने कसैको साहस हुदैनथ्यो ।
तर समकालीन स्थिति भिन्न देखिन्छ । रुढ प्रचलनहरु परिष्कृत हुनुको साटो केही नौला प्रयोगहरुमा गाउँ रुमलिदैछन् । उदाहरण दिनुपर्दा धेरै तिर औल्याउन सकिन्छ । जस्तो लोकगीतहरूको धीत मर्दैगरेको जस्तोछ । आधुनिक बेण्डबाजा र अत्याधुनिक रक र पप गीत ज्यादा सुनिन्छन् । पर्बहरूमा सामुहिकता क्रमस: टुटदै गइरहेकोले गुटबाजि बढदैछ । हो, केही दोकानहरु खुलेकाछन् । गहूँ वा मकैको बदलामा दिइने खाँण ( मिश्री ), बिडी , नारियल( गोला ) वा चुरापोते जस्ता सामान्य सामानका चलायमान ब्यापारले क्रमस: आधुनिक ब्यापारको स्वरुप ग्रहण गर्दैछ । गाउमै खिर्चीमिर्ची देखि हार्डवेयरसम्म पाउने " मल्टि स्टोर " समेतको उद्घाटन भैसकेकोछ । केही नौजवान सराबको लत लागेर बर्बाद पनि हुदैछन । गाउमै चाउचाउ, बिस्कुट, क्रिम, तेल, सैम्पु, कोकहरु समेत उपलब्ध छन् । वालकहरु चिप्स खाँदै बर्थडे मनाइरहेकाछन् । गाउँका पसलहरूले पुर्णरुपले रंग फेरिसकेकाछन् ।
संभवतः  आज परम्पराहरुको   निर्वहन त हुन्छ तर औपचारिकतामा मात्र। यसै गरि अन्य परम्परा पनि आफनो स्वरुप बदल्दैछन , सिमित औपचारिकतामा त्यहि पुरानो उद्देश्य र भावनाको निर्बाह येनकेन गरिएको हुन्छ । पूराना संस्कार न्वारान, ब्रतबन्ध, मुण्डन , बिबाह र अन्तिम संस्कारको पनि यहि हालत छ । सबै औपचारिकतामा, प्रदर्शनमा सिमित भएकाछन् , हुदैछन् । प्रबिधि र बिकासमा पहुँचका कारण ब्यक्ति सुदुरबर्ति भए पनि संचार माध्यमले निकटता खोजीरहेको देखिन्छ, तर हार्दिक भावना केबल औपचारिकता मात्र बनेकाछन् । यो स्थितिकाकेहि बिम्बहरु एकदिने( वनडे) बिबाह, शराबको बढदो मांगमा सपष्ट देखिन्छ । " पंडितजी! चाँडो गरिदिनोस् " भन्ने अनुरोधहरुमा रितिरिवाज र संस्कारहरुमा बदलिएको भावनाहरु समाबेश भएका हुन्छन् । अचेल रोगी र बुढाहरुमात्र गाऊँमा ज्यादा देखिन्छन । अर्थात गाउँको उर्जा क्रमस: पलायोन्मुख छ । उर्जाहीन गाउँको अस्तित्व कति रहला भन्ने अडकलमात्र गर्न सकिन्छ । उहिलेको मजबूत गाउँ अहिले मजबुरिमा चलेकोछ ।
यो बदलिदो स्वरुपसंगै श्रमिक बर्ग बिस्तारै आठ घण्टा कामगरि ज्यादा पारिश्रमिक लिने ध्याउनामा निकटबर्ति नगरोन्मुख बनेकोछ । आश्चर्य लाग्छ, गाउँका मानिस शहर पसेर गाउँको भन्दा ज्यादै खराब स्थितिमा बस्न मन पराइरहेकाछन् , तर गाउँको सम्मानजनक जीवन मन पराइरहेका छैनन् । स्थिति डरलाग्दो छ ।
यस्तो कुरा गरेर म कुनै स्वैर कल्पनाको बयान गरिरहेको छैन । मैले गाउँमा जे देखे, जे भैरहेकोछ त्यस्को कुरा गरेकोहुँ । गाउँमाआएको सामाजिक र आर्थिक परिबर्तन का कुरा गरेकोहुँ। पानी, बाटो,  बिजुली , स्कुल, सामुदायिक भवन, प्राथमिक अस्पताल र अत्यधिक महंगाइ तत्कालिन सार्बजनिक चासोका कुरा हुन् । गाउँबाहिर मजदुरी गरि पठाइएको सिमित पैसाले गाउँको अर्थब्यबस्थामा पनि तरलता आएको यदाकदा महसूस हुन्छ । यसै सन्दर्भमा एकजना बिकासबिदले कुराकानीका क्रममा बनबेत गर्दा ढपक्क गरि लाएका महिलाहरुले पहिरेका गरगहनालाइ संकेत गरि भनेको कुरा सम्झिन्छु "यतिका सुनचाँदि सदाकाल बोकि हिडने गाउलेलाइ गरीब भन्न मिल्दैन् "। गतबर्ष मात्रै मेरो गाउँमा सडक बनाउन चाहिएको आधाकरोडको रकम दुई दिनमा जम्मा गरि दुई हप्तामा १२ कि मि बाटो खनिएको थियो । अचेल यो तरलताको उपयोग गर्दै क्रयशक्तिको प्रदर्शन र केही सिमित धन्दाको बिस्तार भएको पनि देखिन्छ । गाऊँको पनि आर्थिकसामाजिक  अध्ययन गर्नुपर्ने बेला आएकोछ । गाउलेहरुमा देखिएका मनोगत प्रबृतिहरुको मनोबैज्ञानिक , मनोसामाजिक अध्ययन गर्नुपर्ने बेला आएकोछ ।
म गाऊँहरुका बारेमा गरिएका प्रयोजित अप्रायोजित सैम्पल सर्भेका नतिजाहरु पढछु र उपरोक्त ग्रामिण तस्बीरहरुसंग त्यस्को तादात्म्यता खोज्दछु । प्राय: भन्ने गरेको पनि सुन्छु कि गाउँमा केही भएको छैन, पैसा छैन, सब गरिब छन् आदि आदि । प्रश्न गर्न मन लाग्छ, यो तडकभडक, यो बढदो उपभोगबादमा नाँचीरहेको पैसा कहाँबाट आउदैछ ?
ब्यापारीहरु ढोकामै कुटेको चामल र फलेको दाल किन पु-याइरहेकाछन ? गाउँको आधुनिक पहिरनले यसको कुन सुदूर भबिष्य बताइरहेकोछ? यी यक्षप्रश्नहरुमा घोत्लिनु पर्ने समय आएकोछ  ।
यहाँ देखिने सोलार पेनलहरु, स्कुलहरुमा खोलिएका कोचिङका क्लासहरू, बढदो अन्तरजातीय बिबाहहरु, आधुनिक रङ्गरोगन सहितका सिमेन्टेट घरहरूले हाम्रो मनोबैज्ञानिक र धरातलीय स्वरुप बदलिएको जनाउ दिइरहेकाछन् । यो बदलिदो समाजको ढाँचागत परिबर्तनलाइ समयमै नियमन गर्नुपर्ने तर्फ सबैले सोचुन, सबैलाई चेतना आओस् भन्ने अभिलाषा स्वाभाविक हुन आउँछ ।
अचेल निर्बाचनको मौसम भएकोले होला, विभिन्न रुपमा नेता अभिनेताहरु सक्रिय भएकाछन् । आमजनता खुला आकाश ताकि रहेकाछन, कोहि केही नबुझेर, कोहि आशापुर्ण नजरले र कोहि निर्णय गर्न नसकेर । यो नाटकबाजीले पछि के होला भन्न नसकिए पनि राजनैतिक सजगता बढेकोछ । मऔ बार कुकुर तेर भएको यो परिस्थितिमा के के बिकल्प छन , सोच्नुपर्ने हो तर यहाँ बिकल्प कम मजबुरि ज्यादा देखिन्छन् ।
अत: अब हाम्रा मौलिक गाउँहरुलाई बचाउनु राष्टिय कर्तब्य बनिसकेकोछ । हामी सबैले गाउँ, गरीब गाउँले र गाउँका मर्यादाहरुलाइ बचाउन आबश्यक कदम उठाउने बेला आउदैछ । हाम्रा गाउँहरु बाचेनन् भने गाउँ  नै गाउँको देश भनिएको हाम्रो राष्टको मौलिक पहिचान समाप्त हुनेछ । त्यसैले अब शहर भन्दा गाउँतिर सरकारले बढि ध्यान दिनु पर्नेछ । गाउँहरुको बिकासनै समष्टिमा राष्ट बिकास हो । केही सिमित शहरहरुको बिकास र अधिकांश गाउहरुको जनसंख्या जोडजाड गरि गठन गरिएका नाम मात्रका नगरपालिकाहरुको घोषणामात्रले हाम्रा मूल समस्या समाधान हुने देखिदैनन् । गाउँहरु बचाउन सक्यौ भने राष्टकोलागी बहुतै ठूलो कार्य हुनेछ ।

Tuesday, May 9, 2017

मेरो रसिलो भुुमी

प्यारो रसिलो भुमी

--------=============----------------
 तिम्रै निर्मल शिर्ष देखि कलकल् बग्दैछ पानी तल ।
  तिम्रै वृक्ष समूहले गगनमा फ्याक्दैछ हावा अझ ।
तिम्रै काख बनेछ गाउँघरमा निर्बाहको मञ्जरी
सारा तिर्थ र देबतादि रहने मेरो रसिलो भुमी !
अग्ला पर्बत श्रृंखला हिमचुली शैबालिनी निर्झरी,
खोला खेत गरा पहाडमुनिका पाखा पखेरा पनि
धर्तिकै अती दिब्य स्वर्णिम छटा फैलाउदिछौ तिमी
क्या राम्रो रचना रच्यो प्रकृतिले मेरो पियारो भुमी ।।
सारा बैभव राजपाट गरिमा चाहिन्न केही पनि
हे मेरी धरिणि! पबित्र महति! बुध्दत्व देउ तिमी
तिम्रै शुध्द पबित्र जल जमिनमा अध्यात्मबेत्ता बनी
बस्ने बास मिलोस् भनी गुहार्न पुगियो मेरो मयालु भुमी ।
आफ्नै संस्कृति धर्मका चहकमा आस्था पलायो अति
सारा विश्व डुले पनि तिमी सरी काँ पाउनु नि भनी
आफनै शान्त सुस्वादु मौन मनमा सारै रमाइबरि
थाले बस्न म ता तिमी नजिकमै मेरो दयालु भुमी ।।

Tuesday, April 18, 2017

मेरो गाउँ र तिम्रो शहर

मेरो गाउँ र तिम्रो शहर

दुई दिन भयो,
घट्ट बिग्रिएछ
पिठो थिएन
ऐचोपैचोबाट काम चल्दैछ ।
चामल दाल ल्याइदिएका थिए
सकिनै लागेछ
फेरि भन्नू पर्नेछ ।
कसै कसैका घरमा ताला छैन
धेरैका घरमा पर्खाल छैन
कसै कसैका घरमा त गतिलो ढोका छैनन,
केही भएको छैन, चलेकैछ ।
परि आउदा गाउलेले पर्म खोज्छन्
सहयोग खोज्छन् ,
किनकि त्यो गाउँमा मात्र पाइन्छ ।
त्यहाँ बिकसित शहर भित्र
वल्लो कोठाले पल्लो कोठा चिन्दैन।
ढोका थुनेर भित्री कोठामा मान्छे बस्छ ।
गेटको फलामे ढोकामा ताला झुन्ड्याइन्छ।
कतै" कुकुरदेखि साबधान" को बोर्ड छ
कतै त चौकिदार पनि उभ्याइन्छ ।
शहरबासी शिक्षित सभ्य जनहरु!
तिमीहरु को संग यत्रो बिदि डराउछौ कुन्नि
यहाँ गाँउमा त मेरो गुरुजीले अझै भने गरेकाछन् ।
" न बिराउनु, न डराउनु
किनकि गल्ति नगरे डराउनै पर्दैन् "।

Wednesday, April 12, 2017

मृत्यु पर्खिरहेछ

                                 (कथा साभार :- राशि पाण्डे , Rashi-pande.blogspot.com बाट )

सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाई चारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ ।
के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के काम ? मासु खान हुन्न, हलो जोत्न हुन्न । बित्थामा आधा दुध त त्यसैलाई पोस्दै ठिक हुन्छ । फेरि तिन, चार वर्ष पाल्यो, देवीलाई बलि चढाउनेहरूले कति नै दिइहाल्छन् र ? तिन, चार सय त हो नि ? दुध नै हजार–पन्ध्र्र्र सयको खाइदिन्छ ..... तराईमा त थुप्रै पैसा दिन्छ रे पाडाको पनि ? के गर्नु त्यहाँ दिएर ? लैजान सकिने होइन ?
घाँसपात पाए त के थियो नाइँ .... दुहुनीलाई त एक भारी हरियो खोज्न कति गारो परिसक्यो ? वनपालेले अचेल स्याउलै काट्न दिन्न । कसले पाल्न सकोस् पाडो ? फाल्दिनै प¥यो । घरधनीबुढी अठोट गर्छिन् ..... पाडी पाए त, ब्याँउछ, दुध दिन्छ, गोठ बढाउँछ भन्नु ?
“इजा, इजा बच्चा निस्कन लाग्यो ।” सानी छोरी चिच्याउँछे । घरधनीबुढी हत्तारिँदै बाहिर निस्कन्छिन् “इजा, बच्चा नफाल्ने है ? पाडो भए पनि नफाल्ने, वीरचन्दको झैँ ठुलो राँगो बनाउनुपर्दछ हुन्न ?”
“जाबो एउटा भैँसीका लागि एउटा सिङ्गै राँगो पाल्न सकिन्छ ? गाउँमा एउटा भए त पुगिहाल्यो नि” उनी हकार्दछिन् । 
“चार माना दुध दिनहुँ त्यसैलाई चाहिन्छ ? चार माना दुधको कति घिउ बन्छ, भन् त ?”
“सार्कीलाई बोलाएर ल्याऊँ ? उसले पाडो लगिहाल्छ” ठुलो छोरो सुझाउ दिन्छ ।
“पर्दैन, सार्कीले काटेर खान्छ ? हामीलाई पाप मात्र लाग्ने हो । चौलानेको बगरमा राखिदियो, जति दिनसम्म आयु लेखेको छ बाँचोस् न । हामीहरू बित्थामा पापको भागी किन बन्ने ?”
भैँसी व्यथाले छट्पटिरहन्छ । सोत¥याङ सुतेर चार खुट्टा फाली कनिरहेको छ । पानी फोकासँगै बच्चाको अगाडिको खुट्टा बाहिर निस्कन लागेको छ । सुस्तरी, सुस्तरी बच्चाको टाउको र क्रमशः पुरै जिउ फ्यात्त निस्कन्छ । पाडो रहेछ । बच्चाको खुट्टा समाती घरधनीबुढी घर्रर घिसार्दछिन् । पर कुनामा पु¥याउँछिन्, भैँसीले नदेख्ने ठाउँमा ।
भैँसी जुरुक्क उठेर फरक्क फर्कन्छ, पाडो छैन । पर कुनामा पाडो वाइँ ऽ ऽ गर्छ । आमासम्म उसको आवाज पुग्न सक्दैन । माउ र पाडाको बिछोड गराइन्छ । आमाबाट बच्चा खोसिन्छ । आफ्नो थोपाथोपा रगतले सिँचेर दस महिनासम्म गर्भमा राखी पोषण गरेको बच्चा, आज गर्भबाट निस्कनासाथ, पृथ्वीमा आउनासाथ अलग्याइन्छ, छुट्ट्याइन्छ । बात्सल्यले एक फेर म्वाइँ खान पाएको होइन, ममत्वको एक शब्द पोख्न पाएको होइन । त्यति कष्ट गरेर जन्माएको बच्चा, एक नजर लगाउन पाएको होइन ।
भैँसी वाइँ ऽ ऽ वाइँ ऽ गरी बच्चा खोज्दछ, फर्कन्छ– पछाडि यताउता चारैतिर । कतै बच्चा छैन । बच्चाको गन्धसम्म आउँदैन । अलिकति पिल्लिएको रगत, केही पानीले भिजेको जस्तै टाटो छ भँुइमा । भैँसी त्यस टाटालाई सुँघन खोज्दछ, चाट्न खोज्दछ । उसलाई सुँघ्न पनि दिँदैनन् केटाकेटीहरूले । आमाले तिनीहरूलाई खबरदार गरेकी छिन् “साल सुँघ्न नदिनु, बच्चाको गन्ध पायो भने भैँसीले दुध दिन मान्दैन” भैँसी फ्वाँ फ्वाँ गरी हकार्दछ, केटाकेटीहरूलाई । अनि फेरि सालले भिजेको माटो सुघ्न लम्कन्छे । बलियो गरी बाँधेको डोरी तनक्क तन्कन्छ, चुँडिएला झंै गरी । स्वाट्ट, लौरो बजारिन्छ थुतुनामा उत्तिखेर । तपक्क दुई थोपा आँसु चुहिन्छ भैँसीका आँखाबाट पीडाले । भैंँसी फोस्रो आक्रोश पोख्छ सिङ हल्लाएर ।
साल अझै झरेको छैन, तुर्लङ्ग झुन्डिरहेको छ । भैँसी घाँटी लम्काएर जिब्राले चाट्न खोज्दछे । “साल खान नदिनु, भैँसीको दुध घट्छ” आज्ञाकारी छोराछोरीहरू भैँसीलाई आफ्नो सालसम्म चाट्न दिन्नन् । लौरो देखाएर तर्साउँछन् ।
बोराले बेह्रिएको पाडो छट्पटिरहेको छ । उनी बच्चालाई बोकेर बगरतिर हिँडिरहेकी छिन् । चौलाने खोला आइपुग्छ । बच्चा फाल्ने एक सुरक्षित ठाउँ छ, नदी छेउमा । घरधनीबुढी पाडालाई थ्याच्च राखिदिन्छिन् ।
वाँइँय ..... पाडो उनलाई बोलाउँछ । सुँध्छ यताउता । थुन खोजिरहेछ ऊ, उनैलाई आफ्नी आमा ठानेर । जिउ राम्ररी सुकिसकेको छैन । काँपिरहेछ जाडाले थरथर । बिचरो निरीह प्राणी, जन्मने बित्तिकै टुहुरो बनाइएको बच्चा, मर्नका लागि बगरमा मिल्काइएको बच्चा, आफ्नी आमालाई “आमा” सम्म भन्न नपाएको मुखसम्म हेर्न नपाएको बच्चा । वाइँ ऽ ऽ वाइँ गरी आफ्नै हत्यारालाई आमा सम्झिएर स्नेह पोखिरहेछ, स्नेह मागिरहेछ । 
बुढी तटस्थ छिन् । मुखमा कुनै किसिमको भाव छैन । निर्विकार भएकी छिन् उनी । आमा, सबै आमा एकै त हुँदा हुन् । जननी जननीमा त भेद नहुनुपर्ने ? प्रसव वेदना मानिस र भैँसीमा उस्तै त हुन्छ होला नि ? आआफ्नो सन्तानप्रति, आफ्नो रक्त, मांसको पिण्डप्रति उत्तिकै त माया लाग्छ होला नि ? त्यसो भए किन आफ्नो सानो स्वार्थको लागि निर्दोष शिशुको हत्या गरिन्छ ? उसको बाँच्ने अधिकार खोसिन्छ, उसलाई तड्पी तड्पी मर्नका लागि मिल्काइन्छ ? घरधनीबुढी घरतिर फर्कन्छिन् । 
पाडो वाइँ ऽ ऽ वाइँ ऽ गरी उभिन खोज्छ । उनलाई पच्छयाउन खोज्छ । भर्खर जन्म लिएको बच्चा, चार खुट्टाले उभिने प्रथम प्रयास । खुट्टा लरखराउँछ, साथ दिन्न खुट्टाले ऊ लड्छ । थेचारिन्छ भुइँमा । ढुङ्गै, ढुङ्गाको सारो भुइँ शरीरभरि दर्द व्याप्त हुन्छ । करुण स्वर निस्कन्छ ..... वाइँ ऽ ऽ... ऊ दीन नजरले लाई ओझेल नहुन्जेल नजरले पच्छ्याइरहन्छ ........
भर्खर ब्याएको भैँसीको पेट खर्लप्प भएको छ । खड्कुलोभरि कुँडो राखिदिन्छन् । भंैसी सुँघ्छ र खान लाग्छ । खाँदै जान्छ र मुखबाट बच्चालाई बोलाउने आवाज पनि निकाल्दै जान्छ । उसलाई बच्चा पर बगरमा मृत्यु कुरिरहेको छ भन्ने अनुमान नै छैन । बच्चा जन्मिएको त पक्कै हो । कहाँ गयो ऊ ? सोच्न लाग्छ । सर् सर् कोही हिँडेको कोही चलेको आवाज आउँछ । भैँसी वाइँ गरी फर्कन्छ ।
एउटा कुकुर खानाको गन्ध पाएर आइरहेको छ । कुकुर झरेको साल चाट्न लाग्छ । फ्वाँ, फ्वाँ गरी भैँसीले तर्साउँछ कुकुरलाई । धूर्त कुकुर अटेरी भइदिन्छ । उसलाई थाहा छ मोटो डोरीले बाँधिएको भैँसी, उसको केही बिगार गर्न सक्दैन । उसलाई छुन पनि सक्दैन केको डर ? ऊ निर्धक्क भएर खाइरहन्छ ।
भैँसी कुँडो रित्याउँछ । साल पनि झर्छ । बच्चाको चालचुल कतैबाट पाइँदैन । उसको सम्पूर्ण ममत्व हाहाकार गर्न लाग्छ । सम्पूर्ण वात्सल्य खनिएर आउँछ । ऊ खड्कुलो सुँध्छ । मानिसलाई सुँध्छ । कसैबाट आफ्नो अंशको गन्धसम्म पाउँदैन । कसैबाट आफ्नो मुटुको टुक्राको वाससम्म आउँदैन । ऊ कुकुरलाई सुँघ्न लम्कन्छ । कुकुर उसको थुतुनो ल्याप्प चाटी दिन्छ, पुच्छर हल्लाउँदै । ऊ सिङ झटारेर हिर्काउँछ कुकुरलाई । यसैले मेरो बच्चा खाइदियो कि ? कुकुर क्वाइँ गरी पर भाग्छ । ऊ फ्वाँ ....फ्वाँ ...... गरी आफ्नो नैराश्य देखाउँछ । कल्चौँडो दुधले टन्न भरिएको छ । गानिएर दुख्न लागिरहेछ । टन्कन लाग्छ दुधको फाँचो । ऊ छटपटाउँन लाग्छ । पाडो खोज्दछ धँइँधुइँती । दाम्लो चुडाउला झैँ गर्दछ ।
घरधनीबुढी पारो लिएर दुध दुहुन आइ पुग्छिन् । भैँसीलाई सुमसुम्याउछिन् । माया गर्छिन्, स्वार्थी माया । भैँसी उनलाई सुँध्छ । मालिक हुन् बच्चा होइन । खै मेरो बच्चा ? खै मेरो लाल ? थुन छाम्दछिन् । पानी छ्यापेर कल्चौँडो सफा पार्दछिन्, दुध निचोर्दछिन् । पहँेलो जमेको दुध सिरिर्र झर्दछ ।
भैँसी सन्चो मान्दछ । फरक्क फर्केर सुँघ्दछ, दुध खाने को हो ? आफ्नो बच्चा होइन । यो त मानिस हो । दुधचोर । कहाँ गयो त मेरो बच्चा ? भैँसी छटपटिन्छ । खुट्टा झटार्दछ । लतार्छ दुध दुहन दिन्न ।
“च्व.... च्व...... ह्.......ह्.... घरधनीबुढी भैँसीलाई फुल्याउने प्रयास गर्दछिन् । भैँसी फनफनी किलामा घुम्दछे । ह...... ह.... चुप...... । उनी ठुलो स्वरमा भैँसीलाई हकार्दछिन् । छोरी भैँैसीलाई गुँड चटाउन लाग्दछे । भैँसी केही शान्त हुन्छ । दुहेर सकिन्छ । भैँसीको अाँखाभरि आँसु आउँछ, पारोभरि दुध ।
पाडो बगरमा कठ्याङ्ग्रिरहेको छ, कराइरहेको छ । ऊ घाँटी तन्काएर चारैतिर हेर्न लाग्छ । सेतो चामलको चौलानी जस्तो पानी आफ्नो गतिमा बगिरहेछ । एकातिर ठाडो भिर छ अक्करको । कतै छैन उक्लने ठाउँ । ढुङ्गा सुँग्घ्छ ऊ ? चाट्छ । निर्जीव ढुङ्गा केही बोल्दैन, केही भन्दैन । ऊ यताउता आमालाई खोज्छ ..... खानेकुरा खोज्छ । थुन खोज्छ– एउटा अन्तःप्रेरणा ।
पर खोलाभित्र ढुङ्गाहरू ठक्कर खाएको, पर पारि किराहरू कराएको आवाज आउँछ । प्रत्येक आवाजलाई ऊ आफ्नी आमाको आवाज ठान्दै नियाल्छ शिर उचाली, उचाली । हेर्छ, करुण आवाजमा पुकार्छ । पर गोठ घरमा मोटो साङ्लाले बाँधिएकी उसको आमासम्म, उसको बिलौना पुग्न सक्दैन । उसको क्रन्दन पुग्न सक्दैन । भोकले पेट खर्लप्प भैसकेको छ । आफ्नो वरिवरिका सबै चिजलाई खानेकुरा सम्झिएर ऊ सुँघ्छ, चाट्छ । चिसो हावाको सिरेटो सुइँसुइँती चलिरहेछ । साँझ झम्किँदै गइरहेछ । उसका सबै आशाका त्यान्द्राहरू क्षीण, क्षीण हँुदैै गैरहेछन् । लाचार ऊ घाँटी सोत्त¥याङ्ग पार्छ भुइँमा । एकै छिनमा घाँटी दुख्न थाल्छ । ऊ टाउको उठाउँछ र बस्छ । यताउता हेर्छ । उठ्छ । हिँड्न खोज्छ । साँघुरो ठाउँ ऊ धरमरिन्छ । फेरि थ्याच्च बस्छ ।
बिहानको मिर्मिरे उज्यालो फैलिन लाग्छ । पाडो आँखा खोल्छ । पर खोलाको डिलमाथि कोही हिँडिरहेको छ । ऊ वाइँ ऽ ऽ गरी बोलाउँछ । कुनै प्रतिक्रिया हुन्न । ऊ उभिन्छ र फेरि वाँइँ ऽ ऽ गर्छ । गोडा थरथर काँप्न लाग्दछन् । रन्थनिएर लड्छ । ड्वाङ्ङ । थुतुनो ढुङ्गामा ठोकिन्छ । सर्रर तातो तरल पदार्थ बग्छ नाकबाट । चाट्छ ऊ जिब्राले प्रथम स्वाद– नुनिलो रगतको, आफ्नै रगतको । ऊ फेरि चाट्छ, के हो ? चिन्न सक्दैन । दुध, रगत भाउन्न हुन्छ उसलाई । ढल्छ ऊ चारै खुट्टा तन्काएर । लमतन्न भै दिन्छ । उठ्छ, बस्छ । 
पर पारि खोलाको किनारमा केही भैँँसीहरू चर्न लागिरहेका छन् । एकोहोरो वाइँ ऽऽ वाइँ ऽ गरी कराउन लाग्छ । एउटा भैँसीले वाइँ ऽ ऽ गरी जवाफ फर्काउँछ । ऊ हर्षातिरेकमा सिधै दौडेर पुग्न खोज्छ । झ्वामल्याङ्ग पानीमा खस्छ ऊ । पानीमा च्वाप्प डुब्छ । टाउको मात्र अलगन्छ । पानीको बगाइसँगै ऊ पनि बग्न लाग्छ । टुलुटुलु उसका आँखाहरू पर पारिका भैँसीहरूमै केन्द्रित रहेका हुन्छन् । ऊ तरेर पारि जान खोज्छ । पानीको तेजले उसलाई खुट्टा टेक्न दिन्न, तैरिनै दिन्न । भर्खर एक दिनको बच्चो, भोको प्यासो । ऊ उबडुब गर्न लाग्छ । चिसाले उसका गोडा, मुटु सबै जमे जस्तो हुन्छ ।
निकै बेरपछि उसको होस खुल्छ, पाडो थाहा पाउन्न कसरी फेरि बगरमा पुग्यो ? पर एउटा मानिस कतै गैरहेको छ, ऊ त्यसको पछि लाग्न खोज्छ । अप्ठेरो बाटो ऊ उक्लन सक्दैन । पर आमाको आवाज आए जस्तो लाग्छ उसलाई । आमाले बोलाइरहे जस्तो लाग्छ उसलाई । आवाजलाई पछ्याएर ऊ हिँड्न खोज्छ । कराउन खोज्छ । स्वर कताकता कण्ठमै हराउँछ । आशालु नजर यताउता हेर्छ । आमाको कतै अत्तोपत्तो छैन । आशैआशामा दिन बित्छ । रात आउँछ । फेरि नयाँ सूर्योदय हुन्छ । नयाँ रात आउँछ । केही खानेकुरै भएन, भोकले भाउन्न हुन लाग्छ । आकुलब्याकुल हुन्छ । ऊ विकल भएर दौडन्छ । लड्छ । बेहोस हुन्छ । जाग्छ । कतै कुनै आशाको त्यान्द्रोसम्म छैन । पर स्यालको हुँइया सुनिन्छ । ऊ वाइँ ऽ गरी बोलाउँछ । तर स्वर फुट्दैन, आवाज निस्कँदैन ।
काँ .... काँ ........ काग कराउन लाग्छन् । बिहानको मिर्मिरे चारैतिर फैलिन सुरु भएको छ । जीवनको चौथो सूर्योदय । पाडो टाउको उठाएर हेर्न खोज्छ । शक्ति नै छैन शिर उठाउने, सूर्यलाई नमस्कार गर्ने । काग अझ नजिकिन्छ । टाउको हल्लाएर काग धपाउने कोसिस गर्छ ऊ । कान पनि मुस्किलले हल्लाउन समर्थ हुन्छ । काग टाउकै नजिक आइपुग्छ । क्वाप्प ठुँङछ आँखामा । पीडाको लहर शरीरभरि व्याप्त हुन्छ । ऊ अाँखा झिमिक्क पार्छ । काग पर भाग्छ । 
काँ.....काँ.... अरू कागहरू पनि आइपुग्छन् ।.... थुप्रै थुपै्र कागहरू.... पाडो अाँखा खोल्दछ । केही केटाकेटीहरू कागलाई ढुङ्गाले हिर्काएर धपाइरहेका छन् । कति बेलासम्म उनीहरू कागलाई धपाउन सक्छन् र ? कति दिनसम्म तिनीहरू पाडाको पहरेदारी गर्न सक्छन् ? 
पर माथि आकाशमा गिद्धहरू उडिरहेका छन् । उसलाई केन्द्रबिन्दु बनाएर ? ऊ आफ्नी आमालाई एकपल्ट फेरि सम्झन खोज्छ । कुनै आकार, कुनै आकृति उसको मानसपटलमा बन्दैन । अनि झल्याँस्स त्यो घरधनीबुढीलाई सम्झन पुग्छ । आमा त्यही हो कि ? किन हो, ऊ ती बुढीलाई आमाको रूपमा स्वीकार्न सक्दैन । पाडो तन्द्रा अवस्थामा पुग्छ– अनि घरधनीबुढीले लगाएको फरिया पखेटा बन्छ, त्यो बुढीको अनुहार गिद्धजस्तै आकाशमा उड्न लाग्छ । पाडो ती गिद्धहरूलाई ठम्याउन खोज्छ, राम्ररी चिन्न खोज्दछ, बुढीकै अनुहार उसको आँखामा घुमिरहन्छ, झलझली मान्छेकै चित्र उसको नानीमा नाँचिरहन्छ ............. 
(“मृत्यु पर्खिरहेछ” गरिमा, वर्ष ५, अङ्क ७, पूर्णाङ्क ५५, असार २०४४)

Tuesday, April 11, 2017

पहाडी स्वर बोकेका कबिता



  1. सभ्यताओं की यात्रा पर गए हुए वर्तमान का गीत

    किसी एक समय
    भेड़ों का एक रेवड़ आपदा में दब गया
    और एक भेड़ बची
    सुविधा अनुसार और दृष्टि के अनुसार बचा भी कह सकते हैं आप
    भेड़ की पीठ पर
    एक कड़बज लदा रहा
    जिसमें नमक बचा रहा !

    पसीने का स्वाद नमक की तरह ही  होता है
    रकत भी  नमकीन होता है
    आंसू की धार भी नमकीन होती है 
    बहती नाख भी नमकीन होती है !

    पसीने से बनी औरत को मैं  आज भी माँ कहता हूँ,
    प्रेमिका कहता हूँ, बहन, बेटी कहता हूँ ,
    रक्‍त से बने आदमी को मैं आज भी अपना पुरखा कहता हूँ ,
    आँसू की धार को मैं आज भी
    षडयंत्रों से मारे गये अपने  शहीद पुरखों
    की गुमनाम  की कब्र कहता हूँ ,
    और बहती नाक को मैं आज भी  दुधमुहे बच्चे की तरह देखता हूँ
    जो भविष्य में फूटंगे विद्रहों सा
    कि जिनकी नाक  सूंघ लेगी अपने पूर्वजों की आदिम गंध !

    और नमक को मैंने जीवन कहा है
    क्योंकि पहाड़ मीठे नहीं होते
    लेकिन उन्हें खारा कहना उनका अपमान करना  है !

    मैं २१ वीं सदी के प्रथम दशक  को पार करता हुआ
    आ ही पहुंचा यहाँ तक
    और मेरे पुरखे
    राम नदी, अलखनंदा  भागीरथी से लेकर कर
    पनार , सरयू और गोरी-काली के किनारे
    आज भी प्रेतयोनि में भटक रहे हैं

    उन्हें भटकाना है अभी
    कि जब तक मैं अपने जाति प्रमाण पत्र में लिखता रहूँगा हिन्दू
    और कोष्टक में राजपूत

    मेरे  पुरखे जिनको इतिहास में कुचक्रों का
    शिकार होना पड़ा है बार-बार
    वो दुनिया के नक्शे  में
    पनार की तरह है,
    राम नदी की तरह है,
    और सरयू की तरह है,
    दक्षिण अफ्रीकाई नदियों की तरह है
    जिनका जल जल स्तर अब लगातार घट रहा है  !
    ‘पकाहू-आरा’ कबीले की तरह है *
    जिसे ब्राजील के रबड़ व्यापारियों ने मिटा दिया है

    मेरे पुरखे जो  पैक (पहलवान) थे  
    किसी तरह से कुचल दिए गये ,
    क्योंकि वे प्रेमी थे !
    और प्रेमी कुचल दिए जाते हैं आज भी
    उनकी सबसे बड़ी कमजोरी बनता है  प्रेम करना
    लेकिन वे  अलमस्त फकीरों की तरह करते रहे हैं ,  फिर भी प्रेम!

    मेरे पुरखे ग्वाले थे , अहीर थे
    इतिहास में  उन्हें अनपढ़ और मलेच्छ घोषित किया गया हर बार
    लेकिन सुना है कि वे  भी लड़े थे महाभारत युधिष्टर की ओर से
    और तिब्बत की चोटियों का पीला सोना
    उनके बकरियों के खांकर पर चमका करता था !
    उनके आँफरों पर बनते हथियार
    क्या वो चरवाहे थे ?

    वो इतिहास के उन पृष्ठों के पीछे  जिन्दा हैं 
    जिन पृष्ठों पर राजाओं और अवतारों का बोझ हैं  और उन कथाओं में जिन्दा हैं
    जिन्हें आज भी  गाता है
    मेरा भाई किसी जंगल ,आगन-पटागण
    मेरे ही पुरखे हैं जिनकी कथाओं में आज भी जीने कसक हैं 
    सवाभिमान की ठसक के साथ

    हाँ मेरे ही पुरखे
    जिन्हें 21 वीं सदी के
    पहले दशक के बीत जाने के बाद
    आज मैं अपने माथे, सर और अपनी गुमनाम पहचान के साथ ढो रहा रहा हूँ

    जो भैस चराते थे और पहाड़ों के सर पर हरे बाँस की  बासुरी बाजते थे
    प्रकृति और स्त्री के आदिम काल के रहस्यात्मक सबंध
    मेरे चरवाहे पुरखों के कंठ से किसी पहाड़ी जलस्रोत से फूटते थे  
    जिनकी दुनाली मुरली में बसता था
    मेहनत से उपजा संसार का महान सौन्दर्यशास्त्र
    उन्होंने जानवरों को प्राणों की तरह किया था प्यार
    उनके प्राण भैसों में बसते थे
    इसीलिए उन्हें भैस बड़ी लगती थी
    और अक्ल छोटी

    अपनी भैसों को उल्टी पनार की दिशा में  दौड़ाते थे वे
    क्या वे  किसी अनार्य रूद्र के  वंशज थे ?
    जिसे आर्यों से भंगेड़ी चरसी और अड़ीयाठ घोषित कर दिया
    बेचारी बलत्कृत आर्यों की औरतें फल खाकर    
    गर्भवती होने का ढोंग रचती रहीं
    पुरोहितों के  आश्रमों में मुँह ढककर रोती रहीं 
    और जनती रही विकलांग चक्रवर्ती सम्राटों को
    जिनके लिए मेरे पुरखे हमेशा बने बैसाखी!

    उस समय भी समुद्र  मंथन का सारा विष  परिधि पर खड़ा मेरा पुरखा पी रहा था
    आज भी माथे जा रहे है पहाड़, पर्वत, नदियाँ, समन्दर
    और आज भी पी रही है मेरी पीढ़ी विष
    और आज भी पहाड़ बने हुए है
    जीते जी उनके स्वर्गारोहण की सीढ़ी !

    क्या मुझे नहीं कहना चाहिए कि
    मैं भी उसी कतार में खड़ा हूँ जिस कतार में खड़े है मेरे भाई
    काले, हब्सी, अफ़्रीकी बलूची आदिवासी और अब फिलिस्तीनी भी
    क्या मुझे नहीं कहना चाहिए कि
    मेरी ही संस्कृतियों को ब्रांड की तरह डिब्बा बंद कर 
    वह मुझे ही बेच रहे हैं

    कितने सारे रंगों से भर दिए गये हैं  हमारे चहरे
    क्या हम पहचान सकते है अब अपनी माँ  चेहरा
    क्या हम पिता की दुखती रगों पर
    लगा सकते है अपार करुणा का  लेप ?
    क्या हम  एक भीतरी यात्रा पर निकल सकते हैं 
    हजारों वर्ष पहले
    सरयू , राम और काली कोशी के किनारे
    अपने पुरखों की शिनाख्त और
    अपने चहरे को  ढूंढने?

    मैं सुनता हूँ  आर्तनाद
    गहन जंगलों के भीतर
    मेरे पुरखे चीखते हैं 
    बहते हैं  खोद कर बनाई  गयी  भयानक सुरंगों में
    वो चीखते है
    दबते है खड़िया की खानों में उनके प्रेत
    वो चीखते हैं 
    सूखती हैं  नदियाँ
    वे चीखते है
    और अल-सुबह एक गहरे कुहरे की चादर ओड़ लेते हैं पहाड़
    नीम खामोशी  की तरह
    एक मातमी माहोल में
    आज भी जनती है  हमारी माँएं बच्चे

    आज भी चूल्हे के किसी डिलकण
    डाल दी जाती है हमारी गर्भनाल
    कि नहीं रहेंगे हमारे चूल्हे बिना आग के
    कि उठता रहेगा उनसे धुवां
    भयानक आपदाओं के बाद भी
    और जलते रहंगे चूल्हे

    21 वीं सदी के पहले दशक के बीत जाने के बाद भी
    हमारी माएं जानती है
    लौंटेंगे एक दिन
    उसके अफसर हुए बेटे
    अपनी नदियों की तरफ

    उस वक्त 
    फिर से कुनमुना शुरू करेगा धरती का वक्ष
    बसंत धरती की गोद में उतरेगा
    एक बच्चे की तरह

    और तांबई बाहों वाले हमारे बच्चे
    निकट भविष्य में
    पहाड़ों के सर पर बजायेंगे
    हरे बाँस की मुरूली !
    ***

    असहमतियाँ

    तुम मिलोगे मिलकर चल दोगे
    और सूरज का चिथड़ा झांकता रह जायेगा
    हाथों की नरमी के बदलते मौसम सा
    धूप छांह होता हुआ
    चाय की गिलासों के तलों पर बच जाएँगी
    असहमतियां 

    सिगरेट की ठुड्डीयों से उड़ता रहेगा
    हमारी सहमतियों का धुवां
    जबकि पड़ी रहेंगी
    उपेक्षित सी असहमतियां
    शीशे  के उन गिलासों में जिनमें भरी जानी है अभी
    गर्म खौलती चाय  
    नए लोगों के लिए

    फिर वह भी छोड़ जायेंगे अपनी असहमतियों को
    उपेक्षित सा
    किसी गिलास के तल में

    उपेक्षित सा ही क्यों रहता है
    हमारी असहमतियों का संसार
    कभी सोचा !
    *** 
     
    पहाड़ पर पगडण्डी

    जब घिरता है चौमास  
    छीज जाता है मडुवा1 का आटा
    मसाले विसोटे2 पे पनियाने लगते है
    सिलाप3 से भर जाता है
    गेहूं का भकार4

    इसी तरह
    पसरता है झड़5
    रिसने लगती है पाख6
    सड़ने लगती है मोल की लकड़ी

    धीरे धीरे टपकता रहता है आसमान
    पाख के सूराख से
    पीतल की परात पर
    और बजता रहता है पानी आंख का कानों पर
    अलौटे 8 लकड़ी से निकलता रहता है धुंवा आसमान की तरफ
    धरती वालों के प्यार की तरह  

    और एक दिन  
    वे  बना लेते हैं
    आंखिर पहाड़ पर पगडण्डी
    और चड़ जाते  हैं
    दरकते पहाड़ों के सीने में
    अपनी भेड़ों और देवताओं समेत
    नयी फसल बोने !

    1-एक मोटा अनाज 2- लकड़ी का मसाले रखने वाला वर्तन 3- सीलन 4- अनाज रखने का वर्तन 5 –लगातार पढने वाली वारिस 6- छत 7- दरवाजे का फर्मा  8 मोटा बिना छिली हुई लक्कड़

    ***
     
    नर्म चीज़ाें के नाम
    (दिसम्बर की किसी शाम माल रोड नैनीताल में घूमते हुए) 
    एक दिन जब बहुत मीठी ठंड
    चुभेगी गालों पर उस वक्त नर्म हथेलियों पर रिश्तों का एक गर्म मौसम साँस ले ही रहा होगा ।  
    मैं जानता हूँ कुछ चीजे़ं कभी नहीं बदलती कुछ मौसम नहीं जाते जीवन से बाहर
    मैं जानता हूँ कुछ 
    चीजे़ं बदल जाने का सिर्फ रचती है ढोंग कुछ चीजे़ं बहुत नर्म होने के बावजूद भी हमेशा दिखती रहती है बहुत कठोर चट्टान की तरह जैसे की पहाड़ ।    

    सबसे नर्म चीज़ ही होती सबसे कठोर आवरण में क्योंकि सबसे स्वादिष्ट चीजों को बसना होता है पहाड़ों के पार अपने एकांत में सबसे नर्म चीज ही खिलती है अक्सर बीहड़ों में ज्वालामुखी के फूल सी।   
    सबसे नर्म चीज़ अक्सर खो जाती है अक्सर गुमा देते है हम उसे कंचे खेलते नादान बच्चों की तरह या कि रख भूल आते हैं उम्र के किसी मोड़ ।  
    फिर ढूंढते रहते है चारपाईयों के नीचे टेबल दराज़ों में तकियों के नीचे कभी कभी एकांत के कोने छान डालते है अपने बटुवे को कई बार देखते है यहाँ तक कि अपने चहरे को भी एक खोजी की तरह खोजते है वक्‍़त की नदी बहे आदमी बनकर।   
    इस तरह एक दिन खुद के भीतर सब कुछ कितना कुछ घट जाता है नर्म 
    चीजे़ं कितनी ही बार हमारे कलेजे से मुंह तक आती-आती फिर वापस हो जाती है आखिर में एक दिन हम हम समझ पाते है नर्म चीजे़ं क्यों होती है हमसे दूर ।   
    एक दिन हम एक आवरण के भीतर कठोर होने का रचने लगते है ढोंग
    या कभी-कभी नहीं समझ पाने के विकल्प पर एक काला गोला लगाकर हम लिजलिजे घोंघे से दुबके रहते है सीलन भरी दीवारों में
    आहिस्ता आहिस्ता सरकते हुए !
    ***( साभार:- अनुनादमा प्रकाशित अनिल कार्की की नई कबितायें )
ng