Tuesday, December 20, 2011

कुमारी रुटको यात्रा …

साभार-लक्ष्मीप्रसाद ङाखुसी, नेपाल (पाक्षिक)
यसपटक त्यति धेरै चर्चामा नआएको तर विछट्टै सुन्दर स्थान अपी-नम्पा संरक्षण क्षेत्र पुग्ने मौका मिल्यो। सौन्दर्यप्रेमीका लागि त्यति सहज नभएकाले अपी-नम्पा क्षेत्रलाई 'भर्जिन रुट' पनि भनिन्छ। एकातिर दुर्गम, अर्कोतिर खान-बस्नको असुविधा। त्यसैले सहज गन्तव्य बन्न नसकेको यो क्षेत्र विश्वकै दुर्लभ हिउँचितुवा र हाब्रेलगायत हिमाली कालो भालु, कस्तूरी मृग र ध्वाँसे चितुवाको बासस्थानसमेत हो। रैका ट्राभल्स एन्ड टुर्सका प्रबन्ध-निर्देशक अमर शाहीले 'अपी-नम्पा क्षेत्र घुम्न जाऔँ' भनेदेखि नै हामी केही सञ्चारकर्मी यसबारे उत्सुक थियौँ। काठमाडाँैबाट धनगढीसम्म सवा घन्टाको हवाईजहाज यात्रापछि जिपमा झन्डै आठ घन्टामा डडेल्धुरा पुगियो। यहाँ बास बसेर बिहानै गोकुलेश्वर हँुदै झन्डै ११ घन्टाको जिप यात्रापछि दार्चुला सदरमुकाम नजिकै रहेको भैँसे पुगियो। भैँसेमा सुविधासम्पन्न होटल तथा लजहरू नभए पनि कामचलाउ बासस्थान भने रहेछन्। अलिक निम्नस्तरीय बसाइँकै कारण भैँसेमा बितेको रात हाम्रा लागि स्मरणीय रह्यो। भैँसेमा चियानास्ता गरेर ७ हजार १ सय ३२ मिटर उचाइको अपीको फेदतिर हाम्रो पैदल यात्रा अघि बढ्यो। यात्राका क्रममा लाटिनाच, मकरीगार्ड र भित्तो भीरको ठाडो उकालोपछि घुसा गाविसको पाटु पुगियो। पाटु पुग्दा राती १० बजेको थियो। पाखापखेरा, वनजंगल र चमेलिया नदी वरपरको क्षेत्रले जोसुकैलाई पनि मोहनी लगाउँछ, यहाँ। नदी किनारमा हिँड्नुको आनन्द अलग्गै हुन्छ। तर, तल्लो भागमा देखिने ठूल्ठूला भीर र खोच देख्दा भने साह्रै डर मान्नुपर्ने हुन्छ। बाटाभर िघाँसको भारी बोकेर उकालो-ओरालो गररिहेका स्थानीयबासी। पाटु छाडेको दुई घन्टापछि सितीमाल्ल मार्मास्थित भवानी निमावि पुग्याँै हामी। विद्यार्थीको स्वागत पायौँ। उनीहरूको नाचको झझल्को यात्राभर िनै आइरह्यो। सुन्दर नाच देखाउने ती विद्यार्थी पढ्ने विद्यालयको हालत भने निकै दयालाग्दो थियो। कक्षाकोठामा डेस्क-बेन्चको अभाव, चुहिने छाना र पटपट हातमुख फुटेका विद्यार्थी। सिती हाम्रो यात्राको अन्तिम मानव बस्ती हो। त्यसैले भनिँदो रहेछ, 'नङभन्दा माथि मासु छैन, सितीभन्दा माथि बस्ती छैन।' माथिल्लो यस भेगका मानिसको प्रमुख पेसा कृषि भए तापनि उब्जनीले ६ महिना धान्न पनि धौधौ पर्ने रहेछ। ६ महिना यहाँका स्थानीय युवाहरूले भारतबाट मजदुरी गरेर ल्याएको रुपियाँ र जडीबुटी बेचेको आम्दानीबाट अन्नको जोहो गर्दा रहेछन्। सितीबाट करबि एक घन्टाको यात्रापछि हामी खाईगोठ पुगेर टेन्टमा रात बितायौँ। भोलिपल्ट भने पूरै दिन जंगलको यात्रा थियो। अपीको फेदमा पर्ने दोमूलमा स्थानीयले लामै यात्रा तय गर्दा बोका काट्ने चलन रहेछ। हाम्रो समूहले पनि दोमूलमा बोका काट्यो। र, खाना खायो। त्यो रात भने हामीले जंगलको बीचमा रहेको ओडारमा बितायौँ। समूहका कतिपय साथीका लागि त्यो त्रासको विषय पनि बन्यो। भन्दै थिए, "जिन्दगीमा यो पहिलो अनुभव हो।" भोलिपल्ट बिहान ११ बजे मात्र हामी अपी हिमालको बेसक्याम्प पुग्याँै, जसको उचाइ ४ हजार २ सय ५० मिटर छ। श्वेत र स्निग्ध हिमशृंखला, गाढा नीलो आकाश, नीला तालतलैया र थकानको अनौठो अनुभूति बटुल्यौँ हामीले। सबैको मन एकतमासले रमाइरह्यो। पदयात्राका आयोजक पश्चिम महिला जागरण समूह, रैका ट्राभल्स र नेपाल पर्यटन वर्ष २०११ सचिवालयका प्रतिनिधि भन्दै थिए, "यो कुमारी क्षेत्रमा आउने सञ्चारकर्मीहरूमा तपाईंहरू नै पहिलो हो।" प्राकृतिक सौन्दर्यले भरपिूर्ण यस ठाउँका दृश्य क्यामरामा कैद गर्न छुटाएनौँ हामीले। अपी हिमालको शिरमा छिनमै फन्को मार्ने र छिनमै हराउने बादलका टुक्रा जति हेरे पनि सन्तुष्ट नभइने। साँच्चै अपी क्षेत्रको अनुपम छटालाई शब्दमा व्यक्त गर्न सकिँदैन। एक दशकदेखि मध्य र सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गरिरहेको रैका ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक शाही भन्छन्, "नयाँ पदयात्रा मार्ग पर्यटकहरूका लागि राम्रो गन्तव्य बन्नसक्छ ।"