Saturday, February 4, 2012

आर्यरत्न अत्री र उनको आदर्श परीवार




गोत्र समूहको शुरुवात
हाम्रा पुराणहरुमा देबर्षि र राजर्षि गरी अठासी हजार ऋषिहरु थिए भनिन्छ । सुदुर पश्चिमांचलका लोकगाथाहरुमा सोलसय ऋषेश्वरहरुको बर्णन आउँछ ।  संख्यामा जे जति भएपनि प्रमुख ऋषिहरु एकान्त शान्त जंगलका आश्रमहरुमा बस्दथे । गाईहरु पाल्दथे । त्यहाँ अध्ययन गर्ने शिष्यहरु गाईगोठहरुको हेरचाह गर्दथे । गो-पालकहरुको यहि समुह कालान्तरमा गोत्र कहलियो । गोत्र बिशेषका लागि बिशिष्ट संहिता निर्माण गरिएका हुन्थे । गोत्रसमुहमा बिहावारी बर्जित हुन्थ्यो ।तर समयका प्रभावले गर्दा सुदूर ग्राम्य काननमा जात वा थर भने जन्मका आधारमा, कामका आधारमा, बसेका ठाऊँका आधारमा र यदाकदा स्थानिय राजा रजौटाका सन्की आदेशमा समेत कायम हुन थाल्यो । पृथ्वीनारायण शाहले पनि भारद्वाज गोत्र त्यागी काश्यप गोत्र धारण गरेका थिए। इतिहासमा थुप्रै शक्तिवान व्यक्तिहरूले आफनो जात परिवर्तन गरेका प्रशस्त उदाहरणहरू पाइन्छन ।  थर-गोत्रको यो प्रचलन मानिसहरूको बसाईसराई सँगै सर्दै आएको हो
 नेपाल एकिकरणताका नेपाललाई चार जात छतिस बर्णको फुलवारी भनिएको थियो । कुमायुँको ईतिहासमा लेखिए अनुसार मध्यकालमा  गंगा मैदानबाट झन्डै ११० समुहमा बिभिन्न थरका मानिस सुदूर पश्चिमी पहाड प्रबेश गरेका थिए रे ।  कुनै निश्चित स्थानमा बसोबास गर्ने व्यक्ति अन्यत्र बसाइँ सर्नपुग्दा वा अर्को पेसा अँगाल्दा अथवा कुनै उपाधिले विभूषित हुँदा सोसँग सम्बन्धित थर राख्नपुगेको पाइन्छ । एउटै गोत्रका व्यक्तिहरूमा थरी, थरीका थर पाइनुले पनि थर बेलाबखत परिवर्तन हुँदै आएको बलियो प्रमाण पाइन्छ । अवश्य पनि निश्चित कालखण्ड यता चाहिँ पुरानै थरलाई अँगालेर बढ्नेहरू अधिक देखिएका छन् । तर यसमा अपवाद भने रहेकै छ । जुम्लातिर ससुराली बस्नजानेले ससुरालीको थर अँगाल्नेगरेको र यसका लागि थर फेर्न प्रशासनको इजाजत लिनेगरेको कुरो किंवदन्ती होइन ।
हुन त विशेष स्वार्थवश व्यक्तिले गोत्रै फेरेका उदाहरण पनि यहाँ कम छैनन् । वंशपरम्परा अथवा गुरूपरम्पराको द्योतक मानिने गोत्र फेरिनु भनेको साँच्चै अनौठै कुरो हो । थाहा नहुनेले काश्यप गोत्र राख्नुलाई बेमुनासिब मानिन्न तर आनो गोत्र त्यागी मालिकको गोत्र अँगाल्ने पनि कम छैनन् भने दूरदृष्टि र गहिरो राजनीतिका कारणसमेत गोत्र फेरिएका छन् ।
तर गोत्रहरुको कुरा अलि बेग्लै छ । अद्यापि नेपालमा ३६ गोत्र र प्रवरहरु प्रचलित छन् भनिन्छ । आआफनो दृष्टिकोण अनुरुप प्रतिकात्मक अर्थबोध गराउने हाम्रा धर्मशास्त्रहरुको ब्याख्या गर्नु गारो कुरा हो । यहि दार्शनिक पक्षका बारेमा  हाम्रा गोत्र प्रबर्तक ऋषिहरुले आफना बिचार आश्रमबासीलाई सम्झाउने गर्दथे । यस अर्थमा गोत्र भन्नाले एउटा बिशिष्ट बिचार, दर्शन, बाद वा संस्कृतिमा बिश्वास गर्ने समुहलाई संकेत गर्दछ ।
नेपाली विकीपेडियाका अनुसार हिन्दूका विभिन्न थरहरू विभिन्न गोत्रमा बाँडिएका हुन्छन्। उनीहरू आफू विभिन्न ऋषिमुनीका सन्तान भएको विश्वास गर्दछन्। त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित देखिन्छन्। गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो। नेपालमा बाहुन तथा क्षेत्री जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको खासै परवाह गरेको पाइँदैन।  गोत्र अन्तरगतका थरहरूको लामो बिबरण हुनसक्दछ । गोत्रहरुमा अत्री, आत्रेय, अंगीरस, अगस्ति, उसानस, कश्यप,कात्यायन, कौडिन्य, गौतम, घृतकौशिक, उपमन्यु, गर्ग, कौशिक, जमदग्नी, पराशर, बशिष्ट, धनंजय, बृहस्पति, भारद्वाज, भार्गव, मनु, मौदगल्य, यज्ञवल्क्य, वत्स, विश्वामित्र आदि पर्दछ । 
अत्री वा आत्रेय गोत्रका शिर्ष पुरुष : अत्री ऋषि
यसमध्ये अत्री र आत्रेय गोत्रमा जन्मेकाहरुको पुर्ख्यौली इतिहासको शुरुवात उनै आदि गुरु महर्षि अत्री र उनको आश्रमको सेरोफेरोबाट शुरू हुदो रहेछ ।  सप्तर्षि मध्येका एक ऋषि प्रबर अत्री ब्रह्माका मानस पुत्र हुन ।  तीन गुण भन्दा पनि फरक गुण भएका अर्थात गुणातीत साधकलाई अत्री भनिन्छ । नेपालमा बसेका थरहरु मध्ये बडू,अवस्थी, पाठक, ओझा, पैतोला, पाण्डे,पौडेल, दुवाल, दवाडी, पन्थि , डाङी,रावल, पानी पोखरेल आदि अत्री या आत्रेय गोत्र भित्र पर्छन ।  गोत्र गुरु अत्रीले अत्री संहिताको निर्माण गरेका थिए । यसमा बिभिन्न संस्कारहरुको बिबेचन र स्थानिय स्वशासनको स्वरुपका बिषयमा बिशिष्ट ब्याख्या गरिएकोछ ।
 राजा पृथु स्वयम् अत्रीकै बंशज मानिन्छन ।  पुराणहरु अनुसार राजा पृथुले पालन गरेको हुनाले यो लोकलाई पृथ्बी भनिएको हो ।महर्षि कर्दमकी छोरी र कपिल ऋषिकी बहिनी अनुसुयासंग अत्रीको बिबाह भएको थियो । माता अनुसुया स्वयंमा महान बिदुषि थिईन ।  कबिबर बिष्णुदत्त रचित अनुसुया चरितम नामको संस्कृत नाटकमा यिनको महिमा बर्णित छ ।  यसैगरि ऋग्बेद आठौ मण्डल एकानब्बे सुक्तकी रचयिता अपाला यिनै महर्षि अत्री र अनुसुयाकी छोरी हुन । अत्री पुत्री अपालालाई चर्मरोग लागेकोले सोमलताबाट निर्मित सोमरसबाट इन्द्रलाई खुशिपारी उनकै सहयोगले बनौषधिबाट उपचार गराई रोग निको पारेकी थिइन । अपालाले आफना बसोबास रहेको क्षेत्रका खेतहरु सँधै उर्बर रहुन भनी बरदान पनि मागेकी थिइन । यसै गरि लामो समयसम्म खडेरी पर्दा माता अनुसुयाले गुप्तरुपमा गंगालाइ यहि बोलाएकी थिइन ।  बेदान्त बिदुषी आत्रेयी पनि यसै खलककी छोरि थिइन ।
समयक्रम फरक परे पनि बेद र रामायण दुबै ग्रन्थहरुमा अत्री परिवारको चर्चा आउँछ । अत्री ऋषि एक महान आर्य रत्न मानिन्छन । हिन्दु धर्मका प्रमुख ऋषिहरुमा महर्षि अत्रीको नाम अग्रस्थानमा आउँछ। ब्रह्माका मानस पुत्र मानिएका ऋषि अत्री नौ प्रजापति मध्येका एक जना हुन् । अत्री गोत्र प्रबर्तक ऋषि पनि हुन्। अत्रि गोत्रमा जन्मेका ब्यक्तिहरु यिनै ऋषिका सन्तान मानिन्छन्। आकाशमा सँधै चम्किरहने सप्तर्षि मण्डलमा समेत एउटा तारालाई अत्री मानिन्छ। ऋग्बेदका दश मण्डल मध्ये पाँचौ मण्डलका मन्त्रद्रष्टा महर्षि पनि अत्री नै हुन्। त्यसैकारण यस मण्डललाई आत्रेय मण्डल भनिन्छ। ऋषि अत्रीको महानता र बिद्वताले हाम्रा प्राचिन ग्रन्थ भरिएकाछन्।
अत्री ऋषि ब्रह्माको नेत्रबाट उत्पन्न भएको मानिन्छन्। अत्रीको नेत्रबाट सोम आबिर्भुत भएका कथा शास्त्रमा पाईन्छ। ऋषि अत्रीले कर्दम पुत्री अनुसुयासंग बिबाह गरेपछि यो दम्पतिले पुत्र प्राप्तिका लागि ऋच्छ पर्बतमा तपस्या गरेका थिए। कालान्तरमा त्रिदेवका अंशस्वरुप दत्तात्रेय, दुर्बासा र सोम यिनका पुत्ररुपले उत्पन्न भए। यसमा दत्तात्रेय बिष्णुका, दुर्बासा शिबका र सोम ब्रह्माका अंश मानिन्छन।
महर्षि अत्रीको ज्ञान, तपस्या, सदाचार, भक्ति र मन्त्रशक्तिको सुन्दर बर्णन शास्त्रहरुमा पाईन्छ। उनलाई सत्व, रज र तम भन्दा टाढा रहने त्रिगुणातीत मानीन्छ। उनी सदैब सदाचारयुक्त जिवन ब्यतित गर्दथे र सुरम्य  तपोबनको आश्रममा रहन्थे।
रामायणमा लेखिए अनुसार उनको भक्तिको सफलताको लागि स्वयं राम, सीता र लक्ष्मण बनबासताका अत्री आश्रममा आऊछन। माता अनुसुया सीतालाई पतिब्रता धर्मका बारेमा उपदेश दिन्छिन। एक पटक समाधिमा बसेका बेला दैत्यहरुले यिनलाई डढाई मारिदिने प्रयास पनि गरे। तर उचित समयमा आएर अर्का ऋषि अश्विनीकुमारले आफनो बिद्याबलले यिनलाइ बचाए। ध्यानमग्न रहेका हुनाले ऋषि अत्रीले यो घटनाका बारेमा पत्तै पाएनन। यो कथा ऋग्बेदका प्रथम मण्डलमा आउछ। ऋग्बेदको दशौ मण्डलमा अत्रीको तपस्या अनुष्ठानको बर्णन गरिएकोछ।  ऋग्बेदकै आत्रेय मण्डल, कल्याण सुक्त, स्वस्ती सुक्त महर्षि अत्री द्वारानै रचना गरिएका हुन। यिनमा मांगलिक कार्य, शुभ संस्कार तथा पुजा अनुष्टानको बर्णन छ। 
अत्री पत्नी अनुसुया
    
    ऋषि अत्री र माता अनुसुयाको आदर्श दाम्पत्य जिवनको सर्बत्र चर्चा थियो। माता अनुसुयाको पतिब्रतताको सबैले प्रशंशा गर्दथे। देबताहरुबाट यिनको गुणगान सुनेपछि एकपटक ब्रह्मा, बिष्णु र शिबले यो पतिब्रता धर्मको परीक्षा लिने बिचार गरे।
   उनीहरु साधुरुपमा अत्री-आश्रम पुगेर भिक्षा माँगे। माता अनुसुयाले भिक्षा दिनलाग्दा   निर्बस्त्र भएमा  मात्र भिक्षा लिने सर्त राखे । भिक्षा नदिदा वा बस्त्र नलगाउदाको दुबै परिस्थितिमा पतिब्रता धर्म अपमानित हुन्थ्यो। उनले ध्यान दृष्टिबाट स्थिति बुझिन। त्रिदेबसंग बालक रुपमा दर्शन पाएमा निर्बस्त्र भएर भिक्षा दिने कुरा बताईन। तत्काल संकल्पद्वारा जल सिंचन गरेपछि तिनै जना शीशु रुपमा परिबर्तन भए। माता अनुसुयाले भिक्षा दिईन र स्तनपान गराईन ।
   यसपछि तिनै जना बालकरुपमा आश्रममा रहन थाले। देबी अनुसुया आमा जस्तै बालकको पालन पोषण गर्न थालिन। कालान्तरमा पार्बति, लक्ष्मी र ब्राह्मीले पतिहरुको तर्फबाट क्षमा याचना गरी यथा रुपमा पतिदेब फिर्ता मागिन। भनिन्छ, यसपछि तिनै देवताले पुत्ररुपमा आश्रममा जन्मने ईच्छा गरे र पुत्र रुपमै जन्मे पनि। बनबासकालमा राम,सीता लक्ष्मणहरु आश्रममा आएका थिए । सीता स्वयंले अनुसुयाको आशिर्वाद माँगेकी थिइन । यसप्रसंगमा धीरज, धाम मित्र र नारीको परिक्षा आपतकालमा मात्र हुन्छ भनी नारी धर्मका बारेमा अनुसुयाले सीतालाई दिएको उपदेश रामायणमा उल्लेख गरिएको छ । माता अनुसुयाले सीतालाई दिएको पतिब्रता धर्म बारेको उपदेश आदर्श आर्य नारीहरुको निम्ति अहिले पनि उतिकै सामयिक लाग्दछ ।
अत्री कन्या अपाला
    महर्षि अत्री र बिदुषि अनुसुयाकी कन्याको नाम अपाला थियो । अपाला अत्यन्त मेघाबि कन्या थिइन । अत्रीले आफना शिष्यहरुलाई पढाएका कुराहरु सुनेकै भरमा अपालालाई स्मरण रहन्थ्यो । कुशाग्र बुद्धिकी यि कन्यालाई दुर्भाग्यबश चर्मरोगले सताएको थियो । तर ऋषिआश्रममा बस्ने कृशाश्व नामका एक ब्रह्मबेत्ता शिष्यले उनीसंग बिबाह गर्न स्विकार गरे । उमेर ढल्कदै गए पछि चर्मरोग श्वेतकुष्टको रुपमा देखिन थाल्यो । कृशाश्वले अपालालाई परित्याग गरे । अपाला पितृ आश्रममा फर्किन । अत्रीको निर्देशन अनुसार उनले ईन्द्रलाई आव्हान गरि सोमरस अर्पित गरिन । सोमरस बनाउनका लागि सोमलता कुटन ढुंगा नपाउदा उनले दाँतको घर्षणबाटै सोमरस निकालिन । उनको साधनाबाट ईन्द्र प्रशन्न भए । उनी रोग मुक्त भइन । 
   वैदिक युगकी महान नारी, वेदकी मन्त्रद्रष्टा, ऋग्वेदको आठौं मण्डलको एकानब्बेऔं सूक्तकी रचयिता अपाला वैदिक युगमै पुरुष प्रताडनाको सिकार बनेकी नारी हुन् । अथाह ज्ञानराशी हुँदाहुँदै पनि पुरुष दम्भका अगाडि खुट्टा टेक्न बाध्य पीडित नारी का पतिको नाम कृशाश्व हो । समयको अन्तरालमा अपालालाई कुष्ठरोगले समात्यो । पतिको कर्तव्य पूरा गरेर औषधि उपचार गर्नुको सट्टा कृशाश्व उनीसँग पन्छिन खोज्यो । अपालालाई छिछि र दूरदूर गर्न थाल्यो । यसपछि अपाला बाध्य भएर आफ्ना पिता अत्रिका आश्रममा फर्किइन् । यहि नै यिनले स्वाध्याय थालिन, साधना गरिन र बनौषधिबाट उपचार पनि गर्दै रहिन । आर्य साहित्यमा अपालाको नाम शिर्ष स्थानमा पाइन्छ ।
अत्री आश्रम
     रामायणका अनुसार चित्रकुट वरपर अत्रीका आश्रमहरु थिए । चितवनको देवघाटमा अत्रीको मन्दिर स्थापित छ । बद्रिकेदार र केदारनाथ धामको प्रसवण क्षेत्रमा अत्री र अनुसुयाका थुप्रै मन्दिर र आश्रमहरु पाइन्छन । बैतडी जिल्लामा अवस्थित ग्वाल्लेक पर्बतको पुर्बी पार्श्वमा समेत अत्री परिवारको आश्रम रहेको मानिन्छ । त्यहाँका भग्न देवस्थलका आधारमा समेत यो अनुमान गर्न सकिन्छ ।
प्राचिनकालमा बायु पर्वत (ग्वाल्लेक)को फेदमा फेलिएको बिशाल प्राकृतिक बन बाटिकामा यत्रतत्र ऋषिका आश्रम हुँदा हुन । यहाँ दैनिक धर्म चर्चा हुँदो हो , यज्ञ यज्ञादिको आयोजन हुँदो हो । यिनै आश्रममा पुजिने देवता कालक्रममा असिमी मानिए । केदारखंडमा अवस्थति भएकोले यिनलाई लोकले असिमी केदारको रुपमा पुजाआजा गर्दै ल्यायो । बोलचालको भाषामा यी लोकदेवताको  स्थललाई श्रीकेदारको आल मानियो । यहि शब्द कालान्तरमा सुरकाल बन्यो । सुदुर पश्चिम भेगमा यस्ता अपभ्रंसित स्थान नामहरु थुप्रै पाइन्छन । काठको माण्डौ भएको स्थान काष्टमण्डपबाट काठमांडौ भए जस्तै बायु तट( खुबै हावा चल्ने पर्वतको किनारा)बाट बैतडी,देवाटपि ( देवताहरुले परिभ्रमण गर्ने ठाऊँ)बाट डोटि, खेचराद्रि(नभचरहरु डुल्ने ठाऊँ)बाट खप्तड, कुर्मांचल(कुर्म अवतार भएको ठाउ) बाट कुमाउँ भएको मानिन्छ । सुरकाल गाऊँको प्रतेक ढूंगा माटोमा गोत्रका शिर्षस्थ ऋषिका संहिताको अमीट साईनो छ । एकान्तमा आफुले आफैलाई खोज्दा यहाँ अत्री आश्रमका पदचापहरु देखिन सुनिन सक्दछन् । पुरानो असिमी केदार स्थापना स्थल मानिने उच्च समस्थली वरपर खण्डहर आश्रमको अबशेष छन । भष्म बाटिका नामको स्थान छ । यसै स्थान नजिक माता अनुसुयाले स्नान गर्ने कुण्डहरु, अपालाको चर्मरोग निको पार्ने बनौषधिहरु, इन्द्रको प्रिय सोमरस तयार गर्ने सोमलता र अनुसुयाले गुप्तरुपमा बोलाएकी गंगाको स्वर लहर अझै भेट्टिन्छन्  ।

अत्री साहित्यको एक नमुना

अत्रि स्तुति(मूल)
अत्रि स्तुति(नेपाली)
Atri Stuti (English)
नमामि भक्त वत्सलं, कृपालु शील कोमलं।
भजामि ते पदांबुजं, अकामिनां स्वधामदं॥१॥
हे भक्त वत्सल, हे कृपालु, हे दयालु!  तपाइलाइ नमस्कार छ। निष्काम पुरुषहरुलाई आफनो परमधाम दिने हजुरको चरणकमलको म भजन गर्दछू।।१॥
O Lord! you are affectionate to your devotees. O Sri Ram! you are compassionate and of soft nature. Salutations to you! I worship your lotus feet which give your abode to your selfless devotees.1
निकाम श्याम सुंदरं, भवांबुनाथ मंदरं।
प्रफुल्ल कंज लोचनं, मदादि दोष मोचनं॥२॥
निष्काम श्यामसुन्दर! संसार-समुद्रबाट मुक्तिका लागि तपाइ मंदराचलको रूपी मथानी जस्तो हुनुहुन्छ। पुर्णकमल जस्तो नेत्र भएका तपाइ  अभिमान आदि दोषहरुबाट टाढा हुनुहुन्छ॥२॥
You are selfless, blue and beautiful. You are like Mount Mandaar (which generates nectar in ocean) which relieves from ocean of birth and death. Your eyes are like the full-blown and delighted lotus and you remove the pride and demerits of your devotees.2
प्रलंब बाहु विक्रमं, प्रभोऽप्रमेय वैभवं।
निषंग चाप सायकं, धरं त्रिलोक नायकं॥३॥
हे प्रभु! तपाइका दीर्घ बाहुको पराक्रम र तपाइको ऐश्वर्य अप्रमेय (बुद्धिले सिद्ध हुन नसकने ) छ।  धनुष-बाण र तरकस धारणगर्ने तपाई तीनै लोकको स्वामी हुनुहुन्छ॥३॥
O Lord! The strength of your long arms and your splendor is unprovable (by intelligence). O Lord of the three worlds! you hold quiver, bow and arrows.3
दिनेश वंश मंडनं, महेश चाप खंडनं॥
मुनींद्र संत रंजनं, सुरारि वृंद भंजनं॥४॥
हे सूर्यवंशको गौरव! तपाइ श्रीमहादेवजीको धनुषको तोड़न समर्थ हुनुहुन्छ। श्रेष्ठ मुनिजन र संतहरुलाई आनंद दिने तपाइ देवताका शत्रु असुर-समूह को नाश गर्न पनि समर्थ हुनुहुन्छ॥४॥
You glorify the solar dynasty. You break the bow of Lord Shiva. You delight the eminent sages and saints. You destroy the groups of demons, the enemies of the demigods.4
मनोज वैरि वंदितं, अजादि देव सेवितं।
विशुद्ध बोध विग्रहं, समस्त दूषणापहं॥५॥
कामदेवका शत्रु श्रीमहादेवजी समेत तपाइको वंदना गर्नुहुन्छ, ब्रह्मा आदि देवता तपाइको सेवा गर्नुहुन्छ, तपाइ विशुद्ध ज्ञानमय शरीरयुक्त हुनुहुन्छ र समस्त दोषहरुलाइ  नष्ट गर्न सक्नुहुन्छ॥५॥
Lord Shiva, the enemy of Kama (desires) worships you. Lord Brahma and other demigods serve you. Your form is pure consciousness (knowledge) and you remove all evils of your devotees.5
नमामि इंदिरा पतिं, सुखाकरं सतां गतिं।
भजे सशक्ति सानुजं, शची पति प्रियानुजं॥६॥
हे लक्ष्मीपति, हे आनंदका सागर र हे सत्पुरुषका अंतिम गति, तपाइलाइ नमस्कार छ। हे इन्द्रका प्रिय अनुज (श्रीवामन)तपाइकि शक्ति श्रीसीता र कान्छा भाई श्रीलक्ष्मण सहित तपाइको म  स्मरण गर्दछु॥६॥
Salutations to Lord of Sri Lakshmi, ocean of bliss and the ultimate destination of saints. I remember you, the dear younger brother(Sri Vamana) of Indra (Husband of Shachi) along with your power Sri Sita and the younger brother Sri Lakshman.6
त्वदंघ्रि मूल ये नराः, भजंति हीन मत्सराः।
पतंति नो भवार्णवे, वितर्क वीचि संकुले॥७॥
<
जो मनुष्य ईर्ष्यारहित भएर तपाइको चरणकमलको स्मरण गर्दछ, उ विभिन्न संदेह रूपी लहरा भएको संसाररूपी समुद्रमा पुनः आउदैन॥७॥
Whosoever, without jealousy, worships your lotus feet, does not fall into this world, the ocean of birth and death and which has different doubts as its waves.7
विविक्त वासिनः सदा, भजंति मुक्तये मुदा।
निरस्य इंद्रियादिकं, प्रयांति ते गतिं स्वकं॥८॥
एकान्तको सेवन गर्ने पुरुष, जो प्रसन्नतापूर्वक मुक्तिको लागि सदैव तपाइको भजन गर्दछन, इन्द्रियबाट उदासीन तिनिहरु परम गति प्राप्त गर्दछन॥८॥
The ascetics who constantly and cheerfully worship you and remain detached from their senses, attain their ultimate position.8
तमेकमद्भुतं प्रभुं, निरीहमीश्वरं विभुं।
जगद्गुरुं च शाश्वतं, तुरीयमेव केवलं॥९॥
तपाइ एक (अद्वैत), मायिक जगतले विलक्षण, प्रभुइच्छारहित, ईश्वर, व्यापकसदा समस्त विश्वको ज्ञान दिनेतुरीय (तीनै अवस्थाभन्दा अलग) र केवल आफनै स्वरूपमा स्थित हुनुहुन्छ॥९॥
You are one (without a second), beyond this world of Maya, all-powerful, innocuous, lord of all, omnipresent, the eternal guru (preacher) of the world and beyond three states(awake, dream and sleep)and exist by yourself.9
भजामि भाव वल्लभं, कुयोगिनां सुदुर्लभं।
स्वभक्त कल्प पादपं, समं सुसेव्यमन्वहं॥१०॥
जो प्रेमबाट प्रसन्न हुनुहुन्छ, विषयी पुरुषकालगि जसको प्राप्ति कठिन छ, जो आफनो भक्तहरुको समस्त कामना पूर्ण गर्न समर्थ छन, जो पक्षपातरहित र सदा सुखपूर्वक सेवा गर्न योग्य छन, उनै प्रभुको निरंतर भजन गर्दछु ॥१०॥
I remember the Lord who pleases by love (devotion), who is very difficult to get for undisciplined minded persons, who is wish-yielding tree for his devotees and who is easy to worship.10
अनूप रूप भूपतिं, नतोऽहमुर्विजा पतिं।
प्रसीद मे नमामि ते, पदाब्ज भक्ति देहि मे॥११॥
हे अनुपम रूपवाला प्रभु, हे जानकीनाथ, तपाइलाइ मेरो प्रणाम छ। तपाइ प्रसन्न हुनुहोस, तपाइलाइ नमस्कार छ, तपाइ मलाइ आफना चरण कमलको भक्ति दीनुहोस॥११॥ 
I bow to the exquisitely beautiful king Sri Ram, the lord of Sri Sita (daughter of the earth). Salutations to you, please be gracious to me and grant me the devotion to your lotus feet.11
पठंति ये स्तवं इदं, नरादरेण ते पदं।
व्रजंति नात्र संशयं, त्वदीय भक्ति संयुताः॥ १२॥
जो मनुष्य यो स्तुति आदर पूर्वक पढ़नेछन, ती तपाइको भक्तियुक्त भएर निसंदेह  परमपद प्राप्त गर्नेछन॥१२॥
Those who recite this hymn with reverence, acquire your devotion and attain your abode without any doubt.12