Wednesday, September 28, 2016

ग्वाल्लेक केदार क्षेत्र र वरपरका धार्मिक सांस्कृतिक सम्पदा



कर्णाली चिसापानीको पुल तरेपछि सुदूर सिमान्तको सात नम्बर प्रदेशमा पुगिन्छ । यस क्षेत्रका पर्यटकिय गन्तव्य हरु अद्यापि देशबासीका नजरमा समेत ओझेेल नै छन । टिकापुर, घोडाघोडी, शुुक्लाफाँटा, झिलमिला, वेदकोट, अमरगढी, शैैलेश्वरी, बडिमालिका, रामारोशन, खप्तड, बुढीनन्दा, सुर्मा, अपि-नाम्पाका बारेमा समेत हामीसंग यथेष्ट जानकारी छैन । यस यथार्थमा प्रकृति र संस्कृतिको नमुनास्थल रहेको यस क्षेत्रका नयाँ नयाँ दर्शनीय स्थानको सामान्य परिचय दिने जमर्को गर्दैै ग्वाल्लेकधामको अती पबित्र मानिने ग्वाल्लेक शिखर, ग्वालेककेदार धाार्मिकारण्य र सेरोफेरोका धाार्मिक-सांस्कृतिक धरोहरहरुको छोटो चिनारी यस  लेखमा राखेकाछौ ।


बैतडी सदरमुकामबाट  १० कि मि पुुर्बपट्टि उच्चसमस्थलीमा देहिमाण्डौको स्थानिय बजार अबस्थित छ । नेपाल- भारत सीमाना पर्ने झुुलाघाट बजारबाट यहाँसम्म २९ कि मि पक्की सडक छ ।  यहाँबाट सोझै दक्षिणमा देखिने लेकको सर्बोच्च शिखर नै यस भेेगमा ग्वाल्लेकधामका नामले प्रसिद्ध छ । यो धामका वरपर चारैतिर विभिन्न नामले सम्बोधित शिबशक्तिस्थलहरु स्थापित छन । समष्टिमा यो मनोरम भुुखण्डलाइ ग्वाल्लेककेदार क्षेत्र भनिएकोछ । देहिमाण्डौबाट यो शिखरको पुर्बी पार्श्वतिर जाने सडक हाल २५ कि मि टाढा गिरेगडासम्म पुगेकोछ भने पश्चिम पट्टिको सडक देहिमाण्डौ- दुर्गास्थान १२ कि मि र दुर्गास्थान- सलेना- मेलौली १५ कि मि सम्म नै गाडी चल्न थालेकोछ । लामालेक- खलगाड- रोडीदेवल रुटमा निर्माणाधिन सडकलाई देहिमाण्डौ-गिरेगडा सडकसम्म जोडने गरेर यो ग्वाल्लेककेदार क्षेत्रको चारैतिर परिक्रमा पथ( चक्रपथ ) को परिकल्पना गरिएकोछ । देहिमाण्डौकै सुन्दरखालबाट संरक्षित बनको किनारै किनार ढणौन- पेल्या हुँदै लामालेकमा पर्यटनमार्गलाई जोडने योजना समेत छ । यसरी चारैतिरको सडक संजाल जोडन धेेरै दिन कुर्नु नपर्नेमा स्थानियबासी बिश्वस्त छन ।

देहिमाण्डौको बजार नै ग्वाल्लेक केदार क्षेत्रको प्रमुख प्रबेश-बिन्दु हो । देहिमाण्डौ्डौमा खानबस्नकालागि होटेल लजहरु छन । स्वास्थ्य चौकी र  पुलिसचौकीको सेवा समेत उपलब्ध छ । यहाँबाट पुर्ब वा पश्चिम जुन रुटबाट भए पनि ग्वाल्लेक वरपरका धार्मिक सांस्कृतिक स्थलहरुमा पुग्न सकिन्छ । ग्वाल्लेक धामको वरपर थुुप्रै दर्शनिय स्थल छन । स्थानाभावका कारणले समेत यो आलेखमा मात्र यिनीहरु सबैको बारेमा लेख्न नसकिए पनि पछि अपडेट गर्नेेगरि केही प्रमुख स्थलका सम्बन्धमा छोटो जानकारि मात्र समाबिष्ट छ ।



निंगलासैनी ; सुप्रसिध्द शक्तिपीठ

बैतडी जिल्लाको देहिमाण्डौँमा रहेको निङ्गलाशैनि भगवती मन्दिरमा मेला भर्न सुदूरपश्चिमका साथै भारतको कुमाउ र गढवाल क्षेत्रबाट पनि हजारौंको संख्यामा दर्शनार्थी मन्दिरमा दर्शन गर्न पुग्ने गर्दछन् ।

स्थानिय जानकारहरुका अनुसार निङ्लासैनी भगवति मन्दिरमा पहिलेदेखिनै पशुवलि दिने प्रचलन छ । महाष्टमीका दिन शक्तिवर्दनी निङ्गलाशैनि माताको मन्दिरमा कम्तिमा पनि ६८ प्राणिको वलि दिनुपर्ने भएकाले यो मेलालाई स्थानिय भाषमा अठ्सठ्ठि जात पनि भनिन्छ ।

पौराणीक किंवदन्ती अनुसार ७ सय वर्ष पहिले देहिमाण्डौं गाविसको वडा नं.६ स्थित जंगलको एक भागमा निंगालोको वोट संगै रहेको एक सिलामाथि आफ्नो गाईले दुध चढाएको  देखेपछि सोहि निंगालोवाट उत्पन्न भएको हुनाले यहाँं उत्पन्न महांशक्तिलाई निङ्लासैनी भगवतीको रुपमा पुज्ने गरिएको हो ।

निङ्लासैनी भगवतीको मन्दिरमा प्रत्येक संक्रान्ती, औसी र पूर्णिमाका दिन शास्त्रोक्त विधिबाट नियमित पुजा चढाईन्छ भने हरेक वर्ष बडादशै, चैैते दशै, भाद्र पुर्णिमा र मंसिर पुर्णिमामा ४ पटक भब्य मेला लाग्ने गर्दछ ।
सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठको रुपमा मानिने यस मन्दिरमा प्रतेक बर्ष नवरात्रको महाअष्टमी को अवसर पारेर पाँच सय भन्दा बढी पशुको बलि दिईन्छ । ०७२ सालको तथ्यांकमा  माहाअष्टमीको अवसर पारेर ३ सय ३० राँगा र दुई सय भन्दा बढी बोकाहरुको बली दिईएको निङ्गलाशैनि मेला व्यवस्थापन समितीको रेकर्डमा देखिन्छ ।

ग्वाल्लेकधाम ; पबित्रतम उच्च शिखर

देहिमाण्डौबाट करिब २ कि मि सुन्दरखालसम्म नै सडक पुगेकोछ । यहाबाट डेढदुइ घण्टाको पैदलबाटो शिखरसम्म पुगिन्छ, तर शिखरमा जान पबित्र र चोखो रहनु पर्ने केही अनुष्ठान पूरा गर्नुपर्छ । प्रबेशबिन्दुमा सानो मन्दिर र आश्रम बनाइएकोछ । शिखरको प्राकृतिक भब्यता अनुपम र अलौकिक मानिन्छ । शिखरको उचाई ६०६५ मिटर मापन गरिएकोछ । स्थानिय लोकमानस ग्वाल्लेक धुुराका नामले यस शिखरलाई अतिव आस्था र बिश्वासका साथ गुहार्ने गर्दछ ।

ग्वाल्लेककेदार ; धार्मिक आस्थायुक्त संरक्षित बन

ग्वाल्लेकधामको चारैतिर करिब २८७८ हेक्टर धार्मिक राष्ट्रिय बनले यो समुच्च क्षेत्रलाई जिबन्तता दिइरहेकोछ । यसलाई संरक्षित बन कायम गर्ने संरक्षणकर्मीहरुको प्रयास जारी छ । पर्यापर्यटनकालागि यो बनक्षेत्र नमुना मानिन्छ । प्राकृतिक हरियाचौर, गुफा, पानीमुहान, बिबिध बनस्पति, बनौषधि, बन्यजन्तु यहाँका आकर्षण हुन् । भाारत र नेपालका हिमश्रृंखला लगायतका प्राकृतिक दृश्यहरुको अबलोकनका लागि समेत यो धाार्मिकारण्य विशिष्ट गन्तव्य मानिन्छ ।

 असिमकेदार ; वर्षा र सहकालका देवता 

देहिमाण्डौ-सलेना सडकको सात कि मि दुरिमा पर्ने दुर्गास्थानको सुर्काल गाउँमा असिमकेदार मन्दिर अबस्थित छ । यहाँ पनि भाद्र र माघ महिनाको शुुक्ल पञ्चमीदेखि तीन दिनसम्म प्रख्यात " तेरादे जाँत " को रमाइलो पर्व मनाइन्छ । संक्रान्ति, औसी र पुर्णिमामा नित्य पुजा हुन्छ । नवरात्र, न्वागि पर्व ( नयाँ अन्न चढाउने ) आदिका अबसरमा समेत पुजाआजा हुन्छ । खडेरी वा अतिबृष्टि भएमा " आल " भरिका गाउँगर्खाबाट जाँत सहितका मानिस संकट निबारणार्थ यो मन्दिरमा आउने चलन कायमै छ । असिमकेदारलाई वर्षा र सहकालका देवताका रुपमा मान्ने गरिन्छ । यहाँ पनि पुजाआजा चलाउने आफनै विशिष्ट प्रचलन छन ।

महाद्यौ ; झौलेक, गुरुखोला

दशरथ चन्द राजमार्ग नजिक झौलेकमा महारुद्र देवताको प्रसिद्ध मन्दिर रहेको छ । यस मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल/चैत्र शुक्ल नवमी तिथिमा विशेष पूजा लाग्ने गर्दछ ।

मेलौली ; प्रख्यात भगवति
          धार्मीक स्थलको रुपमा सुदूर पश्चिमका प्रमुख शक्तिपिठमध्ये मेलौली पनि एक हो । प्रचार प्रसार हुन नसकेको कारण ओझेलमा परेको मेलौली भगवतिको महिमा क्षेत्रभरि कायमै रहिआएको तथ्य कार्तिक पुर्णीमा लाग्ने जात्रा ( जाँँत ) मा देखिने लाखौको सहभागीताले प्रमाणित गर्दछ  । एक सय चौतिस रोपनी क्षेत्रफल भएको चौरमा अवस्थित माता मेलौलीको मन्दिर हातामा  केदारशैली, शिखरशैली र पैगोडा शैलीका समन्वित स्वरुपमा विशिष्ट चित्ताकर्षक शैैलीको बास्तुकला देखिन्छ । काार्तिक पुर्णिमाको अबसरमा चार दिन सम्म रहने जात्रामा करैाडौको ब्यापार हुन्छ । नेजा ध्वजा आशा गुर्ज भानु भोकर लगायत पाचबाजाको साथ दशैा ब्यक्तिहरुले बोक्ने चन्डोलमा श्वेत फेटा र बागो लगाई सुन चादीको गहनामा सुशोभित भएका हातमा चामर लिएका धामीमा पुर्णिमाको बिहान सुर्योदयको मुहुर्तमा मेलौली अबतरित हुन्छिन भन्ने जन बिश्वास छ । चौरको मध्यमा रहेको फलामे पिँङ ( हिङलो ) सु प मा नै सबभन्दा अग्लो हुनुपर्दछ । 
मन्दिरको पश्चिम र ग्रीन बेल्टको ठीक मुनी देब्वा ओराड नामले एउटा गुफा छ । प्रबेशद्दार सागुरो भएको हुदा सबैलाई भित्र प्रवेश गर्न सक्दैनन् । गएका हरुबाट प्राप्त जानकारी अनुसार बिभिन्न देवि देबताहरुको प्राकृतिक मुर्तिहरु छन । लामालेक बुढाघरभन्दा माथि लेकतिर अर्को गुफा छ । यस किसिमका गुफाहरु सीमा र ग्वाल्लेकको बनमा पनि पाईन्छन । यि अझै खोजका बिषयहरु छन ।
मेलौलींमा चैतै दशै र अशोजको महिनाको बडा दशैमा नित्य ५ पुजा  र बली बिधान हुने गर्दछ । धर्म र सँस्कृतिको नाममा  देउकी बनाउने चलन चालीसको दशकमा समाज सेवी र पिडित समुदायले ठूलो प्रयत्नका साथ समाप्त गरेकाछन ।

महारुद्र, खलिगाड ; विशिष्ट परंपरा

ग्वाल्लेककेदार क्षेत्रकै तोलि बनसंग जोडिएको महारुद्र गा बि स को सेरा गाउँमा अवस्थित महारुद्र मन्दिर केही विशिष्ट परम्पराका कारण यस भेेगभरि नै प्रसिध्द छ । सम्भबत: तेह्रौ शताब्दिमा स्थापित यो मन्दिरमा प्रथम स्थानमा मुखिया ठकुरी हुने र बिणाको धामी क्षेत्रीबाट हुने चलन छ। हाल यसरी खाम बसेका चन्द मुखियाहरुको एघारौ पुस्ताले मन्दिरको धार्मिक सांस्कृतिक कार्य संचालन गरिरहेकाछन् । बुध्द पुर्णिमाका दिन बलिरहेको आगोमा धामीहरुले तातो फलाम चाटने धुुनी जाँत पनि यस स्थानको प्रख्यात विशेष पर्व हो । यसै स्धान नजिक २ कि मि लामो प्राकृतिक गुफा पनि छ । लामालेकबाट यहाँसम्मको सडक निर्माणाधिन छ ।
गण्मेश्वर ;  गिरेगडा-३ नेटा 
धार्मिक पर्यटकीय स्थल गणमेश्वर मन्दिर बैतडीको गिरेगडा र रोडीदेवल गाविस सिमना नेटा मा अवस्थित छ ।कलात्मक सौन्दर्यले भरीपुर्ण यो मन्दिरमा जान देहिमाण्डौदेखि नै सडक यायायातको सुविधा छ।  गणमेश्वरको नवनिर्मिित मन्दीर नवनिर्मीत विशिष्ट बास्तुकलाका कारण प्रसिध्द छ । गन्मेश्वर बाबालाई गडवालिङको नामले पनि पुकारिन्छ । यहाँको मन्दिरमा मन्दिरमा रातो टिका चल्दैन । भाारतको पिथौरागढ चम्पावतबाट समेत दर्शनार्थीहरु आउनेगरेकाछन ।
देउताल ; द्यौगण्या, रोडीदेबल
देवताल अर्थात देवगणेलाई गडवालिङको प्रमुख वीर मानिन्छ । नेपाल- भाारत दुबैतिर यिनलाइ समानरुपमा श्रध्दा र बिश्वास गर्दछन । कहि पनि न्याय नपाएमा देउगणे गुहार्नेे ( घाऽत जाने ) चलन छ । महाकाली किनारका यस तालमा सुनका माछा चढाउने प्रचलन कायमै छ  । नवरात्रमा यहाँ ठुुलो मेला लाग्छ ।

{ नागार्जुन ; गिरेगडा-५ तोली/सिम केदार ; गिरेगडा-४/नङथरो ; गिरेगडा-८ धिरमणा/खोलीकेदार ; गोइचणा , जर्ग /कैलपाल, पुजरागाउ, दुर्गास्थान /खापर गुफा, ऐचेेकाडा, दुर्गास्थान/समैची सदाफल; दुर्गास्थान/ भुुमिराज, दुर्गास्थान आदि कतिपय धाार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि ग्वालेककेदार धाार्मिक क्षेत्रको वरपर अवस्थित छन । यी पावनस्थलहरु बारेका बिबरण अद्यावधिक गर्दै जानेछौ । केही फोटोहरु पनि गुगलबाट साभार सङ्कलन गरिएका छन् । यसबारेका तथ्यपुर्ण जानकारीका लागि कमेन्ट बक्स खुुला छ । कृपया यो एकल प्रयासलाई सघाई दिनुहुनेछ । }





सिमनाथ ; आकर्षक शिबस्थल

मेलौलीदेखि १४ कि मि दक्षिणको चुचुरोमा अवस्थित सिमनाथ मन्दिरमा कार्तिक शुुक्ल सप्तमीमा ठुुलो मेला लाग्दछ । भाद्र शुुक्लाष्टमी अर्को विशेष पर्व हो । प्राकृतिक रुपले पनि यो स्थान चित्ताकर्षक मानिन्छ । सिमनाथको आफनै विशिष्ट परम्परा छ । मेलामा  दुई गाउले समुहहरु गीर खेेल्ने चलन अहिलेसम्म चालु छ । हाल यस स्थानमा समेत सडकको ट्रेक खुलिसकेकोले आउनजान सजिलो भएकोछ ।

शर्मालीगढी ; अमरगढीकै हाराहारी

भारतको चम्पाबतगढ र डडेल्धुराको अमरगढीकै हाराहारीको यो गढी तत्कालिन सामरिक किल्ला हो । हाल संरक्षणको पर्खाइमा रहेको किल्ला लगभग ५०० बर्गफुट जमिनमा फैैलिएकोछ । डोटि भेेगमै अमरगढि पछि यो शर्मालीगढी दोश्रो ठुुलो किल्ला मानिन्थ्यो ।

यसरी यो भेेगका अतिरिक्त बैतडी र डडेल्धुराका कतिपय पर्यटकीय गन्तब्यहरुको पर्यटन प्रबर्धनका निम्ति एकीकृत प्रयासको आबश्यकता छ । राष्टिय सडक संजालसंग जोडिएकोले पर्यटकीय बिकासका लागि सबैको ध्यान जानू पनि अबको टडकारो खाँचो हो ।
जहाँसम्म बैतडीसम्म पुग्ने चाँजोपाँजोको प्रश्न छ, हाललाई सार्बजनिक यातायात प्रयोग गरेमा काठमाण्डौ- बैतडी- काठमाण्डौ बस भाडा र दुई रात बैतडीमा खान- वस्न बाह्र हजार जतिले पुग्छ । कुनै कोसेली लैजानका लागि अतिरिक्त खर्च थपिने हुन्छ । काठमाण्डौबाट बैतडी पुग्न बसमा २७ घण्टासम्म लाग्छ । काठमाण्डौ- धनगढि हवाइ यातायात पनि उपलब्ध छ । धनगढी- बैतडी २२० कि मि को लागि धनगढिमै बस र भाडाका साधन पनि पाइन्छन् । सामान्यत: टिसर्ट, टाउजर, हापपैण्ट, पातलो ज्याकेट, क्याप, स्पोर्ट शुु, चप्पल, पानी बोतल, टर्चलाइट, क्यामेरा, डायरि, कलम, दुर्बिन, टावेल, टुथपेष्ट, साबुन, ब्रस र सामान्य औषधिको जोहो मिलाएर आउदा बेस हुन्छ । यताबाट कोसेलिको रुपमा चिउरि गुड, बोडी, गहत, मस्याङ, मास, भटमास जस्ता अर्ग्यानिक उत्पादन लैजान सकिन्छ । सिमावर्ति नगर झुुलाघाट वा पिथौरागढसम्म पुगेर किनमेल गर्न सकिन्छ ।




देउकी


          ( पहिलो प्रकाशनताका नै पढेको  " देउकी" को कथाले मलाइ बहुतै प्रभावित गरेको थियो । त्यसै अवधिमा शायद यिनै कथाकारको गरिमामै प्रकाशित अर्को कथा " मृत्यु पर्खिरहेछ "(?) ले पनि खुुबै झकझकाउथ्यो  । यो कथा चमेलियाको किनारतिरको कुनै भीरमा फालिएको नवजात पाडो ( स्थानिय भाषामा जलेठो ) को क्रन्दनका बिषयमा थियो । भैैंंसीको दुधमा एकाधिकार खोज्ने राक्षसी चाहनाको शिकार बनेका सुत्केरी आमा -भैैसी र शिशु- राङोको त्यो बेदनाले मलाइ अन्तर्मनसम्म छोएको थियो। त्यो बेलाको मेरो किशोर मनले यस्तै कथाहरु लेख्न ज्यादै हौस्याएको सम्झना बाँकि नै छन । यसै परिबेशका यस्तै कथा लेख्न मलाइ पनि खुुबै रहर लाग्थ्यो । गाउँका श्वेतग्रिबी ठुुलाबडाले डमी बनाउदा चोरको नामले चिनिएको दलित पात्रलाई केन्द्र बनाएर " तिखे दा " शिर्षकमा कथा लेखियो पनि । त्यो आफन्त मासिकमा र केही स्थानिय पत्रिकामा छापिएको पनि थियो । तर यो क्रमलाई निरन्तरता दिन सकिएन । शायद नियन्तालाइ यो मन्जुर थिएन क्यारे । जिबनले अर्कै धार लियो । रहर रहरै रह्यो ।
प्रस्तुत देउकी कथालाई यो ब्लगमा समकालीन साहित्यबाट साभार गरिएकोछ । चित्रहरु गुगल खोजको सौजन्यमा प्राप्त भएका हुन । यो कथाले तत्कालिन समाजको दुखेको पाटो देखाउछ ।  पहिलो प्रकाशन पछिको लामो अवधिमा सुरनैयामा थुुप्रै पानी बगिसकेकोछ । बर्णित परिबेशसंग म सुपरिचित छु । ती अतीतका कथाहरुबाट सिर्जित कैयौ उपकथाहरु उपर अझैै साहित्यिक सिर्जना आउन सकुन भन्ने कामना छ । किनारीकृत समाजका ती मौन पात्रहरुको ईतिहास लेखिनै पर्छ । मेरो प्रेरणाका श्रोत कथाकारलाई सादर नमन ।। - ब्लगर= भानदेव बडू- ।।

देउकी

- राशि पाण्डे

हिँडाइको क्रममा जब तपाईं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेका पाइतालाका डोबहरू पछ्याउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहङ्गम दृष्टिपात गर्नुहुन्छ । कहाली लागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला ? पाइलाका गोरेटाहरूमा उकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकाली मात्र छ, चढाइ मात्र छ । गन्तव्य कहाँ छ ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु । हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर ........
जीवनको यति लामो गोरेटो पहिल्याउँदै, पछ््याउँदै, एकक्षण बिसाएर जब म आफ्नो चारैतिर दृष्टिपात गर्छु, आफ्नो जीवनको सिंहावलोकन गर्छु, एउटा विशाल क्यानभास फैलिदिन्छ मेरो चारैतिर । ती चित्रहरूलाई तपाईं देख्न सक्नुहुन्न, छुन सक्नुहुन्न, तर कताकता भित्र मनमस्तिष्कमा ती चित्रहरू सगबगाउँछन्, चलमलाउँछन् ।
क्यानभासमा एउटा विस्तृत पहाड, रूखजङ्गल, बस्तीहरू छन् । एउटा सम्म परेको डाँडामा मन्दिर छ – भगवती मेलौली सैनीको । छेउमै झ्याम्म परेको सिलङ्गाको रूख अनि नजीकै ठुलो अग्लो साङ्गलोको झुला । यत्रतत्र ससाना काठका किलाहरू गाडिएका छन्, जसमा विभिन्न किसिमका, विभिन्न आकृतिका घण्टहरू झुन्ड्याइएका छन्, नेजा१, पताकाहरू फरफराइरहेका । मन्दिरको सामुन्ने विशाल चउर छ, केही गाई, भैँैसी, बाख्राहरू चरिरहेका । चउरको छेउछाउमा ढुङ्गाको गारो र स्लेटले छाएका, कमेरो पोतेका घरहरू छन्; बस्ती छ, ढुङ्गा जत्तिकै बलियो शरीर र कमेरो जत्तिकै निर्मल मन भएका देउकीहरूको– मेलौली ।
हो, तपाईंले पनि सुन्नु नै भएको होला ? तल्लो स्वराड, केशरपुर, मेलौली, देहीगाउँ, पेरिस । जे भने पनि हुन्छ । जे नाम दिए पनि हुन्छ । वास्तविकतामा केही फरक आउन्न । बाल्यकालको सम्झना गर्छु । कत्ति रमाइलो थियो, त्यो उमेर, त्यो समय ? इजा२, बजै र म मात्र थियौँ । घरमा कोही लोग्नेमानिस थिएनन् । बुवाको अनुहार सम्झन खोज्छु । अनेकौँ अनेकौँ अनुहारहरू आँखामा नाच्न लाग्दछन् । यिनमध्ये, कुनचाहिँ मेरा बुबा हुन् ? ठम््याउन सक्दिनँ । निक््र्योल गर्न सक्दिनँ । मेरा कुनै बुबा नै थिएनन्, कोही सिङ्गो बुबा नै थिएनन् । आफ्नै नाम दिने, माया दिने । यिनको बुबाको नाम के भनी एकपटक एउटा बाहिरिया मानिसले इजासँग सोधेथ्यो । एकछिन अकमक्किएर इजाले बताउनु भएथ्यो “संसार छन् ।” हो, संसार छन् । यो सँसार छन् कुनै खास व्यक्तिको नाम होइन, जात होइन । कुनै खास व्यक्तिलाई यस नामले लक्षित गर्दैन । असङ्ख््य असङ्ख््य व्यक्तिहरू जो दुईचार रुपियाँको लोभ देखाएर आफ्नो वासना तृप्त गर्न आउँछन्, ती सबैको सामूहिक नाम हो – ‘संसार छन्’ ।
एक्ली छोरी थिएँ । बजै, इजाको प्यार कसैलाई भाग लाग्दैनथ्यो । उनीहरूको माया, स्नेह पोख्ने भाँडो म मात्र थिएँ । बजै निक्कै राम्री हुनुहुन्थ्यो । गोरी, सुलुत्त परेको नाकमुख, हिस्सी परेकी । उहाँ अरूजस्तै घाँघरो३ नलगाई साडी लगाउनुहुन्थ्यो । आफ्नो जवानीमा उहाँले दिल्ली, बम्बै घुमिसक्नुभएको थियो, लाहुरेसँग । यसैले उहाँको बोली वचनमा मिठास थियो, व्यवहारमा शिष्टता । गाउँका इष्टमित्रहरू इज्जत गर्दथे, सल्लाह लिन्थे अनि बाहिरबाट आएका जिज्ञासुहरू देउकीहरूको चालचलन, रीतिस्थिति इतिहास, फाग र लोकगीतका लागि भेट गर्थे । म धेरैजसो उहाँसँगै हुन्थेँ । उहाँसँगै सुत्थेँ । इजाले त मलाई जन्म मात्र दिनुभएथ्यो, आमा त मेरो उहाँ नै हुनुहुन्थ्यो । रातभरि बजैको काखमा लुटपुटिएर, उहाँको चाउरी परेको छालाका मुजाहरू खेलाउँदै म थुप्रै थुप्रै प्रश्नहरू गर्थेँ, बालसुलभ अनेकौँ जिज्ञासाहरू पोख्थेँ । उहाँ मलाई सहर, रेल, मोटरहरूको कथा सुनाउनुहुन्थ्यो अनि देउकीहरूको नारकीय जीवनको व्यथा बताउनुहुन्थ्यो । म राम्री त छँदै थिँए बजैको प्रभावले बाठी पनि हुँदै गएँ ।
दुई हजार चार सालमै यहाँ हाइस्कुल खुलिसकेको थियो । ठकुरीका छोराछोरी तथा अन्य केटाकेटीहरूसँगै मैले पनि काठको पाटीमा कमेराको मसीले क, ख लेख्न सुरु गरेँ । शिक्षा प्रारम्भ भयो । “देउकीको छोरीले पढेर के काम ? “देउकीकी छोरी देउकी नै बन्नुपर्छ ।” विरोधका गाइँगुइँहरू पनि सुनिए तर मेरी बजैका सामु कसैको सिप चलेन । मेरो स्कुल जान छुटेन । अहिले आफ्ना सँगीसाथीहरूलाई नियाल्छु, कति सुखी, कति सन्तुष्ट देखिन्छन् । ईष्र्या जागेर आउँछ, उनीहरूको जीवन देखेर । कुनै किसिमको महच्वाकाङ्क्षा, कुनै किसिमको अनुराग छैन । कन्था, खगालो लगाएर, रोटो र छाँछ४, आधा पेट खाएर पनि कति हँसिला, कति खुसिला लाग्छन् ? के शिक्षा नै दुःखको मूल त होइन ? शिक्षाले चेतना जगाउँछ । स्थितिबोध गराउँछ, स्थितिबोध भएपछि मानिसहरू असन्तुष्ट हुन्छन्, यही असन्तुष्टि नै विषाद, चिन्ता तथा दुःखको जरो हो । सोच्छु, जुन दिन मैल ‘क’ लेख्न सिकेँ, त्यही दिन बीजारोपण भयो दुःखको ।
म आमाको गर्भमा आउनुअघिबाटै समाजले मलाई देउकी बनाउने निर्णय गरिसकेथ्यो । देउकीकी छोरी देउकी नै बन्नुपर्ने नियम चलिसकेथ्यो । दसबर्से उमेरको त्यो घटना आज पनि आँखासामु छर्लङ्ग भै प्रस्टिन्छ । जुन दिन म राँगा, बोकाहरूजस्तै भगवतीमा बलि चढाइएथेँ । कति राम्रो हुन्थ्यो होला पञ्चबलिसँगै मलाई पनि नरबलि चढाइदिएको भए । यसरी जीवनमा यातना, वेदना, सास्ती त सहनुपर्ने थिएन ? नवरात्रिको बेला चारैतिर दसैँको उमङ्ग, उत्साह छाएको थियो । भगवतीमा प्रायः सधैँ नै दस बिस राँगाहरू ल्याइन्थे, काटिन्थे । बलि चढाइन्थ्यो निरीह पशुहरूको, जसको रक्तले सिँचेर भगवतीलाई प्रसन्न पार्ने प्रयास गरिन्थ्यो । एक दिन, सायद अष्टमीको साँझ ठुलो जाँत५ लागेको थियो । सैकडौँ राँगा बोकाहरू बलिका लागि बाँधिएका थिए । हज्जारौँ मानिसहरूको कोलाहलमा दमौँ, झ्याली, नरसिङ्गाको तुमुल ध्वनिले एउटा विभीषिका, एउटा भयावह वातावरण सिर्जिएको थियो देवीमन्दिरमा । बलिका लागि बाँधिएका पशुहरू संशयी, उत्तेजित भई यताउता हेरिरहेका थिए । मलाई पनि बिहानदेखि नै उपवास राखिएको थियो । नुहाई धुवाई नयाँ घाँघरो र चोली लगाएर, हामी सबै जाँत हेर्न गएका थियौँ भगवतीमन्दिरमा । मानिसहरूको घुँइचो थियो । पण्डितहरूको मन्त्रपाठ, घिउ, तिल, जौको हवनले उठेको धुवाँ, म निस्सासिएथेँ । त्यहाँका पुजारीले मलाई एक नयाँ फोलो६ दिँदै पानी ल्याउन अराएका थिए । देवन्वालो७बाट पानी ल्याई मन्दिरको परिक्रमा सकेर मलाई भगवतीको सामु बसालियो । मेरै छेउमा एक अधबैँसे साहूकारजस्तो मान्छे देवीको सामु पलेटी कसी हात अँजुली पारी बसेको थियो । अनि उसको अँजुलीमा पानी, तिल, कुश, फूलपातीका साथै मेरो औँला पनि समाउन लगाएका थिए पुजारीले । विभिन्न मन्त्रहरू पाठ गर्दै, ”ओम् नम् स्वाहा” को उच्चारण साथै उसले देवीमा सङ्कल्प दान गरेको थियो । भगवतीको तेल र टिका मेरो माथमा लगाउँदै, पुजारीले भनेका थिए “आजदेखि तँ देउकी भइस्, अब देवीकै चाकरीमा रही तैँले जीवन बिताउनुपर्छ ।”
म विधिवत् देउकी भएको थिएँ । हामी झगडा गर्दा, रिस उठ्दा भन्ने गर्दथ्यौँ “तेरो मुण्डामै देउताको तेल पडो८।” आज त्यही गाली ममा चरितार्थ भएको थियो जसलाई दस वर्षीया बालिकाको क्रन्दनले, रुवाइले कहाँ पखाल्न सक्दथ्यो र ! कहाँ बदल्न सक्दथ्यो र !
“कालोइ पारो कालोइ झुन्डो, काली गाईको दही छ,
जसोई लेख्यो भावनीले उसोइ, हुन्या रहिछ !”

पाँचसात दिनसम्म रुँदारुँदा मैले आफ्नो भाग्यलाई, आफ्नो नियतिलाई स्वीकारेको थिएँ । पछि थाहा पाएँ, त्यो साहूकारले देवीको भाकल पुरा गर्न इजालाई चार हजार दिएको रहेछ । म त पाल्तु पशुपक्षीहरूजस्तै बिक्री गरिएकी रहिछु । कस्तो हाम्रो जिन्दगी ? हामीहरूभन्दा त ती पशुहरू भाग्यमानी हुन्, जसलाई दुईचार चोटमै मोक्ष प्राप्ति हुन्छ । पीडाको अनुभूति एक क्षणका लागि मात्र हुन्छ अनि हुन्छ शान्ति, चिरनिन्द्रा । हामीहरूले त जिन्दगीभरि त्यति नै तड्पिरहनुपर्छ, बाँचुनजेल यातना सहिरहनुपर्छ, अचानामा तेर्सिएर ...
केही मेरो जिद्दीले केही बजैको रहरले मेरो स्कुल जान छुटेन । स्कुल गई नै रहेँ । इजाले अझै जवान नै हुनुहुन्थ्यो । अझै पनि कोही न कोही मानिसहरू बास खोज्दै आउने गर्दथे । यसरी पाहुना आएको दिन हाम्रो घरमा चहपहल हुन्थ्यो । माडा९ पाक्दथ्यो, मासु पाक्दथ्यो । रक्सी ल्याइन्थ्यो । मलाई यी सब मन पर्दैनथ्यो । घृणा लाग्दथ्यो, तिनीहरूको बीभत्स अनुहार देखेर, तिनीहरूको कुत्सित व्यवहार देखेर म रिसाउँथे, बाझ््दथेँ । तर युगौँदेखि चलिआएको चलन, हाम्रो पेसा, हाम्रो धर्म, नगरी हुन्छ र ? के खाने, कसरी खर्च चलाउने ? मेरो मुखमा बुजो लाग्दथ्यो । मलाई सम्झना छ, जबजब म कुनै कामले इजाको कोठामा पस्दथेंँ, त्यसबखत अनि दस, बिसको कमाइ थापेर बजैलाई दिँदा मैले इजाको आँखामा कुनै खुसी, कुनै उत्साह पाउन्नथेँ । हृदयभरि ग्लानि, विवशताको आँसु दबाएर बाहिर मेनका, उर्वशीको पाठ गर्नुपर्दथ्यो, इजाले ।
म कक्षा आठमा पुगिसकेकी थिएँ । घरधन्दा सगाउँदै, स्कुलको पाठ पनि चली नै रहको थियो । यौवनले चियाउन लागिसकेको थियो ममा । कामपिपासुहरूको अाँखाले मलाई बिझाउन थालिसकेका थिए । मौका पाए उनीहरू स्पर्शसुख बटुल्न खोज्दथे । मानिसहरू विभिन्न निहुँ गरी गरी पिठ्यँु सुमसुम्याउथे, गाला मुसार्दथे । तिनीहरूको पितृतुल्य व्यवहारमा पनि प्रेम, स्नेह होइन, कामका किराहरू, घृणित वासनाका अभिव्यक्तिहरू सगबगाइरहेका हुन्थे । म बुझ्ने भइसकेकी थिएँ । तिनीहरूको बाहिरी आवरण च्यातेर, भित्री तहसम्म चियाउन सक्ने भइसकेकी थिएँ । मलाई यी सबैदेखि वितृष्णा उठ्थ्यो, घृणा हुन्थ्यो । मेरो कक्षामा म एक्ली मात्र केटी भएकीले नजानिँदो त्रासले घेरिरहेको हुन्थ्यो मलाई । जब एक पटक एउटा केटाले मसँग जिस्कन चाह्यो, हातपात गर्न खोज्यो, अनि मलाई स्कुलदेखि नै मन म¥यो – मैले स्कुल जानै बन्द गरेँ । बजै ज्यादै बुढी भइसक्नुभएको थियो, घरधन्दाको काम इजाले मात्र समाल्न गारो परिरहेको थियो । मैले स्कुल छाडेकामा कसैलाई गुनासो भएन ।
स्याल पनि घोर्ले हुन्छ बैँसमा । म कोरली पोथीझैैँ राम्री हँुदै गएँ । भालेहरू पछ्याइरहन्थे मलाई, सिनोको वरिपरि गिद्ध झुम्मिएझंै । यी मानवगिद्धहरू जिउँदो मासु गिजोल्न रुँगिबसेका हुन्थे दाउ पर्खिएर । राजा गिद्ध थियो, पद्म बिष्ट देवीमन्दिरको पुजारीको छोरो । पढ्थ्यो स्कुलमा, खप्पिस थियो गीत हाल्न, मसँग निहुँ पारीपारी बोल्न खोज्दथ्यो । जिस्कन खोज्दथ्यो । हरघडी मलाई पछ््याइरहेको हुन्थ्यो ।
सुनगाडाको माथिल्लो गहुँबारीमा घाँस काट्न लाग्दा उसले गीत हालेको थियोे एक पटक –
“”हातलकी घाँस काट्नेई गउँ क्याकि भाँच्ची हई,
त्यो तेरो भरियो जोवन कईकीलाई साँच्ची हई !”
म रिसले डोको त्यहीँ बारीमै फ्याँकेर आएकी थिएँ । त्यपछि धेरै दिनसम्म उसको सामु पर्दैपरिनँ । भैँसी चराउन आयारको सैना, भट्टे खोला, बिप्पे ओडार, तातापानी अनि घरको सेरोफेरो, पानी लिन, पातालको न्वालो, ड््याडीका न्वालो, सबै ठाउँ सबै बेला पद्मको गीतले मलाई पछ््याइरहन्थ्यो, मेरो परिक्रमा गरिरहन्थ्यो, मलाई केन्द्रबिन्दु बनाएर । मलाई फकाउन ऊ गाउँथ्यो –
“ हिमान चुली पइरो पड्यो, हिम चुली रडेन
गल्ती भया माफ गरिनु रिसानु पडैन !”
पैसा भएका कामपिपासुहरू इजासँग मेरो मोलभाउ गर्दथे । कोपिला फक्रनुअघि नै उनीहरू पुष्पपत्रहरू, अमृत रसहरू पान गर्न खोज्दथे । यी सब कुराले मेरो मनमा एउटा छटपटी, एउटा उथलपुथल मच्चिइरहन्थ्यो भित्र, छातीभित्र, आत्मामा, कता कता, सम्पूर्ण शरीरभरि । स्कुल छुटेकामा पनि मलाई ठुलो पिर थियो, लाग्दथ्यो पढाइ छोडेर मैले झन् ठुलो भुल गरेँ । मेरो दिनचर्यामा बारी खन्नु, घाँस काट्नु, भैँसी हेर्नु, घरधन्दा गर्नु नै रह््यो, तर पढ्ने चाहना छुटेन । एउटा सानो कागतको टुक्रा फेला पार्दा पनि आद्योपान्त पढ्ने बानीले मेरो बुद्धि झन् झन् तिखारिँदै थियो, विचारमा परिपक्वता आइरहेको थियो । म सधँै सधैँ सुत्नुअघि डायरी लेख्ने गर्दथेँ, जसले मेरो लेखाइ पनि राम्रो हुँदै गएको थियो ।
पद्म मलाई प्रेमको संसारमा डुलाउँदै भन्दथ्यो– “हिँड, भागौं, यो संसारदेखि टाढा, जहाँ तिमी र हामी बाहेक अरू कोही हुने छैन, एउटा बेग्लै संसार हुनेछ, एउटा सुन्दर संसार, जहाँ यहाँको जस्तो लुछाचुँडी, अत्याचार, बलात्कार हुने छैन । हुने छ केवल प्रेम, प्रेम दुई आत्माको मिलन मात्र ।”
बिस्तारै बिस्तारै उसप्रति मेरो आकर्षण बढिरहेको थियो । जहिले पनि उसको बोलीले, उसको गीत, उसको अनुहार मेरो आँखामा नाँचिरहन्थ्यो । मलाई लाग्थ्यो, म उसको प्रेमको ज्वालामा पिल्सिरहेकी छु ।
कति मुर्ख म ? एउटी देउकी भएर कत्रो सपना हेर्न लागेकी ? कत्रो महच्वाकाङ्क्षा सजाएकी ? मन्दिरकी दासी, देवीको सेवामा अर्पित, समर्पित । विलासी लोग्नेमानिसहरूको खेलौना, हाड र मासुको जीवित कठपुतली । मैले प्रेम गर्नु हुन्छ र ? मैले बिहा गर्नु हुन्छ र ? के देउकीको पनि आत्मा हुन्छ ? देउकीले पनि एउटी नारी भएर आफ्नो चोखो माया दिन सक्छे ? एउटाकी मात्र भएर रहन सक्छे ? हजारौँ, हजारौँ प्रश्नहरू तेर्सिन्थे मेरा सामु, मेरो अघिल्तिर, जसले मलाई बेचैन पार्दथ्यो । मलाई तातो बालुवाको भुमरीमा फ्याल्दथ्यो । म धेरै उग्र हुँदै गइरहेकी थिएँ । म झन्झन् झगडालु र झर्कौली भैरहेकी थिएँ । मेरा यिनै व्यवहारले इजाले मलाई पाहुनासँग सुत्न कर लगाउन सक्नुभएको थिएन, हिम्मत गर्न सक्नुभएको थिएन । केटाकेटी नै छ भनी मनलाई थामथुम पारिरहनुभएको थियो । जेसुकै भए तापनि एक न एक दिन मैले आफ्नो नियति, आफ्नो धर्म स्वीकार्नु पर्नेछ । म सोकेसमा सजाइएकी विलासिताकी वस्तु, मैले एक दिन बेचिनैपर्छ, दसैँकोे लागि पालिएको खसी मैले एक दिन काटिनैपर्छ । अनि यसै मानसिकतामा मैले निर्णय लिएँ, कुनै अपरिचित, घिनलाग्दो, दुर्गन्धित श्वासको रापमा झोसिनुअघि नै समर्पण गरिदिऊँ, आफूलाई आफ्नो हृदयसम्राट सामु । सुम्पिदिऊँ आफूलाई आफ्नो प्रियतमको बाहुलीमा । गोराको रमाइलो पर्वमा म द्यौडा हाल्दथेँ–
“बर पत्यामा घर लायो धौला पाँथरको !
केइ इज्जत रन्या हो कि देउकी पाँतरको ?”
पद्म उत्तर फिराउँथ्यो । हाम्रा उत्तरप्रतिउत्तरहरू सैकडौँ गलाले दोह¥याइरहेका हुन्थे, एकअर्काको हातमा हात राख्दै, गीतको बोलमा खुट्टाको ताल दिँदै हामी रात रातभर खेल लगाई बस्दथ्यौँ । जीवनका सुखदुःख, अत्याचार, कुरीतिहरूलाई गीतको रूपमा व्यक्त गर्दै हामी आफ्नो मनको बह पोख्ने गर्दथ्यौँ । हाम्रो खेल त्यो क्षेत्रमा सबैभन्दा राम्रो हुने गर्दथ्यो । हामी देहीमाडौँको जाँत जान्थ्यौँ, त्रिपुरासुन्दरीको जाँत जान्थ्यौँ, प्यानी, महारुद्र, शिवनाथ, सिद्धनाथ कुनै यस्तो ठाउँ रहेन, जहाँ हामी नपुगेका हौँ, हाम्रो गीत नगुञ्जिएको होस् । ऊ जाँतमा मेरो लागि चोली किनिदिन्थ्यो । मथुरावालाको मिठाई किनिदिन्थ्यो । नरिवल गोला किनिदिन्थ्यो । हाम्रो प्रेम हुर्कंदै गयो, झाँगिंदै गयो । हामी घिउ बेच्न जाने निहँुले झुलाघाट जान्थ्यौँ, पिथौरागढ जान्थ्यौँ । रनवन, गाउँसहर हाम्रो प्रेमको सुवासले मगमगाउन लाग्यो । हामी एकअर्कामा विलीन भयौँ । हुने खानेका छोराले देउकी राख्नु कुनै अनौठो कुरा थिएन, हाम्रो समाजमा तर म पद्मकी मात्र एकलौटी भएकीले डाहा गर्नेहरू थुप्रै निस्किए । रिस गरून्, डाहा गरून् मलाई के वास्ता ? पद्म मात्र नरिसाए पुग्दथ्यो मलाई ।
अनि मेरो सपनाको महल भत्काउँदै पद्मको बिहा भयो । सानो भूकम्प गयो मेरो हृदयमा । मैले यस्तै हुन्छ भनी स्विीकारिसकेकी थिएँ । देउकीको पनि बिहा हुन सक्छ र ? मलाई खास डिगाउन सकेन यो घटनाले ।
स्वास्नी ल्याएर पनि मप्रतिको आसक्ति, मप्रतिको चाहना उसमा कम भएन । झन्झन् म भनेपछि हुरुक्क हुन थाल्यो । हाम्रै घरमा ऊ धेरैजसो समय बिताउन लाग्यो । मलाई कहिलेकाहीँ लाग्दथ्यो, म कसैको भाग खोसिरहेकी छु, कसैको अधिकारको अपहरण गरिरहेकी छु । मलाई आफूप्रति, आफ्नो पेसाप्रति ग्लानि हुन्थ्यो । म उसदेखि टाढाटाढा हुने प्रयास गर्दथेँ । मेरो यस्तो उपेक्षाले गर्दा ऊ झन्झन् मलाई फकाउने, रिझाउने गर्दथ्यो । ऊ मलाई नयाँनयाँ कपडा दिएर, नयाँ नयाँ गहनाहरू बनाइदिएर भुलाउने प्रयास गर्दथ्यो । इजालाई यी सबै कुरा थाहा भए पनि केही बोल्नुहुन्नथ्यो । बरु उहाँ मलाई प्रोत्साहित गर्नुहुन्थ्यो । उसबाट प्राप्त भएका चिज खुसी खुसी राख्नुहुन्थ्यो । मलाई लाग्थ्यो पद्म ममाभन्दा बेसी खर्च इजाको लागि गर्ने गर्छ, उहाँको मुखमा बुजो लगाउन ।
जब पद्मले एक दिन तिन तोलाको नयाँ सुनको गलबन्दी दिँदै, हिँड न दिल्ली भागौँ भनेको थियो । मैले मानिनँ, मलाई लाग्यो ऊ स्वास्नीको गहना चोरेर मलाई खुसी तुल्याउन खोज्दछ । एउटी मजस्तै नारीको अवहेलना, अत्याचार । मलाई अपराधभावले पिरोल्थ्यो, पश्चाताप हुन्थ्यो ।
जेसुकै होस्, पद्मको सान्निध्यले मलाई पचासवटाको लुछाइबाट जोगाएको थियो । म आफूलाई भाग्यशाली ठान्दथेँ । मेरो सिनो लुछ्न नपाएका स्यालहरू मुर्मुरिएर बसेका थिए, मसँग डाहा गर्नेहरू स्यालको हुइयाँमा हुइयाँ मिलाउन तम्तयार भइरहन्थे ।
कात्तिक पुर्णे देवीको जाँत नजिक नजिक आइरहेथ्यो । प्रत्येक वर्षझैँ मेलाका लागि भारत पसेका लाहुरेहरू, कमाइ गर्न गएका देउकीहरू घर फर्किरहेका थिए । चारैतिर उल्लास छाएको थियो । पूजाको समय, मन्दिरको कामले म पनि व्यस्त रहन्थेँ । बिहानदेखि नै नुहाई धुवाई, मन्दिर लिप्नु, पानी ल्याउनु, फूलपातीको व्यवस्था गर्नु मेरै जिम्माको काम थियो । पूजाको एक दिन अगाडिदेखि नै चारैतिरका मानिसहरू ओइरिन लागेका थिए । ध्वजा, नेजा, पताकाहरूको फरफरमा दमौ, नगाडा, नरसिङ्गाको तालमा भगवतीको जयघोषले वरपरका डाँडाहरू नै गुञ्जायमान भएका थिए । मानिसहरूको भिडले चउरमा तिलसम्म राख्ने ठाउँ थिएन, लाग्थ्यो चउरभरि एउटा विशाल गलैँचा ओछ््याइएको छ, जसमा विभिन्न परिधानका असङ्ख्य नरनारीहरूको चित्रण गरिएको छ । एउटा उल्लास, एउटा हर्षोन्माद छाएको थियो मानिसहरूमा । जाँतको बेला जिम्वाल परिवारले मात्र मन्दिरको चउरको घोडा चढ्न पाउने पुरानो परम्परा थियो । ठकुरीहरू जाँतमा घोडा चढी कुदाउने गर्दथे । अन्य जातिका मानिसहरूले घोडा चउरको तलै राखी नाङ्गा खुट्टाले मैदानमा आउनु पर्दथ्यो । ठकुरीहरूलाई “जदौ” भनी ढोग दिनु पर्दथ्यो । यो चलनलाई बुढाहरूले धानी आए तापनि नयाँ पुस्ताले स्वीकार गर्न गारो मानिरहेको थियो । यसै सिलसिलामा रक्सीले टिल्ल परी लाहुरे रामसिंह नायकले घोडा कुदाएको थियो । चउरभरि, मन्दिरको प्राङ्गणमा ........
“परापूर्वकालदेखि चलिआएको रीति तोड्ने ? देउका भएर घोडा चढ्ने जाँतमा ? मान्यजनको अवज्ञा गर्ने ? बढेको, चढेको ? पल्टनको लाहुरे भएँ भन्दैमा त्यत्रो सान देखाउँछ ? यस्तालाई सजाय नदिई कहाँ हुन्छ र ? ठालू जिम्वाल परिवारहरू यो घटनाले क्षुब्ध भएका थिए । सोझा सिधा जनताहरू भगवतीले केही अनिष्ट गर्दछिन् भनी आशङ्कित भएका थिए । एउटा आगाको फिलुङ्गो सल्केको थियो । तनावको वातावरण सिर्जिएको थियो । यसमा केही घिउ थपियो सुनगाडाबाट देवीको चोलो निस्कने दिन । परम्परादेखि नै चोलोलाई अघिबाट नायकहरूले र पछाडिबाट भाटहरूले काँध दिई देवीको मन्दिरमा लग्ने गरिन्थ्यो । त्यस दिन पनि चकडोल१०मा पूजाको सरसामानहरूका साथै देवीको सुनको आसन, मुकुट, सुन जनै, चाँदीको अम्खोरा, छड, खुकुरी, खुँडा इत्यादि राखिए । धामीमा देवी सवार भइन् । धामी काँम्न थाल्यो । काँम्दै चकडोलमा उभियो । दुवै थरीले काँध दिई चकडोल उचाले । धामीको नजर जहाँ जहाँ पर्छ त्यस ठाउँको भलो हुन्छ भन्ने धारणा र परम्परा अनुसार भाटहरूले चकडोललाई आफ्नो गाउँ देखिने चालतिर पु¥याउन पछाडिबाट धकेल्न लागे । नायकहरूचाहिँ चकडोललाई आफ्नै गाउँबिचबाट लैजाने जुक्ति गर्न लागे । यो चलिआएको परम्परा थियो । धक्कामुक्का, तानातान चल्न लाग्यो । चकडोलका घण्टहरूले भयानक आवाज निकाल्न लागे । जोसिएका कण्ठस्वरहरूबाट निस्किएको जयनादले वातावरण नै थर्किन लाग्यो । चकडोल हुत्तिएर कहिले अगाडि कहिले पछाडि हुन लाग्यो । यसै धक्कमधक्कामा चकडोल हुत्तियो, सामानहरू हुर्रिए । धामी उछिट्टिएर एउटाको बुइ चढ्न पुग्यो । देवीका गहनागुरिया, सुन चाँदीका सामानहरू, भेटीका रुपियाँ पैसा सबै यताउता भए । केही सामानहरू फेला परे, केही लुकाइए, केही हराए । अनिष्टमा अनिष्ट थपियो ।
यी सबै घटनाहरूले गाउँमा उद्विग्नता छाएको थियो । आरोपप्रत्यारोप चलिरहेथ्यो । आगाको फिलुङ्गो शान्त हुन पाएको थिएन । स्वार्थी तच्वहरू पङ्खा हम्किरहेका थिए । अनि फेरि एउटा बतास चल्यो ‘प्यानीको जाँतमा पुजारीको छोराले जुवामा दस हजार हा¥यो, कहाँबाट त्यतिका पैसा ल्यायो उसले ? झुलाघाटमा आठ तोला सुन बेचेको’ हल्ला पनि चल्यो । देउकी र पद्मे मिलेर देवीको भण्डार रित्याइरहेका छन् । सार्वजनिक सम्पत्ति हिनामिना गरिरहेका छन् । डढेलो सल्क्यो, आगाका मुस्ला लप्लपाउन लागे । उजुरी प¥यो । थाना, अदालत, पञ्चायत, पुलिस, मुद्दा । मन्दिरको सम्पत्ति मासेको आरोपमा हामी चलान भयौँ । दुस्मनहरूले ताली बजाउने मौका पाए । कर्मचारीहरूले पैसा सोहोर्ने बहाना पाए । पुस्तौंदेखि बेथितिसँग राखिएको मन्दिरको सम्पत्ति, हामीहरू फस्यौँ, फसाइयौँ ।
“पुजारीका छोराले तलाई कति सुनचाँदी राख्न दिएको छ ? कहाँ– कहाँ राखेकी छेस् ? कस कसलाई दिएकी छेस् ?” हजार मुख, हजार प्रश्न । सबैको एउटै चाहना धन, काँचो मासु । जहाँ जाऊँ उही अनुहार । उही आँखा । यो लुछाचुँडीमा केही बचेन । गरगहना, धनसम्पत्ति । आश्चर्य लाग्छ यो ज्यान मात्र रह्यो कसरी ? बाँच्यो कसरी ? हुरुक्क भई किन निस्कन सकेन ?
जब देउताको सम्पत्ति मासेको आरोपमा पद्मे जेल प¥यो, मेरो रहे, बचेको एउटा सहारा पनि टुट्यो । म त जिउँदो सिनो भएँ । मासु लुछ्ने काग, गिद्धहरूलाई हात हल्लाएर धपाउने ताकत पनि शेष बचेन ममा । लुछ्नु लुछे, नोच्नु नोचे । मेरो क्रन्दन, मेरो हारगुहार सुन्ने कसले ? पानीमा बसेर कसले गोहीसँग दुस्मनी गर्न सक्छ ? शुभेच्छुहरू पनि मूक थिए । म त न्वालो थिएँ मैलौलीको ? जसलाई पानीको तृष्णा जाग्यो, आयो पानी पियो गयो । अनेकौँ अनेकौँ लोटाहरू, गाग्रीहरू, बाल्टिनहरू चोबलिए । कतिको याद गरूँ ? कतिको सम्झना गरूँ ? कालीको बगरमा भएका ढुङ्गाहरूभन्दा बढी यो छातीमा घाउहरू लागेका छन् । कसलाई देखाऊँ ? कोसँग पोखूँ ?
एक पटक एक ‘भद्र’ व्यक्ति रक्सीले मत्त भई मध्यरातमा ढोकामा लात हान्न आइपुग्यो । नाइँ भनूँ ? सुतेको बहाना गरूँ ? भोलि झन् ठुलो आपत् आउन सक्छ, भोलि झन् बढी यस्ता भद्रहरूको थिचाइमा पिसिनु पर्छ । लाचार मैले स्वागत गरेँ बगरको ढुङ्गाझैँ लम्पसार परेर । तपाईंं त्यो ढुङ्गामा बस्नुहोस्, सुत्नुहोस्, थुक्नुहोस् चाहे पूजा नै गर्नुहोस् । ढुङ्गाले केही प्रतिकार गर्छ र ? म पनि ढुङ्गा थिएँ, तर ममा चेतना शेष थियो । स्वाभिमान शेष थियो । उसले गिजोल्नु गिजोल्यो, लुछ्नु लुछ्यो, रातभरि । जब ऊ सबैतिरबाट तृप्त भयो, जाने बेला आफ्नो खल्तीमा हात हाल्दै मेरो रातभरिको मोल ति¥यो, मेरो शरीरको मोल, मेरो आत्माको मोल दियो, उसले एउटा चुरोट, मात्र एक खिल्ली चुरोट । म चुरोट पिउन्नथेँ । धूमपानको लत थिएन । तापनि खुसी खुसी स्वीकारेँ, सँगीको रूपमा, साथीको रूपमा । एउटा चुरोट र मेरो जीवनमा कत्तिको समानता ? कत्तिको साम्य थियो ? शनैः शनैः जल्दै जानु ; अरूलाई तृप्ति दिँदै आफ्नो मृत्यु निम्त्याउँदै जानु ? आह, चुरोट ? मेरो जीवन एउटा चुरोटभन्दा बढी थिएन ? मेरो मोल एउटा चुरोटभन्दा ज्यादा थिएन ? मेरो जीवन– एउटा चुरोट थियो ठुटिँदै गएको । मेरो जीवन – एउटा ढुङ्गा थियो, बगरमा मिल्किएको ।
बाहिरबाट पनि थुप्रै मानिसहरू आउने गर्दथ,े खास गरेर कर्मचारीहरू । कोही निरीक्षण गर्न, कोही तालिमका लागि उम्मेदवार छनौंट गर्न, कोही ऋण लगानी गर्न, कोही ऋण असुली गर्न । कत्तिकत्ति निहँु हुन्थ्यो सम्भाव्यता अध्ययन, तथ्याङ्क सङ्कलन । सबैको चाहना हुन्थ्यो सकेसम्म थोरै पैसा खर्चेर, पाएसम्मको मोजमस्ती । तिनीहरूलाई के फिक्री ? के सुर्ता ? उनीहरूको अङ्कशायिनी बनेर, हाँसी हाँसी सुतेकी नारीको छातीमा कति लाभाहरू उम्लिएरहेका छन् ? उनीहरूलाई माडा र लौन बनाएर खुवाउने देउकीहरू के खाएर जीवन निर्वाह गरिरहेका छन् ? हाम्रो इतिहास खोतलिन्थ्यो, हाम्रो कथा, व्यथा, समस्याहरूको, निवेदन प्रतिवेदन तयार पारिन्थ्यो । कानुन बनाइन्थ्यो ‘देउकी चढाउनु हुन्न, देउकीको बिहा गराइ दिनुपर्छ । यो कोढ हो समाजको ।” दिनभरि आदर्शको कुरा छाँटेर राति ब्वाँसो भएर घुम्दथे यिनीहरू । यी पाल्तु कुकुरजस्ता देखिने ब्वाँसाहरूलाई कसरी चिन्ने ? कसरी पहिचान्ने ?
.... यो वैतरणीमा साथदिने, सहारादिने पद्म पनि झ्यालखानामै म¥यो भत्रे खबर पाएपछि त आशाको एउटा त्यान्द्रो पनि बाँकी रहेको छैन । साँच्ची, जीवनको गोरेटो ज्यादै विकट र दुरूह हुनेरहेछ । यति छोटो समयमा धेरै अनकन्टार बाटाहरू हिँडिएछ । धेरै धेरै हन्डर, ठक्करहरूले यो छाती छिया छिया, विदीर्ण भइसकेको छ । बाँकी बाटो छिचोल्ने सामर्थ अब रहेन यो ज्यानमा । यत्रा व्याघात, विपत्ति र जीवनको विप्रलब्धले अब त यो कायाक्लेशबाट उनमुक्ति चाहिरहेछ, नाटकको पटाक्षेप चाहिरहेछ, आज यो देह । समाजका विकार, विकृति र फोहरहरू बोकेर अब यो नदी ज्यादै मैलो र घिनलाग्दो भइसकेको छ । एउटा निर्मल, स्वच्छन्द नदी, गन्दा नाली भएको छ । असङ्ख्य असङ्ख्य विनाशक जीवाणु र विषाणुद्वारा क्षत विक्षत पारिएको छ । एउटै चाहना रहेको छ अब यो यात्रालाई एउटा बिसौनी, एउटा विश्रान्तिको .....
....तर होइन, हत्केलाका सबै औँलाहरू कहाँ बराबर हुँदा रहेछन् र ? सबै एकै कहाँ हुन्छन् ? समाजमा कोही इमानदार, आदर्श तथा हितैषी पनि हुँदा रहेछन् । सबै लोग्नेमानिसलाई एकै जस्तो ठान्ने बानी परिसकेकी मैले एउटा दाजु जस्तै माया गर्ने कर्मचारी पनि पाएँ । जसको सही मार्गदर्शन र सिफारिसले मैले तालिममा भाग लिने मौका पाएँ । पहिलो पटक आफ्नो देशको केही भाग घुम्ने मौका पाइयो, महेन्द्रनगर, धनगढी, नेपालगन्ज, तानसेन, पाल्पा । आँखाका पर्दाहरू खुले । नर्मल तालिमको दस महिना कसरी बित्यो, त्यो थाहै पाइएन । “देउकीले मन्दिर छाडेर जानुहुन्न, अर्को पेसामा लाग्नुहुन्न, देवी रिसाउँछिन्, कुभलो गर्छिन” भन्ने अन्धविश्वासलाई तोडेर म आज एक तालिमप्राप्त शिक्षिका भएर फर्केकी छु । आज नयाँ जोस, नयाँ उमङ्गले म आफ्नो नयाँ जीवन थालनी गर्न व्यस्त छु । मेरो पेटमा गर्भ पनि छ । म भगवान्सँग प्रार्थना गर्छु, छोरी नै जन्मोस् । त्यो बिनाबाउकी छोरी भए तापनि मजस्ती देउकी हुने छैन । मैलेजस्तो अत्याचार, लुछाचुँडी भोग्नुपर्ने छैन, मैले जस्तो विवशतामा पिसिनु पर्ने छैन । उसमा नयाँ साहस, नयाँ विश्वास हुनेछ अनि त्यसलाई सहारा दिने हजारौं नयाँ हातहरू हुनेछन् ।

चाबहिल–७, काठमाडौँ
(“देउकी” गरिमा, वर्ष ४, अङ्क ६, पूर्णाङ्क ४२, जेठ २०४३ र पुनः प्रकाशितः गरिमा, कथा विशेषाङ्क वर्ष १८, अङ्क ५, पूर्णाङ्क २०९, वैशाख २०५७)
शब्दार्थः
१. झन्डा, २.आमा, ३.घुँडाभन्दा तल झारेर लगाइने फरिया, ४.मोही, ५. जात्रा, ६.गाग्रो, ७.कुँवा, ८. तँलाइँ भगवानको श्राप लागोस् । ९.रोटी जस्तो पीठो र घिउबाट बनाइएको विशेष परिकार, १०.रथ/देउताको आसन ।

Tuesday, September 27, 2016

उपेक्षित स्वराड



तल्लो स्वराड' भनिने बैतडीको दक्षिण–पश्चिम भेगमा १३ वटा गाविस पर्दछन्ः गिरेगाडा, रोडीदेवल, आम्चौरा, पञ्चेश्वर, कुलाउ, महाकाली, शर्माली, उदयदेव, विशालपुर, शिवनाथ, मेलौली, महारुद्र र सलेना। धार्मिक, सांस्कृतिक र प्राकृतिक निधि प्रशस्तै भएको तथा कृषि, उद्यम र शिक्षाको दृष्टिले पनि समृद्ध यो क्षेत्रलाई ओझ्ेलमा पारेको छ; यातायात, विद्युत्, खानेपानी, सिंचाइ, संचार जस्ता भौतिक पूर्वाधारको अभावले।
कुनै समय डोटी अन्तर्गत रहेको यो क्षेत्र भौगोलिक बाँडफाँडका क्रममा कहिले बैतडी र कहिले डडेलधुरामा पर्दै २०३२ सालमा तत्कालीन पञ्च नेता लोकेन्द्रबहादुर चन्दको पहलमा बैतडीमा फर्केको हो। तर, मणिलेक उमाविका प्राचार्य कृष्णसिंह नायक 'जहाँ रहे पनि र देशमा जति परिवर्तन आए पनि यो क्षेत्रलाई शक्तिशालीहरूले चुनावी स्वार्थमा मात्र प्रयोग गरेको' बताउँछन्।
कथा पञ्चेश्वरको
६१ वर्षीय नायकले पञ्चेश्वरबारे सानैमा सुनेका हुन्, बिजुली निकाल्ने विषयमा राजा महेन्द्र र भारतीय प्रधानमन्त्री नेहरूबीच पटक–पटक कुरा भएको भनेर। तर पञ्चेश्वर अझ्ै बनेको छैन। “बहुद्देश्यीय परियोजना भएकोले पञ्चेश्वरले धेरै आशा जगाएको थियो”, नायक भन्छन्, “बनेको भए विद्युत् र सिंचाइसँगै झुलाघाटसम्म जल यातायात चल्न सक्थ्यो, पर्यटन फष्टाउँथ्यो, रोजगारी सिर्जना हुन्थ्यो।”
सडक विभागले तल्लो स्वराडको केन्द्र मानिने मेलौलीलाई डडेलधुराको उग्रतारासँग जोड्ने अर्को सडक पनि बनाउँदैछ, जुन पछि गएर तराई र्झ्ने सोझो विकल्प हुनसक्छ। तर, यो पनि गएको वर्ष एक किमि खनेर रोकिएको छ। डडेलधुराको परछेटाबाट बन्न लागेको विशालपुर, उदयदेव, शर्माली हुँदै पञ्चेश्वर जोड्ने सडक बैतडी छिरिसकेको छैन। जर्मन सहयोग संस्था जीआईजेड र राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको आर्थिक, प्राविधिक र खाद्यान्न सहयोगमा गाउँलेहरूले खनिरहेको ३२ किमि लामो देहीमाण्डौ–गिरेगाडा ग्रामीण सडकलाई तन्काएर पञ्चेश्वर हुँदै अगाडि बढाउन सके जिल्लाको पश्चिम भेगबाट महेन्द्रनगर पुग्ने नयाँ वैकल्पिक मार्ग बन्न सक्छ।२०३८–४० सालमै सर्भे भएको पाटन–पञ्चेश्वर कच्ची सडक सलेनासम्म मात्र पुगेको छ। सडक विभागले बनाएको यो बाटोमा पाटनबाट २० किमि परको सलेना पुग्न एउटा जीपलाई हिउँदमा पनि दुई घण्टा लाग्छ। मेलौलीसम्म थप १५ किमि जिविसले खन्दैछ, तर साह्रै सुस्त गतिमा। त्यसअगाडि सुल्लेखानसम्म विभागले नै सर्भे गरेको छ, तर कहिले बन्ने हो टुंगो छैन।
२०१६ सालमा द्वारिकादेवी ठकुरानी मन्त्री हुँदा मेलौलीदेखि केही माथि बेठ्ठनीमा हेलिप्याड वा स–सानो एयरपोर्ट बनाउन झाडी फाँड्ने काम शुरू भएको केही सम्झ्ना छ, कृष्णसिंह नायकलाई। यसै वर्ष साउनमा स्थानीय सुरेन्द्रसिंह भाटले स्वराड जागरण मञ्चको तर्फबाट राष्ट्रपति कार्यालयमा पठाएको पत्रमा द्वारसैनी मैदानमा पञ्चायतकालमै योजना र सर्वेक्षण भएको एयरपोर्ट निर्माणका लागि पहल गरिदिन अनुरोध गरेका छन्।
अन्धकारको राज
राति २०–२५ किमि परको महाकालीपारि भारतका पिथौरागढ, ओड्डा जस्ता व्यापारिक केन्द्र र स–साना ग्रामीण बस्ती समेत झ्लमल्ल देखिन्छन् भने नेपालका गाउँहरू फाट्टफुट्ट सोलारको मधुरो बत्तीका बीच निष्पट्ट अन्धकारमा डुब्छन्। मेलौलीका बासिन्दाले ५१ किलोवाटको सोर्नैयागाड–४ का साथै अन्य सम्भाव्य साना जलविद्युत् आयोजनाहरू निर्माण गर्न माग गरे पनि ठोस पहल भएको छैन।
देहीमाण्डौबाट १८ किमि पर ग्वाल्लेकको बग्लेखान कटेपछि दुई दिनको बाटो मेलौलीसम्मै मोबाइल सेटमा नेपाली सिमकार्ड झिकेर भारतीय सिमकार्ड हाल्नुपर्दा र गाउँका पसलका भित्ता तथा साइनबोर्डहरूमा सम्पर्क नम्बरको रूपमा भारतीय मोबाइल नम्बर लेखिएको देख्दा मन कुँडिन्छ। पसल, होटलहरूमा प्रायः नेपाली रुपैयाँमा हिसाब हुँदैन। व्यापारीहरूले सामान लिन र गाउँलेहरूले औषधोपचारदेखि अलि ठूलो किनमेल गर्न दिन बिताएर महाकालीपारि जानुपर्छ। झुलाघाटदेखि वनवासाको बीचका बैतडी, डडेलधुरा र कञ्चनपुर तीन जिल्लाको सिमाना महाकालीमा पुल छैन। डुंगा वा अन्य जोखिमपूर्ण माध्यमबाट महाकाली तर्नुपर्दा वर्षात्मा वर्षेनि १०–१२ जनाको ज्यान जान्छ।

खानेपानीको समस्या त सदरमुकाम वरपर र राजमार्गमै रहेको देहीमाण्डौदेखि नै छ। नजिकै खोलानाला छन् वा भाग्यले वरिपरि कतै ठूलो मूल छ भने मात्र, नत्र पानीको लागि घण्टौं बित्छ। ३० वर्षअघि १४ किमि पर ग्वाल्लेकको जंगलबाट ल्याइएको खानेपानीले मेलौली गाउँ, काँडा बजार, लामालेक बजार जस्ता बढ्दो वस्तीको खाँचो पूरा गर्न छाडिसकेको र यसलाई त्यही क्षेत्रका दुई–तीन मुहान थपेर पुनर्निर्माण गर्नु जरुरी भइसकेको स्थानीय बासिन्दाहरू बताउँछन्।
खान र नुहाइ–धुवाइ गर्न त पानीको यस्तो दुःख छ भने सिंचाइ गरेर कृषि उत्पादन बढाउन त धेरै टाढाको कुरा। परिणाम, वर्षभरि खान पुग्ने अन्नपात उत्पादन हुने घरपरिवार ज्यादै कम छन् र हरेकजसो घरबाट एक–दुई जना भारतमा काम गर्न गएका हुन्छन्।
मेलौली र आसपासको क्षेत्र घरेलु उद्योगको पनि सम्भावना भएको र राष्ट्रिय पुरस्कार समेत जितेको ठाउँ रहेछ। तर, ती सबै अहिले इतिहास भएका छन्। २०४० देखि २०५६ सालसम्म चलेर द्वन्द्वको क्रममा बन्द भएको मेलौली घरेलु उद्योग लिमिटेडको जीर्ण भवनभित्र बचेखुचेका तान र मेसिनका अवशेषले त्यो इतिहासलाई अझ्ै सम्झ्ाइरहेका थिए।
२०४५ सालमा भृकुटीमण्डपको प्रदर्शनीमा तेस्रो भएको यो उद्योगसँग महँगा बनारसी तान, होजियरी र निटिङ मेसिनहरू थिए। उद्योगका कपडा, स्वेटर, मफ्लर जस्ता उत्पादनको माग राम्रो थियो। कर्मचारी, तीर्थयात्री र आगन्तुकहरू कोसेलीको रूपमा केही न केही लिएर जान्थे। भवन जीर्णोद्धार र उत्पादन विविधीकरण गरेर अहिले पनि उद्योग चलाउन सकिने ठान्छन् प्राचार्य नायक।
महारुद्र र मेलौलीको टिकमा खानीहरू छन्। बाबुबाजेका पालामा फलाम निकालेर प्रशोधन गरी कुटो, कोदालो, हँसिया आदि कृषि औजार बनाउने गरिएको कृष्णसिंह नायक अहिले पनि सम्झिन्छन्।
सुनसान तीर्थस्थल

मेलौली होस् वा समग्र तल्लो स्वराड, तीर्थस्थलहरू प्रशस्तै छन्। मेलौलीमा मेलौली भगवतीको मन्दिर छ भने यसको वरिपरि शिवनाथ, उदयदेव, गणमेश्वर मन्दिरहरू छन्। अलिपर सदरमुकाम गोठालापानीमा त्रिपुरासुन्दरी, देहीमाण्डौमा निङ्गलासैनी, डडेलधुरामा उग्रतारा, डोटीमा शैलेश्वरी आदि मन्दिरहरू पनि छन्। शर्मालीगढी र ग्वाल्लेकको जंगलको छुट्टै आकर्षण छ। यो भेगबाट नेपालको अपी हिमाल (दार्चुला) का साथै भारत र चीनसम्मका हिमश्रृंखलाहरू देखिन्छन्।
तर तल्लो स्वराडले यी धार्मिक–प्राकृतिक सम्पदाको उपयोग गर्न सकेको छैन। मेलौलीको संरक्षण गुरुयोजना बने पनि काम धेरै भएको छैन। १३४ रोपनीमा फैलिएको मन्दिर क्षेत्रमा बारबन्देज छैन। जताततै खाल्डाखुल्डी, रक्सीका सिसी र गाईवस्तु चरेका देखिन्छन्। पाँच वटा प्रवेशद्वार बन्नुपर्नेमा बल्ल एउटा बन्दैछ। मन्दिरको तलतिर ५००–७०० मिटर लामो देवओडार भनिने गुफा छ, जसलाई अनुसन्धान गरेर खुलाउन सके पर्यटन आकर्षण थपिन सक्छ।
“निश्चित मेला–पर्वहरूमा मात्र चहलपहल हुने मेलौलीमा नियमित तीर्थयात्री आउने वातावरण सिर्जना गर्नसके भारतीयहरूलाई पनि तान्न सकिन्थ्यो”, मेलौलीलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरियोस् भन्ने माग गरिरहेको स्वराड जागरण मञ्चका सुरेन्द्रसिंह भाट भन्छन्, “यसलाई वरपरका अरू धार्मिक–पर्यटन स्थलसँग पनि जोडेर विकास गर्ने हो भने सिंगो सुदूरपश्चिमकै पर्यटकीय आकर्षण बढ्छ।” तर, यसको लागि पनि जिल्लाका सबै क्षेत्रमा यातायात, विद्युत्, संचार, खानेपानी लगायतका पूर्वाधारको विकास अनिवार्य देखिन्छ ।

(  साभार- हिमाल खवर पत्रिका, बद्री पौड्यालको रिपोर्ट / फोटो सौजन्य- गुगल र फेेसबुक )

बायोतडी र बैतडी


                                 ( साभार:-शीतल गिरी, प्रतीक दैनिक / फोटो सौजन्य:- गुगल )
अब हामी नेपाली लोकवार्ता तेस्रो राष्ट्रिय स·ोष्ठीमा सहभागीहरूले बैतडी जिल्लाको केही महत्त्वपूर्ण स्थानको दृश्यालोकन गर्न मात्र बाँकी थियो । बैतडी जाने क्रममा डँडेलधुराको उग्रतारा मन्दिर अवलोकन गरेको सम्झना आइरहेको छ । हामी डोटीमा कार्यक्रम समाप्त गरेर खाना खाएर बाटो लागेका थियांै । 
पुरातात्त्विक, धार्मिक र ऐतिहासिक महत्त्वका वस्तुहरूबारे लेखिएन भने यथार्थ बदलिंदै जान्छ । कारण अलिकति कुरो लेखकको हुन्छ, अलिकति जानकारी गराउनेको हुन्छ, अलिकति समयले ठाउँ लिएको हुन्छ— यी कुराहरू तत्कालीन यथार्थमा मिसिंदै जान्छन् ।
    सत्तरी सालको कार्तिक १० गतेको साँझ त हो, हाम्रो बस सुदूरपश्चिमको नागबेली परेको पहाडी बाटोमा गुडिरहेको । हामीलाई चिसो सिरेटोबाट बचाउँदै न्यानो अनुभूति गराउँदै्र गन्तव्य भेट्न एकनासले बत्तिइरहेको । बिस्तारै बिस्तारै रात भने कालो हुँदै गयो, नेपालको कालो इतिहास राणा शासन फाल्न प्राण आहुति गर्ने अमर शहीदको जन्मस्थल नमन गर्ने श्रद्धा भने बढ्दै थियो । सुनेको थिएँ, बायोतडी अर्थात् बैतडी देशमा व्याप्त अन्धकार र निरङ्कुशतालाई हुरी बतास हुँडलेर फाल्ने क्षमता राख्ने पवित्र धरती हो । र वर्तमानमा त्यही धरतीको कालोपत्रे सडकमा हाम्रो बस गुड्दै गरेको थियो ।
    आरोप छ घुम्न गएकाहरूले रमाइलो मात्र गर्छन् । स्थानीय दृश्यावलोकन नगरेकाले, मर्म नपहिल्याएकाले इतिहासको महत्त्व कसरी बुझ्ने, के थाहा थियो र मलाई ? झूलाघाट, दशरथ चन्द र लोकेन्द्रबहादुर चन्द थाहा थियो । यतिको भरमा त यथार्थ खोज्न सकिंदैन । तथ्यको साथमा कल्पना मिलाएर आख्यान बनाउन सकिन्छ, त्यसले समग्र यथार्थ बोकेको हुँदैन । कल्पनामा यसैले यथार्थको क्रम शृङ्खला भेटाइँदैन । झूलाघाट नजिकको गोठालापानी बजारमा हाम्रो बस रोकियो । लामो समय बसमा कुँजिएका साठीजनाजति हामीलाई समुराई होटेलले वास दियो । पहाडी सानो ठाउँको बजार भए पनि समुराई होटेल विशाल रहेछ । खान र बस्नमा होटेल व्यवस्थापनले देखाएको उदारता, स्वच्छता र सेवाभाव म सितिमिति बिर्सन चाहन्नँ ।
    भोलिपल्ट बिहान चियाखाजा खाएपछि हामी बसमा चढेर ऐतिहासिक र धार्मिक दृष्टिले महत्त्व पाएको त्रिपुरसुन्दरी मन्दिर अवलोकन गर्न गयौं । त्रिपुरसुन्दरी मन्दिरको वरिपरि रहेको देउकीहरूको सानो बस्तीले इतिहासले समर्थन दिएर केही नारीलाई रौरव नर्कमा पुर्‍याएको कथा भनिरहेको थियो । निश्चित समय र कार्यक्रम लिएर हिंडेका हामीहरूले देउकीबारे खोजी गर्ने कुरो पनि भएन, गरेर पनि सकिंदैन, समय हुँदो हो र खोजी गरिएको भए नवीन सत्यको साथमा पुष्ट इतिहास बाहिर ल्याउन सकिने नै थियो । जसरी देउकी प्रथाको इतिहासमा यसको कारण छ, यसर्थ कार्यको निश्चय त्यहींबाट हुनेछ । सोही कारण–कार्यको आधारमा नै देउकीप्रथाबाट मानव अधिकारको चरम हनन भएको पुष्टि भएको हुँदा विरोधमा नीति निस्कियो । हाम्रो वर्तमान समयले रोक लगाए पनि मानव अधिकार हनन भई जीर्ण बन्न पुगेकाहरूलाई उचित सम्मान भने दिन नसकेको यथार्थ त्यहाँ थाहा पाएँ ।
    त्रिपुरसुन्दरी मन्दिरको प्रा·णमा काले दमाईको टोलीले बाजागाजा गुञ्जाए । भडा गायनमार्फत् सो भेगको इतिहासलाई ताजा बनाए । सो मन्दिरको प्रा·णमा कार्यक्रम तय गरिएको हुँदा लोकसंस्कृतिको अवलोकन गर्न पाएर सहभागी लोकवार्ताविद्हरू छताछुल्ल भई रमाए । मैले चाहेको थिएँ, त्रिपुरसुन्दरी मन्दिरबारे धेरै कुरा थाहा पाउने, यहाँ आइसकेपछि शैव मतकी ठूली शक्ति, तान्त्रिक देवी, कामकलाकी प्रतिष्ठित शीवकी शक्तिबारे थाहा पाउने । मैले चाहेर के हुन्छ, मेरो इच्छा अनुसार कार्यक्रम बनेको होइन, कार्यक्रम अनुसार आयोजकमध्येका मित्र राजेन्द्रसिंह रावलले भाषणबाट हाम्रो स्वागत गर्नुभयो । राजा नगारा बाइस तालमा घन्काएर, हुड्के नाच र पाग’ नाच रन्काएर अतिथिहरूको स्वागतमा लोकसंस्कृति संरक्षण गर्दै आएका महान् कलाकारहरूले आआफ्नो कलाकौशल प्रस्तुत गरेका थिए ।
    यथार्थमा हामीभन्दा भारतीय लोकवार्ताविद्हरू सुदूरपश्चिमको लोकजीवनसित सम्बद्ध संस्कृति, कला, चालचलन, रहनसहन, साजसज्जा, बाजागाजालाई महत्त्वपूर्ण ठानेर काम गरिरहेको प्रा.डा. गिरिजा पाण्डे, प्रा.डा. शेखर पाठक, प्रो .देवसिह पोखरिया, प्रा.डा. महेश्वरप्रसाद जोशीलाई भेट्दा महसुस गरे । अर्को कुरो के पनि पाए भने सो मन्दिरको प्रा·णबाट पश्चिमतर्फ फर्केर हेर्दा महाकाली नदीपारी सडकको राम्रो व्यवस्था, घरहरू पनि त्यस्तै । एउटै भूगोल, एउटै भाषाभाषी, नाता कुटुम्बका—सुगौली सन्धिले विभाजन गरेको दुई सय वर्ष त भयो तर अन्तर अधिक । कालक्रम अनुसार उता विशेष प्रगति भयो । कार्यक्रम स्थल मन्दिरको प्रा·ण वयोवृद्धा देउकी अर्थात् देवकन्याहरूले आफ्नो दु:ख दुखेसा र सुस्केरा भरेर गुञ्जाएको स·िनीले वातावरणलाई संवेदनशील बनाइदिएको थियो ।
    यो अमानवीय सांस्कृतिक कुप्रथा हराउँदै जान थालेको छ । हिजो धार्मिक र सामाजिक मान्यताप्राप्त देवकी प्रथा मानव चेतनाले जब कुरीति र कुसंस्कार ठहरायो टिक्न सकेन । अन्यायपूर्ण तरिकाले देवकी प्रथाको शुरुआत गाउनमा मात्र हैन बैतडीको भूमिका, एकतन्त्रीय श्री ३ प्रथाको महाराजलाई गद्दीबाट खसाल्नमा पनि महत्त्वपूर्ण स्थान रहेको सम्झनै पर्दछ । राणाहरूको एकतन्त्रीय आतड्ढले नेपाली जनताको हृदय आकुलव्याकुल भएको थियो । नेपाली जनतामा अन्यायविरुद्ध लड्न सिकाउने सत्पुरुष दशरथ चन्द जन्मेको घर दर्शन गर्ने अवसर पनि जुर्‍यो । शहीदलाई सम्मान गर्ने चेतना नैतिक मूल्यबाट प्रभावित भएको हुँदा जन्मघरको छेउमा शहीदको शालिक स्थापना गरिएको छ । यति मात्र होइन बैतडीले विगतसँग विग्रह नगर्न शहीद दशरथ चन्दको नाममा स्थापना गरी सञ्चालन गरेको पुस्तकालयमा पनि हामीले उपस्थिति जनायौं । कैलपाल बाबाको मन्दिर नजिकै दशरथ चन्दको जन्मघर छ । बैतडीमा पाताल भुवनेश्वरको गुफा रहेको थाहा पायौं र कार्यक्रममा त्यो गुफा अवलोकन गर्ने नरहेको र सम्भवत: सडक नभएर पनि हुन सक्छ हामी त्यतातिर गएनौं ।
    सडक र समय अभावले गर्दा मेलौली भगवती, जगन्नाथ बाबाको मन्दिर पनि गएनौं । स्कन्द पुराणको मानसखण्डमा वेगवान वायु चल्ने स्थल वायोतड र सोमा रहेको देवदेवीको वर्णन छ । प्राचीन संस्कृतिलाई बैतडीवासीले कहिल्यै भत्काएनन् । वीरगाथा (हुडको गाथा) लोक गायक ढोलीहरूले भडा (भारत) गायनमा जीवित राखेका छन् । आधुनिकताको विकृतिले, हरेक कुरोलाई अर्थसँग नापजोख गर्नाले यस्ता लोक सम्पत्तिको मूल्य खस्कँदै छ र लोप हुने खतरा बढेको छ ।
    सुदूरपश्चिमाञ्चलको बैतडीमा काले दमाईजस्ता सांस्कृतिक योद्धाहरूले प्राचीन संस्कृति परम्परा बचाइराखेका छन् । अन्यत्र ठाउँमा लोप भइसकेका संस्कार गीतहरू त्यहाँ प्रचलनमा छ, केही कमी आउन थालेको भए पनि । बैतडी प्राचीन संस्कृति जोगाइराखेको सङ्ग्रहालय लाग्यो मलाई ।
    किन ? उत्तर एउटै छ । त्यो के भने लोकको दृष्टि, नीति र आस्थाले यहाँ देवी (भगवती) का पत्याइ नसक्नु (कम्तीमा पनि १५०० वर्षको इतिहास बोकेको) संस्कृति जिउँदो छ, धर्म–नैतिकताको नाममा ।
    यहाँका कतिपय प्रथा वर्तमानको आँखाले हेर्दा त्रुटिपूर्ण र अमानवीय रहेको भन्न सकिन्छ । गहरिएर हेर्दा यहाँको विशेषता विश्व संस्कृतिको लागि नेपालको मौलिक र भर्जिन रहेको सिद्ध हुन योग्य छ ।
    बैतडीसँग रामायण र महाभारत छैन । नभएर के भो ? मान्नुपर्दछ देवीमाडौंमा रहेकी निगलासैनी मन्दिरमा सरसर्ति हेर्दा १८५२ मा कुनै भक्तले चढाएको घण्टमा मेरो आँखा पर्‍यो । भक्तको आस्था वर्तमानमा इतिहासको सामग्री बन्न पुगेको छ । किनभने चढाइएका त्यस्ता घण्टहरू यस क्षेत्रका मन्दिरहरूमा हजारौंको सङ्ख्यामा रहेका छन् । भक्तको आस्थाले इतिहास बोलिरहेको लाग्यो मलाई । यो बारा जिल्लाको पाँचपाँच वर्षमा बली दिने स्थान थिएन, बरु वर्षैभरि बली चढिरहने स्थान थियो । यस मन्दिरको परिचय नेपाल अधिराज्यमा संभवत: सबभन्दा बढी बलि दिइने रूपमा दिन मन लाग्यो, यो कुरो स्वस्फूर्त रूपमा नभएर मन्दिर परिसरमा ठडयाइएको मौलो र पशु रगतले धरती कालै भई पाप्रैपाप्रा उप्किएको दृश्य देख्दा मनमा उब्जिएको हो । भनिन्छ नारी ममताकी खानी हुन् । विडम्बना नारी यानि मातृशक्तिलाई कलुषित बनाइरहेको छ निरीह पशुबली प्रथाले । यस दृष्टिले नारी ममताकी होइन, भोग चाहने दानवी हुन् भनेर भन्न सकिन्छ । मूर्त आदर्श भनेको देवीथानमा पुरुषले भाले जातको पशुको बली दिंदै आएको छ, वर्तमान युग यस कुराको नियोजन चाहन्छ । यहाँका् पुरुषको मनोरञ्जन र मोजमस्तिको लागि नारीलाई देवकीको रूपमा चढाउनु धर्ममूलक थियो, त्यो पनि मातृ 
(देवी/भगवती) शक्तिलाई साक्षी राखेर, यसै कारण भन्न मन लाग्छ मात लागेका पुरुषले विभिन्न नाममा नारीलाई नियोजित गरेकै थियो र वर्तमान युगमा नारीले यथार्थ बुझे भने यस्ता कुचलन समाप्त हुने नै छ ।
    घाम डुब्न लाग्दा तेस्रो राष्ट्रिय संगोष्ठीको अन्तिम बिन्दु पाटन पुग्यौंं । पाटन मझौंलो आकारको उपत्यका रहेछ । सम्भवत: जिल्लाको प्रमुख व्यापार स्थल हो । माओवादी युद्धको प्रभावमा पर िसंरचना ध्वस्त भए पनि लमतन्न परेर छटपटाउँदै आफ्नो पीडा पोखिरहेको हवाई मैदान भेटें । उत्पादन, आवागमन र यातायातको साधन सबैलाई आवश्यक पर्ने कुरा भएको हुँदा निर्माण गरिएको हुन्छ । निर्माण गर्न नसक्नेले सम्भवत: आफ्नो स्वार्थको लागि रूपान्तरणको नाममा विध्वंस गर्दा जनतामा तनाव र सड्ढट उत्पन्न हुन्छ ।
    पाटनको इतिहास स्वयं प्रतिष्ठा प्राप्त गरेको हुँदा उदयदेव लोकआस्थाको रूपमा पुजिएको पाएँ । निर्णायक शक्ति भनेको जनता हो र जन यानि लोकको कसीमा खारिएर मात्र कुनै मानवले यो स्थान प्राप्त गर्दछ । र लोकको आस्था उदयदेउले प्राप्त गरेकै छ । निर्माण हुँदै गरेको त्यो भव्य मन्दिर लोकआस्थाको प्रमाण हो । उदयदेउ मन्दिर प्रा·णमा उद्योग वाणिज्य सङ्घ पाटनले हाम्रो स्वागत गर्‍यो हृदय ओछयाएर । त्यस भेगबारे जानकारी गरायो । व्यापारलाई आफ्नो धर्म–कर्म बनाएकाहरूको प्रतिनिधिले लोकवार्तामा हिंडेका हामीलाई स्वागत गर्नु, छलफलमा समय दिनु भनेको— आफ्नो माटोप्रतिको आस्था नै हो ।
    स्वागत पाएका हामीमध्येका कवि वासुदेव पाण्डेले सो क्षेत्रको महिमा कविताको रूपमा वर्णन गर्नुभयो । स्थानीयहरूका साथमा— हातमा हात जोडेर, पाइलामा पाइला मिलाएर आधा घण्टाभन्दा बढी देउडामा रमाएको अनुभव बटुलें । यो भनेको लोकसँग घुलमिल हुनु हो । भावनात्मक कुरो मात्र होइन, अस्ति भर्खर टिभीबाट समाचार सुनें म पुगेको पाटन नगरपालिका घोषित भएको— खुशीले आँखामा आँसुका थोपा टल्पलाए । अब त्यो एअरपोर्ट पहिलेजस्तै सुचारु होस्, यो कामना गरेथें— तत्काल ।
२०७१ मङ्सिर १८ बिहीवार
भीमसेनगोला, काठमाडौं ।

Monday, September 26, 2016

गलत लाग्छ मलाई मेरो देशको इतिहास

यो बाटोको बीचमा माटो खनेेर बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर बसेका मानिसहरु
यो भूकम्पपीडित मन्दिर र ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई सधैँ त्यही– सधैँ उस्तै र सधैँ एकनास
तब मलाई गलत लाग्छ मेरो देशको इतिहास ।
यसरी भुुपि शेेरचनले  कबितामा " आफुुलाई आफनै देशको ईतिहास गलत लागेको " उदघोष गरेकाछन् । र उनले यो पनि भनेका छन् " हामी बुद्धू हौ, त्यसैले पो बहादुर हौ " । 
यो कबिताको गुढार्थ जे भए पनि यथार्थमा हामी बहादुर होइनौ,  बुद्धू नै हौ । तोपगोला बर्सिरहेको बेला खुुकुरी समातेर निक्लिनु बुद्धुपन बाहेक केही होइन् । अंंग्रेज लेखकका बिबरण र त्यसैका आधारमा तयार पारिएका अपूरा आलेखहरुलाई हामी ईतिहास भनेर पढिरहेकाछौ ।
खानु लाउनुको बर्तमान दुखभन्दा अँँध्यारोमा रााखिएको आफनै पुर्खाको अतीतको ईतिहास कहिलेकाहि बढि पिरोल्दो रहेछ । उहिले मात्र होइन, अहिलेको यथार्थमा पनि मानिसहरूका दु:खमाथि नै राजनीति भइरहेकोछ  ।  दमन र शासनको दुश्चक्रमा कुन ईतिहास मेटाइयो? कुन हराइयो? कसको मसी केरियो? कसको ईतिहास रगतले लेखियो? जनमानसबाट यी कुरा भने मेटिदा रहेनछन् ।
त्यसो त जुनसुकै राज्यको पनि असली अनुहार हिंसा, त्रास र भय नै हो । जुनसुकै ब्याख्याले यो दमन चक्रलाई छोप्न खोजे पनि यो कालो करतूत गन्हाई हाल्दोरहेछ । त्यसैले सिर्जनशील अराजकता नै अहिंसा हो या अराजकताको अन्त्य नै सिर्जनशील अराजकता हो ? छलफलको बिषय बनेकोछ । जे होस्, ईतिहास जित्नेको घोडा हो भन्नेमा कुनै बिबाद छैन ।
यसता उदाहरण बग्रेल्ति भेेटिन्छन् ।  पश्चिमा इतिहासकारहरु यस मामिलामा अझ सिध्दहस्त छन । उदाहरणका रुपमा केही प्रसंग अघि सारौ ।

पाश्चात्य ईतिहासकारका करामत

आधुनिक पाश्चात्य इतिहासका जनक भनेर चिनिने प्राचीन ग्रिसका इतिहासकार हेरोडोटसले पनि आफ्नै समसामयिक युद्ध (जस्तै ग्रिस र पर्सिया अर्थात् इरान बिचको युद्ध) का आधारमा लेखेको इतिहास तथ्ययुक्त मानिन्छ, तर अतीतका घटना तथा अन्य जाति र देश (शक, भारत, मिस्र देश) का विषयमा लेखिएको इतिहास चाहिँ मिथक र किम्बदन्तीमा आधारित छ । हेरोडोटसले भारतमा फ्याउरा जत्रा कमिला र उड्ने सर्प पाइन्छन् भनेर पनि लेखेका छन् । समसामयिक युद्धको घटनालाई आधारित बनाएर लेखेको इतिहास नै पनि एथेन्सका बासिन्दालाई प्यारो लाग्ने गरी प्रस्तुत गरिएको छ (Hamilton 9-13) । मनपरेको घटनालाई पत्यार पर्ने गरि कालक्रम मिलाएर व्याख्या गरिएको हुन्छ। यसतो बाह्यप्रभावको लेखाजोखा ईतिहासमा बिरलै पाइन्छ ।

आफनो ईतिहास ; तथ्य कम, किम्बदन्ति ज्यादा

यसै गरि पुर्बिय ईतिहासकारहरुले पनि तथ्यभन्दा कथा किम्बदन्तिहरुलाई ऐतिहासिकता प्रदान गरे । फलत: कतै एकादेशको कथा बन्यो, कतै शाास्त्रीय- पौराणिक कहानी बनाइयो । एकै किताका वास्तविक र काल्पनिक घटना मिसाइएको क्षेपक कथा जस्तो । उदाहरण प्रस्तुत गरौ:-
चीनबाट आएका महामञ्जुश्रीले फूलचोकी र चन्द्रागिरीमा चोभारको गल्छी काटेका हुन रे ।  बागमती नदी मडारिँदै बग्न थालेपछि काठमाडौं दहका नागका राजा कर्कोटकले महामञ्जुश्रीसँग आफ्नो बासस्थानका लागि अनुरोध गरे।  मञ्जुश्रीले टौदहमा गएर बस भनेपछि पानीको एउटा भङ्गालो त्यता लगियो आदि  । हाम्रो ईतिहास यस्तो कथाबाट शुुरु हुन्छ । तर वास्तबिकतामा उहिले  उपत्यकामा  शिवपुरीको जलाधार क्षेत्रबाट निस्किएका साना ठूला नदीहरू बागमती नदीमा मिसिएर चोभारबाट बाहिर निस्किए होलान  । उपत्यका विशाल जलाशय हुँदा पनि पाखापखेरामा मानव बस्ती थियो होला । प्रामाणिक रूपमा अहिले भेटिएका पौराणिक बस्तीहरू थानकोट, बुढानीलकण्ठ, चम्पादेवी र साँखुतिर थिए होलान् ।  पानी सुक्दै गयो ।  बस्ती त्यहाँबाट पनि तल तल ओर्लिंदै गयो । ।  यसैताका माथि भोटबाट आएका समुहहरुसंग लडाइँ हारेपछि यहाँका आदिबासी नागवंशिय मानिस चोभारको बाटो हुँदै दक्षिणतिर लागेको हुनसक्छ र उपत्यकाको फाँटमा मानव बस्ती बसेको हुन सक्छ । यसपछि विभिन्न समुहको आगमन प्रत्यागमन भयो र ईतिहासले एउटा धार समातेेको होला । तर मंजुश्री, ने मुनीका कथाले यसलाई गाजेमाजे गरियो ।
यसै गरि राष्ट्रिय विभुति मानिएका सीता र भृकुटीका बारेमा समेत एकिन र यथेष्ट जानकारी हामीसंग छैन । खाली पौराणिक गाथाको भरमा सिताको माइति देश हालको नेपाललाइ मानिरहेकाछौ । जनक र सीताको बारेमा कुनै ऐतिहासिक अनुसन्धान भएकै छैन ।  बैज्ञानिक ढङ्गले सोच्ने हो भने  चौतिस पैतिस सय बर्ष अगाडी को ईतिहासमा रामराज्यकालिन आदर्शबादीताको अनुमान गर्नै गारो देखिन्छ  । यसैगरि कैलाशकुट भवनको भव्यतामा पालिएकी महासामन्त अंशुवर्माकी छोरीको बिहे तिब्बती राजा स्रङ्चन ग्यम्पोसँग हुने कुरो पनि उति पत्यारलाग्दो हुन सक्तैन  ।  विवाहपूर्व राजसी जीवनशैली भोगेकी राजपुत्रीले तिब्बति सरदार स्रङ्चन ग्याम्पोसँग बिहे गर्ने कुरो बढी असान्दर्भिक हुन्छ ।  विशेष ध्यान दिएर अध्ययन गर्ने हो भने  सीताभन्दा सजिलो गरी भृकुटीको इतिहास पत्ता लाग्न सक्छ  । पृथ्वीनारायण शाहका पुर्खालाई महाराणा प्रतापको वंशज मान्ने कि त्यतिबेला मगर बहुल क्षेत्र भएकोले गोरखाकै खाँटि मगरको बंशज मान्ने भन्नेमा  हामी सबै भ्रमको इतिहास पढिरहेका छौं ।  राम शाहकी रानी मगर पुत्री थिइन् र आफ्ना असल कामका कारण उनी मनकामना माइ भएकी हुन्  भन्ने स्थानिय मान्यता छ । त्यसैले मनकामना मन्दिरको पुजारी मगर जातको हुन्छ भन्ने धेरैलाई थाहा छ ।  स्वयं पृथ्वीनारायण शाहको पहिलो बिहे मगर राजा हेमकर्ण सेनकी छोरीसँग भएको थियो ।  राजा हुन क्षत्रीय हुनुपर्छ भन्ने ज्योतिष ब्राह्मणका कारण उनले बनारसमा गएर गोत्र परिवर्तन गरी काँधमा जनै पहिरिएका थिए र त्यतैकी राजपुत कन्यासँग बिहे गरेका थिए भन्ने एकथरि ईतिहासकारको भनाई छ । गणतन्त्र आएपछिमात्र पृथ्वीनारायण शाहलाई मिथक पात्र बनाउने कोसिस अन्त गरिएको छ र गुरु गोरखनाथको छाद खान नमानेर खुट्टामा झरेको सन्दर्भ किंवदन्ती मात्र मानिएकोछ ।

मौन ईतिहासमाथि भाटगिरी

देहरादून नजिकको नालापानीमा बीर बलभद्र कहलिएका हाम्रा सेनानायक उतैबाट पंजाबका राजा रणजितसिंहको फौजमा भर्ना हुन गएको तथ्यबारे हाम्रो ईतिहास धेेरै बोलेको छैन । लाहौरमा गएर लाहुरे बन्ने उनी पहिलो नेपाली ( गोर्खाली ) हुन रे । नालापानि किल्लामा मारिएका महिला र केटाकेटि को थिए ? लडाईको किल्लामा उनीहरुलाई किन राखिएको थियो ? हाम्रो ईतिहास केही पनि बोल्दैन ।


गोर्खा- कम्पनीको लडाईमा नेपालदरबारको कार्यनीति बनाउनेहरुलाई युध्दक्षेत्रको परिस्थितिको सहि आकलन नै थिएन भन्ने कुरा जगजाहेर छ । त्यसभन्दा अघि गोर्खाराज्यको निर्माणताका समेत यस्तै भद्रगोलको अवस्था थियो । बिकट बाटोघाटोका कारण बिजितक्षेत्रमा सरकारको नियन्त्रण हुनसक्ने अबस्था थिएन । राज्यले न कर्मचारी पाल्ने हैसियत राख्थ्यो, न सरहद भित्र शासन गर्न । यसकारण " जिउधन सरकारको" भन्ने अवधारणासंगै सुदूर पश्चिममा त यो भद्रगोलको अवस्थालाई " गोरख्यौल " भनेर नै नाम दिइयो । यथार्थमा राजा भुुमीका मालिक भए । तर यसबाट उनी कुनै उत्पादन संग्रह गर्न सक्दैनथे । फलत: बिर्तावाल, किपटवाल, गुठियार, मुखिया, रजबार आदि छोटेराजा भएर कुत आम्दानी उठाउदै दलाली कमिसन खान थाले । यस परिस्थितिमा राष्ट्रको ईतिहास कसरी लेखियो होला? बिचारणिय छ ।

केही स्वनामधन्य बिद्वानहरुले नेपालको ईतिहासलाई यतिबेला झन भद्रगोल बनाई दिएकाछन । ऐतिहासिक यथार्थ भन्छ, नेपालका आदिबासी खस जातिका मानिस हुन् ।  झण्डै छ हजार वर्ष अघि तिनीहरू ककेससबाट पूर्वतिर लागे ।  सिधै आउँदा उनीहरू मानसरोबर आइपुगे ।  मानसरोबरबाट दक्षिण लागेका कसहरू, खस भएर जुम्लाबासी भए ।  खसको जात थिएन ।  खसहरू बोन धर्मका नजिक थिए ।  ईश्वर तिनीहरूका लागि निराकार थियो ।  खस जातिका तीन बिशेषता थिए- मतवाली, मष्टोपुजक र जातपात बिहिन ।कालांतरमा उनीहरू जुम्लाबाट विभिन्न दिशातिर  फैैलिए ।  बिस्तारै उनीहरू बाहुन, क्षेत्रीमा विभाजित हुँदै गए ।  केहि दलित पनि भए ।  त्यसैले खस जातिका बाहुन क्षेत्री र दलितहरूको थर मिलेको हो ।  जुम्लाबाट ओरालो लागेका बाहुन क्षेत्रीहरूसंग उनीहरूभन्दा तीन हजार वर्षपछि नेपाल पसेको कान्यकुब्जी ब्राह्मण संस्कृति सम्मिश्रण भएपछि एउटा भिन्नखाले  मिश्रित " पहाडी" सहसंस्कृतिको बिकास भयो । ती खसहरूको वर्तमान परिचय मस्टो पूजकका रुपमा मात्र देखिन्छ । मस्टो पूजन निराकार हुन्छ ।  कुलपूजामा कुनै देवदेवी हुँदैनन्, अपितु लोहोरो आकारका केही ढुङ्गाहरू हुन्छन्  ।  आजको राजनीतिक विश्लेषणमा अन्य बनाइएका खसहरू चिनारी अहिले यही मस्टो र कुलपूजामा बेरिएको छ । यसरी दुई महान सभ्यता मिलेर नयाँ सभ्यता बनेकोछ- जसलाई अचेेल " खस-आर्य " नाम दिएर सम्बैधानिक बर्गिकरणमा अन्य समुहमा राखिएकोछ ।
यिनै वैदिक आर्य अर्को किसिमले पनि नेपाली भूमिमा आइपुगे। गंगा मैदानबाट क्रमश: बस्ती फैलिँदै फैलिँदै नेपालको तराईसम्म उनीहरू आइपुगेका छन्। राजा जनक र गौतम बुद्धको समयअघि नै यहाँसम्म उनीहरूको बस्ती फैलिसकेको देखिन्छ। यसरी फैलिएको बस्तीमा अष्ट्रिक र द्रविडहरू पनि छन्। उनीहरू जात व्यवस्थासहित यहाँसम्म आइपुगेका हुन्। वैदिक आर्यको यो समूह नै अहिले मधेसी भनेर चिनिन्छ। 

किन ईतिहासमा लप्पनछप्पन लेखिन्छ?

 यसरी गलत ईतिहास लेखिने कारणहरु धेरै हुन सक्दछन  । बाध्यात्मक अबस्था वा सुनियोजित षडयंत्रबाट पनि यस्तो ईतिहास बन्न सक्छ  । आफुुलाई माथि अरुलाई तल पार्न, ईतिहासमा पनि आलंकारिकता थपेर शक्तिशाली औजारको रुपमा प्रयोग गर्न वा अरुले लेखेको बिश्वास नगरि आफनो बारेमा आफैै लेख्न थाल्दा पनि गलत ईतिहास लेखिन सक्दछ ।
तर बिडम्बना तब शुुरु हुन्छ, जब यसरी नयाँ रुप दिदादिदै मूल रुप नै बिकृत हुन्छ ।मुलत: लेखन कार्य बिचारको प्रतिबिम्बन पनि हो । गोराहरुले पस्किएको पु्र्बिय बिम्ब मौलिक आस्था, बिश्वास र तौरतरिका भन्दा भिन्न हुने नै भयो । उनीहरुको सोच संकुचित र बिकृत देखिने नै भयो ।
पश्चिमका इतिहासकार पुर्बिय कालगणनासंग अनभिज्ञ थिए । हिन्दु पंङ्चाङ्गमा आधाारित बिक्रम सम्बत ग्रेगरियन पात्रोभन्दा ५६ बर्ष ८ महिना १५ दिन पछाडी हुन्छ ।त्यसै गरि बिक्रम सम्बत भन्दा शक संवत् १३५ बर्ष र नेपाल सम्बत ९३६ बर्ष कान्छो छ । हाम्रो पंचाङ्गमा चारयुगको हिसाबकिताब छ । यसै अलमलमा ऐतिहासिक तिथिमिति फरक पर्न सक्छन  । हाम्रो ईतिहासले अंंग्रेजहरुका टिपोट र ब्याख्यालाई शिरोपर गरेकोछ ।उनीहरुले आफुु अनुकुल हुनेगरि किम्बदन्तिहरुको कल्पना गरेका पनि हुन सक्छन । संस्कृतको अधकल्चो ज्ञान र पुरातात्विक बस्तुको भ्रमात्मक समिक्षाले पनि हाम्रो ईतिहासलाई गलत बनाउन भरथेग गरेकोछ । कथित बिदेशी बिद्वानहरुको यात्रा वर्णन र अनुबादित कथांशलाई हामीले ईतिहास भन्दै आएकाछौ ।
बिडम्बना हेरौ न,  बास्तबमा गोर्खाली लडाकाहरु धनुषबाण खुुडाखुकुरी मात्र चलाउथे । यिनीहरु करकापबाट मोर्चामा सामेल भएका हुन्थे ।पुराना तोपका पार्टपुर्जा डोकोमा बोक्थे र गढीगौडामा पुगेपछि मात्र नटबोल्ट कस्थे । यो परिस्थितिमा अंंगरेजको सामरिक नीति अगाडी निरीह हुनै पर्थ्यो, भए । दुबैतर्फका शासकलाई आआफनो सत्तालाई बैध बनाउदै ईतिहास लेख्नु थियो, लेखे । 

सुदूर पश्चिमका सवालमा ; ईतिहासको एकोहोरो हेराइ

अछाम र डोटीलाई नेपालमा मिलाएपछि सन् १७९० को शुुरुतिर अमरसिंह थाापाको नेतृत्वमा गोरखापल्टन हालको पश्चिम सिमाना महाकाली नदिसम्म पुग्यो । यस फौजलाई अलखनन्दा वारिसम्म दखल गर्न कुनै ठुुलो युद्ध लडनु परेन । गढवालका राजासंग युद्ध चल्दा चीनले काठमाडौंमा आक्रमण गरेकोले अमरसिंह थाापाले गढवालसंग सन्धि गरि यो फौज सन १७९१ मा काठमाण्डौ फर्क्यो । यसअघि र पछिको अवधिमा समेत यो क्षेत्रले थुुप्रै आरोह अबरोह बेहो-यो । सन् १७७९ सम्म डोटी स्वतन्त्र राज्य थियो । १७९१ को नारिदाङको लडाइपछि मात्र यो गोरखाराज्यमा गाभियो । तर आजपर्यन्त नेपालको इतिहासमा डोटी प्रदेशको गणना पुछारको कुना सुदूरपश्चिम इलाकाका अर्थमा राखिएकोछ । अचेेल पनि यो ७ नं प्रदेश बनाइएकोछ । हिमालक्षेत्रको पहिलो राजबंश कत्युरकालिन उकुदरबार होस या एकहजार तीनसय बर्ष अगाडीको नागिमल्लको अजयमेरुकोट होस् , नेपाली इतिहासकारका नजरमा ती कहिल्यै परेनन । नेपालको ईतिहासमा हिमालवारिपारि शाासन गर्नेे सिंजाली राजाहरुभन्दा आफनो राज्यका कति घरमा भात पाक्यो भनेर धुुवाँ हेरिबस्ने कान्तिपुरे राजाहरुको राज्य नै विशाल ठहरिएकोछ । सुदुर भेेगका कोऽर, कोर या कुँँवर नै राजधानीका श्री३ राणाजी हुन भनेर सैयौ बर्षसम्म यो इतिहासले लेख्न सकेन । देउचेली, डोलामैयाँ, अधेेकारानीहरुका कथा हाम्रो इतिहासमा कहिल्यै अटाएनन् । तथ्यहरुको बलात काशीकरण गरियो । यसरी हामीलाइ आफनै देशको गलत ईतिहास पढाइएकोछ ।
सुदूर पश्चिम नेपालको मध्यकालिन ईतिहासमा जुम्ला  र डोटी नै प्रमुख केन्द्र हुन् । पाँचौ शताब्दी सम्म त सिंजा साम्राज्यकै रुपमा बिकसित थियो । तर त्यसपछिका कालक्रममा यी दुबै केन्द्र कहिले खुुम्चिने र कहिले बिस्तार हुने सिलसिला चल्यो । यसरी कैयौ लडाई लडिएका साक्ष्य सुदूरमा अझैै बाँकि छन । यो भुुरे टाकुरे राजाहरुको लडाई गोरखाली बिजयसंगै सकियो । तर यी बिजेताहरुलाइ परपश्चिमेहरुले कहिले पनि आफनो भनेर सकारेनन ।
कर्णालीपारिका मानिस अहिले पनि वारिकालाई पूर्वीया भनेर फरक दृष्टिले हेर्छन्। यस्तो दृष्टिकोण त्यसै बनेको होइन, बरू फरक धरातलहरुको बलजफ्ति एकीकरण हुँदाको दर्दनाक इतिहासको निरन्तरता नै  हो। यो घृणाको कारण  इतिहासमा छोपिएको छ। इतिहासमा छोपिएको तथ्यलाई आज पनि न्याय गरेनौं भने उनीहरूको मनमा अहिले पनि घृणा भइरहने भयो। अत्याचार भएको विषयलाई एक हजार वर्षपछि भए पनि जस्ताको तस्तै अत्याचार नै हो भन्न सक्नुपर्छ।  मानवचेतना र अरूमा एउटा फरक यही त हो। हाम्रो इतिहासको थुप्रै सन्दर्भ गलत सूचना लुकाउने या मनगढन्ते सूचना दिने गरी बनाउन लगाइएकोछ । नयाँ पुस्ता यो भ्रम चिर्न चाहन्छ । इतिहासमा भएका अत्याचारलाई छोप्दै जाने, फेरि नयाँ अत्याचार गर्दै जाने हो  भने आममानिसमा घृृणाभाव रहिरहन सक्छ । एक अर्कामा अबिश्वास र घृृणा कायम रहदा राष्ट्रिय एकताको भावना पैदा गर्न गारो पर्छ । त्यसैले, राष्ट्रका महत्वपूर्ण घटनाको  कथित इतिहाससँग नयाँ पुस्ताले सरोकार राख्नैपर्छ । हामिलाई पढाइएको गलत इतिहासमाथि थप अनुसन्धान र बिचार-बिमर्श आवश्यक छ।