सुदुर पश्चिमका बहुप्रचलित लोकगितहरुको आफनै शब्द बिधान छ । पहिलो पंक्तिमा जापानी हाइकु जस्तो कुनै प्राकृतिक बिम्ब राखिएको हुन्छ । झट्ट हेर्दा खास कुनै अर्थ नलागे पनि दोस्रो पंक्ति संग यो सहसम्बन्धयुक्त (correlative )हुन्छ । दोस्रो पंक्तिमा थोरै शब्दमा धेरै अर्थ समेटिएको हुन्छ र यहि नै मुख्य पद हो । विनोदमय शैलीमा तत्काल आशुभावमा चलिरहने नेउल्यागीतको लोकसाहित्यिक फाँटमा कलात्मक पक्षमात्र होइन,चिन्तन र विचार पक्ष पनि अध्ययनीय छ । प्रेमि-प्रेमिकाको रोमान्स, जिबन जगतको यथार्थ र सांसारिक निस्सारतालाई समेत यसमा समेटिएको हुन्छ । यस्ता गीतमा निहित दार्शनिक पक्ष सारै मनन योग्य मानिन्छ ।
जस्तै-
१-गाउँ राम्णो आफनै माण्णो, शहर राम्णो डिल्लि
मऽ मैले मौरिको खाया, भेरि सुद्दोइ चिल्लि ।
२-खेतका इचलि मणि, खणमुसिकि खुल्लि
हात रुमाल खुट्टा जुत्ता, म कभै न भुल्लि ।
३-मालिका हिउ पणि आयो,पाटन पुरिनैन ,
साइ दुरै म पनि दुरै , माया दुरिनैन् ।
४-दै भण्णा कुराउनि मिठि, मेरा गाइ तिलुकि,
मौरि भेष जुनकिरिका , गालामा चिलु कि, ।
५-सिलगणिका पल्ला चाल गिर केलन्या गणो ,
तैइ भयेइ ऐसेलु थोपो मै उणन्या चणो ।
६-यो बाटो काँ जान्या रै छ, गौणि बगालको,
घाँटिमा बसन्या तै है बेलि छकाल को ।
७-दुरै हाङि दुरै डाङि, दुरै फल पाक्याको ,
दुरै छन सङ्ङिका भुइसा दूरै मन लग्याको ।
८-अछाम बसन्या चम्फा कल्लि, जुम्ला बसन्या जया ,
चिठ्ठिमा रैबार दिउला, बाटुलिमा माया ।
९-कालो माछो कर्नालिको , करणो सेतिको ,
एक बालो निमोरि खाइ झा तेरिलाइ खेति को ।
१०-पुर्ब जान्या गोर्खालि मुल्या चोतो बोइग्यो ,
बाँचि रया फिरि भेट , न त इति होइग्यो ।
११-नैपाल छत्तिस धारा पानिकि तुरुक्क,
जैल म समझना आउछ हियमा हुरुक्क ।
१२-फल टिपि बानर लइग्या सौला रुखै छन,
दन्त मुर्ख हाँसोइ औ छ, हिय दुखै छन् ।
13-धारा पानी सुकिगयो पड्पानी चुँदाइ छन्
धनीका पहड बाटा निर्धनी रुदाइ छन्
14-अद्धकी कम्पनी माला अद्धकी पोत्या नाइँ
अद्धकी बासमती चामल अद्धकी कोद्या नाइँ
15-पाको फल चडीले खायो काँचो फल रुखै छ
जाँसम्म परानी बाँच्यो वाँसम्म दुखै छ।
16- बैसाग भागीको जन्त लगन दिन्या लछी
यो हंस कालको बारी ऐल हो के पछि।
17-जैगाड बस्याको भोट्या पानी काँ खाँदो हो
हाड मांस माटीका भर हंस काँ जाँदो हो?
18-ब्यान्देल झल्कन्या तारो कै दिशा बुड्डो हो
हाडमांस माटीका भर हंश काँ उड्डो हो?
19- जेठाजु भैँसीका खर्क बौरानी छुई छन् कि
कोई सुकारी कोई दुःखारी भगवान् दुई छन् कि।
२०-सर्क तारा भौतै छन, एक तारो सुक्कुर,
गौ भणि गाएको हैन, आयाका झुक्कुर ।
21-जेठो मुख्ख्या माइलो धामी कान्सो छ हेराउन्या
एकै मणि तिन पगणि गौं गर्खा घुमाउन्या ।
२२-कालिमा तार लागि रै छ कन्ज्यौणिमा चिण्णा
घर बेदना कोइन जाण्णा घर खानिन भण्णा ।
२३-जुलघाट है हिट्टा हिट्टा पुगियो बणालु
जग्गा राम्रो मात हालेको जोइ रामणि उणालु ।
२४-जाँत भलि देवता कि देबि का देउराले
मैले आया बात लागन्छ तै आसेइ नेउराले ।
२५-पुरब झान्या गोरखालि मुल्या चोतो बोइग्यो
बाँचि रया फिरि भेट न त इती होइग्यो ।