Showing posts with label अनुबाद. Show all posts
Showing posts with label अनुबाद. Show all posts

Thursday, March 21, 2019

केही हाइकु

हाइकु


(१)
गाउँका बूढ़ा बाजे
बाली काटदै
हँसिया जस्तै झुकेर ।
(२)
नाशपातीका सेता फूल
चाँदनी रातमा नबयौबना
पढ़दैछिन चिठ्ठी ।
(३)
एक मोमबत्तीबाट
दोस्रोमा सर्दैछ–
वासन्ती साँझ ।
(४)
सेता सुन्दर फूल
डराउदैछ कैची
एक क्षण ।
(५)
एकाबिहानै –
कौवाले छोडेको भ्यागुतो
दुलाको मुखैमा ।
(६)
बेलुकाको हावा–
पानीका छाल
बकुल्लाको खुट्टा नजिक ।
(७)
खडिगका स्याउला-
सुखेको झरना नजिक
मिल्किएका ढुङ्गा ।
(८)
छोटो रात –
बारुलाको जालीमाथि
ओसको थोपा  ।


( जापानका कवि योसा बुसोन का हाइकुहरुको भावानुबाद  । तस्बीर सौजन्य गुगल । )



मंदिरको ठुलो घंटीमा
निदाउन लागेको
पुतली ।



Sunday, August 5, 2018

गुफाको बिम्ब

गुफाको विम्ब (Nepali Translation of the 'Allegory of the Cave')

यो संवाद प्राचीन ग्रिक दार्शनिक प्लेटोको'द रिपब्लिक' नामक पुस्तकमा छ। यो अंश 
सोक्रेट्सले आफ्ना चेला ग्लाउकोनसँग गरेको संवाद हो। प्लेटोको प्रस्तुतिमा सोक्रेट्सले पुरै 
संवाद अरूलाई सुनाएका छन्, त्यसैले यहाँ सोक्रेट्सको प्रथम पुरूष अभिव्यक्ति छ।
यो संवाद ज्ञानको कमी हुँदा मानिसमा हुने भ्रम र नयाँ ज्ञान पाएपछि उसलाई हुने संकट
 बुझाउने सर्वोत्तम उदाहरणको रूपमा लिइन्छ।



'मलाई अब विम्बात्मक रूपमा हामीसँग कति ज्ञान छ भन्ने बुझाउन देऊ,' 

मैले भनेँ, 'मानौंमानिसहरू जमिनमूनिको कुनै गुफामा बसिरहेका छन्। यो गुफाको 
मुख प्रकाशतर्फ छ जहाँबाट आएको प्रकाशले गुफा अलिअलि उज्यालो हुन्छ। यहाँ 
तिनीहरू सानो उमेरदेखि नै छन्। तिनीहरूको हात र खुट्टा जञ्जीरले बाँधिएकाले 
उनीहरू यताउता हिड्न सक्दैनन्। जञ्जीरले बाँधिएकाले टाउको वरीपरी घुमाएर हेर्न सक्दैनन्अगाडि मात्रै हेर्न सक्छन्। बाहिर गुफाको पछाडि, अलि पर आगो बालिएको छ। तिमीले राम्ररी हेर्‍यौ भने देख्छौ, त्यहाँ कठपुतली खेलाउने पर्दाजस्तै सानो पर्खाल पनि छजुन पर्दामा चटकेले आफ्ना कठपुतली नचाउँछ।'

मैले यति भनेपछि ग्लाउकोनले भन्यो,'मलाई थाहा भयो।'

'अनि देख्यौ त?' मैले भनेँ, 'त्यो पर्खालमा मानिसहरू जहाजका सामान, काठ र 
ढुंगाले बनाइएका जनावरका मुर्तिअरू किसिमका मुर्ति र केके केके सामान बोकेर हिडि
रहेकाजस्ता देखिन्छन्। यो सबै ती कैदीहरूले पर्खालमा छायाका रूपमा यी दृश्य 
देख्छन्। कोही गफ गरिरहेका छन्,कोहीचाहीँ चुपचाप हेरिरहेका छन्।'

'तपाईंले मलाई अनौठो चित्र देखाउनु भयो,' उसले भन्यो, 'ती कैदीहरू अनौठा छन्।'

'हामीजस्तै,' मैले जवाफ दिएँ, 'अनि तिनीहरुले आफ्नो पनि छाँयामात्रै देख्छन्। 
अर्काको पनि छायाँमात्रै देख्छन्। आगोबाट आएको प्रकाशले गुफाको भित्तामा बनाएको
 छाँयामात्रै उनीहरूले देख्न सक्छन्।'

'ठीक हो,' उसले भन्यो,'जब टाउको नै हल्लाउन सक्दैनन् भने त विचराहरूले छायाँ
बाहेक अरू के पो देखुन् र!'

'हो नि। अनि सुनउनीहरूले देख्ने गरी बोकिएका वस्तुको मात्रै छाया देख्न पाउँछन्। 
हो कि होइन त?'

'ठीक ठीक,' ग्लाउकोनले भन्यो।


















'यदी उनीहरू कुरा गरिरहेका थिए भने आफ्नो अगाडि भएका छायाको नाम पनि राख्थे 
होला।'

'अँ साँच्चै हो।'

'त्यो गुफामा गुञ्जिएर भित्तातिरबाट आवाज आउँछ। त्यसैले गुफाबाहिर हिडिरहेको 
मान्छेले बोलेको आवाज पनि तिनीहरूका लागि छाँयाले नै बोलेको भन्ने हुन्छ। हुँदैन त?'
'शंकै छैन नि,' उसले भन्यो।

मैले भनेँ, 'तिनीहरूका लागि त्यो छाँयाबाहेक अरू केही सत्य होइन।'

'अँ, पक्कै।'

'अब कुनै कैदीलाई उसको गल्ती माफ गरेर मुक्त गरियो भने के हुन्छ भन्ने हेर। 
जब उनीहरूमध्ये एउटालाई मुक्त गरिन्छ र अचानक उभिनमुन्टो बटार्न, 
प्रकाशतिर हिड्न र हेर्न बाध्य पारिन्छउसलाई एककिसिमको तीखो पीडा हुन्छ। 
उज्यालोले उसलाई बेचैन बनाउँछ। उसले जुन वस्तुलाई छाँयाका रूपमा भित्तमा मात्रै 
हेरेको थियो, त्यसलाई वास्तविक रूपमा हेर्न सक्दैसक्दैन। उसलाई कसैले भनेजस्तो 
लाग्छ, 'पहिले उसले देखिरहेको कुरा सबै छाँयामात्र थियो तर अहिले वास्तविक 
वस्तुहरूको नजिक आइरहेको छ।' उसका आँखाहरू वास्तविक अस्तित्वतर्फ हेरिरहेका हु
न्छन्। ऊसँग पहिलेभन्दा राम्रो दृष्टि हुन्छ। अब उसले के भन्ला त? उसलाई निर्देशन 
गर्ने मान्छेले उनीहरू हिडिरहेको ठाउँमा भेटिएका वस्तुहरू देखाउँदै नाम सोधिरहेको छ 
भन्ने अनुमान गर्न गर तऊ दिग्भ्रमित  हुन्छ। हुन्छ कि हुँदैन तउसलाई अहिले 
देखाइरहेको वास्तविक वस्तुभन्दा पहिले देख्ने गरेको छायाँ नै वास्तविक लाग्छ। लाग्दैन त?'

'लाग्छ,एकदमै ठीक हो,' उसले भन्यो।

'यदी उसलाई सिधै प्रकाशमा हेर्न बाध्य पारियो भने उसको आँखामा पीडा हुन्छ। यो 
पीडाले गर्दा उसले त्यहाँबाट आँखा हटाएर आफूले हेर्न सक्ने ठाउँमा लैजान्छ। उसलाई 
अहिले देखाउन खोजेकोभन्दा आफूले पहिले हेरेको दृश्य नै वास्तविक लाग्दैन त?'

'लाग्छ नि,' उसले भन्यो।

'अझै एकचोटी कल्पना गर गलाउकोन,' मैले भनेँ, 'उसलाई जबरजस्ती अझ 
माथि तानियो र पहिलोपटक जबरजस्ती घाम भएको ठाउँमा ल्याइयो भने उसलाई पीडा 
र बेचैनी हुन्छप्रकाशतर्फ हेरेपछि उसको आँखा तिर्मिराउँछ। अहिले वास्तविक भनिरहेको 
केही कुरा पनि हेर्नै सक्दैन।'

'होएकैतालमा त सक्दैन,' उसले भन्यो।

'उसलाई माथिको संसारका दृश्यहरूमा बानी पर्न समय लाग्छ। पहिले त उसले छाँया नै 
हेर्छ। त्यसपछि मान्छे र अरू वस्तुको प्रतिविम्ब पानीमा हेर्छ। अनि मात्रै वस्तुहरूलाई सिधै
 हेर्छ। त्यसपछि सुर्य हेर्नुभन्दा पहिले ऊ जुनतारा र आकाशमा हेरेर टोलाउँछ।'

'पक्कै।'

'अन्तिममा बल्ल ऊ सुर्य हेर्न सक्षम हुन्छ। यसपछि आफूलाई पानीमा देखिने नाथे 
प्रतिबिम्बमा होइन आफ्नै वास्तविक स्वरूपमा देख्ने छअरू कुनै स्वरूपमा होइन। 
बल्ल उसले आफूलाई आफ्नै स्वरूपमा जान्दछ।'

'पक्कै।'

'त्यसपछि उसले भन्न थाल्ने छसुर्य नै हो जसले ऋतु र वर्षहरू सिर्जना गर्छयो 

देखिने संसारको अभिभावक सुर्य नै हो। विगतमा सुर्यबारे थाहा नपाएका कारणले नै ऊ 
र उसका साथीहरू अँध्यारोमा बस्न बानी परेका थिए।'

'प्रष्टै छ,' उसले भन्यो, 'उसले सूर्य हेर्न सक्ने भएपछि मात्रै आफ्नो अस्तित्वको 
कारण थाहा पाउने छ।'

'र सुनजब उसले आफ्नो पुरानो बासस्थानगुफामा हुँदाको आफ्नो र 
आफ्ना साथीहरूको इच्छा सम्झिन्छअहिलेको परिवर्तनसँग दाँजेर आफूलाई धन्य 
ठान्छ। गुफामा रहेका अरू कैदीहरूमाथि दया भाव राख्छ। राख्छ कि राख्दैन त?'

'पक्कै राख्छ नि हजुर।'

'र गुफामा अझै जसले पर्खालबाट पार भइरहेको छायालाई सबैभन्दा छिटो चिन्न सक्छ,
 जसले को पहिले गयो, को पछि गयो र को-को जम्मा भए भनेर भन्न सक्छ
अब के हुन्छ भनेर जसले ठीक अनुमान गर्न सक्छउसलाई मान्ने चलन हुनसक्छ।
 तरमाथिको संसार देखेर आएको व्यक्तिले यस्तो आदर र खुशीलाई ध्यान दिँदैन। 
त्यस्तो भ्रामक काममा सहभागी पनि हुँदैन। होमरको कविता 'बरू गरीब मालिकको 
गरीब नोकर हुनु राम्रो' भनेजस्तै ती कैदीजस्तो बाँच्नु भन्दा त त्यो भ्रम हो भन्ने तीतो 
यथार्थ स्वीकार गरेर बाँच्नु राम्रो भन्ने सोच्छ। सोच्दैन त?'

'हो,' उसले भन्यो,'मलाई लाग्छ यो प्रतिस्पर्धा देख्दा त उसलाई रमाइलोको साटो पीडा
 हुन्छ र दु:खी भएर बस्छ।'

'अझै एकपटक कल्पना गर त ग्लाउकोन,' मैले भनेँ, 'अचानक सूर्यको 
उज्यालोमा आइपुगेको मान्छेलाई पुरानै अवस्थामा फर्काइदियो भने उसलाई अँध्यारोमा 
फसेजस्तो हुन्छ। हुँदैन त?'

'भइहाल्छ नि,' उसले भन्यो।

त्यहाँ उसले गुफाबाट कहिल्यै बाहिर ननिस्किएका कैदीहरूसँग छायाँ चिन्ने प्रतिस्पर्धामा
 भाग लिनु पर्‍यो। यतिबेला गुफाको अँध्यारोमा उसको त दृष्टी कमजोर हुन्छ। ऊ 
अँध्यारोमा पहिलेजस्तो गरी देख्न सक्ने हुँदैन। ऊ त्यहाँ एकदमै नमिल्दो पात्र हुन्छ। हुँदैन 
? अनि त्यहाँका कैदीहरूले उसलाई माथि गएर आँखा नदेख्ने भएर फर्किएछ भन्नेछन्।
 माथि जाने कुरा त सोच्नु पनि हुँदैन भन्ने धारणामा बल पुग्ने छ। यदी कसैले यस्तो 
सोच्यो र माथिजान खोज्यो भने त्यसलाई समातेर मारिदिने छन्।'

'होयसमा प्रश्नै छैन नि,' उसले भन्यो।

'प्रिय ग्लाउकोन,' मैले भनेँ, 'तिमीले यो पुरै बिम्ब मेरो पहिलेको तर्कसँग जोड्न 
सक्छौ। त्यो गुफाको झ्यालखाना यो तिमीले देखिरहेको संसार हो। त्यो आगोको 
उज्यालो यो सूर्य हो। र, गुफाबाट माथिको संसारसम्मको यात्रालाई आत्माको चेतन
 संसारसम्मको यात्रा भन्यौ भने तिमीले बुझेको गलत हुनेछैन। ठीक हो कि होइन भन्ने 
त ईश्वरलाई थाहा होला, मैले बुझेको चाहिँ यही हो। मेरो विचारमा ज्ञानको संसारमा 
असल चेतना अन्तिममा तहमा मात्रै हुन्छ। ठूलो प्रयत्नपछि मात्रै त्यो चेतना प्राप्त 
हुन्छ।  त्यो चेतना प्राप्त भएपछि मान्छेले सबै सुन्दरताका सर्वव्यापी रचयिता,प्रकाशका 
अभिभावक र यो दृश्य संसारका अधिपति, चेतनताको कारण र सत्यको स्रोतबारे 
थाहा पाउँछ। र, यस्तो शक्तिलाई उसले सार्वजनिक वा व्यक्तिगत कामहरू गर्दा सधैं ध्यान 
दिइरहेको  हुन्छ।'

'मान्छु,' उसले भन्यो,'जति हजुरलाई बुझ्ने मेरो क्षमता छ।'
( aavaasilam.blogspot.com बाट साभार ।)

Wednesday, December 6, 2017

पट्टु राम राम


( योगेन्द्रनाथ दिक्षितको हिन्दी कबिता " घर चाहता है, मै तोता बन जाउ" को भावानुुबाद )
पेन्सन पकाएर घर आउदा आफुत
पिंजराको सुगा जस्तो पो हुन पुगिएकोछ।
जाली भित्रको कमानीमा मात्र झुुन्डिएर
राम राम जस्तै केही मात्र बोलिरहन पर्ने
फगत एक थान पट्टुमा परिणत भइएछ।

पिजरामा राखिएको बासी दालमा 
जथाभावी मिसाएका टुक्रे रोटीसंगै
कटौराको फोहर पानी
मेरो दैनिकीको खाान्गी बनेकोछ ।

मेरो परीवारको कृपामा परेर 
साना फुुच्चेले सिकाएका केही जार्गन बोलेर 
म 
नयाँ भााषा सिक्दैछु ।
आँँखाा नचाउदैु ।
तोकिएको परिधिमा नाच्दैछु ।
त्यहि गर्दैछु
त्यहि बोल्दैछु।
आफनै प्वाख तोल्दैछु।
मुक्त आकाश हेर्दैछु ।
हात खुुट्टा तन्काएर
पट्टु राम राम भन्दैछु ।।
 म सुगा जस्तै बनुँ
म सोच्दैछु, मेरो घर सोच्दैछ ।।

Thursday, August 17, 2017

संस्कृतका केही प्रेरणादायि श्लोक

संस्कृत श्लोक संग्रह

1. उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः।
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा: ।।
अर्थात:- उद्यम, यानि मेहनतले नै काम पूरा हुन्छ,  ईच्छा गर्नाले  मात्र कुनै काम पनि पूरा हुदैन । जसरी सुतेको सिंहको मुखमा मृगहरु स्वयम् प्रबेश गर्दैनन् ।

2. वाणी रसवती यस्य,यस्य श्रमवती क्रिया ।
लक्ष्मी : दानवती यस्य,सफलं तस्य जीवितं ।।
अर्थात:- जस्को मीठो बोली छ, जस्को काम परिश्रमयुक्त छ, जस्को धनलाई दानमा प्रयोग गरिएकोछ, त्यस्को जीवन नै सफल छ ।
-
3. प्रदोषे दीपक : चन्द्र:,प्रभाते दीपक:रवि:।
त्रैलोक्ये दीपक:धर्म:,सुपुत्र: कुलदीपक:।।
अर्थात:- संध्या-कालमा चंद्रमा दीपक हो, प्रातः कालमा सूर्य दीपक हो, तीनै लोकमा धर्म दीपक हो तथा सुपुत्र कुल को दीपक हो ।

4. प्रियवाक्य प्रदानेन सर्वे तुष्यन्ति जन्तवः ।
तस्मात तदैव वक्तव्यम वचने का दरिद्रता।।
अर्थात:- प्रिय वाक्य बोलेमा सबै  जीव संतुष्ट हुन्छन् ।  अतः प्रिय वचन नै बोल्नोस किनकि यस्ता बचनहरुको कहिल्यै अभाव रहदैन ।

5. सेवितव्यो महावृक्ष: फ़लच्छाया समन्वित:।
यदि देवाद फलं नास्ति,छाया केन निवार्यते।।
अर्थात:- विशाल वृक्षको सेवा  गरिरहनु पर्छ, किनकि यसले फल र छाया दुबै प्रदान गर्छ । यदि दुर्भाग्यबस फल पाइएन  भने पनि छाया त कसैले पनि रोक्न सक्दैन ।

6. देवो रुष्टे गुरुस्त्राता गुरो रुष्टे न कश्चन:।
गुरुस्त्राता गुरुस्त्राता गुरुस्त्राता न संशयः।।
अर्थात:- भाग्य रूष्ट भएमा गुरुले रक्षा गर्छन ।  गुरु रूष्ट भएमा कोहि आफनो हुदैन । अत: गुरु नै रक्षक हुन्३ । यसमा शंका छैन ।

7. अनादरो विलम्बश्च वै मुख्यम निष्ठुर वचनम
पश्चतपश्च पञ्चापि दानस्य दूषणानि च।।
अर्थात:- अपमान गरेर, ढिलो गरेर, मुख बिगारेर, कठोर बचन बोलेर दान गरेमा  तथा  दानपश्चात पश्चाताप गरेमा यी पाँच क्रियाले दानलाइ दुषित गर्दछन ।

8. अभिवादनशीलस्य नित्यं वृद्धोपसेविन:।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलं।।
अर्थात:- ठुलालाई अभिवादन गर्ने र नित्य बृध्दहरुको सेवा गर्ने मनुष्यको आयु, विद्या, यश र बल -यी चार कुरा बृध्दि  हुन्छन ।

9. दुर्जन:परिहर्तव्यो विद्यालंकृतो सन ।
मणिना भूषितो सर्प:किमसौ न भयंकर:।।
अर्थात:- दुष्ट व्यक्ति यदि विद्याले सुशोभित छ भने पनि  परित्याग योग्य नै हुन्छ । के मणिले सुशोभित सर्प  भयंकर हुदैन र ?

10. हस्तस्य भूषणम दानम, सत्यं कंठस्य भूषणं।
श्रोतस्य भूषणं शास्त्रम,भूषनै:किं प्रयोजनम।।
अर्थात:- हातको आभूषण दान हो , कण्ठको आभूषण सत्य हो , कानको शोभा शास्त्र श्रवणमा छ । अन्य आभूषण को कुनै प्रयोजन छैन ।

11. यस्य नास्ति स्वयं प्रज्ञा, शास्त्रं तस्य करोति किं।
लोचनाभ्याम विहीनस्य, दर्पण:किं करिष्यति।।
अर्थात:- जुन मनुष्यमा बिबेक छैन शास्त्रले त्यसलाई के गर्न सक्छ र ? आँखानै नभएकोलाई ऐनाले के गरोस ?

12. न कश्चित कस्यचित मित्रं न कश्चित कस्यचित रिपु:
व्यवहारेण जायन्ते, मित्राणि रिप्वस्तथा।।
अर्थात:- न कोई  कसैको मित्र हुन्छ न शत्रु । ब्यबहारले नै मित्र या शत्रु बनाउँछ ।

13. नीरक्षीरविवेके हंस आलस्यं त्वं एव तनुषे चेत।
विश्वस्मिन अधुना अन्य:कुलव्रतम पालयिष्यति क:।
अर्थात:- ऐ हंस, यदि तिमि नै दूध र पानीलाई भिन्न गर्न छोडछौ  भने तिम्रो कुलब्रत यो बिश्वमा कसले पालना गरिदेला ? (भाव- यदि बुद्धिमानले नै कर्तब्य त्यागेमा निष्पक्ष व्यवहार को गर्ला र ? )
-
14. दुर्जन:स्वस्वभावेन परकार्ये विनश्यति।
नोदर तृप्तिमायाती मूषक:वस्त्रभक्षक:।।
अर्थात:-दुष्ट व्यक्तिको स्वभाव नै अर्काको काम बिगार्ने हो । मुसाले कपडाहरु स्वभावबश नै काटने गर्छ, पेट भर्नका लागि होइन ।

15. सत्यं ब्रूयात प्रियं ब्रूयात न ब्रूयात सत्यं प्रियम।
प्रियं च नानृतं ब्रूयात एष धर्म: सनातन:।।
अर्थात:- सत्य बोल, प्रिय बोल, अप्रिय लाग्ने सत्य बोल । प्रियलाग्ने  असत्य पनि बोल्नु हुदैन ।

16. काव्यशास्त्रविनोदेन कालो गच्छति धीमतां।
व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा।।
अर्थात:- बुद्धिमान मानिसहरु काव्य-शास्त्रको अध्ययनमा आफनो समय ब्यतित गर्छन ।  मूर्ख मानिसहरु निद्रा, कलह वा कुनै ब्यसन बासनामा आफ्नो समय बिताउछन् ।

17. पृथ्वियां त्रीणि रत्नानि जलमन्नम सुभाषितं।
मूढ़े: पाधानखंडेषु रत्नसंज्ञा विधीयते।।
अर्थात:- पृथ्वीमा तीन रत्न छन-जल,अन्न र शुभ वाणी ।  तर मूर्खहरु ढुंगाको टुक्रालाई नै रत्न को संज्ञा दिने गर्दछन् ।

18. भूमे:गरीयसी माता,स्वर्गात उच्चतर:पिता।
जननी जन्मभूमिश्च स्वर्गात अपि गरीयसी।।
अर्थात:- भूमिभन्दा श्रेष्ठ माता छन , स्वर्गभन्दा महान पिता छन् , माता र मातृभूमि स्वर्गभन्दा पनि श्रेष्ठ छन् ।
                                                     19. शैले शैले न माणिक्यं,मौक्तिम न गजे गजे।
                                                           साधवो नहि सर्वत्र,चंदन न वने वने।।
अर्थात:- प्रत्येक पर्वतमा अनमोल रत्न पाइदैन , प्रत्येक हाथीको  मस्तकमा मोती हुदैन ।सज्जन मानिस सबै ठाउमा हुदैनन । प्रत्येक वनमा चंदन पाइदैन ।
                                                                             —
                                                           20. न विना परवादेन रमते दुर्जनोजन:।
                                                                 काक:सर्वरसान भुक्ते विनामध्यम न तृप्यति।।
अर्थात:- अर्काको निन्दा नगरेमा दुष्टब्यक्तिलाइ आनन्द नै आउदैन । जसरी कागले सबै रस भोग गरे पनि फोहोर टिप्नमा नै आनन्द मान्ने गर्दछ । ।

Wednesday, March 29, 2017

मै जब लेख्लो त...

मैं जब  कविता माँइ  लेख्लो ब
 मेरा ईजा कि अनाऽर
गाऽड गोधरा लेख्लो्
चणा पिटिङा लेख्लो
बोट बटेउला लेख्लो
गणा खुनलान मणिको 
साउलो सोत्तर लेख्लो
नाऽजका गेणामेणानकि बात लेख्लो ।

डाङानका उच्चा भिटामाइ
पाठानलाइ दूद खोयुनोइ
घास चद्या बाकरो लेख्लो ।
संज्या बेला सिङमाई माटोलाइ
घर दउड्डो बल्लऽ लेख्लो ।

मै जब इजाका बारे माइ
कबिता बनौलो त
फिक्का चाहा कि कट्की लेख्लो
शिलामाइ पिसेको नून लेख्लो
बन मौरानको म ऽऽ लेख्लो।

मै जब इजाकाबारेमाइ
लेख लेख्लो त
मनमनै उनले गरेको भक्कल लेख्लो
केइ नसक्याऽ बेला गरेकि घाऽत लेख्लो
हलिभाणि बट्याएका बेला
                                                                                       उचाइन राख्खाकि खोज्याका
                                                                                     धोतिका गाँठा लुकाएका पैसा लेख्लो।

इजाका बारेमाई लेख्ख बार मै
निसुरी भयालै हाँसिरन्या
रुबस्या अनाऽरका बारेमाइ लेख्लो ।
जऽज्ज्यालै काममाइ लागिरन्या
खसरा हातौनका बारेमाइ लेख्लो
फुुटिबरे चिरा पड्याका खुुट्टानमणि लाएको
लिस्या मइनका बारेमाइ लेख्लो ।

इजाका बारेमाइ लेख्ख बार मइ
काज ब-यात सकिया पछा
अफना घर झानबाऽर
देलि पुज्जलाकि
पिलपिलऽ आँँसु बगऔनलाकि
चुुपचाप हिट्टलााकि
चेेलि बैनिनका बारेमाइ लेख्लो ।

जब लेख्लो मै मेरि इजाका बारेमाइ
सरकारी नौकरिमाइ लागेका चेेलाधेकि
छाति फुुलाएका बाबा हैलइ
बेरोजगार हुनबार
भुुलिउनाकि लेखा
इजाले भण्याका निकीऽ अर्तिपुर्ति
हँस्यौन्या हउस्यौन्या शव्दौनकि कुरणि लेख्लो ।

इजाका बारेमाइ लेख्दबार मै
मइले काम नपाएका
 बेरोजगार बिरामी दिनौनकि बाऽत लेख्लो
तनै दिनौनसित मैलाइ
ठगौन्या भुुलौन्या हमरौनकि
"गँवल्या- सरकार" का हालचाल लेख्लो
हमलाइ हकारिबरे खान पल्केका
" ठालु-हाकिम" का चालमाल लेख्लो,
मै केइ  बेदना लेख्लो
केइ बुक्कुलि लेख्लो ।
 इसो भयाबरे मेरि इजा
रिसाइबरे आजिलै भणऽलि ब!
" तै तसि सरकारका घर
आग लागौ वज्जुर पणौ
तो तसो हाकिम मुणकट्या
अल्पाइ अचिराइ होइझौ
पख् , मै ज्याब् गरलो " ।

( साभार:- उदियमान उत्तराखण्डी लेखक अनिल कार्कीका कबिताको बैतडेली भावानुबाद )



Tuesday, December 27, 2016

चिकित्सककी पत्नी

आन्या ग्रोनर~
हाम्रो विवाह भएको ६ सातापछि म र मेरो श्रीमान् बिमानबाट न्यू ओर्लियन्सतर्फ फर्किँदै थियौं । बिमान उचाइमा पुगेपछि उनी उँघ्न थाले । टाउको घरी–घरी सिट अगाडितर्फ झुक्थ्यो । अघिल्ला केही वर्ष मेडिकल तालिममा रहेकाले ती वर्ष उनका निकै तनाबपूर्ण रहे । उनले ३० घन्टे सेवा समेत गरे । उनी घर आउँदा समेत अस्पतालको काम लिएर आउँथे ।
‘म जसो–तसो सास धान्ने प्रयत्न गर्दैछु,’ उनी भन्ने गर्र्थे, ‘म मेरो पेसा प्रति इमान्दार छु, ।’
उनको कामप्रतिको मोह र हंसमुख प्रवृत्तिले म उनको मायमा परें । उनी ठट्टा गर्न सिपालु थिए र रमाइला कुरा गरेर मलाई खुसी राख्थे । आफूलाई मन पर्ने औषधीको बारेमा भन्ने गर्र्थे । साइफिल उनको सबैभन्दा मन नपर्ने रोग थियो । यसलाई उनले तुच्छ झिंगाको संज्ञा दिन्थे । किनकी यो दिमाग, मुटु र जाँघमा बारम्बार देखिन्थ्यो ।
दिनहरु बित्दै गए । तर, पछिल्ला दिनमा उनमा केही चमकपन घटेको पाएँ । तर कामप्रतिको जोश भने उस्तै थियो । नियमित नाइट सिफ्टका कारण अस्पतालबाट आउँदा उनी लखतरान देखिन्थे । उनका उत्तरदायित्व बढिरहँदा ममा भने त्यतिकै निराशा बढ्यो । उनले आफ्नो करिअरमा ब्यस्त हुँदा म उनलाई सहयोग गर्न चाहन्थें ।
३० मिनेटपछि बाँधिएको सिटबेल्टले केही संकेत गर्छ । तत्कालै एउटा आवाज आउँछ– जहाजभित्र कोही चिकित्सक वा नर्सले यात्रा गर्नुभएको छ भने जानाकारी दिनुहोस् ।
मेरो श्रीमान्ले त्यो आवाज सुन्ने कुरै भएन । उनलाई केही थाहापत्तो छैन । कति दिन नसुतेका बिचरा विमानमा मस्त निन्द्रामा छन् । मैले उनको काँधमा मेरो हात राखें । एक सातादेखि उनी यति थकित थिए की जहाजमा सुत्नका लागि उनले लामै योजना र प्रस्ताव गरेका थिए ।
‘स्वटी’ मैले उसलाई कानमा खुसुक्क बोलाएँ । तर उनी अझै निन्द्रामै मस्त छन् ।
उनले विमानमा निदाउने प्रस्ताब गर्दा हामीहरु सँगसँगै थियौं । उनले स्वादिलो खाना बनाएका थिए । माइक्रोवेभमा तताएको सस ल्याउन पनि अनुरोध गरेका थिए ।
लाउडस्पिकर फेरि सुनियो । ‘म फेरि दोहर्याउँछु… विमानभित्र कोही चिकित्सक वा … हु्नुहुन्छ भने जानाकारी दिनुहोस्’ बिमान परिचारिकले दोहोराइन् । हामी अगाडिको एउटा लाइनमा एउटा महिलाले कल बटन थिचिन ।
मेरा श्रीमानको जीवनशैली मेरा लागि भने एउटा रहस्य थियो । उनले काम गरेको मैले नै थाहा पाउँदैनथें । हाम्रो बाँकी विदाको अन्तिम घडीमा उनलाई अत्याबश्यक निन्द्राबाट ब्युँताउनु मैले अपराध बोध मानें । तर, पनि विमानभित्र उनलाई बोलाउनु निकै महत्वपूर्ण देखियो । किनकी उनकै कारण कसैको जीवन जोगिनेवाला छ । यो सोच्दा मेरो शरिर जिरिंग भएको थियो । मेरा श्रीमान् सेलिब्रेटी हुन् भन्ने चाहेकी थिएँ ।
मैले फेरि उनको काँध हल्लाए । ‘हनी’ मैले भने, ‘उनीहरुले तिमीलाई खोजिरहेका छन् ।’ पियक्कड र एकदमै अल्छीजस्तो देखिने गरी उनले हात ठडाए । अनि बिस्तारै ज्यान तन्काए । तत्कालै बिमानको एक कारिन्दाले उनको मेडिकल लाइसेन्स बुझ्न थाल्यो । अर्की स्वयंमसेविका तथा नर्सले आफ्नो सेवा दिन थालिसकेकी रहिछिन् । मेरो श्रीमान् र बिमानका कारिन्दा बिस्तारै बिमानभित्र अगाडि बढे । म भन्दा उनी टाढा पुगे ।
उनीहरुले मलाई छोडेपछि मेरो पढ्ने ध्यान हरायो । मैले झ्यालको सिसाबाट बाहिर हेर्न थालें । बर्षौंसम्म मेरा लागि विवाह निकै दूर र रहस्यम लाग्थ्यो । मानौ बिमानमुनि देखिएको हरियो र खैरो झाडी.जस्तै । मैले सोचेकी थिएँ, विवाह एक प्रकारको त्यस्तो छनौट थियो जसले एउटा ऊर्जा हराएको संकेत गर्छ ।
नढाँटीकन भन्न पर्छ, प्रेममा म निकै आशक्त थिएँ । तर, पत्नी बन्न भने हिचकिचाएकी थिएँ । पत्नी भन्ने शब्द आफैँमा पेन्सिलको इरेजर जस्तो लाग्छ मलाई । इच्छाहरु मेट्ने गर्ने र महिलालाई घरमै सिमित पार्ने माध्यम हो बिबाह । किनकी बिबाहपछि आफ्नो नाम र महत्वाकांक्षा गुमाएका थुप्रै महिलाहरु मैले देखेकी थिएँ ।
मैले उनलाई भेट गर्दा मेरो बिबाहप्रतिको आलोचनात्मक आवाज बिस्तारै नरम बन्दै गएको थियो । म त्यस्तै ३० वर्षकी थिएँ र एकल जीवनका आकर्षणहरु विस्तारै औइलाउँदै गएका थिए । अनि साहस पनि घट्दै थियो । आफ्नो आकर्षण गुमाउँदै थिएँ ।
त्यो मान्छे उही हो जसले मलाई काम सिद्धिएपछि दिनहु भेट्ने गथ्र्यो । रेल चढाउन सहयोग गथ्र्यो, म घरबाहिर हुँदा मेरो कुकुरलाई हेर्दथ्यो र मलाई दही लगायतका मिठा मिठा खानेकुरा ल्याएर मलाई सरप्राइज दिन्थ्यो ।
सामान्य रुपमा भन्दा उनले मेरो धेरै हेरबिचार गर्र्थे । सम्पूर्ण मानिसहरुलाई नै हेरबिचार गर्ने उनको स्वभाव थियो । हाम्रो विदाको अन्तिम घडिमा जहाजमा बिरामीलाई उपचार गरिरहेको यस घटनाले पनि यो प्रमाणित भएको छ । उनलाई सबै कुरा सेयर गर्दा म खुसी भने हुन्न । तर पनि उनी र म प्रतिष्प्रर्धी भन्दा पनि एउटै समूहका सदस्यका रुपमा देख्छु ।
जीवनका पूर्वाद्र्धमा सो टिमको पक्षको बारेमा म चिन्तित थिएँ । लाग्थ्यो विवाह भनेको मेरो पहिचानलाई बलिदान दिनु हो । हाम्रो इनगेजमेन्टको घोषणा गरेपछि मेरो त्रास पुष्टि भयो । किनकी त्यही दिन मलाई साथीहरुले तँ चिकित्सकको पत्नी हुँदैछस् भनेर टिप्प्णी गर्न थाले । यद्यपी त्यसको अर्थ जेसुकै लागोस् ।
उनलाई कसैले लेखिकाको श्रीमान् भनेर त टिप्पणी त गरेका छैनन नि भनेर मैले सोध्ने गर्थें । उ नी निकै आश्चर्यजनक देखिन्थे । ‘मैले थाहा पाइसेकको कुरालाई किन भन्ने ?’ उनले उल्टै जबाफ दिने गर्र्थे । ‘मेरो जीवनमा मैले चिकित्सकको पत्नी भन्ने वाक्यांश कहिल्यै पनि सुनेकी छैन,’ मैले जबाफ दिएँ ।
उनको पेसाकै कारण मानिसहरुले मलाई पनि बधाई दिने गरेको मैले उनलाई बताउँथे । एक साथीले त मुख खोलेर नै भनिन्, यदि उनी मेरो ठाँउमा भएकी भए उनले पढाउने पेसालाई नै पूर्ण विराम दिइसक्ने थिइन् । अर्की एक साथीको त बारम्बार एउटै प्रश्न छ, ‘तैले कहिले जागिर छोड्छेस् ?’
‘तिमीलाई उनीहरुले एउटा सुन खन्ने व्यक्ति सोचेका छन् भने तिमी धेरै राम्रो व्यक्ति होइन,’ उनले भन्थे । उनले मलाई हालसालै उनको मेडिकल स्कुलको ऋणबारे खुलासा गरेको थिए ।
पूर्ण रुपमा अझै पति नबनेका उनले मेरो निधारमा म्वाई खाइदिए । ‘अरुले के भन्छन् भनेर कसले पो मतलब राख्छ ? उनी खुसखुसाउदै थिए ।
बिमान झर्दै गर्दा विमानका परिचारिका आए र मेरा सामाग्री जम्मा गर्न भने । आधा घन्टा वितिसकेको थियो । मेरा श्रीमान् निकै थकित देखिन्थे । छातीमा निकै पीडा भएको जस्तो देखिन्थे । म विमान परिचारिकाको पछाडि लागे । यात्रुहरुले हेडफोन लगाएका थिए र बालबालिका सिटमा अस्थिर देखिन्थे । विमानभित्रै आपतकालिन सेवाको व्यवस्था थियो । तर कारिन्दा भने निकै व्यबसायिक थियो । हामी पर्दा खोलेर भित्र पस्यौं जहाँ छालाका सिटहरु थिए । मेरा श्रीमान् एउटा बिरामी महिलाको पछाडि बसे । उनको निधारबाट पसिना चुहिरहेको थियो । उनले बारम्बार आफ्नो निधारबाट पसिना पुछ्थिन् ।
जेट बिमानबाट बाहिर निस्किएपछि के भएको हो भनेर जिज्ञासा राखेँ । ‘उनलाई ठीक हुन्छ,’ उनले जबाफ दिए ।
त्यो रात हामी बिग्रेको गद्दीमा बस्यौँ । त्यो गद्दी उनले कलेज जीवनमा किनेका थिए । पानीले भिजेको उनको मेडिकल लाइसेन्स कफी टेबलमा सुकाइएको छ । विमान परिचारिकाले पानी रहेको ठाउँमा राखिदिएकी रहिछन् । विमानभित्रको एउटा कुनामा शरिर छोडेर बस्दा उनी मरेकी हुन् की भन्ने उनलाई डर लागेको रहेछ । ‘उनलाई उपचार गर्न मैले सक्दिनँ की भन्ने त्रास मलाई थियो । विमान नउत्रिदासम्म मैले केही गर्न सक्दिन भन्ने डर थियो ।’
विमान परिचारिकहरुले उनलाई मेडिकल किट उपलब्ध गराएका रहेछन् । ती महिलालाई सिजर भएको रहेछ । उनले महिलाको छातीमा स्टेथिस्कोप राखेका थिए । तर विमानभित्रको जेटको आवाजले मुटुको चाल पत्ता लगाउन नै गा¥हो भएको थियो ।
उनले ती महिलाको रक्तचाप नाँप्दा आफ्नो झोलामा औषधी भएको सासले बताएकी थिइन् । विमान नउत्रने बेलासम्म उनले ती महिलालाई उपचार गरेका थिए । कामै कामले थकित उनी बिरामीको उपचार गर्न पाउँदा खुसी भए । उनको विमानमा सुत्ने योजना तुहेपनि सेवा गर्न पाएकोमा निकै खुसी देखिन्थे । ‘उनीहरुले मलाई नै रोजे,’ मेरो हात समाउँदै उनले भने । ‘म आउनुपूर्व सिजर सकिएको थियो ।’
मैले उनको पाखुरालाई दह्रोसँग समाएँ । आफ्नो महत्वालाई बढाईचढाइ नगर्ने मानिससँग विवाह भएकोमा आभारी प्रकट गरें ।
हाम्रो बिबाहको बारेमा केही महशुस गरेकी थिएँ । विवाहताका हामीले एक अर्कासँग कसम खाएका थियौं । तर, उनलाई मेडिकल स्कुलमा भेट्नु अगाडि उनले भविष्यका बिरामीलाई सेवा गर्ने बचन दिएका थिए । हाम्रो बिबाह निजी थियो तर उनको पेसा भने नितान्तै पृथक थियो । ‘म तिमीप्रति गौरवान्दित छु,’ मैले भनें ।