Showing posts with label स्थानिय भाषा. Show all posts
Showing posts with label स्थानिय भाषा. Show all posts

Monday, May 14, 2018

आइझा,अफनाइ ठौर घुमघाम गद्दौ आब

आइझा,अफनाइ ठौर घुमघाम गद्दौ आब
( भानदेब  बडू )
(-०७५ बैशाख३१ को  गोरखापत्रमा डोटेली भाषाको पृष्ठमा प्रकाशित लेख ।)

जहाँ ढुङ्गा ढुंगामा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ,
यो देश मेरो हो---यो देश मेरो हो।
एइ राष्टप्रेमले भरिएका गीतकि भणाइ सम्ज्या बरे छातिउनि बुक्कुलि झान्छे । हम नेपाली कि साँच्चि स्वाभिमानी छौ  त । ढुंगा ढुंगामाइ देवता बसेका हमरा थुम-थुम्का, खोला-खोच,कोट-किल्ला,लेक-बेसीनको लोभलाग्गो मनमोहक सुन्दरतालाइ प्रकृतिबटि है हमले बरदान पाएको हो । यइ धर्तिमाइ काँ काँका माटिको सुवास हमले पछ्याणि राखिछ? काँ  काँ हामरा जोडा पैर पुजिरयान् ? घुमघामका नाममा तोकियाऽ काम बिशेषले झानुइ पणन्या चल्तिका रुटको ओहोरदोहोर बाहेक अन्यत्र लै कँइ गइरैछ त? एकफेरा हिसाब गरि हाल हाँ ।
गाडीले जाँ थेचाण्यो,तत्ति  मै सिमित हुनालाइ हाम घुम्नु भण्णाँउँ । पर्यटकिय भ्रमणकि कुरणि भयाबरे त  हमरो मानसिकता टणाऽको " शयर"माइ निकल्ल्या भण्ण्या हुन्छ । कसै एक गउँका मान्स अर्का गौं घुम्न्या, एक जिल्ला क्षेत्रका मान्स दोसरा जिल्ला क्षेत्रतिर घुम्न झान्या सोच अउनुइ बाँकी छ । पर्यटन भण्णु त पऽऽऽरै गइबर फन्को लाउने घुम्ती लीला जसो बुझिएको छ । सायद तबै लै होलो, संस्कृतबटि है आएको 'पर्यटन' शब्दको अर्थ लै नेपाली शब्दकोशमाइ "दर्शनीय र महत्वपूर्ण स्थानहरू हेर्न वा मन बहलाउनका निम्ति देशविदेशमा गरिने भ्रमण वा यात्रा " भणिबरे लेखीराख्छ ।
तर हमरा हरेक थुमथुम्कामाइ स्वर्गलोकको झलक पाइन्छे । हमरि महान धरतिका कंकर कंकरमाइ शंकर छन् । हमरितिर त गीतौनको पैलो बोलमाइ लै योइ भाव औछ । हम एइ मटालाई पैलो परणाम चणौनौ ।
दाइन भएइ महामाटि दाइन भेइ भगवती । तेरि चौण खुण्ण आया खुशी राखेइ माटि ।। आदि
आब त जमना लै उसो नाइ थि । आन्तरिक पर्यटनका "गफ " लै सुणिन ला रयान । आब त ब्यस्तता थाति राखिबरे लै,  घरमाइ तालिलाइ बरेलै "ठण्ण ढुङाजसो खेलखाल गरि राख्खु पड्ड्या " एइ राजधानी डँना  है भाइर ,पुर्ब- पस्सिम टहल्ल झान शुरू गरिराखिछ मानसौन ले । हम फुर्सतिला भयाबरेलै आफुलाई कामलै नभएको फुर्सत लै नभएको बनाइबरे कुणिइ बरे बसि रनौ । एइ छोट्टि जिन्दगीमाइ साँणि सोच बनाइबरे कचा पिणाउ जसा कोकाइला हनउ रे अफनाइ हण आफुइ कणेइ बरे छार निक्ाल्न लारेंउ । पुरानोइ रुटिन पुरानोइ लिकमाइ बसिबरे फणफणिरन्या
घरघुगु (बाँझो घरभित्र मात्र बस्ने लाटोकोसेरो)  होइबरे बसिरिउँ । हमरा शहरिया खलङ्या मान्सौनलाइ डिस्कोथेक या मुठिभरका पार्कमाइ सिमित होइबर रमाइ रयाका बेला थानकोट पारिकालाई पाखे समजिनु स्वाभाबिक हो । तर
" नजिको तिर्थ हेला " माणिराख्याबरे मोफसलका मनोरम गन्तव्य रैथानिनका नजरमाइलै " रुखासुखा झाडि " माणिन पस्याबरे हमरि देबभुमीको हमौनइले अपमान गरेको नाइ भयो त क्या? हो , हमरा कतिपय मानसौनलाइ घरपरिवारको नियमित खर्च पुरिउन धौधौ छ ।घुमने कुरणि उनरि प्राथमिकता नाइ लै हो लि । तब लै, सामान्य " बिणि तमाख " को खर्च कटाइ बरे लै स्वदेशका सजि लै सस्ता लै " तिर्थाटन " माइ पुगन्या कष्ट हम उठौन नाइ खोज्जा । क्या मैले झुटि भण्या त ?
घुम्न सकीन्या हेर्न लायक ठौर हमराइ आसपासमाइ कतिब छन । भाइरका जोगि मात्तरै सिद्द हुन, परायाको माल मातरै निको हो भनिबरे माण्णु हमरि रोगि मानसिकता हो , हीनताले ग्रस्त सोच हो ।इसै ब्यंगार्थमाइ परचक्रिलाइ मात्र रामणो भण्यानका बारेमाइ हमरोइ एक लोकगीतको बोल टिपि हाल््लौ ।
जग्गा रामणो मात हाल्याको जोई रामणि उणालु ? ।

हत्तेरि का हौ, क्या हाम्रा गाऊठाउमाइ केइ लै उल्लेखनिय नाइथिन त ? सुदूर दुर्गम जिल्लानकि मात्रै कुरणि सुणौ भण्याबरे लै मध्यकालिन नेपालमाइ समेत याँ का स्थानिय उत्पादनले प्रसिद्धि पाएको धेकिन्छ। अच्याललै हमरा ठौरौनका नऔले खास सामानलाइ ब्रान्ड नाम दिइराख्छ । जसो,  बैतडीको चिउराको गुड, स्वराडको उखुकोगुड र खुदो, बझांगको चुक, दार्चुलाका च्यांग्रा,घोराहिका घोडा , जुम्लाका खच्चर,डोल्पाको जडीबुटी, ताराकोटको स्वेटर, अछामका गाइ,ब्यासका काम्ला आजिलै  उत्तिकै प्रसिध्द छन। तस्याँइ जोरायल-तोरि,तलकोट-कस्तुरि,बाजुरा-बाज,पुर्चौडी-फलामका भाडाकुडा,देहिमाण्डौ-निगालाका डोका,ढणौन-दहि दुध,सुरकाल-घिउ,सिमनाथ-घट्ट या जातराको ढूंङा,खोडपे-आलु,जर्ग-तरकारि, खप्तड-निगालो,मुगु-मह, सतबाँज –स्याऊ, जोगबुडा-काठका भाडा, छचोडा-तामाकाभाडा , जुलाघाट- माछाकालागि ख्याति पाएकाइ  ठौर हुन ।
आहा, नेपालदेखि नेपालसम्म भण्या नारा बनाइ बरे गाउइ गाउका एइ देशमाइ एकागाँउका भाइबैना अर्का गाँउमा घुम्न गयाबरे कति रमाइलो होलो हँ? आतिथ्यका लागि हमलाइ कोइ प्रायोजित प्रशिक्षणकि आबश्यकता नाइ थिन । यो हमरो जन्मजात गुण हो । हमरा डिएनए माइ अतिथि देबो भव, चरैबेति चरैवेति, सत्यम् बद, प्रियम् बद जसा अार्य  आदर्श लेखियाकाछन । हो,ग्राम्य पर्यटनले रोजगारीका बैकल्पिक उपाय खोज्ज सघाएकोछ । ग्रामिण कला, ग्राम्य उद्योगले लै आन्तरिक पर्यटनबटि है टेवा पाउछ। टाढा क्याइ झानौ? आफनै जिल्लाभरिका कान्लाकान्ली फेरो माद्दोइ पर्यटनको स्वाद लिन सकिन्छ। डाडा-काँडाबटिइ है माल-मदेशसम्मको यात्रा सारै रोचक हुन्छ। हमरा बुढाबुज्रुक मान्स माऽलबटि है नून बोक्क्या बेलाका रमाइला कथा सुणौनान आजिलै । एक फेरा सोदि हालमन् । यो लै त रमाइलो हो ।
कल्पना गरौ,नेपालगंजका भाइ बैना मात्र पाँच दिनको भ्रमण प्याकेजमा डडेल्धुरा पुगुन। इसरी दार्चुलाको एक टोलि सातदिनका लागी सुर्खेत उपत्यका जाऔस । इति काँ हो ब ? बैतडी सिमनाथका पर्यटनप्रेमी चमेलिया जलबिद्युत निर्माणस्थल हेर्न जाउन । गोकुलेबासीलाई आफनो ठाउँको घट्ट खानी देखाउना कि निम्तो दि बरे औन  । इसो भयाबरे यो सुरुचीपुर्ण आन्तरिक पर्यटन हुन्छ होलो । ने मुनिले तलाउको पानी सुकाइबरे बस्ति बसाइएको कथाबटि है शुरु भएको नेपालको ईतिहास धेकिबरे त हमरा अफना गौठौका पुरातन ऐतिहासिक कथ्य कम्तिकानाइथिन् । खप्तड,शुक्लाफाँटा, बडिमालिका,ब्यास क्षेत्र, मल्लिकार्जुन,ग्वाल्लेक केदार, मेलौली,सिमनाथ,पत्तालभुमेश्वर,सुर्मा सरोवर--- नामी पर्यटकीयस्थलको गिन्तिमा अौन्या ठौ छन हमरा । सुदूर पश्चिमैका और सन्दर्भ लिउ। अश्वलायन ऋषिका सङ खेचराद्रिहोइबरे पास्तोलिका ३ छहराको पानिका  मुलबटि है निकलेकि कैलाश नदिका किनारमा तपश्या गर्न आएका अक्षाम नामका ब्रह्मचारिको कारण अछामको नामाकरण भएको माणिन्छ। देवता घुमि रन्या ठौर (देबाटपि=-डोटि, देबा=देउ>द्यौ>डो+टबि=टि) डोटी , डोटि राज्यको मुल थलो अजयमेरू निकटको डडाल्नु आकारको डाडामा बसेको डडेल्धुराका सौर्य गाथा सदा स्मरणिय छन।‍ दुइ धारको चुला जसो दार्चुला लै  बउ (बयालो,बतास) चलने किनार या बायु उत्तड(उन्मुख) पर्बत (ग्वाल्लेक पर्बत) को नजिकको बैतडीका प्राकृतिक रहस्य-रोमान्च एकफेरा हेद्दुइ पणन्या खालका छन् । बज्र जसो बलियो शरिर भएको बज्रेश्वर माहादेव(कोट भेरब)बटि है संरक्षित बझांग तथा बार्जु गाडको सिरानमा पर्ने, बाजुर(जुनेलो) हुने र जुर्रा बाज पाइने ठाउ भणिएको ो बाजुरामाइलै घुम्न-हेर्न लायक थुप्रै ठौर छन।
इसै प्रसंगमइा लक्ष्मीप्रसाद देवकोटाको 'के नेपाल सानो छ ?' निबन्धका शब्द ताजा होइबरे आउनलारयान- "यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेंडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मेरो वनमा हेलेन केलेरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन ।"

देवकोटाकालीन नेपालबटि है समय चिप्लिँदै अच्यालका नेपालसम्म आइपुजनज्याँ धेरै शेक्सपियर-सोक्रेटिज हलो जोत्दाजोत्दै, गुफामाइ घोत्लिँदा घोत्लिँदै खेर गया,  हिसापै नाइ थिन् । औरौनका उपेक्षाको सिकार भएका कुना कन्दराका सिमान्तकृत  मानसौनले जिन्दगीको हम्हम्मे बटि है कज्ाइ कन्ज्याइ छेउकिनार लागिबरे मन बुजाउने रहण गर्यालै उन आफुबटि है आफुइ उपेक्षित छन । आब सांकृत्यायनहरु लै अफना गणाखुनला खला बटि है निकलुन , टोल- जिल्ला- मेचीमहाकाली घुम्म झौन भण्ण्या पङ्तिकारको बिनम्र आग्रह मात्र हो । तसो भयाबरे हम कति पानिमाइ रयौ, था पउन्या हौ । औरौनलाइलै निक्करि पछ्याण्ण जाण्ण्या हौ ।हमरो आन्तरिक पर्यटन लै धार्मिक पर्यटनलाइ लै प्रोत्साहित गद्दु समय सापेक्ष काम माणिनेछ । आस्, आब त हम् अफनीऽतिर घुमघाम गद्द झानौंं ।
कस्तुरीले बिना खोज्याइ जनि भाइर नाइरे अफनाइ या खोज्जौ आब त । हमलाइ अलमल्यौन्या बिषाक्त शब्दौनका भ्रम बटि है मुक्त हनउ आब त । एकले फट्टाक हल्याबरे सप्पै उत्ते फट्टाकै हल्ल्या, एक अल्लायाबरे सप्प अल्लन्या भेणानकि जसि आदत छाडिबरे हमरि देबभुमी- स्वर्गभुमीतिरको तिर्थाटनमाइ पुगिबरे इसै भुसर्कको सन्न्या जप्न पस्याले हमरा आन्तरिक आँखा खुलन्ना कि, सबैमा चेतना भया ।

====

Friday, May 4, 2018

हास्न्याँ हौ कि रुन्याँ ,जे गर्या लै हुन्याँ

हास्न्याँ हौ कि रुन्याँ ,जे गर्या लै हुन्याँ
>>><<<
१.भाइकी बौजी इज्याइ ब्वारी ,साड़ुदाइकी साली,
मैं है छ एक् बेत अल्की , हल्का हल्का काली ।
२. निकी भणूँ कस्याँ भणूँ ,महाकी छ जाली,
शासु शसुरा हाण्णाइ झान्छे ,मैंलाई दिन्छे गाली ।
३.दिनैको दुई फिट्ट हेरः बजार तिर झाली,
कन्ज्याँ ब सट्काउछे साइबौ खल्डी हुन्छे खाली ।
४.साँङलो खुसौन्याँई रै छ सुदोइ लौन्याँ ताली ।
सुनारखि बेची रै छन्, कानैनीकी बाली ।
५.खजा गेड़ा रेल्दी छ यो, चाइन्याँ एक्केक नाली ,
धिनाली लपालप भायौ कठ्याइनोइ हात हाली ।
६.काम अर्दु त काँ हो काँ हो और लै धन्न्याँली,
कभै भाँची जौं का सैला कभै लुकाइ फाली ।
७.क्रिम पाउडर के हो के हो थोलमणो लाली ,
ऐनामि तकन्छे भौतै डिस्को फैसन वाली।
८.आँसी डोको खितेर गै छ, तल्ली गाड़ै ताली ,
रोपाड़ उदारी माइत गै छ ,पुराई कुलो ढाली ।
९. शसुरा लै दिक्की गया भण्णान उन लै खाली,
मेरो नाउ हलाउन पसी क्याकीलाई यो पाली।
१०. सेल्फी भण्योइ जुल्फी क्या हो फेसबुकैनो हाली,
कोइ भण्णाछन आहा ! भण्यो कोइ दिनाछन गाली ।
११.नौलाई पैन्ट लाउछे हेर चिरा पाड़ी खाली,
मै लागन्छे शरम् बर्ती पैन्ट दिऊँ कि टाली ?
१२.बरु खण्णू बाँजो जग्गा बरु काट्नु आली ,
इसी फूल भाड़ीको त हुना है लै माली ।
( प्रकाश पैतोलाजीका फेसबुक टाइमलाइनबाट साभार । फोटो सौजन्य- गुगल )

Wednesday, January 10, 2018

मेरा माटिकि बिनति

बिन्ती
===========
इजू माटी!को छ ?  दुख दलिदिन्या दैब अहिले।
महाँशक्ती काँ गै? सजसुख दिन्या जो थी पहिले।
भयो क्या अन्धेर? इसी बिथिति क्या की हुनपसी?।
भुत्यौलैकी बेला,  जननि हुनलागी कसिकसी।

तँदुब्लाको द्यौ है दुबलि दुनियाँकी रुठिगयै।
कठै!मेरो क्वैन कुलपरिशिला जन् रुठि दियै।
जडाफल् लौन्या तै फललि कसरी सब सुकिगया।
छयामाया पाऊ कुरडि हमरीलै झुटिभया।

भरै मात्तर् तेरो नसकि अरु क्यै मन रुनपस्यो।
कठै!निर्धाले त जिउनु न जिया झो हुनपस्यो।
मया मार्या तैले बिनति सन्न्या क्याकि म गरूँ ।
मया मा-या तँइले, बिनति सन्न्या क्या कि म गरुँ  ।।
( शिखरिणीछन्दमा शब्द साभार- रघुनाथ जोशी । सुदूर पश्चिम नेपालमा मातृभुमीको माटोलाई नै शक्तिस्वरुप देवता मानेर पुजापाठ बिन्तिभाउ गरिरहने लामो परम्परा छ । यहाँका शिद्धशिखरहरु नै हाम्रो अजस्र शक्तिश्रोत हुन् । यो बिन्ति यिनै मातृदेवता, पितृदेवता र स्थानिय भुमीदेवताहरुमा समर्पित छ । फोटोहरु फेसबुकबाट संकलित छन र बैतडीको प्राचिनतम बायुतट पर्बत अर्थात हालको ग्वाल्लेक धामको पुर्बीपार्श्व स्थित असिम केदार धामको सेरोफेरोबाट देखिने अनिर्बचनिय प्राकृतिक दृश्यावलीका हुन् । )




Saturday, October 14, 2017

मानसी लोकसाहित्यमा भलौलो


मानसी लोकसाहित्यमा भलौलो

(  साभार-कबिराज भट्ट, मिति२०७४/०६/२८ को प्रशासनमा प्रकाशित  / फोटो सौजन्य- गुगल )
नेपालको कर्णाली काग हिमालदेखि पश्चिम र भारतको कुमाउ नन्दा हिमालसम्मको क्षेत्र पुराणमा मानसखण्ड नामले विख्यात छ । यही क्षेत्रमा पुर्खादेखि कथ्य परम्परामा हस्तान्तरण हुँदै आएको लोकसाहित्य नै मानसी लोकसाहित्य हो । मानसी लोकसाहित्यलाई पनि लोक गद्य र लोक पद्य दुई भागमा वर्गीकरण गर्न सकिन्छ । मानसी लोकगद्यअन्तर्गत बातै, भडा, नाटक, तथा विभिन्न संवाद पर्छन् भने मानसी लोकपद्यअन्तर्गत सगुना, फाग, अठ्यावाली, धुमारी, चैत गरी यस क्षेत्रमा विभिन्न चाँडवाड तथा शुभकार्यमा गाइने सगुना, फाग, गीत, भैन, भलौलो आदि पर्छन् । भलौलो मानसी लोक साहित्यको लोकपद्यअन्तर्गत पर्ने विधा हो । यस क्षेत्रका नारीहरूले उज्यालो हुने बेलामा गाउँदै आइरहेको लोकपद्य नै भलौलो हो । भलौलोमा समयसँग सम्बन्धित गीत पर्छन् । विभिन्न कथालाई आधार बनाएर कुन समयमा कुन काम गर्नु उचित हुन्छ भन्ने शिक्षा दिने भलौलोमा यस क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा समग्र पहिचान झल्केको पाइन्छ । यस क्षेत्रको रहनसहन, सभ्यता, भेषभूषा तथा समग्र पहिचान बोकेको भलौलो समग्र वाङ्मयकै लोक सम्पत्ति हो ।
यस क्षेत्रमा प्रसिद्ध भलौलोमध्ये रामको कथामा आधारित भलौलो र रानी मौलालाई ब्रह्म महुर्तमा के–के काम गर्नुपर्छ भनी सोधिएका प्रश्न र तिनका उत्तर भएको भलौलो हुन् । रामको कथामा आधारित भलौलोमा सासू कौशल्याले सीतालाई उज्यालो हुन लाग्यो ब्यूझेर पानी भर्न जानु भन्ने प्रसङ्गबाट सुरु हुन्छ भने रानी मौलको भलौलोमा रानी मौलालाई रात कसरी रात कती घडी बाँकी छ भन्ने प्रसङ्गबाट सुरु भएको पाइन्छ । भगवान रामको कथामा आधारित भलौलोको कथा केही मात्रमा रामायणसँग मिले पनि यसमा धेरै कुरा मौलिक छन् । यस भलौलोमा सासू कौशल्याले सीतालाई बिहान हुन लाग्यो पानी भर्न जाऊ भनेको, सीता पानी भर्न गएको अवस्थामा स्वर्णमृग देखेको, सीता मृग देखेर रमाएको र पानी भरेर घर आउन ढिला भएको, घरमा सबै रिसाउनु र अबेर हुनुको कारण सोधेको, सीताले मृगको बयान गरेको तथा राम र लक्ष्मण मृगको खोजीमा गएको कथा छ । यसबाट के प्रष्ट हुन्छ भने यसमा आएको रामायणको कथा वास्तविक रामायणको कथा नभएर काल्पनिक तथा यस क्षेत्रसँग मेल खाने गरी बनाएको कथा हुन सक्छ । यस भलौलोमा यस क्षेत्रको सामाजिक चित्रण प्रष्टसँग गरेको पाइन्छ । भलौलोमा भएका विभिन्न पक्षको चित्रण यसरी गर्न सकिन्छ ।
तत्कालीन परिवेशमा समयको ज्ञान सम्बन्धी चित्रण
आधुनिक घडीको आविस्कार हुनुपूर्व मानिसले समयको जानकारीका लागि पनघडी (पानीघडी)को माध्यमबाट समयको जानकारी लिने कुरा सर्वविदित नै छ । पानीघडी तामाको पातलो कचौरा जस्तो भाँडा हो जसको तलतिर मसिनो प्वाल हुन्छ र त्यसलाई पानीभएको भाडोमा राखिन्थ्यो र त्यो प्वालबाट पानी उक्त भाँडोमा आउने र भरिनेबित्तिकै एक घडी समय भएको मानिन्थ्यो । वर्तमान आधुनिक घडीको एक घण्टा समय बराबर तत्कालीन घडीको अढाई घडी हुन्थ्यो । सबै ठाउँ र समयमा पानीघडीबाट समय हेर्न कठीन हुने भएकाले मानिसले लक्षण अनुसार समयको जानकारी लिने गर्थे । श्वास फेर्दा नाकको कुन प्वालबाट वायू ओहोरदोहोर हुँदैछ, तारा तथा जून कहाँ पुगे, ब्यान तारो उदाएको, चिसो हावा चलेको आदि कुराबाट समयको जानकारी लिने चलन अझै पनि यस क्षेत्रमा चलिरहेकै छ । यसरी भलौलोमा पनि पानी घडीबाट समयको जानकारी लिने कुरा रानीमौलाको भलौलोबाट प्रष्ट हुन्छ ।
ओ रानी मौला तमुइ बोल भाइर कती घडी रात
पानी भरन्याकी सेवा मानेइ गुसाइ बेइझाली रात
यसमा आएको कति घडी रात भन्ने कुराले रात कती समय बाँकी छ भन्न खोजेको पाइन्छ । घडी नभएको अवस्थामा पनि विभिन्न लक्षणबाट समयको जानकारी लिने कुरालाई रामको कथामा आधारित भलौलोका केही पङ्तिलाई लिन सकिन्छ ।
धन्य बिजोइ खानी कोसेडी लछे राम हरि
कि जाणेइ रातकी बात हो लछे राम हरि
नाककी नथिया मेरा ठण्ण लागि लछे राम हरि
तब जाण्या रातकी बात हो लछे राम हरि
बौलीका खडुवा डण्ण लाग्या…
तब जाण्या रातकी बात…
सपुर पिछौडी मेरा ठण्ण लागि…
तब जाण्या रातकी बात…
उपर्युक्त पङ्तिमा रात सकिन लागेको कसरी थाहा पायौ ? भन्ने प्रश्नको उत्तरमा आफूले लागाएका गहना नाकमा लगाएको नथु, हातमा लगाएका खडुवा, पछ्यौरी आदि चिसो हुन लागेका छन्, यिनै लक्षणको आधारमा अब रात धेरै छैन, उज्यालो हुन लागेको सङ्केत पाए भन्ने कुरालाई प्रष्ट्याउन खोजेको पाइन्छ ।
यसैगरी भलौलोमा पूर्वीय दर्शनले भनेअनुसार ब्रह्म महुर्तमा उठेर सरसफाइ, धर्मकर्म पूजापाठ आदि गर्नुपर्छ भन्ने कुराको साथै तत्कालीन समयको धार्मिक अनुसानको चित्रण रानी मौलाको भलौलोमा यसरी गरेको पाइन्छ ।
ओ रानी मौला तमुई बोल भाइर कती घडी रात
पानी भरन्याकी सेवा मानेई गुसाइ बेइझाली रात
ओ रानी मौला तमुई बोल भाइर कती घडी रात
लिपन्या घसन्याकी सेवा मानेई गुसाइ बेइझाली रात
यसैगरी फूल टिपन्याकी सेवा मानेई, पात टिपन्याकी सेवा मानेई, पुजारी पण्णाकी सेवा मानेई आदि पङ्तिले ब्रह्म महुर्तमा गर्नुपर्ने कामको समेत जानकारी दिएको पाइन्छ । यसरी भलौलोभित्र तत्कालीन परिवेशमा हाम्रा पूर्खाले समयको जानकारी कसरी पाउथे ? कुन समयमा कुन काम गर्नु उचित हुन्छ ? भन्नेसँगै ब्रह्म महुर्तको महत्वको समेत चित्रण गरिएको पाइन्छ ।
तत्कालीन समाजका सासू–बुहारीको सम्बन्धको चित्रण
सानै उमेरमा विवाह भएपछि बुहारीलाई उचित शिक्षा दिने काम सासूद्वारा हुने गथ्र्यो । बुहारीले सासू–ससुरा, श्रीमान तथा घरपरिवारका सदस्यको सेवा कसरी गर्नुपर्छ ? पाहुनाको सत्कार कसरी गर्ने ? समाजमा कसरी बस्ने ? भनने कुराको ज्ञान सासूहरूले दिने गरेको पाइन्छ । भलौलोमा पनि सासू–बुहारीको सम्बन्धलाई प्रष्टसँग चित्रण गरेको पाइन्छ । सानै उमेरमा विवाह हुँदा बुहारीले भोग्नुपरेका पीडा, सासूबाट बुहारी शासित भएको कुरा पनि यसबाट प्रष्टसँग थाहा पाउन सकिन्छ । केही नकारात्मक पक्ष भए पनि यसमा तत्कालीन समयका लागि उपयुक्त हुने किसिमले बुहारीलाई धर्म, नीति, अनुशासन, तथा घर चलाउने कला सिकाउने गुरुकारूपमा सासूको भूमिकालाई लिन सकिन्छ । बुहारीलाई समयमा उठ्न, उचित समयमा उचित काम गर्न शिक्षा दिएको पाइन्छ । त्यसैगरी यसभित्र नारीहरूले भोग्नुपरेका पीडा र कष्टकर जीवनको समेत चित्रण गरेको पाइन्छ । भलौलोमा सासूले बुहारीलाई कसरी काममा खटाउँथे र काम बिग्रिए गुनासो गर्थे भन्ने कुरालाई रामको कथामा आधारित भलौलोमा यसरी चित्रण गरिएको पाइन्छ ।
पत्ताल बिउज्या काली नाग लछे राम हरि
शिखर बिउजया महादेव लछे राम हरि
भोल बेइ उजालो होइग्यो लछे राम हरि
पानी भरनी बेला हाइरैछ लछे राम हरि
यसैगरी लिपनी घसनी बेला होइरैछ, फुल टिपनी बेला होइगैछ, सन्या गरनी बेला होइरैछ आदि भनेर सासूले सुतिरहेकी बुहारीलाई बिउझाएर काममा लगाएको चित्रण यहाँ पाइन्छ ।
सबकी बुहारी चेली पानी नावा लछे राम हरि
हमरी बुहारीको जागो नाई भयो लछे राम हरि
उगाड उगाड सीता दार जोलो लछे राम हरि
यसरी घरका सदस्यको निद्रा खराब हुने डर तथा सानो घरमा ठाउँठाउँमा घरका अन्य सदस्य सुतिरहेका र बाहिर निस्कने बाटो नभएको एवम् के भन्ने हुन भन्ने डर तथा लाजले बुहारीलाई बाहिर निस्कन समेत मुस्किल परेको कुरा यसरी अभिव्यक्त गरिन्छ ।
दशरथ सौर सिताई छन लछे राम हरि
कसिकाइ उगाडौ मुइत दार जोलो लछे राम हरि
यसैगरी राम भतार सीताई छन्, लछेमन देउर सीताइ छन्, कसी काइ उगाडु मैत दारजोलो भनेर बुहारीले भन्ने गरेको कुरा यहाँ देखाइएको छ । तत्कालीन समयमा घरको सुरक्षाका लागि कुकुर पाल्ने गरेको र घरको मूल ढोका (खोलादेली)मा कुकुर सुत्ने गरेको र बुहारीले कुकुरको डर मान्ने कुरालाई समेत यहाँ यसरी देखाइएको पाइन्छ ।
खोलादेली झपुवाकी चौखी लछे राम हरि
कसीकाई उगाडु मुइत दारजोलो लक्षे राम हरि
यसरी विभिन्न सम्स्याका बाबजुत पनि बुहारीले सासूले अह्राएको काम समयमा गर्नुपर्ने बाध्यताको चित्रण गरिएको पाइन्छ ।
हात समाइछ रूपा घडुली लछे राम हरि
कोखीमुणी शिर सिरौणी लछे राम हरि
सीता रानी पानीनाव गैन लछे राम हरि
नारीले भोग्नु परेका पीडाको चित्रण
तत्कालीन परिवेशमा नारीले नुहाउन बन्द कोठाको व्यवस्था नभएकाले पानीका मुहानमै खुलारूपमा नुहाउनु परेको अवस्थाको चित्रण यहाँ गरिएको पाइन्छ । कसैले नदेखुन् भनेर अँध्यारोमै पानीका मुहानमा गएर चिसो पानीले नुहाउनुपर्ने बाध्यता हुन्थ्यो । पुस÷माघको ठण्डीमा समेत चिसै पानीले नुहाउनु, तुसारोमा नाङ्गै खुट्टाले हिँड्नु र विभिन्न किसिमका रोगले च्याप्नु एकातिर आफैमा समस्या थियो भने अर्कोतिर पानीका मुहानमा नुहाउँदा भोगी पुरुषबाट असुरक्षित हुनु अर्को समस्या हुने गथ्र्यो । युवतीको नाङ्गो शरीर हेर्ने लालसा भएका दुष्ट पुरुष लुकेर नुहाएको हेर्ने तथा नारीप्रति आकर्षित भएर विभिन्न किसिमका जाल रच्ने पुरुषको चरित्रलाई पनि भलौलोमा यसरी देखाएको पाइन्छ ।
नाइधोइ सीतारानी सूर्ज ज्वार लछे राम हरि
अइतिर धेक्यो सुनामृग लछे राम हरि
मृग धेक्यो अचम्मको लछे राम हरि
तामाले बादेकी पिठ थिई लछे राम हरि
यसैगरी सुनाले बादेका दन्त थिया, चाँदीले बादेकी पुछ थिई, लुवाले बादेका खुर थिया, सीतारानी अचम्म पडी, सीतारानी मृगैका ख्याल, सीतारानी घर लौटी आइन् । यसरी रावले मृगको रूप धारण गरी सीतालाई आकर्षित गर्न खोजेको प्रसङ्गबाट तत्कालीन समाजका पुरुषको भोगी चरित्र तथा विभिन्न प्रलोभनमा पारेर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृतिको चित्रण एकातिर पाइन्छ भने युवायुवतीको प्रेमलाई अपराध सम्झने समाजको समेत यसमा चित्रण गरिएको पाइन्छ । बुहारीले कामबाट समयमा घर फर्कन नसके विभिन्न किसिमका शंका उपशंका गर्ने, रिसाउने, गाली गर्ने तथा विभिन्न शारीरिक तथा मनोवैज्ञानिक दबाब दिने कुरा पनि प्रष्टसँग थाहा पाउन सकिन्छ । बुहारीले समयमा पानी नल्याएकाले घरका सदस्य अगाडिदेखि नै रिसले चुर भइरहेको करालाई यसरी देखाइएको छ ।
भोलबेइ उज्यालो होइग्यो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरि
घाम दडिई वर आयो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरि
बासीतुसी पानीले सन्न्या ग¥यो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरी
बासीतुसी पानीले कोट लायो लछे राम हरी
नाइ आयो सीताको पानी लछे राम हरी
कोट चिणी चिणी पैतोली, कोट चिणी चिणी गोडी गाठा, घुणजोला, जाङ जोला, आदि गरी घर पुरै बनाइसक्दा पनि पानी नपुगेको र एकातिर सबै जना बुहारीदेखि रिसाइरहेको र अर्कातिर कतै दुर्घटना त भएन की भन्ने चिन्ताले आकुलव्याकुल हुने गरेको कुरा यहाँ देखाउन खोजिएको छ । त्यसैगरी अबेर घर बुहारीसित कोही पनि नबोल्ने काममा नसघाउने कुरालाई यसरी देखाएको छ ।
सीता रानी घर लौटी आइन लछे राम हरि
कौसिला सासु तमुइ बोल लछे राम हरि
घडुली बिसोइ हम दिय लछे राम हरि
जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरि
राम भतार तमुई बोल लछे राम हरि
घडुली उचाइ हम दिय लछे राम हरि
जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरि
यसरी घरका सबै सदस्यलाई आग्रह गर्दा पनि टाउकोमा राखेर ल्याएको भरिएको पानीको गाग्री जमिनमा राख्न कसैले सहयोग नगरेको हुँदा आफैले बलजफतपूर्वक भाडो बिसाएको कुरालाई यसरी देखाएको पाइन्छ ।
शिर है उचायो घडु कुमजोला लछे राम हरि
कुमु है उचायो घडु छाति जोला लछे राम हरि
छाति है उचायो घडु काखी जोला लछे राम हरि
काखी है उचायो घडु बाइर खाख्यो लछे राम हरि
बुहारीले पानी भर्न अबेर गरेकाले विभिन्न कुरा सुनाएर उसमाथि प्रश्न गरेको पाइन्छ ।
ओ रानी सीता तमुई बोल लछे राम हरि
पनिया इतनी क्या बेर लछे राम हरि
बुहारीले काममा ढिला भएको कारण यसरी बताइएको छ ।
पानिया भरना मुइले मृग धेक्या लछे
मृग धेक्या मुइले अचम्मको लछे राम हरि
तामाले बादेकी पिठ थिई
सुनाले बादेका दन्त थिया 
सुनाले बादेका सिङ्ङु थिया…
मुइ भुल्यो मृगका खेल लछे राम हरि
तब भैछ पनिया बेर लछे राम हरि
यस किसिमले मृर्गको ख्यालमा पानी ल्याउन अबेर भएको कुरा बुहारीले बताएको पाइन्छ । यसरी तत्कालीन समाजमा बुहारीले गरेका हरेक कामबारे जानकारी लिने र विभिन्न कमजोरीले बताउनुपर्ने परिवेशको भलौलोमा चित्रण गरिएको पाइन्छ ।
पति–पत्नीको प्रेम र नारी हठको चित्रण
हिन्दु सभ्यता अनुसार नारी र पुरुषमा हुने प्रेम केवल पति र पत्नीबीच मात्र हुनुपर्छ भन्ने मान्यता अनुसरण गरेको पाइन्छ । नारी पुरुषले एकआपसमा असाध्य प्रेम गर्ने र पुरुषले पनि नारीको प्रेमका लागि ज्यानै जोखिममा राखेर पनि पत्नीले भनेको कुरा पु¥याउने कुरालाई पनि यसमा देखाएको छ । सीताले देखेको मृग सुन्दर भएको र उक्त मृगलाई उपहारका रूपमा मलाई ल्याइदिनु भनेर रामलाई आग्रह गरेको अनि रामले मृग ल्याउने बाचा गरी धनुष लगेर वनतिर गएको कुराबाट पति पत्नीको प्रेमलाई एकातिर झल्काएको छ भने यस्तो मृग प्रकृतिमा सम्भव छैन यो कुनै छल हुन सक्छ यसमा जिद्दी नगर यसले विनास ल्याउन सक्छ, पछि दुःख पर्न सक्छ भन्दा पनि सीताले उक्त मृग जसरी पनि ल्याउनै पर्ने कुराले नारीमा हुने हठ र त्यसले निम्त्याउने सङ्कटलाई पनि यहाँ यसरी देखाउन खोजिएको छ ।
राम भतार तमुइ बोल लछे राम हरि
मृग लेइ हम दिय लछे राम हरि
ओ रानी सीता तमुइ बोल लछे राम हरि
जन पडै मृगका पाछा लछे राम हरि
तैबात होलो विनास लछे राम हरि
जति भन्दा पनि सीताले नमानेपछि राम र लक्ष्मण जङ्गलतिर गएको प्रसङ्ग यसरी दिएको पाइन्छ ।
हिट भौल्या मृगका खोज लछे राम रही
एकन डडेली काटी दोसरीका छिना
नाई पायो मृगको खोज लछे राम हरि
यसरी जति गर्दा पनि मृग नमिलेको, वनमा असुभ सङ्केत देखिएको र घरमा सीताको अपहरण भएको कुरालाई लिएर पति–पत्नीको प्रेम र नारी हठले निम्त्याएको पीडालाई यहाँ प्रष्ठरूपमा देखाउन खोजिएको छ ।
भलौलोको जीवन दर्शन
भलौलोमा हिन्दू दर्शन र मानसी लोकाचारका कुरालाई देखाउन खोजिएको छ । बह्म महुर्तमा उठेर नित्यकर्म गरी पूजापाठ गर्नु, अनुशासित जीवन बिताउनु, ठूलाबडाले भनेको मान्नु आदि कुरालाई यसमा देखाएको पाइन्छ । भगवान रामका आदर्श गुणको अनुशरण गर्नु पर्ने, पति पत्नीव्रत धर्मका कुरालाई राम्रोसँग चित्रण गरिएको पाइन्छ । यसैगरी कुनै कुरामा गम्भीर भएर विचार गरी अघि बढ्नुपर्छ, हठ गर्नु हुँदैन, विचार नपु¥याइ काम गरे त्यसले पश्चाताप मात्र हुन्छ, दुःख मात्र भोग्नु पर्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने समयको महत्व यसभित्रको मुख्य दर्शन हो । यसरी समग्रमा वर्तमान नेपालको सुदूरपश्चिमी तथा भारतको चम्पावत जिल्लालगायत कुमाउ, गडवाल क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, नैतिक आदि समग्र पहिचान भलौलोले बोकेको पाइन्छ ।

Thursday, March 30, 2017

हमारी औकात से बाहरका बिज्ञान

(लेखक:- अनिल कार्की , साभार- नैनिताल समाचार )
बचपन में ठुल दा के साथ हल जोतते हुए भौत बार भिमल के लचकिया सिकड़े से पीठ की मालिश हो जाया करती थी। पहले बाज्यू, फिर ठुल दा हल जोतने लगा। जब वह भर्ती हुआ तो दो तूल हल मैने भी बाया। लेकिन उसके बाद मैं भी गाँव के स्कूल से पिथौरागढ़ आ गया। फिर कभी बताल के बखत गाँव की तरफ लौटना न हुआ। सारा लाजम ईजा ही संभालती रही और बल्द जोतने का ठेका शिवदा को दे दिया। हम कभी-कभार गौं गये तो शिवदा के साथ हल पकड़ कर ‘ह ह’ कर देते थे बस। बाज्यू ने सिखाया था कि जिम्दार के खेत बंजर नी रहने चाहिए। धरती माता शाप देती है। इसलिए वो जब तक जिन्दा रहे, मर-तर कर हल जोतते रहे। ईजा ने कहा जब तक प्राण हैं तब तक मैं जमीन को बंजर नी होने दूँगी। ईजा के हठ के आगे हम दोनों भाई भी मजबूर होकर काम करते रहे और अभी भी कर रहे हैं।
इस बार ठुल दा को छुट्टी नहीं मिली तो मुझे ईजा का फोन आया, ‘‘कब आ रा है घर ?’’ मैने कहा, ‘‘अभी तो कुछ विचार जैसा ही नी है।’’ तो दूसरी तरफ से आवाज आयी, ‘‘विचार ही करो तुम लोग बस। मुझे ही बाँध ले जाना है शैद तिथान में इस लाजम को। तुम लोग तो सब बणी गये हो। देप्त बिगड़ गया है शैद, तभी बिरबुती रखे हो।’’
दूसरे दिन चुपचाप पिथौरागढ़ की तरफ चल दिया। पिथौरागढ़ में काव्य-गोष्ठी थी, उसमें कविता पढ़ी और अगले दिन रात्तिब्यान ही आँगन में पहुँच गया। ईजा तो खेत जा चुकी थी। द्वारों पर साँकल लगी पायी। बकरियों के बच्चों ने आँगन में खूब उछल-कूद मचा रखी ठैरी। साँकल खोल, झोला चाख में रख कर सीधे खेत ही चला गया। बुति-धानि की बाताल आई ठैरी गाँव में। हम जैसे फसकिया लोगों के लिए किसको टैम। खेत में पहुँच कर ईजा पैलाग कहा, तो उसने ‘जी रौ’ कहते हुए शिवदा से कहा- ‘‘ए शिबु झट घड़ी टेकी जा रे,’’ और मेरी और मुड़ कर कहा, ‘‘जा बल्द पकड़।’’ मैं ज्यों ही आगे बढ़ा कि शिवदा ने कहा, ‘‘काखी अब इतना पढ़-लिख कर बल्द जुतवाओेगी क्या भाया से?’’ ‘‘किसने कहा रे कि पढ़-लिख कर बल्द नी जोतते, तब तो पढ़-लिख कर खाते भी नी होंगे।’’
शिव दा ने दोरन्त दिया, ‘‘अब तो भूल भी गया होगा भाया बल्द जोतना।’’ ईजा ने मेरी ओर प्रश्नभरी नजरों से देखा तो लगा जवाब देना चाहिए। मैंने कहा, ‘‘नी नी भूला नी हूँ, क्यों भूलूँगा?’’ मैंने ईजा की तरफ बिना देखे ही ये बात कही थी, पर जानता हूँ उसके चेहरे पर क्या भाव रहे होंगे उस बखत। बारह बजे तक जुताई हुई। शिव दा ने कहा, ‘‘अब खोल देते हैं बैल। टैम हो गया है, भाया भी थक गया होगा।’’ बैलों को खोलने वाले विचार से तो ईजा सहमत दिखी, पर मेरे थकने वाले विचार पर उसने फिर कहा, ‘‘सत्तर साल से मैं नी थकी तो ये कैसे थक सकता है ?’’ उस बखत ईमान से मुझे पंजाबी कवि अवतार सिंह संधू ’पाश‘ की ये पंक्तियाँ याद है ।
पहले खूब बैल थे गाँव में। अब जमा पाँच हल बल्द रह गये हैं। इतने बड़े गाँव की जुताई का पूरा जिम्मा इन बैलों के कन्धे पर है। बैल भी उदास, भूखे-प्यासे और मरियल ही लगे। पैले तो वो बैल शुभ माना जाता था, जो दैं खेल कर अपने सीगों में मिट्टी लगा कर घर लौटता था। अब उत्तराखण्ड के मैंस ही गल्या बल्द हो गये हैं तो जानवरों से दैं खेलने की उम्मीद करना बेमानी है।
बैल भी हाल के हल गए थे लेकिन लगते थे, जैसे न जाने कितने बूढ़े। न सर पर फुन्ने, न सिंगों पर तेल, न ही कमर में जुडि़। कहाँ हरा गया होगा हमारे गाँव का रस, जबकि अभी वहाँ उतना पलायन भी नहीं हुआ है ? पहले तो बाज्यू कहते थे बल्द तो किसानों की शान होते हैं, इनके पेट नी पड़ने चाहिए। हमारे घर में जौं, मंडुआ और भट्ट एक में मिला कर आटा पीसा जाता था और फिर उसमें पीना (सरसों की खली) मिला कर खिलाया जाता था। तब इतने तगड़े बैल होते थे कि दो बेंत का चौड़ा नस्यूड़ा चार स्यु में पूरा खेत जोत जाता था। अब आजकल के बैल तो अच्छे से हल भी नी खींच पा रहे, न ही वैसे तजुर्बेदार हलिये मिट्टी की नब्ज पकड़ सकें। हाईस्कूल पास लड़के हल का हतिन्ना पकड़ने में कतराते दिखे। पिथौरागढ़ कालेज में बी.ए. कर रहे बच्चों को लगता है कि पढे़-लिखे को हल नहीं पकड़ना चाहिए। ये काम तो अनपढ़ गँवारों का काम है। फिर भला देश-प्रदेश गये लोग जो क्यों अपने खेतों की सुध लें ? पता नहीं पहाड़ के मैस कितने जो वेल एजुकेटेड हो गये हैं हमारे। बामण तो पहले ही हल से कतराने वाले ठैरे। खसिये तो हाल के वर्षों तक बैल जोत रहे थे अब लगभग सभी छोड़ रहे हैं। जो गरीब-गुरबे रह गये हैं, वही लोग हल जोत रहे हैं।
हल को गरीबी और अछूत समझने के पीछे जहाँ एक ओर पहाड़ी सामंती अभिजात चरित्र है, वहीं हाल हाल का बाजार और भूमण्डलीकरण के तीखे प्रभाव ने इसे हवा दी है। जहाँ एक तरफ हम फल और फूल उगाने वाले किसान के बारे में कभी-कभार अख़बारों में सचित्र खबर पढ़ लेते हैं, वहीं गम्भीर खाद्यान्न उगाने वाले किसान लगातार हाशिये पर धकेले गये हैं। नगद पूँजी कमाने और बाजार की चकमक से कौन बच सका है भला, फिर पहाड़ में तो बहुत कम जमीनें हैं। पर कई-एक सेरों में अच्छा नाज हो जाता है। लेकिन अब तो कई पहाडि़यों ने गाँव से अपना देवता भी शहर सार दिया है। लिंटर वाले मकान के सबसे ऊपर देवता थाप कर वहीं हो रही है देवता की भी मान-मिन्दी। सही ठैरा जब देश के सारे नेता और बुद्धिजीवी, लेखक, पत्रकारों के लिए देश बराबर दिल्ली और राज्य बराबर देहरादून हो गया है तो बेचारे उस लाटे देवता ने जो क्या बिगाड़ा।
बामन बुबू ने मरियल बैलों और हलियों की अकड़बाजी से परेशान होकर नया ‘हाथ ट्रैक्टर’ गाँव पहुँचाया है। बामन बुबू का कहना है, ‘‘नाती कौन कचकच सुने इन लोगों की, चाय पीकर गिलास तक नहीं धोते। उल्टा इनके नखरे सहो। ये हाथ टैक्टर चीज है, जै हो विज्ञान देवता की।’’
मैने पूछा कितने का पड़ा आपको ? तो बोले- ‘‘वैसे तो एक लाख बीस हजार का है, सब्सिडी में अस्सी हजार बैठा।’’ इतने में ईजा सुबह का कल्यो लाकर खेत आ गई और हाथ ट्रैक्टर को देखकर बोली, ‘‘दिगो बामणज्यू, तुम्हारी बैल की हल तो भौत अच्छी है ‘डिजल’ से चलने वाली। पंडित जी ने हँसते हुए कहा, ‘‘होय पाँच लीटर में चार घण्टे चल जाता है। पल्ले गाँव किराये पर दिया था वापस ला रहा हूँ।’’ मैं चौंका। मैंने पूछा, ‘‘किराये पर ?’’ तो शिव दा ने कहा, ‘‘हाँ भाया किराये पर दे रहे हैं गुरू ट्रैक्टर को।’’ मंने शिवदा से न पूछ कर सीधे गुरू से ही पूछा, ‘‘कितने पैसे में दे रहे हो ?’’ ‘‘चार सौ रुपये में सात बजे से लेकर बार बजे तक।’’ कहते हुए उन्होंने ट्रैक्टर स्टार्ट किया तो मैंने चुटकी लेकर कहा, ‘‘गुरू हल तो हल ही हुआ, लकड़ी का हो या लोहे का। कहीं आपके जजमान आपको हलफोड़ कहना शुरू न कर दें, खबरदार रहना।’’ एक घड़ी रुककर बोले, ‘‘जब इसमें जुताई वाली ‘फार’ लगाते हैं उस वक्त मैं इसमें हाथ नी लगाता। केसरी ही (मजदूर) जोतता है।’’
उनके जाने के बाद शिवदा ने उस ट्रैक्टर की कमियाँ (बुरायी) बतानी शुरू कीं, ‘‘भाया बल्द तो बल्द ही हुए। जो बात इस जुताई में है वो इस ट्रैक्टर में नहीं। फिर ये ट्रैक्टर आल-चाल, कन्सी-डिबाई नहीं लगने ठैरा। जुताई के बाद फिर कस्सी से आल-चाल सुधारने हुए। सभी जो ट्रैक्टर वाले हो जायेंगे तो बल्द किस काम आयेंगे ?’’ मैंने कहा, बात तू ठीक कह रहा शिवदा। पर विज्ञान भी तो कोई चीज है, आम आदमी का फायदा तो होने वाला ठैरा इसमें।’’


हल जोतते हुए शिवदा ने बल्द रोक दिये और गुस्से से बोला, ‘‘भाया अस्सी हजार का विज्ञान खरीदने की अपनी औकात नी हुई रे। ये तो कोई पैसे वाला ही खरीद सकता है। फिर क्या आम आदमी का फायदा हुआ इसमें ? हमारे पेट में तो पड़ गई ना लात।’’ फिलहाल मेरे पास शिव दा के इस सवाल का उत्तर नहीं था। मैं अवाक् रह गया। शिवदा ने पूरे जोर से बैल की पीठ पर भिमल का लचकदार सिपका जमाया और बैल तेजी से हल खींचने लगे। इस सड़ाक्क से मुझे अचानक ठुल दा याद आ गया।

Wednesday, March 29, 2017

मै जब लेख्लो त...

मैं जब  कविता माँइ  लेख्लो ब
 मेरा ईजा कि अनाऽर
गाऽड गोधरा लेख्लो्
चणा पिटिङा लेख्लो
बोट बटेउला लेख्लो
गणा खुनलान मणिको 
साउलो सोत्तर लेख्लो
नाऽजका गेणामेणानकि बात लेख्लो ।

डाङानका उच्चा भिटामाइ
पाठानलाइ दूद खोयुनोइ
घास चद्या बाकरो लेख्लो ।
संज्या बेला सिङमाई माटोलाइ
घर दउड्डो बल्लऽ लेख्लो ।

मै जब इजाका बारे माइ
कबिता बनौलो त
फिक्का चाहा कि कट्की लेख्लो
शिलामाइ पिसेको नून लेख्लो
बन मौरानको म ऽऽ लेख्लो।

मै जब इजाकाबारेमाइ
लेख लेख्लो त
मनमनै उनले गरेको भक्कल लेख्लो
केइ नसक्याऽ बेला गरेकि घाऽत लेख्लो
हलिभाणि बट्याएका बेला
                                                                                       उचाइन राख्खाकि खोज्याका
                                                                                     धोतिका गाँठा लुकाएका पैसा लेख्लो।

इजाका बारेमाई लेख्ख बार मै
निसुरी भयालै हाँसिरन्या
रुबस्या अनाऽरका बारेमाइ लेख्लो ।
जऽज्ज्यालै काममाइ लागिरन्या
खसरा हातौनका बारेमाइ लेख्लो
फुुटिबरे चिरा पड्याका खुुट्टानमणि लाएको
लिस्या मइनका बारेमाइ लेख्लो ।

इजाका बारेमाइ लेख्ख बार मइ
काज ब-यात सकिया पछा
अफना घर झानबाऽर
देलि पुज्जलाकि
पिलपिलऽ आँँसु बगऔनलाकि
चुुपचाप हिट्टलााकि
चेेलि बैनिनका बारेमाइ लेख्लो ।

जब लेख्लो मै मेरि इजाका बारेमाइ
सरकारी नौकरिमाइ लागेका चेेलाधेकि
छाति फुुलाएका बाबा हैलइ
बेरोजगार हुनबार
भुुलिउनाकि लेखा
इजाले भण्याका निकीऽ अर्तिपुर्ति
हँस्यौन्या हउस्यौन्या शव्दौनकि कुरणि लेख्लो ।

इजाका बारेमाइ लेख्दबार मै
मइले काम नपाएका
 बेरोजगार बिरामी दिनौनकि बाऽत लेख्लो
तनै दिनौनसित मैलाइ
ठगौन्या भुुलौन्या हमरौनकि
"गँवल्या- सरकार" का हालचाल लेख्लो
हमलाइ हकारिबरे खान पल्केका
" ठालु-हाकिम" का चालमाल लेख्लो,
मै केइ  बेदना लेख्लो
केइ बुक्कुलि लेख्लो ।
 इसो भयाबरे मेरि इजा
रिसाइबरे आजिलै भणऽलि ब!
" तै तसि सरकारका घर
आग लागौ वज्जुर पणौ
तो तसो हाकिम मुणकट्या
अल्पाइ अचिराइ होइझौ
पख् , मै ज्याब् गरलो " ।

( साभार:- उदियमान उत्तराखण्डी लेखक अनिल कार्कीका कबिताको बैतडेली भावानुबाद )



Tuesday, November 8, 2016

उतराखण्ड ; स्थानिय भाषा भण्डार

(सौजन्य- घसेरी ब्लगपोष्टबाट धर्मेन्द्र पन्त )

 दुनिया आज 'मदर्स डे' मना रही है। मां के लिये भी एक दिन तय कर दिया है, मुझे यह जंचता नहीं है। मां हर दिन याद आती है और हर दिन मां के लिये होता है। पहाड़ों में मां को मां के अलावा ब्वे, बोई, ईजा, आमा कई तरह से पुकारा जाता है। इस पर बाद में चर्चा करेंगे। अभी तो आपसे मैं एक सवाल करता हूं कि उत्तराखंड में कितनी भाषाएं बोली जाती हैं? मैंने यह सवाल कई पहाड़ियों से किया तो उनमें से अधिकतर का जवाब होता था तीन यानि गढ़वाली, कुमांउनी और जौनसारी। आज 'घसेरी' आपको उत्तराखंड की तमाम भाषाओं से अवगत कराने की कोशिश करेगी।
       उत्तराखंड में कुल 13 भाषाएं बोली जाती हैं। यह 'घसेरी' नहीं बल्कि भारतीय भाषा लोक सर्वेक्षण का निष्कर्ष है। उत्तराखंड की भाषाओं को लेकर सबसे पहले सर्वेक्षण करने वाले जार्ज ग्रियर्सन ने भी इनमें से अधिकतर भाषाओं की जानकारी दी थी। ग्रियर्सन ने 1908 से लेकर 1927 तक यह सर्वेक्षण करवाया था। इसके बाद उत्तराखंड की भाषाओं को लेकर कई अध्ययन किये गये। हाल में 'पंखुड़ी' नामक संस्था ने भी इन भाषाओं पर काम किया। यह सभी काम 13 भाषाओं पर ही केंद्रित रहा। इनमें गढ़वाली, कुमांउनी, जौनसारी, जौनपुरी, जोहारी, रवांल्टी, बंगाड़ी, मार्च्छा, राजी, जाड़, रंग ल्वू, बुक्साणी और थारू शामिल हैं। इस पर मतभेद हो सकते हैं कि ये भाषाएं हैं या बोलियां। मेरा मानना है कि अगर एक बोली का अपना शब्द भंडार है, वह खुद को अलग तरह से व्यक्त करती है तो उसे भाषा बोलने में गुरेज क्या। कई लोगों को मानना है कि उत्तराखंड की भाषाओं की अपनी लिपि नहीं है तो मेरा इस पर जवाब होता है कि अंग्रेजी की भी अपनी लिपि नहीं है। वह रोमन लिपि में लिखी जाती है तो क्या आप उसे भी भाषा नहीं मानोगे। मराठी की देवनागरी लिपि है और हमारे उत्तराखंड की भाषाओं जो साहित्य​ लिखा गया उसमें ​देवनागरी का ही उपयोग किया गया। इस विषय पर आगे कभी लंबी चर्चा हो सकती है। फिलहाल 'घसेरी' के साथ चलिए भाषाओं को लेकर उत्तराखंड की सैर करने।

कोस कोस पर बदले पानी, चार कोस पर वाणी 


    हम सभी जानते हैं कि उत्तराखंड में दो मंडल हैं गढ़वाल और कुमांऊ। इन दोनों की अपनी अलग अलग भाषाएं हैं। इनसे जुड़े क्षेत्रों की अन्य भाषाएं इनसे प्रभावित हो सकती हैं लेकिन अध्ययन के दौरान 'घसेरी' ने पाया कि उनकी शब्दावली और वाक्य विन्यास में काफी अंतर पाया जाता है। वैसे साथ में चेतावनी भी ​है कि यूनेस्को ने उत्तराखंड की सभी भाषाओं को संकटग्रस्त भाषाओं की श्रेणी में शामिल किया है। इसको संकट में हम ही डाल रहे हैं इसलिए सावधान हो जाइये। गढ़वाली और कुमांउनी यहां की दो मुख्य भाषाएं हैं इसलिए पहले इन्हीं के बारे में जान लेते हैं।
गढ़वाली : गढ़वाल मंडल के सातों​ जिले पौड़ी, टिहरी, चमोली, रुद्रप्रयाग, उत्तरकाशी, देहरादून और हरिद्वार गढ़वाली भाषी लोगों के मुख्य क्षेत्र हैं। कुमांऊ के रामनगर क्षेत्र में गढ़वाली का असर देखा जाता है। माना जाता है कि गढ़वाली आर्य भाषाओं के साथ ही विकसित हुई लेकिन 11—12वीं सदी में इसने अपना अलग स्वरूप धारण कर लिया था। इस पर हिन्दी के अलावा मराठी, फारसी, गुजराती, बांग्ला, पंजाबी आदि का भी प्रभाव रहा है लेकिन गढ़वाली का अपना शब्द भंडार है जो काफी विकसित है और हिन्दी जैसी भाषा को भी अपने शब्द भंडार से समृद्ध करने की क्षमता रखती है। ग्रियर्सन ने गढ़वाली के कई रूप जैसे श्रीनगरी, नागपुरिया, बधाणी, सलाणी, टिहरियाली, राठी, दसौल्या, मांझ कुमैया आदि बताये थे। बाद में कुछ साहित्यकारों ने मार्च्छा, तोल्छा, जौनसारी का भी गढ़वाली का ही एक रूप माना। गढ़वाली भाषाविद डा. गोविंद चातक ने श्रीनगर और उसके आसपास बोली जाने वाली भाषा को आदर्श गढ़वाली कहा था। वैसे भी कहा गया है, ''कोस कोस पर बदले पानी, चार कोस पर वाणी। ''
कुमांउनी : कुमांऊ मंडल के छह जिलों नैनीताल, अल्मोड़ा, पिथौरागढ़, बागेश्वर, चंपावत और उधमसिंह नगर में कुमांउनी बोली जाती है। वैसे इनमें से लगभग हर जिले में कुमांउनी का स्वरूप थोड़ा बदल जाता है। गढ़वाल और कुमांऊ के सीमावर्ती क्षेत्रों के लोग दोनों भाषाओं को बोल और समझ लेते हैं। कुमाउंनी की कुल दस उप बोलियां हैं जिन्हें पूर्वी और पश्चिमी दो वर्गों में बांटा गया है। पूर्वी कुमाउंनी मेंकुमैया, सोर्याली, अस्कोटी तथा सीराली जबकि पश्चिमी कुमाउंनी में खसपर्जिया, चौगर्खिया, गंगोली, दनपुरिया, पछाईं और रोचोभैंसी शामिल हैं। कुमांऊ क्षेत्र में ही भोटिया, राजी, थारू और बोक्सा जनजातियां भी रहती हैं जिनकी अपनी बोलियां हैं। पुराने साहित्यकारों ने इसे 'पर्वतीय' या 'कुर्माचली' भाषा कहा है।
जौनसारी : गढ़वाल मंडल के देहरादून जिले के पश्चिमी पर्वतीय क्षेत्र को जौनसार भाबर कहा जाता है। यहां की मुख्य भाषा है जौनसारी। यह भाषा मुख्य रूप से तीन तहसीलों चकराता, कालसी और त्यूनी में बोली जाती है। इस क्षेत्र की सीमाएं टिहरी ओर उत्तरकाशी से लगी हुई हैं और इसलिए इन जिलों के कुछ हिस्सों में भी जौनसारी बोली जाती है। जार्ज ग्रियर्सन ने इसे पश्चिमी पहाड़ी की बोली कहा था। कहने का मतलब है कि इसे उन्होंने हिमाचल प्रदेश की बोलियों के ज्यादा करीब बताया था। इसमें पंजाबी, संस्कृ​त, प्राकृत और पाली के कई शब्द मिलते हैं।
जौनपुरी: यह ​टिहरी जिले के जौनपुर विकासखंड में बोली जाती है। इसमें दसजुला, पालीगाड़, सिलवाड़, इडवालस्यूं, लालूर, छःजुला, सकलाना पट्टियां इस क्षेत्र में आती हैं। टिहरी रियासत के दौरान यह काफी पिछड़ा क्षेत्र रहा लेकिन इससे यहां की अलग संस्कृति और भाषा भी विकसित हो गयी। यह जनजातीय क्षेत्र है। डा. चातक के अनुसार यमुना के उदगम के पास रहने के कारण इन्हें यामुन जाति कहा जाता था। कभी इस क्षेत्र को यामुनपुरी भी कहा जाता था जो बाद में जौनपुरी बन गया।
रवांल्टी :  उत्तरकाशी जिले के पश्चिमी क्षेत्र को रवांई कहा जाता है। यमुना और टौंस नदियों की घाटियों तक फैला यह वह क्षेत्र है जहां गढ़वाल के 52 गढ़ों में से एक राईगढ़ स्थित था। इसी से इसका नाम भी रवांई पड़ा। इस क्षेत्र की भाषा गढ़वाली या आसपास के अन्य क्षेत्रों से भिन्न है। इस भाषा को रवांल्टी कहा जाता है। डा. चातक ने पचास के दशक में 'गढ़वाली की उप बोली रवांल्टी, उसके लोकगीत' विषय पर ही आगरा विश्वविद्यालय से पीएचडी की थी। वर्तमान समय में भाषा विद और कवि महावीर ​रवांल्टा इस भाषा के संरक्षण में महत्वपूर्ण योगदान दे रहे हैं।
जाड़ : उत्तरकाशी जिले के जाड़ गंगा घाटी में निवास करने वाली जाड़ जनजाति की भाषा भी उनके नाम पर जाड़ भाषा कहलाती है। उत्तरकाशी के जादोंग, निलांग, हर्षिल, धराली, भटवाणी, डुंडा, बगोरी आदि में इस भाषा के लोग मिल जाएंगे। जाड़ भोटिया जनजाति का ही एक अंग है जिनका तिब्बत के साथ लंबे समय तक व्यापार रहा। इसलिए शुरू में इसे तिब्बत की 'यू मी' लिपि में भी लिखा जाता था। अभी इस बोली पर काफी खतरा मंडरा रहा है।
बंगाणी : उत्तरकाशी जिले के मोरी तहसील के अंतर्गत पड़ने वाले क्षेत्र को बंगाण कहा जाता है। इस क्षेत्र में तीन पट्टियां— मासमोर, पिंगल तथा कोठीगाड़ आती हैं जिनमें बंगाणी बोली जाती है। यूनेस्को ने इसे उन भाषाओं में शामिल किया है जिन पर सबसे अधिक खतरा मंडरा रहा है।
मार्च्छा : गढ़वाल मंडल के चमोली जिले की नीति और माणा घाटियों में रहने वाली भोटिया जनजाति मार्च्छा और तोल्छा भाषा बोलती है। इस भाषा में तिब्बती के कई शब्द मिलते हैं। नीति घाटी में नीति, गमसाली और बाम्पा शामिल हैं जबकि माणा घाटी में माणा, इन्द्रधारा, गजकोटी, ज्याबगड़, बेनाकुली और पिनोला आते हैं।
जोहारी : यह भी भोटिया जनजाति की एक भाषा है ​जो पिथौरागढ़ जिले के मुनस्यारी क्षेत्र में बोली जाती है। इन लोगों का भी तिब्बत के साथ लंबे समय तक व्यापार रहा इसलिए जोहारी में भी तिब्बती शब्द पाये जाते हैं।
थारू : उत्तराखंड के कुमाऊं मंडल के तराई क्षेत्रों, नेपाल, उत्तर प्रदेश और बिहार के कुछ क्षेत्राों में ​थारू जनजाति के लोग रहते हैं। कुमांऊ मंडल में यह जनजाति मुख्य रूप से उधमसिंह नगर के खटीमा और सितारगंज विकास खंडो में रहती है। इस जनजाति के लोगों की अपनी अलग भाषा है जिसे उनके नाम पर ही थारू भाषा कहा जाता है। यह कन्नौजी, ब्रजभाषा तथा खड़ी बोली का मिश्रित रूप है।
बुक्साणी : कुमाऊं से लेकर गढ़वाल तक तराई की पट्टी में निवास करने वाली जनजाति की भाषा है बुक्साणी। इन क्षेत्रों में मुख्य रूप से काशीपुर, बाजपुर, गदरपुर, रामनगर, डोईवाला, सहसपुर, बहादराबाद, दुगड्डा, कोटद्वार आदि शामिल हैं।
रंग ल्वू : कुमांऊ में मुख्य रूप से पिथौरागढ़ की धारचुला तहसील के दारमा, व्यास और चौंदास पट्टियों में रंग ल्वू भाषा बोली जाती है। इसे तिब्बती—बर्मी भाषा का अंग माना जाता है जिसे प्राचीन समय से किरात जाति के लोग बोला करते थे। दारमा घाटी में इसे रङ ल्वू, चौंदास में बुम्बा ल्वू और ब्यास घाटी में ब्यूंखू ल्वू के नाम से जाना जाता है।
राजी : राजी कुमांऊ के जंगलों में रहने वाली जनजाति थी। यह खानाबदोश जनजाति थी जिसने पिछले कुछ समय से स्थायी निवास बना लिये हैं। नेपाल की सीमा से सटे उत्तराखंड के पिथौरागढ़, चंपावत और ऊधमसिंह नगर जिलों में इस जनजाति के लोग रहते हैं। यह भाषा तेजी से खत्म होती जा रही है।
         मने शुरुआत 'मां' से की थी तो अब जान लें कि उत्तराखंड की भाषाओं में मां के लिये क्या बोला जाता है। वैसे यहां की भाषाओं में अब मां आम प्रचलित है लेकिन पहले ब्वे, बोई या ईजा भी बोला जाता था। मां के लिये उत्तराखंड की भाषाओं के शब्द ....
गढ़वाली ... ब्वे, अम्मा, बोई। कुमांउनी, जोहारी, रंग ल्वू ... ईजा, अम्मा। जाड़ ... आं। बंगाणी ... इजै। रवांल्टी ... बुई, ईजा। जौनपुरी ... बोई। जौनसारी ... ईजी। थारू ... अय्या। राजी ... ईजलुअ, इहा। मार्च्छा ... आमा।
         उत्तराखंड की भाषाओं पर आगे भी आपको महत्वपूर्ण जानकारी देने की कोशिश करूंगा। फिलहाल इतना ही। कैसा लगा यह आलेख जरूर बताएं। आपका अपना धर्मेन्द्र पंत। 
 ( साभार- घसेरी ब्लगपोष्ट )

Sunday, September 25, 2016

मेरा गँँउका तन्नेरीलाई !

तमौन जनकिणा हो येइ रातका
आदा जिन्दगी किणा बनिबरे
दिनभऽरि लुगिबरे
अक्गासका जूनसित दोऽरा खेेळा छ ऐल
सबैका आँँखाामा टल्किरैछ ।
औसिका रातमणिलै रमाइरइछ ।
तम आशा हो तम भरोसा हो मेरा गँउका
तम जनकिणा हो येई रातका ।।

पनिउकि रात त छनीछ,
औसीका राऽत लै उजालो दिन्ना छ।
येइ जिबनको अर्थ
तमरौनका इसै उजऽला माई छ भायौ!
 तम जनकिणा हो येइ बाऽतका ।
काला अग्गास चिद्द लाऽछ,
 अभावका असजि दिन खित्त लाऽछ ।
अफना रुबऽस हऽण टल्कौन लाछ,
 अफनि बसी ठौर झल्कौन लाऽछ ।
दिनरात कुनातिर लुकिबरे
रुपरङ बदेलिरक्ख्या
किणा किरमुला चपाइरक्ख्या
घिनलग्गा गोऽणा गण्याल जसा नाइ हो ।
शाानदार जिन्दगि छ तमरि
तम तऽति उजला गाऽतका
तम जनकिणा हो येइ रातका ।।
तमौन हिउनका छेपणा नाइ हो,
 न नून खयाका कुकुणा हो ।
न सुन बोकेर ल्याउने कथित लाहुरे- भरिया हो ।
उठ भण्या उठ्ठया
बस् भण्या बस्स्या देवान दरबान लै नाइ हो ।
जसो भण्यालइ
हस हजुर भणिबरे सलाम बजौन्या
भाडाका सिपाइलइ नाइ हो।
तम कुलदिपक हो तमरा जाऽतका ।
तम जनकिणा हो एइ राऽतका ।।
सत्य - न्याय बीस-या जन,
 लुत्या कुकुर जसा भयाजन ।
मालिक को मुल्यांकन जे भयालै
अफनु मोऽल आफुुइ घटया जन् ।
साब्बास! मेरा भाायौ!
 तम जनकिणा हो एइ राऽतका,
 तम अगौता हो अउन्या परभातका ।
तम जोसजागर भयाका तन्नेरी हो एइ गउ देहातका।
तम जनकिणा हो एइ रातका ।।



Sunday, November 15, 2009

उहिले र अहिलेका केदारस्तुति



















स्थानिय लोकसाहित्यमा केदारगाथा



तम गुसाइ केदार कौन चलाइ भै मनेषु हमी कै का,
मनेषु हमि कैका-- गुसाइ मेरा-- मनेषु हमी कैका।।
रागस पुरिको राज्य होलो भाइ मनेषु हमी कैका,
मनेषु हमी-------- ------------------------।।
तम गुसाइ ससालिंङ क्यान चलाइभै मनेषु हमी कै का,
मनेषु हमि कैका---------------------------।।
रागसपुरीको राज्य होलो भाइ मनेषु हमी कै का,
मनेषु हमी कैका-------------------------‍।।
(यसप्रकार प्रतेक देवताको नाम पुकार गर्दै “तपाइ मेरा मालिक किन अन्यत्र जान थाल्नु भयो? हामी मनुष्यहरु कता जाने हो? यहाँ त राक्षसहरु पो राज गर्ने भए!” भन्दै लोकपर्बको अवसर पारेर लोक लयमा गितीनृत्यको आयोजन हुन्छ।)
(१)
शिखर सियालो घाम गुसाइ मेरा शिखर सियालो घाम,
बगणा सिमसिम्या पानी गुसाइ मेरा बगणा सिमसिम्या पानी।।
भोका तिसा तेरा द्वार अया गुसाइ मेरा भोका तिसा तेरा द्वार अया,
मन शुद्ध तन शुद्ध भयो गुसाइ मेरा मन शुद्ध तन शुद्द भयो ।।
तेरो दियो तोइलाइ चणौलो गुसाइ मेरा तेरो दियो तोइलाइ चणौलो ,
हम तेरा काखका बला गुसाइ मेरा हम तेरा काखका बला।।
(२)
तेरि सेवा आयो केदार ,मेरि सेवा मानिदे केदार
भोका पेट आयो केदार, मेरि सेवा मानिदे केदार
तिना केश आयो केदार, मेरि सेवा मानिदे केदार
मै तेरा भाणिको फुल, मेरि सेवा मानिदे केदार
मै तेरा काखको बालो, मेरि सेवा मानिदे केदार
मै हिट्या बिराना बाटा, ऐतिर लागेइ केदार
मै कभै एकलो भया, डिठिमाइ भएइ केदार
सुखदुक जे भया पनि,जुणि जन छाणेइ केदार
दिन रात काममा हौला, तै छाया दियेइ केदार
लटागणा हम तेरा पूत, बोलिमाइ बसेइ केदार
हम तेरा भाणिका फूल,पुजामाइ लायेइ केदार
माला माइ औणिन्या फुल,धुलामाइ जन झौ केदार
तेरा थात मेरो खुट्टा पण्या,हातकि छाया दे केदार
पुजाकि बकत होइगे मेरि सेवा मानिदे केदार
भाणिका फूलको रंङ,ओइलान जनदे केदार
भाणिका फूलकि बास,मण्णल राखिदे केदार।।
 (३)
 

      शंकराचार्यविरचित दशश्लोकी शिवस्तोत्र



न भूमिर्न तोयं न तेजो न वायुः
न खं नेन्द्रियं वा न तेषां समूहः
अनेकान्तिकत्वात् सुषुप्त्येकसिद्दः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥१॥

न वर्णा न वर्णाश्रमाचारधर्मा
न मे धारणाध्यानयोगादयोपि
अनात्माश्रयाहंममाध्यासहानात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥२॥

न माता पिता वा न देवा न लोका
न वेदा न यज्ञा न तीर्थ ब्रुवन्ति
सुषप्तौ निरस्तातिशून्यात्मकत्वात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥३॥

न साख्यं न शैवं न तत्पाञ्चरात्रं
न जैनं न मीमांसकादेर्मतं वा
विशिष्टानुभूत्या विशुद्धात्मकत्वात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥४॥

न चोर्ध्व न चाधो न चान्तर्न बाह्यं
न मध्यं न तिर्यँ न पूर्वाऽपरा दिक्
वियद्व्यापकत्वादखण्डैकरूपः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥५॥

न शुक्लं न कृष्णं न रक्तं न पीतं
न कुब्जं न पीनं न ह्रस्वं न दीर्घम्
अरूपं तथा ज्योतिराकारकत्वात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥६॥

न शास्ता न शास्त्रं न शिष्यो न शिक्षा
न च त्वं न चाहं न चायं प्रपञ्चः
स्वरूपावबोधो विकल्पासहिष्णुः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥७॥

न जाग्रन् न मे स्वप्नको वा सुषुप्तिः
न विश्वौ न वा तैजसः प्राज्ञको वा
अविद्यात्मकत्वात् त्रयाणं तुरीयः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥८॥

अपि व्यापकत्वात् हितत्वप्रयोगात्
स्वतः सिद्धभावादनन्याश्रयत्वात्
जगत् तुच्छमेतत् समस्तं तदन्यत्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥९॥

न चैकं तदन्यद् द्वितीयं कुतः स्यात्
न केवलत्वं न चाऽकेवलत्वम्
न शुन्यं न चाशून्यमद्वैतकत्वात्
कथं सर्ववेदान्तसिद्धं ब्रवीमि ॥१०॥
इति श्रीमद्शंकराचार्यविरचितं दशश्लोकी समाप्तंम्