Tuesday, June 14, 2011

असिम केदार धाम र धार्मिक पर्यटन




बैतडीको पर्यटन विकास गुरुयोजनामा ग्वाल्लेक केदारधामलाइ प्रमुख पर्यटकिय गन्तव्य मानिएकोछ । हरियो पहाडको बिचोबिच हुदै दशरथचन्द राजमार्ग बैतडीको देहिमाण्डौमा पुगेपछि ग्वाल्लेक केदारधाम तिरको पैदल हरित यात्रा शुरु हुन्छ ।यो धामको वरपर थुप्रै शिबस्थलहरु भेट्टिन्छन, जो अतिव प्राचिन हुन र चमत्कारि पनि छन । यदि तपाइ पनि शिबस्थलमा रमाउन चाहनु हुन्छ भने आउनु होस, आज यस्तै एउटा बिशिष्ट क्षेत्रको भ्रमण गरौ । भनिन्छ,शिव-भक्तिको रंग चढेपछि मानिसले असीम शान्ति पाउछ, किनकि महामना शिव आफ्नो भक्तलाई सदा आशिर्बाद दिन्छन र आफ्नै शरणमा राख्छन । चारधाम केदार र सात बैनी भगवतिको जिल्ला मानिएको बैतडीमा रहेका केदार मन्दिरहरुमा असिम केदारको सम्मानित स्थान छ । यो आलेखमा हाम्रो गन्तब्य सुदूर पश्चिमको सिमान्त जिल्ला बैतडीमा अवस्थित ग्वाल्लेककेदार धाम क्षेत्र र त्यसको पुर्बी पार्श्वमा रहेको असिम केदारको मन्दिर हो ।
पहाडहरुको मनोरम दृश्य अवलोकन गर्दै असिम केदारको मन्दिरतर्फ पैदल भ्रमणमा जाँदा ८ कि मि जति हिडनु पर्दथ्यो । । निर्माणाधिन देहिमाण्डौ सलेना सडकले गर्दा अचेल १० कि मि जति गुडेरै यहाँ पुगिन्छ । बाटोमा दुइ-तीन पुराना गाँउ देखिनेछन, जो बिस्तारै शहरी सभ्यतातिर पाइलो बढाउदैछन। करिब सातसय बर्ष पुरानो यो मन्दिरको महत्व यहाँको चहलपहलबाट पनि प्रमाणित हुन्छ । केदार शैलीमा निर्मित यो मन्दिरका गुठियार बडू ब्राह्मणका पुर्खाहरुले हालको स्थानमा मन्दिर स्थापना गरेको भए पनि असिमी केदार देवता यस क्षेत्रकै प्राचिन शक्तिशाली देवता मानिन्छन । यहाँका तत्कालिन शासक बंशीय ठकुरीहरुको मन्दिर निर्माणमा ठुलो भुमिका रहेकोले पर्ब बिशेषमा हुने यहाँको पुजाआजामा उनीहरुकोलागी बिशिष्ट स्थान तोकिएकोछ । अद्यापि पुराना घटनाहरुसंग सम्बन्धित प्रचलनहरुका बारेका कैयौ किम्बदन्तिहरु यस भेगमा प्रचलित छन ।
मानसखन्डको प्रसिद्ध केदारशैलीमा निर्मित हालको मन्दिर क्षेत्रमा असिमकेदारको प्रतिस्थापना सत्तरौ शताब्दिको शुरुतिर भएको मानिन्छ । त्यस भन्दा अगाडि ऐचेकाणाको केदार गुफाको मैदानमा र त्यसभन्दा अगाडि तेले लेकको जंगलमा असिम केदारको पुजाआजा गरिन्थयो रे । सम्भवत: आदि शंकराचार्यको उत्तराखन्ड आगमनताका नै  असिमकेदार स्थापना भएको हुँदो हो । यो क्षेत्र भरि नै असिमकेदारलाई श्री र सहकालका देवता मानिन्छन् । यो स्थानको भुमीदेवताका रुपमा श्रीकेदारको प्राचीन मन्दिर गाउँको उतरकुनाको सिरानमा प्राचीन स्वरुपमै यथावत छ । ग्वाल्लेक धाम त देबी देवताको पबित्र बासस्थल नै मानिन्छ ।
यात्राको आकर्षण:चारैतिर हरियाली
कुनै बिशेष रैथाने बनस्पतिलाइ लोकदेवताको प्रतीकका रुपमा हेरिने सुदुर पश्चिमको लोकप्रिय परम्परा हो। उदाहरणार्थ बाँजलाइ ग्वाल्लेक केदार, निगालोलाइ निगलासैनी भगवती,मेललाइ मेलौली भगवति,देवदारलाइ डागेश्वरी, जाइफललाइ समैचीको प्रतिक बृक्ष मानिन्छ । यसै गरि हरेक स्थानिय देवताहरुलाइ प्रकृतिसङ्ग जोडिएको हुन्छ । ग्रामिण नेपालको नैसर्गिक परिदृश्य र ग्रामीण जन-जीवनलाइ नजिकबाट हेर्ने यो राम्रो मौका हुनसक्दछ । यदि तपाइ बर्षा ऋतुमा यहाँ आउनु भएकोछ भने यो यात्रा अझ शानदार हुनेछ, किनकि सडक-बाटो वरिपरिको हरितिमाले अर्कै लोकको झझल्को दिनेछ। कुहिरि भित्र लुकामारि गरिरहने प्रकृतिको लिलाले पानी दिने देवताको रुपमा प्रचारित असिम केदार यात्रा सँधैको लागी संस्मरणिय बन्नेछ ।
हरिया पहाडका फेदीमा छ, असिंमीकेदारको माण्डौ


झरिका महिनामा यो मन्दिरले हरियो च्यादर ओढेका पहाडको फेदमा रहस्य र रोमान्च पैदा हुने गरि खास प्रभाव पारेको हुन्छ । मन्दिर अबस्थित दोभानमा दुइ वटा नदि मिसिएका छन। धरावति र गौबर्धिनि। लोक भाषामा धारी र गोदा गाड। मान्यता के छ भने जतिसुकै पानी बर्षे पनि ग्वाल्लेक धामबाट निश्रृत गौबर्धिनी सँधै सुकिली र शान्त हुन्छिन तर धराधाममै जन्मेकी धारावति भने थोरै पानी पर्दा पनि गडगडाहटको आवाजका साथ मन्दिरको दक्षिणि पार्श्वमा ताण्डब गर्न थाल्छिन । यो मन्दिर गाऊँ भन्दा डेढ दुइ कि मि टाढा एकान्त ठाऊमा छ । हरिया पहाडको फेद र दुई नदीको दोभान, अनि एक तमासको नैसर्गिक एकान्त। मन्दिरस्थल भाबोत्पादक त छ नै, रहस्यमय पनि छ। गाउँबाट यहा पुग्न पिसिसि ढलान गरिएको बाटो हिडेर पनि जान सकिन्छ । यो सानो ऊपत्यकाको खोला किनारमा ऊभिएका बृक्षहरुको लहरदार दृश्य हरिया खेत,हरियो जंगल हुदै शिखरको बनस्पतिबिहिन चट्टानमा गएर सकिन्छ । किम्बदन्ति के छ भने कुमौं ( कुमायू) को अठौति मल्ल भन्ने कुनै बिधर्मी सेना नायकले यस सोराड भेगका देवताहरुसंग पौठेजोरि गर्दै असिम केदार (ससालिंग, असिग्राम ) देवतालाइ दोभानमा भए बगाइ दिने धक्कु लगाएको थियो रे । फलत: तत्कालिन युद्धस्थल रहेको ऐचेकाँडाको डाडाबाट असिम केदार यहाँ सरेका थिए ।
यहाँ मन्दिरको छेवैबाट बग्ने गौबर्धिनि गंगाको शुद्ध पानिमा पादप्रक्षालन गरि श्रद्धालुहरु मन्दिरमा पुग्दछन । लगभग प्रतिवर्ष भारी बरसातका बेला नदिमा पानि भरिए पनि यहाको जलराशि कहिले धमिलो नहुनुलाइ आश्चर्य नै मान्नु पर्दछ ।
यहाँको शिबलिंगलाइ फुटलिंग भनिन्छ । जमिनमा उम्रिएको यो प्राकृतिक प्रस्तर-लिंगको आकारमा यदाकदा बृद्धि पनि हुने गर्छ रे । यसो भएमा बिशेष किसिमको ढुगाबाट यो लिंगलाइ बार्नु पर्ने बिधान रहेकोछ।‍
कुन मौसममा यहाको यात्रा ठिक हुन्छ?
सामान्यत: शिबजीको दर्शनको लागी पर्ब बिशेष कुरि रहनपर्दैन । त्रिगुणातीत भोले बाबाको पुजा पाठको निम्ति कुने बिशेष अनुष्ठान पनि आबश्यक छैन । तर भाद्र र माघ महिनामा पर्ने बिशेष पर्बहरुमा यो यात्रा उपयुक्त हुन्छ । बडा दशै, चैते दशै, गौरा पर्ब,न्वागी(नयाँ अन्न) चढाउने पर्ब या स्थानिय जाँतको बेला परेछ भने अझ राम्रो हुनेछ ।

अन्य दर्शनीय स्थानहरु


मंदिर र यसको वरपर थुप्रै दर्शनीय स्थलहरु छन । आधुनिक सुबिधाहरुको सन्दर्भमा यहाँको यात्रा अप्ठ्यारो मानिन सक्दछ । तर नैसर्गिक प्राकृतिक बाताबरण र पर-पश्चिम नेपालको शानदार प्राचिन संस्कृतिलाइ नजिकबाट हेर्ने अर्थमा यो भ्रमण उल्लेखनिय रहनेछ। ग्वाल्लेकपर्बत केदारको मुख्य बासस्थान हो, तर बगडाको दोभानमा दर्शनकालागी मन्दिर बनाइएको हो भन्ने यथार्थ केदारको एउटा गिति गाथामा समेत प्रष्ट्याइएकोछ । गीतको बोल भन्दछ,
काँ रे गुसाइका रै राज स्थान , काँ रे रोकिया काला खाम ।
शिखर गुसाइका रै राज स्थान, बगडा रोकिया काला खाम
गुसाई-----बगडा रोकिया काला खाम।।
यो मन्दिर बाहेक मुल गाँउको शिर्षमा समेत फलाँट भनिने रैथाने बृक्षको फेदमा आदिम शिलाहरुबाट मात्र निर्मित केदारको सानो मन्दिर स्थापित छ । गाऊको दक्षिणको उच्च समस्थली ऐचेकाँणाको मनोरम डाडामा असिम केदारको पुरानो स्थापना स्थल रहेकोछ। अठौति मल्लसंगको युद्धमा केदारले घुडा धस्दा पर्न गएका ठुला ठुला खाडलहरुले यो ठाऊको महत्व अझै प्रमाणित गरिराखेकाछन । दाहिने घुडाले पारेको भिमकाय खाडलको बिचोबिच एउटा गुफा छ । भनिन्छ, यो गुफा सुरनैया किनारको सलेना सम्म पुग्दछ । यस आधारमा यसको लम्बाइ कम से कम दश किलो मिटर हुन आऊछ । गुफाकै आगनमा सानो प्राकृतिक ताल संरक्षणको पर्खाइमा छ । किम्बदन्ति सुनिन्छ, यसैको छेउछाउमा अत्रि अनुसुयाको आश्रमहरु थिए । आश्रमको यज्ञकुण्डबाट निस्किएका भस्माबशेषहरु भसमबाटा भनिने दक्षिणी ढलानमा भेट्टिन्छन रे । पंक्तिकार के ठोकुवा गर्न सक्दछ भने यो स्थानमा पुगे पछि महर्षि अत्रीकै शब्दमा “भाव-बल्लभ भगवान” को चमत्कार देखेर रोमान्चित नहुने कोहि होओइन ।
यस बाहेक हाल यस श्रीकेदारको आलमा बस्ने बडू ब्राह्मणका पुर्खाहरुले लडाइमा मारि धपाएका पुर्बबर्ति मट्टे बडबाब(माटोकाधनी ठुला बाजे)को संझना स्वरुप बनाइएको स्थापना स्थलहरु र सङौणकोटका आततायी ठगुरी लछिचन्दलाइ मारेको स्थान लाछमारे ऐतिहासिक दृष्टिकोणले हेर्न लायक छन । भिन्ना भिन्नै अर्थमा गौबर्धिनी गंगाको शिरो भाग तिर वारिपारि पर्ने दूध जस्तै श्वेत जल बग्ने दुदपोखरि र दुर्घटना भै प्रतेक बर्ष रगत(लोइ अर्थात लहु) बगने भिर(भिटो) या लोइभिटाको महत्व पनि कम नहोला । यसै गरि सुधो गाइले बाघसंग लडाइ गर्दा ढुङ्गामा परेका गाइका पैतालाका छाप(खोज) रहेको गाइखोजको देउरालि होस या खापरे मारी धपाउदाको खुशियालीमा बिजय दुन्दुभि बजाइएको दमाउहाण्णाको डाडो होस, दृश्याबलोकनकालागि राम्रा गन्तब्य हुन सक्दछन ।अतिबृष्टि या अनाबृष्टि रोक्न लौह किला हालिने भन्तोलिको थुम्कोको आफ्नै बिशिष्टता छ। ग्वाल्लेककै दक्षिणि पार्श्वमा रहेका काला चुच्चे ढुङ्गाको लामबद्द लहरदार दृश्यलाइ तालिमे पल्टनको जत्था बताएर पन्ध्रौ शताब्दीका प्रतापि डोटेलि राजा नागी मल्ललाइ तत्कालिन बडू बंश नायक प्रतापदेवले झुक्याएका कथाहरुलाइ ति शिलाखण्डहरुले अझै भनिरहे जस्तो लाग्दछ । मष्टामाणौ,थरौट,कैलपाल स्थान,देवखोली गुफा, बुढिकेदार स्थल जस्ता कतिपय स्थानको बर्णन लेख-बिस्तार भयले यसै खेपमा राख्न नसकिएको हो।
हेर्न र बुझ्न लायक धेरै कुरा छन यहाँ
पुराना परम्पराहरुलाइ जिबित राखेका कतिपय प्रथा,परम्परा र रितिरिवाज यहाँ हेर्न पाइने भएकोले यो यात्रालाइ सांस्कृतिक यात्रा समेत भन्न सक्नु हुन्छ । जाँत बरियाँतमा नाचिने छलिया नाच,तरवार नाच, धामी नाच्ने चअलो, गौरा पर्बमा खेलिने ठाडो खेल, हत्जोण्या खेल, ढुस्को र चाली जस्ता नृत्यहरु एबम् रुनसिङा (रणसिंहा) दमाउ,ढोलङा भोकर र बिकुल जस्ता परम्परागत बाजाहरु यहाँ हेर्न सक्नु हुनेछ। सुरम्य बन प्रान्तरमा बन्य जिबनलाई नजिकबाटै हेर्न पाइने नै हुन्छ। यहा आखेट भने परम्पराबाटै बर्जित रहेकोछ।।
खाने र बस्ने ब्यबस्था
साधारण तर पौष्टिक खाना यहाँको अर्को बिशेषता हो । खानपानको परम्परागत तरिकाहरु यहा देखिनेछन। आधुनिक होटेल र रेष्टुराको सुबिधा नपाइए पनि केहि घण्टाको पुर्ब सुचना भए स्थानियहरुले राम्रो खानपिन र बसोबासकोको जोहो मिलाउन सक्दछन । अचेल ससाना होटेल पनि सडकसंगै बिस्तार हुँदै छन् । आतिथ्यबाट लाग्ने मोहिनी यस भेगकै अर्को आकर्षण हो । खानाकालागी सुदुर पश्चिममा प्रचलित कुनै पनि खानाको प्रबन्ध सजिलै हुन सक्दछ। स्थानिय जागरुक समाज छिट्टै होमस्टेको चाँजोपाँजो मिलाउन लागेको बुझिएकोछ ।
सत्य, शिब र सुन्दरको खोजीमा यो यात्रा

सुसंस्कृत प्राचिन समाजको महत्व बुझनु छ भने यस्ता अपेक्षाकृत दुर्गम गाऊको भ्रमण अध्येताहरुलाइ राम्रो अबसर हो । सौभाग्य वा दुर्भाग्य, जे भनौ,हाम्रा ग्राम्याञ्चलहरुलाइ आधुनिक सभ्यताले अझै सम्पुर्ण बिदिर्ण गरि सकेको छैन। ग्राम्य पर्यटनले अधिक समय, धैर्य, निष्ठा,श्रम र साधनको माग गर्दछ । बाहनहरुमा गुडेर पाइने झलक भन्दा यो पर्यटनले पाइलै पिच्छे नया जिबन दर्शन दिनेछ । त्यसैले यसको महत्व टुक्रे दृष्यहरुको छायांकन भन्दा समष्टिमा बुझिनु पर्दछ ।
मानसिक शान्ति र आध्यात्मिकतालाइ समग्र स्वास्थ्यको निम्ति अनिर्बचनीय बिषय मानिरहेको समकालिन बिश्वमा भौतिकताको भागदौड बाट केहि दिन टाढा रहन खोज्नेहरुलाइ पनि यस्ता स्थान राम्रा गन्तब्य हुन सक्दछन । पुराना तिर्थयात्राका उपक्रमहरुलाइ पनि नया अर्थमा परिभाषित गर्नु पर्दछ । यहाका बन्य प्रान्तमा अबस्थित पुराना मन्दिरहरुले आधुनिक आश्रमहरु भन्दा फरक र बिशिष्ट उदाहरण दिने हैसियत राख्दछन ।
अधिकांश बाहुन क्षेत्रि र केहि दलितहरु बस्ने यहाको समाजमा दुइ अढाइ सय बर्षको गोर्खालि सासनले षडयन्त्र र फोस्रा आस्वासनका केहि कथा-अकथाहरु बाहेक थप केहि दिएको जस्तो लाग्दैन । किशोर बयमा स्वत: जुङ्गा उम्रिए जस्तै समयको परिबर्तनका असरहरु देखिने नै भए । यसै कारणले ञहा अचेल नुतन परिबर्तनको हावा बग्दैछ । पुरातन-परम्परा र सुसमृद्द प्राकृतिक बिबिधताले गर्दा यो स्थान नजानिदो गरी भरिपुर्ण छ। यो क्षेत्रको भ्रमण सत्य, शिब र सुन्दरको सन्निकट रहने देखिन्छ।

Tuesday, June 7, 2011

Your Secret to Happiness at Every Age


By Susannah Felts (courtesy-http://www.health.com/health/)
When life’s curveballs leave you stressed and depressed, how do you get back on your game? Easy: Try these age-specific mood lifters.
Your 30s: Eat to beat PMS
Nearly 9 in 10 women suffer at least one PMS symptomeach month, and those in their 30s are often hit the hardest. You can avoid irritability by eating more foods containing tryptophan, an amino acid that helps your body make the “happy” hormone serotonin, says Beth Hamilton, MD, an ob-gyn in Newport Beach, Calif., and co-author of So Stressed: The Ultimate Stress-Relief Plan for Women. Turkey, chicken, salmon, and nuts all contain meaningful amounts of tryptophan.
Your 30s: Just say no
Many women are neck-deep in career-building during this decade. The unhappy side effect? Killer work stress. Get off the hamster wheel by avoiding automatic “yes” responses to requests that catch you off guard, says Gretchen Rubin, author ofThe Happiness Project, a book chronicling the year that Rubin spent test-driving scientific research and popular wisdom about how to be happy. If saying “yes” makes sense, fine, but being choosy helps you avoid the powerless feeling that leads to burnout.
Your 30s: Get babied
The 30s are prime time for bringing a little bundle of joy into the world—but pregnant women and new moms often feel depressed and overwhelmed. The good news: Massage seems to help by decreasing stress hormones. A recent study from the University of Miami showed that pregnant women at risk for postpartum depression had a lower incidence if their partners gave them massages twice a week during the pregnancy. Earlier research found that massage can also prevent the milder mood troubles suffered by most new moms. So don’t be afraid to ask for it—often.
Your 40s: Act happy
The growing field of positive psychology explores how to lead happier, more fulfilling lives (as opposed to treating psychological disorders). One key finding: “We become how we act,” says Christopher Peterson, PhD, a professor at the University of Michigan and author of A Primer in Positive Psychology. Translation? Make a concerted effort to be warm and smiley, and you’ll beat back bad moods.
Your 40s: Safeguard sleep
Depression spikes for women in their 40s, according to Ali Domar, PhD, director of the Domar Center for Mind/Body Health in Boston—and sleep trouble linked to hormone swings is a culprit for many of us. It’s a vicious cycle:Night sweats and hot flasheskeep you up, and the ensuing fatigue hikes depression and stress, which can worsen the night sweats. You can break the pattern by doing a cardio workout—anything you find fun—at least three times a week. Don’t give up if you don’t get an instant mood boost: The benefits kick in only after you’ve stuck with it for a while.
Your 40s: Go it alone
About 46 million American women care for an elderly, ill, or disabled family member. Those caregivers’ average age? Forty-eight. The job can play havoc with your emotions and mean you’re often last on your own list. Rejuvenate with alone time. “Wake up a half-hour before everyone else, take time for yourself after everyone leaves for work or school, or spend your lunch hour alone a couple of days a week,” says Barbara Ann Kipfer, author of The Field Guide to Happiness for Women.
Your 50s: Beat belly blues
Many women find belly fat increasingly difficult to fight at midlife—and studies show that this kind of fat is linked to depression around the time of menopause. Plus, other research shows that anxiety and depression can in turn double a woman’s risk of gaining weight as she ages. Break the cycle byeating more whole grains, low-fat dairy, beans, and vegetables—they fill you up so you’re less tempted to drown your sorrows in high-fat, high-calorie foods. Andexercise for at least 30 minutes every day.
Your 50s: Help your hormones
Less estrogen may mean a thinner-skinned, dryer vagina, soreness, and painful sex—all of which leave many women unhappy and anxious, according to a recent study from San Francisco State University. Sound familiar? Discuss hormone therapy with your doctor to see if it might bring you relief, as well as whether you’re a good candidate.
Your 50s: Bust your rut
Your 50s are a fantastic time to shake things up, especially if you’re feeling bored or restless. Get involved with a cause close to your heart, study a subject that intrigues you, or learn a new skill—and don’t give up: A recent study published in the Journal of Happiness Studies shows that even when a steep learning curve (like when you flub that salsa step in dance class) is stressful in the short-term, hanging in there pays off in greater happiness down the line.

बौद्धिक प्रौढको दायित्व


सुशील प्याकुरेल (साभार- हिमाल खवरपत्रिका)
कुनै समय नेपालको राजनीतिक-सामाजिक जागरण, सांस्कृतिक क्रियाकलाप र जनस्तरको सक्रियताको थलो मोफसल हुन्थ्यो। राजधानीमा सीमित शक्ति र स्रोत हुने भएकाले सिर्जना र जागरणका लागि राजधानीका मानिसहरू पनि बाहिरतिरै लाग्थे। २००७ सालको क्रान्तिपछि देशभरका अगुवाहरू शक्ति र स्रोतमा पहुँचको लागि राजधानीतर्फ लाग्नुपर्ने स्थिति सिर्जना भयो। त्यतिवेलासम्म पनि अवसरहरूमा राजधानी र मोफसलबीच अहिलेको जस्तो ठूलो खाडल थिएन। तर २०१७ सालमा राजा महेन्द्रको सत्ताकब्जाबाट शुरु भएको व्यापक केन्द्रीकरणलाई त्यसपछिका राजनीतिक परिवर्तनले पनि रोक्न सकेनन्।
प्रत्येक परिवर्तनपछि जन्मने नयाँ सत्ताधारी राजधानी केन्द्रित भए र सेवा, सुविधा एवं स्रोतहरू पनि काठमाडौँका सम्भ्रान्त र सत्ताको नियन्त्रणमा राजधानीमै थुप्रिए। मोफसलका अगुवाहरूलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हुनथाल्यो। अहिले पनि राजधानीका बहुसङ्ख्यक राष्ट्रिय व्यक्तित्व, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञदेखि प्रतिष्ठित चिकित्सक, सङ्गीतकर्मी अनि सांस्कृतिक अगुवाहरू राजधानी बाहिरकै छन्। बाहिरका महत्वपूर्ण सामाजिक-सांस्कृतिक गतिविधि स्थानीय भएका छन् भने राजधानीका सामान्य गतिविधि पनि राष्ट्रिय। काठमाडौँबाट यदाकदा बाहिर पुग्नेहरू राष्ट्रिय व्यक्तित्वमा गनिन्छन्। यो सबैले गर्दा काठमाडौँ बाहिरका बौद्धिक जागरणका केन्द्रहरू उजाड भएका छन्।
तीन दशकअघिसम्म उच्च शिक्षा हासिल गर्नेहरूको ठूलो जमात काठमाडौँ बाहिरै थियो। साहित्यिक पत्रपत्रिकाका सम्पादक बाहिरकै थिए। एक महिनाअघि धनकुटा पुग्दा रङ्गमञ्चका एक युवकले चिन्तित मुद्रामा धनकुटा बस्नु भनेको आफूमा निहित प्रतिभा पनि समाप्त पार्नु जस्तो भएको पीडा सुनाएका थिए। मैले नेपालका सडक नाटकका अगुवा अशेष मल्लको नाम लिनासाथ उनले भने, “अशेष हाम्रै माटोका उपज हुन्, तर बीऊ नै राजधानी भासिएपछि यो ठाउँ त उजाड हुने नै भयो।” उनको अभिव्यक्तिमा अशेषप्रति सम्मान र आक्रोश दुवै भेटिन्थ्यो। कुनै समय साहित्यिक गतिविधिमा सक्रिय धरान पनि उजाड नै छ। मञ्जुल र कुन्ता जस्ता नयाँ आयामेलीहरू राजधानीमै रमाए। रामेश, अरिम अनि टुहुरेलाई पूर्वेली नेपालीले कैयौँ वर्षदेखि देख्न पाएका छैनन्। पश्चिमको कथा र तराईको व्यथा पनि उस्तै छ। मधेशको बौद्धिक केन्द्र भनिने जनकपुर सेलाएको छ। दन्त्यकथामा वर्णन गरिएको मृत शहर जस्ता भएका छन्, मोफसलका जीवन्त शहरहरू।
दुई वर्षदेखि मैले प्रत्येक महिनाजसो राजधानी बाहिरको कुनै न कुनै जिल्लाका केन्द्रमा दुई-चार दिन बिताउने गरेको छु। त्यसवेला स्थानीय व्यक्तिहरूसँग कुराकानीको एउटा विषय सांस्कृतिक-सामाजिक गतिविधिमा आएको ह्रास हुने गर्दछ। विभिन्न स्थानमा चेतनामूलक कार्यक्रमका नाममा हुने धेरैजसो गैरसरकारी संस्थाका क्रियाकलापको जनताको सांस्कृतिक-सामाजिक जागरणसित कुनै सम्बन्ध देखिँदैन। डोटीका एक वृद्ध पूर्व शिक्षकले भने, “पहिले यो ठाउँ गुलजार थियो, बौद्धिक छलफल हुन्थ्यो, बराबर साहित्यिक गोष्ठी हुन्थे र विद्यालयमा सबै शिक्षकको चासो हुन्थ्यो। अब त दूरदराजका गाउँघर र शहर गरीब, निमुखा र प्रगति गर्न नसक्ने निरीह व्यक्तिहरू मात्र बस्ने ठाउँ भएका छन्।”
गाउँघर छाडेर शहर आएका प्रौढहरू अब युवाले गर्नुपर्छ भन्न थालेका छन्, आफू थाकेजस्तो गरी। फेरि सुदूर इलाका उजाड भएकोमा चिन्ता पनि छ। यदाकदा थातथलोको अवस्थाले पिरोल्छ पनि। विभिन्न ठाउँमा स्थानीय प्रौढहरूबीच कुरा हुँदा मैले गाउँघर छाडेर गएकाहरूले कहिलेकाहीँ आएर केही दिन बसेर आफूले देखे-सुनेका कुरा सुनाइदिए हुन्थ्यो भन्ने आग्रह राखेको पाएको छु। काठमाडौंकेन्द्रित व्यक्तिहरूले गाउँका समस्या मनन् गरिदिए मोफसलमा पनि ऊर्जा प्रवाह हुनेथियो भन्ने उनीहरूलाई लागेको हुन्छ।
कस्तो हुँदो होला― एक-दुई महिनाका लागि गुल्मीका कुलचन्द्र गौतमले गुल्मी, पाल्पा र वरिपरिका गाउँ-शहरमा गएर बालअधिकारको विश्व व्यवस्थाबारे आफ्ना अनुभव सुनाए? सल्यानका नीलाम्बर आचार्यले सल्यान, दाङ र प्युठानका युवाहरूबीच लोकतन्त्र र समाजवादबारे छलफल गरे? डाक्टर अञ्जनीकुमारले सिरहाको भलुवाई गाउँमा गएर घुर ताप्दै क्यान्सर र सूर्तीजन्य रोगबारे गाउँलेहरूसित कुराकानी गरे? डाक्टर गौरीशङ्करलाल दासले सिरहा र सप्तरीको ग्रामीण इलाकाका स्वास्थ्य चौकीमा पालैपालो केही दिन उपचार गरे? बैरागी काइँलाले ताप्लेजुङ, पाँचथर र धनकुटामा सह-अस्तित्वको सांस्कृतिक जागरण फैलाए? कनकमणि दीक्षितले आफूलाई पुरस्कृत गर्ने डच टोलीलाई नेपाल बोलाए जस्तै राजेन्द्र विमललाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने कमलमणि दीक्षित जनकपुर गएर तराईका शहरहरूमा नेपाली, मैथिली र भोजपुरी साहित्य तथा राष्ट्रिय एकताबारे संगोष्ठी गरे? प्रदीप नेपालले भोजपुरमा गएर केही साहित्यिक सिर्जना गरे?
राजधानी शहरमा हामीले आफ्नो क्षमताको उपयोग प्रशस्त गरिसक्यौं। अब प्रौढ अवस्थामा वर्षका ३६५ दिनमध्ये कम्तीमा ६५ दिन आफ्नो थातथलो, कुनै सुदूर इलाका वा उजाड बन्दै गएको शहरमा बिताएर मोफसलको विकासका समस्याबारे छलफल गर्न र तिनको समाधानका लागि शक्ति र स्रोत भएको ठाउँमा घचघच्याउन सक्यौं भने मोफसलको जीवनमा हामी नयाँ प्राण भर्न तथा विकासमा योगदान गर्न सक्नेछौं। त्यस्ले मलाई लाग्छ, अब प्रौढ राष्ट्रिय व्यक्तित्वहरू पनि चलायमान हुनुपर्छ।

Thursday, June 2, 2011

आफनै बाल्यकालको सम्झनामा


समयको आफनै स्वभाव हुन्छ । यो सुलुसुलु बग्छ । फर्किदैन र निखिदैन। यो प्रबाहमा कुनै पनि मानिसको एकलो अस्तित्व कहाबाट शुरु भै कहा सकिन्छ?ठम्याउन गाह्रो हुन्छ । तर मानिसले यसको पनि मापो लगाउछन । यो प्रबाहमान जिवनको थालनि पत्तो पाउन पुर्बबर्तिहरुलाइ पहिल्याउनै पर्ने हुन्छ । आफनो इतिहासको ठेगान भएन भने मानिस चुडिएर उडिरहेको चंगा जस्तो हुदो रहेछ ।
मलाइ पहिलो चोटि यो धरतिमा पाइलो हाल्न सिकाउने मेरा बुबाको अनुहार संझिदा अहिले उनै मार्फत मात्र म यो अनंत सत्तासंग जोडिएको पाउछु । अंक गणनाका आधारमा हामी २५ बर्ष मात्र जेठा कान्छा थियौ । बाथको रोगले गाँजिएको मेरा पिताजिको दुब्लो अनुहारमा मैले कहिले पनि उन्मुक्त हाँसो देखेको संझना छैन । यसै गरि कृतिम क्रोधको क्षणिक हप्किदप्कि बाहेक कहिले बासि उदासिपन पनि देखेन । निरन्तरको सौम्य र गंभिर अनुहार। त्यो भंगिमासंग मेरो मर्यादित सानिध्य थियो ।भातभान्छामा लुगा फेर्ने प्रचलन रहेकोले मैले उनको अगाडी लुगा नफेरि खानाखाने हिम्मत समेत कहिले गर्न सकेन ।
सानो छँदा म जिद्दि स्वभावको थिए क्यारे । निरन्तर धुलेचौरमा खेलि रहनु पर्ने,बलजफति नुवाइधोइ गरि दिनु पर्ने चंचले बालक । मलाइ याद छ आमाले यदाकदा नुहाउन थाल्नु भयो भने म रुन्थे कराउथे र बलजफति नुहाइ दिएको झोकमा फेरि शरिर भरि हिलोधुलो लगाएर आमालाइ तुजुक देखाउथे । आमा च्याठिनु हुन्थ्यो,पिटनु हुन्थ्यो वा त्यतिकै छोडेर काममा हिडनु हुन्थ्यो । तर पिताजी नजिक भए भने धुलोमैलो कुरा त परै छोडौ, धक फुकाएर रुन पनि सक्दैनथे । एकपल्ट मुखमा हेरेमा बच्चुको बोलति बन्द हुन्थ्यो । यसकारण मलाइ नुहाउदा आमाबुबा अकसर संगै हुन्थे ।
म हिउदको त्यो रात संझिन्छु,जब हाम्रो घरमा बडेमाको एक जना कनफटा जोगि आएको थियो । बस्ने खाने असुबिधा भए पनि हाम्रा घरमा यस्ता जोगी आइ रहन्थे । पाहुना बास बस्न आउदा बुबा असाध्यै फुरुङ्गिनु हुन्थ्यो । त्यो साँझ पनि जोगि लाइ बाहिरकै कोठामा सुत्ने ब्यबस्था मिलायौ । तर जोगिले भने जाडो हुने र बिहानै धुनि जगाउने कारण देखाइ चुलोको नजिकमा ओछ्यान मिलाउन लगायो । हामिले त्यसै गरयौ ।
भान्छा र हामि सुत्ने ठाउमा काठको सानो बारले छुट्ट्याएको थियो । त्यसताका चुलोकोमाथि काठ तेर्स्याएर’भा:ण’ बनाइएको हुन्थ्यो ।यो भाणमा बिहान पिस्नु पर्ने गहु मकै वा नसुकेका दाउराहरु सुकाउन राखिन्थ्यो । त्यो रात पनि भाणमा टन्न मकै सुकाइएका थिए । मकै राखने डालो पनि चुलोकै छेउमा थियो । बाँजको दाउराको आगोको रापले कोठा सार्है न्यानो हुन्थ्यो ।
राति हामि सुतेको चाल पाएपछि जोगि त मकै झोलामा हाल्न थालेछ । मकै बज्न थालेको सुनेपछि आमाले बिस्तारै बुबालाइ’जोगिले मकै चोर्न थालेको’ कुरा बताएकि पनि रहिछन ।तर यसरि जोगिमाथि संका नगर्नु भन्दै यो आवाज जोगिको रुद्राक्षको माला को हुनु पर्दछ भनि बुवाले आमालाइ संझाएका रहेछन । बिहानै आमाले भाणको मकै मात्र हैन डालोको मकै पनि जोगिले चोरेको कुरा फेरि उठाएकि रहिछन , तर बुबाले नित्य कर्म,न्वाइ धोइ गर्न जोगि बाहिर गएपछि हेरौला भनि खास ध्यान दिएका रहेनछन ।
निदानत: जोगि बिहान झिसमिसेमै बाहिर गयो । उ गए पछि हेर्दा त मकै मात्र हैन ,स-साना भाडाकुडा समेत झोलिझिम्टा टिपेर जोगि नफर्किने गरि टाप ठोकि सकेको पो रहेछ । मैले यसै बिषयमा बुबा आमाका बिचमा छलफल हुदा पछि मात्र यो कुरा पत्तो पाए । आमा र म तत्काल पिछा गरि जोगि लाइ समात्नु पर्दछ भन्नेमा थियौ, तर बुवा ले यस तर्फ कुनै सक्रियता देखाउनु भएन । आमाले वल्लो पल्लो घरको काकाहरुलाइ यो कुरा सुनाएपछि उनिहरु पनि जोगिलाइ खोज्न जानु पर्दछ भन्नेमा निक्कै कसिए । तर बुवाले त्यो कमाइमा जोगिको पनि भाग होला, लग्यो, जात जनायो जान दिनोस, केहि नगरौ भनि सबैलाइ संझाएर पठाउनु भयो । मेरो बाल मष्तिष्कमा बुवाका ति भनाइ जरो जमाएर बसेकाछन ।
हाम्रो गाउघर अत्यधिक धर्मभिरु थियो ।धार्मिक रहस्य रोमान्चका घटनाहरु अतिरन्जित बनाएर त्यहा अहिले पनि सुनाइन्छन होला । जोगिको भेषमा चोरि गर्दै हिडने छद्मभेषिहरुले कति रुप फेरे कति। यस्ता श्वेतबसनिहरु मैले थुप्रै भेटेकोछु । यिनिहरुको वास्तबिक रुप संझेर मुखैमा थुकि दिउ जस्तो मन लाग्दछ । तर सस्तैमा जात जनाए जान दिनु भनि सम्हालिने गर्दछु । यो मेरो कमजोरि पो हो कि भन्ने तर्कना पनि उठ्दछ । तर बुवा को त्यो भनाइको संझनाले मलाइ सधै तिरमिराएको हुन्छ ।
म संग बुबाको जुझारु पनको बाल संझना पनि छ ।
झण्डै एक डेढ घण्टाको बाटोमा पर्ने त्यस बेलाको दुर्गास्थान प्रा बि मा ‘भक्त प्रल्हाद’नाटक चलेको थियो। म भर्खर अंक अक्षर सिक्न थालेको सानो फुच्चे थिए। हामि स-साना केटाकेटि दर्शक दिर्घाको अग्र पंक्तिमा भुइमा बसेका थियौ । नाटक शुरु हुन लाग्दा स्थानिय स्याडी पुजारागाउका’स्वघोषित ठुलाबडाहरु आएर हाम्रा अगाडी आएर बसि दिएपछि हामि छेकियौ र मंचन नदेख्न सक्ने भयौ । शायद बुबा छेउमै हुनु हुन्थ्यो क्या रे । वहाले बिरोध जनाउदै उनिहरुलाइ अगाडीबाट हटाउन र छेउ तिर बसाल्न थाल्नु भयो । तर यो सानो घटना हाम्रा र स्याडिका गाउलेहरुको लागि प्रतिष्ठाको प्रश्न बनि दियो । हाम्रा गाउलेहरु हटाउन खोज्ने,अरुहरु त्यो ठाउ न छाडने । एकछिनको घच्चा घमासान पछी उनिहरु नाटक नै नहेरि फर्किए ।
यो घटनामा बुबा अग्रणि भुमिकामा थिए । म भने त्यो घम्साघम्सि पछि डराएर नाटक चलुन्जेल बाबाको काखमा च्याप्टिएर बसि रहे । बाबाले भक्त प्रल्हादका प्रतेक दृश्यबारेमा मलाइ बताउदै गए,न बिराउनु नडराउनु भन्ने ऊपदेस दिदै रहे । घटनाको केहि बर्ष पछि त्यहि स्कुलमा रामलिला नाटक चलेको थियो । त्यो नाटकमा म स्वयं रामको भुमिकामा थिए । त्यस पछिका कैयौ रामलिलामा मैले राम कै पाठ खेले । बाबा भने बारम्बार मलाइ सतर्क गराउनु हुन्थ्यो र सानालाइ नहेप्नु भनि अर्ति दिनु हुन्थ्यो ।
माथि नै उल्लेख गरे,बुबा लेख्नमा निरक्षर हुनु हुन्थयो । तर एकांकि चिन्तन र जिवनका धपेडीहरुले वहालाइ निक्कै अनुभवी बनाएको थियो । वहाँ भित्र यस्तो प्रज्ञा थियो, जो अन्तस्करणको किताब पढन सक्दथ्यो । बाबाको यो मौलिक बुझाइलाइलाइ मैले सारै नजिक बाट अनुभव गरेकोछु ।
बुबाहरु तिन भाइ हुनु हुन्थ्यो । जेठा बुबा पढन लेखनमा बहुतै कुशल हुनु हुन्थ्यो भन्ने सुनेकोछु वहाको समकालिन समयमा लेखपढ गराउने पंडितजिलाइ घरमै राखेर मात्र पढाउने प्रचलन थियो ।सरकारि स्कुल जिल्ला भरिमै थिएनन । नौलाकोट डडेलधुराका कुनै पनेरु पंडितजीलाइ शिक्षकको रुपमा गाउमै बोलाएर जेठा बुबा लगायत आठ दश जना समवयी शिशुहरुलाइ अक्षरारम्भको शुरुवात गरिएको थियो रे स्थानिय कागजमा लेखि ऊतारेका केहि स्थानिय मन्त्र र देवी देवताका श्लोकहरुको आधारमा जेठा बुबा निसंदेह राम्रा जानिफकार थिए भनेर मान्न सकिन्छ । तर केटाकेटि बुद्धि हुदा त्यो संकलन त्यसबेला सुरक्षित राख्न सकिएन । अचेल त्यस्को धङधङी लागी रहन्छ ।
सानै देखि घरधन्दामा लाग्नु परेको हुदा बुवाले पनेरु पंडितजि र आफ्नै जेठादाइको संगत त खुब पाउनु भयो ,तर लेखापडी सिक्नु भएन । लाग्दथ्यो,पढन नपाएको पछुतो वहामा जिवन भर बाँकिरह्यो । यसैमा पनि जेठा बुबा बालबैरागि बनेर घरबार छोडी बेपता हुनु भयो । ति सक्रिय नौजवानको पलायनले हाम्रो संयुक्त परिवारमा निरासाको नयाँ भुकंप आएको हुनुपर्दछ । मेरा परबाजे स्व:नन्दप्रसाद स्वयं ब्रह्मनिष्ट भै अलग्गै आश्रम बनाएर बस्दा बस्दै ब्रह्मलिन हुनु भएको थियो ।बाजेले पनि प्रौढ जिवनमा प्रबेश गरे पछि जोगीकै भेषमा बसेर बैरागि जिवन रोज्नु भएको थियो ।बुबा सानै देखि बिमारि थिए । फलत:हालिमुहालि काकामा रहनु स्वाभाविक थियो।यस्तैमा कमजोर स्वास्थ्यले बाबालाइ अत्यधिक सहनशील बनाएको थियो । उनले आफुलाइ जस्तो पाए त्यस्तै स्विकारे, इच्छा गरेको कहिले पनि खोजेनन । वहाँलाइ डाडाको शिखर हल्लाउन सक्ने,शिला खण्ड खेलाउन सक्नेजस्ता अचंभका चमत्कार देखाउन सक्ने अदृश्य शक्तिहरु(Miracle Generating faith) माथि बिश्वास थियो र आफनो समस्या सुल्झिइ स्थिति बदलिनेमा निक्कै आश्वस्त देखिनु हुन्थ्यो ।
आतिबृष्टि,अनाबृष्टि,आँधिबेहरि,असिना,बाढि पहिरो वा रोग ब्याधिका घटनामा वहाँ ग्वाल्लेकतिर फर्केर एक्लै गुनगुनाउनुहुन्थ्यो, फतफताउनु हुन्थ्यो । यस्तोमा प्रार्थना गर्नु र पर्खनु बाहेक अर्को ऊपचार पनि थिएन । बाबाको प्रार्थनाको प्रतिक्रियामा ति शैल शिखरहरु चुपचाप रहे जस्ता लाग्दथे । तर जसै डाडामाथि आशा र बिश्वासका सपनाहरु बोकेर घामको पहिलो झुल्का वा बादलको पहिलो लहरो आइपुग्दथ्यो, बाबाको अनुहारमा स्मित हास्य पलाउथ्यो र वहाँ टोपि फुकालेर ग्वाल्लेकलाइ ढोग्नु हुन्थ्यो । घाम पानि लाग्ने जस्ता प्राकृतिक घटनाहरुमा समेत वहाका आफ्नै अडकल अनुमान हुन्थे । घनघस्स्याको बाटो आएको बादलले असिना पनि ल्याउछ, वहा हामिलाइ अनुभव पनि सुनाउनु हुन्थ्यो । तर बाबुबाजेका यस्ता आर्जित बिश्वासका बैशाखी टेकेर मैले कहिल्यै हिडन सिकेन । मैले सुनामका समृद्धिलाइ पनि थन्क्याउन सकिन, दुर्नामले लखेटिएर कुंजो हुन पनि जानेन । यस अर्थमा म परिबर्तनशील समयको बर्तमान इतिहास हुँ र बिगतले नछोएको स्वयंभु पनि हुँ । जेहोस इतिहासमा प्रोत्साहित हुने तत्व पनिहुन्छ, दुरुत्साहित हुने पनि। तर यसले न हुनामि रोक्छ न सुनामि नै ।
यसैले हाम्रा ति घरहरु ढुंगा र माटोको जोरजाम मात्र थिएनन, मेरालागि तिनिहरु इतिहास पनि हुन, जस्ले मेरा बाबुबाजेका पुराना कथा भनिरहेका हुन्छन। यसै गरि आकाश र धर्ति जोड्ने क्षितिजिय यथार्थ मेरो घर पारि पट्टिको डाडामा थियो,जहा हाम्रो खर्क छ। त्यो मनोरम दृश्य एउटा स्वप्निल भ्रम थियो । हाम्रो बारिमा रहेको मेलको रुखमा चढेर आकाश छुन सकिनेमा म बिश्वस्त थिए । यहि नै मेरो कल्पनाका पहिलो पाइलो थियो । धरति जस्ति आमा र आकाश जस्ता बुवा को म योगात्मक परिणति, क्षितिजीय भ्रम जस्तो भएर जिबन बाची रहेको छु । जठराग्नि शान्त गर्ने पर्तिधन्दा, आजको निम्ति बाचने र भोलिको हत्या गर्ने अन्तहिन क्रम, असांस्कृतिक निरुद्देश्य घुमाइ, ऊच्चाटिलो सेरो फेरो र नजानेर ठगिइएको जिबन । यहि रुमानि कल्पनामा जिबित भ्रम जस्तै लाग्दैछ ।
कहिलेकाहि म यस्तो पनि सोच्दछु-उर्बर जमिनमा उम्रिन नपाएको म एक शुन्य हु । शुन्य भित्रको स्तब्धता हाहाकार जस्तै भयंकर हुन्छ । त्यसै कारण मैले लख काटेर च्याखे दाउ थाप्ने राजनिति कहिले पनि जानेन, मात्र मुढे बल लगाएर स्वाध्ययनमा लागीरहे । घुसघुसेहरुबाट खेप्नु परेको गालि वा चेपारेहरुबाट झेल्नु परेको आलोचनामा म कहिले पनि अलमलिएन । वास्तवमा म जमाना हेरेर बदलिन नजान्ने बबुरो नै त हुँ ।
आफै भएर नसोचने संस्कार र अन्धबिस्वासले हुर्काएको निष्ठाले दिग्भ्रमित बनाएकोले म समयको राम्रो उपयोग गर्न जान्ने आँटी अवश्य होइन । न बाल्यकालको चकचके जिवन संग लुटपुटिए,न युबाबस्थाको डरभर रहित जोसिलो स्वच्छन्द र रंगिन जिवनको अनुभव बटुले । उमेर अनुसारको जिबन भोग्नै नपाइ संधै एक तहमाथिको जिवन बांचेर साठी नकट्दै किनारा लाग्दैछु जस्तो लाग्दछ । हो त ,केटाकटीछदै तन्नेरि भइयो । तन्नेरि हुदा एकै चोटी अभिभावक बन्नु पर्नेभयो तर घरको निम्ति कहले बोझ भइन , घर मेरो निम्ति जेल भएन । र म अहिले नजानिकनै सुशिल र भद्र मानिसमा गनिन पुगेकोछु ।
बुबाले सुनाएका लोक कथाहरु,लोकगाथाहरु,धार्मिक गितहरु,(अइना ,बातै,रतेडा,जागर)हरुको प्रभाव म मा पछि सम्म परीरह्यो । खास गरि खुदोको भाडोमा चोपलिएर पछि कपास राखेको कोठामा लुक्न गएको एउटा चोरलाइ गाउलेहरुले अचंभको जन्तु ठानेर पिजरामा थुनेर राखेको कथा मलाइ खुब मन पर्दथ्यो। म सानो छदा यो कथा बुबालाइ दोहर्याइ तेहर्याइ भन्न लाउथे । कुनै पहाडी राज्य कि राजकुमारि सरु र ग्रामिण गोठालो सामिरको प्रेम कथामा आधारित सरु सामिरका रतेडाको कथाले मलाइ किसोरबयसम्म पछ्याइरह्यो ।
मौका पाउनासाथ कथा सुन्ने रहर गरेर म संधै वहालाइ पछ्याइ रहन्थे। झिजो नमानि वहा मलाइ कथा सुनाइ रहनु हुन्थ्यो।
मलाइ याद छ,हाम्रो चिमिर्खाको खेतमा गहु पाक्ने बेला दुम्सि धपाउन राति कुर्नु पर्ने हाम्रो पालो थियो। बुबा राति खेतमा जाने भनेपछि मपनि जिद्दि गरेर वहासंगै बालि कुर्न गए। खेत किनारको बाँजको ठुठो रुखमाथि सानो मचान बनाइएको थियो।मुशकिलले एकजना बस्न मिल्ने त्यो मचानमा मैले बुबाको काखमा बसिराखनु बाहेक अर्को बिकल्प थिएन । त्यसैमा पनि हामि चुपलाग्नासाथ खेतकाछेउछाउ जंगलि जनावरका आवाजहरु आउन थालिहाल्ने । रातभरि वल्लो किनार पल्लो किनार कुदिरहनु पर्ने, कराइ रहनु पर्ने । न सुत्न पाए न बुबासंग कुनै कुने कुरा गर्ने मौका नै मिल्यो । थरि थरिका आवाजहरुले रातभरि तर्साइ रहे । त्यो रात मेरो निम्ति संधैका लगि हाउगुजि भयो । पछि सम्म पनि मैले जिद्दी गरे भने बुवा त्यसै रातिको घटना संझाएर मलाइ रोक्नु हुन्थ्यो ।
शायद२२।२४सालतिर म कक्षा१।२मा पढदाको कुरा हुनु पर्दछ । अनिकाल परेर गाउमा बेसाहा नपाइने भयो । अमेरिकाबाट सहयोग स्वरुप प्राप्त भएको भनिएको मकै जुलाघाटमा आइपुगेको खबर सुने पछि बुबा समेत हाम्रा गाउका थुप्रै मानिसले त्यहा जाने निधो गरे । म पनि यसै जत्थासंग पहिलो चोटि गाउ बाहिर झुलाघाटसम्म पुगे । ओ हो कति मानिस,कति ठुला घरहरु र बाख्राजस्तो खुरुरु बाटै बाटो हिडने गाडिहरु। म असाध्यै रमाएको थिए । तर बिभिन्न गाउबाट आएका मानिसहरुको घुइचोले गर्दा राक्षसका दाह्राजस्ता ति बिदेसि मकै समेत नपाएपछि हाम्रो गाउले टोलि असाध्यै निरास भएको थियो । राती पारि भारत पट्टीको एउटा पसलको भुइ तलाको फोहरि गोदाममा हामी २०।२२ जना लहरै सुतेका थियौ । रात भरि सबैले आआफ्ना कथाब्यथा एकअर्कालाइ सुनाए । म भने चुपचाप सुतेको बहानामा कुरा सुनि रहे । अरु को को थिए,कस्ले के भनेका थिए,मलाइ याद छैन । तर बुबाले भने मलाइ सुमसुम्याउदै”यो नजन्मेको भए यहि कालिमा हाम फाल्ने वा यहिबाटै कतै लाग्ने थिए”भनेर आपनो दुखेसो पोखेका थिए । दोस्रो दिन बुवा कतै हराउने पो हुन कि भन्ने डर लागि रह्यो र एकछिन पनि मैले वहालाइ छोडेन । कैयौसंग अनुनय बिनयगर्दा समेत पनि ८।१०किलो मकै मात्र पायौ । निरास हतास बुबाछोरा झुलाघाटबाट घर फर्कदा म मा अनायासै प्रौढता आइसकेको थियो । यसपछि मैले कहिले पनि आपनो निजि मागका बारेमा कुरै गरेन । उनले जे दिए त्यसैलाइ सहर्ष स्विकार गरे, त्यहि मेरो लागि अमृत साबित भयो । झुलाघाटको पहिलो दिनको त्यो अनुभुतिले अहिले पनि मलाइ घचघच्याइरहन्छ । यि भावनाहरुलाइ लिपिबद्ध गरेमा यो छुट्टै ग्रन्थ बन्न सक्दछ । जेहोस,ठुलठला घटना नै संझन योग्य हुन्छन भन्नेछैन।यदाकदा ससाना घटना समेत मनको मझेरिमा बास बसि दिन्छन जसलाइ त्यहाबाट हटाउन सकिदैन । म मा समेत यस्तै घटित भएकोछ ।
वास्तबमा बाबाले बिताएका ति दिनहरु अत्यन्तै दुर्दान्त,दुरुह र दुखजिला थिए । खाने मुख धेरै कमाउने नास्ति । साँझ पर्नासाथ बैकर र बेसाहा खोज्न मैलो चादर ओडेर गाउ तिर निक्लिनु हुन्थ्यो, १।२ नालि मकै, गहु वा जौ बोकेर राति फर्कनु हुन्थ्यो । अनाज भएकावालाहरु समेत राति अरुले थाहा नपाउने गरिमात्र अन्न बेच्ने गर्दथे । थोरै पिठोमा धेरै साग मिसाइ पानि हालेर पकाइने फाँणो अकाल टार्ने प्रमुख मेसो रहेको मलाइ संझना छ । तर बुवाले पकाएर दिएको जे पनि मिठो हुन्थ्यो । तिहुन नभएको दिन पानिमा मसला नुन हालि भुटेर दियो भने पनि हामि खुब मिठो मानेर खाने गर्दथ्यौ ।
त्यहि बर्ष चैत्रको अन्तिम साता हुनु पर्दछ, बारिमा भरखर जौ बालि पहेला हुन थालेका थिए । पाक्नै लागेको बालि लाइ आगोमा पोलेर औखलमा कुटि नुन मसाला हालि खाजा बनाइने प्रचलन थियो । यसरि जौ बाट कुमास, गहुबाट उमा र धानबाट सिरौला बनाइन्छन । हामिले पनि आम प्रचलन अनुरुप कुमास बनायौ,खायौ । नयाँ बालि चाखेको दिन किसानको घरमा त्यसै पनि रमाइलो ऊत्सब हुन्छ । दुर्भिक्षका दिन गएकोमा खुसि हुनेनै भयो । तर राति देखि नै पेट दुखेर बुवा दोस्रो दिन सिकिस्त हुनु भयो । बान्ता हुने र पेट चल्ने । बोल्नै नसक्ने गरि कमजोर भए पछि वल्लापल्ला घरका आफन्तहरु आउन थाले । जति मुख त्यति कुरा आउन शुरु भयो । घरको आगनको एककुनामा गाउले महिलाहरु सानो स्वरमा खुसफुस कुरा गर्दै थिए । मैले नजिकै गएर कुरा सुन्ने प्रयास गरें । उनिहरु बुवा नबांच्ने अडकल लाउदै थिए । खाना नपाइ सुकेको पेटमा जथाभाबि धेरै खाएकोले बिमारि परेको निर्क्यौल निकाल्दै थिए । हामि केटाकेटीहरुले अब अझ दुखपाउने भयौ भनेर अनुमान पनि गर्दै थिए । म बच्चा थिए, मेरो वास्ता कसैले गरेन । तर म गोठमा गएर एक्लै खुब रोए । रात परेपछि एक्लै चौराको देवस्थानमा गै भक्कानिएर प्रार्थना गर्न थाले। बाल हृदयको प्रार्थना ईश्वरले चाँडै सुन्दा रहेछन । म फर्केर घरमा आउदा अपेक्षाकृत संचो मानेर बुवा बसि राखेका थिए। क्रमस: उनि ठिक हुदै आए । भगवानले हाम्रो परिवारलाइ बिच्छृंखल हुनबाट बचाए ।
मेरो पहिचान यिनै खुटकिलाहरुका माध्यमबाट शुरु भएकाथिए। र यो यात्रा कहाँ टुंगिने हो? थाहा छैन । त्यो बात्सल्य,त्यो बालापन र ति बिशेष परिस्थीतिहरु मेरा लागि अहिले दुरदेशका कथा बनेकाछन । मेरो गाउ अचेल मेरैलागि बिरानो बन्दैछ । म त्यहा जन्मि हुर्केको मानिस को को संग लडदै भिडदै कहाको रैथाने कहलिए? यसरि नै अमुक ब्यक्तिको, ठाउको,र राष्टको इतिहास बन्दछ। यसरि नै नित नया सभ्यताको जन्म हुन्छ । सोच्यो भने लाग्दछ,एउटा नाममा परिचय पाएका हामि मानब मात्र हौ । हामि अनुमानित बुदा जोडेर संस्कारोचित मर्यादा अनुकुल आफु परिभाषित हुन खोजीरहेकाछौ । यथार्थ के हो भने मेची माहाकाली फाटमा फैलिएको मेरो घुम्मकडपन मात्रै मेरो परिचय नहुन सक्दछ।