Wednesday, August 29, 2012

फित्जरोय किनारका केहि दिन



     सुदूर पश्चिम नेपालको पहाडबाट बिश्वकै सुदूर दक्षिण गोलार्धको प्रशान्त महासागर तटसम्म पुग्ने यात्राको तारतम्य मेरो लागि अकल्पनिय बिषय थियो । तर यो सुखद संयोग ०६८ चैत्र २० गते दिउसो ३ बजे सिल्क एयरको जेटले त्रिभुवन बिमानस्थल छोडनासाथ जुर्न गएको रहेछ। सप्रेको बुध्द एयरलाइन्स र बिग्रेको सिंगापुर एयरलाइन्स जस्तो लाग्ने सिल्क एयर बाटै मेरो परिचितबाट  अपरिचिततर्फको नितान्त नौलो यात्रा शूरु भयो। बिमानस्थलमै परिचित बनेका सहयात्री थिए कृषि तथा पशुबिज्ञान अध्ययन संस्थानका पुर्ब डीन डा देवदत्त ढकाल, नेपाल कुखुरा ब्यबसायी संघका अध्यक्ष डा तिलचन्द्र भट्टराइ र वहाँकै धर्मपत्नी। बंगालको खाडीमा आएको आँधिका कारण सिंगापुर पुग्दा नपुग्दै १५ मिनेट ढिलो भैसकेको थियो।  फलस्वरुप अष्ट्रेलिया जाने पुर्बनिर्धारित प्लेन छुटन गयो। तर सिंगापुर एयरलाइन्सले लगतैको अर्को फ्लाइटमा टिकट मिलाइ दिएपछि २।३ घण्टा बिश्वकै ब्यबस्थित मध्येको एक मानिने सिंगापुर एयरपोर्ट भित्र घुमियो।

  राति १० बजे  बोइंग चढेर ब्रिस्बेन तिर उड्यौ। मेरो सीट बेग्लै परेछ। घोसे चिनिया सहयात्रीसंग खासै खुल्न सकिएन।  रहर गरेर समुद्री खाना (सी फुड) मगाए, तर खान सगस भयो। समुद्र माथि रातिको उडान, बाहिर केहि देखिदैन। सीट अगाडीको स्क्रिनमा गुगलअर्थ चहार्दै रात बित्यो। एउटा अंग्रेजी फिल्म पनि हेरी भ्याए। बिहान ब्रिसबेनमा सात बजि सकेको थियो । मैले अर्को गोलार्ध टेके।
  डा सुर्य भट्टराइ हाम्रो यात्रादलको स्वागतार्थ एयरपोर्टमै आइपुगेका रहेछन । मलाइ रकहेम्पटन जान डोमेस्टिक एयरपोर्टमा पु-याएर प्लेन टिकट काटिवरी उनी कृषि सम्बन्धी कुनै कार्यक्रममा लागे। हाम्रो यात्रादल छुट्टियो। डा सुर्यको पाहुना हुने मौका रकहेम्पटनमा समेत मैले पाए। बडा सहयोगी र फरासिला मानिस रहेछन उनी।
  नितान्त एक्लो भए पनि अष्ट्रेलियाको यसपछिको घरेलु यात्रा मेरोलागि शिक्षाप्रद थियो। फ्लाइटमा बिना पैसा केहि पनि नपाइने । ७५०मि लि मिनरल वाटरको साढे चार आष्ट्रेलियन डलर अर्थात झण्डै ४०० रुपिया । एउटा केरा-रोटी (बानाना केक) को ५ डलर। सहयात्री गौरांगी मांसल मेमसाप थिईन। ससाना बार्तालाप सुखकर थिए। सफा, स्निग्ध र हरित उपत्यकामा राकहेम्पटनको घरेलु बिमानस्थल त्रिभुवन अन्तरराष्टिय बिमानस्थलभन्दा बृहद् र ब्यबस्थित लाग्यो। बिमानस्थलबाहिर छोरा दिपक आफनो गाडी सहित हाजिर थियो। म अब घरेलु बाताबरणमा निष्फिक्री रमाउन पुगे।



  क्विन्सलैण्डको स्टेट क्यापिटल ब्रिसबेनबाट ६०० किमि उत्तर र नजिकको समुद्रि तटबाट ४० किमि टाढाको यो नगरमा बर्षको ३०० दिन पारिलो घाम लाग्दोरहेछ। यसैकारण घामतपुवा पर्यटक बर्षैभरि देखिदा रहेछन।  यो नगरको जनसंख्या २००६ मा ७४५३२ रेकर्ड गरिएकोछ। रोकहेम्पटनमा झण्डै आधा दर्जन डाक्टर, यतिकै कृषिबिज्ञ, दर्जन बढि ईन्जिनिर, उच्च शिक्षा अध्यनमा लागेका थुप्रै बिद्यार्थि, सर्भेयर, कुक, नर्स जस्ता सशक्त नेपालीको संख्या सयको हाराहारिमा होला। सेन्ट्रल क्विन्सलैण्ड युनिभर्सिटिको मुख्यालय यहि छ। याहाँका बिशाल कृषि फर्महरुका कारण यसलाई गोमांस को राजधानी(बिफ क्यापिटल) भनिदोरहेछ। शहरका चोकहरुमा बिशाल साँढेहरुका सजीब जस्ता मुर्ति राखिएकाछन।
  नजिकैको आर्थर हिलबाट शहरको मनोरम दृश्य देखिन्छ। एमु पार्क, एप्पोन जस्ता केप्पिकर्न किनारका ससाना नगर नजिकै छन। यो दारुमबाल जनजातिको आदिथलो पनि हो। बिशाल फित्जराय नदिको किनारमा राकहेम्पटनको केन्द्रिय ब्याबसायिक केन्द्र(central bussiness district) छ। नदिमा भै रहने आधुनिक नौकाहरुको  दौड सारै मनोरम हुन्छ। बिशाल सपिंग कम्पलेक्सहरुमा देखिने भिडभाड बाहेक सडकमा बिरलै मानिस भेटिन्छन। चौडा र सफा सडकमा निरन्तर गुडीरहने चिल्ला गाडीहरुको लस्करले नगरको सम्पन्नता बर्णन गरिरहेको हुन्छ।
 फित्जरोय( Fitzroy )क्विन्सलैण्डको प्रमुख नदि हो। क्विन्सलैण्ड अलग्गै प्रान्त नबनेसम्म न्यु साउथवेल्सकै एउटा हिस्सा थियो। न्यु साउथ वेल्स कै तत्कालिन गभर्नर चार्ल्स फित्जरोयको नाममा नै यो नदिको नामकरण गरिएको थियो। यि नदिको प्रसवण क्षेत्र १४२६६५ ब कि मि छ। राकहेम्पटन र एमराल्ड शहर यसैका किनारमा बसेकाछन। यि शहरहरुमा पानीको आपुर्तिका अतिरिक्त यस क्षेत्रका कोइला खानीहरु, खेतिपाति र चरनकालागि समेत यसै नदिको पानी प्रयोगमा ल्याइन्छ। प्रख्यात अष्ट्रेलियन माछा बारामुडि यसै नदिमा मात्र पाइन्छ। यसको बेसिन दुर्लभ चराहरुको संरक्षणक्षेत्र पनि हो
  एप्पोन र एमुपार्कमा घुम्दा मैले प्रथम पटक नजिकबाट महासमुद्रको दर्शन गरे। भुपरिबेष्टित देशको नागरिकले समुद्रको पानिमा खुट्टा हाल्ने अवसर कहाँ पाउनु? समुद्र मेरालागि महान जिज्ञासाको बिषय थियो। त्यसै पनि ओशियनोग्राफी कहिल्यै पुरा नहुने जिज्ञासाको समुंद्र हो।  समुद्र भित्र के के छ, कसलाइ पो थाहा छ र? अष्ट्रेलियामा एकसे एक आकर्षक एवं प्रसिद्ध समुद्र तटीय पर्यटकस्थल छन। लाखौं पर्यटक समुद्र किनारमा घुमघामकालागी आउछन। सिडनी नेशनल पार्क देखि ईडन सम्म समुद्री बीच फैलिएकोछ।  खाड़ी किनारमा अचंभको बन्यजिबन छ । पेनगुइन र ह्वेलजस्ता प्राणि यहाँ नै देखिन्छन। 
  रोकहेम्पटन बसाइकै क्रममा माउन्ट मोर्गनको पुरानो सुनखानी पनि घुमियो। चोरीको आरोपमा थुनामा परि अष्ट्रेलिया निर्वासनमा पठाइएको १७ बर्षे दर्जी केटो मोर्गनको नाममा यो सुन फल्ने सानो पहाडको न्वारान गरिएको रहेछ। मोर्गनले सर्बप्रथम यहाँका गोठालाहरुको बस्तिमा कपडा सिउने काम शुरु ग-यो। त्यसपछि कम्पनी दर्तागरी सुन झिक्ने काम थाल्यो। सन १८५१-१९८१ सम्म यो बिश्वकै ठुलो सुनखानी मध्ये एक थियो। यहाँ डाइनासोरको पाइलाछाप पनि सुरक्षित छ। नजिकै एउटा शिबमन्दिर पनि स्थापित छ। यसै गरी कोस्टल क्विन्सलैण्डको सबभन्दा ठुलो बन्दरगाह ग्लेडस्टोन पनि हेरियो। कोइलाबाटै बिजुली निकालिएको र दैनिक लाखौ टन कोइला पानि जहाजबाट चीन पटाइएको अष्ट्रेलियाइ उपक्रम यहि देखियो।
 अष्ट्रेलियामा करीब एक लाखको हाराहारीमा नेपालीहरुको संख्या पुग्दैछ । करीब २५/३० वर्ष अगाडि सिड्नीबाट सुरु भएको नेपालीहरुको अष्ट्रेलिया आउने क्रम आज मेलबोर्न, बृजवन, पर्थ, एडलेड रोकहेम्पटन आदि सबै प्रमुख शहरहरुमा पुगेको छ । विद्यार्थीहरुका लागि पनि यताका केही वर्षहरुमा अष्ट्रेलिया एक प्रमुख आकर्षक गन्तब्य बन्दैछ ।


  करीब २५० वर्ष पूर्व क्याप्टेन जेम्स कुक नाम गरेको बेलायती नागरिकले पानी जहाज खियाउदै जाँदा अनायास अष्ट्रेलिया महादेश फेला परेको हो भनिन्छ। हाल  आठ वटा राज्य र क्षेत्रहरुमा बाडिएको अष्ट्रेलिया आफैमा एक देश पनि हो र महादेश पनि हो । भौगोलिक आकारका हिसाबले विश्वको छैठौं स्थानमा परे तापनि जनसंख्याका हिसाबले नेपाल भन्दा पनि थोरै करीब तीन करोड जनसंख्या मात्रै छ । खानी, कोइला, तेल, युरेनियम आदिले गर्दा आर्थिक रुपमा सशक्त यस देशलाइ विश्वकै डरलाग्दो आर्थिक मन्दीका बेलामा पनि खासै फरक परेन । करीब ३७ वटा आदिवासी समुदाय भएको अष्ट्रेलियाले आज पनि बेलायतकै महारानीलाई राष्टप्रमुख मान्दछ र आफुलाइ सार्बभौमसत्तासम्पन स्वतन्त्र राष्ट भन्दछ  ।

 क्याप्टेन कुकको बेलाको बेलायती संस्कार र परम्परा अनुसार हरेक राम्रा कुरालाई कुनै पनि तरिकाले कब्जा गरिहाल्ने बेलायती नीति रहेको हुदा अंग्रेजहरुको गिद्दे दृष्टि अष्ट्रेलियामा पनि परेको थियो । प्रारम्भमा बेलायतका अपराधीहरुलाई  (Convicts) अष्टेलियामा जहाजबाट ओसारियो । उनीहरुलाई यातनापूर्वक बाटो बनाउने, खेती गर्ने आदि काममा प्रयोग गरियो । केही पानी जहाजमै यात्रा गर्दा मरे भने केही कठोर शारीरिक परिश्रम गर्दागर्दै मरे र केही नया ठाउमा प्राकृतिक रुपले अनुकुल हुन नसक्दा रोग लागेर मरे । केही वर्षपछि जर्मनी, इटली आदिका धनाढ्यहरु पनि आकर्षित हुँदै गए र नया बस्ती बस्दै गयो । एकातिर सहरी जीवन बढदै गयो, आधुनिक विकासक्रम बढ्दै गयो भने अर्कोतिर अष्ट्रेलियाको मूल जीवनशैली, आदिवासी संस्कृति, प्राकृतिक जीवनपरम्परालाई विनष्ट पारियो ।
  भनिन्छ, लाखौंको संख्यामा त्यहाका आदिवासीलाई सभ्य भनाउदा गोरा जातिले संहार गरे । शिकार खेलेर, आगो लगाएर, रोग सल्काएर अत्यन्तै अमानवीय, भयावह तरिकाले सयौं ठाउँहरुमा स-साना कबिला बनाएर अष्ट्रेलियाका जंगलहरुमा वा अनकन्टार निर्जन स्थलहरुमा फैलिएका यी जंगली जातिलाई मारेर निमिट्यान्न पार्न नसकेपछि नया षड्यन्त्रकारी योजना अनुसार मातृ भाषा मास्दै अंग्रेजी भाषा सिकाउन थाले । निर्वस्त्र स्वतन्त्र प्राकृतिक जीवनलाई बन्द गरेर नया लुगा बाडन थाले । प्राकृतिक जिवनभन्दा आधुनिक जीवनशैली सिकाउन थाले । यतिले पनि नपुग्दा  आदिवासीका बच्चाहरुलाई बलजफती छिने र गोराहरुकै परिवारमा हुर्काउन थाले, शिशुकालदेखि नै अंग्रेजी संस्कार दिन थाले ।
 करीब पचास वर्ष पहिलेको अत्यन्तै अमानवीय घृणित कार्यहरुको stolen generation भनेर चिनिने कालो इतिहासलाई भने क्रमशः आजभोलि अष्ट्रेलियाका आदिवासीले  भुल्ने क्रममा छन् । २००८ सालतिर तत्कालीन प्रधानमन्त्रीले सार्वजनिक रुपमै क्षमा मांगे आदिवासीसंग । आदिवासी भाषा र संस्कृति , संगीत, कला आदिलाई बचाउनका लागि वर्तमान सरकारले पनि कैयौं व्यापक कार्यक्रम र योजना ल्याएको छ । गोरा र कालाहरुको बीचको सम्बन्धलाई नजिक्याउनका लागि अनेकौं सामाजिक कार्य पनि तीव्र रुपमा भइरहेका छन् । सरकारले क्रमशः खुला उदार नीति अपनाउदै आएकोछ। क्रमशः जापान, चीन , भारत, कोरिया , भियतनाम आदि मुलुकबाट पनि मानिसहरु भित्रिंदै जादा आष्ट्रेलियामा सबैका लागि खुला र स्वीकार्य Multi Cultural Society  स्थापना हुदैछ।  “काम गर, कमाउ र आरामले बाँच” भन्ने चिन्तन नै यहाँ ब्याप्त देखिन्छ। सबै नागरिक कर्मनिष्ट योगी जस्ता लाग्दछन। यो प्राज्ञहरुको बिमर्श-स्थल भन्दा पनि प्रबिधि र श्रमको कार्य-स्थल हो। सरकारले सबै पुर्बाधार तयार गरि आफनो कर्तब्य पुरा गरेकोछ । तर भन्नैपर्छ, शिक्षाको हिसाबले र अन्य भौतिक प्रगतिका हिसाबले उत्कृष्टतम अबस्थामा पुगे तापनि अष्ट्रेलियाका  मानवीय मूल्य,मान्यता, संस्कार र आदर्शको भने दिनानुदिन ह्रासोन्मुख देखिन्छ।
  फित्जरोयकै किनारमा एकदिन बहुराष्ट्रिय सांस्कृतिक महोत्सबको  आयोजना गरिएको थियो। यो एक किसिमको बहुराष्ट्रिय भोजन महोत्सब पनि थियो। यसमा नेपाली किशोरी पियुषा गौतमको ‘ गुराँस फुल्ने डाँडामा” भन्ने बोलको गीतमा नाचेको शानदार नृत्यले झलझली नेपालको सम्झना गरायो। भारतीय टोलीको “जिन्दगीके चार दिन, बाँकी सब बेकार दिन” भन्ने गानाले महोत्सबलाइ नै नृत्यमय बनायो। अष्ट्रेलियन जनजातिको थारुको कौडानाच जस्तो र मंगोलियाको सेर्पाको स्याब्रु नाच जस्तो नृत्यले पनि नेपालको बहुसंस्कृतिकै झल्को दियो। कज्जाक प्रौढाहरुको नाचले ” वन्स मोर” को हुटिंग का साथ प्रथम स्थान भेटायो। दक्षिण भारतिय खाना सर्बोत्कृष्ट भोजन ठहरियो। अचम्भ! दर्शकहरुलाई दिइने सरप्राइज गिफ्टको खाम त मलाइ पो दिइयो। यो निश्चय नै मेरो नेपाली ढाका टोपीको कमाल थियो भन्नेमा नेपालीहरु एकमत थिए। फुडसिङ भनिने भियतनामी डिपार्टमेन्टल स्टोरबाट बस्तुमा साटन सकिने यो “राम्रै” गिफ्ट चेक थियो। मैले पनि मौलिक भियतनामी खाद्यबस्तु किन्नमै यो उपहारको प्रयोग गरे।
  फटाहाहरू जहाँ पनि हुन्छन। इन्टरनेट सर्भिस प्रोभाइडर एजेन्सीको कर्मचारि बताएर एउटा कंप्युटर ह्याकरले एकदिन परेशान गरेको घटना सम्झिन्छु। उसले आउटलैण्ड कलसेन्टरबाट रिमोट एसेसले कंप्युटर ह्याकिंग गरि गच्छेअनुसार रकम माग्दोरहेछ। मसंग के थियो र ह्याक गरिरहोस । २ दिनपछि लाइनमा आयो मोरो। चुहिने धारा बनाउन पलंबरले तारेख दिइ रह्यो, तर हाम्रो बसोबासको स्तर अनुगमन गर्न नगरपालिकाको समाजकल्याण अधिकृतले भेटघाटलाई निरन्तरता दिइरह्यो।
 अष्ट्रेलियन आदिबासीको बारेमा जान्न मैले पुस्तकालय चाहारे, संग्रहालय हेरे।  यिनका बारेमा सारै थोरै जानकारी मात्र सुरक्षित राखिएकोरहेछ। तर राकहेम्पटनकै पुस्तकालयमा कुनै मि हडसन नामका गोरा महाशयले तत्कालिन ‘गोर्षा महाराज’ को राज्य इलामको तल्लो भेगमा शिकार खेल्दा मारेको दुर्लभ ‘सेतो रतुवा मृग’ को फोटो भेटियो। मेरै भ्रमण अवधिमा अष्ट्रेलियन ब्रोडकास्टिंग कम्पनी ए बी सी ले कर्णाली किनार कैलाली-बर्दिया तिर बस्ने राजी जनजातिको बारेमा बनाएको बृत-चित्रलाइ ग्लोबल भिलेज शिर्षकमा देखाएको थियो।
 यहाँ बालबालिकाको समष्टिगत बिकासकालागी राज्यले थुप्रै लगानी गरेकोछ। समाजमा बालअधिकारको सम्मान छ। स्वास्थ्य र शिक्षा निशुल्क छ। ६ बर्ष नपुगी स्कुल भर्ना गरिदैनन्। कक्षा ७ सम्म कुनै पाट्यपुस्तक बोक्नै पर्दैन। सबै शैक्षिक सामग्री सहजै बिद्यालयमा उपलब्ध छ। नानीहरुका लागी आबश्यक ‘पाकेट खर्च’ समेत सरकारले ब्यहोर्ने रहेछ। नेपाल भ्रमण गरि फर्केकी एउटी सानी अष्ट्रो-नेपाली बालिकाको भनाइ सम्झिन्छु- नेपालमा त बिजुली पनि जादो रै छ, तर गाडीमा सीटबेल्ट नबाधेरै बस्न पाइने हुदा रमाइलो लाग्दछ।
  प्रौढ र बुढापाकाको जमातलाइ एउटा लेखमा “युबा शक्तिको पाइपलाइनमा मिसाइएको ढल” ( dranage in the pipeline of youth power ) भनिएको रहेछ। आदिबासीहरुलाई special need group ( ख्याल राख्नुपर्ने समुदाय) मानिदो रहेछ। वास्तबमा अन्तिम आधा जीवन भने यहाँको कुनै बृध्दाश्रममा वा aged care center को आश्रयमा बिताउनु पर्ने बाध्यता छ अधीकांश बुढाबुढीहरुलाई। बृध्द-बयलाई absored parody of earliar life मानिन्छ। त्यसैले होला, यिनीहरुको जिम्मा सरकार, स्थानिय निकाय, समाज, परिवार वा कुनै  संस्था कसले लिने भन्ने कुरामा अझै बिबाद र बहस चलीरहेकोछ।
  भनिन्छ, परंपरागत लिकमा चल्नेहरु नयाँ कुरा सिक्न सक्दैनन। अन्धानुकरण गरिरहदा हामी साँच्चै घटिया दर्जाका नक्कलबाज हुन्छौ या क्रुर सामाजिक यन्त्र-चक्रका शिकार हुनेछौ। ओ हो, तै पनि यो अन्ध अनुगमनलाइ म जिवन भनीरहेकोछु।  यो यात्रामा मैले हुनु पर्छ र हुनु पर्दैनको बखेडालाइ बिदा गरे । आखिर बिचार भनेको पनि संस्कार, स्मृति र सुचनाको योगफल मात्र हो । पुर्बीय मान्यता र पश्चिमी जीवनशैलीको मिसमास अप्राकृतिक लाग्ने नै भयो।
 तर मान्छे भनिने जनावर बडो बिचित्रको छ। तिर्खा नलागे पनि पानी पिउन जान्दछ। ऋतुकाल बाहेक पनि रमाइलो गर्न सक्दछ। लेखेर वा ईशारा गरेर पनि अभिब्यक्त हुन जानेकोछ। यदाकदा कुनै अज्ञातको नाममा मंदिर, मस्जिद वा स्मारक बनाएर पनि सन्तोक गर्न सिकेकोछ। राकहेम्पटनमा बस्दा सडक किनारमा प्रात: भ्रमण गर्दै नजिकैको उद्यानमा पुग्थे, जहाँ मृतकको संझनामा हजारौ सुन्दर फुल रोपिएका थिए। यो मसानघाटको उपबनले मलाइ भावुक बनाउथ्यो।

 क्विन्सलैण्ड बिश्वबिद्यालयको बिशाल चउरमा कंगारुको जत्थासंग खेल्न खोज्ने मेरो ३ बर्षे नातिनि अपालाले भैसी पाल्ने र दुधमा पानी हाल्ने बलरामको नेपाली गीत गाएको रन्को अझै गएको छैन। वास्तबमा यो प्रशान्त टापुमा बस्दाको महतम उपलब्धि नै यी सानी ज्ञानी बालिकाको सानिध्य पाउनु थियो।  छोरा दीपकको धारणामा घुम्नु र खानु पिउनु पनि जिबन होला। रूढिबादिको भ्रम पालेर दुख नबेसाउने, पैसा कमाउने र मोजमजामा दिन बिताउने बिदेश बासको नियति नै हो। लाग्छ, नेपालको बर्तमानले छोराबुहारीको पुस्तालाइ केहि दिन सकेको छैन। यसरी टाढा बस्दा उनीहरु इतिहासको ब्याज तिर्नबाट मुक्त भएको सम्झदा हुन् । तर सम्बिधान नबनी संबिधान सभा नै बिघटन भएको दिन हाम्रो पारिवारिक मण्डलीलाई नरमाइलो लागीरह्यो। लगतै न्यायाधिश रणबहादुर बमको हत्याले झन दिकदार बनायो। रूढी, राग, गलत ईतिहास र भ्रान्त धर्मको भारा बोकेर म हिडिरहेकैछु- अभिसप्त सिसिफस जस्तै।

Wednesday, June 27, 2012

सावधान

शरमलाग्दो श्रोतबाट, 
ठगीढाँटि कमाएको धनले, 
शहरमाझ ठड्याएको तिम्रो सदनमा ,
सुचना पो झुण्ड्याएको रहेछ,

"कुकुरदेखि साबधान" ।




                                                                 (फोटो गुगलको सौजन्यबाट)

Tuesday, May 22, 2012

तोकिएको यात्रा







थोत्रो गाडी
जिर्ण सडक
तोकिएको यात्रा
उफ---जिन्दगी ।

Thursday, May 17, 2012

Easy Stress Busters for 10 of the Most Common Stressors



                                                                                          by Sherrie Bourg Carter, Psy.D.


Dilemma of the 21st century woman ... I know I'm stressed, but I'm so busy that sometimes just thinking about adding stress-relieving activities to my overflowing schedule is stressful.
This is the predicament of so many of today's women, juggling a hundred balls in the air at the same time and hoping that none of them fall to the ground. If this describes you, you're on a dangerous road, one that will almost certainly end in burnout unless you change your path. But how do you pull this off when your life is so busy that you feel you barely have time to catch your breath before you're off handling another to-do on what seems to be an ever-growing to-do list?
According to Harvard Medical School's Healthbeat, the key is "start small and bask in the glow of your successes." The unfortunate truth is that when you have so many stressors in your life, trying to tackle all of them can feel overwhelming and impossible to accomplish. Yet, by starting with one source ofstress in your life and focusing on simple, practical solutions for that specific stressor, those feelings can turn to a sense of well-being, knowing that you're learning skills in manageable doses that over time will help you reduce your stress and better manage your life.
Here are ten of the most common stressors followed by a few quick and easy strategies for coping with them. Healthbeat suggests picking one problem at a time and working toward relief in small steps.
1) If you're frequently late ...
Use simple time management principles that include identifying your priorities and either delegating or removing unimportant or unnecessary tasks. You also can map out your day, task by task, setting aside time for things that often take up a lot of time, but few people think to schedule time for, such as returning phone calls or responding to emails. If no matter how hard you try, you always seem to be late, then you're not giving yourself enough time, so schedule yourself an extra 15 minutes to get to your destination and remove that constantly rushed feeling from your life.
2) If you often feel angry or irritated ...
Reframe the situation. Often, cognitive distortions weigh us down and stress us out unnecessarily. Before you react, ask yourself if you're magnifying a problem, leaping to conclusions, or using emotional reasoning. Take a moment to stop, breathe, reflect, and choose a positive and productive course of action instead of an impulsive, angry one that in the long run will probably add even more stress to your life.
3) If you're unsure of your ability to do something ...
Ask for help. The strongest people ask for help when they need it, so why go it alone? If the problem is work-related, talk to a trusted co-worker, anunderstanding boss, or a close friend. In some situations, you can call the local library, read books, listen to CDs, or contact an organization that may be able to provide you with the information you need. You can also use these same resources to learn relaxation techniques.
4) If you're overextended ...
Bring in reinforcements. Hire household help. Have a family meeting to consider who can pick up some of the responsibilities that have somehow fallen on your shoulders. Ask your boss to give you some additional support until you get out of the weeds. Shop online to save time. Take a hard look at your activities and decide what is essential and what can take a back seat for now.
5) If you feel like you don't have time for stress relief ...
Use mini-stress relievers, like opening a window and breathing in fresh air, taking a quick walk in the sunshine, or deep breathing at your desk. Find a few minutes each day to slow down and pay attention to one thing that you find relaxing and calming.
6) If you feel tense ...
Try the mini-stress relievers above, or a little exercise to relieve the tension, such as a brisk walk, a quick run, a sprint up and down the stairs, or arm curls while you wait at traffic lights. 
7) If you frequently feel pessimistic ...
Reframe negatives into positives. Remember that the benefits of optimismare a happier life and better health. Laugh as often as possible. Watch or read comedies. Make a list of things you're grateful to have. 
8) If you find yourself frequently feeling upset by conflicts with others ...
Make your needs or distress known directly, avoiding “you always” and “you never.” Good templates to use are: “I feel _____ when you _____” and “I would really appreciate it if you could _____.”  
9) If you feel worn out or burned out ...
Nurture yourself. Recovery from burnout requires more than the mini stress relievers discussed so far. To deal with burnout, you really need to make time in your schedule to relax and find avenues to escape stress as much as possible. You also have to eat healthy, get enough rest, and replenish your mind and body. And if you're not feeling relief after a reasonable period of time, don't hesitate to seek professional help. 
10) If you feel lonely ...
Connect with others as much as possible, even if these are little connections. Begin by having brief conversations with neighbors or with people waiting in line at the store. Talk to colleagues. Volunteer. Join a group. Get together with a friend for coffee, lunch, or dinner. Reconnect with family or friends you may have lost touch with over the years. Take a class that interests you. The world's pleasures as well as burdens are better when they're shared.
Source: Harvard Medical School Healthbeat, "10 Simple Steps to Help De-Stress (April 24th, 2012)

Tuesday, May 15, 2012

अविभाज्य सुदूरपश्चिम नै किन ?



                                                                                                           
                                                                  

संविधान घोषणाको मिति १४ जेठ नजिकिँदै जाँदा संघीयताको प्रश्न शासनाधिकारका सवालजस्ता प्रमुख विषयबारे बहस, छलफल आन्दोलन तीव्र हँदै गएका छन्  एनेकपा (माओवादी) तर्फबाट विवाद समाधान उपसमितिमा प्रस्तुत १० प्रदेशको खाकामा सुदूरपश्चिमलाई विभाजित गर्न प्रस्ताव गरिएको   यो प्रस्तावबाट सिंगो सुदूरपश्चिम आक्रोशित आक्रान्त हुन पुगेको   विगत १७ दिनदेखि यहाँका राजनितिक दल, सामाजिक संघ/संस्था, नागरिक समाज, पेसागत संघ/संगठन भातृ संगठनसँगै सबै सुदूरपश्चिमेली जनता अविभाज्य सुदूरपश्चिमको माग गर्दै सडकमा उत्रिएका छन् 
यो भूखण्डले विगतदेखि नै व्यहोर्दै आएको समान पहँच, अवसर प्रशासनिक सुगमताको अभाव तथा विकास निर्माणमा हुदै आएको उपेक्षाको अन्त्य संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले गर्ने आकांक्षा सुदूरपश्चिमवासीले राखेका छन्  तर, यहाँका जनताको अपेक्षा भावनालाई नै नबुझी एकतर्फी रूपमा काठमाडौंमा सीमित नेता बसेर राज्य पुन:संरचनाको खाका बनाउँदै छन्  एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली रष्ट्रियता सार्वभौमसत्ताभित्र यस क्षेत्रको पहिचान सामथ्र्यलाई बेवास्ता गर्दै जातीय विखण्डन हुने गरी प्रस्तुत गरेको खाकाले यत्रतत्र विद्रोहका स्वरहरूलाई संगठित गरिदिएको   सुदूरपश्चिमेली जनता अखण्ड नेपाल अविभाज्य सुदूरपश्चिमको मागसहित सडकमा उत्रिन बाध्य भएका छन्  आन्दोलनको राप ताप दिनानुदिन बढ्दै गएको   प्रमुख दलका शीर्ष नेताहरूको संयुक्त विज्ञप्तिले पनि सुदूपश्चिमवासी जनतालाई विश्वस्त पार्न सकेन  यहाँका जनताले अविभाज्य सुदूरपश्चिमको माग त्यसै गरेका होइनन्  अहिले राज्य पुन:संरचनाको आधार बनाइएको पहिचान सामथ्र्यलाई कसीमा राख्दा पनि अखण्ड सुदूरपश्चिम नै उपयुक्त हुन्छ 
सुदूरपश्चिमको पहिचान
सुदूरपश्चिम सदियाँदेखि एउटा साझा मनोबलसहितको अखण्ड क्षेत्रका रूपमा रहँदै आएको   यहाँको जातीय, भाषिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, पुरातात्विक ऐतिहासिक पहिचानले यस क्षेत्रलाई विशिष्ठ सांस्कृतिक सम्पदा क्षेत्रका रूपमा उजागर गर्छ  देशको सबैभन्दा दुर्गम क्षेत्रका रूपमा राजधानीबाट सुदूरवर्ती क्षेत्रका रूपमा रहनु, विशिष्ठ खस, डोटेली थारू भाषाको क्षेत्र हुनु, अपी, नाम्पा, सैपाल, जेठी बुहारीजस्ता मनोरम हिमाल हुनु, सहिद दशरथ चन्द, भीमदत्त पन्त द्वारिकादेवी ठकुरानी, एन.डी प्रकाश चटौत, नेपालमा मानव अधिकारका प्रणेता एवं प्रथम पाठ्यपुस्तक अक्षरांक जयपृथ्वी बहादुर सिंहलगायतका विशिष्ठ व्यक्तित्वहरूको जन्मभूमि हुनु पनि यस क्षेत्रको पहिचान हो  यहाँका ९० प्रतिशत जनता डोटेली भाषा बोल्छन्  अन्य भाषामा अवधी भाषाको राना थारू भाषिका दाङबाट आएको दंगाली (डगौरा) भाषाको आगमन पनि क्रमश: १८औँ, १९औँ २०आँै शताव्दीको मध्यमा यस क्षेत्रमा भएको पाइन्छ  त्यस्तै, देशका अन्य भूभागबाट पुनर्वासको क्रममा बसाइसराई गरी आएका कतिपय अन्य समुदायले समेत आफ्नै भाषाको प्रयोग गर्दै आएका छन् 
संघीय संरचनामा जाँदा सामाजिक सांस्कृतिक आधारमा पनि अविभाज्य सुदूरपश्चिम नै उपयुक्त हुन्छ  डेउडा भुवा संस्कृति, भडाहा (भारत) नृत्य गायन, चैत, सगुन, फाग, झोडा नृत्य, बर्मा, ठाडो खेल, रन पुतला आदि सांस्कृतिक विरासतको स्थल हो सुदूरपश्चिम नै हो  बटुले पूजन, कुन्यो जातो, केर पूजन, हरेलो पर्व मनाउनुले यहाँका बासिन्दा प्रकृतिपूजक आदिवासी भएको प्रमाणित हुन्छ  कालीकर्णालीको दोभान मानिएको सुदूरपश्चिम एक सभ्यता, एक भूगोल एक संस्कृतिको प्रतीकका रूपमा रहेको   चिनियाँ यात्री ह्वेन साङले छैटौँ शताब्दीमा यात्रा गरेको गोविषाण राज्य (जुन कासीपुरदेखि कालीकर्णालीसम्म फैलिएको थियो) पनि एउटै थियो  तत्पश्चातको अहीक्षत्र (रोहेल खण्ड) मा अहिले भारतका पिलिभित, बरेली सुदूरपश्चिमको कर्णाली नदीसम्मका कैलाली कञ्चनपुर जिल्लासमेत पर्ने गर्थे  अत: ऐतिहासिक आधारमा पनि काली कर्णालीको यो क्षेत्रलाई एउटै संघीय एकाईका रूपमा अविभाज्य राख्न जरुरी  
सामथ्र्यका आधारमा सुदूरपश्चिम जैविक विविधता, सामाजिक, सांस्कृतिक भौगोलिक विविधता, स्रोत संसाधनको विविधता (प्राकृतिक, मानवीय भौतिक संचरना) सुदूरपश्चिमका सामथ्र्य हुन्  यो भूखण्डमा जल सम्पदाको विशाल भण्डार रहेकाले विद्युतीय ऊर्जा उत्पादनको अपार सम्भावना   तराईको उर्वर भूमि, मध्यहिमालका पाटन, उपत्यका सेराहरू कृषिजन्य उत्पादनको भण्डार हुन्  उच्च हिमाली भूभाग, मध्य हिमाली क्षेत्र प्राकृतिक स्रोत विविधताले मात्रै भरिएका छैनन्, खनिजजन्य स्रोतसाधनको सम्भावना पनि उत्तिकै   अपी, नप्पा, जेठी बुहारी, सैपाल लगायतका हिमालहरू सुन्दर पर्यपर्यटकीय गन्तव्य हुन्  डोटेली, रानाथारू, कठेरिया, भोटे एवं डगौरा संस्कृति तथा सिल्पहरू (वास्तुकला हस्तकला) यस क्षेत्रका गहना हुन्  पेट्रोलियम पदार्थ, चुनढुङ्गा, पत्थर, कोइला, अभ्रक (सल्फर), फलाम, तामा आदिका खानीको सम्भावना बोकेका सुदूरपश्चिमले  सुदूरपश्चिमका नौवटै जिल्लामा हिमाल, पहाड तराईको पारस्परिक सम्बन्ध पनि   हिमाल जलसम्पदाको भण्डार, पहाड जडीबुटी फल उद्यानयुक्त क्षेत्र हो भने तराई अन्नबाली, दलहन तेलहनको भण्डार हो  हिमालपारि भोट, तिब्बत चीनसँगको व्यापार पर्यटन तथा तराई पहाडको भारतसँगको व्यापार पारवहन वाणिज्य सम्बन्ध रहेको   हिमालयको हिउँ पग्लेर तराईका खेतहरू सिंचित हुन्छन् भने तराईको अन्नबालीले पहाड हिमालका जनता पालिन्छन्  यसकारण पनि उत्तरमा भोट, तिब्बत चीन तथा दक्षिणमा भारतसँग व्यापार तथा पारवहन हुने गरी राज्य पुन:संरचना गर्दा सुदूरपश्चिमको मौजुदा संरचना नै उपयुक्त हुन्छ  राज्यका साधनस्रोतमाथि समान पहुँच अवसर प्राप्तिका लागि पनि सुदूरपश्चिमको मौजुदा नै संरक्षण ठिक   राज्यद्वारा सधंै उपेक्षित पछाडि पारिएको यो क्षेत्र कर्णाली पुलको निर्माणपछि मात्र राष्ट्रिय मूलधारमा जोडिएको हो  जातीय सद्भावसहित सदियाँैदेखि यहाँको जाति जनजातिसँगै मिलेर बस्दै आएका छन्  पहाडी थारू समुदायलाई छुट्याएर समान अवसर पहुँच दिलाउने कुरा हावादारी गफ मात्रै हो  कैलालीकञ्चनपुरमा रहेको थारू नेतृत्व सम्पूर्ण सुदूरपश्चिमकै नेता हुन्  त्यस्तै, यहाँका अन्य जातिका नेतृत्वलाई पनि सबै जातिले आफ्नो नेतृत्व मान्दै आएको   अब कैलालीकञ्चनपुरलाई थारूवान प्रदेशमा राखिए यहाँका थारू समुदायले नयाँ सिराबाट आफ्नो पहिचान बनाउनु पर्ने हुन्छ  प्रस्तावित समग्र थारूवान प्रदेशभित्र उनीहरू अल्पसंख्यक हुनेछन् 
अन्त्यमा, सुदूरपश्चिम आफंमा आफ्नो कला, संस्कृति, भाषासाहित्य, इतिहास, पुरातत्व, भूगोल राजनीतिक रूपले एउटा समग्र पहिचान हो  यो क्षेत्र हाम्रो देशको सभ्यता संस्कृतिको जग पनि हो  मानसखण्ड गौरा, भुवा संस्कृतिको ऐतिहासिक पृष्ठभूमि यो क्षेत्र इतिहासको कुनै कालखण्डमा त्रिपुरासुन्दरी, रणसैनी, निगलासैनीलगायतका षोडसमातृका सप्तमातृकाको स्त्रीराज्य (मातृराज्य) को प्रतिनिधित्व गर्दथ्यो  त्यसैगरी यस क्षेत्रका वीरांगना मौलारानी, भागाश्री, गोरीधना, पनेरुरानी भागामति, नर्सा धौनीकी वीर पत्नी हिउँकलाको क्षेत्र पनि हो यो  यो क्षेत्र युगौँदेखि नेपाली राष्ट्रियताभित्र एउटै सर्वभौमसत्ता सम्पन्न संस्कृति, भूगोल, भाषा, राष्ट्रियताका रूपमा रहिआएको   तसर्थ सुदूरपश्चिमलाई एउटा साझा राष्ट्रियताका रूपमा चिन्नु पर्दा अतिसयोक्ति नहोला  यहाँ बसोवास गर्ने सबै जाति, जनजाति, विभिन्न वर्ग समुदाय, उपेक्षित/उत्पीडित समुदाय आदिवासीको सामूहिक पहिचानसहितको अविभाज्य सुदूरपश्चिम प्रान्त स्थापना गर्नु आजको आवश्यकता हो  अब बन्ने यो राज्यले यस क्षेत्रका आदिवासी जनजातिको विशेषाधिकारसहित उनीहरूलाई विभिन्न तहमा समान पहुँच अवसर दिनुका साथै प्रशासनिक सुगमताको अनुभूति गराउन सक्नुपर्छ  समग्र सुदूरपश्चिमवासीलाई न्याय, समानता विकासको प्रत्याभूतिको ग्यारेन्टी दिन सक्नुपर्छ  आउनुहोस् अविभाज्य सुदूरपश्चिम प्रान्त अखण्ड नेपाल निर्माणको सामूहिक जिम्मेवारीको डेउडामा सहभागी बनौँ एक्कैजोर हाम्म
 ( सौजन्य -राजेन्द्र सिंह रावल ,   Souryadaily.com.)