हमलाइ गलत इतिहास ब पढायो कि ?
-भानदेव बडू
यिन बीच बटामाइ माटो खणिबरे बसिरयाका देबतान्
यिन जाणिरख्या लै लटा होइबरे बसिरयाका मानसौन
यिन भुइसोलाले उदारेका माणौ, यिनरा बाङियाका गजुरौन
यिन सालिक बनिबरे दोबाटामाइ कलीरयाका हजुरौन
जब धेक्कौ मै यिन सप्पैलाइ याँइमणि बसिरयाका
जज्ज्याँ लै उसाका उसाइ, जज्ज्याँलै जसाका तसाइ
उज्ज्याँ गलत जसो लागन्छ एइ देशको ईतिहास मलाइ । ( अनुबाद)
कबि भुुपि शेेरचनले अफना कबितामाइ इस्याँ आफुुलाई अफना देशको ईतिहास गलत लागेको भणिथ्यो । आजी उनले यो लै भणि राख्छ , " हम बुद्धू हौ तसैले मात्रै बहादुर भया हौ " ।
कवि शेरचनका कबितानको गुढार्थ जे भयालइ साँच्ची हम बहादुर नाइ रे बुध्धुइ ब हौ कि ? हमलाइ हमरोइ ईतिहास भाँची भुचि बरे गलत पढाएको ब हो कि ? कज्ज्याइ मइलै इसोइ सुच्चौ ।
खाना लउनाका धेकिन्या दुख है अनारामाइ लुकाएका अफनाइ पुर्खानको ईतिहास कि कुरणि समज्या बरे जेधा पिरलो हुन्यारैछ । अच्यालका दुख है लइ कबका ब बज्या-परबज्यान्का दुखमाइ आजिलै छलकपट ( राजनीति?) हुनइ लाछ । अर्खालाइ दमन गरन्या दुशचक्रमाइ कै को ईतिहास मेटियो, कै को हरायो, कैको केरियो, कै का रकतले के लेखियो, भण्णया कुरा अब्यक्त जसो धेकिया बरेलै जनमानसमा सद्दो सद्दोइ औन्यारैछ । तबै त हमरो इतिहासको ज्यादा भाग मिथक ( काल्पनिक पुराना कथा) बटि है भणिन्छ गौंघरमाइ । तन सुणियाका बातैमा कति भाग साँचो होलो , कति कल्पना होलो, हमरा इतिहासको यो अनुसन्धान हुनुपड्ड्या पक्ष हो ।
भणिन्छ, ईतिहास जित्यानको घोडो हो । जित्याका राज्यमाइ जाँ लै हिंसागरिबरे त्रास धेकाइबरे शासन गरिन्छ । सुबिधा अनुसार साँचि कुरणि तोडमरोड गरिन्छे । भयाका घटनानका बारेमाइ अफनानलाइ प्यारो लाग्गया गरिबरे पत्यार पड्ड्या किसमले कालक्रम मिलाइबरे इतिहासमाइ व्याख्या गरिएको हुन्छ । हमरा इतिहासकारौनले त तथ्य है ज्यादा कथा किम्बदन्तिनलाइ ऐतिहासिकता प्रदान गरि राखिछ । गोरखालीले जितेको डोटि बैतडीको ईतिहासमाइ क्या साँच्चि कुरणि लेखी हुनि हो त? बिचार गद्दु पड्ड्या कुरणि छ ।
क्यै उदाहरण दिउ । हेरोडोटसले भारतमाइ फ्याउरा जसा कमिला, उड्ड्या स्याप पाइनान भणिराख्छ । नेपालका इतिहासको पैलो कथा चीनबटि है अयाका महामंजुश्रीले गल्छी काटि बरे नागौनलाइ बगाएका बारेमाइ छ ।काँइकाँइ ने मुनि लइ मंजुश्रीको कथालै गज्यामज्या गरिराखिछ । अनुमान गद्द्या हो भण्या कैलाशकुट भवनका भब्यतामाइ पालियाकि महासामन्त अंशुबर्मा कि चेली भृकुटिलाई भोटेराजासित हिमालपारी पठायाकि कुरणी असान्दर्भिक लागिन्छे । पृथ्बीनारायण शाहका पुर्खा महाराणा प्रतापको वंशज माण्ण्या कि उइबेला मगर बहुल क्षेत्र भएकोले गोरखाकै खाँटि मगरका बंशज माण्ण्या माइ आजिलै बिबाद छ । गणतन्त्र अयापछा मातरै यिनलाइ मिथक पात्र बनौन छाडि राखिछ ।
इस्याँइ हमरा मौन ईतिहासमाइ कतिब भाटगिरी गरियो? लेखी नसकिनु छ । देहरादूनका नालापानी किल्लामाइ बीर बलभद्र भणियाका हमरा सेनानायक उथै बटि है पंजाबका राजा रणजितसिंहका फौजमाइ भर्ना हुन गएका हुन । यै घटनामाइ हमरो ईतिहास तै चुप मै चुप छ । लाहौर झाइबरे लाहुरे बन्न्या उनै पैला नेपाली ( गोर्खाली ) हुन भण्णान । नालापानि किल्लामाइ मारिएका महिला केटाकेटि को हुन ? लडाईका किल्लामाइ उनलाइ क्याइ राखेको हो ? हमरो ईतिहास केइ नाइ बोल्लो ।
गोर्खा- कम्पनीका लडाईमाइ दरबारको कार्यनीति बनाउन्या मान्सौनले युध्दक्षेत्रका परिस्थितिको सहि आकलन नाइ गरिसक्यो भण्ण्या कुरा सबैलाइ था छ । तै है अगाडी गोरखाराज्य बन्न्या बेला लै तसोइ भद्दरगोल थ्यो । बिकट बाटोघाटोका कारण बिजितक्षेत्रमाइ सरकारको नियन्त्रण हुनसक्क्या अवस्था नाइथ्यो । राज्यले न कर्मचारी पाल्ल्या हैसियत राखनथ्यो, न सरहद भितर शासन गद्द्या । इसैइ कारणले " जिउधन सरकारको" भण्ण्या अवधारणा आयो सुदूर पश्चिमका जनमानसमाइ । एइ भद्रगोलको अवस्थालाई " गोरख्यौल " को नाम दिइयो । राजा भुुमीका मालिक भया बरे लै तै भुमीबटिहै कोइ उब्जनी आमदानी लिनसक्क्या अबस्था नाइथ्यो । तब ताँ: बिर्तावाल, किपटवाल, गुठियार, मुखिया, रजबार आदि छोटेराजा भया रे कुत आम्दानी उठाउनाइ दलाली कमिसन खान पस्या । तै परिस्थितिमाइ राष्ट्रको ईतिहास कस्याँ लेखियो होलो? बिचार गद्द सकिन्छ ।नेपाल एकिकरणका बेलासम्म गोर्खाली पाइक धनुषबाँण खुँडाखुकुरी मात्तरै निक्करी चलौन जाणन्थ्या । करकापमाइ पडिबरे मात्रै लडैका कटकमाइ झान्थ्या । पुराना तोपका पार्टपुर्जा डोकामाइ बोकिबरे गढीगौडामा पुग्यापछा नटबोल्ट कसन्थ्या । येइ परिस्थितिमाइ धुर्त अङरेजौन कि सामरिक नीतिका अगाडी निरीह हुनुइ पणन्थ्यो । येइ पछालै अफना सत्तालाइ बैध बनाउना कि लेखा रचिएको ईतिहास कसो होलो? कल्पना गर्न सकिन्छ ।
इसैमाइलै अच्याल नयाँ नेपालका केइ स्वनामधन्य बिद्वानौनले येइ ईतिहासलाई झिक भद्रगोल बनाइ दि राखिछ । ऐतिहासिक यथार्थ भणन्छ, नेपालका आदिबासी खस जातिका मान्स हुन् । झण्डै छ हजार वर्ष ऐतिर ककेससबटि है पूर्वतिर लागिबरे यिन सिधै मानसरोबर क्षेत्रमाइ बस्या । मानसरोबरबटि है दक्षिण हिमालपारी गयाका कस जुम्लाबासी भयापछा खस भणिया । खस खानदानमाइ जातपात नाइथ्यो , प्रकृतिको पुजा गरन्थ्या । भगवान इनरी लेखा निराकार थ्यो । मतवाली, मष्टोपुजक , जातपात बिहिन- यिनरा तीन बिशेषता थ्या ।
जुम्लाबटि है ओरालो लग्या पछा उनौन है तीन हजार बर्षपछा पहाडतिर पस्याका कान्यकुब्जीय ब्राह्मण संस्कृतिवाला मान्स मिसिया । एइपछा भिन्नखालको मिश्रित " पहाडी" सहसंस्कृति बिकास भयो भण्णान । ‘मनुस्मृति’ माइ खसौनखाँई ‘व्रात्य’ भणिरै छ । अथर्व वेद संहिता (१५।१।४।५) माइ त शिवजीथाइ लै ‘व्रात्य’ गणौनको नाइके (महादेव) भणिएको पाइन्छ । वैदिक आचरण अक्षरशः नमान्ने भया हुनाले दक्ष दम्पतिले छोरी दिन नमान्याका ब हुन कि ? भण्ण्या लागन्छ । शिवजी आधारभूत रूपमाइ हरप्पा अर्थात भारतीय उपमहाद्वीपका देवता हुन् । कैलास पर्वत शिवजीको आवास भएकाले शिवजीलाई ‘यक्ष’ (‘यक्षस्वरूपाय’ जटाधराय ) अर्थात्, (एट्किन्सनका अनुसार) ‘ खस’ माणि राखिछ । हिमालय भेगमा पाइन्या जनै न लौन्या खस बटिन है आजिलै प्रागैतिहासिकताको जीवन्त पछ्याँण पाइन्छे ।
वैदिक सनातन धर्मले राजनीतिक शक्तिको आड पया पछा एइको जोडदार प्रचार प्रसार हुन पस्यो। समाजमाइ ‘ठुलाबडा’ ले जे गद्दान लोकले तसैको सिको गरन्छ । इस्याँ वैदिक धर्म नमाण्या भिटिया बरे तइको उपहास गरन्या प्रवृत्ति स्वाभाविक भयो । मैदानी भागबटि है राजनीतिक शरण लिन हिमालय पसेका राजानले वैदिक धर्मको प्रभाव हिमालयमाइ लै लेया । इस्याँ भऔत खस वैदिक जातपात भितर पस्या । तस्याँ सामाजिक समायोजन भयाबरेलै अर्खानको सिको मात्तरै गर्यो हनाले मैदानी आँखाबटि है हेर्याबरे हमरो सामाजिक जातिय ब्यबस्थामाइ पक्कालै केइ अन्नौठा कुरा धेकिनान ।
खस मानसौनकि पछ्याँण अच्याल मष्टो पुजकमा सिमित छ ।मष्टो पुजन निराकार हुन्छ । इनरा कुलपुजामाइ देबदेबी नाइ रे लोणा आकारका केइ ढुङा हुनान ।नयाँ राजनैतिक बिश्लेषणमाइ अन्य बनाइएका खसौनको चिनारी मष्टो लै कुलपुजामाइलै बेणिरैछ । हमरा क्षेत्रमाइ धेरै ठौर पौराणिक देब देबीका माणौलै छन । ढुङामाइ पुजिन्या स्थानिय लोकदेवता, भुमीदेवता पितर देवताका माणौ थान थपनालै छन । काँइ वैदिक बिधिले पुजा हुन्छ । काँइ अर्खाअर्खाइ किसमले लै पुजा लागन्छे । इस्याँ दुई महान सभ्यता मिलिबरे नयाँ सभ्यता बनिरैछ- एइलाइ खस आर्य भणिबरे सम्बैधानिक बर्गिकरणको अन्य समुहमाइ राखिरैछ ।
उथ बैदिक आर्यको अरखो हाङो गंगा मैदानबटि है फैलिबरे राजा जनक हैलइ पइल्लि नेपालका तराइमा पस्यो । इनौनलाइ अच्याल मदेशी भणिन्छ । यी मैदानी जंगल भितर केइ आष्ट्रिक द्राबिण सभ्यताबटि है अयाका सभ्यताका प्राचीन हाङा लै छन् । हिमालयका काखमाइ मंगोल- किरात सभ्यताका हाङा लै छन । पछा पछा मदेशका शहरौन नजिक मुसलमानौनले लै बस्ति बसाइ । इस्याँ नेपाल भिन्न भिन्न सभ्यताको महासंगम बन्यो । कसै एक हाङालाइ मात्रै बडाइचडाइ गर्या बरे कस्याँ सहि ईतिहास भणेलो पैँ ।
ईतिहासमाइ लप्पनछप्पन लेखन्या भौत कारण हुन सक्कान । बाध्यात्मक अबस्थामाँइ या सुनियोजित षडयंत्रबटि हैलइ तसो ईतिहास बन्न सकन्छ । आफुलाइ ठुलो औरौन नानू बनौनाकि लै इतिहासमाइ आलंकारिकता थपिबरे शासन गद्या शक्तिशाली औजार बनौन सक्कान । आफना बारेमाइ आफुइ लेख्ख पस्याबरे लै ईतिहास गलत हुन सकन्छ ।
ईतिहास लेखनमाइ गरिन्या यी गल्तिवटि है कभै त मूल रुपै बिकृत हुन सकन्छ । लेखनमाइ बिचारकि छाया त पणी झान्छे ।पश्चिमा लेखकौनले पस्क्याका पुर्बीय बिम्ब मौलिक स्वरुपको संवाद नाइ दिन सक्दा । तब लै उनरो सोच संकुचित बिकृत जसो धेकिन्छ । चार युगको हिसाबकिताब राख्ख्या पुर्बीय कालगणनाको पद्धतिलै संस्कृत भाषाको ज्ञानलै अधकल्चो भयाका अंगरेज लेखकौनको टिपोट बटि है टिपेको इतिहास कसो ब होलो? अनुमान गद्द सकिन्छ । उनरा आफु अनुकुल हुनेगरी कल्पना गरेका किम्बदन्तिलाइ आब लै ईतिहास माण्याबरे हम है बुद्धू बहादुर को होलो ब !
सन १७९० माइ नारिदाङमा भइकि लडाइपछा मात्तरै सुदुर पश्चिम गोरखा राज्यमाइ गाविएको हो । तै है अगाडी वाँ अफनोइ किसिमको शासन परिपाटि हुनो हो । पक्कालै जनमानसको सामाजिक जिबनमा उकाला ओराला अबश्य अयाका हुना हुन । लडाइमाइ पराजित भयापछा नौला शासनमाइ समायोजन हुन गाणो त भयोइ हुनो हो । यी कुरणि इतिहासमाइ काँइन धेकिनि । कत्युराकालीन उकुदरबारजसा नागिमल्लको अजयमेरुकोटजसा ठौर बटि है कस्याँ शासन चलन्थ्यो होलो, कोइ आधिकारिक सोधखोज नाइथिन । अफना दरबारका पखामाइ झाइबरे राज्यका कति घरमाइ खनाइ पाक्यो भणि ध्वाँ हेद्या नैपालका राजाका बारेमाइ हमले पणि रख्यौ । हिमाल वारीपारि एकछत्र शासन गद्या सिंजाली राजाका बारेमाइ काइन पणाइनो । सुदुर भेेगका कोऽर, कोर या कुँँवर खसक्षेत्री नेपाल दरबारमाइ झाइबरे मात्रै श्री३ राणाजी भयाका हुन भणिबरे पछासम्मलै इतिहासले लेख्ख नाइसक्यो । देउचेली, डोलामैयाँ, अधेेकारानीनका कथा तै इतिहासमाइ कभै न अट्या । हमरा वास्तविकताको बलजफति काशीकरण गरिबरे हमलाइ अफनाइ देशको गलत ईतिहास पणाइ राखिछ ।
कर्णाली पारिका मान्स ऐललै कर्णाली पारीकालाइ पुर्बिया भणिबरे फरक दृष्टिकोणले हेद्दान । गढी खलङामा बसन्या गोर्खाली शासकौनसित अयाका जागिरदारौनका सन्तान अर्थात खलङे गौघरतिरक मानसौनलाइ आजिलै पाखे गँवल्या भण्णान । यो सोचाइ तस्सोइ बनेको नाइ हो । फरक धरातल भएका मानसौनलाइ बलजफतिले एकीकरण गद्याबेलाको दर्दनाक इतिहासको निरन्तरता हो । येइ भितर प्रथम शहिद बलदेब शाही (बाँकाबीर) बटि है बिद्रोही राजा ओमजंङ सम्मका कथा लुकाइएका छन । तसै भितर सैयौ बर्षसम्म लुकाइएका तथ्यगत सुचनालै हुना हुन ।
हमरा दुखले आर्ज्याको संघिय गणतान्त्रिक लोकतन्त्र भितर आब इतिहासमथिको भ्रम नयाँ पुस्ताले चिद्द सक्कु पणन्छ । तै कि लेखा हमरा मूर्त- अमूर्त लोकसम्पदाका अबशेष आजिलै बाँकी छन । खालि मन्दिरौनकि लेखा मातरै रकम बाडिबरे अफना गणौनको भरणपोषणमाइ मात्तरै सहयोग गरीबरे संघीय इकाइको स्थानिय स्वशासनको कर्तब्य पूरा नाइ हुन्या हो । हमरो छायामणि राख्खेको असली इतिहासमाइ समेत अध्ययन अनुसंधान हुनु जरुरी धेकिन्छ । आजिलै बिश्वास छ हमरा स्थानिय पालिका येइतिर अबश्यै बिचार गरन्ना ।
****
( मिति ०७६/३/१८ को गोरखापत्रमा प्रकाशित बैतडेली भाषाको मेरो लेख । फोटो सौजन्य गुगल । )