Tuesday, July 29, 2025

नखोजिएका मास्टर गोपालराम

नखोजिएका मास्टर गोपालराम :
 सुदूरपश्चिमका धेरै गीत सङ्गीतकारहरूले नचिनेका र नखोजेका प्रतिभा हुन गोपालराम दमाई ।अहिले नाम चलेका धेरै गायक कलाकार नजन्मिँदै गोपालराम सर रेडियो नेपाल पुगिसकेका थिए। बैतडीको तल्लो स्वराडबाट रेडियो नेपाल सिंहदरबारसम्म पुग्नु त्यति सजिलो थिएन। त्यो भन्दा पनि झनै असहज उति बेलाको उनको शैक्षिक यात्रा थियो ।

Thursday, July 24, 2025

मानसरोवर, पर्यटन र आध्यात्मिक अनुभूति

मानसरोवर, पर्यटन र आध्यात्मिक अनुभूति

तिब्बतमा रहेको मानसरोवर तालमा हिन्दू, बौद्ध, जैन र बोन धर्महरुका पर्यटकहरु पुग्दछन । आध्यात्मिक तीर्थयात्रामा पर्यटकहरु मानसरोवरमा पुग्दछन । यो ताललाई संस्कृत भाषामा मानसरोवर र तिब्बती भाषामा मापाम युम शो नामले चिन्ने गरिन्छ । मानसरोवरको यात्रा आत्मा, श्रद्धा र विश्वासको लागि निस्किनु हो । मानसरोवरको यात्रामा भौतिक स्थानको यात्रा मात्र हुँदैन, आत्मज्ञान र परमसत्यको खोज […]

Wednesday, July 23, 2025

अष्ट्रेलियाको अदिम र अदभुत बृक्ष; बोयाव

   पश्चिम अष्ट्रेलियामा पर्ने ब्रुम र डर्बि जस्ता हिन्दमहासागर किनारका बन्दरगाह नगर पुग्ने क्रममा बिचित्रको बृक्ष Boyab अर्थात बोयाव भेट्टियो र यसबारे केहि जानकसरि बटुलियो। यसलाइ यहाँ बोआब, बोआबो पनि भनिन्छ । अरबीमा भने 'बु-हिबाब' नामले पुकारिन्छ । यसको अर्थ " धेरै बिज भएको रुख " हुदोरहेछ । यसको जेनेटिक नाम  boyabab हो । बोलचालमा बोतल वृक्ष र उल्टो रुख भनेको पनि सुनियो । 

  यो रुखको बिचित्र आकृति चर्चाको बिषय हुन्छ नै । यसका जरा तनाहरु भित्र 120000 लीटर सम्म पानी जम्मा हुन सक्छ । यो रुखका तना भित्र 76% पानि भरिएको हुन्छ । त्यसैले कम पानि पर्ने मरुस्थलका लागि यो बरदान नै मानिन्छ । मुलत: अफ्रिकि मुलको मानिने यो रुखलाइ अफ्रीकाले नै  'द वर्ल्ड ट्री' को उपाधि  प्रदान गरेकोछ । यसको सब भन्दा ठुला रुख पनि अफ्रिकामा नै पाइन्छन । बर्षको 6 महीना मात्रै पात लाग्ने यसको रुख लगभग 30 मीटर अग्लो र 11 मीटर चौड़ो सम्म भेटिएकोछ रे ।  बोयाबका 1500 बर्ष सम्मका पुराना रुख अद्यापि भेटिन्छन ।

  साइट्रस ग्रुपसंग मिल्ने यसका फलहरुले ताजगि दिन्छन् । पात र बोक्रामा प्रशस्त औषधिय गुण हुन्छ । तना र डाँठ भित्र पानि जम्मा भएको हुन्छ । बोक्राको धूलो पानि संग मिसाएर खादा पेटका सबै बिकार ठिक हुन्छन भन्ने मानिन्छ । ट्रपिकल क्षेत्रका जमिनमा यसका लामालामा जराहरुले पानिको संचिति समेत गरेर भुक्षय नियन्त्रणमा ठुलो योगदान गरेका हुन्छन् । 

  अष्ट्रेलियामा 19औ शताब्दितिर एबओरिजिनल कैदि बन्दिहरुलाइ पक्राउ गरि यसै रुखको फेदका टोडकाभित्रको ' होल्डिङ सेल ' मा राखिने गरिन्थ्यो रे । त्यसैले यसलाइ प्रिजन ट्रि पनि भनिदो रहेछ ।

  अष्ट्रेलियन आदिवासि एबओरिजिनलहरु बोयाबलाइ बरदानी बृक्ष मान्दछन् । पात र फलबाट खाना, बोक्राबाट बिबिध बनौषधि, तनावाट प्रशस्त पानि र रेशाहरुबाट घरेलु सामान बनाउन पाइने भएपछि के चाहियो र ? नार्दर्न टेरेटरिमा यो संरक्षित बनस्पति मानिन्छ । मुलत: अर्बाचिन कालको अफ्रिका, मेडागास्कर र अष्ट्रेलिया सम्मिलित क्षेत्रमा दुइ करोड बर्ष पहिलेदेखि रहेको मानिने यो रुखका बिजहरु समुद्र नाघेर यहाँसम्म पुगेका हुन भनिन्छ ।

एबओरिजिनल समुदायहरुमा यसबारे धेरै मिथकहरु प्रचलित छन् । यसको पानिले नुहाउदा शिशुहरु बलिया र अग्ला हुने बिश्वास गरिन्छ । यसको फेदमा बस्दा दैबि शक्तिहरु  सफलताको लागि सहयोगि बनि रहन्छन् । छायामा बस्दा सकारात्मकताको प्रभाव रहने भएकोले समुहका सरदार वा राजाहरु कुनै ठुलो वा बिशेष निर्णय गर्नु पर्दा यसैको फेद मुनि भेला बोलाउथे रे ।

  एबोरिजनलहरुको मान्यतामा समयका दुइटा पाटा छन । उहिलेको स्वप्नकाल ( Dream time )  र अब आउने कल्पनालोक ( Imagine time)। आदिबासि बिश्वास अनुसार बोयाबका गहिरा लामा जराहरु पुग्ने बालुवामुनि स्वप्नकाल अझै सुरक्षित छ रे । मिथक कथा अनुसार उहिले सबै प्रकारले समर्थ र सुरक्षित भएपछि यो रुख सारै घमन्डी पनि भएछ र चारैतिर जरा अझ फैलाउन थालेछ । सारै अटेरि भएकोमा संसारको सबैभन्दा जेठो र स्वर्गबाट पठाइएको प्राणी "इन्द्रधनुषि सर्प " (Rainbow sarpent) रिसाएर यसलाइ जरै सहित उखेलेर जमिनमा उल्टो गरि फालिदिएछ । फलत: कालान्तरमा यो रूखले जरा आकासतिर उँभो र हांगा जमिनमुनि उधो गाडिएर बस्नु परेकोहो । हुन पनि झट्ट हेर्दा यो रुख ऊल्टोपाल्टो जस्तै लाग्छ । 

  एथेन्सको बगैचामा रहेको ज्ञानबृक्ष ( Tree of knoweldge ) यहि पो थियो कि ? अथवा गितामा बर्णित उर्ध्वमूल मध्वशाखा भएको र छन्दरुपि पातबाट पल्लवित बृक्ष यस्तै पो थियो कि ?

  जे होस्,  यस्ता रुखहरु जिबन्तता, धैर्यता, अन्तर सहसम्बन्धता र दैबिय बिलक्षणताका प्रतिक मानिन्छन । पतिब्रता बृन्दाको श्रापले भगवान स्वयम पिपलको रुख बन्नु परेको प्रतिकात्मक कथा सनातन शास्त्रहरुमा पनि पढन पाइन्छ ।

   स्थावरहरुको संसार हामी प्राणिहरुको जगतभन्दा अत्यन्तै जेठो मानिन्छ । अष्ट्रेलियन ट्रपिकल अभयारण्यहरु भित्र यसपाला अर्कै भावभुमीमा बिचरण गर्दा बोयाव बृक्षसंग पनि साक्षात्कार हुन पाए । दक्षिण गोलार्धको यो एक मात्र महादेशको एक मात्र देश अष्ट्रेलियाको उत्तरि सिमाना (Northern territory)बाट पश्चिम अष्ट्रे्लियाको कुन्नुनुर्रा (kununurra) र किम्बर्ले ( kimberley) क्षेत्रको भ्रमण गर्न भ्याइयो । यो सद्संयोगको अवसर जुराइ दिएकोमा छोरा दिलिपलाइ साधुबाद । 

  अरु प्रसंग क्रमस: कथौंला । अस्तु ।


2082/04/7

केथरिन


Wednesday, July 16, 2025

साधारणतामा पनि सुख छ हजुर.... !

साधारणतामा पनि सुख छ हजुर.... !:

 नेपालको निजामती सेवा वंशपरम्पराबाट निर्मित खानदानी चरित्रको छैन । यो मुलुककै लागि सन्तोष ल