Thursday, September 4, 2014

अमान्य संज्ञा 'आदिवासी'

( साभार- सौरभ, सेतोपाटि )
राम्रै भयो संविधान नबनेको। किनभने जातीय 'इन्जिनियरिङ' गरेर एउटै देशभित्र कसैलाई पहिलो दर्जाको र कसैलाई दोस्रो दर्जाको नागरिक बनाउने माओवादी धृष्टता पहिला गल्नैपर्छ। यद्यपि राज्यले दिएका अधिकार र अवसरमाथि सबैको समान पहुँच हुनुपर्छ भन्ने कुरामा शङ्का छैन। यथार्थ के भने पटक–पटक 'आदिवासी हौँ' भनेर कुर्लिरहने एक पक्षको दाबीसँग सहमत हुने ठाउँ छैन। कुरा यसरी सुरु गर्दा पाठकहरूलाई बुझ्न सजिलो पर्नेछ।
 
भाग पहिलो
 
सन् १८५० मा पाल्पाबाट एउटा फूल काठमाडौं पुगेर देशैभरि छरियो, 'दहेला फूल'। अङ्ग्रेजीको दालियाबाट नेपालीकरण भएको भए पनि यतिबेला लाहुरे फूलले चिनिन्छ यो, यसको सबैभन्दा ठूलो एसियाई केन्द्र लाहोरबाट, न कि कुनै लाहुरे विशेषबाट। तर थकाली भाषामा 'पाल्पु मेन्दो' भनिने यसको नाममा परेको पाल्पु शब्द पाल्पाको निम्ति होइन, काठमाडौंका निम्ति हो।
 
नेवार पुरुष र तिब्बती महिलाबाट सुरु भएको ठानिने थामीहरू सँगसँगै जस्तो बसोबास गर्ने जिरेलहरूमा त नेवार र पाल्पा थर नै हुन्छ। कलाकार अरनिकोको अर्को नाम पल्पु पनि हो, जसलाई बालकृष्ण समले संस्कृतकरण गरिदिए, बलबाहु। यी मङ्गोल सम्बन्धित तथ्यहरू हेर्दा लाग्छ, चिनियाँहरूले मध्यनेपाली पहाडी इलाकालाई राखेको एउटा पुरानो नाउँ 'पाल्पा' (खेत कुर्ने छाप्रो भएको ठाउँ) थियो। तर वि.सं. १६१६ मा काष्ठमण्डप बनेपछि यो अनौपचारिक नाउँ वर्तमान पाल्पामा अरू सीमित हुँदै गयो। यहाँनेर जिरेल र थामीहरू भएको भेग काभ्रेपलान्चोकको पला र सिन्धुपाल्चोकको पाल अंश पनि पाल्पासँग ध्वनि साम्यता राख्छन् भन्ने यथार्थ बिर्सन मिल्दैन।
 
खेतसँग सम्बन्धित यो शब्दलाई नियाल्ने हो भने नरेन्द्रदेवको समय, छैटौँ शताब्दीदेखि मात्रै नेपालमा धानखेती सुरु भयो र चन्दननाथले जुम्लामा ७ सय वर्ष अघिमात्रै चामल ल्याए भन्ने हाम्रा ऐतिहासिक लेखाइहरू सबै कोरा गफ हुन्। मार्सीमध्येको एउटा प्रजाति (कल्टिभार) कालो मार्सी उनले ल्याए, त्यति नै हो। यहाँनेर स्पष्ट भन्नुपर्दा चामल खानेलाई नवागन्तुक र कोदो वा अन्य खानेलाई आदिवासीमा दर्ता गर्न खोज्ने जेम्स फिसरको परोक्ष प्रयास नै हावादारी छ (ट्रान्स हिमालयन ट्रेडर्स, पृ. ९२)।
 
कारण स्पष्ट छ, मेक्सिकोबाट लाहुरे फूल सङ्कलन गरिएको ६० वर्षभित्रमा पाल्पाको बाटो हुँदै जंगबहादुर राणाले त्यसलाई उपत्यका भित्र्याएका थिए। बारबाडोसबाट भुइँकटहर सङ्कलित गरिएको १२ वर्षपछि नै १६६३ मा भक्तपुरमा त्यो देखा परेको थियो अर्थात् त्यस द्रुतगतिमा खाद्य वनस्पति विस्तार हुन जाने पृष्ठभूमिमा, चीनमा धानखेती सुरु भएको १३ हजार वर्ष र कोरियामा १५ हजार वर्ष भइसक्दा नेपालमा १५ सय वर्षअघि मात्र धानखेती सुरु भयो भन्नुजस्तो वंशावलीहरूको मूर्खता र चामल खानेचाहिँ नयाँ आब्रजक हुन् भन्न खोज्ने नृवंशशास्त्रीय पटमूर्खता अर्को हुनै सक्दैन।
 
अर्कातिर ठ्याम्मै उल्टो कुरा के भने वर्णाश्रमभित्र नपरेका विभिन्न जातजातिबीच लोकप्रिय कोदो (इल्युसिन कोकाना) को अङ्ग्रेजी नाम नै 'अफ्रिकन मिलेट' हो। किनभने त्यसको उत्पत्ति इथियोपियामा भएको हो। अनि त्यसको एसिया आगमनको प्राग्ऐतिहासिक उल्लेख ४ हजार वर्षभन्दा पुरानो छैन। लिम्बू भाषामा चिलिङसेले चिनिने कागुनो पनि पूर्वी एसियाको रैथाने हो र चीनमै पनि यसको खेती ४७ सय वर्षअघि जाँदैन। तुम्ब्री अथवा परामाले चिनिने जुनेलो भूमध्य सागरीयदेखि मध्यएसियाई हो। क्यावो अथवा साम्मोक्पाले चिनिने मीठे फापर मध्यएसियाई हो, जसको चीनमै खेती पनि ४६ सय वर्षअघि जाँदैन। रैथाने चिनु (पनिकम मिलिकम) र नाफल (पनिसेटम टाइफइडस) को खेती पूर्वमा पाइएको छैन। मार्से (अमारान्थस कडाटस) अमेरिकाबाट भित्रिएको बढीमा ४ सय वर्ष मात्र भयो र जई (अभेना साटिभा) उपत्यकामै पनि ८० वर्ष मात्र। सामा (इकिनोक्ला फर्मान्सिया) तराईमा थोरै ठाउँमा मात्र पाइन्छ।
 
तर चामलसँगको सङ्गतले अन्य जाति हिन्दू वर्णवादको फेला पर्न पुगे भनेर ठाडै भन्ने फिसर लगायत लायोनेल कापलानजस्ता नेपालमा जातीय द्वन्द्वका प्रणेता पश्चिमाहरूले भेउ पाउन हम्मे पर्ने यथार्थ के हो भने नेपाली वर्णाश्रमको विश्वमै दुर्लभ विशेषता 'जुठो' शब्दको 'जु' चामलबाट बनेकै होइन, रैथाने जौ/उवा (हर्डम भल्गार) बोधक संस्कृतको यवबाट हो। जसमा पश्चिम पहाडी भेगमा भातको बल छर्दा, यदाकदा सुनिने 'ॐ ठहाय स्वहा' को ठहा शब्द जोडिएको छ र जुन सम्भवतः हुम्लाको रातो मार्सी हुने ठेहे इलाकाको देन हो।
 
पूर्वी हिमाली ग्रामदेव 'पाङ' जस्तै पश्चिम हिमाली ग्रामदेव 'ठहा' हुन् पनि। ऐतिहासिक पात्र 'ठी नरेन्द्र' नाममा परेको ठीको लाक्षणिक अर्थ त्यसैले देवराजा हो भन्ने यसले सङ्केत गर्छ। यसको अर्थ हो, चामल खेतीभन्दा पनि अघिको जङ्गली अवस्थाको जौबाट पारिवारिक शुद्धता (क्लान प्युरिटी) को सूत्रपात पश्चिमी हिमालमा हुन पुगेको छ, राईहरूको पराई, परदेशी र परचक्रीले प्रवेश नपाउने सुत्तुलुङ, फुत्तुलुङ र उत्तुलुङ देव रहेको पारिवारिक अगेनाजस्तै। स्पष्ट भन्नुपर्दा नेपाली वर्णाश्रमको मौलिक आधार मनुस्मृति नै होइन।
 
यही कारण हो, पहाडी वर्णाश्रमयुक्त समाजमा वैश्यको उपस्थिति छैन। भएदेखि बहादुरहरूले देखाइदिनुपर्‍यो। जस्तो कि नेवार समाजमा कोजू, फैँजू, सैँजू र श्रेष्ठ (संस्कृतको व्यापारी बोधक श्रेष्टीबाट श्रेष्ट, स्रेस्ता आदि) जस्तो वैश्य थरको स्पष्ट उपस्थिति छ र तराईमा त वर्णाश्रमका तहहरूको शृङ्खला गनेरै भ्याइँदैन। जति दक्षिण लाग्यो, उति तहहरू बढ्दै जानुको अर्थ हो, वर्णाश्रम दक्षिणी प्रभाव हो। यथार्थ के हो भने पहाडी समाज मूलतः अध्येता (भट्ट) र ग्रामरक्षक (अयडी/एडी/अरी/शत्रु सिकारी) को मात्रै हो। दलितको उपस्थितिको छुट्टै व्याख्याले नलम्याउँ्क। त्यहीँनेर 'कालो बाहुन र गोरो दलित' भन्ने विसङ्गति पुष्करशमशेर राणाको उखान सङ्ग्रहले त्यसै दर्साएको पनि होइन। किनभने पश्चिममा मानिसहरूको आगमन भएकै कस्मिरबाट हो, न कि महम्मद घोरीको दिल्लीबाट र ती कालो हुनु। इस्लामीकरणपूर्वको अफगान संस्कृति र पश्तो भाषाको प्रभाव त्यसै दृष्टिगोचर हुने गरेको होइन।
 
शुक्ल यजुर्वेदमा उल्लिखित निवार (अराइजा निवारा) शब्दले नै पनि कोदोखेतीभन्दा धानखेतीको प्राचीनतालाई पुष्टि गर्छ। यद्यपि निवार जडान (टेम्परेट) जातिको नभएर केदार (ट्रपिकल) जातिको धान हो। ऊष्णीय भए पनि सीमसारमा छरिइने (नेवारीमा उला) भएकाले केदार लेख्नुपरेको हो र अझै पर, नेपाली वैज्ञानिकहरूले हिमालयको दक्षिण ढालबाट नै चामल र यसका इन्डिका, जापोनिका र जाभोनिकाजस्ता खेतीवर्गहरू विकसित भएको मानेका छन्। यसको अर्थ हो चीन, जापान, कोरियादेखि इन्डोनेसियासम्मको धानखेती नेपालबाट विस्तारित हँुदै गएको हो। भारतको त कुरै छोडौँ। अर्थात् रैथाने र जङ्गली युगको उवाको सांस्कृतिक उपयोगीहरू आब्रजक हुने र आयातीतको खेती गर्नेहरूचाहिँ आदिवासी हुने कुरा वैज्ञानिक हँुदै होइन। वर्णाश्रममा नपरेकाको धर्म परिवर्तन गराउने पश्चिमा रणनीतिक खेलखाल मात्रै हो।
 
भाग दोस्रो
 
यजुर्वेदको यो वाक्य पनि सम्झनामा आउनैपर्छ, 'ए औषधी तिमी साल र तेजपातको रूख नजिकै छौ।' यो औषधी भनेको पश्चिम हिमालमै पाइने कूट (सासुरिया लापा) हो। साल (सरिया रवष्टा) र तेजपात (सिनामोमम तमाला) जुध्ने वनस्पति भौगोलिक इलाका (फाइटोज्योग्राफिक रेन्ज) भारतको उत्तराञ्चलदेखि भुटानसम्म रहेको छ अवश्य, तर अर्कोे वाक्य 'वसन्त कपिञ्जल चातक हो' ले तेजपातको रूखमा गुँड लगाउने तर पूर्वी नेपालमा नपाइने जातको कैलो भङ्गेरा (हिमालयन सिन्नामोमम स्पारो याने पासर रूटिल्यान्स र कपिञ्जललाई तित्रा र चातकलाई काकाकुल मानेर 'कपिञ्जल चातक'को अर्थ लाग्दैन) हो भनेर नेपालको ९१५–१५०० मिटरको भूभागलाई स्पष्टै तोकेको छ, जो नेपाल र यसको परिवेशबाहेक संसारको अन्य कुनै भूभाग होइन। साल, तेजपात र कैलो भङ्गेराको मिश्रित 'बायोज्योग्राफिक रेञ्ज' त्यही नै हो। त्यस वाक्यको 'वसन्त' ले अझै गहिरो माने राख्छ। किनभने सालको फूल फुलेपछि मात्रै वसन्त ऋतु सुरु हुन्छ,
 
सालको फूलको रङ्ग नै हो खास वासन्ती भनेको र पासर रूटिलान्सको छाती पनि वासन्ती नै हुन्छ, सिकारी चराहरूलाई झुक्याउनुपर्ने प्राकृतिक बाध्यताले।
यसरी विश्वकै प्राचीनतम कृतिमै स्पष्ट देखिने गरी नेपालको जैविक सम्पदाको मूल्याङ्कन गर्न आइसकेकाहरू के साँच्चै नै एघारौँ शताब्दीमा महम्मद घोरीको आक्रमण बेहोर्न नसकेर दक्षिणबाट उत्तर भागे? पटक–पटकको यस्तो लेखाइ देखेर तीप्रति दयाबाहेक अरू केही गर्न सकिन्न, जो आफूलाई आदिवासी दाबी गरेर कहिल्यै थाक्दैनन्। यद्यपि पङ्क्तिकार जान्दछ, यस दाबीमा जसले जिते पनि देशले चाहिँ हार्नेछ। यो केवल प्राचीनताको एक झलकका निम्ति मात्रै पाठकहरूसमक्ष उठाइएको सन्दर्भ हो।
 
अझै पर जाऊँ। ऋग्वेद (१.१६४) को एउटा शब्द छ— अश्वत्थ। यथार्थमा यो सबैभन्दा उचाइमा पाइने भोटे पीपल (पपुलस सिलिआटा) हो कुनै बेलाको, जुन हिमाली वनअश्व (इक्वस हमिनियस कियाङ) को प्रिय आहारा हो, तर भोटे पीपलसँग मिल्दोजुल्दो पीपल (फाइकस रेलिजिओसा) भएको गङ्गाको भारतीय मैदानमा गधा/गदहा शब्दको जन्मसमेत भएको थिएन, १५ हजार वर्षअघि वेद बन्दा। किनभने त्यसको नामकरणको स्रोत 'गद' (भाङको रेशा) बन्नका निम्ति भाङ एसिया माइनरबाट सप्तसिन्धुसमेत छिरेको थिएन। यसैले त्यस वनस्पतिलाई अश्वत्थ र रुचाउने जनावरको नाम नै तिनले अश्वत्थामा राखिदिए। अश्व शब्द सो जनावर चर्ने ठाउँ पश्चिमको उच्च पहाडी शृङ्खलामा समेत पाइने गोब्रेसल्ला (पाइनस वालिचियाना विशेष) को पिरल अर्थात् असीबाट बन्दछ। कर्णिकार (टेरोसपर्मम एसेरिफोलियम) नेपाली भूमिमा नपाइएपछि अमेरिकी मूलको 'क्यास्काव्लेआ थेभेटिया'लाई योगी नरहरिनाथहरूसमेत मृगस्थलीको आफ्नो आश्रमअघि कर्णिकारका रूपमा रोप्न पुग्छन् भने वा अमरकोशको अपराजिता (हिविस्कस रोजा साइनेन्सिस) लाई एच.टी. कोलब्रुकहरू अमेरिकी मूलको 'क्लिटरिया टर्नासिया' लेख्न पुग्छन् भने त्यो युगमा अश्वत्थको परिचयलाई लिएर भ्रमहरू हुनु अनौठो होइन। नेपालमा कोका सङ्गमहरूको विशेषता नै हो भोटे पीपलको रूखमुनि नै पुर्खाहरूको सम्झना गरिन्छ र चढाइएका वस्तु खान हाँगामा बसेका काग (देवदूत) नै झर्नुपर्छ।
 
'अश्वत्थ' त अझै थप, वैदिक कालपूर्वको संस्कृतिको प्रतिनिधि हो। किनभने पश्चिम नेपालको अश्वत्थ हुने इलाका कोका खोला र पूर्वी नेपालको कोका सङ्गम दुवै हिमरेखामुनि (१६,००० फिट) छन्। तिनका ठीक माथि पश्चिममा कागमारा र पूर्वमा गोराकशेप (तिब्बतीमा कागमारा र गोराक = काग, शेप = मर्नु) सिखर छन्। कोका भनेको साढे ८ हजार फिटसम्म पाइने डुमकाग (कर्भस कर्‍याक्स) हो र कागमारा ५,९६१ मिटर एवं गोराकशेप ५,१५० मिटर अग्ला छन्। मृत शरीर खाने र आत्माका नाममा चढाइएका वस्तु खान डुमकाग (देवदूत) बस्ने भएकैले अश्वत्थको आध्यात्मिक व्याख्या र काग अमर हुन्छ भन्ने मान्यता बन्दै आएको हो। जसरी गिद्ध सिमल (वम्बाक्स साइवा) मा बस्ने भएकाले पूर्वी पहाड र तराईका जातजातिमा सिमलले भूतप्रेतको निवासको संज्ञा पाउँदै आएको छ। यसरी 'अश्वत्थ' को महत्व दर्साउने कोका सङ्गमहरू नेपालबाहेक उत्तराञ्चलदेखि आसामसम्म कतै छैनन् पनि हिमालय शृङ्खलामा।
 
यसै पनि कागको आचरणमाथि त्यो बेलाको अध्ययन नयाँ कुरा होइन नै। त्यसै वात्स्यायनको यौनविज्ञानको नाम कोकशास्त्र भएको होइन। कोकशास्त्रको अर्थ हो, अति गोप्य शास्त्र। किनभने कागको सहवास देख्नै सकिन्न र देखियो भने पनि नराम्रो हुन्छ भन्ने धारणा अझै विद्यमान छ। त्यसैले काकतालीको अर्थ हो नै अति दुर्लभ संयोग। लुकेका अक्षर वा शब्द थप्नुपर्दा दिइने चिह्नको नाम 'काकपद' नभन्दै एक यौनआसनको नाम हो र नै त्यस चिह्नमा काग योनिका रूपमा थोप्ला थपिन्छ। हुनुपर्ने गोलो हो, अर्बिसको आँखा जस्तै।
 
वेदलाई ३५ सय वर्षअघिको मान्नेदेखि १ लाख वर्षअघिका मान्ने दयानन्द सरस्वतीजस्ता पनि छन्। ४ हजार वर्षअघिको मान्ने भारतरत्न प्राप्त पी.बी. काणेहरू पनि छन्, तर पङ्क्तिकारले यहाँ १५ देखि २० हजार वर्षबीचको मान्ने मतलाई विभिन्न कारणले गर्दा लिएको छ।
 
महाभारतको घटोत्कच पुत्र 'बर्बरिक' लाई अन्यायमा परेको किराँत भनेर एकोहोरो आलाप गरिरहिएको छ। उदाहरणका रूपमा इन्द्रचोकको टाउको मात्रै भएका इन्द्रलाई 'बर्बरिक' र उपत्यकामा किराँत शासनको प्रतिनिधि मान्ने गरिएको छ। जबकि घटोत्कचको ससुरा मुरका देश हुन्, अहिलेका मोरक्को, मौरिटानियाहरू। जहाँ मुरहरू बस्छन् र जसबाट अङ्ग्रेजीको मोरोन र नेपालीको मूर्ख, मोरा, मोरी, मुरारी अर्थात् मुरहरूको शत्रु शब्द बन्दछ। अनि छोरो 'बर्बरिक' को देश हो, अहिले बर्बरहरू बस्ने लिबिया र त्यस वरिपरिका देशहरू। दुवै उत्तर अफ्रिकी छिमेकी देशहरू हुन्। यसैबाट अङ्ग्रेजीको बार्बेरिक, बार्बेरियन र उर्दुको बर्बर शब्द बनेको छ। बर्बरिकको अर्थ हो नै घुमि्रएको कपाल भएको व्यक्ति। जिउँदा प्रतिनिधि पात्र हुन्, लिवियाका कर्णेल कदाफी। के किराँतहरूको कपाल घुमि्रएको हुन्छ र लिम्बू राजमाताको रूपमा बर्बरिककी आमा हिडिम्बालाई किताबमा तोकिएको (लिम्बूवानको इतिहास)? जबकि हिडिम्बा शब्द नुवियन मरुभूमि भनिने उत्तरी सुडानको हो। १५ सय वर्षअघि स्रङचङ गम्पोले ल्याएका घोडचढी तामाङ हामी लेखिसकेपछि 'बूढानीलकण्ठमा पाइएको ३० हजार वर्षअघिको ढुङ्गे औजार हाम्रो पुर्खाको हो' भनेर वेबसाइटमा हाल्नु कस्तो विज्ञता हो?
 
उतातिर किराँत पुर्खा मानिएको एकलव्य आफैँमा नाम नभई सर्वनाम हो, जसको अर्थ हो एकोहोरो। सीता स्वयंवरमा पहाडी उम्मेदवार मानिएका सुधन्वा पनि नाम नभई सर्वनाम हो, जसको अर्थ हो पोख्त धर्नुधारी। बरु द्रोणाचार्य नाम हो, अर्थ हो 'खोक्चिलिफु'। दुनामा शिवले छाडेको शुक्रकीटबाट जन्मेकाले दुनाबोधक संस्कृत शब्द द्रोणबाट यो बनेको हो, जुन स्वाभाविक प्रक्रिया होइन। त्यसैगरी किराँत पुर्खा खोक्चिलिफुको जन्म मुन्धुमअनुसार कालान्तरमा त्यतिबेला हुनपुग्छ, जब पारूहाङले कर्कलोको पातमा शुक्रकीट पोको पारेर छाड्छन् र तिर्खाएकी निनामरिम्दुले पानी ठानेर खान्छिन्। साम्पाङमा खोको अर्थ खोँरी, खोँगी, दुना पनि हो, वान्तवामा खोक्लिको अर्थ जङ्गल, १० किराँतमध्येको एक धिमालको भाषामा त लाफाको अर्थ पात हो नै, नेवारीमा लप्तेको पनि हो। यसैले अलेक्जेन्डरको नामानुवाद हरिशचन्द्रजस्तै द्रोणाचार्यको नामानुवाद खोक्चिलिफु हुन पुग्छ, जुन ३ हजार वर्षभन्दा पर जाँदैन। महाभारतले खोक्चिलिफुलाई द्रोणाचार्यका नाममा संस्कृतकरण गरेको बुझिन्छ।
 
त्यसमाथि भारवीको किराँतार्जुनियमका किराँतहरू र अहिलेकाहरू एउटै होइनन् र अझै थप कुरा नेपालका आदिवासी 'नाग' हुन् (नागा होइन) भनेर लेखी नै सकियो। यसै पनि मेचे (भारतमा चिनियाँ प्रान्त फुजियानबाट आएको बोडो मानिने) लाई रेसम बुनाइसँग इमानसिंह चेम्जोङले जोडे, तर पूर्वी नेपालमा सिल्कको कुनै परम्परागत चलन र बुनाइ देखिँदैन। अहिले पूर्वी नेपालमा भइरहेको 'अहिंसा सिल्क' को बुनाइ हिजो मात्रै भारतको भागलपुरबाट छिरेको शिल्प हो। यसो किन भएको हो भने किरेत शब्दको तिनको अर्थ सायद सही थिएन। बरु स्वामी प्रपन्नाचार्यको 'किंकिराँत'को अर्थको खोजी निर्दोष खालको रहेको छ।
 
अरू त अरू, कम्तीमा १४ सय वर्षअघि नै मध्यपश्चिम मूलको गहुँ नेपाल भित्रिसकेको थियो। तर, पूर्वमा स्वर्गीय चन्द्रवीर गुरुङले त्यसको सुनियोजित विस्तार गर्नलाई १९६० को दशक आउनुपर्‍यो। पोलिनेसियन मूलको उखु उपत्यकामा कम्तीमा ३ हजार वर्षदेखि छ र पश्चिम नेपालका सोराडलगायत कतिपय ठाउँहरू खुदोका निम्ति जसरी प्रख्यात छन्, जसरी नेवारहरूले त्यसैबाट टोखा, टुसाल शब्दहरू जन्माएका छन्, पूर्वमा किन कहीँ पाइन्न? यहाँसम्म कि चिनियाँ मूलको मूलाका निम्ति पश्चिम नेपालको प्युठान प्रसिद्ध छ, चिनियाँ मूलको रायो सागका निम्ति महर्जनहरूमा पाछै (चिनियाँमा पेत्साई) उपथर नै विद्यमान छ, चिनियाँ मूलको तोरीका निम्ति भक्तपुरमा तुकँबञ्जार थर नै छ। चीनबाट आएका हौँ दाबी भइरहँदा पूर्वमा चिनियाँ मूलको अदुवा (जिन्जिवर अफिसिनाल) र मञ्जुरियन मूलको भटमास (ग्लाइसिन म्याक्स) को बाहेक यी चिनियाँ खाद्य वनस्पतिसँग जोडिएका उल्लेखनीय परम्परा किन देखिँदैन? एक जिज्ञासुलाई कौतूहल हुन्छ नै।
 
अब पनि आदिवासीको पुष्टिमै लाग्ने हो भने संविधान बन्नुभन्दा पहिले नै जातीय दाबी गरिएका इलाकाका बस्तीहरूमा पाइनसक्ने कृषिमूलक परागकण र स्पोरहरूको अध्ययन (पाइलनलजी) र त्यसको कार्बन डेटिङतिर जाऔँ। व्यक्तिका निम्ति १० वर्ष ठूलो कुरा हो, देशका निम्ति होइन। यो किन भनिरहिएको हो भने मुस्ताङकै गुफाहरूमा पनि २ हजार वर्षभन्दा अघिको अवशेष भेटिएको छैन र मुस्ताङ पारिपट्टिको झाङझुङमा २२ सय वर्षको।
 
अन्त्यमा भन्नुपर्दा एउटा नृवंश शास्त्रीय सङ्ग्रहालय खडा गर्ने प्रयास लिइयो भने त्यसले हामी सबै आदिवासी हौँ भन्ने नै पुष्टि गर्नेछ। किनभने मुस्ताङ, मनाङ र पोखरामा देखिएका सङ्ग्रहालय हेरेर चित्त बुझाउन सकिँदैन। जातीय अनुहारलाई लोकपहिरन दिँदैमा त्यो नृवंश शास्त्रीय सङ्ग्रहालय हुँदैन। अर्थात् पहाडी बाहुन–क्षत्रीले आफूलाई आदिवासी दाबी गर्छन् भने त्यो गलत हुँदै होइन।

Saturday, August 23, 2014

गढवाली केदारा नृत्य गीत

(साभार-उत्तराखंडी ई- पत्रिका)

                     Presented by Bhishma Kukreti (Folk Literature Research Scholar)
              Kedara dance-song is a religious folk dance-song. The other and past name of Garhwal is Kedar. Kedar is a name for Lord Shiva.
  The Kedara dance-song is performed on New Year that is Vishuvar Sankranti or Vaishakhi. The dance devoted to Shiv worshipping on Baishakhi is called Kedara dance-song. The Kedara dance-song is categorized in Samuhik Samajik Nritya Geet by Dr. Shiva Nand Nautiyal.   

     People take bath and go to Shiva temple. The Auji (Dhol players) play the Dhol-Damau.
First Auji plays Dhol-Damau as per Dhol Sagar and praise Lord Shiva. Shiv Pujan is performed by offering Belptra and milk to Shiva Ling.
  While playing Dhol-Damau, Auji sing the following Songs one by one

         केदारा  नृत्य गीत : गढवाल का एक लोक नृत्य गीत

अन्नमंतो धन्नमंतो कैदे केदारs  एक केदारा लोकगीत
हेss देवाss नमोss  नमोss    
शान्ति देवा शान्ति केदारs
अन्न देवा धन्न देवा
सुख देवा शान्ति देवा केदार
मनखि बुद्ध देवा गौड़ी दुद देवा
देवा यीं भूमि तैं वरदान -केदार
कांडों नि बैठो खुट मा सुखी रैने सबी
अन्नमंतो धन्नमंतो कैदे केदारs
(s -आधी अ )

कैलाश का भोला  मादेव तीला धारु बोला एक केदारा लोकगीत 
ढुंगा  ढोळी गारी 
कैलाश का भोला मादेव भगतू का हितकारी ,कैलाश का भोला  मादेव ,तीला धारु बोला 
पीपल की छाया 
जु तेरी शरण मा आया वै तैं कनी बरदान द्याया . कैलाश का भोला  मादेव तीला धारु बोला 
घास काटो घाया
हिमगिरी की नौनी पारबती तिन बड़ो टप कया .  कैलाश का भोला  मादेव तीला धारु बोला 
पाणी की च परात 
भूत गण पैटीन  पारबती जीतेरी बरात . कैलाश का भोला  मादेव ,तीला धारु बोला 
ढुंगा पीसी गारी 
कनु ऐन मादेव जी बल्द की सवारी . कैलाश का भोला  मादेव तीला धारु बोला 
देखे जालो ऐना 
सोराग बिटेन द्यब्तोंन कन फूल बरसैना . कैलाश का भोला  मादेव ,तीला धारु बोला 
घीड़ा लाई काखी 
कैलाश का भोला मादेव छाया अपणि राखी . कैलाश का भोला  मादेव ,तीला धारु बोला 
गुलाब को फूल 
एक हात मा डौंरु बाजे एक हात मा तिरसूल . कैलाश का भोला  मादेवतीला धारु बोला 
घोटी जाली भंग
कैलाश मा कनु बिराजे पारबती को संग . कैलाश का भोला  मादेव ,तीला धारु बोला 
धोती धोई सफेदा 
गल़ो उंदी भलो बिराजे सरपो का लपेदा. कैलाश का भोला  मादेव तीला धारु बोला 
घेंटी जाओ कीलो 
जब तेरो डौंरु बाजी तीन लोक हीलो . कैलाश का भोला  मादेव तीला धारु बोला 
कखड़ी को खेरो 
कैलाश को भोला मादेव बोलो रैगे तेरो . कैलाश का भोला  मादेव तीला धारु बोला 
Who does not know the kindness of great donor Bhola of Kailash !
Whoever got his asylum he got desired results. Mahadev of Kailash is kind and beneficial to his devotees.
Hey Parvati , the daughter of Himalaya ! you did great 'tap' that you got husband as lord Shivjee 
Watch ! Bhut are in your marriage procession.
Lord shiva who is with snake garlands is groom.
He rides on bull
There is drum in his one hand and trident in other hand 
Deities became happy on this marriage and threw flowers on bride and groom
The sound of your drum shakes the earth. Everybody knows about your rage and kindness 
O lord! be kind on us 
# Song collected by Keshav Anuragi
 @गीत स्रोत्र केशव अनुरागी (नाद नंदनी (अप्रकाशित ))
                 Dance for Kedara Song

 People take part in Shiva Puja performances first.
  The Auji pair play Dhol-Damau and Sing the Worshipping Song for Lord Shiva and people dance in a circle. The dance is somehow as Pando but very slow speed and rhythm.
 Kedara dance has two facets slow rhythm and fast rhythm.
After finishing above worshipping songs, the Dhol Play gets different Tal and the rhytham or Tal becomes Tandava Nritya.
In Tandav Nritya , a specific dress is wore by main dancer and assisting dancers (Mirjai and Rebdar Sular).
Main dancer (incarnated Shiva) dances following four types of Tandav Nritya-
1-Sanhar Tandav Nritya (Distructive form of Shiva)
2-Dakshin Murti Swarup Nritya ( Shubh or auspicious form)
3-Anugrahmurti Swarup (Blessing form)
4- Nritya Murti (Great Dancer)

The other dancers dance as per rhythm of main dancer (who leads dance) . The above Kedara dance-song is performed in temples of Tungntha, Kalpeshwar, Madameshwar, Ekeshwar, Kyunkleshwar, Koteshwar, Kamleshwar and other Shiva temples.

Friday, August 15, 2014

सौंराइ-आफनै गाउको


मेरा पुराना परिचित आफन्तहरू
लेकमा रहदा बेसिका देवता ढोग्दै होलान्,
बेसिको बाबाट लेकतिर हात जोडदै होलान्,
सिरेटोको स्वादलाइ न्यानोमा साट्दै होलान,
बेदना भगाउने बहुरंगी बहाना बोक्दै होलान् ।
बिचराहरु
गारोपर्दा औतारीध्यानमा बसेकै होलान,
पर्बतीय थुम्काहरुमा फहराउने नेजा बनेर
जुन झरीमा भिजे होलान् ।
रंगबिहीन भएर
कोहि च्यातिए होलान

कोहि त बिलाए पनि होलान् ।।

म भने
बालबयका स्मृति-स्वरहरुलाइ
बिहान-बेलुकाको गायत्री धुन दिएर
रागकेदारको गायन गर्दैछु;

र सोच्दैछु,

-बर्खाका खेतालाहरुले
गाउको कामधेनु परम्परा अझै बोकी रहेकैहोलान् ?
-ग्वाल्लेकको गर्बोन्नत शालीन शिरभुषण लगाएर
बन्दनिय अग्लाइमा बसेका ग्रामदेवताहरु                         
सार्बभौम सस्यश्यामल सभ्यताको
संरक्षक-साछि बसेकै होलान् ?
मलाइ बिश्वास छ;
मेरो सुमेरु स्थल, मेरो सुवर्ण भुमी, श्रीकेदार आलबाट
आर्यडाडासम्मका पर्बतीय-पथहरुमा
परापुर्बकालिन पदचाप भने अझै सुनिएकै होलान,
कर्मबीर सज्जनहरु नित नबिन परिचय खोजीरहेकै होलान् ।

लाग्छ,
समय चक्रसंगै
पाकेका केश र चाउरिएका गाला लिएर
परेला बोझिला पार्दै
चर्किएको ऐनाको जस्तो असपष्ट प्रतिबिम्बमा झुक्किदै
सुरसाका मुख जस्ता समस्या छल्दै
अभिषप्त सिसिफस जस्तो
बाध्यताको दर्शनढुंगा बोक्दै
पारिगाउदेखि प्रशान्त सागर किनारसम्म
खरीको रुखदेखि मोर्गनको सूनखानीसम्म
मेरा परिक्रमा-पथहरु
इतिहासका आदिम आभिलाषा साँच्दै
युग युगान्तम्म घुमी रहेकै हुनेछन्,

बाँची रहेकै हुनेछन् ।।
                                -नेपालगंज, ३०-४-७१
---------------------------------------------------------------



Thursday, April 10, 2014

हर्लिक्समा ५० रुपैयाँ खर्च गर्ने कि ४ रुपैयाँ?

                               
( साभार- अरुणा उप्रेती, सेतोपाटि)
हर्लिसको एउटा विज्ञापन आउँछ। एक गृहिणी दुध उमाल्न राख्छिन् र बिसिन्छिन्। दुध भकलक्क उम्लिन खोज्छ तर गृहिणीले दौडेर गएर ग्यास निभाउँछिन्। एउटा आवाज आउँछ, ‘दुध उम्लेपछि २५५ पौष्टिक तत्व नष्ट हुन्छ। त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस्।’ 
 
यो अति गलत र भ्रमपूर्ण विज्ञापन हो। महंगो हर्लिक्सलाई स्वास्थबर्धक खाना मान्ने मानिसहरुले जौको सत्तु बच्चालाई दिनुस् भन्दा ‘छया’ भन्लान् तर त्यस्तै अन्नबाट बनेको हर्लिक्स चाँही दिन खोज्छन्। 
 
टेलिभिजनमा आउने विज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले “बालबालिकाको बुद्धि बढाउँछ’ भनेर उल्लेख गरिन्छ। वास्तवमा यो भ्रमपूर्ण विज्ञापन हो। कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरुले बच्चालाई न अग्लो बनाउँछ, न बढी बुद्धिमान बनाउँछ। बच्चालाई घरमा नै बनाइएका दाल, भात, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ बनाउँछ। कुनै खास खानेकुराले बच्चालाई बढी बुद्धिमान बनाउने भए त धनी मातापिताका सन्तान, राजा र नेताहरुका छोराछोरी कति बुद्धिमान हुन्थे होलान? 
 
यस्तै भ्रमपूर्ण विज्ञापन प्रसारण भइरहेको छ। “तपाईका बच्चाहरुले घरको खाना खाँदैनन्? त्यसैले हर्लिक्स खुवाउनुस्, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ।’ घरको खाना नखाए पनि यसरी हर्लिक्स खाएपछि पोषणयुक्त तत्व शरीरमा पुग्छ भन्ने भ्रम जनमानसमा फैलाइएको छ। यस्तै भ्रमपूर्ण विज्ञापनका कारणले गर्दा धेरै बाबुआमाले बच्चाहरुलाई घरको दालभात, रोटी, तरकारी खान प्रेरित नगरेर बाहिरका महंगा खानेकुराहरु दिने प्रचलन बढ्दै गएको छ। पौष्टिकताको विषयमा गरिएको अनुसन्धानमा हर्लिक्समा कति प्रोटिन, कति कार्बोहाइड्रेट हुन्छ र त्यसको मूल्य के छ भनेर तथ्य अगाडि ल्याइएको छ।
 
अध्ययन अनुसार १०० ग्राम हर्लिक्समा पाइने यी तत्वलाई ५० रु. तिर्नुपर्छ तर यिनै तत्व पाइने खाद्य पदार्थ हामी रु.४ मा नै पाउन सक्छौ। झन् अहिले त साना शिशुको लागि, ५–६ वर्षको बच्चाको लागि, गर्भवती महिलाको लागि भनेर आउने हर्लिक्सको विज्ञापन र तिनमा देखाइएको तथाकथित चित्रहरुले त मानिसहरुलाई साँच्चि नै भ्रम पर्न जान सक्छ। वास्तवमा यी पदार्थ व्यापारिक प्रयोजनको लागि बनाइएको र यिनमा भनिएका धेरै कुरा अति बढी प्रचारित र भ्रमपूर्ण हुन्छन्। हर्लिक्स जस्तै अर्को बस्तु बोर्नभिटाका बारेमा गरिएको विज्ञापनमा भनिएको छ, यसको प्रयोगले बच्चा बढी काम गर्न सक्ने, बढी खेल्न सक्ने हुन्छ। यसरी बोर्नभिटाले बढी काम गर्न सक्ने भए त यो किनेर खुवाउने सबैका छोराछोरीहरु बढी खेल्न सक्ने, लामो समय काम गर्न सक्ने हुन्थे होलान् तर त्यस्तो भएको कहिँ देख्नुभएको छ?
 
साबुनका विज्ञापनहरु पनि निकै भ्रमपूर्ण हुन्छन्। कुनै पनि साबुनको मुख्य काम छालाको सफाइ गर्ने हो। लुगा धुने साबुनले लुगाको मैलो निकाल्छ, नुहाउने साबुनले शरीरको फोहोर निकाल्छ। 
 
अनुहार र शरीरमा लगाउने साबुनको विज्ञापन चाहिँ फिल्मका नायक÷नायिका, मोडललाई अघि सारेर गर्ने गरिन्छ। कुनै खास किसिमको साबुन लगाएपछि अनुहारको रंग गोरो, छाला नरम हुन्छ भनिएको हुन्छ। यस्तो लाग्छ मानौ कुनै खास साबुन प्रयोग गरेपछि अनुहार नै फरक हुन्छ। अहिले आउने विज्ञापनहरुमा लक्स साबुनको विज्ञापन निकै नै बढी छ। विज्ञापनको भ्रममा परेर मानिसहरु नै ‘ऐश्वर्य राय’ जस्तो अनुहार पाउने आशामा साबुन किन्ने गरेको देखिन्छ। विज्ञापनमा भनिए जस्तो गोरो अनुहार साबुनले पार्न सक्दैन। किनभने शरीरको छालाको रंग त मानव शरीरमा भएको ‘मेलानिन’ नामक तत्वले गर्दा गोरो, गहुँगोरो वा कालो हुने हो। यसलाई बाहिरबाट साबुनले धोएर वा क्रिम लगाएर परिवर्तन गर्न सकिन्न।
 
प्राकृतिक छालाको रगं गहुँगोरो वा कालो हुनु मानौं कुनै अभिशाप नै जस्तो गरेर यस्ता साबुनले प्रचार गरिन्छ र मानिसको गहुँगोरोको अपमान गरिन्छ। यो नैतिक हा ?
 
छालाको सफाइको लागि महङ्गा साबुन किन्नु पर्ने जरुरत नै छैन, जुनसुकै साबुनले पनि त्यो काम गर्नसक्छ। जाडोको बेलामा त बरु साबुनको सकेसम्म प्रयोग नै बन्द गर्नुपर्छ। साबुनको धेरै प्रयोगले जाडोमा छाला सुख्खा हुने र फुट्ने हुन्छ। 
त्यस्तै खाना खानुभन्दा अगाडि कुनै खास साबुनले हात धुनु पर्दैन। हात धुने जुनसुकै साबुनले धोए पनि हुन्छ। अहिले ‘लाइफबय’ नामको साबुनले अति आक्रामक भएर विज्ञापन गरिरहेको छ। लाइफबय साबुनले हात धोएपछि शरीरका १० थरि किटाणु भर्ने र यो साबुनले हात धोएपछि रुघाखोकी नलाग्ने, पेट नदुख्ने आदि आदि विज्ञापनमा दिइन्छ। डाक्टर अंकलको भेसमा सेतो कोट ओेडेर दिएको यस्तो परामर्श गलत हो। पहिलो त हातको ९९.९ प्रतिशत किटाणुको सफाइ गर्ने भन्ने विज्ञापन नै गलत छ। ९९.९ प्रतिशत किटाणु नष्ट भए भने त रोगसँग लड्ने हाम्रो शक्ति नै खत्तम हुन्छ। 
 
यस्तै फलफूलको रसहरु तथा जुसको विज्ञापनमा पनि निकै झुट कुराहरुको प्रचार गरेको पाइन्छ। यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर प्रचार गरिन्छ। फलफूलको वास्ना र चिनी मिसाएर बनाइएका रसलाई हामी साच्चिकै फलफूलको रस भनेर पत्याउँछौं। फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ? फलफूलका रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन्। 
 
त्यसैगरी दाँत सफा गर्न प्रयोग गरिने विभिन्न किसिमका दन्त मञ्जनहरुको बारेमा पनि भ्रमपूर्ण विज्ञापनहरु प्रकाशन प्रसारण गर्ने गरिएको छ। ‘दाँत एकैचोटी झलमल हुने’ भनेर विज्ञापन गर्ने गरेको देखिन्छ। यस्तै विज्ञापनको भर परेर मानिसहरु त्यस्तो दन्तमञ्जन खरिद गरेर प्रयोग गरिरहेका हुन्छन्। वास्तवमा जुन मञ्जन प्रयोग गरेपनि खास केही फरक पर्दैन, दाँत सफा गर्ने काम मञ्जनको नभई ब्रसको हो। हरेक मञ्जनमा रंग, स्वाद र फिज निकाल्ने तत्व हुन्छन्। भिन्दा भिन्दै कम्पनीले भिन्दा भिन्दै वास्ना र स्वाद आउने तत्व मिश्रण गरेका हुन्छन्। मञ्जनको प्रयोग गरेपछि फिँज निकालेर सफा गर्दा एक छिन ‘गुलियो र ताजापनको’ आभास चाँहि आउँछ, तर त्यसमा मिलाइएका तत्वहरुले दाँतमा क्याल्सियम पुर्‍याउने र विज्ञापनमा देखाइएका जस्ता ‘डरलाग्दा’ काला हरिया किराहरु मार्ने काम चाँहि गर्दैन। विज्ञापनको बहकाउमा आएर मानिसहरुले बारम्बार टुथपेस्ट परिवर्तन गर्ने गरेका हुन्छन्। विशेषज्ञका भनाइमा प्राय सवै प्रकारका टुथपेष्ट उस्तै नै हुन्छन। वास्ना र स्वाद मात्र कम्पनीअनुसार फरक हुन्छ। त्यसकारण कुन टुथपेस्ट प्रयोग गर्ने भन्ने कुराले दाँतको सफाइमा खासै महत्व राख्दैन बरु नियमितरुपमा सही तरिकाले ब्रस गरेको छ कि छैन भन्ने कुराले चाहिँ बढी महत्व राख्छ। 
 
गुलिया आइसक्रिम र चकलेटहरु जति खाए पनि कुनै खास मञ्जनले दाँत माझेपछि चाँहि दाँतमा केही पनि हानी नगर्ने भन्ने किसिमका विज्ञापनहरु दिने गरिएको छ। यसबाट बच्चाहरु मात्र नभई आमा बाबुहरुमा पनि ठूलो प्रभाव परेको देखिन्छ। तर यस किसिमका भनाइ गलत हुन्। बालबालिकाहरुको दाँतमा चकलेट, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर निकै हुन्छ। 
 
यस किसिमका गलत विज्ञापनको विरोध गर्दै आउनु भएका दन्त विशेषज्ञ डा. सुशील कोइराला भन्नुहुन्छ, ‘हामीले करिव दुई वर्ष अघि विभिन्न किसिमका दाँत माझ्ने मञ्जनहरुको जाँच गरेर त्यसमा के के कुरा छन भन्ने अध्ययन गरेर हेरेका थियाँै। त्यस अध्ययन अनुसार विभिन्न मञ्जनहरुले आफ्नो उत्पादनमा समावेस गरिएको भनेर विभिन्न तत्वहरुका वारेमा उल्लेख गरिएका कुरा बढाइँचढाइँ गरिएको पत्ता लागेको थियो। त्यस अध्ययनलाई हामीले जनताको माझ लगेर भ्रममा नपर्न आग्रह गर्ने प्रयास गरेका थियौँ। 
 
जति बढी कुनै वस्तुको विज्ञापन आउँछ त्यो वस्तु वास्तवमा नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ। भटमास, कोदो, मकैजस्ता वस्तुको विज्ञापन गर्न पर्दैन होइन र? 
 
विवेकहीन विज्ञापनकै प्रभावले गर्दा तपाईं हामी जीवनका हरेक पलमा ठगिइरहेका हुन्छौं। विवेकहीन विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरु पनि किन्छौं। थोरै व्यय गर्ने ठाउँमा धेरै खर्च गर्छौ र आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सर्छौं। विज्ञापन देखेर कुनै वस्तु प्रयोग गर्नु अघि सोच्नुस् साँच्चि विज्ञापनमा भनिएका कुरा विश्वास गर्न लायक छन् त? के हामीहरु विज्ञापनको प्रभावमा परेर विबेक गुमाइरहेका त छैनौँ?