Wednesday, January 20, 2010

साना लोकगितभित्रका ठुला कुरा

















सुदुर पश्चिमका बहुप्रचलित लोकगितहरुको आफनै शब्द बिधान छ । पहिलो पंक्तिमा जापानी हाइकु जस्तो कुनै प्राकृतिक बिम्ब राखिएको हुन्छ । झट्ट हेर्दा खास कुनै अर्थ नलागे पनि दोस्रो पंक्ति संग यो सहसम्बन्धयुक्त (correlative )हुन्छ । दोस्रो पंक्तिमा थोरै शब्दमा धेरै अर्थ समेटिएको हुन्छ र यहि नै मुख्य पद हो । विनोदमय शैलीमा तत्काल आशुभावमा चलिरहने नेउल्यागीतको लोकसाहित्यिक फाँटमा कलात्मक पक्षमात्र होइन,चिन्तन र विचार पक्ष पनि अध्ययनीय छ । प्रेमि-प्रेमिकाको रोमान्स, जिबन जगतको यथार्थ र सांसारिक निस्सारतालाई समेत यसमा समेटिएको हुन्छ । यस्ता गीतमा निहित दार्शनिक पक्ष सारै मनन योग्य मानिन्छ ।
जस्तै-
१-गाउँ राम्णो आफनै माण्णो, शहर राम्णो डिल्लि
मऽ मैले मौरिको खाया, भेरि सुद्दोइ चिल्लि ।
२-खेतका इचलि मणि, खणमुसिकि खुल्लि
हात रुमाल खुट्टा जुत्ता, म कभै न भुल्लि ।
३-मालिका हिउ पणि आयो,पाटन पुरिनैन ,
साइ दुरै म पनि दुरै , माया दुरिनैन् ।
४-दै भण्णा कुराउनि मिठि, मेरा गाइ तिलुकि,
मौरि भेष जुनकिरिका , गालामा चिलु कि, ।
५-सिलगणिका पल्ला चाल गिर केलन्या गणो ,
तैइ भयेइ ऐसेलु थोपो मै उणन्या चणो ।
६-यो बाटो काँ जान्या रै छ, गौणि बगालको,
घाँटिमा बसन्या तै है बेलि छकाल को ।
७-दुरै हाङि दुरै डाङि, दुरै फल पाक्याको ,
दुरै छन सङ्ङिका भुइसा दूरै मन लग्याको ।
८-अछाम बसन्या चम्फा कल्लि, जुम्ला बसन्या जया ,
चिठ्ठिमा रैबार दिउला, बाटुलिमा माया ।
९-कालो माछो कर्नालिको , करणो सेतिको ,
एक बालो निमोरि खाइ झा तेरिलाइ खेति को ।
१०-पुर्ब जान्या गोर्खालि मुल्या चोतो बोइग्यो ,
बाँचि रया फिरि भेट , न त इति होइग्यो ।
११-नैपाल छत्तिस धारा पानिकि तुरुक्क,
जैल म समझना आउछ हियमा हुरुक्क ।
१२-फल टिपि बानर लइग्या सौला रुखै छन,
दन्त मुर्ख हाँसोइ औ छ, हिय दुखै छन् ।
13-धारा पानी सुकिगयो पड्पानी चुँदाइ छन्
धनीका पहड बाटा निर्धनी रुदाइ छन्
14-अद्धकी कम्पनी माला अद्धकी पोत्या नाइँ
अद्धकी बासमती चामल अद्धकी कोद्या नाइँ
15-पाको फल चडीले खायो काँचो फल रुखै छ
जाँसम्म परानी बाँच्यो वाँसम्म दुखै छ।
16- बैसाग भागीको जन्त लगन दिन्या लछी
यो हंस कालको बारी ऐल हो के पछि।
17-जैगाड बस्याको भोट्या पानी काँ खाँदो हो
हाड मांस माटीका भर हंस काँ जाँदो हो?
18-ब्यान्देल झल्कन्या तारो कै दिशा बुड्डो हो
हाडमांस माटीका भर हंश काँ उड्डो हो?
19- जेठाजु भैँसीका खर्क बौरानी छुई छन् कि
कोई सुकारी कोई दुःखारी भगवान् दुई छन् कि।
२०-सर्क तारा भौतै छन, एक तारो सुक्कुर,
गौ भणि गाएको हैन, आयाका झुक्कुर ।
21-जेठो मुख्ख्या माइलो धामी कान्सो छ हेराउन्या
एकै मणि तिन पगणि गौं गर्खा घुमाउन्या ।
२२-कालिमा तार लागि रै छ कन्ज्यौणिमा चिण्णा
घर बेदना कोइन जाण्णा घर खानिन भण्णा ।
२३-जुलघाट है हिट्टा हिट्टा पुगियो बणालु
जग्गा राम्रो मात हालेको जोइ रामणि उणालु ।
२४-जाँत भलि देवता कि देबि का देउराले
मैले आया बात लागन्छ तै आसेइ नेउराले ।
२५-पुरब झान्या गोरखालि मुल्या चोतो बोइग्यो
बाँचि रया फिरि भेट न त इती होइग्यो ।

Friday, January 1, 2010

सरकारी कर्मकाण्ड र बारा जिल्लाको भ्रमण





















झण्डै चौबिसबर्षपछि नारायणघाटबाट पुर्ब जाने साइत जुर्ला जस्तो भएपछि मन मयुरले हिसाब गर्दै प्वाँख फैलाउन थाल्यो । गढीमाइको मेला र सरकारी कामसंगसंगै हुने भएकोले हामीलाई यो यात्रा शिबरात्रि र सिन्द्राको ब्यापार जस्तै हुनेवाला थियो। संयोगबस कलंकीबाट कुनै अज्ञात सज्जनको बुकींङमा बिरगंज हिडेको सिंगो बसभित्र २०६६ मंसिर महिनाको ऊन्नाइस गते म, कृष्णजी र शेषजी समेतका ३ थान मनुवा कलैया जाने पक्का भयो। साहुजीले सम्पर्क नगरेको र कुन्नि के कागज नमिलेको भन्दै थानकोटमै अधबैसे महिला प्रहरीले आँखै अगाडी रु.२० मात्रको अतिरिक्त आमदानी गरिछाडिन। तदुपरान्त मात्र हामि ३ जना यात्रु + गाडी स्टाफ थप ३ जना सहित जना ६ को यो टोली खूरुखुरु त्रिसुली पहिल्याउदै ओरालो लाग्यो। म गम्दै गए।
बैज्ञानिक र ब्याबहारिक ज्ञानका उपासक र बटुकहरुले भरिएको मेरो देशको सरकारको स्वास्थ्य सेवाका लागी काम गर्ने हामी दोस्रो दर्जाका नादान कर्मचारी । हाम्रा बर्तमान मन्त्री बारा जिल्ला का। पुर्बी तराइको यात्रा समकालिन समयकालागी असहज अनुष्ठान हो भन्ने हामीलाइ थाहा छ। सहृदयी साथीहरुले होस गर्ने सल्लाह पनि दिएकै हुन। तर पनि आज बारातिरनै जाँदै थियौ। सर्बत्र एकै रंगको आकाश देख्ने सुधो र मौसम अनुसारको ट्युनिक लगाउन नजान्ने गोज्याङ्ग्रो हरुको लागी मेरो देशको “माहौल” त्यति अनुकुल छैन भन्नेमा मेरो यात्रादल एकमत थियो। चिप्लो र घुसघुसे पुरानो जरसाप, सारै “फास्ट” देखिएका नयाँ हाकिम, उपल्लो दर्जावालसंग निक्कै रत्तिएकि महिला अधिकारी, ल्यापटप नै नबुझाइ खुस्सुक निबर्तमान बनेका करसापसमेतका बारेमा सहपाठीहरुले गरेका भनिएका नमिलेका ऐलानी कित्ताका कुरामा गफ गर्दै बाटो काटन थालियो। उडुसहरुले रगतको ग्रुप छुट्ट्याएर खाने गर्दैनन। झुल बाहिरका मच्छरहरु भुनभुनाउन बाहेक केहि गर्न सक्नेवाला होइनन। सहकारिहरुका रामरमिता फुर्सतका गफ मात्र भए। हाम्रो सरकारी यात्रामा धादिङबेसीको २घण्टे चक्का जाम बाहेक खासै अवरोध रहेन। मुङलिङमा माछाझोल खाने दाउ भने ढिलो पुगिएकोले काम लागेन।
संयोगबस आजै जलबायु परिबर्तनमा बिश्वको ध्यान आकर्षण गर्न सोलुखुम्बुको कालापत्थरमा मन्त्रिहरुको बैठक बस्ने उच्चस्तरिय नाटक मञ्चन गरियो। आजै मेरो आफनै गाउठाउतिर पर्ने अपि नाम्पा संरक्षित क्षेत्र घोषणा भयो। तर दुर्भाग्यबस आजै डुडेझारिको जंगल अतिक्रमण हटाउन कैलालिमा पुलिसले गोलि चलाउदा ६ जनाको मृत्यु भएको खबर पो सुनियो। दुख: लाग्यो। कुकुरहरुले कार्तिक कुर्न पर्दैन। तिघ्रामा तेल लगाएर आर्जन गरेको राज्यमा बाहिरी बोक्रो चिल्लो पार्ने र जुंगाको लडाइमा मरिमेटने यस्तै दृश्यमान संस्कृतिले जरो हाल्दछ।
जे होस्,पुर्ब पश्चिम राजमार्गले नछोएको तराइको जिल्ला पर्साको उत्तर पश्चिम फन्को मार्दै बाराको कलैया पुग्दा झमक्कै साँझ परिसकेको थियो। अरुणजिले फोनबाट हिरा प्लाजामा बस्ने ब्यबस्था गरेको ब्यहोराको जानकारी दिएका थिए। कलैयाको भरतचौक ओर्ले पछि मात्र हिरा प्लाजा पर्साको बिरगञ्जमा पर्ने तत्वबोध भयो। निदानत: अरूणजीले पठाइ दिएको जिपबाट १२ किमि वर बिरगञ्ज फर्कदा राति १० बजि नै हाल्यो। नजिकैको होटेलमा सादा खाना खायौ र भुस्सुकै निदायौ।
दोस्रो दिन बिहान यसपालाको मेरो गन्तब्य र नेपालको हरियाना भनेर परिचय बनाएको बारा जिल्लाका बारेमा बुझ्न कलैया डटकम हेरे।
यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रुपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा पर्न गएको रहेछ । नेपालीको प्रतिव्यक्ति आय २४० अमेरिकी डलर रहेको वर्ष २०५८ सालमा बारा जिल्ला वासीको प्रति व्यक्ति आय ३९६ अमेरिकी डलर रहेको थियो रे। नारायणी अञ्चलमा सबै भन्दा बढी द्रुत गतीमा जनसंख्या वृद्धि भएको जिल्ला पनि बारा नै रहेको छ । रु.४ करोड भन्दा बढी स्थायी सम्पत्ति भएका उद्योगहरु सबैभन्दा बढी यसै जिल्लामा रहेका र सबैभन्दा बढी क्यालोरी खाद्यान्न उपलब्ध हुने जिल्ला (दशलाख किलो क्यालोरी) पनि बारानै रहेको जानकारी समेत पाइयो।
बिहानै बिरगंज घुमियो। घण्टाघर छेउछाउलाई आजभोली घटनाघर भनिदो रहेछ। मेरा सहयात्रिहरु बीरगंज लाइ मच्छरगंजको नाम दिदै थिए। बिहानै गढिमाइमा दर्शन गर्ने कार्यक्रम गाडीको जोहो नमिल्दा अनुकुल हुन सकेन। साथी अरुणजीले मोबाइलमा आएका धम्कीको लामो फिहरिस्त देखाउदा कतै नजाउ जस्तो पनि लाग्यो। फोनबाटै बाराका सहायक प्रमुख जिल्ला अधिकारि सुन्दरजीसंग फोनबार्ता पछि १० बजेतिर एकजना गुप्ताजीलाइ साथमा लिइ ग्रामिण बारा हेर्न जाने भइयो।
कोल्हवी ,रामपुर्वा,सिमरौनगढ, गढिमाइ र कलैया हुदै साँझ बीरगञ्ज फर्कने हिसाबले हाम्रो यात्रा दल बाटो लाग्यो।
धुले बाटोको वरपर किसानले सुन फलाएका बारिहरु हेर्न लायक थिए। कोल्हवी पुर्ब बाराको ब्यापारिक स्थल नै रहेछ। स्थानिय बासिन्दा त्यहाको स्वास्थ्य चौकीमा हेल्थ सेण्टर खोलिएमा मागेजति जग्गा दिन तयार देखिन्थे र यसकालागी लिखित प्रतिबध्दता समेत गरे। महिला स्वयमसेविकाहरु भेला भएका हुदा रामपुर्वामा ग्रामिण महिला स्वास्थकर्मीहरु संग सामुहिक भेटघाट गरियो। पारिश्रमिक वापतको थोरै पैसा पनि समयमा नपाएको उनीहरुको गुनासो थियो। लगतै घुमाउरो कच्चि सडक हुदै सिमरोनगढतिर लाग्यौ।
सिमरौनगढ क्षेत्रको गोलागंज गा.वि.स. वडा नं. ७ मा अवस्थित करीब १० कठ्ठाको क्षेत्रफलमा राजा गिर्वाणयुद्ध वीर विक्रम शाहले कंकालिनी देवीको मन्दिर निर्माण गराएका रहेछन । मन्दिर परिसरमा वि.सं.१९३५, १९६६ र २०५१ सालमा उत्खनन गर्दा प्राप्त सामानहरु राखिएको एक संग्राहलय समेत रहेको छ । मन्दिर नजिकै करिब सात बिघा क्षेत्रफलको इशरा पोखरी छ। १२औ शताब्दीमा राजा शिवसिंहले निर्माण गराएका भनिएको यसे तालको छेउमा स्थानिय हाट लागेको रहेछ। हाटमा आएका नेपाली ऊँटहरुको रमाइलो हेर्दै फोटो खिचाए। यहाँबाट काठमाण्डौ रात्रि बस नै चल्दो रहेछ। नजिकै रहेको स्वास्थ्य चौकीको दशा भने “दुर्दशा” भन्न लायक थियो।
बार्हौ शताब्दीमा तत्कालीन सिमरौनगढ राज्यका राजा शिवसिंहको राजदरबार रहेको र वि.सं. १९७७ मा श्री ३ जंगबहादुर राणाका छोरा जगतजंगले पुरानो दरबार भत्काएर बनाउन लगाएको रनिवास नामक मन्दिर पनि हेर्न गइयो। त्यस मन्दिर भित्र राम जानकिको मन्दिर रहेको छ । मन्दिर परिसर (बगैचा समेत) को क्षेत्रफल १७ विगाहा १३ कठ्ठा ५ धुर रहेको छ । मन्दिर भित्र गाँजामा रमाउने कथित बाबाजीहरुको अखाडा नै रहेछ। भनिन्छ , सन् १०६७ मा नान्यदेव (समरौनगढका प्रथम राजा) ले तिरहुतलाई स्वतन्त्र राज्य घोषणा गर्दा नान्यपुरी छाडेर सिमरौनगढलाई राजधानी बनाई नयाँ राज्यमा ५२ वटा पोखरी बनाएका थिए । ती पोखरीहरु मध्ये केही पोखरीहरु अझै पनि जिर्णावस्थामा रहेका छन् । सिमरौनगढको मूल ढोकाको रुपमा प्रयोग हुने कोइलामन नामको ठूलो दह थियो । भनिन्छ,यसै दहबाट डुङ्गा चढी ढोका प्रवेश गरिन्थ्यो ।
मलाइ लाग्यो, यस्तै बन्नु र भत्कनु अर्थात निर्माण र बिनिर्माण नै इतिहास हो। कत्रो बिडम्बना आफुलाइ आफनै देशको गलत इतिहास पढाइएको रहेछ। ३।४ सय घरधुरि भएको गोर्खा गणराज्यले छतमा उक्लिएर आफनो क्षेत्रका सबै घरमा खाना पाकेनपाकेको अडकल गर्न मिल्ने गरि धुँवा हेर्न मिल्ने काठमाण्डौलाइ गाँजेका कथामा आधारित इतिहास वास्तविक होइन । गोर्खा र काठमाण्डौ भन्दा कैयौ गुणा बिशाल र सम्पन्न राज्यहरु पनि बर्तमानको नेपालभुमी भित्र थिए। कालक्रममा ति सब नासिए। के थाहा? इतिहास अझै बिनिर्माण हुदै पो छ कि?
बाटोमा टाढैबाट ड्राइभरले सिमरौनगढका प्रतापी राजा शिवसिंहको पुरानो राजदरबारको अवशेष समेत देखायो। राजा शिवसिंहकी रानी बेहुली हुँदा चढेको पालकि त्यहाँ आँउदा जमिन मुनि धस्न गएकोले यस ठाँउलाई पलकिया माई पनि भन्ने गरिएको रहेछ। यसै ठाँउमा सन्दुक( बाकस) को रुपमा पत्थरको कलात्मक शिला रहेकोछ । सिमरौनगढ राज्यको सुरक्षाको लागि बनाइएको कोतवाल क्षेत्र पनि नजिकै पर्दो रहेछ। लगभग ६०-७० मिटर अग्लो ढिस्कोको रुपमा रहेको यस कोतवाल क्षेत्रबाट पाले कराउँदा सिङ्गै सिमरोनगढ भित्र आवाज सुनिन्थ्यो रे। गुडिरहेको गाडिबाटै सिमरौनगढको बर्तमान हालत देखियो। कलैयावरपरका कर्मबिर हातहरुले लहलह फलाएको बालिनालि र तरकारी खेतीको बिचोबिच बिसौं बीघामा योजनाबद्ध ढंगले लगाइएको गाँजाखेतिको दृश्य बुझि नसक्नुको लाग्यो।
बाटोमै पर्ने गढिमाइ थानमा ओर्लियौ। बरियारपुर गा.वि.स.मा अवस्थित, कलैयाबाट ६ कि.मि. पुर्बमा पर्ने यो मन्दिर परिसरको क्षेत्रफल करीब ८ कठ्ठा जति छ। प्रत्येक ५।५ वर्षमा एक महिनासम्म लाग्ने गडीमाइ मेला सम्भवत: संसारकै सबैभन्दा धेरै बली चढाइने मेला हो । मन्दिर स्थापनाको सम्बन्धमा रहेको किंवदन्ती अनुसार करीब ४ सय वर्ष पहिले भगवान दास चौधरी नाम गरेको एक निरपराध बन्दीले मकवानपुरगढीकी तुलजा भवानी ( गढीमाई) लाई रात्रीको समयमा बरियारपुर ल्याई प्रतिष्ठापन गरेको मानिन्छ।
हामीले भने एकएक वटा नारियल, धुप, पुष्प गुच्छा र खुद्रा पैसा चढाएर देबीको दर्शन ग-यौ। बरियारपुर-गढिमाइ मेलामा यसबर्ष १७०० जति पशुहरुको बलि दिइएको रहेछ। हे अ कुशवाहाले यो पशुवलीको छायांकन गरिएको क्यासेट हामीलाइ पनि उपहार दिए। मेला अवधि भर मन्दिर हाता वरपरको जग्गा भाडा प्रति हात प्रति दिन रु.५०० थियो रे। मुल पर्ब समापनतिर भएकोले हाम्रो भ्रमणताका भने त्यत्ति भिड थएन। पशुबली स्थलमा दुर्गन्ध निरोधक औषधि राखेर कपडाले बारिएको रहेछ। स्थानिय अस्थायी होटेलमा गोभिको पकोडा खाइयो ।पैसा टिप्न हतारिएका स्थानिय केटाकेटीहरुको हुल हेर्न लायक थियो। झमक्क अँध्यारोसंगै बिरगंज प्रबेशगर्दा थाकेर लद्दु भैसकेका थियौ। खट्टेपानी नखाइ हुँदै भएन।
दोस्रो दिन भने हिजो कैलालिको डुडेझारिमा भएको गोलिकाण्डको बिषयलाइ लिएर माओबादीले गरेको नेपाल बन्दको मारमा परियो। घटनाघर अर्थात घण्टाघर नजिक दिन भरि नै टायर जलिरहे। निजी फर्म वरपर र कार्यक्रममामात्र घुम्ने स्वास्थ्यकर्मीहरु यत्रतत्र छ्यासछ्यास्ति देखिए पनि नारायणि उपक्षेत्रिय अस्पतालको निबास हातामा हाँस, बतख र कुखुराहरु चर्दै थिए। नजिकैको मुख्य बजारका पसलहरुमा डाक्टरै डाक्टरका साइन बोर्ड झुन्डिएका थिए। यो २१ गते दिनभरको बन्दले होटेलमै थुनियौ, तर घर परिवार नामको होटेलमा भेराइटि छानीछानी माछा भने खुब खाइयो। धन्न, कृष्णले कलैया अस्पताल र शेषले नारायणी अस्पतालबाट येनकेन बिबरण ल्याएछन ।
कलैयाको पुरानो ऐतिहासिक सिध्देश्वर संस्कृत मा बि मा पुग्ने बिचार थियो। समयले साथ दिएन । बि सं १९९१ मा स्थापित यो बिद्यालयले १९९६ देखि सरकारी मान्यता पाएको थियो रे। तर ०२२ साल सम्म संस्कृतमा आचार्य स्तरको समेत पढाइ हुने यो पीठमा अहिले प्रवेशिका मात्रै छ रे। बारा गढी , चुरियामाइ, जितपुरगढि कहि पनि जान सकेनौ।
२२गते बिहान फोटो धुलाइ १२बजेको बसबाट बिरगंज छोडियो । अरुणजीहरु बिदाइ गर्न आए। यहाँको यथार्थ बिबरण दिन कृष्णजीहरु खुप्पै हौसिएका थिए। यत्रो दुख गरे वापत जस पाउनै पर्नेमा शेषजी पनि आशाबादी नै थिए। तर राजधानीमा बिभागिय अग्नीहोत्रि आफन्तहरुले कुखुरीले चल्ला छोपे जस्तो “कारवाहि” को फाइल घुमाएरै राखे। हाकिमका अगाडी अटेन्सनको पोजिसनमा छाति तन्काएर उभिन पनि नजाने र घरी घरी सप्को मिलाउदै नखरा गर्न पनि नसक्ने उभयलिङ्गीहरुको सपना यसै गरि तुहिन्छन। सरोगेट॒-सन्देश दिनु बाहेक यस्तो बाँझो कित्ताको कुनै काम छैन।
बिभागमा हाजिर भए लगतैका केहि परिदृश्य भने उल्लेखनिय रहे। क्वाटर खालिगरि दिन नारायणि अस्पतालले स्टाफहरुलाइ गरेको अनुरोधको बोधार्थ आएको रहेछ। हामिले निर्णयार्थ प्रतिबेदन दिनु पर्ने भनिएका संस्थाहरु समेतलाइ भनेर ४ वटा एम्बुलेन्स र कर्मचारी कलैयातिर खटिइ सकेका रहेछन। मैलै भने साथिहरुको लहलहैमा लागेर बिरगंजमा खाएको पान सम्झिरहे। ख्वै किन हो, काठमाण्डौ नामको खाल्डोमा बसेर कथित केन्द्रिय कामगरेको स्वयम्भु भ्रममा रहने ‘नयाँ नेपाल’का नटवरलालहरुको मुखमा थुकौ जस्तो गरी मुखै भरिएर पो आयो ।

Saturday, November 28, 2009

"आफनै सेरोफेरोको पर्यटन"




जहाँ ढुङ्गा ढुंगामा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ,
यो देश मेरो हो---यो देश मेरो हो।
यो राष्टप्रेमले भरिएको गीतको भाव-भुमीलाइ स्वाभिमानी सबै नेपालीले महसुस गरेको हुनुपर्दछ। ढुंगा ढुंगामा देवता बसेका कारण स्वर्गको आभास पाइने हाम्रा थुम-थुम्का, खोला-खोच,कोट-किल्ला,लेक-बेसीहरुको मनमोहक सुन्दरता प्रकृतिबाटै नैसर्गिक भावले रचना गरिएको हो।
यस्तो शस्यश्यामला धर्तिमा कहाँ-कहाँको माटोको सुवास हाम्रा जोर पयरले चाखेछन् ? घुमघामको नाममा तोकिएको वा काम बिशेषले जानै पर्ने चल्तिका रुटको ओहोरदोहोर बाहेक अन्यत्र कतै गइएकोछ त? एकपल्ट हिसाब गरि हेरौं। गाडीले जता थेचा-यो,त्यति मै सिमित हुनुलाइ हामि घुम्नु भन्दछौ। पर्यटकिय भ्रमणको कुरो निस्किनासाथै हाम्रो मानसिकतामा टाढाको सयर भन्ने सोच आउछ। कुनै टोलमा भएकाहरूले आफ्नो टोल नाघेर अर्को टोलतिर टहलिने , कुनै जिल्लामा रहेकाहरूले अर्कै जिल्ला घुम्ने, एउटा विकास क्षेत्रमा रहेकाहरूले अर्को क्षेत्रमा पुग्ने सोच नै आउन बाँकी छ। घुमघाम भन्नेबित्तिकै देशै काटेर परदेशतिर लम्किने हाम्रो सुर हुन्छ । पर्यटनलाइ पऽऽऽरै गएर फन्को मार्नुपर्ने घुम्ती लीलाको रूपमा बुझिएको छ । त्यही मर्म छामेर होला, संस्कृतबाट आएको 'पर्यटन' शब्दको अर्थ पनि नेपाली शब्दकोशमा "दर्शनीय र महत्वपूर्ण स्थानहरू हेर्न वा मन बहलाउनका निम्ति देशविदेशमा गरिने भ्रमण वा यात्रा "भनेर दिइएको छ।
आन्तरिक पर्यटन
हामी नेपालीहरूको घुमफिर गर्ने बानी छैन भन्ने थेगोले थिचिरहेको समयमा आन्तरिक पर्यटनको 'गफ'ले पछिल्लो समयमा बिस्तारै केही काम गरेको देखिन्छ । मान्छेहरू व्यस्तताको बिटो थामथुम पारेर र घरमा डामडुम ताल्चा ठोकेरै भए पनि चिसो ढुंगा जस्तो खेलखाल गरिने खाल्डो बाहिर पूर्व र पश्चिममतिर टहलिन निस्किन थालेका छन् । यो कर्म बढदै गएमा फुर्सदिलो समयमा पनि बेफुर्सदिलो मानसिकता बोकेर आफनै आगनमा कुणिएर बस्नु पर्ने छैन। घुम्ने जाँगर नचल्नुको थकथकी र दिक्दारी थुपारीने छैन। छोटो जिन्दगानी र साँगुरो वृत्तमा सीमित भएर कोक्याइलो सोचले कन्याइ रहनुपर्ने पनि छैन। उही रुटीन र उहि लिकमा फटफटाइरहने बिचित्रका घरघुगु (बाँझो घरभित्र मात्र बस्ने लाटोकोसेरो) भएर बस्नुपर्ने दिन अब सकिदैछन ।हाम्रा सहरिया-खलंगे युवा डिस्कोथेक र मुठीभरको पार्कमा सीमित भएर रमाइरहेको बेला कहाँ तिनलाई खबर होस् मोफसलतिरको पर्यटनको। नजिकको तीर्थ हेलाको नियति भोग्दै मोफसलका मनोरम गन्तव्यहरू रैथानेहरूको हेराइमा पनि रूखोसुखो झाडीसमान बन्न पुगेकाछन। थानकोट भन्दा टाढाको नेपाललाइ राजधानीले पाखेमा दरेकैछ। होला,कतिपयलाई परिवारको नियमित खर्च धान्नै धौधौ हुन्छ। घुम्ने कुरा तिनका दैनिकीमा पर्दैनन। तर धेरैजना पैसो भएर पनि, रहर भएर पनि बरू ठूला योजना बुनेर बस्छन् । वरपर स्वदेशको तीर्थाटनमा निस्किने 'कष्ट' उठाउँदैनन्।
घुम्न आफ्नै देशभरिका ठाउँहरू पर्याप्त छन् । तर टाढा रहेका उस्तै ठाउँका लागि जति पनि खर्चिन तयार हुने हाम्रो मन हाम्रै छेउछाउ भएका ठाउँमा जान-बस्न भने थकथकी मान्दै निचोरिन्छ । यो भनेको घरको कुखुरा दाल बराबर जस्तै हो।
नजिकको तिर्थलाइ हेला गर्ने,बाहिरको जोगीलाइ मात्र सिद्ध मान्ने र परायाको माल मात्र राम्रो ठान्ने एकथरिको हिनताग्रस्त सोच हुन्छ। के हाम्रा गाऊठाउमा केहि पनि उल्लेखनिय छैन र? सुदूर दुर्गम जिल्लाहरुको मात्रै कुरा गर्ने हो भने पनि मध्यकालिन नेपालमा समेत त्यहाका स्थानिय उत्पादनले प्रसिद्धि पाएको देखिन्छ। अद्यापि केहि स्थान बिशेषका सामानले ब्रान्ड नाम नै पाएकाछन। बैतडीको चिउराको गुड, स्वराडको उखुकोगुड र खुदो, बझांगको चुक, दार्चुलाका च्यांग्रा,घोराहिका घोडा , जुम्लाका खच्चर,डोल्पाको जडीबुटी, ताराकोटको स्वेटर, अछामका गाइ,ब्यासका काम्ला अहिले पनि उत्तिकै प्रसिध्द छन। त्यस्तै जोरायल-तोरि,तलकोट-कस्तुरि,बाजुरा-बाज,पुर्चौडी-फलामका भाडाकुडा,देहिमाण्डौ-निगालाका डोका,ढणौन-दहि दुध,सुरकाल-घिउ,सिमनाथ-घट्ट या जाँतोको ढूंगा,खोडपे-आलु,जर्ग-तरकारि, खप्तड-निगालो,मुगु-मह, सतबाँज –स्याऊ, जोगबुडा-काठका भाडा, छचोडा-तामाकाभाडा र जुलाघाट- माछाकालागि ख्याति पाएकै ठाउँ हो।
नेपालदेखि नेपालसम्म
गाउनै गाँउको देशमा एकागाँउका भाइबैना अर्का गाँउमा घुम्न जाँदा साँच्चै रमाइलो हुन्छ होला। आतिथ्यका लागि गाँउलेलाइ कुनै प्रायोजित प्रशिक्षणको आवश्यकता पर्दैन। यो उनीहरुको जन्मजात गुण हो। ग्राम्य पर्यटनले रोजगारीका बैकल्पिक उपायहरु खोज्न सघाउ पु-याउछ। ग्रामिण कला र ग्राम्य उद्योगले समेत आन्तरिक पर्यटनबाट टेवा पाउछ। टाढा किन जानु र? आफनै जिल्लाभरिको कान्लाकान्ली फेरो मार्दै पर्यटनको स्वाद लिन सकिन्छ। डाडा-काँडादेखि माल-मदेशसम्मको यात्रा सारै रोचक हुनेछ ।
कल्पना गरौ,नेपालगंजका भाइ बैनाहरु मात्र पाँच दिनको भ्रमण प्याकेजमा डडेल्धुरा पुगुन। यस्तै दार्चुलाको एउटा टोलि सातदिनका लागी सुर्खेत उपत्यका पुगोस । यति मात्रै हो र? बैतडी सिमनाथका पर्यटनप्रेमीहरु चमेलिया जलबिद्युत निर्माणस्थल हेर्न जाउन र गोकुलेबासीलाई आफनो ठाउँको घट्ट खानी देखाउने निम्तो दिउन । यो सुरुचीपुर्ण आन्तरिक पर्यटन हुनेछ। ने मुनिले तलाउको पानी सुकाइ बस्ति बसाइएको कथाबाट शुरु भएको नेपालको ईतिहास भन्दा हाम्रा आफनै गाउ ठाउका पुरातन ऐतिहासिक कथ्य कम्तिका छेनन। खप्तड,शुक्लाफाँटा, बडिमालिका,ब्यास क्षेत्र, मल्लिकार्जुन,ग्वाल्लेक केदार, मेलौली,सिमनाथ,पत्तालभुमेश्वर,सुर्मा सरोवर नामी पर्यटकीयस्थलको गिन्तिमा आउने ठाउँ हुन। सुदूर पश्चिमकै अन्य सन्दर्भ लिउ। अश्वलायन ऋषिका साथ खेचराद्रिहुदै पास्तोलिका ३ छहराको पानिको मुलबाट निस्केको कैलाश नदिको किनारमा तपश्या गर्न आएका अक्षाम नामका ब्रह्मचारिको नामले अछामको नामाकरण भएको हो। देवताहरु घुमि रहने ठाउ (देबाटपि=-डोटि, देबा=देउ>द्यौ>डो+टबि=टि) डोटी र डोटि राज्यको मुल थलो अजयमेरू निकटको डडाल्नु आकारको डाडामा बसेको डडेल्धुराको सौर्य गाथाहरु सदा स्मरणिय छन।‍ दुइ धारको चुला जस्तो दार्चुला र बउ (बयालो,बतास) चलने किनार या बायु उत्तड(उन्मुख) पर्बत (ग्वाल्लेक पर्बत) को नजिकको बैतडीका प्राकृतिक रहस्य-रोमान्च एकपल्ट हेर्नै पर्ने खालकोछ। बज्र जस्तो बलियो शरिर भएको बज्रेश्वर माहादेव(कोट भेरब)बाट संरक्षित बझांग तथा बार्जु गाडको सिरानमा पर्ने, बाजुर(जुनेलो) हुने र जुर्रा बाज पाइने ठाउ भनेर कहलिएको बाजुरामा घुम्न-हेर्न लायक थुप्रै स्थान छन।
यसै प्रसंगमा लक्ष्मीप्रसाद देवकोटाको 'के नेपाल सानो छ ?' निबन्धका हरफहरू ताजा भएर आउछन - "यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेंडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मेरो वनमा हेलेन केलेरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन ।"

देवकोटाकालीन नेपालदेखि समय चिप्लिँदै अहिलेको नेपालसम्म आइपुग्दा कति धेरै शेक्सपियर र सोक्रेटिजहरू हलो जोत्दाजोत्दै, गुफामा घोत्लिँदा घोत्लिँदै खेर गए होलान्, हिसाब छैन । अरूहरूबाट उपेक्षाको सिकार भएका कुना कन्दराका सिमान्तकृत मानिसहरू आफ्नै जीवनको वेगमा पनि छेउकिनारमा फुर्सदी भावले आफू र आफ्नो बहलाउने रहरलाई स्वयम्‌बाट उपेक्षित गराइरहेकाछन् । अब सांकृत्यायनहरु पनि आँगनबाट निस्किएर टोलतिर, जिल्लातिर र आफ्नै देशको मेची महाकालीतिर घुम्न निस्कियुन भन्ने पंक्तिकारको बिनम्र आग्रह हो।
सरकारले २०११ लाइ पर्यटन बर्षको रुपमा मनाउदैछ । बिदेशीहरुलाइ नेपाल चिनाउने, नेपाल बोलाउने र उनीहरुको नेपाल बसाई लम्ब्याउने कार्यक्रम त छँदैछ । आन्तरिक पर्यटन र धार्मिक पर्यटनलाइ समेत प्रोत्साहित गर्नु यस सन्दर्भमा अझ समय सापेक्ष काम हुनेछ।

Thursday, November 26, 2009

महाकालीपारिको नेपाल


महाकाली पारिको नेपाल भनेर चिनिने दोधारा चाँदनीलाई महेन्द्रनगर कंचनपूरसंग जोडने झण्डै २ कि मि लामो झोलुङ्गे पूलको यो मनमोहक दृश्य हो । अस्ताउनलागेको सूर्यको छाया शुष्कप्राय: नदिमा परेपछि बिचित्रको भावोत्पादक दृश्यावली निर्माण भएकोछ । नेपालको माया गर्नेहरुलाई यसले केहि भन्न खोजे जस्तो छ । त्यो के होला? हामी तपाईको बिचारको प्रतिक्षामा छौं।

Friday, November 20, 2009

तिमलो: फूल नदेखिने तर लटरम्म फल्ने रूख



तिमली पातको दुनो असौज्या दै कि लाइ,
क्याकि रुन्छै पापी मन कोछ र कैकि लाइ?

यो सुदुरपश्चिममा बहुप्रचलित लोकगीतको पंक्ति हो। तिमलोका पातको दुनामा राखिएको असौज महिनाको दहीको सुन्दर संयोग सम्झदै लोककबि पापी मनलाइ बुझाउने गर्दछन, “किन रुने? कसकालागी को पो छ र?”
प्रसंग सुदूर लोकजिवन र तिमलो नामको बिशेष बृक्षको मात्र हो। लोकगीतहरुमा समेत स्थान पाएको तिमलोको पातको दुनो र तिमलोको फलका उपयोगिता सम्बन्धमा यो भेगमा धेरै लोकचर्चा सुनिन्छन। तिमलोको फूल देख्ने मानिस भाग्यमानी हुन्छ रे। यो आधारातमा फुल्छ र तुरन्तै झर्छ भनिन्छ। तिमलोका चिल्ला पातका दुनाले धार्मिक अनुष्ठानमा महत्वपुर्ण ठाँऊ पाएका हुन्छन।
अछाममा तिमला धेरै फल्ने सैनो (मैदान ठाऊ)मा बसेको गाउलाइ तिमलसैन नाम दिइएकोछ। बिधवा ब्राह्मणिबाट नागी मल्लको पुत्र जन्मेको मानिने यो ऐतिहासिक गाऊमा कान्ला पिच्छेनै तिमिलाका रुखहरु देखिन्छन। लेकाली गाँउमा धेरथोर यो दृश्य सामान्य मानिन्छ। ठुल्ठुला खस्रा पात र सेतो बोक्रा हुने यो बनस्पतिको काँधबाट निस्केका हांगामा खनिउ (खनायो)जस्तो फल लाग्ने गर्छ। हांगामै लटरम्म फल्ने हुनाले स्थानिय आशिर्बचनमा समेत “तिमिलाइ जनि फलि रयेइ” (तिमला जस्तै फल लागोस) भन्ने गरिन्छ।
चर्चा र वास्तविकता
बिना फूल नै फल कसरी लाग्छ होला? के भाग्यमानीले मात्रै तिमिलाको फूल देख्छन त? यी प्रश्नले यो पंक्तीकारलाइ सानै देखि कुत्कुत्याएको थियो। वास्तबमा फूललाइनै मानिसहरुले फल मानेका रहेछन। फल जस्तै गुच्छामा लाग्ने फूललाइ मानिसहरु फल भन्दा रहेछन । वैज्ञानिकहरु अझै द्विबिधामा छन, यो फूल या फल के हो भनेर। बन्द फूल हुनाले यसलाइ फल भन्ने गरिएकोहो। ठुलो दाना जस्तो देखिने यो बन्द फूलभित्रका ससाना बीजहरु वास्तबिक फल हुन। बीज काचो अवस्थामा हुन्जेल बाहिरको दाना हरियो र पाकेपछि खैरो रातो हुन्छ। बीज पाके पछि भित्र बाक्लो मिटो रस बन्ने गर्दछ । गुदीसंगै यो रसलाइ मानिसहरु मिठो मानेर खाने गर्दछन। जंगली चराहरुको पनि यो प्रिय भोजन हो। शायद मह जत्तिकै मिठो यो पुष्परसका सम्बन्धमा धेरै शोध भएकैछैन ।
तिमलाले पानीको श्रोत पनि संरक्षण गर्दो रहेछ। एउटा लोकगाथामा रामले बनबास ताका लक्ष्मणलाई पानीको श्रोत खोज्ने उपाय बताएकाछन। “ जाँ हुन्ना तिमलिका बोट, वाँ होलो पानीको निकाश” अर्थात जहाँ तिमलाको रूख हुन्छन, त्यहाँ पानीको मूल भेट्टिन्छ। यो गाथामा यसै गरि तुषारा, गरङला वा गोगन जस्ता रैथाने रूख जहाँ हुन्छन,त्यहाँ पानीको श्रोत संरक्षित हुने कुरा बताइएकोछ।
तिमिलोको उपयोग
तिमलोको बहुबिध उपयोगिता माथिका प्रसंगबाट पनि धेरै प्रष्टिन्छ। सुदुर पश्चिम भेगमा यसका बारेमा एउटा अर्को भनाइ पनि प्रचलित छ। जै का बुवा बैस्याउन लाग, उ लेक तिम्लि खोज अर्थात जसको बाबुलाइ आउमासी लाग्छ, उसले लेकमा तिमलोको लागी नगइ धरै छैन। तिमलालाइ आउमासीको पक्का औषधि मानिन्छ। काचो तिमलाको तरकारी र अचार सारै मिठो हुन्छ। यसले पेटको गर्मी शान्त हुन्छ। यसले पशुहरुमा दूध बढाऊछ। अरु फल भन्दा यसमा बिटामिन इ र सी पनि ज्यादा पाईन्छ। प्राय लेकतिर हुने यो डालेघास पशुको लागि उत्तम आहारा मानिन्छ। यसमा अन्य फल भन्दा चार गुना अधिक बिटामिन र कैल्सियम हुन्छ। तिमलाको फलमा ८४%गुदो र १६% बोक्रा हुन्छ। यसबाट जाम जेली समेत बनाउन सकिन्छ ।
तिमिलाको नालिबेली
अधिकांशत: ६००देखि१६००मिटरको उचाइमा पाईने नेवारो प्रजातीको यो बनस्पतिका पाँच प्रजाति पत्ता लागेकाछन। सुदुर पश्चिममा पाइने तिमलाको खलक यो समुहको सबभन्दा पुरानो प्रजाति हो। यसका कुनै रुखमा फल नै नलागने हुन्छ। यस्ता रुखलाइ अखजी भनिदो रहेछ। तिमलाका पात १५ ईन्च लामा र १२इन्च चौडा सम्म हुन्छन । नेवारो प्रजातीको यो रुखलाइ हिन्दीमा जंगलि अंजीर भनिदो रहेछ। स्थानभेद अनुसार तिमलो, तिमिलो,तिम्लो,तिमिला,तिम्ली या तिम्ला जस्ता कतिपय नामबाट चिनिने यो बनस्पतिको बानस्पतिक नाम फाइकस केरिया र लेट्रिन नाम औरक्युलाटा हो।
बिकासका नाममा झिकाइने नाना थरि हाइब्रीड बिदेशि डालेरुख भन्दा यो रैथाने बनस्पतिलाइ ग्राह्यता दिएर यसकोबारे थप शोधखोज गरिनु पर्दछ। यो स्वदेशि पहिचानहो, समयको माँग हो र लोकसरोकारको बिषय पनि हो।

Sunday, November 15, 2009

उहिले र अहिलेका केदारस्तुति



















स्थानिय लोकसाहित्यमा केदारगाथा



तम गुसाइ केदार कौन चलाइ भै मनेषु हमी कै का,
मनेषु हमि कैका-- गुसाइ मेरा-- मनेषु हमी कैका।।
रागस पुरिको राज्य होलो भाइ मनेषु हमी कैका,
मनेषु हमी-------- ------------------------।।
तम गुसाइ ससालिंङ क्यान चलाइभै मनेषु हमी कै का,
मनेषु हमि कैका---------------------------।।
रागसपुरीको राज्य होलो भाइ मनेषु हमी कै का,
मनेषु हमी कैका-------------------------‍।।
(यसप्रकार प्रतेक देवताको नाम पुकार गर्दै “तपाइ मेरा मालिक किन अन्यत्र जान थाल्नु भयो? हामी मनुष्यहरु कता जाने हो? यहाँ त राक्षसहरु पो राज गर्ने भए!” भन्दै लोकपर्बको अवसर पारेर लोक लयमा गितीनृत्यको आयोजन हुन्छ।)
(१)
शिखर सियालो घाम गुसाइ मेरा शिखर सियालो घाम,
बगणा सिमसिम्या पानी गुसाइ मेरा बगणा सिमसिम्या पानी।।
भोका तिसा तेरा द्वार अया गुसाइ मेरा भोका तिसा तेरा द्वार अया,
मन शुद्ध तन शुद्ध भयो गुसाइ मेरा मन शुद्ध तन शुद्द भयो ।।
तेरो दियो तोइलाइ चणौलो गुसाइ मेरा तेरो दियो तोइलाइ चणौलो ,
हम तेरा काखका बला गुसाइ मेरा हम तेरा काखका बला।।
(२)
तेरि सेवा आयो केदार ,मेरि सेवा मानिदे केदार
भोका पेट आयो केदार, मेरि सेवा मानिदे केदार
तिना केश आयो केदार, मेरि सेवा मानिदे केदार
मै तेरा भाणिको फुल, मेरि सेवा मानिदे केदार
मै तेरा काखको बालो, मेरि सेवा मानिदे केदार
मै हिट्या बिराना बाटा, ऐतिर लागेइ केदार
मै कभै एकलो भया, डिठिमाइ भएइ केदार
सुखदुक जे भया पनि,जुणि जन छाणेइ केदार
दिन रात काममा हौला, तै छाया दियेइ केदार
लटागणा हम तेरा पूत, बोलिमाइ बसेइ केदार
हम तेरा भाणिका फूल,पुजामाइ लायेइ केदार
माला माइ औणिन्या फुल,धुलामाइ जन झौ केदार
तेरा थात मेरो खुट्टा पण्या,हातकि छाया दे केदार
पुजाकि बकत होइगे मेरि सेवा मानिदे केदार
भाणिका फूलको रंङ,ओइलान जनदे केदार
भाणिका फूलकि बास,मण्णल राखिदे केदार।।
 (३)
 

      शंकराचार्यविरचित दशश्लोकी शिवस्तोत्र



न भूमिर्न तोयं न तेजो न वायुः
न खं नेन्द्रियं वा न तेषां समूहः
अनेकान्तिकत्वात् सुषुप्त्येकसिद्दः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥१॥

न वर्णा न वर्णाश्रमाचारधर्मा
न मे धारणाध्यानयोगादयोपि
अनात्माश्रयाहंममाध्यासहानात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥२॥

न माता पिता वा न देवा न लोका
न वेदा न यज्ञा न तीर्थ ब्रुवन्ति
सुषप्तौ निरस्तातिशून्यात्मकत्वात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥३॥

न साख्यं न शैवं न तत्पाञ्चरात्रं
न जैनं न मीमांसकादेर्मतं वा
विशिष्टानुभूत्या विशुद्धात्मकत्वात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥४॥

न चोर्ध्व न चाधो न चान्तर्न बाह्यं
न मध्यं न तिर्यँ न पूर्वाऽपरा दिक्
वियद्व्यापकत्वादखण्डैकरूपः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥५॥

न शुक्लं न कृष्णं न रक्तं न पीतं
न कुब्जं न पीनं न ह्रस्वं न दीर्घम्
अरूपं तथा ज्योतिराकारकत्वात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥६॥

न शास्ता न शास्त्रं न शिष्यो न शिक्षा
न च त्वं न चाहं न चायं प्रपञ्चः
स्वरूपावबोधो विकल्पासहिष्णुः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥७॥

न जाग्रन् न मे स्वप्नको वा सुषुप्तिः
न विश्वौ न वा तैजसः प्राज्ञको वा
अविद्यात्मकत्वात् त्रयाणं तुरीयः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥८॥

अपि व्यापकत्वात् हितत्वप्रयोगात्
स्वतः सिद्धभावादनन्याश्रयत्वात्
जगत् तुच्छमेतत् समस्तं तदन्यत्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥९॥

न चैकं तदन्यद् द्वितीयं कुतः स्यात्
न केवलत्वं न चाऽकेवलत्वम्
न शुन्यं न चाशून्यमद्वैतकत्वात्
कथं सर्ववेदान्तसिद्धं ब्रवीमि ॥१०॥
इति श्रीमद्शंकराचार्यविरचितं दशश्लोकी समाप्तंम्

Saturday, November 7, 2009

WELCOME to GWALLEK KEDAR




we are introducing GWALLEK KEDAR DHAM, THE LAND OF LEGEND as a new destination for tourism . Gwallek shikhar is situated in  Baitadi district, nearly 20 kilometre east from district headquarter .
-------

  • Now, This heavenly land is realizing the wave of change.
  • We are refining our old, date expired and meaning less pride.
  • We know, Our land is land of legends. It is fit to be home of divinity, land of holiest of holy.
  •  Mother Nature riches it.
  • It is destination for wild life lovers.
  • Its Topography ranges from foothills to high range.
  • Here religion is life, land is lord’s citadel.
  • Holy rivers, gushing streams, hush fields prefer to make home of sanctuary.
  • This is a land, where original wind of culture lurks and where the ancient culture lives.


 Term kedar itself indicate a rock formation or FUTLINGA or glacial moraine.
 Kedarnath,chief seat of kedars lies in uttaranchal,near by Indian state, uttaranchal .
 Kedarkhand is a holy land where Pandavas past their last days way back to kailash.
 Different kedar temple established after that. Folk lures says so.
 Devotee who die here became a part of shiva.
 Kedar mandir dedicated to lord Shiva,Kedarsila term is vary famous.
 Quite virgin land, itself a host of northern India and western Nepal .
 Being one with nature. Plant communities. Flora, fauna and large number of woodland.
 Scaling the height of yoga and mental health.
 Instead of artificial life,-man made synthetic life , where we are fighting for disease, locking in green house effect, eating toxic waste and building block of DNA-we can march to spiritual life.
 Here we can manage spiritual crisis( beyond the humdrum of every day life, we feel the need of nature. pay heed to inner voice) Natural and inevitable realm of mind, body and soul.
These are some views of our holy land and holy temples .