Tuesday, September 10, 2013

medieval History of Garhwal, Kumaon and Doti Nepal (Asian Medieval History (740-1200 AD)



                                                                                                                            ByBhishma Kukreti



                                         Territory of Katyuri Kingdom of 1000-1090 History Periods


       There are fewer records available for knowing the total are of Katyuri kingdom (Jay Singh Dev to Katar Mal Dev 1000-1090).
 The Katyuri kingdom was divided into district, the district was divided into Mandals (as tehseel or Mandal of today’s’ time); Madal was divided into Thakurai; Thakurai was divided into Gadh, Kot or Thokdaris. The in charge of Kot or Gadh were called Gadhpatti or Kotpati .
              Due to constant attacks of Mahmud Ghazni on north India, many army men were entering into Uttarakhand hills for shelters. The ambitious local persons were taking help of these emigrant armed men and establishing Thakurai.
                The different regions of Katyuri kingdom were based on geographical, linguistic, cultural, social and religious exclusivities.  There were exclusivities of each region from life style; dresses, even animals domestication and animals point of views too.
   Initially, the regional heads were either Katyuri or Khasas. The regional chieftains wee very important as they were capable to change the king too.
  The following main regions or Mandals (as today’s Tehseel) were there –

                             Tankan Mandal
  The north territory of Garhwal or Kedarbhumi  was called Tankan Region. The region is/was attached to Tibetan boundary. Each village of Neeti and Mana region used to be Gadh of Tankan region. Other Gadh were Kartikeypur, Tapovan, Parsari, Painkhanda, Khanda and Dashauli.

              Durmarg Mandal or Region

              Durmarg region was Mandakini valley. There was peace in the region. Therefore, many temples were built in the region/Mandal. Main Gadhs were Nagpur and Kandara.

              Badahat Mandal or Region of Katyuri Kingdom (1000-1090AD)

 The Badahat Mandal was extended from Yamuna- Bhagirathi and Bhagirathi- Bhilangana valleys.
The Gadhs of North-West Badahat:- Gadhtang, Jor, Biralta, Silgadh, Mungra, Sankari, Badkot, Todarkwara, Rami Gadhs. There were infighting of these Gdhs with Gadhs of Kinnaur and Sirmaur of Himachal Pradesh.
The Gadhs of West Badahat-  Udaypur, Kirtingar, Bangar, Chilla,Pratapnagar,, Bhardar, Bhilang Gadh.
Uppugadh was under Badahat region. Ramola Garh was in Mukheem.

  Rath-Chanth Mandal or Region of Katyuri Kingdom (1000-1090AD)

  Present Badhan, Chandpur, Chaund, Top, Ranigarh, Lohaba, Dhauna, Vangarh, Kanda, Gujdu, and Savli were main Gadh. Dewalgarh was also under Rath Region.

              Mal, Salan Mandal or Region of Katyuri Kingdom (1000-1090AD)

  The south of present Garhwal was called Salan or Mal Mandal.
Mahab Garh, Bagh, Ajmeer, Shri Guru, Mavakot, Gatkot, Bhairon garh, Ghughti, Badalpur, Laldhang, Chandi, Santur, Kola, Sher, Nanor, Nala Virbhadra, Mordhwaj, Kunjani, Ratan, Kuili, Bharpur, etc regions were under Salan or mal region.

                 Lakha Mandal of Katyuri Kingdom (1000-1090AD)
     Sirmaur and Doon valley was under this region. Salmur, Kota, Sirmaur were main Gadh.


             Katyur Danpur Mandal or Region of Katyuri Kingdom (1000-1090AD)

  The region is in present Kumaun and main Gadh were Danpur, Harkot, Dhurkot, Kapkot, Karvipur,. Khasa were chieftains.

         Pali Mandal or Region of Katyuri Kingdom (1000-1090AD)

 The head quarter was Dwarhat. Dwarhat, Asurgadhi, Juniyagadhi, Dauralkot, Naithana, Manila were main Gadh of Pali Mandal.

             Bara Mandal or Region of Katyuri Kingdom (1000-1090AD)
  The bara Mandal was extended to the bank of Sual River. Vishaud, Khagmara, Faldakot, Dhaniyakot, Syunara, Tikhaun, Pankot, Raila, Parkot, Talla Kot, Malla Kot, Majkot, Budhlakot, were main Kot or forts. The Khasia chieftains were cruel.

                             Kota Mandal or Region of Katyuri Kingdom (1000-1090AD)

     Shitalhat, Batikhahi, Mahrudi, Parkot, Dhikuli, Lakhanpur, Kashipur, Govishan, Lohakot, were main Gadh of this Bhabhar region. The region was always disturbed by attacks from plains of kings or regional chieftains.
                   Kali Kumaon Mandal or region of Katyuri Kingdom (1000-1090AD)

  Domkot, Champawat, Kautol, Sui, Chamul, Chandi, Chhat, Baun, Son, Koyal, Kaida, Malua, were main Gadhs of this region.


             Gangoli Mandal or region of Katyuri Kingdom (1000-1090AD)

                Manikot, Gangolihat, Vankot, Jamankot, were main Gadh of this Mandal.

                Saur Mandal or Region of Katyuri Kingdom Period (1000-1090AD)

        Ucha, Bhat, Bailar, udaypur, Dungara, Sahaj, Babhuva, Devdhar and Duni were main Gadh of Saur Mandal.

      Seera Mandal or Region of Katyuri Kingdom Period (1000-1090AD)

 Didihat, Seerakot, were main Gadh. The fort of Seerakot was unwinnable.

  Askot Mandal or region of Katyuri Kingdom (1000-1090AD)

Askot had eighty forts or Gadh. It was also called Khaskot or Muskot.

      Bhot Mandal or region of Katyuri Kingdom (1000-1090 AD)
  The Bhot mandal was divided into East Bhot region and west Bhot region.
Juhar or Jubar was in west Bhot region.
Darma, Vyans and Chaundas Gadh were under this region.
The rules of Katyuri kings were nominal on the chieftains of Bhot.

 Kalipar or Doti Mandal or Region of Katyuri Kingdom (1000-1090AD)

 The Doti (today’s Nepal) had main Gadhs as Itri, Devra, Gadhi Charail, Dandel, Tilari, Baitadi, Matiyala, Karala, Rajkot, Silgadhi, Talkot, Ramkot, Dillikot, Dulukot, Dailekhkot,. There are descriptions of Jurail, Dipail, Bajrail, Ajmir in folklores.

                    Subjects of Katyuri Kingdom of Indian, Himalayan Medieval Period (before 1090)


 The people were Khasa in Katyuri kingdom. Dr Katoch states that Katyuris were Khasa too.

                Shelters for Artists

   Katyuri kings used to respect art and artists. The temples of this period are proof that Katyuri respected and encouraged art and artists.

                        Arrival of External Brahmins and Rajput

     In past Brahmins and Rajputs used to settle in Uttrakhand from various parts of India but in scanty numbers.  In eleventh century onwards,  Rajputs and Brahmins arrived in mass. These external people exploited the local mass.

Courtey  Bhishma Kukreti - (The History of Garhwal, Kumaon, Haridwar write up is aimed for general readers)

                         

Friday, August 30, 2013

खसको नालिबेली




/
                                                                                                      साभार-अन्नपूर्ण पोष्ट र
                                                                                                             http://khas-people.blogspot.com.au 
                                              
ऐतिहासिक क्रममा ककेसस क्षेत्रबाट दक्षिण-पूर्वहुँदै कैयौं शताब्दीको अन्तरालमा यस हिमवत् खण्ड तथा नेपालमा आइबसेका आदि ककेसियनहरु नै खस जाति भएको देखिन्छ। उनीहरु यस हिमवत् खण्डमा स्थापित भइसक्दा दक्षिणतर्फको मैदानी क्षेत्र वा गंगा ब्रहमपुत्रको मैदानमा सिन्धु उपत्यकाको सभ्यता विकसित भइसकेको थिएन। सिन्धु नदीले बनाएको सिन्धु उपत्यकाको वरपर स्थापित सभ्यता कांस्य युग -ईशापूर्व ३३०० देखि १३००० मानिन्छ। यो सभ्यताको उन्नत अवधि हरप्पाको युग हो। हालको उत्तर पूर्वी पाकिस्तानको पञ्जावमा हरप्पाको सभ्यता देखिएको हो। त्यहाँ आर्य जातिको बसोबास देखिनु पहिले नै खसहरु नेपाललगायत हिमवत् क्षेत्रमा देखा परिसकेका थिए। यसबाट खस आदिवासी हुन् भन्ने तथ्यमा कुनै शंका गर्ने ठाउँ रहँदैन।

आर्यलाई कतिपय इतिहासकारले हिन्दुस्तानमा आक्रमण गर्न आएको जातिको समूह मान्दछन्। उनीहरु १५०० देखि १००० ईशापूर्वमा भारततर्फ प्रवेश गरेको मानिन्छ। तर खसका बारेमा यस प्रकारको तर्क गरिएको छैन। यसको कारण के हो भने उनीहरुभन्दा केही सहस्राब्दी अघि नै जंगली एवं घुमन्ते जातिका रुपमा खसहरु नेपाल पुगिसकेका थिए। भारत आउँदा रथ वा घोडा चढेर आएजस्तो नेपाल आउने सम्भावना पनि छैन।

खसहरु अधिकांश पहडैपहाडको बाटोबाट अगाडि बढेको देखिन्छ। त्यस्तै उनीहरुको बसाइँसराइ ठूलो संख्यामा भएको पनि देखिँदैन। हिमवत् खण्ड वा नेपालवाहेकका गंगा ब्र
मपुत्रको मैदान वा सिन्धु उपत्यकामा खसको स्पष्ट कुनै उपस्थिति देखिँदैन। यसको अपवादका रुपमा कुशिनाराका मल्ललाई लिन सकिन्छ। उनीहरु खस जातिका भनिएको छ। तर समान्यतः हिमवत् खण्डका खसको तलका मैदानी फाँटका आर्य तथा त्यहाँको सभ्यतासँग संगत हुन लागेको केही शताब्दीमात्र भएको देखिन्छ। यसलाई पुष्टि गर्ने वैदिक तथा पौराणिक आधारहरुको कमी छैन।

वास्तवमा पश्चिम एशियादेखि पश्चिम नेपालसम्मको खस नामसँग मिल्दाजुल्दा भौगोलिक नामका आधारमा खस जातिको पूर्वतर्फको प्रयाण मार्ग अकाटय रुपमा पहिल्याउन सजिलो भएको छ। काबुलदेखि काश्मीर, लद्दाख, हिमाञ्चल प्रदेश, कुमाउँ, गढवाल, नेपाल र नेपालपूर्वका विशाल भूभागहरुमा खस जातिको अस्तित्व प्राग्वैदिक हो भन्ने निष्कर्षका लागि अब विशेष अनुसन्धानको आवश्यकता छैन। पश्चिम चीनको सिन्जियाङ प्रान्त तथा भोट एवं नेपालमा खसहरु एकैआपसमा देखिनुले पनि उनीहरुको ऐतिहासिकता प्राचीनतम लाग्दछ। अत्यधिक चिसो बढेका कारण खसहरुलगायत पश्चिम गेटका मोन्पाहरु लाखापाखा लागेको बताइन्छ। तथापि अहिले पनि उनीहरुको बसोबाससम्बन्धी ऐतिहासिक प्रमाणहरु उपलब्ध छन्।

खस जातिको जातीयता वा पहिचानको कुरा गर्दा यस उपमहाद्धीपका अन्य आर्यसँग पनि जोड्ने गरिन्छ। तथापि हिमवत् खण्डका खस जातिको अन्यत्र जातीय सम्बन्ध छैन। जातीय सम्बन्ध नहुँदा भाषा, धर्म, संस्कृति, समाज वा थातथलो कुनै पनि दृष्टिले खसको दक्षिण एसियाका अन्य जातिसँग सम्बन्ध रहेन। आज पनि खस सम्बन्धमा यही कुरा लागू हुन्छ। कतिले मुसलमानहरुको आक्रमण छल्न भारतबाट खस नेपाल पसेका हुन् भन्ने आसयका व्याख्याहरु पनि गरेका छन्। दक्षिण एसियाली उपमहाद्धीपमा मुसलमानहरुको ठूलो विजयगाथा छ।

सास्कृतिक रुपमा पनि मुसलमान आक्रमणको सिद्धान्त एउटा कुतर्कमात्र हो। मुगल साम्राज्यको विजय गाथामा पनि मुगलले कसैलाइ खेदेर नेपाल पुर्‍याएको लेखिएको छैन। तर नेपालबाहेक अन्य क्षेत्रमा लखेटेर पुर्‍याएको भने लिखित रुपमा भेट्न सकिन्छ। मुगल साम्राज्यको डरले भागेर शरणार्थी भइआएका आम आप्रवासीलाई नेपाल पहाडमा शरण दिएको पनि कुनै ऐतिहासिक स्रोतमा उल्लेखित छैन।

यो कुरा साँचो भएको भए एघारौं शताब्दीमा यस क्षेत्रको इतिहास लेख्ने पहिलो मुस्लिम इतिहासकार अल्बेरुनीले यस सम्बन्धमा अवश्य नै लेख्ने थिए होलान्। वास्तवमा महमुद अफ हाजनीले उत्तरपूर्वी भारतमा आक्रमण गर्दा उनी साथै थिए। मुगल वंशका संस्थापक बाबरलगायत शासकले आफनो महिमा लेखाउँदा यति ठूलो उपलब्धिलाई लुकाउनुपर्ने कारण थिएन। त्यसै पनि भारतमा मुसलमानहरु देखिनुभन्दा हजारौं वर्षअघि देखि नै नेपालमा खस रहेको स्पष्ट नै छ। यदि बाह्य क्षेत्रबाट त्यसरी बृहत् संख्यामा शरणार्थीहरु मुलुक छिरेका भए नेपालको इतिहासमा सो कुरा अवश्य नै उल्लेख हुने थियो।

सामान्यतः बा
ह्य मुलुकबाट आएका आप्रवासीले आफ्नो मूल थलोलाई आठ-दस सय वर्षमै बिर्सदैनन्। न स्थानीयहरुले नयाँ आप्रवासीलाई सहजै शरण दिन्छन्। विश्वभरको आप्रवासको इतिहासमा नयाँ र पुराना बासिन्दाबीच हुने झडप एकदमै सामान्य मानिन्छ। तर नेपालको इतिहासमा पुराना स्थानीय र शरणार्थी भई आएकाहरुबीच त्यस्तो झडप भएको पाइँदैन।

त्यस्तै मुस्लिम आक्रमणबाट नेपाल आएका पीडितले पनि आफनो कथा अवश्य नै लेख्ने थिए होलान्, भारतीयसँग पारिवारिक सम्बन्ध पनि हुनुपर्ने थियो। बिहेबारी आदि चलन रहेको हुनुपर्ने थियो। उनिहरुको भारतको मामाघर वा ससुरालीतर्फ आवत्जावत हुनुपर्ने थियो। तर भारतीयहरुसँग नेपाली खस समुदायको सो प्रकारको सम्बन्ध भएको देखिँदैन। जब यताका परम्परागत बाहुन र उताका ब्रा
मणमा भान्सा नै चल्दैन भने यसको ऐतिहासिककरण हुन्छ नै। कुमाइ बाहुन क्षेत्रहरुको महाकाली पश्चिमका पहाडी जातिसँग बिहेवारी चल्दछ। तर उनीहरुमा पनि दक्षिणतर्फ बिहेवारीको प्रचलन छैन। सास्कृतिक दृष्टिले हेर्ने हो भने दशैं-तिहार मान्ने समुदायमा वर्षको एकपटक घर फर्किने चलन नहुनु सामान्य नेपाली समुदायमा सोच्न नसकिने कुरा हो। हिमवत् खण्डमा दर्जनौं उपल्लो स्तरका संकृत साहित्यिक ग्रन्थहरु लेखिएको पाइन्छ। तिनमा यति ठूलो राजनीतिक उथलपुथलबारे नलेखिनु सम्भव थिएन।

हिन्दु धर्मको प्रभाव दक्षिण एसियाबाहेकका बर्मा, थाइल्यान्ड, भियतनाम, मलेसिया, फिलिपिन्स इत्यादि क्षेत्रमा सन् २०० देखि ६०० सम्मा कायम भएको देखिए तापनि हिमवत् खण्डमा यसको प्रभाव केवल १५ औं शताब्दीपछि मात्र देखापरेको छ। खस शासक वर्गले बौद्ध धर्मबाट हिन्दु धर्म अपनाउँदै जाँदा सोहीअनुसार आम खसहरुमा यसको प्रभाव पर्नु सामान्य रुपमा बुझिने कुरा हो। यही प्रभाव स्वरुप शासकहरुले झैं आम खसहरुले पनि हिन्दु धर्म अँगाल्दै अघि बढे। यसका लागि मुलुकमा पूर्वाधार नभएका कारण ऐतिहासिक कालमा खस राजाहरुले संस्कृत पढेका तथा भारतीय परम्परामा हुर्केका पण्डितहरुलाई शास्त्र मर्मज्ञ मान्दै उनीहरुबाट शिक्षादीक्षा लिन रुचाएको देखिन्छ। धामी-झाँक्री र खाँडो जगाउने लोकरञ्जक पम्परामा हुर्किका खस बाहुनहरुले संस्कृत नपढेका हुनाले उनीहरुलाई शास्त्रीय कसीमा आफूलाई उभ्याउन गाह्रो हुन्थ्यो। तसर्थ धार्मिक ज्ञानका अभावमा उनीहरुसँग शास्त्रार्थ गर्ने क्षमता हुदैनथ्यो। यो परिस्थितिमा ठूला धार्मिक अनुष्ठान तथा कार्यक्रमहरुमा सल्लाह दिन भारततर्फ जाने पम्परासँगै कर्मकाण्डका पुस्तकहरु पनि नेपाल छिर्न थाले। जहाँ जहाँ कर्मकाण्डले प्रवेश पायो, त्यहाँका पुराना प्रचलनहरु विस्थापित हुँदै गए।

उपत्यकाका मल्ल राजाहरुले धेरै पहिल्यैदेखि भारतीय पण्डितलाई मठमन्दिरका पुजारी बनाएको देखिन्छ। योभन्दा धेरैअघिदेखि नै पशुपतिनाथलगायत कतिपय मन्दिरमा भारतबाट ल्याइएका भट्टद्धारा पूजाअर्चना गराउने प्रचलन सुरु भएको हो। यो प्रचलन आज पनि कायमै छ। शंकराचार्यले बनाएको नियमबमोजिम राजा यक्ष मल्ल -सन् १४२८-१४८२) ले दक्षिण भारतका ब्रा
मण भट्टहरुमा यो जिम्मेवारी दिएको सिल्भाँ लेभीले आफनो सन् १९०५ को पुस्तकमा लेखेका छन्। भारतबाट ल्याइएका पण्डितहरुको परिचय आज पनि त्यही रुपमै कायम छ। तिनलाई खस पण्डित भनिँदैन। खसको समकक्षी पनि मानिँदैन।
नेपालमा क्षत्री-बाहुनको प्राचीनता

नेपालको लिखित र प्रामाणिक इतिहास इस्वीको पाँचौ शताब्दी अर्थात् ई ४६४ को मानदेवद्वारा स्थापित चाँगुनारायण स्तम्भले पुष्टि गरेको छ । राजा मानदेव वैशालीबाट काठमाडौं उपत्यका पसेका लिच्छविवंशीय क्षत्री थिए भन्ने तथ्य चाँगु स्तम्भको शिलापत्र स्वयंले यसरी स्पष्ट पारेकोः 'क्षात्रेर्णाजनवाश्रयेण विधिना दीषाश्रितोहं स्थितः' अर्थात् क्षत्रीको धर्मबमोजिम दीक्षा लिएर म बसिरहेको छु । यसै गरी शिलालेखमा ब्राह्मणको प्रसंग पनि आउँछ । धर्मदेवकी रानी अर्थात् राजा मानदेवकी आमा राज्यवतीले ब्राह्मणहरुलाई दान दिँदै सतीव्रतमा रहेको प्रसंग त्यहाँ परेको छ । यति मात्र होइन
लिच्छविकालका अधिकांश अभिलेखहरुमा बारम्बार क्षत्री-बाहुनलगायत चार वर्ण अठार जातिको प्रसंग आउने गर्छ । परिस्कृत संस्कृत भाषामा लेखिएका लिच्छविकालीन अभिलेखहरु स्वयंले त्यस बखतको समाजमा हिन्दू धर्ममा ब्राह्मण र क्षत्री जातिको झन् वर्चश्व थियो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ किनभने चाँगुस्तम्भबाहेक अन्य लिच्छवि अभिलेखहरुमा पनि यी जाति र नेपालको वर्ण व्यवस्थाबारे यथेष्ट उल्लेख गरिएको पाइन्छ ।
हिजो आज 'चार वर्ण छत्तीस जात' भनेझैं तिनताका 'चार वर्ण अठार जात' भन्ने चलन रहेको तथ्यलाई पनि उक्त अभिलेखहरुले स्पष्ट पार्दछन् । यस तथ्यलाई संवत ४२८ को थानकोट आदित्यनारायणको वसन्तदेवको अभिलेखमा पनि उत्तिकै अकाट्य ढंगले पुष्टि गरिएको छ । जसमा जय पल्लिका ग्राममा बस्ने ब्राह्मण मुखियालगायत गाउँका अठारै जातका गृहस्थीहरुलाई कुशल मंगल सोधेर आज्ञा भएको छ भन्ने सुस्पष्ट व्याख्या परेको छ । यताबाट नेपालमा लिच्छविकालदेखिनै क्षत्री-बाहुनलगायत अठारै जातिको अस्तित्व मात्र होइन वर्चश्व नै रहेको छ बरु लिच्छविकालीन अभिलेखहरुलाई केस्राकेस्रा केलाउने प्रा।डा। जगदीशचन्द्र रेग्मी जस्ता संस्कृतिसाधकहरुको निष्कर्ष के छ भने लिच्छविकालमा गुरुङ मगर र यस्तै मंगोल खलकका अरु जातिहरुको परिचयसम्म पनि पाइँदैन । संभवतः यी जाति पछि मात्र नेपाल आएका थिए भनी उनले आफ्नो पुस्तक 'लिच्छवि संस्कृति' मा उल्लेख गरेका छन् ।

उपर्युक्त आधारहरुबाट क्षत्री-बाहुनहरु नेपालका कति प्राचीन जाति रहेछन् भन्ने अकाट्य प्रमाण मिल्छ । दुर्भाग्य लिच्छविहरु पनि किरातहरुकै जस्तो विस्थापित हुन पुग्दा यो परम्परा र समाज अविच्छिन्न रहेन । आठौं-नवौं शताब्दीपिछ काठमाडौंको सत्ताबाट लिच्छविहरु एकाएक ओझेल पर्न पुगे र इतिहास एकप्रकार अन्धकारमा पर्न गयो । काठमाडौंको शासन पनि उपत्यकामै सीमित रहन थाल्यो । एकैचोटी बाह्रौं शताब्दीमा काठमाडौंमा राजा ठकुरी र प्रजा गैर ठकुरीको नेवार राज्य देखापर्न पुग्यो भने सुदुरपश्चिमबाट खसहरुले बेलाबेलामा काठमाडौं उपत्यका नै हान्ने अन्यथा पूर्वमा चेपे-मस्र्याङ्दी र पश्चिममा कुमाउ गढवाल अनि उत्तरमा तिब्बतको गुंगेसम्मको विस्तृत राज्यमा अधिकार जमाउन सफल भए । इतिहासमा यसलाई खस साम्राज्य भन्ने नाम दिइयो ।
खस र क्षत्रीसम्बन्धी विवाद

खस र क्षत्री समवयी शब्द भए तापनि यिनको समधर्मिता र भिन्नताबारे हाम्रो समाजमा उति बहस र विवाद हुन सकिरहेको छैन । कतिले रुप जे भए तापनि सारमा यी दुवै समधर्मी शब्द नै हुन् भनेका छन् भने कतिले यिनीहरु विपरार्थी शब्द नै हुन भन्ने गरेका छन् । तिनीहरुका विचारमा वर्णव्यवस्थाको सोपानबाट हेरिदा क्षत्री-ब्राह्मणपछिको विशिष्ट जाति हो भने खस धेरै तलको जाति हो । त्यसैले क्षत्री उच्च जात हो भने खस हीन जातिका रुपमा लिइन्थ्यो । अतः यी दुइका बीच कुनै तादात्म्यता नै छैन । यिनको उद्भव एवं आगमन प्रकि्रया समेत समान छैन । अझ तिनीहरु त कहाँसम्म भन्छन् भने क्षत्री भनेका हिन्दूधर्मी तागाधारी पवित्र जाति हुन् खस भनेका वर्ण व्यवस्थाभित्र नपर्ने मतवाली अवैदिक क्षत्री हुन् । त्यसैले हामीले पनि यही विपरार्थी सोचभित्रबाट क्षत्री र खसका बारेमा विचारविमर्श एवं खोज-अनुसन्धान गर्नुपर्ने हुन्छ किनभने यसभित्र उल्लेख्य सत्यता रहेको पनि प्रतीत हुन्छ । यिनीहरु साना वा ठूला वा उच वा हीन हुन कि होइनन् भन्ने कोणबाट भन्दा पिन
यिनीहरुको वास्तविक उद्भव एवं आगमन प्रकि्रयाको कोणबाट यो विषय अनुसन्धेय बन्न पुगेको हो ।
आगमन प्रक्रिया
माथिल्ला प्रसंगमा नेपालमा क्षत्री जातिका मानिसहरुको आगमन प्रकि्रयाबारे थोरै उल्लेख गरियो । त्यसरी हेर्दा स्वयं लिच्छविकालका राजाहरुले आफूहरु क्षत्रिय रहेकोमा गौरव गर्ने गरेका प्रसंगबारे पनि उल्लेख गरियो । यसबाहेक लिच्छिव अभिलेखहरुको मसिनो अवलोकन गरिएको खण्डमा लिच्छविकालमा क्षत्री जातिको समाजमा उल्लेख्य प्रभुत्व उपस्थिति एवं हैसियत रहने गरेको फेला पर्छ तर स्वयं लिच्छवि इतिहासमा क्रमभंगता आउन पुग्दा आज ती लिच्छविकालीन क्षत्री-बाहुनहरु को हुन् र कुन हालतमा रहेका छन् त्यो भन्न त्यति सजिलो छैन । कतै तिनीहरु सबै नेवारी समुदायमा सम्मिलित भइसकेका त होइनन् किनभने यो समाज कुनै स्वतन्त्र र स्वायत्त समाज नभई गोपाल किरात र लिच्छविकालमा जात-जातिको सम्मिलन एवं सम्मिश्रणबाट नै विकसित बनेको यथार्थ हाम्रा सामु समुपस्थित नै छ । यसमा लिच्छवि समाजको कति योगदान रह्यो कसैले पनि यसतर्फ ध्यान दिन सकिरहेको छैन ।

उता यस तथ्यलाई घोर उपेक्षा गर्दै एकैचोटी बाह्रौं शताब्दीमा भारतमा मुसलमानी आक्रमण बढेपछि आफ्नो धर्मको बचाउका लागि मात्र क्षत्री-बाहुनहरु नेपाल पसेका हुन् भन्ने एकोहोरो रट लगाउने र त्यही अन्धविश्वासमा आफूहरु रम्ने एउटा सतही प्रवृत्तिले सबैलाई गाँजेको देखिन्छ । यसलाई पूर्ण सत्य मान्नु ठूलो गल्ती हुनेछ । यी मध्ये को खसबाट हिन्दूकृत भई क्षत्री बनेका जाति हुन् को लिच्छविकालीन क्षत्री हुन् र को बाह्रौ शताब्दीबाट नेपाल प्रवेश गरेका क्षत्री हुन् सबैको ठीकठीक एवं वास्तविक निरुपण गरिनु अत्यावश्यक छ ।
यसको विपरीत कर्णाली भेगमा बसोबास गरेका खसहरुको इतिहास केलाउनमा आनाकानी ढिलासुस्ती र बेइमान प्रवििध अवलम्बन गरिए तापनि यस जातिको अस्तित्व र सत्यासत्यमा सदाकाल पर्दा हाल्न सक्ने स्थिति विद्यमान देखिन्न । किनभने त्यहाँका खसले हालसम्म पनि अविच्छिन्न रुपमा आफ्नो बसोबास पृथक भाषा धर्म संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दै खस जातिको सामूहिक पहिचान प्रस्तुत गर्न कुनै कसर बाँकी राखेका छैनन् । जसअनुसार तिनको इतिहास हेर्दा एकसमयमा तिनीहरु पूर्वमा चेपे-मस्र्याङ्दी पश्चिममा कुमाउ-गढवाल र उत्तरमा तिब्बतको गुंगेसम्म विस्तारित भएको तथ्यलाई माथि पिन उल्लेख गरियो । यसैगरी यस जातिको इतिहास हेर्दा िसंजा उपत्यका प्रवेश गर्नुपूर्व २ सय वर्षसम्म कुमाउ उपत्यकाको शासक वर्गका रुपमा रहिसकेको तथ्य पनि त्यत्तिकै प्रामाणिक छ ।खस जातिको पूर्वरुप एवं नेपालसम्मको आगमन प्रकि्रया हेर्दा यिनीहरु बेविलोनियाको कस्साइटबाट इरान र इराकको सिमानामा पर्ने खशिस्तानको बासिन्दाको हैसियतमा स्वयंलाई नामाकृत गरेको प्रतीत हुन्छ ।त्यहाँ यिनीहरु 'कस' जातिका रुपमा प्रसिद्ध भए जसलाई अंग्रेजहरुले 'कस्साइट्स' भन्ने नाम दिए । यिनै कसहरु कालान्तरमा 'खस' भए । यिनीहरु मूलतः अवैदिक आर्य थिए र पश्चिमेसियाबाट भारत प्रवेश गर्ने क्रममा ईसापूर्व प्रथम सहस्राब्दीमा यिनीहरु वर्तमान अफगानिस्तान तथा पाकिस्तानको उत्तरी भाग र काश्मिरको दुर्गम क्षेत्रमा पर्ने बाल्हीक प्रदेशमा आइपुगे । जसलाई बाहिक प्रदेश पनि भनियो ।जो हाल भारतको पंजाव प्रान्त वरिपरि छ । यसले वर्तमान काश्मिर क्षेत्रलाई पनि समेट्यो । त्यसैले कस जातिको मीर अर्थात् बसोबास क्षेत्र भएको कारणले यो क्षेत्र पनि खसमोहिरबाट काश्मिर भएको सम्मका भनाईहरु पनि प्रचलनमा छन् । यही क्रममा यिनीहरु वर्तमान कुमाउ-गढवालसम्म आइपुगे र यिनै खसहरु क्रमशः कुमाउबाट वर्तमान नेपालको पश्चिमांचल क्षेत्रमा स्थानान्तरण हुन थाले । उक्त क्रममा सत्ता प्राप्त गर्ने खसहरु ठकुरी त अन्य कतिपय तागाधारी क्षत्री बन्ने प्रकि्रया सुरु भयो । कति खसहरु ब्राह्मण पनि बने. कि यो पनि कम चाखलाग्दो र अनुसन्धान विषय होइन? !
पश्चिम नेपालमा खसहरुलाई 'पावई खस' पनि भनिएको पाइन्छ । त्यसको अर्थ हो - पाखा-पखेरामा बस्ने मानिस । यी पावइहरु हाल पनि जुम्ला बझाङ र जाजरकोटका ग्रामीण भेगहरुमा उल्लेख्य संख्यामा बसोबास गर्छन् । यिनीहरु जनै लगाउँदैनन् र मदिरा पनि सेवन गर्छन् तर स्वयंलाई खस नभनी क्षत्री भन्न मन पराउँछन् । वस्तुतः यिनीहरु प्राचीन खसका वास्तविक उत्तराधिकारी हुन् ।
ऐतिहासिक तथ्य
उपर्युक्त आधारमा के भन्न सकिन्छ भने नेपालका क्षत्री-बाहुन यहाँसम्म कि दलितहरु समेत भारतको मैदानी भागबाट आएका क्षत्री-बाहुनभन्दा पृथक आगमन प्रकि्रया पृथक पहिचान र पृथक इतिहास छ । 'पहाडी बाहुन र ठकुरीहरु आफ्ना पुर्खाहरु मध्यकालमा भारतमा मुसलमानी आक्रमणबाट पराजित भएपछि कान्यकुब्ज तथा राजस्थान आदिबाट धर्म एवं जाित रक्षार्थ नेपाल प्रवेश गरेको' कुतर्कलाई पुष्टि गर्ने कुनै कारण नभएको कारण मात्र होइन यिनका अधिकांश थरहरु तत्कालीन खस साम्राज्यका सरकारी दर्जाबाट र तत्कालीन कर्णाली वा कुमाउ भेकका गाउँका नामबाट लिइएको र यी थरहरु भारतको मैदानी भागबाट आएका बाहुनसँग प्रायः नमिल्ने हुँदा नेपालका यी क्षत्री-बाहुनहरु यही देशको माटोसँग छुट्याउनै नसकिने गरी जोडिएका देखिन्छन् । किनभने यिनै क्षत्री-बाहुनहरु सम्पूर्ण नेपालमा बसाई सर्दै हालको मेची अाचल ताप्लेजुंग जिल्लासम्म विस्तारित भएका छन् । इतिहासकार सूर्यमणि अधिकारीले आफ्नो ुखस साम्राज्यको इतिहासु नामक पुस्तकमा भूमिसँग जोडिएका त्यस्ता क्षत्री-बाहुनहरुको थर देहायबमोजिम उल्लेख गरेका छन् ।
तलका दृष्टान्त हेरौः
१ खस साम्राज्यका सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरु
अधिकारी - दराको हाकिम
कार्की - राजस्व अधिकृत
भट्ट - राजपुरोहित वा धर्माधिकारी
भण्डारी - राजकीय कोषको प्रमुख
लेखक - लेखक
महतारा - ग्रामप्रमुख
रोकाया - महताराको सहयोगी
थापा - सैनिक दर्जा
खड्गा - सैनिक दर्जा
राना - सैनिक दर्जा
बुढा - सैनिक दर्जा
बुढाथोकी - सैनिक दर्जा
२ कर्णाली प्रदेशका गाउँका नामबाट उत्पत्ति भएका थरहरु
जिल्ला गाउँ थर
जुम्ला
धिता- धिताल
पाण्डुसेरा- पाँडे
सिाजा-सिंजापित
चौडीलागाउँ-चौलागाइ
प्याकुरी- प्याकुरेल
सिम्खाडा- सिम्खडा
अछाम
तिमिल्सैन- तिमिल्सेना
घमिराउ- घिमिरे
देवकोट- देवकोटा
ढुंगानी- ढुंगाना
ढाँकु- ढकाल
वजगाउँ- वजगाईँ
रिमा- रिमाल
स्वाँरा- स्वाँर
घोडासैन- घोडासैनी
पुडासैन- पुडासैनी
धमाली- धमला
दर्ना- दर्नाल
कुइँका- कुइक्याल
चाल्सा- चालिसे
वारला- बराल
बझाङ
रेगम- रेग्मी
सोत- सोती
खार- खरेल खराल
सुवाडा- सुबेडा सुवेदी
वयाना-बानिया
बाजुरा
जमकट्टी- जमरकटेल
छाती- छन्त्याल
कुँडी- कुड्याल
वेलकाँटे- वेलकँटिया
खातिवाडा- खाती
बैतडी
 गाजरी- गजुरेल
डोटी
 डोटेखोला- डोटेल
निरौली-निरौला
ओझाना-ओझा
बोगटान-बोगटी
मुडभरा-मुडभरी
मुगु
खनाया-खनाल
कालैगाउँ-कल्याल
खत्याड-खतिवडा
दैलेख
लामाछान्नी-लामिछाने
बाँस्कोट- बाँस्कोटा
बाँस्तोली- बाँस्तोला
सातला- सत्याल
लुयाटी-लुइँटेल
बस्ताको- बस्ताकोटी
चापागाउँ- चापागाईँ
नेपा-नेपाल
रिजु-रिजाल
पोख- पोखरेल
लम्स- लम्साल
लम्ज- लम्जेल
दह-दाहाल
गैह्रा- गैर्
हे
भूर्ति-भूर्तेल
पराजुल-पराजुली
कोइराली-कोइराला
दवाडा- दवाडी
कट्टी- कट्टेल
भुषाकोट- भुषाल
सुइय- सुएल
वड- वडाल
मोडासैन- मरासैनी
गुरगाउँ गुरागाईँ
कालिकोट
खिड्किसैन- खिसर्िने
भर्ता- भर्ताल
राँचु- रुचाल
गेला- गेलाल
वाजाडा- वाजाडे
बाँझकोट- बाँझकोटा
रुकुम
सर्पुकोट- सापकोट, सापकोटा
दाङ
रजौरा- रजौरिया
माझगाउँ- मझगैयाँ

अतः यस लेखकलाई के लाग्छ भने अब उप्रान्त यी क्षत्री-बाहुनहरु आफ्ना पुर्खा खोज्न भारतको उज्जैन वा मध्य प्रदेशतर्फ भौंतारिन पुग्ने छैनन् र आफूहरु कर्णालीभेकसँग अविच्छिन्न ढंगले गाँसिएको र त्यहीँका गाउँ माटोबाट उब्जिएको भूमिपुत्र आदिवासी भएकोमा गौरव गर्ने छन् । यिनले स्वयंलाई हिन्दू भएकोमा गौरव गर्नुपर्ने पनि कुनै कारण रहने छैन वस्तुतः यिनीहरु पछिबाट नै हिन्दूकृत गरिएका हुन् ।
सोहीक्रममा यिनीहरु ठकुरी क्षत्री वा राणासम्म बनेका छन् । अन्यथा प्रथम राणा प्रधानमन्त्री स्वयं रामकृष्ण कुँवरका नाति वालनरिसंह कुँवरका पुत्र वीरनरिसंह कुँवर भएको सोहीक्रममा पछिबाट 'जंगबहादुर राणाजी' हुन पुगेको इतिहासका सम्पूर्ण पानामा यत्रतत्र पाइने तथ्यबाट कोही पनि अनभिज्ञ छैन नै । तर यो नेपाली खस बाहुनको धर्म तथा जाति पहिचानको सानो नमूना मात्र हो । यथार्थमा धेरैको हकमा यो अवस्था समान ढंगले लागू हुने देखिन्छ तर थप अनुसन्धान पछि मात्र यसको सत्यसत्य प्रकाशमा आउन सक्नेछ ।

बाहुन-क्षत्री किन आदिवासी होइनन् ?

नेपालका आदिबासिका प्रंसंगमा  'को हुन् आदिवासी ?' िशिर्षकमा कान्तिपुरमा प्रकाशित लेख यसै ब्लगमा राखिएको । सोको प्रतिकृयामा डा. विमलकुमार सुवेदी तेह्रथुमसावलाको कान्तिपुर(२०७० भाद्र १२)मा प्रकाशित पत्र यसै प्रसंगमा मिलेकोले जस्ताको तस्तै तल टिपिएकोछ।
"मंगलबार प्रकाशित 'दलित भएकैले प्रहरीको ओडारमा बास' भन्ने खबर पढेपछि मलाई यस राज्यले दिएको मेरो नागरिकतामा छापिएको पहिचानको बाहुन जात र हिन्दु धर्म भैंसीको सिङ भएको छ । तर मलाई मंगलबारै प्रकाशित बालकृष्ण माबुहाङले लेखेको 'को हुन् आदिवासी ?' भन्ने लेखले केही सान्त्वना दियो । किनभने यसमा आदिवासी खस जनजातिको अस्तित्वलाई स्वीकारिएको छ र प्रकारान्तमा यसमा मैले सुदूर इतिहासमा कतै आफूलाई बाहुन वा हिन्दु हुनु अघिको आपmनो मौलिक जनजातिको खस पहिचानलाई भेटेको छु । यो घामजस्तै सत्य हो कि प्राचीन नेपालका खसहरूलाई दक्षिणको समृद्ध चतुर वणर्ाश्रमवादी हिन्दु धर्म र संस्कृतिले आफनो प्रभावको आधिपत्यमा पार्‍यो र समजाति प्रकृतिका खसहरूलाई जाति विभेदी सामाजिक नर्कमा प्रवेश गरायो । तर माबुहाङले सोचेको जस्तो भारतबाट मुसलमानको आक्रमणले भागेका हिन्दुले यहाँ आएर जबर्जस्ती यहाँका खसलाई चार वर्णको व्यवस्थामा अनुवाद गराएको र सो हुन नमान्ने जनजाति भएको भन्ने कुरा मान्न भने इतिहास र नृवंशशास्त्रका आधारमा मलाई स्वीकार भएन । हिन्दुत्व यहाँ भौतिक हतियार र ज्यानधारी मानव सैन्यका आङमा चढेर होइन, बरु तुलजा भवानीको मूर्ति भित्रिए जस्तै प्रतीक आस्थाका विम्बहरूमा शक्तिको अदृश्य तरङ्गजस्तै शासक वृत्तका केही मानिस र यिनका स्वल्प निजत्वका परिधिहरूलाई टेकेर क्रमशः पसेको थियो । आफूलाई बाहुन-क्षत्री भनाउन गर्व गर्ने वर्तमान नेपालको पहाडी मूलका 'ककेसस' जातका मानिसहरू वास्तवमा भारतबाट भागेर नेपाल पसेका भन्ने इतिहासमा कुनै प्रमाण छैन ।माबुहाङजीको 'को हुन आदिवासी ' भन्ने प्रश्नको सिधा उत्तर छ, बाहुन-क्षत्री बाहेकका अन्य सबै गैह्र जाति जनजाति आदि यस देशका आदिवासी हुन् । बाहुन-क्षत्री किन आदिवासी होइनन् भने यिनले अर्काको जाति विभेदकारी संकीर्ण धर्म र संस्कृति अपनाएर आफनो आदिवासीत्वको प्राचीन खस गौरव र मर्यादामा कुठाराघात गरेका छन्, नै जातिभाइलाई शूद्र र दलित मानेर अछूत बनाएका छन् । फलस्वरुप एक सरकारी कर्मचारी आफना कर्तव्य पालनामा जाँदासमेत भक्कानिएर रुँदै एक्लिएर ओडारमा बास बस्नुपरेको छ । यस्तो विभेदकारी अन्धविश्वासको सामाजिक व्यवस्था के नयाँ नेपालका लागि उचित छ ? यस देशलाई हिन्दु राष्ट्र बनाउँछु भन्नेले  नेपालको आद्यमौलिक धर्म वा समाज व्यवस्था हिन्दु होइन, बौद्ध र खस हुन्, अनि यहाँ मन्दिर बन्नुभन्दा अगाडि नै बौद्धस्तुप र खसका मस्ट बनिसकेका थिए भनेर जान्नु आवश्यक छ कि छैन ?  "-