Thursday, April 10, 2014

हर्लिक्समा ५० रुपैयाँ खर्च गर्ने कि ४ रुपैयाँ?

                               
( साभार- अरुणा उप्रेती, सेतोपाटि)
हर्लिसको एउटा विज्ञापन आउँछ। एक गृहिणी दुध उमाल्न राख्छिन् र बिसिन्छिन्। दुध भकलक्क उम्लिन खोज्छ तर गृहिणीले दौडेर गएर ग्यास निभाउँछिन्। एउटा आवाज आउँछ, ‘दुध उम्लेपछि २५५ पौष्टिक तत्व नष्ट हुन्छ। त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस्।’ 
 
यो अति गलत र भ्रमपूर्ण विज्ञापन हो। महंगो हर्लिक्सलाई स्वास्थबर्धक खाना मान्ने मानिसहरुले जौको सत्तु बच्चालाई दिनुस् भन्दा ‘छया’ भन्लान् तर त्यस्तै अन्नबाट बनेको हर्लिक्स चाँही दिन खोज्छन्। 
 
टेलिभिजनमा आउने विज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले “बालबालिकाको बुद्धि बढाउँछ’ भनेर उल्लेख गरिन्छ। वास्तवमा यो भ्रमपूर्ण विज्ञापन हो। कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरुले बच्चालाई न अग्लो बनाउँछ, न बढी बुद्धिमान बनाउँछ। बच्चालाई घरमा नै बनाइएका दाल, भात, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ बनाउँछ। कुनै खास खानेकुराले बच्चालाई बढी बुद्धिमान बनाउने भए त धनी मातापिताका सन्तान, राजा र नेताहरुका छोराछोरी कति बुद्धिमान हुन्थे होलान? 
 
यस्तै भ्रमपूर्ण विज्ञापन प्रसारण भइरहेको छ। “तपाईका बच्चाहरुले घरको खाना खाँदैनन्? त्यसैले हर्लिक्स खुवाउनुस्, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ।’ घरको खाना नखाए पनि यसरी हर्लिक्स खाएपछि पोषणयुक्त तत्व शरीरमा पुग्छ भन्ने भ्रम जनमानसमा फैलाइएको छ। यस्तै भ्रमपूर्ण विज्ञापनका कारणले गर्दा धेरै बाबुआमाले बच्चाहरुलाई घरको दालभात, रोटी, तरकारी खान प्रेरित नगरेर बाहिरका महंगा खानेकुराहरु दिने प्रचलन बढ्दै गएको छ। पौष्टिकताको विषयमा गरिएको अनुसन्धानमा हर्लिक्समा कति प्रोटिन, कति कार्बोहाइड्रेट हुन्छ र त्यसको मूल्य के छ भनेर तथ्य अगाडि ल्याइएको छ।
 
अध्ययन अनुसार १०० ग्राम हर्लिक्समा पाइने यी तत्वलाई ५० रु. तिर्नुपर्छ तर यिनै तत्व पाइने खाद्य पदार्थ हामी रु.४ मा नै पाउन सक्छौ। झन् अहिले त साना शिशुको लागि, ५–६ वर्षको बच्चाको लागि, गर्भवती महिलाको लागि भनेर आउने हर्लिक्सको विज्ञापन र तिनमा देखाइएको तथाकथित चित्रहरुले त मानिसहरुलाई साँच्चि नै भ्रम पर्न जान सक्छ। वास्तवमा यी पदार्थ व्यापारिक प्रयोजनको लागि बनाइएको र यिनमा भनिएका धेरै कुरा अति बढी प्रचारित र भ्रमपूर्ण हुन्छन्। हर्लिक्स जस्तै अर्को बस्तु बोर्नभिटाका बारेमा गरिएको विज्ञापनमा भनिएको छ, यसको प्रयोगले बच्चा बढी काम गर्न सक्ने, बढी खेल्न सक्ने हुन्छ। यसरी बोर्नभिटाले बढी काम गर्न सक्ने भए त यो किनेर खुवाउने सबैका छोराछोरीहरु बढी खेल्न सक्ने, लामो समय काम गर्न सक्ने हुन्थे होलान् तर त्यस्तो भएको कहिँ देख्नुभएको छ?
 
साबुनका विज्ञापनहरु पनि निकै भ्रमपूर्ण हुन्छन्। कुनै पनि साबुनको मुख्य काम छालाको सफाइ गर्ने हो। लुगा धुने साबुनले लुगाको मैलो निकाल्छ, नुहाउने साबुनले शरीरको फोहोर निकाल्छ। 
 
अनुहार र शरीरमा लगाउने साबुनको विज्ञापन चाहिँ फिल्मका नायक÷नायिका, मोडललाई अघि सारेर गर्ने गरिन्छ। कुनै खास किसिमको साबुन लगाएपछि अनुहारको रंग गोरो, छाला नरम हुन्छ भनिएको हुन्छ। यस्तो लाग्छ मानौ कुनै खास साबुन प्रयोग गरेपछि अनुहार नै फरक हुन्छ। अहिले आउने विज्ञापनहरुमा लक्स साबुनको विज्ञापन निकै नै बढी छ। विज्ञापनको भ्रममा परेर मानिसहरु नै ‘ऐश्वर्य राय’ जस्तो अनुहार पाउने आशामा साबुन किन्ने गरेको देखिन्छ। विज्ञापनमा भनिए जस्तो गोरो अनुहार साबुनले पार्न सक्दैन। किनभने शरीरको छालाको रंग त मानव शरीरमा भएको ‘मेलानिन’ नामक तत्वले गर्दा गोरो, गहुँगोरो वा कालो हुने हो। यसलाई बाहिरबाट साबुनले धोएर वा क्रिम लगाएर परिवर्तन गर्न सकिन्न।
 
प्राकृतिक छालाको रगं गहुँगोरो वा कालो हुनु मानौं कुनै अभिशाप नै जस्तो गरेर यस्ता साबुनले प्रचार गरिन्छ र मानिसको गहुँगोरोको अपमान गरिन्छ। यो नैतिक हा ?
 
छालाको सफाइको लागि महङ्गा साबुन किन्नु पर्ने जरुरत नै छैन, जुनसुकै साबुनले पनि त्यो काम गर्नसक्छ। जाडोको बेलामा त बरु साबुनको सकेसम्म प्रयोग नै बन्द गर्नुपर्छ। साबुनको धेरै प्रयोगले जाडोमा छाला सुख्खा हुने र फुट्ने हुन्छ। 
त्यस्तै खाना खानुभन्दा अगाडि कुनै खास साबुनले हात धुनु पर्दैन। हात धुने जुनसुकै साबुनले धोए पनि हुन्छ। अहिले ‘लाइफबय’ नामको साबुनले अति आक्रामक भएर विज्ञापन गरिरहेको छ। लाइफबय साबुनले हात धोएपछि शरीरका १० थरि किटाणु भर्ने र यो साबुनले हात धोएपछि रुघाखोकी नलाग्ने, पेट नदुख्ने आदि आदि विज्ञापनमा दिइन्छ। डाक्टर अंकलको भेसमा सेतो कोट ओेडेर दिएको यस्तो परामर्श गलत हो। पहिलो त हातको ९९.९ प्रतिशत किटाणुको सफाइ गर्ने भन्ने विज्ञापन नै गलत छ। ९९.९ प्रतिशत किटाणु नष्ट भए भने त रोगसँग लड्ने हाम्रो शक्ति नै खत्तम हुन्छ। 
 
यस्तै फलफूलको रसहरु तथा जुसको विज्ञापनमा पनि निकै झुट कुराहरुको प्रचार गरेको पाइन्छ। यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर प्रचार गरिन्छ। फलफूलको वास्ना र चिनी मिसाएर बनाइएका रसलाई हामी साच्चिकै फलफूलको रस भनेर पत्याउँछौं। फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ? फलफूलका रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन्। 
 
त्यसैगरी दाँत सफा गर्न प्रयोग गरिने विभिन्न किसिमका दन्त मञ्जनहरुको बारेमा पनि भ्रमपूर्ण विज्ञापनहरु प्रकाशन प्रसारण गर्ने गरिएको छ। ‘दाँत एकैचोटी झलमल हुने’ भनेर विज्ञापन गर्ने गरेको देखिन्छ। यस्तै विज्ञापनको भर परेर मानिसहरु त्यस्तो दन्तमञ्जन खरिद गरेर प्रयोग गरिरहेका हुन्छन्। वास्तवमा जुन मञ्जन प्रयोग गरेपनि खास केही फरक पर्दैन, दाँत सफा गर्ने काम मञ्जनको नभई ब्रसको हो। हरेक मञ्जनमा रंग, स्वाद र फिज निकाल्ने तत्व हुन्छन्। भिन्दा भिन्दै कम्पनीले भिन्दा भिन्दै वास्ना र स्वाद आउने तत्व मिश्रण गरेका हुन्छन्। मञ्जनको प्रयोग गरेपछि फिँज निकालेर सफा गर्दा एक छिन ‘गुलियो र ताजापनको’ आभास चाँहि आउँछ, तर त्यसमा मिलाइएका तत्वहरुले दाँतमा क्याल्सियम पुर्‍याउने र विज्ञापनमा देखाइएका जस्ता ‘डरलाग्दा’ काला हरिया किराहरु मार्ने काम चाँहि गर्दैन। विज्ञापनको बहकाउमा आएर मानिसहरुले बारम्बार टुथपेस्ट परिवर्तन गर्ने गरेका हुन्छन्। विशेषज्ञका भनाइमा प्राय सवै प्रकारका टुथपेष्ट उस्तै नै हुन्छन। वास्ना र स्वाद मात्र कम्पनीअनुसार फरक हुन्छ। त्यसकारण कुन टुथपेस्ट प्रयोग गर्ने भन्ने कुराले दाँतको सफाइमा खासै महत्व राख्दैन बरु नियमितरुपमा सही तरिकाले ब्रस गरेको छ कि छैन भन्ने कुराले चाहिँ बढी महत्व राख्छ। 
 
गुलिया आइसक्रिम र चकलेटहरु जति खाए पनि कुनै खास मञ्जनले दाँत माझेपछि चाँहि दाँतमा केही पनि हानी नगर्ने भन्ने किसिमका विज्ञापनहरु दिने गरिएको छ। यसबाट बच्चाहरु मात्र नभई आमा बाबुहरुमा पनि ठूलो प्रभाव परेको देखिन्छ। तर यस किसिमका भनाइ गलत हुन्। बालबालिकाहरुको दाँतमा चकलेट, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर निकै हुन्छ। 
 
यस किसिमका गलत विज्ञापनको विरोध गर्दै आउनु भएका दन्त विशेषज्ञ डा. सुशील कोइराला भन्नुहुन्छ, ‘हामीले करिव दुई वर्ष अघि विभिन्न किसिमका दाँत माझ्ने मञ्जनहरुको जाँच गरेर त्यसमा के के कुरा छन भन्ने अध्ययन गरेर हेरेका थियाँै। त्यस अध्ययन अनुसार विभिन्न मञ्जनहरुले आफ्नो उत्पादनमा समावेस गरिएको भनेर विभिन्न तत्वहरुका वारेमा उल्लेख गरिएका कुरा बढाइँचढाइँ गरिएको पत्ता लागेको थियो। त्यस अध्ययनलाई हामीले जनताको माझ लगेर भ्रममा नपर्न आग्रह गर्ने प्रयास गरेका थियौँ। 
 
जति बढी कुनै वस्तुको विज्ञापन आउँछ त्यो वस्तु वास्तवमा नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ। भटमास, कोदो, मकैजस्ता वस्तुको विज्ञापन गर्न पर्दैन होइन र? 
 
विवेकहीन विज्ञापनकै प्रभावले गर्दा तपाईं हामी जीवनका हरेक पलमा ठगिइरहेका हुन्छौं। विवेकहीन विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरु पनि किन्छौं। थोरै व्यय गर्ने ठाउँमा धेरै खर्च गर्छौ र आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सर्छौं। विज्ञापन देखेर कुनै वस्तु प्रयोग गर्नु अघि सोच्नुस् साँच्चि विज्ञापनमा भनिएका कुरा विश्वास गर्न लायक छन् त? के हामीहरु विज्ञापनको प्रभावमा परेर विबेक गुमाइरहेका त छैनौँ?

Sunday, March 30, 2014

काकाकुल सुदूर


 
( चित्रांग थापा, डीआर पंत, अर्जुन शााह, खगेन्द्र अवस्थी, भवानी भट्ट, मोहन वुढाऐर ; चैत्र १५, २०७०- कान्तिपुर )
गर्मीयाम सुरुवातसँगै सुदूर पहाडी भेगका गाउँबस्ती र तराईको चुरेफेदीका फाँटहरूमा पानीको हाहाकार हुन थालेको छ । हिउँदभरि जेनतेन पानी आउने धारा र कुवाका मूलहरू चैतदेखि विस्तारै सुक्दै गएका छन् । यही कारण केही गाउँबस्ती पानीकै कारण बर्सेनि मानवरहित हुन थालेका छन् ।
खेतीपाती, सिँचाइ र अन्य प्रयोजनका लागि त परै जावस् खानेपानीसमेत नपाउने अवस्था आएपछि कतिपय पहाडी क्षेत्रमा पूरै बस्ती नै बसाइँ सरेको छ । गाउँनजिक पानीको स्रोत सुक्दै र मासिँदै जाँदा खानेपानीका नयाँ आयोजना सञ्चालन सम्भव हुन सकेको छैन । पुराना आयोजनाहरू मूल सुक्दै गएपछि बन्द भएर ग्रामीण बस्ती काकाकुल हुन पुगेको हो ।
सुदूर पहाडको सुगम मानिने डडेलधुरामात्र होइन कर्णाली, सेती, महाकाली, बूढीगंगाजस्ता ठूला नदी र सयौंको संख्यामा मझौला र साना नदी बग्ने सुदूरपश्चिमका मध्य पहाडी क्षेत्रका अन्य जिल्लामा पनि पानीको चर्को समस्याले विस्थापन र बसाइँसराइ बढाएको हो । 'महाभारत पर्वत शृंखला नै मध्य पहाडको पानीको मूल स्रोत हो,' २७ वर्षदेखि सुदूर पहाडका जिल्लामा खानेपानीको काम गर्दै आएका पानी विशेषज्ञ परिक्षित श्रेष्ठ भन्छन्, 'सही व्यवस्थापन हुन नसक्दा समस्या गम्भीर बन्दै गएको छ ।'
 'तराईमा बढ्दै गएको जनसंख्याको चापका प्रमुख कारणमध्ये मध्य पहाडी क्षेत्रमा पानी समस्या पनि एक हो,' श्रेष्ठले भने, 'सरकारले एकीकृत जलस्रोत व्यवस्थापन नीति बनाउन नसक्दा यी बस्ती खानेपानीविहीन बन्दै गएका हुन् ।' 'भविष्यको पुस्तालाई कहाँबाट पानी ल्याउने ?' ग्रामीण जलस्रोत व्यवस्थापन कार्यक्रमका सुदूरपश्चिम हेर्ने प्राविधिकसमेत रहेका श्रेष्ठ भन्छन्, 'गाउँगाउँमा बिनाकुनै प्राविधिक सर्भे ठूला उपकरण प्रयोग गरी बनेका सडक, चर्को रूपमा हुने वन फँडानी र भूबनोट नै खल्बलिने गरी हुने निर्माण योजनाले भूमिगत जलस्रोत व्यवस्थापन हुन नसक्दा समस्या गम्भीर बनेको छ ।'
खानेपानीका लागि सर्छन् बस्ती
डडेलधुरा, डोटी र बैतडीका कतिपय गाउँबस्ती खानेपानी समस्याले विस्थापित हुन्छन् । डडेलधुराको बगरकोट गाविसको पोखरी र बुर्साका जनजाति परिवार पानीको समस्याले विस्थापित हुन थालेका छन् । मूलस्रोत मानिने महाभारत पर्वतको मध्यभागको यो गाउँसँगै पानी अभावले बसाइँसराइ गर्ने गाउँहरूको सूची लामो बन्दै गएको छ ।
आलीतालको न्वाली होस् या जोगबुढाको मलास क्षेत्रका आधा दर्जन गाउँ, शीर्षका पहाडी क्षेत्रका बसौटी, ग्वानी, सुर्काल, लदौलीलगायत लेक क्षेत्रका गाउँसमेत पानीकै कारण मानवरहित हुन थालेका छन् । 'पुर्खाले खोरिया फाँडेर बनाएको यो बस्ती पानी नभएर छोड्नुपर्ने भयो,' जनजातिका अगुवा जंगबहादुर थापा मगरले भने, 'दस वर्षयता महाभारत पर्वतका पानीका मूल एकाएक सुक्न थाले ।' कोही तराई ओर्लिए कोही भित्री मधेस छिरेको थापा बताउँछन् । खेतीपाती सिँचाइ हुने कल्पना त कसैले कहिल्यै गरेनन्, काकाकुल भएपछि गाउँ छोड्न बाध्य हुनुपरेको उनले बताए ।
केही परिवार ठूलीगाड नजिक सरेका छन्, केही परिवारचाहिँ अन्यत्र बसाइँ सरे ।
गर्मी बढेसँगै डोटीको लक्ष्मीनगर गाविस ८ थली गाउँका बासिन्दालाई छटपटी बढ्न थाल्छ । गाउँमा पानीका मुहान भटाभट सुकेका छन् । गाउँबाट आधा घन्टाको दूरीमा खोप्चे पानी र पूर्वेली मुहान भए पनि पर्याप्त छैन । झिसमिसे बिहानैबाट स्थानीयवासी मुहानबाट चुहिने थोपा संकलन गरेर मध्य दिनमा र्फकन्छन् । वैशाख, जेठमा त त्यही थोपा पनि झर्दैन ।
त्यही समस्या झेल्न नसकेर चैत वैशाखमा थली गाउँको पूरै बस्ती सरेर ठूलीगाड र्झछ । पानीकै कारण बस्ती सर्न थालेको चार दशक भएको स्थानीय ऐनबहादुर रोकामगर सुनाउँछन् । 'पानीका लागि कसको खुट्टा ढोगेनौं, कुन नेता कहाँ पुगेनौं,' उनले चित्त दुखाउँदै भने, 'दशकौंदेखि हाम्रा समस्या उस्तै छन्, हाम्रो पुस्ता त दुःखमै बित्यो, सन्ततिले कष्ट भोग्दैछ ।'
३६ परिवार बसोबास गर्ने गाउँमा ०५८ तिर हेल्भटासले वर्षातको पानी जम्मा गर्ने घैंटा बनाइदिएको छ । तर चुहिने भएकाले वर्षात सकिएसँगै पानी हाहाकार हुन्छ । त्यसो त यो पानी पिउन त्यति योग्य नभएको स्थानीयवासी बताउँछन् । ठुलीगाडमा बस्ती सरेका बेला गाउँमा घर कुर्ने बुढापाका तथा अशक्तमात्र बस्ने गर्छन् । खोलामा बसाइँ सरेका आफन्तले थलीगाउँमा बसेकालाई दुई/तीन दिनमा भाडामा पानी बोकेर पुर्‍याइदिन्छन् । यो अस्थायी झुपडीमा उनीहरू चार/पाँच महिना बस्छन् ।राजमार्ग आसपासमा उही समस्या
बझाङ, बैतडी र दार्चुला प्रवेश मार्गको खोड्पे बजारमा ६० होटल व्यवसायी र १ सय ५० भन्दा बढी परिवारको खानेपानी स्रोत एकमात्र ढुंगेधारा हो । त्यो पनि सुक्दै गएको छ । गाडीमा अन्यत्रबाट पानी ल्याएर व्यवसाय गर्नुपरेको होटल सञ्चालक इन्द्रसिंह बोहरा बताउँछन् । 'पानीकै समस्याले विस्थापित हुने अवस्था आइसक्यो,' उनले भने । पानी अभावमा यात्रु पनि उत्तिकै सास्ती खेप्दै आएका छन् । पिउनसम्म पानी अभाव हुन थालेपछि होटलमा ग्राहक राख्न छाडिएको छ । शौचालय प्रयोग गर्न पनि नपाएको गुनासो गरेका छन् ।
बैतडीको खोड्पे, श्रीभावर, सतबाजलगायतका व्यापारिक स्थलमा पानीको चर्को समस्या छ । निर्माण भएको एक वर्षमै खानेपानी योजना बिगि्रएपछि दार्चुला-बैतडी प्रवेश मार्गको सतबाज चौराहा बजारमा हाहाकार छ । सतबाजमा योजना बनेको वर्ष दिनमै बिगि्रएपछि १५ होटल र त्यत्तिकै संख्यामा व्यापारीसहित बासिन्दा समस्यामा परेका छन् ।
व्यवसायी पलायन हुन थालेका छन् । पुरानो मुहानमा पानी घट्दै जानु र जनसंख्या बढ्नु अभावको मुख्य कारण भएको खानेपानी तथा सरसफाइ कार्यालयले जनायो । जिल्लामा भएका ३५ प्रतिशत पानीका मुहान सुकिसकेका छन् । ६५ प्रतिशत घरधुरीले व्यवस्थित खानेपानी पाएको तथ्यांक भए पनि आधाजसो योजनामा नियमित आपूर्ति हुँदैन ।
दुर्गम पहाडी जिल्ला बाजुराका थुप्रै बस्ती पानी नपाएर काकाकुल बनेको छ । कोल्टीको सिराडीका झन्डै ६० परिवारले खानेपानी लिन घन्टौं हिँड्नुपर्छ । सदरमुकाम नजिकैको घाघर गाउँ पनि यो अवस्थाबाट टाढा छैन । वर्षौअघि मुहानमा पहिरो गएपछि ४३ परिवार डेढ घन्टा हिँडेर बूढीगंगा किनार धाउँछन् । खानेपानी कार्यालयको पुरानै तथ्याङ्कमा कुल जनसंख्याको ८४ प्रतिशतले सेवा पाएका छन् । यो तथ्याङ्क भने अद्यावधिक छैन । 'अहिले कति प्रतिशतले पानी पाएका छन् भन्ने सर्वेक्षण भएको छैन,' कार्यालय प्रमुख घिमिरेले भने । 'गाउँमा धारा छन् पानी आउँदैन,' खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति सचिव शेरबहादुर शाहीले भने ।
८० प्रतिशत मूल सुके
'गाउँमुनि दुई-दुई वटा खोला बग्छन् । गाउँमा भने जहिल्यै पानीको हाहाकार छ,' जिल्लाकै सुगम मानिने डडेलधुरा बगरकोट डुंगरीका नरबहादुर साहु भन्छन्, 'पानीकै समस्याले त्यो गाउँमा छोरी नदिनु भन्ने उखान बनेको छ ।' दस वर्षयता यो गाउँमा विभिन्न निकायबाट १ करोडभन्दा बढी खानेपानीमा खर्च भएको छ । समस्या जस्ताको तस्तै रहेको साहुले बताए । खानेपानीको समस्याले मोटर, बिजुली, विद्यालयजस्ता सुविधा भएको गाउँ रित्तिँदै छ ।' वारिपारिको डाँडाका बस्तीमा अझै बिचल्ली छ । २७ किलोमिटर टाढाको मूलबाट खानेपानी जोहो गरेका भागेश्वर बोगटाका दानबहादुर ऐडी पनि गाउँका गाउँ रित्तिने प्रमुख कारण पानी भएको सुनाउँछन् । 'सरकारले मध्य पहाडबाट विस्थापन र बसाइँसराइ रोक्न निर्माण सुरु गरेको मध्य पहाडी लोकमार्ग र त्यो बीचमा दसवटा नयाँ सहरको कल्पना पनि सार्थक हुन सक्दैन,' पानी विज्ञ श्रेष्ठले भने, 'सिँचाइ, खानेपानी, कृषि, योजनाहरूको एकीकृत रूपमा काम नहुँदासम्म समस्या समाधान हुन सक्दैन ।' अहिले देखिएको मूल अर्को वर्ष बाटो परिवर्तन गरेर गायब हुन्छ । युगौंदेखिका मूल ८० प्रतिशत बढी सुकिसकेका छन् ।
मूल सुक्ने कारण
अव्यवस्थित बसोबास र वन फँडानी
कैलालीस्थित खानेपानी डिभिजन इन्जिनियर गणेश उपाध्याय पनि जंगल फँडानी र अव्यवस्थित पानीको प्रयोगले समस्या बढ्दै गएको बताउँछन् । मुख्य गरी चुरे माथिको जंगल सखाप हुनु, महाभारत रेन्जका सल्लाका घना जंगल मासिनु र मापदण्डबिना हेबी इक्युमेन्ट प्रयोग हुनुले मूलहरू जमिनमै गायब हुन थालेका छन् । 'कतै मूल सुक्दैछन् भने कतै जमिनभित्रै बाटो परिवर्तन गरी हराए,' उपाध्यायले भने, व्यवस्थापनको पाटो कमजोर बनेर समस्या उत्पन्न भएको हो ।
 दार्चुला सदरमुकामलगायत ग्रामीण क्षेत्रमा समेत खानेपानीको चर्को समस्या छ । यो वर्ष महाकाली नदी र अन्य खोलामा आएको बाढीले बगाएपछि झन् अभाव भएको हो । ५० प्रतिशत घरधुरीमा पुगेको व्यवस्थित खानेपानी अहिले ३० प्रतिशतभन्दा बढीले प्रयोग गर्न पाएका छैनन् । बाढीले हिकिला, हुती, नौगाड, मर्मा, खार, लाली, उकु, महाकाली नदी किनारका ५६ मुहान बगाएको खानेपानी कार्यालयले जनायो ।
तराईमा पनि बेहाल
कञ्चनपुरको भीमदत्त नगरपालिकामा खानेपानी योजना सुरु भएको ३४ वर्षसम्म ४ वडामा मात्रै पुगेको छ । लाइन विस्तारको स्पष्ट नीति र बजेट अभावका कारण सबै वडामा स्वच्छ खानेपानी पुग्न नसकेको हो । नगरपालिका क्षेत्रमा ०३६ देखि लाइन विस्तार गर्ने योजना सुरु भए पनि अहिलेसम्म ३, ४, ६ र १८ वडामा मात्रै विस्तार भएको छ ।
संस्थानले हाल दैनिक ६० लाख लिटर खानेपानी उत्पादन गरे पनि लाइन विस्तार नहुँदा १ लाख ८० हजार लिटरमात्रै खपत भएको छ । लाइन विस्तार भएका ४ वडामा मात्रै दैनिक १६ देखि १७ लाख लिटरसम्म माग हुन्छ । तर लाइन मर्मत अभावमा मागअनुसार पूर्ति गर्न नसकिएको प्राविधिक अधिकृत हरिकुमार श्रेष्ठले बताए । 'लाइन नभएकै कारण उत्पादित पानी खेर गइरहेको छ,' उनले भने । कञ्चनपुरको कुल जनसंख्याको ८७ प्रतिशतले मात्र पानी पाएको कार्यालयले जनाएको छ । चुरे फेदीका बस्तीमा भने पानीको हाहाकार नै छ ।
कैलालीमा पानीको समस्या अधिकांश चुरे क्षेत्रका बस्तीमा छ । सहजपुर, निगाली, मोहन्याल, खैराला गाविसका पल्टुडे, भासुलगायत केही वडा र गाउँको बस्तीमा पानीको स्रोत नै सुकेको छ । स्रोत नसुकेको ठाउँमा चुना र बाढी तथा पहिरोको समस्याले पानी धारामा नियमित बगाउन नसकिएको खानेपानी कार्यालयका प्रमुख काशीनाथ भट्टले बताए । कैलालीका ७ प्रतिशत बासिन्दामा अझै खानेपानीको योजनामा पहुँच हुन सकेको छैन । गोदावरी गाविसमा पर्ने चुरे फेदीको ओलानी गाउँमा वर्षौंदेखि पानीको हाहाकार हुने गरेको 

Thursday, February 13, 2014

भ्रष्टाचार ; एउटा मनो-सामाजिक समस्या


१. भ्रष्टाचार के हो ?

भ्रष्टाचार उज्यालोमा ओईलाउने र अँध्यारोमा मौलाउने मनो-सामाजिक रोग हो ।
भ्रष्ट्राचार शव्द भ्रष्ट्र र आचार दुई शव्द मिलेर बनेको छ । जहां भ्रष्ट्र भन्नाले पतित, निच,खराव काम गर्नु भन्ने बुझिन्छ भने आचार भनेको व्यबहार,वानी,संस्कृति हो । तसर्थ भ्रष्ट्राचार भनेको खराव काम गर्ने वानी,व्यवहार शैली हो । खराब वा विग्रिएको व्यवहारलाई भ्रष्टाचार र त्यस्तो व्यवहार गर्नेलाई भ्रष्टाचारी भनिन्छ । जनजिव्रोमा घुस खाने कामलाई भ्रष्टाचार भन्ने गरेको पाईन्छ। भ्रष्टाचारका कैयन् प्रकार मध्ये घुस खानु एउटा प्रकार हो। यो नै बढी चलनचल्तीमा आउनुमा सामाजिक मनोविज्ञानको ठूलो हात छ। सामाजिक मूल्यको दृष्टिकोणबाट अन्य बस्तुको भन्दा पैसाको महत्व बढी भएको हुँदा पैसाको माध्यमबाट गरिने भ्रष्टाचार प्रचलित भएको हो। अन्यथा मूल्य, मान्यता, नैतिकता, व्यवहार, धर्म, कानुन आदिले वर्जित वा निरुत्साहित गरेको कुनै पनि काम गर्नु भ्रष्टाचार हो ।
 वास्तवमा यस्तै असंख्य अदृष्य प्रकारका भ्रष्टाचारले समाज प्रणालीलाई बढी जर्जर पारिरहेको हुन्छ। देखिएको भ्रष्टाचार त छाला बाहिर देखिएको पिलो जस्तो मात्र हो, जुन चाहेको बेला निचोरेर फाल्न सकिन्छ। तर अदृष्य र अप्रत्यक्ष भ्रष्टाचार त शरिरभरी फैलिएको विष जस्तो हो । यसलाइ न सर्वसाधारणले देख्न सक्छ न त तुरुन्त निकालेर फाल्न सकिन्छ। विशेष ज्ञान, साधन, समय, धैर्यता र पीडा सहन सक्ने क्षमता भए मात्र त्यसलाई हटाउन सकिन्छ ।
नेपालको सन्दर्भमा पूर्व मेचीको भन्सारमा भ्रष्टाचार छ, पश्चिम कालीको धन्सारमा पनि छ। उत्तरको हिमाल चढ्नेदेखि दक्षिणको चारकोसे फाँड्नेसम्म भ्रष्टाचार भैरहेको हुन्छ। यसरी भ्रष्टाचार चारै दिशामा हुने भएकाले भ्रष्टाचार भएको हो। एक ठाउँ वा एक दिशामा मात्र हुने भए त्यो 'भ्रष्टएक' हुन्थ्यो ।.

राणाशासनले भ्रष्टाचारको बीउ छर्‍यो । पञ्चायती व्यवस्थाले त्यसमा मलजल गर्‍यो। बहुदलीय व्यवस्थाले गोडमेल गरेर हुर्काएको भ्रष्टाचारको वृक्षलाई गणतन्त्रले संरक्षण गरिरहेको छ। यो देशमा एउटै व्यवस्था हुन्थ्यो भने भ्रष्ट एकमात्र हुन्थे। तर, व्यवस्था नै चार भोग्नुपरेकाले त्यो भ्रष्टाचार भएको हो पनि भन्ने गरिन्छ ।  
२. भ्रष्टाचार कति किसिमका हुन्छन ?
भ्रष्टाचार कति प्रकारका हुन्छन् भन्ने कुनै निश्चितता छैन। यसबाट उत्पन्न असर वा नोक्सानको मात्रा, त्यसबाट प्रभावित व्यक्ति, समाज वा राज्य, भ्रष्टाचार गर्न प्रयोग गरेको तौर तरिका वा माध्यम, त्यसवापत लिएको अनुचित प्रतिफलको प्रकृति आदिका आधारमा हेर्ने हो भने भ्रष्टाचार अनगिन्ति प्रकारका हुन्छन् ।
ü  प्रत्यक्ष – अप्रत्यक्ष,
ü  ठूलो – सानो,
ü  तत्काल – दिर्घकाल,
ü  सकृय – निस्कृय,
ü  राष्ट्रिय – अन्तर्राष्ट्रिय,
ü  आर्थिक – भौतिक,
ü  नीतिगत – व्यवहारगत,
ü  हाकाहाकी – लुकीछिपी,
ü  नीजी – सामुहिक, ससक्त–सुस्त,
ü  जानीजानी – अन्जानमा,
ü  स्वेच्छिक – जर्वजस्ती,
ü  राज्यविरोधी – व्यक्तिविरोधी,
ü  व्यापक – संकुचित आदि ।
अनगिन्ति प्रकार र तरीकाका भ्रष्टाचार हुन्छन्। यी मध्ये पछिल्लो समयमा नीतिगत भ्रष्टाचार ज्वलन्त रुपमा पंञ्जा फैलाउँदै छ हाम्रो समाजमा। यो यस्तो प्रकारको भ्रष्टाचार हो जसमा नीति निर्माणमा बस्नेले वा बसाउनेले आफू, आफ्ना मान्छे, आफूलाई आजै वा दिर्घकालमा लाभ हुनेगरी नीति, कार्यक्रम, योजना, नियम कानुन बनाई राज्य र जनतालाई चुस्दछन् र यो कुरा पत्ता लगाउन पनि गाह्रो हुन्छ। उच्च ओहदामा बस्नेले आर्थिक उथल पुथल हुने गरी ठूलो रकम हिनामिना गर्नु मात्र भ्रष्टाचार हो भनी बुझ्नु हुँदैन। घुसखोरी र भ्रष्टाचारलाई पर्यायवाची शब्दका रुपमा हेर्ने गरेको हुँदा यस्तो लाग्दछ। घुसखोरी त भ्रष्टाचारको एउटा प्रकार मात्र हो। परिचित र नातागोताकालाई लाइनमा नबसी वा लाइन मिचाएर सेवा उपलब्ध गराउनु पनि भ्रष्टाचार हो रिफिल गरेर पुरानो डटपेन प्रयोग गर्ने स्थिति हुँदाहुँदै नयाँ डटपेन किन्नु पनि भ्रष्टाचार हो । तर यस्ता व्यवहारको त्यसको तत्काल आर्थिक प्रभाव नदेखिने हुँदा त्यसबारे चर्चा हुँदैन र कसैलाई दण्डित पनि गरिदैन ।  
३. प्रचलित कानूनमा भ्रष्टाचार भन्नाले के के बुझिन्छ ?
 भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ मा भ्रष्टाचार भन्नाले निम्न कामहरुलाई जनाउदछ ।
ü  रिसवत लिने दिनेले
ü  बिना मूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिने ।
üसेवाग्राहिबाट  दान, दातव्य, उपहार वा चन्दा लिने।
ü  गैर कानुनी लाभ वा हानि पु-याउने बदनियतले काम गर्ने
ü  गलत लिखत तयार गर्ने।
ü  गलत अनुवाद गर्ने ।
ü  सरकारी कागजात सच्याउने
ü  सरकारी वा सार्वजिनक संघसंस्थाको कागजात नोक्सान गर्ने ।
ü  प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्ने
ü  गैर कानुनी व्यापार व्यवसाय गर्ने ।
ü  नपाएको ओहदा पाएँ भन्ने ।
ü  झुट्टा विवरण दिने।
ü  सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने।
ü  गैर कानूनी दवाब दिने।
ü  गलत प्रतिवेदन दिने।
ü  भ्रष्टाचारको उद्योग गर्ने र यस्ता काममा मतियार हुने।
४. अनुचित कार्य भन्नाले के बुझिन्छ?

सार्वजनिक पद धारण गरेको व्यक्तिले जानी जानी वा लापरवाही साथ देहायको कुनै
कार्य गरेमा अनुचित कार्य गरेको मनिनेछः–
(क) आफ्नो अधिकार भित्रको कुनै काम गर्न इन्कार गरेको वा आफ्नो अधिकार नभएको कुनै  काम गरेको,
(ख) कुनै निर्णय वा आदेश गर्दा वाध्यात्मक रूपले अपनाउनु पर्ने कार्यविधिको पालन नगरेको,
(ग) आफूलाई प्राप्त अधिकार सम्बन्धित कानून, निर्णय वा आदेश विपरीत अर्कै उद्देश्य वा कार्यमा प्रयोग गरेको,
(घ) आफ्नो तजबिजी अधिकार बदनियत साथ वा स्वेच्छाचारी रूपमा प्रयोग गरेको,
(ङ) अन्य कार्यालय, अधिकारी वा कर्मचारीको कार्यमा अनाधिकार बाधा उत्पन्न गरेको वा त्यस्तो कार्यालय, अधिकारी वा कर्मचारीलाई दवाब दिई कुनै अनधिकृत कार्य गराएको,
(च) आफूले गर्नु पर्ने कुनै काम नगरी अन्य कार्यालय वा अन्य अधिकारी कहाँ पठाई आफ्नो  उत्तरदायित्व पन्छाएको,
(छ) आफ्नो पदको प्रकृति अनुसार पालन गर्नु पर्ने कुनै पदीय कर्तव्य पालन नगरेको,
(ज) आफ्नो मातहतमा रहेको कर्मचारी वा आफ्नो प्रभावमा रहेको व्यक्तिलाई अनुचित दबाब  दिई वा प्रलोभनमा पारी आफ्नो अनुकूलको काम गराएको, वा
(झ) आफूलाई पदीय हैसियतले प्राप्त उन्मुक्ति, सुविधा वा सहुलियतको दुरुपयोग गरेको ।

५. समकालिन विश्व र नेपालमा भ्रष्टाचारको मात्रा कति छ ?

भष्टाचारको चर्चा सर्वत्र छ, भ्रष्टाचार पनि सर्वत्र छ । यसलाई आमछलफलको विषय पनि बनेको छ । भ्रष्टाचारमा आपराधिक र राजनीतिक संगठनको साँठगाँठ भएपछि भने मुलुकले भयावह अवस्थाको सामना गर्नुपर्ने हुन्छ। नेपालमा अहिले त्यही प्रक्रिया अगाडि बढेकाले सर्वत्र चिन्ता, चर्चा र भयको सञ्चार भएको छ ।तर  सदाचारी र असल नियत राख्नेहरुले निराश नै हुनुपर्ने अबस्था पनि छैन।
भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार यो वर्ष नेपाल दक्षिण एसियाली राष्ट्रहरूमध्ये कम भ्रष्टाचार गर्ने सूचीको चौथो स्थानमा उक्लेको छ ।  
ट्रान्सपरेन्सी इन्टरनेसनल–नेपालले सार्वजनिक गरेको प्रतिवेदन–२०१३ मा नेपाल त्यो स्थानमा उक्लिएको जनाइएको छ ।  दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा कम भ्रष्टाचार गर्नेमा भुटानले ६३ अङ्क, श्रीलङ्काले ३७, भारतले ३६ र नेपालले ३१ अङ्क प्राप्त गरेको छ ।  सन् २०१२ मा नेपाल २७ अङ्क प्राप्त गरी १३९औँ स्थानमा रहेको थियो ।  यद्यपि ५० अङ्क प्राप्त नगर्ने सबै मुलुकलाई भ्रष्टाचारग्रस्त मुलुकका रूपमा पहिचान गरिएको ट्रान्सपरेन्सीले जनाएको छ ।  
सन् २००४ देखि उक्त सूचीमा नेपाललाई समावेश गरिँदै आएको छ ।  नेपालले सन् २००४ मा २८, सन् २००५ मा २५, सन् २००७ मा २५, सन् २००८ मा २७, सन् २००९ मा २३, सन् २०१० मा २२, सन् २०११ मा २२ र सन् २०१२ मा २७ अङ्क प्राप्त गरेको थियो ।
विश्वभरिका १७७ मुलुकमा गरिएको सर्वेक्षणअनुसार नेपाल यसपालि सूचकाङ्कको ११७औँ स्थानमा छ ।  दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान सबैभन्दा बढी भ्रष्टाचार गर्ने मुलुकमा देखिएको छ ।  उसले जम्मा आठ अङ्क प्राप्त गरेको छ ।  सोपछि बङ्गलादेशले २७ र पाकिस्तानले २८ अङ्क प्राप्त गरेको छ ।
 
सूचकाङ्कअनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने अन्य मुलुकमा उत्तर कोरिया र सोमालिया रहेका छन् ।  उनीहरूको पनि आठ अङ्क मात्र छ भने क्रमशः १७६ र १७७औँ स्थानमा छन् ।  यस्तै, सबैभन्दा कम भ्रष्टाचार गर्नेमा डेनमार्क र न्युजिल्यान्ड छन् ।  उनीहरूको कुल अङ्क ९१ छ ।  भ्रष्टाचार कम गर्ने राष्ट्रमा क्रमशः फिनल्यान्डले ९१ अङ्क, स्वीडेनले ८९ अङ्क, नर्वेले ८६ अङ्क, सिङ्गापुरले ८६ अङ्क, स्वीट्जरल्यान्डले ८५ अङ्क, नेदरल्यान्डले ८३ अङ्क, अष्ट्रेलियाले ८१ अङ्क, क्यानाडाले ८१ अङ्क र लक्जेम्बर्गले ८० अङ्क पाएका छन् ।  यस्तै, धेरै भ्रष्टाचार गर्ने राष्ट्रमध्ये उत्तर कोरियाले आठ अङ्क, सुडानले ११ अङ्क, लिबियाले १५ अङ्क, इराकले १६ अङ्क, सिरियाले १७ अङ्क, यमनले १८ अङ्क, हाइटीले १९ अङ्क, भेनेजुयला, इरिट्रिया र कम्बोडियाले २०÷२० अङ्क प्राप्त गरेका छन् । 

सर्वेक्षणबाट प्राप्त सूचकाङ्कअनुसार प्रायः सबै मुलुकमा भ्रष्टाचार हुने गरे पनि मात्रात्मक रूपमा फरक रहेको देखिन्छ ।
५० अङ्क प्राप्त नगर्दासम्म भ्रष्टाचारग्रस्त मुलुकमा सूचीकृत हुने हुनाले नेपालले त्यसमा सतर्क हुनुपर्ने स्थिति छ । पाँच संस्थाले गरेको सर्वेक्षणले सार्वजनिक पदको दुरुपयोग गर्नेमाथि कारबाही, सार्वजनिक क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार, व्यावसायिक कार्यका लागि दिने घूस, सरकार, न्यायालय, संसद्का प्रतिनिधिहरूले निजी स्वार्थका लागि गरेको पदको दुरुपयोग, व्यापारमा भ्रष्टाचारजस्ता विषयलाई सर्वेक्षणको आधार बनाई यो प्रतिवेदन तयार गरिएको हो ।

६.  भ्रष्टाचार र समाजको अन्तसम्बन्ध कस्तो छ ?
जे गर्नु हुन्छ त्यो नगर्ने वा गर्न नहुने गर्नु नै भ्रष्टाचार हो। यो एउटा कृया हो। हरेक कृयाको पछाडि कारण र अगाडि त्यसको नतिजा जोडिएको हुन्छ। भ्रष्टाचार गर्नुका धेरै कारण हुन सक्छन्। त्यस मध्ये सामाजिक मनोविज्ञान पनि एउटा कारक तत्व हो। हरेक व्यक्ति भित्र स्वभाविक रुपमा लुकेको ठूलो, राम्रो, प्रतिष्ठित, बलियो, उच्च बन्ने अभिलाषा र कस्तो व्यक्तिलाई ठूलो, राम्रो, प्रतिष्ठित, बलियो, उच्च मान्ने भन्ने सामाजिक मूल्य प्रणाली र यी दुई वीचको अन्तरसम्वन्ध नै भ्रष्टाचारको एउटा कारक हो। अझ हाम्रो जस्तो मुलुकमा त यसको ठूलो भुमिका छ। धन कमाउनेलाई राम्रो मान्छे मान्ने सोचाइ त संस्कारकै रुपमा विकास भईसक्यो। त्यसैले त वार्षिक डेढ् दुई लाख तलब खाने व्यक्तिले पाँच वर्षकै सेवा अवधिमा 'क' श्रेणीको जीवनस्तर बाँचेर पनि २–४ करोडको सम्पत्ति जोडेको विषय उसका आमा – बुबा, मामा – माइजु, सासु – ससुरालाई गर्वको विषय बन्न पुग्छ। यहि नै ठूलो विडम्बना हो। ट्युसन पढाउने समय पनि सरकारी स्कुल, क्याम्पस मै खर्च गरी विद्यार्थीलाई उँभो लगाउन तल्लिन शिक्षकको सानो झुपडी कै सामुन्ने बस्ने भ्रष्टाचार गरी कमाएको धनले बनेको आलिशान महल प्रतिष्ठित हुन गयो भने भ्रष्टाचारलाई मलजल पुग्दछ । यो सवै हुनेलाई ठूलो मान्ने संस्कारको उपज हो ।
कानुनको शासन, लोकतन्त्र, गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता एवं सुशासन प्रवर्द्धन गर्ने सरकारको अभिष्ट पुरा गर्नमा आज विश्वभर नै स्वेतपोशी अपराधको रुपमा रहेको भ्रष्टाचार एक प्रमुख अवरोधको रुपमा स्वीकार गरिएको छ । खासगरी नेपाल जस्ता विकासोन्मुख मुलुकमा राजनीतिक अस्थिरता, सामाजिक तथा सांस्कृतिक विकृति एवं आर्थिक अनियमितता बढ्दै जानुमा भ्रष्टाचार प्रमुख कारकको रुपमा रहेको छ । मुलुकमा संक्रमणकाल लम्बिदै जाँदा राज्य र यस अन्तर्गतका निकायहरुको शासकीय क्षमतामा ह्रास आउने र विभिन्न क्षेत्रमा अस्थिरता बढ्ने हुँदा यि परिस्थितिले भ्रष्टाचारलाई नै प्रश्रय दिने गर्दछन ।

७. भ्रष्टाचार नियन्त्रणमा अख्तियारले के गर्छ ?

     अख्तियार दुरुपयोग अनुसन्धान आयोग सार्वजानिक पद धारण गरेको व्यक्तिवाट हुने विभिन्न किसिमको अख्तियार दुरुपयोग अनुचित कार्य एवं भ्रष्टाचार विरुद्ध कार्यरत उच्च संवैधानिक निकाय हो । देशको सर्वोच्च कानून नेपालको अन्तरिम संविधान २०६३ ले आयोगका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । भ्रष्टाचार तथा सार्वजनिक पद धारण गर्ने व्यक्तिको अनुचित गतिविधि जस्ता अख्तियार दुरुपयोग सम्बन्धी विषयमाथि अनुसन्धान गर्ने र अदालतमा मुद्दा चलाउने विषयमा आयोग केन्द्रित छ । यसका लागि आवश्यक अन्य कार्य गर्न पनि आयोगलाइ सशक्त पारिएको छ ।

नेपालको अन्तरिम संविधान, २०६३ को भाग ११ धारा ११९, १२० र १२१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरी सार्वजनिक पदधारण गरेका पदाधिकारीहरुद्वारा हुने अनुचित कार्य र भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ द्वारा प्रदत्त अधिकार अनुसार आयोगले आफ्नो स्थापना काल देखी नै भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा विभिन्न दण्डात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक उपायहरु अवलम्वन गरी मुलुकमा भ्रष्टाचारमुक्त विधिको शासनको प्रत्याभूति दिन प्रयत्नशील रही आएको छ ।