Saturday, August 11, 2018

भारत ( भणाऽ ) को बिबरण ( संकलन )

भारतको विवरण

प्रा. जय राज पन्त

छियाँ भियाँ कठायत (२०२६)‍

छियाँ भियाँ कठायतको भारत को कथानक

१. बाइसे राज्य कुमाउँका छली राजा विक्रम चन्दले सातसारी कत्यूरका निवासी छियाँ कठायतका दाइ भियाँ कठायतलाई नियन्त्रणमा लिई कठोर यातना दिएर नेलका साथ आङ्खनो दरवारमा बन्दी बनाउनु ।
२. दाइलाई दिएको यातना र आङ्खनो परिवारले भोग्नुपरेको पीडा सहन नसकी छियाँ कठायतले दलबल लिएर छली राजा विक्रम चन्दसित लडाइँ गर्न सातसारी कत्यूरबाट बाइसे राज्य कुमाउँमा जानु ।
३. बाइसे राज्य कुमाउँको पत्थरलेकमा छियाँ कठायतले छली राजा विक्रम चन्दको बाटो रोक्नु ।
४. छली राजा विक्रम चन्दले छियाँ कठायतलाई बाटो नरोक्न आग्रह गर्दा छियाँ कठायतले धुनी छाड्ने जोगी, वेद छाड्ने ब्राह्मण र शत्रुलाई बाटो छाड्ने वीरको अस्तित्व नरहने हुनाले साहसी योद्धाका हैसियतबाट बाटो छाड्न नसकिने कुरा व्यक्त गर्नु ।
५. पत्थरलेकमा छली राजा विक्रम चन्द र छियाँ कठायतका बीच पारस्परिक फौजी आक्रमण हुनु, छियाँ कठायतले विक्रम चन्दका सयौँ फौज हताहत गर्नु र छियाँ कठायतले कालान्तरमा दुःख दिई अप्ठेरोमा पार्ने कुरा बुझेर छली राजा विक्रम चन्दले दोनाले बन्दुक प्रयोग गरी छियाँ कठायतलाई गोली हानेर मार्नु ।
६. छली राजा विक्रम चन्दको दरवारमा बन्दी बनाइएको भिङ्या कठायतको प्रातःकालीन सपनामा गएर छियाँ कठायतले छली राजा विक्रम चन्दले आफूलाई पत्थरलेकमा गोली हानी मारेको कुरा सुनाउनु ।

सकराम कार्की (२०२६)

सकराम कार्कीको भारत को कथानक

१. सकराम कार्कीले चम्पावत कोटबाट बाइसे राज्य कुमाउँको बदामगढीमा जान विशेष तयारीका साथ प्रस्थान गर्नु ।
२. सकराम कार्कीका साथ राइभाट र दत्ते बाहुन पनि सहयोगीका रूपमा जानु ।
३. बदामगढीमा पुगेपछि राइभाट र दत्ते बाहुनलाई डेरामा राखेर कुमाउँनी वीर भनिने भारदार पैकेला, सबाउ जन्जाडो, कालिका पठान र दुईजन कठेरीको वीरताबारे बुझ्न सकराम बाहिर निस्कनु ।
४. भारदार चोइलो (पैकेलो), सबाउ जन्जाडो, कालिका पठान र दुईजन कठेरी आपसमा जुवा खेलिरहेका ठाउँमा सकराम कार्की भिक्षुकका भेषमा पुग्नु ।
५. कुमाउँनी उपर्युक्त वीरहरूले नौलो राइभाटका रूपमा देखिएको सकराम कार्कीको परिचय माग्नु, सकरामले सानैदेखि देशदेशान्तर घुम्न निस्केकाले आङ्खनो गाउँठाउँबारे थाहा नभएको तर आफू राइभाट नै भएको कुरा व्यक्त गर्नु । कुमाउँनी वीरहरूले याचक भेषधारी सकरामलाई चाहिएको सामग्रीबारे सोध्नु, सकरामले वाचाबन्धन गरेमात्र आफूले चाहेको कुरा भन्ने प्रस्ताव राख्नु, कुमाउँनी वीरहरूका तर्फाट दुईजन (लुल चन्द कठेरी) ले बाचाबन्धन गर्नु, सकरामले तिनीहरूका पत्‍नी माग्नु, त्यस्तो मागबाट आर्श्चर्यचकित तिनीहरूलाई हाँक दिएर सकराम बेपत्ता हुनु र कुमाउँनी वीरहरूले बेपत्ता भएको सकरामलाई खोज्दा नपाएपछि उनीहरू, हरघडी जुवा खेल्ने गरेका कारण स्थानीय देवता रिसाएकाले त्यसो भएको हो, भनी अबदेखि त्यसरी जुवा नखेल्ने कुरामा एकमत हुनु ।
६. सकराम कार्कीले डेरामा फर्केर राइभाट र दत्ते बाहुनका साथ खाना खाई राइभाट र दत्ते बाहुनलाई आरामसित सुत्‍न लगाई र्सतर्कताका लागि आफू रातभरि जाग्राम बस्नु ।
७. दत्ते बाहुनले बिहानको खाना पकाउँदासम्म सकरामले आङ्खना हतियार चलाई युद्धको अभ्यास गर्नु र त्यसपछि खाना खानु, राइभाट र दत्ते बाहुनलाई केही वर राखेर सकराम कुमाउँनी उपर्युक्त वीरहरूसित युद्ध गर्न सामाहजुरमा जानु, बदामगढीमा तिनीहरूका बीच युद्ध हुनु र अनेकौँ लडाकूहरूका साथै उपर्युक्त वीरहरूलाई मारेर कुमाउँविजय गरी त्यहाँको सुनचाँदी, फलाम, लुगाकपडा, भाँडाकुँडा बदामगढीमा जम्मा पारेर हात्ती, घोडामा लादेर आङ्खना राजा त्रिमल चन्दका दरवारमा सकरामले पुर्‍याउनु ।
८. त्रिमल चन्दका मन्त्री, आफन्त, गण्यमान्य व्यक्ति, इष्टमित्र, सल्लाहकार र सहयोगीहरूले सकरामका विरुद्ध षड्यन्त्र गरी निजलाई समाप्त गर्ने जाल रच्नु र राजाद्वारा दिइएको भन्दै किर्ते कागज बनाएर कुमाउँको श्रीनगरका दश जेउडे, बीस जेउडे वीरहरूसित लड्न पठाउनु ।
९. सकरामले राजा त्रिमल चन्दको कृतघ्नताप्रति धिक्कार व्यक्त गर्दै दश जेउडे बीस जेउडे वीरसित लड्न कुमाउँको श्रीनगरमा जानु, श्रीनगर पुग्नु, जलाशयमा पँधैर्नीहरू भेट्नु र पँधैर्नीका कुरा सुनेर दश जेउडे, बीस जेउडेसित लड्न आवश्यक तयारी गर्नु ।
१०. पूर्वतयारीका साथ बुद्धिविवेक र बल प्रयोग गरी सकरामले श्रीनगरका वीर दश जेउडे र बीस जेउडेलाई पराजित गर्नु, तिनीहरूको नाक, कान, जिब्रो काटेर तिनकै राजा मनुवा चन्दसित सकरामले भेट गर्नु, मनुवा चन्दले त्रिमल चन्द र आफू साख्खै दाइभाइ भएकाले सहयोगीका रूपमा सकरामलाई आङ्खनो दरवारमा सम्मान दिने कुरा गर्नु, सकरामले सो प्रस्ताव स्वीकार्नु, मनुवा चन्दले विभिन्न लोभ देखाएर गढवालको सात पाथीको एक दाना चामल उम्रने इन्द्रगङ्गाका तटको खेतबाट एक गुच्छा धान काटेर ल्याउने अनुरोध सकरामसित गर्नु र सकरामले त्यो अनुरोध स्वीकार गरी गढवालको इन्द्रगङ्गाका तटको खेतमा जानु ।
११. बाबु समदसिंह कार्कीले सकराम कार्कीलाई इन्द्रगङ्गाका सेराबाट फर्काएर घरमा ल्याउन स्वयम् गढवाल जानु, राजाज्ञा पूरा नगरी त्यत्तिकै घर फर्कन ठीक नभएकोले आफूले कमाएको नौ लाखको हिराको हार दिई थोरै दिनभित्र घर फर्कने कुरामा आश्वस्त तुल्याएर बाबु समदसिंहलाई सकरामले घर पठाउनु ।
१२. सकरामको वीरताको चर्चा गढवालभरि फैलनु, वारि एक्लै सकराम र पारि गढवालभरिका ढुङ्गामुढा बोकेका गढवालेका बीच युद्ध हुनु, असङ्ख्य मान्छेले लगातार हिर्काएका ढुङ्गा सकरामले छल्नु, थुप्रै ढुङ्गा जम्मा हुँदा सकरामको घोडा पुरिनु, पारिबाट हानिएको ढुङ्गाले सकरामको बायाँ हात लुलो हुँदा दायाँ हातले आङ्खनै बायाँ हात लुछेर गढवालेतिर सकरामले फाल्नु र भाँचिएको त्यो हात पारितिरको सिर्सेको रुखमा पर्नु र त्यस हातले सो रुखको हाँगा समातेर टक्क अडिनु ।
१३. गढवालेहरूले रुखमा अडिएको सकरामको भाँचिएको हात भुइँमा खस्ने उपायबारे सोध्दा सकरामले सप्ताह गर्नुपर्ने, साठी बोकाको बलि दिनुपर्ने, साठी जना बाहुनबाट वेदपाठ गराउनुपर्ने र साठी जना कन्याको पूजा गरेमात्र हात भुइँमा खस्ने कुरा बताउनु, तदनुसार गढवालेहरूले पूजाआजा गरेपछि रुखमा अड्केको हात भुइँमा खस्नु, खसेको त्यस हातले त्यहाँ एकत्रित आधाभन्दा बढी गढवालेहरूलाई च्यापेर मार्नु, गढवालेहरूसित युद्ध गर्दा सकराम थाक्नु, गढवालको पियेँली कोटमा दाँतमा छुरा च्यापेर जिब्रो टोकी आफैले आङ्खनो अन्त्य गर्ने काम सकरामबाट हुनु र सकराम कार्कीको वीरता र साहसको कीर्ति चारै युगसम्म चलिरहनु ।

सकराम कार्कीको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

सकराम कार्की, राइभाट, दत्ते बाहुन, भारदार पैकेलो, सबाउ जन्जाडो, कालिका पठान, दुईजन (लुल चन्न) कठेरी, राजा त्रिमल चन्द, मन्त्री, सल्लाहकार, जोगी, पुरी, सिपाही, ज्ञानी, मानी, इष्टमित्र, दश जेउडे, बीस जेउडे, पँधैर्नीहरू, लुहार, राजा मनुवा चन्द, गढवालेहरू, समदसिंह कर्की, शक्तसिंह र भक्तसिंह ।

२. स्थान

चम्पावत कोट, बाइसे राज्य कुमाउँ, बदामगढी, सामाहजुर, श्रीनगर, राजा त्रिमल चन्दको दरवार, राजा मनुवा चन्दको दरवार, गढवालको इन्द्रगङ्गाको फाँट, तल्लो मधेस, माथिल्लो मधेस र नौ डुङरा ।

३. विशेष घटना

सकराम कार्की एक्लैले कुमाउँका स्वनामधन्य वीर भारदार पैकेला, सबाउ जन्जाडो, कालिका पठान, दुईजन (लुल चन्न) कठेरी, दश जेउडे, बीस जेउडेलाई मार्नु, वीरताका अद्‍भुत कार्य गर्नु, तल्लो मधेस, माथिल्लो मधेस, बाइसे राज्य कुमाउँ, नौ डुङरा र गढवाललगायतका ठाउँमा प्रभुत्व जमाउनु, आङ्खनो समयका राजा र राज्यमा अतुलनीय प्रभाव कायम गर्नु, वैरीहरूमा त्रास उत्पन्न गर्नु, युद्धका विभिन्न कलामा प्रवीण हुनु, जहिले पनि हाकी युद्ध गरेर कुलीन वीरका रूपमा चर्चित हुनु र आफूलाई कमजोर हुनलागेको देखेपछि शत्रुका हातबाट मर्नुभन्दा स्वयम् मर्नु । विपक्षी दसौँ वीरहरूलाई मारेर कालिकामा, बीसौँलाई मारेर मालिकामा र तीसौँलाई मारेर भैरवमा चढाउनु । रणकौशल, साहस, वीरता र निडरताका निम्ति चारै युगमा चर्चित हुनु र गढवालको इन्द्रगङ्गाका फाँटमा सात पाथीको एउटा चामलको दाना पाइनु ।

४. विशेष शब्दावली

जम्तड, नेवर, बाँको, पाइक, तफसल, डुङरमाःन, दुलैचा, माइ मरधाःनको बेटो, उगड्यो पाइक, लगड्पेटो, कागलपाःत, मेहरी, हरोहरो पाःट, खरोखरो पाःट, सलेवाःर, छाःपतीको झोःल, ढेसर्‍या, दन्तजीब, गौँलोडा, भड, बिजुलड र चोलाबदली ।

५. टिप्पणी

सकराम कर्कीसित लड्ने कुमाउँको बदामगढीका चारजना वीरमध्येको एक भारदार पैकेलोलाई कतै भारदार चोइलो पनि भएको छ । त्यसैगरी तिनीहरूमध्येकै दुईजन कठेरीलाई कतै लुलचन कठेरी पनि भनिएको छ । यस भारतमा वणिर्त राजा त्रिमल चन्द कुमाउँ राज्यमा सन् १६२५ देखि १६३८ सम्म शासन गर्ने राजा हुन् । यिनले सकराम कार्कीलाई षड्यन्त्र गरेर मार्न लगाएको घटना साँचो हो ।

रानी मौला (२०२६)

रानी मौलाको भारत को कथानक

१. बिलबिलकार राजाका उदउदकार, उदउदकार राजाका बिलबिलकार, बिलबिलकार राजाका उदउदकार, उदउदकार राजाका बुदबुदकार, बुदबुदकार राजाका उदैउदकार, उदैउदकार राजाका बुदैबुदकार र बुदैबुदकार राजाका प्रथमदेव राजकुमार जन्मनु, प्रथमदेव राजाका सात पटरानीमध्येकी जेठी पटरानी मौला (प्रमुख) निःसन्तानी हुनु, बिना पुरुषको सन्तान, बिना बिउको खेती र बिना बादलको वर्षा नहुँदासम्म दरवारमा नबस्ने र त्यसका लागि तीर्थयात्रा गर्ने विचार रानी मौलाले गर्नु, रानीको इच्छा पूरा गर्न प्रसस्त खर्चपर्च दिएर राजा प्रथमदेवले रानीको तीर्थयात्राको व्यवस्था मिलाउनु र रानीले तीर्थयात्राका लागि अजैमिरकोटबाट प्रस्थान गर्नु ।
२. विभिन्न ठाउँमा वास बस्दै, यात्रा गर्दै ठाउँठाउँका देवीदेवताको पूजा गर्दै रानी मौलाले हरिद्वार, गुरुद्वार, काशी, प्रयागराज, गया, गजाधर, तप्तकुण्ड, सिखाकुण्ड, धर्मखण्डमा स्नान, अनेकौँ देवीदेवताको पूजा, दानदक्षिणा गरेर बाह्र धाम तीर्थयात्रा पूरा गर्नु, फर्कनेक्रममा दरवार नगई मायातीर्थ अर्थात् बाङघाटमा काँसकुशको छाप्रो बनाएर रानी मौलाले योगिनीका रूपमा साधना गर्नु, सपनामा देखिएको घटनाका आधारमा पूजाआजा गर्नु, सूर्यको वर प्राप्त गर्नु र खुस्केको एउटा कपाल काठको छेस्कोमा बेरेर कालीघाटमा जलमा बिर्सजन गर्नु ।
३. रानीमौलाको नदीमा विर्सर्जित केश माझीका जालमा लाग्नु, जाल अटि्कनु, अन्य माझीका सहायताबाट केश अड्कोका कारण रोकिएको जाल तानिनु, माभLmहरूले केशलाई सुन ठान्नु र सधैँको एकोहोरो माझी पेसाबाट मुक्ति एवम् अन्य कुनै सरल पेसाको प्राप्तिका लागि सुन ठानिएको त्यो केश कुमाउँका सालदेउ विशालदेउ राजालाई दिनु, राजाले लामो कपाल देखेपछि त्यो कपालकी महिलाको खोजी गर्न कडा आदेश दिनु, स्याबासी र बक्सिस पाउने लोभमा राजाकहाँ गएका माझीहरूले उल्टै गाली खाएर त्यस कपालकी महिलाको खोजी गर्न बाध्य हुनु र पर्याप्त खोजतलास एवम् दौडधूपपछि माझीहरूले रानी मौलालाई बाङघाटमा भेट्नु ।
४. माझीहरूले तपस्विनी रानीमौलालाई बलपूर्वक राजा सालदेउ विशालदेउका दरवारमा पुर्‍याउनु ती राजाले रानी मौलासित विवाहको प्रस्ताव गर्नु, रानी मौलाले छुट्टै दरवार बनाएर रेसमको विशेष लुगा बुन्न लगाए, ठूलो यज्ञको आयोजना गरी त्यसको प्रतिष्ठा गर्नेक्रममा यज्ञशालामै बिहे गरेमात्र बिहे गर्ने विचार व्यक्त गर्नु, राजाले तदनुरूप गर्नु, रानीमौलाले सकेसम्म विलम्ब गराउने प्रयास गर्नु, भनेका सबै र्सत पूरा भएपछि राजाले विवाह गर्न खोज्दा रानी मौलाले सालदेउलाई बाबु भन्नु, सालदेउले बाबु साइनो लगाएकीले बिहे गर्न नहुने भन्नु, त्यसपछि विशालदेउले बिहे गर्न खोज्नु, विशालदेउलाई काका भनेकीले सो विवाह पनि रोकिनु र रानी मौलालाई सालदेउ, विशालदेउ राजाले धर्मपुत्रीका रूपमा स्वीकार गर्नु ।
५. रानी मौलाको विवाहका लागि चारै दिशाका राजाहरूलाई बोलाउनु, कुनै एउटासित बिहे गरे अर्को राजा रिसाउने हुँदा धेरै जनालाई बिहेका लागि बोलाउन नहुने सल्लाह रानी मौलाले सालदेउ विशालदेउलाई दिनु, आफू सालदेउ, विशालदेउ राजाको दरवारमा सङ्कटमा परेको र त्यसबाट जोगाउन चाँडै आउन आग्रह गरी रानीमौलाले आङ्खनो पाल्तु सुगामार्फ राजा प्रथमदेवकहाँ पत्र पठाउनु र प्रथमदेव रानीमौलाको सल्लाहमुताबिक सालदेउ विशालदेउ राजाका दरबारमा जोगीको भेषमा पुग्नु ।
६. रानी मौलाले बिहेका लागि उपस्थित राजाहरूलाई सम्बोधन गरेर आफूले फालेको रुद्राक्षको माला जसको काखमा पर्छ त्यसलाई वरका रूपमा स्वीकार गर्ने प्रस्ताव राख्नु, सबैले त्यो प्रस्ताव स्वीकार गर्नु, रानी मौलाले रुद्राक्षको माला घुमाएर फाल्नु, त्यो माला जोगीरूप प्रथमदेवका काखमा पर्नु, तीनचारपल्ट फाल्दा पनि प्रथमदेवकै काखमा पर्नु, आङ्खनो प्रतिज्ञामुताबिक गरेको कार्यले जोगीलाई वरका रूपमा स्वीकार्नुपर्ने देखिएपछि सोही कुरा स्वीकार भएको विचार रानी मौलाले प्रकट गर्नु, सबै राजाहरू फर्कनु, राजा प्रथमदेवले सालदेउ, विशालदेउलाई यथार्थ कुरा भन्नु र प्रसस्त दाइजो दिई धर्मपुत्री मानिएकी रानी मौलालाई सालदेउ विशालदेउले प्रथमदेवको जिम्मा लगाएर बिदा गर्नु ।
७. सालदेउ, विशालदेउका दरवारबाट सबै जना बाङघाटमा जम्मा हुनु, रानीले आङ्खनो सिद्धिको परीक्षा गर्नु, बिना बादल मुसलधारे पानी पर्नु, अजैमिरकोट फर्कने क्रममा रानी मौला फूजजस्तै हुलुँगी भएकोमा उनको वजन भारी हुँदै गएको कुरा डोलेले भन्नु, रानी मौलाको चरित्रमाथि शङ्का गरेर उनीलाई पछाडि छाडी प्रथमदेव अघिअघि एक्लै अजैमिर पुग्नु र रानीले आफूमाथि निर्रथमा राजाले शङ्का गरेको कुरामा चिन्ता गरी डोलीमै दाँतले जिब्रो टोकेर आत्महत्या गर्नु ।
८. चितामा जलाउन राखिएकी रानी मौलाको शरीरबाट एउटा झिल्का उछिट्टिएर नजिकै रहेको तरुल खनेको खाल्डोमा पर्नु, लास जलाएर दरवार फर्केका मलामीहरूले प्रथमदेवलाई लासबाट उछिट्टिएको झिल्काको घटना सुनाउनु, प्रथमदेवले त्यस झिल्काको खोजी गर्न आज्ञा दिनु, तरुलको खाल्टामा परेको त्यो झिल्का नवजात शिशुका रूपमा परिणत भएको देखिनु, परीक्षा गर्दा त्यो शिशु सूर्यवंशी ठहरिनु, अजैमिरकोटको नयाँ राजकुमार र सूर्यवंशी त्यो शिशु पछि गएर, तपि मल्ल, का नामले चर्चित हुनु, त्यसले अजैमिरकोटमा राज्य गर्नु र रानी मौलाको तपस्या सिद्ध भएको कुरामा सबैले विश्वास गर्नु ।

रानी मौलाको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

बिलबिलकार, उदउदकार, बिलबिलकार, उदउदकार, बुदबुदकार, उदैउदकार, बुदैबुदकार, प्रथमदेव, प्रथमदेवका सात जना रानीहरू, प्रमुख रानी पत्थरशिला वा रानी मौला, भोकानाङ्गा गरिब, माग्ने, माझीहरू, सालदेउ, विशालदेउ, चारै दिशाका राजाहरू, सिकर्मी, डकर्मी, रेसमको लुगा बुन्नेहरू, डोलेहरू पाल्तु सुगा, मलीहरू र तपि मल्ल ।

२. स्थान

अजैमिरकोट, फूलको बारी, आइतको खान, रुपालको घाट, कुमाउँको सिलिङ्गी, हरिद्वार, गुरुद्वार, काशी, बनारस, गङ्गोत्री, यमुनोत्री, तिलज्यू, बर्तडीको खेत, गया, गजाधर, झरैखानको बैजनाथ, गौरीकुण्ड, शिखाकुण्ड, धर्मखण्ड, बाङघाट, कालीघाट, ढोलीपोखरा र मसानघाट ।

३. विशेष घटना

रानी मौलाले पुरुषको संसर्गबिना सन्तान, बादलबिना वर्षा र बिउबिना खेती हुनसक्ने कार्यको सिद्धिका लागि तीर्थाटन र साधना गर्नु, उक्त कार्यको सिद्धिका लागि गर्नुपर्ने कामबारे जानकारी दिन दैवीशक्ति सपनामा प्रकट हुनु, सपनाबाट प्राप्त निर्देशानुसारका कार्यले सिद्धि प्रदान गर्नु, जालमा भूत लाग्ने कुरामा विश्वास गर्नु, पाल्तु सुगाले सन्देशबाहकको काम गर्नु, सती र साध्वी बनेकी रानीमौलाले घुमाएर फालेको रुद्राक्षको माला बारम्बार राजा प्रथमदेवका काखमा पर्नु, बिना बादल पानी पर्नु, पुरुषसितको संसर्गबिना सूर्यबाट प्राप्त वरदानका कारण मृत रानीमौलाले झिल्काका रूपमा शिशु जन्माउनु र सो शिशु तपि मल्ल का नामले अजैमिरका शासक बन्नु ।

४. विशेष शब्दावली

मौला, अपुती, भैँय्याँ, मुडै, सिरुपाःत, समेत र सिजुरको साडो ।

५. टिप्पणी

यस भारतमा उल्लिखित राजा प्रथमदेव, रघुवंशका एक सय चौँसठि्ठयौँ राजा हुन् । सूर्यवंशी यिनीपछि धामदेउ राजा भए । धामदेउका पनाति नाग मल्ल हुन् । प्रथम देव राजाका पालामा अजैमिर दरवार बनिसकेको थिएन तर डोटी राज्य यिनका अधीनमा थियो । यी इस्वीको बाह्रौँ शताब्दीतिरका डोटेली शासक मानिन्छन् ।

रनि राउत (२०२६)

रनि राउतको भारत को कथानक

१. वीर योद्धाको छोरा भएकोले बाबुले झैँ छोराले पनि लडाइँमा जानुपर्ने कुरा आमा बैरागीशिलाले आङ्खना छोरा रनि राउतलाई भन्नु, आमाको आज्ञानुसार योद्धाको परिधानका साथ रनि कुमाउँनी राजा गरुडज्ञानी चन्दका दरवारमा जानु, त्यहाँ पुगेर रनिले राजा गरुडज्ञानी चन्दलाई ढोगसलाम गर्नु र राजाको सेवामा बाह्र वर्षव्यतीत गर्नु ।
२. रनि राउतकी पत्‍नी भीमशिला पतिको लामो प्रवासका कारण आङ्खनै घरको सेवक झगडी झङ्करुवासित आकषिर्त हुनु, सासू बैरागीशिलाले बुहारीको आनीबानी थाहा पाउनु, त्यसबारे जानकारी दिन घरको पाल्तु सुगालाई रनि राउतकहाँ पठाउनु, घरबाट पठाइएको पत्र सुगाद्वारा पाएपछि रनिले पढ्नु, पत्‍नीको कमजोर चरित्रका बारेमा थाहा भएपछि चिन्ता, पीडा र आक्रोशमा परेर रनिले चार कुल्लाँ रगत वमन गर्नु र त्यो खबर थाहा पाएको राति रनिलाई नराम्रो सपना हुनु ।
३. अर्को दिन राजालाई रनिले सपना बताउनु, राजाले सपनाको अर्थ बुझाउनु, सपनाले आसन्नसङ्कटको सूचना दिएको कुरा रनिले बुझ्नु, रनिले राजाको सेवाबाट केही दिनका लागि बिदा माग्नु, राजाले चाहेजति बिदा लिने अनुमति दिनु र भएका सरसामान राखेर घोडामा रनि घर फर्कनु ।
४. घरको सेवक झगडी झङ्करुवालाई लुकाएर राखेकी र अचानक पति रनि राउत घरमा पुगेकोले भीमशिलाको होसहवास हराउनु, हातखुट्टा धुन रनिले पानी माग्दा भीमशिलाले मोही र मह दिनु, रनि भीमशिलाको व्यवहारबाट आर्श्चर्यमा पर्नु र सासू बैरागीशिलाले अह्राएको काम विचार पुर्‍याएर गर्न आदेश दिँदा भीमशिलाले कुरा मिलाएर अवस्था सामान्य बनाउने प्रयास गर्नु ।
५. अटालीमा रातो पाखी ओछ्याएर बसेको रनि राउतले तलामा राखेको रङ्ग लगाएको गुलेली र चरा मार्ने धनाल देख्नु र त्यसबारे भीमशिलालाई सोध्दा पतिको मायामा ती सामग्री राखिएको झुटा कुरा बताउनु ।
६. राति खाना खानेक्रममा भकारीमा अडेस लगाएर बसेको रनि राउतले भकारी कामेको र डरले पेसाब छुट्दा भकारीबाट पानी बगेको देख्नु, त्यसबारे सोध्दा भीमशिलाले कुरा बनाउनु, घरका खाना खाने व्यक्तिका तुलनामा खाना बढी पकाइएको बारे सोध्दा पनि भीमशिलाले त्यस्तै बनावटी कुरा मिलाउनु र खाना खाएपछि कुल्ला गर्न रनि बाहिर गएको मौका छोपी भीमशिलाले झगडी झङ्करुवाका लागि भकारीमै खानेकुरा दिनु ।
७. झगडी झङ्करुवालाई खाना दिएको कुरा थाहा पाएपछि पनि बहाना बनाएर स्थिति सामान्य तुल्याउन खोज्ने भीमशिलालाई निरुत्तर तुल्याउन रनिले भकारीमा आगोको भुङ्ग्रो खन्याउनु, आगो खाने देवता पानी पनि खान्छ, भनेर तुरुन्तै भीमशिलाले भकारीमा पानी खन्याउनु, भकारीमा लुकेर बसेको झगडी झङ्करुवाको टुपी समातेर रनिले बाहिर ल्याउनु र मार्न खोज्दा आमा बैरागशिलाले रोकी एकजना काम गर्ने मान्छे घरमा चाहिने हुँदा झगडीलाई सेवकका रूपमा राख्न र नमार्न सल्लाह दिनु ।
८. रनिले भीमशिलालाई परित्याग गरेर झगडीका जिम्मा लगाउनु र अर्को बिहे नगरेसम्म घरमा नबस्ने वाचा गर्दै घर छोड्नु, ससुरालीमा गएर रनिले सालीसित बिहे गर्न खोज्नु, ससुरालीपक्षका व्यक्तिहरूले पहिले दिएकी छोरी राख्न नसक्ने व्यक्तिलाई फेरि अर्की छोरी दिन नसकिने कुरा बताउनु, एकजना जोगीसित लुगाकपडा, अलङ्कार र दण्ड मागेर रनि जोगी भेषमा यत्रतत्र भौँतारिँदै पुनः ससुराली गाउँको पँधेरामा पुग्नु, त्यहाँ साली मोतिमासित भेट हुनु र सालीलाई भगाएर रनिले घरमा ल्याउनु ।
९. निकै वर्षम्म सन्तान नजन्मेपछि मोतिमाको आग्रहमा ज्योतिषीलाई हेराउन रनि सुनसिंह बडाभाटका घरमा जानु, त्यो ज्योतिष मोतिमासित बिहे गर्न ठीक परेको मेलादेउ कलौनीको मान्छे हुनु, त्यसले बनावटी कुरा गरेर मेलादेउको सल्लाहमा रनिलाई फसाउने उपाय गर्नु, सो कुरा थाहा नभएको रनिले ज्योतिषको सुझाव शिरोपर गरी तीर्थाटनका लागि जानु र हरिद्वार, काशी, प्रयागराज सबैतिर गई स्नान, ध्यान, पूजापाठ र दानदक्षिणा गर्नु, तीर्थयात्राबाट फर्कनेक्रममा ओलाघाटमा स्नान गरी ज्योतिषले भनेझैँ एकजना बाहुनका टाङमा तीन सय साठीपल्ट छिर्न बाहुनको खोजी गर्नु, मेलादेउ कलौनी नक्कली बाहुन बनेर त्यहाँ देखिनु र निजलाई बाहुन बनाएर पुज्न एवम् सेवा गर्न रनिले बुईमा राखेर ओलाघाट पुर्‍याउनु ।
१०. श्राद्धपछि बाहुनको टाङबाट तीन सय साठीपल्ट छिर्नेक्रममा झगडी झङ्करुवा र मेलादेउ कलौनी पक्षका व्यक्तिहरू अचानक देखिनु, तिनीहरूले रनिमाथि आक्रमण गर्नु, रनिले यथार्थ कुरा बुझेपछि प्रत्याक्रमण गर्नु र झगडी झङ्करुवा र मेलादेउ कलौनीलगायतका सबैको अन्त्य गरेर घर फर्कनु ।

रनि राउतको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

रनि राउत, वैरागीशिला रनि राउतको बाबु, भीमशिला वा रमला, झगडी झङ्करुवा, राजा गरुडज्ञानी चन्द, पाल्तु सुगा, राजा गरुडज्ञानी चन्दको दरवारका भाइभारदार, इष्टमित्र, कार्यकर्ता, सल्लाहकार, सेना, सहयोगी, जोगी, मोतिमा, रनि राउतको ससुरालीपक्षका व्यक्तिहरू सुनसिंह बडुभाट, मेलादेउ कलौनी, पण्डित र पुरोहित ।

२. स्थान

रनि राउतको रैथान, राजा गरुडज्ञानी चन्दको दरवार, सिलिङ्गी चौतारो, आँगन, अटाली, भान्सा कोठा, भकारी, ससुराली गाउँ, ससुराली गाउँको जलाशय, जोगीको कुटी, देशदेशान्तर, सुनसिंह बडुभाटको घर, हरिद्वार, गुरुद्वार, काशी, प्रयागराज, गया, गजाधर र ओलाघाट ।

३. विशेष घटना

वीरका सन्तानले घर बस्न नहुने मान्यता प्रचलित हुनु, राजा र राज्यको सेवा गर्नु, पत्‍नीलाई एक्लै घरमा छोडेर पतिले बाह्र वर्षम्म बाहिर बस्नु, नारीको दोषमा आवश्यकताभन्दा बढी सजाय दिनु, जारी गर्नेलाई मार्नु, सालीसित बिहे गर्नु, सपनाका घटना तथा शकुनअपशकुनमा विश्वास गर्नु, नारीको चरित्र बझ्न गाह्रो हुने कुरा व्यापक रूपमा मान्य हुनु, ज्योतिषमा विश्वास गर्नु, तीर्थाटन, श्राद्ध र दानदक्षिणाको परम्पराप्रति अटल आस्था राख्नु, भाग्यवादी धारणा राख्नु, मल्लयुद्धको चलन हुनु, वैरीको समूल नष्ट गर्ने प्रयत्‍न गर्नु, वैरीसाध्न गरिने यावत् षड्यन्त्रलाई उचित ठान्नु र नायकको जित देखाउनु ।

४. विशेष शब्दावली

सुनमुठ, जौ हाल्या बौर, रोहिणी राःत, कुमसरिको, कर्नाःल फोःलो, पञ्चस्थान कलिमुली, बागो, र्साई, पल्साउनो, पाउला, चीठोः ढुकुरो, गुर्काउनो, पाःण, बाउडण्ण, मङराउँ, लङाःर, डाङरो, नवालीपाःट, अटकन, पटकन र थडिबडि ।

५. टिप्पणी

रनि राउतकी पत्‍नी भीमशिलालाई कतैकतै रमला भनिएको । साथै कतिपय ठाउँमा गायक अल्मलिएर रनि राउतकी आमा बैरागीशिला भननुपर्नेमा भीमशिला भनिएको पनि छ । गुर्ग्यानी चन्द अर्थात् गरुडज्ञानी चन्द कुमाउँ राज्यमा सन् १३७४ देखि १४१९ सम्म राज्य गर्ने चन्द्रवंशी राजा हुन् ।

बिका पनेरू (२०२६)

बिका पनेरूको भारत को कथानक

१. अजैमिरकोटका राजा पहाडी शाहीले आफ्नो राज्यका सारा प्रमुखहरूलाई बोलाएर गरेको सभाले बिका पनेरूलाई सुनको माछा, सुनको बिरालो बनाएर दण्डस्वरूप दिने सजाय तोक्नु, बिका पनेरूले त्यो सजाय अस्वीकार गरी डोटी छोडेर कुमाउँ जानु, पहाडी शाहीले बिकालाई फर्काउन सेवक पठाउनु, बिकाले फर्कन नमान्नु बरु डोटी राज्य विघटन गरेर अजैमिर दरवारका पत्थरले चम्पावतको दरवार बनाउने प्रण गर्नु र दलबल तथा परिवारसहित चम्पावत राज्यको तामलीका सेरामा जानु ।
२. उचित खानपानको अभावमा बिका पनेरूको दलबलले कन्दमूल खनेर खानु, चम्पावत राज्यका बासिन्दाले बिकाको उपेक्षा गर्नु, राजा जगि चन्दले आफ्ना बाबुको श्राद्धमा पुराणवाचन गराउने उद्देश्यले पुराणका पुस्तकको खोजी गर्नु, चम्पावत राज्यभरि खोज्दा पनि पुराणका पुस्तक नपाइएकाले बिका पनेरूसित हुनसक्ने सम्भावनादेखि राजा जागिले बिका पनेरूकहाँ सेवक पठाउनु, बिका पनेरूकहाँ पुराणका पुस्तक पाइनु, बिकाले सो पुस्तक दरवारमा दिनु र त्यसबापत राजा जगिले बिकालाई यथेष्ट सुनचाँदी दिनु ।
३. राजा जगि चन्दको दरवारबाट सुनचाँदी घोडामा लादेर घर फर्कनलागेको बिकालाई वारि मधेस, पारि मधेस र निउरियालगायतका ठाउँ जितेर आउँदै गरेको विजयसिंह गेडाले देख्नु, ती दुवैका बीच भनाभन र बाटो छेकाछेक हुनु, बिजयसिंहले बिकाको मानहानि एवम् बेइज्जती हुने कुरा गर्नु र बिकाले पनि विजयसिंहलाई तथानाम गाली गर्नु ।
४. बिकालाई स्याबासी एवम् सुनचाँदी दिएकोमा आपत्ति जनाउँदै विजयसिंहले राजा जगि चन्दको व्यवहारप्रति आपत्ति प्रकट गर्नु, बिकालाई ढुङ्गेशिलाबाट हटाउने विचार विजयसिंहले व्यक्त गर्नु, त्यस्तो नगर्न राजा जगि चन्दले आग्रह गर्नु, विजय सिंहले बिकालाई ढुङ्गेशिलाको बस्तीको बिगोस्वरूप एक लाख आफूलाई र चाद्ध लाख रुपैया राजा जगि चन्दलाई दिन दबाब दिनु, बिकाले सो रकम दिन नमान्नु र विजयसिंहले भनेका कुरा सुनाउन बिका राजा जगि चन्दकहाँ जानु ।
५. राजा जगि चन्दले बिकालाई आश्वास्त पारेर पठाउनु, विजयसिंहले सो कुरा थाहा पाएपछि हात पर्न लागेको रकम खुस्किएको र आफ्नो पनि नोक्सान भएकोमा राजा जगिलाई धिक्कार गर्नु, दबाब दिन विजयसिंह पुनः बिकाकहाँ जानु र भनेजस्तो रकम नतिर्ने कुरा परिवारको सल्लाहअनुसार बिकाले विजयसिंहलाई सुनाउनु ।
६. विजयसिंह दलबलसहित बिकाकहाँ पुग्दा बिकाको छोरा चन्द्रभानले बाह्र वर्षो जिनो खसी एकै चोटमा काटेर विजयसिंहको दल तितरबितर गर्नका साथै भेटिएका जति सबैलाई काट्दै हिँड्नु र विजयसिंह डरले भाग्नु ।
७. बाइसे राज्य कुमाउँको अटलास गढ कब्जा गरेर फर्केको चन्द्रभानको खुसीमा विजयसिंह भागेको खवर सन्तोषको विषय नभएको र विजयसिंह नै पहिलो प्रहारको केन्द्रबिन्दु हुनुपर्ने कुरा बिकाले चन्द्रभानलाई भन्नु, घरका सबै सदस्यले कुमाउँनीहरूसितको लडाइँमा पछि सर्न नहुने सल्लाह बिका र चन्द्रभानलाई दिनु । यस कार्यमा चन्द्रभानकी काकी अझै उग्र देखिनु र सबैको एकमतमा चन्द्रभान विजयसिंहसित लड्न पुनः प्रस्थान गर्नु ।
८. नौखुचे भीमतालमा विजयसिंहलाई छोपेर चन्द्रभानले हाँक दिनु, पहिले विजयसिंहलाई आफूमाथि प्रहार गर्न लगाउनु, विजयसिंहको प्रहारले चन्द्रभानलाई केही नहुनु, पछि चन्द्रभानद्वारा गरिएको छुरीको प्रहार सहन नसकेर विजयसिंहको मृत्यु हुनु ।
९. विजयसिंह चन्द्रभानबाट मारिएको खवरले बिका तथा परिवारका सबैमा खुसी छाउनु, कुमाउँमा मच्चिएको आतङ्कको परिणाम राम्रो नहुने ठानेर बिकाले आफ्नो र आफ्ना परिवारका सबै सदस्यको अन्त्य दुश्मनको हातबाट हुनुभन्दा आफ्नै हातबाट हुनु राम्रो ठान्नु, त्यसैले आफ्ना सहयोगी बिजुवा बोहरालाई बाला र धना परिवारका दुई जना बालकलाई कुस्ती खेल्ने र युद्धकला सिक्ने अखडामा पठाएर युद्धकला सिकाउने क्रममा मार्न लगाउनु, तिनीहरूको मृत्युमा परिवारका सबै जनाले विलाप गर्नु र अन्त्यमा त्यसैगरी परिवारका सबै जनाले र स्वयम् बिका पनेरूले आफ्नो इहलीला आफ्नै हातले समाप्त गर्नु ।

बिका पनेरूको भारत को सामग्रीको छोटो विवरण

१. पात्रहरू

पहाडी शाही, पहाडी शाहीको दरवारका विभिन्न व्यक्तिहरू, बिका पनेरू, चन्द्रभान, बिका पनेरूकी पत्‍नी, बिका पनेरूकी भाइबुहारी, विजयसिंह गेडा, कुमाउँनी राजा जगि चन्द, बिका पनेरूको दलबल, विजयसिंह गेडाको दलबल, बिजुवा बोहरा, बाला र धना ।

२. स्थान

अजैमिरकोट, कुमाउँको तामलीको सेरा, चिपुरका सेरा, ढुङ्गेशिला, चम्पावत दरवार, बाइसे राज्य कुमाउँ, नौ खुचे भीमताल र युद्धकौशल सिक्ने र प्रदर्शन गर्ने अखडा ।

३. विशेष घटना

अजैमिरकोटका राजा पहाडी शाहीलाई हाँक दिएर उनको राज्य छोडी बिका पनेरूले कुमाउँ जानु, चम्पावतका राजालाई रिझाए पनि उनका प्रमुख सहयोगी विजयसिंह गेडासित कुरा नमिल्दा कुमाउँमा पनि बिकाले कष्ट भोग्नु, बाहुनले गर्नुपर्ने कृत्य गर्दागर्दै पनि रणकौशलमा समेत बिकाको परिवार प्रवीण हुनु, बिकाकी पत्‍नी र भाइबुहारी परिवारका पुरुषहरूभन्दा ज्यादा साहसी, निडर र जुझारू हुनु, कोदोलाई निम्नस्तरको अन्न मान्नु, एक्लो भएर पनि राजासित बिकाले प्रतिशोध गर्नु, विजयसिंह गेडालाई मारी विजय प्राप्त गरेर पनि भविष्यमा हुनसक्ने षडयन्त्र विचार गरेर शत्रुका हातबाट मर्नुभन्दा आफ्नै हातबाट मर्नु उचित सम्झी वीरोचित उपाय अपनाएर आफू र आफ्नो परिवारको अन्त्य आफैले गर्नु ।

४. विशेष शब्दावली

अडिया जोलिया, रनिबस्ती, खतड्को सैँजडीको काणो, नलै फलै, चानी लाग्ग, चुइँकाउँ, गतानी डुब्का हालाइ, झाउरा फाल हाल्लु, छकेवाल र झेडामेडा ।

५. टिप्पणी

तामलीको सेरोंलाई कतै चिपुरको सेरो भनेको, एक प्रसङ्गमा जगि चन्न भन्नुपर्नेमा पहाडी साइ र अर्को ठाउँमा छली राजा वीर राजा बिक्राम चन्न भनको र बिका पनेरूलाई विजयसिंह गेडाले एक ठाउँमा कुमाउँमा बस्नदिन्छु, भन्नुपर्नेमा अजैमिर बस्नदिन्छु, भनेको ।
राजा पहाडी शाही डोटी राज्यका सन् १७४५ देखि १७४८ सम्म शासन गर्ने राजा हुन् । यस भारतको रचनाकाल र यसमा उल्लिखित घटनाको समयको हाराहारीमा रहेको बुझिन्छ ।

उदाछापला (२०२६)

उदाछापलाको भारत को कथानक

१. उदा कठायतले फुपू भागशिलाको घरमा जानु, भागशिलाले छापला प्युलालाई नचिन्नु, छापलाले आङ्खनो विस्तृत परिचय दिएपछि भागशिलाले चिन्नु र आङ्खनो घरमा प्रसस्त गाई भैँसी र धनसम्पत्ति भएकोले भैँसीगोठमा गएर दूधदही खाई भैँसीको हेरचाह गरी मोज गर्न भन्नु ।
२. वीरोचित परिधानले युक्त भएर उदा कठायत फुपू भागशिलाको भैँसीगोठ नङारचनीका धुरा जानु, गोठमा बस्दा उचित खानपान पाएर उदा हृष्टपुष्ट हुनु, त्यसैबीच राजा विक्रम चन्दलाई छापला प्युराले आफूझैँ वीर खोजेर मुकाबिला गराउन चुनौती दिँदै खोज्न नसके राजा नमान्ने र ढोगसलाम पनि नगर्ने खबर पठाउनु, राजा विक्रम चन्दले छापला प्युरासित भिड्न सक्ने वीरको खोजी गर्नु, ज्योतिष हेराएर भाग्यमा वीरता बोकेर ल्याउने त्यस्तो वीरको खोजतलास गर्नु, ज्योतिषको सल्लाहअनुसार त्यस्तो वीरता केलसिंह कठायत र निजको परिवारका सदस्यले मात्र पाएको कुरा थाहा हुनु र सेवकहरू पठाएर राजा विक्रम चन्दले केलसिंहलाई उदा कठायतसित प्रतिरोध गर्नसक्ने वीर खोजिदिनका लागि सहयोग गर्न अनुरोध गर्नु ।
३. राजाको अनुरोधपत्र पाएपछि केलसिंह कठायतले आङ्खना सुदा, बुदा, सोर र शक्तिसमेतका चार भाइ छोरालाई सम्झँदै निकै समयदेखि बेपत्ता भएको उदा कठायतलाई पनि सम्झनु, घरमा भएका छोराहरूमध्येका एक जना बुदा कठायतले बाबु केलसिंहलाई युद्धका लागि आफू जाने कुरा गर्नु र घोडामा चढेर राजा विक्रम चन्दको दरबारमा जानु ।
४. विक्रम चन्दलाई ढोगसलाम गरेर बुदाले छापलासितको युद्धमा लड्न आफू आएको कुरा सुनाउनु, राजाले लड्नुअघि छापलासित जुध्नसक्ने वा नसक्नेबारे बुझ्न बुदाको परीक्षा गर्नु र परीक्षामा बुदाले पानी खान र फलामका चना चपाउन नसकेपछि राजाबाट निजलाई फिर्ता पठाइनु ।
५. उदा घरमा नभएको बेला खाँडो र कटारलाई प्रतीक बनाएर केलसिंहले उदाको विवाह ख्याउटुमाला र डुगटुमालासित गराइदिनु, त्यस विवाहमा रमनाु र जमुनाजस्ता नर्तकीले नाच देखाउनु र बुदाको क्षमता नपुग्ने देखेपछि स्थानीय प्रसिद्ध वीरहरूको खोजीका क्रममा राजा विक्रम चन्दले चार जना सेवक पठाएर उदा कठायत बसेको नङारचनीका धुरामा पठाउनु ।
६. उदाले जम्मा गरेका बाउसोका बिँड र हलानोका काठ तथा काठको एउटा मुढोमा हिर्काएर राखेको बन्चरो झिक्नु र उठाउन नसकेपछि राजाका सेवकहरूले दैवीशक्ति मानेर प्रायश्चित स्वरूप तिनको पूजाआजा गर्नु र भैँसीगोठमा पुग्नु ।
७. सेवकहरूले उदालाई राजाको पत्र दिनु, राजाको अनुरोध स्वीकार गरेर उदाले गोठ छोड्ने तयारी गर्नु, भैँसीहरूसित बिदाइको विलाप गर्नु, राजाका सेवकहरूलाई खिर र रोटी पकाएर ख्वाउनु, सेवकहरूले आगाको आँचबाट येनकेन खिरको भाँडो झिक्न सके पनि पकाउन राखेको बाह्र थैला पिठोको रोटी झिक्न नसक्नु, उदाले पनि सो रोटी झिक्न चार कुल्लाँ रगत वमन गर्नु, सेवकहरूले दिएको खाने कुरा खान नसक्नु, उदाले खिर र पूरै रोटी खानु र बाउसोका बिँड, हलानोका काठ र घरमा लैजान पर्ने सामानहरू बटुलेर एक्लैले बोकी उदा घर फर्कनु, बाउसोका बिँड, हलानोका काठ र बन्चरोलाई राजाका सेवकहरूले देवता मानेर पुजेको कुरा थाहा पाउँदा उदाले हाँस्नु र ती वस्तु राखेका ठाउँमा दैवीशक्ति मानेर उनीहरूले चढाएको चामल खाँदै अघि बढ्नु ।
८. उदा कठायत घरमा फर्कन लागेको कुरा ससुरा केलसिंह कठायतलाई बुहारी ख्याउटुमाला र डुगटुमालाले सुनाउनु, केलसिंह त्यस कुराबाट आर्श्चर्यमा पर्नु, गोठबाट घर र्फकंदै गरेको उदाले जलाशयमा पानी भर्न गएका ख्याउटुमाला र डुगटुमालासित पानी माग्नु, लोहटामा उनीहरूले पानी दिँदा गाग्री भरेर दिन उदाले आग्रह गर्नु, गाग्रीभरिको पानी खाएपछि उदाले रित्तो गाग्रीलाई पाता बनाएर फाल्नु, ख्याउटुमाला र डुगटुमालासित परिचय लिँदा उनीहरू आङ्खना पत्‍नीहरू भएको कुरा उदा कठायतलाई थाहा हुनु र उदा कठायत घरमा पुग्नु ।
९. निकै वर्षछि उदा फर्केको खुसीमा केलसिंहले घरमा दीपावली गराउनु, छत्तीस परिकारको ज्युनार सेवन गरिसकेपछि उदा आङ्खनो नौ तले महलको विशेष शयनकक्ष र विशेष किसिमको ओछ्यानमा सुत्नु, सपनामा उदाले शत्रुपक्षसित युद्ध गरेको देख्दा शयनकक्षको थाम समात्नु र सेविकाहरूलाई बत्ती बाल्न भन्नु र घरका आफन्तहरूले सपनामा विचित्र काम गरिरहेको अवस्था देखेको हुनाले न्रि्राबाट ब्युँझेको उदाले लाज मान्नु ।
१०. उदाले राजाको अनुरोध, सपनाले देखाएको घटना, उमेर र अवस्थाको परिपक्वता र शुभसाइतको मुहूर्त विचार गरेर राजा विक्रम चन्दको दरवारमा योद्धाका परिधानले युक्त भएर घोडामा चढी जानु, ख्याउटुमाला र डुगटुमालाले उदाको विछोडका कारण दुःख प्रकट गर्नु, यात्राका क्रममा उदाले छापलाको नदीकिनारको ठूलो खेतमा रोपाइँ भइरहेको देख्नु र रोपाइँमा संलग्न व्यक्तिहरूलाई आङ्खनो वीरता देखाउन उदाले पानपाते छुरा झिकेर बाह्र वर्षो जिनो खसी एकै चोटमा काटेर घोडामा राखी बाटो लाग्नु ।
११. दरवारमा पुगेपछि राजाले बुदालाई जस्तै उदालाई पनि बाउन्न घडाको पानी खान र फलामका चना चपाउन भन्नु, उदाले सहजै त्यो कार्य गरेको देख्दा राजा खुसी हुनु, राजाको सभामा बसेकाहरूका लहरमा एकातिर उदा र अर्कातिर छापलाको कुर्सी लागेको हुनु र ती दुईका बीचमा भनाभन चल्दा राजाले रोक्नु ।
१२. राति सुतेको मौका छोपी उदा कठायतले छापला प्युराका जुँघा काट्नु र ती जुँघा उदाले राजामा चढाउनु ।
१३. राजाको सभामा विपरीत लहरका कुर्सी बसेका उदा र छापलाका बीच पुनः भनाभन हुनु, छापलाले आङ्खना जुँघा उदाले काटेको कुरा थाहा पाउनु, ती दुईमा त्यहीँ घमासान कुस्ती हुनु, उदाले छापलाका दुवै घुँडा काट्नु, त्यो खबर सर्वत्र व्यापक रूपमा फैलनु, राजा विक्रम चन्दले छापलालाई सुन वा काठ जे मन छ त्यसका कृत्रिम खुट्टा हालिदिने वचन दिनु र त्यसैगरी दुश्मनका खुट्टा काट्ने उदाको चाहनामुताबिक स्याबासीस्वरूप रहबका घाटका माछा खुवाउने व्यवस्था मिलाउनु ।
१४. उदा कठायतका माझीहरूलाई लगेर रहबका घाटका माछा मार्न जानु, घाटमा मारिएका माछा लगेर उदाले छापला प्युराको घट्टको छानाको काठ जलाएर माछा पोल्नु, आङ्खनो घट्ट जलाइएको कुरा थाहा पाएपछि छापला प्युरा घट्टमा पुग्नु, त्यहाँ उदासित झगडा हुनु, छापलाले गोखुर देखाएर उदालाई लोभ्याउनु, गोखुर पाउने आशामा उदा उत्साहित हुनु, दुवै वीरमा युद्ध हुनु र एकअर्काको प्रहारबाट दुवैको मृत्यु हुनु ।
१५. ख्याउटुमाला र डुगडुमालाले उदा र छापलाका बीच युद्ध भएको ठाउँमा जानु, दुवैले उदा र छापलामा जसले जित्यो त्यसैसँग विवाह गरेर जाने सल्लाह मिलाउनु तर दुवैको मृत्यु भएकोमा ख्याउटुमाला र डुगटुमालाले विलाप गर्नु र असाधारण वीरता प्रदर्शन गरी खानदानीपन कायम गर्ने उदा र छापलाको कीर्ति चारै युगसम्म रहिरहने सन्देश प्रस्तोताद्वारा व्यक्त गर्नु ।

उदाछापलाको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

उदा कठायत, भागशिला, राजा विक्रम चन्द, छापला प्युरा, केलसिंह कठायत, केलसिंह कठायतकी पत्‍नी रुदा, बुदा, सोर, शक्ति, ख्याउटुमाला, डुगटुमाला, रमुना, जमुना, सेवकहरू, भैँसी, सेविकाहरू, उदा कठायतकी आमा, बाउसे, हली, रोपारीहरू, माझीहरू, राजाको सभाका सभासद्हरू ।

२. स्थान

केलसिंह कठायतको गाउँ, भागशिलाको गाउँ, नङारचनीको धुरा (भैँसीगोठ), राजा विक्रम चन्दको दरवार र क्षेत्र, केलसिंह कठायतका गाउँको जलाशय, छापलाको खेत, छापला प्युराको डेरा, रहबको घाट र छापला प्युराको घट्ट ।

३. विशेष घटना

भागशिलाका प्रसस्त गाईभैँसी हुनु, भैँसीगोठमा बसेर उदा कठायत असामान्य रूपमा बलियो हुनु, उदाको आहार निकै ज्यादा हुनु, वीरहरूले समान शक्ति भएको प्रतिद्वन्द्वी खोज्नु, हतियारलाई दुलहाको प्रतीक बनाएर ख्याउटुमाला र डुगटुमालासित उदा कठायतको विवाह केलसिंहले गराउनु, राजा विक्रम चन्दका दरवारमा उदाले बाउन्न गाग्रा पानी खानु र फलामका चिउरा चपाउनु, बाह्र वर्षो जिनो खसीलाई उदाले एक चोटमा काट्नु र उदा र छापलाले युगयुगान्तरसम्म कीर्ति रहने वीरता प्रदर्शन गरेर मर्नु ।

४. विशेष शब्दावली

झिरोकाणो, झेउर्‍या मुल्या, हलाइ फर्कोइ, छेपाडी, रनझुकन, भारत, मजेला, भतेडी, पोर्कि, नीर्कि, दुलिचा, पाटा, अडिया जोलिया, कागल पात, बौसा जडा, छाउना, छापती, चिर्किट्टा, कटाल डीठ, रिण्या, खडबडाउनु, गाड्डु, खित्नु, बलाइ, डुकुरमान, नवालीपाट, बिसुला, बडाज्यू, सार, ब्याउ, अगेरी, फाग, बडाइ, पञ्च हतरिया, जडन्तो लाखो र जितरा ।

५. टिप्पणी

सुरुमा उदा कठायत भननुपर्नेमा छापला प्युरा भनिएको, उदा कठायतको खोजी गर्न पठाइएका सेवकहरूको सङ्ख्या कतै चार र कतै बाह्र भनिएको, कुमाउँनी राजा विक्रम चन्द भन्नको सट्टा कतै गुरुज्ञानी चन्द भनिएको, ख्याउटुमाला र डुगटुमालाको विवाह उदा कठायतसित भइसकेको भए पनि उनीहरूले अन्त्यको प्रसङ्गमा उदा वा छापलामध्ये जसले युद्ध जित्छ उसैलाई पतिका रूपमा वरण गर्ने भनेको जस्ता विभिन्न प्रसङ्गहरू प्रस्तोताको विस्मृति र अपरिपक्व प्रस्तुतिसीपका उदाहरण हुन् । विक्रम चन्द् सन् १४३३ देखि १४३७ सम्म कुमाउँ राज्यमा शासन गर्ने राजा हुन् ।

बिमला राउतको (२०२६)

बिमला राउतको भारत को कथानक

१. एउटा सौताबाट सात भाइ जन्जाली र एउटा सौताबाट जन्मेका एक्ला मङ्गल वा बिमला रावतका बीच पैतृक सम्पत्तिको अंशवण्डा हुँदा झगडा पर्नु, बिमलालाई सौतेला सात भाइहरूले बेलाउरे कोट र जुगाली सेरो दिन नचाहनु, बिमलाले आफूले पाउने प्रत्येक हिस्सा लिएरै छाड्ने अठोट व्यक्त गर्नु र घरपरिवारमा चलेको अंशवण्डाको खिचलोबाट दिक्क भएर बिमला राउत आफ्ना मामा सात भाइ अरियाल साउँदका घरमा जानु ।
२. मामाहरूसित बिमलाले आफूलाई आश्रय दिन अनुरोध गर्नु, अरियाल साउँदहरूले सात भाइहरूको एक्लो भान्जा भएकोले बिमलालाई आश्रय दिन कुनै गाह्रो नपर्ने कुरा सुनाउनु, बिमलाले मामाको घरमा बस्न थाल्नु, खाली बस्नुभन्दा मामहरूका बस्तुभाउ चराउन जानु उचित हुने देखेर बिमलाले मामाहरूका बस्नुभाउ चराउन अनुरोध गर्नु र सो कार्यका लागि मामाहरूले स्वीकृति दिनु ।
३. गाउँभरिका गोठालाहरूजम्मा गरेर डरधाक देखाई बिमलाले वनमा चौतारो चिनाउनु, गोठालाहरूलाई कुटपिट गर्नु, आफूले गरेको ज्यादतीबारे घरमा कसैलाई नभन्न धम्क्याउनु र गोठालाहरूभन्दा अगाडि घर फर्केर सबै गोठालाहरूको घरको खाजा खानु, उपद्रो मच्चाउनु र मामाहरूलाई सज्जनता देखाएर आफूले बदमासी नगरेको कुरा भन्नु ।
४. अर्को दिन चाँडै बस्तुभाउ वनमा पठाउन बिमलाले अरियाल साउनको सबै परिवारलाई अनुरोध गर्नु, वनमा गएर बिमलाले सारा बाख्रा एउटा रुखनेर लगेर चटाचट काट्नु, गोठालाहरूमा कसैको आँखा फोड्नु, कसैका हाँत भाँच्नु, कसैका खुट्टा तोड्नु, कसैको जिब्रो निकाल्नु र एक्लै घरमा फर्की बाघले बाख्रा खाएको झुटो कुरा मामाहरूलाई सुनाउनु र गोठालाहरू वनबाट आउँदै गरेको कुरा बताउनु ।
५. गोठालाहरूले बिमलाबाट यातना पाएको र बाख्राहरू बिमलाले नै काटेको कुरा आआफ्ना घरमा भन्नु, सात भाइ अरियालहरूले बिमलालाई मार्न खोज्नु, बिमलाको अनुनयविनय सुनेर माफी दिनु, काटिएका बाख्राको मासुको भाग लैजाने खबर घरघर पुर्‍याउन अरियाल साउनले बिमलालाई पठाउनु, बिमलाले ती बाख्राको मासुको भाग खानेले आफ्ना सन्तानको मासु खानू भन्ने उल्टो सन्देश सुनाएकोले मासुको भाग लैजान कोही नआउनु र त्यो कुरा भोलिपल्ट अरियाल साउनहरूलाई थाहा हुँदा उनीहरू बिमलाप्रति झनै आक्रोशित हुनु ।
६. बिमलाकै अनुरोधमा सात भाइ अरियाल साउनहरूले बिमलालाई मधेस लगेर लालबनियाँलाई सय रुपैयाँमा बेच्नु, बिमलालाई बेचेको पैसाले नुन, गुड, लुगालत्ता र खाने मसला किनेर अरियाल साउनहरू घर फर्कनु, बिमलाले पसलको र घरको हानिनोक्सानी गरेर लाल बनियाँलाई हैरान पार्नु, लाल बनियाँको सर्वनाश गरेर बिमला मामाको घरमा फर्कनु र लाल बनियाँले बिमलाको पिछा गर्नु ।
७. माइजूका लागि लुगा ल्याएको र जिउमा नापेर दिनु राम्रो हुने भएकोले बिमलाले आङ्खना माइजूहरू बोलाउनु, लुगाको लोभले बाहिर निस्केका माइजूहरूलाई एक एक गरेर बिमलाले हातखुट्टा भाँचेर अपाङ्ग तुल्याउनु र मामाका सन्तानहरूलाई पनि लुगा दिने निहुँमा बोलाएर बिमलाले अपाङ्ग बनाउनु,
८. बिमलाका असह्य क्रियाकलापबाट आजित भएर मामाहरूले निजलाई मार्न खोज्नु, बिमलाले उल्टै सात भाइ अरियाल साउनहरूलाई एकै लहरमा उभ्याएर बाण हानी मार्नु, सबै मामाहरूलाई मारेर बिमलाले माइजूहरूलाई मामाहरू आउँदै गरेको झुटा कुरा सुनाउनु, बिमलाका माइजूहरूलाई सबै कुरा थाहा हुनु र किरिया बस्ने क्रममा आवश्यक पर्ने सेतो लुगा दिने निहुँ गरेर आङ्खना सबै माइजूलाई पनि बिमलाले मार्नु ।
९. मामाहरूको र्सवनाश गर्ने बिमलालाई सात भाइ जन्जाली राउतहरूले मार्नु, बिमलाको निदारमा बिमलाकै रगतको टीका जन्जाली राउतहरूले लगाउनु र भविष्यमा आइपर्ने सङ्कट र बैरीबाट हुनसक्ने काटमारबाट मर्नुभन्दा आफ्नै हातले आङ्खनो ज्यान लिनु उचित हुने कुरा विचार गरी जन्जाली राउतहरूले आफैले छुरा प्रहार गरी आङ्खनो इहलीला समाप्त गर्नु ।

बिमला राउतको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

बिमला राउत, सात भाइ जन्जाली राउत, सात भाइ अरियाल साउन, गोठालाहरू, सात भाइ साउँदका पत्‍नीहरू र लाल बनियाँ ।

२. स्थान

बेलाउरे कोट, जुगाली सेरो, अरियाल साउनहरूको गाउँबस्ती, चरनक्षेत्र, लाल बनियाँ बस्ने बजार क्षेत्र, सात भाइ अरियाल साउन मारिएको ठाउँ र घोडीहाट ।

३. विशेष घटना

आश्रय दिने मामाहरूप्रति बिमलाले अविवेकी, अन्यायी र क्रूर व्यवहार गर्नु, दुष्टका प्रत्येक क्रियालाप दुष्ट्याइँपूर्ण हुनु, किनमेलका लागि मधेस र बजार क्षेत्रमा जानु, खेतीपाती एवम् पशुपालनयुक्त जीवनपद्धति हुनु, गोठालाहरू बलिया र जेठा गोठालाबाट प्रताडित हुनु र मध्ययुगीन सभ्यता झल्काउने घटनाको वर्णन हुनु ।

४. विशेष शब्दावली

थुच्के पातलो, चमरा चौपातो, नाउँ बर्मा, राङोपाःत लाउनु, लिणक्यौल, भमारीःबर, धाङोबुङो, फस्फसानो, तुडीतुम्मा, चाना हाण्णु, आङडो, बौरन, मतजूत र कपुवा ।

५. टिप्पणी

सुरुमा बिमला राउतलाई मङ्ङला राउत भनिएको, सौतेला भाइहरूको अंशवण्डाको झगडाको वर्णनबाट भान्जाको घटनामा आधारित भिन्न प्रकृतिको घटनाको वर्णन गरेको, मामा र माइजूहरूलाई मार्ने बिमलालाई सात भाइ जन्जाली राउतले मार्नु चित्तबुझ्दो भए पनि अन्त्यमा सातभाइ जन्जाली राउतले आत्महत्या गर्नु चित्तबुझ्दो नभएको र अधिकांश भारतमा अन्त्यमा वीरहरूले अर्काको हातको मृत्यु असह्य मान्ने र आङ्खनै हातबाट आङ्खनो मृत्यु वरण गर्ने वर्णन पाइने परम्पराअनुरूप कथानकलाई अस्वाभाविक रूपले मोडेको ।
यो सामाजिक र समान्य जनताको पारिवारिक घटनामा आधारित कथानक भएकोले यसका कथानकको निश्चित समय तोक्नु गाह्रो छ तापनि यसको समय इस्वीको सोह्रौ शताब्दीको हाराहारीमा राख्न सकिन्छ ।

जयसिंह साउन (२०६४)

जयसिंह साउनको भारत को कथानक

१. मधेसको कर पाइरहेकोले जयसिंह साउनमा घमण्डको भाव हुनु, भिनाजुको व्यहवार उचित नभएकोले साख्खै भए पनि साला नैने कठायतको जयसिंहसित विवाद हुनु, राजासित राजा र काजीसित काजी नभनेर आङ्खनै धाकरवाफमा हिँड्ने जयसिंहको घमण्डीपनप्रति कुमाउनी राजा गुरुज्ञानी चन्दको पनि असन्तोष हुनु र भाइभारदारको सल्लाहअनुसार जयसिंहको घमण्ड मार्न नैने कठायतले मात्र सक्ने ठानिएपछि धनको लोभ देखाएर राजा गुरुज्ञानी चन्दले नैनेलाई सो कार्यमा लगाउनु ।
२. जयसिंह साउन घरमा नभएको मौका पारी दिदी भेट्न भनेर नैने कठायतले मैनावती कहाँ जानु, मैनावतीलाई नैनेले सुजा र बिजा भान्जालाई राजा गुरुज्ञानी चन्दका दरबारमा लगेर पढाउने विचार सुनाउनु, मैनावतीले त्यस कार्यमा सहमति जनाउनु र यथेष्ट खर्च, सामलतुमल, लुगाकपडा र खाजा दिएर मैनावतीले नैनेको भरमा आङ्खना छोरा सुजा र बिजालाई पढ्न पठाउनु ।
३. मामाका साथ घोडामा चढेर पढ्नका लागि निस्केका सुजा र बिजा अनकन्टार वनमा पुग्नु, सुजाबिजाले भोक र थकाइ लागेको कुरा व्यक्त गरेर केही बेर आराम गर्नु, नैने कठायत एकै छिनमा आउने कुरा गरेर जङ्गलतिर लाग्नु, सुजाबिजाले खाजा खानु, निकै अबेरसम्म मामा नैने कठायत नर्फकाले उनका लागि खाजाको भाग छुट्याएर राख्नु र ढिलो गरेर र्फकेको नैनेले छोडेको खाजा नखाने भन्दै रिसाएर खाजा फालिदिनु ।
४. सुजा र बिजालाई घोडामा चढाएर कुयेँली र घँगारूका काँडाले नैनेले बेसरी चुट्नु, शिरबाट खुट्टा र खुट्टाबाट शिरसम्म डामैडाम पारेर सुजाबिजालाई नैनेले निर्घाट चुटी भिनाजु जयसिंहसितको रिस शान्त गर्नु, सुजाबिजाले ज्यादै अनुनयविनय गर्दा नैनेले कुटीकुटी तिनीहरूलाई राजा गुरुज्ञानी चन्दका दरवारमा पुर्‍याउनु र त्यस दरवारभित्रको झ्यालखानामा थुनेर ढोकामा ठूलो ढुङ्गा राखी राजा गुरुज्ञानी चन्दसित भेट्नु ।
५. राजालाई नैनेले सुजाबिजालाई बन्दीगृहमा राखेको कुरा सुनाउनु, राजाले पर्याप्त कारण बटुलेर आवश्यक कारबाही गर्ने विचार व्यक्त गर्दा नैनेले दरवारको काम गर्ने एक जना नोकरलाई नक्कली राजा बनाएर तत्काल सजाय सुनाई सुजाबिजालाई कष्ट पुर्‍याउने काम गर्नु, लुगामात्र राजाका लगाएको सुताने मोहनको जिउडाल, हातखुट्टा, ओठ र बानीबेहोर देखेपछि सुजाबिजाले त्यो व्यक्ति राजा नभएको अनुमान गर्नु र सुजाबिजाको परख एवम् बुद्धिमत्ताबाट प्रभावित भएर राजा गुरुज्ञानीले निजहरूलाई पढाउने व्यवस्था गरिदिनु ।
६. साहस, वीरता, धैर्ैय र परखमा सुजाभन्दा भाइ बिजा अगाडि रहनु, दुवै भाइले दरवारमा मिहिनेत गरेर पढ्नु, पढाइका साथै खेलकुद र अन्य क्रियाकलापकलापमा सुजाबिजा राजा गुरुज्ञानी चन्दका राजकुमारभन्दा अब्बल रहनु र राजाले सुजाबिजाको हेरचाह गरेको कुरा नैने कठायतलाई मन नपर्नु ।
७. राजाका राजकुमार र सुजाबिजा एउटै कोठामा सुत्नु, नैनेले राति गएर सुतेको सुजाबिजाका खुट्टा सुतेका राजकुमारहरूका मुखमा राख्नु, जयसिंहले राजाको मानसम्मान नगरेझैँ सुजाबिजाले पनि राजकुमारहरूको इज्जत नगरेको कुरा सुनाउँदै नैनेले त्यो दृश्य राजालाई देखाउनु, त्यसबाट राजा रिसाउनु र शूलीमा चढाएर सुजाबिजालाई मार्ने षड्यन्त्र रच्नु ।
८. राजाले शूली बनाउन लगाउनु, सुजाबिजालाई विद्यालय नपठाएर सिकेका विद्या सबैलाई देखाउन आज्ञा गर्नु, टुँडीखेलमा जम्मा भएका जनतालाई सुजाबिजाले सिकेका खेल एवम् रणकौशल देखाउनु, ती दुवैलाई फसाएर शूलीमा पार्ने षड्यत्र हुनु, त्यस्तो षड्यन्त्र दुवै भाइले थाहा पाउनु र शूलीमा पर्नबाट जोगिनु ।
९. जसरी भए पनि आफू राजाद्वारा मारिने कुरा बुझेपछि दुश्मनको हातबाट मर्नुभन्दा स्वयम् मर्नु ठीक ठानेर सुजाबिजाले जानीजानी शूलीमा पर्नु र आत्महत्या गर्नु र कलिलो उमेरका सुजाबिजाको मृत्युले राजा र नैने खुसी भए पनि टुँडीखेलमा उपथित सबै जना दुःखी हुनु ।
१०. सुजाबिजाले आफूहरू मारिएको कुरा सपनामा आमा मैनावतीलाई भन्नु, मैनावतीले पुत्रशोकमा विलाप गर्नु, पत्‍नीको निरर्थरोदन देखेर जयसिंह रिसाउनु, जयसिंहले पनि सुजाबिजा मारिएको सपना देख्नु र जयसिंह रिसले आगो हुनु ।
११. जयसिंह र मैनावती क्रोधको ज्वालाका साथ खतरनाक बाधाहरू पार गरी राजा गुरुज्ञानी चन्दको दरवारमा जानु, डराएका राजाले जयसिंहलाई शान्त तुल्याउन निजले भनेबमोजिमको खाने कुरो दिनु, उम्लँदो भात र खसीको काँचो मासु खान लागेको जयसिंहको अवस्था देखेर पधर्नेनीहरूले आँसु र हाँसोको भाव देखाएर चिन्ता व्यक्त गर्नु र खाना खाएपछि दरवार गएर जयसिंहले राजा गुरुज्ञानीको राज्य भताभुङ्ग गर्नु ।
१२. दरवार भङ्ग गरेपछि टुँडीखेलमा गएका जयसिंह र मैनावतीले शूलीमा टाँगिएका छोरा सुजाबिजालाई शूलीबाट उतारी काखमा राखेर विलाप गर्नु र प्रस्तोताद्वारा सुजाबिजाको वीरताको कीर्ति युगौँसम्म रहिरहने कुरा व्यक्त गर्नु ।

जयसिंह साउनको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

जयसिंह साउन, नैने कठायत, राजा गुरुज्ञानी चन्द, मैनावती, सुजा, बिजा सुताने मोहन, राजाका सभासद्, राजकुमारहरू, शूली बनाउने काठको मिस्त्री वा ओड, जनसाधारण र पँधैर्नीहरू।

२. स्थान

मधेस, जयसिंहको गाउँबस्ती, नैने कठायतको गाउँबस्ती, राजा गुरुज्ञानी चन्दको दरवार र राज्यक्षेत्र, अनकण्टार वनक्षेत्र, जलाशय, राजदरवारको बैठक, झ्यालखाना र टुँडीखेल ।

३. विशेष घटना

राजाको राज्यभित्रका केही क्षेत्रबाट जयसिंहले कर लिनु र राज्यका राजा तथा काजीहरूलाई मानसम्मान नदिनु, पढ्ने पढाउने व्यवस्था दरवारमा मात्र सीमित हुनु, यातायातको साधनका रूपमा घोडाको प्रयोग गर्नु, दुश्मनी साध्न साख्खै भानिजहरूलाई क्रूर तरिकाले कुटपिट गर्नु, अविवेकी राजा, अव्यवस्थित राज्य र मनपरी शासनतन्त्रको चित्रण हुनु, सपनामा विश्वास गर्नु र सच्चा वीरले शत्रुका हातबाट मर्नुभन्दा आफ्नै हातबाट मर्न उचित ठान्नु ।

४. विशेष शब्दावली

भड, रजबार, उठो बात, मासिबिडा, खिरिमिरी, गोकुल, गजमती, बनासिया, चौपिडा, साँचिन्डा, हम्राइ, अदलीकदली, चुल्बुली, सन्त, लोट्टी खेल, पट्टी खेल, उइना, कालचोसो, जलनिर्जल, र्साई र बागो ।

रुदा महराको (२०६४)

रुदा महराको भारत को कथानक

१. रुदा महराका जेठा बाबुलाई राजा धर्ती आधार शाहीले मार्नु र त्यसको क्षतिपूर्तिबापत मृतकका छोरीहरूमध्ये एकजनालाई घोडा र एकजनालाई बाज दिनु र काका गढबीज महराका छोरा रुदा महरालाई गोठबाट बोलाएर मृतकका छोरीहरूले क्षतिपूर्तिबापत प्राप्त सामग्री लिन र राजा धर्ती आधार शाहीसित बाबुको ज्यानको बदला लिन अनुरोध गर्नु ।
२. रुदाले जेठा बाबुलाई मार्नेसित बदला लिन आफू अघि र्सने तर क्षतिपूर्तिबापत जेठा बाबुकी छोरीहरूले पाएको सामग्री नलिने कुरा व्यक्त गर्नु, आवश्यक तयारी गरेर रुदा धर्ती आधार शाहीको दरवारमा जानु र राजालाई युद्धका निम्ति आफू आएको कुरा सुनाउनु ।
३. राजा धर्ती आधार शाहीलाई पराजित गरी उनका राज्यमा लुटपाट मच्चाउनु, रुदाले सुनचाँदी, गाईंभैँसी, भाँडाकुँडाजस्ता श्रीसम्पत्ति लिएर घर फर्कनु ।
४. भएकै गाईभैँसीको दूध दही राख्ने भाँडा घरमा नपुग भएको अवस्थामा राजा धर्ती आधार शाहीलाई पराजित गरेर ल्याएका गाईभैँसीको दूधदही राख्ने भाँडोको अभावमा गाह्रो परेकोले रुदाकी आमाले साउने चुनाराकहाँ गई ठूला पारा बनाउन रुदालाई अह्राउनु, रुदा साउने चुनाराको घरमा जानु र बाटोमा पँधेराबाट पानी बोकेर आएकी एउटी सुन्दरी युवतीसित रुदाले पानी मागेर खानु ।
५. रुदाले साउने चुनारालाई ठूला पारा बनाइदिन आग्रह गर्नु, साउनेले रुख काटेर, हाँगापिँगा ताछतुछ पारी, काठका बोक्रा झिक्न छोरीलाई बोलाउनु, आफूलाई पानी ख्वाउने युवती साउने चुनाराकी छोरी भएको कुरा रुदालाई थाहा हुनु र सारा वृतान्त साउनेलाई सुनाएर आफू जातीय परम्पराअनुसार पानीबाट खसेको हुनाले अब गर्नुपर्ने कृत्यबारे रुदाले सल्लाह माग्नु ।
६. जातभातपतनको कार्यका विरुद्ध रुदालाई पक्राउ गर्न राज्यका राजाले दूतहरू पठाउनु, रुदा पक्रिनु र दरवारमा लगिनु, राजाका सारा सभासद्ले रुदालाई मार्ने सल्लाह दिनु र राजाबाट सो सल्लाह सदर हुनु ।
८. राजाका राजकुमारी गङ्गा र जमुना पहिलेदेखि नै रुदाको सुन्दरता, वीरता र साहसबाट आकषिर्त भएकाले रुदालाई प्रत्यक्षरूपमा देख्दा झनै मोहित हुनु, राजकुमारी गङ्गाजमुना रुदाका बाजमोहनी, कलुवा मोहनी, सभामोहनी, स्त्रीमोहनी, अन्तमोहनी र दन्तमोहनीमा पर्नु र तिनीहरूका करकाप, बिन्तीभाउ र आग्रहका कारण राजाले मृत्युदण्डबाट रुदालाई मुक्त गरेर सेवकका रूपमा दरवारमा राख्नु ।
९. कायाकर्मबाट भएका पापको प्रायश्चितस्वरूप रुदाले राजकुमारी गङ्गाजमुनालाई साथमा लगेर चारधाम बाह्रतीर्थ, काशी, प्रयागराज, गया, गण्डकी, दिल्ली, जालन्धर, हरिद्वार, गुरुद्वार र कुरुक्षेत्रजस्ता विभिन्न ठाउँको तिर्थाटन गर्नु र घरमा फर्कनु ।
१०. रुदा बाहिर गएको मौका र उसले भोग्नु परेको पीडाका अवस्थाको फाइदा उठाएर धर्ती आधार शाहीको राज्यका एकजना व्यक्तिले हरेबचेको दल लगेर रुदाका घरमा लुटपाट मच्चाउनु, रुदाकी आमाले पुरुषको भेषमा तिनीहरूको प्रतिकार गर्नु, हातमा लगाएका चुरा देखेपछि रुदाकी आमालाई चिन्दा दुश्मनहरूले स्तन तथा काटेर अङ्गप्रत्यङ्ग काटेर मार्नु र रुदाको र्सवस्वहरण गरेर भाग्नु ।
११. तीर्थबाट फर्कने क्रममा धौलपुरी घाटमा लुटपाट मच्चाउने र आमाको ज्यान लिने दलबलसित रुदाको भेट हुनु, तिनीहरूले लगेको घोडाले रुदालाई चिन्नु र रुदालाई मलवारको जङ्गलमा बाघले खाएको दृश्य आफूले देखेको भन्दै रुदाले आफू तीर्थयात्री भएको कुरा त्यस दलबललाई बताउनु र युद्धकौशल सिकाउने निहुँले पानपाते छुरा चलाएर दुश्मनहरू सबैलाई मारी रुदाले आङ्खनो धनसम्पत्ति फिर्ता लिनु ।
१२. राजकुमारी गङ्गाजमुनाका साथ रुदा घर फर्कनु, निजले आमाको काजकिरिया गर्नु र प्रसिद्ध वीर एवम् साहसी व्यक्तिका रूपमा रुदाको नाम युगयुगसम्म चलिरहनु ।

रुदा महराको भारत का सामग्रीको छोटो विवरण

१. पात्रहरू

रुदा महरा, रुदा महराका जेठा बाबु, रुदा महराका जेठा बाबुका सारू र काउनी छोरीहरू, गढबीज महरा, चम्पावत राज्यका राजा धर्तीआधार शाही, धर्तीआधार शाहीका सभासद्, दलबल, सिपाहीहरू, साउने चुनारा, साउने चुनाराकी छोरी, राजा, राजकुमारी गङ्गाजमुना, रुदा महराकी आमा र राजाका दूतहरू ।

२. स्थान

रुदा महराको गाउँठाउँ, राजा धर्तीआधार शाहीको दरवार र राज्यक्षेत्र, रुदा महरा बस्ने राज्यका राजाको दरवार, काशी, प्रयागराज, गया, गण्डकी, दिल्ली, जालन्धर, हरिद्वार, गुरुद्वार र कुरुक्षेत्रजस्ता चारधाम, बाह्र तीर्थ र धौलपुरी घाट ।

३. विशेष घटना

सामान्य व्यक्ति भएर पनि रुदाले आङ्खना जेठा बाबुलाई मार्ने राजा धर्तीआधार शाहीसित बदला लिनु, अपरिचित व्यक्तिका हातबाट पानी खान नहुने सन्देश दिनु, तल्लो जात भनिनेहरूका हातबाट पानी खाएमा माथिल्लो जात भनिने व्यक्तिको जात, भात, समाज, स्तर र मान्यता पतन हुनु, काया र कर्मबाट भएका पापको प्रायश्चितस्वरूप तीर्थहरूमा गएर स्नान गर्नु, युद्ध र बदलाका नाममा शत्रुपक्षका नारीको स्तन तथा अङ्गप्रत्यङ्ग काट्नुजस्ता क्रूर कार्य गर्नु, भनसुनका आधारमा नियाँनिसाफ हुनु, शत्रुपक्षको समूल अन्त्यको प्रयास गर्नु, गाईंभैँसी प्रसस्तमात्रामा दुहुना हुनु नै आर्थिक सम्पन्नता मानिनु र मध्ययुगीन सभ्यताको जीवनजगत्को चित्रण हुनु ।

४. विशेष शब्दावली

मुड फर्काउनु, बौरेली, काउजी, तहना महना, बागो, अदाउटो, सिबाउटो, धाडो पछाडो, ब्याःन तारा, लोट्टी खेःल र पट्टी खेःल ।

५. टिप्पणी

भारतको प्रस्तुतिगत व्यवस्थानुसार व्यक्त नभएको, सुरुको अंश अल्मलिएको स्थितिमा व्यक्त गरिएको र बिस्तारै प्रस्तुति सुध्रि्रदै कथानकविकासमा पनि अनुकूत गति देखिएको र गायकले सामान्य भनाइका आधारमा भारत पेस गरेको । राजा धर्तीआधार शाही डोटी वा कुमाउँ राज्यका शासक भएको इतिहास प्रमाण पाइँदैन । राजा नभएर यी राजकुमार भएको हुनु सम्भव छ र के पनि सम्भव छ भने कल्पनाका आधारमा कथिएको र यस भारतका पात्रहरूको नाम काल्पनिक रूपमै राखिएको हुनुपर्दछ । यसको कथानकले इस्वीको पन्ध्रौँ शताब्दीको डोटेली राज्यकालको परिवेश प्रस्तुत गर्दछ ।


मंगला राउतको भारत र मिथकीय आद्यप्रारुप


मंगला राउतको भारत र मिथकीय आद्यप्रारुप
(सुदुर लोकसाहित्यसंग सम्बन्धित यो सामग्री np.psjtv.com/2017/1/26091 बाट साभार उद्धृत गरिएकोछ ।)

भारत’ सुदूर पश्चिम क्षेत्रको विशिष्ट लोकसंस्कृतिको एक अभिन्न अङ्ग हो । यस भारत परम्परामा ‘मङ्गला राउतको भारत’ को वैशिष्ट्य अझ विशेष छ, कारण यो गहिरो सामाजिक र व्यक्तिगत मनोविज्ञानको आदिम उदाहरण हो ।भारतको मूल अर्थ हो ‘कथा’ । विशाल कथानक भएको गाथालाई ‘महाभारत’ भनिएको हुँदा ससाना कथानक भएका लोकगाथालाई ‘भारत’ भनिएको हो । मोहनराज शर्मा र खगेन्द्र लुइँटेलका अनुसार “लोककथामा युद्ध, लडाइँ, वीर, वीरता आदिको वर्णन भएको काव्यलाई भारत भनिएको देखिन्छ” (१८३) । उत्तर भारतीय र पश्चिमेली नेपाली पहाडी परम्परामा भारतले वीरता र युद्धलाई प्रमुखतः आत्मसात् गरेको देखिन्छ । शर्मा र लुइँटेलका अनुसार भारतलाई ‘भडाग’ या ‘भणाग’ भनेको पनि पाइन्छ, जसको अर्थ हो, ‘भनाइ’ (१८३) । सुदूर पश्चिम या मध्यपश्चिमका केही ठाउँमा हुड्को नाउँ गरेका बाजा बजाएर पनि प्रस्तुत गरिने हुँदा यसलाई हुड्केली पनि भनिने गरेको जयराज पन्त बताउँछन् । उनी यस परम्पराको नामकरणको सन्दर्भमा यस्तो व्याख्या गर्छन् ः हुड्केलीका साथै भडौ वा भणाग, हुड्के बोल वा हुडेके गीत, पैकेलो वा पैकलो, बफौल, कट्कू, रमौल र भारतजस्ता विभिन्न नाम यसका प्रचलित छन् । भडौ वा गणागको प्रयोग भारतकै कथ्यरुपमा भएको बुझिन्छ । भारत–भाडत÷भाणत–भाडव÷भाणव–भाडौ÷भाणौ जस्ता रुपपरिवर्तिनका सम्भावनाका क्रममा भारतको भडौ÷भणौ अथवा भडाग÷भणाग भएको अनुमान गर्न सकिन्छ । चटक–चडअ–चडा–चरा उदाहरणबाट पनी भडौ वा भणौलाई भारतको अपभ्रंश मान्न सकिन्छ । (२) भारत लोकगाथाकै एक विशष्ट प्रकार हो, जसलाई मौखिक परम्परामै गायनमार्फत जीवन्त राखिएको हो । उत्तरी भारत र सुदूर पश्चिम नेपालको पहाडी भूगोलका अधिकांश भारतहरू कथ्यपरम्परामै एउटा पिँढीबाट अर्को पिँढीमा सर्दै आएका छन् । अतः यिनीहरूको कुनै आधिकारिक लिखित अभिलेख पाइँदैन र पाइए पनि एक सङ्कलक र अर्को सङ्कलको अभिलेखमा सामान्य भिन्नताहरू स्वभाविक पनि हुन् ।
भारत, चैत, फाग, माङ्गल वा हुड्केली जे भए पनि यी सबै समाजकै उपज हुन् र यिनीहरू प्रायः घटनाप्रधान गाथा हुन्, तर यिनीहरू समाजको गहिरो मनोविज्ञानका संवाहक पनि हुन् । यस्ता लोकगाथाहरूले प्रतिनिधित्व गरेको सामाजिक अवचेतनको सूक्ष्मतम यथार्थ कहिलेकाहीँ कर्मकाण्डीय मनोविश्लेषणको द्रष्टव्यभन्दा गहन र यथार्थपरक हुन्छ । यसले समाजको अवचेतनको विहंगम दृश्यचित्र पनि प्रस्तुत गर्न सक्छ र सम्पूर्ण सामाजिक चिन्तनको दिशामा प्रकाश पार्न सक्छ । कार्ल गुस्ताभ युङ र नोथ्रोप फ्राइजस्ता पश्चििमेली विद्वान्ले मिथक र लोकसाहित्यको मनोवैज्ञानिक अध्ययनको अध्ययन पद्धति तयार गरेका छन् र यिनै दुई विद्वान्ले तयार पारेको सैद्धान्तिक अध्ययनको भूमिमा टेकेर यो लेख तयार पारिएको छ, जसमा मङ्गला राउतको भारतको आद्यप्रारुप कुन–कुन मिथकीय या शास्त्रीय सन्दर्भमा पाइन्छ र यसले कसरी सामाजिक अवचेतालाई उद्घाटित गर्छ भन्ने कुरा देखाउनु यस लेखको मूल अभिप्राय हो ।
सबैभन्दा अगाडि मङ्गला राउतको भारतको कथावस्तु प्रस्तुत गर्नु नै तर्कसम्मत होला यहाँनिर । यमलाल घिमेरे (२०६७) ले सङ्कल गरी मूल पाठका रुपमा प्रकाशनमा ल्याएको कथालाई यस लेखको आधार मानिएको छ । घिमिरेको सङ्कलनमा प्राप्त उक्त भारतको सार–सक्षेप यस्तो छ ः मङ्गा र जन्जला राउत सौतेला दाजुभाइ हुन् । मङ्गला आफ्नी आमाका एक मात्र छोरा हुन् भने जन्जला सात भाइमध्येका जेठा । बुवाको देहान्त हुने बेला अंशबन्ड हुने भयो । मङ्गला राउतले पूरा सम्पत्तिको आधाको हकदार आफू भएको तर्क राखे भने जन्जला सम्पत्ति आठ भाग लगाएर दामासाहीले बाँड्ने तर्कमा अडिए । फलतः युद्ध भयो, जसमा मङ्गला राउतको जित भयो । तर जन्जला दाजुभाइले बदला लिएरै छाड्ने अठोट गरे ।
केही समयपछि जन्जलाले मङ्गलालाई बबौरीको लेकमा सिकार खेल्न जाने प्रस्ताव राखे । मङ्गलाकी रानी मैनावतीले अनिष्ट हुन सक्ने भन्दै नजाने सल्लाह दिइन्, तर मङ्गला मानेनन् । दुई जीउकी स्वास्नी घरमा छाडेर मङ्गला सिकारमा गए, तर षड्यन्त्रपूर्वक विषपान गराएर उनको हत्या गरियो । त्यसपछि शासन आफ्नो हातमा लिएका जन्जलाले मङ्गलाकी रानीले जन्माउने सन्तानलाई जन्मेकै दिन मारेर उसको वंश निर्मूल पार्ने उद्घोष ग¥यो । केही समयपछि मङ्गलाकी रानीले मध्यरातमा पुत्र बिमललाई जन्म दिइन् र तुरुन्तै बबौरीमा गोठ पालेर बसेका सरैयालाई दिएर पठाइन् । आफूसँग भने एउटा लाम्चो आकारको फर्सीमा रगत लत्पत्याएर राखिन् । बालक जन्मेको थाहा पाएपछि जन्जलाले आफ्नो भाइहरू पठाएर उक्त फर्सीलाई भतिजो सम्झी काटेर फ्याँकिदिए । उता बिमल बढदै जाँदा सरैयाबाट सबै कुरा थाहा पायो । उसकै बाउको आत्मा पनि सपनामा प्रकट भई बिमललाई बेलीविस्तार लगायो । बिमल तरुण अवस्थामा पुग्दा–नपुग्दै काकाको साम्राज्यमाथि धावा बोलेर उनीहरूलाई नष्ट ग¥यो । तीर्थव्रत गरेर यी सबै हत्याको पाप मोचन गरेपछि उसले राज्यको बागडोर सम्हाल्यो र कुशलपूर्वक शासन गर्न थाल्यो ।
सुदूर पश्चिम नेपालको कुन ठाउँको भारत हो यो भन्नेबारेमा कुनै तथ्यगत प्रमाण उपलब्ध छैनन् । समयसँगै फेरिँदै गएको समाजमा लोकसंस्कृतिप्रतिको चासो हराउँदै गएकाले यस्तो भारत गाउन सक्ने पुस्ता पनि उपलब्ध छैन, तर भारतमा वर्णित कतिपय प्रसङ्गले यस भारतको उद्भवबारे केही अनुमान भने गर्न सकिन्छ । यमलाल घिमिरे भन्छन्, यसमा वर्णित स्थानहरूले यो आछाम जिल्लाको भारत हुन सक्नेतर्फ सङ्केत गर्छ । यसमा प्रयुक्त भाषा हेर्दा यो आछाम जिल्लाको भएको अनुमान यमलाल घिमिरेको छ । हुन पनि हो, यस भारतको भाषा आछामको ओरपच्छिम आछामी भेद नै रहेको छ, जसको पुष्टि यी हरफहरूले पनि गर्छन् ः
ह्या उठ उठ दाज्यू सिकार बाइजाऊँ हो ह्या उठ उठ दाज्यू मङ्गला सिकार बाइजाऊँ हो ह्या तितरी सिकार बाइजाउँ हो ह्या फाँको फकेलो अघि सरी दाज्यु हो ह्या केप बारुद अघि सरी दाज्यु हो । (घिमिरे ३९)
सिकार खेल्न गएको स्थानलाई बबौरी भनेर उल्लेख गरिएको छ ः “दोनाले बन्दुक हामीसातै छ सुन्मट्ट्या गेलेली हामीसातै छ, तमी हुन्छ भन सपै हन्र्या हामी छनाइ छौँ भनी तल ह¥या मुथि ह¥या मङ्गलाकन बबौरीका लेक सिकार लियाछन्” (घिमिरे ३२) । बबौरीको प्रसङ्गले यो भारत कालिकोट जिल्लको हाल ‘भाउभेरी’ लेक या बझाङमा पर्ने बगुरको लेक हुनसक्ने अनुमान पनि घिमिरेलगायतका विद्वान्हरूले लगाएका छन् । राउतहरूको बसोबास सुदूर पश्चिमका पहाडी जिल्लाहरूमा बाक्लो पाइनुले पनि यो भारत सुदूर पश्चिमको भएको पुष्टि हुन्छ ।सुदूर पश्चिमका आदि बासिन्दा खस–आर्य संस्कृतिका संवाहक हुन् र हिन्दूआर्य सभ्यताका उत्तराधिकारी हुन् भन्ने कुरामा दुईमत छैन । प्राग्ऐतिहासिक कालदेखि उत्तरी भारतसँग सांस्कृतिक रुपमा जोडिएर हिन्दूआर्य संस्कृतिको संवाहन गर्ने यस समाजको लोकसंस्कृतिको आदिम रुप यस हिन्दूआर्य संस्कृतिका ऐतिहासिक र मिथकीय सन्दर्भसँग जोडिएका हुन्छन् र प्रस्तुत भारत पनि मिथकीय र शास्त्रीय आद्यप्रारुपबाट अभिप्रेरित छ ।
मनोविश्लेषक कार्ल गुस्ताभ युङ् भन्छन्, मानवीय अवचेतनमा समाजको आद्यव्यवहारबाट एक समूहिक स्मरणको बलियो तर अव्यक्त सत्ता सुषुप्त रुपमै भए पनि उपस्थित भइरहेको हुन्छ, जसका आधारमा धेरै मानवीय व्यवहार व्याख्यातित हुन सक्छन् । युङ्, आफ्नो एक मनोवैज्ञानिक विश्लेषणमा भन्छन्् ः वषौँदेखि म मानवीय अवचेतनको उपजलाई यसको व्यापक अर्थको सन्दर्भमा निरिक्षण गरिरहेको छु, जस्तै— सपना, स्वेरकल्पना, दृष्टि र बहुलाहरुका भ्रमक अभिव्यक्तिहरुमा; तर सबैमा कुनै न कुनै आद्यरुपको पुनरावृत्ति मैले अवश्य पाएको छु, जो बारम्बार पुनरावृत्त भइरहन्छन् र विशष्ट अर्थ बोक्छन् । (५१, ३०९) सतको विजय र दुष्टको पराजय कुनै पनि सभ्यताको समूहित अवचेतको एक अभिन्न पाटो नै हो । पूर्वीय मिथकीय सभ्यतामा यो आदिग्रन्थ पुराण श्रृङ्खलाको मूल कथ्य नै हो, जसको पूरै प्रभाव मङ्गला राउतको भारतमा परेको देखिन्छ । सात भाइको बराबर हक हुनुपर्ने सामान्य सामाजिक न्यायको सिद्धान्तविपरीत उभिने मङ्गला राउतको सुरुको युद्धमा भएको पराजय सामाजिक अवचेतनमा व्याप्त न्यायिक कुण्ठाको उपज हो । फेरि, बिमलद्वारा बदलाको भावना लिनु र अन्ततः जन्जला दाजुभाइको पराजय हुनु मानिसको आदिम अवचेतनकै अभिव्यक्ति हो, जुन पुराणदेखि आद्यप्रारुपमा आधारित प्रायः लोकसाहित्यको एक अनिवार्य यथार्थ हो । अन्त्यमा बिमलको प्रायश्चित्त र तीर्थाटन यस्तै आद्यप्रारुपको लोकसंस्करण हो भन्न पनि सकिन्छ । आद्यप्रारुप अर्थात् अर्किटाइप सभ्यताको त्यो आदिम कथा हो, जसको कुनै न कुनै रुपमा साहित्य या संस्कृतिले अनुकरण गरिरहेको हुन्छ । नोथ्रोप फ्राई (१९५७) का अनुसार आद्यप्रारुप संवादमा साझा प्रतीक हुन् र सबै आद्यप्रारुपको एक साझा केन्द्र हुन्छ । त्यस केन्द्रमा सबै आद्यरुपको साझा अर्थ भेट्टाउन सकिन्छ, जसको अर्थ सार्विक र वैश्विक हुन्छ । फ्राईको त्यस आद्यप्रारुपको केन्द्र मिथकीय परम्परा हो, जुन हाम्रो अवचेतनमा सुषुप्त बनेर बसिदिन्छ । मिथकीय समालोचना पद्धतिले कुनै पनि साहित्यको मूल कथ्य र स्वरुप पूणतः नयाँ हुन्छ भन्ने कुरामा विश्वास पनि गर्दैन । यसले परम्पराको कुनै न कुनै आद्यप्रारुप टेकेरै आएको हुन्छ । यसरी हेर्दा कुनै पनि साहित्य नयाँ होइन, तर त्यस्तै मिथकीय आद्यप्रारुपको रुपान्तरण नै हो । जे मेकपर्सन भन्छन्, “जति थरी कथा भए पनि तिनीहरू आद्य शैलीका मिथकीय कथामै आधारित हुन्छन्— सृष्टिको आख्यान, रुपान्तरण, विनाश, प्रेम, क्षति, प्रतिशोध, मित्रता, खोज, नैराष्य या सफलता । (२७७)
यस्ता आद्यप्रारुपका धेरै अनुकरण मङ्गला राउतको भारतमा पाइन्छ । प्रमुखतः दाजुभाइको अंशबन्डासम्बन्धी झगडा नेपाली समाजको आद्यप्रारुपको एक नमुना हो र सामाजिक अवचेतनको एक अभिन्न पाटो नै हो । महाभारतको सम्पूर्ण रडाको आखिर दाजुभाइबीच राज्यको बाँडफाँडकै प्रश्नबाट उठेको हो र मङ्गला राउतको भारतको आद्यप्रारुप महाभारत नै हो । पौराणिक कथा र लोकसाहित्यमा सौतेला दाजुभाइहरूका बीचको झैझगडा त यति धेरै व्याप्त छ कि आज पनि सौतेली आमाको प्रेम र सौतेला दाजुभाइको सद्भाव शङ्काको विषय नै हो । विदुर र धृतराष्ट्रबीचको खटपटी, रावण र कुवेरको सत्तायुद्ध, बाली र सुग्रीवको सङ्ग्राम, पाण्डव र कर्णबीचको तिक्तता, निषद राज्यमा नल र पुष्करको लडाइँ ती तमान आद्यप्रारुप हुन्, जसमा दाजभाइ सत्ताका लागि लडेका थिए ।
यस्ता आद्यप्रारुप हिमाली सभ्यताको मिथकमा मात्रै होइन, पाश्चात्य मिथकहरूमा पनि पाइन्छ । क्राटोसले आफ्नै भाइ हर्कुलिसलाई मारेको कथा मिथकका पाठकलाई नयाँ होइन । मिश्रकै अर्को एउटा मिथकीय सन्दर्भमा मेडियाले आफ्नैै सौतेला भाइ एप्सर्टसलाई मारेको प्रसङ्ग पनि पाइन्छ नै । नर्वेतिर प्रचलित कथाहरूमा पनि भातृहत्याका कथाहरू यथेष्ट रुपमा छन् । उदाहरणका लागि हूरले आफ्नै सौतेला भाइ बाल्दुरलाई मारेर आफ्नो सत्ता सुरक्षित पारेको कथा नर्वेको लोकसाहित्यमा प्रख्यात छ । रोम साम्राज्यका संस्थापक रेमसको मृत्यु आफ्नैै भाइ रोमुलसबाट भएको यथार्थ इतिहासका विद्यार्थीलाई थाहा छ । उता इजिप्टको मिथकमा ओरिसिसलाई आफ्नो भाइ सेटले मारेको कथा पाइन्छ । बाइबलको केन र अबेलको द्वन्द्वको कथा पनि यस्तै आद्यप्रारुपको एक नमुना हो । ग्रिसेली मिथकमा जिउसका छोरा डार्डनसले आफ्नै दाजुको हत्या गरेर आफ्नैै सत्ता स्थापित गरेर ट्रोजन वंशको शासन सुरु गरेको कथा छ । अङ्ग्रेजी भाषाको आदिम कथा विवुल्फमा राजा हियरबियल्डलाई आफ्नै भाइ हेयथसियनले मार्छ । इरानको एक लोककथामा रुस्तमको मृत्यु आफ्नैै भाइको हातबाट हुन्छ । राजकुमार यामाटोको जापानी कथामा यामाटोले आफ्नैै दाजुको हत्या गरेका छन् ।
भातृहत्याको आफ्नै मनोविज्ञान छ । हामीले माथि उल्लेख गरेका प्रायः सबै ऐतिहासिक र मिथकीय सन्दर्भहरू उच्च कुलघराना र राजकुलमा घटेका घटना हुन् । यस्ता घरानामा दैनिक क्रियाकलाप, कथोपकथन, कथावाचन र व्यवहारहरूमा यस्ता घटनाको चित्रण पटक–पटक आउने गर्छ, जसले गर्दा यस्ता कुलघरानामा जन्मिएका बालकहरू यस्तै आद्यरुपलाई आफ्नो अवचेतनको एक शक्तिशाली घटक बनाउन पुग्छन् । अर्को विश्लेषणअनुसार दाजुभाइले एकअर्कालाई आफ्नो ‘सेडे’ अर्थात् छायाका रुपमा देख्छन् र त्यसैले आफ्नो वास्तविक रुपको विलोमका रुपमा देख्छन्, जसबाट वैमनष्य स्थापित हुन पुग्छ । यसको उत्कर्ष युद्ध र हत्या हुन पुग्छ ।
मङ्गला राउतको भारतमा मानेवैज्ञानिक विश्लेषणका लागि अन्य दुई शास्त्रीय आद्यप्रारुप पनि फेला पार्न सकिन्छ । पहिलो हो, एउटी आमासँग जन्मिएका सन्तान विभिन्न कारणले अरुसँगै हुर्किनु र समयसँगै रहस्यहरू उद्घाटित हुँदै जानु । मिथक र इतिहासका धेरै सन्दर्भहरूमा लोकलाज, मर्यादा, डर या दैविक भविष्यवाणीका कारण भर्खरै जन्मेका बालकलाई जङ्गलमा फ्याँकिदिने, नदीमा बगाइदिने, जङ्गली जनावरको सहारामा छोडिदिने या निम्न सामाजिक स्तरका मान्छेका जिम्मा लगाइदिने सन्दर्भहरू यथेष्ट रुपमा पाइन्छ । कुन्तीले कर्णलाई नदीमा बगाउनु र माझीले पाल्नु, लाओसले ओडिपसलाई पहाडमा फ्याँकिदिनु र भेडीगोठालाले पाल्नु, देवकीको आठौँ सन्तान कृष्ण रातारात गोकुल पु¥याइनु र यशोदासँग हुर्किनु, सीताका दुई सन्तान वाल्मीकिले पाल्नु आदि अनेकानेक मिथकीय सन्दर्भहरू छन्, जुन मानवसमाजमा सामाजिक अवचेतनको आदिम स्वरुपका रुपमा आजपर्यन्त विद्यमान छन् र समाजको मोविज्ञानको दिशा निर्धारित गरिरहेका छन् ।
जन्मदेखि रहस्यको रुपमा रहेका यी भेदहरूको उद्घाटन शैलीमा केही साझा मिथकीय आद्यप्रारुपहरू छन् । तीमध्ये एक हो, मृतकको आत्माको पुनः प्रकटीकरण । मङ्गला राउतको भारतमा बिमलले आफ्ना बाबुको हत्याको रहस्य सपनामा थाहा पाएका हुन्, जहाँ उनका बाबुको आत्माले उनीसँग साक्षात्कार गरेको थियो । वाल्मीकिले आफ्नो विराट जन्मकथा अवचेतनमै सुनेका भन्ने कुरा शास्त्रहरूमा उल्लिखित छ । शेक्सपियरको हेम्लेट नाटकमा आफ्नै बाबुको आत्माले हेम्लेटलाई आफ्नो हत्यारा चिनाएको र बदला लिनका लागि उत्प्रेरित गरेको कथा छ । यसको अर्थ हो, हाम्रो अवचेतन यस्ता आद्यप्रारुपहरू एक साझा सम्झनाको रुपमा सधैँ अवस्थित हुन्छन् र आफूमाथि पनि यस्तै घटनाहरू घटे भने ती अवचेतनका अवशेषहरू स्वतः उद्घाटित हुन्छन् । मङ्गला राउतको अर्को आदिमप्ररुप धर्मअनुष्ठानद्वारा पाप मोचनको आदिम सिद्धान्त हो । यस्ता अनुष्ठानबाट पापमोचन हुन सक्छ भन्ने तर्क शास्त्रसम्मत हो र धेरै धर्मशास्त्रीहरूले यसको वकालत गरेका छन् । लोकजीवनमा धर्मशास्त्रको आदिरुपको ज्ञान त त्यति हुँदैन, तर यिनै शास्त्रीय आद्यकथ्यको अपभ्रंश लोककथाहरूमा पाइन्छ, जसबाट सामान्य गाउँलेहरूले पनि तीर्थव्रत ग¥यो भने पापमोचन हुनसक्छ भन्ने कुरा सिकाएको हुन्छ । मोतीलाल पराजुली भन्छन्, “दान–दक्षिणा गर्नु, तीर्थव्रत गर्नु, पितृ तृप्ति कार्य हुन् भन्ने कुरा लोकले विश्वास गरेको पाइन्छ ।” (७६) मङ्गला राउतको भारतको अन्त्यतिर राजा बिमल पापमोचनका लागि तीर्थाटन गर्न निस्किनु त्यसै सामाजिक अवचेतनको उपज हो, जसको आद्यरुप धर्मशास्त्र नै हुन् । यो भक्तियोगको शास्त्रीय परम्पराको अनुकरण हो । भागवतमा भनिएको छ ः
अकार्मो सर्व कामो वा मोक्ष कमाम उदारधिः तीवे्रण भक्तियोगेन यजते पुरुष परम । (अ. ११)
अर्थात्, निष्काम, सर्वकाम अथवा मोक्षको कामना राखी भक्तियागद्वारा परात्पर (उत्तम पुरुष) को भजन, पूजन र सेवन गर्छ भने साधक अनुग्रहबाट सम्पूर्ण रुपमा निर्मन हुन सक्छ (मुक्ति गौतम ८९) । विमले पनि यसै परत्परको प्राप्तिका लागि तीर्थयात्रामा निस्किएका हुन् । यमलाल घिमिरे लेख्छन्, “बिमलले आफ्ना पिता र काकाहरूको आत्मशान्तिका लागि र आफ्नो अपराधको प्रायश्चित्तका लागि काशी, हरिद्वार, गया, प्रयाग, गण्डकी, गाई श्राद्ध तर्पण गर्नु र गौदान गर्नु धर्मानुष्ठानसम्बन्धी कार्यका नुमना हुन् ।” (४२) महाभारतमा युधिष्ठिर–द्रौपदीको रतिक्रिया हेरेर पापका भागी भएका अर्जुन पापमोचनका लागि तीर्थयात्रामा निस्किएका थिए । आमा मारेको पापमोचनका लागि भगवान् परशुराम तप र यज्ञमा लागेका थिए । आफ्नै आमासँग बिहे गरेर सन्तानसमेत जन्माएको पापबाट मुक्तिका लागि इडिपस पनि राज्य छोडेर पापमोचनका लागि हिँडेका थिए । कलिङ्गको युद्धमा अत्यधिक हिंसाका भागी भएको सम्राट् अशोक त्यसपछि पूर्णतः बौद्धधर्मको प्रचारमा लागेका थिए । यसको कारण उही पौराणिक परम्परा हो, जसमा प्रायश्चित्तका लागि यथेष्ठ मार्गहरू देखाइएका छन्, जसमा एक हो गायत्री मन्त्रको यो स्वरुप ः
पापोहम पापकर्माणन पापात्मा पापसम्भव त्राहिमाम पुण्डरीकाक्षा सर्वै पाप हरो भव ।
यसरी हेर्दा मङ्गला राउतको भारत पूर्वीय शास्त्रीय परम्परा र वैश्विक मिथकीय परम्पराको आद्यप्रारुपको एक सुन्दर समागम हो र मानिसको आदिम मनोविज्ञानको एक आधुनिक प्रतिरुप हो । यसलाई आधुनिक यस अर्थमा भनिएको हो, किनकि यो भारतमा बारुदको प्रसङ्ग आउँछ जसले यो भारत बारुदको आविष्कारपछिको हो भन्ने कुरालाई पुष्टि गर्छ ।

Friday, August 10, 2018

जुम्लामा बस्तीको विकास र परम्परा




जुम्लामा बस्तीको विकास र परम्परा
राजबहादुर कुँवर
( यो सामग्री moolbato.com बाट साभार उद्धृत गरिएकोछ । )
राकम कर्णाली, भर्ता, महावु, ढिपु, गाग्रा दक्षिण पूर्वोत्तर र नाग्म, चुली मालिका, वुडु हुँदै पश्चिम उत्तर फैलिएका दुइटा पहाडको बिचमा जुम्ला अवस्थित छ भने नाग्म, रारालिही, चुलाकोट हुँदै डाँफेलेकतिर फैलिएको पहाडले सिंजा उपत्यका र चौघान उपत्यकालाई छुट्याई दिएको छ । अर्कोतिर कुँडारी, मालिका हुँदै गिरीदह पूर्वदक्षिण फैलिएको पहाडले भेरिखोला र तिला खोलाका बस्तीको रेखा कोरिदिएको छ । त्यस्तै दानसाँघुबाट तिर्खु हुँदै फैलिएको पहाडले चौधविस र गज्र्याङकोटलाई विभाजित गरिदिएको छ । यी मुख्य पहाडका साथै साना साना डाँडा, थुम्का र कोटले जुम्लाको बस्तीलाई भौगोलिक दृष्टिले पृथक तुल्याएका छन् ।
जुम्लाका अधिकांश बस्तीहरु पहाडी भिरालोको दक्षिणी मोहोडामा मुलतः हिमा नदी, तिला नदी, जवा नदी, भेरी खोला र गोरुखोलाका किनारमा अवस्थित छन् । गाउँ खेति योग्य जमिनमा नभई भिरालो पाखोमा केन्द्रीकृत र सघन रहेका छन् । यो बस्ती विकासको परम्परागत ढाँचा खेतियोग्य जमिनमैत्री रहेको छ भने जुम्लाका उच्च पहाडी भूभागका वस्तीहरु खर्क र शिकारका सिलसिलामा विकसित भएका पाइन्छन् । नराकोटको बारेदेखि शनिगाउँको भाँडगाउँसम्मका पहाडी वस्तीलाई हाल पनि बाह्र खर्क भनेर चिनिन्छ । गाइबाख्राको बर्षे गोठ गर्दा गर्दै विकसित तल्लो खोपडी, माथिल्लो खोपडीजस्ता गाउँले खर्क परम्पराबाट गाउँहरु विकसित भएका देखिन्छन् । बुम्रमाडीचौरको मर्फान गाउँ मार्का अर्थात् शिकारी कुकुरले पत्ता लगाएको मार्कापानीबाट अपभ्रंश भै विकसित भएको मान्ने अवधारणाले मर्फान शिकारको सिलसिलामा विकसित भएको बस्ती देखिन्छ । त्यस्तै लिताकोटको बोहोरा थाप्लाबाट शिकार खेल्न गएर मालिकाठाँटाको ढिपुमा बोहोराको बस्ती विकसित हुनुले जुम्लाका उच्च पहाडी बस्ती शिकारी परम्पराका उपज हुन् भन्ने तथ्यलाई पुष्टि गर्दछ ।
जुम्लाको वस्तीमा जातीय विन्यास जहाँ जहाँ ठकुरीको टाकुरे शासन सञ्चालित भएका थिए, त्यहाँ दलित, बाहुन र क्षेत्रीको वस्तीहरु पाइन्छन् । सिंजा साम्राज्यको केन्द्र मानिने सिंजा उपत्यकाको वस्तीलाई उदाहरणार्थ प्रस्तुत गर्न सकिन्छ । त्यहाँ साहुवाडामा सुनार (जो सिंजा दरबारको गहना निर्माणमा क्रियाशील रहेका थिए) को वस्ती रहेको छ । माथि, तल र माझ लेकपोरमा रहेका बुढा (सिंजा साम्राज्यका झारा सिपाही थिए) को वस्ती रहेको छ । हाटसिंजामा वड जो दरबारका कालिगढ थिए भने लुड्कुमा बाहुन जो ज्योतिषीय कार्य गर्दथे । प्रायः टाकुरे राज्यको दरवार क्षेत्रको सवैभन्दा नजिक दलित जातिको वस्ती रहेको पाइन्छ । छिनासिम दरवारमा होस् या सुनारगाउँ दरवार, सवैभन्दा नजिक दलित जातिको नै बसोवास रहेको छ ।
खस शासकको केन्द्र वरिपरि दलितको वस्ती विकसित हुनुमा कुनै आठौं आश्चर्य चाहीँ छैन । यसको प्रमुख कारण के देखिन्छ भने शासकले वेतनभोगी श्रमिकका रुपमा दलितको सीप, कला र क्षमताको प्रयोग गरेको देखिन्छ । गहना निर्माण, भवन निर्माण, लुगालत्ता सिलाईजन्य कार्यका खातिर दरवार वरिपरि राखिएका दलित समुदाय कालान्तरमा भूमि अधिकार खोसिएका वस्तीमा परिणत भएका पाइन्छन् । अर्कोतिर ब्राहमण, ठकुरीले आफ्नो खेति र अन्य श्रमजन्य कार्यका लागि श्रम दासको रुपमा आफू सँगसँगै दलितलाई भित्र्याएको पाइन्छ । मुगुबाट मालभिडमा स्थानान्तरित चौलागाई ब्राहमणले सिंगाचौरका दलितलाई सँगसगै ल्याएको पाइन्छ । त्यस्तै लाम्राका ब्राहमणले जैतपुरका दलितलाई भित्र्याएको पाइन्छ । यसरी वस्तीको विकासमा श्रम परम्पराको अहम भूमिका देखिन्छ ।
यो श्रम र जीवन निर्वाहका निम्ति भूस्वामीले दिने अनाज विनिमयको प्रणालीले खलो प्रथाको स्वरुप धारण गरेको पाइन्छ । खलो प्रथाले दलितको भूमिमाथिको स्वामित्वलाई कमजोर मात्र तुल्याएको छ । वर्षदिनभरिको श्रमलाई एक पाथी अनाजसँग साट्ने खलो प्रथा दलित जातिमाथिको श्रमशोषणको कठोर नमुना हो ।
अर्कोतिर ज्योतिषीय कार्यका लागि शाषकले ब्राहमणको उपस्थितिलाई अनिवार्य गरेको पाइन्छ । प्रकृतिवादी चिन्तन, बौद्ध परम्परा हुँदै वैदिक सभ्यतासँग जोडिएको कर्णालीको धार्मिक चिन्तनको इतिहासमा वैदिक परम्पराको शासकीय प्रयोगले जुम्लामा दैलेखको भूर्ति र वडबाट आचार्य, खाडा पञ्च्यालाबाट न्यौपाने र अछामको तिमिल्सैनबाट तिमिल्सिना भित्रिएको पाइन्छ । यी व्राहमणले जजमानी कार्यको सिलसिलामा क्षेत्रीय थान र चिहानलाई आफ्नो पैत्रिक सम्पत्तिझैं बाँडफाँड गरेकोे मात्र पाइदैन कि क्षेत्रीय चिहान र वस्तीको मालिक बनेर एउटा बाहुनले अर्को बाहुनलाई जजमानी विक्री गरेको पनि देखिन्छ । यही परम्परा दलित जातिमा पनि रहेको छ । जनसंख्याको बृद्धिसँगै सयौं घरमा बाँडिएका लगिलाई विक्री गर्ने र नयाँ लगि अंगिकार गर्ने प्रचलन रहेको छ ।
बाहुन, ठकुरीको उपस्थिति नै नभएको क्षेत्रीय वस्ती चौधविस दरा हो । चौधविसको लुम र तिर्खुमा झिनो संख्यामा रहेका दलित पनि सिलाईकटाईजन्य कार्यका लागि स्थानीय खस क्षेत्रीले भित्र्याएका हुन् । चौधविसमा रहेका बोहोरा, बुढा, रावत, महताराजस्ता क्षेत्रीयले बाहुनको वस्तीसँग जोडिएका क्षेत्रीयले अपनाएका वैदिक परम्परालाई अंगिकार गरेका छैनन् । तातोपानीको बाबिरामा रहेका बुढा क्षेत्रीले बैदिक परम्परानुसार जन्म, विवाह र मृत्यु संस्कारलाई मान्दछन् । आफ्नो परिवारको सदस्यको मृत्यु भएमा एक वर्ष सम्म मासु, दुध नखाने, एकसरो सेतो कपडा लगाउने गर्दछन् भने चौधविसमा आफ्नो सदस्यको मृत्यु भएमा समय हेरी कतै तीन दिन, कतै पाँच वा सात दिनमा चोखिने, मसान पुज्ने भनेर मृतकको दाहसंस्कार गरेकै दिन कुखुरा र खसी काट्ने परम्परा छ । वाहुन नभएमा शुद्धिकार्यका लागि कन्याबाट जल खाएर शुद्ध भएको ठानिन्छ । यसरी चौधविसका क्षेत्रीयले अपनाएको संस्कार वैदिक संस्कारभन्दा पृथक र मौलिक रहेको छ । यसले कर्णालीका खस क्षेत्री अवैदिक र प्रकृति पुजक हुन् भन्ने मान्यतालाई पुष्टि गर्दछ ।
सिंजाको ओदी, लेकपोर, लुमजस्ता शिकार, पशुपालनको सिलसिलामा विकसित बस्तीको विवाह परम्परा निकै सरल रहेको पाइन्छ । ओदीमा विवाह गर्दा लामा विष्णुको धामीले परिस्थिति हेरी ओटालो, थाडो वा घरको चुल्होमा कलश राखेर गाउँका मान्यजनका सामुन्नेमा एक दुई घन्टामै विवाह गरिदिने चलन छ । ओदीवासी लामाविष्णुलाई वेदविज्ञ देवता मान्दछन् र ब्राहमणको आवश्यकता ठान्दैनन् । लुम, लेकपोर, बारेजस्ता गाउँमा यदि माइतीले कन्यादान नदिने भएमा जन्तीसँग दुलाहा पठाउँदैनन् भने दुलाहाले अर्काको घरमा भाहुरी रिग्नु हुँदैन भन्ने परम्परा रहेको छ ।
जुम्लामा घर बनाउँदा ज्योतिष र धामी दुवैलाई माटो हेराउने र घरको जग खनेर बान्नोमा रुपैया, तामा, चाँदी जस्ता धनमाल सिला हाल्ने परम्परा अद्यापी कायमै छ । कृषि उपज व्यवस्थापनका दृष्टिले मात्र होइन आधुनिक ल्यान्टर प्रणालीको पूर्ववर्ती स्वरुप थाडा बनाइन्छ । जुम्लामा नारे बनाउने चलन विशेषतः पाथरखोला र पाडमा मात्रै नारे गर्ने चलन नुवाकोट गाउँ र अन्यत्र फाट्टफुट्ट पाइन्छ । जुम्लामा मान्छेको घर र पशुको गोठ एउटै भवनमा तल्लो र माथिल्लो तल्लामा विभाजित गरी बनाइन्छ । घोडा पाल्नु र छोरा पाल्नु एकै हो भन्ने उखान प्रचलित हुनु र मान्छे तथा पशुको लागि एउटै भवन निर्माण गर्नुले पशुपालन जुम्लामा सबैभन्दा महत्वको व्यवसाय भएको देखिन्छ ।
जुम्लामा साँघुरा र होचा घर एउटै बाडामा निर्माण गर्ने परम्परा थियो । सर्मीको लामाथाडा एउटा नमुना हो । जहाँ १० वटा घर थिए । हाल तिनटा घरले नै त्यो भूभागलाई ओगटेको छ । अर्कोतिर वाडा प्रणालीले एउटै वस्तीका पृथक पहिचानलाई अभिव्यक्त गर्दछ । उदाहरणका लागि मालिकावोता गाउँ थापावाडा, ऐडीवाडा, भट्ट्वाडा, बुढावाडा, बाहुनवाडाजस्ता वाडामा विभाजित छ तर, बाहुनबाडा र भट्टवाडामा बाहुन नभई क्षेत्रीको नै बसोबास छ । वाडाका नामाकरण स्थान विशेष तली, माथि र परवाडा मात्र नभई जाति, थर र प्रवृत्तिबाट पनि नामाकरण गरिएको पाइन्छ । वस्तीको वाडामा विन्यास गर्ने परम्पराबाट नै आधुनिक वडाको विकास भएको देखिन्छ । जुम्लामा वाडा प्रणाली यति सशक्त छ कि आधुनिक विचार, सिद्धान्तको राजनीतिमा पनि वाडागत विभाजन हुने गर्दछ ।
जुम्लामा मस्टो र परम्परा
जुम्लामा बाह्रभाइ मस्टोका विविध स्वरुप र प्रकृति रहेका छन् । (चौसट्ठी किल्ला) मस्टो परम्पराकोे रचनाकार मानिसको प्राकृतिक जीवन पद्धति नै हो । मस्टो परम्परा समयानुकुल मानवीय रुचि, क्षमता र प्रकृतिसँग अन्तरघुलित देखिन्छ । मूलतः मस्टो परम्परा प्रकृतिपुजक परम्परा हो । कुनै मस्टो दुधभोगी छन् भने कुनै मस्टो रक्तभोगी छन् । यो शाकाहारी र मांशाहारी सामाजिक जीवनकै प्रतिविम्ब हो । अर्कोतिर मस्टो परम्परा बहुदेवतावादी अवधारणा हो । गाउँ र वस्ती पिच्छे फरक फरक मस्टो र अन्य देवता पुजिन्छ । यो वहुदेवतावादले मानिसलाई वहुचिन्तन, वहुदल, बहुसंस्कारप्रति सहिष्णु हुन सिकाएको छ । मस्टोको प्राकृतिक चिन्तनले प्राकृतिक विविधतालाई स्वीकारेको छ । दुधमुखी देखि रक्तमुखिसम्मका मस्टो मात्र छैनन्, मस्टो दलितदेखि ब्राहमणसम्मका लागि समान छन् । मस्टो परम्पराको प्रारम्भ जातीय छुवाछुत मुक्त रहेपनि पछिल्लो चरणमा दलित जातिलाई अपेहेलना गर्ने सामाजिक सांस्कृतिक विभेद मस्टो परम्परासम्म विस्तारित गरिएको पाइन्छ । वहुदेवतावादी परम्पराले भावनात्मक, मनोवैज्ञानिक, सामाजिक एवम् सांस्कृतिक प्रभुत्वका दृष्टिले व्यापक र विस्तारित भएपनि मस्टोका समृद्ध थानभने कहिँ कतै पनि छ्रैनन् । हजारौं पाली भएका मस्टोका थान कुहिएका फ्ल्याकभन्दा माथि छैनन् भने सयौं पाठा काटिने थान हेर्दा भत्किन थालेको थोत्रो आटी झै देखिन्छन् ।
मस्टो परम्परित क्षेत्रमा कुनै पनि खसी, बोका वा कुखुरा काट्नु पर्यो भने घाँटी रेटेर काट्ने प्रचलन छ, जुन मुस्लिम परम्परासँग सम्बन्धित देखिन्छ । मस्टोका होचा र साँघुरा थानमा तरबार उचालेर काट्न असहज भएकोले हो वा कुनै अन्य सांस्कृतिक दृष्टिले ? यो भने खोजीको विषय हो ।
अर्कोतिर मस्टोको मन्दिर नजिकको बनजंगल फडानी नगर्ने मात्र होइन ढटेलोको झ्याङसमेत काटिदैन । मस्टोको थान नजिकको रुख, काँडालाई समेत पवित्र मानिन्छ । यसले बनजंगललाई सुरक्षित गर्न सघाउ पुर्याएको छ , सुन्दरगाउँको देआरको पाताल एउटा उदाहरण हो ।
जुम्लामा कुनै पनि ठूला ताल, पातल, रुख, डाँडो आदिलाई देवताको प्रतीक मानिन्छ । जस्तो कि विष्टज्यूको ताल र नदै डावलाई पुजिन्छ भने भुरिचुला, माइथाप्ला, चिमाराजस्ता डाँडामा मालिका देवीको पुजा गरिन्छ । यसरी ताल, डाँडा, पातालको मानवीय जीवनसँग अन्योन्याश्रित सम्बन्ध हुन्छ, जसलाई दैविकरण गरिएको छ । छहराले बनाएको नीला ताल, ओढार, अनकण्टार जंगल, भीरमा भूत हुन्छ भन्ने अवधारणा छ । भूतको अवधारणा जटिलता, दुर्लंघ्य र भयानकतासँग जोडिएको पाइन्छ ।
खडेरी, महामारीको बैज्ञानिक रहस्यको जानकारीको अभावले मस्टोसँग बर्षाको पुकारा गर्ने, बर माग्ने गरिन्छ । यति मात्र होइन मस्टो परम्परामा मनोवैज्ञानिक उपचार पनि गरिन्छ । भूत, मसान, पिचास, बोक्सी जस्ता अन्धविश्वासले पैदा गर्ने डर भगाउनेदेखि ढोहेरी जस्ता न्यायिक कार्यमा सहभागी गराइन्छ । ढोहेरी भनेको कसैले घर, जग्गा, पैसा, वा अन्य कार्यमा अन्यायपूर्ण र विभेदकारी व्यवहार गरेमा देवताको थानमा खड्राती गरेर, पाठो चढाएर न्यायको अपेक्षा गर्ने क्रिया हो ।
जुम्लामा बाह्र भाई मस्टो मध्ये चर्चित मस्टो वुडु,मस्टो, कवा मस्टो , लाटोमस्टो , क्षेत्रपाल मस्टो , बाओ, मसटोथार्प, बाविरो, सुन्दरगाउँ, ओखाडी आदि रहेका छन् । मस्टोको केन्द्र तातोपानी गाविसको बाविरा, विराट गाविसको वुडु, नराकोटको माथि बाओ, तातोपानीकै डाँगीवाडा आदि रहेका छन् । यि मस्टोका अतिरिक्त मालिका, कालिका, भैयार, महादेव, लुहासुर, ह्यांग्रयालगायतका दर्जनौं देवीदेवताको पुजाआजा गरिन्छ ।
मस्टो परम्परामा अवतारवाद जोडिएको छ । मस्टो परम्पराले प्रकृति पुजक परम्पराबाट अवतारवादी स्वरुप ग्रहण गर्नमा बैदिक संस्कृतिको प्रभाव रहेको छ । बाटोघाटोमा असामयिक निधन भएका मानिस मात्र होइन जनयुद्धका सहिद समेत पितृृमा फेरिने, मानो खाने, टाटा दान गर्नु पर्ने अवतारवादी धारणाले जुम्लाको समाजलाई जकडेको देखिन्छ । यो अवतारवाद प्रकृति, विज्ञान र व्रहमाण्डका रहस्यको जानकारीको अभावमा मौलाएको देखिन्छ भने मस्टो परम्पराको प्रकृति पुजक प्रक्रियालाई अवतारवादले छोपिदिएको छ ।
मस्टोको महत्वपूर्ण विशेषता के हो भने मस्टोको हरेक थानमा आलम फरफहराउने गरिन्छ । मस्टोको आलम त्रिकोणात्मक हुने गर्दछ । त्रिकोणात्मक दुईटा आलमलाई जोड्ने हो भने नेपालको झन्डाको स्वरुप निर्माण हुन्छ । नेपालको झन्डामा प्रयोग हुने रातो, निलो रंग र चन्द्र सुर्यको व्याख्या राजतन्त्रसँग जोडेर गरिए पनि ति प्रतीक चिन्ह प्रकृतिपुजक परम्पराका उपज हुन् । झन्डामा अंकित चन्द्र र सूर्यको चन्द्रवंशी र सूर्यवंशी राजपरम्परासँग जोडेर हेर्ने चिन्तन भनेको राजालाई ईश्वरी दैवी शक्ति मान्ने सिद्धान्तको उपज हो र राजतन्त्रका पक्षपाति वुद्धिजीवीको उपव्याख्या मात्र हो ।
मस्टो परम्परित कर्णालीको चन्दननाथ र भैरवनाथमा ५२ हातको लिंगो र ५२ हातकै झन्डा फरफहराउने गरिन्छ, जुन त्रिकोणात्मक हुने गर्दछ । अर्कोतिर खेतहरु मध्येको ठूलो र उब्जाउ खेतमा पुल्ती हालिन्छ । धान सघन रोप्ने र त्यहाँ नेपालको झन्डा आकारकै पुल्ती फरफहराउने गरिन्छ । नेपालको झन्डाको पूर्ववर्ती स्वरुप मस्टाको आलम र पुल्तीमा भेटिन्छ । यो विश्वकै मौलिक नेपाली झन्डाको आदिस्रोत मस्टो परम्परा हुन सम्भव छ ।
जुम्लामा उत्पादन परम्परा र मौलिकता
संसारको उचाईमा फल्ने जुम्लाको प्रसिद्ध उत्पादन भनेको काली मार्सी धान हो । काली मार्सी धान उत्पादनसँग चन्दननाथ बाबा र लछालकृति पैकेलाको कथा बहुप्रचारित छ । लछालकृति पैकेलाले लाछु जिउलामा रुखमूलको पानी लाग्ने गरी चुकेनी झाड उखेलेर खेत बनाएको मानिन्छ । अहिले त्यो खेतलाई जुम्लाका धान किसान गुरुफोक्टोले कहलाउँछन् र त्यो खेतमा वर्षेनी १ सुपो मात्र धान उत्पादन हुने गर्दछ । लाछुबाट नै धानखेति प्रारम्भ गरिएको हो भन्ने तथ्यलाई संस्कृतमा लेखिएको (यहाँ नेपाली अनुवाद समावेश गरिएको छ) निम्न पाण्डुलिपीले व्यक्त गर्दछ ।
………..
दयालु सिद्ध चन्दननाथ बाबाले लक्षु (लाछु) गाउँमा जन्मेका कृतवीर्य नाम गरेका एक जना बलशाली शिष्यलाई यो रहस्यपूर्ण उपदेश दिनुभयो । अन्नबाट सम्पूर्ण प्राणीको उत्पत्ति र रक्षा हुन्छ । त्यो अन्नलाई मेघ (वर्षा) ले रक्षा गर्दछ । यज्ञ (यज्ञको धुँवा) बाट मेघ उत्पन्न हुन्छ । यज्ञ भनेको कर्म हो । कर्म अनुसार प्राणीको जन्म र मृत्यु हुन्छ, कर्मबाट नै देवताहरू प्रसन्न हुन्छन् । यसैले मानिस सधै कर्मशील हुनुपर्छ । यसैले तिमी पनि सम्पूर्ण लोकको हितका लागि कर्म गर । शाली धान, मास, मुङ, कागुनु आदि धेरै किसिमका अन्नहरू यज्ञ गर्नका लागि जम्मा गर । आफ्ना सन्तानहरूको सहयोगबाट खेत बनाऊ । मैले दीर्घकालीन तपस्याबाट प्राप्त गरेको शाली धान (काली मार्सी) ल्याएको छु । यो प्रयोगबाट सिद्ध भइसकेको छ । यो हैमदेश(हिउँ पर्ने ठाउँ) का लागि उपयुक्त छ । हे लक्षुवासी शिष्य ! अन्नको अभावबाट कुनै पनि कर्म वा विधिहरू सम्पन्न गर्न सकिँदैन ।
अतः ती सम्पूर्ण कर्महरूको सम्पन्नताका लागि धान रोप । यो कार्य सफल हुन्छ र यसको विस्तार पनि हुन्छ । प्रत्येक वर्ष चैत्र महिनाको १२ गते केलाइएका धानहरू चिसो पानी, नदी अथवा कुनै जलाशयमा डुबाउनुपर्छ । यस प्रक्रियाबाट रोप्दा एक पाथी धानबाट एक भारी(मुरी) धान फल्दछ । चार दिनपछि अर्थात् चैत महिनाको १६ गते बिहान जलमा भिजाइराखिएको उक्त धानलाई जलबाट निकाल्नु पर्छ । त्यसपछि उनको वस्त्र ओछ्याएर करिब तिन घन्टा जनि राख्नु पर्दछ । अनि पुरा भिजेको पनि होइन र पुरा सुकिसकेको पनि होइन, यस्तो अवस्थामा रहेका ती धानलाई लिपिएको र आगाले तातो भएको घरको बिचको कोठामा पातहरू ओछ्याएर त्यसमाथि पर्वतको आकार बनाएर राख्नुपर्छ । सल्लाका बोक्रा, भुर्जपत्र (भोजपात) र कम्बलले छोप्नुपर्छ र दुई दिन राख्नुपर्छ त्यसपछि धान अङकुरित हुन्छन् वा टुँसाउँछन् । यसपछि धान छोप्नका लागि प्रयोग गरिएको भोजपात, कम्वल आदि हटाएर आगोको तातो नपर्ने गरी धानमा चिसो पानी छर्नुपर्छ । गोठको परिपक्व मल हाल्नुपर्छ र अरू दुई दिन त्यत्तिकै राख्नुपर्छ । यसो गर्दा टुसाहरू बलिया हुन्छन् ।
यसपछि बिस गते मङगलाचरणपूर्वक परिवारसहित भएर धेरै जल भएको ठाउँमा ती अङ्कुरित धानहरू रोप्नुपर्छ । त्यस दिन मिष्ठान्न भोजन गर्नुपर्छ । यसपछि बैसाख सङ्क्रान्तिका दिन नारीहरूले सात गाँठा पारिएको रङ्गीन धागो अर्थात् रक्षासूत्र बाँध्नुपर्छ । खेतका देवता तथा अन्य देवतालाई पुवा चढाउनुपर्छ । खेतमा काम गर्ने सबैलाई त्यो प्रसाद दिनुपर्छ । यसै दिन रोपिएका ती धानमा बीस अँजुली पानी चढाउनुृपर्छ र सूर्यको तापबाट तातेको जल खेतबाट बाहिर फाल्नुपर्छ । यसो गरेमा सम्पूर्ण परिवारको कल्याण हुन्छ । (स्रोत : पूर्ण सिंह कठायत, चन्दननाथ गाविस र अनुवाद डा. प्रेम चौलागाई, रावतवाडा)
शाके ९६३ वि.सं. १०९८ को यो लिपीले जुम्लाको धानखेतिको इतिहास झन्डै ९७३ वर्ष हुन आउँछ । चन्दननाथ बाबाको ज्ञान र लछालकृति पैकेलाको प्रयोगबाट प्रारम्भ भएको धानखेति जुम्लाका घोडेमहादेव, मालिकाठाँटा, बुम्रमाडीचौर, गोठीचौर बाहेक अन्य सम्पूर्ण गाविसमा कतै पूर्ण र कतै आंशिक हुने गर्दछ ।
जुम्लाको जौं बाली सम्बन्धी अनेकौं शिकारी कथा जोडिएका छन् । लाछुबाट स्थानान्तरित घोडेवासीले शिकारको सिलसिलामा जौं को उत्पादन भएको एउटा ठानो देखेर वस्ती वसेको ठान्दछन् । यही प्रकृतिको कथा सिफ्टी मर्फान, पोखरी, ढिपुजस्ता गाउँमा पनि कहिन्छ । यसले जौ यहीको प्रकृतिको मौलिक रचना भएको संकेत गर्दछ । अर्कोतिर के देखाउँछ भने जुम्लाको वस्ती विकासको प्रारम्भिक चरणमा जौ बालीको असाध्यै महत्व थियो ।
जुम्लामा मिश्रित खेती प्रणाली प्रचलित छ । चिनोभित्र भट्ट, गहत, सिमी, कोदोभित्र कागुनो, काँक्रा, फर्सि, मकैभित्र फर्सि, काँक्रा, सूर्यमुखीफूल, मार्से, आलु, सिमी, फापर सिमीभित्र चोता, कोइरा र धानको आलीमा भट्ट, गुराँसजस्ता दालहन बाली र तरकारी उत्पादन गरिन्छ । जुम्लामा मिश्रित खेतिको समृद्ध परम्परा रहेको छ ।
एउटै वर्ष विउ उत्पादन गरी फलाइने तरकारी चोता र कोइरा हो । फागुन १२ गते चोता र कोइराको विउ उत्पादनका लागि गाना रोपिन्छ । मूलतः जुम्लाका उच्च पहाडी क्षेत्रमा चोता कोइरा रोप्दा नयाँ बाली शुभारम्भकोे रुपमा पुजाआजा पनि गरिन्छ । चोता कोइराको विउ जेठ असारभित्र तयार हुन्छ । जुन सिमी भित्र वा छुट्टै लगाइ कार्तिक मंसिरमा भित्र्यान्छ । श्रीपञ्चमीको दिनमा धानको बेन्नु जोत्ने तथा गोरुको काँधमा तेल हाल्ने गरिन्छ । पहिलो भाग कागलाई दिएर खिचडी खाने गरिन्छ । श्रीपञ्चमीको गोरु पुजा कृषि संस्कृतिको एउटा महत्वपूर्ण भाग हो ।

लङ्गडो इतिहास

लङ्गडो इतिहास: ए भाषाविज्ञहरू ए व्याकरणाचार्य अनि इतिहासकारहरू मेरी इजालाई आमा नबनाऊ आमा बन्न त बुबा जन्माएको हुनुपर्छ मेरो बैतडीमा जब तिमी अँध्यारो कोठामा बोतलको पानीले गमला भिजाइ गोरु बन्दै जोतिन्छौ महाशय, त्यो धानले मेरो पेट भरिदैन सुनिदैनन् त्यहाँ भैनहरू न त हंसारानी खेतमा हलो जोतिरहेका आफ्ना बौस्याका लागि खाना लग्दै गरेकी देखिन्छे न त साइबादुर मरेको … Continue reading लङ्गडो इतिहास

ब्राह्मण बंशावली ( सरयुपारीण / कान्यकुब्ज शाखाा )



( यो बंसावली लब तिवारीको ब्लग luvtiwari.blogspot.com बाट साभार उदधृत गरिएकोछ । )




सरयूपारीण ब्राह्मण या सरवरिया ब्राह्मण या सरयूपारी ब्राह्मण सरयू नदी के पूर्वी तरफ बसे हुए ब्राह्मणों को कहा जाता है। यह कान्यकुब्ज ब्राह्मणो कि शाखा है। श्रीराम ने लंका विजय के बाद कान्यकुब्ज ब्राह्मणों से यज्ञ करवाकर उन्हे सरयु पार स्थापित किया था। सरयु नदी को सरवार भी कहते थे। इसी से ये ब्राह्मण सरयुपारी ब्राह्मण कहलाते हैं। सरयुपारी ब्राह्मण पूर्वी उत्तरप्रदेश, उत्तरी मध्यप्रदेश, बिहार छत्तीसगढ़ और झारखण्ड में भी होते हैं। मुख्य सरवार क्षेत्र पश्चिम मे उत्तर प्रदेश राज्य के अयोध्या शहर से लेकर पुर्व मे बिहार के छपरा तक तथा उत्तर मे सौनौली से लेकर दक्षिण मे मध्यप्रदेश के रींवा शहर तक है। काशी, प्रयाग, रीवा, बस्ती, गोरखपुर, अयोध्या, छपरा इत्यादि नगर सरवार भूखण्ड में हैं।
एक अन्य मत के अनुसार श्री राम ने कान्यकुब्जो को सरयु पार नहीं बसाया था बल्कि रावण जो की ब्राह्मण थे उनकी हत्या करने पर ब्रह्म हत्या के पाप से मुक्त होने के लिए जब श्री राम ने भोजन और दान के लिए ब्राह्मणों को आमंत्रित किया तो जो ब्राह्मण स्नान करने के बहाने से सरयू नदी पार करके उस पार चले गए और भोजन तथा दान सामंग्री ग्रहण नहीं की वे ब्राह्मण सरयुपारीन ब्राह्मण कहे गए।
सरयूपारीण ब्राहमणों के मुख्य गाँव :
गर्ग (शुक्ल- वंश)
गर्ग ऋषि के तेरह लडके बताये जाते है जिन्हें गर्ग गोत्रीय, पंच प्रवरीय, शुक्ल बंशज  कहा जाता है जो तेरह गांवों में बिभक्त हों गये थे| गांवों के नाम कुछ इस प्रकार है|
(१) मामखोर (२) खखाइज खोर  (३) भेंडी  (४) बकरूआं  (५) अकोलियाँ  (६) भरवलियाँ  (७) कनइल (८) मोढीफेकरा (९) मल्हीयन (१०) महसों (११) महुलियार (१२) बुद्धहट (१३) इसमे चार  गाँव का नाम आता है लखनौरा, मुंजीयड, भांदी, और नौवागाँव| ये सारे गाँव लगभग गोरखपुर, देवरियां और बस्ती में आज भी पाए जाते हैं|
उपगर्ग (शुक्ल-वंश)
उपगर्ग के छ: गाँव जो गर्ग ऋषि के अनुकरणीय थे कुछ इस प्रकार से हैं|
बरवां (२) चांदां (३) पिछौरां (४) कड़जहीं (५) सेदापार (६) दिक्षापार
यही मूलत: गाँव है जहाँ से शुक्ल बंश का उदय माना जाता है यहीं से लोग अन्यत्र भी जाकर शुक्ल     बंश का उत्थान कर रहें हैं यें सभी सरयूपारीण ब्राह्मण हैं|
गौतम (मिश्र-वंश)
गौतम ऋषि के छ: पुत्र बताये जातें हैं जो इन छ: गांवों के वाशी थे|
(१) चंचाई (२) मधुबनी (३) चंपा (४) चंपारण (५) विडरा (६) भटीयारी
इन्ही छ: गांवों से गौतम गोत्रीय, त्रिप्रवरीय मिश्र वंश का उदय हुआ है, यहीं से अन्यत्र भी पलायन हुआ है ये सभी सरयूपारीण ब्राह्मण हैं|
उप गौतम (मिश्र-वंश)
उप गौतम यानि गौतम के अनुकारक छ: गाँव इस प्रकार से हैं|
(१)  कालीडीहा (२) बहुडीह (३) वालेडीहा (४) भभयां (५) पतनाड़े  (६) कपीसा
इन गांवों से उप गौतम की उत्पत्ति  मानी जाति है|
वत्स गोत्र  ( मिश्र- वंश)
वत्स ऋषि के नौ पुत्र माने जाते हैं जो इन नौ गांवों में निवास करते थे|
(१) गाना (२) पयासी (३) हरियैया (४) नगहरा (५) अघइला (६) सेखुई (७) पीडहरा (८) राढ़ी (९) मकहडा
बताया जाता है की इनके वहा पांति का प्रचलन था अतएव इनको तीन के समकक्ष माना जाता है|
कौशिक गोत्र  (मिश्र-वंश)
तीन गांवों से इनकी उत्पत्ति बताई जाती है जो निम्न है|
(१) धर्मपुरा (२) सोगावरी (३) देशी
बशिष्ट गोत्र (मिश्र-वंश)
इनका निवास भी इन तीन गांवों में बताई जाती है|
(१) बट्टूपुर  मार्जनी (२) बढ़निया (३) खउसी
शांडिल्य गोत्र ( तिवारी,त्रिपाठी वंश)
शांडिल्य ऋषि के बारह पुत्र बताये जाते हैं जो इन बाह गांवों से प्रभुत्व रखते हैं|
(१) सांडी (२) सोहगौरा (३) संरयाँ  (४) श्रीजन (५) धतूरा (६) भगराइच (७) बलूआ (८) हरदी (९) झूडीयाँ (१०) उनवलियाँ (११) लोनापार (१२) कटियारी, लोनापार में लोनाखार, कानापार, छपरा भी समाहित है 
इन्ही बारह गांवों से आज चारों तरफ इनका विकास हुआ है, यें सरयूपारीण ब्राह्मण हैं| इनका गोत्र श्री मुख शांडिल्य त्रि प्रवर है, श्री मुख शांडिल्य में घरानों का प्रचलन है जिसमे  राम घराना, कृष्ण घराना, नाथ घराना, मणी घराना है, इन चारों का उदय, सोहगौरा गोरखपुर से है जहाँ आज भी इन चारों का अस्तित्व कायम है|
उप शांडिल्य ( तिवारी- त्रिपाठी, वंश)
इनके छ: गाँव बताये जाते हैं जी निम्नवत हैं|
(१) शीशवाँ (२) चौरीहाँ (३) चनरवटा (४) जोजिया (५) ढकरा (६) क़जरवटा
भार्गव गोत्र (तिवारी  या त्रिपाठी वंश)
भार्गव ऋषि के चार पुत्र बताये जाते हैं जिसमें  चार गांवों का उल्लेख मिलता है जो इस प्रकार है|
(१) सिंघनजोड़ी (२) सोताचक  (३) चेतियाँ  (४) मदनपुर
भारद्वाज गोत्र (दुबे वंश)
भारद्वाज ऋषि के चार पुत्र बताये जाते हैं जिनकी उत्पत्ति इन चार गांवों से बताई जाती है|
(१) बड़गईयाँ (२) सरार (३) परहूँआ (४) गरयापार
कन्चनियाँ और लाठीयारी इन दो गांवों में दुबे घराना बताया जाता है जो वास्तव में गौतम मिश्र हैं लेकिन  इनके पिता क्रमश: उठातमनी और शंखमनी गौतम मिश्र थे परन्तु वासी (बस्ती) के राजा  बोधमल ने एक पोखरा खुदवाया जिसमे लट्ठा न चल पाया, राजा के कहने पर दोनों भाई मिल कर लट्ठे को चलाया जिसमे एक ने लट्ठे सोने वाला भाग पकड़ा तो दुसरें ने लाठी वाला भाग पकड़ा जिसमे कन्चनियाँ व लाठियारी का नाम पड़ा, दुबे की गददी होने से ये लोग दुबे कहलाने लगें|
सरार के दुबे के वहां पांति का प्रचलन रहा है अतएव इनको तीन के समकक्ष माना जाता है|
सावरण गोत्र ( पाण्डेय वंश)
सावरण ऋषि के तीन पुत्र बताये जाते हैं इनके वहां भी पांति का प्रचलन रहा है जिन्हें तीन के समकक्ष माना जाता है जिनके तीन गाँव निम्न हैं|
(१) इन्द्रपुर (२) दिलीपपुर (३) रकहट (चमरूपट्टी)
सांकेत गोत्र (मलांव के पाण्डेय वंश)
सांकेत ऋषि के तीन पुत्र इन तीन गांवों से सम्बन्धित बताये जाते हैं|
(१) मलांव (२) नचइयाँ (३) चकसनियाँ
कश्यप गोत्र (त्रिफला के पाण्डेय वंश)
इन तीन गांवों से बताये जाते हैं|
(१) त्रिफला (२) मढ़रियाँ  (३) ढडमढीयाँ
ओझा वंश
इन तीन गांवों से बताये जाते हैं|
(१) करइली (२) खैरी (३) निपनियां
चौबे -चतुर्वेदी, वंश (कश्यप गोत्र)
इनके लिए तीन गांवों का उल्लेख मिलता है|
(१) वंदनडीह (२) बलूआ (३) बेलउजां
एक गाँव कुसहाँ का उल्लेख बताते है जो शायद उपाध्याय वंश का मालूम पड़ता है|
ब्राह्मणों की वंशावली
भविष्य पुराण के अनुसार ब्राह्मणों का इतिहास है की प्राचीन काल में महर्षि कश्यप के पुत्र कण्वय की आर्यावनी नाम की देव कन्या पत्नी हुई। ब्रम्हा की आज्ञा से
दोनों कुरुक्षेत्र वासनी
सरस्वती नदी के तट
पर गये और कण् व चतुर्वेदमय
सूक्तों में सरस्वती देवी की स्तुति करने लगे
एक वर्ष बीत जाने पर वह देवी प्रसन्न हो वहां आयीं और ब्राम्हणो की समृद्धि के लिये उन्हें
वरदान दिया ।
वर के प्रभाव कण्वय के आर्य बुद्धिवाले दस पुत्र हुए जिनका
क्रमानुसार नाम था -
उपाध्याय,
दीक्षित,
पाठक,
शुक्ला,
मिश्रा,
अग्निहोत्री,
दुबे,
तिवारी,
पाण्डेय,
और
चतुर्वेदी ।
इन लोगो का जैसा नाम था वैसा ही गुण। इन लोगो ने नत मस्तक हो सरस्वती देवी को प्रसन्न किया। बारह वर्ष की अवस्था वाले उन लोगो को भक्तवत्सला शारदा देवी ने
अपनी कन्याए प्रदान की।
वे क्रमशः
उपाध्यायी,
दीक्षिता,
पाठकी,
शुक्लिका,
मिश्राणी,
अग्निहोत्रिधी,
द्विवेदिनी,
तिवेदिनी
पाण्ड्यायनी,
और
चतुर्वेदिनी कहलायीं।
फिर उन कन्याआं के भी अपने-अपने पति से सोलह-सोलह पुत्र हुए हैं
वे सब गोत्रकार हुए जिनका नाम -
कष्यप,
भरद्वाज,
विश्वामित्र,
गौतम,
जमदग्रि,
वसिष्ठ,
वत्स,
गौतम,
पराशर,
गर्ग,
अत्रि,
भृगडत्र,
अंगिरा,
श्रंगी,
कात्याय,
और
याज्ञवल्क्य।
इन नामो से सोलह-सोलह पुत्र जाने जाते हैं।
मुख्य 10 प्रकार ब्राम्हणों ये हैं-
(1) तैलंगा,
(2) महार्राष्ट्रा,
(3) गुर्जर,
(4) द्रविड,
(5) कर्णटिका,
यह पांच "द्रविण" कहे जाते हैं, ये विन्ध्यांचल के दक्षिण में पाये जाते हैं|
तथा
विंध्यांचल के उत्तर में पाये जाने वाले या वास करने वाले ब्राम्हण
(1) सारस्वत,
(2) कान्यकुब्ज,
(3) गौड़,
(4) मैथिल,
(5) उत्कलये,
उत्तर के पंच गौड़ कहे जाते हैं।
वैसे ब्राम्हण अनेक हैं जिनका वर्णन आगे लिखा है।
ऐसी संख्या मुख्य 115 की है।
शाखा भेद अनेक हैं । इनके अलावा संकर जाति ब्राम्हण अनेक है ।
यहां मिली जुली उत्तर व दक्षिण के ब्राम्हणों की नामावली 115 की दे रहा हूं।
जो एक से दो और 2 से 5 और 5 से 10 और 10 से 84 भेद हुए हैं,
फिर उत्तर व दक्षिण के ब्राम्हण की संख्या शाखा भेद से 230 के
लगभग है |
तथा और भी शाखा भेद हुए हैं, जो लगभग 300 के करीब ब्राम्हण भेदों की संख्या का लेखा पाया गया है।
उत्तर व दक्षिणी ब्राम्हणां के भेद इस प्रकार है
81 ब्राम्हाणां की 31 शाखा कुल 115 ब्राम्हण संख्या, मुख्य है -
(1) गौड़ ब्राम्हण,
(2)गुजरगौड़ ब्राम्हण (मारवाड,मालवा)
(3) श्री गौड़ ब्राम्हण,
(4) गंगापुत्र गौडत्र ब्राम्हण,
(5) हरियाणा गौड़ ब्राम्हण,
(6) वशिष्ठ गौड़ ब्राम्हण,
(7) शोरथ गौड ब्राम्हण,
(8) दालभ्य गौड़ ब्राम्हण,
(9) सुखसेन गौड़ ब्राम्हण,
(10) भटनागर गौड़ ब्राम्हण,
(11) सूरजध्वज गौड ब्राम्हण(षोभर),
(12) मथुरा के चौबे ब्राम्हण,
(13) वाल्मीकि ब्राम्हण,
(14) रायकवाल ब्राम्हण,
(15) गोमित्र ब्राम्हण,
(16) दायमा ब्राम्हण,
(17) सारस्वत ब्राम्हण,
(18) मैथल ब्राम्हण,
(19) कान्यकुब्ज ब्राम्हण,
(20) उत्कल ब्राम्हण,
(21) सरवरिया ब्राम्हण,
(22) पराशर ब्राम्हण,
(23) सनोडिया या सनाड्य,
(24)मित्र गौड़ ब्राम्हण,
(25) कपिल ब्राम्हण,
(26) तलाजिये ब्राम्हण,
(27) खेटुवे ब्राम्हण,
(28) नारदी ब्राम्हण,
(29) चन्द्रसर ब्राम्हण,
(30)वलादरे ब्राम्हण,
(31) गयावाल ब्राम्हण,
(32) ओडये ब्राम्हण,
(33) आभीर ब्राम्हण,
(34) पल्लीवास ब्राम्हण,
(35) लेटवास ब्राम्हण,
(36) सोमपुरा ब्राम्हण,
(37) काबोद सिद्धि ब्राम्हण,
(38) नदोर्या ब्राम्हण,
(39) भारती ब्राम्हण,
(40) पुश्करर्णी ब्राम्हण,
(41) गरुड़ गलिया ब्राम्हण,
(42) भार्गव ब्राम्हण,
(43) नार्मदीय ब्राम्हण,
(44) नन्दवाण ब्राम्हण,
(45) मैत्रयणी ब्राम्हण,
(46) अभिल्ल ब्राम्हण,
(47) मध्यान्दिनीय ब्राम्हण,
(48) टोलक ब्राम्हण,
(49) श्रीमाली ब्राम्हण,
(50) पोरवाल बनिये ब्राम्हण,
(51) श्रीमाली वैष्य ब्राम्हण
(52) तांगड़ ब्राम्हण,
(53) सिंध ब्राम्हण,
(54) त्रिवेदी म्होड ब्राम्हण,
(55) इग्यर्शण ब्राम्हण,
(56) धनोजा म्होड ब्राम्हण,
(57) गौभुज ब्राम्हण,
(58) अट्टालजर ब्राम्हण,
(59) मधुकर ब्राम्हण,
(60) मंडलपुरवासी ब्राम्हण,
(61) खड़ायते ब्राम्हण,
(62) बाजरखेड़ा वाल ब्राम्हण,
(63) भीतरखेड़ा वाल ब्राम्हण,
(64) लाढवनिये ब्राम्हण,
(65) झारोला ब्राम्हण,
(66) अंतरदेवी ब्राम्हण,
(67) गालव ब्राम्हण,
(68) गिरनारे ब्राम्हण
सभी ब्राह्मण बंधुओ को मेरा नमस्कार बहुत दुर्लभ जानकारी है जरूर पढ़े। और समाज में शेयर करे हम क्या है
इस तरह ब्राह्मणों की उत्पत्ति और इतिहास के साथ इनका विस्तार अलग अलग राज्यो में हुआ और ये उस राज्य के ब्राह्मण कहलाये।
ब्राह्मण बिना धरती की कल्पना ही नहीं की जा सकती इसलिए ब्राह्मण होने पर गर्व करो और अपने कर्म और धर्म का पालन कर सनातन संस्कृति की रक्षा करें।
*************************************
नोट:आप सभी बंधुओं से अनुरोध है कि सभी ब्राह्मणों को भेजें और यथासम्भव अपनी वंशावली का प्रसार करने में सहयोग करें