·
·
अभय श्रेष्ठ
(साभार- नागरिक , बिहीबार २१ कार्तिक, २०७०)
देश संविधान सभाको चुनावले तातिँदा जुम्ला जाडोले कठ्यांग्रिएको छ।
प्रकृतिको स्वभाव पनि अचम्मकै छ। तिला कर्णालीको चिसो सोहोरिएर जुम्ला सदरमुकाम
खलंगामा साँझ–बिहान मुटु छेड्ने स्याँठ चल्छ।
दिउसो त्यहीँ तालु चर्काउने घाम र पूरै जिल्ला धुलाम्मे पार्ने हुरी चल्छ। जाडो
सायद जुम्लाको अर्धागिनी हो। त्यसबारे जुम्लाबासीले लोकगीतै बनाएका छन्। भदौमा
जाडो रूखको डाली र फेदमा हुन्छ रे। असोजको जाडो खोल्सामा, कात्तिकको जाडो आली र फाँटहरूमा, मंसिरको जाडो आँगनको छेउछाउ आइपुग्छ। पुसको जाडो थुक्नलायक हुन्छ।
माघको जाडो कुकुरले टोकेजस्तो हुन्छ। फागुनको जाडोले मुटु कमाउँछ। चैतको जाडोले
प्राणीहरुको इज्जत राख्छ, वैशाखको जाडोले पाखा हरियाली हुन्छ।
जेठको जाडो घरबाट भाग्छ, असारको जाडो पाटनतिर लाग्छ, साउनको जाडो घर फर्कन्छ। प्रकृतिको यही यही अचम्मको स्वभावले
जुम्ला बस्ने मान्छेको वर्ण एक हप्तामै कालो हुन थाल्छ।
जुम्लामा सम्भावनाका सहस्र ढोका
छन्। कति खुलिसके। कति खुल्नै बाँकी छन्। सुविधा र सम्भावना हेर्दा जुम्ला, खासगरी खलंगा र वरिपरिका सिम्खाडा, बुर्थबाडा, डाँडाकोट, मालाभिड, कार्तिकस्वामी, तिला र जवाको संगमस्थल दान साँघुलाई कर्णाली नभने पनि हुन्छ। कति
अर्थमा सदरमुकाम खलंगा बजार देशका सुविधा सम्पन्न सहरजस्तै भइसकेको छ। कर्णालीका
हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोट जान जुम्ला
खलंगाको कोख स्पर्श नगरी पुग्न लगभग असम्भव छ। यस अर्थमा यो कर्णालीको मुटु हो।
निकट भविष्यमै हिमाली र तराई क्षेत्रको यो विशाल वाणिज्य केन्द्रका रूपमा विकसित
हुँदैछ। त्यसका लागि मात्र कर्णाली मार्ग पक्की हुनु जरुरी छ। हवाई सेवा सबैभन्दा
प्रचलित हुनाले खलंगा बजार हुँदै अञ्चलका विभिन्न आकर्षक थलो पुग्ने पर्यटन रुट बन्न
थालेको छ। कर्णालीकै सम्भवतः सबैभन्दा आकर्षक पर्यटकीय थलो हो मुगुको रारा ताल।
चेरे चौर, डाँफे लेक, खाली, नेउरीगाढ, चौथा, भुलभुले, घुच्ची लेक, आरुगाढा, रैसुडा, पिना, भामबाडा, गमगढी हुँदै होस् वा नाग्मगाढ, कोइरेली, बड्की, नराघाट, पाण्डवगुफा, विराट, बोतामालिका, हाटसिञ्जा, कन्कासुन्दरी, चौथा, भुलभुले, घुच्चीलेकबाट पश्चिमतिर उकालो लाग्दा होस्, रारा पुग्न जुम्लाको खलंगा बजारको कोख स्पर्श गर्नैपर्छ। यसले
गर्दा खलंगा बजार वाणिज्य केन्द्र बन्नु स्वाभाविक हो। जुम्ला पानसय दरा, असी दरा, सिञ्जा दरा, चौधबीस दरा गरी चार वटा दरामा विभाजित छ। जुम्ली लेखक हरिबाबु
चौलागाईँको किताबअनुसार यी दराका जुनसुकै गाविसबाट एक दिनको पैदल यात्रामा
सदरमुकाम पुग्न सकिन्छ।
कर्णालीमा भोकमरी होइन, भातमारीको समस्या छ भनेर अभिव्यञ्जना गरिन्छ। यो नयाँ अभिव्यञ्जना होइन, तथापि सदाबहार सत्य हो। खासमा भातमारी हाम्रो देशव्यापी समस्या हो। कर्णाली त्यसको प्रतिनिधि चरित्र मात्र हो। खाना भनेको भात मात्र हो भन्ने मानसिकताले कर्णालीलाई लछप्पै छोपेको छ। त्यसले गर्दा भिटामिन र खनिज फालिएको सेतो चामल निर्यात गरेर गरिब कर्णालीको आँत सोस्ने, जाँगर मार्ने काम भएको छ। त्यसमा ठेकेदारी चलखेलको वर्णन गर्न हजार जिब्रा भएका शेष नागलाई पनि गाह्रै पर्ला। कर्णालीमा भोकमरी छ भनेर हल्ला गर्ने एनजिओ र मिडियाले सेतो चामलको निर्बाध आयातलाई सघाए। अर्कातिर केही एनजीओ यस्ता पनि छन् जसले जुम्लामा कृषिक्रान्तिको ढोका खोलिदिएका छन्। तिनको प्रशंसा जति गरे पनि कम हुन्छ। अर्गानिक खेती र उच्च सम्भाव्य क्षेत्रको पहिचान गरी तिनले उदाहरणीय काम गरेका छन्। यसले सिंगै जिल्लालाई अर्गानिक बनाउन सघाएको छ। संसारकै सबैभन्दा उच्च स्थानमा फल्ने धानको ख्याति यहाँको कालो मार्सीले आर्जेको छ। अर्गानिक स्याउ, ओखर, बन्दा, मुला, कालो सिमी, आलु, कागुनो, भाँगो, कोदो, फापर यहाँका आकर्षक उत्पादन हुन्। सिमीको दालबारे सिञ्जा क्षेत्रमा एउटा प्रसिद्ध गीतै छ–
आलुको तरकारीभन्दा सिमीको दाल मीठो
नक्कलीको लाल बोलीभन्दा मायाको गाल मीठो
जुम्लाका ढाल नाच, दमाहा नाच, हुड्क्या नाच एकादेशको कथा बन्न लागिसके। यस्तोमा मनोरञ्जनका आधुनिक माध्यम भित्रिसक्नुपर्ने हो। त्यसको भने सर्वथा अभाव देखिन्छ। नगर सभ्यताको पर्दा अझै राम्ररी खुलिसकेको छैन। मनोरञ्जनका लागि सिनेमा हल छैनन्। खुलेका केही पनि बन्द भइसके। गुन्डागर्दीले बन्द भएको हो वा बन्द भएर गुन्डागर्दी बढेको हो, जुम्लाबासीले छानबिन गर्न हतार भइसक्यो। यसले गर्दा बजारमा पनि हिन्दी गीतको आतंक खासै देखिन्न। दर्शक त हुँदा हुन्, नाट्यशाला छैन। रंगमञ्च तताउने जमात पनि छैन। पूरै जुम्लाबासीका लागि मनोरञ्जनका साधन सायद मदिरा, मासु र महिला हुन्। असोज ५ गते सांग्रिला एसोसिएसनको हलमा जुम्ला बाल साहित्य लेखन कार्यशाला उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले मुखै फोरेका थिए– 'यहाँ जति जाहेरी पर्छन्, ती सबै रक्सी खाएर पर्ने झगडाकै कारण छन्।' उनको भनाइमा एउटा आधार के देखिन्छ भने जुम्लाका जहाँसुकै खेतबारीमा काम गर्ने महिला र केटाकेटीमात्र देखिन्छन्। कहाँसम्म भने पुच्छर निमोठेर गोरु दाउने, धान झार्ने कामसमेत तिनैले गरिरहेका हुन्छन्। सांग्रिला एसोसियसनमा कार्यशाला चलिरहँदा जुम्ला एयरपोर्टमाथि पाखामा गाईगोरु नछिरुन् भनेर तीन जना महिला ढुंगा चिठेर पर्खाल लगाइरहेका थिए। आफ्ना 'जहान' बारे हाँस्दै तिनले भने, 'दिनभरि बजार घुम्ने, केटी हेर्ने, रक्सी खाने र बेलुकी तरकारी मीठो भएन भनेर झगडा गर्नेबाहेक केही काम छुँदैनन्।'
जुम्लाको सबैभन्दा ठूलो समस्या हो यातायात। तराई वा राजधानी पुग्न कर्णाली राजमार्ग भरपर्दो छैन। माथि नाक ठोकिने भिर, तल छंगाछुर भिरमुनि गहिरो कर्णाली नदी, बीचमा साँघुरो कच्ची बाटो, अर्को दिशाबाट गाडी आए घन्टौँ ब्याक हुनुपर्ने समस्या। यस्तोमा यात्रा सुरक्षित हुने कुरै भएन। अलि सुरक्षित हवाई यातायात हो तर त्यसले 'मरिसकेपछि ओखती गर्ने खतरा' सदाबहार छ। जस्तो कि कात्तिक १२ गते तारा एयरले लेखक, पत्रकार र कलाकारको ११ सदस्यीय टोलीलाई बिहान ११ बजे जुम्लाबाट नेपालगन्ज उडाउनुपर्ने थियो। त्यो दिन नभ्याइने भनी भोलिपल्ट बिहान ७ बजे जुम्ला–नेपालगन्ज र १० बजे नेपालगन्ज–काठमाडौँ उडाउने भाका दिइयो। भोलिपल्ट बिहान त्यही विमान सीमकोट–नेपालगन्ज, नेपालगन्ज–डोल्पा, डोल्पा–नेपालगन्ज, नेपालगन्ज–मुगु, मुगु–नेपालगन्ज, नेपालगन्ज–बझाङ, बझाङ–नेपालगन्जपछि बल्ल २ः३० बजे जुम्ला आइपुग्यो। नेपालगन्ज पुगेपछि पनि यति एयरका मालिक सोनाम लामाले पाँच जनालाई मात्र उडाउन सकिने, छैटौँ व्यक्तिको सम्भावना ७५ प्रतिशत भएको र बाँकीलाई दुई दिनपछि मात्र उडाउन सकिने जनाउ दिए। महँगा टिकटधारी यात्रु नपुगेपछि फेरि थप तीन जनालाई चढाउन सकिने आश्वासन दिइयो। लेखक–पत्रकारले त यो हालत भोग्नुपर्छ भने सर्वसाधारणको हालत कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ। प्रस्ट छ, हवाई यातायातलाई कर्णालीबासीको गच्छे पुग्दैन। पक्की कर्णाली मार्ग नै कर्णालीबासी औकातअनुसार हुनेछ। त्यसले पनि अझै कर्णालीको सम्भावनाको अर्ध कद तस्बिरमात्र खिच्न सक्छ। संघीय राज्य बनेपछि मात्र कर्णालीको पूर्ण कदको तस्बिर खिचिएला ।

No comments:
Post a Comment