Thursday, December 25, 2014

शहरीकरण र आदर्श ग्रामका लक्ष्यमा दुई ठूला अर्थतन्त्र



 विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका दुई ठूला मुलुक चीन तथा भारत हाल आफ्ना नागरिकलाई आधारभूत सुविधा उपलब्ध गराउन, उनीहरूको आर्थिकस्तर उकास्न तथा उनीहरूलाई समृद्धि दिन दुई पृथक र विपरीत दृष्टिकोणका योजनामा अगाडि बढेका छन् ।
विश्वका पहिला र तेस्रा ठूला अर्थतन्त्र बनेका यी मुलुकलाई पश्चिमेली विकसित मुलुकले ठूला बजार र अवसरका रूपमा हेरेका छन् भने यी दुबै मुलुकका नेताले आफ्ना जनतालाई ठूला उत्पादन क्षेत्रका रूपमा हेरेका छन् । यी दुबै नेताका योजनालाई स्थानीय जनताले निकै आशाले हेरेका छन् भने आलोचकहरू उनीहरूको महत्वाकाँक्षा पूरा नहुने दाबी गर्छन् ।
एक अर्ब ३५ करोड जनसङ्ख्यायुक्त चीनका राष्ट्रपति सी जिनपिङको योजना सहरोन्मुख छ भने एक अर्ब २० करोड जनसङ्ख्यायुक्त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको योजना गाउँउन्मुख छ । चीनले ग्रामीण कामदारलाई सहरतर्फ आकर्षण गरेको छ र सहरलाई नगर, साना, मझौला र ठूलो सहरको रूपमा विभाजन गरी तिनीहरूबीच सञ्जाल विकास गर्ने योजना अगाडि बढाएको छ । भारतले आदर्श गाउँको कल्पना गरेको छ र ती गाउँलाई प्रमुख सडकले जोड्ने योजना अगाडि बढाएको छ । दुबैको लक्ष्य अढाई अर्ब जनतालाई आधारभूत सुविधा उपलब्ध गराउने र उनीहरूमा समृद्धि वितरण गर्ने रहेको छ ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको चीनले यसै वर्षको मार्च महिनामा सन् २०१४ देखि २० का लागि सहरीकरण योजना अगाडि सारेको छ र यसलाई मानव केन्द्रित वातावरणमैत्री मार्गमा अगाडि बढाउने दाबी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तथा मुलुकको मन्त्रिपरिषद् राज्य समितिले गरेको छ ।
सिन्ह्वा समाचार संस्थाले यसलाई चीनको आधुनिकीकरण प्रयास र दिगो तथा स्वस्थ्य आर्थिक विकासको बलियो संयन्त्रको रूपमा लिएको छ । गत केही वर्षमा चीनको खस्कदो निर्यातको विकल्प खोज्नु यस मुलुकको दिगो आर्थिक वृद्धिका लागि आवश्यक भइसकेको अवस्थामा चीनले घरेलु मागलाई विकासको आधारभूत औजारको रूपमा लिएको छ र सहरीकरणले नै घरेलु माग विस्तार गर्नसक्ने अनुमान गरिएको छ ।
हाल चीनको कुल जनसङ्ख्याको ५३.७ प्रतिशत सहरमा बसोबास गर्छन् र त्यो औसत रूपमा विकसित मुलुकको औसतमा ८० प्रतिशत जनसङ्ख्या सहरमा बसोवास गर्ने अवस्था भन्दा कम हो । त्यसै पनि विकासशील मुलुकको औसतमा ६० प्रतिशत जनसङ्ख्या सहरमा बसोवास गर्ने अवस्थामा चीनको प्रतिशत त्यसै पनि कम हो । चीनको घरपरिवार दर्ता प्रणाली लाई हुकोउ भनिन्छ र यसमा केबल ३५.७ प्रतिशत चिनियाँ जनतामात्र सहरी क्षेत्रमा बसोवास गरेको देखिन्छ ।
वास्तवमा सहरीकरणले ग्रामीण क्षेत्रका जनताको नगरमा रोजगारीले उनीहरूको आय बढ्ने र उनीहरूको उपभोक्ता सम्भावना पनि बढ्ने अनुमान गरिएको छ । यसले सहरी क्षेत्रको आधारभूत संरचना, सार्वजनिक सेवा तथा भवन निर्माणमा लगानी बढाउँछ भने सहरी क्षेत्रमा जनताको बसोवास बढ्दा यी आधारभूत सुविधामा उनीहरूको पहुँच बढ्छ । यसले अन्त्यमा आर्थिक विकासका लागि संयन्त्र उपलब्ध गराउँछ ।
चीनमा हाल करिब २६ करोड ९० लाख कामदार सहरमा ग्रामीण क्षेत्रमा आप्रवासीको रूपमा रहेको देखिन्छ र उनीहरूलाई हुकोउ प्रणाली अनुसार सहरमा दर्ता गरिएको छैन । यसैले उनीहरूले नगरमा सार्वजनिक सेवामा पहुँच पाउँदैनन् । हालको यस दर्ता तथा सुविधा व्यवस्थालाई हटाउने र मुलुकका सबै जनतालाई आधुनिकीकरणको उपलब्धिहरू उपभोग गर्नसक्ने बनाउने लक्ष्य यस सहरीकरण योजनाले लिएको छ ।
चीनले ग्रामीण जनतालाई उचित प्रवाहमा राखेर सहरी नागरिक बनाउने र उनीहरूलाई सरहमै आधारभूत सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्य यस योजनामा राखिएको छ । यसका साथमा सहर र ग्रामीण क्षेत्रबीच समन्वय गर्न साना नगरका संरचना तयार गरिने, त्यसलाई पर्यावरणीय नागरिक सभ्यतामा ढाल्न प्रयास गरिने भएको छ र सम्पूर्ण सहरीकरणलाई वातवरणीय मैत्री बनाउने अपेक्षा गरिएको छ ।
यसरी चीनले सन् २०२० सम्म सहरी क्षेत्रमा बसोवास गर्ने कूल जनसङ्ख्या ६० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । यसरी हुकोउको दर्ता प्रणालीमै पनि सहरी क्षेत्रमा बसावास गर्ने जनताको सङ्ख्या ४५ प्रतिशत हुने अनुमान गरिएको छ । यस अवधिमा १० करोड आप्रवासी कामदारले नगरको स्थायी बासिन्दाको स्तर पाउनेछन् र उनीहरूले सहरी सुविधा प्राप्त गर्नेछन् ।
यस योजनामा मध्यमआकार तथा साना आकारका सहरको स्थापना गरी साना नगरको निर्माण गर्ने र त्यसलाई एकआपसमा सञ्जालमा बाँध्ने लक्ष्य लिइएको छ । यसबाट ठूला सहरको भूमिका स्पष्ट हुने व्यवस्था गरिनेछ । यी सबैमा हरियाली उत्पादन तथा उपभोग सहरी आर्थिक क्रियाकलापको मूल प्रवाह हुने व्यवस्था गरिनेछ । त्यहाँ स्वच्छ वातावरण, हावा तथा स्वच्छ खानेपानीको व्यवस्था हुनेछ । यस परियोजनामा ६.८ हजार अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।
अर्कोतिर भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आदर्श ग्राम योजना अगाडि सारेका छन् । भारतको ८३ करोड जनसङ्ख्या गाउँमा बसोवास गर्छन् भने ३७ करोड जनता नगरमा बसोवास गर्छन् । प्रधानमन्त्री मोदीले आफ्नो मुलुकलाई विश्वको सबैभन्दा युवा मुलुक भनी घोषणा गर्नुभएको छ भने उहाँले यहाँका युवा विश्वमा प्राविधिक तथा यहाँका उत्पादनलाई विश्वमा उपभोग्य साधनको रूपमा वितरण गर्ने महत्वाकाँक्षी योजना तयार गरेका छन् ।
रेडिफ न्युजका लागि शीला भटका अनुसार अक्टोबर ११ मा जयप्रकाश नारायणको जन्मदिनमा प्रधानमन्त्रीले मोदीले सार्वजनिक गर्नुभएको सांसद आदर्श ग्राम योजनाका लागि राज्यले त्यसै पनि पहिले देखिनै संसदलाई स्थानीय विकास परियोजनाका लागि उपलब्ध गराउने गरेको चार हजार करोड रूपैया उपलब्ध छ ।
भारतमा लोकसभामा ५४३ सदस्य छन् भने राज्यसभामा २५० सांसद छन् । प्रत्येक लोकसभा सांसदले स्थानीय विकासका लागि पाँच करोड रूपैयाँ स्थानीय विकासमा खर्च गर्न पाउँछन् । राज्यसभाका सदस्यले आफूले पाउने रकम मुलुकको कुनै पनि क्षेत्रमा खर्च गर्न पाउँछ ।
यसरी हेर्दा पाँच वर्षको अवधिमा लोकसभाका सांसदले १३ हजार ५७५ करोड र राज्यसभाका सदस्य सात हजार ५०० करोड खर्च गर्न पाउनेभएको भटले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार सांसद आदर्श ग्राम योजनाको निर्देशिका वास्तवमै ग्रामीण भारतका लागि अचम्मलाग्दो छ । यस योजनामा सांसदले आफ्नो नजिकको नातेदारको गाउँ छनौट गर्न पाउने छैनन् । उनीहरूले सन् २०१४ मा छनौट गरेको गाउँ सन् २०१६ सम्म आदर्श गाउँमा परिणत हुनुपर्नेछ ।
तीन वर्षसम्म एक गाउँमा काम गरेपछि सांसदले अर्को गाउँ छनौट गर्नुपर्नेछ र उनीहरूले आफ्नो कार्यकालमा दुई गाउँको विकास गर्नुपर्नेछ । मोदीको सरकारले यसरी सन् २०१९ पछि प्रत्येक वर्ष एक गाउँलाई आदर्श गाउँको रूपमा विकास गर्नुपर्ने र यो योजना सन् २०२४ सम्म निरन्तर राख्नुपर्ने नीति सार्वजनिक गरेको छ । सरकारले यस योजनाको प्रमुख उद्देश्य यसरी सांसदले काखमा लिएको गाउँमा गरिबी हट्नुपर्ने हुने उल्लेख गरेको छ ।
सरकारले जारी गरेको यस निर्देशिकामा सबै प्रकारको आधारभूत संरचना निर्माण गर्नुपर्ने र यसो गर्दा लैङ्गिक समानता, महिला सशक्तीकरण, सम्मान, सामाजिक न्याय, सफाइ, सामुदायिक सेवा, शान्ति, समन्वय तथा वातावरणमैत्रीपनालाई जोड दिनुपर्ने उल्लेख भएको छ ।
यस परियोजनाअनुसार घरबिहीनलाई पक्का घरको व्यवस्था गर्नुपर्नेछ र त्यसमा पूर्ण सफाइको सुविधा हुनुपर्नेछ । यी गाउँमा राम्रा विद्यालय हुनुपर्नेछ र त्यहाँका कक्षाकोठामा सूचनाप्रविधिको व्यवस्था हुनुपर्नेछ । त्यस गाउँमा इलेकट्रोनिक पुस्तकालयको व्यवस्था हुनुपर्नेछ र वेबमा आधारित शिक्षा प्रदान गर्नुपर्नेछ । यस योजनामा स्वास्थ्य कार्डको व्यवस्था गरी सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, उनीहरूको स्वास्थ्य परीक्षण हुने तथा पूर्ण खोपको व्यवस्था हुने व्यवस्था गर्नुपर्नेछ ।
भटका अनुसार आदर्श गाउँमा पाइपबाट खानेपानी उपलब्ध गराउने, ती गाउँलाई प्रमुख सडकसँग जोड्ने, सबै घरमा विद्युत् आपूर्ति हुने, गाउँमा पुस्तकालयको व्यवस्था हुने तथा सार्वजनिक क्षेत्रमा टेलिकम तथा ब्रोडब्यान्ड जडान गर्नुपर्ने र सीसीटीभीको व्यवस्था हुनुपर्ने योजना बनेको छ । गाउँमा इ–प्रशासनको व्यवस्था हुनुपर्नेछ ।
आदर्श गाँउ योजनामा गाउँमा सबै गाउँलेलाई कार्डको व्यवस्था हुनेछ । त्यसमार्फत आमआदमी बिमा योजना, सार्वजनिक वितरण प्रणालीमा पहुँच, सामाजिक सुरक्षा, प्रौढ, अशक्त र बिधुवालाई निवृत्तिभरणको व्यवस्था हुनेछ । सरकारले सांसदहरूलाई ती गाउँका बासिन्दाको सरसफाइको बानी, शारीरिक व्यायाम, मदिरा सेवन, चुरोट तथा नसाका विषयमा ध्यान दिन आग्रह गरेको छ । यस योजनामा जिल्ला प्रशासकले समन्वयकर्ताको भूमिका खेल्नेछन् ।
प्रधानमन्त्री मोदीको योजना सफल भएमा सन् २०१९ सम्म दुई हजार ५०० गाउँ पूर्णरूपमा विकास हुनेछन् र सांसदहरूले गम्भीरतापूर्वक काम गरेमा त्यसले छिमेकी गाउँमा पनि प्रभाव पार्नेछ । त्यसो त भारतमा दुई लाख ५० हजार गाउँपञ्चायत छन् र सन् २०१९ सम्म केबल एक प्रतिशत गाउँ आदर्श गाउँ बन्नेछन् । यसैले आलोचकहरू चिनियाँ सहरीकरणको योजना तथा भारतीय आदर्श ग्राम योजना दुबै महत्वाकाँक्षी परियोजना मात्र भएको दाबी गर्छन् ।
हालैमात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१४ को अन्त्यसम्म चीनको खरिद क्षमता समायोजित कुल गार्हस्थ उत्पादन १७.६७३ हजार अर्ब हुने र त्यो विश्वको कूल गार्हस्थ उत्पादनको १६.४८ प्रतिशत हुने अनुमान गरेको छ । चीन त्यसै पनि अब विश्वका पहिलो अर्थतन्त्र बनेको छ । त्यसो त अमेरिकाको यसै अवधिमा खरिद क्षमता समायोजित कुल गार्हस्थ उत्पादन १७.४१६ अर्ब हजार अर्ब हुने र त्यो विश्वको कूल गार्हस्थ उत्पादनको १६.२८ प्रतिशत हुने अनुमान गरिएको छ ।
यस अनुमानमा भारतको खरिद क्षमताको समायोजित कुल गार्हस्थ उत्पादन ७.२७७ हजार अर्ब अमेरिकी डलर हुने र त्यो विश्वको कूल गार्हस्थ उत्पादनको ६.८ प्रपतशत हुने अनुमान गरिएको छ । यस अर्थमा भारतीय अर्थतन्त्रले तेस्रो स्थान हासिल गरेको छ । अमेरिकी अर्थतन्त्रको आधार मध्यमवर्गीय परिवार हो भनिएको अवस्थामा भारतले आफ्नो सम्भावना प्रयोग गरे अमेरिकी अर्थतन्त्रलाई नउछिन्ने प्रश्न देखिन्न । तर के यी दुई ठूला मुलुकले आफ्ना जनताको पूर्ण सम्भावना प्रयोग गर्ने छन् त ? हेर्न बाँकी छ ।

Tuesday, October 14, 2014

पत्याउदाँ पत्याउदैँ


साभार=लक्ष्मण गाम्नागे
यिनीहरूले हा मीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने
हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं ।
हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले
र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले ।
यिनीहरूले हामीलाई, हाम्रो सम्पूर्ण दुर्भाग्यको कारण राजतन्त्र हो भने
हामीले फेरि पत्यायौं र राजतन्त्र विरुद्ध लड्यौं ।
हेर्दाहेर्दै यिनीहरू कहिले राजाको बाहुलीमा नाम चढाउन गए
कहिले पाउमा दाम चढाउन गए ।
यिनीहरूले संबिधानसभा नयाँ नेपाल बनाउने कडी हो भने ।
देशमा चमत्कार गर्ने जादुको छडी हो भने ।
त्यो पनि हामीले मान्यौ र भोट हालेर यिनीहरूलाई छान्यौं ।
हेदौहेर्दै यिनीहरूले सम्विधानसभालाई डान्स रेष्टुरेन्टमा ढाले ।
र मात्तिएर नाङ्गा नाङ्गै नाच्न थाले ।
यिनीहरूले हामीलाई धर्म भनेको अफिम हो भनेर पढाए ।
हामीले पत्यायौं र मन्दिरहरू भत्कायौं ।
पुरेतहरूका जनै चुँडाल्यौं र झाँक्रीका ढ्याङ्ग्राहरू फुटाल्यौं ।
ज्योतिषीहरूका घुँडा फुकाल्यौं र पूजारीहरूका लँगौटी उतार्यौं ।
हेर्दाहेर्दै हामीलाई मन्त्र दान गर्ने यी गुरुहरू हनुमानचालिसा पाठ गरेर
मन्त्री हुने जपना गर्न थाले ।
मसान बाबाहरूका खुट्टाको पानी अचाएर
शक्ति हत्याउने सपना देख्न थाले ।
हुँदाहुँदा यिनीहरू सत्ता आरोहणको लालसामा भैंसीको पूजा गर्न थाले ।
यिनीहरूले हामीलाई फिलिमले विकृति ल्याउँछ भन्दै
सिनेमा हलमा आगो झोस्न लगाए ।
र हेर्दाहेर्दै यिनीहरू आफैं राम्रा राम्रा फिलोइनहरू छानेर फिला जोडेर नाच्न थाले ।
हामीलाई भातको राजनीति चाहिएको थियो,
यिनीहरूले जातको राजनीति लिएर आए ।
हामीलाई मनको राजनीति चाहिएको थियो,
यिनीहरूले लिङ्ग र स्तनको राजनीति लिएर आए ।
हाम्रो सिङ्गो जीवनलाई नरकतिर धकेलेर, यिनीहरूले स्वर्ग भोगे ।
नेपाल आमालाई ब्रह्मनालमा सुताएर,
कसको चावी खोसे र राष्ट्रिय ढुकुटी लुटे ।
हामीलाई थाङ्नामा सुताए यिनीहरूले,
र पिसाव फेरे हाम्रा सपनाहरूमाथि ।
यसरी यिनीहरूले बारम्बार हामीलाई लत्याए,
हामीले यिनीहरूलाई बारम्बार पत्यायौं ।
यिनीहरूलाई पत्याउँदा पत्याउँदै, हाम्रा बराजुहरू भोकै मरे ।
बाजे बज्यैहरू नाङ्गै मरे ।
यिनीहरूको आश गर्दागर्दै हाम्रा बाबुआमाहरू रोगैरोगले थला परे ।
यी चौथो लिङ्गी नेताहरूकै अकर्मन्यताले
हाम्रा कति भाइहरू, विदेशी भूमिमा बन्धक भएर रोइरहेका भेटिए ।
कति जिउँदै गाडिए, कतिका घाँटी रेटिए ।
कति हाम्रा छोरीचेलीहरू उतै बलात्कृत भए, कति मारिए ।
कति छोराहरूले घरको छाना टाल्न किड्नी काटेर बेचे,
कति आमाहरूले भोकको ज्वाला सहन नसकेर,
नावालक छोराछोरी सहित खोलामा हाम फालेर आत्महत्या गरे ।
तर, अहँ !
यी दुईखुट्टे टमीहरूको पुच्छर (कुकुरै भन्न खोजेको होइन ),
जति वर्ष ढुङ्ग्रामा हाले पनि कहिल्यै कहिल्यै कहिल्यै नसोझिने रहेछ ।
यी दुईखुट्टे डङ्कीहरूलाई (गधा भनेर कसरी भन्नू !),
जति धोए पनि कहिल्यै कहिल्यै कहिल्यै गाई नबन्ने रहेछन् ।
त्यसैले आउनुहोस्, आउनुहोस् !
यो नागरिकसभामा एउटा अन्तिम घोषणा गरौं
कि अन्तिम एकपटक, फेरि हामी तिमीहरूलाई पत्याइदिँदैछौं
अन्तिम मौका,कि ए ढाँटका खानीहरू हो !
नयाँ नेपालको हवाई सपना नदेखाओ हामीलाई सिङ्गापुर र स्विट्जरल्याण्डका जुवाडे गफ
नसुनाओ हामीलाई, लौ, यो गरिब राष्ट्रको
अरबौं रुपैया खाएको पाप पखाल्न,एउटा संबिधानको किताब मात्र
बनाएर देखाओ हामीलाई, तिमीहरूको मृत्युमा
हामीले खुशी मनाउनुअघि, नयाँ दिल्लीले थाहै नपाई
कम्तिमा एउटा सरकार बनाएर देखाओ हामीलाई ।

Wednesday, October 8, 2014

गलत लाग्छ मलाई मेरो देशको इतिहास


(भुपि शेरचनका  कबिताबाट साभार)

तस्बीर सौजन्य- गुगल
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा,
गल्ली-गल्लीमा,
देश-विदेशमा,
यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु क-दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

Sunday, October 5, 2014

राजेश्वरी अब सपना देख्दिनन्





समकालिन समयका प्रत्येक टुक्रामाथि,
राजेश्वरीका यिनै हातहरुले छिनो-हथौडा चलाएका थिए।
उखरमाउला  ढुंगा-पात्थरले छापेका
जिबनका उकाला बाटोहरुमा
यै पहाडी ज्यानले बुर्कुसी मारेको थियो।
साल र देबदारु जस्तै अग्ला समस्याहरुमा
यिनै पाखुरीहरुले आरी चलाएका थिए।
जब्बर उकालो होस या अख्खर भिरालो होस् ,
पहाड जतिकै कठोर यो ज्यानलाइ आफनो माटो जतिकै
अन्तरंग र अर्थपुर्ण बनाएकि थिइन राजेश्वरीले ।
हिउभित्र पनि आगो हुन्छ,उनलाइ थाहा थीयो ।
बनावटी प्रारुपलाइ उनले पढन जानेकी थिइन् ।
उन्ले सपना देख्न सिकेकी थिइन।
यिनै सपनाले उसलाइ यत्र तत्र डुलायो।
जीबनका बिबिध रंग र स्वाद चखायो।
प्रतिजैबिकीले जस्तो
उनले संक्रमण रोकिन,
क्ष-रश्मीले जस्तै
आन्तरिक चोटहरु पहिल्याईन् ।
हो,  अबिचलित चट्टानजस्तो
राजेश्वरीमा गाइको जस्तो सोझोपन थियो,
साउनका पहाडी खोलाको जस्तो
जिबनको लय थियो ।
पहाडको झरनाले सिकाएको संगीत बोक्दै
बाटोमा भेट्टिने नालाहरु समेटदै
यात्रामा अगाडी आएका नदी महानदीहरुसंग
सम्झौता र सहकार्य गर्दै
जिबन अब नयाँ नयाँ किनारामा ठोक्किदैछ ।
यिनै पर्बत-पठारका काँधमा दौडदै चिप्लिदै ऊफ्रिदै
सागरको कुनै अतल गहिराईमा जिबन निख्रिदैछ ।
उम्रिएका सपनाहरु,
तुहेका सपनाहरु, कुहेका सपनाहरु
फलेका सपना , फुलेका  सपना
सपनाहरुका भिडमा जिबन भिडकिदैछ ।
जिबन निचोरिएकोछ ।
त्यसैले होला, सपनाहरुको यो महा-मैदानमा
हामीसंग सपना छैनन ।
राजेश्वरीसंग सपना छैनन ।
त्यसैले होला, चुलो-चौकामा सिमित भएरै
राजेश्वरी अब सपना देख्दिनन् ।
आवाजको अन्तिम मुकाममा
मौन समयले स्वागत गरिएको जस्तो
राजेश्वरी दंगदास छिन ।

किनकि राजेश्वरी अब सपना देख्दिनन् ।

Wednesday, September 17, 2014

खतड़वा संकराद




बच्चों-किषोरों का झुंड
उल्लास से भरा
इकट्ठा करने में जुटा है केड़-पात
मक्के के ठँूठ , सूखे झील-झंखाड़
ढूँढ-ढूँढकर लाए जा रहे हैं
गाँव भर से
सबसे ऊँची टिकड़ी में गाँव की
बनाया जा रहा है ढेर ।
घसियारिनें लगी हैं
घास के पूले के पूले काटने में
भर पेट खिलाना जो है आज के दिन
इतना कि
गाएँ उसी का सोत्तर बनाकर सो जाएंँ।
षाम होने को आई
लौट रही हैं घसियारिनें
घास का लूटा सा ही पीठ में लादे
इसी घास से बनाए जाएंगे बुड़ि के पुतले
डाले जाएंगे -
गोशाला की छत पर
गोबर के खात पर
लौकी-कद्दू-ककड़ी -तोरई के बेलों में
एक साथ ले जाई जाएगी
टिकड़ी में बने ढेर में जलाने ।
अब सारी तैयारी पूरी हो चुकी है
जल उठी है मषालें
सिन्ने के ढाँक साथ बुड़ि का पुलता
पकड़कर
भीतर से लेकर गोठ के ओने-कोने से
झाड़-पोछकर
बाहर भगाया जा रहा है बुड़ि को।
हाँेक लगाकर -
‘भ्यार निकल बुड़ि ,भ्यार निकल ’।
दौड़ पड़े हैं सभी टिकड़ी की ओर
मषाले लहराते
समवेत स्वर में चीखते-चिल्लाते
सार गाँव गूँज उठा है
/ऐसे में भला बुड़ि कहाँ छुपी रह सकती है
कितना सुदंर लग रहा है गाँव
अंधकार दुबक रहा है जान बचाकर ।
एक इषारा पाते ही
धू-धू जल उठा है केड़-पात का ढेर
झोंक दी गईं हैं उसमें सारे के सारे पुतले ।
फैल गईं हैं आसमान में असंख्य चिनगारियाँ
हर पहाड़ी ने
थाम ली हो जैसे एक-एक मषाल
और समवेत स्वर चक्र बन घूमने लगे हों घाटी में ।
पता नहीं कब से
हर साल
बुड़ि को खदेड़कर सुपुर्दे खाक करते
आ रहे हैं ये लोग
पर बुड़ि है कि फिर -फिर लौट आती है।
By-mahesh chandra punetha/

सुदुरपश्चिममा बुढी पोल्ने पर्व मनाईदै Sajhasabal

Saturday, September 13, 2014

आहा! स्वर्गद्वारी !!

                                       
( साभार- निबेदन वैद्य, अनलाइन खवर/३१ भााद्र ०७३ )

प्यूठानको स्वर्गद्वारी मन्दिर नेपालको चर्चित धार्मिक पर्यटकीयस्थल हो । तर, यो सुन्दर स्थलको दर्शन गर्ने अवसर धेरै मानिसले पाउन सकेका छैनन् । विगतमा यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भए पनि अब स्वर्गद्वारीको यात्रा सहज बनेकोे छ ।

पहाडको टाकुरामा वरिपरि जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ । यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भन्छि । पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिम स्थान यहीे बाटो भएर गएकाले यसको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ ।

स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारीबाट आठ हजार मीटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिम श्रृंखला हेर्न पाइन्छ ।
स्वर्गद्वारीबाट देखिने हिमाल अन्नपूर्ण, धौलागिरी र मनास्लु लगायत छन् । विशेष गरी धौलागिरीलाई नजिकबाट नियाल्न स्वर्गद्वारी उपयुक्त स्थान हो ।

स्वर्गद्वारीको महत्व नेपालमा जस्तै भारतमा पनि छ । यही भएर बर्षेनी एक लाख भन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्वारी पुग्ने गर्दन् ।
रोल्पाका बाल तपस्वी हंसानन्द गिरी (महाप्रभु) ले विस १९५२ मा १ हजार ६ सय रोपनी जग्गामा स्वर्गद्वारी मन्दिरमा आश्रम बनाएका थिए ।
स्वर्गद्वारी मन्दिर १२० वर्ष पुरानो रहेको बताइन्छ । यहाँ अखण्ड ज्वालासहित धुनी, वेद पाठ र बली विनाको पूजा एवं हवन हुँदै आएको छ ।
मन्दिर परिसमा गणेश, देवी, सूर्य, बिष्णु, तथा शिवका मूर्ति र मन्दिरहरु बनाइएका छन् । मन्दिर आएका भक्तजनहरुलाई खान र बास बस्नका लागि मन्दिर व्यवस्थापनले नै चाँजो पाँजो मिलाउने गरेको छ ।
स्वर्गद्वारीमा विशेष गरी बैशाख पूणिर्मा, बुद्धजयन्तीमा बिशेष मेला लाग्छ । त्यसबेला भारत र नेपालका हजारौ भक्तजनहरु आउने भएका कारण खानपिन तथा बासको व्यवस्थापनका लागि समस्या हुने गरेको छ ।
स्वगद्वारी मन्दिर परिसरबाट १५ मिनेटको पैदल दुरीमा महाप्रभु गुफा रहेको छ ।
स्वर्गद्वारी जाने बाटो
मन्दिर कसरी पुग्ने भन्ने विषयमा नेपालमा सहरी क्षेत्रमा उचित प्रसार प्रसार हुन नसक्दा जति आन्तरिक धार्मिक पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
काठमाण्डौबाट नेपालगञ्जसम्म हवाई यात्रा र त्यसपछि रोल्पा चल्ने बसमा प्युठानको भिङ्रीसम्म सार्वजनिक बसमा जान सकिन्छ । त्यसपछि ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ । त्यहाँबाट निजी सवारी साधन पनि मन्दिर परिसरसम्म प्रयोग गर्न सकिन्छ ।

Thursday, September 4, 2014

अमान्य संज्ञा 'आदिवासी'

( साभार- सौरभ, सेतोपाटि )
राम्रै भयो संविधान नबनेको। किनभने जातीय 'इन्जिनियरिङ' गरेर एउटै देशभित्र कसैलाई पहिलो दर्जाको र कसैलाई दोस्रो दर्जाको नागरिक बनाउने माओवादी धृष्टता पहिला गल्नैपर्छ। यद्यपि राज्यले दिएका अधिकार र अवसरमाथि सबैको समान पहुँच हुनुपर्छ भन्ने कुरामा शङ्का छैन। यथार्थ के भने पटक–पटक 'आदिवासी हौँ' भनेर कुर्लिरहने एक पक्षको दाबीसँग सहमत हुने ठाउँ छैन। कुरा यसरी सुरु गर्दा पाठकहरूलाई बुझ्न सजिलो पर्नेछ।
 
भाग पहिलो
 
सन् १८५० मा पाल्पाबाट एउटा फूल काठमाडौं पुगेर देशैभरि छरियो, 'दहेला फूल'। अङ्ग्रेजीको दालियाबाट नेपालीकरण भएको भए पनि यतिबेला लाहुरे फूलले चिनिन्छ यो, यसको सबैभन्दा ठूलो एसियाई केन्द्र लाहोरबाट, न कि कुनै लाहुरे विशेषबाट। तर थकाली भाषामा 'पाल्पु मेन्दो' भनिने यसको नाममा परेको पाल्पु शब्द पाल्पाको निम्ति होइन, काठमाडौंका निम्ति हो।
 
नेवार पुरुष र तिब्बती महिलाबाट सुरु भएको ठानिने थामीहरू सँगसँगै जस्तो बसोबास गर्ने जिरेलहरूमा त नेवार र पाल्पा थर नै हुन्छ। कलाकार अरनिकोको अर्को नाम पल्पु पनि हो, जसलाई बालकृष्ण समले संस्कृतकरण गरिदिए, बलबाहु। यी मङ्गोल सम्बन्धित तथ्यहरू हेर्दा लाग्छ, चिनियाँहरूले मध्यनेपाली पहाडी इलाकालाई राखेको एउटा पुरानो नाउँ 'पाल्पा' (खेत कुर्ने छाप्रो भएको ठाउँ) थियो। तर वि.सं. १६१६ मा काष्ठमण्डप बनेपछि यो अनौपचारिक नाउँ वर्तमान पाल्पामा अरू सीमित हुँदै गयो। यहाँनेर जिरेल र थामीहरू भएको भेग काभ्रेपलान्चोकको पला र सिन्धुपाल्चोकको पाल अंश पनि पाल्पासँग ध्वनि साम्यता राख्छन् भन्ने यथार्थ बिर्सन मिल्दैन।
 
खेतसँग सम्बन्धित यो शब्दलाई नियाल्ने हो भने नरेन्द्रदेवको समय, छैटौँ शताब्दीदेखि मात्रै नेपालमा धानखेती सुरु भयो र चन्दननाथले जुम्लामा ७ सय वर्ष अघिमात्रै चामल ल्याए भन्ने हाम्रा ऐतिहासिक लेखाइहरू सबै कोरा गफ हुन्। मार्सीमध्येको एउटा प्रजाति (कल्टिभार) कालो मार्सी उनले ल्याए, त्यति नै हो। यहाँनेर स्पष्ट भन्नुपर्दा चामल खानेलाई नवागन्तुक र कोदो वा अन्य खानेलाई आदिवासीमा दर्ता गर्न खोज्ने जेम्स फिसरको परोक्ष प्रयास नै हावादारी छ (ट्रान्स हिमालयन ट्रेडर्स, पृ. ९२)।
 
कारण स्पष्ट छ, मेक्सिकोबाट लाहुरे फूल सङ्कलन गरिएको ६० वर्षभित्रमा पाल्पाको बाटो हुँदै जंगबहादुर राणाले त्यसलाई उपत्यका भित्र्याएका थिए। बारबाडोसबाट भुइँकटहर सङ्कलित गरिएको १२ वर्षपछि नै १६६३ मा भक्तपुरमा त्यो देखा परेको थियो अर्थात् त्यस द्रुतगतिमा खाद्य वनस्पति विस्तार हुन जाने पृष्ठभूमिमा, चीनमा धानखेती सुरु भएको १३ हजार वर्ष र कोरियामा १५ हजार वर्ष भइसक्दा नेपालमा १५ सय वर्षअघि मात्र धानखेती सुरु भयो भन्नुजस्तो वंशावलीहरूको मूर्खता र चामल खानेचाहिँ नयाँ आब्रजक हुन् भन्न खोज्ने नृवंशशास्त्रीय पटमूर्खता अर्को हुनै सक्दैन।
 
अर्कातिर ठ्याम्मै उल्टो कुरा के भने वर्णाश्रमभित्र नपरेका विभिन्न जातजातिबीच लोकप्रिय कोदो (इल्युसिन कोकाना) को अङ्ग्रेजी नाम नै 'अफ्रिकन मिलेट' हो। किनभने त्यसको उत्पत्ति इथियोपियामा भएको हो। अनि त्यसको एसिया आगमनको प्राग्ऐतिहासिक उल्लेख ४ हजार वर्षभन्दा पुरानो छैन। लिम्बू भाषामा चिलिङसेले चिनिने कागुनो पनि पूर्वी एसियाको रैथाने हो र चीनमै पनि यसको खेती ४७ सय वर्षअघि जाँदैन। तुम्ब्री अथवा परामाले चिनिने जुनेलो भूमध्य सागरीयदेखि मध्यएसियाई हो। क्यावो अथवा साम्मोक्पाले चिनिने मीठे फापर मध्यएसियाई हो, जसको चीनमै खेती पनि ४६ सय वर्षअघि जाँदैन। रैथाने चिनु (पनिकम मिलिकम) र नाफल (पनिसेटम टाइफइडस) को खेती पूर्वमा पाइएको छैन। मार्से (अमारान्थस कडाटस) अमेरिकाबाट भित्रिएको बढीमा ४ सय वर्ष मात्र भयो र जई (अभेना साटिभा) उपत्यकामै पनि ८० वर्ष मात्र। सामा (इकिनोक्ला फर्मान्सिया) तराईमा थोरै ठाउँमा मात्र पाइन्छ।
 
तर चामलसँगको सङ्गतले अन्य जाति हिन्दू वर्णवादको फेला पर्न पुगे भनेर ठाडै भन्ने फिसर लगायत लायोनेल कापलानजस्ता नेपालमा जातीय द्वन्द्वका प्रणेता पश्चिमाहरूले भेउ पाउन हम्मे पर्ने यथार्थ के हो भने नेपाली वर्णाश्रमको विश्वमै दुर्लभ विशेषता 'जुठो' शब्दको 'जु' चामलबाट बनेकै होइन, रैथाने जौ/उवा (हर्डम भल्गार) बोधक संस्कृतको यवबाट हो। जसमा पश्चिम पहाडी भेगमा भातको बल छर्दा, यदाकदा सुनिने 'ॐ ठहाय स्वहा' को ठहा शब्द जोडिएको छ र जुन सम्भवतः हुम्लाको रातो मार्सी हुने ठेहे इलाकाको देन हो।
 
पूर्वी हिमाली ग्रामदेव 'पाङ' जस्तै पश्चिम हिमाली ग्रामदेव 'ठहा' हुन् पनि। ऐतिहासिक पात्र 'ठी नरेन्द्र' नाममा परेको ठीको लाक्षणिक अर्थ त्यसैले देवराजा हो भन्ने यसले सङ्केत गर्छ। यसको अर्थ हो, चामल खेतीभन्दा पनि अघिको जङ्गली अवस्थाको जौबाट पारिवारिक शुद्धता (क्लान प्युरिटी) को सूत्रपात पश्चिमी हिमालमा हुन पुगेको छ, राईहरूको पराई, परदेशी र परचक्रीले प्रवेश नपाउने सुत्तुलुङ, फुत्तुलुङ र उत्तुलुङ देव रहेको पारिवारिक अगेनाजस्तै। स्पष्ट भन्नुपर्दा नेपाली वर्णाश्रमको मौलिक आधार मनुस्मृति नै होइन।
 
यही कारण हो, पहाडी वर्णाश्रमयुक्त समाजमा वैश्यको उपस्थिति छैन। भएदेखि बहादुरहरूले देखाइदिनुपर्‍यो। जस्तो कि नेवार समाजमा कोजू, फैँजू, सैँजू र श्रेष्ठ (संस्कृतको व्यापारी बोधक श्रेष्टीबाट श्रेष्ट, स्रेस्ता आदि) जस्तो वैश्य थरको स्पष्ट उपस्थिति छ र तराईमा त वर्णाश्रमका तहहरूको शृङ्खला गनेरै भ्याइँदैन। जति दक्षिण लाग्यो, उति तहहरू बढ्दै जानुको अर्थ हो, वर्णाश्रम दक्षिणी प्रभाव हो। यथार्थ के हो भने पहाडी समाज मूलतः अध्येता (भट्ट) र ग्रामरक्षक (अयडी/एडी/अरी/शत्रु सिकारी) को मात्रै हो। दलितको उपस्थितिको छुट्टै व्याख्याले नलम्याउँ्क। त्यहीँनेर 'कालो बाहुन र गोरो दलित' भन्ने विसङ्गति पुष्करशमशेर राणाको उखान सङ्ग्रहले त्यसै दर्साएको पनि होइन। किनभने पश्चिममा मानिसहरूको आगमन भएकै कस्मिरबाट हो, न कि महम्मद घोरीको दिल्लीबाट र ती कालो हुनु। इस्लामीकरणपूर्वको अफगान संस्कृति र पश्तो भाषाको प्रभाव त्यसै दृष्टिगोचर हुने गरेको होइन।
 
शुक्ल यजुर्वेदमा उल्लिखित निवार (अराइजा निवारा) शब्दले नै पनि कोदोखेतीभन्दा धानखेतीको प्राचीनतालाई पुष्टि गर्छ। यद्यपि निवार जडान (टेम्परेट) जातिको नभएर केदार (ट्रपिकल) जातिको धान हो। ऊष्णीय भए पनि सीमसारमा छरिइने (नेवारीमा उला) भएकाले केदार लेख्नुपरेको हो र अझै पर, नेपाली वैज्ञानिकहरूले हिमालयको दक्षिण ढालबाट नै चामल र यसका इन्डिका, जापोनिका र जाभोनिकाजस्ता खेतीवर्गहरू विकसित भएको मानेका छन्। यसको अर्थ हो चीन, जापान, कोरियादेखि इन्डोनेसियासम्मको धानखेती नेपालबाट विस्तारित हँुदै गएको हो। भारतको त कुरै छोडौँ। अर्थात् रैथाने र जङ्गली युगको उवाको सांस्कृतिक उपयोगीहरू आब्रजक हुने र आयातीतको खेती गर्नेहरूचाहिँ आदिवासी हुने कुरा वैज्ञानिक हँुदै होइन। वर्णाश्रममा नपरेकाको धर्म परिवर्तन गराउने पश्चिमा रणनीतिक खेलखाल मात्रै हो।
 
भाग दोस्रो
 
यजुर्वेदको यो वाक्य पनि सम्झनामा आउनैपर्छ, 'ए औषधी तिमी साल र तेजपातको रूख नजिकै छौ।' यो औषधी भनेको पश्चिम हिमालमै पाइने कूट (सासुरिया लापा) हो। साल (सरिया रवष्टा) र तेजपात (सिनामोमम तमाला) जुध्ने वनस्पति भौगोलिक इलाका (फाइटोज्योग्राफिक रेन्ज) भारतको उत्तराञ्चलदेखि भुटानसम्म रहेको छ अवश्य, तर अर्कोे वाक्य 'वसन्त कपिञ्जल चातक हो' ले तेजपातको रूखमा गुँड लगाउने तर पूर्वी नेपालमा नपाइने जातको कैलो भङ्गेरा (हिमालयन सिन्नामोमम स्पारो याने पासर रूटिल्यान्स र कपिञ्जललाई तित्रा र चातकलाई काकाकुल मानेर 'कपिञ्जल चातक'को अर्थ लाग्दैन) हो भनेर नेपालको ९१५–१५०० मिटरको भूभागलाई स्पष्टै तोकेको छ, जो नेपाल र यसको परिवेशबाहेक संसारको अन्य कुनै भूभाग होइन। साल, तेजपात र कैलो भङ्गेराको मिश्रित 'बायोज्योग्राफिक रेञ्ज' त्यही नै हो। त्यस वाक्यको 'वसन्त' ले अझै गहिरो माने राख्छ। किनभने सालको फूल फुलेपछि मात्रै वसन्त ऋतु सुरु हुन्छ,
 
सालको फूलको रङ्ग नै हो खास वासन्ती भनेको र पासर रूटिलान्सको छाती पनि वासन्ती नै हुन्छ, सिकारी चराहरूलाई झुक्याउनुपर्ने प्राकृतिक बाध्यताले।
यसरी विश्वकै प्राचीनतम कृतिमै स्पष्ट देखिने गरी नेपालको जैविक सम्पदाको मूल्याङ्कन गर्न आइसकेकाहरू के साँच्चै नै एघारौँ शताब्दीमा महम्मद घोरीको आक्रमण बेहोर्न नसकेर दक्षिणबाट उत्तर भागे? पटक–पटकको यस्तो लेखाइ देखेर तीप्रति दयाबाहेक अरू केही गर्न सकिन्न, जो आफूलाई आदिवासी दाबी गरेर कहिल्यै थाक्दैनन्। यद्यपि पङ्क्तिकार जान्दछ, यस दाबीमा जसले जिते पनि देशले चाहिँ हार्नेछ। यो केवल प्राचीनताको एक झलकका निम्ति मात्रै पाठकहरूसमक्ष उठाइएको सन्दर्भ हो।
 
अझै पर जाऊँ। ऋग्वेद (१.१६४) को एउटा शब्द छ— अश्वत्थ। यथार्थमा यो सबैभन्दा उचाइमा पाइने भोटे पीपल (पपुलस सिलिआटा) हो कुनै बेलाको, जुन हिमाली वनअश्व (इक्वस हमिनियस कियाङ) को प्रिय आहारा हो, तर भोटे पीपलसँग मिल्दोजुल्दो पीपल (फाइकस रेलिजिओसा) भएको गङ्गाको भारतीय मैदानमा गधा/गदहा शब्दको जन्मसमेत भएको थिएन, १५ हजार वर्षअघि वेद बन्दा। किनभने त्यसको नामकरणको स्रोत 'गद' (भाङको रेशा) बन्नका निम्ति भाङ एसिया माइनरबाट सप्तसिन्धुसमेत छिरेको थिएन। यसैले त्यस वनस्पतिलाई अश्वत्थ र रुचाउने जनावरको नाम नै तिनले अश्वत्थामा राखिदिए। अश्व शब्द सो जनावर चर्ने ठाउँ पश्चिमको उच्च पहाडी शृङ्खलामा समेत पाइने गोब्रेसल्ला (पाइनस वालिचियाना विशेष) को पिरल अर्थात् असीबाट बन्दछ। कर्णिकार (टेरोसपर्मम एसेरिफोलियम) नेपाली भूमिमा नपाइएपछि अमेरिकी मूलको 'क्यास्काव्लेआ थेभेटिया'लाई योगी नरहरिनाथहरूसमेत मृगस्थलीको आफ्नो आश्रमअघि कर्णिकारका रूपमा रोप्न पुग्छन् भने वा अमरकोशको अपराजिता (हिविस्कस रोजा साइनेन्सिस) लाई एच.टी. कोलब्रुकहरू अमेरिकी मूलको 'क्लिटरिया टर्नासिया' लेख्न पुग्छन् भने त्यो युगमा अश्वत्थको परिचयलाई लिएर भ्रमहरू हुनु अनौठो होइन। नेपालमा कोका सङ्गमहरूको विशेषता नै हो भोटे पीपलको रूखमुनि नै पुर्खाहरूको सम्झना गरिन्छ र चढाइएका वस्तु खान हाँगामा बसेका काग (देवदूत) नै झर्नुपर्छ।
 
'अश्वत्थ' त अझै थप, वैदिक कालपूर्वको संस्कृतिको प्रतिनिधि हो। किनभने पश्चिम नेपालको अश्वत्थ हुने इलाका कोका खोला र पूर्वी नेपालको कोका सङ्गम दुवै हिमरेखामुनि (१६,००० फिट) छन्। तिनका ठीक माथि पश्चिममा कागमारा र पूर्वमा गोराकशेप (तिब्बतीमा कागमारा र गोराक = काग, शेप = मर्नु) सिखर छन्। कोका भनेको साढे ८ हजार फिटसम्म पाइने डुमकाग (कर्भस कर्‍याक्स) हो र कागमारा ५,९६१ मिटर एवं गोराकशेप ५,१५० मिटर अग्ला छन्। मृत शरीर खाने र आत्माका नाममा चढाइएका वस्तु खान डुमकाग (देवदूत) बस्ने भएकैले अश्वत्थको आध्यात्मिक व्याख्या र काग अमर हुन्छ भन्ने मान्यता बन्दै आएको हो। जसरी गिद्ध सिमल (वम्बाक्स साइवा) मा बस्ने भएकाले पूर्वी पहाड र तराईका जातजातिमा सिमलले भूतप्रेतको निवासको संज्ञा पाउँदै आएको छ। यसरी 'अश्वत्थ' को महत्व दर्साउने कोका सङ्गमहरू नेपालबाहेक उत्तराञ्चलदेखि आसामसम्म कतै छैनन् पनि हिमालय शृङ्खलामा।
 
यसै पनि कागको आचरणमाथि त्यो बेलाको अध्ययन नयाँ कुरा होइन नै। त्यसै वात्स्यायनको यौनविज्ञानको नाम कोकशास्त्र भएको होइन। कोकशास्त्रको अर्थ हो, अति गोप्य शास्त्र। किनभने कागको सहवास देख्नै सकिन्न र देखियो भने पनि नराम्रो हुन्छ भन्ने धारणा अझै विद्यमान छ। त्यसैले काकतालीको अर्थ हो नै अति दुर्लभ संयोग। लुकेका अक्षर वा शब्द थप्नुपर्दा दिइने चिह्नको नाम 'काकपद' नभन्दै एक यौनआसनको नाम हो र नै त्यस चिह्नमा काग योनिका रूपमा थोप्ला थपिन्छ। हुनुपर्ने गोलो हो, अर्बिसको आँखा जस्तै।
 
वेदलाई ३५ सय वर्षअघिको मान्नेदेखि १ लाख वर्षअघिका मान्ने दयानन्द सरस्वतीजस्ता पनि छन्। ४ हजार वर्षअघिको मान्ने भारतरत्न प्राप्त पी.बी. काणेहरू पनि छन्, तर पङ्क्तिकारले यहाँ १५ देखि २० हजार वर्षबीचको मान्ने मतलाई विभिन्न कारणले गर्दा लिएको छ।
 
महाभारतको घटोत्कच पुत्र 'बर्बरिक' लाई अन्यायमा परेको किराँत भनेर एकोहोरो आलाप गरिरहिएको छ। उदाहरणका रूपमा इन्द्रचोकको टाउको मात्रै भएका इन्द्रलाई 'बर्बरिक' र उपत्यकामा किराँत शासनको प्रतिनिधि मान्ने गरिएको छ। जबकि घटोत्कचको ससुरा मुरका देश हुन्, अहिलेका मोरक्को, मौरिटानियाहरू। जहाँ मुरहरू बस्छन् र जसबाट अङ्ग्रेजीको मोरोन र नेपालीको मूर्ख, मोरा, मोरी, मुरारी अर्थात् मुरहरूको शत्रु शब्द बन्दछ। अनि छोरो 'बर्बरिक' को देश हो, अहिले बर्बरहरू बस्ने लिबिया र त्यस वरिपरिका देशहरू। दुवै उत्तर अफ्रिकी छिमेकी देशहरू हुन्। यसैबाट अङ्ग्रेजीको बार्बेरिक, बार्बेरियन र उर्दुको बर्बर शब्द बनेको छ। बर्बरिकको अर्थ हो नै घुमि्रएको कपाल भएको व्यक्ति। जिउँदा प्रतिनिधि पात्र हुन्, लिवियाका कर्णेल कदाफी। के किराँतहरूको कपाल घुमि्रएको हुन्छ र लिम्बू राजमाताको रूपमा बर्बरिककी आमा हिडिम्बालाई किताबमा तोकिएको (लिम्बूवानको इतिहास)? जबकि हिडिम्बा शब्द नुवियन मरुभूमि भनिने उत्तरी सुडानको हो। १५ सय वर्षअघि स्रङचङ गम्पोले ल्याएका घोडचढी तामाङ हामी लेखिसकेपछि 'बूढानीलकण्ठमा पाइएको ३० हजार वर्षअघिको ढुङ्गे औजार हाम्रो पुर्खाको हो' भनेर वेबसाइटमा हाल्नु कस्तो विज्ञता हो?
 
उतातिर किराँत पुर्खा मानिएको एकलव्य आफैँमा नाम नभई सर्वनाम हो, जसको अर्थ हो एकोहोरो। सीता स्वयंवरमा पहाडी उम्मेदवार मानिएका सुधन्वा पनि नाम नभई सर्वनाम हो, जसको अर्थ हो पोख्त धर्नुधारी। बरु द्रोणाचार्य नाम हो, अर्थ हो 'खोक्चिलिफु'। दुनामा शिवले छाडेको शुक्रकीटबाट जन्मेकाले दुनाबोधक संस्कृत शब्द द्रोणबाट यो बनेको हो, जुन स्वाभाविक प्रक्रिया होइन। त्यसैगरी किराँत पुर्खा खोक्चिलिफुको जन्म मुन्धुमअनुसार कालान्तरमा त्यतिबेला हुनपुग्छ, जब पारूहाङले कर्कलोको पातमा शुक्रकीट पोको पारेर छाड्छन् र तिर्खाएकी निनामरिम्दुले पानी ठानेर खान्छिन्। साम्पाङमा खोको अर्थ खोँरी, खोँगी, दुना पनि हो, वान्तवामा खोक्लिको अर्थ जङ्गल, १० किराँतमध्येको एक धिमालको भाषामा त लाफाको अर्थ पात हो नै, नेवारीमा लप्तेको पनि हो। यसैले अलेक्जेन्डरको नामानुवाद हरिशचन्द्रजस्तै द्रोणाचार्यको नामानुवाद खोक्चिलिफु हुन पुग्छ, जुन ३ हजार वर्षभन्दा पर जाँदैन। महाभारतले खोक्चिलिफुलाई द्रोणाचार्यका नाममा संस्कृतकरण गरेको बुझिन्छ।
 
त्यसमाथि भारवीको किराँतार्जुनियमका किराँतहरू र अहिलेकाहरू एउटै होइनन् र अझै थप कुरा नेपालका आदिवासी 'नाग' हुन् (नागा होइन) भनेर लेखी नै सकियो। यसै पनि मेचे (भारतमा चिनियाँ प्रान्त फुजियानबाट आएको बोडो मानिने) लाई रेसम बुनाइसँग इमानसिंह चेम्जोङले जोडे, तर पूर्वी नेपालमा सिल्कको कुनै परम्परागत चलन र बुनाइ देखिँदैन। अहिले पूर्वी नेपालमा भइरहेको 'अहिंसा सिल्क' को बुनाइ हिजो मात्रै भारतको भागलपुरबाट छिरेको शिल्प हो। यसो किन भएको हो भने किरेत शब्दको तिनको अर्थ सायद सही थिएन। बरु स्वामी प्रपन्नाचार्यको 'किंकिराँत'को अर्थको खोजी निर्दोष खालको रहेको छ।
 
अरू त अरू, कम्तीमा १४ सय वर्षअघि नै मध्यपश्चिम मूलको गहुँ नेपाल भित्रिसकेको थियो। तर, पूर्वमा स्वर्गीय चन्द्रवीर गुरुङले त्यसको सुनियोजित विस्तार गर्नलाई १९६० को दशक आउनुपर्‍यो। पोलिनेसियन मूलको उखु उपत्यकामा कम्तीमा ३ हजार वर्षदेखि छ र पश्चिम नेपालका सोराडलगायत कतिपय ठाउँहरू खुदोका निम्ति जसरी प्रख्यात छन्, जसरी नेवारहरूले त्यसैबाट टोखा, टुसाल शब्दहरू जन्माएका छन्, पूर्वमा किन कहीँ पाइन्न? यहाँसम्म कि चिनियाँ मूलको मूलाका निम्ति पश्चिम नेपालको प्युठान प्रसिद्ध छ, चिनियाँ मूलको रायो सागका निम्ति महर्जनहरूमा पाछै (चिनियाँमा पेत्साई) उपथर नै विद्यमान छ, चिनियाँ मूलको तोरीका निम्ति भक्तपुरमा तुकँबञ्जार थर नै छ। चीनबाट आएका हौँ दाबी भइरहँदा पूर्वमा चिनियाँ मूलको अदुवा (जिन्जिवर अफिसिनाल) र मञ्जुरियन मूलको भटमास (ग्लाइसिन म्याक्स) को बाहेक यी चिनियाँ खाद्य वनस्पतिसँग जोडिएका उल्लेखनीय परम्परा किन देखिँदैन? एक जिज्ञासुलाई कौतूहल हुन्छ नै।
 
अब पनि आदिवासीको पुष्टिमै लाग्ने हो भने संविधान बन्नुभन्दा पहिले नै जातीय दाबी गरिएका इलाकाका बस्तीहरूमा पाइनसक्ने कृषिमूलक परागकण र स्पोरहरूको अध्ययन (पाइलनलजी) र त्यसको कार्बन डेटिङतिर जाऔँ। व्यक्तिका निम्ति १० वर्ष ठूलो कुरा हो, देशका निम्ति होइन। यो किन भनिरहिएको हो भने मुस्ताङकै गुफाहरूमा पनि २ हजार वर्षभन्दा अघिको अवशेष भेटिएको छैन र मुस्ताङ पारिपट्टिको झाङझुङमा २२ सय वर्षको।
 
अन्त्यमा भन्नुपर्दा एउटा नृवंश शास्त्रीय सङ्ग्रहालय खडा गर्ने प्रयास लिइयो भने त्यसले हामी सबै आदिवासी हौँ भन्ने नै पुष्टि गर्नेछ। किनभने मुस्ताङ, मनाङ र पोखरामा देखिएका सङ्ग्रहालय हेरेर चित्त बुझाउन सकिँदैन। जातीय अनुहारलाई लोकपहिरन दिँदैमा त्यो नृवंश शास्त्रीय सङ्ग्रहालय हुँदैन। अर्थात् पहाडी बाहुन–क्षत्रीले आफूलाई आदिवासी दाबी गर्छन् भने त्यो गलत हुँदै होइन।

Saturday, August 23, 2014

गढवाली केदारा नृत्य गीत

(साभार-उत्तराखंडी ई- पत्रिका)

                     Presented by Bhishma Kukreti (Folk Literature Research Scholar)
              Kedara dance-song is a religious folk dance-song. The other and past name of Garhwal is Kedar. Kedar is a name for Lord Shiva.
  The Kedara dance-song is performed on New Year that is Vishuvar Sankranti or Vaishakhi. The dance devoted to Shiv worshipping on Baishakhi is called Kedara dance-song. The Kedara dance-song is categorized in Samuhik Samajik Nritya Geet by Dr. Shiva Nand Nautiyal.   

     People take bath and go to Shiva temple. The Auji (Dhol players) play the Dhol-Damau.
First Auji plays Dhol-Damau as per Dhol Sagar and praise Lord Shiva. Shiv Pujan is performed by offering Belptra and milk to Shiva Ling.
  While playing Dhol-Damau, Auji sing the following Songs one by one

         केदारा  नृत्य गीत : गढवाल का एक लोक नृत्य गीत

अन्नमंतो धन्नमंतो कैदे केदारs  एक केदारा लोकगीत
हेss देवाss नमोss  नमोss    
शान्ति देवा शान्ति केदारs
अन्न देवा धन्न देवा
सुख देवा शान्ति देवा केदार
मनखि बुद्ध देवा गौड़ी दुद देवा
देवा यीं भूमि तैं वरदान -केदार
कांडों नि बैठो खुट मा सुखी रैने सबी
अन्नमंतो धन्नमंतो कैदे केदारs
(s -आधी अ )

कैलाश का भोला  मादेव तीला धारु बोला एक केदारा लोकगीत 
ढुंगा  ढोळी गारी 
कैलाश का भोला मादेव भगतू का हितकारी ,कैलाश का भोला  मादेव ,तीला धारु बोला 
पीपल की छाया 
जु तेरी शरण मा आया वै तैं कनी बरदान द्याया . कैलाश का भोला  मादेव तीला धारु बोला 
घास काटो घाया
हिमगिरी की नौनी पारबती तिन बड़ो टप कया .  कैलाश का भोला  मादेव तीला धारु बोला 
पाणी की च परात 
भूत गण पैटीन  पारबती जीतेरी बरात . कैलाश का भोला  मादेव ,तीला धारु बोला 
ढुंगा पीसी गारी 
कनु ऐन मादेव जी बल्द की सवारी . कैलाश का भोला  मादेव तीला धारु बोला 
देखे जालो ऐना 
सोराग बिटेन द्यब्तोंन कन फूल बरसैना . कैलाश का भोला  मादेव ,तीला धारु बोला 
घीड़ा लाई काखी 
कैलाश का भोला मादेव छाया अपणि राखी . कैलाश का भोला  मादेव ,तीला धारु बोला 
गुलाब को फूल 
एक हात मा डौंरु बाजे एक हात मा तिरसूल . कैलाश का भोला  मादेवतीला धारु बोला 
घोटी जाली भंग
कैलाश मा कनु बिराजे पारबती को संग . कैलाश का भोला  मादेव ,तीला धारु बोला 
धोती धोई सफेदा 
गल़ो उंदी भलो बिराजे सरपो का लपेदा. कैलाश का भोला  मादेव तीला धारु बोला 
घेंटी जाओ कीलो 
जब तेरो डौंरु बाजी तीन लोक हीलो . कैलाश का भोला  मादेव तीला धारु बोला 
कखड़ी को खेरो 
कैलाश को भोला मादेव बोलो रैगे तेरो . कैलाश का भोला  मादेव तीला धारु बोला 
Who does not know the kindness of great donor Bhola of Kailash !
Whoever got his asylum he got desired results. Mahadev of Kailash is kind and beneficial to his devotees.
Hey Parvati , the daughter of Himalaya ! you did great 'tap' that you got husband as lord Shivjee 
Watch ! Bhut are in your marriage procession.
Lord shiva who is with snake garlands is groom.
He rides on bull
There is drum in his one hand and trident in other hand 
Deities became happy on this marriage and threw flowers on bride and groom
The sound of your drum shakes the earth. Everybody knows about your rage and kindness 
O lord! be kind on us 
# Song collected by Keshav Anuragi
 @गीत स्रोत्र केशव अनुरागी (नाद नंदनी (अप्रकाशित ))
                 Dance for Kedara Song

 People take part in Shiva Puja performances first.
  The Auji pair play Dhol-Damau and Sing the Worshipping Song for Lord Shiva and people dance in a circle. The dance is somehow as Pando but very slow speed and rhythm.
 Kedara dance has two facets slow rhythm and fast rhythm.
After finishing above worshipping songs, the Dhol Play gets different Tal and the rhytham or Tal becomes Tandava Nritya.
In Tandav Nritya , a specific dress is wore by main dancer and assisting dancers (Mirjai and Rebdar Sular).
Main dancer (incarnated Shiva) dances following four types of Tandav Nritya-
1-Sanhar Tandav Nritya (Distructive form of Shiva)
2-Dakshin Murti Swarup Nritya ( Shubh or auspicious form)
3-Anugrahmurti Swarup (Blessing form)
4- Nritya Murti (Great Dancer)

The other dancers dance as per rhythm of main dancer (who leads dance) . The above Kedara dance-song is performed in temples of Tungntha, Kalpeshwar, Madameshwar, Ekeshwar, Kyunkleshwar, Koteshwar, Kamleshwar and other Shiva temples.