समकालिन समयका प्रत्येक
टुक्रामाथि,
राजेश्वरीका यिनै हातहरुले
छिनो-हथौडा चलाएका थिए।
उखरमाउला ढुंगा-पात्थरले छापेका
जिबनका उकाला बाटोहरुमा
यै पहाडी ज्यानले बुर्कुसी
मारेको थियो।
साल र देबदारु जस्तै अग्ला
समस्याहरुमा
यिनै पाखुरीहरुले आरी चलाएका
थिए।
जब्बर उकालो होस या अख्खर
भिरालो होस् ,
पहाड जतिकै कठोर यो ज्यानलाइ आफनो
माटो जतिकै
अन्तरंग र अर्थपुर्ण बनाएकि
थिइन राजेश्वरीले ।
हिउभित्र पनि आगो हुन्छ,उनलाइ
थाहा थीयो ।
बनावटी प्रारुपलाइ उनले पढन
जानेकी थिइन् ।
उन्ले सपना देख्न सिकेकी थिइन।
उन्ले सपना देख्न सिकेकी थिइन।
यिनै सपनाले उसलाइ यत्र तत्र
डुलायो।
जीबनका बिबिध रंग र स्वाद
चखायो।
प्रतिजैबिकीले जस्तो
उनले संक्रमण रोकिन,
क्ष-रश्मीले जस्तै
आन्तरिक चोटहरु पहिल्याईन् ।
हो, अबिचलित चट्टानजस्तो
राजेश्वरीमा गाइको जस्तो सोझोपन थियो,
साउनका पहाडी खोलाको जस्तो
जिबनको लय थियो ।
पहाडको झरनाले सिकाएको संगीत
बोक्दै
बाटोमा भेट्टिने नालाहरु समेटदै
यात्रामा अगाडी आएका नदी
महानदीहरुसंग
सम्झौता र सहकार्य गर्दै
जिबन अब नयाँ नयाँ किनारामा ठोक्किदैछ
।
यिनै पर्बत-पठारका काँधमा दौडदै
चिप्लिदै ऊफ्रिदै
सागरको कुनै अतल गहिराईमा जिबन
निख्रिदैछ ।
उम्रिएका सपनाहरु,
तुहेका सपनाहरु, कुहेका सपनाहरु
फलेका सपना , फुलेका सपना
सपनाहरुका भिडमा जिबन भिडकिदैछ
।
जिबन निचोरिएकोछ ।
त्यसैले होला, सपनाहरुको यो
महा-मैदानमा
हामीसंग सपना छैनन ।
राजेश्वरीसंग सपना छैनन ।
त्यसैले होला, चुलो-चौकामा सिमित
भएरै
राजेश्वरी अब सपना देख्दिनन् ।
आवाजको अन्तिम मुकाममा
मौन समयले स्वागत गरिएको जस्तो
किनकि राजेश्वरी अब सपना
देख्दिनन् ।
No comments:
Post a Comment