एक रेस्टोरेंट में अचानक ही एक कॉकरोच उड़ते हुए आया और एक महिला की कलाई पर बैठ गया।
महिला भयभीत हो गयी और उछल-उछल कर चिल्लाने लगी…कॉकरोच…कॉकरोच…
उसे इस तरह घबराया देख उसके साथ आये बाकी लोग भी पैनिक हो गए …इस आपाधापी में महिला ने एक बार तेजी से हाथ झटका और कॉकरोच उसकी कलाई से छटक कर उसके साथ ही आई एक दूसरी महिला के ऊपर जा गिरा। अब इस महिला के चिल्लाने की बारी थी…वो भी पहली महिला की तरह ही घबरा गयी और जोर-जोर से चिल्लाने लगी!
दूर खड़ा वेटर ये सब देख रहा था, वह महिला की मदद के लिए उसके करीब पहुंचा कि तभी कॉकरोच उड़ कर उसी के कंधे पर जा बैठा।
वेटर चुपचाप खड़ा रहा। मानो उसे इससे कोई फर्क ही ना पड़ा, वह ध्यान से कॉकरोच की गतिविधियाँ देखने लगा और एक सही मौका देख कर उसने पास रखा नैपकिन पेपर उठाया और कॉकरोच को पकड़ कर बाहर फेंक दिया।
मैं वहां बैठ कर कॉफ़ी पी रहा था और ये सब देखकर मेरे मन में एक सवाल आया….क्या उन महिलाओं के साथ जो कुछ भी हुआ उसके लिए वो कॉकरोच जिम्मेदार था?
यदि हाँ, तो भला वो वेटर क्यों नहीं घबराया?
बल्कि उसने तो बिना परेशान हुए पूरी सिचुएशन को पेर्फेक्ट्ली हैंडल किया।
दरअसल, वो कॉकरोच नहीं था, बल्कि वो उन औरतों की अक्षमता थी जो कॉकरोच द्वारा पैदा की गयी स्थिति को संभाल नहीं पायीं।
मैंने रियलाइज़ किया है कि ये मेरे पिता, मेरे बॉस या मेरी वाइफ का चिल्लाना नहीं है जो मुझे डिस्टर्ब करता है, बल्कि उनके चिल्लाने से पैदा हुई डिस्टर्बेंस को हैंडल ना कर पाने की मेरी काबिलियत है जो मुझे डिस्टर्ब करती है।
ये रोड पे लगा ट्रैफिक जाम नहीं है जो मुझे परेशान करता है बल्कि जाम लगने से पैदा हुई परेशानी से डील ना कर पाने की मेरी अक्षमता है जो मुझे परेशान करती है।
यानि problems से कहीं अधिक, मेरा उन problems पर reaction है जो मुझे वास्तव में परेशान करता है।
मैं इससे क्या सीखता हूँ?
मैं सीखता हूँ कि मुझे लाइफ में react नहीं respond करना चाहिए।
महिलाओं ने कॉकरोच की मौजूदगी पर react किया था जबकि वेटर ने respond किया था… रिएक्शन हमेशा instinctive होता है …बिना सोचे-समझे किया जाता है जबकि response सोच समझ कर की जाने वाली चीज है।
हाम्रो विवाह भएको ६ सातापछि म र मेरो श्रीमान् बिमानबाट न्यू ओर्लियन्सतर्फ फर्किँदै थियौं । बिमान उचाइमा पुगेपछि उनी उँघ्न थाले । टाउको घरी–घरी सिट अगाडितर्फ झुक्थ्यो । अघिल्ला केही वर्ष मेडिकल तालिममा रहेकाले ती वर्ष उनका निकै तनाबपूर्ण रहे । उनले ३० घन्टे सेवा समेत गरे । उनी घर आउँदा समेत अस्पतालको काम लिएर आउँथे ।
‘म जसो–तसो सास धान्ने प्रयत्न गर्दैछु,’ उनी भन्ने गर्र्थे, ‘म मेरो पेसा प्रति इमान्दार छु, ।’
उनको कामप्रतिको मोह र हंसमुख प्रवृत्तिले म उनको मायमा परें । उनी ठट्टा गर्न सिपालु थिए र रमाइला कुरा गरेर मलाई खुसी राख्थे । आफूलाई मन पर्ने औषधीको बारेमा भन्ने गर्र्थे । साइफिल उनको सबैभन्दा मन नपर्ने रोग थियो । यसलाई उनले तुच्छ झिंगाको संज्ञा दिन्थे । किनकी यो दिमाग, मुटु र जाँघमा बारम्बार देखिन्थ्यो ।
दिनहरु बित्दै गए । तर, पछिल्ला दिनमा उनमा केही चमकपन घटेको पाएँ । तर कामप्रतिको जोश भने उस्तै थियो । नियमित नाइट सिफ्टका कारण अस्पतालबाट आउँदा उनी लखतरान देखिन्थे । उनका उत्तरदायित्व बढिरहँदा ममा भने त्यतिकै निराशा बढ्यो । उनले आफ्नो करिअरमा ब्यस्त हुँदा म उनलाई सहयोग गर्न चाहन्थें ।
३० मिनेटपछि बाँधिएको सिटबेल्टले केही संकेत गर्छ । तत्कालै एउटा आवाज आउँछ– जहाजभित्र कोही चिकित्सक वा नर्सले यात्रा गर्नुभएको छ भने जानाकारी दिनुहोस् ।
मेरो श्रीमान्ले त्यो आवाज सुन्ने कुरै भएन । उनलाई केही थाहापत्तो छैन । कति दिन नसुतेका बिचरा विमानमा मस्त निन्द्रामा छन् । मैले उनको काँधमा मेरो हात राखें । एक सातादेखि उनी यति थकित थिए की जहाजमा सुत्नका लागि उनले लामै योजना र प्रस्ताव गरेका थिए ।
‘स्वटी’ मैले उसलाई कानमा खुसुक्क बोलाएँ । तर उनी अझै निन्द्रामै मस्त छन् ।
उनले विमानमा निदाउने प्रस्ताब गर्दा हामीहरु सँगसँगै थियौं । उनले स्वादिलो खाना बनाएका थिए । माइक्रोवेभमा तताएको सस ल्याउन पनि अनुरोध गरेका थिए । लाउडस्पिकर फेरि सुनियो । ‘म फेरि दोहर्याउँछु… विमानभित्र कोही चिकित्सक वा … हु्नुहुन्छ भने जानाकारी दिनुहोस्’ बिमान परिचारिकले दोहोराइन् । हामी अगाडिको एउटा लाइनमा एउटा महिलाले कल बटन थिचिन ।
मेरा श्रीमानको जीवनशैली मेरा लागि भने एउटा रहस्य थियो । उनले काम गरेको मैले नै थाहा पाउँदैनथें । हाम्रो बाँकी विदाको अन्तिम घडीमा उनलाई अत्याबश्यक निन्द्राबाट ब्युँताउनु मैले अपराध बोध मानें । तर, पनि विमानभित्र उनलाई बोलाउनु निकै महत्वपूर्ण देखियो । किनकी उनकै कारण कसैको जीवन जोगिनेवाला छ । यो सोच्दा मेरो शरिर जिरिंग भएको थियो । मेरा श्रीमान् सेलिब्रेटी हुन् भन्ने चाहेकी थिएँ ।
मैले फेरि उनको काँध हल्लाए । ‘हनी’ मैले भने, ‘उनीहरुले तिमीलाई खोजिरहेका छन् ।’ पियक्कड र एकदमै अल्छीजस्तो देखिने गरी उनले हात ठडाए । अनि बिस्तारै ज्यान तन्काए । तत्कालै बिमानको एक कारिन्दाले उनको मेडिकल लाइसेन्स बुझ्न थाल्यो । अर्की स्वयंमसेविका तथा नर्सले आफ्नो सेवा दिन थालिसकेकी रहिछिन् । मेरो श्रीमान् र बिमानका कारिन्दा बिस्तारै बिमानभित्र अगाडि बढे । म भन्दा उनी टाढा पुगे ।
उनीहरुले मलाई छोडेपछि मेरो पढ्ने ध्यान हरायो । मैले झ्यालको सिसाबाट बाहिर हेर्न थालें । बर्षौंसम्म मेरा लागि विवाह निकै दूर र रहस्यम लाग्थ्यो । मानौ बिमानमुनि देखिएको हरियो र खैरो झाडी.जस्तै । मैले सोचेकी थिएँ, विवाह एक प्रकारको त्यस्तो छनौट थियो जसले एउटा ऊर्जा हराएको संकेत गर्छ ।
नढाँटीकन भन्न पर्छ, प्रेममा म निकै आशक्त थिएँ । तर, पत्नी बन्न भने हिचकिचाएकी थिएँ । पत्नी भन्ने शब्द आफैँमा पेन्सिलको इरेजर जस्तो लाग्छ मलाई । इच्छाहरु मेट्ने गर्ने र महिलालाई घरमै सिमित पार्ने माध्यम हो बिबाह । किनकी बिबाहपछि आफ्नो नाम र महत्वाकांक्षा गुमाएका थुप्रै महिलाहरु मैले देखेकी थिएँ ।
मैले उनलाई भेट गर्दा मेरो बिबाहप्रतिको आलोचनात्मक आवाज बिस्तारै नरम बन्दै गएको थियो । म त्यस्तै ३० वर्षकी थिएँ र एकल जीवनका आकर्षणहरु विस्तारै औइलाउँदै गएका थिए । अनि साहस पनि घट्दै थियो । आफ्नो आकर्षण गुमाउँदै थिएँ ।
त्यो मान्छे उही हो जसले मलाई काम सिद्धिएपछि दिनहु भेट्ने गथ्र्यो । रेल चढाउन सहयोग गथ्र्यो, म घरबाहिर हुँदा मेरो कुकुरलाई हेर्दथ्यो र मलाई दही लगायतका मिठा मिठा खानेकुरा ल्याएर मलाई सरप्राइज दिन्थ्यो ।
सामान्य रुपमा भन्दा उनले मेरो धेरै हेरबिचार गर्र्थे । सम्पूर्ण मानिसहरुलाई नै हेरबिचार गर्ने उनको स्वभाव थियो । हाम्रो विदाको अन्तिम घडिमा जहाजमा बिरामीलाई उपचार गरिरहेको यस घटनाले पनि यो प्रमाणित भएको छ । उनलाई सबै कुरा सेयर गर्दा म खुसी भने हुन्न । तर पनि उनी र म प्रतिष्प्रर्धी भन्दा पनि एउटै समूहका सदस्यका रुपमा देख्छु ।
जीवनका पूर्वाद्र्धमा सो टिमको पक्षको बारेमा म चिन्तित थिएँ । लाग्थ्यो विवाह भनेको मेरो पहिचानलाई बलिदान दिनु हो । हाम्रो इनगेजमेन्टको घोषणा गरेपछि मेरो त्रास पुष्टि भयो । किनकी त्यही दिन मलाई साथीहरुले तँ चिकित्सकको पत्नी हुँदैछस् भनेर टिप्प्णी गर्न थाले । यद्यपी त्यसको अर्थ जेसुकै लागोस् ।
उनलाई कसैले लेखिकाको श्रीमान् भनेर त टिप्पणी त गरेका छैनन नि भनेर मैले सोध्ने गर्थें । उ नी निकै आश्चर्यजनक देखिन्थे । ‘मैले थाहा पाइसेकको कुरालाई किन भन्ने ?’ उनले उल्टै जबाफ दिने गर्र्थे । ‘मेरो जीवनमा मैले चिकित्सकको पत्नी भन्ने वाक्यांश कहिल्यै पनि सुनेकी छैन,’ मैले जबाफ दिएँ ।
उनको पेसाकै कारण मानिसहरुले मलाई पनि बधाई दिने गरेको मैले उनलाई बताउँथे । एक साथीले त मुख खोलेर नै भनिन्, यदि उनी मेरो ठाँउमा भएकी भए उनले पढाउने पेसालाई नै पूर्ण विराम दिइसक्ने थिइन् । अर्की एक साथीको त बारम्बार एउटै प्रश्न छ, ‘तैले कहिले जागिर छोड्छेस् ?’
‘तिमीलाई उनीहरुले एउटा सुन खन्ने व्यक्ति सोचेका छन् भने तिमी धेरै राम्रो व्यक्ति होइन,’ उनले भन्थे । उनले मलाई हालसालै उनको मेडिकल स्कुलको ऋणबारे खुलासा गरेको थिए ।
पूर्ण रुपमा अझै पति नबनेका उनले मेरो निधारमा म्वाई खाइदिए । ‘अरुले के भन्छन् भनेर कसले पो मतलब राख्छ ? उनी खुसखुसाउदै थिए ।
बिमान झर्दै गर्दा विमानका परिचारिका आए र मेरा सामाग्री जम्मा गर्न भने । आधा घन्टा वितिसकेको थियो । मेरा श्रीमान् निकै थकित देखिन्थे । छातीमा निकै पीडा भएको जस्तो देखिन्थे । म विमान परिचारिकाको पछाडि लागे । यात्रुहरुले हेडफोन लगाएका थिए र बालबालिका सिटमा अस्थिर देखिन्थे । विमानभित्रै आपतकालिन सेवाको व्यवस्था थियो । तर कारिन्दा भने निकै व्यबसायिक थियो । हामी पर्दा खोलेर भित्र पस्यौं जहाँ छालाका सिटहरु थिए । मेरा श्रीमान् एउटा बिरामी महिलाको पछाडि बसे । उनको निधारबाट पसिना चुहिरहेको थियो । उनले बारम्बार आफ्नो निधारबाट पसिना पुछ्थिन् ।
जेट बिमानबाट बाहिर निस्किएपछि के भएको हो भनेर जिज्ञासा राखेँ । ‘उनलाई ठीक हुन्छ,’ उनले जबाफ दिए ।
त्यो रात हामी बिग्रेको गद्दीमा बस्यौँ । त्यो गद्दी उनले कलेज जीवनमा किनेका थिए । पानीले भिजेको उनको मेडिकल लाइसेन्स कफी टेबलमा सुकाइएको छ । विमान परिचारिकाले पानी रहेको ठाउँमा राखिदिएकी रहिछन् । विमानभित्रको एउटा कुनामा शरिर छोडेर बस्दा उनी मरेकी हुन् की भन्ने उनलाई डर लागेको रहेछ । ‘उनलाई उपचार गर्न मैले सक्दिनँ की भन्ने त्रास मलाई थियो । विमान नउत्रिदासम्म मैले केही गर्न सक्दिन भन्ने डर थियो ।’
विमान परिचारिकहरुले उनलाई मेडिकल किट उपलब्ध गराएका रहेछन् । ती महिलालाई सिजर भएको रहेछ । उनले महिलाको छातीमा स्टेथिस्कोप राखेका थिए । तर विमानभित्रको जेटको आवाजले मुटुको चाल पत्ता लगाउन नै गा¥हो भएको थियो ।
उनले ती महिलाको रक्तचाप नाँप्दा आफ्नो झोलामा औषधी भएको सासले बताएकी थिइन् । विमान नउत्रने बेलासम्म उनले ती महिलालाई उपचार गरेका थिए । कामै कामले थकित उनी बिरामीको उपचार गर्न पाउँदा खुसी भए । उनको विमानमा सुत्ने योजना तुहेपनि सेवा गर्न पाएकोमा निकै खुसी देखिन्थे । ‘उनीहरुले मलाई नै रोजे,’ मेरो हात समाउँदै उनले भने । ‘म आउनुपूर्व सिजर सकिएको थियो ।’
मैले उनको पाखुरालाई दह्रोसँग समाएँ । आफ्नो महत्वालाई बढाईचढाइ नगर्ने मानिससँग विवाह भएकोमा आभारी प्रकट गरें ।
हाम्रो बिबाहको बारेमा केही महशुस गरेकी थिएँ । विवाहताका हामीले एक अर्कासँग कसम खाएका थियौं । तर, उनलाई मेडिकल स्कुलमा भेट्नु अगाडि उनले भविष्यका बिरामीलाई सेवा गर्ने बचन दिएका थिए । हाम्रो बिबाह निजी थियो तर उनको पेसा भने नितान्तै पृथक थियो । ‘म तिमीप्रति गौरवान्दित छु,’ मैले भनें ।
दीर्घकालीन मार्गचित्रको हिसाबले अहिलेको नेपाली राजनीतिक नेतृत्व सफलतातिरै उन्मुख छ।
राजनीतिप्रति देशमा अति असन्तोष छ भन्नेमा शंका छैन, तर ती गुनासाहरूका कति आधार छन् भन्ने वस्तुगत तथ्य पहिल्याउन आवश्यक छ।
प्रगति अर्थतन्त्रका तथ्यांकहरूले मात्र हैन, मानिसको जीवनस्तर, सुख–सुविधा, चेतनाको स्तर र खुशीले पनि जाँच्नुपर्छ भन्ने मान्यता विश्वभरि प्रबल हुँदै आएको छ।
यस अर्थमा जनताको मनोविज्ञान यसको ठूलो पाटो हुन पुगेको छ। सँगसँगै, जनधारणा बन्ने आधारहरू के–के हुन् र ती कति तथ्यगत छन् भन्ने पनि प्रष्ट हुनुपर्छ। नेपाली राजनीति कति सफल या असफल भन्ने विवेचना गर्दा ती तथ्यहरू महत्वपूर्ण आधार हुन्।
अहिले आमजनता र बुद्धिजीवीहरूका पनि मुख्यतः तीन गुनासा प्रबल छन्– पहिलो, हाम्रो राजनीतिक नेतृत्व खत्तम भयो, नेताहरूले देश डुबाए।
दोस्रो गुनासो हो– हामी जनता नै खत्तम हौं। केही बुद्धिजीवीले यसैलाई आधार बनाएर 'नेपालीहरू नागरिक बन्न नै योग्य छैनौं' भन्ने घोषणा पनि गरिसकेका छन्।
तेस्रो गुनासो छ, विदेशी हस्तक्षेपको। 'भारतले नेपाललाई सधैं अस्थिरतामा राख्न चाहन्छ, केही हुन दिंदैन' भन्ने बुझ्क्कडहरू पनि भेटिन्छन्। यो आलेखमा पहिला यी तीन गुनासा केलाउँ र अन्त्यमा संक्रमणका विकारहरूबारे चर्चा गरौं।
नेतृत्वः बाटो ठीक, चाल बेठीकठाउँ, मान्छे र संस्कार अनुसार लोकतन्त्रका रूप अलग र बुझाइ फरक छन्। सबैको मर्म, ध्येय र आदर्श भने सर्वहित र सुख हो। लोकतान्त्रिक राजनीतिको केन्द्रमा यही आदर्श हुन्छ। तर, सबैले एउटै कुरामा सर्वहित देख्छ भन्ने हुँदैन र यस्तो आदर्शको राजनीति असम्भवप्रायः हुन जान्छ।
नेतृत्व र जनताको आपसी लेनदेनबाट सर्वहितको प्रक्रिया अघि बढ्छ। सत्ताका लागि विभिन्न विचारधारा–स्वार्थ समूहको प्रतिस्पर्धा हुन्छ र त्यो चाँजोपाँजो मिलाएर जाने जिम्मेवारी नेतृत्वको हो।
मानवीय स्वभाव, गुटगत शक्ति–सन्तुलनको खेल र जनमत रिझाइरहनुपर्ने बाध्यताले लोकतन्त्रमा विकृति ल्याउँछ। विलक्षण केही अपवाद छोडेर बाँकी नेतृत्व तह धेरै हदसम्म त्यसबाट उम्कन असफल हुन्छ।
नेतृत्वबारे दुई प्रकारको सोच देखिन्छ। चमत्कारिक नेतृत्वमा विश्वास गर्नेहरू खुलामञ्चमा ठडिने हरेक औंला अर्का बीपी कोइराला वा मदन भण्डारीकै भए हुन्थ्यो भन्ने सोच्छन्। तर, अपेक्षा अनुरूप नहुँदा निराश भएर नेतृत्वलाई गाली गर्न थाल्छन्।
अर्कोतर्फ पूर्णतः संरचनावादीहरू हुन्छन्, जो नेतृत्वलाई कुनै भूमिका नै दिन चाहँदैनन्। सामाजिक संरचना, बाह्यशक्ति र स्वाभाविक घटनाक्रमहरूले उनीहरूको दोष पाउँछन्। नेतृत्व सधैं चोखो, सङ्लो तर प्रभावहीन देखिन्छ। वास्तविकता भने यी दुई सोचका बीचमा कतै हुन्छ।
बहुदलवादी नेताहरू 'पंचायती व्यवस्था नै सबै समस्याको जड हो, यसलाई फालेपछि फलिफाप हुन्छ' भन्ने गर्थे, तर त्यस्तो भएन। प्रजातन्त्र पुनर्स्थापनापछि सत्तारुढ दलभित्रका किचलोले व्यवस्थाकै दोहोलो काढ्यो। न दलहरूभित्र आन्तरिक लोकतन्त्रको थिति बस्यो, न बाहिर स्वच्छ राजनीतिको नजीर।
त्यही परिस्थितिमा माओवादीको 'जनयुद्ध' शुरू हुनाले त्यो अविकासको अपजस थोपर्ने अर्को निहुँ मिल्यो। द्वन्द्वकाल त स्वतः देशले गुमाएको दशक भइहाल्यो। त्यसपछि पनि संक्रमणकाल भनेर अर्को एकदशक गइसक्यो।
त्यसैको शृंखलामा संविधान लेख्ने क्रममा राजनीतिक अस्थिरता मात्र हैन, सामाजिक उत्तेजना पनि बढ्यो र अन्तरजातीय सद्भाव बिथोलियो। यसरी हेर्दा यो अवधिमा नेपालको राजनीतिक नेतृत्वसँग असन्तुष्ट हुनुपर्ने मनग्ये कारण देखिन्छन्।
प्रथमतः द्वन्द्व थाल्नु नै गलत थियो। नवप्रजातन्त्रलाई छिप्पिने मौका नदिई थोपरिएको युद्ध देशको दीर्घकालीन हितको कसीमा सही ठहर्न सक्दैन। अर्कातिर, हिंसाको माध्यमबाट आउने परिवर्तन टिक्दैन भन्ने सिद्ध भइसकेको छ।
तात्कालिक राजनीतिक आवश्यकता अनुरूप पनि त्यो सही थियो भन्न सकिंदैन। खोजिपस्दा सकारात्मक हुनुपर्ने बाटाहरू पनि देखिन्छन्। माओवादीले उठाएका मुद्दाहरू गलत होइनन्, माध्यम मात्र गलत हो भन्ने पनि छन्।
के बिर्सनुहुँदैन भने, हजारौं जनता ज्यान माया मारेर केही व्यक्तिका पछाडि लाग्छन् भने त्यहाँ पक्कै पनि कारण छन्। समाजलाई ठूलो धक्का चाहिएको थियो, त्यो शान्तिपूर्ण हुनुपर्थ्यो भन्न सकिन्छ, तर सब कुरा ठीक थियो वा व्यर्थमा उचालिएको हो भन्न मिल्दैन।
त्यति ठूलो द्वन्द्वमा देश फँसिसकेको अवस्थाबाट सजिलो अवतरण गराउन सकेको श्रेय नेपालको राजनीतिक नेतृत्वलाई नै जान्छ। त्यसको शुरूआत र अवतरण दुवै व्यक्तिगत स्वार्थका लागि भएको थियो भन्ने अति आलोचक सोच छोड्दा नेतृत्वलाई बुझन सजिलो हुन्छ।
१७ हजार मान्छेको ज्यान गएपछि त्यो चेत आउनु दुःखद् त हो तर, माओवादी नेतृत्वले आफूले रोजेको बाटोबाट नडग्ने रुढीवादी अडान लिएको भए त्यो आँकडा निकै डरलाग्दो हुनसक्थ्यो। देशको दुईतिहाइ भन्दा बढी भूभागमा द्वैध सत्ता चलाउन सफल भएको शक्तिले सम्झौता गर्न नखोजेको भए द्वन्द्वको अवधि दशकौं तन्किएर देश कङ्गो, रुवान्डा वा कम्बोडिया बन्न सक्थ्यो।
यसरी दीर्घकालीन रणनीतिका हिसाबले हेर्दा, राजनीतिक नेतृत्व समग्रमा सही बाटोमै देखिन्छन्, राजनीतिक आचरण र कार्यक्षमता सन्तोषजनक नभए पनि। दिशा ठीकै छ, हिंडाइ लड्खडिए पनि।
निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था त्यस्तै दीर्घकालीन सकारात्मक पहल हो। पैसामा बिकेको मनोनयन भने अहिलेको विकृति हो।
लोकमान प्रकरणले पनि त्यही कुरा सिद्ध गरेको छ। अयोग्यलाई नियुक्त गर्ने राजनीतिक नेतृत्वको चरित्रमा अहिले महाअभियोगले चमक थपेन। यसलाई भूल सुधारको रूपमा भने लिनै पर्छ, भलै त्यो मिडिया र नागरिक समाजको लामो संघर्षपछि सम्भव भएको होस्।
नेपालीः अयोग्य अनागरिक?नेपाली 'नागरिक' हुन नै अयोग्य भए, मूल समस्या यही हो भन्ने धारणा पनि प्रबल छ। हुन पनि, कर छल्ने हाम्रो बानी नै भइसकेको छ। सानोतिनो भ्रष्टाचार पनि हामीलाई स्वीकार्य भइसक्यो।
भन्सारमा हुँदा फलानोले यति कमायो भनेर पारिवारिक भेटघाटमा वर्णन हुन्छ, तर तिरस्कार हुँदैन। हामी सबैलाई तथानाम गाली गर्दै देश छोड्न तयार हुन्छौं। पढेलेखेका युवाको खल्तीमा पासपोर्ट र ध्यान भिसाको लाइनमा हुन्छ।
माइतीघरको अष्टमण्डलमा 'रातो र चन्द्र, सूर्य' गाएपछि हामी डीभी भर्ने स्टलमा छिर्छौं। त्यसो भए दोष जनताकै हो त? हामीमा राष्ट्रप्रेम नभएरै देशको यो हाल भएको हो त? राजनीतिले जनतालाई ठगे जस्तै नेपाली जनताले राजनीतिलाई ठगेका हुन् त?
राजनीतिको उद्देश्य राष्ट्र निर्माण हो र त्यसमा जनताको सबभन्दा ठूलो भूमिका हुन्छ भन्नेमा शंका छैन। यति हुँदाहुँदै पनि राजनीति र राष्ट्रप्रतिको समर्पणभाव भनेका कृत्रिम अवधारणाहरू हुन्।
मान्छेको नैसर्गिक आवश्यकता र स्वभाव प्रकृतिमा गुरुत्वाकर्षण जस्तै हो। नेपालका खोलानाला भारततिर बगे भनेर तिनलाई राष्ट्रघाती भन्न नमिले जस्तै आफ्नो आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता आधारभूत आवश्यकताको चाहनालाई गलत भन्न मिल्दैन।
राष्ट्रियताका नयाँ–नयाँ मानक र समर्पणभाव ल्याउने तरीकाहरू बन्दै जानु राष्ट्रनिर्माणकै पाटो हो। कति कुरामा बौद्धिक नेतृत्वले डोर्याउन सक्छ, कतिपयमा विश्व परिस्थितिले असर गर्छ। तर, राष्ट्र यहाँका मानिसहरू भन्दा अलग इकाइ होइन। जनताबाटै राष्ट्र बन्ने हो।
राज्यका आवश्यकता र राष्ट्ररूपी अमूर्त अवधारणामा तिनै जनताको मानसबाट प्राण आउने हो। जनताले देशको स्वामित्व ग्रहण नगरेसम्म राज्यको कर छल्नुलाई उपलब्धि ठान्ने सोच रहिरहन्छ। त्यो नै ठूलो रूपमा अरू भ्रष्टाचारको मूल बन्न पुग्छ। अहिले राष्ट्रको स्वामित्व जनताले पूर्णतः धारण गरिसकेको अवस्था छैन, तर यसमा अहिलेको पिंढीको दोष हो भन्न पनि मिल्दैन।
हाम्रो इतिहास नै यस्तै छ। राजा (राज्य) को कामलाई 'झारा' भनिन्थ्यो, जसलाई 'टार्ने' आम चलन बस्यो। काठमाडौं बाहिरका नेपालीलाई 'नेपाल' छिर्न भिसा चाहिने अवस्थाको अन्त्य भएको पनि धेरै भएको छैन। त्यति हुँदाहुँदै पनि नेपालको अहिलेको पुस्ताले राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी राम्ररी वहन गरेको छ।
मधेशी समुदायकै कुरा गर्दा पनि एउटा तथ्य बुझ्न आवश्यक छ– 'नागरिकता वितरण' गर्दा दस्तखत गर्नेमा ८० प्रतिशत पहाडी समुदायका अधिकृत छन्।
कुराकानीमा पनि आम मधेशी जनता 'नेपाल' प्रति आक्रामक रूपमा नै समर्पित देखिन्छन्। अर्कोतिर नागरिक समाजको जिम्मेदारीको कुरा छ। एक जना 'नागरिक' डा. गोविन्द केसीको पहल र लाखौं नागरिकले त्यसलाई दिएको तागतले राजनीतिमा तरङ्ग ल्याएको छ, भर्खरै। यसको प्रभाव दीर्घकालीन रूपमा सकारात्मक हुने निश्चित नै छ।
स्वतन्त्रतामा हस्तक्षेप?कुनै पनि मुलुक विदेशी चासो वा हस्तक्षेपबाट अछुतो रहन सक्दैन। नेपालको सन्दर्भमा त यो पनि बिर्सनुहुँदैन कि हामी इतिहासमै अहिले जति स्वतन्त्र कहिल्यै थिएनौं।
सन् १७८८ मा गोर्खाली सेनाले तिब्बतलाई हराएर तिरो तिर्न बाध्य पारेको थियो। त्यसको दुई वर्षपछि तिब्बतले तिरो बुझाउन आनाकानी गर्दा अर्को आक्रमण गरियो। यसपालि भने मद्दतका लागि चिनियाँ फौज आउँदा गोर्खाली सेनाको भागाभाग भयो।
चिनियाँ फौज लखेट्दै रसुवासम्म आएपछि अपमानजनक सम्झौतामार्फत चिनियाँ सम्राटको अधीनता स्वीकार्दै तिब्बतमाथि आक्रमण गर्दाको सबै गल्ती सुधार्ने कबूल गरियो।
चिनियाँ सम्राटलाई दमन शाहले बुझाएको रणबहादुर शाहको पत्रमा यतिसम्म लेखिएको थियो– 'गोर्खालीहरू साना र जंगली मान्छे भएका हुनाले चिनियाँ सम्राटलाई के उपहार पठाउन उपयुक्त हुन्छ थाहा नभएको हुनाले माफी होस्।'
जङ्गबहादुरले भूराजनीतिक जटिलता बुझ्दै अंग्रेजहरूसँग सम्बन्ध सुधारेका थिए। उनी भारतमा भएको अंग्रेज विरोधी विद्रोह दबाउन आफैं सेना लिएर लखनऊ पुगे।
नेपालः स्ट्राटजी फर सर्भाइभल मा लियो इ. रोजले लेखेका छन्– 'राणाहरूले समय सुहाउँदो विदेश नीति बनाएर निपुणताका साथ लागू गरे। त्यसै कारण, भारतमा ब्रिटिश साम्राज्यको पतनपछि नेपाल एउटा स्वतन्त्र राष्ट्रको रूपमा उदाउन पायो।'
सन् १९५० को नेपाल–भारत सन्धिको पहिलो धारामा 'दुवै सरकारले एकअर्काको पूर्ण सार्वभौमिकता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्छन्' भनिएको छ। नेपालको उत्तरी सीमामा भारतीय सुरक्षाकर्मी र गुप्तचरहरूको सक्रियता भने त्यो सन्धिपछि नै बढ्यो।
१९६९ मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले भारत नीतिको कडा आलोचना गर्दै १९५० को सन्धिलाई मृत घोषित गरे। त्यसको तीन वर्षपछि उनैले नयाँदिल्लीमा इन्दिरा गान्धीसँग गरेको हातहतियार खरीद सम्बन्धी सम्झौतामा टेकेर भारतले २०४६ सालमा नेपालमाथि घोषित रूपमै आर्थिक नाकाबन्दी गर्यो।
२०७२ मा भने व्यवहारमा नाकाबन्दी नै गरे पनि बाहिर 'यो नेपालको आन्तरिक समस्या हो र सुरक्षाको कारणले आपूर्ति अवरुद्व भएको' भन्न भारत बाध्य थियो। मधेशी नेतृत्वको रवैयाले त्यो अप्ठेरो सिर्जना गरेको हो।
देशभित्रको सन्तुलन अनुसार नै बाहिरी शक्तिले खेल्ने हो। यहाँको जुनसुकै समीकरणमा पनि बाहिरी शक्ति आफ्नो 'स्वार्थ र लिभरेज' अनुसार खेल्न खोज्छ। त्यसकारण, 'म्यानेज' गरेर अघि बढ्नुपर्ने वास्तविकताको रूपमा बुझनुपर्छ, बाहिरी शक्तिलाई। हामी सामूहिक रूपमा बलियो भए बाहिरी प्रभाव आफैं ठेगानमा आउँछ।
संक्रमणका विकारहरूसमाज सधैं अगाडि नै बढ्छ, बाटो स्पष्ट र सीधा नभए पनि। कहिले यसको गतिमा 'क्रान्तिकारी' माध्यम र चमत्कारिक नेतृत्वले ज्यामितीय फड्को ल्याइदिन्छ, कहिले सुधारमुखी संरचनावादीहरूको धिपधिपे चालमा चल्छ।
यसमा प्रत्यक्ष सहभागी भएर हिंड्ने जनतालाई भने केही समय दिशा फेरिएको, पछाडि फर्केको जस्तो लाग्न सक्छ। तर, समय पछाडि नफर्कने भएकोले पनि यात्रा भने समग्रमा उकालै चढ्छ।
चेतनामा कहिल्यै 'ब्याक गियर' लाग्दैन भन्ने बुझियो भने अन्तरविरोधहरू भित्रै अग्रगमन स्पष्ट देखिन्छ। अवस्था द्वन्द्वग्रस्त र संक्रमणकालीन भए पनि नेपालमा आमजनताको जीवनस्तरमा उल्लेख्य सुधार आएको छ। अर्थतन्त्र पनि औसत पाँच प्रतिशतको दरले बढेकै छ।
नेपाल वास्तवमा संघर्षपछिको कठिन संक्रमणकालबाट गुजि्ररहेको छ। संक्रमणकालकै नाममा राजनीतिक नेतृत्वले विधिको अपहेलना गरेका छन्।
अन्तरिम संविधान र अहिलेको संविधानको पनि मनलागी व्याख्या–परिमार्जन गरेर नराम्रा नजीरहरू बसालेका छन्। अहिले यो पनि बुझ्न जरूरी छ कि यति विविधताहरूले भरिएको समाजमा स्वार्थ समूहको व्यवस्थापन गर्दै सबै कुरालाई विधिवत् रूपमा अगाडि बढाउन सजिलो पनि छैन।
संघर्षमा एक पक्षको स्पष्ट विजय भएर आएको अवस्था यो होइन। र, कुनै बेलाको साझा शत्रु अहिले औचित्यविहीन हुनपुगेकोले सहकार्य सजिलो छैन।
अर्को कुरा, यो संक्रमणकाल आफैंमा निकै जेलिएको बहुआयामिक अवस्थामा छ। माओवादी 'जनयुद्ध' को संक्रमणकाल वास्तवमा पहिलो संविधानसभाको चुनावबाट माओवादी नेतृत्वमा आएपछि नै सकिएको हो।
सत्तामा पुगेपछि नेतृत्वको क्षमता र क्रान्तिको चमत्कारको भ्रम टुट्यो। त्यहींबाट माओवादी पनि अन्य दलहरूसरह एउटा संसदीय दल बन्न पुग्यो।
हुँदाहुँदा हिजो शत्रु भनेर लडेको सेना नै लगाएर आफ्ना लडाकू नियन्त्रण गर्नेसम्मको परिस्थिति सिर्जना भयो। त्यसरी त्यो संक्रमणकाल टुङ्गियो। त्यससँगै बलियो बनेको क्षेत्रीय संघर्षको अवतरण भने हुन बाँकी छ। अहिलेको संक्रमणकाल वास्तवमा त्यो दोस्रो चरणको संघर्षको हो।
अहिलेको नेपाली राजनीतिलाई यी सब कारणहरूको आलोकमा हेर्दा दीर्घकालीन मार्गचित्रको हिसाबले सफल नै देखिन्छ। नेतृत्वको आचरण र व्यवहारमा भने थुप्रै सुधार आवश्यक छ। अहिले सुनिने सबै गुनासा सत्यतथ्यमा आधारित छैनन्। मिथ्याको आधारमा फैलिएका निराशाहरू स्वस्थकर हुँदैनन्।
अहिले हामी यस्तो परिस्थितिमा छौं, हाम्रोसामु विश्वभरका साधनहरू उपलब्ध छन्, तर हाम्रो 'इन्स्टिन्क्ट' मा तिनको स्वाभाविक प्रयोगको बानी बसेको छैन।
शासन व्यवस्था, राजनीतिक नेतृत्व, गुट–उपगुटका स्वार्थ समूह, प्रशासन यन्त्र, कूटनीति, आर्थिक क्षेत्र, आम जनतालगायत सबैको अहिलेको मुख्य चुनौती यही हो। यसको समाधानबाट अगाडिको बाटो फराकिलो हुनेछ ।
दुनिया आज 'मदर्स डे' मना रही है। मां के लिये भी एक दिन तय कर दिया है, मुझे यह जंचता नहीं है। मां हर दिन याद आती है और हर दिन मां के लिये होता है। पहाड़ों में मां को मां के अलावा ब्वे, बोई, ईजा, आमा कई तरह से पुकारा जाता है। इस पर बाद में चर्चा करेंगे। अभी तो आपसे मैं एक सवाल करता हूं कि उत्तराखंड में कितनी भाषाएं बोली जाती हैं? मैंने यह सवाल कई पहाड़ियों से किया तो उनमें से अधिकतर का जवाब होता था तीन यानि गढ़वाली, कुमांउनी और जौनसारी। आज 'घसेरी' आपको उत्तराखंड की तमाम भाषाओं से अवगत कराने की कोशिश करेगी।
उत्तराखंड में कुल 13 भाषाएं बोली जाती हैं। यह 'घसेरी' नहीं बल्कि भारतीय भाषा लोक सर्वेक्षण का निष्कर्ष है। उत्तराखंड की भाषाओं को लेकर सबसे पहले सर्वेक्षण करने वाले जार्ज ग्रियर्सन ने भी इनमें से अधिकतर भाषाओं की जानकारी दी थी। ग्रियर्सन ने 1908 से लेकर 1927 तक यह सर्वेक्षण करवाया था। इसके बाद उत्तराखंड की भाषाओं को लेकर कई अध्ययन किये गये। हाल में 'पंखुड़ी' नामक संस्था ने भी इन भाषाओं पर काम किया। यह सभी काम 13 भाषाओं पर ही केंद्रित रहा। इनमें गढ़वाली, कुमांउनी, जौनसारी, जौनपुरी, जोहारी, रवांल्टी, बंगाड़ी, मार्च्छा, राजी, जाड़, रंग ल्वू, बुक्साणी और थारू शामिल हैं। इस पर मतभेद हो सकते हैं कि ये भाषाएं हैं या बोलियां। मेरा मानना है कि अगर एक बोली का अपना शब्द भंडार है, वह खुद को अलग तरह से व्यक्त करती है तो उसे भाषा बोलने में गुरेज क्या। कई लोगों को मानना है कि उत्तराखंड की भाषाओं की अपनी लिपि नहीं है तो मेरा इस पर जवाब होता है कि अंग्रेजी की भी अपनी लिपि नहीं है। वह रोमन लिपि में लिखी जाती है तो क्या आप उसे भी भाषा नहीं मानोगे। मराठी की देवनागरी लिपि है और हमारे उत्तराखंड की भाषाओं जो साहित्य लिखा गया उसमें देवनागरी का ही उपयोग किया गया। इस विषय पर आगे कभी लंबी चर्चा हो सकती है। फिलहाल 'घसेरी' के साथ चलिए भाषाओं को लेकर उत्तराखंड की सैर करने।
कोस कोस पर बदले पानी, चार कोस पर वाणी
हम सभी जानते हैं कि उत्तराखंड में दो मंडल हैं गढ़वाल और कुमांऊ। इन दोनों की अपनी अलग अलग भाषाएं हैं। इनसे जुड़े क्षेत्रों की अन्य भाषाएं इनसे प्रभावित हो सकती हैं लेकिन अध्ययन के दौरान 'घसेरी' ने पाया कि उनकी शब्दावली और वाक्य विन्यास में काफी अंतर पाया जाता है। वैसे साथ में चेतावनी भी है कि यूनेस्को ने उत्तराखंड की सभी भाषाओं को संकटग्रस्त भाषाओं की श्रेणी में शामिल किया है। इसको संकट में हम ही डाल रहे हैं इसलिए सावधान हो जाइये। गढ़वाली और कुमांउनी यहां की दो मुख्य भाषाएं हैं इसलिए पहले इन्हीं के बारे में जान लेते हैं।
गढ़वाली : गढ़वाल मंडल के सातों जिले पौड़ी, टिहरी, चमोली, रुद्रप्रयाग, उत्तरकाशी, देहरादून और हरिद्वार गढ़वाली भाषी लोगों के मुख्य क्षेत्र हैं। कुमांऊ के रामनगर क्षेत्र में गढ़वाली का असर देखा जाता है। माना जाता है कि गढ़वाली आर्य भाषाओं के साथ ही विकसित हुई लेकिन 11—12वीं सदी में इसने अपना अलग स्वरूप धारण कर लिया था। इस पर हिन्दी के अलावा मराठी, फारसी, गुजराती, बांग्ला, पंजाबी आदि का भी प्रभाव रहा है लेकिन गढ़वाली का अपना शब्द भंडार है जो काफी विकसित है और हिन्दी जैसी भाषा को भी अपने शब्द भंडार से समृद्ध करने की क्षमता रखती है। ग्रियर्सन ने गढ़वाली के कई रूप जैसे श्रीनगरी, नागपुरिया, बधाणी, सलाणी, टिहरियाली, राठी, दसौल्या, मांझ कुमैया आदि बताये थे। बाद में कुछ साहित्यकारों ने मार्च्छा, तोल्छा, जौनसारी का भी गढ़वाली का ही एक रूप माना। गढ़वाली भाषाविद डा. गोविंद चातक ने श्रीनगर और उसके आसपास बोली जाने वाली भाषा को आदर्श गढ़वाली कहा था। वैसे भी कहा गया है, ''कोस कोस पर बदले पानी, चार कोस पर वाणी। ''
कुमांउनी : कुमांऊ मंडल के छह जिलों नैनीताल, अल्मोड़ा, पिथौरागढ़, बागेश्वर, चंपावत और उधमसिंह नगर में कुमांउनी बोली जाती है। वैसे इनमें से लगभग हर जिले में कुमांउनी का स्वरूप थोड़ा बदल जाता है। गढ़वाल और कुमांऊ के सीमावर्ती क्षेत्रों के लोग दोनों भाषाओं को बोल और समझ लेते हैं। कुमाउंनी की कुल दस उप बोलियां हैं जिन्हें पूर्वी और पश्चिमी दो वर्गों में बांटा गया है। पूर्वी कुमाउंनी मेंकुमैया, सोर्याली, अस्कोटी तथा सीराली जबकि पश्चिमी कुमाउंनी में खसपर्जिया, चौगर्खिया, गंगोली, दनपुरिया, पछाईं और रोचोभैंसी शामिल हैं। कुमांऊ क्षेत्र में ही भोटिया, राजी, थारू और बोक्सा जनजातियां भी रहती हैं जिनकी अपनी बोलियां हैं। पुराने साहित्यकारों ने इसे 'पर्वतीय' या 'कुर्माचली' भाषा कहा है।
जौनसारी : गढ़वाल मंडल के देहरादून जिले के पश्चिमी पर्वतीय क्षेत्र को जौनसार भाबर कहा जाता है। यहां की मुख्य भाषा है जौनसारी। यह भाषा मुख्य रूप से तीन तहसीलों चकराता, कालसी और त्यूनी में बोली जाती है। इस क्षेत्र की सीमाएं टिहरी ओर उत्तरकाशी से लगी हुई हैं और इसलिए इन जिलों के कुछ हिस्सों में भी जौनसारी बोली जाती है। जार्ज ग्रियर्सन ने इसे पश्चिमी पहाड़ी की बोली कहा था। कहने का मतलब है कि इसे उन्होंने हिमाचल प्रदेश की बोलियों के ज्यादा करीब बताया था। इसमें पंजाबी, संस्कृत, प्राकृत और पाली के कई शब्द मिलते हैं।
जौनपुरी: यह टिहरी जिले के जौनपुर विकासखंड में बोली जाती है। इसमें दसजुला, पालीगाड़, सिलवाड़, इडवालस्यूं, लालूर, छःजुला, सकलाना पट्टियां इस क्षेत्र में आती हैं। टिहरी रियासत के दौरान यह काफी पिछड़ा क्षेत्र रहा लेकिन इससे यहां की अलग संस्कृति और भाषा भी विकसित हो गयी। यह जनजातीय क्षेत्र है। डा. चातक के अनुसार यमुना के उदगम के पास रहने के कारण इन्हें यामुन जाति कहा जाता था। कभी इस क्षेत्र को यामुनपुरी भी कहा जाता था जो बाद में जौनपुरी बन गया।
रवांल्टी : उत्तरकाशी जिले के पश्चिमी क्षेत्र को रवांई कहा जाता है। यमुना और टौंस नदियों की घाटियों तक फैला यह वह क्षेत्र है जहां गढ़वाल के 52 गढ़ोंमें से एक राईगढ़ स्थित था। इसी से इसका नाम भी रवांई पड़ा। इस क्षेत्र की भाषा गढ़वाली या आसपास के अन्य क्षेत्रों से भिन्न है। इस भाषा को रवांल्टी कहा जाता है। डा. चातक ने पचास के दशक में 'गढ़वाली की उप बोली रवांल्टी, उसके लोकगीत' विषय पर ही आगरा विश्वविद्यालय से पीएचडी की थी। वर्तमान समय में भाषा विद और कवि महावीर रवांल्टा इस भाषा के संरक्षण में महत्वपूर्ण योगदान दे रहे हैं।
जाड़ : उत्तरकाशी जिले के जाड़ गंगा घाटी में निवास करने वाली जाड़ जनजाति की भाषा भी उनके नाम पर जाड़ भाषा कहलाती है। उत्तरकाशी के जादोंग, निलांग, हर्षिल, धराली, भटवाणी, डुंडा, बगोरी आदि में इस भाषा के लोग मिल जाएंगे। जाड़ भोटिया जनजाति का ही एक अंग है जिनका तिब्बत के साथ लंबे समय तक व्यापार रहा। इसलिए शुरू में इसे तिब्बत की 'यू मी' लिपि में भी लिखा जाता था। अभी इस बोली पर काफी खतरा मंडरा रहा है।
बंगाणी : उत्तरकाशी जिले के मोरी तहसील के अंतर्गत पड़ने वाले क्षेत्र को बंगाण कहा जाता है। इस क्षेत्र में तीन पट्टियां— मासमोर, पिंगल तथा कोठीगाड़ आती हैं जिनमें बंगाणी बोली जाती है। यूनेस्को ने इसे उन भाषाओं में शामिल किया है जिन पर सबसे अधिक खतरा मंडरा रहा है।
मार्च्छा : गढ़वाल मंडल के चमोली जिले की नीति और माणा घाटियों में रहने वाली भोटिया जनजाति मार्च्छा और तोल्छा भाषा बोलती है। इस भाषा में तिब्बती के कई शब्द मिलते हैं। नीति घाटी में नीति, गमसाली और बाम्पा शामिल हैं जबकि माणा घाटी में माणा, इन्द्रधारा, गजकोटी, ज्याबगड़, बेनाकुली और पिनोला आते हैं।
जोहारी : यह भी भोटिया जनजाति की एक भाषा है जो पिथौरागढ़ जिले के मुनस्यारी क्षेत्र में बोली जाती है। इन लोगों का भी तिब्बत के साथ लंबे समय तक व्यापार रहा इसलिए जोहारी में भी तिब्बती शब्द पाये जाते हैं।
थारू : उत्तराखंड के कुमाऊं मंडल के तराई क्षेत्रों, नेपाल, उत्तर प्रदेश और बिहार के कुछ क्षेत्राों में थारू जनजाति के लोग रहते हैं। कुमांऊ मंडल में यह जनजाति मुख्य रूप से उधमसिंह नगर के खटीमा और सितारगंज विकास खंडो में रहती है। इस जनजाति के लोगों की अपनी अलग भाषा है जिसे उनके नाम पर ही थारू भाषा कहा जाता है। यह कन्नौजी, ब्रजभाषा तथा खड़ी बोली का मिश्रित रूप है।
बुक्साणी : कुमाऊं से लेकर गढ़वाल तक तराई की पट्टी में निवास करने वाली जनजाति की भाषा है बुक्साणी। इन क्षेत्रों में मुख्य रूप से काशीपुर, बाजपुर, गदरपुर, रामनगर, डोईवाला, सहसपुर, बहादराबाद, दुगड्डा, कोटद्वार आदि शामिल हैं।
रंग ल्वू : कुमांऊ में मुख्य रूप से पिथौरागढ़ की धारचुला तहसील के दारमा, व्यास और चौंदास पट्टियों में रंग ल्वू भाषा बोली जाती है। इसे तिब्बती—बर्मी भाषा का अंग माना जाता है जिसे प्राचीन समय से किरात जाति के लोग बोला करते थे। दारमा घाटी में इसे रङ ल्वू, चौंदास में बुम्बा ल्वू और ब्यास घाटी में ब्यूंखू ल्वू के नाम से जाना जाता है।
राजी : राजी कुमांऊ के जंगलों में रहने वाली जनजाति थी। यह खानाबदोश जनजाति थी जिसने पिछले कुछ समय से स्थायी निवास बना लिये हैं। नेपाल की सीमा से सटे उत्तराखंड के पिथौरागढ़, चंपावत और ऊधमसिंह नगर जिलों में इस जनजाति के लोग रहते हैं। यह भाषा तेजी से खत्म होती जा रही है।
हमने शुरुआत 'मां' से की थी तो अब जान लें कि उत्तराखंड की भाषाओं में मां के लिये क्या बोला जाता है। वैसे यहां की भाषाओं में अब मां आम प्रचलित है लेकिन पहले ब्वे, बोई या ईजा भी बोला जाता था। मां के लिये उत्तराखंड की भाषाओं के शब्द ....
(१) अधिकार र अनुभव
नबनियुक्त युबा अधिकृतको जोश जाँगर प्रशंसा योग्य छ, स्टाफहरुको भनाइ हुन्थ्यो । दाउन नजाने बहर बिग्रन्छ, हाकिमको ठम्याइ थियो । केहिदिन कार्य बिबरणको मेसो नमिल्दा अफिसर अलमलिइ रहेको थियो । हाकिमले अधिकार प्रत्यायोजन नै गरेका छैनन, अधिनस्थ सहायक कुरा लाउथे ।
आखिरमा एकदिन काम तोकिएको बारेको आन्तरिकपत्र पाइयो । तर पहिलो बेहोरामै अफिसर अल्झियो ।
" मातहत निकायबाट प्राप्त आर्थिक कारोबार बाहेकका चिठ्ठिहरु खोलि नियमानुसार कारवाहि गर्ने ।" भनेर हाकिमले आफुमुनिका अधिकृतलाइ अधिकार सुम्पेका थिए । नयाँ काम... धेरै मन्थन गरियो । अँह, कुरा सपष्ट भएन ।
हाकिमलाइ सोध्नै पर्ने भयो ।
" सर! मेरो कार्य बिबरणका दुइटा कुरामा मलाइ द्विबिधा भयो ।
" के के मा? " टेबलमाथिको एउटा फाइलमा एकोहोरिएका आँखा माथि नउठाइ ब्यस्त हाकिमले बेवास्तापुर्बक सोधनि गरे ।
" सर ! म नयाँ मानिस । यो नियमानुसार कारवाहि भन्ने शब्द बढि बिषयगत भयो । कस्तोमा के कारवाहि गर्ने भन्ने बस्तुगत बिबरण समेत राख्दा सपष्ट हुन्थ्यो कि ? अनि चिठ्ठि नै नखोलि त्यो भित्र आर्थक कारोबार बिषयको पत्र छ भन्ने कसरी थाहा पाउने ? अहिले त यी दुई कुरा मात्र .... ।"
" ए .." बिच्चैमा हाकिमी आदेश आयो ।
" अहिलेलाइ यसको व्याख्या गर्ने अधिकार प्रत्यायोजन गरेको छैन । उचित समयमा तदनुसार गरौला । यो सब अनुभवले सिकिने कुरा हुन् । तपाईं परिक्षणकालमा हुनुहुन्छ । यत्ति मात्रै बुझ्नोस् ।"
के तिमीलाइ यस्तो लाग्छ कि
-मैले तिम्रा पुराना काला करतूत भुलिसके ।
-तिम्रो कुर्सिआरोहणमा सारा कथा सकिसक्यो ।
के यी प्रायोजित उत्सबहरुको नायक तिमी ने हौ?
साँचो कुरा मलाइ थाहा छ ।
म नयाँँ शताब्दिको जनता हुँ ।
के तिमीलाइ यस्तो लाग्छ कि
- तिमीले झण्डा फहराउदा म फुरुक्क हुन्छु ।
- तिमी चुटकिला भन्छौ र म हुरुक्क हुन्छु ।
मेरो छातिमा बलिरहेको सित्तै निभाउन सकिएला र?
यी झुठा आश्वासनको अर्थ मलाइ थाहा छ ।
म नौलो युगको चेतना हुँ ।
के तिमिलाइ यस्तो लाग्छ कि
- यो लजाएको समय यतिकै सकिनेछ ।
- यो दुर्ब्यसनी पुस्ता यत्तिकै बिलाउनेछ ।
तिम्रो काला कल्पना मैले देखेकोछु ।
म एक आदर्स ईतिहास हुँ ।
हिसाब किताब लिन आउनेछु ।
तिम्रो हैसियत बताउन आउनेछु ।
म अबश्य आउनेछु ।
माइत गएकि श्रीमती आज फर्केकि हुन् । कोतेधन्दाबाट छुट्टि मिल्ने खुशियालीमा मन फुरुङगिएकोछ । तर उनको मूड ठिक छैन जस्तो लाग्यो ।
मैले नै कुरा निकाले ।
` अझै माइतिको याद आउदैछ कि क्या हो ?´
`ऊह ऽ ऽ । अब त बोलाए पछि मात्र जाने ।´
` किन ? । मन मरे जस्तो छ नि ।´
` बुहारिको अनुहार सम्झेर क्या ...... । भाइलाइ त के दोष दिनु र, बिचरा.....।´
` ल ठिक भयो । अब आफनो घर समाल । खेततिर धानबालि कस्तो भयो ? जान भ्याएकै थिइन । म हेरेर आउछु । अँ , यसपाला त दिदिले पनि आउछु भनेर खबर पठाउनु भएकोछ । भान्जाहरु पनि आउछन कि ? जोरजाम गरिराख ल ।´
लामो सास फेरेर उनले अर्को तिर हेरिन । म मनभरि कुरा खेलाउदै खेततिर लागे ।
टेकुको भिडभाडयुक्त सडकमा हाम्रो भेट हुन जुरेको रहेछ । कच्याककुचुक पारेर लुकाइ राखेको प्रेमपत्र जस्तो जिन्दगी एकछिन झल्यास् भयो । ऊहि शालिनता, उस्तै चञ्चल आँखा । तर अनुहारमा समयले कोरेका किरिङमिरिङ । उनको हिडाइ समेत टाढैबाट ठम्याउन सकिएछ । भनिरहनु परोइन्, उनी आउछिन कि भनेर उहिले म भए नभएका काम निकालेर डाडा चौतारि, खेत-खलिहान, नदि किनार, घरआगन तिर घुमी रहन्थे । त्यो पनि बातचित अंकमाल वा भेटघाट गर्न हैन, खालि हेराहेर गर्न । समय नै त्यस्तो थियो । मेरो किसोर-कल्पनाको तत्कालिन ' टाइटानिक ' अज्ञात समुद्रमा कुदेको कुद्यै हुन्थ्यो । उनी अर्थात एउटि अल्हड ग्रामिण किशोरी । म अर्थात भर्खर जुङ्गाको रेखि जमेको नवनियुक्त सरकारि फिल्ड कर्मचारि । सामान्य सञ्चो बिसञ्चो सोध्ने र अन्तमा ङिच्च हाँस्दै ' बाऽइ ' भन्ने नौकरीको नियति र नियमितता छ अचेल मेरो । खासै काम पनि नहुने, फुर्सत पनि नहुने राजधानीको माध्यमिक सरकारी जागिरे छु । उनी कुनै तालिममा सहभागी हुन राजधानी आएकि रहिछन् । आज मैले असामान्य औपचारिकता प्रदर्शन गरेे । असरका हिसावले कानभन्दा पर पहुँच नभएका पुर्वाङ्गे कुरा गरिसकेपछी बडो हिम्मतका साथ चिया खाने प्रस्ताव राखे । उनको मौनतापुर्ण समर्थन रह्यो । पुरानो फ्लेशबेक आउन थाल्यो । मुटु फुटला जस्तो भयो । नशा चुडिदैछन जस्तो लाग्यो । कफिहाउसको दोस्रो तला उक्लिन खुट्टा काम्न थाले ।पप एउटै टेबुल वरपर बस्दासम्म पनि कसो कसो सास संयमित गर्न गारो लाग्यो । उनको शरिरको मनोद्वेगी सुगन्धमा पुरानो पहिचान खोज्दै कुुन कुनाबाट कुरा शुरु गरौ जस्तो भयो । सामान्य ब्यक्तिगत समुहगत जानकारि लियौ । ल जा, उनले त बिहे नै नगरेको पो बताइन । कुनै गैर सरकारि संंस्थामा सामाजिक परिचालिका भएर बसेकि रे । ‘विहे किन गरेनौ ?’ एकाध सेकेण्ड पनि नसोची आक्रोश, माया र पश्चाताप मिश्रित स्वरमा मैले भनेँ , ‘ हजुरले किन गरि'स्यो? ’ उनको मुखाकृतिमा रातोपना बढ्यो । प्रतिप्रश्नले मेरो अनुहारको ज्योती खोसेेर लगेको जस्तो भयो । उहिले उन्ले सुनाएको स्थानिय लोकगितको मुख्य पङ्ति सम्झन पुगे । ` तँइ भयेइ उणने चणो, म हँस्यालु तोपो ।´ भावार्थ थियो, तिमी उडने चरा भएर आउनुु >म ऐसेलु फल बनेर कुरि बस्नेछु । बिस्तारै बोल फुट्यो । ‘मैले यो अपेक्षा गरेको थिइन ।’ ‘के मैले गरेकि थिँए हुँला त ? जसोइ लेख्यो भाबनीले उसोइ हुन्या रै`छ । ´ सारांशमा गीतका बोल टिप्ने पुरानो बानी गएको रहेनछ । छोटकरिमा मलाइ सम्झाएर- रुवाएर जाने भइन । म एकोहोरिएर हेरि रहे । अचेल बाचालता थपिएको रहेछ । मैैले थप कुरा गर्ने मेसै पाइन । त्यसो त छडके कुरा सुनाएकोमा बाहेक कहिल्यै जुनेलि रातका बात मारेका थिएनौ हामिले । आज झन पछुतो भरिएर आयो । म संग मध्यमबर्गिय बिडम्बना थिए । एकबारको जुनिमा मीठो गरि बाँच्नका लागि बिबाहलाई एक प्रयास मात्र मानियो । साथी बनेर जो आउला उसैसंग प्लेटोनिक प्रेम गरुला भनेर सोचियो । बा आमाका नजरमा जोर घडा जस्ता छोरा बुहारी बनेर बसौला भन्ने ठानियौ । ओ हो, देउरालि बाटोको वारिपारि चौतारामा उभिएका वर पिपल पो भइयो जस्तो छ । धिक्कार जिन्दगि! अनायासै भनेछु ।। ‘मैले हारेँ ।’ ‘मैले जित्न चाहेेकै कहाँ छु र ।’ आँखामा एउटा हाँक देखियो । उनी क्रमस: जित्दैै थिइन । बोल्न खोज्दै थिए । उनले चोर औला उठाएर चुप लाग्ने इशारा गरिन, म घोसेमुण्टो लाएर लल्याकलुलुक भए । जिबनोत्सबको हतारोमा प्रेम र बिबाह नामका भेराइटि डिस चाख्ने मेरो आयोजना अनुशासित र ब्यबस्थित हुन सकेनछ । सायद लामै मौनतालाइ मैले नै चिरे । ` मैयाँ !´ ‘ हजुर !´ ‘केहि होइन । ऽ ऽ ऽ कफि सेलायो ।’ आँखा टल्पलाएर अनुहार रातो भएको थियो । उन्ले फटाफट कफि कप खालि गरिन र ` जाउ है ´ भन्दै उठिन पनि । ब्यागबाट झिकेको पुरानो खाले टाटेपाटे रुमालले आँखामा उम्रिएको पानी पुछिन ।कर्केहेराइसंगै बिदा मागिन । बल्ल बर्तमानको धरातलमा आए । ऊहिले बिदा हुँदा त्यस्तै रुमाल चिनो छोडेर आएको थिए म । केही बोल्न नपाउदै उनी हिडिसकेकि थिइन । यो उनिसँग छुटेदेखि बीस वर्षपछिको पहिलो भेट थियो । लामो श्वाँँस फेरेर म पनि उठे । एउटै रागमा तरंगित भएका हामी एउटा बिणाका अलग अलग तार जो थियौ ।
कर्णाली चिसापानीको पुल तरेपछि सुदूर सिमान्तको सात नम्बर प्रदेशमा पुगिन्छ । यस क्षेत्रका पर्यटकिय गन्तव्य हरु अद्यापि देशबासीका नजरमा समेत ओझेेल नै छन । टिकापुर, घोडाघोडी, शुुक्लाफाँटा, झिलमिला, वेदकोट, अमरगढी, शैैलेश्वरी, बडिमालिका, रामारोशन, खप्तड, बुढीनन्दा, सुर्मा, अपि-नाम्पाका बारेमा समेत हामीसंग यथेष्ट जानकारी छैन । यस यथार्थमा प्रकृति र संस्कृतिको नमुनास्थल रहेको यस क्षेत्रका नयाँ नयाँ दर्शनीय स्थानको सामान्य परिचय दिने जमर्को गर्दैै ग्वाल्लेकधामको अती पबित्र मानिने ग्वाल्लेक शिखर, ग्वालेककेदार धाार्मिकारण्य र सेरोफेरोका धाार्मिक-सांस्कृतिक धरोहरहरुको छोटो चिनारी यस लेखमा राखेकाछौ ।
बैतडी सदरमुकामबाट १० कि मि पुुर्बपट्टि उच्चसमस्थलीमा देहिमाण्डौको स्थानिय बजार अबस्थित छ । नेपाल- भारत सीमाना पर्ने झुुलाघाट बजारबाट यहाँसम्म २९ कि मि पक्की सडक छ । यहाँबाट सोझै दक्षिणमा देखिने लेकको सर्बोच्च शिखर नै यस भेेगमा ग्वाल्लेकधामका नामले प्रसिद्ध छ । यो धामका वरपर चारैतिर विभिन्न नामले सम्बोधित शिबशक्तिस्थलहरु स्थापित छन । समष्टिमा यो मनोरम भुुखण्डलाइ ग्वाल्लेककेदार क्षेत्र भनिएकोछ । देहिमाण्डौबाट यो शिखरको पुर्बी पार्श्वतिर जाने सडक हाल २५ कि मि टाढा गिरेगडासम्म पुगेकोछ भने पश्चिम पट्टिको सडक देहिमाण्डौ- दुर्गास्थान १२ कि मि र दुर्गास्थान- सलेना- मेलौली १५ कि मि सम्म नै गाडी चल्न थालेकोछ । लामालेक- खलगाड- रोडीदेवल रुटमा निर्माणाधिन सडकलाई देहिमाण्डौ-गिरेगडा सडकसम्म जोडने गरेर यो ग्वाल्लेककेदार क्षेत्रको चारैतिर परिक्रमा पथ( चक्रपथ ) को परिकल्पना गरिएकोछ । देहिमाण्डौकै सुन्दरखालबाट संरक्षित बनको किनारै किनार ढणौन- पेल्या हुँदै लामालेकमा पर्यटनमार्गलाई जोडने योजना समेत छ । यसरी चारैतिरको सडक संजाल जोडन धेेरै दिन कुर्नु नपर्नेमा स्थानियबासी बिश्वस्त छन ।
देहिमाण्डौको बजार नै ग्वाल्लेक केदार क्षेत्रको प्रमुख प्रबेश-बिन्दु हो । देहिमाण्डौ्डौमा खानबस्नकालागि होटेल लजहरु छन । स्वास्थ्य चौकी र पुलिसचौकीको सेवा समेत उपलब्ध छ । यहाँबाट पुर्ब वा पश्चिम जुन रुटबाट भए पनि ग्वाल्लेक वरपरका धार्मिक सांस्कृतिक स्थलहरुमा पुग्न सकिन्छ । ग्वाल्लेक धामको वरपर थुुप्रै दर्शनिय स्थल छन । स्थानाभावका कारणले समेत यो आलेखमा मात्र यिनीहरु सबैको बारेमा लेख्न नसकिए पनि पछि अपडेट गर्नेेगरि केही प्रमुख स्थलका सम्बन्धमा छोटो जानकारि मात्र समाबिष्ट छ ।
निंगलासैनी ; सुप्रसिध्द शक्तिपीठ
बैतडी जिल्लाको देहिमाण्डौँमा रहेको निङ्गलाशैनि भगवती मन्दिरमा मेला भर्न सुदूरपश्चिमका साथै भारतको कुमाउ र गढवाल क्षेत्रबाट पनि हजारौंको संख्यामा दर्शनार्थी मन्दिरमा दर्शन गर्न पुग्ने गर्दछन् ।
स्थानिय जानकारहरुका अनुसार निङ्लासैनी भगवति मन्दिरमा पहिलेदेखिनै पशुवलि दिने प्रचलन छ । महाष्टमीका दिन शक्तिवर्दनी निङ्गलाशैनि माताको मन्दिरमा कम्तिमा पनि ६८ प्राणिको वलि दिनुपर्ने भएकाले यो मेलालाई स्थानिय भाषमा अठ्सठ्ठि जात पनि भनिन्छ ।
पौराणीक किंवदन्ती अनुसार ७ सय वर्ष पहिले देहिमाण्डौं गाविसको वडा नं.६ स्थित जंगलको एक भागमा निंगालोको वोट संगै रहेको एक सिलामाथि आफ्नो गाईले दुध चढाएको देखेपछि सोहि निंगालोवाट उत्पन्न भएको हुनाले यहाँं उत्पन्न महांशक्तिलाई निङ्लासैनी भगवतीको रुपमा पुज्ने गरिएको हो ।
निङ्लासैनी भगवतीको मन्दिरमा प्रत्येक संक्रान्ती, औसी र पूर्णिमाका दिन शास्त्रोक्त विधिबाट नियमित पुजा चढाईन्छ भने हरेक वर्ष बडादशै, चैैते दशै, भाद्र पुर्णिमा र मंसिर पुर्णिमामा ४ पटक भब्य मेला लाग्ने गर्दछ ।
सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठको रुपमा मानिने यस मन्दिरमा प्रतेक बर्ष नवरात्रको महाअष्टमी को अवसर पारेर पाँच सय भन्दा बढी पशुको बलि दिईन्छ । ०७२ सालको तथ्यांकमा माहाअष्टमीको अवसर पारेर ३ सय ३० राँगा र दुई सय भन्दा बढी बोकाहरुको बली दिईएको निङ्गलाशैनि मेला व्यवस्थापन समितीको रेकर्डमा देखिन्छ ।
ग्वाल्लेकधाम ; पबित्रतम उच्च शिखर
देहिमाण्डौबाट करिब २ कि मि सुन्दरखालसम्म नै सडक पुगेकोछ । यहाबाट डेढदुइ घण्टाको पैदलबाटो शिखरसम्म पुगिन्छ, तर शिखरमा जान पबित्र र चोखो रहनु पर्ने केही अनुष्ठान पूरा गर्नुपर्छ । प्रबेशबिन्दुमा सानो मन्दिर र आश्रम बनाइएकोछ । शिखरको प्राकृतिक भब्यता अनुपम र अलौकिक मानिन्छ । शिखरको उचाई ६०६५ मिटर मापन गरिएकोछ । स्थानिय लोकमानस ग्वाल्लेक धुुराका नामले यस शिखरलाई अतिव आस्था र बिश्वासका साथ गुहार्ने गर्दछ ।
ग्वाल्लेककेदार ; धार्मिक आस्थायुक्त संरक्षित बन
ग्वाल्लेकधामको चारैतिर करिब २८७८ हेक्टर धार्मिक राष्ट्रिय बनले यो समुच्च क्षेत्रलाई जिबन्तता दिइरहेकोछ । यसलाई संरक्षित बन कायम गर्ने संरक्षणकर्मीहरुको प्रयास जारी छ । पर्यापर्यटनकालागि यो बनक्षेत्र नमुना मानिन्छ । प्राकृतिक हरियाचौर, गुफा, पानीमुहान, बिबिध बनस्पति, बनौषधि, बन्यजन्तु यहाँका आकर्षण हुन् । भाारत र नेपालका हिमश्रृंखला लगायतका प्राकृतिक दृश्यहरुको अबलोकनका लागि समेत यो धाार्मिकारण्य विशिष्ट गन्तव्य मानिन्छ ।
असिमकेदार ; वर्षा र सहकालका देवता
देहिमाण्डौ-सलेना सडकको सात कि मि दुरिमा पर्ने दुर्गास्थानको सुर्काल गाउँमा असिमकेदार मन्दिर अबस्थित छ । यहाँ पनि भाद्र र माघ महिनाको शुुक्ल पञ्चमीदेखि तीन दिनसम्म प्रख्यात " तेरादे जाँत " को रमाइलो पर्व मनाइन्छ । संक्रान्ति, औसी र पुर्णिमामा नित्य पुजा हुन्छ । नवरात्र, न्वागि पर्व ( नयाँ अन्न चढाउने ) आदिका अबसरमा समेत पुजाआजा हुन्छ । खडेरी वा अतिबृष्टि भएमा " आल " भरिका गाउँगर्खाबाट जाँत सहितका मानिस संकट निबारणार्थ यो मन्दिरमा आउने चलन कायमै छ । असिमकेदारलाई वर्षा र सहकालका देवताका रुपमा मान्ने गरिन्छ । यहाँ पनि पुजाआजा चलाउने आफनै विशिष्ट प्रचलन छन ।
महाद्यौ ; झौलेक, गुरुखोला
दशरथ चन्द राजमार्ग नजिक झौलेकमा महारुद्र देवताको प्रसिद्ध मन्दिर रहेको छ । यस मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल/चैत्र शुक्ल नवमी तिथिमा विशेष पूजा लाग्ने गर्दछ ।
मेलौली ; प्रख्यात भगवति धार्मीक स्थलको रुपमा सुदूर पश्चिमका प्रमुख शक्तिपिठमध्ये मेलौली पनि एक हो । प्रचार प्रसार हुन नसकेको कारण ओझेलमा परेको मेलौली भगवतिको महिमा क्षेत्रभरि कायमै रहिआएको तथ्य कार्तिक पुर्णीमा लाग्ने जात्रा ( जाँँत ) मा देखिने लाखौको सहभागीताले प्रमाणित गर्दछ । एक सय चौतिस रोपनी क्षेत्रफल भएको चौरमा अवस्थित माता मेलौलीको मन्दिर हातामा केदारशैली, शिखरशैली र पैगोडा शैलीका समन्वित स्वरुपमा विशिष्ट चित्ताकर्षक शैैलीको बास्तुकला देखिन्छ । काार्तिक पुर्णिमाको अबसरमा चार दिन सम्म रहने जात्रामा करैाडौको ब्यापार हुन्छ । नेजा ध्वजा आशा गुर्ज भानु भोकर लगायत पाचबाजाको साथ दशैा ब्यक्तिहरुले बोक्ने चन्डोलमा श्वेत फेटा र बागो लगाई सुन चादीको गहनामा सुशोभित भएका हातमा चामर लिएका धामीमा पुर्णिमाको बिहान सुर्योदयको मुहुर्तमा मेलौली अबतरित हुन्छिन भन्ने जन बिश्वास छ । चौरको मध्यमा रहेको फलामे पिँङ ( हिङलो ) सु प मा नै सबभन्दा अग्लो हुनुपर्दछ । मन्दिरको पश्चिम र ग्रीन बेल्टको ठीक मुनी देब्वा ओराड नामले एउटा गुफा छ । प्रबेशद्दार सागुरो भएको हुदा सबैलाई भित्र प्रवेश गर्न सक्दैनन् । गएका हरुबाट प्राप्त जानकारी अनुसार बिभिन्न देवि देबताहरुको प्राकृतिक मुर्तिहरु छन । लामालेक बुढाघरभन्दा माथि लेकतिर अर्को गुफा छ । यस किसिमका गुफाहरु सीमा र ग्वाल्लेकको बनमा पनि पाईन्छन । यि अझै खोजका बिषयहरु छन ।
मेलौलींमा चैतै दशै र अशोजको महिनाको बडा दशैमा नित्य ५ पुजा र बली बिधान हुने गर्दछ । धर्म र सँस्कृतिको नाममा देउकी बनाउने चलन चालीसको दशकमा समाज सेवी र पिडित समुदायले ठूलो प्रयत्नका साथ समाप्त गरेकाछन ।
महारुद्र, खलिगाड ; विशिष्ट परंपरा
ग्वाल्लेककेदार क्षेत्रकै तोलि बनसंग जोडिएको महारुद्र गा बि स को सेरा गाउँमा अवस्थित महारुद्र मन्दिर केही विशिष्ट परम्पराका कारण यस भेेगभरि नै प्रसिध्द छ । सम्भबत: तेह्रौ शताब्दिमा स्थापित यो मन्दिरमा प्रथम स्थानमा मुखिया ठकुरी हुने र बिणाको धामी क्षेत्रीबाट हुने चलन छ। हाल यसरी खाम बसेका चन्द मुखियाहरुको एघारौ पुस्ताले मन्दिरको धार्मिक सांस्कृतिक कार्य संचालन गरिरहेकाछन् । बुध्द पुर्णिमाका दिन बलिरहेको आगोमा धामीहरुले तातो फलाम चाटने धुुनी जाँत पनि यस स्थानको प्रख्यात विशेष पर्व हो । यसै स्धान नजिक २ कि मि लामो प्राकृतिक गुफा पनि छ । लामालेकबाट यहाँसम्मको सडक निर्माणाधिन छ ।
गण्मेश्वर ; गिरेगडा-३ नेटा
धार्मिक पर्यटकीय स्थल गणमेश्वर मन्दिर बैतडीको गिरेगडा र रोडीदेवल गाविस सिमना नेटा मा अवस्थित छ ।कलात्मक सौन्दर्यले भरीपुर्ण यो मन्दिरमा जान देहिमाण्डौदेखि नै सडक यायायातको सुविधा छ। गणमेश्वरको नवनिर्मिित मन्दीर नवनिर्मीत विशिष्ट बास्तुकलाका कारण प्रसिध्द छ । गन्मेश्वर बाबालाई गडवालिङको नामले पनि पुकारिन्छ । यहाँको मन्दिरमा मन्दिरमा रातो टिका चल्दैन । भाारतको पिथौरागढ चम्पावतबाट समेत दर्शनार्थीहरु आउनेगरेकाछन ।
देउताल ; द्यौगण्या, रोडीदेबल
देवताल अर्थात देवगणेलाई गडवालिङको प्रमुख वीर मानिन्छ । नेपाल- भाारत दुबैतिर यिनलाइ समानरुपमा श्रध्दा र बिश्वास गर्दछन । कहि पनि न्याय नपाएमा देउगणे गुहार्नेे ( घाऽत जाने ) चलन छ । महाकाली किनारका यस तालमा सुनका माछा चढाउने प्रचलन कायमै छ । नवरात्रमा यहाँ ठुुलो मेला लाग्छ ।
{ नागार्जुन ; गिरेगडा-५ तोली/सिम केदार ; गिरेगडा-४/नङथरो ; गिरेगडा-८ धिरमणा/खोलीकेदार ; गोइचणा , जर्ग /कैलपाल, पुजरागाउ, दुर्गास्थान /खापर गुफा, ऐचेेकाडा, दुर्गास्थान/समैची सदाफल; दुर्गास्थान/ भुुमिराज, दुर्गास्थान आदि कतिपय धाार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि ग्वालेककेदार धाार्मिक क्षेत्रको वरपर अवस्थित छन । यी पावनस्थलहरु बारेका बिबरण अद्यावधिक गर्दै जानेछौ । केही फोटोहरु पनि गुगलबाट साभार सङ्कलन गरिएका छन् । यसबारेका तथ्यपुर्ण जानकारीका लागि कमेन्ट बक्स खुुला छ । कृपया यो एकल प्रयासलाई सघाई दिनुहुनेछ । }
सिमनाथ ; आकर्षक शिबस्थल
मेलौलीदेखि १४ कि मि दक्षिणको चुचुरोमा अवस्थित सिमनाथ मन्दिरमा कार्तिक शुुक्ल सप्तमीमा ठुुलो मेला लाग्दछ । भाद्र शुुक्लाष्टमी अर्को विशेष पर्व हो । प्राकृतिक रुपले पनि यो स्थान चित्ताकर्षक मानिन्छ । सिमनाथको आफनै विशिष्ट परम्परा छ । मेलामा दुई गाउले समुहहरु गीर खेेल्ने चलन अहिलेसम्म चालु छ । हाल यस स्थानमा समेत सडकको ट्रेक खुलिसकेकोले आउनजान सजिलो भएकोछ ।
शर्मालीगढी ; अमरगढीकै हाराहारी
भारतको चम्पाबतगढ र डडेल्धुराको अमरगढीकै हाराहारीको यो गढी तत्कालिन सामरिक किल्ला हो । हाल संरक्षणको पर्खाइमा रहेको किल्ला लगभग ५०० बर्गफुट जमिनमा फैैलिएकोछ । डोटि भेेगमै अमरगढि पछि यो शर्मालीगढी दोश्रो ठुुलो किल्ला मानिन्थ्यो ।
यसरी यो भेेगका अतिरिक्त बैतडी र डडेल्धुराका कतिपय पर्यटकीय गन्तब्यहरुको पर्यटन प्रबर्धनका निम्ति एकीकृत प्रयासको आबश्यकता छ । राष्टिय सडक संजालसंग जोडिएकोले पर्यटकीय बिकासका लागि सबैको ध्यान जानू पनि अबको टडकारो खाँचो हो ।
जहाँसम्म बैतडीसम्म पुग्ने चाँजोपाँजोको प्रश्न छ, हाललाई सार्बजनिक यातायात प्रयोग गरेमा काठमाण्डौ- बैतडी- काठमाण्डौ बस भाडा र दुई रात बैतडीमा खान- वस्न बाह्र हजार जतिले पुग्छ । कुनै कोसेली लैजानका लागि अतिरिक्त खर्च थपिने हुन्छ । काठमाण्डौबाट बैतडी पुग्न बसमा २७ घण्टासम्म लाग्छ । काठमाण्डौ- धनगढि हवाइ यातायात पनि उपलब्ध छ । धनगढी- बैतडी २२० कि मि को लागि धनगढिमै बस र भाडाका साधन पनि पाइन्छन् । सामान्यत: टिसर्ट, टाउजर, हापपैण्ट, पातलो ज्याकेट, क्याप, स्पोर्ट शुु, चप्पल, पानी बोतल, टर्चलाइट, क्यामेरा, डायरि, कलम, दुर्बिन, टावेल, टुथपेष्ट, साबुन, ब्रस र सामान्य औषधिको जोहो मिलाएर आउदा बेस हुन्छ । यताबाट कोसेलिको रुपमा चिउरि गुड, बोडी, गहत, मस्याङ, मास, भटमास जस्ता अर्ग्यानिक उत्पादन लैजान सकिन्छ । सिमावर्ति नगर झुुलाघाट वा पिथौरागढसम्म पुगेर किनमेल गर्न सकिन्छ ।