पृृष्ठ-प्रबेश
बैतडी जिल्ला सदरमुकामबाट १४ कि मि मात्र टाढा रहेको मेरो गाउँ यस बर्षमात्रै सडक संजा्लसंग जोडिएकोछ । यो नयाँ ग्रामिण सडकमा देहिमाण्डौको पक्की राजमार्ग हुदै टेक्टर, जीप र मोटरसाइकलहरु निर्बाध चलिरहेकाछन् । यो सँगै केही नयाँ सपना र केही नयाँ चाहना पनि गाउँ भित्रिन थालेकाछन् । समय र परिस्थितिले समकालीन समाजलाइ कता डो-याउला ? ठ्याक्कै भन्न गारो छ । तर बदलिदो विश्व परिबेशमा मेरो प्राकृत जन्मथली बामे सर्न प्रयास गरिरहेको अडकल सहजै गर्न सकिन्छ । यिनै प्राथमिक पाइलाहरुको सानो परिचय यो आलेखमा राखिएकोछ।समुद्र सतहबाट झण्डै ८२२-११६६ मिटर सम्म उचाईमा रहेको यो गाउँ तत्कालिन दुर्गास्थान गा बि स को सबैभन्दा बढि जनसंख्या भएको बस्ती हो । हालको पुनर्संरचनामा दशरथचंद नगरपालिकाको सात नम्बर वडामा समाबेश यो गाउँमा बिगत १० वर्षदेखि नै बिद्युत सेवा उपलब्ध थियो । ग्वाल्लेकधुराको पश्चिमी पार्श्वबाट बग्ने खोलाहरुले गर्दा पुरै बस्तिमा पानीको सुबिधा प्राप्त छ । ससाना कुलाहरुको मर्मत हुनसके सबै जसो जमिनमा सिँचाइ पुग्न सक्ने अबस्था छ । सारांशमा यहाँ जल, जमिन, जंगल र जनश्रमको छेलोखेलो छ । यहाँबाट बग्ने बगडागाड नै रौलाघाट हुँदै स्याडीगाडमा मिसिएकोछ र यसै गाडबाट निकालिएका कुलाहरुले पुजारागाउँ, स्याडी, कपर्त, धनचुलि र बगाउँसम्म सिन्चन गरिरहेकाछन् । हाल निर्माणाधिन बृहत्तर सुर्काल खाानेपानी योजना तयार भएमा गाउँभरि सिचाईको यथेष्ट सुबिधा प्राप्त हुने आशा गर्नसकिन्छ ।
तत्कालिन दुर्गास्थान गाबिसको आबधिक योजना पुस्तिका २०७३ का अनुसार कुल साना ठुुला गरि १८ वटा बस्तिमा यहाँ २३९८ जना बसोबासि छन । गाबिस श्रोतका अनुसार कृषि र पशुपालनमा ९०% मानिस सँलग्न छन र ९८% घरधुरिको आफनै खेेति र पशुपालन ब्यबसाय छ । असीमकेदार मन्दिर र ग्वाल्लेक केदार धामको अवस्थितिले यो गाउँँ ऐतिहासिक र धाार्मिक दृष्टिले पनि महत्वपुर्ण छ । तर, बिडम्बना, समष्टिमा यहाँको गरिबी दर ३८.६८% आकलन गरिएकोछ । खान पुगेर खााद्यान्न बेच्नेहरु १०% होलान, ३० % ले मात्र यहाँको उत्पादनले गुजारा गर्न भ्याउछन् । यसरी हेर्दा यहाँको परम्परागत खेेतिप्रणाली र परम्परागत खाानपानका तरिकाहरुमा पनि परिवर्तन गर्नुपर्ने टडकारो आबश्यकता छ । र बिस्तारै कृषिलाई ब्याबसायिकरण गर्नु पर्ने देखिन्छ ।
ब्याबसायिक कृषिका सम्भावना
उल्लेखित पृष्ठभुमीको यो गाउँमा ब्याबसायिक कृषिको उच्च सम्भावना रहेकोले आधुुनिक सोच सहित खेेतिपातिमा आधुुनिकिकरण गर्नुपर्ने देखिन्छ । यसकालागि माटो र हावापानी मिल्ने गरि उचित उन्नत बिउबिजनको ब्यबस्था, गोठेमलको उचित ब्यबस्थापन र प्रयोग, साना सिँचाइकालागी कुला-पोखरीहरुको निर्माण, अत्याबश्यक कीटनाशक बिषादिहरुको उपलब्धता, उत्पादित कृषिउपजको बजार ब्यबस्थापन, आधुुनिक कृषिऔजारहरुको प्रयोग, कृषिसडकहरुको निर्माण, उच्चमुल्यबालीको खेेतिको शुुरुवात, कृषि बन प्रणाली र गरा खेेति प्रणालीको शुुरुवात, बैकल्पिक उर्जाको प्रयोग, भुुक्षय नियन्त्रण र जलाधार क्षेत्र संरक्षण, चरनक्षेत्र बिकास, बाताबरणिय चेेतना र लोपोन्मुख बाली संरक्षण जस्ता कार्यक्रमहरुसंग गाउँले किसानहरुलाई परिचित र प्रशिक्षित गराउनु पर्ने हुन्छ ।यसरी आधुुनिक कृषिको शुुरुवातकालागि उदाहरणिय नमुना हुनेगरि परम्परागतरुपमा धान र गहुँखेतिमात्र गरिने गाउँकै उच्चसमस्थलीमा रहेको खाँण खेतलाई प्रयोग गर्न सकिन्छ । करिब २०० रोपनीको यो समथल ऐतिहासिक- धाार्मिक शस्यश्यामला उर्बर खेेतमा गाऊँका प्रतेक बासिन्दाको भाग हुनैपर्ने मान्यताका कारण खण्डीकरण रोक्नुपर्नेे देखिन्छ । यो खेेतमा बर्षातको पानिबाट मात्र सबैले एकै पटक रोपाई गर्दाको हतारो र हडबडका किस्साकहानीहरु अहिले पनि गाउँमा ठट्यौलिका बिषय हुन्छन ।यो मैदानमा भुुमिगत श्रोतबाट पनि पानीको जोहो गर्नसकिन्छ । त्यसैगरि खोला छेउछाउका खरफगाला र बाँझो जमिनमा दालचिनी, अमला, तेजपत्ता र रिठा तथा डालेघाँस लगाउन सकिन्छ । खोला किनारमा अलैची, अदुवा र बेसार खेेतिका उच्च सम्भावना छदैछन । ग्वाल्लेक शिखरबाट बग्ने आधाा दर्जन जति खोलाहरुमा टाउट माछा लगायतको सम्भावनातर्फ पनि परिक्षण गर्न सकिन्छ ।
यसै सिलसिलामाबेसीको बगडाखेत वारिपारि अहिले पनि आलुखेति र तरकारी बीउ उत्पादन गरेको रमाइलो दृश्य दृष्टिगोचर हुन्छ । यसलाई ब्याबसायिक बनाउदाको उपलब्धिबारे कृषकहरुलाइ जागरुक बनाउनु छ ।यसरी तत्काल गाउँ वरपरको ३०० रोपनी जति जमीनलाई तरकारी पकेटको रुपमा बिकास गर्न सकिने सम्भावना छ । तरकारी खेेतिका लागि यो स्थान अती उत्तम रहेको कुरामा कृषि बिशेषज्ञहरु समेत एकमत छन् । त्यसो त सुर्कालको चोतो ( स्थानिय ठुुलो डल्लो मुला ) र घिउले उहिलेदेखि नै यो भेेगभरि चर्चा पाएकै हो । स्थानिय रैथाने बिउको संरक्षण सम्बर्धन भएमा तरकारी खेेतिको बिकासतर्फ नमुना योग्य काम मानिनेछ । यो गाउका खोलाहरुमा रहेका ५/७ पानी घट्टमा यहाँको अर्ग्यानिक उत्पादन कुटानी पिसानीगरि प्याकेजिंग गरेर बजारमा ल्याउदाको महत्वलाई पनि ब्यापारिकरण गर्नु आजको सन्दर्भमा सारै सामयिक लाग्दछ ।
हालसम्मका प्रयास
स्थानिय श्रोत जुटाएर असंगठित रुपमै भएपनि बिगत ८/१० बर्षदेखि यहाँ कृषि र पशुपालन सम्बन्धि केही आशलाग्दा काम भएकाछन् ।बचतका अतिरिक्त टुक्रे रुपमा तरकारी खेेति गर्ने, उन्नत बाख्रापालन गर्ने जस्ताकांममा केही उत्साही युवाहरु सक्रिय देखिन्छन् । तर बाहिरको नगण्य सहयोग र पुराना स्थापित कृषकहरुको पुरानै सोचका कारण आशाातीत उपलब्धि देखिएन । शुुरुशुरुमा त तरकारी लगाउदा खेेति गर्ने भन्दा माग्ने धेेरै भएको गुनासो सुनिन आयो । त्यसैमा पनि असमानता र अभावको घाउलाई बल्झाएर पसल चलाउन खोज्ने कथित नक्कली नायकहरुले गर्दा नयाँ चााहनाका प्रयास समेत त्यति सफल भएनन् ।हाल कृषिसमुहमा बिधिबत दर्ता भएको असीमकेदार तरकारी कृषक समुहले छोटो समयमै बचत परिचालनबाट २ लाख जतिको कारोबार गरि कोषमा करिब एकलाख बचत गरेकोछ। यो समूहले बिस्तृत छलफल पश्चात् कृषिबिकासको बिस्तृत कार्यक्रम बनाएकोछ । यसरी दीर्घकालीन कृषिबिकासका योजना संचालन गर्न गराउन समूहले सक्रियता देखाएको छ । सबै क्षेत्र र निकायबाट सहयोग प्राप्त भएमा " उन्नत कृषि- समुन्नत जीवन, हाम्रो गाउँको नयाँ चिन्तन " भन्ने समूहको आदर्श वाक्यले मुर्त रुप लिनसक्नेमा बिश्वस्त हुनसकिन्छ । यिनै संभावना र प्रयासका अन्तरघुलनबाट हुने उपलब्धिले एउटा समुन्नत समाजको श्रृ्जना हुनेछ भन्नेमा पनि स्थानिय आशाबादी बनेकाछन् । " हाम्रो गाउँ हाम्रो शान; हाम्रै प्रयास हाम्रै पहिचान" को नारा बोकेको स्थानिय युवकहरुको दूरगामी सोचमा गाउँको उज्यालो भबिष्य चम्किएको देखिन्छ।
nice to see this post by most talanted and most helpful person.thanks for your great thinking about our village really I'm so thankfull for your great love
ReplyDelete