(नगरमा बदलिदै गरेका गाउँहरु र देखे सुनेका अनुभव)
गाऊँ हाम्रो सामाजिक र आर्थिक संरचनाको बिशिष्टतम इकाइ हो । निश्चित सानो भुगोलमा खासगरि कृषि कर्म या परम्परागत कामगरिरहेका जनसमुहको वस्तिलाइ गाउँ भनेर चिनिन्छ । कृषिमा आधारित संयुक्त परिवार, मन्द बिकास, गरिबी, अशिक्षा ,अपेक्षाकृत रुढिग्रस्त समाज नै गाउँका साझा बिशेषता हुन् । तर समय परिबर्तनशील छ । गाउँहरु पनि बदलिदै छन या भनौ गाउँहरु नगरमा परिबर्तन हुदैछन । गाउँको भ्रमण गर्दा प्रथम दृष्टि मै यस्ता परिबर्तन देखिन्छन् ।
संझिन्छु, हामी सानोहुँदा मेरो पहाडी दुर्गम गाउँमा कुनै पनि गाउँले परदेश ( बोलचालको भाषामा देस) बाट छुट्टीमा घर आउदा पुरै गाऊँमा एक किसिमको आनन्दको वातावरण बन्थ्यो । स्वागतार्थ सारा गाउँ प्रतिक्षामा हुन्थ्यो । आउनेले प्राय: सबैकालागी केही न केही लिएर आउथे, जस्तो- लुगाफाटो, चुरापोते, डोरी, काइयो, मिठाई , बिस्कुट, चुरोट, बिडी आदि ।काममा फर्कने बेला पनि गच्छे अनुसार केही रुपिया पैसा दिएर जान्थे । बिदाईको दृश्य आत्म विह्वल र अश्रुपूरित हुन्थ्यो । उहिले गाउँमा आफनै शैलीमा नयाँ प्रयोग पनि हुन्थे । जस्तो मेरा पिताजीले बाघ लुकेको ठूलो ओडारको मुखभित्र आगो बाली खुर्सानी हालेर गारो लगाऊदा त्यस्को पिरो धुवाँले दोस्रो दिन बाघ मरेको थियो रे । गाउँमा आफनै जेष्ठता हुन्थयो, गाउँका आफनै प्रथा परम्परा थिए । भन्नेहरुले जतिसुकै बक्र व्याख्या गरे पनि यी परंपराको निर्बहनमा कुनै उचनिचको संस्तरण थिएन । स्थापित मान्यताका केही मानक आदर्श थिए । केही शास्त्रीय व्याख्या वा किम्बदन्तिका बुँदाहरु जोडिएका हुन्थे । यस्ता प्रचलनहरुसंग खेलवाड गर्ने कसैको साहस हुदैनथ्यो ।
तर समकालीन स्थिति भिन्न देखिन्छ । रुढ प्रचलनहरु परिष्कृत हुनुको साटो केही नौला प्रयोगहरुमा गाउँ रुमलिदैछन् । उदाहरण दिनुपर्दा धेरै तिर औल्याउन सकिन्छ । जस्तो लोकगीतहरूको धीत मर्दैगरेको जस्तोछ । आधुनिक बेण्डबाजा र अत्याधुनिक रक र पप गीत ज्यादा सुनिन्छन् । पर्बहरूमा सामुहिकता क्रमस: टुटदै गइरहेकोले गुटबाजि बढदैछ । हो, केही दोकानहरु खुलेकाछन् । गहूँ वा मकैको बदलामा दिइने खाँण ( मिश्री ), बिडी , नारियल( गोला ) वा चुरापोते जस्ता सामान्य सामानका चलायमान ब्यापारले क्रमस: आधुनिक ब्यापारको स्वरुप ग्रहण गर्दैछ । गाउमै खिर्चीमिर्ची देखि हार्डवेयरसम्म पाउने " मल्टि स्टोर " समेतको उद्घाटन भैसकेकोछ । केही नौजवान सराबको लत लागेर बर्बाद पनि हुदैछन । गाउमै चाउचाउ, बिस्कुट, क्रिम, तेल, सैम्पु, कोकहरु समेत उपलब्ध छन् । वालकहरु चिप्स खाँदै बर्थडे मनाइरहेकाछन् । गाउँका पसलहरूले पुर्णरुपले रंग फेरिसकेकाछन् ।
संभवतः आज परम्पराहरुको निर्वहन त हुन्छ तर औपचारिकतामा मात्र। यसै गरि अन्य परम्परा पनि आफनो स्वरुप बदल्दैछन , सिमित औपचारिकतामा त्यहि पुरानो उद्देश्य र भावनाको निर्बाह येनकेन गरिएको हुन्छ । पूराना संस्कार न्वारान, ब्रतबन्ध, मुण्डन , बिबाह र अन्तिम संस्कारको पनि यहि हालत छ । सबै औपचारिकतामा, प्रदर्शनमा सिमित भएकाछन् , हुदैछन् । प्रबिधि र बिकासमा पहुँचका कारण ब्यक्ति सुदुरबर्ति भए पनि संचार माध्यमले निकटता खोजीरहेको देखिन्छ, तर हार्दिक भावना केबल औपचारिकता मात्र बनेकाछन् । यो स्थितिकाकेहि बिम्बहरु एकदिने( वनडे) बिबाह, शराबको बढदो मांगमा सपष्ट देखिन्छ । " पंडितजी! चाँडो गरिदिनोस् " भन्ने अनुरोधहरुमा रितिरिवाज र संस्कारहरुमा बदलिएको भावनाहरु समाबेश भएका हुन्छन् । अचेल रोगी र बुढाहरुमात्र गाऊँमा ज्यादा देखिन्छन । अर्थात गाउँको उर्जा क्रमस: पलायोन्मुख छ । उर्जाहीन गाउँको अस्तित्व कति रहला भन्ने अडकलमात्र गर्न सकिन्छ । उहिलेको मजबूत गाउँ अहिले मजबुरिमा चलेकोछ ।
यो बदलिदो स्वरुपसंगै श्रमिक बर्ग बिस्तारै आठ घण्टा कामगरि ज्यादा पारिश्रमिक लिने ध्याउनामा निकटबर्ति नगरोन्मुख बनेकोछ । आश्चर्य लाग्छ, गाउँका मानिस शहर पसेर गाउँको भन्दा ज्यादै खराब स्थितिमा बस्न मन पराइरहेकाछन् , तर गाउँको सम्मानजनक जीवन मन पराइरहेका छैनन् । स्थिति डरलाग्दो छ ।
यस्तो कुरा गरेर म कुनै स्वैर कल्पनाको बयान गरिरहेको छैन । मैले गाउँमा जे देखे, जे भैरहेकोछ त्यस्को कुरा गरेकोहुँ । गाउँमाआएको सामाजिक र आर्थिक परिबर्तन का कुरा गरेकोहुँ। पानी, बाटो, बिजुली , स्कुल, सामुदायिक भवन, प्राथमिक अस्पताल र अत्यधिक महंगाइ तत्कालिन सार्बजनिक चासोका कुरा हुन् । गाउँबाहिर मजदुरी गरि पठाइएको सिमित पैसाले गाउँको अर्थब्यबस्थामा पनि तरलता आएको यदाकदा महसूस हुन्छ । यसै सन्दर्भमा एकजना बिकासबिदले कुराकानीका क्रममा बनबेत गर्दा ढपक्क गरि लाएका महिलाहरुले पहिरेका गरगहनालाइ संकेत गरि भनेको कुरा सम्झिन्छु "यतिका सुनचाँदि सदाकाल बोकि हिडने गाउलेलाइ गरीब भन्न मिल्दैन् "। गतबर्ष मात्रै मेरो गाउँमा सडक बनाउन चाहिएको आधाकरोडको रकम दुई दिनमा जम्मा गरि दुई हप्तामा १२ कि मि बाटो खनिएको थियो । अचेल यो तरलताको उपयोग गर्दै क्रयशक्तिको प्रदर्शन र केही सिमित धन्दाको बिस्तार भएको पनि देखिन्छ । गाऊँको पनि आर्थिकसामाजिक अध्ययन गर्नुपर्ने बेला आएकोछ । गाउलेहरुमा देखिएका मनोगत प्रबृतिहरुको मनोबैज्ञानिक , मनोसामाजिक अध्ययन गर्नुपर्ने बेला आएकोछ ।
यस्तो कुरा गरेर म कुनै स्वैर कल्पनाको बयान गरिरहेको छैन । मैले गाउँमा जे देखे, जे भैरहेकोछ त्यस्को कुरा गरेकोहुँ । गाउँमाआएको सामाजिक र आर्थिक परिबर्तन का कुरा गरेकोहुँ। पानी, बाटो, बिजुली , स्कुल, सामुदायिक भवन, प्राथमिक अस्पताल र अत्यधिक महंगाइ तत्कालिन सार्बजनिक चासोका कुरा हुन् । गाउँबाहिर मजदुरी गरि पठाइएको सिमित पैसाले गाउँको अर्थब्यबस्थामा पनि तरलता आएको यदाकदा महसूस हुन्छ । यसै सन्दर्भमा एकजना बिकासबिदले कुराकानीका क्रममा बनबेत गर्दा ढपक्क गरि लाएका महिलाहरुले पहिरेका गरगहनालाइ संकेत गरि भनेको कुरा सम्झिन्छु "यतिका सुनचाँदि सदाकाल बोकि हिडने गाउलेलाइ गरीब भन्न मिल्दैन् "। गतबर्ष मात्रै मेरो गाउँमा सडक बनाउन चाहिएको आधाकरोडको रकम दुई दिनमा जम्मा गरि दुई हप्तामा १२ कि मि बाटो खनिएको थियो । अचेल यो तरलताको उपयोग गर्दै क्रयशक्तिको प्रदर्शन र केही सिमित धन्दाको बिस्तार भएको पनि देखिन्छ । गाऊँको पनि आर्थिकसामाजिक अध्ययन गर्नुपर्ने बेला आएकोछ । गाउलेहरुमा देखिएका मनोगत प्रबृतिहरुको मनोबैज्ञानिक , मनोसामाजिक अध्ययन गर्नुपर्ने बेला आएकोछ ।
म गाऊँहरुका बारेमा गरिएका प्रयोजित अप्रायोजित सैम्पल सर्भेका नतिजाहरु पढछु र उपरोक्त ग्रामिण तस्बीरहरुसंग त्यस्को तादात्म्यता खोज्दछु । प्राय: भन्ने गरेको पनि सुन्छु कि गाउँमा केही भएको छैन, पैसा छैन, सब गरिब छन् आदि आदि । प्रश्न गर्न मन लाग्छ, यो तडकभडक, यो बढदो उपभोगबादमा नाँचीरहेको पैसा कहाँबाट आउदैछ ?
ब्यापारीहरु ढोकामै कुटेको चामल र फलेको दाल किन पु-याइरहेकाछन ? गाउँको आधुनिक पहिरनले यसको कुन सुदूर भबिष्य बताइरहेकोछ? यी यक्षप्रश्नहरुमा घोत्लिनु पर्ने समय आएकोछ ।
यहाँ देखिने सोलार पेनलहरु, स्कुलहरुमा खोलिएका कोचिङका क्लासहरू, बढदो अन्तरजातीय बिबाहहरु, आधुनिक रङ्गरोगन सहितका सिमेन्टेट घरहरूले हाम्रो मनोबैज्ञानिक र धरातलीय स्वरुप बदलिएको जनाउ दिइरहेकाछन् । यो बदलिदो समाजको ढाँचागत परिबर्तनलाइ समयमै नियमन गर्नुपर्ने तर्फ सबैले सोचुन, सबैलाई चेतना आओस् भन्ने अभिलाषा स्वाभाविक हुन आउँछ ।
अचेल निर्बाचनको मौसम भएकोले होला, विभिन्न रुपमा नेता अभिनेताहरु सक्रिय भएकाछन् । आमजनता खुला आकाश ताकि रहेकाछन, कोहि केही नबुझेर, कोहि आशापुर्ण नजरले र कोहि निर्णय गर्न नसकेर । यो नाटकबाजीले पछि के होला भन्न नसकिए पनि राजनैतिक सजगता बढेकोछ । मऔ बार कुकुर तेर भएको यो परिस्थितिमा के के बिकल्प छन , सोच्नुपर्ने हो तर यहाँ बिकल्प कम मजबुरि ज्यादा देखिन्छन् ।
अत: अब हाम्रा मौलिक गाउँहरुलाई बचाउनु राष्टिय कर्तब्य बनिसकेकोछ । हामी सबैले गाउँ, गरीब गाउँले र गाउँका मर्यादाहरुलाइ बचाउन आबश्यक कदम उठाउने बेला आउदैछ । हाम्रा गाउँहरु बाचेनन् भने गाउँ नै गाउँको देश भनिएको हाम्रो राष्टको मौलिक पहिचान समाप्त हुनेछ । त्यसैले अब शहर भन्दा गाउँतिर सरकारले बढि ध्यान दिनु पर्नेछ । गाउँहरुको बिकासनै समष्टिमा राष्ट बिकास हो । केही सिमित शहरहरुको बिकास र अधिकांश गाउहरुको जनसंख्या जोडजाड गरि गठन गरिएका नाम मात्रका नगरपालिकाहरुको घोषणामात्रले हाम्रा मूल समस्या समाधान हुने देखिदैनन् । गाउँहरु बचाउन सक्यौ भने राष्टकोलागी बहुतै ठूलो कार्य हुनेछ ।
No comments:
Post a Comment