आफैलाई फर्किहेर्दा
आज सम्झनाको सदाबहार मैदानमा फर्केर हेर्दैछु । सबभन्दा पल्लो किनार समयले धमिलो पारेकोछ । समष्टिमा केही पनि प्रष्ट छैन । नियाली हेर्दा सुन्दर पहाडहरुको बीचमा एउटा गाउँ देखिन्छ । यहाँको हरियो बाताबरणमा चिसो हावा चलीरहेको हुन्छ । हिउँदमा त झन हातखुट्टा कठ्याङ्ग्रिएका हुन्छन् । गाउँका बुढापाकाहरु हुक्का चिलिममा तमाखु सल्काएर खोक्दै आगो सेक्न घरभित्र चाँडै पसेको पटक्कै राम्रो लाग्दैन् । किनकि त्यसपछि प्राय: भुराभुरीहरुलाइ बाहिर खेल्न दिइदैन ।
घाम पूर्बतिरको डाँडाबाट निस्केर पश्चिमको डाँडामाथि एक छिन थाकेर बसेको जस्तो लाग्छ। अनि बिस्तारै आकासको रंग फेरिन्छ । स्निग्ध धवल, पहेलो, रातो र नीलो नीलो कालो हुँदै अँध्यारो बढदै जान्छ । त्यो भिमकाय डाँडामा चढेर आकाश छुने, घाम रोक्ने र घाम तापेर जाडो भगाउने बिचार आउछ । सायद यहि नै आफनो पहिलो कल्पना हुनु पर्छ ।
यो सम्झना,समय र कल्पना मिलेर बनेर जीबनको त्रिबेणीबाट नै यो कथा शुरु भएकोछ । समय सुलुसुलु बग्छ । फर्किदैन र निखिदैन। यो प्रबाहमा कुनै पनि मानिसको एकलो अस्तित्व कहाबाट शुरु भै कहा सकिन्छ? ठम्याउन गाह्रो हुँदो रहेछ । मानिसले आफनो थालनि पत्तो पाउन पुर्बबर्तिहरुलाइ पहिल्याउनै पर्ने हुन्छ । आफनो इतिहासको ठेगान भएन भने मानिस चुडिएर उडिरहेको चंगा जस्तो हुन्छ ।
गाऊँको सानो सेरोफेरोबाट बाल-मनले पहिलो उडान गर्दा पारी डाडा माथिको आकाश र धरति जोडने क्षितिजीय रेखा नै अन्तिम गन्तब्य हो जस्तो लाग्दथ्यो । त्यो क्षितिजिय बिन्दुको बिशुद्ध भ्रममा मनोरम स्वप्निल संसार थियो र त्यो भन्दा परको संसार भने अतिब उत्कंठाको बिषय हुन्थ्यो ।
“माथि डाँँडामा हाम्रो खर्क छ।” आमा ऐचेकाडाको खर्कको बर्णन गर्नु हुन्थ्यो। त्यो कल्पनाको अंतिम ऊचाईमा मेरो घर छ भन्ने बोध प्राप्तिको अहमले दुनियाको सबभन्दा ठुलो बादशाह म आफुलाइ संझिन्थे ।
पल्लो डाँडामाथिको हाम्रो भनिएको जमिनमा देखिने गुच्चमुच्च रुखहरुमा उक्लिएर आकाशलाइ छुन सकिन्छ भन्नेमा म ज्यादै बिश्वास गर्दथे । यो तिब्र बिश्वासलाइ पिताजी समक्ष राख्दा उतापट्टी पनि यस्तै अर्को पहाड भएको जानकारि पाएर मेरो कल्पनाले अझ चौडो पाटो भेट्टाएको हुनु पर्दछ । डाँडाको रुखबाट आकाश छुन सकिने वा अदृश्य पल्लोपाखो हेर्ने जिज्ञासाले नै मेरा प्रथम पाइलाहरु घर बाहिर हिड्न हौसिएका हुन् ।

मलाइ पहिलो चोटि यो धरतिमा पाइलो हाल्न सिकाउने मेरा बुबाको अनुहार संझिदा अहिले उनै मार्फत मात्र म यो अनंत सत्तासंग जोडिएको पाउछु ।
अंक गणनाका आधारमा हामी २५ बर्ष मात्र जेठा कान्छा थियौ । बाथको रोगले गाँजिएको पिताजिको दुब्लो अनुहारमा कहिले पनि उन्मुक्त हाँसो देखेको संझना छैन । यसै गरि कृतिम क्रोधको क्षणिक हप्किदप्कि बाहेक कहिले बासि उदासिपन पनि देखेन । निरन्तरको सौम्य र गंभिर अनुहार। त्यो भंगिमासंग मेरो मर्यादित सानिध्य थियो । भातभान्छामा लुगा फेर्ने प्रचलन रहेकोले मैले उनको अगाडी लुगा नफेरि खानाखाने हिम्मत कहिले पनि गर्न सकेन ।
सानो छँदा म जिद्दि स्वभावको थिए क्यारे । निरन्तर धुलेचौरमा खेलि रहनु पर्ने,बलजफति नुवाइधोइ गरि दिनु पर्ने चंचले बालक । मलाइ याद आउछ, आमाले यदाकदा नुहाउन थाल्नु भयो भने म रुन्थे । कराउथे । बलजफति नुहाइ दिएको झोकमा फेरि शरिर भरि हिलोधुलो लगाएर तुजुक देखाउथे । आमा च्याँठिनु हुन्थ्यो,पिटनु हुन्थ्यो वा त्यतिकै असरल्ल छोडेर काममा हिडनु हुन्थ्यो । तर पिताजी नजिक भए भने धुलोमैलो कुरा त परै छोडौ, धक फुकाएर रुन पनि सक्दैनथे । एकपल्ट मुखमा हेरेमा बच्चुको बोलति बन्द हुन्थ्यो । यसकारण मलाइ नुहाउनु पर्दा आमाबुबा अकसर संगै हुन्थे ।
भुइतलामा तेबारी र गोठ तथा पहिलो तलामा बाहिरि कोठा र भित्रि कोठा (मुजेला )गरि दुई कोठाको सामान्य घर थियो । आगन भएर गाइबस्तु बन लैजाने गोहार थियो । छेउमा भाडा धुने , हातखुट्टा पखाल्ने स्थान तोकिएको हुन्थ्यो । बाहिर भित्र मात्र गर्न मिल्ने गरि बनाइएका साङ्गुरो खुुटकुणी उक्लेर पुतला ( घर किनारको भिता )को सानो ढोकाबाट हामी बाहिरी कोठामा पस्थ्यौ । त्यहाँ अनाज पिस्ने जाँतो राखिएको थियो । छेउतिर बारेर सानो पाहुनाकोठा छुट्याएको थियो । मजेलाभित्र पनि भान्छा र हामि सुत्ने ठाउमा काठको सानो बार थियो । आधा कोठा ढाक्नेगरी खुल्ला थऽणो हालिएको थियो । त्यहा थोत्रा खुद्रा सामान थन्क्याइन्थे । यसमा हामी केटाकेटी मुश्कीलले उक्लिन सक्दथ्यौ । चुलोकोमाथि काठ तेर्स्याएरसानो ’भा:ण’ बनाइएको हुन्थ्यो ।भाणमा बिहान पिस्नु पर्ने गहु मकै वा नसुकेका दाउराहरु सुकाउन राखिन्थ्यो । अनाज राखिने डालाहरुपनि चुलोकै छेउमा हुन्थे । बाँजको दाउराको आगोको रापले कोठा सार्है न्यानो हुन्थ्यो । छानामाथिको एउटा स्लेट पात्थर यताउति हटाउदा मात्र भित्री कोठामा बाहिरको उज्यालो आउथ्यो । यहि आँखीझ्यालको बाटो भान्छाको धुँवा छानामाथि पुत्पताएर आकाशमा बिलीन हुन्थ्यो । गोठमा बाधिएका गाइगोरुको टिनटिने घाँणो सुनेर रात छिप्पिएको थाहा हुन्थ्यो ।

म हिउदको त्यो रात संझिन्छु,जब हाम्रो घरमा बडेमाको एक जना कनफटा जोगि आएको थियो । बस्ने खाने असुबिधा भए पनि हाम्रा घरमा यस्ता जोगी पाहुना आइ रहन्थे । पाहुना बास बस्न आउदा बुबा असाध्यै फुरुङ्गिनु हुन्थ्यो । पाहुना लाग्ने घर लच्छिनको हुन्छ भन्ने धारणामा बा आमा बलियो बिश्वास राख्नु हुन्थ्यो। त्यो साँझ पनि जोगि लाइ बाहिरकै कोठामा सुत्ने ब्यबस्था मिलायौ । तर जोगिले भने जाडो हुने र बिहानै धुनि जगाउने कारण देखाइ चुलोको नजिकमा ओछ्यान मिलाउन लगायो । हामिले त्यसै गरयौ ।त्यो रात पनि भाणमा टन्न मकै सुकाइएका थिए ।
राति हामि सुतेको चाल पाएपछि जोगिले त मकै झोलामा हाल्न थालेछ । मकै बज्न थालेको सुनेपछि आमाले बिस्तारै बुबालाइ’जोगिले मकै चोर्न थालेको’ कुरा बताएकि पनि रहिछन ।तर यसरि जोगिमाथि संका नगर्नु भन्दै यो आवाज जोगिको रुद्राक्षको माला को हुनु पर्दछ भनि बुवाले आमालाइ संझाएका रहेछन । बिहानै आमाले भाणको मकै मात्र हैन , डालोको मकै पनि जोगिले चोरेको कुरा फेरि उठाएकि रहिछन । तर बुबाले नित्य कर्म,न्वाइ धोइ गर्न जोगि बाहिर गएपछि हेरौला भनि खास ध्यान दिएका रहेनछन ।
निदानत: जोगि बिहान झिसमिसेमै बाहिर गयो । उ गए पछि हेर्दा त मकै मात्र हैन ,स-साना भाडाकुडा समेत झोलिझिम्टा टिपेर जोगि नफर्किने गरि टाप ठोकि सकेको पो रहेछ । त्यसपछि यसै बिषयमा बुबा आमाका बिचमा छलफल हुदा मात्र मैले यो कुरा पत्तो पाए । आमा र म तत्काल पिछा गरि जोगि लाइ समात्नु पर्दछ भन्नेमा थियौ । तर बुवाले यस तर्फ कुनै सक्रियता देखाउनु भएन । आमाले वल्लो पल्लो घरको काकाहरुलाइ यो कुरा सुनाएपछि उनिहरु पनि जोगिलाइ खोज्न जानु पर्दछ भन्नेमा निक्कै कसिए । तर बुवाले “”त्यो कमाइमा जोगिको पनि भाग होला, लग्यो, जात जनायो जान दिनोस, केहि नगरौ “” भनि सबैलाइ संझाएर पठाउनु भयो । मेरो बाल मष्तिष्कमा बुवाका ति भनाइ जरो जमाएर बसेकाछन ।
हाम्रो गाउँघर अत्यधिक धर्मभिरु थियो ।धार्मिक रहस्य रोमान्चका घटनाहरु अतिरन्जित बनाएर त्यहा अहिले पनि सुनाइन्छन होला । बिभिन्न भेषमा छलछाम चोरि गर्दै हिडने छद्मभेषिहरुले कति रुप फेरे कति। यस्ता श्वेतबसनिहरु मैले थुप्रै भेटेकोछु । यिनिहरुको वास्तबिक रुप संझेर मुखैमा थुकि दिउ जस्तो मन लाग्दछ । तर सस्तैमा जात जनाए जान दिनु भनि सम्हालिने गर्दछु । यो मेरो कमजोरि पो हो कि भन्ने तर्कना पनि उठ्दछ । तर बुवा को त्यो भनाइको संझनाले मलाइ सधै तिरमिराएको हुन्छ ।
म संग बुबाको जुझारु पनको बाल संझना पनि छ ।
झण्डै एक डेढ घण्टाको बाटोमा पर्ने त्यस बेलाको दुर्गास्थान प्रा बि मा ‘भक्त प्रल्हाद’नाटक चलेको थियो। म भर्खर अंक अक्षर सिक्न थालेको सानो फुच्चे थिए। हामि स-साना केटाकेटि दर्शक दिर्घाको अग्र पंक्तिमा भुइमा बसेका थियौ । नाटक शुरु हुन लाग्दा स्थानिय स्याडी पुजारागाउका’स्वघोषित ठुलाबडाहरु आएर सबभन्दा अगाडी आएर गजधम्म बसि दिएपछि हामि छेकियौ र मंचन नदेख्न सक्ने भयौ । शायद बुबा छेउमै हुनु हुन्थ्यो क्या रे । वहाँले बिरोध जनाउदै उनिहरुलाइ अगाडीबाट हटाउन र छेउ तिर बसाल्न थाल्नु भयो । तर यो सानो घटना हाम्रा र स्याडिका गाउलेहरुको लागि प्रतिष्ठाको प्रश्न बनि दियो । हाम्रा गाउलेहरु हटाउन खोज्ने,अरुहरु त्यो ठाउ न छाडने । एकछिनको घच्चा घमासान पछी उनिहरु नाटक नै नहेरि फर्किए ।
यो घटनामा बुबा अग्रणि भुमिकामा थिए । म भने त्यो घम्साघम्सि पछि डराएर नाटक चलुन्जेल बाबाको काखमा लुटपुटिएर बसि रहे । बाबाले भक्त प्रल्हादका प्रतेक दृश्यबारेमा मलाइ बताउदै गए । न बिराउनु नडराउनु भन्ने ऊपदेस दिदै रहे । घटनाको केहि बर्ष पछि त्यहि स्कुलमा रामलिला नाटक समेत चलेको थिए । ती नाटकमा एक पटक भरत र अर्को पटक रामको भुमिकामा मैले खेलेको थिए । त्यस पछिका केहि रामलिलामा मैले राम कै पाठ खेले । बाबा भने बारम्बार मलाइ सतर्क गराउनु हुन्थ्यो र सानालाइ नहेप्नु भनि अर्ति दिनु हुन्थ्यो ।

पिताजी लेख्नमा निरक्षर हुनु हुन्थ्यो । तर एकांकि चिन्तन र जिवनका धपेडीहरुले वहालाइ निक्कै अनुभवी बनाएको थियो । वहाँ भित्र यस्तो प्रज्ञा थियो, जो अन्तस्करणको किताब पढन सक्दथ्यो । बाबाको यो मौलिक बुझाइलाइ मैले सारै नजिक बाट अनुभव गरेकोछु । बुबाले सुनाएका लोक कथाहरु,लोकगाथाहरु,धार्मिक गितहरु,(अइना ,बातै,रतेडा,जागर)हरुको प्रभाव म मा पछि सम्म परीरह्यो । खास गरि खुदोको भाडोमा चोपलिएर पछि कपास राखेको कोठामा लुक्न गएको एउटा चोरलाइ गाउलेहरुले अचंभको जन्तु ठानेर पिजरामा थुनेर राखेको कथा मलाइ खुब मन पर्दथ्यो। म सानो छदा यो कथा बुबालाइ दोहर्याइ तेहर्याइ भन्न लाउथे । कुनै पहाडी राज्य कि राजकुमारि सरु र ग्रामिण गोठालो सामिरको प्रेम कथामा आधारित सरु सामिरका रतेडाको कथाले मलाइ किसोरबयसम्म पछ्याइरह्यो । मौका पाउनासाथ कथा सुन्ने रहर गरेर म संधै वहालाइ पछ्याइ रहन्थे। झिजो नमानि वहा कथा सुनाइ रहनु हुन्थ्यो।
बुबाहरु तिन भाइ हुनु हुन्थ्यो । जेठा बुबा पढन लेखनमा बहुतै कुशल हुनु हुन्थ्यो भन्ने सुनेकोछु । त्यस समयमा लेखपढ गराउने पंडितजिलाइ घरमै राखेर मात्र पढाउने प्रचलन थियो ।सरकारि स्कुल जिल्ला भरिमै थिएनन । नौलाकोट डडेलधुराका कुनै पनेरु पंडितजीलाइ शिक्षकको रुपमा गाउमै बोलाएर जेठा बुबा लगायत आठ दश जना समवयी शिशुहरुलाइ अक्षरारम्भको शुरुवात गरिएको थियो रे । स्थानिय कागजमा लेखि ऊतारेका केहि स्थानिय मन्त्र र देवी देवताका श्लोकहरुको आधारमा जेठा बुबा निसंदेह राम्रा जानिफकार थिए भनेर मान्न सकिन्छ । तर केटाकेटि बुद्धि हुदा त्यो संकलन त्यसबेला सुरक्षित राख्न सकिएन । अचेल त्यस्को धङधङी लागी रहन्छ ।
सानै देखि घरधन्दामा लाग्नु परेको हुदा बुवाले पनेरु पंडितजी र आफ्नै जेठादाइको संगत त खुब पाउनु भयो । तर लेखापडी सिक्नु भएन । लाग्दथ्यो,पढन नपाएको पछुतो वहाँमा जीवन भर बाँकि रह्यो । यसैमा पनि जेठा बुबा बालबैरागि बनेर घरबार छोडी बेपता हुनु भयो । ति सक्रिय नौजवानको पलायनले हाम्रो संयुक्त परिवारमा निरासाको नयाँ भुकंप आएको हुनुपर्दछ । मेरा परबाजे स्व:नन्दप्रसाद स्वयं ब्रह्मनिष्ट भै अलग्गै आश्रम बनाएर बस्दा बस्दै ब्रह्मलिन हुनु भएको थियो । बाजेले पनि प्रौढ जिवनमा प्रबेश गरे पछि जोगीकै भेषमा बसेर बैरागि जिवन रोज्नु भएको थियो । बुबा सानै देखि बाथको बिमारि हुनु हुन्थ्यो । फलत:हालिमुहालि काकामा रहनु स्वाभाविक थियो । कमजोर स्वास्थ्यले बाबालाइ अत्यधिक सहनशील बनाएको थियो । उनले आफुलाइ जस्तो पाए त्यस्तै स्विकारे, इच्छा गरेको कहिले पनि खोजेनन । वहाँलाइ डाडाको शिखर हल्लाउन सक्ने,शिला खण्ड खेलाउन सक्नेजस्ता अचंभका चमत्कार देखाउन सक्ने अदृश्य शक्तिहरुको न्याय बिधानमा बिश्वास (Miracle Generating faith) थियो र आफनो समस्या सुल्झिइ स्थिति बदलिनेमा निक्कै आश्वस्त देखिनु हुन्थ्यो ।
आतिबृष्टि,अनाबृष्टि,आँधिबेहरि,असिना,बाढि पहिरो वा रोग ब्याधिका घटनामा वहाँ ग्वाल्लेकतिर फर्केर एक्लै गुनगुनाएर हात जोडी बसेको देखेकोछु । यस्तोमा प्रार्थना गर्नु र पर्खनु बाहेक अर्को ऊपचार पनि थिएन । बाबाको प्रार्थनाको प्रतिक्रियामा ति शैल शिखरहरु चुपचाप रहे जस्ता लाग्दथे । तर जसै डाडामाथि आशा र बिश्वासका सपनाहरु बोकेर घामको पहिलो झुल्का वा बादलको पहिलो लहरो आइपुग्दथ्यो, बाबाको अनुहारमा स्मित हास्य पलाउथ्यो । वहाँ टोपि फुकालेर ग्वाल्लेकलाइ ढोग्नु हुन्थ्यो । घाम पानि लाग्ने जस्ता प्राकृतिक घटनाहरुमा समेत वहाँका आफ्नै अडकल अनुमान हुन्थे । घनघस्स्याको बाटो आएको बादलले असिना पनि ल्याउछ, वहा हामिलाइ अनुभव पनि सुनाउनु हुन्थ्यो । ईश्वरीय न्यायमा मलाई पनि बिश्वास लाग्छ । अन्ध बिश्वासका बैशाखी टेकेर मैले कहिल्यै हिडन सिकििएन । मैले सुनामका समृद्धिलाइ पनि थन्क्याउन सकिन, दुर्नामले लखेटिएर कुंजो हुन पनि जानेन । यस अर्थमा म परिबर्तनशील समयको बर्तमान इतिहास हुँ र बिगतले नछोएको स्वयंभु पनि हुँ । जेहोस इतिहासमा प्रोत्साहित हुने तत्व पनिहुन्छ, दुरुत्साहित हुने पनि । तर यसले न हुनामि रोक्छ न सुनामि नै ।

यसैले हाम्रा ति घर आगनहरु ढुंगा र माटोको जोरजाम मात्र थिएनन मेरालागि तिनिहरु इतिहास पनि हुन । यिनले बाबुबाजेका पुराना कथा भनिरहेका हुन्छन । यसै गरि आकाश र धर्ति जोड्ने क्षितिजिय यथार्थ मेरो घर पारि पट्टिको ऐचेकाँडा डाडामा थियो,जहा हाम्रो खर्क छ । त्यो मनोरम दृश्य एउटा स्वप्निल भ्रम थियो । हाम्रो बारिमा रहेको मेलको रुखमा चढेर आकाश छुन सकिनेमा म बिश्वस्त थिए । यहि नै मेरो कल्पनाका पहिलो पाइलो थियो । लाग्छ , धरति जस्ती आमा र आकाश जस्ता बुवा को म योगात्मक परिणति हुँ र क्षितिजीय भ्रम जस्तो भएर जिबन बाची रहेको छु । जठराग्नि शान्त गर्ने पर्तिधन्दा, आजको निम्ति बाचने र भोलिको हत्या गर्ने अन्तहिन क्रम, असांस्कृतिक निरुद्देश्य घुमाइ, ऊच्चाटिलो सेरो फेरो र नजानेर ठगिइएको जिबन । यहि रुमानि कल्पनामा जिबित हुनु भनेको पनि भ्रम जस्तै लाग्दैछ ।
कहिलेकाहि म यस्तो पनि सोच्दछु-उर्बर जमिनमा उम्रिन नपाएको म एक शुन्य हु । शुन्य भित्रको स्तब्धता हाहाकार जस्तै भयंकर हुन्छ । त्यसै कारण मैले लख काटेर च्याखे दाउ थाप्ने राजनिति कहिले पनि जानेन, मात्र मुढे बल लगाएर स्वाध्ययनमा लागीरहे । घुसघुसेहरुबाट खेप्नु परेको गालि वा चेपारेहरुबाट झेल्नु परेको आलोचनामा म कहिले पनि अलमलिएन । वास्तवमा म जमाना हेरेर बदलिन नजान्ने बबुरो नै त हुँ ।
आफै भएर नसोचने संस्कार र अन्धबिस्वासले हुर्काएको निष्ठाले दिग्भ्रमित बनाएकोले म समयको राम्रो उपयोग गर्न जान्ने आँटी अवश्य होइन । न बाल्यकालको चकचके जिवन संग लुटपुटिए,न युबाबस्थाको डरभर रहित जोसिलो स्वच्छन्द र रंगिन जिवनको अनुभव बटुले । उमेर अनुसारको जिबन भोग्नै नपाइ संधै एक तहमाथिको जिवन बांचेर किनारा लाग्दैछु जस्तो लाग्दछ । हो त ,केटाकटीछदै तन्नेरि भइयो । तन्नेरि हुदा एकै चोटी अभिभावक बन्नु पर्नेभयो । तर घरको निम्ति कहले बोझ भइन , घर मेरो निम्ति जेल भएन । र म अहिले नजानिकनै सुशिल र भद्र मानिसमा गनिन पुगेकोछु ।
मलाइ याद छ,हाम्रो चिमिर्खाको खेतमा गहु पाक्ने बेला दुम्सि धपाउन राति कुर्नु पर्ने हाम्रो पालो थियो। बुबा राति खेतमा जाने भनेपछि मपनि जिद्दि गरेर वहासंगै बालि कुर्न गए। खेत किनारको बाँजको ठुठो रुखमाथि सानो मचान बनाइएको थियो। मुश्किलले एकजना बस्न मिल्ने त्यो मचानमा मैले बुबाको काखमा बसिराखनु बाहेक अर्को बिकल्प थिएन । त्यसैमा पनि हामि चुप लाग्नासाथ खेतका छेउछाउ जंगलि जनावरका आवाजहरु आउन थालिहाल्थे । रातभरि वल्लो किनार पल्लो किनार कुदिरहनु पर्ने, कराइ रहनु पर्ने । न सुत्न पाए न बुबासंग कुनै कुने कुरा गर्ने मौका नै मिल्यो । थरि थरिका आवाजहरुले रातभरि तर्साइ रहे । त्यो रात मेरो निम्ति संधैका लगि हाउगुजि भयो । पछि सम्म पनि मैले जिद्दी गरे भने बुवा त्यसै रातिको घटना संझाएर मलाइ रोक्नु हुन्थ्यो ।
शायद२२।२४सालतिर म कक्षा१।२मा पढदाको कुरा हुनु पर्दछ । अनिकाल परेर गाउमा बेसाहा नपाइने भयो । अमेरिकाबाट सहयोग स्वरुप प्राप्त भएको भनिएको मकै जुलाघाटमा आइपुगेको खबर सुने पछि बुबा समेत हाम्रा गाउका थुप्रै मानिसले त्यहा जाने निधो गरे । म पनि यसै जत्थासंग पहिलो चोटि गाउ बाहिर झुलाघाटसम्म पुगे । ओ हो कति मानिस,कति ठुला घरहरु र बाख्राजस्तो खुरुरु बाटै बाटो हिडने गाडिहरु । म असाध्यै रमाएको थिए । तर बिभिन्न गाउबाट आएका मानिसहरुको घुइचोले गर्दा राक्षसका दाह्राजस्ता ति बिदेसि मकै समेत नपाएपछि हाम्रो गाउले टोलि असाध्यै निरास भएको थियो । राती पारि भारत पट्टीको एउटा पसलको भुइ तलाको फोहरि गोदाममा हामी २०।२२ जना लहरै सुतेका थियौ । रात भरि सबैले आआफ्ना कथाब्यथा एकअर्कालाइ सुनाए । म भने चुपचाप सुतेको बहानामा कुरा सुनि रहे । अरु को को थिए,कस्ले के भनेका थिए, याद छैन । तर बुबाले भने मलाइ सुमसुम्याउदै ” यो नजन्मेको भए यहि कालिमा हाम फाल्ने वा यहिबाटै कतै लाग्ने थिए ।” भनेर आफनो दुखेसो पोखेका थिए । दोस्रो दिन बुवा कतै हराउने पो हुन कि भन्ने डर लागि रह्यो र एकछिन पनि मैले वहाँलाइ छोडेन । कैयौसंग अनुनय बिनयगर्दा समेत पनि ८।१०किलो मकै मात्र पायौ । निरास हतास बुबाछोरा झुलाघाटबाट घर फर्कदा म मा अनायासै प्रौढता आइसकेको थियो । यसपछि मैले कहिले पनि आपनो निजि मागका बारेमा कुरै गरेन । उनले जे दिए त्यसैलाइ सहर्ष स्विकार गरे, त्यहि मेरो लागि अमृत साबित भयो । झुलाघाटको पहिलो दिनको त्यो अनुभुतिले अहिले पनि मलाइ घचघच्याइरहन्छ । यि भावनाहरुलाइ लिपिबद्ध गरेमा यो छुट्टै ग्रन्थ बन्न सक्दछ । जेहोस,ठुलठला घटना नै संझन योग्य हुन्छन भन्नेछैन।यदाकदा ससाना घटना समेत मनको मझेरिमा स्थायि बास बसि दिन्छन ।
वास्तबमा बाबाले बिताएका ति दिनहरु अत्यन्तै दुर्दान्त,दुरुह र दुखजिला थिए । खाने मुख धेरै कमाउने नास्ति । साँझ पर्नासाथ बैकर र बेसाहा खोज्न मैलो चादर ओडेर गाउ तिर निक्लिनु हुन्थ्यो । १।२ नालि मकै, गहु वा जौ बोकेर राति फर्कनु हुन्थ्यो । अनाज भएकावालाहरु समेत राति अरुले थाहा नपाउने गरिमात्र अन्न बेच्ने गर्दथे । थोरै पिठोमा धेरै साग मिसाइ पानि हालेर पकाइने फाँणो अकाल टार्ने प्रमुख मेसो रहेको मलाइ संझना छ । तर बुवाले पकाएर दिएको जे पनि मिठो हुन्थ्यो । तिहुन नभएको दिन पानिमा मसला नुन हालि भुटेर दियो भने पनि हामि खुब मिठो मानेर खाने गर्दथ्यौ ।
त्यहि बर्ष चैत्रको अन्तिम साता हुनु पर्दछ, बारिमा भरखर जौ बालि पहेला हुन थालेका थिए । पाक्नै लागेको बालि लाइ आगोमा पोलेर औखलमा कुटि नुन मसाला हालि खाजा बनाइने प्रचलन थियो । यसरि जौ बाट कुमास, गहुबाट उमा र धानबाट सिरौला बनाइन्छन । हामिले पनि आम प्रचलन अनुरुप कुमास बनायौ,खायौ । नयाँ बालि चाखेको दिन किसानको घरमा त्यसै पनि रमाइलो ऊत्सब हुन्छ । दुर्भिक्षका दिन गएकोमा खुसि हुने नै भयो । तर राति देखि नै पेट दुखेर बुवा दोस्रो दिन सिकिस्त हुनु भयो । बान्ता हुने र पेट चल्ने । बोल्नै नसक्ने गरि कमजोर भए पछि वल्लापल्ला घरका आफन्तहरु संगै जति मुख त्यति कुरा पनि आउन थाले ।

एक साँझ घरको एककुनामा गाउले महिलाहरु सानो स्वरमा खुसफुस कुरा गर्दै थिए । मैले नजिकै गएर कुरा सुन्ने प्रयास गरें । उनिहरु बुवा नबांच्ने अडकल लाउदै थिए ।
“ खाना नपाइ सुकेको पेटमा नयाँ गहुँ जौंका उमा कुमास जथाभाबि खाएका होलान ।” काकीले निर्क्यौल सुनाइन ।
“ च्च.. च्च.. , करऽ जसा केटाकेटीहरुले अब अझ दुख पाउने भए । “ छिमेकी बुढी बज्यैले गोहीका आँसु चुहाइन ।
“ भाग्यमा जे लेख्याछ , त्यहि होला नि । कसले के गर्न सक्ने हो र यस्तोमा । ” कसैको सहानुभुतिपुर्ण स्वर सुनियो । “ल, याँको माटिले के सोचेका रहेछन, इष्ट देवता दाहिना रहुन् । ” अर्की बज्यैले यो कोण सभा बिसर्जन गरिन । म बच्चा थिए, मेरो वास्ता कसैले गरेन । त्यस दिन म गोठमा गएर एक्लै खुब रोए । रात परेपछि एक्लै चौराको देवस्थानमा गै भक्कानिएर प्रार्थना गर्न थाले। बाल हृदयको प्रार्थना ईश्वरले चाँडै सुन्दा रहेछन । फर्केर घरमा आउदा अपेक्षाकृत संचो मानेर बुवा बसि राखेका थिए। क्रमस: उनि ठिक हुदै आए । भगवानले हाम्रो परिवारलाइ बिच्छृंखल हुनबाट बचाए ।
त्यहि बर्ष दुहुनो तारे भैसी कुन्नी के रोग लागेर मरेको थियो । गाईबस्तु पारिवारिक सदस्य जस्तै थिए । मरेको भैंसीलाई घिसारेर बाहिर लगियो । हामीहरु भित्र बसेर रुन थाल्यौ । त्यो दिन साँझको खाना खाने मन भएन कसैलाइ पनि । बुवाले सम्झाउनु भयो ।
” यो बर्ष अदीन थिए । गोठ या पाँण , जहाँ भए पनि एक परानीको क्षति हुने भनेका थिए ज्योतिषिले । मलाइ लैजान खोजेका थिए । सकेनन । त्यति राम्रो हाम्रो भैसी गयो । मलाइ केही बर्ष खान लेखेको रहेछ । म बाँचे । अब यस्ता दुखका दिन नआउलान् । किन रोएर भोको बस्छौ, सबै खुशी भएर मसितै खाना खान आउ । “
नभन्दै बिपति टरेको ठानेर हामीले ती दुर्दिन बिर्सियौ ।
यस्तै खुटकिलाहरुका माध्यमबाट शुरु भएका छन, मेरा कथा ब्यथा । त्यो बात्सल्य,त्यो बालापन र ति बिशेष परिस्थीतिहरु मेरा लागि अहिले दुरदेशका कथा बनेकाछन । मेरो गाउ अचेल मेरैलागि बिरानो बन्दैछ । म त्यहा जन्मि हुर्केको मानिस को को संग लडदै भिडदै कहाको रैथाने कहलिए ? यसरि नै अमुक ब्यक्तिको, ठाउको,र राष्टको इतिहास बन्दछ होला । यसरि नै नित नया सभ्यताको जन्म हुन्छ होला । सोच्यो भने लाग्दछ,एउटा नाममा परिचय पाएका हामि मानब मात्र हौ । हामि अनुमानित बुदा जोडेर संस्कारोचित मर्यादा अनुकुल आफु परिभाषित हुन खोजीरहेकाछौ । यथार्थ के हो भने मेची माहाकाली फाटमा फैलिएको मेरो घुम्मकडपन मात्रै मेरो परिचय नहुन सक्दछ।
बाल-बयमा प्राप्त भएको परिवेशले मलाइ कल्पनाशील र भावुक बनाएको होला । देवताका कथाहरु रस लिएर सुन्ने बानि सानैदेखि थियो। हाम्रा देवता के गर्दा रिसाउछन ? र के गर्दा खुशी हुन्छन? यसको मेसो खोज्न कल्पनाकै सहारा लिनु पर्दथ्यो । ज्यादै संबेदनशील र अपठ्यारा समस्यामा समेत सप्पै भारि देवतामै बिसाएर ढुक्कसंग सुत्न सक्ने पिताजीको आशाबादी दृष्टिकोणको सोझो असर म माथि परेकोछ ।यस्तै खुटकिलाहरुका माध्यमबाट शुरु भएका छन, मेरा कथा ब्यथा । त्यो बात्सल्य,त्यो बालापन र ति बिशेष परिस्थीतिहरु मेरा लागि अहिले दुरदेशका कथा बनेकाछन । मेरो गाउ अचेल मेरैलागि बिरानो बन्दैछ । म त्यहा जन्मि हुर्केको मानिस को को संग लडदै भिडदै कहाको रैथाने कहलिए ? यसरि नै अमुक ब्यक्तिको, ठाउको,र राष्टको इतिहास बन्दछ होला । यसरि नै नित नया सभ्यताको जन्म हुन्छ होला । सोच्यो भने लाग्दछ,एउटा नाममा परिचय पाएका हामि मानब मात्र हौ । हामि अनुमानित बुदा जोडेर संस्कारोचित मर्यादा अनुकुल आफु परिभाषित हुन खोजीरहेकाछौ । यथार्थ के हो भने मेची माहाकाली फाटमा फैलिएको मेरो घुम्मकडपन मात्रै मेरो परिचय नहुन सक्दछ।
कलियुगको प्रसंग आउदा गाउका बुढापाकाहरुमा चल्ने चर्चाको अझै पनि संझना छ। ऊनीहरु भन्थे, कलीले सम्पुर्ण पाउ धरतिमा हालेपछि ग्वाल्लेक धुरामा रोपाइ हुनेछ, दुबोको छायामा सुत्ने र गुबोको रुखमा चढने मानिस जन्मनेछन--आदि आदि । यी मिथकहरुले संकेत गरे जस्तै गुलिभरका लिलिपुटहरु ग्वाल्लेकमा कहिले सम्म देखिएलान, मलाइ थाहा छैन । तर डाडाँकाँडामा रोपाइ लगाउने दिन धेरै टाढा छैन जस्तो लाग्दछ। पबित्र पहाडहरुमा अचेल बिबाद, बिषाद,हतियार, भिडन्त र रगतका कथा सुनिन थालेकाले आस्थाको बिचलनबाट भासिदै गएको बरद धरतिको माटो कुन कालो समुद्रमा बिलिन हुने होला ? यहि चिन्ता लागी रहन्छ ।
No comments:
Post a Comment