थरीथरीका भोगाइहरु
बैतडी सदरमुकाममा डेरा खोजी आफनो पाँच सदस्यीय परिवार ब्यबस्थित गर्दाको दिन असाध्यै थाकियो । निधारका पसिना पुछ्दै अस्ताउनै लागेको सूर्यलाई हेरे । आखिर यो पनि त अब डुब्न लागिसक्यो । तर, भोलि बिहान उदाउँदा उस्तै उज्यालो, सबै अँध्यारो हटाउँदै रोशनी बाँड्नेछ । स्वयम् कल्पनामा रमाउनु पनि दैनिकी बन्दैछ ।
सूर्य अस्ताएको देख्दा उसै गरी थकाइ मेट्न लागेको हुँदो हुन भनेर सोच्छु । आफुले गर्ने विश्राममा भने सन्तानका सपना अधुरा भएको पाउथें । आफू थिचिने भारी बोकेर बन खेत धाउँदा नाम्लोले तालुमा गहिरो खाल्डो बनेको र त्यसमाथि नाम्लोको दुखाइले निधार खुम्चिएर बनेका मेरा मातापिताजीका निधारका रेखा सम्झेर मैले पनि सन्तानको खुसीका लागि केही गरेकोछु भन्ने भ्रम पालेको थिए ।
आफ्नो छोराहरुको भविष्यमा कहिल्यै प्वाल नपरोस् भनेर पालिएका खुसीका सुन्दर सपना मनभरि उफ्रिन्थे । निधारबाट बगेका पसिनामा ती स्वैरकल्पना सिन्चिन्थे । अनि आफैसंग प्रश्न गर्थे, के म महत्वाकांक्षी भए ? के म असामाजिक हुँदैछु ? आदि ।

आफनै मनले जवाफ दिन्थ्यो ,"पक्कै होइन " । यी आनीबानी आफैमा खराब होइन । कतिपय व्यक्तिलाई तामझाम मनपर्दैन । भिडभाडमा बस्न असहज हुन्छ । उनीहरु एकान्तप्रिय हुन्छन् । मदिरा र मोजमस्तीमा रमाउन सक्दैनन् । उनीहरु लजालु अन्तरमुखी भएर अलग दुनियामा मग्न रमाउने किसिमका हुन्छन् । शायद म यस्तै पो हुँदै थिए कि? धेरै सोच्ने भए पनि लोभी, कञ्जुस भन्दा पनि मीतब्ययि भनिन सक्थे । धेरै साथी बनाउन नचाहने , अनावश्यक खर्च नगर्ने र ऐकान्तिक तर्कनामा लेख्नु मेरो शौक बन्यो । सम्भवत: यहि लेखाइ मेरो जीवन जिउने तयारी पनि थियो ।
आजसम्म आइपुग्दा मैले पढाइलाई जिवनका भोगाइहरुबाट मात्र सिकेकोछु । गलत के हो सहि के हो , छुट्याउन सक्ने भएको छु । खुशी हुन आजकल अरुमा भर परिदैन । ब्याबहारिक उद्देश्य बोकेर सकेसम्म विवेकशिल हुन खोज्छु । आफ्नो सिमाना थाहा सदैब थाहा पाइराख्नु पर्छ र यो संसारमा सबै प्रश्नहरुको उत्तर हुंदैन भन्ने पनि बुझेको छु । सबैलाइ समान व्यवहार पनि गर्छु । ठुलो मान्छेलाइ भेट्दा धनुष्टंकार परी नमस्कार गर्दैन । अफिस सफा गर्ने स्विपरलाइ सानो पनि ठान्दैन । आजसम्म जीवन चलेकोछ , चलि रहेकोछ ।
यसपल्टको काम गराइमा अफिसको मुद्दा फाँटमा काम पाएपछि केही स्थानिय दलालले निन्याउरो मुख लगाएको प्रष्टै देखियो। कार्यालयको निरिक्षण को जिम्मा समेत पाए । भर्खर खुलेको भिडियो घरको निरीक्षण गर्न गएको त आधा दर्जन " चलता फिर्ता कर्मचारी " छडकेमा परे । यस्ले चर्चा मचिन्छ सदरमुकाममा । सरकारी वकिल बनेर आएका कवि दिनेशहरी अधिकारी संग केही काव्य चर्चा हुन्छ । केही सिकाइ माग्छु । सुधीर कुमार शाह कामु प्रजिअ हुनुहुन्थ्यो । वहाँको काम गराइको गतिसंग मैले पनि अनुकुलन गरिसकेको थिए ।
यसरी निरिक्षणका काम र ठाडो उजुरी मात्र हेरे । जेठ मसान्ततिर पाटन र सतबाँज तिर पनि निरिक्षण गरियो । मेलौलीका नर्सरीहरु पनि हेरिए । आफनै ग्वाल्लेक बनमा खयरको नर्सरी लगाएको रेकर्ड समेत देखियो। उहिले म डढेल्धुरा हुँदा जोगबुडाबाट खयरको मुसल ल्याइ दिन बुवा करकर गर्नुहुन्थ्यो । यसरी आफनै बनमा खयर पाइने कुरा बताए पछि वहाँले यस्तो हुनै नसक्ने कुरा बताए । बुझ्दै जाँदा कथित नर्सरी र खयरको बृक्षारोपण त कागजी कारवाहि मात्र रहेछ । छानबिन पछि बन कर्मचारी माथि मुद्दा चलाउन विशेष प्रहरीमा लेखी पठाएको सम्झना छ । यसरी बैतडी हाजिर भएका एक महिना र एक हप्ता बित्यो । साउन २ मा शाखा अधिकृतको लिखित परिक्षामा पास भएको खवर आयो । डोटीबाट खुलामा पास हुने पहिलो रेकर्ड रे । ग्वाल्लेकतिर हात जोडी नमन गरे । सपरिवार बैतडी सदरमुकाममै खुशी मनाइयो ।
अन्तरबार्ताको अप्ठ्यारो
तिनवटा चिचिला सन्तान बैतडी सदरमुकाममा थुुपारेर जेठो छोरालाइ दिपकलाइ स्कुल भर्ना मात्र गरेको थिए, फेेरि काठमाण्डौको चक्कर लाउनु पर्ने भयो । यस पछि हतारो गर्दै अज्ञात यात्राको जोरजाममा लागियो । मुलत: भेटन आउनेहरुका पत्का ( ब्यर्थका कुरा), सकि नसकि राजसी ऐठन बोकेका राजाहरु, श्रमसाध्य कामले लखतरान हुँदा लाटो देखिने आधा आकाश -मैले यहाँ साक्षात्कार गर्ने बिषय थिए । त्यस बेला बैतडीका उदीयमान नेतृत्वमा लोकेन्द्र बहादुर चन्दज्यू हुनु हुन्थ्यो ।बिडम्बना, वहाँका बुवाज्यू महाबीर चन्द स्वर्गबास हुँदा लोकेन्द्रबहादुर चन्द यसपटक प्रधानमन्त्री हुन नपाएको अवस्था थियो । त्यसपछि मरीचमान श्रेष्ठ प्रधानमन्त्री हुनु भएको थियो ।

म लोकसेवामा अन्तर्बार्ता दिन पहिलो पल्ट काठमाण्डौ जानुपर्दा पनि पहिले जस्तै केही तारतम्य मिलेकै थिएन । प्र जि अ जिल्ला भ्रमणमा थिए । जि बि स सभापति जयसिंह महताज्यूबाट काज पाएर पेश्की २०००/- बुझेपछि बल्ल एक समस्या समाधान हुने भयो । लोकसेवाकै यहि लिखित परिक्षामा उतिर्ण साथी हरिदत्त पाण्डेयजीसंग सम्पर्क सल्लाह गरे । बिधिबसात बैतडीबाट मात्र त्यो ब्याचमा हामी पाँच जना साथी भयौ, दुई दार्चुला र एक अछाम गरि सुदूर पश्चिमका आठ जना थियौ ।
काठमाडौ जानुपर्ने दिन सम्पुर्ण ब्यबधानहरु इष्टशक्तिमा समर्पण गरेर प्रस्थान गरे झुलाघाटतिर ।अर्को दिन बिहानै बसबाट हिडेकोमा बाटो ब्लक भै एक कि मी पैदल हिडेर बल्लतल्ल पिथौरागढ हुँदै बेलुका टनकपुर पुगे । रु ३०/- बाबुजीलाई टक्र्याएर रेल रिजरबेसन पाए । टनकपुर लखनौ गोरखपुर ट्रेन । गोरखपुर भैरहवा थोत्रो बस। सुनौली काठमाडौं रात्री बस । १३ सावनमा काठमाडौं पुगीयो । संगै गएका उद्योगी लछी चन्दज्युको डेरामा खाए । बेदप्रकाशको डेरामा बसे । नयाँ पैन्ट सिलाए, कपाल कटाए । मेरो तयारी यहि थियो ।
१६ गते लोकसेवा आयोगमै गै जानकारी लिदा बैज्ञानिक ब्यक्तित्व परिक्षण, सामुहिक योजना, तर्कपुर्ण अभिब्यक्ति पछि मात्र अन्तर्बार्ता हुने रहेछ । शुरुमै सर्टिफिकेटमा झमेला खडा भयो । सरकारी अफिसमा नियमित काम गर्दागर्दै लगालग तीन बर्षमै आइ ए /बिए कसरी पास गर्न सकिन्छ?भन्ने शंका गरिएको थियो शायद । शंकै त हो, कसैको षडयन्त्र र खुराफात थियो भन्ने शंका मलाइ पनि लाग्दछ । मसंग मार्कसीट र बिदा स्वकृतिका पत्रहरु मात्र थिए । कुमायुँ युनिभर्सिटिबाट प्रोभिजनल प्रमाणपत्र पनि ल्याउनै पर्ने भयो । माननीय सदस्य गौरीसंकरलाल दास समक्ष १५ दिनभित्र म यो कागज पेश गर्नेछु , अन्यथा मेरो रेजल्ट रद्द गरिदिए मंजुरी छ भनेर निबेदन दिए । मेडिकल टेस्ट गराउनु पर्ने अर्को झंझट आयो । वीर हस्पिटलले चेक गर्नै २ दिन लगायो । अन्तमा मुटुको बायाँतिर साइज बढेको भन्ने पो लेखिदिएछ । साँच्चै मुटु सुनिएको छ कि क्या हो भनेर सिढी चढदा पनि स्वाँ स्वाँ हुन थाल्यो । साथी हरीदत्त पाण्डेयजीको सहयोगमा डा पदमबहादुर चन्दजीसंग बिस्तृत सल्लाह लियौ । अन्तत: रिपोर्ट बदलियो ।
२३ गते आइ क्यु टेस्ट दिए । सन्तोषजनक भएन । दिक्क लागेर दिनभर फिल्म हेरे । ग्रुप डिस्कसन ठिकै भयो । राति पूर्ब प्र जि अ चुडामणी उपाध्यायज्युको घरमा बसियो । तर्कपुर्ण अभिब्यक्ति ठिकठिकै लाग्यो ।
२९ गते अन्तर्बार्ताको दिनको अघिल्लो रात भरि निन्द्रा नपर्नाले टाउको भारी थियो । सर्टिफिकेटबारे भएको सोधपुछका कारण दिक्दार लागेर मुड नै विग्रेपछि के गर्नु र ? तर मरता क्या नहि करता भने जस्तो बिस्तारै म सुरिए ।
राम्रोसंग नेपाली बोल्न नआउने हामी परपश्चिमेलीहरूको निम्ति लोकसेवाको ठुुलो हाउगुजि हुन्थ्यो । झन टेक्ने समाउने हाङ्गो नै नभएको मेरालागि त यो ठुुलै महाभारत थियो । आफुु बिषयबस्तुुमा त्यती पोख्त पनि परिएन । सुदुरको डोटि केन्द्र बाट बिरलै पास हुने मध्ये यसपालाको एक्लो उमेदवार पनि थिए । राष्टिय पंचायत सेवा र प्रशासन सेवा गरि दुई बिज्ञापनको लिखित परिक्षामा पास भएकोले एक ठाउँँमा त कसो पास नहोइएला भनेर आत्म बिश्वास पनि कायमै थियो । जेहोस, अन्तर्वार्ताको घडी आयो ।
प्रशासन सेवाको अन्तर्बार्ता बोर्डमा लोकसेवा आयोगका तत्कालिन अध्य्यक्ष उपेन्द्रमान मल्लज्यू स्वयंले अध्यक्षता गर्नु भएको थियो । एकजना बोर्ड सदस्यले बैतडीको समाजमा प्रचलित बहुतै बदनाम एउटा सामाजिक कुप्रथाको बारेमा केही जानकारी छ कि ? भनेर प्रश्न गरे । उनको यो हेपाहा प्रश्न थियो भन्ने कुरा शरीर-संकेत ( body language ) ले बताई सकेको थियो । मैले प्रतिप्रश्न गरे " नेपालको जुनसुकै समाजमा पनि कुप्रथाहरु बिद्यमान छन् । मात्रात्मक रुपमा वा नीजि दृष्टिकोणले समेत ती समस्या ठुुला साना लाग्न सक्दछन् । बैतडीको हकमा पनि त्यहाँ थुुप्रै त्यसता समस्या छन् । ती मध्ये केही पहिचानमा छन्, केही नहुन पनि सक्छन् । कुन समस्याको बारेमा कुरा गरौ, म अलमलमा परे । यहाँको संकेत देउकी प्रथा तर्फ हो भने म केही जानकारी दिन सक्छु । "
उनले हो भने । यो मेरालागि अप्रत्यासित थियो । यसको बारेमा बोर्ड सदस्यहरु भन्दा मसंग बढि जानकारि छ भन्नेमा म ढुुक्क थिए । सौभाग्यबश त्यसताका म मेरा तत्कालिन हाकिम चुुडामणि उपाध्यायज्युले बढुवा प्रयोजनको लागि लेखिरहनु भएको" देउकी प्रथा " नामको किताबका लागि सामग्री संकलन पनि गरिरहेको थिए । मैले बुझेको कुरा बोर्ड समक्ष राखेे । यसै सन्दर्भमा हिमाली भेेगतिरको झुुमा प्रथा, काठमाडौंको कुमारी प्रथा वा बैतडीको देवकी प्रथा प्रकारान्तरले लगभग एउटै कित्ताका कुरा हुन् पनि भने । यो कुरा काठमाडौंका खाँटि रैथाने अध्य्यक्षज्युलाई चित्त बुझेनछ क्या रे । उनले यो कसरी हुनसक्छ? तर्क सहित पुष्टि गर्नोस भनेर अह्राए । " कुमारि गुठिको समुचित ब्यबस्था नभएमा र निबृत कुमारीको जीवन निर्बाहको अरु कुनै उपाय पनि नहुने एबं बिबाह पनि गर्न नपाउने परिस्थिति निर्माण भएमा के हुन्थ्यो? हामी सबैले सहजै अनुमान गर्न सक्छौ " यसै लाइनमा कुरा राखे । केही बस्तुगत जानकारि पनि दिए । अध्य्यक्षज्यू " पख्नोस, केही कुरा टिप्नु पर्ने भयो " भन्दै डायरीमा नोट गर्न थाल्नु भयो । यसै सिलसिलामा ४०/४५ मिनेट विभिन्न प्रश्न गर्दै बुँदा टिपोटमा लाग्नु भयो । अरु कुरै हुन पाएन । अन्तमा मैले धेेरै समय लिए, कसैको केही सोध्नु पर्ने छ कि भन्दा अरुहरुले छैन भन्ने संकेत गरे । बस्... मेरो इन्टरभ्यु सकियो ।
अन्तर्बार्ता दिदा शुरुमै मेरो अध्यनको बिषय समाजशास्त्रका सैध्दान्तिक कुरा आए । त्यसपछि सामाजिक समस्या देउकीका प्रसंग झिकियो । यो समस्यामा मेरो अध्ययन थियो नै । बोर्डमा प्रभाव पार्न सकेजस्तो लाग्यो । त्यसै राति कसैलाई केही नबताई खुरुक्क भैरहवा लखनौको बाटो नैनीताल हिडे । सुनौली लखनौको रु ४३/- भाडा थियो । बसमा साधुभेषको कुइरेले बस नरोकेको झोकमा ठाडटाडै बसभित्रै finish भनेर दिशै गरिदियो । बसबाटै साकेत हेरे । लखनौ पुगेर उनै पुर्ब प्रजिअका छोरा बिनितमणि उपाध्यायको डेरामा बसे । साउन ३२ मा झरीसंगै ११ बजे नैनितालको वसन्त होटेलमा कोठा लिइ सोझै भी सी बंगला पुगेर निबेदन लेखि त्यसै दिन प्रोभिजनल लिए । यसपछि लामो सास फेरेर सरोबर शहरलाई टुलुटुलु हेरे । रु सातको तरकारी मात्र खाएर रात काटे । खर्चको तामझाम लगभग सकिएको थियो ।

ओलके संक्रान्तिको बिहान नुहाई धोई सकिवरी १.३० मा काठ गोदाम झरेर रिजर्बेसनमा सोझै लखनौ राति ९ बजे पुगे । लगत्तै गोरखपुरको ट्रेन समाते । यौटा रानीखेते इन्डियनले कपडाको व्यापारी सम्झेर बाटोभरी चिया नास्ता ख्वायो । " गोरखे साले बदमास होते है " पनि भन्यो । पत्रकार बताउने गाजियाबादको शायद २ नं को काम गर्ने व्यापारी समेत साथी बन्यो । ३०००/- सजिलै कमाइन्छ भन्ने गारमेन्टमा काम गर्ने टेलर समेत ४ जनाको जत्थामा मिसिएर भारततिरको यात्रा निरापद गराईयो । सुनौली काठमाण्डौको टिकट काट्दा मसंग मुश्किलले ५ /- बचेको होला । सस्तो खालको चाइनिज डिजिटल घडी बाहेक बेचेर गुजारा हुने सामान थिएन । कागजका केही प्रमाणपत्र र थोरै ब्यक्तिगत सामान बाहेक मसंग गुमाउनु पर्ने केही थिएन । हलुका भएर हिडन कति आनन्द ! गफ गरेरै यात्रा सकाए। ५ भाद्रमा चुडामणि उपाध्यायको घर पुगेर बिनित समेतको खबर सहित बाटोमा बेखर्ची भएको बताएर रु १००/- सापट लिइ बाँकी दिनको खर्च त्यसैले चलाए । लोकसेवामा प्रोबिजनल प्रमाणपत्र बुझाएपछिको एक हप्ता अबधिमा ल क्याम्पसमा भर्ना हुन मुडकोर्टका कक्षा पनि लिए । कृष्णजन्माष्टमी मनाए । काठमाडौंको गोऽरा हेरे। गृह मन्त्रालयमा काज हाजिर भए ।
… र भइयो अफिसर
भदौ १४ गते पुर्ब प्र म लोकेन्द्र बहादुर चन्दज्युलाई भेटन गएको त बधाई पो पाए । पास भएको खवर लोकसेवाकै माननीय सदस्य सत्यनारायण झा ले भनेका रे । त्यो राति निन्द्रै परेन । १५ गते बिहानै पुर्ब कन्जरवेटर बलराम भट्टलाई भेटन गए, खबरको सत्यापन गराउन । माननीय सत्यनारायण झालाई सोझै सोध्न लगाए । हो रै छ । १० बजे सुचनै टाँस्दै छ होला भन्ने जानकारी पाए ।
यो घटनाक्रमले मलाई नतिजा प्रकाशित नहुन्जेल बडो सकसपुर्ण छटपटिमा राखेको थियो । के भयो? कस्तो भयो? भन्नै नसकिने, अनुमानै गर्न नसकिने । रेजल्टको लागि आयोगको कमलपोखरि स्थित कार्यालयमा सुचनाको प्रतीक्षा बाहेक अरु के गर्न सकिन्थ्यो र ? । धेरै दिनपछि टेक्सी चढेर कमलपोखरी गए ।
तात्तातै सुचना हेर्दा आफनो नाम नै नभेट्टिने । दोह-याएर हेरे । अँँ हँ, देखिदैन त । तेस्रोपल्ट फेेरि सुचनापाटिमा टाँसिएको लिष्ट पढ्दा बल्ल नाम देखियो, ७३ नम्बरमा। सौभाग्यबश हाम्रो भेेगका सबै सिफारिसमा परेका रहेछौ ।
यसरी एउटा लामो पर्खाइ सकियो । अफिसरको परीक्षा पास भएछु । जीवन यसरी नयाँ लिगमा प्रबेश ग-यो । उर्बादत्तजी समेत भै स्टाफ कलेज गयौ । ५ असौजबाट बेसिक तालिम रे । रु १०००/- सरसापट मागेर सहयोगी हितैषिहरुलाई कृतज्ञता सहित मिठाई दिइ सामान्य झरफर गरे । मुडकोर्ट सकि १८ गते गृ मंबाट काजफिर्ता भए । त्यसै राति भैरहवा । अर्को दिन लखनौ- पिथौरागढ झुलाघाट हुँदै सोझै २१ गते राति ससुरालीमा तीन छोरा र एक श्रीमतिसंग खुशि बाँडे । यसरी म अफिसर बन्ने चरणमा पुगे ।
बिहानै छोरा दिपक साथमा लिई जिल्ला कार्यालयमा उक्ले । वास्तविक सहयोगी र चेपारे मित्रहरुको अनुहार ठाडै चिनिने रहेछ । जि पं को पेश्की फर्छयौट गरे । भिडभाड जस्तै बधाई पाउछु । २६ भाद्रमा घर जाँदा बाटैमा घाङल नाउलामा नुहाएर असिमकेदार मन्दिरमा पुजा गरे । भलो चाहनेहरुले खुशी प्रदर्शन गरे । नचाहनेहरुले पनि नखरा देखाए । आमाबुवासंग बिदा भै २८ गते घरबाट कार्यालय फर्किए । फेरि मैले गाउगर्खा छोडनु थियो । यसैको तारतम्य मिलाउनमा लागे ।
भदौ २९ मा अफिसले बिदाइ दियो । ससुरालीमा सासुले बिमार परेको खबर पठाएपछि श्रीमती उता लाग्छिन । दिपक गोठलापानी भाइको डेरातिर सारिन्छ । ३० गते बिहान अफिस छाडछु । कान्छा ससुराज्यूले पनि बल्ल साइनोसहित टीका लाउछन । ठकुरिहरुसंग सचेत हुनु भनेर अर्ति पनि दिन्छन । म यसभित्रको कूट अभिब्यक्ति बुझ्दछु । दीपकसंग समेत नबोलेका ती बुढासंग सम्बन्धित घटना याद आउछन । सहयोगी दामबहादुरको सहयोगमा झुलाधाटतिर सर्छु । राति पिथौरागढ पुगेर साथी हरीदत्त पाण्डेयजी संगको सहयात्रा शुरु हुन्छ ।
जिन्दगीको यौटो अर्कै पाटो
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह मा दरबन्दि राखिएको रहेछ । मिति ०४३/६/६ देखि प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ( staff college ) मा प्रशिक्षार्थीको हैसियतमा प्रबेश गरियो । मेरालागि कुनै पनि कलेज नामधारि संस्थामा प्रबेश पाएको यो नै पहिलो र अन्तिम घटना भयो । ९० जनासंगै मैले पनि प्रशासनिक प्रशिक्षण शुरु गरे ।
यो संस्मरण लेख्न बस्दा केही मनोबादहरुको लाम लाग्दैछ । सानो छंदा आकाशमा देखेको हवाइजहाजमा धेरैपटक चढिसके । तर जहाजको छायांलाइ पछ्याएर दगुर्दाको जस्तो आनन्द कहिले पाइएन । चिल्ला सडकमा गुडाइएको गाडीभन्दा गाउँको काठे पांग्रा गुडाएको र पैदल कुदेको जस्तो आनन्द कहिल्यै पाएन । भौतिक सुखसयलका सबै माध्यमहरु क्रमस: सांगुरा हुन्छन् । त्यसैले हामी फराकिलो ठाउं खोज्दछौ ता कि स्वच्छन्द रुपमा फुल्न पाइयोस ,चाहेको जीवन जिउन सकोस् र आफुले सिकेको कुरा नयां पुस्तालाइ सिकाउन सकोस् । म पनि आफु हुर्केको गाउं, शहर र राजधानीलाइ जोडेर फराकिलो पार्न चाहन्थे । फालिएका चिजहरुमा उसको सिर्जना प्रयोग गरी उपयोग गर्न चाहन्थे । आफु जन्मेको ठाउंलाइ भौतिक रुपमा मात्र हैन सामाजिक रुपमा पनि फराकिलो बनाउन चाहन्थे । उसले सिकेका मुल्य र मान्यताहरुलाइ त्यहां स्थापित गर्दै सांगुरो जन्मभूमिलाइ हरेक हिसाबले चौडा पार्न चाहन्थे । अर्को शब्दमा भन्नु पर्दा गाउं फर्केर ‘पाखे’ नै रहन चाहन्थे ।
तर नाटक नै भए पनि रामलीला जस्तो खास रंगले जीबन रंगियो । केही महिनाको तालिममा नाटकको कुनै पात्रको मनोदशामा रंगिएपछि त्यो निकाल्न गारो हुँदोरहेछ । कुनै पात्र बनेर गरिएको नाटक मन्चनको दुरगामी प्रभाव पर्न जाँदो रहेछ । पदीय हैसियत लिएर थातथलोको प्राकृत जीबनबाट टाढा जानू पर्दा अनायासै मनमा रामलिलाका पदहरु गुन्जिएका थिए ।
" उतारू राज के कपडे ,
बनाऊ वेश मुनियन का। "
जे भने पनि आफनै माटो आफनै बाटोमा हिडनुको मजा नै बेग्लै छ ।आनन्दकी पगडंडियामा स्वामी रामतिर्थले जीबनका बिबिध बिसौनीहरुको व्याख्या गरेकाछन् । क्रमस: आमाको काख, खेलकूद, साथी, किताब, तरुण/ तरुनी , पैसा, पुत्र र आत्माको खोजीमा जीवन दौडिदो रहेछ । आत्मालाई अंतिम आनन्द पनि आफु जन्मिएको, आफनो ईतिहास बोकेको माटो नै हुने रहेछ ।
म खुशी मनले गाउँ फर्कन चाहन्थे । जागिरका बिबिध यात्रा मेरोलागि जीवन धान्ने उपक्रम मात्रै हो भन्ने लागेको थियो । यति मात्रै हो, यो यात्रासंगै केही जीवन सिकेको थिए - केहि बोलेको थिए । जहाँ भए पनि मूलत: म उहीँ माटोको थिए, जुन माटोमा पहिलोपल्ट टेकेको थिए ।
***
No comments:
Post a Comment