अल्वर्ट आइन्सटाइनले पनि भनेका छन्– हामी पूर्वीय दर्शनको खोजप्रति एकदमै ऋणी छौं, जसले हामीलाई गन्ती कसरी गर्ने भनेर सिकाए । जुन विना अन्वेषण हुनसक्ने थिएन । ॐ जसरी गणितको जननी भयो, ब्रह्माण्डको व्याख्याको आधार पनि त्यसरी नै बन्यो ।Nepal Press
प्रोट्रोन, इलेक्ट्रोन र न्युट्रोनको कुरा हजारौं वर्षअघि वैदिक ग्रन्थमा उल्लेख छ । भनिएको छ– यो ब्रह्माण्ड मात्र तीन शक्ति सत्व, रज र तमका कारण चल्छ । यी तीन सूक्ष्म शक्तिकै कारण सिंगो ब्रह्माण्ड चलेको छ भन्ने कुरा वैदिककालमै निकालेको खोज हो ।
ॐ शाश्वतसँग जोडिएको ध्वनि हो । जसको आधारमा अहिले ब्ल्याक होलमा जाने बाटो आधुनिक विज्ञानले पनि पत्ता लगाएको कुरा मैले होइन नासाले भनेको छ । त्यसैले पनि ॐ भन्दा हामीलाई आनन्द आउँछ भनिएको छ । साथै संस्कृतमा नै खगोल विज्ञान र जीव विज्ञान सम्बन्धी सबै ज्ञान भएको र कम्प्युटरले अक्षर पढ्न सक्ने अल्गोरिदम सबैभन्दा धेरै संस्कृत भाषामा भएको भन्दै नासामा २५ जना संस्कृतका गुरु राखेर पढाइँदैछ भनेर सार्वजनिक गरेको समाचार त हेर्नुभएकै होला ।
आधुनिक विज्ञानमा पुग्ने बाटो वैदिक खोज थियो भन्ने कुरा शून्य इलेक्ट्रोन, न्युट्रोन र प्रोट्रोन मात्र हैन यस ब्रह्माण्डको उत्पत्ति र यिनीहरू कसरी रहेका छन् भनेर ग्रहको अवस्थाबारे पनि उहिल्यै ऋषिहरूले खोजेका थिए । जसलाई अंग्रेजीमा एस्टोलोजी भनियो । यति मात्र हैन, वैदिक संस्कृति नै हो जसले पूर्णको आविष्कार गर्यो । यही पूर्णलाई बुद्धले शून्य भने । ब्रह्माण्डको यही शून्यलाई वेदले पूर्ण भनेको हो ।
वेदमा भनिएको ॐ पूर्णमदः पूर्णमिदं, पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय, पूर्णमेवावशिष्यते (बृहदारण्यकोपनिषद्) । अर्थात् ॐ एक पूर्ण सत्य हो जसमा पूर्णबाट पूर्ण थपे पनि या पूर्णबाट पूर्ण घटाए पनि पूर्ण नै बाँकी रहन्छ । यसरी हजारौं हजार साल पहिला ऋषिहरूले विकास गरेको शून्यबाटै अरू अङ्क बनाइएको थियो । जसलाई आधार बनाएर संख्याको विकास गरियो ।
यो कुराको प्रमाणित गर्दै गर्दा अल्वर्ट आइन्सटाइनले पनि भनेका छन्– हामी पूर्वीय दर्शनको खोजप्रति एकदमै ऋणी छौं, जसले हामीलाई गन्ती कसरी गर्ने भनेर सिकाए । जुन विना अन्वेषण हुनसक्ने थिएन । ॐ जसरी गणितको जननी भयो, ब्रह्माण्डको व्याख्याको आधार पनि त्यसरी नै बन्यो ।
जस्तै, आकाश कत्रो छ ? त्यसमा कति आकाश मिलाउन वा छुट्याउन सकिन्छ ? आकाशबाट कति घटाउने वा कति जोड्ने ? जति घटाए पनि वा जोडे पनि त्यो पूर्ण नै रहन्छ ।
०००
मार्क्सले भनेका छन् भन्दै हामी आज समान ज्याला माग गर्दैछौं । ज्यालाको के कुरा मुद्रा पनि बनिनसकेको समाज विकासको शुरू शुरूको बेलामा पनि ज्याला मात्र हैन यस संस्कृतिमा हरेक सीपको समान विकास र सम्मान हुने व्यवस्था थियो । टाढा नजाऔं यही काठमाडौं उपत्यकामा देखिने साम्यवाद हेरौं ।
पढेको नपढेको सबैको सीप समाजले प्रयोग गरोस् भनेर कसैले कसैको काममा हस्तक्षेप गर्न नपाइने बनाइएको थियो । या भनौं सार्कीले जुत्ता सिलाएर गुजारा गरिरहेको काम अर्को कामको मान्छेले गर्न पाइन्नथ्यो । या भनौं जुत्ता सिलाउन पारङ्गत सार्कीको रोजीरोटी धनीले ठूलो लगानी गरेर उसको रोजगारी खोस्न नपाओस् भन्ने कुरा ध्यानमा राखिन्थ्यो । जसले गर्दा नाईको काम अरूले गर्न पाउँथेन, माझीको माछा मार्ने काम, फलामको हतियार बनाउने सीप र आर्जन उसैमा र नङ काट्नेको पेशा अरूले गर्न पाउने थिएन भने वेद पढ्ने र अरूलाई सिकाउने काम पनि निश्चित थियो ।
आजको श्रम विभाजन र व्यवस्थापनमा यी कुरा अमिल्दा होलान्, परिमार्जन गर्नुपर्ला, कामको प्रकृतिले आज पेशाकै आधारमा उँच–नीच भन्न थालियो होला । यो वैदिककालीन संस्कृतिको उपज होइन, समाज विकासका क्रममा बन्दै आएको नयाँ परिभाषाले यिनीहरूलाई उँच–नीच बनाएका हुन् ।
अल्वर्ट आइन्सटाइनले पनि भनेका छन्– हामी पूर्वीय दर्शनको खोजप्रति एकदमै ऋणी छौं, जसले हामीलाई गन्ती कसरी गर्ने भनेर सिकाए । जुन विना अन्वेषण हुनसक्ने थिएन । ॐ जसरी गणितको जननी भयो, ब्रह्माण्डको व्याख्याको आधार पनि
यसले गर्दा सार्की जुत्ता बनाउनमा, पण्डित पढ्नमा, हतियार बनाउने नकर्मी हतियार बनाउन निपुण हुन्थ्यो । सिकर्मी, डकर्मी, अर्को–अर्को सबै आ–आफ्नो काममा निपुण हुन्थे । ती सबैलाई आफ्नै काममा लाग्न उत्प्रेरित मात्र हैन आजीवन त्यसको सुरक्षा पनि गरिएको हुन्थ्यो ।
यसैले समाजमा हरेक मान्छे आफ्नो सीप साटेर बाँच्दथ्यो । यसरी सीप बाँडफाँड गरेर समानताका आधारमा एउटा समाज चल्दथ्यो । यस्तो साम्यवाद ल देखाउनुस् त संसारभर ? त्यो पनि आज हो र ? समाज विकास भएदेखि चलेको संस्कृति हो, यो । पैसाको विकास नभएको, बजार बस्ने अभ्यास नभएको बेलामा समाजको एक गेडो चामल नखुट्टिने रोजगारी सबैभन्दा राम्रो थिएन ?
साम्यवादको एउटा उदाहरण हेरौं, झण्डै २५०० वर्ष अघिदेखि नै वैदिक दर्शनदेखि हिन्दू, बुद्धिज्मलगायतका सबै विषय पढाइ हुने तक्षशिला, विक्रमशिला र नालन्दा विश्वविद्यालय । जहाँ सबै भाषामा; जुन देशको, जुन जातको आए पनि निःशुल्क पढाएर पठाइन्थ्यो । जहाँ हजारौं गुरु र दशौं हजार विद्यार्थी अध्ययन गर्दथे भनेर उल्लेख भएको पाइन्छ ।
ज्ञान दिने मात्र हैन यसरी पढ्न आउनेलाई चाहिने जति शास्त्र घोडा र गधामा बोकाएर पठाइन्थ्यो रे ! यसरी गधामा बोकाएर लगेको भएर गधाले शास्त्र ल्याउन सहयोग गरेको भन्दै चीनमा गधाको मूर्ति बनाएर राखेका छन् । जुन आज पनि चीनमा अवस्थित छ ।
आज धनीले जग्गा ओगट्दै प्लटिङ गरेर बेच्छ, सुकुम्बासी सधैं अर्काको शरणमा । तर वैदिक शास्त्रले जग्गाको मात्र हैन सम्पूर्ण पृथ्वी सबैको बराबरीको हिस्सा हो भनेको छ । ‘जग्गा मान्छे मान्छेमा भाग नलगाऊँ उत्पादन भएका सामान बाँडेर खाऊँ’ भनेको छ ।
‘अयं निजः परो वेति गणना लघु चेतसाम् उदारचरितानां तु वसुधैव कुटुम्बकम्’ अर्थात् यो मेरो यो तेरो भन्ने भावना सानो चित्त भएकाहरूको हो । उदार चरित्र भएका आत्माहरूका लागि त समग्र भूमण्डल ब्रह्माण्ड एउटै विशाल र सभ्य सुसंस्कृत सौम्य परिवार हो । सिङ्गो पृथ्वीमा कसैको निजी हक हुँदैन । उत्पादित सामान बाँडेर खाऊँ तर पृथ्वी नबाँड भनेको छ । यस्तो साम्यवाद माक्र्सको साम्यवादमा पर्न सक्छ ?
हुँदाहुँदा आज जंगल पनि बाँडफाँड छ । मान्छे मात्र हैन यस संस्कृतिमा एउटा रूख काटे कति रूख रोप्नुपर्ने, जनावर मारे कति धेरै दण्ड हुने व्यवस्थासम्म पनि थियो उसबेला (शिव पुराण, उमा संहिता, अध्याय ११ र १२) ।
०००
आज तपाईंहरूको वादले महिला पुरुष एकै हुन् भन्ने नारा लगाउन लगायो । तर यस संस्कृतिमा आमा अर्थात् स्त्रैणलाई बराबर हैन प्रमुख गुण मानिएको छ । अद्भुत शक्ति भएको हुनाले पृथ्वीलाई नै स्त्री वा जननीको रूपमा हेरिन्छ । भनिएको छ, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । अर्थात् आमाको काख या आफू जन्मिएको ठाउँ नै स्वर्ग हुन्छ भनिएको छ ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः यसै संस्कृतिले दिएको मन्त्र हो । अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । यी दर्शन मात्र होइनन्, त्यसबेलाका सामाजिक व्यवहार पनि हुन् ।
आजको आधुनिक समाजमा जहाँबाट समानताका कुरा आए, त्यहाँका धार्मिक दर्शनमा संसारलाई समान रूपले हेर्ने सामथ्र्यको त कुरै छोडौं, तिनले महिला पुरुषलाई पनि समान रूपमा हेर्न सक्दैनन् । त्यहाँ पुरुषको शरीरको एउटा करङ हो नारी भनिएको छ । बाइबलमा पुरुष बनाएर उसको करङ निकाली नारी बनाइएको कथा छ (बाइबल, उत्पत्ति २ को २२ र २३) । त्यति मात्र हैन बाइबलमा महिलाले दाँत देखाएर हास्न हुन्न, टाउको खुला राखेर देखाउनु हुन्न भनेर किटेरै लेखिएको छ (पुरानो करार, कोरिन्थी ११ को ५ र १४ पद) ।
कुरान त बाइबलकै अर्को रूप जस्तो हो, त्यहाँका कथा नै बाइबलबाट ल्याइएका छन् । कुरानमा त मोहम्मदले नै नौ जना स्वास्नी भित्र्याएका थिए । चार जना श्रीमती एक जना पुरुषले राख्न पाउँछ भनेर किटान नै गरिएको छ ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः यसै संस्कृतिले दिएको मन्त्र हो । अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । यी दर्शन मात्र होइनन्, त्यसबेलाका सामाजिक व्यवहार पनि हुन् ।
हिमवत्खण्ड संस्कृतिमा महिला भनेर छुट्याइएको पनि पाइन्न । बरु अर्धनारीश्वरको अर्थात् भगवानको सिङ्गो रूप नै आधा पुरुष र आधा महिला हो भनिएको छ (शिव पुराण, अध्याय १६) । वेदमा त अझै प्राणीलाई जीव मात्र भनिएको छ । महिला पुरुष भनेर छुट्याइएको पनि छैन ।
यी भए महिला पुरुषका कुरा । अब विश्वमा विकसित संस्कृतिका धार्मिक चेत हेरौं । हिमवत्खण्डको पनि मुख्य भागमा रहेको नेपालमा मात्र अहिले २२४ जातजातिमा झण्डै १० वटा धर्म विकसित छन् । तर यहाँ कहिल्यै पनि धार्मिक सहिष्णुता नाघिएको पाइन्न । धार्मिक ग्रन्थहरूले पनि कहिल्यै हिंसामा अभिप्रेरित गर्दैनन् ।
ऋग्वेदमा भनिएको नै छ कि तिमीहरू सबै आपसमा मिलेर बस । तिमीहरूको मन, वचन र कर्म एकै होस् र तिमीहरूको बीचमा समानता र एकता कायम रहोस् (ऋग्वेदको दशम् मण्डल सुक्त १९१ मन्त्र २, ३ र४) ।
तर बाइबलले त हिंसाको लागि उक्साएको जताततै भेटिन्छ । एक ठाउँमा भनिएको छ– उनीहरूका देवीका मन्दिर भत्काइदिनू, उनीहरूका चोखा ढुङ्गा टुक्राटुक्रा पारिदिनू । उनीहरूका देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू, तिमीहरूले अन्य कुनै देवताको पूजा नगर्नू (नयाँ करार, प्रस्थानको ३४ अध्याय पद १३ र १४) ।
०००
बाइबल पढ्दै जाँदा पटक–पटक वेदमा भनिएका कुरा अघि सार्न मन लाग्छ । वैदिक परम्पराले सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत् अर्थात् आफू मात्र हैन सबैको कल्याण होस् । यस्तो भन्ने संस्कृतिबाट हुर्किएका हामीलाई यस्ता कुरा इतिहासका हुन् भनेर पढ्न पनि असहज महसूस हुन्छ ।
अर्को जातिकालाई मात्र हैन प्रथम, दोस्रो विश्वयुद्ध जस्ता नरसंहारदेखि एउटै धार्मिक संस्थामा भएका भनिएकाहरू रोमन क्याथोलिक र प्रोटेस्टेन्टहरूबीच तीस वर्ष युद्ध नै गरेर उनीहरूले एकअर्कालाई मारे । अनेक देवता मान्ने हिन्दू, शैवहरूले अहिलेसम्म त्यति मान्छे मारेनन् होला जति एउटा देवता मान्ने इसाइयतमा रहेकाहरूले एक दिनमा मारे । हिरोसिमा र नागासाकी जस्ता शहरहरूमा बम नै खसालेर लाखौं लाख मान्छे मारेको ७५ वर्ष मात्र पुग्दैछ । नाजीको नेता बनेर ६० लाख यहुदी मार्ने हिटलर पनि यही बाइबलका अध्येता नै थिए ।
व्यवस्थाको पुस्तक हेर्नुहोला, त्यहाँ भनिएको छ– हिब्बी, युनानी, परेजी, यमोरी, कनानी, गिर्गासी जस्ता जातिलाई भेट्ने साथ जलाउनू, मार्नू, तिनका छोरीसँग विवाह पनि नगर्नू (व्यवस्थाको पुस्तक, अध्याय ६ १–१६ पद सम्मै हेर्न सक्नुहुन्छ) । किनकि उनीहरू फरक आस्था राख्दथे ।
श्रीमद्भागवत महापुराणमा अनावश्यक धन संग्रह गर्न निषेध गरिएको छ । साथै आफूजस्तै प्रकृतिमा भएका अन्य प्राणीलाई आफ्नै सन्तान जसरी माया गर भनिएको छ । जात, रङ्ग मात्र हैन लैङ्गिक विभेद चरम सीमामा थियो पश्चिममा, त्यो पनि हिजो–अस्ति १८औं शताब्दीसम्म ।
त्यसैले उनीहरूले समाजवाद, साम्यवाद जस्तो नामका वाद जन्माए, हामीले १० हजार वर्षभन्दा अघिदेखि रगतमा लिएर आएको साम्यवादमा अरूबाट आएको साम्यवाद थोपर्न जरूरी छैन । खासमा हाम्रो सभ्यता नै मानव सभ्यताको सबैभन्दा सहज पहिलो र अन्तिम सभ्यता हो ।
यस हिमवत्खण्ड संस्कृतिमा दुई धर्म मान्ने कहिल्यै लडेनन् । बरु ब्रह्मचर्य रहने, हिंसा नगर्ने, मूर्ति पूजा नगर्ने जस्तो आध्यात्मिक दर्शन बोकेर आएको बुद्ध दर्शन पनि शैव दर्शनसँग मिसिएर शैवबुद्ध बन्यो । तर लडाइँ गरेनन् । किनभने हाम्रो संस्कृतिले अरूलाई दुःख दिएर होइन खुशी पारेर परमानन्द प्राप्त गर्न सकिन्छ भनेको छ ।
यस वैदिक संस्कृतिमा म मात्र हुँ भन्ने अहम् भावना त शक्तिमा भएकाहरूमा पनि भेटिंदैन । हाम्रो एउटै घरमा शिवको पनि पूजा हुन्छ, विष्णु, लक्ष्मी, राम, दुर्गा, कृष्ण अनि बुद्धको पनि । त्यति मात्र हो र ? संस्कृति मिसावट भयो भन्ने आफ्नो ठाउँमा होला तर हाम्रा सभ्यतामा भिक्षुहरूले वैदिक संस्कृतिको डोरो बाँधेको देख्न सक्नुहुन्छ । पण्डित, पुजारीहरू स्वयम्भूमा बत्ती बाल्न पुग्छन् । अझ मुक्तिनाथ मन्दिरमा त भिक्षु र पुजारीलाई एकै ठाउँ देख्न सक्नुहुन्छ ।
यसबारेमा मैले केही समयअघि (२०७६ श्रावण, ४ शनिबार, नयाँ पत्रिका ‘झन् नयाँ’मा) मुक्तिनाथमा साम्यवाद शीर्षकमा लामो आलेख लेखेकी छु । योभन्दा अर्को साम्यवाद अर्को के हुन्छ ?
हामी मात्र हैन हाम्रा देवताहरूमा पनि सहअस्तित्वको भावना थियो । हुँदाहुँदा कुनै बेला झगडियाका रूपमा रहेका शैव र वैष्णव सम्प्रदाय अहिले एउटै शिवको प्रतिस्थापनलाई विष्णु र बुद्धको अवतारको रूपमा पुज्छन् । अहिलेका समाजका मान्छे मात्र हैन, हामीले भगवानका रूपमा पुजेकाहरू पनि एकले अर्कालाई सम्मान गरेर समाजमा रहेका थिए ।
हिमवत्खण्ड संस्कृतिमा महिला भनेर छुट्याइएको पनि पाइन्न । बरु अर्धनारीश्वरको अर्थात् भगवानको सिङ्गो रूप नै आधा पुरुष र आधा महिला हो भनिएको छ (शिव पुराण, अध्याय १६) । वेदमा त अझै प्राणीलाई जीव मात्र भनिएको छ । महिला पुरुष भनेर छुट्याइएको पनि छैन ।
शिव पछिका सबैले शिवको उपासना गर्दथे । महाभारतमा पटक–पटक श्रीकृष्णले शिवको उपासना गरेका छन् र अरूलाई पनि उपासना गर्ने सल्लाह दिएका छन् (महाभारत, प्रतिज्ञा पर्व, अनुशासन पर्व) । त्यसैगरी रामायणमा हेर्नुभयो भने राम र रावण दुवै शिवका उपासक भएको कुरा पढ्न पाउनुहुनेछ ।
वैदिक परम्परामा मान्छे मात्र हैन सबै प्राणीको साझा घर पृथ्वी भएको भन्दै एकको हैन सबैको सुख होस्, सबैको कल्याण होस् भन्दै ‘ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्ति वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिब्र्रह्म शान्तिः सर्व शान्तिः’ भनेर सम्पूर्ण ब्रह्माण्डको शान्तिको कामना गरिएको छ (शुक्ल यजुर्वेद, रुद्राष्टाध्यायी, स्वस्ति प्रार्थना मन्त्रोध्याय ११० देखि ११४ श्लोक) ।
सबै हेरेर भन्न मन लाग्छ, शब्दमा साम्यवाद भित्र्याउने माक्र्स जन्मिएको त सन् १८१८ मा हो । तर साम्यवाद यस हिमवत्खण्डमा मानव सभ्यताको विकास सँगसँगै विकसित भएको दर्शन हो । तर हाम्रा नेता हाम्रो सभ्यतामा लाखौं वर्ष अघिदेखि अभ्यासमा रहेको साम्यवादको दर्शन किन पढ्दैनन् र माक्र्सको नाम रटाउँछन् हामीलाई ?
हाम्रै दर्शनबाट सिकेर दर्शन, ज्ञान मात्र हैन हामीबाटै सामान लिएर हामीलाई नै कसरी विकाइरहेका छन् भन्ने कुराको सूची कहाँबाट शुरू गरौं र कहाँ लगेर अन्त्य गरौं भन्ने लाग्छ ।
एउटा उदाहरण हेरौंः युरोप, अमेरिका यस्ता देश हुन् त्यहाँ कि मरुभूमि कि त नौ महिना हिउँ पर्ने भूभाग छन् । जहाँ सिंगो देशमा एकदमै सीमित बोटबिरुवा पाइन्छन् । त्यसैले उनीहरू औषधि बनाउन यहाँबाट सबैथोक लिएर जान्छन् । अनि ट्याबलेट बनाएर प्रयोग गर्छन् ।
हामीले हाम्रै आँगनमा नीमको रूख हुर्काएका छौं र पनि त्यसको पातको निश्चित प्रतिशत मात्र राखेर पश्चिमाले बनाएर पठाएको निम्स किन्न बजार पुग्छौं । यसले पनि हाम्रो चेतको स्तर तय गरेको छ । यस्तै बिजोग राजनीतिमा पनि छ ।
०००
हामीले अभ्यासमा लिएर आएको वैदिक साम्यवादलाई एकठाउँ थन्क्याएर हामी यी माक्र्सले नाम दिएको साम्यवादको रटान लगाइरहेका छौं । अहिले त पत्रकारहरू नै सडकमा आएर आयातितवादको समर्थन र हाम्रो संस्कृतिको विरोधमा खनिएका छन् । यो पनि आँगनमा तुलसी, नीम रोपेर यहींबाट नीम, तुलसी लगेर बनेका ट्याबलेट किनेर खाए जस्तै हो !
पश्चिमबाट आएका तुच्छ सामानले हाम्रा बहुमूल्य कुरालाई सहजै विस्थापित गरेका धेरै कुरा छन् । पित्त, कफ र वाथ नाश गर्ने तामाका गाग्रा र काँसका थाल–बटुका भएका हाम्रो भान्सामा अहिले प्लाष्टिकका भाँडा भित्रनु, मरुभूमिका लागि बनाइएका फ्रिज यस्तो समशीतोष्ण ठाउँका घरघरमा हुनु त्यसका उदाहरण हुन् ।
हुँदाहुँदा हामी हिमालमा फ्रिज राख्न थाल्यौं । किनकि उसको विज्ञापनले हाम्रो चेतमा बिर्को लगाइदियो । यस्तै हुन् अहिले चलेका समानता, साम्यवाद र महिला अधिकारका कुरा पनि ।
हामीले सचेत नभएरै महिला अधिकारका कुरा नउठाएका हौैं र ? पश्चिमा संस्कृतिमा सामूहिक चिहान बनाउने गरी हाम्रोमा महिला हिंसा कहिल्यै भएन । बोक्सी भन्ने हाम्रो समाजमा कहिल्यै थिएन । पहिल्यैदेखि महिलाले हाँकेको समाज हो हाम्रो हिमवत्खण्ड । यहाँ त योगी–योगिनी भन्ने दुवै शक्तिलाई बराबरी मान्ने परम्परा विकसित थियो । हिमालमा पाँच पुरुष राखेर बस्नेदेखि छोरी मात्र भएको परिवारका छोरीले छोरो विवाह गरेर ल्याउने संस्कृति आज पनि अवशेषका रूपमा छ । पहिल्यैदेखि पनि शिव–शक्ति, सीता–राम, विष्णु–लक्ष्मी कहीं छुटेको भेट्नुहुन्छ ?
पश्चिमबाट आएका तुच्छ सामानले हाम्रा बहुमूल्य कुरालाई सहजै विस्थापित गरेका धेरै कुरा छन् । पित्त, कफ र वाथ नाश गर्ने तामाका गाग्रा र काँसका थाल–बटुका भएका हाम्रो भान्सामा अहिले प्लाष्टिकका भाँडा भित्रनु, मरुभूमिका लागि बनाइएका फ्रिज यस्तो समशीतोष्ण ठाउँका घरघरमा हुनु त्यसका उदाहरण हुन् ।
आज एउटा एउटा समुदायमा अन्धविश्वासका कारण बोक्सीको आरोप खप्ने हाम्रो समाजमा अधिकारका कुरा कोरल्न आउने पश्चिमाहरूले दुई खेमाको प्रतिस्पर्धा गर्दै बोक्सी भन्दै चालीस हजार महिलाहरूलाई एउटै चिहान बनाएर जलाएको इतिहास छ । जुन कुरा द गार्जियन पत्रिकाले दुई वर्षअघि मात्र पनि एउटा लामो रिपोर्टमा यो कुरा छापेको छ (ह्वाई युरोप्स वार अफ रिलिजियन पुट फोर्टी थाउजेन विइच टु टेरिवल डेथ, द गार्जियन, ७ जनवरी २०१८) । त्यो बेला पश्चिममा महिला भनेका मान्छे होइन बोक्सी मात्र हुन्छन् भन्थे । त्यसपछि मात्र हामीले बोक्सी भन्ने कुरा सिकेका हौं ।
ढिलै भए पनि पश्चिमाले हाम्रा सभ्यता, भाषा र संस्कृतिबाट धेरै सिकेका छन् । हाम्रोमा संस्कृति, भाषा हराउनै लाग्दा यसबेला पश्चिममा खासगरी युरोपमा वेदको विशेष चर्चा छ । खासमा हिमवत्खण्डमा उत्पत्ति भएको शैव संस्कृति, वेद र उपनिषद् पढ्ने कति धेरै विश्वविद्यालय खुलेका छन् पश्चिममा ।
माक्र्स र लेनिनको फोटो भित्तामा टाँसेर आफ्नै हजुरबाउको नाम पनि भुलिसकेका हामीहरूलाई वैदिक सनातन संस्कृतिको अध्ययन गर्न युरोप जानुपर्ने दिन टाढा छैन । त्यसैले भन्नै पर्छ हजारौं हजार वर्ष पहिले तयार भएर हाम्रो रगत–रगतमा आएको साम्यवादी दर्शनका अगाडि पदमा पुग्नका लागि बनाइएको साम्यवादको नारा फिक्का छन् ।
आविष्कारमा मात्र हैन अध्यात्ममा पनि वैदिक संस्कृतिको अब्बलता संसारभर फैलिएको छ । वेदमा ज्ञान छ, जुन ज्ञानले विज्ञान आफैं बोकेर ल्याएको हुन्छ भनेर क्रिश्चियन स्कूलका पादरी राल्फवाल्डो इमर्सनले भनेका छन् । उनी सत्य बोल्न, सबैसँग प्रेम गर्न, तुच्छतालाई समाप्त गर्न वेदले सिकाउने बताउँछन् ।
राल्फ इमर्सन (१८०३–१८८२) जो हारवर्ड डिमिनिटीमा क्रिश्चियानिटी पढाउने पश्चिमा विद्वान् थिए । जसले बाइबलले दिने संस्कृति अपाच्य भएपछि सबै छोडेर वेद अध्ययनमा मात्र लागेनन् उनले संस्कृत भाषाले बोक्ने संस्कृति नै अपनाएर बसे । उनी भन्नै पनि आफूलाई ‘अहम् ब्रह्मास्मि’ भन्थे । हामी भने हाम्रो वैदिक साम्यवाद चिन्न नसकेर भौंतारिइरहेका छौं ।
त्यसैले आउनुस् आफ्नो माटो अनुसारको संसारको आँखा बनिरहेको हाम्रो सभ्य र सुसंस्कृत वैदिक दर्शन संसारलाई थाहा दिन हातेमालो गरौं । हाम्रो साम्यवाद यही हो ।
( साभार - बिनु पोखरेल , नेपाल प्रेसबाट )