Sunday, August 17, 2025

Wednesday, August 6, 2025

कलाको सार्वभौमिकता र डोट्याली लोककला

कलाको सार्वभौमिकता र डोट्याली लोककला

साहित्य सङ्गीत कला विहीन साक्षात् पशु पुच्छ विषाणहीनतृणम् न खादन्नपि जीवमानः तद्भागधेयं परमं पशुनाम् ।

Sunday, August 3, 2025

‘कुनै वेला निजामती सेवामा थिएँ भन्दा लाज लाग्छ’

‘कुनै वेला निजामती सेवामा थिएँ भन्दा लाज लाग्छ’:
 ‘निजामती सेवालाई सुधार गर्न नसकिने कुरै छैन, तर सुधार गर्छु भन्ने सोच मूलतः राजनीतिक नेतृत्वमै हुनुपर्छ, र त्यसलाई कार्यान्वयन गर्ने निजामती संयन्त्र र यसको नेतृत्व चाहिन्छ। जुन अहिले देखिएको छैन।’

Tuesday, July 29, 2025

नखोजिएका मास्टर गोपालराम

नखोजिएका मास्टर गोपालराम :
 सुदूरपश्चिमका धेरै गीत सङ्गीतकारहरूले नचिनेका र नखोजेका प्रतिभा हुन गोपालराम दमाई ।अहिले नाम चलेका धेरै गायक कलाकार नजन्मिँदै गोपालराम सर रेडियो नेपाल पुगिसकेका थिए। बैतडीको तल्लो स्वराडबाट रेडियो नेपाल सिंहदरबारसम्म पुग्नु त्यति सजिलो थिएन। त्यो भन्दा पनि झनै असहज उति बेलाको उनको शैक्षिक यात्रा थियो ।

Thursday, July 24, 2025

मानसरोवर, पर्यटन र आध्यात्मिक अनुभूति

मानसरोवर, पर्यटन र आध्यात्मिक अनुभूति

तिब्बतमा रहेको मानसरोवर तालमा हिन्दू, बौद्ध, जैन र बोन धर्महरुका पर्यटकहरु पुग्दछन । आध्यात्मिक तीर्थयात्रामा पर्यटकहरु मानसरोवरमा पुग्दछन । यो ताललाई संस्कृत भाषामा मानसरोवर र तिब्बती भाषामा मापाम युम शो नामले चिन्ने गरिन्छ । मानसरोवरको यात्रा आत्मा, श्रद्धा र विश्वासको लागि निस्किनु हो । मानसरोवरको यात्रामा भौतिक स्थानको यात्रा मात्र हुँदैन, आत्मज्ञान र परमसत्यको खोज […]

Wednesday, July 23, 2025

अष्ट्रेलियाको अदिम र अदभुत बृक्ष; बोयाव

   पश्चिम अष्ट्रेलियामा पर्ने ब्रुम र डर्बि जस्ता हिन्दमहासागर किनारका बन्दरगाह नगर पुग्ने क्रममा बिचित्रको बृक्ष Boyab अर्थात बोयाव भेट्टियो र यसबारे केहि जानकसरि बटुलियो। यसलाइ यहाँ बोआब, बोआबो पनि भनिन्छ । अरबीमा भने 'बु-हिबाब' नामले पुकारिन्छ । यसको अर्थ " धेरै बिज भएको रुख " हुदोरहेछ । यसको जेनेटिक नाम  boyabab हो । बोलचालमा बोतल वृक्ष र उल्टो रुख भनेको पनि सुनियो । 

  यो रुखको बिचित्र आकृति चर्चाको बिषय हुन्छ नै । यसका जरा तनाहरु भित्र 120000 लीटर सम्म पानी जम्मा हुन सक्छ । यो रुखका तना भित्र 76% पानि भरिएको हुन्छ । त्यसैले कम पानि पर्ने मरुस्थलका लागि यो बरदान नै मानिन्छ । मुलत: अफ्रिकि मुलको मानिने यो रुखलाइ अफ्रीकाले नै  'द वर्ल्ड ट्री' को उपाधि  प्रदान गरेकोछ । यसको सब भन्दा ठुला रुख पनि अफ्रिकामा नै पाइन्छन । बर्षको 6 महीना मात्रै पात लाग्ने यसको रुख लगभग 30 मीटर अग्लो र 11 मीटर चौड़ो सम्म भेटिएकोछ रे ।  बोयाबका 1500 बर्ष सम्मका पुराना रुख अद्यापि भेटिन्छन ।

  साइट्रस ग्रुपसंग मिल्ने यसका फलहरुले ताजगि दिन्छन् । पात र बोक्रामा प्रशस्त औषधिय गुण हुन्छ । तना र डाँठ भित्र पानि जम्मा भएको हुन्छ । बोक्राको धूलो पानि संग मिसाएर खादा पेटका सबै बिकार ठिक हुन्छन भन्ने मानिन्छ । ट्रपिकल क्षेत्रका जमिनमा यसका लामालामा जराहरुले पानिको संचिति समेत गरेर भुक्षय नियन्त्रणमा ठुलो योगदान गरेका हुन्छन् । 

  अष्ट्रेलियामा 19औ शताब्दितिर एबओरिजिनल कैदि बन्दिहरुलाइ पक्राउ गरि यसै रुखको फेदका टोडकाभित्रको ' होल्डिङ सेल ' मा राखिने गरिन्थ्यो रे । त्यसैले यसलाइ प्रिजन ट्रि पनि भनिदो रहेछ ।

  अष्ट्रेलियन आदिवासि एबओरिजिनलहरु बोयाबलाइ बरदानी बृक्ष मान्दछन् । पात र फलबाट खाना, बोक्राबाट बिबिध बनौषधि, तनावाट प्रशस्त पानि र रेशाहरुबाट घरेलु सामान बनाउन पाइने भएपछि के चाहियो र ? नार्दर्न टेरेटरिमा यो संरक्षित बनस्पति मानिन्छ । मुलत: अर्बाचिन कालको अफ्रिका, मेडागास्कर र अष्ट्रेलिया सम्मिलित क्षेत्रमा दुइ करोड बर्ष पहिलेदेखि रहेको मानिने यो रुखका बिजहरु समुद्र नाघेर यहाँसम्म पुगेका हुन भनिन्छ ।

एबओरिजिनल समुदायहरुमा यसबारे धेरै मिथकहरु प्रचलित छन् । यसको पानिले नुहाउदा शिशुहरु बलिया र अग्ला हुने बिश्वास गरिन्छ । यसको फेदमा बस्दा दैबि शक्तिहरु  सफलताको लागि सहयोगि बनि रहन्छन् । छायामा बस्दा सकारात्मकताको प्रभाव रहने भएकोले समुहका सरदार वा राजाहरु कुनै ठुलो वा बिशेष निर्णय गर्नु पर्दा यसैको फेद मुनि भेला बोलाउथे रे ।

  एबोरिजनलहरुको मान्यतामा समयका दुइटा पाटा छन । उहिलेको स्वप्नकाल ( Dream time )  र अब आउने कल्पनालोक ( Imagine time)। आदिबासि बिश्वास अनुसार बोयाबका गहिरा लामा जराहरु पुग्ने बालुवामुनि स्वप्नकाल अझै सुरक्षित छ रे । मिथक कथा अनुसार उहिले सबै प्रकारले समर्थ र सुरक्षित भएपछि यो रुख सारै घमन्डी पनि भएछ र चारैतिर जरा अझ फैलाउन थालेछ । सारै अटेरि भएकोमा संसारको सबैभन्दा जेठो र स्वर्गबाट पठाइएको प्राणी "इन्द्रधनुषि सर्प " (Rainbow sarpent) रिसाएर यसलाइ जरै सहित उखेलेर जमिनमा उल्टो गरि फालिदिएछ । फलत: कालान्तरमा यो रूखले जरा आकासतिर उँभो र हांगा जमिनमुनि उधो गाडिएर बस्नु परेकोहो । हुन पनि झट्ट हेर्दा यो रुख ऊल्टोपाल्टो जस्तै लाग्छ । 

  एथेन्सको बगैचामा रहेको ज्ञानबृक्ष ( Tree of knoweldge ) यहि पो थियो कि ? अथवा गितामा बर्णित उर्ध्वमूल मध्वशाखा भएको र छन्दरुपि पातबाट पल्लवित बृक्ष यस्तै पो थियो कि ?

  जे होस्,  यस्ता रुखहरु जिबन्तता, धैर्यता, अन्तर सहसम्बन्धता र दैबिय बिलक्षणताका प्रतिक मानिन्छन । पतिब्रता बृन्दाको श्रापले भगवान स्वयम पिपलको रुख बन्नु परेको प्रतिकात्मक कथा सनातन शास्त्रहरुमा पनि पढन पाइन्छ ।

   स्थावरहरुको संसार हामी प्राणिहरुको जगतभन्दा अत्यन्तै जेठो मानिन्छ । अष्ट्रेलियन ट्रपिकल अभयारण्यहरु भित्र यसपाला अर्कै भावभुमीमा बिचरण गर्दा बोयाव बृक्षसंग पनि साक्षात्कार हुन पाए । दक्षिण गोलार्धको यो एक मात्र महादेशको एक मात्र देश अष्ट्रेलियाको उत्तरि सिमाना (Northern territory)बाट पश्चिम अष्ट्रे्लियाको कुन्नुनुर्रा (kununurra) र किम्बर्ले ( kimberley) क्षेत्रको भ्रमण गर्न भ्याइयो । यो सद्संयोगको अवसर जुराइ दिएकोमा छोरा दिलिपलाइ साधुबाद । 

  अरु प्रसंग क्रमस: कथौंला । अस्तु ।


2082/04/7

केथरिन


Wednesday, July 16, 2025

साधारणतामा पनि सुख छ हजुर.... !

साधारणतामा पनि सुख छ हजुर.... !:

 नेपालको निजामती सेवा वंशपरम्पराबाट निर्मित खानदानी चरित्रको छैन । यो मुलुककै लागि सन्तोष ल

Saturday, June 28, 2025

यो SEE को सन्दर्भ र त्यो एसएलसीको सम्झना

 यो  SEE को सन्दर्भ र त्यो एसएलसीको सम्झना 



उहिले हाम्रो पालामा 


 दुर्गास्थान प्राइमरि स्कुल, पैतोलिगाँवमा पाँच  कक्षा पास गर्दासम्म कुनै पनि हाइस्कुल घर बाट भ्याउने दुरिमा खुलेकै थिएनन् । डेरा गरेर टाढा पढन पठाउने घरको हैसियत पनि थिएन ।  कक्षा 6 येनकेन 2/2 घन्टा हिडेर एक बर्ष गुरुखोला र अर्को एक बर्ष 7 कक्षा दुर्गास्थान मै प्राइभेट पढेर पाटनबाट परिक्षा दिइ पास गरिएको थियो । बैतडीको शाहीलेक वा पाटन पछि मेलौलीको मणिलेक मात्र नजिकका हाइ स्कुल थिए । सम्भवत:  अपेक्षाकृत खर्च पनि कम पर्ने र मामा घर समेत उतै हुँदा सहयोग मिल्न सक्ने आशाका साथ पिताजीले घरबाट छ–सात घण्टा टाढा पर्ने मणिलेक हाइस्कुलमा कक्षा ८ मा भर्ना गरि दिनु भयो । २००४ सालमा खुलेको यो स्कुल बैतडीका जेठो बिद्यालय मध्येको एक हो । नेपालको प्रथम महिलामन्त्री द्वारिका देबी ठगुरानीका पति उद्धब बहादुर चन्दको यो स्कुल स्थापनामा ठुलो योगदान थियो ।    

  हाम्रो गाउँबाट त्यहा पुग्न  पनि हरभिटाको भीर, सेलीको जंगल र बाग्गोठ सिलको नदि तर्नुपर्थ्यो । बर्सातमा ति खोला त्यति सहज थिएनन्  । आफैँ तर्न सकिँदैनथ्यो । कहिलेकाही बाग्गोठको गाड.सम्मै बुवा आफै आउनु हुन्थ्यो । प्रायः कसैले तारिदिन्थे । अरू बेला हामी खोलो जहाँ साँघुरो हुन्थ्यो त्यहीबाट फड्किन्थ्यौँ । सलेनाको बाटो त्यति चल्तिमा थिएन । सुरुमा मलाई त्यहाँ बस्दा शुक्रवार कहिले आउला र घर जानुजस्तो लाग्थ्यो  । पछि क्रमशः बानी पर्दै गइयो । 

  म भर्ना हुँदा ताका उत्तम चन्दज्यू हाम्रा हेड मास्टर हुनुहुन्थ्यो । तल्लो स्वराडबाट एम ए पास गर्ने  वहाँ पहिलो ब्यक्ति हुनुहुन्थ्यो । उत्तम सर अद्याबधिक र अनुशासन प्रिय प्रधानाध्यापक मानिनु हुन्थ्यो । वहाँ महेन्द्रनगर सरुवा भएपछि खलगाडका शास्त्री बासुदेव जोशी हेडमास्टर हुनु भयो । वहाँ सरल र धार्मिक ब्यक्तित्व हुनुहुन्थ्यो । दुबै जनाबाट मैले पितृतुल्य बात्सल्य समेत पाएको थिए। 

   काँणाको बजारमा ( त्यस बेला केशरपुर भनिन्थ्यो ) मामा रामदत्तको दोकान थियो । केही महिना उनकै पसल घरमा समेत डेरा गरियो । घरबाट त्यति टाढा झोलामा दाल चामल, पिठो तरकारी बोकेर लैजानुपर्थ्यो ।  गहुँको पिठो नभएको बेला मकैको पिठो समेत घरैबाट लगेर काम चलाइन्थ्यो । टाढाका विद्यार्थी शुक्रबार घर फर्किदा बाँकी रहेको रासन पसलवाला या चौकीका प्रहरीहरुलाइ बेचेर आउथे । त्यस समयमा प्रहरीले रासन पाउने ब्यबस्था थिएन । 

   यसै अवधिमा दुर्गास्थानका साथी बेदप्रकाश लेखक पनि हाम्रै स्कुलमा भर्ना भए । उनका पिताजी स्व. टिकाराम लेखक केशरपुरकै हुलाकका प्रमुख थिए । हुलाक कार्यालयको माथिल्लो तलामा आबास थियो । बाहिरको कोठामा बेदप्रकाश संगै म पनि बस्न थाले । हुलाक हाकिम त्यहाँ भएको बेला हुलाकीहरु खाना पकाएरै ख्वाउथे । अरुबेला काममा सघाउथे, आफैँ खाना बनाएर खान्थ्यौ  । यसरी काम सघाउने हुलाकी पोष्टम्यानहरुको कोड नाम राखेका थियौ हामिले । बेद र म सँगै पढ्थ्यौ  । त्यस बेला मट्टितेलको टुकि वा लालटेन बालेर पढ्नुपर्थ्यो  । हाम्रा किताब समेत साझा हुन्थे । आफनो खालको उपद्रो त गर्थ्यौ नै । दाल पकाउने भन्दा पनि झान्ने काममा आआफनो अडान लिइन्थ्यो । यदाकदा बेदका बदमाशीमा मैले साछी हुनुपर्थ्यो । बेदका पितामाताले आफ्नो छोरा जतिकै  माया मलाइ पनि गर्नुहुन्थ्यो । यो सुखद क्षण मेरो मस्तिष्कमा अझै ताजै छ । 


पढाइका परिदृश्य


कक्षा ९/१० मा एउटै किताब चल्थे । अंक गणित, बीजगणित र रेखा गणितका ठुल्ठुला किताब त हिन्दिमै लेखिएका हुन्थे । गणित बिज्ञान पढाउने शिक्षक नेपालमा मुश्किलले पाइन्थे । प्राय: भारतिय शिक्षकले यी बिषय पढाउथे । हाम्रा पालामा कहिले पनि यी बिषयको पढाइ त्यति सुचारु हुन सकेन । काम चलाउ अध्यापनबाटै काम चलाइयो । किताब मेरा किशोर दिनलाई आनन्ददायी गराउने महत्वपूर्ण साधन थिए । कल्पना गरौं त , एउटा किशोर ठिटो जसको गाउँमा घरबाट एक दिन टाढा पुगेपछि बल्ल एउटा स्टेसनरी भेटिन्थ्यो ।  त्यहाँ केवल कापी, पाठ्यपुस्तक, कलम, नीब, मसी, फुटबल, यस्तैयस्तै मात्र उपलब्ध थिए  । यो सानो हुलाक कार्यालय भित्रको बसाइमा भने बासी नै भएपनि गोरखापत्र, स्वतन्त्र विश्व, सोभियत भुमी जस्ता पत्र पत्रिका आइ रहन्थे । अझ बहिदार सापको लागि ब्यक्तिगत आउने गोरखपुरबाट प्रकाशित धार्मिक “कल्याण “ समेत आबधिक रुपमा पढन पाउथे । वहाँकै पानासोनिक रेडियोबाट बिहानै आउने मङ्गलधुन, शंखध्वनी  र आरति सुनेको दिन मन ज्यादै प्रफुल्ल हुन्थ्यो । कस्तो कल्पनालोक !

   मलाई अझै पनि सम्झना छ ती गाताबिहीन किताबको धुस्रे स्वरूप । यिनै  किताबसँगै कल्पनाको नयाँ लोकमा विचरण गर्न थाल्थ्यौ  । खेलकुद वा अतिरिक्त क्रिया कलापमा त्यति मन जादैनथ्यो ।  आफैलाई फर्की हेर्दा मलाई 

 किताबहरूले नै  किशोरावस्थामा सिर्जनशील हुन सिकाएर समाज, इतिहास र मनस्थितिबारे बोध गराए । किताबहरू हुँदैनथे भने  किशोर दिनहरू कति उराठ, उदास र निरस हुन्थे होला!

  कक्षा 9 मा पढदाको कुरा हो । दुर्गास्थानमा समेत थोरै समय बसेका हाम्रा सहृदयी कक्षा शिक्षक  केशबानन्द सरले एक दिन बाटोमा भेटेर सोध्नु भयो ।

“ ऐ, तिमीले यसपाला पनि छात्रबृतिका लागि फाराम किन न भरेको ? ”

म अलमलिए । यसबारे केही कुरा थाहै थिएन । मैले यहि अनभिज्ञता जनाए ।

“ पोहोर सालै भर्नु पर्ने । यसपाला समेत ढिलो हुन थालिसक्यो । भोलि फाराम बुझाउ । ”  

  सरले भने अनुसार दोस्रो दिन  फाराम भरेर बुझाए । संचालक समितिको समेतको सिफारिस चाहिने रहेछ । त्यसका लागि अध्यक्ष गोरख चन्दले लामो उराठ लाग्दो अन्तर्बार्ता लिए । निदानत: त्यो शैक्षिक सत्रको शुरु देखि नै गरीब तथा जेहेनदार छात्रबृति पाउने भएको कुरा समेत पनि मैले धेरै पछि मात्र थाहा पाए । आदरणिय केशब सरले अल्पायुमै यो लोक छोडनु भएछ ।  यो छात्रबृति सम्बन्धका बेग्लै कथा ब्यथा छन् । 

   यो अनुभूति मेरो स्कुले दिनको हो । किशोरावस्थाको पनि हो । जब कुनै सन्दर्भले ती पुराना दिनहरूको स्मरण गराउँछ मेरो मनको पुरानो रिल फुक्न थाल्छ ।  म ती स्थान सम्झिन पुग्छु। गाउँ बजरका प्रत्येक दृश्यहरू, धुलोमा खेल्दै हिँड्ने स्कुलको बाटो,  बिद्यालयको ठुलो  चौरमा घाम ताप्दै कथाका किताब पढेका दिनहरू पुरानो  आँखामा छाउँछन ।

   म मणिलेकमा पढदा पनि रामलिलाको नाटक मन्चन गरिएको थियो । यसका लागि पात्रहरुको खोजी गर्दा रामको लागि म नै छानिएछु । त्यति बेलाका चल्ताफिर्ता शिक्षक मीन बहादुर चन्दले भारतको पुल्ल हिन्डोलाबाट कलाकारको सेट नै मगाएका थिए, खास गरि सीता, लक्षमण र राबणको अभिनयका लागि । सीता र लक्ष्मणको पात्रमा भारत चम्पावतका तारा धौनी र सलेनाका गणेशदत्त जोशी हुन्थे । पंचायती शासनकालको शुरुमा प्रतिबन्धित हुदा स्व द्वारिका देबी ठगुरानी र मीनबहादुर चन्द समेतले भारतमै निर्बासन बिताएका हुँदा त्यता तिरै उनको खास सम्पर्क थियो । त्त्यतैको मोडेलमा रामलिला चलाइएको थियो । 

दशैको हाराहारीमा राति चलाइने यो नाटकमा राम बनबासको दृश्य आउदा पातलो लुगा लगाएर मन्चमा अभिनय गर्नु पर्थ्यो ।  जाडोले कटकटी काँपिन्थ्यो । सम्बाद बोल्नै गारो । दृश्यान्तर हुँदा हेल्थपोष्टका कम्पाउन्डर कृष्णसिंह भाटजीले नेेेेपथ्यमा  आगो सेक्ने सुबिधा जुटाइ दिन्थे । बडो सहृदयी र समाजसेवी थिए ती मानिस ।


परीक्षा बहिष्कार


२०२९ सालमा एस.एल.सी. ( हाल एसई) दिन अगाडि टेस्ट दिनुपर्थ्यो  ।  लगातार दुई पटक स्कुलको एस.एल.सी. रिजल्ट राम्रो गएको थिएन रे । त्यस वर्ष पनि स्कुल निल गएमा अनुदान सहयोग काटिन्थ्यो । त्यसैले यो बर्ष बिद्यालयका लागि समेत विशेष महत्वको थियो । तर टेष्टमा हेडसरले पढाउने संस्कृतको प्रश्नपत्र सारै गारो भयो भनेर सहपाठीहरुले टेस्ट बहिस्कार गरे । फाराम भर्ने सबैले एसएलसी दिन पाउनु पर्नेे मांग राखियो । कक्षा १० मा नागरिकशास्त्र पढाउने बहालवाला शिक्षक  मीन बहादुर चन्दका भाई सुरेन्द्र बहादुर चन्दले यो टेस्ट बहिष्कारको नेतृत्व गरेका थिए । मेलौलि मन्दिरको खुल्ला मैदानमा भेला भयौ र स्कुलले नबोलाउदासम्म नआउने कसम खाएर सबै जना यतिकै घर हिड्यौ । 

१०/१५ दिनपछि शास्त्री हेड सरले भेटनु भनेर घरमा खवर पठाएका रहेछन । मैले घरमा केही बताएकै थिएन । खुरुखुरु आएर स्कुल चौरमा हेडसरको अगाडी उभिएर नमस्कार गरे । पुरानो भवन भत्काएकोले मर्मत संभार चलिरहेको थियो । ठुलो चौरमा असरल्ल काठपात र ढुंगा छरिएका थिए ।

“ आज किन आएको ? ” धवल धोति र कुर्ताको पहिरन तथा निधारभरी चन्दन लगाएका शास्त्री गुरुले रिसाएरै ठाडो प्रश्न गरे ।  

“ हजुरले बोलाएको  खवर आजै पाए । त्यसैले आएको… । “ पूरा कुरा भन्नै पाएको थिएन । गुरुजीले टपक्क तनी ( छानाको किनारमा राख्ने पातलो लामो काठ) को लौरो जतिकैको टुक्रा समातेर कमरमा दुई चोट बरसाइ हाले । 

“ मेरा घोगा(मकै) गोडन गएको थिइस र ? बोलाए पछि आएको !..” उनी दुर्बासा बनेर कुटदै गए । म पछाडी सर्दै रहे । लौरो टुटेपछि यो क्रम रोकियो । बल्ल दुबैले एक अर्काका आँखामा हेर्यौ । हामी दुबैको आँखामा आँसु थियो ।

“ तँ त सप्रेलास कि भन्ने सोचेको थिए । बिग्रने भईस ।.. एस एल सी दिने मन भए, भोली टेस्ट दिन आउनु । मन नभए मुख नदेखाउनु “ शास्त्री सर आँखा पुछदै कार्यकक्ष तिर लागे । म आँसु लुकाउदै डेरा फर्के ।

   दोस्रो दिन टेस्ट भयो । तेस्रो दिन रेजल्ट आयो । हामी तीन जना मात्र पास भयौ । म, रतन बहादुर चन्द र नारायण दत्त पन्त । बाँकि कसैलाइ पास नगर्ने शास्त्री सरको अडान थियो रे । 

 त्यस समयमा हालको बैतडीको तल्लो स्वराड क्षेत्र डडेल्धुरा जिल्लामा पर्थ्यो । हाम्रो एस एल सी परीक्षा केन्द्र डडेल्धुरा सदरमुकामको हाइस्कुलमा थियो । माघको महिनामा यो जाँच हुन्थ्यो । पहिलो चोटी घनघस्याको लेक काटेर बाबासंग डडेल्धुरा पुगेको थिए । तल्लो  खलंगास्थित शिबालयका बाबाको कुटियामा २/३ दिन बसेर डेरा खोजियो । खाने बस्ने न्युनतम ब्यबस्था मिलाएर वुवा घर फर्के । हिमपात  भएर चिसोले हातै नचल्ने बाताबरणमा जाँच दिइयो । फर्कदा साथी नारायणदत्तको घर हुँदै दोस्रो दिन घर पुगे । यसरी मेरो एस एल सी यात्रा सकियो । यसपछि भने पुर्ण रुपमा पर्ख र हेरको स्थिति बन्यो । एस एल सी को नतिजा कुर्दै गाउँमै आफनै  घर ब्यबहारमा रुमल्लिए  ।


पर्खाइ र  बुझाई


   एस एल सी को परीक्षा परिणाम कुर्नु परेको शुन्य अवधिलाई गाउँ मै बसेर हेर्नू बाहेक थप केहि गरीहाल्न सक्ने स्थिति थिएन । त्यसो त आफैले पढेको दुर्गास्थान स्कुलमा पनि अन्डर एस एल सी शिक्षकहरुबाट काम चलाइरहेको समय थियो त्यो । म त्यहाँ सजिलै काम पाउथे । तर त्यहाँ प्रभाबी रहेका स्थानिय खोले टाकुरे राजाहरुको अहमको अगाडी मेरो अहमले पनि बाधा हाल्न थाल्यो । प्रसंगबस एकदिन पिताजीले तत्कालिन संचालक समिति अध्यक्ष बाहादुर चन्दसंग कुरा पनि गरेका थिए ।

“ मास्टरी गर्ने मन भया भन्नु प-यो । चेपि दिउला ।” चन्दजीले आश्वासन बाँडे । तर त्यो  ढर्रा र शरीर संभाषण ( बोडी गेस्चर ) ले मलाई कसैसित केही भन्न कहिल्यै मन लागेन ।  रेजल्ट नआएसम्म कहि नजाने भनेर पिताजीसंग सपष्ट कुरा गरे पनि ।  उन्ले धेरै कुरा सम्झाए, आफनो घर अबस्थाका बारेमा । आफु रोगले थलिएको हुदा धेरै काम गर्न नसक्ने भएको र अब मपछिका दुइभाई र एक बैनीको भबिष्यका बारेमा मात्र चिन्तित रहेको कुरा पनि सुनाए । 

मणिलेकमा पढाउदा नै रु ६४५ ऋण लागेको  बिबरण समेत बताए । 

   यसरी मैले अनायासै थप जिम्मेवारीको बोध गरे र एकै चोटि प्रौढत्व प्राप्त गरे । गुरुखोलामा प्रथम हुँदा पाएको जवाफमा बदला लिन ७ कक्षा दुर्गास्थानमा खोलिएको घटना ताजै थिए । 

  यसै ताका दैनिकी समेत लेख्न थालिएछ । डायरी भन्छ,गाउँमा बस्दा यदाकदा ग्वालो बनेर दिन काटिएछन् । यसै क्रममा  दरम्यौडाको भीरमा बोकाले हानेर लोटाएको र  झंडै २०० मिटर खोलासम्म  गुडुल्किनु प-यो । धन्न बाँचेछु । गाउँमा भने खासगरी गाइभैसीको बेचबिखन, खेतिपाति , चाकरी चुक्ली छाडी अरु कुरा बिरलै मात्र भए । तै बल्लतल्ल गाउँका केही कुरा बुझ्ने कोसिस भने गरियो । त्यसबेला देवभन्डार चोरिएको र धामी जैदेब तथा भन्डारे सगरामका बीच मुद्दा चलेको घटना चर्चामा थियो नै । धामी जयदेब यो मामिलामा मसंग समेत सोधी रहन्थे । अब सरकारी अड्डामा जागिर खोज्न समेत उत्साहित गरीरहन्थे । गाउँबाट एसएलसी सम्म पुग्ने पहिलो ब्यक्ति नै म थिए । चिठ्ठी पत्र पढि दिनुपर्ने र परदेसिएका आफन्तजनहरुलाई आत्मीय गोप्य कुरा लेखी पठाउने भरपर्दो मानिस पनि बन्दै थिए । 

  

 त्यो खुशीको खबर


   ०३० जेठ १२- निम्तो मान्न र भेटघाटका लागी मामा घर  पुगेको थिए ।  एस एल सीको रेजल्ट खुलेको खवर त्यहि सुने  । त्यसबेला उतिर्ण रोल नम्बर रेडियोबाट समेत भन्ने गरिन्थ्यो । तर यसरी रेडियो सुनी बस्ने गरि मसंग कुनै पहुँच नै थिएन । छटपटी भने भै रह्यो । १४ गते मात्र घर  फर्के । बाबाले मेरो असाध्यै मन परेको हाप्पु नामको कालो गोरु रु. २७०/- मा बेचि सकेका रहेछन् । दु:ख लाग्यो । मैले पनि रेजल्टबारे कुनै कुरा सुनाएन । फेल भए खुरुक्क त्यहि पैसाबाट बाटो खर्च निकालेर भारत भासिने जोरजाम मिलाए ।

   १८ गते मात्र नोला लाटो काकासाथमा लिइ एस एल सी रेजल्ट बारे बुझ्न बैतडी पुगे । तर केही खबर पुगेको रहेनछ । एक जोडा तास किनेर फर्कियौ । २७गते फेरी  बैतडी सदरमुकाम पुग्दा त एसएलसी रेजल्ट प्रकाशित भएको गोरखापत्र पनि आइपुगेको रहेछ । धेरै सोधखोज गर्नै परेन । मणिलेकका तिनै जना पास भएका खवर चर्चामै थियो  ।  म  दोश्रो श्रेणीमा पास भएछु । दुबै साथीहरु तेस्रो डिभिजनमा पास भएछन् । भगवानलाई धन्यबाद दिए । इष्ट कुलदेवता सम्झे ।  तल्लो स्वराडबाट  एस.एल.सी. पास गर्ने मान्छे को हो? भन्ने कुरा अनेकका मुखबाट सुन्दा म मक्ख पर्थे ।  तर त्यो व्यक्ति म नै हु भनेर कसैलाई भन्दैनथे ।

   अरु दिनको  झ्याउलाग्दो लामो बाटो त्यस दिन त रमाइलो पो लाग्यो । म बाको मुहार हतास भएको हेर्न सक्दिनथे । अरु बानी ब्यवहारले पिरोले पनि पढाइको मामलामा बालाई निरास तुल्याएको थिइन त्यस बेलासम्म । लाग्छ एस. एल. सी.भन्दा मुनी सन्तानहरू बा आमाकै लागि पढ्छन, मैले पनि त्यसबेलासम्म बा आमाकै लागि पढेको थिएँ ।  मेरो रिजल्टको समाचारले बा आमाको मुहारमा कान्ति छाओस भन्ने आशाले शरीर हलुङगो बनाइ उडिरहे घर नपुगेसम्म । घरमा त्यो दिन मीठो मसिनो पकाएर खुशि मनाइयो । भोलिपल्ट त्यो ब्याचमा हामीहरु उत्तीर्ण भएको र स्कुल काटिनबाट जोगिएको समाचार आयो । त्यस बेला मेरो मात्र होइन शिक्षक र अभिभावक सबैको खुसीको सीमा नै थिएन । यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण बनेको थियो । 

   दुई हप्ता पछि स्कुलमा मार्क लेजर आएछ । साथी बेदप्रकाश " सुशील" को घर ग्वानी गएर नीजले ल्याइ दिएको मार्कसीट पाए । ९०० पुर्णाङ्कमा ४९५ अंक पाएर दोस्रो श्रेणि भएको रहेछु । त्यहि भाबी योजना बारे छलफल गर्यौ । साथीले संगै अर्को बर्ष  काठमान्डौ लाग्ने सल्लाह दिए । हुन पनि समय कम थियो । केही पनि तयारीको मेलोमेसो थिएन । यो बर्ष आफैले यतै " केही " काम खोज्ने भन्ने भयो । खुशी र चिन्ता बोकेर म घर फर्के । घरमा पनि त्यस दिन विभिन्न बिकल्पमा छलफल भए । जे ठिक ठान्छौ, त्यहि गर भन्ने बाआमाको भनाइ आयो । काठमान्डौ पढन जाँदा लाग्ने खर्च कताबाट जुटाउने भन्ने अहम प्रश्न अनिर्णित रह्यो । यस्तै कारणले मेरो पढाईको निम्ति काठमाण्डौ जाने यस बर्षको बाटो बन्द भयो । म गाउमै रल्लिए । 


केही दिन गाउँमै


   आषाढ २६ गते- आफै ज्यालामजुरी गर्न बुवा पिथौरागढतिर लाग्नु भयो । त्यसताका पिथौरागढतिर नयाँ सडक खनिदै थिए । मजदुरको रुपमा हाम्रा गाउँका १०/१५ जना समूह बनाएरै त्यता लागे । कमजोर शरीर लिएर बुवा बाहिर गएको हामी कसैलाई पनि चित्त बुझिएको थिएन । सबै गाउलेसंगै हुँदा फरक नपर्ने र अलिअलि नै भए पनि आमदानी हुने आशा देखाए उनले । बरु कतिसम्म खर्च लाग्ने हो, जान्नेहरुसंग बुझि राख्नु भनेर अह्राए । 

   नेपालमा भने यसैताका २४/२५ गते सिंहदरबारमा आगलागी भएको थियो । १२ दिन अगाडी मात्रै काठमान्डौमा ३७ लाखको नक्कली चेकको भुक्तानी भएको थियो । यसै महिना हवाई जहाज अपहरण भै ३२ लाख भारु लुटिएका थिए । आषाढ २८ गते तत्कालीन प्रधानमन्त्री किर्तिनिधि बिष्टले राजिनामा दिए । साउन १ गते नगेन्द्र प्रसाद रिजाल प्रधानमन्त्री बने । रेडियो मार्फत आऊने काठमाडौंका यस्तै खवर मसंग पनि पुग्थे र मन झन उराठिन्थ्यो । 

   साउन पहिलो हप्ता मात्र स्थानान्तरण र चारित्रिक  सर्टिफिकेट ल्याउन केशरपुर पुगे । स्कुलको तिरोभरो गर्दा मात्र मैले पाउने गरेको छात्रबृतिको रकम बारेको कुरा उठ्यो । मलाइ केहि थाहा थिएन् ।  शिक्षक मीन बहादुर चन्दले डडेल्धुराबाट सो रकम बुझेर ल्याएका रहेछन । मैले केही नपाएको कुरा बताए । हेडसरले त्यो दुई बर्षको गरीब तथा जेहेनदार छात्रबृतिको रकम उनैबाट बुझेर लैजान भन्नु भयो । उनलाइ भेटे । बाटैमा पर्ने आफनो घरमा आउनु भन्ने आदेश भयो । अर्को दिन बिहानै उनको घरैमा गएर बल्ल भेट पाए । 

   शिक्षक चन्दजीले शैक्षिक बर्षको अन्त्यतिर मात्र सो रकम निकाशा हुने हुँदा फागुनमा जिल्ला शिक्षा निरिक्षक कार्यालयबाट एकमुष्ट रकम ल्याएको बताए । यस्तो छात्रबृति अरु कसकसले कति पाए, थाहा भएन । मेरो हकमा भने यो बर्ष यसै कामको लागि डडेल्धुरा बढि बस्नु परेकोमा रु  १७५/-  खर्च कटाई बाँकी रु १५०/- बल्ल दिए । अर्को एक बर्षको सम्पुर्ण रकम सेक्रेटरि जयसिंह महताबाटै  बुझ्नु भन्ने निर्देसन भयो । बढि कुरै हुन पाएन । तत्काल महताजीलाई भेटन सम्भव थिएन । यसरी छात्रबृतिका कुरा मात्र सकिएनन, मेरो छात्र जीवन पनि सकियो । यसपछि औपचारिक रुपमा म कुनै बिद्यालयमा पढन जान सकेन । 


 मेलौली माताको आशिर्बाद 


   मणिलेक हाइस्कुलको प्रमाणपत्र र छात्रबृतिको आंशिक रकम बोकी  कुन्थलाबाटै उकालो लागे । त्यहाँको सर्बोच्च समस्थलीमा मेलौली माताको मन्दिर थियो । एक छिन सुस्ताए । मनमनै माता भगवतिसंग आगामी अनिश्चितता हटाइदिन आशिर्बाद मागे । एक्लै खुरुखुरु तल्लीदेको गाउँ छिचोली बाटो लागे । 

त्यो गाउँ देउकी प्रथाका कारण दुर्नाम थियो । केशरपुर ब

जारमा डेरा गर्दा यदाकदा देबीलाई चढाइएका देवकन्याहरु बजारमा देखिन्थे । वहाँहरु प्रतिको सामाजिक दृष्टिकोण नै  प्रदुषित थियो । कोहि कोहि त छिल्लिदै कुरा  गरेका समेत देखिन्थे । मेरो  यहाँको लामो बसाइमा यसरी कसैसंग  दोहरो बोलचाल समेत भएको थिएन । 

   यो गाउँबाट ओरालो लाग्दा सानो सुन्दर सौढको जंगलको बीचमा पानी नाउलो थियो । गाग्रीमा पानी भरेर लैजान पँधेर्नीहरुको ओहोर दोहोर चलीरहन्थ्यो । यस्तै एक हुल महिला जमातसंग त्यस दिन मेरो जम्काभेट भयो । 

म सरोसर जाँदै थिए । महिलाबृतमा खुसमुश चल्यो । एउटी प्रौढाले सोधि हालिन।

“ रामलिलाका रामज्यू जसा छन । तम याँइका स्कुल्या हौ कि?”

 यहाँ चलेको रामलिला नाटकमा म रामको पात्र थिए । त्यहि सन्दर्भमा यो सोधाई थियो । मैले म त्यहि विद्यार्थी भएको र यहाँको पढाइ पूरा गरि सर्टिफिकेट लिएर घर जान लागेको कुरा बताए । ४/५ जनाको त्यो समुहले एकै छिन त्यहि बसि दिन भने । आज बिहानै रामज्युको दर्शन पाएको भनी खुशी ब्यक्त गरे । एउटीले त नाउलोबाट लोटामा पानी ल्याइ चढाइन । नजिकैबाट हरिया पात चुडालेर हात जोडन पो थाले । 

म असमंजसमा परे, उनीहरुको रामज्युप्रतिको श्रद्धा देखेर । बडो तन्मयताकासाथ अपरीचित अज्ञात समुहले गरेको त्यो भावपुर्ण बिदाईको सानो घटनाले बाटोभरी आल्हादित गरि रह्यो र मणिलेक मा बि बाट म स्थानान्तरित भए ।

   गाउँमा बस्दै गर्दा गो:रा, दशै सकिए । तर म कता कता एक्लिएको महसुस गरिरहे । स्थानिय घटनाहरु अनुभवप्रद रहे नै । बालसखाहरु नयाँ नयाँ उमंगमा हुरुक्क थिए । तर म भाबि जीबनका लागि सल्लाह खोज्दै थिए । मुख्यत: भावि जिवनकालागि सल्लाह र बिकल्प लेखेको रहेछु डायरीमा ।

बुवाले किम्तोलीको स्कुलमा शिक्षक खोजीरहेको खवर सुन्नु भएछ । त्यस्ताका सुरनयाको सालीघाटमा झोलुङ्गे पुल बन्दै थियो । त्यसमा हाम्रा गाउँका करणे बाजे मुख्य मिस्त्री थिए । किम्तोलीतिर समेत घर बनाउने काममा उनी कहलिएका सिपालु थिए । उनै मार्फत कुरा गर्नु भनेर मलाइ सिकाएर त्यता पठाए । सौभग्य वा दुर्भाग्यले दुई चोटी जाँदा समेत उनीसंग भेट हुनै सकेन । एक्लै गुत्थडीको बाटो त्यता लागे । सुनसान सालघारीको बाटोमा उतैका कुनै सुकिला मानिस भेटिए । उनले स्कुलको संचालक समितिमा पनि आफु संलग्न भएको बताउथे । मैले आफनो प्रयोजन बताउदा त बाटैमा अन्तर्बार्ता लिन थाले । आफुलाई बेकार आएको जस्तो लाग्न थाल्यो । सालीघाट हुँदै  हेट बाजेलाई भेटेर आउछु भनी त्यतिकै फर्के । घर फर्किदा  गौरिदत्त र बेदलाई भेटन सलेना हुँदै ग्वानी पुगे । तिनै साथीहरुले संगै महेन्द्रनगर तिर जाने निर्णय गर्यौ । 

यसकालागी नागरिकता प्रमाणपत्र बनाउनु पर्थ्यो । गढी गएर नागरिकताका लागि फर्म भरेर बुझाइयो । तर मलाई त्यहाँका कर्मचारीले ‘यस्तो फुच्चेलाई नागरिकता दिन मिल्दैन, ठुलो भएपछि आउनू’ भनी हप्काए र नागरिकता दिन मानेनन् ।  आई.ए. भर्नाका लागि नागरिकताको प्रमाणपत्र चाहिएको कुरा बताउँदा पनि कर्मचारीले सुन्नै चाहेनन् । मैले उही कुरो दाहोर्याउदा त्यहाँ बसेका सब हाँस्न थाले । निदानत: सीडीओ लाई नै भेटनु पर्ने भयो । उनले फाराम भर्न लगाइ तत्काल प्रमाणपत्र दिने आदेश दिए । एकै छिनमा हरियो पातो भित्र टाँसेको पहाडी कागजमा सिडिओले हस्ताक्षर गरी मलाई नागरिकताको प्रमाणपत्र दिँदै  ‘राम्रो पढ्नू है बाबु’ भन्दै बिदा गरे । सिडिओसंग कुरा गरेकोमा  खुट्टै भुइमा रहेनन् । मेरो नागरिकता फर्ममा सिफारिस गर्ने प्रशासकीय अधिकृत हरी नारायण श्रेष्ठ  असल मानिस मानिन्थे । सिडिओ रुप बहादुर स्वारको पछिल्लो बसाइ नेपालगन्जमा हुँदा हामीले पुराना अनुभव आदानप्रदान गरेका थियौ  । नागरिकता लिने बेलामा उत्पन्न झमेला पनि मेरो एउटा स्मरणीय क्षण हो ।

यसरी एस एल सी सकिनासाथ राम्रो नौकरीका सपना देखाइए, सरकारि नौकरीका शाानका कथा सुनाइए, खलंगा गढिका कारिन्दा सिपाहिहरुको फुुर्तिफार्ति सम्झाइयो ।  गाउँमा कुटो कोदालो गरेर "केही नहुने" भनियो । 


.र " नौकरि" को खोजमा


  तीस सालताका एस एल सी पासगरेकालाई गाउँमै "मास्टर" को काम भए पनि सजिलैसँग पाइन्थ्यो  । तर म कतै ग्राह्य भइन् । कारण नौकरी गर्न खोज्ने तर चाकरि गर्न नजान्ने । अलिअलि बाठो, अलिलि "बेसोमति" पनि । त्यस्ता  भोगाइका कथाब्यथाहरु बेग्लै छन । मलाइ यो पढाईले गाउँमा एक्लो पारेको थियो । खेेतिपाति गर्न नहुने अरु केही कामको अनुभव नास्ति । मेरै गाउँमा आफना सबै थिए, तर मेरो कोहि थिएनन् । भन्न गर्न केही नसक्ने सारै सोझो मानिस गनिन्थे म  । यिनै " कुण्ठा" हरुले मेरो जीवन यात्रामा सातुसामलको काम ग-यो । 

०३०सालको हिउदमा नौकरिकै खोजमा पहिलोपल्ट घरमा जानकारी नै नगराइ पहिलो पल्ट महेन्द्रनगर झरे । नगरमा चित्त बुझ्दो केही भेट्टिएन । बेलौरितिर मास्टरी पाइएको थियो, लाग्ला बेलौरीको घाम भन्ने बोलको तत्कालिन बहुप्रचलित लोकगितको भावार्थ सम्झेर त्यता जाने मनै लागेन । केही काम नगरि १०/१५ दिनमा लुस्सुक्क घर फर्के । 

एस एल सी गरेको पहिलो बर्ष यतिकै किचमिचमा बित्यो ।।***


****&&&&&****








Thursday, May 29, 2025

ओ नेताज्यू ! निजामती होइन, निजामत बिग्रियो

ओ नेताज्यू ! निजामती होइन, निजामत बिग्रियो
एकजना सन्की टाइपका कवि कविता सुनाउँदै थिए–
ओ नेता !तिमी म्याद गुज्रेको औषधजस्तो
तिमी अविरल चुहुने लोटाजस्तो
तिमी बरियो छिनेको नाम्लोजस्तो
तिमी भिरमा फालेको भाङ्ग्रोजस्तो
तिमी छारो उडाउने सुख्खा बगरजस्तो
तिमी घ्यारघ्यार मात्र गर्ने थोत्रो ट्रकजस्तो
तिमी झ्यारझ्यार गर्ने बिग्रेको रेडियोजस्तो
तिमी बजारमा नचल्ने फाटेको झुत्रो नोटजस्तो
तिमी जीर्णसीर्ण निकम्मा गोजा फाटेको कोटजस्तो ।
अर्का एकजना पूर्व निजामती कर्मचारी भन्दै थिए, ‘ओ नेताजी ! यहाँ […]

Wednesday, May 28, 2025

ओ नेताज्यू ! निजामती होइन, निजामत बिग्रियो

ओ नेताज्यू ! निजामती होइन, निजामत बिग्रियो:

 एकजना सन्की टाइपका कवि कविता सुनाउँदै थिए–
ओ नेता !तिमी म्याद गुज्रेको औषधजस्तोतिमी अविरल चुहुने लोटाजस्तोतिमी बरियो छिनेको नाम्लोजस्तोतिमी भिरमा फालेको भाङ्ग्रोजस्तोतिमी छारो उडाउने सुख्खा बगरजस्तोतिमी घ्यारघ्यार मात्र गर्ने थोत्रो ट्रकजस्तोतिमी झ्यारझ्यार गर्ने बिग्रेको रेडियोजस्तोतिमी बजारमा नचल्ने फाटेको झुत्रो नोटजस्तोतिमी जीर्णसीर्ण निकम्मा गोजा फाटेको कोटजस्तो ।अर्का एकजना पूर्व निजामती कर्मचारी भन्दै थिए, ‘ओ नेताजी ! यहाँ […]

Monday, May 5, 2025

बड्डी ज्यावन : धार्मिक गाथा र बाह्र देवताको बासस्थान

बड्डी ज्यावन : धार्मिक गाथा र बाह्र देवताको बासस्थान:

बझाङ जिल्लामा अवस्थित बुंगल नगरपालिका-६ मा पर्ने बड्डी ज्यावन क्षेत्र एक अनुपम धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ । यो ठाउँलाई ‘ज्यावन बाह्रदेउ

Sunday, May 4, 2025

बलभद्र कुँवरको तलब कति थियो

बलभद्र कुँवरको तलब कति थियो

नालापानीको युद्ध नेपाली इतिहासमा चर्चित र महत्त्वपूर्ण छ । यो युद्धमा बाध्यतावश किल्ला छ

त्यो बझाङ विद्रोह

त्यो बझाङ विद्रोह
राजा महेन्द्रले चीनको सहयोगमा अरनिको राजमार्ग अर्थात् काठमाडौं–कोदारी राजमार्ग निर्म

Thursday, May 1, 2025

हिरोइनले दिएको ‘गुड लुकिङ’

हिरोइनले दिएको ‘गुड लुकिङ’ ट्यागले हृदयेन्द्र शाहको बढेको भाउ

गणतन्त्र लयमा चल्दै थियो। आम नागरिक र विस्थापित राजपरिवारका सदस्यहरूबीच कोरिएको विभेदको परम्परागत रेखा धमिलिँदै थियो। ज्ञानेन्द्र शाहका आफ्नै परिवारका सदस्यहरूको यसमा सक्रिय सहभागिताको अभिलेख अखबारका पानाहरूमा सुरक्षित छन्। नेपाल संघीय गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको दुई वर्ष सात महिना मात्रै भएको थियो। डिसेम्बरको एउटा...

Sunday, April 20, 2025

प्राचीन सभ्यताको थलो

प्राचीन सभ्यताको थलो


मूलतः कर्णाली र यसका सहायक नदीहरूद्वारा सिञ्चित हिमालदेखि तराईसम्मका जाड, खस र अन्य विभिन्

Sunday, December 29, 2024

बूढो भएपछि....

 https://www.msdmanuals.com/hi/home/older-people-s-health-issues/the-aging-body/overview-of-aging?fbclid=IwY2xjawHdyTtleHRuA2FlbQIxMQABHT_duM-QrEbDLpEo07sPWAqwD2iq4fBbaXGLNsMcOQrwo6Gej9ZesGuoxA_aem_zPeDxRBugDuAV9A7JEhS5g

Sunday, September 1, 2024

मानबिय मनको संकल्पना ; तन्मे मनः शिवसङ्कल्पमस्तु

  

 


 


बोलचालमा मनलाइ सबभन्दा नजिकको साथी पनि भनिन्छ । हामीहरु मनसंग कुरा गर्छौ ,मनलाइ सोध्छौ, मनलाइ सम्झाउछौ र मनसंगै घुम्छौ डुल्छौ पनि । पुराना र भाबी समय सम्झदा समेत मनले साथ छोडदैन। तर यो मन न देखिन्छ , न कतै  अस्तित्वमा रहेकोछ । ब्यबहारमा भने मन मुटुमा बसेको मानिन्छ ।

सायद मन र दिमागको नजिकको सम्बन्ध पनि छ क्या रे । त्यसैले मनमा आएका कुरा दिमागमा रहेका हुनसक्छन्। मानिस वा प्राणीमा रहेको दु:ख, सुख, दया माया आदि संवेगलाई पनि मन नै हो भनिन्छ। यसरि मनलाइ र भावनालाइ   समानार्थी पनि मानिन्छ । 

शब्दकोषमा ’ प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार संकल्प, विकल्प आदिलाई नियन्त्रित वा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्ति ' लाइ मन भनिएकोछ ।

जे होस,मन शरीरभित्रको अदृश्य प्रतिक्रिया  हो । यसै बाट विचार उत्पन्न हुन्छ ।  यही मनको प्रकृति वा भनौ स्वभावले गर्दा मानिसलगायत हरेक प्राणीहरूमा क्रिया प्रतिक्रिया चलि रहन्छ र त्यही मन अनुसारकै स्वभावहरू बन्दछन् ।

तर मनको व्याख्या गर्न त्यत्ति सजिलो छैन। भनिन्छ– यसका अनेक अवस्था छन् । पूर्वीय दर्शनले जाग्रत, स्वप्न र सुषुप्त गर तीन अवस्था बताएको छ । उता सुप्रसिद्ध मनोविज्ञानवेत्ता सिगमण्ड फ्रायडले पनि मनलाई तीन भाग-सचेतन, अचेतन र अर्धचेतनमा बाँडेका छन् ।  हामीले गर्ने हरेक कार्य चेतन अर्थात जाग्रत मनबाट गरिन्छन् । यो मनलाई बायाँ मष्तिष्कसँग सम्बन्धित हुन्छ भनिन्छ। अचेतन मन व्यक्तिलाई जानकारी नहुने, ज्ञान र होस नभएको वा थाहै नपाइने अवस्था हो। अर्धचेतन पूर्णरूपले चेतन पनि नभएको र पूरै मात्रामा बेहोस पनि नभएको, आधा लठ्ठिएको जस्तो अवस्था हो। 

मनले गर्ने अनुभूति अनुरुप नै स्वभावहरू बनेका हुन्छन् । मन प्रकाश जतिकै ऊर्जावान र बायुभन्दा बढि वेगवान मानिन्छ। मनले गर्ने अनुभूतिको आधारमा हामी रुन्छौ, हाँस्छौ, लडछौ, भिडछौ । मन नौनि जस्तो कडा , ढुंगा जतिको कमलो पनि हुन सक्छ । आगो जतिकै तातो र हिउ जतिकै शितल पनि बन्दछ । यो परिवर्तित मनले हाम्रो व्यवहारलाई निर्देशित गर्दछ। त्यसैले हामी उही व्यक्ति उस्तै अवस्थामा पनि कहिले दुखी हुन्छौं, कहिले सुखी हुन्छौं। गितामा ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयो: भनिएकोछ । अर्थात मन नै मनुष्यको लागि बन्धन र मोक्षको मुल कारण हो । 

न्यायदर्शनको मतानुसार मन एउटा त्यस्तो द्रव्य हो जो जीव र आत्माभन्दा फरक छ। योगशास्त्रमा मनलाई इन्दियहरूको मालिकका रूपमा परिभाषित गरिएको पाइन्छ। जब अन्तःकरण चिन्तन प्रक्रियामा प्रवृत्त हुन्छ त्यसबेला मात्र त्यो मन हुन्छ। मनका बारेमा भौतिक र आध्यात्मिक रुपमा दुइ  भिन्न दृष्टिकोणबाट चर्चा गरेको पाइन्छ।

भौतिकवादको मान्यतानुसार शरीर एक स्वचालित यन्त्र हो। यसभित्र त्यस्तो कुनै पदार्थ बसेको छैन जसले यो शरीरलाई चलायमान बनाएको होस्। इन्द्रियहरूको अगाडि विषयवस्तु देखापर्नासाथ आफैँ प्रतिक्रिया देखा पर्दछ। शरीर एउटा यस्तो अद्भूत यन्त्र हो जुन आफैँ आवश्यकतानुसार चल्न सुरु गरिहाल्छ। यसभित्र मन नाम गरेको त्यस्तो कुनै अभौतिक तत्त्व छैन। भौतिक तथा रसायनशास्त्रका नियमहरूद्वारा शरीरभित्रको मस्तिष्क, तन्त्रिका तन्त्र आदि स्वचालित हुन्छन् र क्रियाप्रतिक्रिया प्रारम्भ हुन्छ । शरिर जस्तै ब्रह्माण्डको विकास पनि प्राकृतिक शक्तिद्वारा स्वभावअनुसार आफैँ भएको हो।

आध्यात्मिक अर्थमा मन र चेतनाको गहिरो सम्बन्ध छ। चेतन मन बिना यो यन्त्रवत् शरीरले काम गर्नै सक्दैन। यन्त्रमा उद्दीपक (Stimulus) हुनासाथ एक निश्चित अनुक्रिया हुन्छ तर मानवमा त्यस्तो हुँदैन। बिकल्पहरुबाट छानेर एउटा लिनु पर्दा निर्णय कसले गर्छ ? मेसिनले यस्तो खालको अवस्थामा निर्णय दिन सक्दैन। यसका लागि चेतन मन वा चेतना आवश्यक पर्दछ। मानिसमा पुराना घटनाहरूको स्मरण रहन्छ। काम, क्रोध, लोभ, मोह आदिको प्रभाव पर्दछ। के मेसिनमा यस्तो सम्भव छ ? कागजमा लेखिएका अक्षर पढ्न सकियो भने यिनै काला अक्षरहरूले जीवन रूपान्तरित हुन्छ। यी यस्ता खालका तमाम विषयहरूलाई मेसिनले अनुभव गर्न सक्दैन। अतः भौतिकले भौतिकको सञ्चालन र उपयोग गर्न सक्दैन। त्यसैले चेतन मन शरीरभन्दा भिन्न छ र शरीरभित्र नै स्थिर छ। जुन अभौतिक हो। सांख्यदर्शनले मनलाई भौतिकको स्थानमा राखेको छ। जब मस्तिष्कका लागि मन शब्दको प्रयोग हुन्छ त्यसबेला मनलाई भौतिक मान्न सकिन्छ। चेतनाको अर्थमा प्रयोग गर्दा मन अभौतिक हुन्छ।


शुक्ल यजुर्वेदको चौतिसौ अध्यायमा पनि चंचल मानबिय मनलाइ संयमित पारेर बिचारहरुलाइ शुभ संकल्पयुक्त   बनाउनका लागि विशिष्ट प्रधान सूक्त या मंत्र उल्लेख गरिएकाछन् । रुद्राष्टाध्यायीका यि  जम्माजम्मी  10 श्लोक मध्येका छः श्लोकहरु बैदिक मन्त्रको अदभुत संकलन मानिन्छ ।

 मनलाइ इन्द्रियको स्वामी पनि भनिन्छ । मनले एकतिर इन्द्रियहरु मार्फत भौतिक विषयवस्तुहरुको तथ्य सूचना प्राप्त गर्दछ भने अर्कोतर्फ  ज्ञानरुपी प्रकाश बनेर  ति तथ्यहरुको विश्लेषण गरि  इंद्रियहरुलाइ निर्देश समेत गर्दछ । यहि प्रक्रिया अन्तर्गत  विचारहरु यथोचित कर्म गर्न उत्प्रेरित हुन्छन् । ।

अतः शिव संकल्पसूक्तमा मनलाइ शुभ र पवित्र विचार स्थापनाको लागि आव्हान गरिन्छ । यसरि मन र इन्द्रिय  जति शुभसंकल्प युक्त हुन्छन्,  जीवन र  यसका  अभीष्ट कर्महरु पनि त्यत्तिकै शुभ, सुंदर, पवित्र र कल्याणमय हुने गर्दछन् ।


 शिवसंकल्प सूक्तको पुर्णपाठ हेरौ । 


यज्जाग्रतो दूरमुदैति दैवं तदु सुप्तस्य तथैवैति ।

दूरंगमं ज्योतिषां ज्योतिरेकं तन्मे मनः शिवसङ्कल्पमस्तु ॥१॥


त्यो दिव्य ज्योतिमय शक्ति (मन) जो हाम्रो जागृत वा सुप्त सबै अवस्थामा  टाढा टाढा सम्म जान सक्छ र निन्द्रावस्थामा पनि हामीलाइ बिचरण गराइ रहेको हुन्छ,  त्यो प्रकाशमान श्रोत जो हाम्रा इन्द्रियहरुलाइ प्रकाशित गर्दछ,   त्यो मेरो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारयुक्त) होस् ।

अर्थात त्यो डुलुवा मन तेजस्वी इन्द्रियहरुको ज्योति हो । त्यसैले हाम्रो मन असल र कल्याणकारी काममा लागि रहोस् ।


येन कर्माण्यपसो मनीषिणो यज्ञे कृण्वन्ति विदथेषु धीराः ।

यदपूर्वं यक्षमन्तः प्रजानां तन्मे मनः शिवसङ्कल्पमस्तु  ॥२॥


जुन मनको सहायताले ज्ञानीजनहरु (ऋषिमुनि इत्यादि) कर्मयोगको साधनामा लीन भएर यज्ञ,जप,तप गर्दैछन र  जो  सबै मानिसको शरीरमा विलक्षण रुपले स्थित छ, मेरो त्यो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारले युक्त) होस् ।

अर्थात  सत्कर्ममा लागेका मनिषिहरुमा भएको जस्तो त्यो मन सबैमा बिद्यमान छ । त्यो हाम्रो मन असल र कल्याणकारी काममा लागि रहोस् ।


यत् प्रज्ञानमुत चेतो धृतिश्च यज्ज्योतिरन्तरमृतं प्रजासु ।

यस्मान्न ऋते किञ्चन कर्म क्रियते तन्मे मनः शिवसङ्कल्पमस्तु  ॥३॥


जो मन ज्ञान, चित्त , धैर्य स्वरूप , अविनाशी आत्मासित संयुक्त भएर यी समस्त प्राणि भित्र ज्योति स्वरुपले विद्यमान छ, त्यो मेरो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारले युक्त) होस् ।

अर्थात ज्ञानी, धैर्यतायुक्त र चेतनशील मन हाम्रो अन्तस्करणलाइ प्रकासमान बनावस् तथा असल कल्याणकारी काममा लागि रहोस् ।



येनेदं भूतं भुवनं भविष्यत्परिगृहीतममृतेन सर्वम् ।

येन यज्ञस्तायते सप्तहोता तन्मे मनः शिवसङ्कल्पमस्तु  ॥४॥


जुन शाश्वत मन द्वारा भूत,भविष्य र वर्तमान कालका  सारा वस्तु संपुर्ण रुपले ज्ञात हुन्छन र जुन मनद्वारा सप्तहोत्रिय यज्ञ (सात ब्राह्मणद्वारा गरिने यज्ञ) समेत गर्न सकिन्छ, त्यो मेरो  मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारले युक्त) होस् ।

अर्थात  सबै कालको ज्ञानलाइ प्रत्यक्ष अनुभव गर्ने मन नै याज्ञिकहरुबाट यज्ञ सम्पन्न गराउन समर्थ हुन्छ । त्यस्तै हाम्रो मन असल र कल्याणकारी काममा लागि रहोस् ।


यस्मिन्नृचः साम यजूंषि यस्मिन् प्रतिष्ठिता रथनाभाविवाराः ।

यस्मिंश्चित्तं सर्वमोतं प्रजानां तन्मे मनः शिवसङ्कल्पमस्तु  ॥५॥


जुन मनमा ऋग्वेदका ऋचाहरु र सामवेद तथा यजुर्वेदका मंत्र त्यसै गरि स्थापित छन्,  जसरी रथका पाङ्ग्राका  धुरीशीत तील्लिहरु जोडिएका हुन्छन, जसमा सबै प्राणिका ज्ञान कपड़ा भित्रको धागो जस्तै बुनिएको हुन्छ, मेरो त्यो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचार युक्त) होस् ।

अर्थात जसमा बेदका सम्पुर्ण ऋचाहरु प्रतिष्ठित छन् र रथका धुरामाआड लागेका पाङ्ग्रा जस्ता भएर अटाएका छन् , त्यो हाम्रो हितकारी ज्ञानयुक्त मन असल र कल्याणकारी काममा लागि रहोस् ।



सुषारथिरश्वानिव यन्मनुष्यान् नेनीयतेऽभीशुभिर्वाजिन इव ।

हृत्प्रतिष्ठं यदजिरं जविष्ठं तन्मे मनः शिवसङ्कल्पमस्तु  ॥६॥


जो मन प्रतेक मनुष्येन्द्रियका लगामद्वारा त्यसै गरि घुम्छ, जसरी  एक कुशल सारथी लगामद्वारा रथका वेगवान अश्वहरुलाइ  नियंत्रित गरेर दौड़ाउन सक्छ  । आयुरहित(अजर)तथा अति वेगवान र प्रणिहरुका हृदयमा स्थित  मेरो त्यो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचार युक्त) होस् ।

अर्थात सिपालु सारथीले रथका घोडाहरुलाइ नियन्त्रित गरेर गन्तब्यमा लैजान हाँके जस्तै गरेर यो हाम्रो मनले पनि असल र कल्याणकारी काममा लाग्न प्रेरित गरि रहेको होस् ।


अन्तमा,

हाम्रो मन सुसुप्त वा जागृत दुबै अवस्थामा टाढा टाढासम्म जान सक्छ। नित्य प्रकासमान छ र  इन्द्रियहरुलाइ पथ प्रदर्शन गरिरहन्छ । यो मानव शरीरभित्र बिलक्षण रुपले स्थित छ । ज्ञानी जनहरुलाइ कर्मका लागि प्रबृत गरिरहन्छ । यो अबिनाशी आत्मासंग संयुक्त भएर बसेको हुन्छ । शाश्वत मनलाइ सर्बकालको ज्ञान रहन्छ । यो सबैलाइ योग्य बनाएर इच्छित कार्य गराउन समर्थ छ । यस भित्र बेदका सबै ऋचाहरु संश्लेषित छन । कपडा भित्र धागो र पांग्रासंग तिल्लि जोडिए जस्तै सारा चेतना यसैसंग जोडिएकोछ । कुशल चालकले बाहनलाइ दौडाए जस्तै मनुष्येन्द्रियलाइ मनले जता पनि दौडाउन कुदाउन सक्दछ । 

यो बलशाली मन अशल काममा प्रबृत रहोस ।  कल्याणकारि जगनियन्तासंग यहि प्रार्थना गरौं । अस्तु

&&&




***यो मेरो मनमा सधैँ  बनिरहोस, सद्कर्मको धारणा***

जसले घुम्छ घुमाउदोछ जगतै जागा र सुत्दा पनि

जसको दिब्य प्रकाशले हरघडी सारा उज्यालो छरि

हाम्रा ज्ञान र कर्ममा रत हुने इन्द्रिय हुन्छन सुरा

यो मेरो मनमा  सधैँ बनिरहोस सद्कर्मको धारणा  ।।1।। 


ज्ञानी जनहरुमा जमेर  जसले  यज्ञादि गर्दो  पुरा

मेरो देह बिषे बिलक्षण बनि बस्ने सदा सर्बदा

ति मेरा मनिषिहरु सरह नै  यो देहमा बास हुँदा 

यो मेरो मनमा  सधैँ बनिरहोस सद्कर्मको धारणा  ।।2।।


कैले नाश न भै समाहित बनि जो बस्छ आत्मा सित

ज्ञानी चेतनशील धैर्य रुपमा जो हुन्छ प्रकाशित

सारा कर्महरु प्रबृत रहँदा जो छुन्छ भित्रि जरा

यो मेरो मनमा  सधैँ बनिरहोस सद्कर्मको धारणा  ।।3।। 


जो शाश्वत छ सदा सबै  समयमा जो बुझ्छ सारा कुरा

जस्ले नित्य  दिएर साथ सबका यज्ञादि हुन्छन पुरा

सारा ज्ञानहरु गुथेर जसले सामर्थ्य थप्ने सदा

यो मेरो मनमा  सधैँ बनिरहोस सद्कर्मको धारणा  ।।4।। 


सारा बेद ऋचाहरु बिषे धूरि बनि बस्छ जो

धागो झै सुत बस्त्रमा र रथमा पांग्रा सरि हुन्छ जो

जसको आड लिँएर नै शरिर यो हिडदो छ सुमार्गमा

यो मेरो मनमा  सधैँ बनिरहोस सद्कर्मको धारणा  ।।5।। 



हाम्रा इन्द्रियका लगाम जसका हुन्छन सदा हातमा

बाटोमा ब्यबधानलाइ जसले पन्छ्याउदै  जानमा

जो बन्दो छ नितान्त नायक सुरो त्यो सारथी सर्बदा

यो मेरो मनमा  सधैँ बनिरहोस सद्कर्मको धारणा  ।।6।। 


** शुभम् **,


Thursday, August 22, 2024

पर पश्चिमेली प्राचिन प्रेमकथा ; सरू समीर



परपश्चिमेली पर्बतीय ग्रामिण समाजको  प्राचीन सरल र  गहिरो प्रेम गाथामा सरु समीरको सिर्जना सिर्जित भएकोछ । यसमा त्याग र स्नेहको प्रबलताका साथै सालिन र करुण कथा पनि छ । रतेडा अर्थात रातभरि कथ्न मिल्ने लोककथा गाथाको माध्यमबाट हाम्रो लोकमानसले संरक्षण गरेको लोकसाहित्यमा यो बहुप्रचारित थियो । उखुको गुड खुदो बनाउन हिउदको रातभरि खुदेउडामा यि रतेडाका कथा सुनिन्थे, सुनाइन्थे । क्रमश:  बिस्मृतिमा जान लागेका यो लोकश्रुतिको सानो आख्यानको सारांस यहाँ  राखिएको छ । 

कथा सन्दर्भ
  • एक्काइसौ शताब्दिको भाष्यमा पन्द्रौ शताब्दिको प्रेम गाथा लेख्न असाध्यै अप्ठ्यारो छ । तथापि प्रेममा शास्वसता र निरन्तरता हुनाले लोकमानसभित्र यो गाथामा अझै जिबन्तता देखिन्छ । लोक बाङमयमा पाइने स्थानिय माटोको महक मिसिएर सुदूर पश्चिम नेपालको लोक काव्य शैलीमा कैयौ शताब्दिसम्म प्रचलित यो गाथाको लोकप्रियतामा अझै कमी आएको छैन । यो गाथा यहाँको जनमानसमा आदर्श र सम्मानको परिचायक बनेकोछ ।

  • यो अमर लोककाव्य र लोकगाथाका कथा नायिका सरु  र कथा नायक समीर हुन ।  गाथा नायक र नायिकाको प्रेमकहानी भित्र  सौन्दर्य, स्नेह, समर्पण, साहस, चपलता, तीव्रता, कुशाग्रता, तंत्र-, घात-प्रतिघात, प्रतिद्वंद्व, विद्वत्ता, चुनौती, स्थानीय विशिष्टता, प्रतिस्पर्धा र स्थानिय सामाजिक सांस्कृतिक सहयात्राको अद्भुत संयोग छ ।

  • एउटा स्थानिय प्रेम प्रसंगलाइ तत्कालीन लोक गायकहरुले आआफनै शैली र गायनमा मिसाएर अमर प्रेम गाथा बनाइ दिएकाछन् ।  कैयौ पुस्तासम्म कैयौ लोकगायकहरुले आआफनै शैली मिसाएर यस गाथालाइ अमरबेल जस्तै फेळाइ दिएकाछन् । यो ५/६ सय बर्ष पुरानो गाथामा बर्तमान सन्दर्भ कसरी प्रासांगिक बनाउन सकिन्छ होला भन्नेमा आआफनो समझ हुन्छ होला । तर सरु समीर भित्रको मानबीय सम्बेदना आज पनि उतिकै शास्वत, साकार र सार्थक छ भन्ने लागेकोछ ।

  • त्यस बेला काली सेती प्रसबण क्षेत्रको दुई भिन्न मौजाका सम्पन्न परिवारभित्रको कथा यस गाथामा समेटिएकोछ । त्यसबेलामा पनि हिमाल वारीपारी व्यापार गर्ने हुण र सौका समुदायहरुसंग यहाँका बासिन्दा बन्दब्यापार गर्थे र यदाकदा बिहाबारी समेत चल्थ्यो । अर्कोतिर तिर्थाटन र  घरब्यबहारका सरसामानहरुको जोहोका लागि महाभारत छिचोलेर भावर,मलाश,माल नाघ्दै गंगा मैदानसम्म पनि लोक व्यवहार चल्दथ्यो । यसरि तिब्बत मूलका बौद्धमार्गी हुण,शौका समुदाय, हिमाल काँठका प्रकृतिपुजक मष्टोमताबलम्बी खश, मगर र गंगा मैदानका सनातनी हिन्दु बाहुन क्षेत्रीहरुको भावभुमी बनेर मध्यपहाड गुल्जार बनेको थियो ।

  •  लोकजीबनमा पशुपालन र खेतिपाति नै प्रमुख पेशा थियो । प्रतेक गाउमौजा आफनै किसिमले स्वतन्त्र  स्वाबलम्बी  र आत्मनिर्भर नगरराज्य जस्ता थिए । पुरुष प्रधान समाज भए पनि परिआउदा महिला समेत अग्रमोर्चामा पुग्नसक्थे । मातृप्रधान दक्षिण भारतको नम्बुदरीपाद बंशमा जन्मेका आदिशंकराचार्यको आगमनपछि बैदिक मान्यता सहित यहाँ पनि सामाजिक संस्तरण र बर्गभेदले  जरा हाल्दै थियो ।

कथा सारांश
  • कथा कालमा स्थानिय जया रजबार अर्थात जयबम आफना मितजी हरिदेब पण्डितका साथमा माघ स्नानको लागि हरिद्वार लगायतका तिर्थाटनमा हिडने तयारी गर्दछन् । सामल र लुगा मिलाउन लाग्दा अपसकुन भएको भनी तीन महिनादेखि नछुने नभएकी पत्नी यस्तो बेला लामो अवधिको लागि तिर्थभ्रमणमा नजान आग्रह गर्छिन।

  • मर्दले आँटेर पाइलो सारेपछि त्यसो भन्नु हुदैन भन्दै अब जन्मने सन्तानको भलाइका लागि समेत सुतक दोष नलाग्दै तिर्थस्नानमा जानै पर्ने बाध्यता बताइयो । साथमा बिद्वान पण्डित मीतजी समेत हुँदा केही परि हाले पनि ठुलो बिपति नआउने बिश्वासमा बस्न आग्रह । दुबै मीत मलास मालको बाटो छ महिने यात्रामा प्रस्थान गर्दछन कव्वानिको लेक, पुरानो बाटो , पुर्णा गिरी र सिद्धनाथको धरति भएर  ।

  • बाटामा शिर्ष पतरमतिर अर्का यात्री  भ्युँपाली ठाकुरसंग भेट । एकै भेग र बिहाबारी समेत मिल्ने भएका हुदा दुबै ठाकुर र पण्डितजी सहयात्री बने । भ्युपाली ठाकुरको पनि पत्नीको समेत तीनमहिने गर्भ रहेको जानकारी हुन आयो । तिर्थमा दुबै ठाकुरले एकापसमा मित्रता गाँस्न एक अर्काका छोरा छोरी जन्मे बिबाह गरि दिने, छोरा छोरा जन्मे मीत लगाउने  र छोरी छोरी जन्मे संगिनी बनाउने बाचा कसम लिए। स्नान गरि फर्के। 

  • झन्डै महिना दिनपछि फर्कदा भाबरमा दुर्भाग्यबश जयबम्म लडेर बिमारी परे , थलिए र ज्वरोले आक्रान्त बने । पानीसमेत नपाउने ठाउमा छटपटाउदै घरमा खवर सबै लगिदिन मीत पन्डितलाइ अनुरोध गर्दै बाचा कसम गराइ लायक छोरा जन्मेमा नीजलाइ मात्र बताउने सर्तमा केही गोप्य कुरा बताएर पन्डितकै काखमा अन्तिम श्वास लिए ।बिधवा बनेकी कौशिलाले छोरा पाइन। गर्भे टुहुरो छोराको नाम समीर राखियो । भ्युपाली ठाकुरको घरमा छोरी जन्मिन । उनको नाम सरु राखियो । कालक्रममा दुबै जना हुर्किदै गए । 

  • आठ बर्ष पुगेपछि समीर गोठालो जान थाल्यो।  घरको स्थितिले गर्दा उसलाइ अन्य गोठालाहरुले हेप्ने गर्थे । त्यसैकारण पनि उनी प्राय एकलै बस्न रुचाउथे । उता सरु पनि कहिलेकाहि गोठालो जान्थिन । उनी असाध्यै मीठो धुन निकालेर बिनायो बजाउन सिपालु थिइन । सरु गोठालो आउने दिन भ्युपालीको बनतिरका गोठालाहरु असाध्यै रमाउथे । दुबै गाउका गाइगोरुका गौचर एउटा खोलाको वारीपारी थिए । यदाकदा गोठालाहरुका दुबै समूहको भेटघाट भइ रहन्थ्यो । 

  • एक दिन दुबै गाउँका ग्वालाहरु एउटै ठाउमा भेला भएका थिए । सुन्दरी सरुले मनमोहक तानमा बिनायो बजाइन । सबैले प्रशंसा गरे । फेरी एकपल्ट बजाइदिन एकएक गरि अनुरोध गर्न थाले । सरुले पनि बिनायो बजाउदै गइन । रिटिरिटि वजाएको बीनको स्वरको लठ्ठिएको समीरले पनि लजाइ लजाइ नजिकै आएर आफनो लागि समेत एकपल्ट फेरी बिनायो बजाइ दिन अनुरोध गर्यो । तर साथी गोठालाहरुले नै बिधवाको छोरो बाबुको नामै नजान्ने टुहुरो झुत्रे केटो भनेर हेपेर खेदन थाले । उ निराश देखियो । सरुले भने नरमाइलो मानिन । दुबैमा हेराहेर भयो । फर्कदा डाडा ढल्किने बेलामात्र सरुले बिनायो बजाइन, हात हल्लाइन। समीर टोलाएर हेरी रह्यो। ढिलो गरि घर फर्क्यो । निराश समिरलाइ त्यो दिन केहि गर्ने जाँगर नै चलेन । फलत: गाइले कसैको बाली मासि दिएछ । समीरले गाली खायो , हप्काइ पायो । यता सरु पनि त्यो दिन भोकै बसिन। 

  • निदानत: राति  समिरले आमासंग आफनो बाबाको बारेमा जिज्ञासा राख्यो । आमाले मीत बुवा हरीदेव पण्डितबाट सबै जानकारी पाइने बताइन। दोस्रो दिन हरिदेब पन्डितले छोरा लायक भएमा मात्र बताउने सर्तमा बताएको रहस्य खोले। कुलको मर्यादामा मात्र खर्च गर्नेगरि  पुण्यकाममा लगाउनका लागि गाडधन राखेको र बंशको निशानी  सुनको बाँसुरी समेत सुरक्षित थन्क्याइएको घरभित्रका भित्री स्थान समेत समिरलाइ बताए। समीरले सहजै सो धन र स्वर्ण बासुरी पाए। तीर्थमा भएका बाचा बन्धनका कुरा पनि थाहा पाए ।

  • यसपछि समिरका गरीबीका दिन गए । उसको रहनसहन फरक भयो । उ रजबारको छोरा कहलिन थाल्यो । उ ग्वाला जाँदा त्यहि खानदानी  बासुरी बजाएर मोहनी धुन दिन थाल्यो । अर्को गाउका ग्वालाहरु पुन: बासुरी बजाइदिन भन्न थाले । सरु आएको एकदिन पनि त्यहि भयो । ग्वालाहरु उसंग पनि आफनो निम्ति बासुरी बजाइ दिन अनुरोध गर्न थाले । सरुले पनि एकपल्ट आफनो नाममा पनि बासुरी बजाइदिन अनुरोध गरिन। समिरले आफुनो खिसिट्युरी भएको उहिलेको कुरा उप्कायो । सरुलाइ उनको बुवाले तिर्थमा जयबम्मसंग केही बाचा बन्धन भएको थियो कि भनेर सोधेर आएपछि उनको लागि पनि बासुरी बजाइ दिने कुरा बतायो। 

  • यता भ्युँपालीले  जयबम्म मरेका कारण त्यो कुरा भुलि सकेको थियो । आज सो प्रसंग उठेकोले त्यो केटो को हो , कसरी सरुसंग परिचय भयो र किन तिर्थका कुरा सोध्यो भनेर बुझ्न अह्रायो । साथै जयबम्मसंग भएका बाचा बन्धन समेत सुनायो । आफु बूढो भैसकेकोले सरुको बिबाह गर्न सके एउटा इच्छा पूरा हुने कुरा पनि सुनायो। 

  • त्यसैताका एक दिन समीर जयबम्मकै छोरा भएको एकीन भयो। गोठालाहरुजम्मा गरेर समीरले बासुरी बजायो, सरुले बिनायो । गोठालाहरुले ख्याल ख्यालमै दुबैलाई बरबधु बनाइ  बिबाह गरि रमाइलो खेल खेले । नाचगान बाद्यबादन चलेर रमाइलो भयो । समिरका कुरा थाहा पाउँदा सरुको बाबाले आफनो बाचा तिर्थका प्रभावले सफल भएको मानेका थिए । 

  • तर सरुका काकालाइ चिन्ता भयो । बुढा दाइ बितेपछि सरुको बिबाह टाढाको घुमन्ते व्यापारी सुनपति सौकासंग गरिदिने सोचेको रहेछ । सरुका काका गणपति ठाकुरले सरुको बिहे सुनपति सौकारसंग तय भएको बताए । यसबापत ठुलै अर्थलाभको कुरा पनि बताए । यहि पिरलोमा बुढा भ्यँुपाली बितेका रहेछन । गणपतिले सरुलाइ बाहिर जान रोक लगायो । सरु समीर भेटघाट त के देखभेट समेत गर्न नपाउने भए । तर सरुको घरसम्म तान पुग्ने गरि समिरले बासुरी बजाइ रहन्थ्यो । सरु आफुले पालेको सुगा मार्फत चिठी पठाइ रहन्थिन। 

  • एकदिन सरु सुटुक्क बनतिर पसिन र समिरलाइ भेटिन । गणपतिले यो थाहा पाएर दुबैलाइ बाधेर राख्यो । तीनदिन सम्म छोरा नआएपछि समिरकि आमा दलबल सहित आइन । छलफल गरिन । गाउलेहरु समिरका पक्षमा लागे। निदानत: दुबैको बिबाह हुने निधो भयो । तयारीको लागि गणपतिले दुई महिनाको समय माग्यो।  यस अबधिमा मदेश गै सिन्दुरे, साडो र कतुवाको नाडो ल्याउन पर्ने बतायो।

  • सिन्दुरे साडो र कतुवाको नडो  खोज्दा एक महिना अलमल  हुने भएकोले समिरलाइ पनि संगै लैजाने बिचार गर्यो । सरुले षडयन्त्रकारी गणपतिको चक्करमा नपर्न भने पनि हुनेवाला ससुराको अबिश्वास नगर्ने भनी समीर पनि मधेश झर्यो । बर्खोलाकि माल पुगेर घट्टमा बाँस बस्दा पखालाको बहाना बनाइ ठाकुर घर फर्किएछ । समिरलाइ उल्टो बाटो बताउछ। यसरी थप एक महिना काकाको षडयन्त्रले समिरको मधेशमा अलमल पर्यो । उलटो बाटो देखाएकोले घुम्दा धेरै दिन लागेकोले ठाकुरले घरमा समीर मरेको खवर गरेछ । आमा कौशल्या यसै शोकले मरिन। 

  • गणपतिको घरमा सरुको फटाफट बिबाहको जोरजाम भयो । सुनको बिनिमयमा सरुलाइ सुनपतिले सौकाका देश हुनिया भएको ठाउतिर  लिएर जान थाल्यो । सरुले पनि उहीँ सुगा मार्फत जिउदो भए तुरन्त घर फर्किन खवर पठाइन।  समीर तुरन्तै सामान लिइ घर फर्के।

  • तर ढिलो भैसकेको थियो । सरुलाइ छलकपटपुर्बक सौकाको देश पु-याइयो । सरुले साइत हेर्ने बाहुनलाइ सुनका असर्फि दिई एक महिनापछिको गृह प्रबेशको साइत मिलाउन लगाइन र त्यतिन्जेल आफु बेग्लै बस्ने ब्यबस्था मिलाइन। कडा पहरामा सरु बेग्लै बसेकि थिइन । 

  • समीर घर पुगे । आमाको काजक्रिया सके । गणपतिलाइ मारेर  समीर उतै लागे। उता पानी भर्ने सरुकि सहेली मार्फत गाग्रीमा औठी हालेर आफु पुगेको जनाउ दिए ।। 

  • सरुको कोठामा युद्ध हुन्छ । द्वारपाल मारिन्छन । दोस्रो दिन गाउलेहरु सुनपतिको अन्याय बारे थाहा पाउँछन् । एकला सुनपति भाग्छन । लडन आउने जतिलाई समिरले मारि दिन्छन । चाकरको रुपमा राखिएको लठेप्रो गलगाँड भएको केटोलाइ पनि मार्न खोज्दा सरुले रोक्छिन । त्यसैको सहयोग लिएर गाउतिर फर्किन्छन। समीर र सौकाको लडाइ सकिन्छ। सरुको उनमुक्ति हुन्छ।

  • बाटोमा समिरलाइ तिर्खा लाग्दा लोटाबाट पानी पिउन थालेको बेला बोदलो भित्र लुकाएर ल्याएको ढुगोले निधारमा हानेर लाटोले नै समिरलाइ मार्न खोज्छ । समिरले तात्तातै लाटोलाइ मार्छ । सरुलाइ मदेशबाट ल्याएको सिन्दुर साडो र नाडो समेतको पहिरनमा आफनो अगाडी उभिन लगाउछ । सरुकै काखमा शिर राखेर घाइते समिर प्राण त्याग्छ। 

  • लाटोद्वारा धोका पाएर समिरको हत्या भएपछि सरुद्वारा आत्म हत्याको प्रयास गर्छिन । त्यहि बेला बाटमा घ्यु व्यापारी देखिन्छन् । र सरुलाइ संगै लैजाने योजना बनाउछन। सरुले पनि मृतकको सदगति गरेर संगै जाने कुरा बताउछिन । ब्यापारिहरुसंग चिता बनाउन सहयोग मागि चिता बल्न लाग्दा सरुले आफनो समीर मरेको दिन आज त आकाशमा दिउसै तारा देखिए भनेर तारा देखाउन थालिन्।

  • सबै एकटक बनाएर यताउता आकाश तिर हेर्न थाले । दनदनाउदो आगोमा हाम फालेर सरुले पनि समिरकै चितामा प्राण त्यागिन। 

  • शत्रु पक्षको गाँडो लाटो समेत बिश्वसनीय नहुँदा बाँकी राख्नु हुदैन भन्ने भनाइ छ । "एक हात कन्यौली, एक हात माटि।तीन कुल उज्याली सरु सर्क तिर लागि ।"         

  •  यसरी यो प्रेम गाथाको दुखान्त इतिबृत सकिन्छ।*अझै पनि ति बनपाखाहरुमा बिनायो र बासुरी बजेको सुनिन्छ रे । *



( )