Saturday, March 9, 2019

बाल्यावस्था र राज्यारोहण

बाल्यावस्था र राज्यारोहण

यसबीच, आचार्य बाजेले निकै मिहिनेत गरी साउँ अक्षरको एक पुस्तक आफ्नै हातले तयार पारेका छन् । कालो, रातो, पहेँलो, हरयिो रंगहरूले फूलबुट्टा काटेर ठूल्ठूला अक्षरमा पहिलो पुस्तक तयार पारिएको छ । युवराज त्यही पढ्छन् ।
युवराज सधैँ मुआँकहाँ आउँछन् । उनी पढुन्जेल मुआँ बसिरहन्छिन् । कि त धागो कातेर, कित चूप लागेर, छोराको शैक्षिक प्रगतिमा ठूलो चासो छ उनलाई । रोजरोजैको प्रगति स्वयं आफ्नै नजरले हेर्न चाहन्छिन् उनी ।
...राजा पृथ्वी मृत्युशय्यामा छन् । आज १० दिनदेखि दानकर्म चलिरहेछ । काठमाडौँ सहरका गरिबगुरुवा हात्तीसारमा भेला हुन्छन् र जयसाथ भीख थाप्छन् ।
महाराज चन्द्र भिखना ठोरी पुगेका छन् । बेलायतका राजा पञ्चम जार्ज दिल्लीको दरबारपछि नेपालमा बाघको सिकारमा आएका छन् । उनको स्वागतका लागि चन्द्रशमशेर निकै अघि ठोरी पुगिसके । नयाँ रेल लाइन बन्यो भारततिर, नेपालतिर बाटो बन्यो मोटरको । ठूलो क्याम्प खडा भयो ।
उनी चाहन्छन्, पञ्चम जार्जको सिकारमा कुनै खलल नपरोस् । भइपरिआएको गर्ने अधिकार मुख्त्यार भाइ भीमको जिम्मा छ, साथमा उनका अनेक भाइभारदार छन् । भनौँ भिखना ठोरी सानो काठमाडौँ बनेको छ । मोहनशमशेर, बबरशमशेर जुद्धशमशेरका अतिरिक्त अन्य अनेक जनरल, कर्नल र सेवा टहलुवाको झन्डै दुई हजारको जमात छ त्यहाँ ।
डिसेम्बर ११ का दिन ठीक ४ बजे पहिलो बाघको सिकारको फोटो उतारिन्छ । ...
... डिसेम्बर ११ का दिन ठीक ४ बजे राजा पृथ्वीको स्वर्गारोहण हुन्छ । ...
... ठीक चार दिनअघि डिसेम्बर ७ का दिन युवराज त्रिभुवन एउटा अनौठो घटना देख्छन् । युवराज सिद्धार्थले पाएको अनुभवभन्दा कम अनुभव हुँदैन उनलाई ।
न्हुछेमाया बुबाको निकै मन परेकी ठट्यौली हो । पाँच वर्षकी छ । राजाको अगाडि नाच्ने नक्कल उतार्ने, गीत गाउने ऊ गर्छे । उसको काम राजाको मन बहलाउने छ । ऊ नक्साल नागपोखरीनिरकी हो ।
राजाको स्वास्थ्यलाभका इच्छाले १ सय १ कैदी कारागार मुक्त गरिने निर्णय हुन्छ । कैद समाप्त हुन आँटेकाहरूको एक लिस्ट तयार पारिन्छ । मुख्त्यार भीम त्यसमा रातो सिसाकलमले चिह्न लगाउँछन् । कैदीहरू हतकडी नेलमा सदर झ्यालखानाबाट नारायणहिटी दरबार लाइन्छन् । अलग्ग छाप्रोमा मृत्युशय्यामा सुतेका राजालाई ध्येय बताइन्छ, लिस्ट सुनाइन्छ र बाहिर प्रांगणमा छ्याङछ्याङ गरेर नेल-हतकडी काट्न थालिन्छ ।
न्हुछेमाया हेररिहन्छे । मानिसको भीडमा पाँच वर्षको त्यस केटीका दृष्टि जेलमा परेको आफ्नु दाजुलाई खोजिरहेछ । उसलाई आशा छ, उसको दाजुले पनि आज निश्चय पनि छुटकारा पाउँछ । तर, दाजु उसको डकैती र हत्याकाण्डमा मुछिएर, आजन्म कारावास पाई जेलमा सडिरहेछ । भनिन्छ, चन्द्रशमशेरको आफ्नै मानिसको एक पुत्र पनि त्यस मुद्दामा नमुछिएको भए उसलाई ज्यान सजाय भइसक्ने थियो । न्हुछेमाया दाजुलाई देख्दिनँ । उसका आँखा टिलपिल गर्न थाल्छन् । ऊ फर्केर महाराजाधिराजको सुकुला भएको ठाउँमा जान्छे ।
बाहिरको ढ्याङढ्याङबाट राजा सुत्न सकेका छैनन् । एक छटपटी भइरहेछ ।
एक्कासि न्हुछेमाया भन्छे, "मेरा दाजु त छैन, सरकार !"
राजा बुझ्दैनन् । केही बुझ्न नसकी टोल्हाएर हेररिहन्छन्, चुलबुले केटीको गम्भीर अनुहार ।
युवराज त्रिभुवन आफ्नो रमाइलो पुस्तकका पानाबाट दृष्टि उचाल्छन् ।
महारानीको ध्यान पनि आकषिर्त हुन्छ ।
"यतिका मानिसलाई छाडेर पनि मेरो दाजुलाई छाडेनन् । सरकारबाट हुकुम हुनुपर्यो ।" न्हुछेमाया गुनासो पोख्छे, उसका आँखाबाट आँसु भल्ल फुट्छ । कोही कसैका निमित्त कति माया गर्न सक्दो रहेछ । राजा मुख्त्यारलाई भनिदिन हुकुम दिन्छन् ।
कोही जीवनको अन्तिम घडीमा पनि उपकार गर्न चुक्दो रहेनछ ।
युवराज छक्क पर्छन् ।...
त्यही दिन जेलमा मानिस पुग्छन् । भीममान् नेल-हतकडीसमेत पिँजडामा झुन्डाइएको छ । महिनौँ बितिसके तीन हात चार हात चौडा त्यस पिँजडामा घुसेदेखि बाहिर आउने कल्पना वा सपना उसले त्यागिसक्यो । उसलाई थाहा छ, ऊ मृत्युदण्डको भागी र दैवले साथ दिएर मात्र जेनतेन ऊ सास फेर्न पाइरहेछ । यहाँबाट झिकेर उसलाई मृत्युदण्ड नै दिने कुरा पनि अझै बीचबीचमा उसको कानमा पररिहन्छ । नआऊन् कोही उसकहाँ, यही ऊ चाहन्छ । खाना दिन आउने मानिस पनि प्रत्येकपटक उसको छेउ आउँदा उसलाई यमदूत आएझैँ लाग्छ ।
त्यस दिन । जेलको हाकिम, पाले र एक अन्य व्यक्ति आएको देख्नासाथ उसको सातो जान्छ । पिँजडाको ढोका खोलिन्छ र उसलाई बाहिर आउने आदेश मिल्छ । ऊ ठाडै भनिदिन्छ, "नाइँ, मारे यहीँ मार, म बाहिर जान्नँ ।"
ऊ जान्दछ यी रकमी कुरा । यसैगरी बयान लिँदा पनि यिनीहरूले निकै बेसार लाएका थिए । यसरी नै, जम्मै कुरा साँचो भने छाडिदिने आश्वासन दिएका थिए । ऊ डेग चल्दैन । ढम्मरढुस्स भएर पिँजडाको डन्डी समाती बसिदिन्छ ।
अब भयो ? लिन जानेहरूलाई कतिको अप्ठ्यारो ।
घिसारेर ऊ बाहिर निकालिन्छ । घिसारिएरै ऊ नारायणहिटी पुर्याइन्छ । झन्डै आधा कोस । उसलाई केही होसहवास हुँदैन ।
जहाँ मरे पनि मर्नु नै हो ...। न्हुछेमाया दाजुलाई देखेर दंग पर्छे । दौडेर गई महाराजाको पाउमा शिर राख्छे र खुसीका आँसुले उनको पयर पखालिदिन्छे । उनी बालिकाको ललाटमा हात राखिदिन्छन् । युवराज त्रिभुवन हेररिहेछन् । बुझिरहेछन् । ...
... ... नेल-हतकडी काटिन्छ । त्यसैगरी जसरी १०१ जनाको काटिएको थियो । तर, यसको छ्याङछ्याङमा एउटा संगीतात्मक ध्वनि छ ।
... न्हुछेमायाका लागि ।
... राजा पृथ्वीका लागि ।
... युवराज त्रिभुवनका लागि । ...
... ... नेल-हतकडी काटे पनि भीम उठ्न सक्दैन । हातगोडा कुँजा (लठेब्रा) भइसके । उसले उभ्भिन बिर्सिसक्यो । नेल-हतकडी कटे पनि ऊ उभ्भिन सक्दैन । ऊ भाग्न चाहन्छ तर खै शक्ति ?
उसको घरबाट मानिस आउँछन्, अचम्भित भई । बोकेर लैजान्छन् । ऊ एक वर्षभित्रै मर्छ । ...
... यसको एक सय घन्टाभित्र उनी नेपालका राजा बन्छन् ।
डिसेम्बर ११, १९११ को अपराह्नको ४ बजेको छ । हात्तीसारमा गरिबगुरुवाको ताँती लागेको छ । यस्तैमा आउँछन्, मुख्त्यार भीम र आदेश दिन्छन्, 'दान अब बन्द गरििदनू' र उनी लाग्छन् नारायणहिटीतिर ।
गरिबहरूको मगजमा कारण घुस्दैन । हाकिमहरूले थाहा पाउँछन्, सिकिस्त भए भनी ।
बम्बै चोकमा बिरामीलाई ल्याइसकिएको छ । राती एक्कासि कोलाहल हुन्छ ।
"लौ बिराम भयो ! नारायण ! नारायण !!" स्वर सुनिन्छ अनि पूरा नारायणहिटीका नरनारीको सम्मिलित झन्डै एक हजार कन्ठ स्वरको रुदन ।
बिहान बिगुल लाग्छ धरहराबाट । उपत्यकामा रहेका जंगी, निजामती जागिरदार खरीको बोटमा भेला हुन्छन् । जंगी लाट जुद्धशमशेर बग्गीमा नारायणहिटीतिर जान्छन्, युवराज त्रिभुवनको सवारी चलाउन । खरीको बोटमा सवारी पुगेपछि, खल्तीबाट जुद्धशमशेर खड्ग निसाना झिक्छन् । त्यो पढेर सुनाइन्छ । त्यसमा सबैले एकमत साथ युवराजाधिराजलाई महाराजाधिराज स्वीकार गरेको कुरा छ ।
भीमशमशेर असर्फी राखी दर्शन गर्छन् । पहिलोपटक उनलाई धिराजको सलामी दिइन्छ ।
साढे पाँच वर्षको उमेरमा त्रिभुवन अब श्री ५ महाराजाधिराज भए । राणा शासनको चरमोत्कर्ष काल अब प्रारम्भ हुन्छ ... ।
त्रिभुवनले श्रीपेच यहाँ काठमाडौँमा औपचारकि रूपमा लाए पनि, शक्तिको अदृश्य श्रीपेच त भिखना ठोरीमा श्री ३ चन्द्रको शिरमा लगाइयो ।
... राजालाई कसैको जुठो लाग्दैन भन्ने कुरा उठ्छ । मानिसहरू ३० वर्षअघि राजा पृथ्वीको पालाका कुरा सम्झन्छन् । बाजेको स्वर्गवासमा पृथ्वी गद्दीमा आएकाले पनि जुठो नलागेको भन्ने कुरा पनि उठ्यो ।
अन्तिम निर्णय दिने मानिस त सिकारमा थियो । तथापि, जुठो नबार्ने भन्ने कुरा नै काठमाडौँमा निश्चय गरयिो ।
चन्द्रशमशेरको प्रत्यागमनपछि उनले छालाको जुत्ता बार्न लगाउँछन् र शोक मनाएको देखाउन लगाउँछन् । उनी अरू राणाहरूभन्दा निकै दूरदर्शी छन् । पुस महिनामै उनले श्रावणको रेखांकन गरसिके ।
त्रिभुवनलाई जुठो बार्न लगाएर त्यस वर्ष प्रसाद चन्द्रले लिए । जनतासमक्ष धार्मिक एवं सांस्कृतिक रूपमा स्वयंलाई नेपाल नरेश घोषणा गर्ने यो एक अनौठो कूटनीतिक चाल हो । राजाको मृत्युको समाचार दबाउन सक्ने र स्वयंलाई राजा भनाउन सक्ने चन्द्रशमशेरको यस सशक्त शासन कालमा त्रिभुवन छ वर्ष पनि नपुगेका एक बालक राजा बने ।
सन् १८४६ मा आरम्भ भएको राणा शासन सन् १९११ मा पुगेको थियो । यस ६५ वर्षको अवधिमा भएको संघर्ष राणाहरूले बिर्सेका थिएनन् । उनीहरूले बुझेका थिए, यही हो मौका सन्तान दर सन्तानका लागि बाटो सफा पारििदने । चन्द्रशमशेरको उमेर त्यसबेला ४८ वर्षको थियो । उनी स्वर्गवासी महाराजाधिराजको मामा पर्थे र त्यही सम्बोधन पाउँथे । सबभन्दा पहिलो काम उनले धिराजबाट अब 'महाराज बुबा' भन्न लगाए ।
त्रिभुवनको शिक्षा क्रमैसँग, अनेक बाधा पार गरी बढी नै रहेको थियो । नेपालीको अक्षर ज्ञान राम्राेसँग भएपछि चन्द्रशमशेर मोरङको दौडाहामा गएका बेलामा त्रिभुवनले पत्र लेखे ।
'महाराज बुबा !
यहाँ हामीलाई सन्चै छ । त्यहाँ सन्चो भए बेस होला । ...'
चन्द्रशमशेरले उत्तर लेखे ः
'सरकारबाट पठाइबक्सेको शिक्षाप्रद फरमान पाई शिर चढायाँ .. ।'
उच्च पदस्थ राणाहरूको त कुरै भएन । त्यसबेलाका राणा समर्थक भारदारको समेत राय थियो, राजालाई अंग्रेजीमा हस्ताक्षरसम्म गर्न सक्ने शिक्षा दिए पुग्छ । आखिर वायसरायलाई लेखिने औपचारकि पत्रहरूमा सही गर्न जाने त पुगिहाल्यो ।
यता संस्कृतको अध्ययन आरम्भ भइसकेको थियो । शिक्षकले हितोपदेश आरम्भ गर्ने अनुमति मागे । माइला गुरुज्यूबाट प्रतिबन्ध लाग्यो, कारण हितोपदेशमा राजनीति घुमेको छ, त्यसको ज्ञान व्यर्थमा किन दिने ? चण्डी पढाउने राय आयो, त्यसका बदलामा । एकैचोटि चण्डी आरम्भ गरििदँदा शिक्षार्थीको उत्साह समाप्त भयो ... ।
राजमाताको इच्छा थियो छोरा खूब पढोस् । तर, मान्छे खै, पुस्तक खै ?
अन्त्यमा, मोहनशमशेरका गुरु वाराणसी घोष झिकाइन्छन् । उनै पढाउन थाल्छन् अंग्रेजी पनि संस्कृत पनि । बंगाली पाराले त्रिभुवनको शिक्षा आरम्भ हुन्छ 'जलम-पानी'बाट । अंग्रेजी पढाउन् 'फर्स्ट बुक' आउँछ । नेपालको राजनीतिको स्वाद चाखिसकेका घोषबाबु हितोपदेश प्रारम्भ गर्छन् ।
उल्था गर्न अझ सिकाएको थिएन । हिसाब गर्न अंक बाँकी नै थियो । राजनीतिको त कुरै भएन, भूगोल, इतिहास पनि टाढै थिए र सिकाइने नसिकाइने कुराको निर्णय पनि गर्ने बेला भएको थिएन । तर, विद्यार्थीको उत्सुकतालाई कसले मार्न सक्छ ? एक दिन घोषबाबु छक्क परी हेर्छन् रडिरको 'मार्जिनल लाइन'मा 'गो टू बेड'कै पंक्तिमा शय्यायां सस्व लेखिराखेको ।
कसो कसो, कहाँबाट कसरी खबर पुग्छ, एक छलफल हुन्छ अनि हितोपदेश पढाउन फेरि रोकिन्छ ।
यस्तै अप्ठ्याराहरू जहिले पनि तेर्सिएको छ विद्यार्थी त्रिभुवनको शिक्षाकालमा ।
सन् १९१७ को एक घटना छ वाराणसी घोष फर्किसकेपछि कलकत्ताबाट भर्खर एमए गरेर आएका तुलसीमान सिंहलाई त्रिभुवनलाई पढाउन खटाइयो । विद्यार्थीलाई चौतर्फी सामान्य ज्ञान दिने सिलसिलामा तुलसीमानले एक दिन ग्लोब देखाएछन् । त्रिभुवनले त्यसमा नेपाल खोजे र अनायास उनको मुखबाट निस्क्यो, नेपाल कति सानो रहेछ हगि ?
११ वर्षको बालक, उसलाई राजा हुँ भन्ने ज्ञान भइसकेको छ, चाहे त्यस ज्ञानमा राजा हुनुको अर्थ र राजाको कर्तव्य अहिले नआएको होस् । केही जान्न खोज्ने, आफ्नो मुलुकको परचिय चाहने जिज्ञासा त निश्चय पनि थियो । ब्रिटिस साम्राज्यको रातो रंगमा रंगिएको पाकिस्तान, भारत र बर्माको अञ्जलिमा नेपालको पहेँलो रंग सानै देख्यो होला राष्ट्रको सम्राटले । नेपाल कति सानो रहेछ हगि ? मा त्यसबेला बालकले प्रथमपटक मानचित्र देखेको स्पष्ट छ ।
केशरशमशेरलाई यस घटनाको सूचना पुग्छ । तुलसीमानको बोलावट हुन्छ । काटिनुपर्लासम्मको धम्की पाउँछन् तुलसीमानले ।
मानचित्रमा नेपाल देखाउनु पनि ठूलो अपराध भन्ठानिने देशमा, कलकत्ता विश्वविद्यालयबाट पास हुने पहिलो नेपालीलाई आफ्नो ज्ञान र जीवनदेखि नै विरक्ति लाग्छ । कपाल ताछेर, मौन व्रत लिई उनी पचालीको घाटमा एकान्त बास गर्न पुग्छन् ।
त्रिभुवन पनि अन्यसँग शिक्षा लिन अस्वीकार गरििदन्छन् । अन्त्यमा, ३०-३५ दिनको स्थगनपछि चन्द्रशमशेरले स्वयं हस्तक्षेप गरी तुलसीमानलाई पढाउन पठाए ।
एक किसिमले, त्रिभुवनको ज्ञान-साधना अब गएर आरम्भ हुन्छ ।
(रूपरेखा शंकर लामिछाने विशेषांक, माघ २०३३ बाट साभार)
नेपाल साप्ताहिक ३६२ मा पुन: प्रकाशित

Friday, March 8, 2019

आत्मसंस्मरण-१ (सानो छँदाको )

सम्झनाको पल्लो छेउ

सम्झनाको सदाबहार मैदानलाई फर्केर हेर्दैछु । सबभन्दा पल्लो छेउ समयले धमिलो पारेकोछ  । नियाली हेर्दा सुन्दर पहाडहरुको बीचमा एउटा गाउँ देखिन्छ । हरियो बाताबरणमा चिसो हावा चलीरहेकोछ । सँधै जसो कामको धपेडी हुन्छ । हिउँदमा  झन हातखुट्टा कठ्याङ्ग्रिएका हुन्छन् । लहरै खामिएर बसेका जस्ता सामान्य घरहरुको साझा चौरमा घाम ताप्दै खेल्न रमाइलो हुन्छ । घाम डुब्नै लाग्दासंगै बुढापाकाहरु हुक्का-चिलिम समातेर खोक्दै  घरभित्र आगो सेक्न हिडि दिन्छन् । दिन सकिदाको यो चर्या राम्रो लाग्दैन, किनकि त्यसपछि प्राय: हामी भुराभुरीहरु बाहिर कुदन पाउदैनौ ।
घाम पूर्बतिरको डाँडाबाट हिडदा हिडदै पश्चिमको डाँडामाथि पुग्दा थाकेर बसेको जस्तो लाग्छ । अनि बिस्तारै आकासको रंग फेरिन्छ । स्निग्ध धवल, पहेलो, रातो, नीलो र नीलो-कालो हुँदै अँध्यारो बढदै जान्छ । त्यो भिमकाय चुलीमा चढेर आकाश छुने, घाम रोक्ने र घाम तापेर जाडो भगाउने बिचार आउछ । सायद यहि नै आफनो पहिलो कल्पना हुनु पर्छ  ।
यस्तै बिगत सम्झना, सरीरहने समय र स्वयम्भू कल्पना मिलेर बनेर जीबनको त्रिबेणीबाट नै यो कथा शुरु भएकोछ । समय आफनो स्वभाव अनुसार सुलुसुलु बगीरहन्छ । फर्किदैन र निख्रिदैन । यो अनंत-प्रबाहमा  मानिसको एक्लो अस्तित्व कहाँबाट शुरु भै कहाँ सकिन्छ? ठम्याउन गाह्रो हुन्छ । तर मनले संझदै-कल्पदै यसको पनि मापो लगाउदो रहेछ ।
गाऊँको सानो सेरोफेरोबाट बाल-मनले पहिलो उडान गर्दा डाडा माथिको आकाश र धरति जोडने क्षितिजीय रेखा नै अन्तिम गन्तब्य हो जस्तो लाग्दथ्यो । त्यो क्षितिजिय बिन्दुको बिशुद्ध भ्रममा मनोरम स्वप्निल संसार थियो र त्यो भन्दा परको संसार भने मेरोलागि अतिब उत्कंठाको बिषय हुन्थ्यो ।
“माथि डाँँडामा हाम्रो खर्क छ।” आमा पारीपट्टि ऐचेकाडाको खर्कको बर्णन गर्नु हुन्थ्यो । त्यो कल्पनाको अंतिम ऊचाईमा मेरो घर छ भन्ने बोध प्राप्तिको अहमले दुनियाँको सबभन्दा ठुलो बादशाह म आफुलाइ संझिन्थे ।
पल्लो डाँडामाथिको हाम्रो भनिएको जमिनमा देखिने गुच्चमुच्च रुखहरुमा उक्लिएर आकाशलाइ छुन सकिन्छ भन्नेमा म ज्यादै बिश्वास गर्दथे । यो तिब्र बिश्वासलाइ पिताजी समक्ष राख्दा त्यसभन्दा उता पनि यस्तै अर्को पहाड भएको जानकारि पाएर मेरो कल्पनाले अझ चौडो पाटो भेट्टाएको थियो  । डाँडाको रुखबाट आकाश छुने वा अदृश्य पल्लो पाखो हेर्ने जिज्ञासाले नै मेरा प्रथम पाइलाहरु घर बाहिर हिड्न हौसिएका होलान । घर बाहिर जानका निम्ति यहि नै मेरो पहिलो पाइलो थियो होला ।
हाम्री धरति जस्ती आमा र आकाश जस्ता बुवा को म योगात्मक परिणति हुँ । त्यसैले क्षितिजीय भ्रम जस्तो भएर जिबन बाँची रहेको छु । जठराग्नि शान्त गर्ने पर्तिधन्दा, आजको निम्ति बाँच्ने र भोलिको हत्या गर्ने अन्तहिन क्रम । असांस्कृतिक निरुद्देश्य घुमाइ, ऊच्चाटिलो सेरो फेरो र नजानेर ठगिइएको जिबन । यस्तोमा रुमानि कल्पना गर्नु भनेको पनि भ्रम जस्तै लाग्दैछ ।
पहिलो चोटि यो धरतिमा पाइलो हाल्न सिकाउने बुबा आमाको अनुहार संझिदा उनै मार्फत  म यो अनंत सत्तासंग जोडिएको पाउछु ।
अस्तित्वको  प्रबाहमान थालनि पत्तो पाउन पुर्बबर्तिहरुलाइ पहिल्याउनै पर्ने हुन्छ । आफनो इतिहासको ठेगान भएन भने मानिस चुडिएर उडिरहेको चंगा जस्तो पो हुदो रहेछ । यस अर्थमा म बदलिइ रहने समयको बर्तमान इतिहास हुँ र बिगतले नछोएको स्वयंभु पनि हुँ ।
हुनामी वा सुनामीलाइ रोक्न नसकिने भए पनि  इतिहासमा प्रोत्साहित हुने तत्व पनि हुन्छ । यसैले हाम्रा ति घर आगनहरु ढुंगा र माटोको जोरजाम मात्र थिएनन , मेरालागि तिनिहरु इतिहास पनि हुन । यिनले  बाबुबाजेका पुराना कथा भनिरहेका हुन्छन ।
भुइतलामा तेबारी र गोठ तथा पहिलो तलामा  बाहिर र भित्र गरि दुई कोठाको सामान्य घर थियो । आगन भएर गाइबस्तु बन लैजाने गोहार थियो । छेउमा भाडा धुने , हातखुट्टा पखाल्ने स्थान तोकिएको हुन्थ्यो । बाहिर भित्र मात्र गर्न मिल्ने गरि बनाइएका खुटकुणी उक्लेर पुतलाको सानो ढोका ( म्वाल )बाट हामी बाहिरको कोठामा पस्थ्यौ । त्यहाँ अनाज पिस्ने जाँतो राखिएको थियो । छेउतिर बारेर सानो पाहुनाकोठा छुट्याएको थियो । भित्र मजेलाको कोठामा पनि  भान्छा र सुत्ने ठाउँ छुट्याउने काठको सानो बार थियो । आधा कोठा ढाक्नेगरी खुल्ला थऽणो हालिएको थियो । त्यहा थोत्रा खुद्रा सामान थन्क्याइन्थे । यसमा हामी केटाकेटी मुश्कीलले उक्लिन सक्दथ्यौ । चुलाकोमाथि काठ तेर्स्याएर सानो ’भा:ण’ बनाइएको हुन्थ्यो । भाणमा बिहान पिस्नु पर्ने गहुँ, मकै वा नसुकेका दाउराहरु सुकाउन राखिन्थ्यो । अनाज राखिने डालाहरुपनि चुलोकै छेउमा हुन्थे । बाँजको दाउराको आगोको रापले कोठा सार्है न्यानो हुन्थ्यो । छानामाथिको एउटा स्लेट पात्थर यताउति हटाउदा मात्र भित्री कोठामा बाहिरको उज्यालो आउथ्यो । यहि ढुङ्गे आँखीझ्यालको बाटो भान्छाको धुँवा छानामाथि पुत्पुताएर आकाशमा बिलीन हुन्थ्यो । गोठमा बाधिएका गाइगोरुको टिनटिने घाँणो सुनेर आमाले रात कति  छिप्पिएको होला भन्ने अडकल काटनु हुन्थ्यो । मेरो सम्झनाको संसारको पहिलो कुल पुँजी यत्ति नै हो ।

जोगीको भाग

मेरा परबाजे स्व.नन्दप्रसाद स्वयं ब्रह्मनिष्ट भै अलग्गै आश्रम बनाएर बस्दा बस्दै ब्रह्मलिन हुनु भएको रहेछ । बाजेले पनि प्रौढ जिवनमा प्रबेश गरे पछि जोगीकै भेषमा बसेर बैरागी जिवन रोज्नु भएको थियो । बुबा सानैदेखि बाथका बिमारि थिए ।बुबाहरु तिन भाइ हुनु हुन्थ्यो । जेठा बुबा पढन लेखनमा बहुतै कुशल हुनु हुन्थ्यो भन्ने सुनेकोछु । वहाँ पनि किशोर हुँदै बैरागि बनेर घरबार छोडी बेपता हुनु भयो । ति सक्रिय नौजवानको पलायनले हाम्रो संयुक्त परिवारमा निरासाको नयाँ भुकंप आएको हुनुपर्दछ । फलत:हालिमुहालि काकामा रहनु स्वाभाविक थियो । म जन्मिएको छ महिना नपुग्दै घर जग्गाको दुई भाग मात्र गरि बाबा र काका छुट्टिइ भिन्न बस्नु भएको रहेछ ।
बाबाको बाथको बिमारीको उपचारका लागि त्यो घरमा स्थानिय वैद्य , झारफुक तन्त्रमन्त्र गर्ने धामी र ज्योतिष बगौलीको पनि बाक्लो आउजाउ चलिरहन्थ्यो । पाहुना बास बस्न आउदा बुबा असाध्यै फुरुङ्गिनु हुन्थ्यो । पाहुना लाग्ने घर लच्छिनको हुन्छ भन्ने धारणामा बा आमा बलियो बिश्वास राख्नु हुन्थ्यो । सकि नसकि आमाले पाहुनाहरुको खाने बस्ने जोहो मिलाउनु पर्थ्यो ।
हात खुट्टा चलाउन गारो हुने गरि कुन्जिएको बिमारीलाइ झारफुक गरि स्थानिय बिधिले उपचार गर्ने बैज्जी ( वैद्य ) हरु लामा लामा मन्त्र भट्याउदै निंगालाका कुच्चोले पिताजीलाई सोणने गर्थे । विभिन्न अनुष्ठान चलाउदै आआफनै तरिकाका औषधि मुलो गर्थे ।  केही दिन बिशेक पनि हुन्थ्यो । तर यो धन्दा मेरा लागि मात्र कौतुहलको बिषय थियो ।
यसरी उपचारमा आउने धेरै जनासंग पिताजीको पछिसम्म घनिष्ट सम्बन्ध रह्यो । विशेष गरी रौतगाउका
“ सुरदास दा ” संग ज्यादै मन मिल्थ्यो । दुबै आँखा नदेख्ने यी सुरदासका बारेमा जनकबि केशरी स्व.धर्मराज थापाले आफनो पुस्तक “ मेरो नेपाल भ्रमण ” मा केही कुरा लेखेका छन् । महाकबि कै उमेरका यी सुरदासमा वहाँकै जस्तो प्रतिभा थियो रे । पृथ्बीको उत्पतिका बिषयमा उनले सुनाएको गाथा त्यो किताबमा संग्रहित छ । खुट्टाले हिडने नहुने भएको बेला यी सुरदासले बाबाको उपचार गरेका थिए । दाइ भाइको जस्तो यो सम्बन्धलाई उनी “ अन्धा र लङ्गडाको दोस्ती ” भनेर खुप हाँस्थे रे । यी सुरदासको स्थानिय लोक बाङमयमा गरेको योगदान बेग्लै अनुसन्धानको बिषय हुन सक्छ । बाबाको उनमाथि ज्यादै बिश्वास थियो ।
म सानै थिए । हिउँदको कुनै साँझ घरमा बडेमाको एक जना कनफटा जोगि बाबा आएका थिए । बस्ने खाने असुबिधा भए पनि हाम्रा घरमा यस्ता जोगी पाहुना आइ रहन्थे । साँझका जोगि-पाहुनालाइ  बाहिरकै कोठामा सुत्ने ब्यबस्था मिलायौ । तर जोगिले भने जाडो हुने र बिहानै धुनि जगाउने कारण देखाइ चुलोको नजिकमा ओछ्यान मिलाउन लगायो । हामिले त्यसै गरयौ । त्यो रात भाणमा टन्न मकै सुकाइएका थिए ।
राति हामि सुतेको चाल पाएपछि जोगिले त मकै झोलामा हाल्न थालेछ । मकै झोलामा खन्याउदाको आवाज सुनेपछि आमाले बिस्तारै बुबालाइ’जोगिले मकै चोर्न थालेको’ कुरा बताएकि पनि रहिछन । तर यसरि जोगिमाथि संका गर्नु हुदैन भन्दै यो आवाज जोगिको रुद्राक्षको माला को हुनु पर्दछ भनि बुवाले आमालाइ संझाएका रहेछन । बिहानै आमाले भाणको मकै मात्र हैन , डालोको मकै पनि  चोरेको कुरा फेरि उठाएकि रहिछन । तर बुबाले नित्य कर्म,न्वाइ धोइ गर्न जोगि बाहिर गएपछि राम्ररी हेरौला भनि खास ध्यान दिएका रहेनछन ।
निदानत: जोगि बिहान झिसमिसेमै बाहिर गयो । उ गए पछि हेर्दा त मकै मात्र हैन ,स-साना भाडाकुडा समेत झोलिझिम्टा टिपेर  नफर्किने गरि टाप ठोकि सकेको पो रहेछ । त्यसपछि यसै बिषयमा बुबा आमाका बिचम गलफति हुदा मात्र मैले यो कुरा पत्तो पाए । आमा र म तत्काल पिछा गरि जोगि लाइ समात्नु पर्दछ भन्नेमा थियौ । तर बुवाले यस तर्फ कुनै सक्रियता देखाउनु भएन । आमाले वल्लो पल्लो घरको काकाहरुलाइ यो कुरा सुनाएपछि उनिहरु पनि जोगिलाइ समातेर ल्याउनु पर्दछ भन्नेमा निक्कै कसिए । टाढा ठणसोणाको उकालोमा हस्याङफस्याङ गर्दै गर्हुंगो झोला पीठ्युमा राखेर जोगी कुदीरहेको देखिदै थियो । तर बुवाले “ त्यो कमाइमा जोगिको पनि भाग होला, त्यसले जात मात्रै जनायो ।  जान दिनोस, केहि नगरौ । “ भनि सबैलाइ संझाएर पठाउनु भयो । मेरो बाल मष्तिष्कमा बुवाका ति भनाइ जरो जमाएर बसेकाछन ।
बिभिन्न भेषमा छलछाम चोरि गर्दै हिडने छद्मभेषिहरुले कति रुप फेरे कति । यस्ता श्वेतबसनिहरु मैले थुप्रै भेटेकोछु । यिनिहरुको वास्तबिक रुप संझेर मुखैमा थुकि दिउ जस्तो घृणा  उठछ । तर सस्तैमा जात जनाएर भाग लेैजान खोज्नेलाइ जान दिनु भन्ने पिताजीको त्यो भनाइको संझनाले खबरदारी गरिरहेको जस्तो लाग्छ ।

बा आमाका ती दिन

पिताजी  लेख्नमा निरक्षर हुनु हुन्थ्यो । तर एकांकि चिन्तन र जिवनका धपेडीहरुले वहालाइ निक्कै अनुभवी बनाएको थियो । वहाँ भित्र यस्तो प्रज्ञा थियो, जो अन्तस्करणको किताब पढन सक्दथ्यो । बाबाको यो मौलिक बुझाइलाइ मैले सारै नजिक बाट अनुभव गरेकोछु । बुबाबाट सुनाइएका लोक कथाहरु, लोकगाथाहरु, धार्मिक गितहरु (अइना ,बातै, रतेडा, जागर) खुप्पै मन पर्थे । खास गरि खुदोको भाडोमा चोपलिएर पछि कपास राखेको कोठामा लुक्न गएको एउटा चोरलाइ गाउलेहरुले अचंभको जन्तु ठानेर पिजरामा थुनेको  कथा बुबालाइ दोहर्याइ तेहर्याइ भन्न लाउथे । कुनै पहाडी राज्य कि राजकुमारि सरु र ग्रामिण गोठालो सामिरको प्रेम कथामा आधारित सरु सामिरका रतेडाको कथाले मलाइ किसोरबयसम्म पछ्याइरह्यो । मौका पाउनासाथ यस्ता कथाहरु सुन्ने रहर हुन्थ्यो । झिजो नमानी पिताजी मलाइ कथाहरु सुनाइ रहनु हुन्थ्यो।
त्यस समयमा लेखपढ गराउने पंडितजीलाइ घरमै राखेर मात्र पढाउने प्रचलन थियो । सरकारि स्कुल पहुँचमै थिएनन क्या रे । नौलाकोट डडेलधुराका कुनै पनेरु पंडितजीलाइ शिक्षकको रुपमा गाउँमै बोलाएर जेठा बुबा लगायत आठ दश जना समवयी शिशुहरुलाइ अक्षरारम्भको शुरुवात गरिएको थियो रे ।  पुरानो घरमा भेटिएका स्थानिय कागजमा लेखि ऊतारेका केहि स्थानिय मन्त्र र देवी देवताका श्लोकहरुको आधारमा जेठा बुबा निसंदेह राम्रा जानिफकार थिए भन्ने लाग्छ । त्यो संकलन त्यसबेला सुरक्षित राख्न सकिएन । अचेल त्यस्को धङधङी लागी रहन्छ ।
सानै देखि घरधन्दामा लाग्नु परेको हुदा बुवाले पनेरु पंडितजी र आफ्नै जेठादाइको संगत त खुब पाउनु भयो । तर लेखापडी सिक्नु भएन । लाग्दथ्यो,पढन नपाएको पछुतो वहाँमा जीवन भर बाँकि रह्यो । कमजोर स्वास्थ्यले बाबालाइ अत्यधिक सहनशील बनाएको थियो । उनले आफुलाइ जस्तो पाए त्यस्तै स्विकारे, इच्छा गरेको कहिले पनि खोजेनन । वहाँलाइ डाडाको शिखर हल्लाउन सक्ने, शिला खण्ड खेलाउन सक्ने जस्ता अचंभका चमत्कार देखाउन  सक्ने भनिएका स्थानिय लोकदेवताहरुका अदृश्य शक्तिहरु माथि बिश्वास थियो र आफना समस्या सुल्झिइ स्थिति बदलिनेमा निक्कै आश्वस्त देखिनु हुन्थ्यो ।
आतिबृष्टि,अनाबृष्टि,आँधिबेहरि,असिना,बाढि पहिरो वा रोग ब्याधिका घटनामा वहाँ ग्वाल्लेक पर्बततिर फर्केर एक्लै गुनगुनाएर हात जोडी बसेको देखेकोछु । यस्तोमा प्रार्थना गर्नु र पर्खनु बाहेक अर्को ऊपचार पनि थिएन । बाबाको प्रार्थनाको प्रतिक्रियामा ति शैल शिखरहरु चुपचाप रहे जस्ता लाग्दथे । तर जसै डाडामाथि आशा र बिश्वासका सपनाहरु बोकेर घामको पहिलो झुल्का वा बादलको पहिलो लहरो आइपुग्दथ्यो, बाबाको अनुहारमा स्मित हास्य पलाउथ्यो ।  वहाँ टोपि फुकालेर ग्वाल्लेकलाइ ढोग्नु हुन्थ्यो । घाम पानि लाग्ने जस्ता प्राकृतिक घटनाहरुमा समेत वहाँका आफ्नै अडकल अनुमान हुन्थे । घनघस्स्याको बाटो आएको बादलले असिना पनि ल्याउछ, वहाँ हामिलाइ अनुभव पनि सुनाउनु हुन्थ्यो । देवताका कथाहरु रस लिएर सुन्ने बानि सानैदेखि थियो । हाम्रा देवता के गर्दा रिसाउछन ? र के गर्दा खुशी हुन्छन? यसको मेसो खोज्न कल्पनाकै सहारा लिनु पर्दथ्यो । ज्यादै संबेदनशील र अपठ्यारा समस्यामा समेत सप्पै भारि देवतामै बिसाएर ढुक्कसंग सुत्न सक्ने पिताजीको आशाबादी दृष्टिकोणको सोझो असर म माथि परेकोछ ।
म संग बुबाको जुझारु पनको बाल संझना पनि छ ।
झण्डै एक डेढ घण्टाको बाटोमा पर्ने त्यस बेलाको दुर्गास्थान प्रा बि मा ‘भक्त प्रल्हाद’नाटक चलेको थियो। म भर्खर अंक अक्षर सिक्न थालेको सानो फुच्चे थिए । हामि स-साना केटाकेटि दर्शक दिर्घाको अग्र पंक्तिमा भुइमा बसेका थियौ । नाटक शुरु हुन लाग्दा स्थानिय स्याडी पुजारागाउका’ स्वघोषित ठुलाबडाहरु आएर सबभन्दा अगाडी गजधम्म बसि दिएपछि हामि छेकियौ र मंचन नदेख्न सक्ने भयौ । शायद बुबा छेउमै हुनु हुन्थ्यो क्या रे । वहाँले बिरोध जनाउदै उनिहरुलाइ अगाडीबाट हटाउन र छेउ तिर बसाल्न थाल्नु भयो । तर यो सानो घटना हाम्रा र स्याडिका गाउलेहरुको लागि प्रतिष्ठाको प्रश्न बनि दियो । हाम्रा गाउलेहरु हटाउन खोज्ने,उनीहरु त्यो अगाडीको स्थान नछाडने । ठुलो  वाद बिबाद पछी केही कथित ठुलाहरु नाटक नै नहेरि फर्किए ।
यो घटनामा बुबा अग्रणि भुमिकामा थिए । म भने त्यो घम्साघम्सि पछि डराएर नाटक चलुन्जेल बाबाको काखमा लुटपुटिएर बसि रहे । बाबाले भक्त प्रल्हादका प्रतेक दृश्यबारेमा मलाइ बताउदै गए । न बिराउनु नडराउनु भन्ने ऊपदेस दिदै रहे । घटनाको केहि बर्ष पछि त्यहि स्कुलमा रामलिला नाटक समेत चलेको थिए । ती नाटकमा पहिलो पटक भरत र त्यसपछि दुइ पटक  रामको भुमिकामा मैले खेलेको थिए । बाबा भने बारम्बार मलाइ सतर्क गराउनु हुन्थ्यो र सानालाइ नहेप्नु भनि अर्ति दिनु हुन्थ्यो ।
पिताजीको दुब्लो अनुहारमा कहिले पनि उन्मुक्त हाँसो देखेको संझना छैन । यसै गरि कृतिम क्रोधको क्षणिक हप्किदप्कि बाहेक कहिले बासि उदासिपन पनि देख्न पाइएन । निरन्तरको सौम्य र गंभिर अनुहार । त्यो भंगिमासंग मेरो मर्यादित सानिध्य थियो ।
सानो छँदा म जिद्दि स्वभावको थिए क्यारे । निरन्तर धुलेचौरमा खेलि रहनु पर्ने,बलजफति नुवाइधोइ गरि दिनु पर्ने चंचले बालक । मलाइ याद आउछ, आमाले यदाकदा नुहाउन थाल्नु भयो भने म रुन्थे । कराउथे । बलजफति नुहाइ दिएको झोकमा फेरि शरिर भरि हिलोधुलो लगाएर तुजुक देखाउथे । आमा च्याँठिनु हुन्थ्यो,पिटनु हुन्थ्यो वा त्यतिकै असरल्ल छोडेर काममा हिडनु हुन्थ्यो । तर पिताजी नजिक भए भने धुलोमैलो कुरा त परै छोडौ, धक फुकाएर रुन पनि सक्दैनथे । एकपल्ट मुखमा हेरेमा बच्चुको बोलति बन्द हुन्थ्यो । यसकारण मलाइ नुहाउनु पर्दा आमाबुबा अकसर संगै हुन्थे ।
मलाइ याद छ,  चिमिर्खाको खेतमा गहुँ पाक्ने बेला दुम्सि धपाउन राति कुर्नु पर्ने हाम्रो पालो थियो । बुबा राति खेतमा जाने भनेपछि मपनि जिद्दि गरेर वहाँसंगै बालि कुर्न गए। खेत किनारको बाँजको ठुठो रुखमाथि सानो मचान बनाइएको थियो। मुश्किलले एकजना बस्न मिल्ने त्यो मचानमा मैले बुबाको काखमा बसिराखनु बाहेक अर्को बिकल्प थिएन । त्यसैमा पनि हामि चुप लाग्नासाथ खेतका छेउछाउ जंगलि जनावरका आवाजहरु आउन थालिहाल्थे । रातभरि वल्लो किनार पल्लो किनार कुदिरहनु पर्ने, कराइ रहनु पर्ने । न सुत्न पाए न बुबासंग कुनै कुने कुरा गर्ने मौका नै मिल्यो । थरि थरिका आवाजहरुले रातभरि तर्साइ रहे । त्यो रात मेरो निम्ति संधैका लगि हाउगुजि भयो ।
बैतडीको  शब्दकोषमा आमाको निम्ति प्राय: इज्या ( इजा ) शब्द प्रयोग हुन्छ । आमातुल्य स्त्री र संरक्षिकालाई पनि यसै शब्दले सम्बोधन गर्न सकिने प्रचलन छ । यो संरक्षकत्व बोधक शब्द हो । वास्तबमा इजा नै हाम्री संरक्षिका पनि हुन । उनले मलाइ ढाँट- डपटको चिल्लो गुलियो होइन, श्रम र शान्तिको सुक्खा रोटि खानु भनेर सिकाइन ।  फाइदा मात्र लिन खोज्ने स्वार्थीहरुसंग कुनै अपेक्षा नगर्नू भनेर सिकाएकिछन । असंभवको कामना नगर्ने र हुनामीलाई सहजै स्विकार्ने सिधा मानिस बन्न प्रेरणा दिई रहिन ।
उनले जिबनमा महान बिपति सहिन । बिपति सहनु कुनै आचरणको बिषय होइन । बाध्यता पनि हुनसक्छ । तर बिपतिमा पनि सुखी र आनन्दित रहनु महान आचरण हो । भनिन्छ ईश्वर यस्तै आचरणबान संग वस्न चाहन्छ । मेरी आमा त्यसैगरि बसेकि होलिन कि भन्ने लागि रहन्छ ।
चलचित्र जस्तै म आमाका संघर्ष गाथाका कालजयी दृश्य देख्दैछु । वहाँ आफनो खाइ खेेली हुर्केको माटोमा नै बिलीन हुन चाहनु हुन्थ्यो । जिबनको अन्तिम दिनका असह्य पिडाका क्षणमा समेत अरु कसैसंग न याचना गरिन , न कुनै आग्रह । न कसैसंग केही गर्ला भन्ने आशा न डर । बडो स्थितिप्रज्ञ थिइन मेरी आमा । यदाकदा कुनै एकान्तिक भावमा उनी  हे माटि! हेऽ बकत !! हेऽऽ केदार!!!...भनेर गुहार माग्थिन. ।
स्थानिय लोक बिश्वाशसंग समेत गाँसिएका यी तीन महाशक्तिहरुमा मेरी आमाको महान आस्था र बिश्वास थियो । लोकजिबनमा गारो सागुरो पर्दा आफनो धरति या माटोलाई गुहार्ने नै गरिन्छ । माटोले सँधै न्याय गर्छ भन्ने आमबिश्वास छ । शाास्त्रसम्मत भनाई पनि यहि हो । माटो अन्तिम सत्य पनि हो । त्यसै गरि बकत , बक्त,बखत , समय वा काल जति बलवान् अरु को छ र ? काल- चक्र नै समस्त श्रृ्ष्टिको प्रमुख नियन्ता हो । यसैगरि केदार हाम्रा स्थानिय लोकदेवता हुन् , इष्ट देवता हुन्, आस्थाका केन्द्र हुन् र भुत-भबिष्यका साछी हुन् । यी हाम्रो माटोका मालिक पनि हुन । आमालाई ( र मलाई पनि! ) केदारले सबैको लेखाजोखा राख्दछन भन्ने अनुभूत सत्यमाथि पक्का बिश्वास थियो । त्यसैकारण  आमाले जिन्दगीमा धर्तिको माटो, समयको सुदर्शन चक्र र केदारको आस्थालाई मात्र गुहारिन् ।
तन्द्रामा पनि स्वप्निल दृश्य देख्छु । आमाको  कठोर संघर्ष दृश्यहरू । उनको जन्म हुनेखाने परीवारमा भएको थियो । बिबाहपछि उनी गरीखाने संयुक्त परीबारमा सिमित भइन् । आजन्म बाथपिडित बुवा सगै सद्य- सुत्केरी आमाले आफनो अलग्गै घर बसाउने सपना बोकेकी थिइन क्या रे । म भन्दा जेठिदिदिले अभावका यिनै दिनमा कुपोषणले ज्यान गुमाइ सकेकी थिइन । सासू बुहारी जेठानी देवरानीका घोचपेचका झिना सम्बादहरुको असपष्ट सम्झना मलाइ अझैै आउछ । आआफनो नियति र नियममा आश्वस्त हाम्रो परिवार छाँचरोटिको स्वादमा टर्रो जीवन चपाइरहेको हुन्थ्यो त्यसबखत । बाहिरी कोठाको एक कुनामा जाँतो चल्थ्यो । हाम्री आमा एकाबिहानै चाल्नो भरि ( २ के जि) मकै पिस्थिन । एक कि मि टाढा बाट एक गाग्री (२० लि) पानी ल्याउथिन । गाइभैसीको गोठ सफा गरिवरि घाँस हालेर दाउरापातका लागि बन जान्थिन । त्यसपछि मात्र हाम्रो बिहानको निन्द्रा खुुल्थ्यो ।
म परिवारको जेठो छोरा । मेरो भाग्य र भबिष्य बारेमा उनलाइ खुुबै चिन्ता थियो । तर म थिए सारै लुरे र अल्छि थिए क्या रे । आफनो धुनमा एकोहोरो र एकलकाँटे । आफनो मर्जी बिरुद्ध केही काम पनि  गर्न नचाहने । धित मरुन्जेल गुडघिउ खान नपाए चोरेरै भए पनि स्वाद फेेर्थे । मन लगाएर केही पनि काम गर्दैनथे । दिक्क गरेको थिए आमालाइ । एक दिन घाममा जौंको बिस्कुन सुकाउन थाल्दा हत्केला भरि जौ- झुुस बिझेर म लगभग थला परेको थिए । मेरा हत्केला मुसारेर आमा त्यस दिन खुुब रोइन । “यस्ता कमला हात पाखुराले यस गाउँमा यसले कसरी गुजारा गर्ला ? “ भन्ने उन्लाई ठुुलो चिन्ता थियो । कतिसम्म भने मेरो जन्मपत्रिमा राम्रा ग्रह राखिदिए बापत स्थानिय ज्योतिष बाजेको खेेतमा सित्तै दुई दिन थप काम गरिदिएकि थिइन रे ।  मेरो भाग्य बनाउनका लागि आमाले गरेका ज्ञात अज्ञात श्रमसाध्य कामको शतांश तिर्न पनि मैले सकेन् ।
मेरा अभ्यास अर्जित रोदनहरू ईन्द्रजालका भूूतहरु जागेका जस्ता लाग्दैछन् ।  दुनिया एक खेेल पनि हो । खेेलको नियम हुन्छ । मेरी आमा अझैै मलाइ भनिरहेकि हुन्छिन् " न  तेरो कोहि आफनो छ न कोहि परायो । सबैलाई बराबर सम्झिनु ।"
मेरी आम्मै! वास्तबमा हरेक ढोका न ढकढकाएसम्म आफनो वा परायो भनेर खुुट्ट्याउन सकिदो रहेनछ । घुुम्दा घुुम्दा थाकेपछि मात्र - हरेक धारानोलाको पानी खााएपछि मात्र दुनियाको वास्तविकता बुझिदो रहेछ । आमा नहुनुको भ्रमले भयाक्रान्त भएमा म यो सत्य कसरी थाहा पाउथे र ?  यो दुनियामा गैर जरुरी केही छैन, कोहि छैन । त्यसैले बस्तुत: आफनो परायो पनि कोहि छैन । यी सब परिस्थितिले उब्जाएका शब्द हुन । यो सब आमा ले नै पढाएको पाठ हो ।

अभावको अप्ठ्यारो बेला

म भर्खर स्कुल जान थालेको समय थियो । अनिकाल परेर गाउमा बेसाहा नपाइने भयो । अमेरिकाबाट सहयोग स्वरुप प्राप्त भएको भनिएको मकै जुलाघाटमा आइपुगेको खबर सुने पछि बुबा समेत हाम्रा गाउँका थुप्रै मानिसले त्यहाँ जाने निधो गरे । म पनि यसै जत्थासंग पहिलो चोटि गाउँ बाहिर झुलाघाटसम्म पुगे । ओ हो कति धेरै  मानिस , कति ठुला घरहरु र टाढाबाट हेर्दा लाम लागेर बाख्राजस्तो खुरुरु बाटै बाटो हिडने गाडिहरु । म असाध्यै रमाएको थिए । बिभिन्न गाउबाट आएका मानिसहरुको घुइचो थियो । राक्षसका दाह्राजस्ता ति बिदेशी मकै समेत पाउन धौ धौ हुने देखियो । मामाको ठेक्का हुनाले मकै किन्ने ब्यबस्था आफुले मिलाउने भनेर बाटो भरी फुर्ति लाएका गाउँका मुखिया समेत आफनो जस्तो मुख लाएर बसेपछि हाम्रो गाउले टोलि असाध्यै निरास भएको थियो । राती पारि भारत पट्टीको एउटा पसलको भुइ तलाको फोहरि गोदाममा हामी २०।२२ जना लहरै सुतेका थियौ । रात भरि सबैले आआफ्ना कथाब्यथा एकअर्कालाइ सुनाए । म भने चुपचाप सुतेको बहानामा कुरा सुनि रहे । अरु को को थिए,कस्ले के भनेका थिए, याद छैन । तर बुबाले भने मलाइ सुमसुम्याउदै ” यो नजन्मेको भए यहि कालिमा हाम फाल्ने वा यहिबाटै कतै लाग्ने थिए ।” भनेर आफनो दुखेसो पोखेका थिए ।त्यो राति र दोस्रो दिन बुवा कतै हराउने पो हुन कि भन्ने डर लागि रह्यो र एकछिन पनि मैले वहाँलाइ छोडेन । कैयौसंग अनुनय बिनयगर्दा समेत पनि ८।१०किलो मकै मात्र पायौ । निरास हतास बुबाछोरा झुलाघाटबाट घर फर्कदा म मा अनायासै प्रौढता आइसकेको थियो । यसपछि मैले कहिले पनि आपनो नीजि मागका बारेमा पिताजीसंग कुरै गरेन । उनले जे दिए त्यसैलाइ सहर्ष स्विकार गरे, त्यहि मेरो लागि अमृत साबित भयो । झुलाघाटको पहिलो दिनको त्यो अनुभुतिले अहिले पनि मलाइ घचघच्याइरहन्छ । यि भावनाहरुलाइ लिपिबद्ध गरेमा यो छुट्टै ग्रन्थ बन्न सक्दछ । ठुलठुला घटना मात्रै संझन योग्य हुन्छन भन्ने छैन । यदाकदा ससाना घटना समेत मनको मझेरिमा स्थायि बास बसि दिन्छन ।
वास्तबमा बाबाले बिताएका ति दिनहरु अत्यन्तै दुर्दान्त, दुरुह र दुखजिला थिए । खाने मुख धेरै कमाउने नास्ति । साँझ पर्नासाथ बैकर वा बेसाहा खोज्न मैलो चादर ओडेर गाउँ तिर निक्लिनु हुन्थ्यो ।  १।२ नालि मकै, गहु वा जौ बोकेर राति फर्कनु हुन्थ्यो । अनाज भएकावालाहरु समेत राति अरुले थाहा नपाउने गरिमात्र अन्न बेच्ने गर्दथे । थोरै पिठोमा धेरै साग मिसाइ पानि हालेर पकाइने फाँणो अकाल टार्ने प्रमुख मेसो रहेको मलाइ संझना छ । तर बुवाले पकाएर दिएको जे पनि मिठो हुन्थ्यो ।
त्यहि बर्ष चैत्रको अन्तिम साता हुनु पर्दछ, बारिमा भरखर जौ बालि पहेला हुन थालेका थिए । पाक्नै लागेको बालि लाइ आगोमा पोलेर औखलमा कुटि नुन मसाला हालि खाजा बनाइने प्रचलन थियो । यसरि जौ बाट कुमास, गहुँबाट उमा र धानबाट सिरौला बनाइन्छन । हामिले पनि आम प्रचलन अनुरुप कुमास बनायौ,खायौ । नयाँ बालि चाखेको दिन किसानको घरमा त्यसै पनि रमाइलो ऊत्सब हुन्छ । दुर्भिक्षका दिन गएकोमा खुसि हुने नै भयो । तर राति देखि नै पेट दुखेर बुवा दोस्रो दिन सिकिस्त हुनु भयो । बान्ता हुने र पेट चल्ने । बोल्नै नसक्ने गरि कमजोर भए पछि हेर्न आएका वल्लापल्ला घरका आफन्तहरु संगै जति मुख त्यति कुरा पनि आउन थाले  ।
एक साँझ घरको  एककुनामा गाउले महिलाहरु सानो स्वरमा खुसफुस कुरा गर्दै थिए । मैले नजिकै गएर कुरा सुन्ने प्रयास गरें ।
“ खाना नपाइ सुकेको पेटमा नयाँ गहुँ जौंका उमा कुमास जथाभाबि खाएका होलान ।” काकीले निर्क्यौल सुनाइन ।
“ च्च.. च्च.. , करऽ जसा( भर्खरका चिचिला फल जस्ता ) डरहाल्ला  केटाकेटीहरुले अब अझ दुख पाउने भए । “ छिमेकी बुढी बज्यैले गोहीका आँसु चुहाइन ।
“ भाग्यमा जे लेख्याछ , त्यहि होला नि । कसले के गर्न सक्ने हो र यस्तोमा । ” कसैको सहानुभुतिपुर्ण स्वर सुनियो ।
“ल, याँको  माटिले के सोचेका रहेछन, इष्ट देवता दाहिना रहुन् । ” अर्की बज्यै चुकचुकाइन  ।
म त सानो बच्चा थिए, मेरो वास्ता कसैले गरेन । समष्टिमा सवैजना बुवा नबाँच्ने अडकल लाउदै थिए ।
त्यस  दिन गोठभित्र  गएर एक्लै खुब रोए । रात परेपछि एक्लै चौराको देवस्थानमा गै भक्कानिएर देउतालाइ गुहारे । जाने जतिको प्रार्थना गरे । बाल हृदयको प्रार्थना ईश्वरले चाँडै सुन्दा रहेछन ।  फर्केर घरमा आउदा अपेक्षाकृत सन्चो मानेर बुवा बसिराखेका थिए । क्रमस: उनि ठिक हुदै आए । भगवानले हाम्रो परिवारलाइ छरबट्टिनबाट बचाए ।
त्यहि बर्ष दुहुनो तारे भैसी कुन्नी के रोग लागेर मरेको थियो । गाईबस्तु पारिवारिक सदस्य जस्तै थिए । मरेको भैंसीलाई घिसारेर बाहिर लगियो । हामीहरु भित्र बसेर रुन थाल्यौ । त्यो दिन साँझको खाना खाने मन भएन कसैलाइ पनि । बुवाले सम्झाउनु भयो ।
” यो बर्ष अदीन थिए । गोठ या पाँण , जहाँ भए पनि एक परानीको क्षति हुने भनेका थिए ज्योतिषिले । कालले मलाइ लैजान खोजेका थिए । सकेनन । त्यति राम्रो हाम्रो भैसीलाई लगेछन  । मलाइ केही बर्ष खान लेखेको रहेछ । म बाँचे । अब यस्ता दुखका दिन नआउलान् । किन रोएर भोको बस्छौ? सबै खुशी भएर मसितै खाना खान आउ । “
नभन्दै बिपति टरेको ठानेर हामीले ती दुर्दिन बिर्सियौ ।  
प्रकृतिको विशाल सम्भावनाका फाँटमा छरिएर उम्रिएको सबै जीवनमा प्रवाह हुन्छ, जीबन्त संस्मरण हुन्छन ।  पुरानो र चलिरहेको कथा सम्झन्छु । कसैको नाम नलेखी यति मात्रै भनौ, कतिपय छिमेकी छि भन्ने नै थिए । अलि कमजोरलाइ हेप्थे , एक्लै बनाउथे र  दुखमा रमिते पनि बन्थे । सानो कुरामा झगडा गरेर सत्यलाइ मिच्न पनि खोज्थे । जग्गाको साँध सिमाना बढाएर एक मुठो घासको लोभ गर्थे । शक्तिको आडमा घमण्ड देखाउथे । अरुलाइ सारै हेपेर बोल्नेहरुमा प्राय अलि बुझक्ड र आफुलाइ समाजका भद्र भलाद्मी भन्ने पनि थिए । कतिले एक अर्कालाइ लडाउन भिढाउन खोज्थे । यस्ता केही मान्छे कुचरित्रका भए पनि  धेरै मान्छे असल थिए र छन पनि ।
हामी भुराभुरीहरुबाट कहिले काहिँ ससानो बदमासी पनि गरीन्थ्यो । साथिहरु मिलेर काक्रो , काफल , आरु , उखु चोर्न जान्थ्यौ । उबेला काक्रो चोरेर खाएको पाप लाग्दैन भन्थे । महाष्टमीमा लाग्ने देहिमाण्डऔको जाँतमा रांगा काटेपछि मात्र उखु खान मिल्छ रे । नत्र रांगाकै रगत खाए सरह हुन्छ भन्थे । अबेर सम्म बसेर दुखसुखका कुरा गर्दै चोरेका जिनिस बाटोमै सकाएर घर फर्किन्थ्यौ ।  बनमा गएर ऐसेलु , किरमणा र काफल खाइन्थ्यो । ऐसेलु खान बडा मजा आउने । ऐसेलुले आफ्नो मूल्य लिन्थ्यो कोतार कुतुर गरेर हातै रगत्मय पार्दथ्यो । धेरै ऐसेलु खाएको दिन भुतुक्कै निन्द्रा पर्दथ्यो । उबेला कपर्दीसगै ज्यादा डन्डि बियो खेलिन्थ्यो । छलप्रपन्च बिहीन ठाडो कुरा बोलिन्थ्यो । आफूभन्दा ठुलालाई तम र आफूभन्दा सानोलाई तँ मात्र भनिन्थ्यो । त्यसै पनि चलनचल्तीको हाम्रो भाषामा “ तम ” भनेको तपाइ जस्तो आदरार्थी शब्द नै मानिन्छ ।
बाबुबाजेका यस्ता कतीपय आर्जित बिश्वासका बैशाखी टेकेर मैले हिडन सिकेको थिए । तर कहिल्यै सुनामका समृद्धिलाइ पनि थन्क्याउन सकिएन । दुर्नामले लखेटिएर कुंजो हुन पनि जानिएन । कहिलेकाहि लाग्छ-उर्बर जमिनमा उम्रिन पाएको म एक शुन्य हु । शुन्य भित्रको स्तब्धता हाहाकार जस्तै भयंकर हुन्छ । त्यसै कारण लख काटेर च्याखे दाउ नथापी मुढे बल लगाएर अडिरहे, हिडि रहे ।
आफै भएर नसोचने संस्कार र रूढ बिस्वासले हुर्काएको निष्ठाले दिग्भ्रमित बनाएको हुँदा म समयको राम्रो उपयोग गर्न जान्ने आँटी पनि होइन । न बाल्यकालको चकचके जिवन संग लुटपुटिए,न युबाबस्थाको डरभर रहित जोसिलो स्वच्छन्द र रंगिन जिवनको अनुभव बटुले । उमेर अनुसारको जिबन भोग्नै नपाइ संधै एकतहमाथिको जिवन बांचेर  किनारा लाग्दैछु जस्तो लाग्दछ । हो त , सानैमा तन्नेरि भइयो । तन्नेरि हुदा एकैचोटी अभिभावक बन्नु पर्नेभयो । तर घरको निम्ति कहिले बोझ भइएन , घर मेरो निम्ति जेल भएन ।

   सुदूरको त्यो गाउँ

सुदुर पश्चिमको ग्राम्यांचलहरुमा कुनै पनि कामगर्दा ‘माटि दाहिना रहुन’ भनेर स्थानिय भुमी देवताको आशिर्वाद माग्ने गरिन्छ । आपत बिपत पर्दा माटो गुहार्ने ( माटि घत्याउने ) र देउघात हाल्ने प्रचलन अध्यापि देखिन्छ । मेरो गाउँमा पनि  प्राचिन शैल शिखरहरु, पबित्र पाटनहरु र शिबस्वरुप शिलाहरुलाइ चेतनशील शक्तिको रुपमा पुजा गरिन्छ । यहाँका प्रतेक कंकरहरु शंकर हुन् , फलत: माटोले निसाफ बिगार्दैन भन्ने बलियो जन बिश्वास छ ।
यिनै मान्यताको पृष्ठभुमीमा म मेरो गाऊँ सम्झिरहेको हुन्छु । काली कुमायूँको चिसो स्याँठलाई छेक्नेगरी पश्चिमपट्टि उभिएको बिशाल बायुपर्बत श्रृङ्खलाको गोपकानन अर्थात ग्वाल्लेक धाम । यसै धामको छायामा हुर्किएका प्राचिन ऋषि मनिषिहरुका आश्रमहरु । बुङा-थुम्काहरु, दोमिल्ला-दोभानहरु, तोली- भन्ज्यांगहरु र शेरा-बगरहरुमा स्थापित लोकदेवता थानहरु । हाम्रा बन्दनीय स्थानिय देवता श्रीकेदारको आल (क्षेत्र ) मानिएको मेरो सुरकाल गाऊँको गौरब गाथा सम्झदा मेरो मन मयुर सारै आल्हादित हुन्छ । कलियुगको प्रसंग आउदा गाउका बुढापाकाहरुमा चल्ने चर्चाको अझै पनि संझना छ। ऊनीहरु भन्थे, कलीले सम्पुर्ण पाउ धरतिमा हालेपछि ग्वाल्लेक धुरामा रोपाइ हुनेछ, दुबोको छायामा सुत्ने र गुबोको रुखमा चढने मानिस जन्मनेछन--आदि आदि । यी मिथकहरुले संकेत गरे जस्तै गुलिभरका लिलिपुटहरु ग्वाल्लेकमा कहिले सम्म देखिएलान, मलाइ थाहा छैन । तर डाडाँकाँडामा रोपाइ लगाउने दिन धेरै टाढा छैन जस्तो लाग्दछ। ग्वाल्लेक धामका ती पबित्र पहाडहरुमा देवताहरु बस्दछन भन्नेमा अद्यापि जनमानस बिश्वस्त छ ।
नेपालका बिसौं हजार गाऊँमध्ये यो गाऊँ पनि एउटा हो । सबै सामान्य गाऊँघरहरुको जस्तो यस गाऊँमा पनि सुख दुख दुबै छ । यहाँका गाउँलेहरु पनि अहोरात्र काममा खट्दछन । यहाँ धनी-गरीब, मोटा-दुब्ला, काला-गोरा, बुढा-तरुना सबै खालका मानिस बस्दछन । जे भए पनि र जो भए पनि सबै एउटै माटोले बनेका हुन ,एउटै माटोमा खेलेका-हुर्केका हुन् । यसैले सबै गाउलेहरु समान समस्या र समान बोली ब्यबहार भएका आम आफन्त हुन् ।
सबै गाऊँघरको जस्तो यहाँ पनि धेरै जना खेतिपाति गर्दछन् , केहि पढदछन र थोरै जना बन्द ब्यापार गर्दछन । केहि यत्र तत्र नौकरी र ज्याला मजदुरी गर्न पनि गएकाछन । बसाइ सराइ गर्नेहरुको संख्या सारै थोरै छ । गएकाहरु पनि बिशेष पर्ब समारोहमा अबश्यै फर्कन्छन । सबै मिलीजुली काम गर्दछन् ।
नेपालका अनेक गाउँ जस्तै मेरो रुबस जन्मभुमी आधुनिक छलप्रपंचबाट टाढा थियो,छ । यो गाउँलाई कर्मयोगी र आधुनिक बोलचालको भाषामा  अशिक्षित पाखे पनि भन्न सकिन्छ होला । उहिले गाउँमा अर्मपर्म पालो पैचो चल्थ्यो । गाउँका अधिकांश आवश्यकता गाउँमै पूरा हुन्थे । मुलत: गाउँमा सामुहिक भावना थियो  । देवतालाइ चढाइवरी बल्ल बारीमा फलेको खान पाइन्थ्यो । गोठमा लौनो बकर्ने भैसी पाल्थे सबैले । त्यही भैसीको दूध, दहि, त कहिले बाक्लो बाक्लो छाँचसंग मकैका रोटी खुब  खाइन्थ्यो । बारिमा गएर कुन मकै मीठो लाग्छ च्याप काट्यो, छोडायो, पोल्यो खायो । भाच्ने समयसम्म दिनहु मकै पोलेर खाने यो क्रम निरन्तर चलिरहन्थ्यो ।
सदरमुकामबाट आउने टाठाबाठा जागिरेहरुको लागी यस्ता सोझा ठाउँ साह्रै ऊर्बर मानिन्थे । सुनेकोछु, मालपोत को काममा होस वा जंगल निरिक्षणको काममा होस, यहाँ आउने कर्मचारीहरुको फुर्तिफार्ति ज्यादै उग्र हुन्थ्यो रे । एक जना जागिरेको पछाडी दस जना ढाक्रेहरु यतिकै पनि गाउमा घुम्न आउथे । यसरि घुम्न आउने कर्मचारि र तिनका आसेपासेहरु लाइ ख्वाउनका लागी गाउलेहरुले खाइनखाइ गहु-चामल,घ्यु-तेलको जोहो मिलाएका हुन्थे । गाउमा यसरि खाना ख्वाउने पालोलाइ वारो भनिन्थ्यो । एकपल्ट त मालपोतको काममा आएका ‘गोर्खाली’कर्मचारि र दोस्रो बिश्वयुद्धताका बर्माको लडाइ बेहोरेर आएका  सिपाहि बाजेका बीचमा ठुलै घम्साघम्सी परेको रहेछ । यसै निहुमा गाउलेहरुले बर्षौसम्म मुद्दा खेप्नु परेका कथाहरु गाऊँमा अझै सुन्न पाइन्छन ।
जिन्दगिको किताबका पुराना पानाहरु पल्टाउदै यि धाराबाहिक बिसंगतिहरुलाइ कहिले काहि साँज-बिहान यिनै पानाहरुमा केरकार गर्दा लाग्दछ,धेरै कुरा पछाडि छुटेकाछन र दुनिया धेरै अगाडी पुगेकोछ । तर सम्झनाहरु सँधै संगै हिडेको हिड्यैछन । जिबनमा आएका समस्याहरुमा समाधान नहुने चक्करको अन्तहिन जालो नै वास्तविक अन्तर्जिबन हो । पद पैसा,सम्मान प्राप्तिकालागी गरिने शक्ति संघर्ष । अस्तित्वको केन्द्रमा रहेको अभावको प्वाल टाल्ने प्रयासमा गरिने यात्रा । पैसा-बिश्वास-सम्मान-सुबिधाको अभाव । मृत्युको अनिवार्यताबोधलाइ छल्ने ब्यर्थका प्रयास । यिनै चक्करहरुमा जिबन झुण्डिएकोछ ।
जे भए पनि एकै चिज समातेर त्यसैमा अडकिनु सम्पुर्ण जिबन होइन । त्यो पट्यारलाग्दो पर्खाइ मात्र हुन सक्दछ । त्यसैले त मानिस अचेल बिश्व डुलन्ता या सार्बत्रिक यायाबर भएकोछ । सम्झनामा देखिएका यिनै डोबहरुमा टेक्दै अक्षरका आँकुरा समातेर जिन्दगीको शिब-सत्य भावनामा पिङ खेल्ने रहर लागेकोछ ।
***

Sunday, February 24, 2019

आफैलाई फर्किहेर्दा

आफैलाई फर्किहेर्दा


आज सम्झनाको सदाबहार मैदानमा फर्केर हेर्दैछु । सबभन्दा पल्लो किनार समयले धमिलो पारेकोछ । समष्टिमा केही पनि प्रष्ट छैन । नियाली हेर्दा  सुन्दर पहाडहरुको बीचमा एउटा गाउँ देखिन्छ । यहाँको हरियो बाताबरणमा चिसो हावा चलीरहेको हुन्छ । हिउँदमा त झन हातखुट्टा कठ्याङ्ग्रिएका हुन्छन् । गाउँका बुढापाकाहरु हुक्का चिलिममा  तमाखु सल्काएर खोक्दै आगो सेक्न घरभित्र चाँडै पसेको पटक्कै राम्रो लाग्दैन् । किनकि त्यसपछि प्राय: भुराभुरीहरुलाइ बाहिर खेल्न दिइदैन ।
घाम पूर्बतिरको डाँडाबाट निस्केर पश्चिमको डाँडामाथि एक छिन थाकेर बसेको जस्तो लाग्छ। अनि बिस्तारै आकासको रंग फेरिन्छ । स्निग्ध धवल, पहेलो, रातो र नीलो नीलो कालो हुँदै अँध्यारो बढदै जान्छ । त्यो भिमकाय डाँडामा चढेर आकाश छुने, घाम रोक्ने र घाम तापेर जाडो भगाउने बिचार आउछ । सायद यहि नै आफनो पहिलो कल्पना हुनु पर्छ  ।
यो सम्झना,समय र कल्पना मिलेर बनेर जीबनको त्रिबेणीबाट नै यो कथा शुरु भएकोछ । समय सुलुसुलु बग्छ । फर्किदैन र निखिदैन। यो प्रबाहमा कुनै पनि मानिसको एकलो अस्तित्व कहाबाट शुरु भै कहा सकिन्छ? ठम्याउन गाह्रो हुँदो रहेछ । मानिसले आफनो थालनि पत्तो पाउन पुर्बबर्तिहरुलाइ पहिल्याउनै पर्ने हुन्छ । आफनो इतिहासको ठेगान भएन भने मानिस चुडिएर उडिरहेको चंगा जस्तो हुन्छ ।
गाऊँको सानो सेरोफेरोबाट बाल-मनले पहिलो उडान गर्दा पारी डाडा माथिको आकाश र धरति जोडने क्षितिजीय रेखा नै अन्तिम गन्तब्य हो जस्तो लाग्दथ्यो । त्यो क्षितिजिय बिन्दुको बिशुद्ध भ्रममा मनोरम स्वप्निल संसार थियो र त्यो भन्दा परको संसार भने अतिब उत्कंठाको बिषय हुन्थ्यो ।
“माथि डाँँडामा हाम्रो खर्क छ।” आमा ऐचेकाडाको खर्कको बर्णन गर्नु हुन्थ्यो। त्यो कल्पनाको अंतिम ऊचाईमा मेरो घर छ भन्ने बोध प्राप्तिको अहमले दुनियाको सबभन्दा ठुलो बादशाह म आफुलाइ संझिन्थे ।
पल्लो डाँडामाथिको हाम्रो भनिएको जमिनमा देखिने गुच्चमुच्च रुखहरुमा उक्लिएर आकाशलाइ छुन सकिन्छ भन्नेमा म ज्यादै बिश्वास गर्दथे । यो तिब्र बिश्वासलाइ पिताजी समक्ष राख्दा उतापट्टी पनि यस्तै अर्को पहाड भएको जानकारि पाएर मेरो कल्पनाले अझ चौडो पाटो भेट्टाएको हुनु पर्दछ । डाँडाको रुखबाट आकाश छुन सकिने वा अदृश्य पल्लोपाखो हेर्ने जिज्ञासाले नै मेरा प्रथम पाइलाहरु घर बाहिर हिड्न हौसिएका हुन् ।
मलाइ पहिलो चोटि यो धरतिमा पाइलो हाल्न सिकाउने मेरा बुबाको अनुहार संझिदा अहिले उनै मार्फत मात्र म यो अनंत सत्तासंग जोडिएको पाउछु ।
अंक गणनाका आधारमा हामी २५ बर्ष मात्र जेठा कान्छा थियौ । बाथको रोगले गाँजिएको  पिताजिको दुब्लो अनुहारमा कहिले पनि उन्मुक्त हाँसो देखेको संझना छैन । यसै गरि कृतिम क्रोधको क्षणिक हप्किदप्कि बाहेक कहिले बासि उदासिपन पनि देखेन । निरन्तरको सौम्य र गंभिर अनुहार। त्यो भंगिमासंग मेरो मर्यादित सानिध्य थियो । भातभान्छामा लुगा फेर्ने प्रचलन रहेकोले मैले उनको अगाडी लुगा नफेरि खानाखाने हिम्मत  कहिले पनि गर्न सकेन ।
सानो छँदा म जिद्दि स्वभावको थिए क्यारे । निरन्तर धुलेचौरमा खेलि रहनु पर्ने,बलजफति नुवाइधोइ गरि दिनु पर्ने चंचले बालक । मलाइ याद आउछ, आमाले यदाकदा नुहाउन थाल्नु भयो भने म रुन्थे । कराउथे । बलजफति नुहाइ दिएको झोकमा फेरि शरिर भरि हिलोधुलो लगाएर तुजुक देखाउथे । आमा च्याँठिनु हुन्थ्यो,पिटनु हुन्थ्यो वा त्यतिकै असरल्ल छोडेर काममा हिडनु हुन्थ्यो । तर पिताजी नजिक भए भने धुलोमैलो कुरा त परै छोडौ, धक फुकाएर रुन पनि सक्दैनथे । एकपल्ट मुखमा हेरेमा बच्चुको बोलति बन्द हुन्थ्यो । यसकारण मलाइ नुहाउनु पर्दा आमाबुबा अकसर संगै हुन्थे ।
भुइतलामा तेबारी र गोठ तथा पहिलो तलामा  बाहिरि कोठा र भित्रि कोठा (मुजेला )गरि दुई कोठाको सामान्य घर थियो । आगन भएर गाइबस्तु बन लैजाने गोहार थियो । छेउमा भाडा धुने , हातखुट्टा पखाल्ने स्थान तोकिएको हुन्थ्यो । बाहिर भित्र मात्र गर्न मिल्ने गरि बनाइएका साङ्गुरो खुुटकुणी उक्लेर पुतला ( घर किनारको भिता )को सानो ढोकाबाट हामी बाहिरी कोठामा पस्थ्यौ । त्यहाँ अनाज पिस्ने जाँतो राखिएको थियो । छेउतिर बारेर सानो पाहुनाकोठा छुट्याएको थियो । मजेलाभित्र पनि  भान्छा र हामि सुत्ने ठाउमा काठको सानो बार थियो । आधा कोठा ढाक्नेगरी खुल्ला थऽणो हालिएको थियो । त्यहा थोत्रा खुद्रा सामान थन्क्याइन्थे । यसमा हामी केटाकेटी मुश्कीलले उक्लिन सक्दथ्यौ । चुलोकोमाथि काठ तेर्स्याएरसानो ’भा:ण’ बनाइएको हुन्थ्यो ।भाणमा बिहान पिस्नु पर्ने गहु मकै वा नसुकेका दाउराहरु सुकाउन राखिन्थ्यो । अनाज राखिने डालाहरुपनि चुलोकै छेउमा हुन्थे । बाँजको दाउराको आगोको रापले कोठा सार्है न्यानो हुन्थ्यो । छानामाथिको एउटा स्लेट पात्थर यताउति हटाउदा मात्र भित्री कोठामा बाहिरको उज्यालो आउथ्यो । यहि आँखीझ्यालको बाटो भान्छाको धुँवा छानामाथि पुत्पताएर आकाशमा बिलीन हुन्थ्यो । गोठमा बाधिएका गाइगोरुको टिनटिने घाँणो सुनेर रात छिप्पिएको थाहा हुन्थ्यो ।
म हिउदको त्यो रात संझिन्छु,जब हाम्रो घरमा बडेमाको एक जना कनफटा जोगि आएको थियो । बस्ने खाने असुबिधा भए पनि हाम्रा घरमा यस्ता जोगी पाहुना आइ रहन्थे । पाहुना बास बस्न आउदा बुबा असाध्यै फुरुङ्गिनु हुन्थ्यो । पाहुना लाग्ने घर लच्छिनको हुन्छ भन्ने धारणामा बा आमा बलियो बिश्वास राख्नु हुन्थ्यो। त्यो साँझ पनि जोगि लाइ बाहिरकै कोठामा सुत्ने ब्यबस्था मिलायौ । तर जोगिले भने जाडो हुने र बिहानै धुनि जगाउने कारण देखाइ चुलोको नजिकमा ओछ्यान मिलाउन लगायो । हामिले त्यसै गरयौ ।त्यो रात पनि भाणमा टन्न मकै सुकाइएका थिए ।
राति हामि सुतेको चाल पाएपछि जोगिले त मकै झोलामा हाल्न थालेछ । मकै बज्न थालेको सुनेपछि आमाले बिस्तारै बुबालाइ’जोगिले मकै चोर्न थालेको’ कुरा बताएकि पनि रहिछन ।तर यसरि जोगिमाथि संका नगर्नु भन्दै यो आवाज जोगिको रुद्राक्षको माला को हुनु पर्दछ भनि बुवाले आमालाइ संझाएका रहेछन । बिहानै आमाले भाणको मकै मात्र हैन , डालोको मकै पनि जोगिले चोरेको कुरा फेरि उठाएकि रहिछन । तर बुबाले नित्य कर्म,न्वाइ धोइ गर्न जोगि बाहिर गएपछि हेरौला भनि खास ध्यान दिएका रहेनछन ।
निदानत: जोगि बिहान झिसमिसेमै बाहिर गयो । उ गए पछि हेर्दा त मकै मात्र हैन ,स-साना भाडाकुडा समेत झोलिझिम्टा टिपेर जोगि नफर्किने गरि टाप ठोकि सकेको पो रहेछ । त्यसपछि यसै बिषयमा बुबा आमाका बिचमा छलफल हुदा मात्र मैले यो कुरा पत्तो पाए । आमा र म तत्काल पिछा गरि जोगि लाइ समात्नु पर्दछ भन्नेमा थियौ । तर बुवाले यस तर्फ कुनै सक्रियता देखाउनु भएन । आमाले वल्लो पल्लो घरको काकाहरुलाइ यो कुरा सुनाएपछि उनिहरु पनि जोगिलाइ खोज्न जानु पर्दछ भन्नेमा निक्कै कसिए । तर बुवाले “”त्यो कमाइमा जोगिको पनि भाग होला, लग्यो, जात जनायो जान दिनोस, केहि नगरौ “” भनि सबैलाइ संझाएर पठाउनु भयो । मेरो बाल मष्तिष्कमा बुवाका ति भनाइ जरो जमाएर बसेकाछन ।
हाम्रो गाउँघर अत्यधिक धर्मभिरु थियो ।धार्मिक रहस्य रोमान्चका घटनाहरु अतिरन्जित बनाएर त्यहा अहिले पनि सुनाइन्छन होला । बिभिन्न भेषमा छलछाम चोरि गर्दै हिडने छद्मभेषिहरुले कति रुप फेरे कति। यस्ता श्वेतबसनिहरु मैले थुप्रै भेटेकोछु । यिनिहरुको वास्तबिक रुप संझेर मुखैमा थुकि दिउ जस्तो मन लाग्दछ । तर सस्तैमा जात जनाए जान दिनु भनि सम्हालिने गर्दछु । यो मेरो कमजोरि पो हो कि भन्ने तर्कना पनि उठ्दछ । तर बुवा को त्यो भनाइको संझनाले मलाइ सधै तिरमिराएको हुन्छ ।
म संग बुबाको जुझारु पनको बाल संझना पनि छ ।
झण्डै एक डेढ घण्टाको बाटोमा पर्ने त्यस बेलाको दुर्गास्थान प्रा बि मा ‘भक्त प्रल्हाद’नाटक चलेको थियो। म भर्खर अंक अक्षर सिक्न थालेको सानो फुच्चे थिए। हामि स-साना केटाकेटि दर्शक दिर्घाको अग्र पंक्तिमा भुइमा बसेका थियौ । नाटक शुरु हुन लाग्दा स्थानिय स्याडी पुजारागाउका’स्वघोषित ठुलाबडाहरु आएर सबभन्दा अगाडी आएर गजधम्म बसि दिएपछि हामि छेकियौ र मंचन नदेख्न सक्ने भयौ । शायद बुबा छेउमै हुनु हुन्थ्यो क्या रे । वहाँले बिरोध जनाउदै उनिहरुलाइ अगाडीबाट हटाउन र छेउ तिर बसाल्न थाल्नु भयो । तर यो सानो घटना हाम्रा र स्याडिका गाउलेहरुको लागि प्रतिष्ठाको प्रश्न बनि दियो । हाम्रा गाउलेहरु हटाउन खोज्ने,अरुहरु त्यो ठाउ न छाडने । एकछिनको घच्चा घमासान पछी उनिहरु नाटक नै नहेरि फर्किए ।
यो घटनामा बुबा अग्रणि भुमिकामा थिए । म भने त्यो घम्साघम्सि पछि डराएर नाटक चलुन्जेल बाबाको काखमा लुटपुटिएर बसि रहे । बाबाले भक्त प्रल्हादका प्रतेक दृश्यबारेमा मलाइ बताउदै गए । न बिराउनु नडराउनु भन्ने ऊपदेस दिदै रहे । घटनाको केहि बर्ष पछि त्यहि स्कुलमा रामलिला नाटक समेत चलेको थिए । ती नाटकमा एक पटक भरत र अर्को पटक  रामको भुमिकामा मैले खेलेको थिए । त्यस पछिका केहि रामलिलामा मैले राम कै पाठ खेले । बाबा भने बारम्बार मलाइ सतर्क गराउनु हुन्थ्यो र सानालाइ नहेप्नु भनि अर्ति दिनु हुन्थ्यो ।
पिताजी  लेख्नमा निरक्षर हुनु हुन्थ्यो । तर एकांकि चिन्तन र जिवनका धपेडीहरुले वहालाइ निक्कै अनुभवी बनाएको थियो । वहाँ भित्र यस्तो प्रज्ञा थियो, जो अन्तस्करणको किताब पढन सक्दथ्यो । बाबाको यो मौलिक बुझाइलाइ मैले सारै नजिक बाट अनुभव गरेकोछु । बुबाले सुनाएका लोक कथाहरु,लोकगाथाहरु,धार्मिक गितहरु,(अइना ,बातै,रतेडा,जागर)हरुको प्रभाव म मा पछि सम्म परीरह्यो । खास गरि खुदोको भाडोमा चोपलिएर पछि कपास राखेको कोठामा लुक्न गएको एउटा चोरलाइ गाउलेहरुले अचंभको जन्तु ठानेर पिजरामा थुनेर राखेको कथा मलाइ खुब मन पर्दथ्यो। म सानो छदा यो कथा बुबालाइ दोहर्याइ तेहर्याइ भन्न लाउथे । कुनै पहाडी राज्य कि राजकुमारि सरु र ग्रामिण गोठालो सामिरको प्रेम कथामा आधारित सरु सामिरका रतेडाको कथाले मलाइ किसोरबयसम्म पछ्याइरह्यो । मौका पाउनासाथ कथा सुन्ने रहर गरेर म संधै वहालाइ पछ्याइ रहन्थे। झिजो नमानि वहा कथा सुनाइ रहनु हुन्थ्यो।
बुबाहरु तिन भाइ हुनु हुन्थ्यो । जेठा बुबा पढन लेखनमा बहुतै कुशल हुनु हुन्थ्यो भन्ने सुनेकोछु । त्यस समयमा लेखपढ गराउने पंडितजिलाइ घरमै राखेर मात्र पढाउने प्रचलन थियो ।सरकारि स्कुल जिल्ला भरिमै थिएनन । नौलाकोट डडेलधुराका कुनै पनेरु पंडितजीलाइ शिक्षकको रुपमा गाउमै बोलाएर जेठा बुबा लगायत आठ दश जना समवयी शिशुहरुलाइ अक्षरारम्भको शुरुवात गरिएको थियो रे ।  स्थानिय कागजमा लेखि ऊतारेका केहि स्थानिय मन्त्र र देवी देवताका श्लोकहरुको आधारमा जेठा बुबा निसंदेह राम्रा जानिफकार थिए भनेर मान्न सकिन्छ । तर केटाकेटि बुद्धि हुदा त्यो संकलन त्यसबेला सुरक्षित राख्न सकिएन । अचेल त्यस्को धङधङी लागी रहन्छ ।
सानै देखि घरधन्दामा लाग्नु परेको हुदा बुवाले पनेरु पंडितजी र आफ्नै जेठादाइको संगत त खुब पाउनु भयो । तर लेखापडी सिक्नु भएन । लाग्दथ्यो,पढन नपाएको पछुतो वहाँमा जीवन भर बाँकि रह्यो । यसैमा पनि जेठा बुबा बालबैरागि बनेर घरबार छोडी बेपता हुनु भयो । ति सक्रिय नौजवानको पलायनले हाम्रो संयुक्त परिवारमा निरासाको नयाँ भुकंप आएको हुनुपर्दछ । मेरा परबाजे स्व:नन्दप्रसाद स्वयं ब्रह्मनिष्ट भै अलग्गै आश्रम बनाएर बस्दा बस्दै ब्रह्मलिन हुनु भएको थियो । बाजेले पनि प्रौढ जिवनमा प्रबेश गरे पछि जोगीकै भेषमा बसेर बैरागि जिवन रोज्नु भएको थियो । बुबा सानै देखि बाथको बिमारि हुनु हुन्थ्यो । फलत:हालिमुहालि काकामा रहनु स्वाभाविक थियो । कमजोर स्वास्थ्यले बाबालाइ अत्यधिक सहनशील बनाएको थियो । उनले आफुलाइ जस्तो पाए त्यस्तै स्विकारे, इच्छा गरेको कहिले पनि खोजेनन । वहाँलाइ डाडाको शिखर हल्लाउन सक्ने,शिला खण्ड खेलाउन सक्नेजस्ता अचंभका चमत्कार देखाउन सक्ने अदृश्य शक्तिहरुको न्याय बिधानमा बिश्वास (Miracle Generating faith) थियो र आफनो समस्या सुल्झिइ स्थिति बदलिनेमा निक्कै आश्वस्त देखिनु हुन्थ्यो ।
आतिबृष्टि,अनाबृष्टि,आँधिबेहरि,असिना,बाढि पहिरो वा रोग ब्याधिका घटनामा वहाँ ग्वाल्लेकतिर फर्केर एक्लै गुनगुनाएर हात जोडी बसेको देखेकोछु । यस्तोमा प्रार्थना गर्नु र पर्खनु बाहेक अर्को ऊपचार पनि थिएन । बाबाको प्रार्थनाको प्रतिक्रियामा ति शैल शिखरहरु चुपचाप रहे जस्ता लाग्दथे । तर जसै डाडामाथि आशा र बिश्वासका सपनाहरु बोकेर घामको पहिलो झुल्का वा बादलको पहिलो लहरो आइपुग्दथ्यो, बाबाको अनुहारमा स्मित हास्य पलाउथ्यो ।  वहाँ टोपि फुकालेर ग्वाल्लेकलाइ ढोग्नु हुन्थ्यो । घाम पानि लाग्ने जस्ता प्राकृतिक घटनाहरुमा समेत वहाँका आफ्नै अडकल अनुमान हुन्थे । घनघस्स्याको बाटो आएको बादलले असिना पनि ल्याउछ, वहा हामिलाइ अनुभव पनि सुनाउनु हुन्थ्यो । ईश्वरीय न्यायमा मलाई पनि बिश्वास लाग्छ । अन्ध बिश्वासका बैशाखी टेकेर मैले कहिल्यै हिडन सिकििएन । मैले सुनामका समृद्धिलाइ पनि थन्क्याउन सकिन, दुर्नामले लखेटिएर कुंजो हुन पनि जानेन । यस अर्थमा म परिबर्तनशील समयको बर्तमान इतिहास हुँ र बिगतले नछोएको स्वयंभु पनि हुँ । जेहोस इतिहासमा प्रोत्साहित हुने तत्व पनिहुन्छ, दुरुत्साहित हुने पनि । तर यसले न हुनामि रोक्छ न सुनामि नै ।
यसैले हाम्रा ति घर आगनहरु ढुंगा र माटोको जोरजाम मात्र थिएनन  मेरालागि तिनिहरु इतिहास पनि हुन । यिनले बाबुबाजेका पुराना कथा भनिरहेका हुन्छन । यसै गरि आकाश र धर्ति जोड्ने क्षितिजिय यथार्थ मेरो घर पारि पट्टिको ऐचेकाँडा डाडामा थियो,जहा हाम्रो खर्क छ । त्यो मनोरम दृश्य एउटा स्वप्निल भ्रम थियो । हाम्रो बारिमा रहेको मेलको रुखमा चढेर आकाश छुन सकिनेमा म बिश्वस्त थिए । यहि नै मेरो कल्पनाका पहिलो पाइलो थियो । लाग्छ ,  धरति जस्ती आमा र आकाश जस्ता बुवा को म योगात्मक परिणति हुँ र क्षितिजीय भ्रम जस्तो भएर जिबन बाची रहेको छु । जठराग्नि शान्त गर्ने पर्तिधन्दा, आजको निम्ति बाचने र भोलिको हत्या गर्ने अन्तहिन क्रम, असांस्कृतिक निरुद्देश्य घुमाइ, ऊच्चाटिलो सेरो फेरो र नजानेर ठगिइएको जिबन । यहि रुमानि कल्पनामा जिबित हुनु भनेको पनि भ्रम जस्तै लाग्दैछ ।
कहिलेकाहि म यस्तो पनि सोच्दछु-उर्बर जमिनमा उम्रिन नपाएको म एक शुन्य हु । शुन्य भित्रको स्तब्धता हाहाकार जस्तै भयंकर हुन्छ । त्यसै कारण मैले लख काटेर च्याखे दाउ थाप्ने राजनिति कहिले पनि जानेन, मात्र मुढे बल लगाएर स्वाध्ययनमा लागीरहे । घुसघुसेहरुबाट खेप्नु परेको गालि वा चेपारेहरुबाट झेल्नु परेको आलोचनामा म कहिले पनि अलमलिएन । वास्तवमा म जमाना हेरेर बदलिन नजान्ने बबुरो नै त हुँ ।
आफै भएर नसोचने संस्कार र अन्धबिस्वासले हुर्काएको निष्ठाले दिग्भ्रमित बनाएकोले म समयको राम्रो उपयोग गर्न जान्ने आँटी अवश्य होइन । न बाल्यकालको चकचके जिवन संग लुटपुटिए,न युबाबस्थाको डरभर रहित जोसिलो स्वच्छन्द र रंगिन जिवनको अनुभव बटुले । उमेर अनुसारको जिबन भोग्नै नपाइ संधै एक तहमाथिको जिवन बांचेर  किनारा लाग्दैछु जस्तो लाग्दछ । हो त ,केटाकटीछदै तन्नेरि भइयो । तन्नेरि हुदा एकै चोटी अभिभावक बन्नु पर्नेभयो । तर घरको निम्ति कहले बोझ भइन , घर मेरो निम्ति जेल भएन । र म अहिले नजानिकनै सुशिल र भद्र मानिसमा गनिन पुगेकोछु ।

मलाइ याद छ,हाम्रो चिमिर्खाको खेतमा गहु पाक्ने बेला दुम्सि धपाउन राति कुर्नु पर्ने हाम्रो पालो थियो। बुबा राति खेतमा जाने भनेपछि मपनि जिद्दि गरेर वहासंगै बालि कुर्न गए। खेत किनारको बाँजको ठुठो रुखमाथि सानो मचान बनाइएको थियो। मुश्किलले एकजना बस्न मिल्ने त्यो मचानमा मैले बुबाको काखमा बसिराखनु बाहेक अर्को बिकल्प थिएन । त्यसैमा पनि हामि चुप लाग्नासाथ खेतका छेउछाउ जंगलि जनावरका आवाजहरु आउन थालिहाल्थे । रातभरि वल्लो किनार पल्लो किनार कुदिरहनु पर्ने, कराइ रहनु पर्ने । न सुत्न पाए न बुबासंग कुनै कुने कुरा गर्ने मौका नै मिल्यो । थरि थरिका आवाजहरुले रातभरि तर्साइ रहे । त्यो रात मेरो निम्ति संधैका लगि हाउगुजि भयो । पछि सम्म पनि मैले जिद्दी गरे भने बुवा त्यसै रातिको घटना संझाएर मलाइ रोक्नु हुन्थ्यो ।
शायद२२।२४सालतिर म कक्षा१।२मा पढदाको कुरा हुनु पर्दछ । अनिकाल परेर गाउमा बेसाहा नपाइने भयो । अमेरिकाबाट सहयोग स्वरुप प्राप्त भएको भनिएको मकै जुलाघाटमा आइपुगेको खबर सुने पछि बुबा समेत हाम्रा गाउका थुप्रै मानिसले त्यहा जाने निधो गरे । म पनि यसै जत्थासंग पहिलो चोटि गाउ बाहिर झुलाघाटसम्म पुगे । ओ हो कति मानिस,कति ठुला घरहरु र बाख्राजस्तो खुरुरु बाटै बाटो हिडने गाडिहरु । म असाध्यै रमाएको थिए । तर बिभिन्न गाउबाट आएका मानिसहरुको घुइचोले गर्दा राक्षसका दाह्राजस्ता ति बिदेसि मकै समेत नपाएपछि हाम्रो गाउले टोलि असाध्यै निरास भएको थियो । राती पारि भारत पट्टीको एउटा पसलको भुइ तलाको फोहरि गोदाममा हामी २०।२२ जना लहरै सुतेका थियौ । रात भरि सबैले आआफ्ना कथाब्यथा एकअर्कालाइ सुनाए । म भने चुपचाप सुतेको बहानामा कुरा सुनि रहे । अरु को को थिए,कस्ले के भनेका थिए, याद छैन । तर बुबाले भने मलाइ सुमसुम्याउदै ” यो नजन्मेको भए यहि कालिमा हाम फाल्ने वा यहिबाटै कतै लाग्ने थिए ।” भनेर आफनो दुखेसो पोखेका थिए । दोस्रो दिन बुवा कतै हराउने पो हुन कि भन्ने डर लागि रह्यो र एकछिन पनि मैले वहाँलाइ छोडेन । कैयौसंग अनुनय बिनयगर्दा समेत पनि ८।१०किलो मकै मात्र पायौ । निरास हतास बुबाछोरा झुलाघाटबाट घर फर्कदा म मा अनायासै प्रौढता आइसकेको थियो । यसपछि मैले कहिले पनि आपनो निजि मागका बारेमा कुरै गरेन । उनले जे दिए त्यसैलाइ सहर्ष स्विकार गरे, त्यहि मेरो लागि अमृत साबित भयो । झुलाघाटको पहिलो दिनको त्यो अनुभुतिले अहिले पनि मलाइ घचघच्याइरहन्छ । यि भावनाहरुलाइ लिपिबद्ध गरेमा यो छुट्टै ग्रन्थ बन्न सक्दछ । जेहोस,ठुलठला घटना नै संझन योग्य हुन्छन भन्नेछैन।यदाकदा ससाना घटना समेत मनको मझेरिमा स्थायि बास बसि दिन्छन ।
वास्तबमा बाबाले बिताएका ति दिनहरु अत्यन्तै दुर्दान्त,दुरुह र दुखजिला थिए । खाने मुख धेरै कमाउने नास्ति । साँझ पर्नासाथ बैकर र बेसाहा खोज्न मैलो चादर ओडेर गाउ तिर निक्लिनु हुन्थ्यो ।  १।२ नालि मकै, गहु वा जौ बोकेर राति फर्कनु हुन्थ्यो । अनाज भएकावालाहरु समेत राति अरुले थाहा नपाउने गरिमात्र अन्न बेच्ने गर्दथे । थोरै पिठोमा धेरै साग मिसाइ पानि हालेर पकाइने फाँणो अकाल टार्ने प्रमुख मेसो रहेको मलाइ संझना छ । तर बुवाले पकाएर दिएको जे पनि मिठो हुन्थ्यो । तिहुन नभएको दिन पानिमा मसला नुन हालि भुटेर दियो भने पनि हामि खुब मिठो मानेर खाने गर्दथ्यौ ।
त्यहि बर्ष चैत्रको अन्तिम साता हुनु पर्दछ, बारिमा भरखर जौ बालि पहेला हुन थालेका थिए । पाक्नै लागेको बालि लाइ आगोमा पोलेर औखलमा कुटि नुन मसाला हालि खाजा बनाइने प्रचलन थियो । यसरि जौ बाट कुमास, गहुबाट उमा र धानबाट सिरौला बनाइन्छन । हामिले पनि आम प्रचलन अनुरुप कुमास बनायौ,खायौ । नयाँ बालि चाखेको दिन किसानको घरमा त्यसै पनि रमाइलो ऊत्सब हुन्छ । दुर्भिक्षका दिन गएकोमा खुसि हुने नै भयो । तर राति देखि नै पेट दुखेर बुवा दोस्रो दिन सिकिस्त हुनु भयो । बान्ता हुने र पेट चल्ने । बोल्नै नसक्ने गरि कमजोर भए पछि वल्लापल्ला घरका आफन्तहरु संगै जति मुख त्यति कुरा पनि आउन थाले  ।
एक साँझ घरको  एककुनामा गाउले महिलाहरु सानो स्वरमा खुसफुस कुरा गर्दै थिए । मैले नजिकै गएर कुरा सुन्ने प्रयास गरें । उनिहरु बुवा नबांच्ने अडकल लाउदै थिए ।
“ खाना नपाइ सुकेको पेटमा नयाँ गहुँ जौंका उमा कुमास जथाभाबि खाएका होलान ।” काकीले निर्क्यौल सुनाइन ।
“ च्च.. च्च.. , करऽ जसा  केटाकेटीहरुले अब अझ दुख पाउने भए । “  छिमेकी बुढी बज्यैले गोहीका आँसु चुहाइन ।
“ भाग्यमा जे लेख्याछ , त्यहि होला नि । कसले के गर्न सक्ने हो र यस्तोमा । ” कसैको सहानुभुतिपुर्ण स्वर सुनियो । “ल, याँको  माटिले के सोचेका रहेछन, इष्ट देवता दाहिना रहुन् । ” अर्की बज्यैले यो कोण सभा बिसर्जन गरिन । म बच्चा थिए, मेरो वास्ता कसैले गरेन । त्यस  दिन म गोठमा गएर एक्लै खुब रोए । रात परेपछि एक्लै चौराको देवस्थानमा गै भक्कानिएर प्रार्थना गर्न थाले। बाल हृदयको प्रार्थना ईश्वरले चाँडै सुन्दा रहेछन ।  फर्केर घरमा आउदा अपेक्षाकृत संचो मानेर बुवा बसि राखेका थिए। क्रमस: उनि ठिक हुदै आए । भगवानले हाम्रो परिवारलाइ बिच्छृंखल हुनबाट बचाए ।
त्यहि बर्ष दुहुनो तारे भैसी कुन्नी के रोग लागेर मरेको थियो । गाईबस्तु पारिवारिक सदस्य जस्तै थिए । मरेको भैंसीलाई घिसारेर बाहिर लगियो । हामीहरु भित्र बसेर रुन थाल्यौ । त्यो दिन साँझको खाना खाने मन भएन कसैलाइ पनि । बुवाले सम्झाउनु भयो ।
” यो बर्ष अदीन थिए । गोठ या पाँण , जहाँ भए पनि एक परानीको क्षति हुने भनेका थिए ज्योतिषिले । मलाइ लैजान खोजेका थिए । सकेनन । त्यति राम्रो हाम्रो भैसी गयो । मलाइ केही बर्ष खान लेखेको रहेछ । म बाँचे । अब यस्ता दुखका दिन नआउलान् । किन रोएर भोको बस्छौ, सबै खुशी भएर मसितै खाना खान आउ । “
नभन्दै बिपति टरेको ठानेर हामीले ती दुर्दिन बिर्सियौ ।
यस्तै खुटकिलाहरुका माध्यमबाट शुरु भएका छन, मेरा कथा ब्यथा  । त्यो बात्सल्य,त्यो बालापन र ति बिशेष परिस्थीतिहरु मेरा लागि अहिले दुरदेशका कथा बनेकाछन । मेरो गाउ अचेल मेरैलागि बिरानो बन्दैछ । म त्यहा जन्मि हुर्केको मानिस को को संग लडदै भिडदै कहाको रैथाने कहलिए ? यसरि नै अमुक ब्यक्तिको, ठाउको,र राष्टको इतिहास बन्दछ होला । यसरि नै नित नया सभ्यताको जन्म हुन्छ होला । सोच्यो भने लाग्दछ,एउटा नाममा परिचय पाएका हामि मानब मात्र हौ । हामि अनुमानित बुदा जोडेर संस्कारोचित मर्यादा अनुकुल आफु परिभाषित हुन खोजीरहेकाछौ । यथार्थ के हो भने मेची माहाकाली फाटमा फैलिएको मेरो घुम्मकडपन मात्रै मेरो परिचय नहुन सक्दछ।
बाल-बयमा प्राप्त भएको  परिवेशले मलाइ कल्पनाशील र भावुक बनाएको होला । देवताका कथाहरु रस लिएर सुन्ने बानि सानैदेखि थियो। हाम्रा देवता के गर्दा रिसाउछन ? र के गर्दा खुशी हुन्छन? यसको मेसो खोज्न कल्पनाकै सहारा लिनु पर्दथ्यो । ज्यादै संबेदनशील र अपठ्यारा समस्यामा समेत सप्पै भारि देवतामै बिसाएर ढुक्कसंग सुत्न सक्ने पिताजीको आशाबादी दृष्टिकोणको सोझो असर म माथि परेकोछ ।
कलियुगको प्रसंग आउदा गाउका बुढापाकाहरुमा चल्ने चर्चाको अझै पनि संझना छ। ऊनीहरु भन्थे, कलीले सम्पुर्ण पाउ धरतिमा हालेपछि ग्वाल्लेक धुरामा रोपाइ हुनेछ, दुबोको छायामा सुत्ने र गुबोको रुखमा चढने मानिस जन्मनेछन--आदि आदि । यी मिथकहरुले संकेत गरे जस्तै गुलिभरका लिलिपुटहरु ग्वाल्लेकमा कहिले सम्म देखिएलान, मलाइ थाहा छैन । तर डाडाँकाँडामा रोपाइ लगाउने दिन धेरै टाढा छैन जस्तो लाग्दछ। पबित्र पहाडहरुमा अचेल बिबाद, बिषाद,हतियार, भिडन्त र रगतका कथा सुनिन थालेकाले आस्थाको बिचलनबाट भासिदै गएको बरद धरतिको माटो कुन कालो समुद्रमा बिलिन हुने होला ? यहि चिन्ता लागी रहन्छ ।

Thursday, February 21, 2019

बिर्सन नसकिने तिमीलाइ !

बिर्सन नसकिने तिमीलाइ !
====


उहिलेदेखि अहिलेसम्म
कुनै प्रतिक्षित बटुवा जस्तो
बेला कुबेला उन्मादी उराठिला दिन आउछन्,
अनायासै नसम्झौ भन्दा पनि
सम्झी रहेको हुन्छु तिमीलाई ।
बिर्सनै नसकिने तिमीलाई ।।
मीठो गरि मुस्कुराउथ्यौ,
स्वादिला कुरा गर्थ्यौ र
सदैब मेरै प्रतिक्षामा पो हुन्छ्यौ कि?
जस्तो लागि रहन्थ्यौ ।
तर दुनिया बैरी बन्दै गयो,
कुरौटेहरुले काम पाए,
कसैले आँखा तरे, कसैले मजाक उडाए ।
अवसरका कुरा सम्झिए,
षडयन्त्र संग डराए ।
एकान्तमा रोएर म छुट्टिए ।
त्यसबेलाको
जातपात कुलघरान, इज्जत हैसियतका अगाडी
मैले आत्मसमर्पण गरे ।
कमाइ थिएन,
कतै घर घडेरी थिएन ।
आफनो स्तरको आफै अबमुल्यांकन गरे,
हामी लुकेरै श्वास गनीरह्यौ ।
आज लामो बर्षपछि पनि
बेकार लागि रहेकाछन
ती सोचहरु
र सम्झीरहेकोछु तिमीलाइ
सबैभन्दा अभाव खटकीरहेको  तिमी
सिर्फ तिमी
यादमा आउछ्यौ र सझिएकोछु तिमीलाइ ।
कहिले बिर्सन नसकिने तिमीलाइ ।
अपरिचित बटुवा जस्तै
न टारिने नियति जस्तै ।
मतिर आँखा सन्काउदै
तिमीले गाएको गीतको बोल
" यो ठिटोको फाटेको जाङिया
जङ्याभित्र लुकेको लामकान्या " ले
कुतकुति लगाएको पहिलो न्यानो स्पर्श ।
बाटो हिडदा पनि कुइनेटामा भेटिने
तिम्रो जब्बर प्रेम।
हरिया बारीमा फुलेको फलेको
हाम्रो बैसालु मन ।
लाग्छ,
ती घुम्तिहरुमा
त्यसै गरि बसी रहेका होलान ।
र मन  अझै बैसमा बसे जस्तो लाग्छ ।
नत्र भने
अहिलेको बासी जिन्दगीको
फाटेका गोजी भित्र
ती निर्दयी निर्मोही सम्झना यादहरु
एकान्तमा उग्राउन मात्र
ढुकी रहेका हुन्छन ।
कहिले भुु्ल्न्न नसकिने तिमीलाइ ।।