Sunday, April 7, 2019

डायरी बोल्छ-२ ( अर्को अध्याय नौकरीको )

नौकरीको अर्को अध्याय

अर्को दौडको शुरुवात


  नौकरी पेशामा लाग्नुु नै पर्ने बाध्यता बनेपछि प्रारंभिक दौडमा यत्रतत्र चाहार्दै काठमाण्डुदेखि डडेलधुरासम्म ५ बर्ष पुरै बिताइएछ । यो पाँच बर्षमा सातवटा मुकाम फेेरिए । सडक डिभिजन-जावलाखेल र सानोगौचर, सहकारी प्रशिक्षण केन्द्र,-धोबीघाट, कृषि बिकास बैंक- डडेलधुरा , सहकारी संस्था-राई र जोगबुडा तथा भागेश्वर ग्रामसमिति, बोकटा । ०३६ आषाढमा आर्थिक बर्ष सकिएसंगै लेखापरिक्षण गराई हिसाबकिताब बुझाएर भाद्र महिनामा बोकटाबाट बिदाई लिए ।

पारीवारिक समस्याहरु

  बिशुद्ध ढाक्रे बनेर ०३६ भाद्र ९ गते घर पुगे । पत्नीको मुख सुनिएको र नवजात पुत्र ख्याउटिएको देखेपछि खिन्न मन भयो ।  सशुरालीबाट सासू भेटन आउदा यसै बिषयमा बोलाबोल भएको रहेछ । म भने बुवाको निषेधाज्ञाका बाबजुद बैतडी गए । कुरा बुझे । धेरै बुझेर के गर्नु थियो र । कमजोरि मेरो थियो । बैतडी सदरमुकामबाट श्रीमतीका लागि सुनको मुद्री र चाँदीको पयडा बनाइ दिए । घरमा  सपत्निक भएर मन्दिर गयौ, पाठ पढायौ । दुर्गास्थान गै उसैकोलागी नयाँ कपडा हाले । मट्टितेल किनेर ल्याए । काचो गोरसले दिपक बिमार भएको कोहि बताउथे भने कोहि गाइको गोरसको कारण भन्थे । म दिक्दार मानेर सुनी बस्थे । मध्यममार्ग खोज्थे । हामी श्रीमान श्रीमतीलाई पनि बच्चाको स्याहार बारे खासै थाहा थिएन ।
  ८ भदौ गोराको ठूलो खेल थियो । १३ गते काकीले आठौ सन्तानको रुपमा पाँचौ भाइ जन्माइन् । २१ गते मेरो मावलपट्टिका बाजे समेत भेटन आए । त्यसै त कमजोर, गोरा पर्बमा श्रीमति झन व्रत बस्न थालिन । म चिढिएरै दार्चुलातिर हिडे । झुलाघाटबाट बच्चाका लागि थप कपडा पठाइ दिए । मायालु को माया र सन्ततिको स्नेह बोकेर भारतको बाटो दार्चुला पुगियो २३ गते । रु ६/- तिरी खाना खाए । १०/- तिरे कोठा भाडाको । रोइ रहन मन लाग्यो ।

दार्चुलातिरको नयाँ शुरुवात

  दार्चुलाको जिल्ला प्रशासन कार्यालय गन्तव्य तोकिएको थियो । तर सरकारी नौकरीतर्फ को यो पहिलो यात्रामा पनि अर्कैै संयोग जुरेको रहेछ । अफिस पुगेपछि मात्र थाहा पाए, मेरो पदस्थापन त उत्तरी सीमा प्रशासन व्यासमा पो भैैसकेछ । केही चलाक मित्रहरुले आफुु अनुकुल हुने दाउ हानिसकेका रहेछन् । झण्डैै सय किलोमिटर टाढाको छांग्रुमा ६ महिना र खलंगामा जाडोको ६ महिना कार्यालय खोल्नुपर्ने प्रचलन रहेछ । झन माथि ब्यास जानुपर्ने गरि दरबन्दि पारेको जानकारी पाएपछि त फेरी बैकतिरै जाउ कि जस्तो पनि लाग्यो । उता कृषिबिकास बैंकले पनि बाजुरामा सिफारिस गरेको खवर  पाएको थिए । साथीहरुसंग सल्लाह गरे । बाजुरा र ब्यास उस्तै उस्तै लाग्यो । नियतिले यसपालि हिमालयकै हावा खान खटाएको मानेर चित्त बुझाए । राष्टिय बाणिज्य बैकका मैनेजर सर्बजित साउदको सल्लाह मागे । उनले बैंक भन्दा सरकारी नौकरी नै राम्रो हुने बताए । हाम्रैतिर घर भएका लेखापाल मानसिंहजीको डेरामा बसाइ सारे ।
  जता पनि नाङा डाडा देखिने नयाँ ठाउ बिरानो लाग्यो ।  सिमा प्रशासन शाखामामा जानै पर्ने भएको हुदा ब्यासबाट खलंगा आउने भएका सिमा प्रशासन अधिकृतलाई पर्खि बसे ।  उनले हाजिर भएको मितिदेखि तलब भत्ता खाने गरि नियुक्ति दिने आदेश लेखी दिए र आफु काठमाणडौ लागे । ब्यासमा एक जना मुखिया मात्र अफिस कुरुवा बस्नु भएको रहेछ । त्यहाँ हाजिर हुन जान ३ दिन हिडनु पर्ने थियो । म न माथि न तल हुने गरि झुन्डि रहे । केही दिन सारै तनावमा बिताए । २८ भाद्रमा टिङ्करको सिमा प्रशासन कार्यालयमा मेरो बारे निर्णय भएको पत्र पठाए । असौजमा कार्यालय नै तल खलंगामा सर्ने भएकोले म आफू भने बैतडी फिर्ता भए ।

घरको टाँजोपाँजो

   उकु बाकुको लामो बाटो  दुइटा केरा खाएको भरमा सेरा हुँदै राति ७ बजे ससुरालि पुगे । दुई दिनको बाटो एकै दिनमा कुदिएछ । दोस्रो दिन राति घर त पुगे, तर सबै ऐचेकाणा खर्क रहेछन । स्वासै न फेरी डरै डर राति खर्क गए । बल्ल पत्नी खुशी भइन रे । संगै बस्यौ, सुखदुख साट्यौ । शायद यहि खुशिका कारण म यसरी ज्यानको मायामारी कुदेको थिए । यत्रो बिदि दौडधुप गरेको थिए । कता कता के यो सब मायाजाल नै हो त । म अल्झिदै गए । हिमाल हेरी ऐचेकाणाको डाडाबाट आफै संग प्रश्न गरिरहे । सानो भाइ कृष्ण बिमार  भएको रहेछ । परिवार भित्र साना कु्रामा पनि बिबाद हुन थालेको थियो । खर्कको बसाई यतिकै बितायौ।
७ असौजमा घटस्थापना थियो । तर बिरान बनमा कुनै रौनक आएन । बरु अर्काको गजालबाट घाँस काटेको भनेर आफनै श्रीमतिलाइ हकारे  । कृष्णले दिपकलाई गाली गरेको भनेर उनी पनि झन बाझ्न थालिन । दिनभरीै अरलो भयो । भोकै सुतियो । यसरी मेरो काम खर्कमा बसेर दिपक खेलाउने मात्र हुन गयो फाल्तु जोकर बनेर ।  यो दशैं नजाने कुन दशा बोकेर आएको रहेछ । अष्टमीको दिन बुवा पाटनको जाँत हेर्न गए, म देहिमान्डौको चौसठ्ठीको जाँत । पुजारागाऊको लामो बाटो राति सोझै खर्क उक्लिए । ज्वरो आएको भनेर पत्नी पनि गुम्सिएर बसेकी थिइन् । अरु कोहि थिएन ।
  बिजयादशमी भए पनि यो खर्कमा के नै हुन्थ्यो र ? खाली किचलो भयो । म दिन बिताउन मात्र सेली बाग्गोठतिर घुमेर आए । आजै खर्कबाट गाइगोरु मूलगाउँ सुर्कालमा सार्ने साइत । बेलुका सबै तामझाम बोकेरै सारिए । दुर्भाग्यबस  दही जमाउने काठको भाँणो र ठुलो कराहि उतै छोडेएछन । आमालाई के निहु पाउ कनिका बुकाउ भैहाल्यो । यसै निहुमा रडाको भयो । उनी भोकै सुति र बिहानै माइत जाने धम्की दिन थालीन । दोस्रो दिन एकादशीहुदा आमा बा त व्रत बसे । म घट्ट गै पिठो पिसेर ल्याए । पकाएर भाइ र छोरालाई ख्वाए ।
  जे होस खर्कका छुटपुट काम सिद्यायौ । केही दिन त नुन नभएर निस्तै खाना खायौ । चतुर्दशी छलेर कोजाग्रतको साइतमा निक्लने बिचार गरेकै थिए । यो बीचमा बुवासंग केही भन्नू नपरोस जस्तो लागेको थियो । तर उनले आफै कुरा निकालि छाडे । मैले मनाउन सकिन नै । बुहारीसंगै गए पनि नातिलाई कतै लैजान नदिने कुरा बताए । मलाई भोली दार्चुला जानै पर्ने बाध्यता थियो । अफिस नै नपुगी नियुक्ती नै नलिइ फर्केको थिए ।

परिवारलाई संगै लैजाँदा

  तै बिहान पाँच बजे नै घरबाट निक्लने अठोट गरियो । दीपकका रातिका थाङने लुगा छतमा राख्यौ । सामान्य दुई ससाना कुटुरा बोक्यौ । संगै निक्लिदा होहल्ला हुने आसंका थियो । सकेसम्म संगै नआउने भनेर सम्झाएको थिए । लोर्खा गजालको बाटो गाज्जो काटेकै थिएन । शीत बाँकी थियो । झ्याउकिरी कराउदै थिए । उदास मन लिएर बुवा आमा र घरलाई ढोके । ग्वाल्लेक तिर हात जोडे । म निक्लिए ।
  पदमपुरमा पर्खिएको थिए । दिपक बोकेर हुत्तिदै उनी पनि आइपुगीन् । बिबसता बुझि रहेको थिए । तर मेरो बिबसता कसैले बुझिरहेको जस्तो लागेन । शाहिलेकसम्म देउलाका नारायन काकाले सघाए । दिपकलाई श्रीमतिले नै बोकिन । माइत भुलगाउ जाने पिपल चौतारोमा छोडदा  डाँको छोडेर रुन थालीन् । किन किन, दिपक टुलु टुलु हेरेर मुस्कुराउन थाल्यो । मैले पनि रुवाइ रोक्न सकिन । आँसु पुछदै बिदा भए । उनी माइततर्फको ओरालो लागिन ।
  म सोझै झुलाघाट झरे । राति पिथौरागढ आनंद होटेलको कोठा नं २२ मा । तर नाम आनंद भन्देैमा के आनंद हुन्थ्यो र? छटपटिएर रात काटे । आनन्द, सुख, सन्तोक केलाई भन्ने? बिचारणिय प्रश्न थिए । नौकरी नै सुनिश्चित नभएको आधाबाटोको जात्रा पुरागर्न पट्टि लागे । दोस्रो दिन धारचुला हुँदै दार्चुला पुगे ।

नयाँ नौकरी, नयाँ परीबेश


  यहाँ नयाँ नियुक्ति लिने लगायतका थुप्रै काम थिए । यसका लागि हिमालय क्षेत्र ब्यासतिर जानुपर्ने बाध्यता थियो । यसै जोरजाममा लागे । ०३६ असौज २३ गते जिबनको अहिलेसम्म कै सबभन्दा लामो र सब भन्दा बिकट उत्तरापन्थको यात्रामा हिडियो । सहयात्री बन्यौ - म र हरीदत्त २ खरिदार, मुखिया, पियन, जुनियर हेल्थवर्कर, हवल्दार र कन्सटेबल । जम्मा ७ जना । दार्चुलाको उत्तरी सीमा प्रशासनमा खटिएको सरकारी टोली ।
श्रीभावर, बडुगाँव, स्याकु, हुति, सुनसेरा, राप्ला, दुमलिङ,थिँ ,निगु, बुदि, छियालेक, गर्ब्याङ, सितापुल जस्ता कैयौ स्थान छिचोल्न पुरै तिनदिन लाग्यो ।विहान साढे चार बजे अँध्यारोमै उठिन्थ्यो । कहिले त राति आठ बजेसम्म हिडिन्थ्यो । बिकट भिर, निपट जंगल, बाँदर लोटने बाटो, सुनसान बस्ति, तिंकर घोरेटो काटने काममा खटिएका ज्यामीहरु बसेका ओढार, यात्रा दुष्कर थियो । यात्रि हौसलावान थियौ । र पो महाकालीको किनारै किनार बुदिबाट प्रबेशाज्ञा बेगर भारत प्रबेश गरि सितापुलबाट सुटुक्क नेपालको छांगरु पुग्यौ । यो कालापानी पुग्ने नेपालको निकटतमबस्ती थियो । यहि थियो सीमा प्रशासन कार्यालय । मेरो जागिरे थलो । यो मेरो पाँचदिने महायात्रा थियो ।
  आगनमै हिमालय । याकका बथान । सौकाहरुको भावभुमी । कालिदासको मेघदुत लगेको थिए । थकित शरीर र आल्हादित मनले आद्योपान्त किताब पढिरहे । साथिहरुले सबै जुगाडबाजी मिलाए । रु १५०/- मा भ्याङ्कर भनिने सिङ्गै तिब्बतियन खसी पाइने । च्याक्ति भनिने मत्ताउने घरेलु मदिराको छेलोखेलो । गोर्खाली जागिरेको चल्तिको खान्गी नै यहि हुन्थ्यो । काम गराइ यस्तो थियो कि गत महिनाको निर्णयको आधारमा आफुले आफुलाइ नै नियुक्तिपत्र दिए । निमित्त हाकिम बनेर । नियुक्ति पहिला लिने कि निमित्त हाकिम पहिला बन्ने प्रश्नमा पहिलो निर्णय गरेर  एउटा अर्को जागिरको श्रीगणेश गरिएको थियो ।
  मेसको सहभोज चलाएकाछौ । खाँदिएर सुत्छौ । मन लागे जति तास खेल्छौ । कसैसंग वा भनौ शेष दुनियासंग सम्पर्क छैन । रेडियो समेत सपष्ट सुनिदैन । एउटो मायावी संसार थियो यो पनि । भाग्यमा यस्तै लेखिएको रहेछ र पो ।
  नेपालपट्टि बडो बिकट बाटो थियो । बाटोको दु:ख ब्यास पुगेपछि बिर्सिने रहेछ । हिउँका सेता चुुचुराहरु मुनिका कहालिलाग्दा लेकहरु । तल बेसीमा जता हेर्यो त्यतै राम्रो लाग्ने फूूलका मैदानहरु । नेपाल यति विशाल छ र यहाँ विभिन्न भाषा-उपभाषा, संस्कृति- उपसंस्कृतिहरु भए पनि एक अर्काको हृदयको भाषा सबै नेपालीले बुझ्छन भन्ने मैले पहिलोचोटि महसूस गरे ।  जिब्रोले मात्र हैन, आँँखाले, औलाले, दाँत-ओठले पनि बोल्छन नि है । स्थानिय बोली पट्टकै नआउने हुदा यस्तै " सार्बभौम " भााषाले काम चलाए । हिमाली पर्वतहरुको सियालोमा २०३६ को तिहार ब्यास क्षेत्र रुङेर सकियो ।
  आजभोलि प्रेस रिपोर्टको भरमा बनेका कालापानी बारेका थुुप्रो जानकार भेेट्टिन्छन् । हामीले त्यसबेलाको  त्यो विषम परिस्थितिमा पनि सरकारलाई स्थलगत प्रतिबेदन दिएका थियौ । तत्कालिन प्र जि अ द्वारिकानाथ ढुंगेल स्वयमले त्यहाँ पैदल भ्रमण गर्नुभएको थियो । सुनेका थियौ, पहिले भारतको प्राइमरि कक्षाको भुुगोलमा समेत " महाकाली नदि जोलिङकाङ पर्बत से निकलति है" भनेर पढाइन्थ्यो रे । अहिले हामी नै कालापानि(?!) बाट काली नदि निक्लिएको बिबादित तथ्य स्विकार्न बाध्य भएकाछौ । हो, मेरो नौकरीको यो चरण यहि कालापानिबाट मात्र १०/१५ किमि तल छांग्रु स्थित  जिल्ला प्रशासन कार्यालय, सीमा प्रशासन शााखा, ब्यास को खरिदारको हैसियतमा बित्यो ।
   फर्कदा कार्तिक ३ गते भारतको मात्र बाटो हिडेर धारचुलाबाट दार्चुला छिर्ने योजना बनायौ । एक जना मुखिया र स्वास्थ्यकर्मि साथमा लिई तल जिल्ला सदरमुकाम झरियो । गर्ब्याङ, छियालेक, बुदि माल्पा, सिर्खा सिरदाङ, रङलिङटाप, पाङ्गु र तावाधाटको बाटो हिडियो । सबै ठाउँमा नेपालको जस्तै स्थिति देखियो । साथीहरुसंग भेटघाट भयो । छोरा दिपकको नामबाट पत्नीको गुनासापत्र पठाएकी रहिछन ।  रु ७५०/- ऋण निकाली डेराको जोरजाम गरे । यसपाला पनि प्राइभेट जाँचको फाराम भर्न सकिएन । कातिक ९ गते म खलंगामा भित्री सकेको थिए । पहिलो तलबभत्ता ५२८/- बुझियो । गल्फेमा सानो डेरा पनि खोजियो । सी डि ओ दिब्यराम भन्डारीको सरुवा भैसकेको रहेछ । यसरी दार्चुलामा खुट्टा टेकियो ।

परिवार-जन पुगे दार्चुलामै

  यहि क्रममा बिना मितिको बिदा निबेदन लेखी कार्तिक १४ गते उकु बाकुको बाटो बैतडीतिर फर्के । राति ससुराली पुगे । त्यहाँ  पनि सासू, पत्नी र छोरा एकातिर रहेछन् , ससुरा र साली अर्को खर्कतिर । म एक्लै खर्कतिर परेछु । बिहान उतै आउनु भन्ने खवर पो पाए । झोक चल्यो । सासू मात्र आएर बेसारे कुरा गर्दै थिइन । शाहिलेक हुँदै लागे घरतिर । कसैसंग दोहरो कुरा भएन । शिबाय दिपकको कुशलक्षेम । बिहान बल्ल कुरा उठ्यो । दुश्मनको जस्तो व्यवहार गरेको भनियो । मेरो बिचार  के छ भनेर सोधियो । म मुढो बनेर तेर्सिए । बेलुका कुलांगार घमन्डी बुहारी पैसा चोर्न थाली भनेर बुवा रिसाउदै रुन र बम्कन थाल्नु भयो । यो म प्रतिको ममताको पराकाष्टा त थियो नै, मेरी प्रतिको अबिश्वास पनि थियो । बुवा तल्लि देको जाँत गएको मौकापारी आमाले पनि बुहारीले ज्यादै घमंड गरेको आरोप लगाउनु भएको सुनी बसे । अझ उसको माइति खलक नै ठिक नभएको कथा पनि सुनाउनु भयो । पिताजी घरमा नभएको मौका पारी आमासंग बिदा भए र दार्चुला फर्के । बाटोमा ससुरालीमा ससुरा बसेतिर नै पसे । दार्चुला जाने तयारीकासाथ बल्ल सबै खर्क नै आए । सासुबाट टिप्पणि प्रस्तुत भए । म तामेली गर्दै रहे । जीबनले नयाँ मोड लियो।
कार्तिक १९ मा हामी हिड्यौ । साली र सासू झुलाघाटसम्म पुगे । छोरा मैले नै बोकेर ल्याए । झुलाघाटबाट पिथौरागढ हुँदै दोस्रो दिन सपरिवार दार्चुला पुगि गल्फेको डेरामा बसियो ।
   ०३६ कार्ति २२ तत्कालिन बडामहारानीको जन्मोत्सबको अवसर पारेर यो नौलो घरबार शुरु गरिएको रहेछ दार्चुला सदरमुकाममा । रुघाखोकीले ग्रस्त भएका थियौ सबै जना । केहिदिन औषधि मुलो मै लागियो । कोठामा ताला लगाउने, भाडाकुडा थन्याउने जस्ता ससाना काम समेत सिक्नु सिकाउनु पर्ने  अवस्था थियो । जोलजीबी मेला हेरियो । घरबाट वुवाको पत्र आउथे । त्रिया चरित्र बुझेपछि अबश्य सम्झनेछौ भन्ने आशयकासाथ । पुस २२ मा मात्र हाकिमको मातहत काम गर्ने मौका मिल्यो । अब हाकिमको गफ सुन्नुपर्ने नयाँ काम थपियो ।
  यसैताका ब्यास जाने बाटोतिर राप्लापारीको एक जना भारतिय चेकपोष्ट अफिसरले रक्सी खान र रमाइलो गर्न सिमावारी आएर उधुम मचाएछ । गाउलेहरुसंग झगडा परेर भाग्न खोज्दा लडेर खुट्टा भाँचिइ पक्रिएको रहेछ । सीमाक्षेत्रको घटना हुँदा यो काण्ड ब्यबस्थापन गर्न केही दिन लाग्यो । टुटेको खुट्टा सहित भारतलाइ बुझाउदा उ “पशुपतिनाथ ने मुझे मेरी करनी कि सजाय दि है । “ भनेर रुदै थियो । पशुपतिनाथले रक्षा गर्नेछन भन्ने बिश्वासका साथ अफिसको  काम मैले पनि यथाक्रम चलाउदै गए ।

दिपकको बिमारी

  पुषको १० देखि छोरा दिपक बिमार भैदियो । यहि तनावमा केही दिन बिते । श्रीमतिको स्वास्थ्य समेत दिन परदिन बिग्रिन थाल्यो । पेट दुखेर रक्तस्राव हुने र मासिकरुपले परसर्ने क्रम १०/१५ दिनमा आउन थालेकोछ । अस्पतालको चक्करमा परियो । घरेलु पारिवारिक कुराको हामी दुबैलाई सामान्य जानकारी पनि छैन । घरमा पिताजि समेत बिमार भएको खबर पाए । दिपकको साधारण खोकी लहरे खोकीमा बदलियो । धारचुलाको डाक्टरले निमोनिया भै छातिमा इनफेक्सन आएको बताए । हामी सारै हडबडायौ । उ बेला बेला अचेत हुन थाल्यो । ज्वरो समेत आउन थाल्यो । सरकारी डाक्टरको सिफारिसमा कडा पेन्सिलिन चलायौ । रोयौ । भाकल ग-यौ । बिस्तारै निको हुँदै गयो । यसरी यो हिउद बल्ल तुरियो ।
  भुमीसुधारबाट सरसापट गरि माघको तलब खाएपछि ब्यास उक्लने जो हो मिलाउनु पर्ने भयो । जनमतसंग्रहका लागि कता जानुपर्ने हो एकीन थिएन ।  फागुनमा दुई चोटी डेरामा आगलागी भयो । तै बाँच्यौ । छोरालाई फेरी जुका प-यो रे । औषधि गरेपछि बल्ल निको भयो । मेरो खुट्टामा समेत वायु बिकारले चस्कन थालेको थियो । इन्जेक्सनले मात्र ठिक भयो । चैतमा पत्नीको ब्यथा झन बढन थाल्यो । बल्ल घरको खवर बोकेर  दिल्लीबाट भाइ पनि पुग्यो । श्रीमतिको असहमतिका बाबजुद क्या बि लिइ पिथौरागढ गए । जँचाए । अधुरो गर्भपात रे । अर्को दिन बैतडी ससुराल गएर बसे । भाई दुई बर्षपछि घर गयो ।
  म श्रीमति र छोरालाई पु-याएर ससुरालीबाटै दार्चुला फर्के । चेत्र १८ गतेका दिन । फर्कदा कुरा नबुझे जस्तो गरेर छोरा टोलाइ रह्यो । श्रीमती असरल्ल बनी बसेकी थिइ । गर्मीमा महाकालीको किनारै किनार जोलजिबी हुँदै म दार्चुलाको सुनसान डेरा फर्के । पाँच बर्षे संस्थागत नौकरी त्याग- बोकटाबाट बिदाई- पुत्र प्राप्ति-घर किचलो- लोकसेवा उतिर्ण- दार्चुलाको ब्यासमा पदस्थान- ब्यास भ्रमण- दार्चुलाको बसाई गरेर ०३६ साल सकियो ।

जनमत संग्रह

अफिस आउनु जानू मात्र थियो । हिउदमा खलङ्गामै मुकाम हुन्थ्यो । यदाकदा सीमा निरिक्षणको काज मिलाइन्थ्यो । हिउदे बनभोजहरुमा सामेल भइन्थ्यो । पुस १ गते सम्बिधान संशोधन भै बालिग मताधिकाारको प्राबधान राखिएको थियो । दलीय कि निर्दलिय भन्नेमा जनमत संग्रह हुनुपर्ने थियो । यो
जनमत संग्रह बैसाख २० मा तय भएछ । म १४ गतेदेखि नै निर्बाचनमा काज गए । दिनभर काम गरि बेलुका बान्ता हुने गरि च्याक्ति खाने काम पो गरिन थाल्यो । दिनचर्याले यसरी गियर बदलेको थियो ।
  २०३७ प्रारम्भ भन्छ । " एकबर्षे ईतिहास बेरिएका र गल्ति गर्दै बिताइएका गत बर्षका दिनहरु पछिल्तिर पारेर आज तीनसय पैसठ्ठी कल्पनाहरु थुप-याएर नौलो उमंगकासाथ नुतन बर्ष २०३७ को नौलो घाम झुल्किएकोछ । यसको रापमा नयाँ उमेरको काँचो मन डोलायमान हुदैछ । यस्तै मीठो छटपटीमा ५ बजे नै निन्द्रा खुल्छ । महाकाली पारी भारतिय मिलिटरी ब्यारेकमा आरतिको रेकर्ड बज्न थालेकोछ । बाहुन परीवारको सुषुप्त संस्कारले ६ नबज्दै नुहाउन सघाउछ । गायत्री जपियो । इष्टदेवको आराधना गरि धूप सल्काए ।
हिजो सपनामा आमाले रक्सी खाएको थाहा पाएर थप्पड हानेको र सम्झाएको कुरामा मनन गरे । होटेलमा गै दूध खाएर दिनचर्या शुरु गरे । श्री ५ बाट राजकाज मुद्दाका अभियुक्तहरुलाई आममाफि दिइएको खवर थियो । कोठामा मौनता थियो । मनदेवता टाढाटाढा घुम्दै थिए । म जिउदो लास बनेको थिए । थकित र गलित । "
अफिसियल नित्यकर्म गरेर धारचुला गए । वीर अर्जुन नामको धार्मिक फिल्म हेरे। राष्टिय चुनाव आयोगको काजबाट बाङ्गाबगर गै छाङ्ग्रु टिङ्करको मतदाता नामावली अद्याबधिक गर्नमा लागे ।
बैशाख ४- "....र सबभन्दा बुद्धिमान मानिस त्यहि केटो हो, जो हल्लक बढेकोमा दु: ख मनाउछ ।" इटालियन कवि कार्दारेलिको यो उक्ति सम्झदै कल्पदै गर्दा उज्यालो भएछ । गधेपच्चिसी ननाघ्दै प्रौढ भेसकेको जस्तो लाग्यो । अब भने पढनै पर्छ, अठोट गरे । प्रतिदिनको सातरुपैया ओभरटाइममा चुनाव आयोगमा थप काम समेत गर्दैछु । दीपकलाई सन्चो लागेको खवर पाएर म पनि संचो भए । बाँकी दुनियासंग अब गुप्ति र छरिता शब्दमात्रै चल्न सक्दछन । श्रीमतिलाई चिठ्ठी लेख्दैछु । “
  तत्कालिन अंचलाधिश ऋतुबर्ण तुम्बाहाम्फे र अंचल प्रहरी उपरिक्षक को मुकाम दार्चुलामै थियो । ५ गते तत्कालिन युवानेता शेरबहादुर देउपा ( पछि प्रधानमन्त्री ) पनि बहुदल पक्षको प्रचारमा दार्चुला सदरमुकाममै हुनुहुन्थ्यो । रोडेसिया यसैताका  गणतन्त्र जिम्बावे को नाममा स्वतन्त्र राष्ट घोषणा भएको थियो ।
  म पनि पहिलो पल्ट कनिष्ट कर्मचारीबाटै जनमत संग्रहको काममा खंडेश्वरी गाउँ पन्चायतको घुसा मतदान केन्द्रमा  मतदान अधिकृत तोकिए । विशेष भत्ता १४/-, ढुवानी १३५/-, मसलंद३२/-, बुथ निर्माण १५०/-, टि ए १९८/-, डि ए ३२५/- गरि ८५४/- रुपिया बुझे । चुनावमा सहयोगी थिए मु खेमराज भट्ट पियन मनोरथ बडु , प्र ह बहादुर बोहरा समेत छ जना । दल्लेक, सिप्टि, सेरि चौलानेको किनारै किनार लटिनाथ मकरिगाड हुँदै घुसा पुग्न चार दिन लाग्यो । ५ कक्षासम्म २ शिक्षकले पढाउने भीरमा अडिएको सानो स्कुल । अपि नाम्फा हिमालको फेद । हेल्थपोष्ट रहेछ, त्यहि बस्यौ ।तीन बस्ति- लिथि, पाटु र घुसा । बैसाख २०  मा रमाइलो बाताबरणमा भोटिङ भयो । ३३१ अर्थात ७३% मत खसेर । तेस्रो दिन आठ बजे राति खलंगा मतबक्स बुझाइयो ।
  २४ गते मार्शल टिटो को अवसानमा राष्टिय शोकको बिदा भएकोले कपडा धुदाधुदा छाला खुइलिएर रगतै आएछ । २ दिन आराम गरे । फिल्म गोलमाल हेरियो । पछि जेठ १० को शाहि घोषणा अनुसार जम्मा मत २४३३४५९ निर्दल र २००७९६५ बहुदलले पाएर सुधारिएको पन्चायत पक्ष बिजयी भएको रे । ब्यास जानका लागि सामान किनमेल गरि ६ क्विन्टलसम्मका बोझा भरिया कुन्जावालहरुको जिम्मा लगाउने प्रबन्ध मिलाइयो ।

घरतिरको प्रबन्ध

   अब घरतिरको नाटक हेर्न बाँकी थियो । जेठ ७ गते पिथौरागढको बाटो बैतडी ससुराली पुगियो । जेठ ८ गते भाइ पनि यतै आयो । रु १००/- दिई सामान किन्न झुलाघाट पठाए । उसलाइ रजिष्टेसन फाराम भराए र नागरिकता बनाउन लगाए । दुबै जना घर गयौ । सारा बिबाद केही दिनका लागि निलम्बित भए । भाईको बिबाह सेलीबाट हुने कुरामा टुङ्गो लाग्यो । दिपक घर ल्याउन सासुले ९ महिना भएको कुरा उठाउदा साइत मिलेन रे । म एक्लै दार्चुला फर्के । राति अन्तिम बसबाट धारचुला पुगे । जोहार होटल धारचुलामा टार्च बालेको निहुमा जीबनमा पहिलोपल्ट स्थानिय गुन्डाहरुको झडपमा परी घाइते पनि भए । दोस्रो दिन दार्चुला पुगी कार्यालयमा हाजिर भए ।
  साथिहरुलाई माथि ब्यास जान बिदा गरियो जेठ २४ गते । केही सामान भारतको बाटो पठाए २६ गते । पिथौरागढको बाटो घर हिडेकोमा बिमार भएकी श्रीमती माइतमै के के भाकल गरेपछि ठिक भइन् । सासुले ९ महिनामा नाति नपठाउने भनिन र जेठ २९ मा एक्लै घर पुगे  । आषाढ २ गते मात्र हामी ३ प्राणि सुर्काल फर्क्यौ । छोरा मैले नै बोके । सब सामान्य जस्तो देखिन्थ्यो ।
  दुखेको कपाल नदुखाउ भन्दामात्र के सुख पाइन्थ्यो र । खन्डित पाषाण मिलाउन सकिएन । भाईको बरियाँतको तयारीमा छन सबै जना ।  हामी पटके साछी मात्रै भयौ । संयुक्त परिवारको नाताले ऋणको दायित्वमात्र मेरो भयो । एक्लो बृहस्पति झुठो हुन्छ भन्थे । म पनि एक्लै थिए । तर दाबि गर्न सक्छु म ठिक थिए । कोठाभरिका उपिया उडुसहरुबाट फेरि उपचारयुद्ध शुरु ग-यौ । दिपक हेर्ने र घट्ठ पिठो पिसाउनु बोक्नु समेत मेरो जिम्मा लिए । चामल ल्याउन बैतडी सदरमुकाम जानुपर्ने भयो । बल्ल बल्ल खाद्यबाट ५० केजी चामल निकाले । नरे बाजे संगै गएका थिए । उनले नै बोकी दिए । देहिमाणौबाट मैले आधा बोके । राति घर पुग्यौ ।
  आषाढ ८ बिबाहको दिन । परीवारबाट कुनै सहानुभुति सौहार्द्रता नभएर पनि मात्र सामाजिक व्यवहार र इज्जतको कर परेर श्रीमतीका बनाएका केही गहना (गलबन्दि समेत ) फुकालेर नयाँ दुलहिलाई पठाउन बाध्य भए  । पत्नीको सहयोग पाएकोमा कृतकृत पनि भए । त्यति मात्रै हो र । मनिदतबाट फुली, बाहुनबाट बाला, कुहिरेबाट बुलाकी र मुद्रा समेत माग्नु पर्ने बाध्यता थियो । टिपोट भन्छ । बेहुलालाई ८१४/- बुवालाइ १५०/- चामलको १८०/- दमाई र लुहारहरुलाई क्रमस: १५०/- र ६५/- बाहुनलाइ१००अन्य अढाइसय समेत १७००/- चानचुन मैले येनकेन ब्यहोरे , ब्यहोर्न बाध्य भए । दार्चुलाबाट बोकेको १०००/- पछि गाउबाट ७००/- ऋण निकाले । एकैपल्ट अपर्झट आइपरेको यो ब्ययभार अनपेक्षित थियो । मलाई पुर्ब तयारीबारे केही भनेकै थिएन कसैले । भाईको दिल्लीको कमाइबारे उसैले जानोस । त्यसबेला यो ब्ययभार मेरोलागी थामी नसक्नु भारी थियो ।
  बिमारी त छँदै धिइन , बिबाहको तनाव र धपेडिमा सिकिस्तै भइन श्रीमती त । झन आषाढका ब्यस्त समय । १६ गते खेल्लेटुणाको रोपाई । हाम्रो सबभन्दा ठूलो रोपाई । मात्र ३ बाउसे र ८ रोपाराको एकदिने काम । यहि थियो रोपाइको सर्बस्व । खाणको रोपाइ समेत भ्याइ २० गते मौसमी काम सकिए । अब दीपकलाइ समेत बिसंचो हुन थाल्यो । बैतडी देबी चन्दबाट औषधि ल्याएपछि बिशेक भयो  ।

मानसरोबरको  तिर्थाटनमा

  दार्चुला फर्कने कुरागर्दा गुरुजी र पिताजीले मानसरोबर तिर्थाटनका कुरा निकाले । मलाई पनि उत्तरी सीमासम्म जानै पर्ने थियो । हुन्छ भनियो । सामान्य तयारी भयो । सबै देबी देउता दाहिने रहुन, मान्यजनको आशिष् मिलि रहोस भन्ने एकान्त आराधन गरि मानसिक तयारीमा लागे ।
  चलेका औलाले लेख्दैजादा पछि आँसुले यसलाई पखाल्न सक्दैन भन्ने लागेको थियो  । पिताजी, गुरुजी, म र दार्चुला नै जाने प्र ह बहादुर बोहरा मानस यात्रि हुने भयौ । पछि एक जना भगत भट्टजी बाटोमा थपिए ।  लामो अनुपस्थिति र राम्रो उपचार गर्न नसकेको परिस्थितिबारे पत्नीलाइ सम्झाउदै सारा रात काटियो । सबै ईश्वरेच्छामा छाडियो ।
  आषाढ २८ गते शुक्रबार असिमकेदार मन्दिरमा स्नान पुजा गरि ८ बजे घरबाट हिडियो । भेट गर्न आउनेहरुको लामो लर्को थियो । श्रीमतीसंग राम्रोसंग कुरा गर्न नै भ्याइएन । घाङलसम्म केही जना सङै आए । त्यहि देवतारि भयो । काकामा देवतासर्दा बाटोमा एकपल्ट असंकट भय परे पनि रक्षा गर्ने भविष्यबाणी भयो । मुटुभरि सानो दिपक र बिमारी राजुको माया र काँधमा जिम्मेवारी बोकी म कैलाशतिेर लागे ।  
 पहिलो बास झुलाघाट भयो । दोस्रो दिन सेकेन सटरडेको बिदा हुदा पिथौरागढबाट पास ( अनुमतिपत्र) बनाउन सकिएन । त्यसबेला  जोलजीबीभन्दा उभो जाँदा पिथौरागढको जिल्ला मजिष्ट्रेटबाट यात्रा अनुमति लिनु पर्दथ्यो । जे जस्तो पर्ला भन्दै हिडियो । जोलजीबीमा चेकपोष्ट पुलिससंग अनुनय बिनय गरेर धारचुला पार ग-यौ । आफनै अफिसमा बासको ब्यबस्था मिलाइयो । रकमको जुगाड गरि अत्याबश्यक सामान किनियो। एक जना पालिका भगत शंकर भट्टजी समेत हाम्रो यात्रा दलमा सामेल भए ।
   साउन संक्रान्ति दार्चुला सदरमुकाममा मनाई अर्को दिन लागियो कैलाश मानसरोबरको यात्रामा । भंसारका एक जना बहिदार हामीसंगै जाने भए । प्र जि अ द्वारिकानाथका पिताजी, प्रशासकीय अधिकृत भुबनेश्वर जोशी र दार्चुला तिंकर घोडेटो बाटोका केही कर्मचारीको अर्को ग्रुप पनि थियो ।    श्रीबगर, बडुगाँव, स्याकू हुँदै सुनसेरा पुग्दा झमक्कै रात परिसकेको थियो । घोडेटोको गोदाममा थन्कियौ । येनकेन खाना पकाउने जुगाड पनि गरियो । तुषरपानि, राप्ला हुँदै राङथलमा नुहाई खाना खाइयो । बेलुका दुमलिङ बस्यौ । अर्को दिनको बाटो पुर्णरुपमा निर्जन थियो । बाटोमा उदरपुर्तिको मेसो दुमलिङमा मिलाउन सकिएन । बाँकी ईश्वरेच्छामा छोडी महायात्रामा लाग्यौ । तंबाकुबाट २ जना भरिया भेटिए । हाम्रा निम्ति ती पथप्रदर्शक भै दिए । दिनभर थिङको ठाडो उकालो, अनि त्यस्तै ओरालो । बोकेको भुटेको पिठोको भरमा हिड्यौ । राति निगुको गीताभवनमा बाटो भन्दा एकडेढ कि मि पर गएर एउटै घर थियो । त्यतै लाग्यौ । हामीजस्तै २०/२५ जना पहिले नै जम्मा थिए । बृद्ध सौका दम्पतिको नित्यचर्या नै यस्तै यात्रु सम्हाल्नु थियो । रात आगो तापेर काटियो ।
  बुदि र कुन्तिसाउको घुमाउरो बाटो काट्न कम्ति सकस थिएन । धारचुलाको बाटोबाट हिडदाका पडावहरु भएर आएको भए तावाघाट थाडिधार हुँदै आउनु पर्थ्यो । छायालेक उक्लिए पछि देखियो ब्यास उपत्यकाको उपबन । पहिले यहाँ अमृत ताल र कल्पबृक्ष थिए रे । अचेल आइ टि बिपी ( इन्डोतिब्बतियन बोर्डर पुलिस ) सक्रिय राखिएको रहेछ । यहाँबाटै बनस्पति कम हुन्छ र श्वास लिनमा समस्या पर्छ । लिपुलेक ५४२५ मिटर अग्लो छ । टाउको दुख्न शुरु भएकोछ । बल्ल आफनै अफिसको माथिलो तलामा बस्ने खाने ब्यबस्था मिलायौ ।
  हिमालपारी जाने पुर्ब तयारीको निम्ति एक दिन आराम गरियो । अर्को दिन साउन  ६ गते तिङ्करमा भंसार तिर मुकाम गरियो। अर्को ग्रुपले घोडाको ब्यबस्था गरेको रहेछ । तर तिर्थयात्रा भएकोले पैदल नै बेश भन्ने मानेर तिङ्करबाट हिडियो ।  हिजै पकाएको नप्पलको रोटी डोङकाड पुगेपछि मात्र खाए मैले । जिबनमा पहिलोचोटी तेस्रो मुलुक जाँदै थिए । माथिल्लो डोडकाङमा हामी कनिष्ट ३ जनाले पकाएको चिया भेटायौ । हावा शुष्क हुँदै गयो । ( चल्तीको भाषामा बीख लाग्न थाल्यो । ) लिपुको बिकट उकालोमा बान्ता आएर बेहोशै हुने स्थितिमा पुगे म त । बुवा र भगतजी बाहेक सबै लथालिङ्ग हुँदै गयौ । बुवाले नसक्ने भए फर्कने हो त भनेर सोध्नु भयो । मेरो कारणले यात्रा स्थगित नहोस भनेर हिम्मत गरे । येनकेन लिपु भंज्याङ कट्यो । तिब्बततिरको ओरालोमा होस बेहोस हुँदै ओर्लियो । ज्युँज्युँ खोलाको किनारमा पुगेपछि संयत भयौ । दिउँसो पग्लिएको हिउँ बोकेर ल्याएको खोलामा खुट्टा हाल्नै धौ थियो । गुरुजी बैतरणि नदि यहि हो भनेर व्याख्या गर्न थाले ।
  टाढा कतै हिमशिला बगेका आवाज आउथे । भगतजी शिब- डमरुको आवाज बताउथे । हुण समुदायका भयंकर डिलडौलका यदाकदा भेटिने गोपकुमार गरुडपुराणका दूत जस्ता लाग्थे । यात्रा रोमान्चक हुँदै थियो । अर्को ग्रुपको घोडचढीको पिछा गर्दै राति ताक्लाकोटको कुनै पालमुनि तेर्सियौ । यहि तेर्सिने ठाउ पाउनु पनि ठूलो उपलब्धि थियो । ताकलाकोट मध्यकालमा पश्चिम नेपाल हिमाली प्रान्तका हिमाली भगोडा मल्लहरुको कोट बनेको थियो । कशमीरबाट ताक्लाकोट जुम्ला र दुल्लु उनीहरुको राजधानी बनेको थियो । अचेल  तिब्बततिर माओको पतलून र बुसर्ट र क्याप मात्र लगाएको भेटिदो रहेछ । परम्परागत शिबलिङ गुम्पाको भग्नाबशेष देखिन्थ्यो । ताकलाकोट उपत्यकामा घरहरु फाटफुट खर्कहरु जस्ता लाग्थे । सोचिन्थ्यो,कालिदासका किन्नर कन्या यतै कतै होलान ।

मानसयात्रा र भुकम्प

  दोस्रो दिन दोभाषे मार्फत कुरा गरि अनुमति लिएर सरकारीगेष्ट हाउसमा बस्यौ । ८ कोठा , प्रतेक कोठामा तीन बिस्तर । परंपरागत चीनी तरिकाको सजावट । एक मेच दुई सोफा । चीनिया भोजन । नेपालको ६.१० हुदा चिनियाँ समय साढै आठ भैसकेको थियो । गेष्टहाउसमा पनि भाषा बुझ्ने इन्टरपेटरको ब्यबस्था थियो । सीमासमस्या बारे समकक्षीहरुसंग गेष्टरुममै बार्ता पनि गरियो । बेलुका चिनियाँ सांस्कृतिक क्रान्तिको कुनै बिषयबस्तुमा आधारित फिल्म पनि देखाइयो । कम्यनिष्ट संस्कृतिका केही मर्मस्पर्शी परीदृश्य पनि देखिए । सफा कोठामा चिया चकलेट त कति खानु ।
बेलुका ससानो रमाइलो काण्ड प-यो । पाहुना घरकि संचालिकाले खाना खाने र सुत्ने पाहुनाहरुको संख्यामा फरक भेटाएपछि शंका लागेछ ।  हिजै मैले दोभाषे मार्फत तिर्थयात्रामा स्वयम् पकाएको मात्र खाने हुदा सुत्ने ५ जना भएपनि दुई जना मात्र खाना खाने कुरा सपष्ट गरिसकेको थिए । चिनिया बाहेक अरु भाषा नबुझ्ने चिनिया बुढीलाइ  आफुखुशी बढि मानिस गेष्टरुममा राखेको जस्तो लागेछ । उनी कराउन थालिन, हामी केही बताउन नसक्ने थियौ । कम्पाउन्डमा ताला लगाएर हैरान पारीन । गुरुजी देवताले यौटा भय पर्ने भनेको यहि हो भनेर आफै काम्न थाले  । बुढी त झन उफ्रन थाली । हैरान भएर मैले इन्टरपेटर बोलाउन अनुरोध गरे । बल्ल शान्त भएर उन्ले कतै फोन गरिन । ५/१० मिनेटमा नेपाली बुझ्ने सरकारी मानिस आई पुगे । मैले कुरा बताए । उनले कागजपत्र हेरे । चिनियाँ लबजमा बुढियालाई सम्झाए । बल्ल सुनदाँते राते महिला हाँसिन । सौरी भन्दै हात मिलाउन आइन । यसरी अज्ञात कुलशीला नारिको स्पर्श गर्नु पनि गुरुजी र पिताजीलाई मन्जुर थिएन । बुढी वर सर्दा वहाँहरु पर पर सर्न थाल्नु भयो । मैले हाँस्दै फेरि कुरा सपष्ट गरे । यसपछि पाहुनाघर टोली सारै खुशि देखिए । हात जोडेर माफी मागे । हाम्रा निम्ति असाध्यै सहयोगी र आत्मीय बनिदिए । तातो पानी र राम्रो गाडीको ब्यबस्था भयो । अर्की चिनिया पुतलीले त अंग्रेजि बुझे पनि बोल्नु हुदैन । माथिबाट हेरेको हुन्छ भन्ने दुखेसो पोखिन एकान्तमा ।  माओको मृत्यु पश्चात् ह्वाको समय थियो यो । माओकालिन ब्यबस्था त अझ कडा रे ।
अर्को दिन साढे आठै बजे( नेपाली समय ६.१० )  गाडीबाट हाम्रो टोली मानसरोबर हिड्यो । प्राणिशुन्य ढुङ्गेबाटो । निर्जन तिब्बति पठारमा टाढा कतै झुल्किन्थे त भेडीगोठाला मात्र । राबणको तपोभुमी (११६ किमी) राक्षसतालको छेउ हुँदै मान्धाता श्रृंखला काटेर डेढ घन्टामा मानसरोबर किनारामा उभिएका थियौ हामी । नेबि ब्ल्यु, निख्खर नीलो । ५१८ बर्ग किमी । गहिराई औसत ९० मिटर । चारैतिर पहिला आठ मठ थिए रे ।  तर अचेल खंडहर थिए । श्राद्धकर्मका लागि अरुले कपालक्षौर गरे । मैले यतिकै नुहाए । किनारमा बसि गायत्रि जप गरि ध्यानमा बसे । कैलाशाधिपतिको संस्मरण गरे । आँखा खोल्दा त मानसको महाप्रसाद मानिने माछा पो भेटाएछु । शिरोपर गरे । सप्पै नबुझिने भएपनि ड्राइभरसंग कुरा गरे । त्यसताका कैलाश खुला गरिएकै थिएन । मानसरोबर किनार बिल्कुलै खाली थियो । टाढा राजहंस कराएको स्वर मानसका छालसंग मिसिएर आउथे । जिउज्यान असाध्यै हलुङ्गो भएको थियो । बेलुका ऐजन पाहुनाघर परिसरमा एउटा अर्को डकुमेन्टरी हेरेर बित्यो ।
१९८२ फरवरी २१ को धर्मयुगमा प्रकाशित कैलाश मानसरोबर यात्राबृतको बिबरण अनुसार मानसरोबर देखेर स्वर्गको कल्पना गर्नु सायद गलत मानिदैन । यहाँ मानिस र प्रकृति एकाकार हुन्छन । ( our Mansarovar is a legend ( a traditional romantic story ), a poem, and a song . Wonderland of Alka . )  लाग्थ्यो समय थामिइ दिएको भए पनि हुन्थ्यो । तर तोकिए बन्दा बढि वस्न नपाइने । फर्क्यौ ।
  दोस्रो दिन नेपाल फर्किदा सबै पैदल जाने भए । मैले भने घोडाको ब्यबस्था मिलाए । २ बजे लिपुलेक काट्यौ । ९ बजे राति तिङ्कर पुग्यौ । बान्ता नै नगरे पनि टाउको र जिउ असाध्यै दुखेको थियो । तर असाध्यै ठूलो काम भ्याएको जस्तो मन भने मयुर बनेर नाच्दै थिए । म सोच्दै थिए, मन, शरीर र आत्माको सत्ता नै फरक फरक रहेछ । बिचारमा नयाँ नयाँ दर्शन पलाएका थिए । तबै त यसलाई मानस यात्रा भनिएको होला । यसरी फरक फरक सत्तामा आफुलाई अभिब्यक्त गरिरहेको म को हुँ त ? यहि प्रश्नको उत्तर खोज्नमा अलमल छ, बिबाद छ ।
  यस्तै रङमङिएर छांग्रु आफ्नै अफिसमा आएपछि म हाकिम बनेकोछु । बाटोमा गुरुजीको अगाडी शिष्य थिए । बुवाको अगाडी छोरा थिए । भगतजी मित्र थिए । हवल्दार सहकर्मि । यो विभिन्न अभिनयमा मेरो म को थियो त ? यहाँ पनि अलमल भेटियो । आफुलाई अभिब्यक्त्याउनु पनि त समय स्थान सापेक्ष हुँदो रहेछ  । ४० बर्षपछि यो संस्मरण लिपिबद्ध गर्दा म यस्तै सोच्दैछु ।
  छांग्रुमा एक दिन आराम गरियो । साउन १२ मा भारतिय पासको ब्यबस्था मिलाई चारै जनालाई गर्ब्याङ( भारत )सम्म पुगी बिदा गरेर आफु सीतापुल हुँदै फर्के । मानसरोबर आउने जाने ग्रुप बरोबर अफिसमा आइरहन्थे । अफिसका साथीहरु को नयाँ खेप आइ पुगेको थियो । हामी पुराना दार्चुला झर्ने तरखर गर्दै थियौ ।
  साउन १४ गते भुकम्पका ठुलठुलै धक्काहरुले शेष संसारसंग सम्पर्क शून्य गरायो । रेडियो समेत सपष्ट नसुनिने भयो । चिन्ता लागेर रातभरि निन्द्रै परेन । यसै अन्योलमा अर्कोदिन प्र.जि.अ द्वारिकानाथ ढुगेलको टोली समेत मानसरोबर यात्रा गर्न भनेर ब्यासमा आइपुग्यो । बाजागाजा सहित स्वागत भयो । मुकाम हाम्रै अफिस बन्यो । भुकम्पसम्बन्धि जाहेरी आउन थाले ।  छाङ्गरुमै छ घर चर्केछन । तिङ्कर पनि त्यस्तै । सितापुल चेकपोष्ट नीरीक्षण गरि प्र जि अ टोली तिंकर प्रस्थान ग- यो । बेलुका डी एफ ओ र रेन्जर टोली आइपुग्यो । यसै तेस्रो दिन बल्ल् रेडियोले खबर सुनायो " सुदूरमा भुकम्प । दार्चुला ब्यारेक ध्वस्त । ७ जना मरे । बैतडी जिल्ला कार्यालय पनि ध्वस्त । ८३ जनाको ज्यान गयो । ७०० भन्दा बढि घर भत्के । आदि " । परिगाउको आफ्नो जिर्ण घर थियो । बुवा बाटोमै कतातिर अलपत्र होलान । भाईको आफनो अलग्गैपन छ । पत्नीको आपति र छोराको बाल कोमलता याद आयो  । कति मात्रै सम्झनु र ? म ब्यास क्षेत्रमै कल्पेर बस्न बाध्य थिए ।
  साउन १७ मा प्र जि अ ज्यू मानसरोबर यात्रा रद्द गरि सदरमुकाम फर्कनु भयो । नेपालपट्टि बाटै बिग्रिएकोले भारतको बाटो झर्नु भएछ । पछि भारततिेर पनि बाटो बिग्रेको खवर सुन्यौ । केही गर्न सकिने अवस्था थिएन । यो भुकम्पले बझांङमा मात्रै ३० जना बिते रे । जम्मा डेढसय जति । दार्चुलाका ९०% घरमा क्षति । गृहमन्त्री स्वयम् भ्रमणमा निक्लनु भएको छ रे । आदि जस्ता खबर सुनिए ।  तै साउन २२ गते कौवासम्म पुगियो । खेतबारीमा गहु जौ फापर र नप्पल देखिन्छ । कालापानी टाढैबाट हेरियो । । यसरी बल्ल गुमनाम भएर कुनै सुचना बेगर साच्चिकै परदेशी भएको अनुभव भयो । घरबाट छुट्टिएको २८ दिन भएछ ।
  निबारक नजरबन्दीमा परेका ती दिनमा २० दिनसम्म त नुहाउन नै जागर चलेन । केटिहरुको रमाइलो गर्ने नाचगान गर्ने आयोजनमा निम्तो आउदा पनि गइएन । यसैताका सुर्खेतमा बिखालु च्याउ खाएर ४५ जना मरे । मुरादाबादको हन्दु मुस्लिम दंगामा १०५ जना काटिए भन्ने खवर पनि रेडियो बाटै सुनियो ।
  भदौ १ को ओलके संक्रान्तिमा भने नुहाइ धोइ सौकाहरुको सगुन खाँदै बिताइयो  । ब्यास मन्दिरमा महर्षि दर्शन गरे । कुमारी केटिहरुको महफिलमा नाच पनि हेरियो । खानपिनमा मन खोलेर खाए । पहिलो हप्ता सुखसागर पढे । अनि बदनाम गली उपन्यास । भदौ १० गते । रक्षाबन्धनको दिन  । सितापुल ब्यास मन्दिरको मेला हेरियो । राखि पनि बाधे छागरुकी बहिनीहरुबाट । बेलुका नाचगानको प्रोग्राम थियो । बेलुका त कसैले केही गर्न नसक्ने, पचासौ हजार कमाएको , हाकिमलाइ हप्काएर ४०० रुपिया लिएको , कहिले भारी नबोकेको र आफु परिचर भन्सारको परिचर भएको जस्ता धक्कु लाउदै मेरो अफिसको सज्जन कार्यलय सहयोगीका अगाडी ठूलो हुनपर्ने भन्सारको एक जना पियनलाई सौकाहरुले राम्रै गरि भकुरेछन । मध्यस्थता गरि छुटाएर मेरै अफिसमा राखे ।

भुकम्पपछि घरतिर

  भाद्र १२ गते मेरो पालो अफिसको कागजपत्र मिलाई गर्ब्याङकै बाटो बुदी हुँदै खलंगा झरे । रुघाखोकीले ग्रस्त थिए । म हिडेको एक घन्टा पछि अंचलाधिश र गृह सहायक मन्त्रीले हेलिक्याप्टरबाट ब्यास भ्रमण गरेछन । पर्खिएको भए निश्चित पनि हेलिलिफ्टमा परिन्थ्यो । म छिटो हुन खोजेर बल्ल भदो १५ मा सिकिस्त बनेर सदरमुकाम पुगे । मेरो सामान राखेकै घर भत्किएको रहेछ । साथिहरु भुकम्प पिडितको उद्धारमा थिए । आफुले भने राम होटलमा शरण लिए । कतै खटिने शक्ति थिएन । बिदा मागी पिथौरागढको बाटो घरतिर लागे । अठेवालीको दिन राति ८ बजे खोक्दे घर पुगे । घर आन्तरिक कलहमा झन रुमल्लिएको थियो । जे होस , गोरा पर्व सकियो । मलाइ जोइटिङ्ग्रे छोरो भन्न समेत बाँकी राखेन पिताजीले । ससुराजीले फसाएको कुरा पनि निकाले । यो झगडाले हामी झन झन समझदारीमा पुग्छौ । खाली म येनकेन गाँस टिप्छु । उ भोकै सुत्छे । यदाकदा अहिले नै माइत जान्छु भन्छिन्  । कहिले हकार्छु कहिले सम्झाउछु । गौरा सकिएपछि गाइगोरु खर्क लैजाने क्रम चल्यो । यसै छेकोमा देबमन्दिरमा पनि जाँत भए । पुजापाठ गर्यौ ।
  असौज १ गते खर्क गएर नै संगै लैजाने अनुमति मागे । कोहि बोलेनन । २ गते आफ्नो निजी सामान बोकी भोकभोकै बसेकी स्वास्नी र लुखुरे छोरो समेत साथमा लिएर सायद लामै समयका लागि घर छाडे । छोरो मैले बोके, सानो कुटुरो उसले । राति माइत पुगेपछि मात्र खाना खाइन । दोस्रो दिन म एक्लै दार्चुलातिर हिडनु थियो ।
एक राति पिथौरागढ बसे । तलास फिल्म हेरे । कता कता दिक्क लाग्यो ।यतिका काम गरे । १२ किराया४ खाना ४/-सिनेमा समेत  भा रु २० को तीस रुपिया खर्च हुदा साठी पल्ट सोच्नु पर्ने ! मनमा पिरलोछ , ब्यास कसरी जाने भन्ने । दार्चुला पुगे ।  ब्यासतिर पनि राजाको भ्रमणको हल्ला रहेछ । तयार हुनै पर्यो , भए । सिंहल धर्मशालामा सुते । आफनो सामानको पत्तै थिएन।

फेरी ब्यासतिर

  राजाको सम्भावित भ्रमणका कारण असौज ६ गते हिमालतिर जाने नै तय भयो । जे पो होलाको मुडमा म पनि कसिए । जे भने पनि हुन्छ भन्ने तर रक्सी खाएपछि सबै भुल्ने तत्कालिन चेकपोष्ट अफिसर डम्मरसिंह खत्रीको रमाइलो तालमा परि २ दिन यतिकै बरालिए ।आखिर राजाको सवारीको मुकाम बैतडी पाटन निश्चित भयो । पहिलो भ्रमण कहाँ हुन्छ , एकीन थिएन । आआफ्नो स्थानमा तयार हुनुपर्ने थियो नै । म पुलिस टोलिसंग हतारमा हिडि दिए । ४ बजेसम्म सदरमुकाम मै थियौ । तत्पश्चातको जंगी दौडमा कसिए । तर संयोगबश त्यसै दिन पर्ने देहिमान्डौ जाँतको उपलक्षमा रमाइलो गर्ने भनेर रक्सी खाँदै डेउडा खेल्दै सदरमुकाम कै बाङाबगरमा पो बसियो । ८ गते बिहान ५ बजे नै रक्सीपान गर्दै हिडे साथिहरु । बडुगाँवबाट पन्तोली हुँदै हुति चेकपोष्टको भवनतिर पो लागेछन् ।( त्यसबेला मौसम अनुसार ६/६ महिना तिङ्कर र हुतिमा चेकपोष्ट सरि रहन्थ्यो । )  सी पि ओ को साबिक चीनजान । पूरा दिन त्यतै सकियो, त्यतै बसियो ।
  अर्को दिन बिहानको खाना नजिकै सुनसेरामा खायौ । तर बेलुका राप्लामै महफिल जम्यो, हेल्थपोष्ट इन्चार्ज खगेन्द्रराज भट्टको सौजन्यमा । हरियो काँक्रोको सितनसंग स्थानीय च्याक्ती खाइयो । आधा ग्रुप हिडनै नसक्ने भएपछि  चेकपोष्ट इन्चार्जसमेत बोकाएर राङ्थलमा बास गरियो । यहाँ पनि रक्सी र नाचगानको रमिता । अर्को दिन भने बिहान दुमलिङ पुग्यौ । निर्जन प्रदेशको बिकट यात्रा शुरु भयो । थिङ्को आधा उकालोमा बोकेको खाना खायौ । मलाई चिसो र ज्वरोले समात्यो । ( स्थानिय भाषामा त्यहाँको बलियो भूतले नै समात्यो रे । ) राजाको सवारी बैतडीमा भैसकेको खबर प्रसारित भयो । अब भने टोलि २ ग्रुपमा बाँडियौ । एक टोली रातभरि हिडेर त्यसै दिन ब्यास पुग्ने गरि हिड्यो । म समेत ३ जना असंचोका कारण बिस्तारै आउनेमा पर्यौ । राति बल्ल पोला भन्ने ठाऊमा बाख्रावालाले टेन्ट हालेको देखियो । हिड्नै नसकेर त्यहि शरण माग्यौ । महाकाली किनारको हिमाली झाडी । चिसो बाताबरणमा खुला आकाश मुनी थाकेका बिमार यात्री । तीन जना एक कम्बल ओछ्याई अर्को एक साझा कम्बल ओढेर रात काट्यौ । बिहान भोक र रोगले कामीरहेका खुट्टा बाटोमा नसर्ने पो भए । जिउ झन झन कठ्यान्ग्रिन थाल्यो । म मनमनै अर्कोलोकको यात्राको लागि तयार हुँदै गए । केही नचले पछि साथमा रहेका प्रहरी भाइहरुले दाउरा खोजे । आगो बाले । जिउ सेकाए । एक जना यायाबर भोटे भाईसंग केही खाना माँगे । बल्ल यो लोकको याद आयो । पाइला गन्दै कुन्तीसाउ उक्लियौ । त्यहाँ नून हालेको भोटे चिया खाएपछि अलि जोश आयो । चिया दिने कन्याको मासिक धर्ममा रहिछन क्यारे । अधोबस्त्रको पछाडी रगत लतपतिएको देखिन्थ्यो । टन्न चिया खाइसकेपछिको दिगमिग ब्यहोर्दै टर्च बालेर ३ घंटा राति नै हिडेर प्रहरी चेकपोष्टमा पुगेर सुतियो होस बेहोसको अवस्थामा ।
  आफ्नो अफिस  मात्र आधा घंटाको बाटो थियो । अर्को दिन पुगे । शाखा अधिकृत ओथारोमा बसेजस्ता देखिन्थे । २ मुखिया, १ पियन र त्यसबेला घोडेटोमा काम गर्ने प्रधानजी भनेर चिनिने दार्चुला सदरमुकामका चर्चित ब्यक्ति बिष्णु अवस्थी अर्को कोठामा थिए । म पनि बिमार बोकेर यसै समुहमा थपिए । ज्वरो आउने खाना नरुच्ने आङ दुख्ने निन्द्रा नपर्ने ब्यथा लागेको थियो ।
राजाको सवारी-मुकाम सक्रीय भएको थियो । भुकम्पग्रस्त क्षेत्रमा जहाँ पनि हेलिक्याप्टरबाट निरिक्षण हुनसक्थ्यो । मुखियाहरु पनि सदरमुकाम लागे । बिष्णु अवस्थीजीलाइ पनि ज्वरो आयो । लामा झारफुकेहरु बोलाइए । नाडी हेरे । मलाइ त भूत नै लागेको  तय भयो । सेतो कपडा र सवा माना खिचडी र एक भाले माग्छ रे । तदनुसार ब्यबस्था मिलाए । नभन्दै तनिक हलुका भयो ।
 अर्को दिन शाखा अधिकृतज्युले पनि मौखिक उपदेश र निर्देशन दिएर टाप ठोके दक्षिण दिशाको ओरालोतिर । म एकलिए मात्र एकजना सहयोगीको भरमा । ब्यथा त बढन पो थाल्यो । चेकपोष्टको प्रहरी टीमले भने खुबैसाथ दिए । लामाहरु र बिष्णुजी सक्रीय हुन थाले । खिचडी  तथाकथित भूतले पाएन रे । पियन लालबहादुरले दिशा लगाएर फालेको रहेछ । अमुक ठाउसम्म पुर्याउनु पर्ने रे । प्रहरी टोलीका साथ खिचडी पकाएर फेरि पठाए । तर झन झन सिकिस्त भए । नराम्रा सपनाहरु देखिन थाले । बरबराउन पनि थालेको रहेछु । सीतापुल भन्सारको सहयोगमा सीमाबर्ति भारतीय गाउँ गर्ब्याङका आयुर्बेद चिकित्सक मगायौ । जाँच्दा फोक्सो सुनिएको र जुकापरेको बताए । औषधि दिए । दुईवटा कुन्नी के इन्जेक्सन पनि लगाए । प्रहरी आ वा बाट सिकिस्त परेको खबर मजकूर कार्यालयहरुमा पठाई नियतिलाई पर्खेर बस्नु बाहेक अर्को उपाय थिएन ।  त्यहि गरे । त्यस पछि लगातार जसो २/२ का दरले १० इनजेक्सन लिए । जुकाहरु परेकै रैछन ब्यासको काचो मासुले । आन्द्रामा घाउ परेपछि ज्वरो आउने नै भयो । बिस्तारै तन्ग्रीदै गए । असौज २६ गते प्र जि अ ज्यूले पठाएका औषधि सहित हेल्थ असिष्टेन्ट रिजन रायको नेपाली स्वास्थ्यकर्मीको टोली पनि आइपुग्यो । तीन सय नगद पनि पठाउनु भएको रहेछ । बिस्तारै खाना रुच्न थाल्यो । हेल्थपोष्ट टीम पनि हाम्रै अफिसमा बस्यो । रु ४५/- मा सिङ्गै तिब्बति भेडा किनेर फेरी भोज चल्यो । जंगलमा मंगल भने जस्तै भयो । तर मौसममा चिसोपन थपिदै थियो । क्रमस: गाउँ खाली हुन थालेका थिए ।
  असौज मसान्तमा बाँकी रहेको एक मन(४० केजी) गहुँ घरपट्टि बुढियालाइ दिएर लालसिं र मैले पनि ब्यास क्षेत्र छोडे । भारत  गर्ब्याङको बाटो हिड्यौ । भारतिय बैद्यलाई केही सामान्य उपहार, रु १००/- र धन्यबाद दिएर बुदि तरी नेपाल भित्रिए । गिता भवनको एक्लो सहयोगी बृद्ध दम्पतिलाई उसकै नातेदारले धम्काएर सामान समेत लगिदिएको रहेछ । त्यतै बसे । बुढाको निबेदन लिए ।दुमलिङका हुलाकी पनि साथि बने । थिंमा चिया खाए ।तम्बाकु झरे । भुतले  उजाड पारेको ठाउ रहेछ यो । प्रतेक बर्ष एक हल गोरु भिरमा लोटाएर भूतलाई खवाउनु पर्ने रे । मलाई यहिको भूत लागेको भन्थे । झर्दा भने बिचराले केहि गरेनछ । अझ बाटोमा दर्माका भोटेको लस्कर समेत हामीसंगै मिसियो । उहीँ दुमलिङ बसियो । उहीँ बाटो श्रीबगर पुग्दा कार्तिक ३ भैसकेको थियो । दशैको जमरा हाले । तातोपानीमा मजाले नुहाए । केही लुगा धोए । केही महाकालीमा बगाए । कमरमा दर्द थपिएको थियो । अन्य हालत सामान्य थियो । एक हप्तासम्म धारचुलाको दुग्ताल डाक्टरसंग केही इनजेक्सन लिदै उपचार गराए । राम्रोसंग तंग्रिएको छैन । घर भनेकै कहाँ थियो र ? किन किन अशक्त हुँदा आमाको उदास अनुहार सबभन्दा बढि याद आउदो रहेछ । अरु परिस्थिति सोच्ने अवस्थै थिएन ।

बिरामी भएर घरतिर

  नयाँ लुगा हाले । नयाँ सोचमा ढाले । दुर्दिनको अन्त्य भएको कल्पना गरे । भाग्यमा केही अरु नै लेखेको छ कि भनेर भविष्य कुर्न थाले । साथिहरु घर गएर आराम गर्ने सल्लाह दिन्छन । तर मेरो आराम गर्ने घर छ र । आराम गर्ने त मन पो मस्त हुनुपर्दो रहेछ । म कल्पिन्छु मात्र । केही दिन यस्तै तयारीमा बिते ।
  कार्तिक २२ गते लक्ष्मीपुजाको उज्यालोमा पिथौरागढ पुगेर झिलिमिलि हेरे । ज्योतिर्मयको बार्दलीबाट हेरी रहे । सोची रहे, के सबैको मनका कुनाकानी पनि यो उज्यालो जतिकै हलुका होलान र ? आँखा चिम्लिएर रात काटे ।
  दोस्रो दिन शारिरिक जाँच गर्दा आन्द्रा सुनिएका देखिए । आौषधि लिए बाच्ने उपक्रममा मन मारेर । बेलुका ससुराली पुगे ।  आँखा नदेख्ने रोगी ससुरा बुढा हिजोदेखि एक्लै भोकै बसिराखेका । छोरा नहुदाको र हेरचाह गरीदिने सम्बेदनाशुन्य सहयात्री नहुदाको पीडा थियो यो । येनकेन खायौ र पल्टियौ आफ्नै तालमा । बिहान ढिलो गरि सासू आइन । माइत गएर आएकी रे । फेरि चेपारे कुरा आए । राजुलाई पनि नपठाउने रे । तर म २ बजे एक्लै घरतिर हिडि दिए । राति पुगे । मल्ला घर गजुवा काकाकी काकी मरेकि रहिछन् । बिजोग देखियो । घरमा खासै कुरा केही भएन । नराम्रो संगतमा परेर नराम्रो बन्ने भयौ भन्नू बाहेक बुवाको प्रतिकृया थिएन । २६ बेलुका ससुराली फर्के । ससुरा त आँखा खोल्न भनी एक्लै झुलाघाट गएका रहेछन । दोस्रो दिन दीपक बोकी म पनि हिडे । त्यो दिन पिथौरागढमै काटियो । होटेलमा आएर घर र ससुरालीको दृश्यले तनाव बिसर्जन गर्यौ । दोस्रो दिन भारतिय डाक्टरलाई अलि अलि बुझायौ स्वास्थ्य चेकअपको नाममा  । चित्त बुझिएन , बरु सिनेमा हलमा खून पसिना नामको फिल्म हेरे पछि चित् बुझियो, अलि अलि हास्यौ । यसै क्रममा कार्तिक मसान्तमा दार्चुलामा फेरि ब्यबस्थित बन्यो मेरो परीवारको बसाई । ( संयोगबश यो पङ्ति लेख्दा पनि तिहार शुरु भएकोछ र म पनि २ दिनदेखि एक्लै छु । सासू प्रबृतिको निरन्तरता ! )
  तनावपुर्ण अबस्थाको बिसर्जन हुन साना तिना टुक्रा बनाएर तनावलाइ टुक्र्याउनु पर्छ रे । झ्याल खुलै राखेको , ताला नलगाएको , बच्चाको खेलौना बिगारेको, बच्चा बिमार हुदा मिठाई खाएको, औषधि नखाएको/ नख्वाएको वा मात्रा घटीबढि गरेको जस्ता ससाना निहुँमा ससाना झगडा हुन थाल्यो । कहिले दीपकको हात मर्कियो । कहिले मेरो पेट दुख्यो । श्रीमती त आजन्म बिमारी नै थिइन । दुहुबाट मोल तिरेर मैयाँ लैजान  कपर्तका ठगुरीहरु आएका रहेछन । तर पैसा पूरा पुगेनछ । फलत: बैंकबाट ऋण निकालि दिनु पर्यो । नीजहरुको बरियाँतिको प्रबन्ध पनि गरियो । यस्तैमा हिउद शुरु भयो । जिल्ला प्रशासनमा काजमा बसेर काम गरे । जोलजीबितिर आएको गाउँको जन्तीमा सामेल भाइ भेटन आएर २/४ दिन यतै बस्छन । म भने घरप्रति तटस्थ बसिदिन्छु अब । बांगाबगरको डेरा यस्तै गरि गुजरान भयो । जि प्र का मै सरुवाको लागि अम्चलाधीशमा निबेदन पठाए । यसरी नै बित्यो यो खरिदारको अनुभवहीन जीवन ।
  सन 1980 सकिनै लागेको थियो । चीनमा माओको आलोचना शुरु भैसकेको थियो । श्रीमती माओलाई सजाय निश्चित थियो  । यता दार्चुलाका बरिष्टतम ब्यक्तित्व बहादुरसिंह ऐतबालको पुस १३ मा मृत्यु भयो । काजमा अन्यत्र बसेको निहुमा सीमा प्रशासनले तलब दिन ढिलो गरि रहेको थियो । त्यहाँका हाकिम र तहरीरको पेलाइमा थिए म । तर बसेको थिए जिल्ला प्रशासन काजमा यतै सरुवा गरि दिने प्रमुख जिल्ला अधिकारीको आश्वासन पाएर ।
  यसै महिना महाकाली अंचलाधिशमा पशुपतिदेब पाण्डे नयाँ नियुक्ति भएर आए । मेरो सरुवाको तारतम्य बिग्रेको जस्तो लाग्यो । बाङाबगर डेरा । खलंगाको अफिस । हिउद सकिएपछि ब्यासतिर जानुपर्ने बाध्यता । बिमार पत्नी र सानो छोरा । म झन अब्यबस्थित बन्छु । श्रीमती सन्तोषी माताको व्रत, शनीबारको व्रत, पुर्णेको व्रत लगायतका कैयौ ब्रतको नाममा एकछाके जस्तै बनेकिछन । म दिक्क भएर खेडातिेर रक्सी खोज्न समेत बाँकी नराख्ने भएकोछु ।
  प्रतेक दिन जसो नयाँ अनुभव लिदैछु । माघ २० गते सीमाक्षेत्रको गतिबिधि बुझ्न लालीसम्म काज खटिन्छु । मसान्ततिर दीपककोलागी घरबाट पठाएको मन्दिरको बिभुति पाए प्र ह सुनसिं हस्ते । बुवा रिसाउदै हुनुहुन्थ्यो नै । यसैताका दार्चुलाको होपरीमा बिचित्र घटना घटेको थियो । एउटा प्रेतले गाउका दुइवटा तरुनीहरुको यौन शोषण गरीरहेको खबर प्रधानपन्चले नै सुनाएका थिए । पछि यो प्रसंग त्यतिकै हरायो । सौकाहरुको धवला तिहारको रौनक थियो । सीमामा नयाँ हाकिम आउदा अरु साथिहरु स्वागतको तयारी गर्दै थिए । अफिसमा डेरा गरीराखेको हुनाले नयाँ डेरा खोजे ।  छिमेकी जनस्वास्थ्यको बैतडो हाकिमले सहयोगको साटो हेला गरेजस्तो लागेर चित्त दुखेकोछ । सहकारी र जनगणनाको लागि नयाँ मानिस भर्ना गरिन लागेकोले अफिसमा भीडभाड छ । म तेहरो दबावमा छु ।
फागुन २३ मा भुकम्पको अर्को झटका ब्यहो-यो दार्चुलाले । मेरो टाउकोमा सामान्य चोट लाग्यो । नोकसानीका उल्लेखनीय खबर सुनिएनन । घरमा बुवा बिमार परेको खवर आइरहेकोछ । तर केही गर्न सकिएको छैन ।   
  ०३८/१/१७ गते हुने रा प स निर्बाचनको तयारीमा समेत कार्यालयको ब्यस्तता बढछ । घरेलु माग पूरा गर्न नसक्दा पत्नीसंग पनि ठाकठुक परिरहन्छ । फेरि चुनाव हुने र ब्यास क्षेत्रतिर सीमाको अफिस  सर्ने समय आएकोले आफुले सदरमुकाम बाहिर जानुपर्ने अवस्थालाई दृष्टिगत गरि श्रीमतिलाई घर जान धौ धौ मनाए । बरा, उसको पनि समस्या म बुझ्दछु । तर समाधान दिन सकेको छैन । घर सम्झदा दिक्क लागिरहन्छ । येनकेन रुँदारुदै उनी घर जान बाटो लागिन चैत २८ गते २०३७ का दिन । पिथौरागढ हुँदै चैत ३० गते छोरालाई कहिले बोक्दै कहिले हिडाउदै जोइपोई भुलगौ पुग्यौ । ससुरा थलिएका छन । सासुको आफनै ताल छ । घाममा ल्याईकोले होला दीपक पनि च्याठिन थाल्यो । डीठ लागेको भनेर झारफुक गरेपछि अलि ।ठिक भयो ।
२०३८ को नयाँ बर्ष शुभारम्भकै दिन सासुज्यु जोशीबुङा जाने तयारीमा रहेछन । जेठान सुदर्सनलाई साथलिई बाटो लागे । श्रीमतिले रुदै पकाएको खाना खाएर म सुर्कालतिर  हिडे । राति ९ बजे पुगेर बुवालाई ढोके । केही बोलेनन । सिकिस्तै रहेछन् । अरु सामान्य नै रहेछ । घरको वास्ता नगरेको भनी मलाइ नै दोषी देखाइदो रहेछ । नयाँ भैंसी किनेका रहेछन् । छिमेकी र भाइ- बुहारी झन भडकाउदा रहेछन् । तर मसित कसैले केही प्रष्ट कुरा गरेन ।
म आएको थाहा पाएपछि बुवालाई भेटने बहानामा मानिसहरु आउन थाले । तर उदेश्य कुरा बुझ्ने हुदोरहेछ । नजिकै दुर्गास्थानमा खुलेको नयाँ मा बि का बारेमा चर्चा चलाउथे । चुनाव नजिकै आइसकेको थियो । मेरो बिचार मागिन्थ्यो । पिताजीको बिमारी बापत देवता सोध्ने भनेर धामीहरु बोलाइए । तर कोहिमा पनि देवता अवतरण भएनन । बरु दिपकलाई ल्याउनु पर्ने कुरा भयो । रमा बैनीको बिबाहको मात्र चिन्ता भएको कुरा बताए पिताजीले । दोस्रो दिन संझाइ बुझाई गरे । तेस्रो दिन त बैनीको बिबाहको जोशीबङामा ठेगान मिल्यो । ५ गते घरबाट हिडे । छ गते ससुरालीबाट ।  आउने बेला दिपकले समातेको मेरो हात मुश्कीलले छाड्यो । ७ गते दार्चुला छिरे ।

निर्बाचनमा पनि ब्यासमैं

   ०३८ बैशाखमै निर्बाचनको खटनपटन हुँदै थियो । बिधिबसात म त सबभन्दा टाढाको केन्द्र तिङ्कर पो खटिनु प- यो । कनिकुथी तयारीमा लागे । भाग्यमा हिमालतिर जानू नै लेखेको रहेछ जस्तो लाग्यो । भएको के थियो भने निर्बाचनको लागि राखिने कन्ट्रोल रुममा काम गर्ने गरि खटिएको थिए । देश दर्शनको कार्यक्रममा दरबारमा  बोलाइएका तिंकर गुम्बाका लामाले जनमतसंग्रह ताका आफनो गाउमा बुथ नराखिएको गुनासो जाहेर गरेका रहेछन् । त्यसैकारण अन्तिम तयारी पूरा भएपछि दरबारबाट हरहालतमा तिङ्करमा बुथ कायम गर्ने भन्ने हुकुम बकस भएको रहेछ । हुकुमको जवाफ थिएन । सोधखोज गर्दा २३ जनामात्रको भोटरलिष्ट तयार भयो । भान्छामा बस्नेले कि राम्रो खान पाउछ, कि भोकै बस्नुपर्छ भन्दै प्र जि अ ज्युले मेरै नाम प्रस्तावित गर्नु भएको रहेछ । यसरी निर्बाचनको काममा घर न घाटको पण्डा बनी केही दिन काटे । निर्बाचन खर्च- टिएडिए-७२७/- भाडा१३०/- बुथ निर्माण ७५/- प्रकाश३०/- झन्य खर्च २२२/- स्वयमसेवक६० ।- मतगिन्ति३०/-=८३०/- खर्च पाइएको थियो ।
   जेहोस म फेरि सबभन्दा टाढा र दुर्गममा खटिए । २१ गते मेरो सहयोगी निर्वाचन टोली टिंकरतर्फ प्रस्थान ग-यो । दाहुतिमा खाना खाई सुनसेरा बस्यौ । अर्को दिन सुनसेरा राप्ला राङ्थल हुँदै दुमलिङ पुगेर खाना खायौ । निर्माणाधिन घोडेटो बाटोले ट्रयाक खोलिसकेको सुचना पाएर अब थिङ्को एकदिने उकालो हिडनु पर्ने भएन । त्यसैले घाटिबगर पुगिएला भन्ने हिसाब लगाएर अबेर गरि हिड्यौ । तम्बाकु पुग्दा नपुग्दै असिनापानी पर्न थाल्यो । पानी रोकिएपछि माथि भिरबाट बन्यजन्तु बाँदर लंगुरहरुका ओतबाट निक्लि बासबस्न लागेका बथानले लोटाएका ढुंगा बर्षन थाले । पाखामा टाउको जोगाउदै नयाँ टेक्नमात्र पुग्ने भीरमा सम्हालिदै हिडनु पर्ने भयो । साँझ पर्न थालेको थियो छंगाछूर भीरमा अलिकति यताउति टेकियो भने जीउ महाकाली पारी भारततिर र ज्यान माथि स्वर्गतिर जाने निश्चित थियो । आधा भिर कटि सके पछि आधा ग्रुपले भिर छिचोली सक्दा अर्को आधाग्रुप हिडनै नसक्ने देखिएकोले एउटा ठाडो सानो ओडारमा बास बस्न बाध्य थियौं  । तल नेपाल भित्र पसेको महाकालीको कर्कस आवाज आउथ्यो । माथि भोजपत्रको जंगल । निंगालाका मुल्जाको अडेस लाएर पहरामुनि ओत लाग्दै थियौ । अकस्मात गहुको रोटी डढेको मीठो गन्ध फैलियो बाताबरणमा । केही रहस्य पो हो कि भनेर डरायौ पनि । तल माथि केही छ कि भनेर २/२ जनाको टोली खोजिमा पनि खटियो । हो रै छ । हामी बसेको थुम्को मुनि बडेमाको ओडार भित्र त घोडेटोका ज्यामीहरु पो बस्दा रहेछन। खाना पकाउदै खादै नाचगान चलिराखेको । हामी विशिष्ट अतिथि भयौ । रात रमाइलो गरि बित्यो । अर्को बिहानै हिजो राति छुट्टिएको ग्रुपलाइ खोज्यौ । दोपाखेमा खाना खायौ ।
 नेपालपट्टि बाटो खुलेकै रहेनछ । हिउँ पग्ली चौरी हिडेपछि मात्र हिमाली बाटो निरापद मानिदो रहेछ । यहिकारण जनाई भारतीय इन्डो तिब्बतियन बोर्डर पुलिसको स्थानीय कमानलाई भारतिय बाटो हिडने लिखित अनुमाति माग्यौ । सो पाइयो पनि । तर हामीसंग रिबाल्बर, क्यामरा, रेडियो समेत भएको कारण लफडा पर्नसक्ने आशंकाले खतरा भए पनि आफनै बाटो हिडने निर्णय गरि कुन्तिसाँउको उकालो लाग्यौ । आंशिक हिउँ पग्लेर ठुल्ठुला खाडल परेका थिए । हामी कुनै पनि खाडलमा खसेर सोझै पाताल प्रबेश गर्न सक्थ्यौ । तै उम्कियौ । राति छांग्रु सीमाप्रशासनको बाँझो घरको बाँस भयो । गर्ब्याङका  आइ टि बि पि क्याम्प कमान्डर नेपाली मित्र बालाराम गुरुङजीसंग अनुभव आदानप्रदान ग-यौ, केही खानपिनका सामानको भौतिक सहयोग माग्यौ । ब स नि सितारामजीको टोली त्यहि बस्यो । हामी अर्कोदिन हिमपैरोको कठीन बाटो जसरी तसरी तिङ्कर पुग्यौ । त्यहाँको समुच्चा गाउँमा हुम्ला माइत भएकी एउटी भोटेनीले मात्र अलि अलि नेपाली बुझ्ने रहिछन् । उनकै मध्यस्थतामा खाने बस्ने ब्यबस्था मिल्यो।
  बैशाख २७ गते २९ मा २३ जनाले भोट हाले । बहुपति प्रथाका कारण बाँकी मध्ये धेरै खर्क तिर रहेछन , थोरै ब्यापारमा बाहिर । मतदान प्रतिसत ८० रह्यो । सोही दिन छांग्रु । दोस्रो दिन राप्ला र तेस्रो दिन राति राति ९ बजे खलंगा । सबै जना हाम्रो अन्तिम टोलीको प्रतिक्षामा रहेछन । बैशाख ३१ गते आएको निर्बाचन परिणाममा कुल ३७४४ भोट पाएर  ४४ भोटले कम्मान बहादुर पाल राष्ट्रिय पन्चायत सदस्यमा निर्बाचित भए ।

जिल्ला प्रशासन कार्यालयमा काज

   यसपछि म जिल्ला प्रशासन कार्यालयमै काज राखिए । प्र जि अ द्वारिकानाथ ढुङ्गेलले मलाई जिल्ला प्रशासन कार्यालयमै सरुवाको प्रकृया पनि चलाएका थिए । उनको नेतृत्वमा मैले धेरै कुरालाइ नयाँ अर्थमा बुझन थालेको थिए । त्यसताका मुद्दाको काममा खप्पिस एक जना बुढा सुब्बाको मातहत बसेर काम सिक्न अह्राइयो । तर सुब्बा सापले लेखेको अक्षर मलाइ बुझ्न नै गारो हुन्थ्यो, उनले आफु बाहेक अरुलाइ केही सिकाउन नै नचाहने । कागतपत्र त अरुलाइ हेर्नै नदिने । यो समस्या मैले प्र जि अ ज्यूमा जाहेर गरे । “ के लेखे भनेर पढनु भन्दा किन लेखे भनेर नियत बुझ्ने कोसिस गर्नु “ भन्ने निर्देशन पाए । यो निर्देशन मेरोलागि भविष्यको पथप्रदर्शक बन्यो ।  अन्चलाधिश कार्यालयबाट आएका मुखिया भक्त बहादुर सिंहलाई बढुवा दिनुपर्ने भएको कारण मेरो सरुवा रद्द भयो । बढुवा भएपछि मेरो सरुवा गराउने सर्त बमोजिम उनी नै महेन्द्रनगर गएर मेरो सरुवा गराएर ल्याएका थिए ।
     बुढा बा र नाबालक छोरा बिमारीका खबर तारन्तार आइरहेकाछन । गोल दुनियाँको भद्रगोल चक्करमा रमल्लिएकोछु । तर पनि जिन्दगी चलिरहेकैछ । दिक्क लागेर धारचुला गै कलेज प्रिन्सिपललाइ भेटेर आए । लगतै रु २४००/- बोकी घर लागे । आमालाई घागरो र आङणो किने । बहिनीको लागि सिलाइ मशीन । बाटोबाटै ससुराली झरे । दिपक सिकिस्त पो रहेछ । च्याठिने, बेहोस हुने । म देखेपछि बिसेक भएछ । तर ९ महिना र अन्य शुभ साइतका कुरा निकाली श्रीमतीलाइ नपठाउने भए । म एक्लै २६ जेठमा घर पुगे ।
  भंडारे सगरे बाजेमाथि देबस्व हिनामिनाको अभियोग छ । नरिदत्त बाजेले पहिलो पत्नी भुरीले घर छोडेपछि अर्को बिबाहको तयारी हुँदै थियो । भाईको व्यवहार बिबाहित भएपछि बदलिएकोछ । पिताजी रिसाएकै जस्ता देखिन्छन । बहिनीको बिबाहको समय आउदै थियो । चामल नभएको जनाउ दिएपछि खाद्यबाट चामल निकाल्न बैतडी जान्छु । ९ महिना कटेकोले सोही बाटो ससुराली । ससुरा पो झन बिमार । जे होस बिमारै बिमारको बीचमा बिमार छोरा र अर्धबिक्षिप्त स्वास्नी समेत सामान बोकी जेठ ३० गते घर फर्क्यौ । अर्को दिन ६० जना जन्तिसहित जोशिबुङाबाट बैनीको बरियाँत आइपुग्यो । जानेसम्म खटियौ । कुनै बाधा ब्यबधान नआई बिबाह सुसम्पन भयो ।
   दिपक झन बिमार हुदैछ ।आषाढको चटारो छ । बुवाले बाकी रहेको भनेको बैनीको बिबाह पनि पूरा भएकोछ । हामी जाने भनेकै दिन नियोजित जस्तै भाइबुहारी नजिकैको माइत जान्छिन । यो क्रममा हामी अलमलिन्छौ । ससाना कनिकुथीबाट विशाल कथा बनाइन्छन । म दिकदार हुँदै जान्छु । आधा आषाढ सकिन्छ ।
  बुवा जेठि बुहारिसंग कुने सरोकार नभएको बताउछन । भाई रमिते बनेर हलो जोत्न बाहेक सारा कुरामा आफनो श्रीमति सिपालु भएको कुरा गर्न थाल्छ । हामी त घरब्यबहार केही नजान्नेमा पो दरिन्छौ । “ घरको बिल्कुलै बिग्रिएको परिस्थिति जसोतसो भरथेग गरि भाईबुहारी समर्थ हुन्जेल जे गरे माफी पाउ । अब भोकै कोहि बस्ने छैनन । स्याडीका खेतमा मात हालेर काम गराउने हैसियत मेरो छैन। जे होला , मेरो परिवार म पालुला ।  बिदा पाउ “ भनेर बुवाआमालाइ ढोग गरेर हामी पनि घरबाट हिड्यौ ।

ब्यासतिरको अन्तिम यात्रा

   यसैताका प्रशासकीय अधिकृत को हैसियतमा सीमा प्रशासन कार्यालयका हाकिम पनि काजमा यतै आए । उनीसंग सीमामा बस्दाताका त्यति खुल्नै सकिएको थिएन । जनस्वास्थको भट्टजीलाई का मु हाकिम बनाउदाको मत बझानका कारण शा अ नन्दप्रसाद पौडेलले मलाई पुन: ब्यास नै पठाउने षडयन्त्र गर्न थाले ।  साउनमा प्र जि अ स्वयम् ब्यास जाने कार्यक्रम बनेकोले म पनि त्यहाँ जानू पर्ने भयो । म काज फिर्ता भए । साउन ५ मा जन्तिजस्तै २५ जनाको टोली प्र जि अ द्वारिकानाथको नेतृत्वमा ब्यासतर्फ हिड्यो । परिचित बाटोमा लुरुलुरु म पनि हिडिदिन्छु ।
  यो भ्रमणको चहलपहल विशेष हुने नै भयो । विशेष गरि तिङ्कर भंसारमा भएका भ्रष्टाचारजन्य कारवाहीको निगरानी गर्ने काम समेत मैले पाए । तर त्यहाँका खरिदार नुमनाथ ओझाको उखरमाउलो ज्यादै सहि नसक्नु देखियो । मानसरोबरको यात्रा पूरा गरि फर्कदै गर्दा प्र जि अज्यू मा सोही ब्यहोरा सपष्ट जाहेर गरे । भंसारको चार्ज अरुलाई बुझाई नीजलाई जिल्ला प्रशासनमा उपस्थित हुन पठाउने आदेश भयो । साउन २१ गते प्र जि अ टोली फर्कियो । पुन: म एक्लिए । बल्लतल्ल तिङ्करको चार्ज अरुलाई दिएर साबिक हाकिमलाई कारवाही चलायौ । आफना असली हाकिम नन्दप्रसाद यतै बसे ।
  च्याक्ति नामको चंचल पानीले साँझ सँधै रमाइलो रहन्छ । ससाना घटना भने घटिरहन्छन् । ब्यास गुफा, कौवा , अमृतताल, कालापानी सेरोफेरो घुमिन्छ । तिङ्करतिरको बाटो माथि बम जस्तो बस्तु भेटिएको खवर पाएर त्यता गयौ । नभन्दै त्यो बस्तु भेट्टियो । नपडकिएको बम नै रहेछ ।हाकिमले सो बस्तु टिपेर ल्याउन मलाइ अह्राए । बिस्फोटक मानिने बस्तुलाइ नचलाउने भनेर मैले अडान लिए । उनले टिप्नलाइ रुमाल दिए । मैले म छुँदै छुन्न भनेर टोपी निकाले । गलफति बढदै गयो । प्रहरीलाई खवर गर्ने भनेर हामी फर्क्यौ । प्रहरीले पनि सो बस्तु ल्याउन मानेन । पछि सेनाको टिमले सो बस्तु उठायो । खम्पा काण्डमा छोडिएको बिस्फोटक नै थियो रे । एकपल्ट रक्सी खाएर मस्त भएका चेकपोष्ट हाकिमको पिस्तोल नै स्थानियले खोसेर लगिदिएका रहेछन । हामीले मध्यस्त बनेर छुटायौ ।
   २४ साउनका दिन आधा कपाल दुखेर म इन्तु न चिन्तु थिए । यस्तैमा मानसरोबर यात्राको क्रममा एक जना बाबा मेरो अफिसमा आएका थिए । म एक्लै थिए । सकी नसकी उनको सिफारिस लेखी दिए । उनले आफुलाई शिव चैतन्य ब्रमचारी नेपाली बाबाको नाम दिएका थिए । मेरो स्थिति देखेर थोरै जडिबुटि दिए । यो बुटि खाएपछि कहिले कपाल नदुख्ने भनेका थिए । मात्र २ मात्राले आजपर्यन्त यसरी आधा कपाल दुखेको छैन । ती बाबाको दोस्रोपल्ट दर्शन  पाइएन । अभिसप्त अश्वत्थामा यी पहाडमा घुम्छन भन्थे । उनै पो थिए कि ! अहिले सोच्दैछु ।
   साउन यसरी नै सकिन्छ । भदौ ५ मा पहिरोमा जीवन मृत्युको संघर्ष पुरा गरी म एक्लै सदर मुकाम फिर्ता भए ।  कृषि बिकास बैंक दार्चुलाका तत्कालिन मैनेजर दामोदर भट्ट मार्फत उनकै सशुराली चम्पावतका सम्बन्धी धारचुला गबर्नमेन्ट इन्टर कलेजका प्रिन्सिपल … सकटाजीबाट आइ ए को फाराम पनि भर्ने ब्यबस्था मिलाए । यसरी  सात बर्षपछि पढाइसंग जोडिए । अस्थायि नागरिकताको चक्करमा नभरेको आइ ए फाराम बिभागीय स्वीकृति मागेर भर्न भ्याए । यो सब तारतम्यमा प्र जि अ ज्युको सहयोग प्राप्त रह्यो ।

जगगा नापीको काममा

  भाद्र १३ गते बैतडी ससुरालीमा पुगे  । हरितालिका परेकोले २ दिन यतै काटे । १८ गते घर । जसरी पनि नाति घर ल्याउने पिताजीको जिद्दीले ससुराली फर्के । यो समय घरेलु शीतयुद्धको कठोरकाल थियो । लगभग घचेटेर परिवार घर ल्याए गौराष्टमीका दिन । अज्ञात आलोचनाको डरले बनाएका गहना समेत गौरामा नलाउने भइन उनी । बरा, पोइले दिएको सामान देखाउन पनि डर मान्नु पर्ने । आयब्ययको छेउटुप्पो नै नबताई खर्चका नयाँ नयाँ तरिका निकाल्छन भाइहरु । फेरि खुट्टा दुखेर हिडन नसक्ने हुन्छु म । मात्र पर्यबेक्षक बन्ने कोसिस गर्दछु । तर रीसजति स्वास्नी माथि नै खन्याउछु । यो बिडम्बनामा आफै हाँस्छु  । पारीवारिक जीबनमा यो पनि उपकथा नै बनिदिन्छ।
  १५ असौजमा अरु खर्क जाने भए । गाउँमा दाखेल खारेज नामसारीको काम । खर्कमा ब्यबस्था झन डावाडोल देखे । घर र खर्क गर्दै श्रीमतिले दिन बिताइन । म तालुकदारको काममा लागे । तर खाने जुगाण समेत आफैले मिलाउनुपर्ने बाध्यता भयो  । कुन्नि के मिलेन, मलाई कुलाङ्गार, अधम र नकचरो समेत भन्न भ्याए । दशै यस्तै किचमिचमा बित्तो। तालुकदारी लेखपढमै बित्यो आफना दिन । न जस मिल्यो घरमा, न कुनै आमदानी ।
   यस्तैमा असौज २४ गते तल्लो स्वराडका शिक्षक मीन बहादुर चन्द पुलिसको गोली लागि मारिए ।  गाउँमा नामसारीको काममा ९२ जनाको काम बापत मुखियाले १०००/- थमाउछन् । रु ३००/- राखौर बाँकी पिताजीलाई नै बुझाउछु । परीगाँऊवाला यहि काम बापत धारीको जग्गा एकमुष्ट हामीलाई दिने वचन दिन्छन ।  जग्गा सम्याउन र खर्क बनाउन ठुलो रकम खर्च भएको भनेपछि भाइलाइ नै एकमुष्ट धारीको त्यो जमीन छोडिएकोछ ।

सपरिवार दार्चुलामै

 असौज २५ गते सपरिवार ससुराली हिडे । सासू ससुराले पनि रिसाए जस्तो पो गरे । दोस्रो दिन कुरै नसुनी झुलाघाट गयौ । सडक बिग्रदा एकदिन पिथौरागढ बसियो । बेलुका राम बलराम फिल्म हेरेर बस्यौ । असौज मसान्तमा दार्चुला भित्रिए  ।
  तर आफनो हाकिमले बिदा नस्विकारी सपष्टीकरण पो सोधेको रहेछ । तलबभत्तामा मा पनि मेसको खर्च कटाई टि ए डि ए समेत बाकी राखेर सकेसम्म तेल निकाल्ने उपक्रम मिलाएको महसूस गरे । तर कातिक १ देखि नै जिल्ला प्रशासनको काममा खटिइ खाद्यान्न हिनामिनाको अनुसंशधान गर्ने जिम्मा पो दिए प्रमुख जिल्ला अधिकारीज्यु ले । डेरा सार्छु र ब्यबस्थित भएर पढाइ शुरु गर्ने जमर्को गर्छु । हिन्दीमा पढने लेख्ने बानी पार्न हम्मे नै पर्दो रहेछ । तै अज्ञात भबिष्यको खातिर यौटौ प्रमाणपत्रको जोहो मिलाउन तोकिएको पढाइ पढनै पर्नै बाध्यता छ । पढछु । बिहान ४ बजे उठने टाइमटेबल मिलाउछु । कहानीलेखनको प्रशिक्षण पनि लिन्छु ।
  दिपावली डेरामा रमाइलैसंग बित्यो । पटाका पट्काउदा श्रीमतीको आँखा झन्डै चट भएको । उसको रोगी काया मायालाग्दो देखिन्छ । कति निर्दोष आँखाहरु र अभिब्यक्ति । अनुहार सुन्निएकोछ । पेट बढेकोछ । अह्राएको गर्नु भन्ने बाहेक अरु केही नसिकाएको जस्तो भोलाभाला काम गराई छ । घरको सामानलाई माइतबाट आएको भनेपछि मात्रै रोएर खोल्ने गर्छिन । २०१७/६/९/७ शाके १८८२ नक्षत्र १५ घडी २१/४५ जन्म १५  लग्न ७ राशी ७ भएकी तारा नाम्नी कन्या रे । चीठा अनुसार म ज्योतिषसंग ग्रहदसा देखाउन लाउछु । जे भएपनि उसैको आडमा उभिने कोसिस गर्दैछु ।
  अब घडीको ४.१५ को अलार्मले बिउझाउन थाल्छ ।  केही दिन मै अलार्म भन्दा पनि ठिक समयमा दिपक पो उठन थाल्यो । अनि उसलाई काखमा राखेर पढने बानी बसालियो । हिन्दी सुधार्ने उपक्रममा कादम्बिनी र सारिका को नियमित ग्राहक बन्छु । यसो गर्दा पाठ्यक्रम भन्दा कथा कबिता मै ज्यादा अलमलिन थाले । भनौ यसैमा रस बस्यो ।
  मसिरमा मात्र पुरानो २ महिनाको तलब बुझे। हाकिमले बाध्य भएर दिएको रे । काम अन्यत्र गरे तलब उतै खान्छ नि भनेको रे । दरबन्दी सीमा प्रशासनमा भए पनि जिल्ळा प्रशासनको काममा ब्यस्त रहि प्र जि अ को मातहत बसेको धेरैलाई मनपरेको थिएन ।
  पुषको दोस्रो हप्ता राजाको भ्रमणको बृहतम चर्चा चलेकोछ । ४ वटा अंचलाधिश फेरिएकाछन । शाही नेपाल चलचित्र संस्थानले देखाएको डकुमेन्टरीका कारण निकै दिन भावुक बने । खाद्य गोदामको निरीक्षण गर्दा स्टक कम देखियो । यसतर्फ कारवाही चलाइयो । अंग्रेजी बर्ष 1981 सकियो ।
सन 82 खाद्य गोदाम निरिक्षणको प्रतिबेदन तयार गर्दै प्रारम्भ गरियो । शा ने च सं राष्टियता सम्बर्धन गराउने डकुमेन्टरीबाट नेपाली लोकनृत्य हेरियो । राजा रानीको शाही भ्रमण चलेकोछ । तर पुस २२ मा दार्चुलाको ब्यारेकमा मात्र आएर यो भ्रमणको अनुष्ठान पूरा भयो । त्यतैबाट फुर्र फिर्ति सवारी भयो ।  प्र जि अ लाई पनि खासै सरिक गराइएन । बाहिर विभिन्न अडकल काटिए । तत्कालिन प्र जि अ को भनाईको सम्झना आलै छ ,जिल्ला प्रमुखलाई कुनै सुचना नदिइएबाट प्रमुख भएर बस्नुको औचित्य सकिएकोछ । नभन्दै केही दिनमा वहाँको एकीकृत बिकास बिकास परीयोजनाको कोअर्डिनेटरमा सरुवा गरियो । चुरीफुरी देखाउने अधिकृत द्वयलाई पो बिभुषित गरियो ।
  जे होस्, समय निख्रिदै गयो । दार्चुलामा आँखा उपचार क्याम्प चल्यो । बिरेन्द्र शिल्ड प्रतियोगिता चल्यो । कार्यालय निरिक्षण भए । यसै काममा केन्द्रबाट सहसचिब जगन्नाथ जोशीको नेतृत्वमा टोली समेत आयो । पारीवारिक बृतमा ढिलोगरी थाहा पाइएको दोस्रो नानीको शुभागमनको प्रतिक्षामा रहे । अनुकुल मिले आइ ए पास गरेपछि बैतडी सरुवा भै जाने र राम्रो अस्पताल पुगी श्रीमतिको बिस्तृत स्वास्थ्य जाँच गराउने हवाइ प्लान बनाए । पिथौरागढ पुगी आइ ए फारामको केही थप औपचारिकता पूरा गरे । यसरी माघको जाडो दार्चुलामा काटियो ।
  फागुन शुरु मै जर्गको भाई भगिदत्त पाण्डे ( फुपुको छोरा ) सडक दुर्घटना परलोक भएको खवर ढिलो गरि प्राप्त हुँदा ज्यादै दु: ख लाग्यो । म स्वयं बिमार परेर अस्तब्यस्त भए । " घरभित्रको एकसिङ्गे गैडा , त झन छोइ नसक्नु बने । चैत्र १० गते सबैसंग बिदा भै प्रजिअ द्वारिकानाथ ढुंगेल नुवाकोटतिर लाग्नु भयो । म फेरी लगभग अभिभावक बिहीन भए ।
   स्थानिय निर्बाचन हुने तरखरमा छ । प्रशासकीय अधिकृत त्रिलोक कायम मुकायम प्र जि अ मुकर्रर गरिए । सीमा प्रशासनका मेरा साविक हाकिम हजुरिया जनरल भए । यसपालाको निर्बाचनमा म कामबिहीन बनाइए । आइ ए को तयारीकोलागी यो काम मेरो निम्ति अनुकूल हुन गयो । यसैताका पंचायत पुनर्गठन पनि भए । बैतडिमा ६८ गापं कायमहुँदा दुर्गास्थान बिभाजित भै बसन्तपुर कायम भयो ।
गृहलक्ष्मी कुनै हालतमा पनि घर नजाने अडान लिन्छिन । चैत अन्ततिर दिपकलाई भयंकर झाडापखाला । एकै राति ८/१० चोटी । औषधिका खातका खात ।  रु ४००/- को टनिक मात्र दिइयो । पिताजीलाई रु ५००/- पठाए, एक मान्द्रो किनी दिएर प्र ह सुनसिंह मार्फत घरमा पठाए । यसरी यो बर्ष २०३८ तुहाइयो ।
  बर्ष २०३९ को स्वागत ४.१५ को अलार्मले नै गर्दछ । शाही सन्देश मार्फत अब बिकेन्द्रीकरणलाई कार्यान्वयन गर्ने आश्वासन प्रसारित हुन्छ । दरबारका सरदार हंसमानसिंह लाई काजी पदबी समेत बक्सिएको खबर आउछ ।
  बैशाख ६ को एकाबिहानै अफिस जाँदा बाटोमा आफनै असली हाकिम सीमाको शाखा अधिकृतसंग बाटोमै भनाभन हुन्छ । धित मर्ने गरि बात सुनाए । चित्त बुझाए । गर्नु नै के सकिन्थ्यो र । दिउँसो त काज फिर्ता पठाई दिने भनेर पत्र लेखेछन । त्यसै दिन प्रशासन ब्यबस्था बिभागमा तालिमको मनोनयन  भए । सबै निर्बाचनमा खटिएकाले अफिस कुर्ने मै बाकी थिए । सीमा प्रशासनमा नजाने मुड बनाएर बसिदिए । तै पनि बैसाख १२ गते काज फिर्ताको चिठी दिए ।
  अर्को दिन धारचुला गै ४२५७६५ रौ नं कायम भएको आइ ए परिक्षाको प्रबेशपत्र ल्याए । १४ देखि परीक्षा शुरु भयो । अफिसले भने जाँच हुने मितिमा आधा दिनको बिदा मात्र स्वीकृत गर्ने भयो । तै बीचमा ग्याप हुँदा मेसो बिग्रेको थिएन । यस्तैमा दिपक लोटेर जिब्रो काटियो । पढने मुड नै मिलेन । धर्मयुग र कादम्बिनी पढेर दिन काटन थाले । बल्ल तल्ल उपचारपछि उ ठिक भयो । जनगणनाको एउटा मधेशे पियन “ यस्तो बेला स्वास्नी केटाकेटिसंगै राखेर के होला ? हजुर । जहा भएपनि टकराउनु पर्छ, पैसा कमाउनु पर्छ । बुढेस कालमा पो मजाले बस्ने हो। “ भन्ने दर्शन पिलाउछ । खलंगाको बर्गीय संगठनको चुनावमा सहायकको हैसियतमा मलाई खटाएछन । मतदान अधिकृत बैतडीका श्याम सिंह थापा सारै मिलनसार हुँदा कुनै फरक परेन मलाई ।

माहिलो छोरा कैलाशको जन्म

जेठ ११ गते बिहान ७ बजेदेखि ईतिहास र नागरिक शास्त्रको दुइवटा जाँच  एकै दिन परेका थिए । पत्नी राति देखि नै छटपटिएकि थिइन । प्रसब ब्यथा पो रै , छ ।  ठिक ६.१५ मा दोस्रो सन्तान जन्मिन्छ । छेउमै बस्ने प्रहरी परीवार भगत र भट्टजीलाई बच्चा भएकोले खबर गरि दिनु होला भन्ने अनुरोध गरि कलेज दौडिए । ५/७ मिनेट ढिलो भए पनि जाँच दिन पाए । ११ बजे घर पुगे । छोरा भएको रहेछ । एक घन्टा जेठो छोरालाई सम्हाली फेरि फेरि अर्को पेपर दिन भारततिर लागे । जे होस जाँच छोडिएन । कामको दोहरो पेलान बेहोरियो । कोठामा कपडाको पार्टिसन गरि ब्यबस्थित गरे सुत्केरीलाई । त्यो दिन नुहाएर राति १२ बजे एक छाक मात्र खाए । अर्को दिन पारीबाट सरसामान किने । खाना ख्वाए । अफिस जाँदा हाकिम त माथि ब्यास जाने तयारी गर्नोस पो भन्छ  । जे होस, १६ गते छैठीको अनुष्ठान सामान्य रुपले मनाए ।
२१ गते न्वारान । सिमित उपस्थितिमा औपचारिकता पुरा गरियो । अबिस्मरणिय शिबस्थलको यात्रापछि पाएको छोरा भनेर कैलाश नाम राखे । आजदेखि श्रीमती स्वयम् खाना पकाउन थाल्छिन । जेठको अत्यधिक गर्मी । सद्यजात छोराको आँखा र नाइटोमा संक्रमण देखियो । थप अर्को पात्र अस्पताल लैजानुपर्ने भयो । जेठ २४ गते चिकित्सकको प्रमाणपत्र सहित बिमारी बिदाको निबेदन दिएर थकित गलित भएर घरमै बसि दिए । २५ गते आफनो हाकिमलाई २/४ कुरा सुनाए । त्यसपछि बोलचाल नै बन्द भयो । का मु प्र जि अ ले नैतिक समर्थनको कुरा मात्र जनाउदै हाकिमसंग लिहाजले बोल्ने निर्देशन दिए । बिदाको सिफारिस पनि नगर्ने भनेका थिए । पछि गरेछन । यसपछि गुप्त एकान्तबास बसे ।
निर्बाचनको धामधुम सकिए लगतै ५ आषाढमा बिदाबाटै महेन्द्रनगर झरे । शिबशंकर होटेलमा बसियो । अंचलाधिश क्वार्टर नै गएर बिहानै अंचलाधिश पशुपतिदेब पाण्डेज्युसंग कुरा राखे । चाखसंग कुरा सुन्नु भयो । जिल्लाबारे केही बुझ्नु पनि भयो । संयोगबश बैतडीबाट बिजयी सभापति जयसिंह महतासंग पनि क्वार्टरमे भेट भयो । उनले पनि सक्दो सिफारिस गरे । १० बजे अफिसमा भेटन अह्राउनु भयो । भेटे । २ बजे सबै काम सकेर फर्किए । दोस्रो दिन दार्चुला । सबै जना बिमारी परेका रहेछन । घरधन्दामा लागे । अफीस गै हाकिम द्वयलाई फुर्तिसाथ कुरा सुनाए । १५ दिनको बाटो म्याद र ४ दिनको बिदा बल्ल स्वीकृत भयो । सीमाबाट तलब लिन जाँदा गयल पो जनाएका रे । कागज पेश गरे । तलब झिकी मागे । बोलचाल भएन, लिखतबाट मात्र काम भयो । यसबाहेक खास काम छैन । पत्रकारिता तथा कहानी लेखन महाबिद्यालय अम्बालाबाट पत्राचारको माध्यमबाट कोर्स गर्दै थिए । त्यसको पनि परीक्षा सकाए ।
   ०३९ आषाढको अन्तिम हप्ता । मौसममा खडेरी छ । ज्ञानी जैलसिंह भारतका प्रधानमन्त्री बनेकाछन । म अफिस आउजाउ मात्र गर्छु । हाकिमहरुको रवैयाका कारण काम खासै चासो छैन । श्रीमतिलाई मुख सुनिने र प्यास लाग्ने ब्यथाले अती सताउदैछ । अझ डेरामा गाई पाल्ने सुर कस्छिन । फलत: किचलो पनि बढेकोछ ।

आइ ए उतिर्ण भइएछ

  आर्थिक बर्ष ०३९/४० शुरु भयो । १४ साउनमा आइ ए को रेजल्ट खुल्यो । ४५% पास रे । पर्सिसम्म क्रस लिष्ट आईपुग्ने कुरा सुनाए । १६ गते कलेज पुग्दा मेरै बारेमा कुरा गरिरहेका प्निन्सिपलबाट आफु राम्रो नम्बरले पास गरेको छडके जनाउसम्म पाए । खुरुक्क फर्के । ईश्वरलाई धन्यवाद दिए ।
  पछि थाहा भयो, कलेजबाट २० नं मात्रले प्रथम डिभिजन पुगेनछ । प्राइभेटबाट मेरो नै राम्रो नम्बर रे । श्रीमतीको प्रसुति बिग्रिएको भनिन थाल्यो । पारी महिला डाक्टरहरुबाट चेक गराए ।  तै रगतको रिपोर्ट सामान्य । खाली कमजोरीको कुरा आयो । इन्फेक्सनको आसंकामा पेन्सिलिन पनि चलाइन्छ । विभिन्न उपचारका कुरा हुन्छन । किचकिच बढदोछ । गौरामा पनि जान सकिएन । दिक्क लाग्छ । स्वास्नी त नाग बाग बन्छिन । मानौ अरु कोहि सुत्केरी भइनन । अरुले २ बच्चा पाएनन । कोठा गन्हाएकोछ । लुगा सबै गिला छन  । अनुहार झन झन सुनिएर आएकोछ । स्थिति तनावग्रस्त हुन्छ । भदौ १७ काँणाका दोकानदार मामा रामदत्तले आत्महत्या गरेको खवर पाए । बिचरी अति महत्वाकांक्षी माइजू कसरी बसेकी होलिन? कल्पिन्छु । अति नै दुख लाग्डछ । यता पत्नीको लामो इलाज चालु छ । घरेलु उपचारहरु पनि थपिन्छन । जस्ले जे भन्यो तेहि गर्नुपर्ने बाध्यता सिर्जना गर्ने उस्को बानी परिसकेको जस्तो लाग्यो । असौजमा त श्रीमतिको खुट्टा, छाति र तल्लो पेट पनि सुनिन थाल्यो । उनी बिउरा आमा जस्ती  बन्दैछिन । खाली मुल्ला दौड । एकदिन त च्याठिएर आफै डाक्टरमा पुगिछन । अर्को दिन गै सोध्दा खास केही छैन कमजोरी मात्रेे बताउछ । १५ असौजमा इन्जेक्सनको अन्तिम डोज रे ।
  यस्तैमा अंचलाधिश खोसुवामा परे । नयाँ अंचलाधिश समुद्र केशर पण्डित आएपछि बल्ल बैतडी सरुवाको पत्र पाए । यसै ताका  डा के आइ सिंहको स्वर्गबास भएको खबर सुनियो ।

लागियो बैतडीतिर

  असौज २६ गते घरबाट भाई आउँछ । पारी बजारमा सरकस चलेकोछ । सगोल भएर हेरिन्छ । टाइपिष्टको जाँचमा भाइलाई दुर्गमको कोटामा उतिर्ण गराइन्छ । र लगतै आफनो बरबुझारथ शुरु हुन्छ । ५००/- भा रु र पैन्ट जकेट दिएर भाइलाई घर पठाए । दशै दार्चुला मै बिताइन्छ । बिजयादसमीको दिन कैलासको अन्नप्रासन गरियो । पत्नीको हकमा बैद्यले कमलपित्त भन्छ । हेराउनेले दोख भन्छन । पेलिएको छु म  । उ त बैतडी नै जानू हुदैन पो भन्न थाली । कसैलाइ संचो छैन । तै पनि २२ गते घर जाने नै भयौ । कैलाशलाई मैले सम्हाले । ३ बजे पिथौरागढ पुगियो । दोस्रो दिन पिथौरागढ जिला अस्पतालमा चेकअप गराए । बेलुका जेलयात्रा नामको फिल्म हेरियो ।
  अस्पतालको चेकमा चित्त बुझिएन । प्राइभेटमा जचाए । त्यहाँ पनि फरक डायग्नोसिस । पछि नाम चलेका, थोरै बोल्ने र थोरै औषधि लेख्ने भनेर बहुप्रचारित डा पाठकमा पुगे । सारा जाँच भयो । १० दिनको सामान्य औषधि दिएर पठाए । कैलाशलाई पनि औषधि गरियो । अर्को दिन झुलाघाट बस्यौ । २६ कातिकमा फेरि ससुराली गयौ । कार्तिक २८ गते दीपकलाई मात्र बोकी म  घर सुर्काल पुगे । बल्ल बल्ल बोल्ने मेसो बन्यो । अर्को दिन लक्ष्मीपुजा थियो । तर हाम्रो गाउँमा कुनै चहलपहल थिएन । दिपावली पछि बैतडी जाने सुर गर्दा गोरु जोत्ने रमाइलोमा दीपकले जानै मानेन । यहि निहुमा अरुले अत्तो थापे । निदानत: म एक्लै ससुराली पुग्दा दीपकलाई छाडेर आएको भनेर श्रीमती रून पो थाली । दोस्रो दिन फ्लोअपमा पिथौरागढ हिड्यौ । फोक्सो खराब हुँदा पिसाबमा खराबी देखिएको रे । १५ दिनको औषधि लिएर फर्क्यौ । अर्को दिन म भने खुरुक्क दार्चुला गए । दिन ७ को बिदा लिए । पुरानो केही दै भ्र भ वापत रकम बुझे । बेलुका रक्सी खाएर धुत भएर हाकिमलाई हप्काउन थालेछु । तर कुरामा म ठिक ठाउमै रहेछु । कसैले कुनै कुरा नै उठाएनन ।
   मंसिर १२ देखि रवाना ल्याए । बिदाई भयो । दार्चुलाको चिनो चुटुक ९५०/- दुई दन  ८००/- र दुई पाखी ४००/- मा किने । बेलुका पारी धारचुला बसे । बिहान ४ बजे यो शुभस्थान छाडे । बेलुका ३ बजे झुलाघाट पुगे । भारी बोकाएर गोठलापानी । भेटन जाँदा श्रीमती बाटोमै दिपक बोकी आउदै रहिछन । एकछिन ठाडठाडै भेटे । बोलाउन आएको भाइ भाउजुको कुनै वास्ता नगरी  रु ६००/- बोकेर हिडि सकेछ । घर पुगे । यतिकै २/३ दिन बसे । दीपक ल्याउने कुरा बनेन । खेल्ने साथिभाइ पाएर उ पनि यतै रतिएछ । देवतारीमा पत्नीलाई किणाईको दोष देखाए । १७ गते एक्लै ससुराली फर्के । दिपक नल्याएकोमा यता पनि सपष्टीकरण दिनु पर्ने भयो । १८ गते औषधि ल्याउन पिथौरागढ जानुपर्दा ससुराजीको मासिक १०/- पेन्सनको बारेमा समेत जानकारी लिएर आउने थप काम पाए । फर्कदा हडतालका कारण हिडेरै ससुराली पुगे  । सासू ससुरा एक्ला एक्लै, साली नछुने, पत्नी बिमार । बिजोगाबस्था । दार्चुलाका सामान घरमा पुर्याएपछि बल्ल हिउदमा लुगा कपडाको जुगाण मिल्यो । भाई कृष्णले ६ कक्षा पास गर्यो । २४ गते दिपकलाई लगेर ससुरालय पुग्छु । श्रीमतिलाई छाति दुख्छ रे । तै म पनि केही दिन उतै बस्ने ब्यबस्था मिलाउछु । २५ मंसिरमा जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन्छु । यसरी एउटा नयाँ आयाम लिएर जिन्दगीले कोल्टे फेरेको रहेछ ।

**


Thursday, April 4, 2019

जुम्लाको वैकल्पिक इतिहास

जुम्लाको वैकल्पिक इतिहास: राकम कर्णाली, भर्ता, महावु, ढिपु, गाग्रा दक्षिण पूर्वोत्तर र नाग्म, चुली मालिका, वुडु हुँदै पश्चिम उत्तर फैलिएका दुइटा पहाडको बिचमा जुम्ला अवस्थित छ भने नाग्म, रारालिही, चुलाकोट हुँदै डाँफेलेकतिर फैलिएको पहाडले सिंजा उपत्यका र चौघान उपत्यकालाई छुट्याई%2...

Wednesday, April 3, 2019

डायरी बोल्छ -१ ( जागिरको जोरजाममा )

डायरी बोल्छ-१ (  जागिरको जोरजाममा )


केहि गर्ने प्रयासतिर ; पहिलो इनिङ

   आफनो धरतिमा आफना मानिसहरुसंग रमाएर बस्न पाउनु नै स्वर्गीय आनन्द हो । जीबनारम्भमा त्यो आनंद सबैलाई प्रकृतिले पु-याइ दिएको हुन्छ । पछि प्रारब्ध र परिस्थितिले यो अबस्था फेरिन्छ । मानिस तद्नुरुप बदलिदै जान्छ ।
  मेरो हकमा पनि पितापुर्खादेखि कृषिकर्ममा लागेको परिवारभित्र नौकरी पेशा अंंगालेर क्रमभंग गर्ने म पहिलो ब्यक्ति बने । त्यसो त प्रहरी र सेनामा केही भर्ना भए पनि नेपाल सरकारको निजामती सेवामा प्रबेश गर्ने मेरो गाउँकै पहिलो मानिस पनि मैले नै बन्न पाए । यसरी पेशा परिबर्तनको कथा भने अचंंभको छ । यो कथाभित्रका कैयौ घुुम्तिहरू दुरुह र दर्दनाक छन । कैयौ मोडहरू मार्मिक र मोहक पनि छन् । जागिर शुुरुगर्दा खाएको शपथको उच्च सम्मान गर्दै केही मसिना सम्झना यी आलेखहरुमा समेटन खोजेकोछु ।
  एउटा आमभनाई छ; उत्तम खेति, मध्यम व्यापार, अधम नौकरी । उत्तम पेशाबाट एकै चोटि अधम पेशामा किन आइयो होला ? यो बेग्लै निरुपणको बिषय हो । २०३० सालको हिउँदमा नौकरिकै खोजमा पहिलोपल्ट घरमा जानकारी नै नदिइ महेन्द्रनगर झरेको थिए  । पहिलो चोटि बनबसा हुँदै नेपाल छिरेर सुखासालमा पुग्दा साँझ परीसकेको थियो । साथी जोशीजीको चिनजानमा बास बसेका थियौ । हातले कल चलाएर पानी निकाल्ने तरीका पहिलोपल्ट यहिं देखेको थिए । यो पानी भने गनाउने भएर खानै गारो लागेको थियो । टाढा कतै चलेको टुकटुके मीलको क्वाँ..क्वाँ... को आवाज बेरसिलो लाग्थ्यो  । सालका बडेमानका मुढामाथी बनाएको खुल्ला बुइगलमा येनकेन सुतियो । इटाभट्टाको अजंगको चिम्नी आश्चर्यको बस्तु थियो मेरालागि । केराको पातले हावा हम्कदै तातो मैरी भात खाएर अर्को दिन हिडेरै महेन्द्र नगर पुगेका थियौ ।
  गर्मीको उखरमाउलो सहनै गारो हुन्थ्यो । तै पनि साथी गणेश जोशी र म धेरै ठाउ घुम्यौ । महाकाली सींचाई योजनाको निर्माण काम चालु थियो । इ. चित्रदेब भट्ट योजना प्रमुख थिए रे । कसरी भेटने भनेर मेसो नै पाएनौ । बेदप्रकाशले भने  यतै काम पाए भन्ने सुन्यौ । गणेशजी र मलाई नगरमा चित्त बुझ्दो केही भेट्टिएन । बेलौरितिर मास्टरी पाइएको थियो । लाग्ला बेलौरीको घाम भन्ने बोलको तत्कालिन बहुप्रचलित लोकगितको भावार्थ सम्झेर जाने मनै लागेन । महेन्द्रनगरमा गर्मीले आत्तिएका हामीहरुलाई बेलौरी जाने साहस नै आएन ।  जे होस, पहिलोपल्ट महेन्द्रनगर देखे । केही दिन पाहुना बनेर यत्रतत्र काटे । हाम्रो पढाईको हैसियत त बल्ल बुझियो । केही काम नपाएर भनौ कि नगरेर १०/१५ दिनमा लुस्सुक्क घर फर्के । एस एल सी गरेको पहिलो बर्ष ०३० यतिकै किचमिचमा बित्यो ।

राजधानीको सडकमा ; नौकरीकै चक्कर

   रोपाइ सके पछि ०३१आषाढ २५ गते काठमाडौंको लागि प्रस्थान गरियो । सहयात्री थिए जर्गका नारायण दत्त पाण्डेजी । वहाँ नेपाल बैक लिमिटेडको शाखा प्रबन्धकबाट रिटायर भएर हाल महेद्रनगरमै बस्ने गर्नु भएकोछ । पिलभित, लखनौ, गोरखपुर, सोनपुर, मुजफ्फरपुर, रक्सौल र बीरगंज हुँदै काठमान्डौ पुग्दा आषाढ २९ भैसकेको थियो । साउन ६ सम्म पाको न्युरोडको पुष्प लजमा बसियो । तदुपरान्त तत्कालीन राष्टिय पंचायत सदस्य माननीय लोकेन्द्र बहादुर चन्दज्यू ( पछि सम्माननीय प्रधानमन्त्री ) को निबासमा धेरै जनासंगै म पनि पाहुना लागे ।
  वास्तबमा काठमाडौंको लागि कुहिरोको काग थिए म । कहिले होटेलमा खाइन्थ्यो कहिले भोकै पनि । केही दिन लगनखेलको गन्हाउने कोठामा एक्लै बस्ने जमर्को पनि गरे । प्युखाको होटेल काठमाडौं , पुतली सडकको शर्मा रेष्टुरामा समेत ओत मागियो । निदानत भाद्र २१ गते साथी उर्बादत्त भट्टसंग संयुक्त भएर नयाँ बजारमा डेरा लिइयो र जिन्दगीले नयाँ टेक लियो ।
  तत्कालीन माननीयज्युकै निर्देशन मुताबिक साउनतिरै कृषि बिकास बैकको  लेखपाल र ऋण सहायक निरिक्षकको बिज्ञापनमा दरखास्त दिन गएको थिए । फाराम भर्दा एक जना ठुलै हाकिम जस्ता मान्छेले मिजासिलो स्वरमा सोधे ।
“ हाकिम हुन पाइने पदमा फाराम भर्ने कि कारिन्दा भएर बस्ने पदमा भर्ने ? ”
भनाइको खासै मतलब बुझिएन , तर “ मिल्ने भए हाकिम नै हुने नि “ भनेर जवाफ फर्काए । ग्राम समितिमा गएर ब्यबस्थापक हुनपर्ने ऋण सहायक निरिक्षक पदको फाराम भरिएछ । यसैको परीक्षा दिइयो । बैकको लेखपालको पदलाई कारिन्दाको पद भनेका रहेछन । अपेक्षाकृत राम्रो मानिएको यो पद छोडिएछ । यो कुरा धेरै पछि थाहा पाए । ऋण सहायक निरीक्षकको साउन ३२ मै रेजल्ट भै छानिए पनि  तालिम मिति तिहारपछि मात्र तोकिने सुचना गरियो । यसरी काठमान्डौमा बसेर कुर्नु पर्ने अवस्था आयो ।
अर्कोतिर ब्याबसायिक बिषय पढने भनेर थापाथलि क्याम्पसमा भर्ना भए । यस्तैमा कानुन पढने तयारिमा पनि लागे । तर अर्थाभावको टडकारो समस्यामा कतै जाँगर चलेन,कतै निरन्तरता छदिन सकिएन । घुुइपाताल नौकरीको चक्करमा लागियो । काठमाडौं आउदा ७५०/- रुपियाँ मात्र बोकेको थिए । पछि पिताजीले रु ३०० र ८० गरि दुइपल्ट ड्राफ्ट पठाई दिनु भएको थियो । आउदाको बाटो खर्च २२०/-समेत ०३१ कार्तिकसम्मको खर्च त्यसैबाट जसोतसो चलाए ।
  त्यसताका राजा बीरेन्द्रको राज्याभिषेकको तयारीमा राजधानीको सिंगारपटार हुँदै थियो । सडकहरूको मर्मत सुधार युद्धस्तरमा चालु थियो । । सडक बिभागमा कार्यरत तत्कालिन सेक्सन अफिसर ( हाल सचिब पदबाट सेवा निबृत) कर्ण बहादुर चन्दज्यूको सिफारिसले सडक डिभिजन कार्यालय,जावलाखेलमा दैनिक ज्यालादारीको मष्टरोलमा हाजिर गरेर पहिलो पल्ट सरकारी काम गरे जिन्दगीमा ।
यहाँको दुख र रमाइलोको बयान पनि रोचक नै छ ।
  संगै एस एल सी पास गरेका साथी रत्न बहादुर चन्द ( वहाँले पछि खाद्य संस्थानमा काम गर्नु भयो ।) संग निबासमै गएर मैले कर्णबहादुर चन्दज्युसित  भेट गरेको थिए । मणिलेक मा बि मा रामलिला नाटक चलेको बेला वहाँ मेरो अभिनयबाट प्रभावित हुनु भएको रहेछ । मैले समस्या बताएपछि वहाँले सदाशयता देखाउदै “ सडक डिभिजनमा हाम्रैतिरका पन्तजी ओभरसियर छन । पन्तजीसंग आफै सम्पर्क राख्नु । डि इ एक जना सरदारजी छन । वहाँसंग म कुरा गरि दिउला । “ भन्नु भएको थियो ।  मैले सडक डिभिजन जावलाखेल गएर पन्तजीलाई भेटे । तर पन्तजीले कुरा सुने पनि खुलेर केही गर्न सक्नु भएन । ४/५ दिन पर्खे । केही सीप नलागेर डि इ सरदारजीसंग पनि चन्द सरको सन्दर्भ दिएर कुरा राखे । वहाँले कुरा भएको सकार्दै “ नआतिनोस, कतै मिलाउला “ भन्ने आश्वासन दिनु भएको थियो ।
अर्को दिन म अफिस बाहिर चौतारोमा थिए । वहाँ कतै जान मोटरसाइकल स्टार्ट गर्दै हुनुहुन्थ्यो । मलाइ देखेपछि  ओभरसियर पन्तजीलाइ त्यहि बोलाउनु भयो । मलाइ संकेत गर्दै वहाँलाई सोध्नु भयो ।
“ इस लडकेको जानते हो ? ”
पन्तजीले हडबडिदै स्विकृतिमा टाउको हल्लाए ।
“ अनि केही काममा लगाउनु भएन त । लौ, यहाँ आएको मितिदेखि लागू हुने गरि जहाँ भए पनि हाजिरमा राख्नु होला । “
   यति भनेर वहाँ हिडि हाल्नु भयो । तत्कालदेखि बिगत हप्ताको लेबरमा भए पनि हाजिर गर्ने र अर्को हप्ता सुपरवाइजर वा अमीनमा राखेर हाजिर लगाउने कुराको तारतम्य मिल्यो ।
   यदाकदा पाटनका दुर्गन्धित गल्लिहरुमा सडकको नापजाँचमा गइन्थ्यो । प्रतेक सप्ताहान्तमा ज्याला पाइन्थ्यो । मेरो ज्यालादारीको काम पन्तजीले प्रमाणित गरि दिन्थे । अन्य खास काम केही थिएन ।
एक दिन पन्तजीले  गाबहालतिर आफनो डेरामा लिएर गए । वहाँले त त्यतैको कुनै नेवार कन्यासंग प्रेम बिबाह गरेर दोस्रो घरजम गर्नुभएको रहेछ । शायद कुनै केसमा बिभागीय कारवाहि पनि चलिरहेको थियो कि भन्ने शंका लाग्छ । चन्द सर र डि साप संग कसरी चिनजान भयो भनेर मलाई सोध्नु भयो ।
“ चन्द सर मेरो मितजीको दाइ हुन । म पनि प्राय: उनकै डेरा थापाथलीतिर नै बस्छु । वहाँ मार्फत नै सरदार सा,पलाई चिनेको हुँ  ।” भनेर फुर्ति हाँके । यसपछि त मेरो भाउ यतिकै बढन थालि हाल्यो । यसरी जीबनले मलाई पहिलो चोटी ढाँटेर फाइदा लिन सिकायो ।
  बेलुका फर्कदा ओभरसियर सा,पले यदाकदा एक मुठा पालुङ्गो र केहि मकै  थमाउथे । ” चन्दसापलाइ आफनै बारीको हो “ भनेर बताइ दिनु होला पनि भन्थे  । टेकु पुल तर्दै क्षेत्रपाटीको पैदल बाटो नयाँ सडकको डेरामा पुगेर पेटपुजाको काम त्यसैबाट चलाइन्थ्यो ।
  यसै क्रममा अर्को एकडेढ महिना सडक डिभिजन कार्यालय , सानो गौचरमा पनि घुुमियो । कृषि बिकास बैंक अन्तरगत सहकारी संस्था/ निर्देशित ग्रामसमितिको ऋण सहायक निरिक्षक पदमा छनौट भेैैसकेकै हुँदा एक किसिमले ढुक्कै थिए  । ०३१ को तिहारपछि सहकारी प्रशिक्षण केन्द्र, धोबिघाटमा प्रशिक्षार्थीको हैसियतले नयाँ कार्यक्षेत्रमा प्रबेश गरे । मेरो जागिरे जिवनको पुर्बाङ्ग यहि थियो । .. कथाले यहि मागेको थियो । समयले यहि दियो । मैले पनि सहर्ष सकारे । .
  त्यो अवधिमा उनै चन्दजीबाट रु ३०/- मागेर पनि काम चलाए । साथीहरुको रु ५०/- सापट समेतले ज्यान धानियो । यहि क्रममा  जावलाखेल सडक डिभिजनको ज्याला रु. २१६/- नै पहिलो नीजी कमाई थियो मेरोलागि । यसपछि सडक डिभिजन सानो गौचरको सुपरभाइजर हुदा  रु ५५/- ले पनि ठुलै खर्च चलाइएका चोटहरुका सम्झना आलै छन् । कार्तिक देखि पुषसम्म कृषि बिकास बैकले दिनको ३/- रुपियाको दरले तालिम खर्च दियो । तालिम सकिएपछि डडेल्धुरासम्मको बाटो खर्च पेश्की रु.३५०/- बुझेर पुर्णकालिक कर्मचारी बने ।
  यसपछि बल्ल काठमाडौंका बालाजु, चिडियाखाना , गोदावरीजस्ता दर्शनीयस्थल हेर्न भ्याए । भारतीय दुताबासको पुस्तकालयमा पाएका कुमाउका सम्बन्धमा केही पुस्तक पढे । त्यति मात्रै हो र ? पुस १४ गते शाही जन्मोत्सबको दिन पहिलोपल्ट भाङगोटा पनि खाए । पुस २२ गते तालिम सकियो । ७० जना प्रशिक्षार्थीमा आठौ नम्बरमा आइएछ । तत्कालिन प्रहरी इन्सपेक्टर सहबीर थापा( पछि शसस्त्र तर्फको महानिरीक्षक) को सिफारिसमा परीक्षा नियन्त्रण कार्यालयबाट एस एल सीका सर्टिफिकेटहरु बनाए । यसरी पहिलो नैपाल यात्रा तुरियो ।

फेरी फर्के आफनै क्षेत्रतिर

  निदानत: ०३१ पुस २६ गते काठमाडौं बाट एक्लै रक्सौलको आएकै बाटो स्वस्थानतिर फर्किए । रक्सौल- लखनौको ट्रेनमा एक जना मोटेले दिल्लीमा केटाकेटी स्कुल ल्याउने लैजाने काम गरीदिने घरेलु नौकरको लागि आफनो  घर लैजान फकाउन खोज्यो । शायद भागेर आएको नेपाली केटो सम्झेको हुँदो हो । मैलो च्यादर ओढेको र पुरानो झोला बोकेको आधारमा त्यो अनुमान स्वाभाविकै थियो । पहिलो पल्ट( सायद अन्तिमपल्ट पनि )सोनपुर- लखनौ रेलको छतमा बसेर पनि हुइकियो । मैलानी स्टेशनमा सित्तैमा एक जना पुलिसलाई खाना ख्वाउन बाध्य भए । राति मैलानी स्टेशनमा सुत्दा खुुट्टाको जुत्ता सहित  सबै सामान चोरिएर खल्तिखलाश थियो । यसरी रक्सौल गोरखपुर, लखनौ (भारत) को बाटो भैै बल्ल धनगढि पुगेर पुस मसान्तका दिन राति पहिलोपल्ट गोदावरी पुगियो र माघे संक्रान्तिको मेला हेरियो।
  ०३१ माघ १ गते पहिलोपल्ट नै ट्रक चढेर सहजपुर र सडकको डम्फरबाट बुडर पुग्न भ्याइयो । धन्न धन्न
बाँचेर नै पुगियो भनौ । त्यसपछि मेलखर्क र भात्काँडामा बास बसी  हिडेर डडेल्धुरा पुगियो । माघको जाडो र हिमपातका कुरै नगरौ । बाटो खर्च भयो जम्मा ४६६/- रुपियाँ । त्यसबेला भिमदत्त राजमार्गको सहजपुरसम्म मात्र ट्रेक खुलेको थियो । येनकेन  डडेल्धुरा हाजिर भए ०३१ माघमा । साथिहरु स्व नर बहादुर खत्री, तिर्थराज जोशि र म समेत ३ जना कृषिबिकास बैंक उपशाखा कार्यालय, डडेल्धुरा मा एउटै पदमा खटिएका थियौ ।
  माघ चार गते सहायक कर्मचारीको हैसियतले जीबनको पहिलो हाजिर लगाए कुनै कार्यालयमा । मासिक  तलबभत्ता रु ४५०/- हुन्थ्यो । डडेल्धुराको दरभाउ थियो, चिया प्रति कप २५ पैसा, सुन्तला गोटा २० पैसा, हबाइपत्र१५ पैसा, मिठाई १ छटाक ७५ पैसा, अस्पताल जचाउदा २५ पैसा, मासु सेरको  रु ५/-, गंजी७/-, टोपी ४/- , पैन्ट सर्ट ६७ /- मेसमा मैनाको खाना खर्च सरदर ९०/- - १२०/-रुपिया सम्म , होटेलको खर्च प्रति खाना अढाइ तीन रुपिया । यस्तै यस्तै । जेहोस खर्च राम्रैसंग चल्थ्यो । बैंकमा काम, डेराको बास, मेस र कैलेकाहि होटेलतिरको खाना । यसरी जिन्दगीले भिन्न लय पक्रियो ।

केही सिकियो, केही भुलियो

  कृषि बिकास बैंकमा छिमेकी गाउँ देहिमाण्डौका निबासी बजीर सिं बोहरा प्रबन्धक थिए । इमान्दार र सहृदयी,तर एकोहोरो स्वभावका । उनैको मातहत काम सिक्दै गए । माघ महिनामै ब्यबस्थापकहरुको पहिलो सेमिनारमा  सहभागी हुन मौका मिल्यो । धनगढीमा केही नया परिचय थपिएर चिनजानको क्षेत्रले चौडाइ पायो । माघ २९ मा सेमिनार समापनको रमझमसंगै हुलाक नजिक बादी बदिनीहरुको बाक्लो उपस्थितिमा झन्डै हराएको थिए । फागुन ३ गते डडेल्धुरा फर्किदा गोदावरीबाट ४८ कि मि खानीडाडासम्म पैदल हिडियो । अर्को दिन जिपबाट बुडर,  अनि पैदल गरेर गोगनमा बास बस्यौ । त्यसबेला त्यता भर्खर होटलको चलन आएको थियो । आफै पकाएर भाँडाकुडा धोइ पखाली जानू परेको थियो बाटोमा । राति ८ बजे सम्म जंगलको बाटोमा पैदल पनि हिडेका थियौ ।
  नयाँ कोट लाउदा असजिलो लाग्ने नै भयो ।  वातावरण समायोजन गरियो भनौ । ब्यबस्थापकहरु थरि थरीका थिए । केहि महिना नजिकैको सहस्रलिङ्ग बहुमुखी सहकारी संस्था लि., राई मा काम गरे । खलंगामै उपभोक्ता भंंडार संचालन गरिएको थियो । डडेल्धुरामा कोटाको चामल,चिनी , मट्टितेल र रासायनिक मल बिक्रिबितरण गर्नु पर्थ्यो । मलाई सम्झना छ, त्यसबेला डडेल्धुराको बार्षिक आबश्यकता चिनी १० क्विंटल, मट्टितेल १६०० लिटर र रासायनिक मल असी देखि सय क्विण्टलसम्म अनुमान गरिन्थ्यो । ब्यबस्थापककै हैसियतमा एक डेढ महिना सिद्धनाथ वहुमुखी सहकारी संस्था लि., जोगबुडामा समेत बसे ।  चीनी र चामलको ठूलो बिक्री हुन्थ्यो । कोटाको सामान बेच्ने सरकारी दोकानदार जस्तै बनियो । ब्यस्त त हुन्थे नै, मस्त पनि रहन थाले । रक्सी चाख्न थाले । काफल किरमणडा ऐसेलु खुबै पाइन्थे त्यस बेलाको जिल्ला सदरमुकाम । रक्सी र केटी काण्डका बारेमा बग्रेल्ती कुरा हुन्थे । प्राय स्लेट र खरले छाएका घर थिए । अहिलेको बागबजार उतिबेला बाग्खोर कहलिन्थ्यो । औलामा गन्न सकिने पसल/ होटल थिए ।
  त्यस बेला सहकारी खुुल्ने क्रम तिब्र गतिमा थियो । केही महिना त वैंक मै काम ग-यौ । बैंकमा लेखपालहरू हाजिर भएपछि संस्थाहरुमा खटिनु पर्ने सर्त थियो  । संगैको बिज्ञापनमा हाकिम बन्ने भनेर फाराम भरेको परिणाम भोगियो । सदरमुकाम बाहिर पो काम गर्नु पर्ने भयो ।
  डडेल्धुरामा क्षेत्रीय प्रबन्धक शंकरमानको निरिक्षण थियो । वहाँ मेरो कामबाट प्रभावित हुनु भएको थियो । मैले झुक्किएर संस्थाको जागिर खानुपरेको अवस्था बताए । वहाँले अर्को बिज्ञापनमा लिखित जाँच मात्रै पास गरे बाँकी आफुले मिलाई दिने आश्वासन दिनु भयो । यसै आश्वासनका भरमा पछि धनगढी पुगेर जाँच दिएको थिए  । तर नियतिले अर्कै लेखेको रहेछ । जीवन यस्तै हुरीको दिशामा बहनु नै हो त ? यदाकदा कल्पिने गरिन्छ । सबै नौकरी यस्तो नै हो त ? अलमलिन्छु । न बुझेकोछु,न बुझाउन सक्छु । यसलाई प्रारब्धकै खेल मानेकोछु । माटि दाहिना रहुन् भनेर मपनि पिताजीको जस्तो हात जोडेर हिडिरहेकैछु ।
 यसरी आषाढमा म परदेसिएको एक बर्ष पुग्यो । हाम्रा माननीय लोकेन्द्र बहादुर चन्द राष्टिय पन्चायत उपाध्यक्ष बनेको खवर रेडीयोबाट सुने । खुशी लाग्यो ।  बार्षिक खाताबन्दीले हाम्रो शाखामा १२६०५/०३ रुपिया खुद नोक्सान देखियो । खाताबन्दीको चटारोमा बैंकमै पनि बोलाएर काम लगाइन्थ्यो । खाताबन्दीसंगै रा बा बैक र कृ बि बैंकबाट संयुक्त बनभोज समेत गरियो । यस्तै सहभोजमार्फत पहिलोपल्ट क्लियोपेट्रा नामको रक्सी पनि चाखे । साउनमा परिक्षण काल सकियो रे । फेरि भोज फेरि रक्सी । भत्ता बढ्यो , निरिक्षण भयो , फेरी रमाइलो । यहाँ सम्म कि म खटिएको सहस्रलिङ्ग साझासंस्थाको उपभोक्तामा बेलुका हिसाब मिल्यो वा मन मिल्दा साथी भेटिएकी रक्सीयुक्त भोज भै हाल्ने ढर्रा जम्दै गए । संस्थामा नयाँ आएका ब्यबस्थापक ज्ञानेश्वर ज्ञवाली थोरै दिन बसेर गए । आफै निमित्त बने । अर्का ब्यबस्थापक बिष्णुबिक्रम थापा पनि आए लगतै गए । यसरी म स्वतन्त्र हाकिम बनेर काम गर्नमा अभ्यस्त हुँदै थिए । खलंगाको बसाइ झन झन बिग्रिन थाल्यो । अब त चन्द्रबहादुरको भट्टी नै जिन्दाबाद हुन थाल्यो । असोजको दशैदेखि भने मादक पदार्थ कमगर्ने अठोट गरे ।
  राइगाउको कार्यक्षेत्र हुदा बेलाबखत त्यहा गई ऋण बितरणको काम हुन्थ्यो । नयाँ परिवेश नयाँ भेषमा पुराना दिन बिर्सिन थालियो । यसरी नौकरीको आबरणमा जिल्ला भ्रमण  पनि गरे । सामान खरीद गर्न एक खेप चिरकिट्टे जोगबुडाको बाटो महेन्द्रनगर गइयो । फर्कदा कुनै सौका ब्यापारीको भेडा बथानसंगै सानो पाठो बोकेर हिडेको सम्झना छ । अर्को सेमिनार पनि भ्याए । तै गत बर्षको कारोबारमा मेरै नाममा १४१६/ बेरुजु आएछ । त्यस बेला मट्टितेल टीनमा भरेर खच्चरमा बोकाएर ल्याउनु पर्थ्यो । बाटोमा टीन चुहिए टाल्न भनेर साबुनको सिङ्गै पेटी  दिनुपर्ने चलन रहेछ । मैले पनि त्यहि गरे । ढुवानी भाडा दिएपछि थप सामान दिएको बेरुजु भयो रे । कामभन्दा पनि कागज मिलाउन नजानेर रकम तिरियो । त्यसबेला डडेल्धुरामा चिनीको बार्षिक कोटा १० क्विन्टल पनि खपत हुदैनथ्यो । अझ छीज र बेरुजु समेत चिनीमै बढि आउथ्यो । त्यसैले यो आ ब मा चिनी कम ल्याउने कि भन्दा प्रमुख जिल्ला अधिकारीले चीनीको अभाव देखिए कारवाही हुने सर्त राखेको याद छ । वहाँले कोटाको सबै चिनी उठाई मागभन्दा बढि भए महेन्द्रनगरमै ब्ल्याकमा बेचेर आउने लाइन दिनु भएको थियो । तर मैले यस्तो लफडामा पर्न चाहिन ।

झन्डै बर्ष दिनपछि घर फर्किदा

   लेखा परीक्षण सकिएपछि कामको होलो भयो । त्यसपछि मात्र बिदा पाइयो । यसरी झन्डै एक बर्षपछि घरतिर जाने मेसो मिलेको थियो । ०३२ बैशाख ५ गते शुक्रबार पाटन नगाडीबाडा बास बसी ६ गते भोकै घर पुग्दा त बज्यै  बिति राखेको दुखान्त संयोग परेको रहेछ । सात गते तेउ पानी भयो । १२ गते झुलाघाट गै सामान ल्याए । उधारो तिरे । १५ गते अन्त्येष्ठीको काम सकियो । १६ गते ग्वानी गै महात्माजीको दर्शन गरे । वहाँ प्रफुल्ल भएर बाजा बजाउदै नाच्नु भयो । लाग्थ्यो मेरो प्रतिक्षामा हुनु हुन्थ्यो र म कुनै अज्ञात आदेशमा यता आएको थिए । दुर्भाग्यवस त्यसपछि सशरीर वहाँलाई भेटने अवसर नै जुटेन । १८ गते परमले लुहारलाई साथमा लिई डङसिलीकै बाटो डडेलधुरा  फर्के ।
  यो पहिलोपल्ट रु ५३०/- बोकेर घर गएको थिए । बुवा खुशी भएर रोएका थिए । जोगी बाजे, कन्या बाजे, जया बाजेको ऋण तिर्दै २४०/- सकियो । साठीको धान किने । बैतरणिको साँढे रु ३०/- मा पाइयो । बोहरा र कोइरालीको ऋण ४५/- पनि भ्याए । फुटकर कटाई अरु बुवालाइ बुझाए । पहिलो कमाइको पहिलो काम यहि नै थियो ।
 भदौ ११ मा गौराको अवसर पारि फेरी बिदा लिएर घर गए । बेलुका ठडकुणा खुल्ल्याओडार दाजु  ( फुपुका छोरा ) को खर्कमा बसियो । दोस्रोदिन बेणौतिको पुल तरि पाटन पुग्दानपुग्दै ठूलो पानी पर्यो । तै अठतोलाकै बाटो हिडिएछ । राति घर पुग्न नसकि दुर्गास्थान बसि तेस्रो बिहान घर पुगे । गोरा भने सभ्य र भव्य हुन्थ्यो । जसु ताल घुमाइदे को तालमा खेल ज्यादा खेलिएको थियो । १५ गते किम्तोली गुनपालको बाटो फर्के । नौलाकोट क्यासियर पनेरुजीको घरमा बास बसी अर्को दिन डडल्धुरा पुगे । यसरी डडेलधुरा पुग्ने प्रतेक बाटोमा हिडन अभ्यस्त भए । दशैमा उपभोक्ता भन्डार खुला राख्ने र प्रमुखले जिल्ला नछाडने प्रशासनिक निर्देशनका बाबजुद सि डि ओ संग कुरा गरि सप्तमीको दिन फेरि घर पुगे । अष्टमीमा देहिमान्डौ जाँत हेरी दसमीको टीका लगाइ लगतै फर्किए । कामको धपेडी त हुन्थ्यो नै । बैंक र संस्थाको काम भ्याएर मौका पर्नासाथ घर हिडी हाल्थे । पैदल उकाली ओराली हिडनु कष्टसाध्य भए पनि त्यो महसूस गरिएन । बाटोका प्रतेक नाकामा चीनजान भएपछि खानबस्नको समस्या खास पर्दैनथ्यो । यसरी दिन गुज्रिदै गए ।
यसै बीच चैत्र २७ गतेदेखि ज्वरो आएर थलिए । सामान्य औषधि बोकी डङसिलीको बाटो हुँदै समैची थानबाट रौतगाउ उक्ली सकी नसकी  हत्तु भएर घर पगे ।
  ०३३ सालको वर्षारम्भ ज्वरोका कारण सुखद भएन । ब्यथा बढदै गयो । मेरो ब्रह्मले भन्थ्यो, धपेडीको काम र अब्यबस्थित खानपानको कारण हो । तर धामी , ज्योतिष बैद्यको भनाई अर्कै हुन्थे । पहिला त आउदा बाटोमा छलिएको भने । त्यस पछि पुरानो घरेलु दोख देखियो । हाम्री बज्यैकी एक सौता बहिनी थिइन रे । घरमा हेला गरेका कारण यो द्यौघात ( देवतामा उजुरी ) गरेकि रहिछन । त्यसैको प्रभाव भनियो ।  हुदा हुदा त आमाले माइतबाट ल्याएका सामानमा समेत खोट देखाउन थाले । नानाथरी नाटिकुटि आए । तर २० को १९ भएन । हाड छाला मात्रै बाँकी । पिताजीले कहाँकहाँ के के गरे , थाहै भएन । बिस्तारै म्यादि ज्वरोको म्याद सकिन थालेछ । म तंग्रिदै गए । बल्लतल्ल गोठलापानी पुगी जँचाउदा टाइफाइडबाट बाँचिएको , छाति खराब भएको कुरा आयो । केही औषधि बोकी घर फर्के । दोष दानका कुरा सेलाउदै गए । यसरी कुनै घटना बिशेषमा टेकेर द्यौता वा मसानको नाममा मानसिक संत्रासको वातावरण बनाउने कुटिल प्रयास समेत गाउघरमा अद्यापि भए गरेका देखिन्छन । टाइफाइडको ज्वरोबाट बिशेक भएपछि जेठको अन्तिम सातामात्र डडेलधुरा फर्कन भ्याए ।
ग्रामसमितिको काममा ; बोकटाको बसाई


  डेढ दुई महिना विमारि भै घरबस्दाको अवधिमै कार्यालयको  स्थिति बदलिसकेको थियो । पोखरा र बोकटामा सहकारी संस्थाको पुर्बरुप निर्देशित ग्रामसमिति खोल्ने निर्णय भएको थियो  । बोकटाका लागि म प्रस्तावित थिए । यसपाला मेरो डडेल्धुरा बसाइको बीट मारीइ सकेको रहेछ । अन्तत: नयाँ गठन भएका मध्ये भागेश्वर निर्देशित ग्राम समिति, बोकटा  मेरो कार्यक्षेत्र बन्ने भयो ।
  बर्ष ०३२/३३ मै बोकटामा ग्रामसमिति खोल्ने निर्णय भएकाले आषाढ १५ का दिन जसरि पनि सो काम टुङ्ग्याउने जिम्मा मलाई दिइयो । टाइफाइडले जिर्ण पारेको शरीर । नौलो ठाउँको नौलै परिबेश । त्यहाँको बोली व्यवहार बारे अनभिज्ञ २० बर्षे कुपोषित ख्याउटे ठिटो । जागिरे बनेर पहिलो पल्ट टाढाको बिरानो गाउँ प्रबेश गर्दै थिए । संयोगबश त्यसैताका तत्कालिन अवस्थाको बलियो राजनैतिक निकाय गाउँ फर्क राष्टिय अभियानका  अन्चल सभापति हरीकृष्ण बोकटीज्यूको त्यसै भेगमा भ्रमण रहेछ । वहाँबाटै कार्यालयको उद्घाटन गराउन दबाब बढदै गयो । मेरोलागि यो चुनौतिको बिषय थियो । केही औषधि सहित अत्याबश्यक सामान पोको पारे । बजारमा महिला साहुनीसंग लजाउदै पहिलो सेप्टीरेजर किनेको किशोर अवस्थामा थिए म । आफनै किसिमले गाउँतिर हिडे ।
  तर निर्देशित ग्रामसमिति नामको नयाँ संस्था खोल्नमा गाउँघर प्रतिकृया बिहीन देखियो र तटस्थ बसि दियो । जे टि ए साथी केशबदत्त जोशीको सहयोगमा जसोतसो गासबासको ब्यबस्था गरियो । निर्धारित मितिमै गाउँ पन्चायतमा ग्रामसमितिको औपचारिक शुरुवातको औपचारिकता पूरा गरे । गाउफर्क अध्यक्ष अबेर गरि रुपालतिर लागे । बाटोमा बास बस्नका लागी नापिको अमिनको लागि खालि गरिएको कोठामा बल्लतल्ल सुत्न दिएका थिए रे । यी अध्यक्षभन्दा ती अमीन ठूलो मानिस ठहराएर । केहिदिन कार्यक्षेत्र चाहारे । स्थिति बुझे । सुरनयाँ पारी बिशालपुर गा पं मा मेरो मावली थियो नै । त्यहि बाटो लुस्सुक घरतिर लागे । ज्वरांश बाँकी थियो । तंग्रिएपछि केही दिन डडेल्धुरा काजमा बसे । ०३३ को वर्षात यत्तिकै गयो ।
  दशैंको छेको पारेर बोकटामा काम शुरु गर्ने बिचार गरे । यहाँ खासगरी शाही ठगुरीको बस्ती थियो । राजा खलकको नाममा केही विशेष चलन थिए । त्यसै पनि बोकटाको दशै तिहार रमाइलो हुन्छ भन्ने सुनेको थिए । ऋण मांगपत्र संकलन, धितो निरिक्षण लगायतका काम गर्दै कार्यक्षेत्रको बस्तुस्थिति बुझे । राडिलको रमाइलो र घमाइलो उर्बर फाँटको किनारमा अफिसको लागि एक कोठा भाडामा पाइयो । त्यहि डेरा पनि जमाइयो । अति नै भद्र घरपट्टि दशरथ शाहीज्युकै घर परीवारमा खाना खाने ब्यबस्था पनि मिल्यो । बडो सौहार्द्रमय बाताबरणमा भागेश्वर निर्देशित ग्रामसमितिका काम शुरु भए ।

ग्रामसमितिको एक्लो हाकिम

   ०३३ सालको तिहारदेखि यो संस्थामा कारोबार शुुरुहुँदा तत्कालिन जे टि ए साथी केशबदत्त जोशी र मैले खुुब खटिएर काम गरेका थियौ । बोकटामा उन्नत बीउ, रासायनिक मल, आधुुनिक कृषिऔजार र किटनाशक औषधिको पहिलो खेेप हामीले नै पु-याएकाहौ ।
तिहारको आगमनसंगै झंडै पच्चीस हजार नगद बोकेर ऋण लगानीको काम शुरु गर्न बोकटामा मुकाम खोलिएको थियो  । चाडपर्बको रमाइलोमा यसरी नगद गाउँमा आउदा विशेष हुने नै भयो । राम्रो परीचयको प्रस्थान बिन्दु बन्यो यो काम । नयाँ बिकासे धानको बीउ ल्यायौ । रासायनिक मल, औषधि र औजार पनि राखे । बोकटाको कार्यकाल भरीका जे टि ए मित्रहरु सर्बश्री केशबदत्त जोशी, रमेशचन्द्र भट्ट र दिब्यदेब भट्टसंग अति राम्रो सहकार्य रहेको थियो ।
  मंसिरमा बैतडीको त स्व मेलौलीमा बिरेन्द्रशिल्ड प्रतियोगिताको रमझम थियो । स्थानिय मणिलेक मा बि को पुर्ब बिद्यार्थिको हैसियतमा शिल्ड कार्यक्रम भरी त्यतै बसेर घर नपुगी बोकटा नै फर्किए । पुषको अर्धबार्षिक हिसाब मिलान भ्याएर माघे संक्रान्तिको लागि मात्र घर गए । यसरी म कार्यक्षेत्रमै रमाउथे । आफनो गाउँ जाने सिलसिला बिस्तारै कम हुन भयो । डडेलधुराका साथिहरुसंग भट्टी चाहार्ने क्रम पनि लगभग सकियो । अब म अर्कै कर्मथलोको  नया भावलोकमा बिचरण गर्दै रमाउन थाले । डायरीका पानाहरु पनि घटना प्रधान भन्दा पनि भावना प्रधान र समिक्षात्मक हुन थाले ।
०३३ कार्तिक २३ राति १० बजे राडिलमा लेखिएका शब्द भन्दछन । " न फेद न टुप्पो भएको उटपट्याङ लाग्दैछ जीन्दगी । भिम मल्लको रगत पोखिएको मेरो देशमा यसरी काम गर्न खोज्नु ठिक वा बेठिक के हो? छुट्याउन गारो भएकोछ । लेना एक न देना दो भएको बेला किन ब्यर्थै हृदयतलमा काउकुति लागि रहन्छ, बुझ्न सकेको छैन । "
  पढाईलाई निरन्तरता दिन नसकेको छटपटी एकातिर छ भने आर्थिक दुरावस्थासितको संघर्ष अर्कोतिर । डायरीका शब्दसार भन्छन " सपना जेसुकै देखियोस, मेरो धरातलको बिपना भने देख्दा ठिक्ककि स्वास्नी, चेपागाँडा जस्ता ३/४ केटाकेटी, आफ्नो भन्नू सानो झोपडी र गुजाराको बाटो खोस्री खान पुग्ने थोरै खेति योग्य जमीन मात्र हो । कुनै दु:खि दुनियाँ देखे त्यसै रुन थाल्ने यो कमजोर मुटुले धेरै धान्न सक्न अवस्था छैन । नजानिदो छटपटी, नबुझिने भाषा, नसकिने प्रतिक्षाका गलगाँड थापेर के गर्न सकिएला र ? खै ! "
  आफनै पछिल्लो जीवन यात्राको समीक्षा पनि गरिएकोछ । ०२९ को एस एल सी परिक्षापछि  ०३० को पर्खाई र तयारी( गेट सेट ) तथा ०३१ को काठमाण्डु प्रस्थान र जागिर जीबनमा प्रबेश ( एण्ड गो ) को स्थिति देखियो । ०३२ र २०३३ मा घरको आर्थिक जर्जरता र आफनो शारिरिक रुग्णतासंग जुधियो ।
०३३ फागुनको होरी बोकटा मै खेलियो । समबयी युवा युवतिहरुसंग निर्धक्क रंग छाडनु कम्ता रमाइलो थिएन । ती दिन स्मरणिय त छँदैछन्, लामो समयसम्म हृदय तन्तुलाइ झंकृत बनाउन सक्षम छन । यो अवधिमा गुलसन नंदा, रानु, राजबंशका उलटे सिधे रास्ते, मै बहि हुँ, दो रास्ते, पतझडका सावन, झिलके उस पार जस्ता पढिएका २७३ रोमान्टिक उपन्यासको लामो लिष्ट राखिएकोछ ।  

बिबाह गरियो, जीबन मोडियो


  चैत्रको दोस्रो हाता खबर आयो । बिबाहको ठेगान भएकोले घर आउनु रे । कार्यालय उद्घाटनमा पाल्नु भएका गा फ रा अ अध्यक्षज्युको गाउँतिर बैबाहिक सम्बन्धको कुरा चलेको रहेछ । बुवा स्वयम् गएर कुरो छिनी सकेका रहेछन । नाइनास्ती, पुनरावलोकन वा बादप्रतिबादको प्रश्न नै थिएन । एकपटक फेरि भाग्य चक्रले नयाँ मोडतिर डोर्यायो । रामदत्त मामासंग पठाएको १०३५/- र स्वयमसंग रु ३०००/- बोकेर बेहुला बन्न चैत्र २७ मा घरतिर लागे । यो बर्ष यस्तै उपक्रममा सकियो ।
  २०३४/०१/०१ का दिन जिबनको नयाँ अध्यायको नौलो श्लोक लेखिन गयो । म पनि कसैको पति भएर नयाँ साइनो जोड्न पुगे । फुक्काफाल बालापन साँगुरियो । म बिबाहित बने । वास्तविक नाम तारा बोलाउदा राजू भनिने बोकटी कन्या पत्नीको रुपमा युगल बनेर जोडिन पुगिन । हरीद्वारमा सिमित सम्बन्धिको उपस्थितिमा बिबाहको शान्त आयोजन सुसम्पन्न भयो । पाणिग्रहणमै पहिलो नारीस्पर्शको यो दिन स्मरणीय बन्यो । हरकी पैडीमा अग्नि प्रदक्षिणा गर्ने गरि धर्मशालामा राति ९ बजे लगनगाँठो कसियो । पैडी ९ बजे बन्द भै सक्ने रहेछ । हामी त्यतिन्जेल पैडीमा पुग्न सकेनौ । लग्नगाँठो बाँधेपछि बिबाह सम्पन्न गरेर मात्र फुकाल्नु हुन्छ रे । संयोग , एकै डोरोमा बाँधिएर रात भरी हरीद्वारको पण्डाको धर्मशालामा कुरी रह्यौ, लगभग न निदाएरै । ४ बजे बिहानमात्र यावत अनुष्ठान अती सामान्य रुपमा सकिए । यो सांकेतिक संयोजन गरेर भाग्यबिधाताले के भन्न खोजेका होलान ? अद्यापि सोचमग्न हुन्छौ हामी । २ गते नै मनसादेबीको दर्शन गरियो । सुर्यकुन्ड आउने बाटोमा बाबियो बाध्दै तल झर्यौ । यसरी संगै गएका गुरु दुर्गादत्त पाण्डेजीले बिबाहको परम्परागत अनुष्ठान सम्पन्न गर्नुभयो । माइति पक्षबाट सासू ससुरा र अर्की उतैकी एक महिला बाहेक अरु हामी मात्र थियौ ।

स्मरणीय सन्दर्भहरु

  बिहानै दानदक्षिणाको कुरा आयो ।  धर्मशालामा बसेका हुँदा तिर्थको मान राख्ने भनेर खाममा राखि दिएको दक्षिणा पन्डाले फर्काइ दिए  । आफु लालमोहरीया भएकोले धर्मशालामा नबसे पनि बिबाह ब्रतबन्ध गर्नेले मोटै रकम दिनु पर्छ भन्ने नीजको दाबी थियो । त्यसपछि मात्र उसले रजिष्टरमा नाम लेख्ने, आशीर्वाद र प्रसादि दिने गरेकोछ  रे । यसरी भेटी फर्काउदा अब दानदक्षिणा मानिदैन, धर्मशालाको कोठाको किरायामात्र दिइन्छ भनेर मैले अडान लिए । पण्डा त उग्र हुन थाले । चर्को बिबादमा हाम्रा गुरुजीले मध्यस्थता गरेपछि कुरा मिल्यो । पण्डाले खुशी भएरै आशिष सहित प्रसादीको उपहार दिएर बिदा गरे ।
३ बजेको ट्रेनबाट स्वदेश फर्कियो हाम्रो नौ जनाको जम्मा जन्ति । पिथौरागढमा ६ जना मात्र बाँकी थियौ । हिडेरै ठुलिगाड कमलापतिको डेरामा पुग्यौ । अर्को दिन ट्रकमा वसेर झुलाघाट ओर्लियो । राति ससुरालीमा त पुगियो तर नयाँ श्रीमति पहिलोपल्ट पर सरिन रे । अन्योलका बिचमा पर्खिए ।
  ससुराली खलक खासै सक्रिय देखिएनन । अझ कान्छा ससुरा त आफुले भनेको ठाउँमा छोरी नदिएको भनी ठुस्किएका रे । पर्खेर बसिराख्नु भन्दा काममा जानू उचित हुने ठहराई शाहिलेक उक्लिए । बरु बैक स्टाफले स्वागत गरे । सानो भोजको आयोजना गरेर रमाइलो मनाइयो । उता गाउमा समेत जुठो परेको खबर पाएपछि सोझै बोकटा पुगी काममा खटिए । त्यहाँको सिजनल कामको चटारो थियो । घरबाट कहिले के खवर आउँछ, प्रतीक्षा थियो नै । म न डडेल्धुरा जान सक्थे न घर । बल्ल २६ गते भाइ आयो खवर बोकेर । २७ गते सोझै ससुराली पुगे  । २८ दिनपछि प्रतिकूल मौसमका बाबजुद सामान्य किसिमले बरियाँतको विधि पु-याइयो । २९/ ३० गते द्विरागमन अनुष्ठान पूरा भयो । यसपछिको लगभग एक महिना हाम्रो मधुमास रह्यो, सुर्काल र ऐचेकाँडाको सेरोफेरो र यदाकदा बैतडी ससुरालीसम्मको ओहरदोहरमा पनि । आषाढको पहिलो हप्ता श्रीमतिलाई माइत छोडेर बोकटा फर्के । यसरी छुटिनु पर्दाको पिडामा रोइदिने एक जना परायालाइ आफ्नो बनाइएछ । यसलाई के भन्ने ? यो नातालाइ के मान्ने ? अन्यमनस्क हुँदै भारी हृदय लिएर बोकटा फर्के । यसपछि जिन्दगी दोहरो लाइनमा कुदन थाल्यो ।

काम र व्यवहारको अल्झो

  आषाढको खाताबन्दिको काम । जोगबुडाको सिद्धनाथ सहकारी संस्थाको काम पनि मेरै जिम्मा छोडिएको रहेछ । रुपाल भागेश्वरको बाटो जोगबुडा पनि ओहरदोहर गर्नै पर्ने हुन्थ्यो । साउनमा नवबिबाहिता दुलहीले माइतमै बस्ने चलन छ रे । फलत: आषाढ र साउन अत्यधिक ब्यस्त राख्ने प्रयास गर्दा गर्दै पनि एक्लै छटपटिएर काटे । डायरी यस्तै भावोद्गारले भरिएकोछ । प्रतिबेदन पठाउने नाममा साउनभरी नै चिसो  डडेल्धुरामा बसेर लामा दिन बिताइए ।
  भाद्रमा घरतिर कुदेर जाँदा खुट्टा दुखेर इन्तु न चिन्तु भएको थिए । बिमारीको खबर सुन्नासाथ श्रीमति पनि कुदेरै घर आइन । औषधि खाने तर जे भए पनि धामी नबोलाउने गरियो  । पालीका वैद्य मार्फत बीकम्पलेक्स र न्युरोबिन इन्जेक्सन दिएपछि बल्ल खुट्टा टेक्न सके । दशैमा श्रीमति माइत गइन, म बोकटा फर्के । जिन्दगी यस्तै लुकामारीमा बित्न थाल्यो ।
  दशै आयो, पैसाको जोहो छैन । ब्यक्तिगत ३०००/- ऋण तिर्नुछ । मेसो मिलेकै छैन । दिनमा काम भए पनि राति सपनीमा घरतिरै भइदो रहेछ । दसै तिहार बोकटामै बिते । कातिक देहिजाँतको बाटो घर पुगीवरी १८ दिनपछि फेरी फर्के । सुर्काल र बोकटाको गोलचक्करमा हिउद बिताइयो । यसै बिच कैयौ घटना परीघटना भए । ज्यादा जसो फिल्ड बाहिर गएको गुनासो आएपछि बैकले निरिक्षण गराउदा म गैरहाजिर देखिए । बिभागीय कारवाहीको लागि सपष्टिकरण मागियो।  के गरौ कसो गरौ भयो । पढाईलाई निरन्तरता दिन नसकेकोमा पनि पछुताई रहे । कता कता नौकरी छोडेर घरै बसुँ कि जस्तो पनि लाग्न थाल्यो । नाफा- नोक्सानको यो संसारमा बैबाहिक घरेलु जीबनका ब्यथा पनि अर्कोतिर घोच्न थाले ।
  ०३५ साल यस्तै रनभुल्लमा परेको बेला आई पुगेछ । बोकटामा नयाँ बर्ष मनाउने क्रममा हिजै माछा मारेर ल्याइसकेका थियौ । बिहान गंगेश्वर मन्दिरमा स्नान गरि खानपीन गरियो । बाहिर भुराभुरी सिस्नो लाउने उपक्रममा थिए । मैले प्रतिबेदन लेख्ने काम गरे । बेलुका राडिलको फाँट वरिपरि घुम्यौ । राष्टिय बिकास सेवामा यहाँ आएका केटाहरुका चर्चा ब्याप्त थिए । अबेरसम्म भर्खर सकिएको स्थानिय निर्बाचनबारेमा समेत गफियौ । यसरी एउटा अर्को नयाँ बर्ष शुरु भयो ।
   बिहानै कुलातिर गएर मुख धुनु, खाना खानु र बेलुका खेतका फाँटमा घुम्नु बाहेक कार्यालयका सिमित औपचारिक काम मात्र थिए । खासै केही गरौ भन्ने जाँगर पनि कम हुँदै गयो । जे टि ए साथीसंग चेस खेलिन्थ्यो । अर्थबिहीन गफमा बाकी समय बिताइन्थ्यो । प्रतिबेदन बोकेर डडेलधुरा गएको त ऋणमा भाका नघाएको भनी थप ऋण समेत नपाइने भइएछ । अब साझा कार्यक्रमको नाममा नयाँ नीति आउने भनियो । जागिर बेरसिलो हुँदै गयो । हप्ता दिनपछि बोकटा फर्कदा भाई दत्तराम पढाई छोडेर दिल्ली गएको खवर सुनियो । मामाघर पुगेर यो थाहा पाएपछि त्यहि बाटो घर गए । बुवा बुहारी बोलाउन बैतडी तिर जानू भयो । गाउमा नयाँ नापिको तयारी थियो । म मुखियाको तर्फबाट सनद उतार गरि टिप्पन बनाउनमा लागे । राति एक दुइबजेसम्म लेखापढीको काम गरिन्थ्यो ।  तेस्रो दिन मात्र उनी माइतबाट फर्किन लामो प्रतीक्षा पछि । यसरी धेरै दिन घर र थोरै दिन बोकटाको बास हुन थाल्यो । कहि पनि ब्यबस्थित हुन सकिएन । स्वास्थ्यमा समेत हातखुट्टाको छाला खुइलिनु, हातखुट्टा झमझमाउनु, यसै गरि कमर, पीठ र हारखुट्टा दुख्नु र चस्कनु, छालामा ससाना खटिरा आउनु, थकाइ लागिरहनु जस्ता केही प्रतिकुलता देखिन थाले । अस्पताल देखाउदा कुपोषण र कमजोरी मात्र बताउथे । तर म शिथिल हुँदै गैरहेको थिए ।
  बिस्तारै घरमा पनि बुहारी गतिलो काम नगर्ने भनी सिकायत आउन थाले । म आउदा मात्र यता बस्छे नत्र माइत गै रहन्छिन भन्ने कुरा पनि सुनाइए । अर्हाउदा नमानेका प्रसंग पनि झिकिए । निसन्देह छिमेकीको मुकाबिलामा हामी कृषिकर्म गर्न कमजोर नै थियौ । तर राम्रोसंग जुगाणबाजी चलाउन सक्थ्यौ । वास्तबमा बुवाआमा छरछिमेक जस्तै बनौ भन्थे, हामी अरु भन्दा विशेष बन्न चाहन्थ्यौ । कुरा बाझिने नै भयो । त्यो समयसम्म हाम्रि गाउँमा महिलालाई जुत्ता चप्पल लाउन निषेध थियो । केटाहरुले कपाल मिलाएर काटेमा जुल्फी पालेर बिग्रदै गरेको मानिन्थ्यो । हामी अरुभन्दा अलिक बेग्लै थियौ । तर  कामकाजमा लोसे देखिन्थ्यौ । फलत: नकारात्मक चर्चा पनि चलिनै रहन्थ्यो ।
  यता जेठ मसान्त हुँदो राष्टिय पन्चायत सदस्यको परिणाम आइसकेको थियो । केही प्रतिबन्धित नेपाली कांग्रेसका नेताहरुले श्री५ को नेतृत्वमा पन्चायतलाइ समर्थन गरेको खबर जोडतोडकासाथ रेडियो नेपालले प्रसारण गर्दै थियो । म बार्षिक खाताबन्दीमा अलमलिए । बोकटा स्कूलमा नाटक लगाउने तालिम चलाउदै थिए । त्यता पनि सक्रिय थिए । बोकटा कोट नजिकै  औलो उन्मुलन कार्यालय थियो । कर्मचारी साथीहरु गफ गर्न त्यता पनि सजिलो हुन्थ्यो । के गरौ कसो गरौमा मनमयुर सँधै उडिरहन्थ्यो । सुरनैयातिर माछा मारिन्थ्यो । डोबको खोलातिर यदाकदा शिकार खेल्न पनि जान थाले । बनबेतका भूत बयारका कुरा पनि चासो मानेर बुझ्न थाले । छेको मिलाएर घर गई अत्याबश्यक घरेलु काममा समेत सघाइन्थ्यो । भ्याएसम्म गर्थे । तर कुरो फिल्डमा नियमित हाजिरीको थियो । एक्लै हुँदा हृदय हाहाकार गरि रहन्थ्यो ।
  यसरी समय पनि सुरनैया नदिजस्तै भएको थियो । किनारको वास्ता नगर्दै निरन्तर बगी रहने । उर्लदो बाढीमा  बगी आएको जरा उखेलियो कुनै रुखको कलकलाउदो बोट जस्तो म धर्तिको टुक्रा खोजी रहेको हुन्थे । कहिले कुनै किनारमा ठोकिन्थे , कहिले कुनै खोचमा लतारिन्थे । टिक्न नसकेर  बगिरहनु मेरो नियति थियो ।
  बर्ष०३५/०३६ को राष्टिय बजेट ३ अरब ७५ लाखको  थियो । निजामति कर्मचारीको तलब२०% सम्म बढ्यो । तर हामीजस्ता संस्थाका कर्मचारीको तलब बढने कुनै छेकछन्द देखिएन । त्यसो त बोकटाको ग्राम समितिको यस बर्षको घाटा ३०४३/३७ समेत कुलघाटा ११६६७/७७ पुगीसकेको थियो ।
साउनको पहिलो हप्ता गत आ ब को खाताबन्दी गरि घर लागे । खर्कतिर एक्लै बसे । घरमा पनि घरेलु किचलो बढदै गएका कारण श्रीमती माइत गएकि रहिछन् । दोस्रो दिन म पनि उतै लागे । अज्ञात छटपटिले मलाइ बसि खान दिई रहेको थिएन । सिङ्गो जीवनको असपष्ट चित्र ठम्याउन सकि रहेकै थिएन ।
यसै मेसोमाझुलाघाटबाट ४०० जति भारु खोजि पिथौरागढ हान्निए । संस्थाको लेटरप्याड छाप बनाउन लगाए । उपचार गराए । बेलुका भारतको गुप्तचर निकायमा काम गर्ने गाउँले चन्दजीको डेरामा बसे । प्र ने का का सदस्य तथा हाम्रा स्कूलका हेडसर ( पछि माननीय सांसद ) कृष्णकुमार जोशीज्यू त्यतै थिए  । केही राजनैतिक गफ भए । पिथौरागढबाटै प्राइभेट पढनेतर्फ पनि छलफल गरियो । कलेजहरुतिर बुझे । फिल्म बैराग हेरे । यसरि ५ दिन प्रबासमा बिते । पुन: ससुराली हुदै श्रीमतिसहित घर फर्कदा सबै जना खर्क गएका भेटिए । ताला तोडी भित्र पस्यौ र भोकै सुत्यौ । घरेलु खटपट जारी थियो । गोरा र त्यसपछिका केही दिन सुर्काल र ऐचेकाँडा हुँदै बिते । ऐचेकाणाको खर्कमा हामी जोइपोई मात्र हुन्थ्यौ । यदाकदा परित्यक्ता जस्ती खर्कमा एकलै बसेकी भुरी भेटन आउथिन र आफ्ना कथाब्यथा बताइ रहन्थिन् । यता  फिल्डमा कम बस्ने कर्मचारीमा गनिए पनि पक्का काम गर्ने असल भरपर्दो मानिस मानिन्थे । बोकटामा मेरो प्रतीक्षा गरिरहने आँखाहरु अद्यापि भुलिएका छैनन् ।

फेरी पढाइतिर

   अफिसियको काम सकाएर असौज पहिलो हप्ता बैक मैनेजरको निरिक्षण थियो । संयोगबश म फिल्डमै थिए । सब ठिकठाक पारे । ५ बर्षसम्म पढाईमा ब्यबधान आएकोमा चित्त पनि दुखि रह्यो ।असौजमा साथी नर बहादुर खत्री र जंग बहादुर चन्दको साथमा सोझै कसैलाई जानकारी नै नगराई पिथौरागढ गयौ । फेरी पढाइ शुरु गर्ने ध्याउना थियो । ज्योतिर्मय होटेलमा कोठा लिइ इन्टरको फाराम भर्ने दौडधुप गरियो । तर कतै तारतम्य मिलाउन सकिएन । फोटो खिचिए । मिसन र इन्टर कलेज चहारिए । तर पटवारीबाट अस्थायि नागरिकताको सिफारिस लिन सकिएन । निदानत: भाग्यमा भए फाराम भराउन आफैले बोलाउनेछन भनेर गफ दिदै रमाइलो गर्यौ । मन्जिले और भि है भन्ने फिल्म हेरेर पिथौरागढबाट यतिकै फर्कियौ ।
  तीन दिन बैतडी बसेर बसेर श्रीमान श्रीमती घर त फर्क्यौ , तर यहाँ  सबै तर्किन थाले । मैलै खाना खाए । उनी भोकै सुतिन् । दशै यत्तिकै बित्यो गाज्जो काटदै, गजाल चाहार्दै, घोगाण जोत्दै । दशैका दिन खिचमिचमा गए । तिहारका निम्ति संझाइबुझाइ बोकटा फर्के । लगत्तै डडेल्धुराबाट सामान ल्याए । ऋण असुलीको ताकेता गरे । जसो तसो काम सिध्याई दिपावली बोकटामै मनाइयो । भाइ टिकाको दिन मैयाँ बहिनीहरुले टीका लगाइ दिइन । बेलुका असुरको दुत्या हेर्न गए । यसपाला सिमनाथको जाँत समेत दलबल सहित हेरियो । यतिकै मेलापर्बको रमाइलो हेरेर लगत्तै मेलौली जाँतको अनुकुलता मिलाई घर जाने जोहोमा थिए । छडके निरिक्षणको खबरले फर्किए । मंसिरको पहिलो हाता मात्रै घर फर्किए । गहुँ छर्ने चटारो छँदै थियो ।

प्रथम सन्तान आगमनको सुचना


   म बुवा हुन थालेको जनाउ दिइन पत्नीले । दुबैले आफनो परिधि अनुकूल प्रशन्नता अनुभव हुने गरी रमाइलो गर्यौ । पहिलोपल्ट हुँदा गर्भवति स्याहारको  खासै अनुभव थिएन । तर श्रीमति साधारण काममामात्र खटिउन भन्ने चाहन्थे । परिस्थिति हाम्रो अनुकुल थिएन गाउँमा । नौकरीको पनि निश्चित ठेगान थिएन । म अफिस र घर चाहार्थे, उनी माइत र घर भन्दै ओहरदोहर गरिरहन्थिन । घरमा दुबै भएपछि सबै चुपचाप हुन्थे । बुवा हुन पाउने खुशीमा " गाता रहे मेरा दिल, यहि मेरी मन्जील, बोलको गाना गुनगुनाउदै ग्वालो हुन पुगेको घटना आज पनि हिजैका जस्ता लाग्छन । त्यसबेला र अहिलेका मानक नै बदलिइ सकेकाले त्यो बेलाको अन्दाज लगाउन गारो छ ।
 नोला नन्दप्रसाद र भाइ कमलापतिको बिबाह यसै मंसिरमा सम्पन्न भयो । मंसिर २७ तिर बुवा, गुरुजी र सासू ससुरा समेतको टोली जगन्नाथको तिर्थयात्रामा पठाइए । सबै ब्यबस्था मिलाई बुवाको हातमा भा रु १०२२/- थमाएर बैतडी फर्के महाकाली पारी झुलाघाटबाट  । दोस्रो दिन घर फर्के देहिमाण्डौको जमानी जाँत हेरदै । लगत्तै बोकटा हानिए हतारमा । एक दिन बसी रिपोर्ट तयार गरेर डराउदै डडेल्धुरा पुगे ।

भुमी सुधार बिभागको मातहतमा

  डडेल्धुरा पुग्दा नपुग्दै  हाम्रा ग्राम समितिहरु भुमीसुधारलाई हस्तान्तरण भएका खवर सुनिए । यसरी म नजानिकनै भुमीसुधार मातहतको कर्मचारी हुन पुगे । बैंकको पल्ला छुटेकोमा संचो पनि माने । तर तलब, बजेट वा निर्देशन  केही पाइएन । यै अब्यबस्थाकाबीच फर्किए । सुरनैयाको किनारमा नामको खन्ड काव्य लेख्ने बिचार गरेर केही दिन त्यतिकै गहिरिए । पछि त्यो बिचार त्यतिकै तुहियो । यससंगै सन 1978 सकियो । प्राय: भाउजुको फोटो माग्ने र योग्यता सोधीरहने जमातसंग अबेरसम्म जिस्किएर बिताइयो बर्षान्त ।
क्याम्पडेबिस सम्झौता, इरानमा शाह बिरुद्ध बिद्रोह, नामेबिया स्तन्त्र, स्पेनमा लोकतन्त्र जस्ता घटना यसै बर्ष भएका थिए ।
  बर्षको पुस महिना१७ गते  । जनवरी 1989 । शिकारी शाही जत्थासंग राजुलको खोलासम्म पुगी कारतोस हानी माछा मारेर शिकार खेल्यौ । आजै भुमीसुधारबाट पुर्बबत काम गर्न निर्देशन समेत प्राप्त भयो । यसपछि बल्ल २१ गते घरतिर हिडे । पिताजी जगन्नाथको तिर्थयात्राबाट फर्कि सक्नु भएको थियो । गाउँघरमा उखुपेल्ने काम धमाधम भै रहेको थियो । अर्को तिर कान्छी जिजुमुमाको खलि लगाइएको थियो । त्यसको निष्फल आयोजनामा पनि लागियो । भुरी इशारै इशारामा बिदा मागेर गइन । धेरैपछिमात्र मैले इशारा बुझ्न भ्याए । उनले यो गाउँ छाडेर अन्यत्रै घरबार जमाएकि रहिछन  ।
  गाउपंचायतमा प्रधानपंच बिरुद्ध अबिश्वास ल्याइदै थियो । कांग्रेश भएकै कारण प्र अ कृष्णकुमार जोशीको सरुवा गरीदै थियो । म ज्यादाजसो तोकिएको फिल्ड छोडी गाउमै बसेकोले राजनैतिक वातावरण बिगारेको भनी आरोपित गरिएको रहेछु । यो सब कामका खलपात्र थिए बहादुर चन्द । मैले सानै देखि उनको प्रतिरोध गरीरहेको शंका पालेका थिए ती बहादुरले ।

भाई खोज्न दिल्लीतिर

  पढाइ छाडी दिल्ली गएको भनिएको माइलो भाइलाई  बोलाउन दिल्ली जानुपर्ने भयो । श्रीमति पनि संगै माइत जान तयार भइन । तर बुवा काममा सघाउन उनलाई रोक्न थाले । घरमा किचलो भयो । तै पनि हामिी घरबाट संगसंगै हिड्यौ । म दिल्लीको लागी सोझै झुलाघाट झरे । उनी माइततिर लागिन् । जनवरि 23 मा दिल्ली इदगाहारोडमा बाजे बिरादत्तको डेरा खोजी उतै बसियो । त्यहाँ जोशिबुङाकि एक " महिला " पनि बसेकि थिइन । बहुतै फरासिली । उनैले दिल्ली घुमाइन । फरिदाबाद गल्लावाला रामकुवरसिहको दुकानमा  एकबर्षसम्म गुमनाम बनेको भाइसाप भेट्टिए । सुरजकुन्ड, कुतुम्बिनार, लालकिल्ला आदि स्थान घुमियो । दाजुभाईको सल्लाह भयो । इदगाहरोड नै बसेको बेला सालिमार फिल्म हेरियो । बाजे बिरादत्त मार्फत नै २७ जनवरीको कार्यक्रम हेर्ने पासको ब्यबस्था मिलाइएको थियो । सो दिन मुश्किलले आफ्नो ब्लक खोजी गणतन्त्र दिबस पनि हेरे । बदरपुर भाइको डेरामा समेत केही दिन बसेको थिए । चिडियाखाना , राजघाट, संग्रहालय र जामामस्जिद  हेरेर १७ गते फर्के । यो मेरो पहिलो बिदेश भ्रमण थियो ।

फेरी छडकेमा

  माइतमा श्रीमति, घरमा बुवा बिमार रहेछन् । बोकटामा भुमीसुधार अधिकारीले निरिक्षण गरि छडके हानेका रहेछन । इच्छा नभए पनि बाध्य भै बोर भएर बोकटा पुगे । सपष्टिकरण लेखे अपराधी मनले । फागुन पहिलो साता डडेल्धुरा पुगि सफाइ लिए । लोकसेवाले बिज्ञापन खोलेको रहेछ । कृषि बैकले पनि लेखापाल मागेको रहेछ । त्यता पनि परीक्षा दिने बिचारले बोकटा फर्कि कागजपत्र जम्मा गरे  । धेरैजना उमेदवारहरु एकमुष्ट धनगढी हिड्यौ, कतै पैदल,कतै ट्रक कतै गाडी खोजेर बाटोमा बस्दै । तेस्रो दिन धनगढीको जीबनछाया होटलमा बसी फाराम भरियो । येनकेन महेन्द्रनगर पुगी शिबधामको मेला हेरे । उर्बादत्तजीको घरमा बसे । फाराम भरे र धनगढी भएर मुश्किलले डडेल्धुरा फर्के ।
  मेरो धपेणिको हिसाब कसले राखेका होलान र । म कल्पिए । अस्थायी जीबनमा स्थायी नौकरी खोज्ने म मूर्ख पनि मान्न थाले आफुलाई । एकदिन मात्र खलङ्गा बसी बोकटा गए । उर्लदो नदिमा हामफालेर तर्न खोज्दा झन्डै खुस्किएको थिए । तर राडिलमा धेरै प्रतिक्षामा थिए मेरो । यसपाला पनि होरी बोकटामा खेले । रंगारंग होरी । सचिब खगराज चटोपाध्यायबाट राम्रो निर्देसन पाए अग्रिम कामकालागि । फटाफट यहाँको काम सकाई राजुलको बाटो घर हिड्यौ । यो पनि राजुलमा देवकन्या भेटने भित्री अभिलाषा बोकेर । तर चोक्टा खाम गएका झोलमा डुबेर सुरनयाँ किनारको बाटो सलेना हुदै घर आए । श्रीमति माइत रहिछन् । २/४ दिन आउछिन कि भनेर  पर्खे । दुर्गास्थानतिर हल्लिए । तर अँह । निदानत: ४ गते चैत महेन्द्रनगर गए झुलाघाटको बाटो । फाराम बुझाइ एकै दिनमा फर्के ।
  चैत ८ गते हामि गोज्यांग्रा भनौ कि फुर्सदिला लोग्ने स्वास्नी डराउदै सुर्काल आयौ । दोस्रो दिन घट्टको खेणि जानू पर्ने भयो । गइयो । मल्लागाउवालाहरुसंग कम्पटिसन जो थियो । १२ गते भन्तोलिको जाँतसम्म पनि यहि बखेणा थियो । १८ गते लोकसेवाको जाँचकै लागि महेन्द्रनगर झरे । जाँच दिएर १९ गते नै गड्डाचौकीको बाटो पहाड उक्लिए । अर्कोदिन माइत खाना खाई सोझै ऐचेकाँडा गइयो ।
  २३ गते चैत्र रामनवमीको दिन । भुट्टोलाई फाकिस्तनमा फाँसी दिएको दिन हामी श्रीमान श्रीमति ऐचेकाणा खर्कमा थियौ र भुट्टोको दुखान्त खबरबारे महने बाजेसंग गफ गरेर दिन बिताएको थिए । अर्को दिन ग्वानी गै बेदप्रकाशबाट केही पुस्तक ल्याए । हतेरिका माइतबाट सासू आएकि रहिछन। श्रीमति माइत गै दिदा खर्कमा एक्लै बसेर बर्षको बाँकि एक दिन  काटन नै मुश्किल । डायरीमा समीक्षा लेखियो, बेला बेलामा घर आउ, श्रीमतिसंग रमाउ, अनि बोकटाको नौकरी बचाउ । जागिर बैकबाट भुमिसुधारतर्फ लागेेेेकोले नयाँ नौकरीको चक्कर काटन थाले । शिक्षाक्षेत्र टाढिदै गयो । दिनहरु द्विबिधामा थिए । जीबनको यो बर्षले यतिकै बीट मा-यो ।

बिथोलिएको मेसो

  ०३६ साल । ऐचेकाँडाको खर्कमा ऐकान्तिक आयोजन गरि नव बर्षलाइ स्वागत गरियो । २ गते सेली बाग्गोठको बाटो बोकटा लागे । बाग्गोठमा भुमीसुधारका तत्कालीन हाकिम सुब्बा जीत बहादुर चन्द भेटिदा अनयासै उनको आग्रहमा उनीसंगै असिनापानीमा भिजदै राती डडेलधुरा पुगियो । बैंक लेखापालको लिखित परिक्षामा ९६ उमेदवारमध्ये  म सहित १७ पास भएको खबर पाए । तर कुन्नी किन बैंकप्रति बितृष्णा पलायो । देखा जायेगा भन्दै भुमीसुधारमै बसि केही दिन काटे । बोकटाबाट प्रमाणपत्र ल्याएर मुश्किलले धनगढी जान भ्याए । पुस्तकालय चाहार्न बाहेक कसैसंग भेटिन । होटेल जीबनछाया मै बसे । यो परीक्षा मेरोलागी ट्रायल नै थियो । अन्तरवार्ताको दिन बिहान मन्दिर चाहारे । दिउँसो इन्टरभ्यु दिए । खास गरि ऋ स नि को अनुभव, साझा कार्यक्रम, बैतडेली गोरु, पाकिस्तानी भुट्टटोमा अन्तर्बार्ता केन्द्रित गराउन म सफल भए । बेलुका हरे काँचकी चुडिया फिल्म हेरे । दोस्रो दिन डडेलधुरा फर्के । रु २२०/- मा किनेको घडी बाटैमा हराएछ , चालै पाएन । १ दिन डडेल्धुरा बसी बोकटा फर्के ।
  यसपछि सुरनैयामा माछा मार्न  नदिका बगर,भेटघाट गर्न खेतका फाँट , शिकार खेल्न बनजंगल र बाँकि दिन गफ गर्दै आफनै " कुसुम कुटिया" मा बसी रहनु बाहेक केही काम गरिएनन । सुरनयामा पौडी खेल्न समेत सिकाइ माग्न थालेको सम्झना आलैछन् । जिन्दगी यस्तै टुक्राटाक्री जोडेर हेर्दा अझ आकर्षक लाग्दो रहेछ ।
  देशमा बिरोधका स्वर बलिया हुँदै थिए  । मेरो पाँचबर्षे नौकरी पनि पुरानो बन्दै थियो । बिबाह गरेर बच्चा जन्माउने उपक्रम बाहेक केही गर्न नसकिएकोमा खल्लो लागेको थियो । गाउपंचायतबाट बजेट र कार्यक्रम पारित गराई बैसाख अन्तिम हप्ता डडेल्धुरा उक्ले । पहिलोपल्ट सरकारी कार्यालयबाट तलबभता बुझेर जेठ १ गते घर गएपछि लोकसेवाको लिखित परीक्षा उतिर्ण गरेको पत्र पाए । परीवारमा आउने बालकको प्रतीक्षा थियो । चेलिबुहारीका बुहार्तनबारे बुझ्दै गए, तर समस्याका उपाय खोज्नै सकिएनन ।
  श्री ५ बाट जनमतसंग्रहको शाही घोषणा भयो जेठ ३ मा । नरेशको इमानदारितामा पुर्णबिश्वास गर्दै बी पि ले स्वागत गरे, प्र मं किर्तिनिधि बिष्टले राजिनामा दिए । राजासंग मतैक्य थिएन भन्ने चर्चा थियो । वातावरण हौसलापुर्ण थियो, तर समस्या समाधानका सुत्र फेला परेका थिएनन। भविष्यको प्रतीक्षा थियो, मात्र नियतिको भरमा ।
  २२ जेठमा अन्तरवार्ताका लागि फेरि महेन्द्रनगर तिर लागे । सोर्स चाहिन्छ रे भनेको सुन्थे , तर मेरो को पो थियो र .। बगाडीका भट्टजी सहयात्री थिए । २३ जेठ बेलुका झुलाघाटबाट महेन्द्रनगर पुगियो । नाता पनि लाग्ने हुँदा उनै पूर्ब गा फ रा अ अध्यक्षज्युके घरमा बास बसियो । कुरा पनि राखे ।  जेठ २४ खुलामंचमा बहुदलको आमसभा थियो । प्रकट रुपमा वीर बिसस्वेश्वरको नारा गुन्जिदै थिए । म रोमान्चित हुँदै थिए । २५ गते अन्तरवार्ता दिए । पालिखे जोडीले अन्तर्वार्ता लिए सामान्य किसिमले । सोही दिन फर्किए बैतडी ।

दीपकको जन्म

   ससुरालीमा बास बसी दोस्रोदिन घर पुगे । ३ दिनदेखि संचो नभएको जनाउ दिइन पत्नीले, तर सिनियर महिला यसलाई सामान्य नै बताउथिन । म छटपटाउथे मात्र । हामी दुबै अनाडी नै त थियौ ।
   आषाढ झन धपेणिको मैना थियो । बुवामुमा काममा जान्थे । म घर धन्दा हेर्थे । ३ गते आइतबार (17 जून 1979 ) बेलुका ६.४५ मा परीवारमा तेस्रो प्राणीको रुपमा पहिलो पुत्र प्राप्त भयो । बिहानसंगै खाणमा पर्सो बोकेर म ग्वालो गएको थिए । उ परीगाऊको पुरानो घरतिर लागि । दिनभरिको ब्यथा पछि साँझ बल्ल बच्चा जन्मिएछ । ( त्यसबेलाको चलन नै त्यस्तो थियो । अलग एक्लै प्रसब गराउने ।) आमा र बहिनी राति उतै बस्नु भयो । बुवा रोपाइमा जानू भयो । सुत्केरीलाई खाना ख्वाउने जिम्मा मलाइ नै प-यो । छोराको माया लाग्दो अनुहार हेरे । भएको सामान दिए । आफै पकाइन । यो क्रम पछिसम्म नै चल्यो । सुत्केरीको स्याहार कसो भयो होला अनुमान गर्न सकिन्छ । खाणको रोपाइका दिन त यो क्रम पनि भङ्ग भयो ।१० गते ससुराली गै छोरा जन्मेको खबर गरे । सासू ज्यादै खूशि त भइन , स्याहारका बारेमा चिन्तित पनि देखिइन ।
  आजै बैतडी सदरमुकाममा बहुदल समर्थकहरुको सभा थियो । आयोजक थिए मदन मास्टर र प्रमुखबक्ता दुर्गादत्त जोशी, खेमराज जोशी, कृष्णकुमार जोशी । केहि रा बि से छात्रहरुले पनि भाषण गरे । म पनि सहभागी भए । दोस्रो दिन जर्ग फुपुलाइ भेटि घर पुगे । दुबै दिनमा श्रीमतिको फुङ्ग अनुहार देखेर झस्किए । केही औषधि ल्यएको थिए । दिए । केही अब्याबहारिक सामाजिक रुढीको शिकार भयौ हामी । म पनि त्यस दिन भोकै सुते । लुकाएर गुड दिएर आए । १३ गते न्वारान पनि ७/८ जनाको उपस्थितिमा सामान्य किसिमले सम्पन्न भयो । नाम दिपक राखियो ।
  अर्को दिन औषधि राम्रो गरि नखाएकोमा म  रिसाउदै थिए । दिपक छिनछिनमा च्याठिदै रुदै थियो । झन आमाले सागपात बिनाकै कोदाको रोटीको आहार दिइन । एकान्तमा प्रतिबाद गरे । तर स्थिति यथावत नै रह्यो । आलो आश्वासन र अर्ति आदेशमात्र दिएर म भारी मन लिएर बोकटा फर्के । कोटमा मैले लोकसेवा पास गरेको गाइगुइ थियो  । निन्द्रै नपर्ने छटपटीमा बिते ती दिन । २२ आषाढमा धनबहादुर शाही हस्ते लोकसेवाको सिफारिस पत्र मिल्यो । जिल्ला कार्यालय दार्चुलामा पारिएको रहेछ । के गरौ कसो गरौ भएर त्यो दिन खाना नै खान सकेनछु । मित्र प्रा बि नि भवानीदत्त अवस्थी आएर केही मार्गदर्शन दिए । २४ आषाढमा डडेल्धुरा हिडियो ।
  कसरी कहाँ जाने, कताबाट सफाइ लिने, कताबाट राजिनामा वा रवानाको काम गर्ने मेसो मिलाउनमै धेरै दिन काटिए । सन्चो भएन । खाना खाइदैन । गन्तव्य सपष्ट छैन । घरमा स्वास्नीको हालत सम्झदै हिक्का छुटछ । खाताबन्दी सिद्याई लेखापरिक्षण गराउनु पर्ने आदेश लिई २७ गते बोकटा फर्के । हिसाब र प्रस्थानका कुरासंगै बल्ल बिरोधका कुरा पनि सुनिन थाले । जेहोस खाताबन्दि सिध्याए । ३२ गते नै अडिटकालागि खातापाता बोकाई डडेल्धुरा लागे । म बोकटाबाट अन्यत्र जान थालेको मानेर बहिनी बिस्ना मैयाँ त रुन पो लागिन । जान्ने भए चिठी पठाउने थिए म के गरौली भनेर । येनकेन संझाए ।
  बैक मार्फत नै अडिट गराउने भइयो । खातापाता जिम्मा लाए । कालो पर्दा नामको नेपाली उपन्यास र अधुरा सुहाग हिन्दी उपन्यास पढि ऐकान्तिक दिन बिताए खलंगामा । १० साउनमा अडिट सकियो । तीन बर्षमा ६२६९९/८९ को कारोबार । १७०००/ तलब खर्च, १२२११/- आम्दानी । बैंक ऋण ३९०००/- ।  कैयौ छलफल पश्चात् वासलातमा दस्तखत भयो । मु दिवाकर चटौतले चार्ज बुझ्ने निर्णय पनि भयो ।
१३ गते । महाकाली अंचलमा ऋतुबर्ण तुम्बाहाम्फे अंचलाधिश बनेर खटिएको समाचार सुने । दोहरो तलब खर्चको कुरामा किचलो उठाएका मैनेजर ताराप्रसादसंग कुरा मिलाए । तमसुकहरु बुझे । खातापाता प्रमाणित गराए । खातापाता आफै टाउकोमा राखी ११ बजे बोकटातर्फ लागे । सुब्बा जीत बहादुर चन्द पनि सहयात्री थिए । राति मेरै डेरामा बस्यौ ।
  दोस्रो दिन प्रधानपंच मल्ललाई खोज्न लामिकाण्डे गए । उनले सचिब नसोधी कतै दस्तखत नगर्ने अडान लिए । निर्दल र बहुदल पक्षबारे छलफल चल्दा पंचायतको बिरोध गरेको ठानेर उनी मसंग चिढिएका थिए । सचिब खगराज चट्टोपाध्यायको घर पुग्दा उनी बिप्लम गएका जानकारी पाए । दोस्रो दिन सबै जना नानीगाड डिठ्ठा सापको घरमा जम्मा भयौ । धेरै पुराना घतलाग्दा कुराको जानकारी पाइयो । खातापाता प्रमाणित गराए । सफाईपत्र लिए । २० गते संचालक समितिको बैठक बोलाए । बाँकि दिनमा कागजपत्र, लेनदेन मिलाए । भेटघाट र बिदाईका काम पनि तारन्तार पूरा गरे ।
  २० गते बिदाइ बैठकको आयोजन ब्यक्तिगत रुपमा मेरालागि महत्वपुर्ण थियो । किनकि मेरो सम्पुर्ण कामको प्रभाव मुल्यांकनको प्रश्न थियो । सम्बन्धित सबै उपस्थित थिए । लेखापरिक्षण प्रतिबेदन पास गरे । राजिनामाको सिफारिस गरि सधन्यबाद बिदा गरे । खातापाता सचिबको जिम्मा राखिए । बाँकी धानको बीउ निशुल्क बाँडि दिए । बिदाईको तयारी भावुकतापुर्ण भयो । अब यो आगनमा के भनेर आउला , बिदाई हेर्न असमर्थ छौ भनेर केही एक घन्टा अगावै टिलपिलाएर छुट्टिए ।
साउन २८ डडेलधुरा  गै राजिनामा स्वीकृत गराए । हितकोष फिर्ता लिए । उग्रतारा दर्शन गरे । सिबालय किर्तनमा सामेल भए । साउन मसान्तमा बैकको लेखपालको आठौ योग्यताक्रममा पास भएको सूचना पाए । मैले भने भाद्र एकबाट राजिनामा स्वीकृतको निर्णय गराएको थिए  ।
यसरी ०३३/४/१ देखि ०३६/ ४/३२ सम्म स्वतन्त्र रुपले यो ग्रामसमिति संचालन गर्दा रु ४४९८० लगानी गरि १५७७८/- असुली गर्न भ्याए । १/२ गते बिदाइ र तिरोभरो गरेर ३ गते महाप्रस्थान गरे डढेल्धुराबाट । राति ८ बजे राडिल पुगे । ४ गते बिस्ना मैयाँ हतारिदै कोटबाट फर्किन । आफु टाढैबाट चिन्न सक्ने भएको कुरा रुदै बताइन । जुनिभरी बाटो हेरी रहने बाहेक अरु केही गर्न नसक्ने निरिहता सुनाउदा म पनि नरोइ रहन सकिन । डा भोजले घाटा लागेको हिसाब नबुझनु पर्ने तर्क राखेका रहेछन् । सरु फुपु मार्फत आएको श्रीमति बिमार परेको खबरले झस्किए । दिदी जानकि र बैनि बिस्नाले आआफना बाध्यता बताएर बिदाईलाई भावपुर्ण बनाइ दिइन । यहाँ बस्दाबस्दै म भावनात्मक रुपमा यतैको सदस्य बनी सकेको थिए । तर ब्यबहारले त्यो अनुमति दिइरहेको थिएन । भावना र बिबेकको संयोगले जीवन रथ तानिदो रहेछ ।  घरपट्टि र साथिहरु सुरनैयासम्मै छोडन आए । म बोकटाबाट हिडी कोटिगाँव नकटुन्जेल टाणिमाथिको जंगल किनाराबाट सेता पछ्यौराहरु बिदाइमा हल्लिदै थिए । यसरी बोकटाबाट बिरानिए । पहिलो इनिङ सकियो ।
  अहिले सम्झिदा लाग्दछ, अल्लारे बनेर ख्यालख्यालमा खाइएको नौकरीलाई गम्भीर बनेर बुझ्न थालेको मैले यसपछि मात्र  हो । बडो मनमौजी प्रेमिल बाताबरण बनाएर बोकटा क्षेत्रमा बसिएको थियो । पाईलाहरुको योग नै यात्रा भएजस्तो त्यसबेला उम्रिएका ससाना सपनाहरुको सामुहिक परिणति नै मेरो आजको बिपना हो । यात्रामा भेेट्टिएका कैयौ  सहयात्रीहरू अहिले विभिन्न ठाउँमा छरपष्ट छन, होलान् । फर्किहेर्दा जिबनको यो मुकाम नै जागिरे जीवनको प्रस्थानबिन्दु मानेकोछु । तीन बर्ष यो गाउँमा बसिवरी मैले फेेरि "क्रमभंग"  गरे । पढाइतर्फ लाग्न नसकेको र यो नौकरीको कुनै संस्थागत सुधार हुन नसक्ने ठहराई स्थायि सेवाको लागि लोकसेवा आयोगको जाँच दिएको थिए । आयोगले जिल्ला प्रशासन कार्याालय दार्चुुलामा सिफारिस गरेकोहुदा ०३६ भाद्रमा यो ठाउँ छोडियो । ..... र जिन्दगीको लय बदलियो । यसरी नौकरितर्फको पहिलो परिक्षण र प्रशिक्षणको प्रथम अध्याय  सकियो ।

***