Thursday, December 25, 2014

शहरीकरण र आदर्श ग्रामका लक्ष्यमा दुई ठूला अर्थतन्त्र



 विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका दुई ठूला मुलुक चीन तथा भारत हाल आफ्ना नागरिकलाई आधारभूत सुविधा उपलब्ध गराउन, उनीहरूको आर्थिकस्तर उकास्न तथा उनीहरूलाई समृद्धि दिन दुई पृथक र विपरीत दृष्टिकोणका योजनामा अगाडि बढेका छन् ।
विश्वका पहिला र तेस्रा ठूला अर्थतन्त्र बनेका यी मुलुकलाई पश्चिमेली विकसित मुलुकले ठूला बजार र अवसरका रूपमा हेरेका छन् भने यी दुबै मुलुकका नेताले आफ्ना जनतालाई ठूला उत्पादन क्षेत्रका रूपमा हेरेका छन् । यी दुबै नेताका योजनालाई स्थानीय जनताले निकै आशाले हेरेका छन् भने आलोचकहरू उनीहरूको महत्वाकाँक्षा पूरा नहुने दाबी गर्छन् ।
एक अर्ब ३५ करोड जनसङ्ख्यायुक्त चीनका राष्ट्रपति सी जिनपिङको योजना सहरोन्मुख छ भने एक अर्ब २० करोड जनसङ्ख्यायुक्त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको योजना गाउँउन्मुख छ । चीनले ग्रामीण कामदारलाई सहरतर्फ आकर्षण गरेको छ र सहरलाई नगर, साना, मझौला र ठूलो सहरको रूपमा विभाजन गरी तिनीहरूबीच सञ्जाल विकास गर्ने योजना अगाडि बढाएको छ । भारतले आदर्श गाउँको कल्पना गरेको छ र ती गाउँलाई प्रमुख सडकले जोड्ने योजना अगाडि बढाएको छ । दुबैको लक्ष्य अढाई अर्ब जनतालाई आधारभूत सुविधा उपलब्ध गराउने र उनीहरूमा समृद्धि वितरण गर्ने रहेको छ ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको चीनले यसै वर्षको मार्च महिनामा सन् २०१४ देखि २० का लागि सहरीकरण योजना अगाडि सारेको छ र यसलाई मानव केन्द्रित वातावरणमैत्री मार्गमा अगाडि बढाउने दाबी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति तथा मुलुकको मन्त्रिपरिषद् राज्य समितिले गरेको छ ।
सिन्ह्वा समाचार संस्थाले यसलाई चीनको आधुनिकीकरण प्रयास र दिगो तथा स्वस्थ्य आर्थिक विकासको बलियो संयन्त्रको रूपमा लिएको छ । गत केही वर्षमा चीनको खस्कदो निर्यातको विकल्प खोज्नु यस मुलुकको दिगो आर्थिक वृद्धिका लागि आवश्यक भइसकेको अवस्थामा चीनले घरेलु मागलाई विकासको आधारभूत औजारको रूपमा लिएको छ र सहरीकरणले नै घरेलु माग विस्तार गर्नसक्ने अनुमान गरिएको छ ।
हाल चीनको कुल जनसङ्ख्याको ५३.७ प्रतिशत सहरमा बसोबास गर्छन् र त्यो औसत रूपमा विकसित मुलुकको औसतमा ८० प्रतिशत जनसङ्ख्या सहरमा बसोवास गर्ने अवस्था भन्दा कम हो । त्यसै पनि विकासशील मुलुकको औसतमा ६० प्रतिशत जनसङ्ख्या सहरमा बसोवास गर्ने अवस्थामा चीनको प्रतिशत त्यसै पनि कम हो । चीनको घरपरिवार दर्ता प्रणाली लाई हुकोउ भनिन्छ र यसमा केबल ३५.७ प्रतिशत चिनियाँ जनतामात्र सहरी क्षेत्रमा बसोवास गरेको देखिन्छ ।
वास्तवमा सहरीकरणले ग्रामीण क्षेत्रका जनताको नगरमा रोजगारीले उनीहरूको आय बढ्ने र उनीहरूको उपभोक्ता सम्भावना पनि बढ्ने अनुमान गरिएको छ । यसले सहरी क्षेत्रको आधारभूत संरचना, सार्वजनिक सेवा तथा भवन निर्माणमा लगानी बढाउँछ भने सहरी क्षेत्रमा जनताको बसोवास बढ्दा यी आधारभूत सुविधामा उनीहरूको पहुँच बढ्छ । यसले अन्त्यमा आर्थिक विकासका लागि संयन्त्र उपलब्ध गराउँछ ।
चीनमा हाल करिब २६ करोड ९० लाख कामदार सहरमा ग्रामीण क्षेत्रमा आप्रवासीको रूपमा रहेको देखिन्छ र उनीहरूलाई हुकोउ प्रणाली अनुसार सहरमा दर्ता गरिएको छैन । यसैले उनीहरूले नगरमा सार्वजनिक सेवामा पहुँच पाउँदैनन् । हालको यस दर्ता तथा सुविधा व्यवस्थालाई हटाउने र मुलुकका सबै जनतालाई आधुनिकीकरणको उपलब्धिहरू उपभोग गर्नसक्ने बनाउने लक्ष्य यस सहरीकरण योजनाले लिएको छ ।
चीनले ग्रामीण जनतालाई उचित प्रवाहमा राखेर सहरी नागरिक बनाउने र उनीहरूलाई सरहमै आधारभूत सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्य यस योजनामा राखिएको छ । यसका साथमा सहर र ग्रामीण क्षेत्रबीच समन्वय गर्न साना नगरका संरचना तयार गरिने, त्यसलाई पर्यावरणीय नागरिक सभ्यतामा ढाल्न प्रयास गरिने भएको छ र सम्पूर्ण सहरीकरणलाई वातवरणीय मैत्री बनाउने अपेक्षा गरिएको छ ।
यसरी चीनले सन् २०२० सम्म सहरी क्षेत्रमा बसोवास गर्ने कूल जनसङ्ख्या ६० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । यसरी हुकोउको दर्ता प्रणालीमै पनि सहरी क्षेत्रमा बसावास गर्ने जनताको सङ्ख्या ४५ प्रतिशत हुने अनुमान गरिएको छ । यस अवधिमा १० करोड आप्रवासी कामदारले नगरको स्थायी बासिन्दाको स्तर पाउनेछन् र उनीहरूले सहरी सुविधा प्राप्त गर्नेछन् ।
यस योजनामा मध्यमआकार तथा साना आकारका सहरको स्थापना गरी साना नगरको निर्माण गर्ने र त्यसलाई एकआपसमा सञ्जालमा बाँध्ने लक्ष्य लिइएको छ । यसबाट ठूला सहरको भूमिका स्पष्ट हुने व्यवस्था गरिनेछ । यी सबैमा हरियाली उत्पादन तथा उपभोग सहरी आर्थिक क्रियाकलापको मूल प्रवाह हुने व्यवस्था गरिनेछ । त्यहाँ स्वच्छ वातावरण, हावा तथा स्वच्छ खानेपानीको व्यवस्था हुनेछ । यस परियोजनामा ६.८ हजार अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।
अर्कोतिर भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आदर्श ग्राम योजना अगाडि सारेका छन् । भारतको ८३ करोड जनसङ्ख्या गाउँमा बसोवास गर्छन् भने ३७ करोड जनता नगरमा बसोवास गर्छन् । प्रधानमन्त्री मोदीले आफ्नो मुलुकलाई विश्वको सबैभन्दा युवा मुलुक भनी घोषणा गर्नुभएको छ भने उहाँले यहाँका युवा विश्वमा प्राविधिक तथा यहाँका उत्पादनलाई विश्वमा उपभोग्य साधनको रूपमा वितरण गर्ने महत्वाकाँक्षी योजना तयार गरेका छन् ।
रेडिफ न्युजका लागि शीला भटका अनुसार अक्टोबर ११ मा जयप्रकाश नारायणको जन्मदिनमा प्रधानमन्त्रीले मोदीले सार्वजनिक गर्नुभएको सांसद आदर्श ग्राम योजनाका लागि राज्यले त्यसै पनि पहिले देखिनै संसदलाई स्थानीय विकास परियोजनाका लागि उपलब्ध गराउने गरेको चार हजार करोड रूपैया उपलब्ध छ ।
भारतमा लोकसभामा ५४३ सदस्य छन् भने राज्यसभामा २५० सांसद छन् । प्रत्येक लोकसभा सांसदले स्थानीय विकासका लागि पाँच करोड रूपैयाँ स्थानीय विकासमा खर्च गर्न पाउँछन् । राज्यसभाका सदस्यले आफूले पाउने रकम मुलुकको कुनै पनि क्षेत्रमा खर्च गर्न पाउँछ ।
यसरी हेर्दा पाँच वर्षको अवधिमा लोकसभाका सांसदले १३ हजार ५७५ करोड र राज्यसभाका सदस्य सात हजार ५०० करोड खर्च गर्न पाउनेभएको भटले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार सांसद आदर्श ग्राम योजनाको निर्देशिका वास्तवमै ग्रामीण भारतका लागि अचम्मलाग्दो छ । यस योजनामा सांसदले आफ्नो नजिकको नातेदारको गाउँ छनौट गर्न पाउने छैनन् । उनीहरूले सन् २०१४ मा छनौट गरेको गाउँ सन् २०१६ सम्म आदर्श गाउँमा परिणत हुनुपर्नेछ ।
तीन वर्षसम्म एक गाउँमा काम गरेपछि सांसदले अर्को गाउँ छनौट गर्नुपर्नेछ र उनीहरूले आफ्नो कार्यकालमा दुई गाउँको विकास गर्नुपर्नेछ । मोदीको सरकारले यसरी सन् २०१९ पछि प्रत्येक वर्ष एक गाउँलाई आदर्श गाउँको रूपमा विकास गर्नुपर्ने र यो योजना सन् २०२४ सम्म निरन्तर राख्नुपर्ने नीति सार्वजनिक गरेको छ । सरकारले यस योजनाको प्रमुख उद्देश्य यसरी सांसदले काखमा लिएको गाउँमा गरिबी हट्नुपर्ने हुने उल्लेख गरेको छ ।
सरकारले जारी गरेको यस निर्देशिकामा सबै प्रकारको आधारभूत संरचना निर्माण गर्नुपर्ने र यसो गर्दा लैङ्गिक समानता, महिला सशक्तीकरण, सम्मान, सामाजिक न्याय, सफाइ, सामुदायिक सेवा, शान्ति, समन्वय तथा वातावरणमैत्रीपनालाई जोड दिनुपर्ने उल्लेख भएको छ ।
यस परियोजनाअनुसार घरबिहीनलाई पक्का घरको व्यवस्था गर्नुपर्नेछ र त्यसमा पूर्ण सफाइको सुविधा हुनुपर्नेछ । यी गाउँमा राम्रा विद्यालय हुनुपर्नेछ र त्यहाँका कक्षाकोठामा सूचनाप्रविधिको व्यवस्था हुनुपर्नेछ । त्यस गाउँमा इलेकट्रोनिक पुस्तकालयको व्यवस्था हुनुपर्नेछ र वेबमा आधारित शिक्षा प्रदान गर्नुपर्नेछ । यस योजनामा स्वास्थ्य कार्डको व्यवस्था गरी सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, उनीहरूको स्वास्थ्य परीक्षण हुने तथा पूर्ण खोपको व्यवस्था हुने व्यवस्था गर्नुपर्नेछ ।
भटका अनुसार आदर्श गाउँमा पाइपबाट खानेपानी उपलब्ध गराउने, ती गाउँलाई प्रमुख सडकसँग जोड्ने, सबै घरमा विद्युत् आपूर्ति हुने, गाउँमा पुस्तकालयको व्यवस्था हुने तथा सार्वजनिक क्षेत्रमा टेलिकम तथा ब्रोडब्यान्ड जडान गर्नुपर्ने र सीसीटीभीको व्यवस्था हुनुपर्ने योजना बनेको छ । गाउँमा इ–प्रशासनको व्यवस्था हुनुपर्नेछ ।
आदर्श गाँउ योजनामा गाउँमा सबै गाउँलेलाई कार्डको व्यवस्था हुनेछ । त्यसमार्फत आमआदमी बिमा योजना, सार्वजनिक वितरण प्रणालीमा पहुँच, सामाजिक सुरक्षा, प्रौढ, अशक्त र बिधुवालाई निवृत्तिभरणको व्यवस्था हुनेछ । सरकारले सांसदहरूलाई ती गाउँका बासिन्दाको सरसफाइको बानी, शारीरिक व्यायाम, मदिरा सेवन, चुरोट तथा नसाका विषयमा ध्यान दिन आग्रह गरेको छ । यस योजनामा जिल्ला प्रशासकले समन्वयकर्ताको भूमिका खेल्नेछन् ।
प्रधानमन्त्री मोदीको योजना सफल भएमा सन् २०१९ सम्म दुई हजार ५०० गाउँ पूर्णरूपमा विकास हुनेछन् र सांसदहरूले गम्भीरतापूर्वक काम गरेमा त्यसले छिमेकी गाउँमा पनि प्रभाव पार्नेछ । त्यसो त भारतमा दुई लाख ५० हजार गाउँपञ्चायत छन् र सन् २०१९ सम्म केबल एक प्रतिशत गाउँ आदर्श गाउँ बन्नेछन् । यसैले आलोचकहरू चिनियाँ सहरीकरणको योजना तथा भारतीय आदर्श ग्राम योजना दुबै महत्वाकाँक्षी परियोजना मात्र भएको दाबी गर्छन् ।
हालैमात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१४ को अन्त्यसम्म चीनको खरिद क्षमता समायोजित कुल गार्हस्थ उत्पादन १७.६७३ हजार अर्ब हुने र त्यो विश्वको कूल गार्हस्थ उत्पादनको १६.४८ प्रतिशत हुने अनुमान गरेको छ । चीन त्यसै पनि अब विश्वका पहिलो अर्थतन्त्र बनेको छ । त्यसो त अमेरिकाको यसै अवधिमा खरिद क्षमता समायोजित कुल गार्हस्थ उत्पादन १७.४१६ अर्ब हजार अर्ब हुने र त्यो विश्वको कूल गार्हस्थ उत्पादनको १६.२८ प्रतिशत हुने अनुमान गरिएको छ ।
यस अनुमानमा भारतको खरिद क्षमताको समायोजित कुल गार्हस्थ उत्पादन ७.२७७ हजार अर्ब अमेरिकी डलर हुने र त्यो विश्वको कूल गार्हस्थ उत्पादनको ६.८ प्रपतशत हुने अनुमान गरिएको छ । यस अर्थमा भारतीय अर्थतन्त्रले तेस्रो स्थान हासिल गरेको छ । अमेरिकी अर्थतन्त्रको आधार मध्यमवर्गीय परिवार हो भनिएको अवस्थामा भारतले आफ्नो सम्भावना प्रयोग गरे अमेरिकी अर्थतन्त्रलाई नउछिन्ने प्रश्न देखिन्न । तर के यी दुई ठूला मुलुकले आफ्ना जनताको पूर्ण सम्भावना प्रयोग गर्ने छन् त ? हेर्न बाँकी छ ।

Tuesday, October 14, 2014

पत्याउदाँ पत्याउदैँ


साभार=लक्ष्मण गाम्नागे
यिनीहरूले हा मीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने
हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं ।
हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले
र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले ।
यिनीहरूले हामीलाई, हाम्रो सम्पूर्ण दुर्भाग्यको कारण राजतन्त्र हो भने
हामीले फेरि पत्यायौं र राजतन्त्र विरुद्ध लड्यौं ।
हेर्दाहेर्दै यिनीहरू कहिले राजाको बाहुलीमा नाम चढाउन गए
कहिले पाउमा दाम चढाउन गए ।
यिनीहरूले संबिधानसभा नयाँ नेपाल बनाउने कडी हो भने ।
देशमा चमत्कार गर्ने जादुको छडी हो भने ।
त्यो पनि हामीले मान्यौ र भोट हालेर यिनीहरूलाई छान्यौं ।
हेदौहेर्दै यिनीहरूले सम्विधानसभालाई डान्स रेष्टुरेन्टमा ढाले ।
र मात्तिएर नाङ्गा नाङ्गै नाच्न थाले ।
यिनीहरूले हामीलाई धर्म भनेको अफिम हो भनेर पढाए ।
हामीले पत्यायौं र मन्दिरहरू भत्कायौं ।
पुरेतहरूका जनै चुँडाल्यौं र झाँक्रीका ढ्याङ्ग्राहरू फुटाल्यौं ।
ज्योतिषीहरूका घुँडा फुकाल्यौं र पूजारीहरूका लँगौटी उतार्यौं ।
हेर्दाहेर्दै हामीलाई मन्त्र दान गर्ने यी गुरुहरू हनुमानचालिसा पाठ गरेर
मन्त्री हुने जपना गर्न थाले ।
मसान बाबाहरूका खुट्टाको पानी अचाएर
शक्ति हत्याउने सपना देख्न थाले ।
हुँदाहुँदा यिनीहरू सत्ता आरोहणको लालसामा भैंसीको पूजा गर्न थाले ।
यिनीहरूले हामीलाई फिलिमले विकृति ल्याउँछ भन्दै
सिनेमा हलमा आगो झोस्न लगाए ।
र हेर्दाहेर्दै यिनीहरू आफैं राम्रा राम्रा फिलोइनहरू छानेर फिला जोडेर नाच्न थाले ।
हामीलाई भातको राजनीति चाहिएको थियो,
यिनीहरूले जातको राजनीति लिएर आए ।
हामीलाई मनको राजनीति चाहिएको थियो,
यिनीहरूले लिङ्ग र स्तनको राजनीति लिएर आए ।
हाम्रो सिङ्गो जीवनलाई नरकतिर धकेलेर, यिनीहरूले स्वर्ग भोगे ।
नेपाल आमालाई ब्रह्मनालमा सुताएर,
कसको चावी खोसे र राष्ट्रिय ढुकुटी लुटे ।
हामीलाई थाङ्नामा सुताए यिनीहरूले,
र पिसाव फेरे हाम्रा सपनाहरूमाथि ।
यसरी यिनीहरूले बारम्बार हामीलाई लत्याए,
हामीले यिनीहरूलाई बारम्बार पत्यायौं ।
यिनीहरूलाई पत्याउँदा पत्याउँदै, हाम्रा बराजुहरू भोकै मरे ।
बाजे बज्यैहरू नाङ्गै मरे ।
यिनीहरूको आश गर्दागर्दै हाम्रा बाबुआमाहरू रोगैरोगले थला परे ।
यी चौथो लिङ्गी नेताहरूकै अकर्मन्यताले
हाम्रा कति भाइहरू, विदेशी भूमिमा बन्धक भएर रोइरहेका भेटिए ।
कति जिउँदै गाडिए, कतिका घाँटी रेटिए ।
कति हाम्रा छोरीचेलीहरू उतै बलात्कृत भए, कति मारिए ।
कति छोराहरूले घरको छाना टाल्न किड्नी काटेर बेचे,
कति आमाहरूले भोकको ज्वाला सहन नसकेर,
नावालक छोराछोरी सहित खोलामा हाम फालेर आत्महत्या गरे ।
तर, अहँ !
यी दुईखुट्टे टमीहरूको पुच्छर (कुकुरै भन्न खोजेको होइन ),
जति वर्ष ढुङ्ग्रामा हाले पनि कहिल्यै कहिल्यै कहिल्यै नसोझिने रहेछ ।
यी दुईखुट्टे डङ्कीहरूलाई (गधा भनेर कसरी भन्नू !),
जति धोए पनि कहिल्यै कहिल्यै कहिल्यै गाई नबन्ने रहेछन् ।
त्यसैले आउनुहोस्, आउनुहोस् !
यो नागरिकसभामा एउटा अन्तिम घोषणा गरौं
कि अन्तिम एकपटक, फेरि हामी तिमीहरूलाई पत्याइदिँदैछौं
अन्तिम मौका,कि ए ढाँटका खानीहरू हो !
नयाँ नेपालको हवाई सपना नदेखाओ हामीलाई सिङ्गापुर र स्विट्जरल्याण्डका जुवाडे गफ
नसुनाओ हामीलाई, लौ, यो गरिब राष्ट्रको
अरबौं रुपैया खाएको पाप पखाल्न,एउटा संबिधानको किताब मात्र
बनाएर देखाओ हामीलाई, तिमीहरूको मृत्युमा
हामीले खुशी मनाउनुअघि, नयाँ दिल्लीले थाहै नपाई
कम्तिमा एउटा सरकार बनाएर देखाओ हामीलाई ।

Wednesday, October 8, 2014

गलत लाग्छ मलाई मेरो देशको इतिहास


(भुपि शेरचनका  कबिताबाट साभार)

तस्बीर सौजन्य- गुगल
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर
र
ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा,
गल्ली-गल्लीमा,
देश-विदेशमा,
यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु क-दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

Sunday, October 5, 2014

राजेश्वरी अब सपना देख्दिनन्





समकालिन समयका प्रत्येक टुक्रामाथि,
राजेश्वरीका यिनै हातहरुले छिनो-हथौडा चलाएका थिए।
उखरमाउला  ढुंगा-पात्थरले छापेका
जिबनका उकाला बाटोहरुमा
यै पहाडी ज्यानले बुर्कुसी मारेको थियो।
साल र देबदारु जस्तै अग्ला समस्याहरुमा
यिनै पाखुरीहरुले आरी चलाएका थिए।
जब्बर उकालो होस या अख्खर भिरालो होस् ,
पहाड जतिकै कठोर यो ज्यानलाइ आफनो माटो जतिकै
अन्तरंग र अर्थपुर्ण बनाएकि थिइन राजेश्वरीले ।
हिउभित्र पनि आगो हुन्छ,उनलाइ थाहा थीयो ।
बनावटी प्रारुपलाइ उनले पढन जानेकी थिइन् ।
उन्ले सपना देख्न सिकेकी थिइन।
यिनै सपनाले उसलाइ यत्र तत्र डुलायो।
जीबनका बिबिध रंग र स्वाद चखायो।
प्रतिजैबिकीले जस्तो
उनले संक्रमण रोकिन,
क्ष-रश्मीले जस्तै
आन्तरिक चोटहरु पहिल्याईन् ।
हो,  अबिचलित चट्टानजस्तो
राजेश्वरीमा गाइको जस्तो सोझोपन थियो,
साउनका पहाडी खोलाको जस्तो
जिबनको लय थियो ।
पहाडको झरनाले सिकाएको संगीत बोक्दै
बाटोमा भेट्टिने नालाहरु समेटदै
यात्रामा अगाडी आएका नदी महानदीहरुसंग
सम्झौता र सहकार्य गर्दै
जिबन अब नयाँ नयाँ किनारामा ठोक्किदैछ ।
यिनै पर्बत-पठारका काँधमा दौडदै चिप्लिदै ऊफ्रिदै
सागरको कुनै अतल गहिराईमा जिबन निख्रिदैछ ।
उम्रिएका सपनाहरु,
तुहेका सपनाहरु, कुहेका सपनाहरु
फलेका सपना , फुलेका  सपना
सपनाहरुका भिडमा जिबन भिडकिदैछ ।
जिबन निचोरिएकोछ ।
त्यसैले होला, सपनाहरुको यो महा-मैदानमा
हामीसंग सपना छैनन ।
राजेश्वरीसंग सपना छैनन ।
त्यसैले होला, चुलो-चौकामा सिमित भएरै
राजेश्वरी अब सपना देख्दिनन् ।
आवाजको अन्तिम मुकाममा
मौन समयले स्वागत गरिएको जस्तो
राजेश्वरी दंगदास छिन ।

किनकि राजेश्वरी अब सपना देख्दिनन् ।

Wednesday, September 17, 2014

खतड़वा संकराद




बच्चों-किषोरों का झुंड
उल्लास से भरा
इकट्ठा करने में जुटा है केड़-पात
मक्के के ठँूठ , सूखे झील-झंखाड़
ढूँढ-ढूँढकर लाए जा रहे हैं
गाँव भर से
सबसे ऊँची टिकड़ी में गाँव की
बनाया जा रहा है ढेर ।
घसियारिनें लगी हैं
घास के पूले के पूले काटने में
भर पेट खिलाना जो है आज के दिन
इतना कि
गाएँ उसी का सोत्तर बनाकर सो जाएंँ।
षाम होने को आई
लौट रही हैं घसियारिनें
घास का लूटा सा ही पीठ में लादे
इसी घास से बनाए जाएंगे बुड़ि के पुतले
डाले जाएंगे -
गोशाला की छत पर
गोबर के खात पर
लौकी-कद्दू-ककड़ी -तोरई के बेलों में
एक साथ ले जाई जाएगी
टिकड़ी में बने ढेर में जलाने ।
अब सारी तैयारी पूरी हो चुकी है
जल उठी है मषालें
सिन्ने के ढाँक साथ बुड़ि का पुलता
पकड़कर
भीतर से लेकर गोठ के ओने-कोने से
झाड़-पोछकर
बाहर भगाया जा रहा है बुड़ि को।
हाँेक लगाकर -
‘भ्यार निकल बुड़ि ,भ्यार निकल ’।
दौड़ पड़े हैं सभी टिकड़ी की ओर
मषाले लहराते
समवेत स्वर में चीखते-चिल्लाते
सार गाँव गूँज उठा है
/ऐसे में भला बुड़ि कहाँ छुपी रह सकती है
कितना सुदंर लग रहा है गाँव
अंधकार दुबक रहा है जान बचाकर ।
एक इषारा पाते ही
धू-धू जल उठा है केड़-पात का ढेर
झोंक दी गईं हैं उसमें सारे के सारे पुतले ।
फैल गईं हैं आसमान में असंख्य चिनगारियाँ
हर पहाड़ी ने
थाम ली हो जैसे एक-एक मषाल
और समवेत स्वर चक्र बन घूमने लगे हों घाटी में ।
पता नहीं कब से
हर साल
बुड़ि को खदेड़कर सुपुर्दे खाक करते
आ रहे हैं ये लोग
पर बुड़ि है कि फिर -फिर लौट आती है।
By-mahesh chandra punetha/

सुदुरपश्चिममा बुढी पोल्ने पर्व मनाईदै Sajhasabal

Saturday, September 13, 2014

आहा! स्वर्गद्वारी !!

                                       
( साभार- निबेदन वैद्य, अनलाइन खवर/३१ भााद्र ०७३ )

प्यूठानको स्वर्गद्वारी मन्दिर नेपालको चर्चित धार्मिक पर्यटकीयस्थल हो । तर, यो सुन्दर स्थलको दर्शन गर्ने अवसर धेरै मानिसले पाउन सकेका छैनन् । विगतमा यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भए पनि अब स्वर्गद्वारीको यात्रा सहज बनेकोे छ ।

पहाडको टाकुरामा वरिपरि जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ । यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भन्छि । पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिम स्थान यहीे बाटो भएर गएकाले यसको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ ।

स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारीबाट आठ हजार मीटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिम श्रृंखला हेर्न पाइन्छ ।
स्वर्गद्वारीबाट देखिने हिमाल अन्नपूर्ण, धौलागिरी र मनास्लु लगायत छन् । विशेष गरी धौलागिरीलाई नजिकबाट नियाल्न स्वर्गद्वारी उपयुक्त स्थान हो ।

स्वर्गद्वारीको महत्व नेपालमा जस्तै भारतमा पनि छ । यही भएर बर्षेनी एक लाख भन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्वारी पुग्ने गर्दन् ।
रोल्पाका बाल तपस्वी हंसानन्द गिरी (महाप्रभु) ले विस १९५२ मा १ हजार ६ सय रोपनी जग्गामा स्वर्गद्वारी मन्दिरमा आश्रम बनाएका थिए ।
स्वर्गद्वारी मन्दिर १२० वर्ष पुरानो रहेको बताइन्छ । यहाँ अखण्ड ज्वालासहित धुनी, वेद पाठ र बली विनाको पूजा एवं हवन हुँदै आएको छ ।
मन्दिर परिसमा गणेश, देवी, सूर्य, बिष्णु, तथा शिवका मूर्ति र मन्दिरहरु बनाइएका छन् । मन्दिर आएका भक्तजनहरुलाई खान र बास बस्नका लागि मन्दिर व्यवस्थापनले नै चाँजो पाँजो मिलाउने गरेको छ ।
स्वर्गद्वारीमा विशेष गरी बैशाख पूणिर्मा, बुद्धजयन्तीमा बिशेष मेला लाग्छ । त्यसबेला भारत र नेपालका हजारौ भक्तजनहरु आउने भएका कारण खानपिन तथा बासको व्यवस्थापनका लागि समस्या हुने गरेको छ ।
स्वगद्वारी मन्दिर परिसरबाट १५ मिनेटको पैदल दुरीमा महाप्रभु गुफा रहेको छ ।
स्वर्गद्वारी जाने बाटो
मन्दिर कसरी पुग्ने भन्ने विषयमा नेपालमा सहरी क्षेत्रमा उचित प्रसार प्रसार हुन नसक्दा जति आन्तरिक धार्मिक पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
काठमाण्डौबाट नेपालगञ्जसम्म हवाई यात्रा र त्यसपछि रोल्पा चल्ने बसमा प्युठानको भिङ्रीसम्म सार्वजनिक बसमा जान सकिन्छ । त्यसपछि ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ । त्यहाँबाट निजी सवारी साधन पनि मन्दिर परिसरसम्म प्रयोग गर्न सकिन्छ ।