Wednesday, August 31, 2016

चालिसबर्षे नौकरीमा पचास ठाउँ सरुवा-३

नौकरी गर्न थालेको पछिल्लो आठ बर्षले एघार ठाउँ चहार्न लगायो । दोस्रो राउण्डमा फेेरि बैतडी पु-यायो । खैै यो जागिरेबृतिलाई के नाम दिउँ? अलमलमा पर्छु । राजाको सिन्दुर भनेर मान मनितो त भएकै लाग्थ्यो । तर तलब भने खरिदारको मासिक रु २५५/- बाट शुृुृरू गरेको थिए, दोस्रो पल्ट बैतडी सुब्बा बनेर आउदा रू  सातसय चानचुन थापिन थालिएछ  । डेरा गरेर घरपरीवार सदरमुकाममै पाल्नु पर्दा हात लाग्यो शुुन्य मात्र । जेहोस् गुजारा चल्दै थियो । जिन्दगिले तीन दशक नाघ्दै थियो । जिवनको खुुटकिलो चढदै जादा उमेर र उर्जा पनि घटबढ हुने नै भयो । यो देखाइ र भोगाईलाइ अक्षरमा कैदगर्दा नोष्टाल्जिक भइदैछ ।

लौ अफिसर हुने भइयो ; अर्को आयामको आशामा


तिनवटा सन्तान सदरमुकाममा थुुपारेको मात्र थिए, शााखा अधिकृतको लिखित परिक्षा पास भएको खवर आयो । फेेरि काठमाण्डौको चक्कर लाउनु पर्ने भयो । यसै परिक्षामा उतिर्ण साथी हरिदत्त पाण्डेयजीसंग सम्पर्क सल्लाह गरे । शाायद ०४३ आषाढमा हामीहरु राजधानीतिर हानियौ । संयोगले झण्डै एघार बर्षपछि काठमाण्डौ फेेरि आइयो, भिन्न परिवेश र भिन्न पहिचानमा । पहिलो यायाबरि हिडाइ बेग्लै हुन्थ्यो, अहिलेको दुखाइ बेग्लै थियो । बिधिबसात बैतडीबाट मात्र त्यो ब्याचमा हामी पाँच जना साथी भयौ, दुई दार्चुला र एक अछाम गरि सुदूर पश्चिमका आठ जना । बैतडीमा त्यसबेला सुधिर कुमार शााह का मु प्र जि अ हुनुहुन्थ्यो । आबश्यक मार्गदर्शन  गर्ने मेरो त्यसबेलाको निकटतम ब्यक्ति वहाँ नै  थिए ।
राम्रोसंग नेपाली बोल्न नआउने हामी परपश्चिमेलीहरूको निम्ति लोकसेवाको ठुुलो हाउगुजि हुन्थ्यो । झन टेक्ने समाउने  हाङ्गो नै नभएको मेरालागि त यो ठुुलै महाभारत थियो । आफुु त बिषयबस्तुुमा त्यती पोख्त पनि परिएन । तर सुदुरको डोटि केन्द्र बाट बिरलै पास हुने मध्ये यसपालाको एक्लो उमेदवार पनि परे । राष्टिय पंचायत सेवा र प्रशासन सेवा गरि दुई बिज्ञापनको लिखित परिक्षामा पास भएकोले एक ठाउँँमा त कसो पास नहोइएला भन्ने भनेर आत्म बिश्वास पनि कायमै थियो । जेहोस, अन्तर्वार्ताको घडी आयो ।
प्रशासन सेवाको अन्तर्बार्ता बोर्डमा लोकसेवा आयोगका तत्कालिन अध्य्यक्ष उपेन्द्रमान मल्लज्यू स्वयंले अध्यक्षता गर्नु भएको थियो । एकजना बोर्ड सदस्यले बैतडीको समाजमा प्रचलित बहुतै बदनाम एउटा सामाजिक कुप्रथाको बारेमा केही जानकारी छ कि ? भनेर प्रश्न गरे । उनको यो हेपाहा प्रश्न थियो भन्ने कुरा शरीर-संकेत ( body  language  ) ले बताई सकेको थियो । मैले प्रतिप्रश्न गरे " नेपालको जुनसुकै समाजमा पनि कुप्रथाहरु बिद्यमान छन् । मात्रात्मक रुपमा वा नीजि दृष्टिकोणले समेत ती समस्या ठुुला साना लाग्न सक्दछन् । बैतडीको हकमा पनि त्यहाँ थुुप्रै त्यसता समस्या छन् । ती मध्ये केही पहिचानमा छन्, केही नहुन पनि सक्छन् । कुन समस्याको बारेमा कुरा गरौ, म अलमलमा परे । यहाँको संकेत देउकी प्रथा तर्फ हो भने म केही जानकारी दिन सक्छु । "
उनले हो भने । यो मेरालागि अप्रत्यासित थियो । यसको  बारेमा बोर्ड सदस्यहरु भन्दा मसंग बढि जानकारि छ भन्नेमा म ढुुक्क भए । सौभाग्यबश त्यसताका म मेरा तत्कालिन हाकिम चुुडामणि उपाध्यायज्युले बढुवा प्रयोजनको लागि लेखिरहनु भएको" देउकी प्रथा " नामको किताबका लागि सामग्री संकलन पनि गरिरहेको थिए  । मैले बुझेको कुरा बोर्ड समक्ष राखेे । यसै सन्दर्भमा हिमाली भेेगतिरको झुुमा प्रथा, काठमाडौंको कुमारी प्रथा वा बैतडीको देवकी प्रथा प्रकारान्तरले लगभग एउटै कित्ताका कुरा हुन् पनि भने । यो कुरा काठमाडौंका खाँटि रैथाने अध्य्यक्षज्युलाई चित्त बुझेनछ क्या रे । उनले यो कसरी हुनसक्छ? तर्क सहित पुष्टि गर्नोस भनेर अह्राए । " कुमारि गुठिको समुचित ब्यबस्था नभएमा र निबृत कुमारीको जीवन निर्बाहको अरु कुनै उपाय पनि नहुने एबं बिबाह पनि गर्न नपाउने परिस्थिति निर्माण भएमा के हुन्थ्यो, हामी सबैले सहजै अनुमान गर्न सक्छौ " मैले यसै लाइनमा कुरा राखे । केही बस्तुगत जानकारि पनि दिए । अध्य्यक्षज्यू " पख्नोस, केही कुरा टिप्नु पर्ने भयो " भन्दै भित्र गएर डायरी लिएर आउनु भयो । यसै सिलसिलामा ४०/४५ मिनेट विभिन्न प्रश्न गर्दै बुँदा टिपोट पनि गर्नु भयो । अरु कुरै हुन पाएन । अन्तमा मैले धेेरै समय लिए, कसैको केही सोध्नु पर्ने छ कि भन्दा अरुहरुले छैन भन्ने संकेत गरे । बस्... मेरो इन्टरभ्यु सकियो ।
यो घटनाक्रमले मलाई नतिजा प्रकाशित नहुन्जेल बडो सकसपुर्ण छटपटिमा राख्यो । के भयो? कस्तो भयो? भन्नै नसकिने, अनुमानै गर्न नसकिने । रेजल्टको लागि आयोगको कमलपोखरि स्थित कार्यालयमा सुचनाको प्रतीक्षा बाहेक अरु के गर्न सकिन्थ्यो र ? आखिर एकदिन त्यो प्रतिक्षा पनि सकियो । तात्तातै सुचना हेर्दा आफनो नाम नै नभेट्टिने । दोह-याएर हेरे । अँँ हँ, देखिदैन त । तेस्रोपल्ट फेेरि सुचनापाटिमा टाँसिएको लिष्ट पढ्दा बल्ल नाम देखियो, ७३ नम्बरमा। सौभाग्यबश हाम्रो भेेगका सबै सिफारिसमा परेका रहेछौ । धन्य भगवान! एउटा लामो पर्खाइ सकियो । मैले अफिसरको परीक्षा पास गरेेछु ।
जीवन यसरी नयाँ लिगमा प्रबेश ग-यो ।
सिफारिसको सुचना सहित बैतडी गइयो । अफिसियल अनुष्ठान पूरा गरे । गाउँ गएर बा आमाको आशिर्बाद लिए । इष्टकुल देवता ढोगे । केहिदिनको लागि श्रीमति र बच्चाहरु ससुरालीमा छोडे र म काठमाडौ फर्के ।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह मा दरबन्दि राखियो । मिति ०४३/६/६ देखि प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ( staff  college ) मा प्रशिक्षार्थीको हैसियतमा प्रबेश गरियो । मेरालागि कुनै पनि कलेज नामधारि संस्थामा प्रबेश पाएको यो नै पहिलो घटना थियो ।

Monday, August 22, 2016

Thursday, August 18, 2016

चाालिस बर्ष नौकरी ; पचास ठाउँ सरुवा-२

नौकरी पेशामा लाग्नुु नै पर्ने भएपछि प्रारंभिक दौडमा यत्रतत्र चााहार्दै काठमाण्डुदेखि डडेलधुरासम्म ५ बर्ष पुरै बिताइएछ । यो बेला सात वटा मुकाम फेेरियो । ०३६ आषाढमा आर्थिक बर्ष सकिएसंगै लेखापरिक्षण गराई हिसाबकिताब बुझाई भााद्र महिनामा बोकटाबाट बिदाई लिए । दार्चुलाको जिल्ला प्रशासन कार्यालय गन्तव्य तोकिएको थियो । तर सरकारी नौकरीतर्फको यो पहिलो यात्रामा पनि अर्कैै संयोग जुरेको रहेछ ।

स्थायि सरकारी सेवा ; लागियो तिङ्कर तिर

दार्चुला पुगेपछि मात्र थााहा पाए, मेरो पदस्थापन त उत्तरी सीमा प्रशासन , व्यासमा पो भैैसकेछ । केही चलाक मित्रहरुले आफुु अनुकुल हुने दाउ हानिसकेका रहेछन् । झण्डैै सय किलोमिटर टाढाको छांग्रु स्थित कार्यालयमा ६ महिना र खलंगामा जाडोको ६ महिना कार्यालय खोल्नुपर्ने प्रचलन रहेछ । एक मन त झोक चलेर नजाने निधो गरिसकेको थिए । उता अर्को बिज्ञापनमा कृषिबिकास बैंकले पनि बाजुरामा सिफारिस गरेको खवर पनि पाइसकेको थिए । साथीहरुसंग सल्लाह गरे । बाजुरा र ब्यास उस्तै उस्तै लाग्यो । नियतिले यसपालि हिमालयकै हावा खान खटाएको मानेर लुरुरु लागे उकालो उत्तरतिरको ।
नेपालपट्टि बडो बिकट बाटो थियो । बाटोको दु:ख ब्यास पुगेपछि बिर्सिने रहेछ । हिउँका सेता चुुचुराहरु मुनिका कहालिलाग्दा लेकहरु । तल बेसीमा जता हेर्यो त्यतै राम्रो लाग्ने फूूलका मैदानहरु । नेपाल यति विशाल छ र यहाँ विभिन्न भाषा-उपभाषा, संस्कृति- उपसंस्कृतिहरु भए पनि एक अर्काको हृदयको भाषा सबै नेपालीले बुझ्छन भन्ने मैले पहिलोचोटि महसूस गरे । हामीहरुको जिब्रोले मात्र हैन, आँँखाले, औलाले, दाँत-ओठले पनि बोल्छन नि है । स्थानिय बोली पट्टकै नआउने हुदा यस्तै " सार्बभौम " भााषाले काम चलाए ।
आजभोलि प्रेश रिपोर्टको भरमा बनेका कालापानी बारेका थुुप्रो जानकार भेेट्टिन्छन् । हामीले त्यसबेलाको  त्यो विषम परिस्थितिमा पनि सरकारलाई स्थलगत प्रतिबेदन दिएका थियौ । तत्कालिन प्र जि अ द्वारिकानाथ ढुंगेल स्वयमले त्यहाँ पैदल भ्रमण गर्नुभएको थियो । सुनेका थियौ, पहिले भारतको प्राइमरि कक्षाको भुुगोलमा समेत " महाकाली नदि जोलिङकाङ पर्बत से निकलति है" भनेर पढाइन्थ्यो रे । अहिले हामी नै कालापानि(?!) बाट निक्लिएको बिबादित तथ्य स्विकार्न बाध्य भएकाछौ । हो, मेरो नौकरीको यो चरण यहि कालापानिबाट मात्र १५/२० किमि तल छांग्रु स्थित  जिल्ला प्रशासन कार्यालय, सीमा प्रशासन शााखा, ब्यास  को खरिदारको हैसियतमा बित्यो । ०३७ सालमा पिताजी, गुरुवर पं दुर्गादत्त पाण्डेय, भगतजी शंंकर भट्ट, तत्कालिन प्रहरी हवल्दार बहादुर बोहरा र म समेतको टोलि यसै बाटो मानसरोबरसम्म तिर्थाटनमा पनि पुग्यौ । त्यसबेला चीनमा माओको मृत्युपश्चातका चेेयरमैन ह्वा को शाासन थियो, तै पनि माओकालको ह्याङओभर बाँकि देखिन्थ्यो ।
एउटा घटनाको याद आउछ ।
मानसरोबर जाने क्रममा ताक्लाकोटको सरकारी गेष्टहाउसमा हामिलाई राखिएको थियो  । त्यहाँका चिनिया कामदारहरुसंग नेपालीभााषिहरुको निम्ति राखिएको दोभाषे अनुबादकमार्फत मात्र दोहरो कुरा चल्थ्यो । म र हवल्दार २ जना त्याँ पकाएको खाने तर अरु ३ जना स्वयंपाकि भएकोले त्यहाँ नखाने कुरा पहिले नै सपष्ट गरि मिलाइएको थियो । तर गेष्टहाउस कि संचालिका चााइनिज प्रौढालाई भने दुईजनाले बस्ने स्वीकृति लिएकोमा थप ३ जना समेत राखे भन्ने शंंका परेछ । ओ हो, रिसाएर चौपट । उ त कराउन थालि हालिन् । कुरा बुझ्न बुझाउन नसकिने भयो । गुरुज्यू र बुवा त के आपत आइलाग्यो भनेर कालोनिलो भैैसके । अन्तत: दोभाषे बोलाइदिन अनुरोध गरे । कता कता बाट उ आएपछि बेलिबिस्तार लाइयो र बल्ल कुरा सपष्ट भयो । यसपछि त्यहाँ भएका चााइनिज महिला हाँस्दै माफिमाग्दै हात मिलाउन थाले । तर पिताजी र गुरुजी अज्ञात " पराया" महिलाहरुसंग कैलाशयात्राको पुर्बसंध्यामा हात मिलाउन तयार थिएनन् । फेेरि दोभाषेमार्फत हाम्रो प्रचलनको कुरा बुझाउन लगाए । हो हो गर्दै चाइनिज गुडियाहरु उन्मुक्त हाँसो हाँस्न थालिन । यसपछि गेष्टहाउसको बसाइ रमाइलो रह्यो ।
हामिलाई एउटा सानो गाडीमा दोस्रो दिन मानसरोबरक्षेत्रमा पु-याइयो । जिवनको एउटा महान दिनमा मैले मानस- स्नान गरेे , त्यो पनि पुज्यपिताजी र गुरुजीको पावन सानिध्यमा । बिरलै पाइने मानसरोबरको महाप्रसाद " माछा " पनि प्राप्त भयो । लाग्थ्यो समय थामिइ दिएको भए पनि हुन्थ्यो । तर तोकिए बन्दा बढि वस्न नपाइने । फर्क्यौ । लिपुलेक काटन धौधौ प-यो । कार्यवश म छांग्रुमै रोकिए । पिताजी दार्चुला पुग्दा नपुग्दै सैतिस साल साउन चौधको भुुकम्पले सुदूर पश्चिम नराम्ररि हल्लायो । ८३ जनाको ज्यान गयो । ७०० भन्दा बढि घर भत्के । इश्वरकृपाले हाम्रो टोलि कसैलाई केही भएन । लगत्तै भारत तावाघाटको बाटो भैै म पनि दार्चुला फर्के । अर्को बर्ष ०३८ बैशाखमा मतदान अधिकृतको हैसियतले  चुुनाव गराउन फेेरि खटिए । कुल २८ जना मतदाताको निम्ति १० जनाको मतदान टोलि । हामी भाारतको बाटो भएर नै बैशाख २७ मा तिंकर पुगेका थियौ । भाारत सरकारको गर्ब्या्ङ भेेगमा खटिएको अर्धसैनिक बल आइ टि बि पि को कमान्डरले समेत हाम्रो तत्परताको निकै प्रशंसा गरेका थिए ।  यो क्षेत्रको बसाइ  मेरालागि विशिष्ट अनुभव थियो ।
त्यसबेला असीदेखि  सय रुपियासम्ममा भ्याङ्कर ( तिब्बति भेेडा ) किन्न पाइन्थ्यो । नजिकैसम्म हिउँ जमेको हुन्थ्यो । झ्या्यापुल्ले रौं भएका पाल्तु पशु, चिसो हिमाली हावा, परिश्रमी सौका समुदाय । एउटा बेग्लै दुनिया । मानसरोबरका तिर्थयात्रीहरूका समूह आइ रहन्थे । तिब्बत प्रबेशका लागि परिचयपत्र दिनुपर्थ्यो । एकपल्ट आधाा कपाल दुखाइ ( माइग्रेन) बाट इन्तु न चिन्तु  थिए ।  लौकिक परिचयमा आफुुलाइ शिबचैैतन्य ब्रह्मचारीबाबा बताउने एकजना  योगि पाल्नु भयो । मैले अस्वस्थताको अबस्थामै कार्यालयका कर्मकाण्ड पूरा गरिरहेको थिए । बाबाले बनौषधिको एक मात्रा दिनु भयो र कहिल्यै यो रोग नलाग्ने बताउनु भयो । धन्य भगवान्! त्यसपछि अहिलेसम्म त्यसरि कपाल दुखेको छैन ।
त्यसो त दार्चुलामा हुदा नै धाारचुलाबाट ईण्टरमिडियट प्राईभेट परिक्षार्थीको रुपमा उतिर्ण गरे । चमेलियाको उद्गमस्थल खण्डेश्वरि समेत पुगियो । जनमतसंग्रहकालागि घुसामा मतदान अधिकृतका हैसियतमा काम सम्पन्न गरेको थिए । र सबभन्दा महत्वपुर्ण कुरा, तत्कालिन प्र जि अ द्वारिकानाथ ढुंगेलको संरक्षकत्व मलाइ प्राप्त भयो । वहाँले दिनुभएका महत्वपुर्ण टिप्सहरु मेरालागि सँधै फलप्रद रहे ।
उत्तरी सीमा प्रशासनको कामकाज हेर्नुपर्ने कार्यबिबरण भएपनि जिल्ला प्रशासन कार्यालय, दार्चुला   मा नै अधिकांश समय काजमा रहे ।

आफनै जिल्लातिर ; पढाइ र नौकरी संगसंगै

जीवन-क्रममा दुई जना पारिवरिक सदस्य थपिइ सकेका थिए, जेठोछोरा दीपेन्द्र र माहिलो छोरा कैलाश । श्रीमतिको उपचारार्थ केहिदिन भाारतको पोलिगंज अस्पताल बस्नुपर्ने भयो । त्यहि अबधिमा महाकाली अंंचलाधिश कार्यालय, महेन्द्रनगर मा समेत काज बसे । घरब्यबहारका कारण आफनै जिल्लाको सदरमुकाम मेरालागि पायक नै नपरे पनि " आफनो " मान्नुपर्ने बाध्यता थियो । ०३९ भदौमा अंंचलाधिश कार्यालयबाट नै  जिल्ला प्रशासन कार्यालय, बैतडी को खरिदार पदमा मेरो सरुवा गरियो । म पनि बैतडी गौडाको जागिरदार भए । जिल्ला सदरमुकामबाट ५ कोष टाढाको सामान्य गाउँँलेलाई गढिका कारिन्दाको रुपमा देख्न नचाहने केही स्थानिय कु-तत्वहरुसङ्ग सदैब आन्तरिक संघर्षको स्थिति रह्यो । दैनन्दिनिका ससाना कुराहरुमा समेत सँँधैै राय बझाउनु पर्ने स्थिति हुन्थ्यो । तर परिस्थितिहरु अनुकुल थिए र मेरो यहाँको उपस्थिति दरो र अर्थपुर्ण नै रहेको थियो । 
०४० सालदेखि बाधित पढाईलाई फेेरि निरन्तरता दिए। प्र जि अ चुुडामणि उपाध्यायज्यूको मेडम कमला शर्माले समेत प्राइभेट अध्ययन गरिरहेकोले मेरो निम्ति पिथौरागढ आउजाउ सजिलो भयो । ०४२ सालमै कुमायूँ विश्वविद्यालय, नैनीताल  ( भारत ) बाट स्नातक परीक्षा उतिर्ण गरे । यसै अबधिमा नायब सुब्बाको लोकसेवाको तयारि पनि गरियो । त्यसबेला बैतडीदेखि दिपायल दुइदिनको बाटो थियो ।  लिखित मौखिक जाँच दिए । तर नतिजा बैकल्पिक उमेदवारमा पो अडियो । केही साथीभाइले बधाई दिए, केहिले हौसला थपे । लगत्तैको दोस्रो प्रयासमा मुख्य उमेदवारको हैसियत पाएर लोकसेवा आयोग , क्षेत्रिय कार्यालय, दिपायल डोटी को नायबसुब्बामा पदस्थापन भयो । केहिले मुख अमिलो गरे, केहिले हर्ष माने । यसरी यौटो खुुट्किलो  उक्लियो । 
दिपायलमा त्यसबेला ५/६ वटा अफिस मात्र  थिए । राजपुर मा त सेनाको ब्यारेक बाहेक लोकसेवा, स्थानिय बिकास र हुलाकका मात्र क्षेत्रीय कार्यालय स्थापना भएका थिए । नौकरीका अतिरिक्त अधिकृत परिक्षाको तयारि समेत गर्नु थियो । न कुनै पाठ्यसामग्री उपलब्ध थियो न कुनै परामर्श । साथी गणेश बहादुर खडका र मेरो संयुक्त तयारी हुन्थ्यो तर कुनै कार्ययोजना थिएन । हो,  बिबिसी सेवा भने नियमित सुन्थ्यौ र छलफल पनि गर्थ्यौ । कनिकुथि आफनै तरिकाले प्रशासन सेवा, परराष्ट सेवा र राष्ट्रिय पञ्चायत सेवामा दिपायल केन्द्रबाट नै परीक्षा दिइयो । परिक्षणकाल नसकिदै ०४२ सालको अन्ततिर फेेरि जिल्ला प्रशासन कार्यालय, बैतडी  को नायब सुब्बा पदमा सरुवा भयो । साहिलो छोरा दिलिप जन्मेको थियो । सुत्केरी श्रीमति दिपायल नै छोडेर बैतडी हाजिर भए । राष्टिय पंचायत सदस्यको निर्वाचनको बेला थियो । गुरुखोला कलौन बुथमा मतदान अधिकृत भैै काम गरे । बैतडीमा यो मेरो दोस्रो कार्यकाल थियो । यसरी अन्धाहरुले हात्ती छामे जस्तै म जिवनलाई बुझ्दै आएकोछु । मलाई थाहा छ, त्यसैले सबैलाई थाहा होला भनेर लेख्न छोडनु हुदैन कि भन्ने लागेर मात्र यी पङ्ति कोरेकोहु । जगतले देखाउछ मात्र, सिकाउदैन  । त्यसैले आफैै सिकिरहनु पर्छ भन्ने धारणा राखेर यतिका बर्ष बिते । सिक्ने क्रम चालु छ । 








Saturday, August 13, 2016

चालिस बर्षको नौकरीमा पचास ठाउँ सरुवा-१

बिषय-प्रबेश 

पितापुर्खादेखि कृषिकर्ममा लागेको मेरो परिवारभित्र नौकरी पेशा अंंगालेर क्रमभंग गर्ने म पहिलो ब्यक्ति हुँ । त्यसो त नेपाल सरकारको निजामती सेवामा प्रबेश गर्ने मेरो गाउँकै पहिलो मानिस पनि मै हुँ । यसरी पेशा परिबर्तनको कथा भने अचंंभको छ । यो कथाभित्रका कैयौ घुुम्तिहरू दुरुह र दर्दनाक छन । कैयौ मोडहरू मार्मिक र मोहक पनि छन् । जागिर शुुरुगर्दा खाएको शपथको उच्च सम्मान गर्दै केही मसिना सम्झना यस आलेखमा समेटन खोजेकोछु ।
एउटा आमभनाई छ; उत्तम खेति, मध्यम व्यापार, अधम नौकरी । उत्तम पेशाबाट एकै चोटि अधम पेशामा किन आइयो होला ? बिचारणिय छ । यो बेग्लै निरुपणको बिषय हो । ०३० सालमा एस एल सी सकिनासाथ राम्रो नौकरीका सपना देखाइए, सरकारि नौकरीका शाानका कथा सुनाइए, खलंगा गढिका कारिन्दा सिपाहिहरुको फुुर्तिफार्ति सम्झाइयो ।  गाउँमा कुटो कोदालो गरेर "केही नहुने" भनियो । बस्... म " नौकरी" खोज्नतिर लागे । 

पहिलो असफल प्रयास

तीससालताका एस एल सी पासगरेकालाई गाउँमै "मास्टर" को काम भए पनि सजिलैसँग पाइन्थ्यो  । तर म कतै ग्राह्य भइन् । कारण नौकरी गर्न खोज्ने तर चाकरि गर्न नजान्ने । अलिअलि बाठो, अलिलि "बेसोमति" पनि । त्यस्ता  भोगाइका कथाब्यथाहरु बेग्लै छन । मलाइ यो पढाईले गाउँमा एक्लो पारेको थियो । खेेतिपाति गर्न नहुने अरु केही कामको अनुभव नास्ति । मेरै गाउँमा आफना सबै थिए, तर मेरो कोहि थिएनन् । भन्न गर्न केही नसक्ने सारै सोझो मानिस गनिन्थे म  । यिनै " कुण्ठा" हरुले मेरो जीवन यात्रामा सातुसामलको काम ग-यो । 
०३०सालको हिउदमा नौकरिकै खोजमा पहिलोपल्ट घरमा जानकारी नै नगराइ महेन्द्रनगर झरे । नगरमा चित्त बुझ्दो केही भेट्टिएन । बेलौरितिर मास्टरी पाइएको थियो, लाग्ला बेलौरीको घाम भन्ने बोलको तत्कालिन बहुप्रचलित लोकगितको भावार्थ सम्झेर जाने मनै लागेन । केही काम नगरि १०/१५ दिनमा लुस्सुक्क घर फर्के । एस एल सी गरेको पहिलो बर्ष यतिकै किचमिचमा बित्यो । 

राजधानीको सडकमा ; नौकरीको चक्कर

काम गर्दै पढदै गर्ने भनि ०३१ आषाढतिर घरसल्लाहमा म काठमाडौ  हानिए । ब्याबसायिक बिषय पढने भनेर थाापाथलि क्याम्पसमा भर्ना पनि भए । अर्कोतिर कानुन पढने तयारिमा पनि लागे । तर अर्थाभावको टडकारो समस्यामा कतै जागर चलेन । घुुइपाताल नौकरीको चक्करमा लागियो । त्यसताका राजा बीरेन्द्रको राज्याभिषेकको तयारीमा राजधानीको सिंगारपटार हुँदै थियो । सडकहरूको मर्मत सुधार युद्धस्तरमा चालु थियो । सडक बिभागमा कार्यरत तत्कालिन सेक्सन अफिसर ( हाल सचिब पदबाट सेवा निबृत) कर्ण बहादुर चन्दज्यूको सिफारिसले सडक डिभिजन कार्यालय,जावलाखेल  मा दैनिक ज्यालादारीको सुपरवाइजर पदमा पहिलो काम काम गरियो । यदाकदा पाटनका दुर्गन्धित गल्लिहरुमा सडकको नापजाँचमा गइन्थ्यो । अन्य खास काम केही थिएन । यसै क्रममा अर्को एकडेढ महिना सडक डिभिजन कार्यालय , सानो गौचर  मा पनि घुुमियो । यसै अवधिमा कृषिबिकास बैंक अन्तरगतसहकारी संस्था/ निर्देशित ग्रामसमिति मा कामगर्ने गरि ऋण सहायक निरिक्षक पदमा छनौट भेैैसकेको थिए । ०३१ को दशै बिदा पछि सहकारी प्रशिक्षण केन्द्र, धोबिघाट   मा प्रशिक्षार्थीको हैसियतले नयाँ कार्यक्षेत्रमा प्रबेश गरे । मेरो जागिरे जिवनको पुर्बाङ्ग यहि थियो । .. कथाले यहि माागेको थियो । समयले यहि दियो । मैले पनि सहर्ष सकारे । ..

डडेल्धुरा ; जागिरे जिवनको पहिलो मुकाम

त्यसबेला भिमदत्त राजमार्गको सहजपुरसम्म मात्र ट्रेक खुलेको थियो । कृषिबिकास बैक ले डडेल्धुरा खटाउदा  गोरखपुर, लखनौ (भारत) को बाटो भैै बल्ल धनगढि पुगियो । खुुट्टाको जुत्ता सहित मैलानीमा सबै सामान चोरिदा खल्तिखलाश भएर येनकेन  डडेल्धुरा हाजिर भए ०३१ माघमा । साथिहरु स्व नर बहादुर खत्री, तिर्थराज जोशि र म समेत ३ जना कृषिबिकास बैंक उपशाखा कार्यालय, डडेल्धुरा मा खटिएका थियौ । सहकारी खुुल्ने क्रम तिब्र गतिमा थियो । हामी रु ३००/- मासिक खाने ब्यबस्थापक थियौ । केही महिना त वैंक मै काम ग-यौ । बैंकमा लेखपालहरू हाजिर भएपछि संस्थाहरुमा खटिनु पर्ने भयो । केहि महिना सहस्रलिङ्ग बहुमुखी सहकारी संस्था लि., राई मा काम गरे । उपभोक्ता भंंडार संचालन गरिएको थियो । डडेल्धुरामा कोटाको चाामल,चिनी , मट्टितेल र रासायनिक मल बिक्रिबितरण गर्नु पर्थ्यो । मलाई सम्झना छ, त्यसबेला डडेल्धुराको बार्षिक आबश्यकता चिनी १० क्विंटल, मट्टितेल १६०० लिटर र रासायनिक मल सय क्विण्टल अनुमान गरिन्थ्यो । ब्यबस्थापककै हैसियतमा एक डेढ महिना सिद्धनाथ वहुमुखी सहकारी संस्था लि., जोगबुडा मा समेत बसियो । अन्तत: नयाँ गठन भएका मध्ये भागेश्वर निर्देशित ग्राम समिति, बोकटा  मेरो कार्यक्षेत्र तोकियो । शाायद ०३३ सालको तिहारदेखि यो संस्थामा कारोबार शुुरु गरियो । जम्मा रु २५०००/- ऋण लगानी गरेर मैले ऋण सहायक निरिक्षकमा काम थालेको थिए । सहयोगी साथी तत्कालिन जे टि ए केशबदत्त जोशी र मैले खुुब खटिएर काम गरेका थियौ । बोकटामा उन्नत बीउ, रासायनिक मल, आधुुनिक कृषिऔजार र किटनाशक औषधिको पहिलो खेेप हामीले नै पु-याएकाहौ ।
अहिले सम्झिदा लाग्दछ, अल्लारे बनेर ख्यालख्यालमा खाइएको नौकरीलाई गम्भीर बनेर बुझ्न थालेको मैले यसपछि मात्र  हो । बडो मनमौजी प्रेमिल बाताबरणमा । पाईलाहरुको योग नै यात्रा भएजस्तो त्यसबेला उम्रिएका ससाना सपनाहरुको सामुहिक परिणति नै मेरो आजको बिपना हो । यात्रामा भेेट्टिएका कैयौ  सहयात्रीहरू अहिले  विभिन्न ठाउँमा छरपष्ट छन, होलान् । फर्किहेर्दा जिबनको यो मुकाम नै  जागिरे जीवनको प्रस्थानबिन्दु मानेकोछु । तीन बर्ष यो गाउँमा बसिवरी मैले फेेरि "क्रमभंग"  गरे । पढाइतर्फ लाग्न नसकेको र यो नौकरीको कुनै संस्थागत सुधार हुन नसक्ने ठहराई मैले स्थायि सेवाको लागि लोकसेवा आयोगको जाँच  दिएको थिए । आयोगले जिल्ला प्रशासन कार्याालय दार्चुुलामा सिफारिस गरेकोहुदा ०३६ भाद्रमा यो ठाउँ छोडियो । ..... र जिन्दगीको लय बदलियो । यसरी नौकरितर्फको पहिलो परिक्षण र प्रशिक्षणको प्रथम अध्याय  सकियो ।











Thursday, August 11, 2016

एक थिए महात्माजी !

 
   
वास्तवमा उन्लाई कुन शब्दबाट संबोधन गर्नुपर्ने थियो, मलाई अझैै एकीन छैन । लोकप्रचलनमा महात्मा  भनिएकाले मैले पनि यहि शब्द छानेको मात्र हुँ ।
मेरो पिताजीका एक जना दाइ थिए, एक जना भाई । काका र हाम्रो घर जोडिएकै थियो । तर जेठा बुवाका बारे भने उडन्ते खबार बाहेक हामीले केही सुनेनौ, देखेनौ । उनी कहिले हरिद्वार कहिले प्रयागतिर देखिएका स्फुट खवर भने आइ रहन्थे । जोतिष, धामीहरुका पनि आआफ्नै्नैखाले बोलिबचन भाका फेेरिइ रहन्थे । यसैक्रममा डडेल्धुराको भागेश्वरमा एकजना महात्मा बस्ने गरेका र उनि हाम्रै जेठाबा भएको दाबीसहितको नयाँ खवर आयो क्यारे । बुवा भाागेश्वर दर्शन गर्न भनेर त्यता गएको धमिलो संझना अझैै बाँँकि छ । केही बर्ष भागेश्वरतिर खुुब आउजाउ चल्यो पिताजीको । निर्क्यौल नै नभए पनि ती हाम्रै ठुुल्बा हुन कि भनेर राम्रै प्रचारित भए । बुवा स्वयं पनि केही बर्ष यसै भ्रममा बसे । तर पछि ति महात्मा त उतै लुलानतिरका ओझाा बाहुन भएको रहस्योद्घाटन भयो। यसरी पिताजीको एउटा भ्रम तुहिएको मलाइ जानकारी छ ।
यस्तैमा एकदिन हातमा डमरु र चिम्टा बोकेका, मात्र एकसरो एकजोड गेरुवाबस्त्र लाएका र झोलामा ३/४ धाार्मिक किताब राखेका कृष्काय ब्रह्मचारी हाम्रा गाउँमा आए । उनी एकरस भएर रामचरित मानसको पाठ गर्दथे । उनको पृयपद थियो," दीनदयाल बिरद सम्भारे, हरहुँ नाथ मम संकट भारे " । किन र कसरी मलाइ थाहा छैन, तर उनी नै हाम्रा जेठा बुवा हुन् भनेर पिताजीलाई लागेको थियो रे ।
सबै वहाँलाइ महात्मा भन्दथे । ब्रह्मचारीको रुपमा आए पनि पछि यतै सन्न्यास ग्रहण गर्नुभयो । गाउलेहरुले स्थानिय मन्दिर नजिक बनाइ दिएको सानो आश्रम बस्नु भयो । साँझबिहानको किर्तनमा यदाकदा हामी स्थानिय भुराहरु पनि सामेल हुन्थ्यौ । म त्यसताका शाायद कक्षा ७/८ मा पढने १३/१४ बर्षको डरपोक ठिटो थिए । तर महात्माजीको प्रिय शिष्य पनि थिए । हामीहरुलाई वहाँ " बालक" भनेर नै बोलाउने गर्नुहुन्थ्यो ।
यसैताका बर्षातको कुनै संगीतमय साँझ । कामको चटारोबाट आमाबाबा थाकेर घर फर्कनु भयो । तर मलाइ घरको कोते धन्दामा कुनै रुचि थिएन । बय:सन्धिका ती दिनमा भय-भ्रा्न्तिमा अल्झिएर म प्राय: उदास उद्विग्न रहन्थे । उमेर नै त्यस्तो थियो क्यारे । आमाले भैैंंसी दुहुनु भयो । एउटा लोटामा थुुन्तातो दूध भरेर " मन्दिर का महात्माजी" दिएर आउन मलाई अह्राउनु भयो । त्यहाँ पुग्न १०/१५ मिनेट ओरालो झर्नु पर्थ्यो ।
दुई पहाडी नदिको संगममा सानो धाार्मिक बनभित्र रहेको मन्दिर त्यसै पनि हाम्रालागि अतिव आस्था र रहस्य रोमान्चको ठााउँ थियो । साँझको बतिबाल्ने हुनै लागेकोथियो । मन्दिर छेउको सानो कुटियामा म हुर्रिएर पुगे ।
तर त्यसबेला त्यहाँ महात्माजी भेेट्टिएनन् । धुुनीमा तात्तातो खरानीमात्र थियो । पुस्तक, झोला, बाजा, चिम्टा केही थिएन । कहिलेकाहि एक्लै हुदा उनी मन्दिरको सरसफाइमा हुन्थे । त्यसैले मैले मन्दिर परिसर चाहारे । तर .. अहँ। उनि भेट्टिएनन् । सिमसिमे पानी पर्नै आटेको त्यो एकान्त साँझमा केहिसमय टोलाइ रहे । भयमिश्रित उत्कंठा र प्रतिक्षाको घडीमा नानाथरि संभाबनाका छाया चलमलाउनेे नै भए । मन्दिर क्षेत्र भावनामय हुने नै भयो । म फर्कने कि कुर्ने भन्ने दोधारमा थिए ।
सुनेको थिए, मन्दिरभित्रको चेेतनसिलामा अपरिभाषित शक्तिहरु छन् । यो अनन्त ब्रह्माण्डको चेेतन सत्तापुन्ज हो । यस ठाउमा अतिन्द्रिय शक्तिहरु घुुमिरहेका हुन्छन् , आदि आदि । ... जेहोस् , त्यो साँझ यो कमजोर भयभित किशोर सुनसान मन्दिर हातामा एक्लै हातजोडेर उभिएको थियो । " त्वम् शरणम्" को स्थितिमा  ।
अकस्मात बाजा बजेको आवाज सुनियो । महात्मा पुगेको भ्रममा म कुटियामा फर्के, तर कोहि थिएन । त्यो आवाज त माथि डाडाबाट आएकोजस्तो लाग्यो । मलाई अन्तरात्माले त्यहि आवाज पछ्याउन अह्रायो । म बिपरित दिशामा जंगलको बाटो उकालोतिर लागे  । एक्लै, सुनसान बाटो र रातिको समयमा एक्लै यो उकालो उक्लिन कुन शक्तिले सघायो, थाहै भएन ।
आषाढ साउनको खरफगाला हुँदै जाने त्यो बाटोमा " बाटो" को कुनै नामनिसान थिएन । झन्डै आधा घंंटा हिडेर धनकुणाको उच्चसमस्थलीमा पुगियो । अँँध्यारोले सम्राज्य फैैलाई सकेको थियो । टाढा घरतिर टिमटिम आगो बलेकोसम्म देखिन्थ्यो । हरियो घासको चौर र झाडीहरु । अनुमानको भरले हिडदा खुुट्टामा बेरिएर आउने गोलकाँक्रीका लहरा( बेलाहरु) । गोलकाँक्रि टिप्दै खल्ति भर्दै म उकालो उक्लिरहे । बाजा बजेको धमिलो आवाज माथि माथिबाट आएजस्तो भइनै रह्यो । म त्यहि आवाज पछ्याउदै माहात्माजीले गाउने गरेका भजन गुनगुनाउदै हिडिरहे, उक्लिरहे । घनघोर जंगल नजिकै थियो । पहाडिखोला सुसाउदै थिए । पारिपट्टि लोइभिट्टा निष्पट अँँध्यारो भेैैसकेको थियो । वारि दुद्पोखरीको किनारहुदै म जंगलतिर कुददै थिए । अन्तत: बाजाको आवाज शुुन्य भयो । अब कता जाने भन्ने सकसमा परे । कुन्नि किन? ढकोला छोडेर म फेेरि मजरखोला तिर लागे । काँडेझारीहरू, सुनसान जंगलको किनार । जुनसुकै बेला जंगली जनावरको शिकार हुनसक्ने त्रासदि । माथि डाडामा पुगेपछि लखतरान भएर एउटा ठुुलो ढुुुङ्गाको आडमा लम्पसार हुन पुगे ।
केही समय सुस्ताए पछि तल खोलामा सपष्ट शंंखध्वनी सुनियो । बल्ल महात्माजी यतै कतै छन भन्नेमा ढुुक्क भइयो । केही क्षण सुस्ताए । केही गोल काँक्रि( स्थानिय भााषामा गोल्याकाँकणि) खाए । आहा क्या मिठा थिए  ती । अनि पो स्थितिको भयावहता बोध भयो । रातको बेला जंगलको बाटो बिल्कुलै निर्जन स्थानमा म एक्लो मानिस । गर्न पो के सक्थे र । नियतिको भरमा येनकेन शंंखध्वनी सुनिएको दिशातिरको बाटो लागेपछि त बाजाबजेको आवाज पनि सपष्टतर हुँदै गयो । झाडीका झुुुम्मिएका हाङ्गाहरु छिचोल्दा बरर ओस झर्थ्यो, माटोको मादक सुगन्ध बाताबरणमा मिसिन्थ्यो । यो ओरालो धेेेेरै हिडन परेन । झाडीहरुको समुद्र मुनि अन्तत: खुुल्ला छाप्रो भित्र धुुनिको मटमैलो प्रकाशमा एक्लै हल्लिदै कुनै भजन गाइरहेका महात्माजी टाढैबाट देखिए । घास र ढुङ्गाको बीचमा खरको सानो छाप्रो । यो कुटिया भित्र पहाडी ढलानसंग टाँसिएको सानो गुफा । कुन प्रकृतिले बनाएको थियो र कुन पछि थपियो, छुट्याउनै मुश्किल । यस्तोमा पनि एक्लो मानिस बस्न सक्छ र? स्वाभाविक प्रश्न आउथ्यो । तर पनि  यो अनिर्बचनीय दृश्य थियो । बाँजका दाउराको आगोको गन्ध बाहिरसम्मै आएको थियो । बाबाको भाषामा भन्नुपर्दा यस्तो धुुुुनी उनको साधनाको अंग थियो । उनको नियमित साधना-  भावको मुद्रा वदलिन थालेपछि म निसंकोच कुटिया भित्र प्रबेश गरे ।
एकछिन त उनी पनि अचंंभमा परे । कसरी आयौ? के ल्यायौ? भनेर सोधे । मैले सबै बृतान्त बताए । दुधको लोटा र खल्तिमा रहेका गोलकाँक्रि दिए । वहाँले आशिर्बादको मुद्रामा शिरमाथि हात फेेर्नु भयो । यसपछि उनको असिना जस्तो जमेर बसेको अतीत र पुरानो उजाण बाँझो संसार थोपा थोपा  बनेर सुभासित हुँदै रसाउन थाल्यो । म लाटोले केरा चाखेेेेको जस्तो केही बुझेर केही नबुझेर अवाक हुँदै सुनी रहे । बस .. सुनी रहे ।
एकसरो धोती, गम्छा, चिम्टा र कमन्डलु । सानो झोलामा शायद केही पुस्तक ।  उनीसंगको बाह्य जिनिस यति मात्रै थियो ।
लोटामै दूध ततायौ । धुुनिको आगोमा दुइवटा डल्ले रोटि पकाइए । त्यो सुस्वादु खाना र त्यो पर्णकुटिको बास मेरो जिबनमा कहिल्यै भुुल्न नसकिने संस्मरण बन्यो ।
"जीवन कहाँ सरलरेखामा हिड्छ र? ।बांगाटिंगा नागबेलिमा हिडेको जिबनको बाटो पहिल्याउन गारो छ । " महात्माजीले त्यसदिन बताएका थिए । " हामी ईश्व्वरिय सूक्ष्म ब्यबस्थाका विशिष्ट घटक हौ । हामीभित्रै पनि हाम्रै प्रतिरुप जस्ता करोडौ ईश्वरीय अणुु-अंंश छन । ब्रमाण्डका प्रतेक अणुु परमाणु आफैैमा चेेतन छन, स्वतन्त्र छन ।तर यो सब समष्टिगत प्रणालिमा आबद्ध छन । त्यसैले हामी अंंश पनि हौ र अंंशी पनि हौ । "
बालक! बाटामा कसैसंग जम्काभेेट त भएन? उनले सोधेका थिए । मैले कोहि नभेटेको बताएपछि उनले भनेका थिए , "यो राति जंगली जनाबर र भुुतप्रेत बाहेक अरु  पनि भेेटिन सक्छन । जसलाई देख्न वा अनुभव गर्न सकिन्छ । " उनको भनाइ थियो- मृत्योपरान्त पनि सूक्ष्म शरिर बाँकि नै रहन्छ । यो अल्पबिकसित हुन्छ, धेेरै कुरा गर्न असमर्थ हुन्छ । तर यसलाइ अनुभव गर्न सकिन्छ । यथार्थमा संसार भन्नु अनुभव मात्र त हो । त्यसैले योगीहरु संसारलाई माया अर्थात भ्रम भन्दछन् । केही योगीहरु स्थुल शरिर भएकै अबस्थामा पनि सूक्ष्म शरिर धारण गर्न सक्दछन । यो बाटोमा यस्ता कैयौ शक्ति भेेटिन सक्दछन ।
यो स्थानको महत्व बारे उनले बताए- ब्रह्माण्डको सुर्य शक्ति जसरि ध्रु्बप्रदेशमा कम र भुमध्यप्रदेशमा ज्यादा हुन्छ, त्यसरि नै आध्या्त्मिक भााषामा दिब्यलोकको चेेतना शक्ति पृथ्वीको  यस क्षेत्रमा  ज्यादा छ । त्यसैले पाण्डबहरुले स्वर्ग जान यसै बाटोलाइ रोजेका थिए ।
" यसरी घुुमेका भेेट्टिन्छन र? हाम्रा पिता पुर्खा भेटिएलान त। तर मैले त कसैलाई पनि भेेटेेको छैन । " मेरो सहज जिज्ञासा थियो । मैले बुझे अनुसार महात्माजीसंग यस बारेमा थुुप्रै अनुभव थिए । जिवनको त्रि-आयामिक अनुभव सहजै बुझ्नसकिने बिषय पनि होइन् ।
 महात्माजीको भनाई अनुसार यो उत्तरापन्थ मुक्त आत्माहरुको बिचरणस्थली पनि हो । यी आत्मा पनि विभिन्न किसिमका हुन्छन । यो ब्रमाण्डमा मात्रै पृथ्बी जस्ता हजारौ खन्ड छन् । हजारौ ब्रमाण्डमा अनगिन्ति ईश्वरिय सिर्जना छन । त्यसैले एकांकी निजी सोचले मात्र यो भवजाल बुझ्न सकिँदैन । मान्छेका चाहना पनि एक किसिमको बिचार हो । बिचार एक किसिमको शक्ति हो । शक्ति कहिल्यै सकिँदैन ।
महात्माजीले यस्ता शक्तिहरूसंग साक्षात्कार गरेका थिए  रे  ।  त्यो कालजयि क्षण र बिशुद्ध आध्या्त्मिक चर्चालाई शब्द संजालमा कैद गर्न खोज्नु मेरो घृृष्टता मात्र हो । यौटा बैरागीलाई पाउनु र गुमाउनुमा कतिको फरक हुदो रहेछ ? त्यो त्यसै दिन मात्र थााहा पाएकोहुँँ । मलाई पथप्रदर्शन गर्दै त्यहाँसम्म पुर्याउने अज्ञात शक्ति को होला ? अद्यापि अनुत्तरित छु । त्यो चर्चामा केही मार्मिक कुरा मात्र मैले बुझे जस्तो लाग्दथ्यो, त्यो न्यून बुझाइ नै अहिले मेरो ठुुलो कमाइ रहेको ठानेकोछु ।
चर्चान्तमा महात्माजीले स्थानिय लोकगीतको दोस्रो पद मात्र सुनाएका थिए । " के खााइ गएइ, के लाई गएइ, लिखाणका ससाऽऽ । अर्थात उखुबारि भित्र आएका ए खरायो! बिचरा तिमी के खााने हौ र के लिएर जाने हौ ? त्यो ससा ( खरायो ) को बिम्ब भित्र म थिए कि वहाँ स्वयम् हुनुहुन्थ्यो ? यथार्थ उत्तर अझैै अनिर्णित छ ।
उनिजस्तै सिंगो भएर बाच्ने क्रममा मैले पनि जिवनका तीन बीस बर्ष बिताइ सके । ब्यर्थको गर्बोक्ति बोकेर विभिन्न ठाउको घामपानीमा घुुम्दाघुम्दै भााच्चिनथालेको अब महसुस हुदोरहेछ । जीवन र जगतको यो गोरख धन्दामा खोोक्रा आदर्श बोकि हिडदै म टीठलाग्दो मनुवा भएर पो बाँचे कि ? थिचथाच मिचमाच गर्ने हैकमबादिको शिकार बनी स्वअस्तित्व मात्रै गुमाए कि ? घोत्लिनु पर्ने आबश्यकता देख्दैछु । महात्माजीको सम्झनामात्रले मलाई परिचय बिहीन दूरदेशमा लैजान्छ । त्यहाँ वहाँलाई सत्य, शिब र सुन्दर भावमा नाचिरहेको देख्दछु । र पुन: पुन: संकल्पित हुन चाहन्छु, तन्मे मन: शिब संकल्पमस्तु । प्रणाम महात्मन् ! प्रणाम !! प्रणाम !!!