नौकरी गर्न थालेको पछिल्लो आठ बर्षले एघार ठाउँ चहार्न लगायो । दोस्रो राउण्डमा फेेरि बैतडी पु-यायो । खैै यो जागिरेबृतिलाई के नाम दिउँ? अलमलमा पर्छु । राजाको सिन्दुर भनेर मान मनितो त भएकै लाग्थ्यो । तर तलब भने खरिदारको मासिक रु २५५/- बाट शुृुृरू गरेको थिए, दोस्रो पल्ट बैतडी सुब्बा बनेर आउदा रू सातसय चानचुन थापिन थालिएछ । डेरा गरेर घरपरीवार सदरमुकाममै पाल्नु पर्दा हात लाग्यो शुुन्य मात्र । जेहोस् गुजारा चल्दै थियो । जिन्दगिले तीन दशक नाघ्दै थियो । जिवनको खुुटकिलो चढदै जादा उमेर र उर्जा पनि घटबढ हुने नै भयो । यो देखाइ र भोगाईलाइ अक्षरमा कैदगर्दा नोष्टाल्जिक भइदैछ ।
लौ अफिसर हुने भइयो ; अर्को आयामको आशामा
लौ अफिसर हुने भइयो ; अर्को आयामको आशामा
तिनवटा सन्तान सदरमुकाममा थुुपारेको मात्र थिए, शााखा अधिकृतको लिखित परिक्षा पास भएको खवर आयो । फेेरि काठमाण्डौको चक्कर लाउनु पर्ने भयो । यसै परिक्षामा उतिर्ण साथी हरिदत्त पाण्डेयजीसंग सम्पर्क सल्लाह गरे । शाायद ०४३ आषाढमा हामीहरु राजधानीतिर हानियौ । संयोगले झण्डै एघार बर्षपछि काठमाण्डौ फेेरि आइयो, भिन्न परिवेश र भिन्न पहिचानमा । पहिलो यायाबरि हिडाइ बेग्लै हुन्थ्यो, अहिलेको दुखाइ बेग्लै थियो । बिधिबसात बैतडीबाट मात्र त्यो ब्याचमा हामी पाँच जना साथी भयौ, दुई दार्चुला र एक अछाम गरि सुदूर पश्चिमका आठ जना । बैतडीमा त्यसबेला सुधिर कुमार शााह का मु प्र जि अ हुनुहुन्थ्यो । आबश्यक मार्गदर्शन गर्ने मेरो त्यसबेलाको निकटतम ब्यक्ति वहाँ नै थिए ।
राम्रोसंग नेपाली बोल्न नआउने हामी परपश्चिमेलीहरूको निम्ति लोकसेवाको ठुुलो हाउगुजि हुन्थ्यो । झन टेक्ने समाउने हाङ्गो नै नभएको मेरालागि त यो ठुुलै महाभारत थियो । आफुु त बिषयबस्तुुमा त्यती पोख्त पनि परिएन । तर सुदुरको डोटि केन्द्र बाट बिरलै पास हुने मध्ये यसपालाको एक्लो उमेदवार पनि परे । राष्टिय पंचायत सेवा र प्रशासन सेवा गरि दुई बिज्ञापनको लिखित परिक्षामा पास भएकोले एक ठाउँँमा त कसो पास नहोइएला भन्ने भनेर आत्म बिश्वास पनि कायमै थियो । जेहोस, अन्तर्वार्ताको घडी आयो ।
प्रशासन सेवाको अन्तर्बार्ता बोर्डमा लोकसेवा आयोगका तत्कालिन अध्य्यक्ष उपेन्द्रमान मल्लज्यू स्वयंले अध्यक्षता गर्नु भएको थियो । एकजना बोर्ड सदस्यले बैतडीको समाजमा प्रचलित बहुतै बदनाम एउटा सामाजिक कुप्रथाको बारेमा केही जानकारी छ कि ? भनेर प्रश्न गरे । उनको यो हेपाहा प्रश्न थियो भन्ने कुरा शरीर-संकेत ( body language ) ले बताई सकेको थियो । मैले प्रतिप्रश्न गरे " नेपालको जुनसुकै समाजमा पनि कुप्रथाहरु बिद्यमान छन् । मात्रात्मक रुपमा वा नीजि दृष्टिकोणले समेत ती समस्या ठुुला साना लाग्न सक्दछन् । बैतडीको हकमा पनि त्यहाँ थुुप्रै त्यसता समस्या छन् । ती मध्ये केही पहिचानमा छन्, केही नहुन पनि सक्छन् । कुन समस्याको बारेमा कुरा गरौ, म अलमलमा परे । यहाँको संकेत देउकी प्रथा तर्फ हो भने म केही जानकारी दिन सक्छु । "
उनले हो भने । यो मेरालागि अप्रत्यासित थियो । यसको बारेमा बोर्ड सदस्यहरु भन्दा मसंग बढि जानकारि छ भन्नेमा म ढुुक्क भए । सौभाग्यबश त्यसताका म मेरा तत्कालिन हाकिम चुुडामणि उपाध्यायज्युले बढुवा प्रयोजनको लागि लेखिरहनु भएको" देउकी प्रथा " नामको किताबका लागि सामग्री संकलन पनि गरिरहेको थिए । मैले बुझेको कुरा बोर्ड समक्ष राखेे । यसै सन्दर्भमा हिमाली भेेगतिरको झुुमा प्रथा, काठमाडौंको कुमारी प्रथा वा बैतडीको देवकी प्रथा प्रकारान्तरले लगभग एउटै कित्ताका कुरा हुन् पनि भने । यो कुरा काठमाडौंका खाँटि रैथाने अध्य्यक्षज्युलाई चित्त बुझेनछ क्या रे । उनले यो कसरी हुनसक्छ? तर्क सहित पुष्टि गर्नोस भनेर अह्राए । " कुमारि गुठिको समुचित ब्यबस्था नभएमा र निबृत कुमारीको जीवन निर्बाहको अरु कुनै उपाय पनि नहुने एबं बिबाह पनि गर्न नपाउने परिस्थिति निर्माण भएमा के हुन्थ्यो, हामी सबैले सहजै अनुमान गर्न सक्छौ " मैले यसै लाइनमा कुरा राखे । केही बस्तुगत जानकारि पनि दिए । अध्य्यक्षज्यू " पख्नोस, केही कुरा टिप्नु पर्ने भयो " भन्दै भित्र गएर डायरी लिएर आउनु भयो । यसै सिलसिलामा ४०/४५ मिनेट विभिन्न प्रश्न गर्दै बुँदा टिपोट पनि गर्नु भयो । अरु कुरै हुन पाएन । अन्तमा मैले धेेरै समय लिए, कसैको केही सोध्नु पर्ने छ कि भन्दा अरुहरुले छैन भन्ने संकेत गरे । बस्... मेरो इन्टरभ्यु सकियो ।
यो घटनाक्रमले मलाई नतिजा प्रकाशित नहुन्जेल बडो सकसपुर्ण छटपटिमा राख्यो । के भयो? कस्तो भयो? भन्नै नसकिने, अनुमानै गर्न नसकिने । रेजल्टको लागि आयोगको कमलपोखरि स्थित कार्यालयमा सुचनाको प्रतीक्षा बाहेक अरु के गर्न सकिन्थ्यो र ? आखिर एकदिन त्यो प्रतिक्षा पनि सकियो । तात्तातै सुचना हेर्दा आफनो नाम नै नभेट्टिने । दोह-याएर हेरे । अँँ हँ, देखिदैन त । तेस्रोपल्ट फेेरि सुचनापाटिमा टाँसिएको लिष्ट पढ्दा बल्ल नाम देखियो, ७३ नम्बरमा। सौभाग्यबश हाम्रो भेेगका सबै सिफारिसमा परेका रहेछौ । धन्य भगवान! एउटा लामो पर्खाइ सकियो । मैले अफिसरको परीक्षा पास गरेेछु ।
जीवन यसरी नयाँ लिगमा प्रबेश ग-यो ।
सिफारिसको सुचना सहित बैतडी गइयो । अफिसियल अनुष्ठान पूरा गरे । गाउँ गएर बा आमाको आशिर्बाद लिए । इष्टकुल देवता ढोगे । केहिदिनको लागि श्रीमति र बच्चाहरु ससुरालीमा छोडे र म काठमाडौ फर्के ।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह मा दरबन्दि राखियो । मिति ०४३/६/६ देखि प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ( staff college ) मा प्रशिक्षार्थीको हैसियतमा प्रबेश गरियो । मेरालागि कुनै पनि कलेज नामधारि संस्थामा प्रबेश पाएको यो नै पहिलो घटना थियो ।

No comments:
Post a Comment