Thursday, August 18, 2016

चाालिस बर्ष नौकरी ; पचास ठाउँ सरुवा-२

नौकरी पेशामा लाग्नुु नै पर्ने भएपछि प्रारंभिक दौडमा यत्रतत्र चााहार्दै काठमाण्डुदेखि डडेलधुरासम्म ५ बर्ष पुरै बिताइएछ । यो बेला सात वटा मुकाम फेेरियो । ०३६ आषाढमा आर्थिक बर्ष सकिएसंगै लेखापरिक्षण गराई हिसाबकिताब बुझाई भााद्र महिनामा बोकटाबाट बिदाई लिए । दार्चुलाको जिल्ला प्रशासन कार्यालय गन्तव्य तोकिएको थियो । तर सरकारी नौकरीतर्फको यो पहिलो यात्रामा पनि अर्कैै संयोग जुरेको रहेछ ।

स्थायि सरकारी सेवा ; लागियो तिङ्कर तिर

दार्चुला पुगेपछि मात्र थााहा पाए, मेरो पदस्थापन त उत्तरी सीमा प्रशासन , व्यासमा पो भैैसकेछ । केही चलाक मित्रहरुले आफुु अनुकुल हुने दाउ हानिसकेका रहेछन् । झण्डैै सय किलोमिटर टाढाको छांग्रु स्थित कार्यालयमा ६ महिना र खलंगामा जाडोको ६ महिना कार्यालय खोल्नुपर्ने प्रचलन रहेछ । एक मन त झोक चलेर नजाने निधो गरिसकेको थिए । उता अर्को बिज्ञापनमा कृषिबिकास बैंकले पनि बाजुरामा सिफारिस गरेको खवर पनि पाइसकेको थिए । साथीहरुसंग सल्लाह गरे । बाजुरा र ब्यास उस्तै उस्तै लाग्यो । नियतिले यसपालि हिमालयकै हावा खान खटाएको मानेर लुरुरु लागे उकालो उत्तरतिरको ।
नेपालपट्टि बडो बिकट बाटो थियो । बाटोको दु:ख ब्यास पुगेपछि बिर्सिने रहेछ । हिउँका सेता चुुचुराहरु मुनिका कहालिलाग्दा लेकहरु । तल बेसीमा जता हेर्यो त्यतै राम्रो लाग्ने फूूलका मैदानहरु । नेपाल यति विशाल छ र यहाँ विभिन्न भाषा-उपभाषा, संस्कृति- उपसंस्कृतिहरु भए पनि एक अर्काको हृदयको भाषा सबै नेपालीले बुझ्छन भन्ने मैले पहिलोचोटि महसूस गरे । हामीहरुको जिब्रोले मात्र हैन, आँँखाले, औलाले, दाँत-ओठले पनि बोल्छन नि है । स्थानिय बोली पट्टकै नआउने हुदा यस्तै " सार्बभौम " भााषाले काम चलाए ।
आजभोलि प्रेश रिपोर्टको भरमा बनेका कालापानी बारेका थुुप्रो जानकार भेेट्टिन्छन् । हामीले त्यसबेलाको  त्यो विषम परिस्थितिमा पनि सरकारलाई स्थलगत प्रतिबेदन दिएका थियौ । तत्कालिन प्र जि अ द्वारिकानाथ ढुंगेल स्वयमले त्यहाँ पैदल भ्रमण गर्नुभएको थियो । सुनेका थियौ, पहिले भारतको प्राइमरि कक्षाको भुुगोलमा समेत " महाकाली नदि जोलिङकाङ पर्बत से निकलति है" भनेर पढाइन्थ्यो रे । अहिले हामी नै कालापानि(?!) बाट निक्लिएको बिबादित तथ्य स्विकार्न बाध्य भएकाछौ । हो, मेरो नौकरीको यो चरण यहि कालापानिबाट मात्र १५/२० किमि तल छांग्रु स्थित  जिल्ला प्रशासन कार्यालय, सीमा प्रशासन शााखा, ब्यास  को खरिदारको हैसियतमा बित्यो । ०३७ सालमा पिताजी, गुरुवर पं दुर्गादत्त पाण्डेय, भगतजी शंंकर भट्ट, तत्कालिन प्रहरी हवल्दार बहादुर बोहरा र म समेतको टोलि यसै बाटो मानसरोबरसम्म तिर्थाटनमा पनि पुग्यौ । त्यसबेला चीनमा माओको मृत्युपश्चातका चेेयरमैन ह्वा को शाासन थियो, तै पनि माओकालको ह्याङओभर बाँकि देखिन्थ्यो ।
एउटा घटनाको याद आउछ ।
मानसरोबर जाने क्रममा ताक्लाकोटको सरकारी गेष्टहाउसमा हामिलाई राखिएको थियो  । त्यहाँका चिनिया कामदारहरुसंग नेपालीभााषिहरुको निम्ति राखिएको दोभाषे अनुबादकमार्फत मात्र दोहरो कुरा चल्थ्यो । म र हवल्दार २ जना त्याँ पकाएको खाने तर अरु ३ जना स्वयंपाकि भएकोले त्यहाँ नखाने कुरा पहिले नै सपष्ट गरि मिलाइएको थियो । तर गेष्टहाउस कि संचालिका चााइनिज प्रौढालाई भने दुईजनाले बस्ने स्वीकृति लिएकोमा थप ३ जना समेत राखे भन्ने शंंका परेछ । ओ हो, रिसाएर चौपट । उ त कराउन थालि हालिन् । कुरा बुझ्न बुझाउन नसकिने भयो । गुरुज्यू र बुवा त के आपत आइलाग्यो भनेर कालोनिलो भैैसके । अन्तत: दोभाषे बोलाइदिन अनुरोध गरे । कता कता बाट उ आएपछि बेलिबिस्तार लाइयो र बल्ल कुरा सपष्ट भयो । यसपछि त्यहाँ भएका चााइनिज महिला हाँस्दै माफिमाग्दै हात मिलाउन थाले । तर पिताजी र गुरुजी अज्ञात " पराया" महिलाहरुसंग कैलाशयात्राको पुर्बसंध्यामा हात मिलाउन तयार थिएनन् । फेेरि दोभाषेमार्फत हाम्रो प्रचलनको कुरा बुझाउन लगाए । हो हो गर्दै चाइनिज गुडियाहरु उन्मुक्त हाँसो हाँस्न थालिन । यसपछि गेष्टहाउसको बसाइ रमाइलो रह्यो ।
हामिलाई एउटा सानो गाडीमा दोस्रो दिन मानसरोबरक्षेत्रमा पु-याइयो । जिवनको एउटा महान दिनमा मैले मानस- स्नान गरेे , त्यो पनि पुज्यपिताजी र गुरुजीको पावन सानिध्यमा । बिरलै पाइने मानसरोबरको महाप्रसाद " माछा " पनि प्राप्त भयो । लाग्थ्यो समय थामिइ दिएको भए पनि हुन्थ्यो । तर तोकिए बन्दा बढि वस्न नपाइने । फर्क्यौ । लिपुलेक काटन धौधौ प-यो । कार्यवश म छांग्रुमै रोकिए । पिताजी दार्चुला पुग्दा नपुग्दै सैतिस साल साउन चौधको भुुकम्पले सुदूर पश्चिम नराम्ररि हल्लायो । ८३ जनाको ज्यान गयो । ७०० भन्दा बढि घर भत्के । इश्वरकृपाले हाम्रो टोलि कसैलाई केही भएन । लगत्तै भारत तावाघाटको बाटो भैै म पनि दार्चुला फर्के । अर्को बर्ष ०३८ बैशाखमा मतदान अधिकृतको हैसियतले  चुुनाव गराउन फेेरि खटिए । कुल २८ जना मतदाताको निम्ति १० जनाको मतदान टोलि । हामी भाारतको बाटो भएर नै बैशाख २७ मा तिंकर पुगेका थियौ । भाारत सरकारको गर्ब्या्ङ भेेगमा खटिएको अर्धसैनिक बल आइ टि बि पि को कमान्डरले समेत हाम्रो तत्परताको निकै प्रशंसा गरेका थिए ।  यो क्षेत्रको बसाइ  मेरालागि विशिष्ट अनुभव थियो ।
त्यसबेला असीदेखि  सय रुपियासम्ममा भ्याङ्कर ( तिब्बति भेेडा ) किन्न पाइन्थ्यो । नजिकैसम्म हिउँ जमेको हुन्थ्यो । झ्या्यापुल्ले रौं भएका पाल्तु पशु, चिसो हिमाली हावा, परिश्रमी सौका समुदाय । एउटा बेग्लै दुनिया । मानसरोबरका तिर्थयात्रीहरूका समूह आइ रहन्थे । तिब्बत प्रबेशका लागि परिचयपत्र दिनुपर्थ्यो । एकपल्ट आधाा कपाल दुखाइ ( माइग्रेन) बाट इन्तु न चिन्तु  थिए ।  लौकिक परिचयमा आफुुलाइ शिबचैैतन्य ब्रह्मचारीबाबा बताउने एकजना  योगि पाल्नु भयो । मैले अस्वस्थताको अबस्थामै कार्यालयका कर्मकाण्ड पूरा गरिरहेको थिए । बाबाले बनौषधिको एक मात्रा दिनु भयो र कहिल्यै यो रोग नलाग्ने बताउनु भयो । धन्य भगवान्! त्यसपछि अहिलेसम्म त्यसरि कपाल दुखेको छैन ।
त्यसो त दार्चुलामा हुदा नै धाारचुलाबाट ईण्टरमिडियट प्राईभेट परिक्षार्थीको रुपमा उतिर्ण गरे । चमेलियाको उद्गमस्थल खण्डेश्वरि समेत पुगियो । जनमतसंग्रहकालागि घुसामा मतदान अधिकृतका हैसियतमा काम सम्पन्न गरेको थिए । र सबभन्दा महत्वपुर्ण कुरा, तत्कालिन प्र जि अ द्वारिकानाथ ढुंगेलको संरक्षकत्व मलाइ प्राप्त भयो । वहाँले दिनुभएका महत्वपुर्ण टिप्सहरु मेरालागि सँधै फलप्रद रहे ।
उत्तरी सीमा प्रशासनको कामकाज हेर्नुपर्ने कार्यबिबरण भएपनि जिल्ला प्रशासन कार्यालय, दार्चुला   मा नै अधिकांश समय काजमा रहे ।

आफनै जिल्लातिर ; पढाइ र नौकरी संगसंगै

जीवन-क्रममा दुई जना पारिवरिक सदस्य थपिइ सकेका थिए, जेठोछोरा दीपेन्द्र र माहिलो छोरा कैलाश । श्रीमतिको उपचारार्थ केहिदिन भाारतको पोलिगंज अस्पताल बस्नुपर्ने भयो । त्यहि अबधिमा महाकाली अंंचलाधिश कार्यालय, महेन्द्रनगर मा समेत काज बसे । घरब्यबहारका कारण आफनै जिल्लाको सदरमुकाम मेरालागि पायक नै नपरे पनि " आफनो " मान्नुपर्ने बाध्यता थियो । ०३९ भदौमा अंंचलाधिश कार्यालयबाट नै  जिल्ला प्रशासन कार्यालय, बैतडी को खरिदार पदमा मेरो सरुवा गरियो । म पनि बैतडी गौडाको जागिरदार भए । जिल्ला सदरमुकामबाट ५ कोष टाढाको सामान्य गाउँँलेलाई गढिका कारिन्दाको रुपमा देख्न नचाहने केही स्थानिय कु-तत्वहरुसङ्ग सदैब आन्तरिक संघर्षको स्थिति रह्यो । दैनन्दिनिका ससाना कुराहरुमा समेत सँँधैै राय बझाउनु पर्ने स्थिति हुन्थ्यो । तर परिस्थितिहरु अनुकुल थिए र मेरो यहाँको उपस्थिति दरो र अर्थपुर्ण नै रहेको थियो । 
०४० सालदेखि बाधित पढाईलाई फेेरि निरन्तरता दिए। प्र जि अ चुुडामणि उपाध्यायज्यूको मेडम कमला शर्माले समेत प्राइभेट अध्ययन गरिरहेकोले मेरो निम्ति पिथौरागढ आउजाउ सजिलो भयो । ०४२ सालमै कुमायूँ विश्वविद्यालय, नैनीताल  ( भारत ) बाट स्नातक परीक्षा उतिर्ण गरे । यसै अबधिमा नायब सुब्बाको लोकसेवाको तयारि पनि गरियो । त्यसबेला बैतडीदेखि दिपायल दुइदिनको बाटो थियो ।  लिखित मौखिक जाँच दिए । तर नतिजा बैकल्पिक उमेदवारमा पो अडियो । केही साथीभाइले बधाई दिए, केहिले हौसला थपे । लगत्तैको दोस्रो प्रयासमा मुख्य उमेदवारको हैसियत पाएर लोकसेवा आयोग , क्षेत्रिय कार्यालय, दिपायल डोटी को नायबसुब्बामा पदस्थापन भयो । केहिले मुख अमिलो गरे, केहिले हर्ष माने । यसरी यौटो खुुट्किलो  उक्लियो । 
दिपायलमा त्यसबेला ५/६ वटा अफिस मात्र  थिए । राजपुर मा त सेनाको ब्यारेक बाहेक लोकसेवा, स्थानिय बिकास र हुलाकका मात्र क्षेत्रीय कार्यालय स्थापना भएका थिए । नौकरीका अतिरिक्त अधिकृत परिक्षाको तयारि समेत गर्नु थियो । न कुनै पाठ्यसामग्री उपलब्ध थियो न कुनै परामर्श । साथी गणेश बहादुर खडका र मेरो संयुक्त तयारी हुन्थ्यो तर कुनै कार्ययोजना थिएन । हो,  बिबिसी सेवा भने नियमित सुन्थ्यौ र छलफल पनि गर्थ्यौ । कनिकुथि आफनै तरिकाले प्रशासन सेवा, परराष्ट सेवा र राष्ट्रिय पञ्चायत सेवामा दिपायल केन्द्रबाट नै परीक्षा दिइयो । परिक्षणकाल नसकिदै ०४२ सालको अन्ततिर फेेरि जिल्ला प्रशासन कार्यालय, बैतडी  को नायब सुब्बा पदमा सरुवा भयो । साहिलो छोरा दिलिप जन्मेको थियो । सुत्केरी श्रीमति दिपायल नै छोडेर बैतडी हाजिर भए । राष्टिय पंचायत सदस्यको निर्वाचनको बेला थियो । गुरुखोला कलौन बुथमा मतदान अधिकृत भैै काम गरे । बैतडीमा यो मेरो दोस्रो कार्यकाल थियो । यसरी अन्धाहरुले हात्ती छामे जस्तै म जिवनलाई बुझ्दै आएकोछु । मलाई थाहा छ, त्यसैले सबैलाई थाहा होला भनेर लेख्न छोडनु हुदैन कि भन्ने लागेर मात्र यी पङ्ति कोरेकोहु । जगतले देखाउछ मात्र, सिकाउदैन  । त्यसैले आफैै सिकिरहनु पर्छ भन्ने धारणा राखेर यतिका बर्ष बिते । सिक्ने क्रम चालु छ । 








No comments:

Post a Comment