सुन्दर सुदूर क्षेत्रसंग सम्बन्धित बिबिध सामग्रीहरूको संकलन गरिएको यस ब्लगमा सबैलाई हार्दिक स्वागत छ ।
Friday, October 27, 2017
अमेरिकामा नेपाल भन्दा २५ उल्टो संस्कार
अमेरिकामा नेपाल भन्दा २५ उल्टो संस्कार: जीएस नेपाली अमेरिका पूर्विय संस्कार,संकृती र समाजमा हुर्केबढेका हामी नेपालीलाई कतिपय पश्चिमी संस्कार, परम्परा र सोच बिपरित जस्तो लाग्दो रहेछ । खासगरी अमेरिकाको एक दशक लामो बसाइको क्रममा देखेका, भोगेका र जानेका केही सामान्य भन्दा सामान्य ...
Saturday, October 21, 2017
राजा र रौतेलाका गाउँतिर
राजा र रौतेलाका गाउँतिर
( कथा )
" अला मुल्याौ!, यिन त ठगुरिका चेला हुन ब ला । राजा हन, हमरा त !।” स्थानिय दे जाँतमा सर्बसाधारण महिलाहरु माथि अभद्र व्यवहार हुँदा प्रतिकार गर्न खोज्ने दामुलाइ अग्रजहरुले सम्झाएका थिए ।
“ सेराको सब है ठुलो फाँटो ठगुरीनको हो । पल्लि त बेठ दिनाइ सप्पै ले याँ काम गद्दु पणन्थ्यो ।” बुढा बाजेले नदि किनारको ठूलो खेत देखाइ कुनै दिन सबैले सितै काम गर्नु परेको कथा सुनाएका थिए ।
“पहाडका पाँचगाउँ, सङ्ताइ मालको बिर्ता । खाइ ग्या चेला, माटालाइ हात नलाइ बरे ।” फुन्या काकाले यहि खलकको तडकभडकप्रति आक्रोश र ईर्ष्या पोखेका थिए ।
मालिक र कामदार मात्रको बर्ग बस्ने यो गाउँमा शासक मानिने ठगुरीराजा र उनका चेला रौतेलाका चर्तिकलाको यस्तै शब्दमा बर्णन गरिन्थ्यो । दामुलाइ यो प्रशस्ति पटक्कै मन पर्दैनथ्यो । गाउलेहरु प्यारो मानेर उनलाइ दामु भनेर सम्बोधन गर्थे । तर ठुलाबडा मानिने कथित मालिक र उनका ससाना " बेटाहरु " समेत उनलाइ हेपेर " ए , दमुवा " भनेर बोलाउथे । दामुलाइ यो हेपाइ पनि मन पर्दैनथ्यो । त्यसैले स्कुलमा पढन थाल्दा नै दामुले आफनो नाम दीपेश बिक्रम लेखिदिन अनुरोध गरेको थियो । यस्तैखाले बेग्लै बानीब्यहोराले सानैदेखि दामु नामको यो ठिटो मालिकहरुको कोपभाजनमा परेको थियो ।
“ सेराको सब है ठुलो फाँटो ठगुरीनको हो । पल्लि त बेठ दिनाइ सप्पै ले याँ काम गद्दु पणन्थ्यो ।” बुढा बाजेले नदि किनारको ठूलो खेत देखाइ कुनै दिन सबैले सितै काम गर्नु परेको कथा सुनाएका थिए ।
“पहाडका पाँचगाउँ, सङ्ताइ मालको बिर्ता । खाइ ग्या चेला, माटालाइ हात नलाइ बरे ।” फुन्या काकाले यहि खलकको तडकभडकप्रति आक्रोश र ईर्ष्या पोखेका थिए ।
मालिक र कामदार मात्रको बर्ग बस्ने यो गाउँमा शासक मानिने ठगुरीराजा र उनका चेला रौतेलाका चर्तिकलाको यस्तै शब्दमा बर्णन गरिन्थ्यो । दामुलाइ यो प्रशस्ति पटक्कै मन पर्दैनथ्यो । गाउलेहरु प्यारो मानेर उनलाइ दामु भनेर सम्बोधन गर्थे । तर ठुलाबडा मानिने कथित मालिक र उनका ससाना " बेटाहरु " समेत उनलाइ हेपेर " ए , दमुवा " भनेर बोलाउथे । दामुलाइ यो हेपाइ पनि मन पर्दैनथ्यो । त्यसैले स्कुलमा पढन थाल्दा नै दामुले आफनो नाम दीपेश बिक्रम लेखिदिन अनुरोध गरेको थियो । यस्तैखाले बेग्लै बानीब्यहोराले सानैदेखि दामु नामको यो ठिटो मालिकहरुको कोपभाजनमा परेको थियो ।
बिद्यालयमा बिनासित्ति पाइने हप्कीदप्की दामुको दैनिकी थियो । कैयौपल्ट उसले कुटाइ पनि खायो । पढाइ लेखाइमा भने उ सँधै अब्बल मानिन्थ्यो । बिद्यार्थी माझमा उ प्रिय साथी थियो ।शिक्षकहरुको शिष्ट शिष्य थियो ।अतिरिक्त क्रियाकलापमा पनि सक्रिय भएर भाग लिन्थ्यो । तर केही शिक्षकहरुको व्यवहार भने उ प्रति पक्षपातपुर्ण हुन्थ्यो । गौडाका बडाहाकिमले समेत यहाँका राजा साबको सारै मानमनितो गर्छन रे , दामुले गाउलेहरुको जमघटमा कुरागरेको सुन्ने गरेको थियो । मेलापर्बको जात्रामा राजाहरुका घोडा पहिला हिडनु पर्ने मान्यता उसले देखेको थियो ।
टिकैत मुखिया भनेर चिनिने यहाँका सबभन्दा ठुला राजाको कोटभित्रका केही कथा-अकथा यदाकदा चुहिएर गाउगर्खामा चुपचाप पोखिने गर्थे । तर यो कोटलाइ कानुन र मर्यादाभन्दा बाहिरको मानेर मौन बनिदिने संस्कारमा अभ्यस्त थिए गाउँबासीहरु । कर्मी कमिला जस्तै काममा मात्र लागि रहन्थे । दामुले पनि यो निरीहता बुझ्दथ्यो र मौन साछी बनेर बाल्यकाल बिताएको थियो ।
समय बदलिदै गयो । स्थानिय स्कुलबाट सँधै प्रथम/ द्वितीय बनाइएका ठगुरीका चेलाहरुलाइ बोर्ड परिक्षामा दामुले उछिन्यो । बुवा कालो खत्री त्यसदिन असाध्यै खुशी थिए । चेलाले भबिष्यमा समेत यस्तै सफलता पाओस भनेर उनले त्यस दिन स्थानिय केदारथानमा घाँट चढाएका थिए । गौदानको भाकल गरेका थिए । सत्यनारायनको कथा लगाएर गाउलेहरुमा पनि खुशी बाँडिएको थियो । यो खुशियालीमा आमा लाटि समेत असाध्यै बाठी बनेर काममा जोतिइ रहेकि थिइन । यो पराले झोपडीमा यसरी सानो आशा झुल्किएको थियो ।
यो पहिलो खुशीपछि केही दिनसम्म के गर्ने भन्ने दामु र उसका बाबुले केही निश्चित गर्न सकिरहेको थिएन । यस्तैमा कालो खत्रीलाई कोटघरबाट बोलावट आयो। खत्री डराइरहेका थिए । टिकैतको कोटमा कालोको के काम! गाउलेहरुले दामु अर्थात दीपेश बिक्रमका बारेमा नाना थरी कुरा काटदै थिए । जरूरी काम परेर बोलाएका रे! कालोको ढुकढुकी बढन थाल्यो। कतै दामुले कुनै…?। सैयौं शंका देखिए ।
कोटको सबभन्दा आकर्षक, पत्थरले छाएको, चुन पोतिएको,, ठूला ढोका र बार्दली भएको तीनतले चौपाखे घरलाई दरबार भनिन्थ्यो । विशेष अवसरहरूमा टिकैत राजासाब यहाँकै पटाङ्गिनीमा बसेर परम्पराबाट चलिआएका कार्य सम्पादन गर्ने गर्थे। तिनमा दशैं, मन्दिरमा जाँत (जात्रा) लैजाने, न्याय निसाप हेर्ने इत्यादि काम पर्थे। त्यो कोट नै गाउलेहरुको राजधानी थियो । त्यो घर नै सिंहदरबार मानिन्थ्यो ।
सेतो मयलपोस, सेतै पगडी लगाएका टिकैत राजा दरबारको पुर्बी बरण्डामा बसेर हुक्का तान्दै थिए। नेफरे चौकिदार कोइला चलाउँदै थियो। पिंढीमा मुखिया, धामी, पुरोहित र भन्डारेहरु बसेका थिए ।
“जौ दे राजा!”, कालोले शिर झुकाएर दायाँ हात निधारनेर ल्याउँदै अभिवादन गर्यो।
“जै हो। के छ त कलुवा, सञ्चो त छ?”, राजा साबले अभिवादन फर्काए।
कोटको सबभन्दा आकर्षक, पत्थरले छाएको, चुन पोतिएको,, ठूला ढोका र बार्दली भएको तीनतले चौपाखे घरलाई दरबार भनिन्थ्यो । विशेष अवसरहरूमा टिकैत राजासाब यहाँकै पटाङ्गिनीमा बसेर परम्पराबाट चलिआएका कार्य सम्पादन गर्ने गर्थे। तिनमा दशैं, मन्दिरमा जाँत (जात्रा) लैजाने, न्याय निसाप हेर्ने इत्यादि काम पर्थे। त्यो कोट नै गाउलेहरुको राजधानी थियो । त्यो घर नै सिंहदरबार मानिन्थ्यो ।
सेतो मयलपोस, सेतै पगडी लगाएका टिकैत राजा दरबारको पुर्बी बरण्डामा बसेर हुक्का तान्दै थिए। नेफरे चौकिदार कोइला चलाउँदै थियो। पिंढीमा मुखिया, धामी, पुरोहित र भन्डारेहरु बसेका थिए ।
“जौ दे राजा!”, कालोले शिर झुकाएर दायाँ हात निधारनेर ल्याउँदै अभिवादन गर्यो।
“जै हो। के छ त कलुवा, सञ्चो त छ?”, राजा साबले अभिवादन फर्काए।
उसले टाउको कन्याउँदै भन्यो, “हजुर!”
टिकैतको इशारा पाएपछि पुरोहितले भन्न थाले, “तेरो चेलो के गद्द ला, छ ला अच्याल । ब्वारी नाइ खोजेइ त कसो?”
“हजुर, केइन गद्दो । भाइर पणौन्या सगिस्ता नाइ थि । याँ हजुरौनले केइ कामलाइ दिया बरे मात्तरै...।” कालो खत्री टाउकोमाथिको पुरानो टोपी निकाल्न थाल्यो ।
“ए, लौलौ। हेर, दम्वाले थोक्थोको पणिहाल्यो । आब एक काम गरलो त, कसो?”
टिकैतको इशारा पाएपछि पुरोहितले भन्न थाले, “तेरो चेलो के गद्द ला, छ ला अच्याल । ब्वारी नाइ खोजेइ त कसो?”
“हजुर, केइन गद्दो । भाइर पणौन्या सगिस्ता नाइ थि । याँ हजुरौनले केइ कामलाइ दिया बरे मात्तरै...।” कालो खत्री टाउकोमाथिको पुरानो टोपी निकाल्न थाल्यो ।
“ए, लौलौ। हेर, दम्वाले थोक्थोको पणिहाल्यो । आब एक काम गरलो त, कसो?”
“हजुर...?”
मुखियाले थपे, “हेर, टिकैत राजासाबका रौतेलालै आब ठूला होइगया । पढाइ गद्दाकि भाइर झान ला-यान । तबै दम्वा लै उनइसित झालो त ?। ब्यानब्याल्क खानाइ पकाइ देलो । पढन्या मन भया पढलो लै ।कसो…?।”
“झोली–झिम्टा बोक्न सँगै दमुवाले गए सजिलो होला भनेर हो।” टिकैतले थपे ।
“हजुर, भारि बोक्न त कसौ ब ? सोदलो रे ....”, कालोले प्रष्ट कुरा गर्न सकेन ।
“ अन गौघर साँण मचौन्या है त । के गर्ने बिचार छ । भोल खबर गरेइ । अफनु औकात बुज्जु पणन्छ हाँ । लौ झा ।” टिकैतले झपारे । यसरी अनिर्णयको स्थितिमा कालु घर फर्क्यो । दामुलाइ सम्जायो । नाइनास्तिका सम्भावित परिणामबारे बाबुछोराले बिचार विमर्श गरे ।
दामुले भन्यो, “एइ जमाना माँइ कसा कसा त ठेगान लागिग्या भण्या यो जिम्वाल को हो?”
मुखियाले थपे, “हेर, टिकैत राजासाबका रौतेलालै आब ठूला होइगया । पढाइ गद्दाकि भाइर झान ला-यान । तबै दम्वा लै उनइसित झालो त ?। ब्यानब्याल्क खानाइ पकाइ देलो । पढन्या मन भया पढलो लै ।कसो…?।”
“झोली–झिम्टा बोक्न सँगै दमुवाले गए सजिलो होला भनेर हो।” टिकैतले थपे ।
“हजुर, भारि बोक्न त कसौ ब ? सोदलो रे ....”, कालोले प्रष्ट कुरा गर्न सकेन ।
“ अन गौघर साँण मचौन्या है त । के गर्ने बिचार छ । भोल खबर गरेइ । अफनु औकात बुज्जु पणन्छ हाँ । लौ झा ।” टिकैतले झपारे । यसरी अनिर्णयको स्थितिमा कालु घर फर्क्यो । दामुलाइ सम्जायो । नाइनास्तिका सम्भावित परिणामबारे बाबुछोराले बिचार विमर्श गरे ।
दामुले भन्यो, “एइ जमाना माँइ कसा कसा त ठेगान लागिग्या भण्या यो जिम्वाल को हो?”
उ बरु आज राति नै गाउँ छोडन राजी भयो । नभन्दै त्यहि राति गाउँको ठिटो दामु गाउँबाट हरायो । केही दिन गाउँमा मौन चर्चा चल्यो । कोटका चरहरु कुरो बुझ्न खटिए । ठगुरीको खटन खप्नुभन्दा मुङलान पस्नु ठिक ठानेर दामुले गाउँ छोडेको लख काटियो । कुच्चोले बढार्नु पर्नेलाई बतासले नै उडाएको ठानियो । यसरी यो अध्याय सकियो ।
यता टिकैत राजा सापका पाँच छोराहरु पुरानै तालले हुर्कदै थिए । जेठाले मुख्खेली काम हेर्थे । माहिलाले माल- मदेश सम्हालेका थिए । साहिंला सानैदेखि रोगी त थिए नै, चौबिस घन्टे नशाबाज पनि थिए । दुई जना कान्छा रौतेलाहरुलाइ त अब राम्ररी पढाउनु पर्छ भन्ने टिकैतको इच्छा थियो । यसै क्रममा उनीहरु काठमाण्डौ राखिएका छन् भनेर गाउँघरमा हल्ला चलाइएको थियो । त्यसो त टिकैतकि खत्रिनी पट्टि पनि तीनवटा हट्टाकट्टा छोरा थिए । गाउँघरमा गुन्डागर्दि हुँदा यिनीहरु मुछिएकै हुन्थे । हल्लिएर खाने बाहेक यिनले पनि वरको भाँडो पर सार्दैनथे ।
सोझो कालो खत्रीको घरभित्र भने केही दिन खाना पाकेन, सुक्क सुक्क चलि रह्यो । उभिन समेत समय नहुने त्यो घरका श्रमजिबीको लागी बिलाप गरि दुख मनाउने फुर्सत नै कति हुन्थ्यो र? खोलाको पानी जस्तै समय बग्दै गयो । कैयौ कुरा सुनिए, भुलिए पनि । कसैले कालीमा फाल हान्यो भने, कसैले काली तर्यो भने। कसैले मालको घाममा सडदैछ भने । हरिद्वारतिर जोगी बनेर बसेको कुरा पनि सुनियो । बिस्तारै समयले सबै कुरा बिर्सायो । तर लाटि आमाले लुकेर भए पनि सम्झिरहिन, रोइ रहिन ।
यसरी समय घर्किदै गयो। भनौ, समय बदलिदै गयो। काल-क्रममा नारायणहिटिका राजाले समेत दरबार छाडे । देशमा नयाँ परिस्थिति पैदा भयो। बाठा भनिएका कुना पस्न थाले । लाटाहरु बोल्न थाले । धेरै त होइन, बर्णित गाउँमा समेत धेरथोर नयाँ हावा चलिसकेको थियो ।
अचानक एक अर्को दिन । दामुको एउटा खवरले गाउँघर फेरि तात्यो । दामुले त काठमाण्डौ बसेर दुखजिलो गरेर धेरै पढ्यो अ रे । अब त ठुलै हाकिम बनेर यतै जिल्लामा आउदै छ रे… आदि । एक कान दुई कान हुँदै टिकैतसम्म कुरा पुग्न थाले । कोटको ठूलो घर रंगरोगन नपाउदा मलिन भैसकेकै थियो । दामुका खबरले बुढा टिकैतको मुहार समेत मलिन देखिन थाल्यो ।
नभन्दै अर्को एकदिन दामु घर फर्कियो । सबै गाउलेहरुसंग पुरानै लयमा ढोगभेट कुशलक्षेम ग-यो । आफना सारै सकसपुर्ण कथा सुनायो । घरमा एकिन खबर गर्न नसकेकोमा क्षमा माग्यो । अबका दिनहरु पहिलेका जस्ता नहुने कुरा समेत बुझायो । यसरी आफनै देशको कुरा सुनाएर गाउलेहरुलाइ दङ्ग पा-यो ।
तर काले खत्रीलाइ चिन्ताले खान थालेको थियो– छोरोले टिकैतका रौतेलाहरुको कुनै आदेश अवज्ञा गर्यो भने? उसलाई परिणति थाहा थियो। एकपल्ट सालीघाटका केही युवकहरुले ठगुरीहरुको विरुद्ध बोल्दा सेरीको जात्रामा निर्घात कुटिएका र त्यही कुटाइको निहुमा उनीहरुकै बित्तोबास समेत भएको थियो । उसले छोरालाइ सम्झायो- गाउमा अझै पुरानै शासन छ । अहिले त हाम्रालागि भित्ताका पनि कान हुने बेला छ । कुनै निउमा हाम्रो पनि उठिबास गरिदियो भने...। " मै बिचारो बुडो के गर्लो ला, नचाइन्या कुरडी जन गरेइ ।”
पढन गएका भनिएका रौतेलाहरू गाउँ फर्केका थिएनन् । गाइगुइ सुनिन्थ्यो- एउटो कुनै मुद्दामा थुनिएको छ रे। अर्कोले येनकेन सानोतिनो काम गरि गुजारा गरेको छ रे । मुखेली हेर्ने जेठोले पनि बुवाकै धाकरवाफ सिकेको थियो । मधेशको बिर्ता हेर्नै छोरो औषधि नै नहुने कुनै नयाँ रोग लागेर उतै म-यो भन्थे । अर्को जड्याहा झनझन बेसुरे हुँदै थियो । आयस्ता धटदै र खर्च बढदै गर्दाका लक्षण कोटघरको मर्मतमा परेको थियो । छत चुहिएर बैरंग भएका भित्ता पोतिएका थिएनन । आरिबारि समेत उजाड हुँदै थिए ।
यता गाउँमा गौरा आएको थियो। गोर्या खलोमा महिला–पुरुष डेउडामा मस्त थिए। लाटी खत्रिनी पनि ढिस्कोमा आएर बसी। छेउमै पुरुषहरूले ठाडो खेल लाएका थिए। उनीहरूको गीतमा अठौती मल्ल र स्थानीय देवताहरूको युद्ध वर्णनमा हौसिएका थिए ।
पढन गएका भनिएका रौतेलाहरू गाउँ फर्केका थिएनन् । गाइगुइ सुनिन्थ्यो- एउटो कुनै मुद्दामा थुनिएको छ रे। अर्कोले येनकेन सानोतिनो काम गरि गुजारा गरेको छ रे । मुखेली हेर्ने जेठोले पनि बुवाकै धाकरवाफ सिकेको थियो । मधेशको बिर्ता हेर्नै छोरो औषधि नै नहुने कुनै नयाँ रोग लागेर उतै म-यो भन्थे । अर्को जड्याहा झनझन बेसुरे हुँदै थियो । आयस्ता धटदै र खर्च बढदै गर्दाका लक्षण कोटघरको मर्मतमा परेको थियो । छत चुहिएर बैरंग भएका भित्ता पोतिएका थिएनन । आरिबारि समेत उजाड हुँदै थिए ।
यता गाउँमा गौरा आएको थियो। गोर्या खलोमा महिला–पुरुष डेउडामा मस्त थिए। लाटी खत्रिनी पनि ढिस्कोमा आएर बसी। छेउमै पुरुषहरूले ठाडो खेल लाएका थिए। उनीहरूको गीतमा अठौती मल्ल र स्थानीय देवताहरूको युद्ध वर्णनमा हौसिएका थिए ।
जुजन लागि देबि दुरगा, माथा फुक्या केश
गुसाइ माथा फुक्या केश ।
जुजनलाग्यो लाटो देवता हाली छ अँङाल
गुसाँइ हालिछ अँङाल । कठै….. ।
यसपाला लाटीका निन्याउरा आँखामा चमक आएको थियो । उसको असमय बूढो भएको शरीरमा ताकत थपिएको जस्तो लाग्थ्यो । खेलमा गीत गुन्जिरहेको थियो–
ए बार रैण्या भुमिको कोट मैलो भैछ,
कि सीता बागले खाइछ , कठै..।
यसपाला लाटीका निन्याउरा आँखामा चमक आएको थियो । उसको असमय बूढो भएको शरीरमा ताकत थपिएको जस्तो लाग्थ्यो । खेलमा गीत गुन्जिरहेको थियो–
ए बार रैण्या भुमिको कोट मैलो भैछ,
कि सीता बागले खाइछ , कठै..।
लछिमा बिराली रुन ब पसी
कि सीता भालुले चपाइछ । कठै.. ।
अकस्मात दामु पनि गोराको खेलमा सामेल भयो । फुर्किएकी लाटीले नथुली काकीलाई भनी, “ज्यू–ज्यू मेरो दामु...!”
एकै छिनमा उ आमाछेउ आयो। काकीले आशीर्वाद दिई, “हिमाञ्जलो हिउँ छन्ज्याँ जिए, समुद्दरो पानी छन्ज्याँ जिए...।” दामु नै यो पर्बको मुख्य आकर्षण बन्यो ।
अकस्मात दामु पनि गोराको खेलमा सामेल भयो । फुर्किएकी लाटीले नथुली काकीलाई भनी, “ज्यू–ज्यू मेरो दामु...!”
एकै छिनमा उ आमाछेउ आयो। काकीले आशीर्वाद दिई, “हिमाञ्जलो हिउँ छन्ज्याँ जिए, समुद्दरो पानी छन्ज्याँ जिए...।” दामु नै यो पर्बको मुख्य आकर्षण बन्यो ।
यो खेलको बीचमा बसिरहेका जेठा टिकैत खुस्सुक्क हिडिसकेका रहेछन् ।
अर्को मङ्गलबार राति टहटह जून लागेको थियो। भदौ महीनाको आकाशका कुनाकाप्चामा छिटपुट बादल देखिए पनि छ्याङ्ग उज्यालो थियो । ५/७ जना छिटा छरीता मान्छेको जमात गाउँमा आयो । गाउँमा पहिलो पल्ट यसरी नयाँ मान्छे देखिएका थिए । अनेक थरी आसंका जन्मिए । अर्को दिन थाहा भयो, उनीहरु अड्डाका मानिस थिए र जरुरी काम परी हाकिम दीपेश बिक्रमको घर खोज्दै आएका थिए । बिहान हुँदासम्म उनिहरु हिडिसकेका थिए । यसरी गाउको दामु अब दीपेश बिक्रम हाकिम भनेर प्रचारित हन थाल्यो । यदाकदा स्थानिय रेडियोले समेत दीपेश बिक्रमले गरेका कामको खबर दिन्थ्यो । दामु खत्रीका नामले स्थानिय पत्रपत्रिकाले उसका लेखरचना छाप्ने गर्थे । यी रचना समेत रेडियोको साहित्यिक कार्यक्रममा प्रचारित हुन्थे । गाउलेका लागि यो गौरबको बिषय हुन्थ्यो ।
अर्को मङ्गलबार राति टहटह जून लागेको थियो। भदौ महीनाको आकाशका कुनाकाप्चामा छिटपुट बादल देखिए पनि छ्याङ्ग उज्यालो थियो । ५/७ जना छिटा छरीता मान्छेको जमात गाउँमा आयो । गाउँमा पहिलो पल्ट यसरी नयाँ मान्छे देखिएका थिए । अनेक थरी आसंका जन्मिए । अर्को दिन थाहा भयो, उनीहरु अड्डाका मानिस थिए र जरुरी काम परी हाकिम दीपेश बिक्रमको घर खोज्दै आएका थिए । बिहान हुँदासम्म उनिहरु हिडिसकेका थिए । यसरी गाउको दामु अब दीपेश बिक्रम हाकिम भनेर प्रचारित हन थाल्यो । यदाकदा स्थानिय रेडियोले समेत दीपेश बिक्रमले गरेका कामको खबर दिन्थ्यो । दामु खत्रीका नामले स्थानिय पत्रपत्रिकाले उसका लेखरचना छाप्ने गर्थे । यी रचना समेत रेडियोको साहित्यिक कार्यक्रममा प्रचारित हुन्थे । गाउलेका लागि यो गौरबको बिषय हुन्थ्यो ।
उता बुढा टिकैतसाब कहिलेकाहि आँगनमा निस्किन्थे। पुर्खाहरूको गौरबमानिएको कोटको अघिल्तिरको भाग भत्किएको देख्थे । भित्रको गोप्य बैठक कक्ष समेत ह्वाङ्ग देखिएको हुन्थ्यो । टिकैतलाइ आफनै ज्यान सम्हालन समेत गारो हुन थालेको थियो । जेठा टिकैत त्यसै पनि चिडचिडे स्वभावका थिए । बाबू छोराको बिरलै कुराकानी हुन्थ्यो ।
गाउका धामी, पण्डा, भन्डारे, मुखियाको आउजाउ समेत कम हुँदै थियो । यस्तैमा त्यही बेला घुम ओढेर कोही आयो र भन्यो, “जौ दे राजा, दमुवाको बुवा कालोले पक्की घर बनाउन लागेकोछ । हजुर!”टिकैतले अस्पष्ट 'हुँ...' मात्र गरे, ऊतिर फर्केर पनि हेरेनन् । रेडियोमा स्थानिय समाचार आइरहेको थियो । टिकैतले कराएर भने, "तै रेडियो बन्द गर । कति सुण्णु हो , कालेखत्रीका चेलाकि कुरणी ।"
Saturday, October 14, 2017
मोतिबस्तीको बृतान्त
***===मोतिबस्तीको बृतान्त===***
( संक्षिप्त भुगोल, ईतिहास र मूल बासिन्दाहरुको बंशावली समेत )
मोतिबस्तीको अवस्थिति
मोतीबस्ती कुनै काल्पनिक वा मायावी बस्तीको नाम होइन । विश्व मानचित्रको निर्देशांक - 29°25′N 80°30′E / 29.41°N 80- मा रहेको श्री असिमकेदार मंदिरको केन्द्र वरपर सरदर ५ किलोमिटर क्षेत्रलाइ उहिले असिमकेदार आल (क्षेत्र) भनिन्थ्यो । यहि "श्रीकेदारको आल" विशेषण कालक्रममा संक्षेपीकरण र अपभ्रंश हुँदै सुरकाल भनिन थाल्यो । हालको प्रशासनिक पुनर्गठनमा यो समग्र क्षेत्र दशरथचन्द नगरपालिका - ७, बैतडी (नेपाल) मा राखिएकोछ । यसभन्दा अगाडि दुर्गास्थान गा बि स को वा नं ४,५,६,७ मा बिभक्त थियो । अझ त्यसभन्दा अगाडि डोटी गौंडा अन्तरगत बैतडी जिल्लाको उपल्लो स्वराड गर्खामा पर्ने श्रीकेदार देवताको गुठी कायम भएको सुर्काल मौजा मानिन्थ्यो । यहाँको पुराना सनदहरुमा " सङौणकोट दुर्ग निकटे" ( सङौणकोटको किल्ला नजिक) भन्ने शब्द राखिएको देखिएकोले एकीकरण पुर्ब सायद सङौणकोटकै मातहत बस्ती मानिन्थ्यो ।
सोह्रौ शताब्दिदेखि आज पर्यन्त यहाँ मोति बडूका सन्तान दरसन्तानका बस्तीहरुको रजगज जारि छ । त्यसैले यो आलेखमा झण्डै दुई हजार जनसंख्याको यस सुन्दर गाउलाइ मोतिबस्तीको बिशेषण थपिएको हो । यहाँको भुगोलमा आधा बन जंगल र एक चौथाइ घासे ढलान छन् । प्राचीन बायुपर्वत ( हालको ग्वाल्लेक धुरा ) बाट पुर्ब बग्ने खोलानाला मार्फत अपार जलसम्पदाको श्रोत उपलब्ध छ । यो गाउँमा श्री र सहकालका देवता असिमकेदारको बास भएको कारण यहाँको उब्जाउ र मलिलो माटोको धार्मिक महत्व पनि कायमै छ । कसैलाइ अन्याय प-यो भने "माटि घत्याउने" ( माटोलाइ पुकार्ने) चलन अद्यापि कायमै छ । यो आल भरि पुराना शासक ठगुरीमध्येका केहि " राठ" ( बंश/ शाखा ) हरुलाइ यहाँको माटोमा प्रबेश गर्न र पानी प्रयोग गर्न निषेध गरिएका प्रचलन पनि अझै देखिन्छ ।
गंगा किनारका आर्यहरुको पहाडतिर प्रबेश
बाह्रौ शताब्दीतिर तत्कालिन कान्यकुब्ज (हाल भारतको कन्नौज अर्थात कानपुर) बाट आत्रेय गोत्री ब्राह्मण शक्ति भट्ट गढवालको श्रीनगर, पौडी हुँदै कुर्मान्चलमा आए । यिनी जोधपुर परम्पराका प्रतिहार बंशीय भट्ट थिए । बंशावली अनुसार यिनका पाँच भाई थिए । यिनका बुवाको नाम पृथ्बी भट्ट र बाजेको नाम उदय भट्ट थियो । शक्ति भट्टका छोरा पृथ्बी र नाति उदय भट्ट हालको भारतिय उत्तरांचल हुदै डोटी प्रदेशमा प्रबेश गरेका थिए । यसै बंशका बत्सराजले डोटीका राजाकी छोरिसंग बिबाह गरि यहाँको राजपाट समेत चलाएका थिए। यिनका छोरा उपबत्सराज र त्यस पछिका केहि पुस्ता सम्म डोटी र जुम्ला राज्यसम्म यो बंशको शासन थियो । यसैताका मैदानी आर्यहरु हिमालयतिर आउन थाले । यसभन्दा अगाडि यहाँको भुगोलमा खस आर्य , किरात तथा मंगोलहरुको मिश्रित बस्ती थियो रे । मैदानी आर्यहरुको आगमनसंगै अर्को सांस्कृतिक र सामाजिक समायोजनको सिलसिलाबाट नयाँ समाज निर्माण हुँदै आयो । यो बस्तीको ज्ञात ईतिहास त्यसैताकाको धमिलो रेखाबाट शुरु हुन्छ ।
कालू भट्टको आगमन
{ १- कालू भट्ट } -भारतमा मुसलमानहरुको चकचकी निरन्तर बढन थालेपछि त्यतातिरका आर्यहरुको पहाडतिर सर्दै आउने क्रम अझ बढन थाल्यो । सपादलक्षमा सगोत्रीहरुको राज्य भएर होला,सम्भबत: चौधौ शताब्दीताका काशि बनारसबाट कुमायु हुदै काली पश्चिमका बायुतटिय बस्तिमा कालु भट्ट नामका ब्राह्मण पनि आई पुगे । कालू भट्टबाट तीन छोरा- त्रिपुर, जासु र उदासु - जन्मेका थिए । जासु र उदासुका बारेमा कुनै जानकारी प्राप्त छैन् । त्रिपुरराजबाट एक एक छोरा हुँदै यो बंशको बिस्तारले वायु पर्बत वरपरका बायुतटीय बस्तीमा जरो हाल्यो । कालू भट्टका पाँच पुस्ताले यसै भुगोलमा आश्रय लिएर नीरन्तरता पायो । यो बसाइसराइ बारे केही किम्बदन्ति बाहेक एकिन र प्रामाणिक जानकारी छैन । कालू भट्टपछिको बंशबिस्तारको क्रम निम्नानुसार रहेको बंशावलीमा उल्लेख छ ।
{ २- त्रिपुर राज भट्ट }
{ ३- काशीराज भट्ट }
{ ४- गजराज भट्ट }
{ ५- श्यामराज भट्ट }
मोति भट्टबाट मोति बडूको बंश- बिस्तार
१ - [ १- मोति बडू ]
काली किनारका बस्तीहरुमा बिचरण गर्दैका कुनै दिन सम्भबत: बिक्रम सम्बत १४९५ तिर श्यामराज भट्टको परीवारमा मोति भट्टको जन्म भएको अनुमान गरिन्छ । ( हालसम्मका १७ पुस्ताको औसत ३० बर्ष कायम गर्दा सरदर उल्लेखित समय मिल्दछ । ) श्यामराजका छोरा मोति भट्टले युबाबस्थामै ततकालिन सँङौडकोटका रजौटाहरु लाइ प्रभावमा पारे र बडाभट्ट कहलिन थाले । यिनै मोति भट्ट अर्थात मोति बडू ले बायुतट पर्बत (हालको ग्वाल्लेक धुरा) को पुर्बी पार्श्वलाई आफनो कार्य थलो बनाई बंश परम्परा चलाए । त्यो समयमा यो आल भरि २२ थरि जाति-उपजातिको बसोबास थियो रे । ओलीगाउ, कठायतबुङा, डुमखोला, चतुवाइजर, सुनी गाड. रावलाघाट, दियालगाउ जस्ता स्थान नामले यो बहुजातिय स्थल थियो भन्ने प्रमाणित हुन्छ । केही बर्ष पछि दियालगाउका बोहरा बाहेक अरुहरु यहाँबाट पलायन भए । मोति भट्टको पद-बोधक बडाभट्ट शब्द नै कालान्तरमा जाति-बोधक ‘बडूभट्ट’ मा अपभ्रंशित भयो। उनका सन्तानहरुले बडू थर नै कायम गरे । मोतिका ४ छोरा थिए ।
१ - रतनदेव- यिनका छोरा- नातीहरु परके, चमणे र खली बडू हुँदै हाल सुरकालको माइखर्कमा बस्ने गरेकाछन् । बिस्तृत बिबरण अनुसुची- १ मा समाबेश छ ।
२- लखनदेव -माइखर्क र कोइराली बाहेक सुर्कालका बडू यिनकै शाखासन्तान हुन् । सुर्कालको मुख्य गाउँ लगायत ऐचेकाँडा, पुजारागाउँमा बस्ने यिनका शाखा सन्तानको बिबरण तल छ ।
३- सतनदेब- कपुरे, रतन, धर्मा, नख्वा , हिरुवा हुँदै यिनका बंशज हाल कोइरालीमा सिमित छन् । बिस्तृत बिबरण अनुसुची-२ मा राखिएकोछ
४- प्रतापदेव-यिनी सर्बशास्त्र प्रबिण थिए । भनिन्छ गाउँको देबभन्डार लुटन आएको तत्कालिन डोटेली राजा नागी मल्ललाइ झुक्याएर यिनले उतै फर्काइ दिएका थिए । यिनका कोही शाखासन्तान थिएनन् । यिनको जीबनको उत्तरार्ध बारेमा यथेष्ट जानकारी अद्यापि अप्राप्त छ । बजुवा मुठी भनेर यिनकै नामले असिमकेदारमा पोखल चढाउने चलन कायम छ ।
२ - [ २- लखनदेव ] लखनदेवका ३ छोरामा काशी, शंकरदेव र दुल्लप हुन् ।
१- काशी - यिनका दुई छोरा- बासु र भानी(४) मध्ये जेठा बासुका २ छोराका बंशज गैर भन्ने स्थानमा बस्दछन । कान्छा भानिका दुई छोराका सन्तान पनि चाल र डाङामाइ भन्ने ठाउमा बसोबास गर्छन्। हरीका दुई छोराका पनि क्रमस: डाडा र डोबरामा बस्दछन् । यिनीहरुको सम्पुर्ण बिबरण अनुसुची- ३ मा राखिएकोछ ।
२- शंकरदेव - यिनका दुई छोरा थिए । शाखासन्तान पुजारागाउ, चौरा,देउला र परीगाउमा बस्दछन् । थप बिबरण तल दिएकोछ । गाउँका दुई मुखिया यिनकै शाखा ( राठ) बाट हुने चलन छ ।
३- दुल्लप- यिनका १ छोरा दासी बडू र ४ नाति थिए । २ नाति निसन्तान रहे भने बाँकी मानी बडूका डङाली तिर र सुन्नरेका मटेखोला र तूणातिर बस्छन् । यिनी मध्येका धेरै जसो बेलौरी, महेन्द्रनगरतिर सरीसकेका छन । उपलब्ध भएसम्मको बिबरण अनुसुची ४ मा समाबिष्ट छ ।
३- [ ३- शंकरदेव ]शंकरका कपुरे बडू र मगी बडू(४) भए कपुरे बडू- बिस्तृत बिबरण तल राखिएकोछ मगी बडूका छोरानातीमध्ये सरङैका पुजारागाउ, नानखाली, चौटा र चोऽरा, देउला, भुइसीखर्क एबम् जगतेका देउला,डङाली र कलुवाखोलामा बस्दछन् । थप बिबरण अनुसुची-५ मा छ ।
४- [ १- कपुरे बडू ]कपुरेबाट जसि, हिरा र रामी जन्मिए । यिनका सन्तानहरु परीगाँउमा बस्दछन । बिबरण अनुसुची६ मा पनि राखिएकोछ । १ - जसी बडू(५) को थप बिबरण तल राखिएकोछ । २- हिरा बडू(५)को बंशक्रम क्रमस:(६) नारद , (७) गोबडे, (८) नरसिङ, (९) हरी , (१०) धनी (११) जवाहर (१२) कालो हुँदै हाल कालो बडुका दुइ छोरा (१३-१)दामोदर र(१३-२) नंदराममा आइ पुगेकोछ । दामोदरका ३ छोरा (१४)रमेश, प्रकाश र केशब छन भने नन्दरामका लोक र---- गरि २ छोरा छन् । एकपल्ट १०/१२ परीवारमा पुगेको यो हाङ्गो धेरै जनाको अपुताली पर्न गै अचेल दुई परीवारमा सिमित भएकोछ ।३- रामी बडू-यिनी बेद बेदाङ्गका मर्मज्ञ, मेघाबि र जोशिला युवक थिए । शास्त्र मर्यादा अनुसार केदारको पुजा नचलाएकोले असिमकेदारका तत्कालिन पुजारी पालीका बिना भट्टलाई मन्दिरबाटै गलहत्याइ स्वयंले पुजारीको हैसियतमा पुजापाठ चलाएका थिए । पछि कूटमन्त्रबाट बिनाभट्टले यिनको र यिनका नाबालक छोराको अनाहक हत्या गरि अपुताली पारी दिएका कारण परिगाउबासीले अद्यापि बिना भाटका सन्तानका हातको पानी खाने गरेका छैनन् । केही बर्ष स्वयम् पण्डा भै बेद बिधान अनुरुप कामकाज चलाएपछि लोकसम्मति गरि पैतोला ( पाण्डेय ) बाट पुजारी हुने थिति बसालेका थिए ।
५- [ १- जसी बडू ]जसि बडूका कालो र हिमरे ।१- कालो बडू- यिनको बिबरण तल दिइएकोछ । २- हिमरे बडू-
यी मल्लाघरी परिगाँइका बाजे हुन् । यिनका(७) झुसे, ( ८)खट्टे र (९) पति बडू क्रमस: छोरा, नाति र पनाति भए । पतिका जयराम, किस्ने, हरी, धनी र संग्राम गरि ५ छोरा थिए । हरी र संग्राम निसन्तान रहे । धनी का धौले र बेसरो दुई छोरा भए । धौलेका नरी र नरीका भवानी र राजु गरि २ छोरा छन् । बेसरोका नंदराम र बिरादत दुई छोरा बाट क्रमस: तारा र हरी तथा तिलक र --- गरि ४ नाति छन । किस्नेका भने छोरा पर्ते, नाति कमले, पनाति गंगा र खनाति कैलाशमा बंशक्रम पुगेकोछ । उता हरीका छोरा मौरे, नाति कल्से, पनाति रामदत्तहुदै हाल खनातिहरु गोपाल, हरी र नवराजमा बंशबिस्तार भएकोछ ।
६- [ १- कालो बडू ] यिनका १ छोरा थिए ।
७- [ १-रतन बडू ] -२ सन्तान, धनी र लाटो भए । धनी निसन्तान रहे ।
८ - [ १- लाटो बडू ]१ सन्तान मनुवा बडू मात्र ।
९ - [ १-मनुवा बडु ] बडुको ज्ञात बंशक्रमका यी चौधौ पुस्तामा पर्छन । यिनका ४ छोरा थिए ।१- गुमानी बडू- बिबरण तल छ । २- सकते बडू- निसन्तान भए । ३- काशी बडु- निसन्तान भए । ४- दामू बडू(१०) -मोती बडूपछिको दशौ पुस्ताका दामुका ४ छोरा थिए । ११रौ बंशक्रममा यिनको नाम क्रमस: रिउले, बिरुवा, भानु र झकणो थियो । रिउलेको अपुताली भयो । (११)बिरुवाको एक छोरा(१२) चिमडे र एक नाति(१३) किसनानंद , दुई पनाति (१४)अम्बा र परमा एबम चार खनातिहरु क्रमस: मनोहर र हर्के एबम नब्बी र भास्कर छन ।(१२) भानुका एक छोरा (१३)जुरा / कानु र एक नाति (१४)नफ्वाबाट दुई पनाति देब र मनोरथ छन् । देबका एक र मनोरथ का एक प्रकाश गरि दुई खनाति छन् । (११)झगणोका(१२) रने छोरा र(१३)दत्राम, रामदत्त र धौले गरि ३ नाति भए । दतरामका (१४)देबदत्त एक नाति र उसको एक खनाति छ । रामदत्तका (१४)बिरा, पर्मानंद, जगदीश र नवराज गरि ४ छोरा छन । यिनीहरु कंचनपुरको बाणिमा बस्छन । धौलेका भने (१४)पदम र नवराज गरि दुई छोरा छन ।
१० - [ १- गुमानी बडू ]- एक मात्र छोरा नन्दराज भए ।
११- [ १- नन्दराज ]- एक मात्र छोरा मनिदत्त भए । उत्तरार्धमा जोगी बनेर हँसेखोलामा कुटिया बनाइ बसे ।
१२ - [ १- मनिदत बडू ] ( पत्नी- लक्ष्मी )- तीन छोरा दुई छोरी थिए । यी पनि सन्यास लिएर स्वर्गबास भए ।१- दामोदर बडू ( आजन्म ब्रह्मचारी ) २- धर्मानन्द बडू ( पत्नी- नर्मदा )- थप बिबरण तल छ । ३- रामदत्त बडू ( पत्नी- कुन्ती ) -यिनका ५ छोरामा कमलापति( हाल- धनगढी ), इश्वरदत्त( हाल बम्बैमा कार्यरत ), पुर्ब प्र स नि खिमानन्द( हाल- महेन्द्रनगर), जयदत्त र जगदीश ( हाल- नेपाल आर्मी ) तथा२ छोरी आना जोशी र जमुना भट्ट भए । यिनबाट क्रमस: (१) इ.द्वय सिबराज र पुष्पराज (२) कृष्ण(३)आशीीष-(४) रोहित र (५) प्रकाश गरि ६ नाति छन ।४- छोरी कुन्ती पाण्डेय ( जर्ग )। ६- छोरी- काली पाण्डेय ( ठणकुणा )
१३- [ २- धर्मानन्द बडू ] पत्नी- नर्मदा। हालसम्म ३ छोरा १ छोरीबाट १० नाति ४ नातिनी ४ पनाति र ४ पनातिनी । छोराहरु-१- भानदेव बडू ( पत्नी- राजेश्वरी ) = यो आलेखको लेखक स्वयम् हुन् । त्यसैकारणले मात्र सुबिधाका लागि बंशबिबरणलाइ आफुसंग आबद्ध गरि प्रस्तुत गरिएकोछ । ज्ञात बिबरणलाइ अपडेट गर्दै जानेछु ।थप बिबरण तल छ ।२- दत्तराम बडू- नायब सुब्बा , नेपाल सरकार , हाल जि स स बैतडी( पत्नी- कलशा )= छोरा द्वय सुरेश( स्वास्थ्यसंस्था ब्यबस्थापनमा स्नातक) र मुकेश( हाल कार्यरत- मेगा बैंक ) एबम छोरी डम्मरी पाण्डे ।३- कृष्णदत्त बडू - केदारशिला आ बि मा सिक्षक ।( पत्नी- हिरा ) = छोरा द्वय दिनेश ( बब्यबस्थापनमा स्नातकोतर ) र लक्ष्मण तथा छोरी कान्ति भट्ट र अन्शु बडू । ४- छोरी- रमा जोशी ( जोशीबुङा )
१४ - [ १- भानदेव बडू ]- बि सं २०१३/१/२८ मा जन्मेका भानदेब सुर्कालका बडूहरु मध्ये पहिलोपल्ट एस एल सी गरि पहिलोपल्ट स्नातकोत्तर उतिर्ण पनि भएका ब्यक्ति हुन । यिनले सुदुर पश्चिम दिपायल केन्द्रमा लोकसेवाको जाँच दिनेमध्येबाट पहिलोपल्ट नै अधिकृत पदमा सिफारिस पाएका थिए । प्रबल गोरखा दक्षिण बाहु पदक, दीर्घसेवा पदक, जानपदसेवा पदक आदिबाट बिभुषित हुनु भएका यिनले नेपाल सरकारको उपसचिवबाट सेवा निबृती पाएका छन। सरकारी सेवामा रहदा विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी लगायतका महत्वपुर्ण पदको जिम्मेवारी सम्हालेका थिए । यिनका २ वटा कृति प्रकाशित छन र थुप्रै रचना विभिन्न पत्रपत्रिकामा छापिएका छन । करीब ५ वटा अप्रकाशित कृति प्रकाशनको पर्खाइमा छन । यिनका ४ छोरा छन् । यिनको बसाइ महेन्द्रनगरमा छ ।
१५- १-इ. दीपेन्द्र देव बडू/ पत्नी-अन्जना ।(२ छोरी- अद्रिका र आभा )- हाल सबै परीवार अष्ट्रेलियाको सिडनीमा बस्छन् ।
१५-२- इ.कैलाशदेव बडू / पत्नी - डा. प्रतिष्ठा । ( १ छोरी - प्रदिप्ता ) हाल कार्यरत - काठमाण्डौ ।
१५- ३- दिलिपदेव बडू- अष्ट्रेलियाको रक हेम्पटन र सिडनीमा अध्ययन पुरागरी हाल अष्टेलियामै कार्यरत ।
१५-४-इ. बासुदेव बडू- हाल काठमाडौंमा अध्ययनरत ।
यसरी मोतिबस्तीको सबभन्दा पछिल्लो पुस्ता हाल बस्ति बाहिर नै कर्मथलो खोज्ने क्रममा छ । सम्पर्क अभावले पछिल्लो बिबरण अद्याबधिक भएको छैन । सामान्य नाम र बिबरणहरु पनि फरक पर्न सक्छन् । निरन्तर संशोधन गरीरहने वाचा गर्दै यसबारे सुझाव र सुचना अपेक्षित छन् । कोष्ट भित्र राखिएको संख्याले पुस्तैनी क्रमतिर संकेत गर्छ । बंशक्रम नासिएकाहरुको बिबरण र मातृनाम अप्राप्य रहे । बिबरण छोट्याउनु पर्ने बाध्यता बुझिदिनु हुनेछ । यो अधुरो र अपरिमार्जित आलेखका बारेमा प्राप्त हुने प्रतिकृयाको स्वागत छ ।धन्यबाद ।।
*** ---------------------------------------######################---------------------------***
अनुसुची-१ ( माइखर्कपट्टिको बंशावली )
माइखर्कका बडू उपाध्यायहरुको बंश-बृक्ष
मोति बडु(१)का जेष्ठ सुपुत्र रत्नदेब(२) बाट परके र झुपुर(३) गरी २ छोरा थिए । झुपुरको अपुताली परेकोछ भने परकेबाट छोरा खली(४) र २नाति पुने(५-१) र नरी (५-२) भए । ५-१ पुनेबाट छोरा कपुरे (६-१) नाति दशरथ(६-२) पनाति २ शिबा(७-१) र कुरे(७-२) भए । शिबाका छोरा धनी (८) नाति झलो (९) समेत ५ जना भए । कुरेका २ जना छोरामा जेठा ज्योतिष बिरभान बडू उपाध्याय (८ ) थिए । यिनी नामि ज्योतिष थिए नै, यिनीसंग दुर्लभ ज्योतिष ग्रन्थको संग्रह पनि थियो भनिन्छ । धर्म, दर्शन र ज्योतिषमा यिनी बेजोड मानिन्छन् । बडूहरुको पहिलो प्रामाणिक बंसावली समेत यिनले तयार गरेका थिए रे । दुर्भाग्यबश यिनको ग्रन्थहरुको संग्रह र लेखेका कृतिहरु हाल प्राप्य छैनन । यिनका ४ छोरी थिए तर छोरा भएनन् । यिनका भाइ परुवावाट भने छोरा गंगादत्त(९) र नाति शंकर (१0) भए ।
अर्कोतिर नरी ( ५-२) बाट भने जसीराज(६-१) र डम्मरराज (६-२)२ भाइ भए । जसीराजका छोरा पुर्खे(७) र नाति (८/2)हिरा र प्रताप २ जना भए । हिराका ३ छोरा भए , (९/१) भानु (९/२) दामोदर र घऽणो (९/३) । भानुका ४ छोरा भए -(१०/१) केशब, (१०/२) नारायण, (१०/३) रामदत्त र (१०/४)हरी । दामोदरका पनि चारै छोरा भए - (१०) दुर्गा, काशी, लाल र दुरा । घऽणोका भने (१०)बिरादत्त र दुर्गादत्त गरि २ जना भए । बिरादत्त हाल महेन्द्रनगर बस्छन भने दुर्गादत्त बम्बै तिर बसोबास गर्छन् ।
पुर्खेका अर्का छोरा प्रताप(८) का ४ छोरा थिए - (९)जयदेब, परे , मनोरथ र गणेश । जग्गा मुद्दाका क्रममा जयदेब पहिलो पल्ट काठमाडौं ( तत्कालिन नेपाल ) सम्म पुगेर फर्केका हुदाँ उनी " नैपल्याऽ" भनेर बढि चिनिन्छन । काठमाडौंबाट गुठी बन्दोबस्तको पहिलो प्रमाणित रेकर्ड " सनद " समेत यिनैले ल्याएका थिए । यिनका ३ छोरा छन् । (१०-४) देवदत्त शर्मा( पुर्ब प्रधानपंच, दुर्गास्थान), बलराम शर्मा र डम्बरदत्त शर्मा बडू ( हाल टिम्बर करपोरेशनमा छैठौ तहमा कार्यरत )। एघारौ पुस्तामा देबदत्तका भुवन, किरण, बिपिन,------------- समेत ४ जना, बलरामका उद्धब , पुन्डरिक---४ जना र डम्मरका २ छोरा इ सुदर्शन र इ.अशोक २ छोरा छन ।
(९) परेका(१०-३) तर्कराज, कृष्ण र लछी गरि३ जना र (९) मनोरथका (१०-२) हरी र चक्रप्रसाद दुई जना छोरा छन् ।(९) गणेशको भने हालसम्म कुनै अतोपतो छैन ।
नरीका अर्का छोरा डम्मरराज(६-२) का भने ४ छोरा थिए -(७-४) जयराज, लाटो, पुडके र देबीदत्त ।(७-१) जयराजका छोरा झुले(८) र नाति महादेब बडु(९) हुन । महादेव हालसम्म बडुबंश परम्पराका सबभन्दा पुरानो पुस्ताको जिबित ब्यक्ति मानिन्छन् । यिनका छोरा यज्ञराज(१०) का पदमराज, खेमराज र--- गरि ३ नाति(११) छन् ।
डम्मरराजकै दोस्रा छोरा लाटो(७-२) बाट जन्मेका ३ छोरा गुजे दामु र कले(८) मध्ये हाल दामुपट्टि छोरा रामी (९) नाति प्रेम(१०) र पनाति चिन्तामणि (११)छन। गुजेको भने अपुताली परेकोछ ।
लाटोकै अर्को छोरा कमले(९) का दुई छोरा भए - कृपा(१०-१) र झुले (१०-२ ) । कृपाका ३ छोरा भए- शिव, कृष्ण र हिरामणि (११) । झुलेका भने डम्मरे र लाटो(११) गरि दुई छोरा छन् ।
डम्मरराजका तेस्रा छोरा पुडके(७) का काशी र हरी(८) गरि दुई छोरा भए । काशीका पनि धौले र परीदत्त (९) गरि दुई छोरा भए । परीदत्त वाटुलासौ तिर सरे । उनका वसन्त र देबदत्त(१०) गरी दुई छोरा छन् । अर्का हरी(८) का भने कालो, बिसनदत्त र देबदत्त (९) तीन छोरा भए । यश क्रममा कालोका केशब र पुष्कर(१०), बिसनका दीपक(१०) र देबका कृष्ण(१०) दशौ पुस्तामा बंश बिस्तार हुँदैछ ।
अनुसुची-२ ( कोइरालीपट्टिको बंशावली )
कोइरालीका बडूहरुको बंश-बृक्ष
मोति बडू(१)का अर्का छोरा सतनदेब बडूका बारेमा केही जनश्रुति सुनिन्छन् । तर उनको यथार्थ स्थितिबारे खासै ध्यान दिइएको छैन । भनिन्छ, घर किचलोका कारण केही बर्ष यिनले अन्यत्रै बसाइ सारेका थिए । उत्तरार्धमा मूलभुमी मै फर्के र कोइराली भन्ने ठाउँमा सिमित भए ।
सतनका(२) का छोरा कपुरे(३) र नाति रतन(४) भए । रतनका २ छोरा भए- रमुवा र धर्मा(५) । रमुवाको छोरा अंगद र नाति माधव भएपछि दुर्भाग्यबश अपुताली प-यो । धर्माका भने छोरा नरी(६) र नाति हिरा (७) भए । हिराका दुई छोरा भए- मनुवा र खेट्टे (८)
मनुवा(८)तर्फ ३ छोरा भए- हरिदत्त, दमुवा र हरीप्रसाद (९)। हरीप्रसादका छोरा काशि(१०) , नाति तुलादत्त(११) र पनाति महेश र लक्ष्मण(१२) भए । दमुवा(९) का छोरा नौटे(१०) र ३ नाति - बिरपले, झुसे( रामदत्त) र अन्तराम(११) भए । पनातितर्फ बीरपलेका ३ जना- रेबा, इन्नरे र कृष्ण(१२), अन्तरामका पुर्ब प्र नि नारायण(१२) तथा झुसेका देब((१२) समेत ५ जना छन् । तेस्रा हरीदत्त(९)का भने झुपुरे(१०) र गगरे(१०) नामका २ छोरा भए । झुपरेका ३ छोरातर्फ दहर्ते, तारादत्त र कमलापति(११) गरि ३ छोेरा भए । बारौ पुस्ताका पनाति भने दहर्तेका ---(१२) , ताराका राजु, गोपाल र--(१२) र कमलापतिका जनक(१२) समेत छ जना छन् । गगरे(१०) का छोरा गोपाल(११) का दुई नाति भए- प्रमानन्द र नवराज(१२) भए । परमाका --(१३) र नवराजका-----(१३) छन् ।
खेट्टे(८)तर्फ कलुवा, बिरा र पठने(९)नामका तीन छोरा थिए । बिरा(९) का १ छोरा अर्जुने(१०) र ४ नाति - धौले, जया, परमानंद र रतनदत्त (११) भए । बाह्रौ पुस्ताका नाति भने धोलेका २ अम्बा र पदम, जयाका १महेश, परमाका २जना भानदेव र महादेव र रतनका१ दीपक गरि ६ जना भए । कलुवा(९) का कमले र घुइरे(१०) दुई छोरा तर्फका सन्तान मात्र छन् । कमलेतर्फ हरीराम (११) एक छोरा भए । घुइरेतर्फ भन १ छोरा कृपा(१२) बाट कालो र धनी(१३) दुई छोरा मध्ये धनीका मात्र मनोरथ, प्रजापति र मगनी(१४) तीन भाइ छोरा छन् ।
पठने(९) का ४ छोरामा मौरे, किसने, अजुवा र अनुवा (१०) चार भाइ छोरा भए । मौरेका भगते र गणेश(११) दुई छोरापट्टि भगतेका कृष्णानंद र लछी(१२) र गणेशका----- र-----(१२) गरि-- नाति छन । किसनेका तीन छोरा लाल, रामदत्त र फुने(११) भए । लालका ५ छोरा क्रमस: भगिरथ, देब, जया, नरी र हरी (१२) मध्येबाट भगिरथका ॥॥ देबका नरि ॥॥ जयका॥॥, नरिदत्तका॥॥ र हरदेवका॥॥ (१३)-- नाति छन् । रामदत्तका एक छोरा बिस्ना(१२) बाट----(१३) नाति छन् । फुनेका ---(१२ )--- (१३) नाति छन । पठनेका अर्का छोरा अजुवा(१०)का छोरा परमानन्द (मल्डे) तारा र बलराम (११) दुइ छोराबाट क्रमस: ------- र----- (१२) नाति छन् । अनुवा(१०) का सोबे र बिरभान (११) दुई छोरा भए । सोबेबाट बलदेब(१२) र बिरभानका नारायण र॥॥॥ (१२) बाट क्रमस:--------------(१३) नाति छन ।
अनुसुची-३ ( चाऽल, डाङामाइ, डोबरा र गैरपट्टिको बंशावली )
चाऽल, डाङामाइ, डोबरा र गैरपट्टिको बंशबृक्ष
मोति बडूका तेस्रा सन्तान लखनदेव (२) का ३ छोरामा काशी, शंकरदेव र दुल्लप (३) हुन् ।काशीका दुई छोरा- बासु र भानी (४)मध्ये जेठा बासु(४)का २ छोराका बंशज गैर भन्ने स्थानमा बस्दछन । कान्छा भानि(४)का दुई छोरा- हरी र खण्डू(५) मध्ये हरीका सन्तान पनि चाल र डाङामाइ भन्ने ठाउमा बसोबास गर्छन्। हरीका दुई छोराका पनि क्रमस: डाडा र डोबरामा बस्दछन् यिनै स्थान नामबाट यो नामावली ब्यबस्थित गर्ने प्रयास गरिएकोछ ।
(क)गैरपट्टि
बासू(४) का दुइ छोरा रुदे र मगी(५) मध्ये रुद्रेका सालु र भुरे (६)नामका दुई छोरा भए । सालुबाट क्रमस: एक एक छोरा कुशे(७), नाति परुवा (८) र पनाति चुने (९) भए । चुनेका पठने र गुमे (१०) दुई छोराका सन्तान छन । पठनेबाट पनि एक एक छोरा रोजो(११), नाति करणो(१२, पनाति नंदराम(१३) र खनाति भानदेव(१४) छन । गुमे((१०) का तीन छोरामा मौरे, दमुवा र नेफरे मध्ये मौरे(११)का झुले(१२)बाट बिरा र तारा (१३)गरि दुई छोरा छन । यिनबाट बिरादत्तका बेद (१४)र ताराका ---, ----(१४) गरि दुई छोरा छन् ।नेफरोका परमानंद र भानदेव (१२) दुई छोरा भए । परमानंदका काशि र तारा(१३) र भानदेबका नारायण, रघुवर र राम(१३) नामका नाति छन् । दमुवा (११) का भने छोरा गुजे(१२) बाट धौले र अनि (१३) बाट क्रमस: बलदेव, बिष्णु र नवराज (१४) नामका नाति छन् ।
अर्कोतिर छैठौपुस्ताका सालु र भुरे मध्ये भुरे (६)का बिसो र धर्मा (७) दुई छोरा भए । बिसोका बाँकी धनी, दमुवा र पत्वा मध्ये धनी(८), नंदे(९), जंजाली(१०) मा बंशक्रम पुगेको छ । यिनका गणेश र अनि (११) गरि दुई छोरा छन । गणेशका चन्द्रदेब र अनिका गरी (१२) बंशबिस्तार हुदैछ । दमुवा(८) को छोरा जया(९) नाति धर्मा (१०)र पनाति देब(११) छन भने पतुवा तर्फ छोरा गंगा(९) नाति कुत्त्या(१०) र पनाति भानदेव (११) छन् । नरपते र परभते(८)को अपुताली परेको रहेछ ।
अर्को धर्मे(७) का छोरा(८) हरिसिह, नाति (९)दहर्ते, पनाति(१०) कालू खनाति (११)जयराम बाट(१२) खिमामा बंशक्रम पुगेकोछ । पाँचौ पुस्ताका मगीबडुका पनि छोरो कीडे(६) नाति झुसे (७),पनाति रतने (८) हुँदै खनाति दुई जना परबते र धनी(९) भए । पर्बतेको चिमा(१०) बाट तीन छोरा भए- दामोदर, मनिदत्त र किस्नानंद (११) । दामोदरका पदम (१२) मनुवाका राम र कृष्ण(१२) र किस्नानंदका बलदेब (१२) छन । धनी(९) का भने छोरा दुखे(१०)बाट कमले र हरी(११) दुई छोरा छन। कमलेका गोपाल र राम (१२) र हरीका---(१२) छन्
(ख)चाल र डाङामाइ ।
काशिका दुई छोरा बासु र भानी मध्ये भानी(४)का पनि दुई छोरा भए हरी र खन्डु(५) । हरीका छोरा पति(६)बाट धोलु र मगी(७) मध्ये मगीका उजले र जसी(८) २ छोरा भए ।उजलेका पुर्बे(९) बाट काशि र रतन (१०) भए । काशिका ४ छोरा- जय, झुसे, पर्ते र नरायण(११)बाट क्रमस: छन् । रतनेका- धोले र गणेश(११)बाट------ छन् । यिनीहरु डाङामाइवाला भनिन्छन् ।
जसीका तीन छोरामा जयराम, अन्डे र बाङो(९) भए । जयरामका छोरा लाटो(१०)बाट गोरे, सोबे र जया(११) पट्टिबाट क्रमस: देब, टीका, भानदेब र पिति(१२) गरि ४ सन्तान छन् । देब जुजुनथला बस्छन भने भानदेब र पिति दोधरा बसाइ सरेका छन् । अन्डे(१०) बाट जन्मेका ४ मध्ये झगणो र झुलेको अपुताली प-यो । नन्दे र रुबसे (११) बाट रामदत्त,/ प्रेमदत्त, मनिदत/ कृष्णदत, लछि/ गोपाल/ तारा (१२)गरि ८ सन्तान भए । यिनिहरुवाट निम्नबमोजिम बंशबिस्तार भएकोछ । रामदत्त,/ प्रेमदत्त, मनिदत/ कृष्णदत, लछि/ गोपाल/ तारा बाट क्रमस:----(१३) सन्तान छन् ।
बाङो(१०) बाट भने किस्ने र पौनो (११) भए । किस्नेका रामदत्त र जोगी(१२) भए । रामदतका धर्मानन्द(१३) छन। जोगीका जोखे र बिरादत्त(१३) छन् । यिनीहरु पनि डाङामाइ नै बस्छन् ।
खन्डु(५) पट्टि कुत्ते र दामु(६) भए । कुत्तेका छोरा मन्के(७) नाति अनि(८) पनाति गुजे र जैभान (९) भए । गुजेबाट छोरा मनि(१०) नाति नंदराम(११) हुँदै पनाति नरि /पर्ते/ पत्वा /राम र प्रेम(१२) पाँच भाइमा बंशबिस्तार भएकोछ । जैभान(९)का नन्दे, गगने र धनी (१०) भए ।नंदेका छोरा गोपे(११) बाट धामी जयकिस्ने(१२) छन् । गगनेका ४ छोरा गङ्वा/ कालो/ अनि/ मनी(११) मध्ये गंगा बाट--र मनीबाट ---(१२) छन् । धनीका मल्डे(११) बाट जयराम मात्र छन् । यिनी सबै चाल भन्ने ठाउमा बस्छन् ।
खंडुकै छोरा कुत्ते र दामु(६) मध्ये दामुका छोेरा गोबणो (७) र नाति मनसे तथा किङणो(८) भए । मनसेका मनी र पठाने(९) दुई मध्ये मनिका राम(१०) बाट किस्ने(११) छोरा र जया र अनि(१२) नाति भए । जय भारतको फैजाबादमा बसाइ सरे भने अनिका---------(१३) छन् । पठाने(९) का धनी(१०) बाट जन्मेका धामी जयदेब (११) गाउँलाइ नेतृत्व दिनसक्ने प्रख्यात माथबर मानिसमा गनिन्छन् । उनका चार छोरा(१२)- नन्दराम/ तुला/ जगदीश/ डम्बर बाट नातिहरु----(१३) छन् । गोबडोका छोरा किङणो(८) बाट भने पङणो र माधी (९)छोरा भए । पङणोका धउले(१०) बाट कुते र टिने(११) भए । टिनेका छोरा नरी र काशी(१२)बाट------(१३) छन् । कुतेबाट गणेश, धिङणो, शंकर र खिमा(१२) भए । यिनका---- फैजाबाद सरे भने ---- बाट------(१३) छन् । माधी(९) का काशीबाट (१०) बाट परमे र पतुवा (११) भए । परमेका अनुवा, तारा, केशब(१२) हुन भने पतुवाका रिउलो(१२) हुन् ।
(ग)डोबरा
हरीका छोरा पति(६)बाट धोलु र मगी(७) नाति भए। धौलुका सन्तान डोबरामा बस्छन । धोलुबाट (७) धनी(८) हुदै नातिहरु गुमा, पुरुषोतम र हिरामणि(९) भए । गुमाका किस्ने(१०) बाट कुत्ते र दामोदर (११) बाट क्रमस: देब तथा तारादत्त र अम्बादत्त (१२)छन् । पुरुषोतम(९) हरीदत्त(१०) र उनका मोति, प्रेम र महादेब(११) मध्ये मोति निसन्तान भए । प्रेम भारतको पिथौरागढ बसाइ सरे । उनका वसन्त र रामदत्त (१२) दुई छोरा छन् । महादेबका पुष्कर र सहदेब (१२) छन् । पुरुषोतमकै अर्का छोरा गंगादत्त(१०)बाट ७ भाइ छोरा भए- नंदराम, बिरपल, रघुबर, गुणानंद, दासी, कमले र भगीरथ(११) । नन्दराम निसन्तान रहे अरुका क्रमस: --- छन । अर्का छोरा बिरादत्त(१०) का ४ छोरा मध्ये धर्मा निसन्तान रहे जया(११) बाट तिलक(१२) र ललुवा (११) बाट डम्बर (१२) र जगन्नाथ(११) बाट ---(१२) छन् । हिरामणि(९) का रतन र कालू(१०) दुई छोरा भए । रतनका खेट्टे, ललुवा र रामदत्त(११) तीन छोराबाट क्रमस:---(१२) नाति छन । कालुका नंदे परुवा र चुन्धे अनुवा(११) ३ छोरा भए । यिनबाट क्रमस: ---- छन् ।
अनुसुची-४ ( डङाली, खन्यौला, मटेखोला र तूडापट्टिको बंशावली )
डङाली, खनेउला, मटेखोला र तूडापट्टिको बंशबृक्ष
मोति बडूका नाति दुल्लप (३) बडु का १ छोरा दासी बडू (४)र ४ नाति थिए । २ नाति निसन्तान रहे भने बाँकी मागी बडू(५)का डङाली तिर र सुन्नरे(५)का मटेखोला र तूणातिर बस्छन् । यिनी मध्येका धेरै जसो बेलौरी, महेन्द्रनगरतिर सरीसकेका छन । डङालीबस्ने मागी बडूका सन्तान क्रमस: एक एक गरि(६) पुरने, (७)चिमुवा, (८)खली, (९)दहर्ते, (१०)लालमा सर्दै हाल लालबडूका परमा/ भानु / तुला(११)मा पुगेकोछ । यिनमा परमाका जगदीश र खिमा(१२), तुलाका (१२) र धनगडी गेटा बस्ने भानुका---(१२) सन्तान छन ।
सुन्नरि(५) तिर भने मनी र नङरे(६) २ छोरा भए । मनीका पनि उजले र जसी (७) २ छोरा नै भए । उजलेपट्टि झुले, हरी र लाल (८)मध्ये झुलेका पङणो, गङ्वा, पटके र कैले(९) चार बाँकी रहे ।
पङणो(९)का पर्ते र देब (१०)भए । परतेका गोरे र देबका टीका(११) भए । गङ्वाका छोरा जया(१०) का मनि र लाली(११) बाट क्रमस: कृष्ण / भुरे र -----(१२) नाति भए । पटकेका बिरुवा(१०)का भने गोजे, उजले र राम (११) नामका तीन छोरा भए । उजले महेन्द्रनगर सरे उनका केशबदत्त बडू ( ना सु भिमदत्त न पा ) र ------(१२) गरि २ छोरा छन् । गोजेका-- र रामका ---(१२) छन् ।
कैले(९) तर्फ जसी((१०) बाट ३ छोरा अंगद, राम र धनी(११) भए । अंगदका लाटो(१२) जयराम(१३) हुँदै परमा(१४) मा बंश पुगेकोछ भने रामका छोरा मोजी(१२) नाति चन्नरी (१३) र पनाति मनोहर र लछी(१४) छन् । धनीका २ छोरा चुन्धे र किस्ने (१२)भए । चुन्धेबाट छोरा नरि(१३) र नातिहरु- रुबसे र चन्द्रदेब(१४) भए । यिनीबाट क्रमस:----(१५) छन् । किस्नेका दलुवा(१३) बाट बिरभान र डम्मर (१४) हुँदै नाति----(१५) मा बंशबिस्तार पुगेकोछ ।
सुन्नरि(५) तिरका मनी र नङरे(६) मध्ये नङरीकाछोरा फौरे(७) नाति परुवा र मैसे (८) भए । परुवा का हरी र पतुवा(९) नामका २ छोरा भए । हरीका छोरा गोले(१०) र नाति जगदीश(११) बाट----- मा बंसावली पुगेकोछ भने पतुवाका कानो(१०) र दुखे (११) हुँदै कालो र दहर्ते(१२) बाट कृष्ण/ परमा र ---(१३) जन्मेका हन् । अर्कोतिर मैसे(८) बाट पत्वा, पर्ते र कैले (९) तीन छोराका मात्र सन्तान रहे । पतुवाका अर्जुने(१०) बाट जगरे र दमुवा (११) र कालो(१०) बाट दत्ती , भुरे, चन्नरी र ध्वज (११) चार छोरा भए । यिनीहरुका--- छन् ।
पर्ते(९) का भोके, जोगी र जयराम(१०) तीन छोरा भए । भोकेबाट ३ धोले, भानदेव र उमा(११), जोगीबाट झुसे, गङ्गा र दुर्गा(११), जयरामबाट नरी, रामी,बलराम र तारा(११) छन् । यिनबाट--- भएका छन । कैले(९) का भने छोरा झकडो(१०), नाति लाली(११) र पनाति मदन (१२) भएका छन् । बिरुवाको अपुताली परेकोछ ।
अनुसुची-५
(चोऽरा, पुजरागाउँ, कलुवाखोला र देउलापट्टिको बंशावली )
मोति बडूका नाति शंकरका कपुरे बडू र मगी बडू(४) भए ।कपुरे बडूका सन्तान परिगाउँमा बस्छन । मगी बडूका
छोरानातीमध्ये सरङै(५)का पुजारागाउ, नानखाली, चौटा र चोऽरा, देउला, भुइसीखर्क एबम् जगते(५)का देउला,डङाली र कलुवाखोलामा बस्दछन् ।
क) चोऽरा, पुजरागाउँ, नानखाली र चौटाका बडूहरुको बंशबृक्ष
सरङे(५) का पुरखे, किङणो र मनी(६) तीन छोरा थिए । पुरखेका चार छोरा मध्ये कलुवा र किणा((७) का मात्र सन्तान छन् । कल्वाका छोरा मनके(८) नाति बसुवा(९) र पनाति धौले र बिरुवा (१०) भए । धौलेका छोरा मल्डे(११) बाट फउरे, राम र परमा (१२) तीन छोरा भए । फउरे गुलरिया सरे । अरु नानखाली बस्छन । यिनबाट क्मस:---(१३) सन्तान छन् । उता बिरुवा(१०) का तिउलो, बेसरो र गोरे(११) भए । तिउलोका जया र शंकरे(१२) मध्ये जयाका हरी(१३) र नीजबाट भुबन र --(१४) छोरा छन । शंकरेका सबै छोरा-अनि, मनी, केशब, तारा र धनी(१३) पनि गुलरियातिर सरेका छन् । गोरेका राम , जगदीश र धनी(१२) मध्ये राम र जगदीश गुलरिया सरेका छन । बेसरो(११) का गंगा , कुइरे र दुर्गा (१२) तीन छोरा छन । गंगाका नन्दराज(१३) हुन भने केशबका---(१३) र गुलरिया सरेका दुर्गाका---(१३) छन् ।
पुरखेका ४ छोरा मध्येका किणा(७) का सन्तान भने पुजारागाउतिर सरेका छन् । किणाका पनि ४ छोरा मध्ये तीन - हिरुवा, झुसे र नौटे(८) का मात्र सन्तान छन । डुङरेको अपुताली प-यो । हिरुवाका रगी र गुजे(९) भए । रगिका मधुवा(१०)बाट कासी(११) र सगरे(१२) भए । सगरेका कृष्ण(१३) बाट देबराज(१४?) छन् । गुजे(९) का अनुवाबाट दुखे र छेपरो(१०) हुँदै गणेश, केशब/---(११) मा क्रम पुगेकोछ । झुसे(८) बाट ललुवा, पटने र रतने(९) भए । अहिले रतनेका अर्जुने(१०) बाट मात्र सन्तान छन् । उनका तीन छोरा हिरुवा, सगरे र परे(११) थिए । हिरुवाबाट सोबे र नीलकंठ (१२) भए । सोबे का यज्ञराज (१३) बाट मेजर --- र---- (१४) दुई छोरा छन । यिनी महेन्द्रनगरतिर वस्छन । नीलकंठका रघुवर(१३) बाट-----(१४) छन । सगरेका पनि परते र रामी(१२) बाट क्रमस:-----,----(१३) छन । यसै गरि परेका दुई छोरा देब र उजले (१२) बाट पनि क्रमस:----,-----,/----,----(१३) छन । यिनीहरु पनि कंचनपुर सरेका छन् । अर्का नौटे(८) का पनि बिरसिं र कलुवा(९) नामका दुई छोरा भए । बिरसिंका दलुवा र गुमणो(१०) भए । दलुवाका छोरा दुखेबाट(११) बाट नाति बहादुर(१२) दोधारा सरे । उनका शम्भु र---(१३) नामका छोरा छन् । गुमणो(१०) का सोभान, झुले र कैले(११) तीन छोरा भए । कैलेका थोले , खिमा र तारा (१२) तीन छोरा भए । थोलेका प्र स नि केशबबाट(१३)-----,---- (१४) छन । खिमाका महादेब, नाराुन----(१३) बाट क्रमस:-----(१४) छन् । ताराका कमलापतिबाट(१३)----------(१४) छन् । अर्कोपट्टि कलुवा(९) का किस्ने र परमले(१०) भए । किस्नेका काशि(११) बाट धुकुणो, हरी (१२) भए । धुकुणोबाट देब(१३) र नाति----(१४) छन् । हरिका ---- (१३) बाट---(१४) छन् । परमले(१०) का भने करणो, हरसिङे र धौले(११) बाट भने क्रमस: नेफरो/ अम्बा, भानदेब र दुर्गा (१२) छन् । यिनका----(१३) छन् ।
सरङे(५) का पुरखे, किङणो र मनी (६) मध्ये दोश्रा किङणोका छोरा घोरे(७) र नाति गोपे(८)बाट तीन पनाति अजी, रतने र पुने(९) भए । पुनेको अपुताली प-यो ।अरु चोऽरा अजीका छोरा मुखिया अर्जुने(१०)बाट पनि तीन नाति भए ।- दासी, जगुवा र किस्ने(११) । जगुवाको पनि अपुतालि प-यो । दासीबाट मुखिया परमानन्द(१२) र उनका छोरा ३ जना- देब, लछी र प्रताप (१३) छन् । किस्नेका पाँच छोरा दामोदर/ धौले/ लुते( काशी )/ र गौरे(१२) भए । यिनबाट क्रमस: नौटे र कुइरे / दत्त , गोपाल र बलदेव / भुवन, पदम र नारायण/ बलदेब र---/ केशब र --(१३) छन् ।
गोपे(८)बाटका तीन छोरा अजी, रतने र पुने(९) मध्ये छोरा चुन्धे(१०) नाति गणेश(११) हुँदै पनाति द्वय दत्तराम र नारायन(१२)मा क्रम पुगेकोछ । दत्तरामका २ जना बिरादत् र शिबराज (१३) र नारायनका लक्ष्मी, चन्द्रदेव-----(१३) नामका छोरा छन् ।यिनीहरु कैलाली कन्चनपुरतिर सरेका छन् ।
सरङेका तेस्रा छोरा मनी(६) का तर्फ छोरा किस्ने(७) नाति कित्थे(८) र पनाति जया (९) भए । जयाबाट बिरभान र दमुवा(१०) दुई छोरा भए । बिरभानपट्टि रतने(११) बाट छोरा लुते(१२) नाति मनिदत्त(१३) र पनाति दिपक र बलदेब (१४) छन । दमुवापट्टि भने छोरा कालो(११), नाति जया(१२) र पनाति----(१३) छन् ।
( ख ) तल्लो मल्लो देउला,कलुवाखोला र डङालीपट्टिको बंशबृक्ष
मगी बडुका छोरा जगते(५)का सन्तान देउला,डङाली र कलुवाखोलामा बस्दछन् । यिनका बारेमा केही जनश्रुति छन । यिनी मूल नक्षत्रमा जन्मेका हुनाले दियालगाउका बोहराको घरमा हुर्केका थिए रे । असिमकेदारको धामी समेत रहेको नीज बोहराले हुक्कामा जुठो पानी राखेको निहुमा यिनको हेला होचो गरेका कारण यिनले देवता गुहार्दा असिमकेदारले धामीको रुपमा यिनमा अवतरण गरेका रे । यसपछि असिम केदारका धामी पनि बडुबाट नै रहने परम्परा बस्यो । जगतका पङणो, फुने र चैते(६) तीन छोरा थिए । पुनेको पछि केही रहेन । पङणोबाट छोरा मगी(७) र नाति परुवा र जैसिङ (८) भए। परुवाका नरपते र मनसिङे(९)बाट मात्र सन्तान छन् । नरपते तर्फका रतने र जयराम(१०) भए । रतनेका किस्ने(११) बाट रामदत्त र काशिदत्त (१२) छोरा र यिनका क्रमस: नारायण/ जगदीृश र पद्मराज(१३) तीन नाति छन् । पूर्ब प्रहरी निरीक्षक नारायन महेन्द्रनगरमा बस्छन। यिनका प्रकाश र हरीश(१४) भए भने जगदीशबाट-----(१४) र पद्मका ---,----,----(१४) छोरा छन् । जयराम(१०) का कलसे र धउले(११)बाट क्रमस: झुपुरे र भगुवा(१२) भए भने यिनका पनि क्रमस: जगदीश/ जनक र भान/----(१३) छन ।अर्कातिर मनसिङे(९) का रुबसे र अर्जुने(१०) भए । रुबसेका लाटोबाट(११) धिङणो र कहरे(१२) बाट क्रमस:----/----- र-----/----(१३) सन्तान छन् । अर्जुनेका(१०) हरी, गंगा र गोले(११) बाट पनि क्रमस: नरि/ दुर्गा/ मनि, रामदत्त र मदन/ दत्तराम(१२) भए । यिनको बंशबिस्तार क्रमस:------(१३) मा हुदैछ । सन्तान मल्ला देउलामा बस्छन ।
पङणोका छोरा मगी(७) र नाति परुवा र जैसिङ (८) मध्ये जयसिङपट्टि जगुवा, खन्डे र धर्मा (९) गरि ३ छोरा भए । जगुवाका तिनछोरामा भोके निसन्तान रहे । हरीदत्त (१०)भने जमदार बाजेका नामले प्रसिद्ध छन् ।यी केदार उ मा बि का संस्थापक मानिन्छन र असाध्यै बिकासप्रेमी , स्वप्नद्रष्टा ब्यक्तित्वमा गनिन्छन यिनका नंद र नरिदत्त (११)गरि २ छोरा पट्टि मध्ये नंदेकाछोरा धर्मानंद(१२)बाट गोपाल र----(१३) छन। बेलोरी बस्ने नरीका भने खिमा र राम(१२) हुन । मधुवा(१०) का कै धौले(११) बाट राम(१२) छन् । धर्मा(९) का छोरा रमुवा(१०) नाति कमले(११) र पनाति शंकर/ प्रकाश(१२) छन् । खन्डे(९)तर्फ पौनो र किस्ने(१०) भए । यिनमा पौनोका कालो र नरी(११)बाट क्रमस: शंकर तथा रामदत्त/ धनी/ जगदीश(१२) छन । किस्नेका परकाजु(११) बाट धौले र राम छन् ।
जगते(५) का अर्का छोरा चैते(६) बाट बिरुवा र झुसे(७) दुई नाति भए । बिरुवाका गोबडे र नरी (८)भए भने झुसेका जयभने र किसने(८) भए । गोबडेका गंगा(९) बाट २ छोरा- झगडो र नेफरो(१०) तथा दुई नाति- मनि र बिष्णुदत्त (११) भए । मनिका रघुबर र दुर्गा तथा बिष्णुका बलदेब, लछी र पदम (१२) गरि पाँच नातिबाट क्रमस:--,--,--,-- र --(१३) पनाति छन । नरी(८) का गगरे(९)बाट ठगी र तिउले(१०) छोराबाट एकेक नाति दत्तराम र कैलो(११) भए । दत्तरामका छोरा नंदाबल्लभ र बिश्राम(१२)का सन्तान बेलौरीतिर बस्छन् । कैलोका तारादत्त(१२) बाट----(१३) छन् । यिनीहरु तल्लो देउलामा बस्छन् ।
झुसेका जयभने र किसने(८) मध्ये जयभनेबाट एकएक गरि क्रमस: चिले(९), अज्वा(१०), देब(११) हुँदै हाल बासु/ परमा(१२) मा बंशक्रम पुगेकोछ । किस्ने(८) तर्फ पाँच भाइ- अर्जुने, हिरुवा, जयराम, कमले र मौरे(९) भए । अर्जुनेका झुले र धौले(१०) बाट क्रमस: बिरुवा, दहर्ते र काशी तथा हरूवा र नंदराम(११) भए । यिनका सन्तान कलुवाखोलामा बस्छन । हिरुवाका देब(१०) बाट गगराम (११) हुँदै हेमराज(१२) मा बंशक्रम पुगेकोछ । जयरामका दामु(१०)का भने मनुवा/ रामी/ चन्नरी(११) बाट क्रमस: बिउरे/ कृष्ण/ दासी/ महेश/ दीपक---=(१२) मा बंशबिस्तार पुगेकोछ । कमलेका सगरे(१०) बाट प्रकाश(११) छन् । मौरेका दुई छोरा कालो र गोजे(१०) भए । कालोका भगीरथ (११) बाट दत्तराम---(१२) छन् । गोजेका ३ छोरा कृष्ण, दासी र गोपाल(११)बाट क्रमस:---/----/---(१२) छन ।
अनुसुची-६ ( परीगाउँपट्टिको बंशावली )
परीगाउँपट्टिको बंशबिस्तारक्रम
४- [ १- कपुरे बडू ]मोतिबडूका पनाति कपुरेबडूबाट जसि, हिरा र रामी जन्मिए । यिनका सन्तानहरु परीगाँउमा बस्द छन । १- हिरा बडू(५) यिनको बंशक्रम क्रमस:(६) नारद , (७) गोबडे, (८) नरसिङ, (९) हरी , (१०) धनी (११) जवाहर (१२) कालो हुँदै हाल कालो बडुका दुइ छोरा (१३-१)दामोदर र(१३-२) नंदराममा आइ पुगेकोछ । दामोदरका ३ छोरा (१४)रमेश, प्रकाश र केशब छन भने नन्दरामका लोक र---- गरि २ छोरा छन् । एकपल्ट १०/१२ परीवारमा पुगेको यो हाङ्गो धेरै जनाको अपुताली पर्न गै अचेल दुई परीवारमा सिमित भएकोछ ।
२- रामी बडू (५)यिनी बेद बेदाङ्गका मर्मज्ञ, मेघाबि र जोशिला युवक थिए । शास्त्र मर्यादा अनुसार केदारको पुजा नचलाएकोले असिमकेदारका तत्कालिन पुजारी पालीका बिना भट्टलाई मन्दिरबाटै गलहत्याइ स्वयंले पुजारीको हैसियतमा पुजापाठ चलाएका थिए । पछि कूटमन्त्रबाट बिनाभट्टले यिनको र यिनका नाबालक छोराको अनाहक हत्या गरि अपुताली पारी दिएका कारण परिगाउबासीले अद्यापि बिना भाटका सन्तानका हातको पानी खाने गरेका छैनन् । केही बर्ष स्वयम् पण्डा भै बेद बिधान अनुरुप कामकाज चलाएपछि लोकसम्मति गरि पैतोला ( पाण्डेय ) बाट पुजारी हुने थिति बसालेका थिए । ३ - जसी बडू- थप बिबरण निम्नानुसार छ ।
५- [ जसी बडू ]पाँचौ पुस्ताका जसि बडूबाट कालो र हिमरे(६) नामका २ छोरा भए ।१- हिमरे बडू(६)- मल्लाघरी मुखिया राठी परिगाँइका बाजे हुन् । यिनका(७) झुसे, ( ८)खट्टे र (९) पति बडू क्रमस: छोरा, नाति र पनाति भए । पतिका जयराम, किस्ने, हरी, धनी र संग्राम गरि ५ छोरा थिए । हरी र संग्राम निसन्तान रहे । धनी का धौले र बेसरो दुई छोरा भए । धौलेका नरी र नरीका भवानी र राजु गरि २ छोरा छन् । बेसरोका नंदराम र बिरादत दुई छोरा बाट क्रमस: तारा र हरी तथा तिलक र --- गरि ४ नाति छन । किस्नेका भने छोरा पर्ते, नाति कमले, पनाति गंगा र खनाति कैलाशमा बंशक्रम पुगेकोछ । उता हरीका छोरा मौरे, नाति कल्से, पनाति रामदत्तहुदै हाल खनातिहरु गोपाल, हरी र नवराजमा बंशबिस्तार भएकोछ ।
६- [ २- कालो बडू ] यिनका १ छोरा ७- [ १-रतन बडू ] -२ सन्तान, धनी र लाटो भए । धनी निसन्तान रहे ।
८ - [ १- लाटो बडू ]१ सन्तान मनुवा बडू मात्र भए ।
९ - [ १-मनुवा बडु ] बडुको ज्ञात बंशक्रमका यी चौधौ पुस्तामा पर्छन । यिनका४ छोरा थिए ।१- सकते बडू- निसन्तान भए ।२- काशी बडु- निसन्तान भए । ३- दामू बडू(१०) -मोती बडूपछिको दशौ पुस्ताका दामुका ४ छोरा थिए । ११रौ बंशक्रममा यिनको नाम क्रमस: रिउले, बिरुवा, भानु र झकणो थियो । रिउलेको अपुताली भयो । (११)बिरुवाको एक छोरा(१२) चिमडे र एक नाति(१३) किसनानंद , दुई पनाति (१४)अम्बा र परमा एबम चार खनातिहरु क्रमस: मनोहर र हर्के एबम नब्बी र भास्कर छन ।(१२) भानुका एक छोरा (१३)जुरा / कानु र एक नाति (१४)नफ्वाबाट दुई पनाति देब र मनोरथ छन् । देबका एक र मनोरथ का एक प्रकाश गरि दुई खनाति छन् । (११)झगणोका(१२) रने छोरा र(१३)दत्राम, रामदत्त र धौले गरि ३ नाति भए । दतरामका (१४)देबदत्त एक नाति र उसको एक खनाति छ । रामदत्तका (१४)बिरा, पर्मानंद, जगदीश र नवराज गरि ४ छोरा छन । यिनीहरु कंचनपुरको बाणिमा बस्छन । धौलेका भने (१४)पदम र नवराज गरि दुई छोरा छन । चौथा गुमानीबाट निम्नक्रम चालू छ ।
१० - [ ४- गुमानी बडू ]- एक मात्र छोरा नन्दराज भए ।
११- [ १- नन्दराज ]- एक मात्र छोरा मनिदत्त भए । उत्तरार्धमा जोगी बनेर हँसेखोलामा कुटिया बनाइ बसे ।
१२ - [ १- मनिदत बडू ] ( पत्नी- लक्ष्मी )- तीन छोरा थिए । यी पनि सन्यास लिएर स्वर्गबास भए ।
१- दामोदर बडू ( आजन्म ब्रह्मचारी )
२- धर्मानन्द बडू ( पत्नी- नर्मदा )- थप बिबरण तल छ ।
३- रामदत्त बडू ( पत्नी- कुन्ती - ५ छोरा कमलापति( हाल- धनगढी ), इश्वरदत्त( हाल बम्बैमा कार्यरत ), पुर्ब प्र स नि खिमानन्द, जयदत्त र जगदीश ( हाल- नेपाल आर्मी ) र २ छोरी भए । यिनबाट क्रमस: (१) इ.द्वय सिबराज र ---(२) कृष्ण(३)--(४)--(५) प्रकाश गरि ६ नाति छन ।
४- छोरी कुन्ती पाण्डेय ( जर्ग )
६- छोरी- काली पाण्डेय ( ठणकुणा )
१३- [ २- धर्मानन्द बडू ] पत्नी- नर्मदा। हालसम्म ३ छोरा १ छोरीबाट १० नाति ४ नातिनी ४ पनाति र ४ पनातिनी ।
१- भानदेव बडू ( पत्नी- राजेश्वरी ) = थप बिबरण तल छ ।
२- दत्तराम बडू( पत्नी- कलशा )-
= छोरा द्वय सुरेश र मुकेश( हाल कार्यरत- मेगा बैंक ) एबम छोरी डम्मरी पाण्डे ।
३- कृष्णदत्त बडू ( पत्नी- हिरा )
= छोरा द्वय दिनेश र लक्ष्मण र छोरी कान्ति भट्ट र अन्शु बडू ।
४- छोरी- रमा जोशी ( जोशीबुङा )
१४ - [ १- भानदेव बडू ]- बि सं २०१३/१/२८ मा जन्मेका भानदेब सुर्कालका बडूहरु मध्ये पहिलोपल्ट एस एल सी गरि पहिलोपल्ट स्नातकोत्तर पनि भएका ब्यक्ति हुन । यिनले सुदुर पश्चिम दिपायल केन्द्रमा लोकसेवाको जाँच दिनेमध्येबाट पहिलोपल्ट नै अधिकृत पदमा सिफारिस पाएका थिए । प्रबल गोरखा दक्षिण बाहु पदक, दीर्घसेवा पदक, जानपदसेवा पदक आदिबाट बिभुषित हुनु भएका यिनले नेपाल सरकारको उपसचिवबाट सेवा निबृती पाएका छन। यिनले सरकारी सेवामा रहदा विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी लगायतका महत्वपुर्ण पदको जिम्मेवारी सम्हालेका थिए । यिनका २ वटा कृति प्रकाशित छन र थुप्रै रचना विभिन्न पत्रपत्रिकामा छापिएका छन । करीब ५ वटा अप्रकाशित कृति प्रकाशनको पर्खाइमा छन । यिनका ४ छोरा छन् । यिनको बसाइ महेन्द्रनगरमा छ ।
१५- १-इ. दीपेन्द्र देव बडू/ पत्नी- अञ्जना ) । (२ छोरी- अद्रिका र आभा )- हाल सबै परीवार अष्ट्रेलियाको सिडनीमा बस्छन् । यिनले बुढा नीलकण्ठ स्कुलबाट एस एल सी र काठमाण्डौ तथा क्विन्सलैन्डबाट सिभल इन्जिनियरिङमा स्नातक र मास्टर्स डिग्री पूरा गरेकाछन ।
१५-२- इ.कैलाशदेव बडू / पत्नी - डा. प्रतिष्ठा। ( १ छोरी - प्रदिप्ता ) हाल बसाइ-काठमाण्डौ ।
एपेक्सबाट सुचना प्रबिधिको अध्ययन पूरा । हाल बहुराष्टिय कम्पनी क्लाउड फेक्ट्रीमा प्रोडक्सन प्रमुख ।
१५- ३- दिलिपदेव बडू- हाल अष्ट्रेलियामा अध्ययन पूरा गरि सिडनीमा कार्यरत ।
१५-४-इ. बासुदेव बडू- हाल काठमाडौंमा अध्ययनरत ।
@#$%&*---------------0000000-------------000000000-----------------------@#$%&*
-महेन्द्रनगर/ २०७४-०७-२७
मानसी लोकसाहित्यमा भलौलो
( साभार-कबिराज भट्ट, मिति२०७४/०६/२८ को प्रशासनमा प्रकाशित / फोटो सौजन्य- गुगल )
नेपालको कर्णाली काग हिमालदेखि पश्चिम र भारतको कुमाउ नन्दा हिमालसम्मको क्षेत्र पुराणमा मानसखण्ड नामले विख्यात छ । यही क्षेत्रमा पुर्खादेखि कथ्य परम्परामा हस्तान्तरण हुँदै आएको लोकसाहित्य नै मानसी लोकसाहित्य हो । मानसी लोकसाहित्यलाई पनि लोक गद्य र लोक पद्य दुई भागमा वर्गीकरण गर्न सकिन्छ । मानसी लोकगद्यअन्तर्गत बातै, भडा, नाटक, तथा विभिन्न संवाद पर्छन् भने मानसी लोकपद्यअन्तर्गत सगुना, फाग, अठ्यावाली, धुमारी, चैत गरी यस क्षेत्रमा विभिन्न चाँडवाड तथा शुभकार्यमा गाइने सगुना, फाग, गीत, भैन, भलौलो आदि पर्छन् । भलौलो मानसी लोक साहित्यको लोकपद्यअन्तर्गत पर्ने विधा हो । यस क्षेत्रका नारीहरूले उज्यालो हुने बेलामा गाउँदै आइरहेको लोकपद्य नै भलौलो हो । भलौलोमा समयसँग सम्बन्धित गीत पर्छन् । विभिन्न कथालाई आधार बनाएर कुन समयमा कुन काम गर्नु उचित हुन्छ भन्ने शिक्षा दिने भलौलोमा यस क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा समग्र पहिचान झल्केको पाइन्छ । यस क्षेत्रको रहनसहन, सभ्यता, भेषभूषा तथा समग्र पहिचान बोकेको भलौलो समग्र वाङ्मयकै लोक सम्पत्ति हो ।
यस क्षेत्रमा प्रसिद्ध भलौलोमध्ये रामको कथामा आधारित भलौलो र रानी मौलालाई ब्रह्म महुर्तमा के–के काम गर्नुपर्छ भनी सोधिएका प्रश्न र तिनका उत्तर भएको भलौलो हुन् । रामको कथामा आधारित भलौलोमा सासू कौशल्याले सीतालाई उज्यालो हुन लाग्यो ब्यूझेर पानी भर्न जानु भन्ने प्रसङ्गबाट सुरु हुन्छ भने रानी मौलको भलौलोमा रानी मौलालाई रात कसरी रात कती घडी बाँकी छ भन्ने प्रसङ्गबाट सुरु भएको पाइन्छ । भगवान रामको कथामा आधारित भलौलोको कथा केही मात्रमा रामायणसँग मिले पनि यसमा धेरै कुरा मौलिक छन् । यस भलौलोमा सासू कौशल्याले सीतालाई बिहान हुन लाग्यो पानी भर्न जाऊ भनेको, सीता पानी भर्न गएको अवस्थामा स्वर्णमृग देखेको, सीता मृग देखेर रमाएको र पानी भरेर घर आउन ढिला भएको, घरमा सबै रिसाउनु र अबेर हुनुको कारण सोधेको, सीताले मृगको बयान गरेको तथा राम र लक्ष्मण मृगको खोजीमा गएको कथा छ । यसबाट के प्रष्ट हुन्छ भने यसमा आएको रामायणको कथा वास्तविक रामायणको कथा नभएर काल्पनिक तथा यस क्षेत्रसँग मेल खाने गरी बनाएको कथा हुन सक्छ । यस भलौलोमा यस क्षेत्रको सामाजिक चित्रण प्रष्टसँग गरेको पाइन्छ । भलौलोमा भएका विभिन्न पक्षको चित्रण यसरी गर्न सकिन्छ ।
तत्कालीन परिवेशमा समयको ज्ञान सम्बन्धी चित्रण
आधुनिक घडीको आविस्कार हुनुपूर्व मानिसले समयको जानकारीका लागि पनघडी (पानीघडी)को माध्यमबाट समयको जानकारी लिने कुरा सर्वविदित नै छ । पानीघडी तामाको पातलो कचौरा जस्तो भाँडा हो जसको तलतिर मसिनो प्वाल हुन्छ र त्यसलाई पानीभएको भाडोमा राखिन्थ्यो र त्यो प्वालबाट पानी उक्त भाँडोमा आउने र भरिनेबित्तिकै एक घडी समय भएको मानिन्थ्यो । वर्तमान आधुनिक घडीको एक घण्टा समय बराबर तत्कालीन घडीको अढाई घडी हुन्थ्यो । सबै ठाउँ र समयमा पानीघडीबाट समय हेर्न कठीन हुने भएकाले मानिसले लक्षण अनुसार समयको जानकारी लिने गर्थे । श्वास फेर्दा नाकको कुन प्वालबाट वायू ओहोरदोहोर हुँदैछ, तारा तथा जून कहाँ पुगे, ब्यान तारो उदाएको, चिसो हावा चलेको आदि कुराबाट समयको जानकारी लिने चलन अझै पनि यस क्षेत्रमा चलिरहेकै छ । यसरी भलौलोमा पनि पानी घडीबाट समयको जानकारी लिने कुरा रानीमौलाको भलौलोबाट प्रष्ट हुन्छ ।
आधुनिक घडीको आविस्कार हुनुपूर्व मानिसले समयको जानकारीका लागि पनघडी (पानीघडी)को माध्यमबाट समयको जानकारी लिने कुरा सर्वविदित नै छ । पानीघडी तामाको पातलो कचौरा जस्तो भाँडा हो जसको तलतिर मसिनो प्वाल हुन्छ र त्यसलाई पानीभएको भाडोमा राखिन्थ्यो र त्यो प्वालबाट पानी उक्त भाँडोमा आउने र भरिनेबित्तिकै एक घडी समय भएको मानिन्थ्यो । वर्तमान आधुनिक घडीको एक घण्टा समय बराबर तत्कालीन घडीको अढाई घडी हुन्थ्यो । सबै ठाउँ र समयमा पानीघडीबाट समय हेर्न कठीन हुने भएकाले मानिसले लक्षण अनुसार समयको जानकारी लिने गर्थे । श्वास फेर्दा नाकको कुन प्वालबाट वायू ओहोरदोहोर हुँदैछ, तारा तथा जून कहाँ पुगे, ब्यान तारो उदाएको, चिसो हावा चलेको आदि कुराबाट समयको जानकारी लिने चलन अझै पनि यस क्षेत्रमा चलिरहेकै छ । यसरी भलौलोमा पनि पानी घडीबाट समयको जानकारी लिने कुरा रानीमौलाको भलौलोबाट प्रष्ट हुन्छ ।
ओ रानी मौला तमुइ बोल भाइर कती घडी रात
पानी भरन्याकी सेवा मानेइ गुसाइ बेइझाली रात
पानी भरन्याकी सेवा मानेइ गुसाइ बेइझाली रात
यसमा आएको कति घडी रात भन्ने कुराले रात कती समय बाँकी छ भन्न खोजेको पाइन्छ । घडी नभएको अवस्थामा पनि विभिन्न लक्षणबाट समयको जानकारी लिने कुरालाई रामको कथामा आधारित भलौलोका केही पङ्तिलाई लिन सकिन्छ ।
धन्य बिजोइ खानी कोसेडी लछे राम हरि
कि जाणेइ रातकी बात हो लछे राम हरि
नाककी नथिया मेरा ठण्ण लागि लछे राम हरि
तब जाण्या रातकी बात हो लछे राम हरि
बौलीका खडुवा डण्ण लाग्या…
तब जाण्या रातकी बात…
सपुर पिछौडी मेरा ठण्ण लागि…
तब जाण्या रातकी बात…
कि जाणेइ रातकी बात हो लछे राम हरि
नाककी नथिया मेरा ठण्ण लागि लछे राम हरि
तब जाण्या रातकी बात हो लछे राम हरि
बौलीका खडुवा डण्ण लाग्या…
तब जाण्या रातकी बात…
सपुर पिछौडी मेरा ठण्ण लागि…
तब जाण्या रातकी बात…
उपर्युक्त पङ्तिमा रात सकिन लागेको कसरी थाहा पायौ ? भन्ने प्रश्नको उत्तरमा आफूले लागाएका गहना नाकमा लगाएको नथु, हातमा लगाएका खडुवा, पछ्यौरी आदि चिसो हुन लागेका छन्, यिनै लक्षणको आधारमा अब रात धेरै छैन, उज्यालो हुन लागेको सङ्केत पाए भन्ने कुरालाई प्रष्ट्याउन खोजेको पाइन्छ ।
यसैगरी भलौलोमा पूर्वीय दर्शनले भनेअनुसार ब्रह्म महुर्तमा उठेर सरसफाइ, धर्मकर्म पूजापाठ आदि गर्नुपर्छ भन्ने कुराको साथै तत्कालीन समयको धार्मिक अनुसानको चित्रण रानी मौलाको भलौलोमा यसरी गरेको पाइन्छ ।
ओ रानी मौला तमुई बोल भाइर कती घडी रात
पानी भरन्याकी सेवा मानेई गुसाइ बेइझाली रात
ओ रानी मौला तमुई बोल भाइर कती घडी रात
लिपन्या घसन्याकी सेवा मानेई गुसाइ बेइझाली रात
पानी भरन्याकी सेवा मानेई गुसाइ बेइझाली रात
ओ रानी मौला तमुई बोल भाइर कती घडी रात
लिपन्या घसन्याकी सेवा मानेई गुसाइ बेइझाली रात
यसैगरी फूल टिपन्याकी सेवा मानेई, पात टिपन्याकी सेवा मानेई, पुजारी पण्णाकी सेवा मानेई आदि पङ्तिले ब्रह्म महुर्तमा गर्नुपर्ने कामको समेत जानकारी दिएको पाइन्छ । यसरी भलौलोभित्र तत्कालीन परिवेशमा हाम्रा पूर्खाले समयको जानकारी कसरी पाउथे ? कुन समयमा कुन काम गर्नु उचित हुन्छ ? भन्नेसँगै ब्रह्म महुर्तको महत्वको समेत चित्रण गरिएको पाइन्छ ।
तत्कालीन समाजका सासू–बुहारीको सम्बन्धको चित्रण
सानै उमेरमा विवाह भएपछि बुहारीलाई उचित शिक्षा दिने काम सासूद्वारा हुने गथ्र्यो । बुहारीले सासू–ससुरा, श्रीमान तथा घरपरिवारका सदस्यको सेवा कसरी गर्नुपर्छ ? पाहुनाको सत्कार कसरी गर्ने ? समाजमा कसरी बस्ने ? भनने कुराको ज्ञान सासूहरूले दिने गरेको पाइन्छ । भलौलोमा पनि सासू–बुहारीको सम्बन्धलाई प्रष्टसँग चित्रण गरेको पाइन्छ । सानै उमेरमा विवाह हुँदा बुहारीले भोग्नुपरेका पीडा, सासूबाट बुहारी शासित भएको कुरा पनि यसबाट प्रष्टसँग थाहा पाउन सकिन्छ । केही नकारात्मक पक्ष भए पनि यसमा तत्कालीन समयका लागि उपयुक्त हुने किसिमले बुहारीलाई धर्म, नीति, अनुशासन, तथा घर चलाउने कला सिकाउने गुरुकारूपमा सासूको भूमिकालाई लिन सकिन्छ । बुहारीलाई समयमा उठ्न, उचित समयमा उचित काम गर्न शिक्षा दिएको पाइन्छ । त्यसैगरी यसभित्र नारीहरूले भोग्नुपरेका पीडा र कष्टकर जीवनको समेत चित्रण गरेको पाइन्छ । भलौलोमा सासूले बुहारीलाई कसरी काममा खटाउँथे र काम बिग्रिए गुनासो गर्थे भन्ने कुरालाई रामको कथामा आधारित भलौलोमा यसरी चित्रण गरिएको पाइन्छ ।
सानै उमेरमा विवाह भएपछि बुहारीलाई उचित शिक्षा दिने काम सासूद्वारा हुने गथ्र्यो । बुहारीले सासू–ससुरा, श्रीमान तथा घरपरिवारका सदस्यको सेवा कसरी गर्नुपर्छ ? पाहुनाको सत्कार कसरी गर्ने ? समाजमा कसरी बस्ने ? भनने कुराको ज्ञान सासूहरूले दिने गरेको पाइन्छ । भलौलोमा पनि सासू–बुहारीको सम्बन्धलाई प्रष्टसँग चित्रण गरेको पाइन्छ । सानै उमेरमा विवाह हुँदा बुहारीले भोग्नुपरेका पीडा, सासूबाट बुहारी शासित भएको कुरा पनि यसबाट प्रष्टसँग थाहा पाउन सकिन्छ । केही नकारात्मक पक्ष भए पनि यसमा तत्कालीन समयका लागि उपयुक्त हुने किसिमले बुहारीलाई धर्म, नीति, अनुशासन, तथा घर चलाउने कला सिकाउने गुरुकारूपमा सासूको भूमिकालाई लिन सकिन्छ । बुहारीलाई समयमा उठ्न, उचित समयमा उचित काम गर्न शिक्षा दिएको पाइन्छ । त्यसैगरी यसभित्र नारीहरूले भोग्नुपरेका पीडा र कष्टकर जीवनको समेत चित्रण गरेको पाइन्छ । भलौलोमा सासूले बुहारीलाई कसरी काममा खटाउँथे र काम बिग्रिए गुनासो गर्थे भन्ने कुरालाई रामको कथामा आधारित भलौलोमा यसरी चित्रण गरिएको पाइन्छ ।
पत्ताल बिउज्या काली नाग लछे राम हरि
शिखर बिउजया महादेव लछे राम हरि
भोल बेइ उजालो होइग्यो लछे राम हरि
पानी भरनी बेला हाइरैछ लछे राम हरि
शिखर बिउजया महादेव लछे राम हरि
भोल बेइ उजालो होइग्यो लछे राम हरि
पानी भरनी बेला हाइरैछ लछे राम हरि
यसैगरी लिपनी घसनी बेला होइरैछ, फुल टिपनी बेला होइगैछ, सन्या गरनी बेला होइरैछ आदि भनेर सासूले सुतिरहेकी बुहारीलाई बिउझाएर काममा लगाएको चित्रण यहाँ पाइन्छ ।
सबकी बुहारी चेली पानी नावा लछे राम हरि
हमरी बुहारीको जागो नाई भयो लछे राम हरि
उगाड उगाड सीता दार जोलो लछे राम हरि
हमरी बुहारीको जागो नाई भयो लछे राम हरि
उगाड उगाड सीता दार जोलो लछे राम हरि
यसरी घरका सदस्यको निद्रा खराब हुने डर तथा सानो घरमा ठाउँठाउँमा घरका अन्य सदस्य सुतिरहेका र बाहिर निस्कने बाटो नभएको एवम् के भन्ने हुन भन्ने डर तथा लाजले बुहारीलाई बाहिर निस्कन समेत मुस्किल परेको कुरा यसरी अभिव्यक्त गरिन्छ ।
दशरथ सौर सिताई छन लछे राम हरि
कसिकाइ उगाडौ मुइत दार जोलो लछे राम हरि
कसिकाइ उगाडौ मुइत दार जोलो लछे राम हरि
यसैगरी राम भतार सीताई छन्, लछेमन देउर सीताइ छन्, कसी काइ उगाडु मैत दारजोलो भनेर बुहारीले भन्ने गरेको कुरा यहाँ देखाइएको छ । तत्कालीन समयमा घरको सुरक्षाका लागि कुकुर पाल्ने गरेको र घरको मूल ढोका (खोलादेली)मा कुकुर सुत्ने गरेको र बुहारीले कुकुरको डर मान्ने कुरालाई समेत यहाँ यसरी देखाइएको पाइन्छ ।
खोलादेली झपुवाकी चौखी लछे राम हरि
कसीकाई उगाडु मुइत दारजोलो लक्षे राम हरि
कसीकाई उगाडु मुइत दारजोलो लक्षे राम हरि
यसरी विभिन्न सम्स्याका बाबजुत पनि बुहारीले सासूले अह्राएको काम समयमा गर्नुपर्ने बाध्यताको चित्रण गरिएको पाइन्छ ।
हात समाइछ रूपा घडुली लछे राम हरि
कोखीमुणी शिर सिरौणी लछे राम हरि
सीता रानी पानीनाव गैन लछे राम हरि
नारीले भोग्नु परेका पीडाको चित्रण
कोखीमुणी शिर सिरौणी लछे राम हरि
सीता रानी पानीनाव गैन लछे राम हरि
नारीले भोग्नु परेका पीडाको चित्रण
तत्कालीन परिवेशमा नारीले नुहाउन बन्द कोठाको व्यवस्था नभएकाले पानीका मुहानमै खुलारूपमा नुहाउनु परेको अवस्थाको चित्रण यहाँ गरिएको पाइन्छ । कसैले नदेखुन् भनेर अँध्यारोमै पानीका मुहानमा गएर चिसो पानीले नुहाउनुपर्ने बाध्यता हुन्थ्यो । पुस÷माघको ठण्डीमा समेत चिसै पानीले नुहाउनु, तुसारोमा नाङ्गै खुट्टाले हिँड्नु र विभिन्न किसिमका रोगले च्याप्नु एकातिर आफैमा समस्या थियो भने अर्कोतिर पानीका मुहानमा नुहाउँदा भोगी पुरुषबाट असुरक्षित हुनु अर्को समस्या हुने गथ्र्यो । युवतीको नाङ्गो शरीर हेर्ने लालसा भएका दुष्ट पुरुष लुकेर नुहाएको हेर्ने तथा नारीप्रति आकर्षित भएर विभिन्न किसिमका जाल रच्ने पुरुषको चरित्रलाई पनि भलौलोमा यसरी देखाएको पाइन्छ ।
नाइधोइ सीतारानी सूर्ज ज्वार लछे राम हरि
अइतिर धेक्यो सुनामृग लछे राम हरि
मृग धेक्यो अचम्मको लछे राम हरि
तामाले बादेकी पिठ थिई लछे राम हरि
अइतिर धेक्यो सुनामृग लछे राम हरि
मृग धेक्यो अचम्मको लछे राम हरि
तामाले बादेकी पिठ थिई लछे राम हरि
यसैगरी सुनाले बादेका दन्त थिया, चाँदीले बादेकी पुछ थिई, लुवाले बादेका खुर थिया, सीतारानी अचम्म पडी, सीतारानी मृगैका ख्याल, सीतारानी घर लौटी आइन् । यसरी रावले मृगको रूप धारण गरी सीतालाई आकर्षित गर्न खोजेको प्रसङ्गबाट तत्कालीन समाजका पुरुषको भोगी चरित्र तथा विभिन्न प्रलोभनमा पारेर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृतिको चित्रण एकातिर पाइन्छ भने युवायुवतीको प्रेमलाई अपराध सम्झने समाजको समेत यसमा चित्रण गरिएको पाइन्छ । बुहारीले कामबाट समयमा घर फर्कन नसके विभिन्न किसिमका शंका उपशंका गर्ने, रिसाउने, गाली गर्ने तथा विभिन्न शारीरिक तथा मनोवैज्ञानिक दबाब दिने कुरा पनि प्रष्टसँग थाहा पाउन सकिन्छ । बुहारीले समयमा पानी नल्याएकाले घरका सदस्य अगाडिदेखि नै रिसले चुर भइरहेको करालाई यसरी देखाइएको छ ।
भोलबेइ उज्यालो होइग्यो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरि
घाम दडिई वर आयो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरि
बासीतुसी पानीले सन्न्या ग¥यो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरी
बासीतुसी पानीले कोट लायो लछे राम हरी
नाइ आयो सीताको पानी लछे राम हरी
नाइ आयो सीताको पानी लछे राम हरि
घाम दडिई वर आयो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरि
बासीतुसी पानीले सन्न्या ग¥यो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरी
बासीतुसी पानीले कोट लायो लछे राम हरी
नाइ आयो सीताको पानी लछे राम हरी
कोट चिणी चिणी पैतोली, कोट चिणी चिणी गोडी गाठा, घुणजोला, जाङ जोला, आदि गरी घर पुरै बनाइसक्दा पनि पानी नपुगेको र एकातिर सबै जना बुहारीदेखि रिसाइरहेको र अर्कातिर कतै दुर्घटना त भएन की भन्ने चिन्ताले आकुलव्याकुल हुने गरेको कुरा यहाँ देखाउन खोजिएको छ । त्यसैगरी अबेर घर बुहारीसित कोही पनि नबोल्ने काममा नसघाउने कुरालाई यसरी देखाएको छ ।
सीता रानी घर लौटी आइन लछे राम हरि
कौसिला सासु तमुइ बोल लछे राम हरि
घडुली बिसोइ हम दिय लछे राम हरि
जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरि
राम भतार तमुई बोल लछे राम हरि
घडुली उचाइ हम दिय लछे राम हरि
जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरि
कौसिला सासु तमुइ बोल लछे राम हरि
घडुली बिसोइ हम दिय लछे राम हरि
जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरि
राम भतार तमुई बोल लछे राम हरि
घडुली उचाइ हम दिय लछे राम हरि
जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरि
यसरी घरका सबै सदस्यलाई आग्रह गर्दा पनि टाउकोमा राखेर ल्याएको भरिएको पानीको गाग्री जमिनमा राख्न कसैले सहयोग नगरेको हुँदा आफैले बलजफतपूर्वक भाडो बिसाएको कुरालाई यसरी देखाएको पाइन्छ ।
शिर है उचायो घडु कुमजोला लछे राम हरि
कुमु है उचायो घडु छाति जोला लछे राम हरि
छाति है उचायो घडु काखी जोला लछे राम हरि
काखी है उचायो घडु बाइर खाख्यो लछे राम हरि
कुमु है उचायो घडु छाति जोला लछे राम हरि
छाति है उचायो घडु काखी जोला लछे राम हरि
काखी है उचायो घडु बाइर खाख्यो लछे राम हरि
बुहारीले पानी भर्न अबेर गरेकाले विभिन्न कुरा सुनाएर उसमाथि प्रश्न गरेको पाइन्छ ।
ओ रानी सीता तमुई बोल लछे राम हरि
पनिया इतनी क्या बेर लछे राम हरि
बुहारीले काममा ढिला भएको कारण यसरी बताइएको छ ।
पानिया भरना मुइले मृग धेक्या लछे
मृग धेक्या मुइले अचम्मको लछे राम हरि
तामाले बादेकी पिठ थिई
सुनाले बादेका दन्त थिया
सुनाले बादेका सिङ्ङु थिया…
मुइ भुल्यो मृगका खेल लछे राम हरि
तब भैछ पनिया बेर लछे राम हरि
पनिया इतनी क्या बेर लछे राम हरि
बुहारीले काममा ढिला भएको कारण यसरी बताइएको छ ।
पानिया भरना मुइले मृग धेक्या लछे
मृग धेक्या मुइले अचम्मको लछे राम हरि
तामाले बादेकी पिठ थिई
सुनाले बादेका दन्त थिया
सुनाले बादेका सिङ्ङु थिया…
मुइ भुल्यो मृगका खेल लछे राम हरि
तब भैछ पनिया बेर लछे राम हरि
यस किसिमले मृर्गको ख्यालमा पानी ल्याउन अबेर भएको कुरा बुहारीले बताएको पाइन्छ । यसरी तत्कालीन समाजमा बुहारीले गरेका हरेक कामबारे जानकारी लिने र विभिन्न कमजोरीले बताउनुपर्ने परिवेशको भलौलोमा चित्रण गरिएको पाइन्छ ।
पति–पत्नीको प्रेम र नारी हठको चित्रण
हिन्दु सभ्यता अनुसार नारी र पुरुषमा हुने प्रेम केवल पति र पत्नीबीच मात्र हुनुपर्छ भन्ने मान्यता अनुसरण गरेको पाइन्छ । नारी पुरुषले एकआपसमा असाध्य प्रेम गर्ने र पुरुषले पनि नारीको प्रेमका लागि ज्यानै जोखिममा राखेर पनि पत्नीले भनेको कुरा पु¥याउने कुरालाई पनि यसमा देखाएको छ । सीताले देखेको मृग सुन्दर भएको र उक्त मृगलाई उपहारका रूपमा मलाई ल्याइदिनु भनेर रामलाई आग्रह गरेको अनि रामले मृग ल्याउने बाचा गरी धनुष लगेर वनतिर गएको कुराबाट पति पत्नीको प्रेमलाई एकातिर झल्काएको छ भने यस्तो मृग प्रकृतिमा सम्भव छैन यो कुनै छल हुन सक्छ यसमा जिद्दी नगर यसले विनास ल्याउन सक्छ, पछि दुःख पर्न सक्छ भन्दा पनि सीताले उक्त मृग जसरी पनि ल्याउनै पर्ने कुराले नारीमा हुने हठ र त्यसले निम्त्याउने सङ्कटलाई पनि यहाँ यसरी देखाउन खोजिएको छ ।
हिन्दु सभ्यता अनुसार नारी र पुरुषमा हुने प्रेम केवल पति र पत्नीबीच मात्र हुनुपर्छ भन्ने मान्यता अनुसरण गरेको पाइन्छ । नारी पुरुषले एकआपसमा असाध्य प्रेम गर्ने र पुरुषले पनि नारीको प्रेमका लागि ज्यानै जोखिममा राखेर पनि पत्नीले भनेको कुरा पु¥याउने कुरालाई पनि यसमा देखाएको छ । सीताले देखेको मृग सुन्दर भएको र उक्त मृगलाई उपहारका रूपमा मलाई ल्याइदिनु भनेर रामलाई आग्रह गरेको अनि रामले मृग ल्याउने बाचा गरी धनुष लगेर वनतिर गएको कुराबाट पति पत्नीको प्रेमलाई एकातिर झल्काएको छ भने यस्तो मृग प्रकृतिमा सम्भव छैन यो कुनै छल हुन सक्छ यसमा जिद्दी नगर यसले विनास ल्याउन सक्छ, पछि दुःख पर्न सक्छ भन्दा पनि सीताले उक्त मृग जसरी पनि ल्याउनै पर्ने कुराले नारीमा हुने हठ र त्यसले निम्त्याउने सङ्कटलाई पनि यहाँ यसरी देखाउन खोजिएको छ ।
राम भतार तमुइ बोल लछे राम हरि
मृग लेइ हम दिय लछे राम हरि
ओ रानी सीता तमुइ बोल लछे राम हरि
जन पडै मृगका पाछा लछे राम हरि
तैबात होलो विनास लछे राम हरि
मृग लेइ हम दिय लछे राम हरि
ओ रानी सीता तमुइ बोल लछे राम हरि
जन पडै मृगका पाछा लछे राम हरि
तैबात होलो विनास लछे राम हरि
जति भन्दा पनि सीताले नमानेपछि राम र लक्ष्मण जङ्गलतिर गएको प्रसङ्ग यसरी दिएको पाइन्छ ।
हिट भौल्या मृगका खोज लछे राम रही
एकन डडेली काटी दोसरीका छिना
नाई पायो मृगको खोज लछे राम हरि
एकन डडेली काटी दोसरीका छिना
नाई पायो मृगको खोज लछे राम हरि
यसरी जति गर्दा पनि मृग नमिलेको, वनमा असुभ सङ्केत देखिएको र घरमा सीताको अपहरण भएको कुरालाई लिएर पति–पत्नीको प्रेम र नारी हठले निम्त्याएको पीडालाई यहाँ प्रष्ठरूपमा देखाउन खोजिएको छ ।
भलौलोको जीवन दर्शन
भलौलोमा हिन्दू दर्शन र मानसी लोकाचारका कुरालाई देखाउन खोजिएको छ । बह्म महुर्तमा उठेर नित्यकर्म गरी पूजापाठ गर्नु, अनुशासित जीवन बिताउनु, ठूलाबडाले भनेको मान्नु आदि कुरालाई यसमा देखाएको पाइन्छ । भगवान रामका आदर्श गुणको अनुशरण गर्नु पर्ने, पति पत्नीव्रत धर्मका कुरालाई राम्रोसँग चित्रण गरिएको पाइन्छ । यसैगरी कुनै कुरामा गम्भीर भएर विचार गरी अघि बढ्नुपर्छ, हठ गर्नु हुँदैन, विचार नपु¥याइ काम गरे त्यसले पश्चाताप मात्र हुन्छ, दुःख मात्र भोग्नु पर्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने समयको महत्व यसभित्रको मुख्य दर्शन हो । यसरी समग्रमा वर्तमान नेपालको सुदूरपश्चिमी तथा भारतको चम्पावत जिल्लालगायत कुमाउ, गडवाल क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, नैतिक आदि समग्र पहिचान भलौलोले बोकेको पाइन्छ ।
भलौलोमा हिन्दू दर्शन र मानसी लोकाचारका कुरालाई देखाउन खोजिएको छ । बह्म महुर्तमा उठेर नित्यकर्म गरी पूजापाठ गर्नु, अनुशासित जीवन बिताउनु, ठूलाबडाले भनेको मान्नु आदि कुरालाई यसमा देखाएको पाइन्छ । भगवान रामका आदर्श गुणको अनुशरण गर्नु पर्ने, पति पत्नीव्रत धर्मका कुरालाई राम्रोसँग चित्रण गरिएको पाइन्छ । यसैगरी कुनै कुरामा गम्भीर भएर विचार गरी अघि बढ्नुपर्छ, हठ गर्नु हुँदैन, विचार नपु¥याइ काम गरे त्यसले पश्चाताप मात्र हुन्छ, दुःख मात्र भोग्नु पर्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने समयको महत्व यसभित्रको मुख्य दर्शन हो । यसरी समग्रमा वर्तमान नेपालको सुदूरपश्चिमी तथा भारतको चम्पावत जिल्लालगायत कुमाउ, गडवाल क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, नैतिक आदि समग्र पहिचान भलौलोले बोकेको पाइन्छ ।
Subscribe to:
Posts (Atom)