( योगेन्द्रनाथ दिक्षितको हिन्दी कबिता " घर चाहता है, मै तोता बन जाउ" को भावानुुबाद )
पेन्सन पकाएर घर आउदा आफुत
पिंजराको सुगा जस्तो पो हुन पुगिएकोछ।
जाली भित्रको कमानीमा मात्र झुुन्डिएर
राम राम जस्तै केही मात्र बोलिरहन पर्ने
फगत एक थान पट्टुमा परिणत भइएछ।
पिजरामा राखिएको बासी दालमा
जथाभावी मिसाएका टुक्रे रोटीसंगै
कटौराको फोहर पानी
मेरो दैनिकीको खाान्गी बनेकोछ ।
मेरो परीवारको कृपामा परेर
साना फुुच्चेले सिकाएका केही जार्गन बोलेर
म
नयाँ भााषा सिक्दैछु ।
आँँखाा नचाउदैु ।
तोकिएको परिधिमा नाच्दैछु ।
त्यहि गर्दैछु
त्यहि बोल्दैछु।
आफनै प्वाख तोल्दैछु।
मुक्त आकाश हेर्दैछु ।
हात खुुट्टा तन्काएर
पट्टु राम राम भन्दैछु ।।
म सुगा जस्तै बनुँ
म सोच्दैछु, मेरो घर सोच्दैछ ।।
No comments:
Post a Comment