रागसपुरको राज्य ?
---------******--------
---------******--------
रागसपुरको राज्य होलो हौउ , मनेषु हम कै का,
मनेषु हम कै का गुसाइ मेरा, मनेषु हम कै का ।।
गाउँमा गौरापर्बको रमाइलो रौनकसंगै भन्डारको खऽला ( चौर, मैदान ) मा स्थानिय द्यौताको आव्हान गर्दै यो धार्मिक गाथाको गीत गुन्जीरहेको हुन्थ्यो । ढोलङा ( एक प्रकारको बाद्य यन्त्र ) का लयबद्ध तालमा लोकमानस रागस( राक्षस ) हरुको राज हुने भएपछि हामी मनुष्य कसका हुने भयौ त? भन्दै आफना गुसाँइ ( मालिक ) मानिएका स्थानिय देवताहरुसंग कारुणिक याचना गरिरहेका हुन्थे । गाथा कथा अनुसार बाल्याबस्थाको त्यो दुनियाँमा राक्षसहरुको राज्य हुने सम्भावनालाइ चमत्कारिक लोकदेवताहरुको उपस्थितिले समाप्त गरिदिन्थे । मेरो कल्पनाको त्यो रागसपुरको राज्य देवताको भुमीको रुपमा प्रतिस्थापन हुन्थ्यो । सोच्थे, संसारमा खराब मान्छेहरु मात्र छैनन् । राम्रा मान्छे पनि छन् । यो बिश्वास आज पर्यन्त कायम छ ।
उल्लेखित लोकगाथा अनुसार उहिले, सायद भुतप्रेत- तन्त्रमन्त्रमा आधारित लोक बिश्वास र आर्य सनातन परम्पराको अन्तरघुलनको समयमा खपरे नामको तान्त्रिक राक्षसी शक्तिले यस भेगमा आतङ्क मचाएको थियो । त्यसको प्रतिकारमा यहाँका सबै जसो स्थानिय देवताहरु एकीकृत भए । मेरो घरबाट पारिपट्टि देखिने ऐचेकाँणाको डाडामा युद्ध लडियो । खापरे दैत्य मारियो । उसका सेनामेना धपाइए । यहाँ शान्ति कायम भयो । त्यस बेलाका युद्धकालिन अबशेष अहिले पनि त्यो डाँडाको मैदानमा भेट्टिन्छन ।
त्यसपछि आयो संक्रमणकालिन अर्को आपत । स्थापित संस्कारको चलन अनुसार छुनै नहुने त्यो बिधर्मी दैत्यलाई छोएको हुनाले केही देवता अस्पृश्य मानिए । केही भने शुद्धिस्नानका लागि तिर्थाटनमा जाने भए । गाउँगर्खा फेरी संरक्षक बिहीन हुने भए । फलत: जनमानसले रागसपुरको राज्य हुने भयो भनेर पुकारा गर्न थाले । भनिन्छ, लोकचाहना बुझेर स्वस्थानका पबित्र नदितटस्थित तिर्थस्थलमा स्नान गरि देवताहरु यथास्थान फर्किए ।
हो, मैले सानो छँदा यहि पाठ पढेको थिए । यहाँ राक्षस पनि आएका थिए, देवताहरु पनि बस्दथे । मेरा शिशु कल्पनामा अभिमानी राजा र सुन्दरी रानी मात्र हैन, आममानिस, पशुपंक्षि र लताबृक्ष समेत आएका हुन्थे। यी सबैका आआफना संसार कायम थिए । यो गतिशील धर्तिमा सबै कुरा कालक्रमानुसार घुम्दो रहेछ । भनिन्छ, घुम्ने बेला पृथ्बी पनि एकतर्फ थोरै झुकेको हुन्छ । त्यो बिनम्र शालीन झुकाइले नै यसलाई गतिमान बनाइ राख्छ । अभिमानमा अडिनेलाई जड भनिन्छ, जो हुनु नहुनुमा खासै फरक पर्दैन । मेरो सानो गाउँ सँधै गतिशील रह्यो । बिनम्र बनी रह्यो ।
रागसहरु देवताभन्दा कुन अर्थमा भिन्न हुन्थे त ? कहिलेकाहि म कल्पना जगतमा प्रबेश गर्छु । रागसहरु मानिसको रगतमा रमाउने रक्तपिपासु हुन्छन रे । यस्तो प्रबृति अहिलेपनि यदाकदा दृष्टिगोचर हुन्छ । सामान्य बिषयमै रगतको खोला बगाउने जस्ता भयानक कुरा निकाल्नेहरुसंग जम्काभेट भएको छ भने बिचार गर्नु होला, त्यहाँ कतै दानबीबृति कायम छ । देवता वा दानव भन्नू प्रबृति बिशेषको नाम पनि हो । यस्ता नकारात्मक प्रबृतिका रागस वा भूतप्रेतहरुको लागि हाम्रो लोक वाङमयले बिभिन्न उपचार पनि खोजेको छ । तन्त्रमन्त्रबाट भुतप्रेतलाई बोलाएर काममा जोताउन पनि सकिन्छ रे । हाम्रै बाजे बराजेले यस्ता कैयौं काम यस्तै भूतहरुबाट सम्पन्न गराएका थिए रे । लोक किम्बदन्ति अनुसार उहिले ढिक पुर्चौडी भेकतिर त मान्छेको मासु खाने डिङे राजा नै भएका थिए रे । लोक बिश्वास अनुसार हाम्रै गाउँमा पनि यस्ता रागसहरु बस्ने कतिपय भीरपहरा, खोलानालाहरुले बर्सेनि मानिसको ज्यान खानै पर्थ्यो रे । ती अप्रीय प्रसंगहरुले अहिले रोमान्चित गराउछन् ।
" मान्सखात "( मानिसलाई खाने ) कथित मानिसलाइनै रागस भनिएको पो हो कि, प्रबृतिगत कुरा गर्दा म यदाकदा अडकल काटदछु । आममानिसमाथि कुनै न कुनै बहानामा गरिएको शोषणले रागसपुरको राज्य धानिएको हुँदो हो । राबणको पालामा टेक्सको रुपमा ऋषिमुनीहरुबाट रगत उठाइएको थियो । राणाकालमा झुलाघाटको पूल वारीपारि गर्दा काली र गोरी महिलाहरुको भिन्न दरमा भन्सार टेक्स काटिन्थ्यो । सबै कालमा रागस र देउताको संघर्ष भएकै देखिन्छ । राम- राबण, कृष्ण- कंश,पाण्डब- कौरब देखि भागेश्वर- नागीमल्लसम्मका सबै कथा यस्तै सुर- असुर संघर्षका कथा हुन । स्थानिय लोकपर्बमा यस्ता दुखेसाहरुको निरन्तर गायन चलिरहन्छ । आजभोलीको सन्दर्भ त जग जाहेर नै हुनाले बिस्तार भयका कारण दिइएको छैन । यो दुनियाँमा अद्यापि खराब मान्छेहरु समेत बिभिन्न नामरुपले बिराजित भएकैछन् र पो ईतिहास दोहरिरहेको हुन्छ ।
प्राग्ऐतिहासिक मिथकदेखि समुदाय बिशेषका ऐतिहासिक भुुुुमिका उपर बिचार गर्दा समकालीन समयसंग सबै पुस्ताको सिकायत रहेकै हुदो रहेछ । मानिसलाई आआफ्नै दु:ख प्यारो हुन्छ । मेरो बुवा, बाजे र परबाजेको समेत यस्तै संघर्ष गाथा थिए । तत्कालिन रागसहरुसंग सबै पुस्ताले लडेकै हुँदो रहेछ । फरक यति हो, लोक मानसमा केही घटना सुरक्षित हुन्छन । केही बिस्मृतिको खाडलमा हराउछन् । हाम्रा बाजे प्रतापदेवले चुच्चे चट्टानलाई युध्द गर्न तम्तयार फौजको अखाडा बताएर लुटपाटका लागि आएको परचक्री फौजलाई झुक्याएका थिए । तन्त्र बिधानबाट पुजा चलाइ आएका पुजारी बिना भाटलाई वैदिक बिधान अनुसार पुजा आजा चलाउन नमानेकाले हाम्रा परबाजे रामीले मन्दिरबाटै लघारी आफु पुजारी बनेका थिए । डोटी राज्यको बिलयलाई नेपालको एकीकरण भन्ने कि गोर्खा राज्यको बिस्तार मान्ने ? छलफलको बिषय हुनसक्छ । त्यो बेलाका प्रताडना कथा बारे अनुमान मात्र गर्न सकिन्छ । राणाकालमा पनि वारो ( सरकारि कर्मचारीलाइ खानपानको ब्यबस्था मिलाउने तोकिएको कर ) समयमा नपुर्याएकोले गाउलेहरु कुटिएका हुँदा सिङ्गै गाउँ एक जुट भै थिचोमिचोको बिरुद्ध लडेको थियो रे । यो सबै रागस प्रबृति बिरुद्धको युद्ध नै त थियो । यस्ता संघर्ष कहिले सम्झौतामा सकिन्छन् । कहिले षडयन्त्रमा तुहिन्छन् । केही मात्र निर्णायक हुन्छन् र इतिहासमा दरिन्छन । उक्त राणाकालिन बिद्रोहमा मुख्य पिडित नै लोभ लालचमा फसी मुद्दा तुहाउनमा लागेका थिए रे । यस्ता परीघटनाहरुमा जनमानसले सिक्नु पर्ने थुप्रै शिक्षा लुकेको हुन्छ । ईतिहास शासकहरुको हारजितको अतित मात्रै होइन भविष्यको मार्गदर्शन पनि हो ।
समयले परीबेशमा फरक पार्दछ । हामी अचेल बिज्ञान प्रबिधिको युगमा छौ । न जटाजुट पालेर जोगी भै जिउन सक्छौ । न त टनकपुरबाट पैदल हिडेर दैनिक आबश्यकता पूरा गर्न सक्छौ । बरु एउटा कोठामा बसेर दुनियाको हालचाल बुझ्न सक्छौ । महान बिचार र दुर्लभ ग्रन्थका सन्दर्भ सजिलै जम्मा गर्न सक्छौ । देश देशावर नजिक हुँदै गएका छन् । सामाजिक सन्जाल मार्फत टाढाका मानिससंग प्रत्यक्ष बात मार्न सक्छौ । सिमित आकांक्षाहरुको तुष्टि सजिलै हुनसक्छ । त्यसैले आमने सामनेको लडाई भन्दा परोक्ष मायावी मैदानको युद्ध झन जटिल बनेकोछ । यहि जटिलतामा बर्तमान संघर्षका कथा उपकथा उनिन्छन् । यसै परीबेशमा यसको समाधान पनि पहिल्याइन्छ । आम मानिस उहिलेका बिजेताहरुसंग सँधै कृत्यकृत्य भेैरहनुपर्छ भन्ने कथ्य मात्र मर्यादाको ईतिहास होइन । केही स्थापित रूढ मान्यता तोडनै पर्दछ । उहिलेका असान्दर्भिक कथामा अडिइ रहनेहरु कि धुुुुर्त हुन, कि मूर्ख हुन । यो बिचारणिय कुरा छ ।
अन्तमा फेरि देवता र रागसका युद्धको सन्दर्भमा जाउ । स्मृति र कल्पनाबाट मात्र खोतलिन सकिने मेरा पुर्खाको अतीतलाइ म माया गर्छु, सम्मान गर्छु । कोहि मानोस , न मानोस, यो लेखन ब्यक्तिगत मेरो हो । तर छापिएपछि यो सार्बजनिक हुन्छ र यसप्रतिको मेरो जिम्मेवारी रहिरहन्छ । ब्यक्ति र समाज दुबैका जरा अतीतका यस्तै प्रसंगसंग जोडिएका हुन्छन् । यसै पृष्ठभुमीमा बिचारका क्याराभानहरु बिचरण गर्दछन् ।
माथिको गाथामा भनेजस्तै रागस नै आएर मात्र सबै बिग्रन्छ भन्ने पनि छैन । थिति बिग्रिएमा देउता नै पनि राक्षस हुन्छन रे । कहिलेकाहीँ धामी मार्फत आउने भनिएको देवताको बोलको सांकेतिक अर्थ पनि यस्तै लाग्दछ । अझ यो भेग भरि नै देवताको नामबाट मानसिक आतङ्क फैलाउनेमा कथित धामीहरु नै बदनाम भएकाछन् । देवताको भण्डार भण्डारेहरुबाटै हिनामिना भएकोछ । पुजारीहरुले स्वयम् मर्यादाको उलंघन गरेका कतिपय दृष्टान्त देखिन्छन् । कथित राजाहरुले आफनोलागि दरबार र रानीका निम्ति नाउला बनाउने बाहेक कुनै थिति बसालेको र उल्लेखनिय सार्बजनिक काम गरेको कुनै ईतिहास छैन । पुराना शासनको केही शब्दावली परिवर्तन बाहेक मानसिकता उस्तै छ । मुखिया, धामी र हेराउने ज्योतिषको नेक्सस ( अपबित्र गठबन्धन ) ले गाउँ गर्खा घुमाएको यथार्थबारेमा बाजुराको एउटा गाउको कार्यक्रममा एउटा गीत सुनेको थिए ,
माथिको गाथामा भनेजस्तै रागस नै आएर मात्र सबै बिग्रन्छ भन्ने पनि छैन । थिति बिग्रिएमा देउता नै पनि राक्षस हुन्छन रे । कहिलेकाहीँ धामी मार्फत आउने भनिएको देवताको बोलको सांकेतिक अर्थ पनि यस्तै लाग्दछ । अझ यो भेग भरि नै देवताको नामबाट मानसिक आतङ्क फैलाउनेमा कथित धामीहरु नै बदनाम भएकाछन् । देवताको भण्डार भण्डारेहरुबाटै हिनामिना भएकोछ । पुजारीहरुले स्वयम् मर्यादाको उलंघन गरेका कतिपय दृष्टान्त देखिन्छन् । कथित राजाहरुले आफनोलागि दरबार र रानीका निम्ति नाउला बनाउने बाहेक कुनै थिति बसालेको र उल्लेखनिय सार्बजनिक काम गरेको कुनै ईतिहास छैन । पुराना शासनको केही शब्दावली परिवर्तन बाहेक मानसिकता उस्तै छ । मुखिया, धामी र हेराउने ज्योतिषको नेक्सस ( अपबित्र गठबन्धन ) ले गाउँ गर्खा घुमाएको यथार्थबारेमा बाजुराको एउटा गाउको कार्यक्रममा एउटा गीत सुनेको थिए ,
माइलो मुख्या जेठो धामी कान्सो छ हेराउन्या ।
एकै घर तीन पगडी गाउँ गर्खा घुमाउन्या ।।
यसरी प्रकारान्तरले शोषण गरीरहने प्रबृति रहेसम्म रागसपुरको राज्य चली रहने आशंका भइ नै रहन्छ । बैज्ञानिक आधार नभए पनि लोकमानसले रागस आतङ्कलाई प्रकारान्तरबाट अझै ब्यहोरी रहेकै छन् । हाम्रो गाउँ नजिकैको एउटा बिद्यालयको शौचालय यस्तै आतङ्कका कारण भत्काइएको चर्चा सेलाएको छैन । देउघातको नाममा मनौतिका महंगाकथाहरु यस्तै कित्तामा पर्दछन । अर्कोतिर बोरामा हालेर बगाइ दिने र छ: इञ्च छोटो बनाइ दिने धम्कि पाएका , पाई राख्नेहरु , दिएका र दिइराख्नेहरु पनि समाजमा जिउदै छन । श्रमको सम्मान गरिएको छैन । भेदभाव कायम छ । सर्बसाधारणमाथि प्रत्यक्ष अप्रत्यक्ष लुटखसोट भएकैछ । राक्षसहरुले पनि त यसै गरि गाउलेहरुलाइ दु:ख दिएका होलान । यस्ता बिपरित प्रबृतिहरुसंग लडन सक्ने जोधाहरुलाई नै इतिहासले नायक मानेको हुन्छ । यहाँ बुझ्नु पर्ने कुरा के छ भने कुनै पनि युगका रागसहरु ठल्ठुला कुरा गर्न त सिपालु हुन्छन , तर यथार्थमा महामुर्ख हुन्छन । हाम्रा पौराणिक ग्रन्थहरु, लोकगाथाहरु र दन्त्यकथाहरु राक्षस भूतप्रेतका बखान यस्तै मुर्खतापुर्ण बृतान्तले भरिएका छन् । यिनिहरु तुक न तालका आकाश पातालका गफ दिन सक्छन् । मानिसहरुलाई भ्रममा पार्न सक्छन । अरुलाई मायावी वातावरण बनाएर बहकाउन सक्छन । तर यथार्थ धरातलमा जाँदा यिनीहरुको मायावी व्यवहार आफै उदाङ्गिन्छ । सज्जन मानिस सीधा किसिमले आफनो काम गरीरहेको हुन्छ । सदाचारी मानिसहरु दृढ निश्चयी बने भने रक्तपिपासु रागसहरुो राज कहिल्यै आउदैन । आउनोस, माथिको गाथामा बर्णित त्यो देब दानव युद्धको योजना बनाउने ससालिङ देवता, हतियार उठाउने कैलपाल देवता र प्रत्यक्ष भिडने लाटो साइपाल जस्ता विभिन्न देवताको आफैंमा आव्हान गरौ । हाम्रो गाउँको पबित्र माटोमा अब उप्रान्त रागसपुरीको राज्यको सम्भावना समाप्त गर्न आआफनो निश्चित कर्तब्यपथमा साबधान भएर लागि रहौ । समय सहकालले सँधै हामीलाई साथ दिई रहनेछ । आसन्न गोऽरा महापर्बको सबैमा यहि हार्दिक मङ्गलमय शुभकामना !
ं





You can access the total area from the Indian Ocean to the Pacific Ocean with this impressive rail journey. Here you will experience the world’s greatest and as well as the longest rail journey. The beautiful sceneries of the Blue Mountain, the rural countryside of Australia, Broken Hill and other mesmerising sights are waiting for your appreciation. It will reach you to the west coast of Australia.
How will you make your plan depending on the days you have on your hand? For example, you have a week to spend here. The best option is to choose one region but cannot be more than two regions. Otherwise, you cannot enjoy the excitements of all the places meticulously. Precisely, you have to plan your tour depending on the number of days you are going to spend in Australia.


