बाहुनबाद र केही प्रश्न
( लेखक- गनेस पौडेल , समाधान डट कमबाट साभार )
एकदिन मैले फेसबुकमा स्ट्याटस राखेंः ‘बाहुनवाद’ शब्दको प्रयोग सबैभन्दा पहिले कसले गरेका हुन् ? म आफैं बाहुन भएकाले कतिले त कटाक्ष पनि गरे ।
धेरैले डोरबहादुर बिष्टको नाम लिए । कतिले उपनिवेशकालीन बेलायती भाषाको शब्दकोषको हवाला पनि दिए । जसले गरेको भए पनि नेपाली समाजमा जुन रुपमा ‘बाहुनवाद’ वा ‘ब्राह्मणवाद’ भन्ने शब्दावलीको प्रयोग गरिएको छ त्यसको खास अर्थ नकरात्मक छ । यो नकरात्मक कुरा किन छ भने धेरैले बाहुनलाई शासक वर्गको रुपमा बुझ्छन् । तर के नेपालका बाहुनहरु शासक वर्ग नै हुन् त ?
शासक वर्गको एउटा मुख्य पहिचान भनेको राज्यस्रोत माथि कब्जा गर्नु हो । के नेपालका बाहुनहरुले राज्यको सम्पदामाथि कब्जा जमाएका थिए त ? छन् त ? प्रश्नले प्रश्न जन्माउँछ ः नेपालका १०० वा १००० वा लाखै जना सर्वाधिक धनी मान्छेको लिष्ट बनाउने हो भने कति जना बाहुन पर्छन् होला ?
गमी हेर्छु, आधुनिक भनिएको एकीकृत नेपालमा २३७ बर्ष राजकाज गर्ने शाह राजाहरु क्षेत्री थिए । (उनीहरुलाई डोरबहादुर विष्ट जस्ता केहीले मगर र केहीले त मुसलमान पनि भनेका छन् ।) एक सय चार वर्ष देश कब्जामा लिने राणाहरु क्षेत्री थिए । पञ्चायत कालका त्यही शाह–शासन नै हावी थियो भने प्रधानमन्त्रीहरु पनि क्षेत्री नै थिए । बाहुनले कार्यकारी धानेको सात साल र १७ साल बिचको १० बर्ष र ४६ साल पछिको केही खण्डमा मात्रै हो । त्यस अवधिमा पनि सत्तामा सबैजना बाहुनै मात्रै थिए भन्ने होइन । क्षेत्री राजा सबै समयमा हावी थिए ।
तथापी नेपालको अविकासको कारण क्षेत्रीलाई किन मानिएन ? बाहुनलाई किन मानियो ? क्षेत्रीवाद किन भनिएन ? बाहुनवादी किन भनियो ? सोच्न बाध्य हुन्छुः डोरबहादुर एक ‘बिष्ट’ थिए । मेरो जानकारीमा त्यो क्षत्री थर हो । आफ्नै जातिलाई खुट्टामा उनी किन हानून् ? तर उनलाई एक जनालाई नहानी भएको थिएन । अरु जातिलाई हान्दा बबन्डर हुने ठाने, बाहुनलाई हाने । (धेरैले सोचे जस्तो डोरबहादुर यदि शासकबाट गायब पारिएका हुन् भने पनि त्यो ‘बाहुनवाद’ शब्दलाई जन्माएका कारणले थिएन् । बरु शाहवंशीय राजाहरुको ‘मगर’ कनेक्सन देखाएको कारणले थियो ।)
बाहुनले धोती लगाएजस्तै लामाले रातो लगाएकै हुन्छन्, तर लामावाद किन नभनिएको होला ? क्रिस्चियन ननहरुले सेतो फरिया उनेर जिन्दगीभर अविवाहित हुन्छन् । पादरीले जनैजस्तै क्रस झुन्डिएको लकेट लगाएकै हुन्छन् । त्यसलाई अन्धविश्वास किन भनिएन होला ? मुसलमानहरुले जुँगा फालेर दाह्री मात्रै राख्छन्, उनीहरुकै अनौठो बस्त्र लागउँछन् । त्यसमाथि कटाक्ष किन भएन होला ? बाहुनको टुप्पी, जनै र धोतीमा मात्रै किन यस्तो घृणाभाव उब्जाइएको होला ?
बाहुनको पहिचानको रुपमा धेरैले बुझ्ने कुरा यस्ता छन् । टुप्पी पाल्ने, जनै लगाउने, प्रारब्धको खेल भनेर काम गर्न प्रेरित नगर्ने, जे कुरामा पनि प्युरिटी खोज्ने, हिन्दूवर्णाश्रमको संरक्षक, अन्धविश्वासको खेती गर्ने । यी कुरा हदसम्म सत्य पनि हुन् । तर के यस्ता आडम्बरहरु अरु जातिमा छैनन् ? डोर बहादुर विष्टले भनेजस्तो ‘प्रारब्धको खेल’ भनेर पूर्व जन्म, पुनर्जन्म वा स्वर्गसिधारको आश्वासन नभएको धर्म कुन रहेछ ? बाहुनले धोती लगाएजस्तै लामाले रातो लगाएकै हुन्छन्, तर लामावाद किन नभनिएको होला ? क्रिश्चियन ननहरुले सेतो फरिया उनेर जिन्दगीभर अविवाहित हुन्छन् । पादरीले जनैजस्तै क्रस झुन्डिएको लकेट लगाएकै हुन्छन् । त्यसलाई अन्धविश्वास किन भनिएन होला ? मुसलमानहरुले जुँगा फालेर दाह्री मात्रै राख्छन्, उनीहरुकै अनौठो बस्त्र लागउँछन् । त्यसमाथि कटाक्ष किन भएन होला ? बाहुनको टुप्पी, जनै र धोतीमा मात्रै किन यस्तो घृणाभाव उब्जाइएको होला ?
हिन्दू वर्णाश्रमको जग बसालेको पनि बाहुनले होइन, शासक अर्थात क्षेत्री राजाले हो । छुवाछुतका विषयमा गाउँमा सबैभन्दा कट्टर विचार पाल्नेहरुमा बाहुन छन् कि अरु समुदाय छन् ? तर पनि किन त्यसको पुरै दोष बाहुनलाई मात्रै दिइयो ? यसमा बाहुन त्यत्ति नै जिम्मेदार छन् जति अरु जाति जनजाति छन् ।
बाहुनका बारेमा हिन्दू शास्त्र भन्छः बाहुनले हलो जोत्न (कृषि गर्न) हुँदैन । व्यापार गर्न हुँदैन । सैनिक सेवामा जान हुँदैन । राजा (शासक) हुनु हुँदैन । यो नै खासको वाहुनवाद थियो । अर्थोपार्जन भुलेर ज्ञानको बाटो नछोडुन भनेर बाहुनहरुले यस्तो अनुशासन कायम गरेका थिए । मेरा बा पठित थिएनन् तर मलाई सदैव भन्थेः ‘पानी खाएर भए पनि पढ ।’
कृषि, उद्योग–व्यापार, सैन्यसेवा र शासनसत्ताका चार कामबाहेक, हिजोको अविकसित समाजमा कुन त्यस्तो काम थियो जसले राज्यश्रोतमाथि कब्जा जमाउँथ्यो ? अनि बाहुनलाई किन देशको अविकासको कारक भएको धब्बा लगाइयो ? किन भनियो कि बाहुनहरु शासक हुन् ? किन भनियो कि यिनीहरुले राज्यको श्रोतमाथि कब्जा जमाए ?
बाहुनका लागि रोजीरोटीको बिकल्प भनेको आश्रम (स्कुल) चलाउनु, पुरेत्याइँ गर्नु, ज्योतिषीय सेवा दिनु र शासक वर्गका दरवारमा भान्छे हुनु मात्रै थियो । त्यति काममा सीमित भएर बाँच्दा रोजगारीको अवसर कति जनालाई हुन्थ्यो ? उहिलेको आश्रम भनेको अहिलेको निजी विद्यालय होइन । विद्यार्थीले ल्याएको भिक्षाले आफू र विद्यार्थी दुवै पालिनुपर्ने रोजीरोटी मात्रै हो । राणाकालसम्म निजामती भने पनि जे भने पनि उही ‘सैनिक’ सरहकै भर्तिपाठी थियो । बाहुनको लागि त्यो सरकारी जागिर पनि बञ्चित थियो । बाँकी रह्यो ज्योतिषविद्या र पुरेत्याइँ । एक पुरेत र एक ज्योतिषले पुरै गाउँको जजमानी धान्न सक्थ्यो । अर्थात सपाट कुरा के भने, गाउँका अरु बाहुनहरु बेरोजगार भएरै बाँच्थे ।
तर त्यो निष्पट्ट गरिबीका बिचमा पनि ‘पानी खाएर पढिरहने’, मान्छे कसरी यो देशको शोषक वर्ग भयो ? वाहुनको एकसरो धोती, खाली खुट्टा, फेसनविहिन टुप्पी कपाल, रहरको होइन गरिबीको परिचायक हुन् । बाहुनले मांस भोजन गर्न हुँदैन, लसुन प्याज र मसलेदार कुरा खान हुँदैन भन्नुको पछाडिको कारण पनि बाहुनको गरिबी नै हो । (नेपालकै अहिलेको जनगणनामा गरिबहरुको लिस्ट हेर्नूस् । के बाहुन अरुभन्दा धनी छन् ?) यसका बाबजुद पनि बाहुनहरुले पढे र पढिरहन सके । यसो गरेर उनीहरुले मान्छेको ज्ञानलाई बचाउने मानवीय काम गरे की अविकासको अन्धविश्वासी कारक बने ?
क्रमश … !
क्रमश … !
No comments:
Post a Comment