Monday, May 13, 2013

बादलभित्रको एउटा गाउँ






–bfOgf] ePO dxfdf6L, bfOgf] xf] s]bf/ .
–:yfgLo d+unuLt



बिषय-प्रबेश
       सुदुर पश्चिमको ग्राम्यांचलहरुमा कुनैपनि कामगर्दा ‘माटि दाहिना रहुन’ भनेर स्थानिय भुमी देवताको आशिर्वाद माग्ने गरिन्छ । आपत बिपत पर्दा माटो गुहार्ने ( माटि घत्याउने ) र देउघात हाल्ने प्रचलन अध्यापि देखिन्छ । यहाँका प्राचिन शैल शिखरहरु, पबित्र पाटनहरु र  शिबस्वरुप शिलाहरुलाइ चेतनशील शक्तिको रुपमा पुजा गरिन्छ । यहाँका प्रतेक कंकरहरु शंकर हुन् , फलत: माटोले निसाफ बिगार्दैन भन्ने यस क्षेत्रमा बलियो जन बिश्वास छ ।
     यिनै मान्यताको पृष्ठभुमीमा म मेरो गाऊँ सम्झिरहेकोछु । काली कुमायूँको चिसो स्याँठलाई छेक्नेगरी पश्चिमपट्टि उभिएको बिशाल बायु पर्बत र यसै पर्बतिय श्रृंखलाको छायामा हुर्किएका प्राचिन ऋषि मनिषिहरुका आश्रमहरुलाई नमन गर्दै मेरा गाउँका प्रतेक बुङा-थुम्काहरु, दोमिल्ला-दोभानहरु, तोली- भन्ज्यांगहरु र शेरा-बगरहरुमा स्थापित लोकदेवताका किम्बदन्तिहरुलाई स्मरण गरिरहेकोछु । ग्वाल्लेकमा रोपाई नभएसम्म तथा दुबोको रुखमा उक्लिने र दुबोको छायामा बस्ने मानिसहरु नजन्मे सम्म यो गाऊँमा कलियुगको पुर्ण प्रभाव पर्ने छैन भन्ने मेरो गाऊँको जन बिश्वासप्रति सम्मान जनाउछु । म यस महान धरतिको पुत्र हुँ भन्ने मलाइ गर्ब छ । हाम्रा बन्दनीय स्थानिय देवता श्रीकेदारको आल (क्षेत्र ) मानिएको मेरो सुरकाल गाऊँको गौरब गाथा सम्झदा मेरो मन मयुर सारै आल्हादित हुन्छ ।
    नेपालका बिसौं हजार गाऊँमध्ये यो गाऊँ पनि एउटा हो । सबै सामान्य गाऊँघरहरुको जस्तो यस गाऊँमा पनि सुख दुख दुबै छ । यहाँका गाउँलेहरु पनि अहोरात्र काममा खट्दछन । यहाँ धनी-गरीब, मोटा-दुब्ला, काला-गोरा, बुढा-तरुना सबै खालका मानिस बस्दछन । जे भए पनि र जो भए पनि सबै एउटै माटोले बनेका हुन ,एउटै माटोमा खेलेका-हुर्केका हुन् । यसैले सबै गाउलेहरु समान समस्या र समान बोली ब्यबहार भएका आम आफन्त हुन् ।
      सबै गाऊँघरको जस्तो यहाँ पनि धेरै जना खेतिपाति गर्दछन् , केहि पढदछन र थोरै जना बन्द ब्यापार गर्दछन । केहि यत्र तत्र नौकरी र ज्याला मजदुरी गर्न पनि गएकाछन । बसाइ सराइ गर्नेहरुको संख्या सारै थोरै छ । गएकाहरु पनि बिशेष पर्ब समारोहमा अबश्यै फर्कन्छन । अचेल सारै थोरैहरु एकअर्काका कुरा काटने, जान्ने सुन्ने भएको स्वाङ गर्ने र काम कम गरि गफ मात्रै हाक्नेहरुको नयाँ बर्ग पनि पलाएकोछ । जे भए पनि हाम्रा गाऊँलेहरुमा थुप्रै समानता छ । घाउ चोट सबैलाई दुखे जस्तै नमिठो बचन कसैलाई पनि राम्रो लाग्दैन । गाऊँ घरमा झैझगडा नहोस र मर्दापर्दा सबैको सहयोग रहोस भन्ने सबैको प्रयास रहन्छ । कुल मर्यादामा निहित उच्च आदर्शहरुको सबैले सकेसम्म पालन गर्दछन ।
      तर समष्टिमा गाउको सोच अझै ब्यबस्थित छैन यहाँका मानिस घरी एउटा कुरा सोच्दछन , घरी अर्को कुरा । गाऊँको पहुँचमा गतिलो स्कुल छैन । सामान्य स्वास्थ्य सेवा पनि उपलब्ध छैन । खेतीपातीबाट परीश्रम अनुसार आम्दानी भएको हुदैन । जल, जमीन र जंगलको समुचित प्रयोग भएको छैन । बिडम्बना र बिकृति निरन्तर बढिरहेकाछन । बदलिदो बिश्व परिबेशका नबीनतम बिचार बुझ्न गाउलेहरुलाई हम्मे हम्मे परेकोछ ।
     यो पृष्ठभूमी र बर्तमान कालक्रमको परीप्रेक्षमा थातथलोको महिमा र पुर्बजका पौरखका बारेमा सबैले जानकारी राख्नै पर्ने हुन्छ । यसो भएमा मात्र समाजमा एकता र सद्भावको बिकास हुन्छ । स्वस्थ र सन्तुलित दृष्टिकोण तयार हुन्छ र सुन्दर सुनिश्चित भबिष्य निर्माणगर्ने दिशामा अग्रसरहुन सकिन्छ ।
     यसै सोचलाई बढि वस्तुगत बनाउदै मेरो गाऊँको धरातलीय चर्चामा लागौं ।
भौगोलिक अवस्थिति
     सुदूर पश्चिमांचलको एकमात्र उत्तर दक्षिण राजमार्गको डोरो बैतडी नपुग्दै निंगलासैनी शक्तिपीठ रहेको देहिमाण्डौ बजारको प्रबेश बिन्दुबाटैदक्षिणतिर झर्ने मुल बाटो देखिन्छ । त्यसै दिशामा देखिने बिशाल ग्वाल्लेक पर्वतको काखैमा अबोध शिशु सुतेजस्तो एउटा सुन्दर शान्त गाऊँ देखिन्छ । बैतडी सदरमुकामबाट ४ कोश टाढा र देहिमाण्डौबाट डेढ कोश दक्षिणको यो पर्बतीय पावन ग्रामको मौलिक स्वरुप अझै त्यति बिग्रेको छैन । हरिया बन-खेत, दुधालु गाइ बस्तु र आज्ञाकारी परीवारजनको आन्तरिक आनन्दमा यहाँको परिबेश अझै रमाएकैछ ।
स्कन्दपुराण मानसखण्डमा काशि बनारस भन्दा पनि यो समुच्चा क्षेत्रलाइ पुण्यप्रदा मानिएकोछ । यहाँका प्रतेक बन प्रान्तरमा शिबजीको बास छ भनिन्छ । कैलाश मानसरोबरको यात्रा-पथ यिनै लेक बेशी भएर हिमाल पारी पुग्दछ । देवताहरु परिभ्रमण भैरहने यहाँका रमाइला पाटन र पर्बतहरुको आआफनै बिशेषता छ । यहाँको भुगोलमा कतै रामकृष्ण का गाथा गाइन्छन भने कतै पबित्र पादुका चिन्ह छन । पाण्डबले बोकेका भनिएका बिशाल शिलाखंड र यिनै ले बनाएका मन्दिरहरू अझै देखिन्छन । रामले खोलेका धाराहरु र सीताले न्वाउने नाउलाहरुको लामो बिबरण तयार हुनसक्छ । यहाँका कोट-गढी, बुंगा-बनहरूको स्वतन्त्र र शौर्य सम्पन्न इतिहास छ । प्राकृतिक सम्पदा, गिरी-शिखर, ताल-तलैया, ढुंगा-माटो, आगो-पानी, घाम-बतास समेतलाई भगवानकै स्वरुप मान्ने सुदूर पश्चिमेलि परम्पराबाट हेर्दा यहाँको पाइला पाइलामा देउताको बास छ जस्तो लाग्दछ । यो बिसेषता समुच्चमा यस क्षेत्र भरिकै हो । यस लेखमा बर्णित सुरकाल गाऊँका सन्दर्भमा पनि यहि बिशेषता उल्लेखनिय छ । 
नामाकरण
यस क्षेत्रकै प्रमुख देवताको शिरस्थान मानिएको ग्वाल्लेक धुरा ( प्राचिन बायु पर्वत) असिमी केदार समेत श्रीकेदारको आल भित्र परेकोले यसको छोटकरी स्वरुप अपभ्रंस हुदै सुरकाल भएको हो भन्ने अध्येताहरुको भनाइ छ । ब्यक्ति वा थर बिशेषका लागि आल ( क्षेत्र) छुट्ट्याउने प्रचलन हाम्रो देशमा पहिले देखिनै चलेकोहो । काठमाण्डौ खाल्डोलाई मात्र नेपाल भनिएको यथार्थमा त्यो नेवा: जातिको आलबाटै अपभ्रंश भएकोहो । ग्रामको सानो रुप गृह भए जस्तै आल( (क्षेत्र)को सानो रुप आलय (घर) प्रत्यय लागेका थुप्रै शब्दहरु लोक-प्रचलनमा रहेका छन ।
यसरी श्रीकेदारको आल कालान्तरमा श्रीकेदार आल,श्रीको आल, सिरकाल हुदै सुरकाल भएको हुन सक्दछ । गाँउका सनद सवालहरुमा साविक देखि स्थापित श्रीकेदार देवताको गुठी अहिलेसम्म सोही नामबाट राजगुठीमा दरिएकोछ । यसै गरी स्थानिय लोकदेवताहरु खापरे दैत्यसंग लडाइ गर्नु अघि मन्त्रणाकालागि यसै गाउमा जम्मा भएका थिए रे । देवताहरू एकै ठाऊमा जम्मा भएका हुनाले श्रीको आल भनिएको होला भन्ने एकथरिको अडकल छ ।
प्रमुख स्थान-ग्वाल्लेक धाम
गाँउकै सेरोफेरोमा देखिने सिढीजस्ता गराहरु, त्यसभन्दामाथिको हरियो जंगल र अझ माथिको रहस्यमय पर्वत श्रृखला मिलेर यो गाउँमा गजबको बान्की हालेकोछ । गाऊको छेउछाउ बग्ने खोलाहरुको किनारमा ऊभिएका  हरिया बृक्षहरुको लामो लहर पर्बतीय ढलान हुदै क्षितिजमा हराएको दृश्यले यहाको परिबेशलाई थप रहस्यमय बनाएकोछ । यो आलभित्र शिबस्वरुप मानिएका श्रीकेदारका बिभिन्न रुप र शिबगणहरु स्थापना गरिएकाछन । बिबिध नामरुपले प्रचारित यिनीहरुको परीचय दिदा देवस्थल र स्थान बिशेषको झिनो अन्तर छुट्याउन गारो पर्दछ । जे भए पनि श्री केदारको आल नै बर्तमानको सुरकाल हो ।
समुद्र सतहबाट करिब ८ हजार फिटको उचाइमा रहेको त्रिशुलाकार पर्बत श्रृंखला र त्यसको वरपरको क्षेत्रलाइ ग्वाल्लेक धामको रुपमा बैतडी जिल्लाभरि नै श्रद्धा र बिश्वासको केन्द्र मानिन्छ । पश्चिम महाकाली पारिबाट आउने चिसो स्याँठलाइ रोक्ने हुनाले प्राचिन समयमा यसलाई बायु पर्बत भनिन्थ्यो । बायु पर्वत वरिपरिकोतटीय क्षेत्रलाई बायु तट भनिएको र कालान्तरमा यहि शब्द अपभ्रंसित भै “बैतडी” बन्नगएको हो भन्ने बिद्वानहरूको बिचार छ । यस प्रकार बैतडीको नामाकरण गर्ने यो शिखर जिल्लाकै केन्द्रस्थलमा पर्न आउछ । कालक्रममा ग्वालाहरु बस्ने लेक भएकोले ग्वाल्लेक कहलिएको हो भन्ने एकथरिको भनाइ छ । यस्तै सेतो फूल फुल्ने गुबो (बुकी ) प्रसस्त पाइने हुनाले गुबालेक नै ग्वाल्लेक भएको हो भन्ने अर्को भनाइ छ।
जे भए पनि सुरकाल गाउको पुरै पश्चिमी पार्श्व ग्वाल्लेकको छत्रछायामा छ । बैतडी जिल्लाभरिनै बृहतर ग्वाल्लेक धाम भएर बग्ने नदिहरु र यसको वरपरको जंगलको बिशिष्ट महत्व छ। जैबिक बिबिधताको दृष्टिले यो क्षेत्र सारै धनी छ।
बनस्पतिहरुमा बाँज, खर्सु, बुरौज, ओखर, पाङर,चिलौने, अयार, सौण, सल्लो, रुइस, बैस, गणिया, चुक्या, लुइटो, दल्लो,बाणि,गणौल्या, खडीग, पणङेउलो, बकलपाते, काउलो, किटकाउलो, टप्पोल्या, काफल, सिलङो, दालचीनी,  तेलपरो, भणुवा, पैयु, पिपल, सिमल, बणुवा,काँकणि, किरमणो, घङारु, मेल, कँणिया आदि प्रमुख छन । बन्यजन्तुहरुमा बाघ, चितुवा, घोरल, काँकण, थार रतुवा खरायो, दुम्सी(स:णो) आदि प्रमुख छन। बुढपाकाहरु यदाकदा कस्तुरी समेत देखिने गरेको कुरा बताउछन।
यहाँका चट्टानहरुमा शिलाजीत, अभ्रख, तामा खरिढूंगा, स्लेट, कमेरो र चुनढुंगा जस्ता खनिज रहेको अनुमान गरिन्छ। यहाँका बनजंगलहरुमा सहजै उपलब्ध हुने जडिबुटिहरुमा अमलादाना, तेजपात, बोझो, पाषाणभेद (शिलफोडे), सुगन्धवाल (सिमे), चुथ्रो(किरमणो), टिमुर, लोक्ता, काँकणी, सोमलता, दारुहल्दी, झ्याउ, बिषजरा, मजिठो, मुरली, जिबन्ति (भालुका केला), बुके फूल, कुरिलो (झीझराइन), चिराइतो, लेकतिते, बज्रदन्ति, कचुर, निगालो, सतुवा, गनानो, मकणबेली, खुचण्या, धपण्या, रातपाते, हत्ताजणि, आकाशबेली आदि प्रमुख हुन । जंगली फलफुलहरुमा ओखर, काफल, एसेलु, घङारु, किरमणा, माजरो, गोफला, मेल, बम्युर, मछाइन, अधल्ल्याहरुको नाम लिन सकिन्छ ।यसबाहेकका हजारौ जडिबुटिको अध्ययन अनुसंधान हुन बाँकी छ ।

भगवानको लिलास्थल मानिएको यो क्षेत्रका बनस्पति ढंगो माटोलाइ पनि पवित्र मानिन्छ । अन्य मन्दिरहरुमा जस्तो यस धाममा जात्रा,मेला पुजा पाठको कुनै निश्चित तिथि पर्ब निर्धारित छैन । निष्ठापुर्बक जुनसुकै ब्यक्तिले जुनसुकै जुनसुकै स्थानमापनि पुजा गर्न गराउन सक्ने परंपरा छ । पुजा सामग्रीहरुमा जौ, तील, अक्षता, धूप श्वेत पुष्प, र सेतो बस्त्रको प्रयोग हुन्छ । त्रिशूल र तामा पितलका प्रतिमाहरु चढाउने प्रचलन छ । ग्वाल्लेकको आलभरिनै सनातन शान्ति कायम गर्न चर्को नबोल्ने, हल्ला नगर्ने, बाजा नबजाउने, छालाका बस्तु प्रयोग नगर्ने, मांस मदिरा बर्जित गर्ने, झुटो नबोल्ने जस्ता आचरण पालन गर्नु पर्ने नियम छ। चोखो मन र चोखो तनले गरिइएका आचरणबाट प्रत्यक्ष फल पाइएको किम्बदंति क्षेत्र भरी नै सुन्न सकिन्छ। केदार स्थापनाको बिशिष्ट परंपरा अनुसार ग्वाल्लेक क्षेत्रको वरपर धेरै शिबशक्ति पीठहरु छन्। सबैको शिरस्थान ग्वाल्लेकलाइ नै मानिन्छ। शिव पीठको वरपर अनेकौ भैरव गण, बीर र बाहनहरुको बास हुन्छ भन्ने बिश्वास गरिन्छ। बिस्तार भयले यिनीहरुको बर्णन यथास्थान गरिनेछ। यस्ता धार्मिक धरोहरहरूको संरक्षण सम्बर्धन गरेमा बाताबरणीय समस्या कम हुने, सामाजिक एकता बनि रहने र ग्रामिण पर्यटन फस्टाउने पंक्तिकारको अनुमान छ।


Monday, May 6, 2013

तिखे दा, जो मेरो कोहि होइन्



‘दा’को सम्बोधन गरे पनि न उ मेरो दाइ थियो, न कुनै गुण्डा । तर  हामीहरु उसलाइ ‘तिखे दा’ नै भन्थ्यौ। सामान्य बोलचालमा गाउँलेहरु उसलाई तिखे चोर भनेर चिन्थे । उसको  कालो डल्लो शरीर देखेर म सानो छँदा डराउने गर्थे । जिँग्रिंग कपाल, बिफरको खत भएको छ्याके अनुहार । मलाइ लाग्थ्यो,यो मानिस हेर्दा हेर्दै कसैलाइ बेहोस बनाउन सक्दछ । मान्छेहरु भन्थे, यो राति भेष बदलेर बिरालो जस्तै हिडछ र आँगन खेत खलिहानमा राखिइएका सामान चोरेर लैजान्छ ।
बुवा घरमा भएको बेला पारेर उ कहिलेकाहि हाम्रो घरमा आउने गर्थ्यो । बुवाले त्यसलाइ कहिले अरुले जस्तो हेला गर्नु भएन । बरु आबश्यकता अनुसार सम्मान र सहयोग नै गर्नु हुन्थ्यो । तर परोक्षमा भएका कुराका आधारमा बुवालाइ त्यो असलमान्छे होइन भन्ने थाहा थियो । आमालाइ भने उ यसरी आएको मन पर्दैनथ्यो । वहाँ भन्नु हुन्थ्यो, ‘यो डरलाग्दो मानिस देखेर केटाकेटि तर्सिन्छन , सातो जान सक्छ’ । बुवाको भनाइहुन्थ्यो , “सँधै आइरहनेलाइ कसरी नआउन भन्ने? नराम्रो नगरेसम्म आउन देउ।“
उसको र हाम्रो घरको दुरि एक किलोमिटर जति होला । पहाडको उच्चसमस्थलि नजिक हाम्रा घरहरु थिए । हामी अर्थात त्यसगाउका मुल बासिन्दा बाहुनहरुका । ओरालो पाखाको छेउछाउ ओढार जस्तै गरि ५,७ घर भएको दलित बस्ती थियो । तिखे ‘चोर, को घर त्यसै बस्तिमा थियो । माथिल्लो गाउमा सबभन्दा छेउको घर हाम्रो भएको नाताले समेत त्यो दलित बस्तीका पात्रहरु बिहान बेलुकै हाम्रो घरमा टुप्लुक्क आइ पुग्थे । कहिले नुन ,कहिले साग तरकारि, स्थानिय जडिबुटि, फाटो पुरानो या दाउरा घास माग्न समेत कोहि न कोहि आई हाल्थ्यो । यस्तैमा तिखेको परिवार पनि पर्थ्यो । आमा फतफताउनु हुन्थ्यो, हप्काउनु हुन्थ्यो, तर भएको सामान दिनु हुन्थ्यो । कसैलाइ पनि खालि हात पठाएको मलाइ सम्झना छैन ।
तिखेको आफनो बिशेषता पनि थियो । सित्तैमा माग्न परे उ आफु आउदैनथ्यो । परिवारलाइ पठाउथ्यो । नाकमा चाँदीको बुलाकी लगाएकी उसकी जहान फोहोर लठ्ठा परेको टाउको कन्याउदै हाम्रो साँगुरो आँगन छेउमा बस्थिन् र  कुनै घरेलु घटनाको बिस्तार लाउथिन् । अन्तमा सो दिन केटाकेटिले पाएको दुखको बयान गर्दै अभिष्ट बस्तु माग्ने गर्थिन । कुन्नि, के चित्त बुझेर हो, हाम्री आमा खुरुक्क भएको सामान दिएर पठाउथिन् ।
मलाइ सम्झना छ, तिखेको बारीमा नासपातिको रुख थियो । नासपाति खानहुने भएपछि तिखेकी जाहान सबभन्दा पहिले  हाम्रो दैलामा केहि दाना राखेपछि मात्रै अरुलाइ दिन्थिन् रे । बेला बेलामा उसको जेठो छोरा उजले र म एकैमहिना जन्मेको कुरा भनी रहन्थिन।
ति मेरा संगीतमय बालकपनका बर्ष थिए । समबयी उजले लुहार मेरो नजिकको खेल्ने साथी थियो नै । मैलो-धैलो भए पनि उ बलिष्ठ थियो,सहयोगी थियो । मलाइ सम्मान गर्थ्यो र सदैब मेरो पक्षमा उभिन्थ्यो। यद्यपि छरछिमेकीमा खेल्ने सहपाठिको कमी थिएन, तर उजलेका उज्वल निधार,घुगुरिएका कपाल, ठुला आखा र गठिलो जिउडालमा एक किसिमको बिश्वसनीयता बिद्यमान थियो ।
अलि ठुलो भएपछि मलाई थाहा भयो, उजलेको बुवा तिखे दा हामी भन्दा भिन्न जातका थिए। उनले छोएको हामीले खानु हुदैन र संगै खेले भने छोइछिटो हालेरमात्र घर भित्र पस्नु पर्छ भन्ने कुरा पनि पछि नै थाहा पाए । प्रकारान्तरले उजलेलाई साथी नबनाउन मलाइ दबाब परिरहन्थ्यो। तर मेरो बाल मष्तिष्कको नियममा सानो-ठुलोको कुनै भेद थिएन।
त्यसो त तिखे दा डोको डालो बुन्न सिपालु मानिस थियो । बारी भरी फलफूलका बोट रोपेको थियो । अचंभ, बारीको पहिलो फल उ हामीलाइ, खास गरि मलाइ नै दिने गर्थ्यो रे । एक पल्ट मैले डराइ डराइ उससंग नासपाति मागे । उसले त ठुलै झोला टन्न गरेर दिन ल्यायो । मेरो घरमा थाहा पाए हप्काउलान भन्ने डरले सारा बालमंडलीलाइ नासपाति बाडीचुडी गरे। दोस्रो दिन अरु केटाकेटि पनि नासपाति माग्न गएछन । तर तिखेदा ले सबैलाइ हप्काएर पो पठाएछ। बरा, म प्रतिको यो स्नेह भाव उसले पछिसम्म पनि देखाइ रह्यो।
एक घटना मलाइ बलजफ्तिले अतीत तिर तान्दैछ।
त्यो दिन अनायास बाटोमा धेरै मानिसहरु ठुला ठुला स्वरमा कराएका सुनिए । एक हुल गाउलेले एक जनालाइ झुकुल्ट्यउदै गाउको चौरमा समातेर लगे। चोर पक्रियो भन्ने हल्ला ब्याप्त भयो । हामीहरु पनि रमिता हेर्न चौरामा गयौ। हाम्रा तिखे दा लाइ पो हात बाधेर राखिएको रहेछ । उ घोप्टो मुन्टो गरेर चुपचाप बसेको थियो। मैला लुगा च्यातिएर झुम्रा भैसकेका थिए। मुखिया बाजे के के सोध्दै केरकार गर्दै थिए। मैले बुझेको यत्ति हो, उसमाथि कित्थे बाजेका तामाका ताउला चोरेको आरोप लागेको थियो। तर उ किन्चित गलेको थिएन। घरि निर्बिकार भावले आकाश हेर्थ्यो, घरी निहुरमुन्डी बन्थ्यो। मुखियाले गालामा एक झापड हाने। तिखे दा खुत्रुकै जमीनमा लम्पसार भयो। तर बोलेन। मुखियाको हातको बालाले होला, आँखिभौमाथि चोट लागेर रगत बग्दा उसको अनुहार अझ डरलाग्दो देखियो। मैले यो दृश्य हेर्न सकिन र घर फर्के। यो घटनाको असरले धेरै दिनसम्म उसको घरको बाटो हिडिएन। लामो छानबिन पछि यसै चोरि मुद्दामा उ जेल प-यो। उजलेका बुवालाइ बिना अपराध फसाइएको हो भनेर उसकी जहान आमासंग रोएको सम्झना मलाइ अझै पनि छ।
उ जेल पर्दा म भर्खर स्कुल जान थालेको थिए। बिस्तारै उजले जस्ता बाल-संगातिबाट म टाढिन बाहिरिन पुगे । पहाडी खोलाहरुमा पानी बग्दै गयो। हाम्रो जिवन समेत आआफनै लयमा आआफनै बाटो लाग्नथाल्यो । बिभिन्न घुम्तिमा तिखे दा का टुक्रे खबर पाउदै गरे पनि यथार्थमा हामी टाढाटाढा हुदै गयौ।
उसले निगालाको काम जेलमा पनि चालु ग-यो रे। जेल कर्मचारीले उसलाई बिश्वास गर्छन रे। दिनभर जेलबाहिर घाममा बसेर डोकोडालो बुनेको भेटने गाउलेहरु यस्तै खबर ल्याउदा रहेछन। यसरी गरेको आमदानी र सिधा खर्च बचाएर घरमा रकम पठाएको खवर समेत सुनिन्थे, तर यो सब मेरो प्रत्यक्ष सरोकारको बिषय थिएन।
यस्तैमा एक दिन तिखे दा जेलबाट भागेको खवर आयो। ५।७ महिनामात्र कैद सजाय बाँकी हुदा उ किन भागेको होला?, यो चर्चा र कुतुहलको बिषय रह्यो। कसै कसैले उ जेलमै रमाएको र फेरी थप कैदमा बस्न चाहेको लख समेत काटे। कसैले डोटीतिर की कुनै दलित कन्यालाइ फकाएर उ भारत पसेको अनुमान गरे। जे होस उ प्रहरीलाइ झुक्याएर भागेको खबरले गाउमा एकखालको सनसनी फैलिएको थियो।
लगतैको कुनै दिन म देहिमान्डौ बजार गएको थिए। भागेर लुकेको तिखे दा लाइ प्रहरीले पुन: पक्रेर ल्याउदै पो रहेछन । हातमा हतकडी लाएको, नांगो खुट्टाले खुरुरु हिडेको तिखे दा सारै निरिह र दयालाग्दो थियो। एउटा भुँडे प्रहरी हात बाधेको डोरि समातेर तान्दै थियो। अर्को पुलिस पछाडीबाट लौरो देखाएर कुदाउदै थियो। बजारका सयकडौ आँखा वरपरबाट उसैमा केन्द्रित थिए। यो घटना मेरालागि असम्भावित थियो। हाम्रै अगाडीबाट लैजादा उसका र मेरा आँखा जुधे। उ केहि भन्न खोज्दै थियो। तर पुलिसले नांगा पिडौलामा छडीले बजा-यो। तिखे दा चोटको पिडाले बेतोड उफ्रियो । भयभित-आक्रोशित अनुहार बोकेर उ सरोसर बैतडीको बाटो लाग्यो। यो घटना पछि केहि दिन मलाइ राम्रो निन्द्रा नै परेन। चोटलागेका उसका नांगा काला पिडौलाहरु सम्झि रहे।
दिन बित्न कति लाग्छ र? उसको जेल भुक्तान भएछ। कारागारको कमाइले पुरानो घर मर्मत गरेछ र भर्खरकी केटीसंग दोस्रो बिबाह पनि गरेछ। म एस एल सी दिएर घरमै परिणाम कुरी रहेको थिए। गाउमा सरपट नापी चलीरहेको थियो। मुखियाको कामदाम गर्ने ब्यक्तिको हैसियतले पोतको रसीद दिने, टिपन काटने, सनद उतार्ने काम मेरो जिम्मा थियो। तिखेदासंग फेरी मेरो भेट भयो।
थेप्चो कालो अनुहार भित्रका पहेला ठुला दाँत देखाउदै ‘जदेउ’ को परंपरागत अभिवादन ग-यो। रिथि(मालिक) को नौलो सम्बोधन पचाउन मलाइ हम्मे हम्मे नै पा-यो। एकलो मौका पारेर उसले धेरै पाको कुरा सुनायो र आफनो बिगतको बेलिबिस्तार लगायो। आफु चोर नभएको सपष्टिकरण पनि दिइ रह्यो। अन्तमा स्मित हास्यका साथ सोध्यो, ‘रिथि! तमरो पनि केइ समान चोरेको छु र?
यसै क्रममा चोरीको निम्ति उक्साउने केहि गाउँकै कथित सम्भ्रान्तको नाम लिदा म तिन छक परे। जेलमा बस्दा डोको नाम्लो बुनेर राम्रो आमदानी गरेको फेहरिस्त पनि बतायो। अझ जेलमा पनि परिश्रमको मोल मार्न थालेकोले एउटा स्थानिय हवल्दारलाई फसाउन मात्र आफु भागेको ब्यहोरा पनि बतायो। बुढीलाइ कामगर्न सारै सास्ति भएकोले सघाउनका लागि एउटी टुहुरी केटिसंग बिहे गरेको कुरा सुनाउदै उ आसु खसालेर रोयो पनि। म चिसो पस्ने गरी उसको जिवन-दर्शन र यात्रा- कथा सुनी रहे । यसैको रन्कोमा केहि दिन रन्थनिए पनि ।
नापीको काम सकियो, मैले एस एल सी पास गरे। स्थानिय स्कुलमा शिक्षक हुन चाहेको थिए। तर त्यसबेलाका ठुला ठालुलाइ नटेर्ने स्वभावका कारण मैले कहिल्यै शिक्षकको हैसियतले बिद्यालय टेक्न पाएन। अकस्मात एकदिन तिखेदा मसंग फेरी भेट गर्न आयो । उसले भन्यो, ‘ रिथी! यसरी यस गाउँमा गुजरान हुदैन । यहाँका फटाहाहरु राम्रा मानिसलाइ रहनखान दिनेवाला होइनन्। कतै सरकारी नौकरी खोजनु प-यो।‘
सदरमुकाम एकलै जान नसकने हामी गाउलेलाइ त्यसबेला सरकारी नौकरीको सपना देखनु सारै सकसको काम थियो। उसले जेलमा चिनेका केहि पुलिस, केहि कर्मचारी र केहि हाकिमहरु मार्फत आफु सहयोग गर्न सक्ने कुरा सुनायो। त्यति मात्रै होइन, खर्च लागे पनि आफु ऋण सापट खोजन सक्ने भरोसा पनि दिलायो। वास्तवमा ति दिनहरु यतिकै कचमचमा गए। समय घर्किदै गयो । हामीले फेरि आआफनो बाटो ततायौ।
नभन्दै मैले सरकारी नौकरी नै गर्नु पर्ने परिस्थिति बन्न गयो। ततपश्चात गाउँ जाने क्रम पातलियो। हामी महेन्द्नगरतिर बसाइ स–यौ। तै पनि यदाकदा गाउँ जादा म तिखेका बारेमा बुझने गर्दथे। पिताजी स्वर्गे हुदा मलामी जान नसके पनि उ दिन भर बाटोमा बसेर रोइरहेको थियो रे। हाम्रो परिवारसंग उसको राम्रो भावनात्क सम्बन्ध थियो। मसंगको छोटो भेटमा सामान्य औपचारिकता बाहेक केहि स्मरणिय घटना भएनन। कहिलेकाहि पुरानो लुगा कपडा दिएर आउथे र उ हाम्रो घरको साधारण काम सघाउने क्रम-उपक्रममा  यथावत चलि रहन्थ्यो।
मैले पाएका खबर अनुसार ‘तिखे दा’ ले बिहे गरेकी भनिएकी डोट्याल्लीलाइ केहि बर्ष पालेर अर्कैसंग घरजम गर्न पठाएछ। उजलेलाई पढाउन पनि खोजेकै रहेछ, तर उ पिताकै पदचिन्हमा हिडेछ। जिल्ला सदरमुकाम तिर चिनजान बढाएपछि त तिखे दा पनि अलिक टाठो भएछ। यदाकदा  फटाहाहरुलाइ मैले पनि फसाउन जानेकोछु’ भनी धम्काउने पनि गर्दो रहेछ। पंचायतकालमा त उ एकपल्ट वार्डसदस्यको उमेदवार पनि भएछ। म संग भने धेरै कुरा गर्नुछ भनेर भन्थ्यो रे। सयोग नै त्यस्तो जुरेन। उ मरेको खवर ६ महिना पछि मात्र मैले थाहा पाए। यसरी एउटा शुभचिन्तक असमयमै बिलायो।
समयको गति अचंभको हुन्छ। कालक्रममा प्रमुख जिल्ला अधिकारीको हैसियतमा बैतडी खटिए। त्यो तत्कालिन श्री५को सरकार ढलेको नेपाल सरकार उम्रिएको अबधि थियो, अर्थात ०६३,०६४ सालको कुरा होला। माओबादी जनयुध्दका कारण निष्फिक्री गाउगर्खा घुम्न सक्ने अवस्था थिएन। तर मलाइ आफनो पुरानो थातथलोको यावत खवर निरन्तर प्राप्त भै रहन्थ्यो। द्वन्दकालमा यी सुचना नै मेरा सर्बोत्तम हतियार बने। कहि कतै अप्रिय घटना भएनन। तिखे दा को छोरा उजलेले गाऊको सबै जमीन बेचीवरी दुर्गास्थानको स्थानिय बजारमा निगालाको सामान बनाउने गरेको रहेछ। जिल्लामा खटिएको , महिना पछि खुशि भएर मेरो अफिसमा आएको थियो। घरको बेलिबिस्तार बितायो र त्यो बर्षको होलि गाऊँमा मनाउन आउने भनी निम्तो पनि दिएर गयो। उसकी बुढी आमैले महिनाको बृध्द भत्ताको रकम पाएकी रहिनछन्। तत्काल गा बि सचिवलाइ खबर गरी घरमै रकम बुझाउने ब्यबस्था मिलाइ दिएपछि खुशी भएर नै फर्कियो। काटिकुटि आफनै बुवा जस्तै देखिने उजलेको जीर्ण खण्डहररुपी कायाको आँखीझ्यालबाट तिखे दा मलाइ पुराना दिन सम्झाइ रहेको थियो । उजलेलाइ औल्याउदै उ भनिरहेको थियो,सँधै हारेका यिनीहरु अब जीतको अर्थ बुझ्दैछन। मलाइ लाग्यो, पहिले यिनीहरु मर्नका लागि बाँचेका हुन्थे, अब असली अर्थमा बाँच्नका लागि मर्न तयार छन् ।








Tuesday, April 2, 2013

पानी के लिए नौलों को सुरक्षित रहना ही होगा



Author: 
 आशुतोष उपाध्याय

अल्मोड़ा नगर, जिसे चंद राजाओं ने 1563 में राजधानी के रूप में बसाया था, परंपरागत जल प्रबंधन का दिलचस्प उदाहरण है। जल स्रोतों की दृष्टि से यह कभी समृद्ध माना जाता था। यहां 360 नौले थे जो नगर की जलापूर्ति करते थे। इन नौलों में चम्पानौला, घासनौल, मल्ला नौला, कपीना नौला, सुनारी नौला, उमापति का नौला, बालेश्वर नौला, बाड़ी नौला, नयालखोला नौला, खजांबी नौला, हाथी नौला, डोबा नौला, दुगालखोला नौला आदि प्रमुख हैं। लेकिन अपनी स्थापना के लगभग 450 वर्षों बाद अल्मोड़ा के अधिकांश जल स्रोत इतिहास की धरोहर बन चुके हैं और वो अपनी अंतिम अवस्था में है। अल्मोड़ा के निकट 14-15वीं शताब्दी के लगभग निर्मित स्यूनराकोट का नौला आज भी मौजूद है। बावड़ी के चारों ओर बरामदा है, जिसमें प्रस्तर प्रतिमाएं लगी हुई हैं। मुख्य द्वार के सामने दो नक्काशीदार स्तम्भ बने हुए हैं। बावड़ी की अंडाकार छत कलात्मक रूप से विचित्र है। यह अल्मोड़ा जनपद का सबसे प्राचीन एवं कला की दृष्टि से सर्वश्रेष्ठ नौला है। 
 चम्पावत का बालेश्वर नौला आज भी अपने पुराने वैभव की कहानी कहता है। बड़ी प्रस्तर शिलाओं पर सुंदर नक्काशियां उकेरी गई हैं। इस पर उत्कीर्ण शिलालेख बताते हैं कि राजा कूर्मचंद ने 1442 ई. में इनका जीर्णोद्धार किया। चम्पावत – मायावती पैदल मार्ग पर स्थित ‘एकहथिया नौला’ कुमाऊं की प्राचीन स्थापत्य कला का एक अनुपम उदाहरण है। लोगों का विश्वास है कि इस नौले का निर्माण एक हाथ वाले शिल्पी ने किया था। उनके पास अनूठी कलाकृति के रूम में विद्यमान इस नौले के रचना काल और निर्माणकर्ता के संबंध में कोई और जानकारी नहीं है। संभव है कभी यहां अच्छे खेतिहरों की बस्तियां रही होंगी और यह किसी राजमार्ग के मध्य में पड़ता होगा। अब तो यहां देवदार और बांज के वृक्षों का घना जंगल है।

चम्पावत के ग्राम डुंगरा का नागनौला छादित सोपानयुक्त है। चम्पावत क्षेत्र में ही पाटण के नौले में गर्भगृह की दीवारों पर देवताओं की प्रतिमाएं बनी हुई हैं। संपूर्ण नौले में मनुष्यों, जानवरों व पक्षियों के भी सुंदर अलंकरण हैं। नौले का निर्माण लगभग चौदहवीं-पंद्रहवीं सदी में किया जान पड़ता है।

एक नौले से पानी ले जाते लोगएक नौले से पानी ले जाते लोगपिथौरागढ़ नगर के निकट जाखपुरान और थरकोट क्षेत्र में ऐतिहासिक नौलों की पूरी श्रृंखला मौजूद है। बालाकोट के पास हाट-बोरगांव का नौला इस क्षेत्र का सर्वश्रेष्ठ नौला है। स्थापत्य की दृष्टि से इसे उत्तराखंड का संभवतः सबसे सुंदर नौला कहा जा सकता है और अपने आप में यह एक संग्रहणीय धरोहर है। यह नौला आज भी गांव की पेयजल ज़रूरतों को पूरा करता है। हालांकि रख-रखाव के लिहाज से इसकी हालत अच्छी नहीं कही जा सकती। पिथौरागढ़ जिले के गंगोलीहाट क्षेत्रों में भी अनेक प्राचीन नौले हैं। गंगोलीहाट के काली मंदिर के निकट राजा रामचंद्र देव द्वारा 1263 ई. में निर्मित जान्हवी नौला है, जिसे अब काफी हद तक परिमार्जित किया जा चुका है। नौले के बरामदे की बाईं दीवार के एक चिकने पत्थर पर देवनागरी लिपि में एक अभिलेख उत्कीर्ण है। बेरीनाग के निकट पुंगेश्वर का नौला बाहर से रिहायशी भवन की तरह दिखाई पड़ता है।

कुमाऊँ के अलावा हिमाचल प्रदेश और नेपाल में भी नौले पाए जाते हैं। ये हिमालयवासियों की समृद्ध-प्रबंध परंपरा के प्रतीक हैं। आज जरूरत इस बात की है कि इतिहास की इस महत्वपूर्ण धरोहर को न सिर्फ सुरक्षित रखा जाए, बल्कि जल संकट के गहराते बादलों के बीच इसकी निर्माण तकनीक का भी संरक्षण व पुनरुद्धार किया जाए। 

Sunday, March 3, 2013

दश वर्षपछि नेपाल


(साभार-हिमालखबर ९ फाल्गुन, २०६९) 
- हिमाल टीम
संसारसँग प्रतिस्पर्धा गर्ने बेला हामी आपसी कलहमा छौं। मैले सोचे जस्तो हुने भएकाठमाडौं र पोखरामा सीमित कार डोल्पाका चिल्ला सडकमा गुडाउने थियौं। एभ्रो र बोइङ हिमाली डोल्पाको सुन्दर आँगनमा उतार्थ्यौं। यी डाँडाचुचुरा, नदीकिनार र बेंसीहरूलाई मनकामनाको जस्तै केबुलकारले जोड्थ्यौं।
विकट हिमाली जिल्ला डोल्पाको लिकुस्थित जनप्रभा उमावि, कक्षा १० का अंकलाल चलाउनेले सन् २००६ मा बीबीसी नेपाली सेवाको मैले सोचेजस्तो हुने भएशीर्षकको प्रतियोगितामा लेखेको निबन्धको अंश हो, यो। सात वर्षअघि र अहिले पनि असम्भव झै लाग्ने चलाउनेका यी सपना विपना हुन लागेको संकेत भने देखिन थालेका छन्।
देशमा भइरहेको विकासलाई नियाल्दा कर्णाली अञ्चलका पाँचमध्ये कालीकोट, जुम्ला र मुगु जिल्लामा मोटर गुड्न थालिसकेको छ भने डोल्पा र हुम्ला जाने सडक धमाधम बन्दैछन्। जुम्ला र हुम्लाका विमानस्थल पिच भइसकेका छन् भने १० वर्षमा डोल्पा, मुगु र कालीकोटमा पनि बाह्रै महीना चल्ने कालोपत्रे धावनमार्ग भएको विमानस्थल बनिसक्नेछ। राजनीतिक अस्थिरता समाप्त भएर योजना कार्यान्वयन हुन पाए भने अबको एक दशकमा डोल्पा, हुम्ला र मुगुका सडकमा चलाउनेले सोचे झ्ैं चिल्ला कार गुड्नेछन्। काठमाडौंका बजारमा कर्णालीका फलफूल र जडीबुटी सजिलै पाइनेछन्।
अबको १० वर्षमा झ्ापाबाट केही घण्टाको रेलयात्रामा कञ्चनपुर पुगिनेछ। काठमाडौं उपत्यकामा मेट्रो रेलसँगै मास ट्रान्सपोर्टेसनका अरू सेवा शुरू भइसक्नेछन्। विकासको प्राथमिकता निर्धारणका साथ स्रोतका लागि विदेशी लगानीकर्ता जुटाउँदै योजना कार्यान्वयन गरे एक दशकभित्र तराईमधेशका २२ जिल्लामा विद्युतीय रेलयात्रा संभव हुनेछ। सुरुङमार्गसहितको १८७ किमी लामो काठमाडौंपोखरा र तिब्बतको केरुङरसुवागढीकाठमाडौं रेलमार्गको योजनाले नेपाललाई भारत र चीनको व्यापारिक साझेदार बनाउनेछ।
राजनीतिक स्थिरता र लगानी मैत्री वातावरण मात्र पाए काठमाडौं उपत्यकामा ७६ किमी मेट्रो रेल सेवा पनि अब टाढा छैन। योजना अनुसार काम हुनपाए दश वर्षमा पूर्वपश्चिम मध्यपहाडी राजमार्गसहित सबै जिल्ला सदरमुकाम जोड्ने सडक पिच भइसक्नेछ।
वि.सं. २०८० सम्ममा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालन भइसक्नेछ भने विराटनगर, पोखरा र भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय सुविधाका हुने हुनेछन्। काठमाडौं विमानस्थलको क्षमता विस्तार योजना त कार्यान्वयनमै आइसकेको छ। आउँदो एक दशकमा देशभरका सबै अर्थात् ५५ वटा आन्तरिक विमानस्थलको धावनमार्ग पनि पिच भइसक्नेछ। यसबीच, पूर्वपश्चिम राजमार्गको समानान्तर हुलाकी सडक र काठमाडौंलाई तराईसँग जोड्ने दुई वटा फास्ट ट्रयाकपनि सञ्चालनमा आउनेछन्। मुलुकका विभिन्न ठाउँमा ६ लेनका सडक र काठमाडौंमा ८ लेनको चक्रपथ बनिसक्नेछन्, ठाउँठाउँमा फ्लाइओभर सहितका।
मध्यपहाडी लोकमार्गले छुने बसन्तपुर (तेह्रथुम), फिदिम (पाँचथर), खुर्कोट (सिन्धुली), बैरेनी (धादिङ), डुम्रे (तनहुँ), बुर्तिबाङ (बाग्लुङ), चौरजहारी (रुकुम), राकम कर्णाली (दैलेख), साँफेबगर (अछाम) र पाटन (बैतडी) १० ठूला शहर बन्नेछन्। यसबाट आसपासका क्षेत्रमा पनि शहरीकरण र आर्थिक गतिविधि बढ्ने नै छ। यी सबका लागि स्रोत जुटाउन राजनीतिक स्थिरता त चाहियो नै।

समृद्धिका अरू अस्त्र
दैनिक १४ घण्टा लोडसेडिङ खेपिरहेको नेपालमा राजनीतिक स्थिरताका साथ लगानीमैत्री वातावरण बन्यो भने अबको १० वर्षमा लोडसेडिङ शून्य हुनेछ। पूर्व अर्थसचिव रामेश्वर खनालका अनुसार, १० वर्षमा ७००० देखि १०,००० मेगावाट विद्युत् उत्पादन हुनसक्छ। अहिले नै १२,००० मेगावाट क्षमताका ४०० आयोजनाले विद्युत् सर्वे र १८०० मेगावाटका ६० आयोजनाले निर्माण लाइसेन्स लिएका छन्। निर्माणाधीन आयोजनाहरूले पाँच वर्षभित्रै करीब २००० मेगावाट विद्युत् उत्पादन गर्नेछन्, जुन लोडसेडिङ अन्त्यका लागि पर्याप्त हुनेछ।
मुलुकको कुल गार्हस्थ उत्पादनमा एकतिहाइ योगदान पुर्‍याइरहेको कृषि अबको दशकमा आर्थिक समृद्धिको प्रमुख आधार बन्नेछ। सरकारको कृषि विकास रणनीतिले दश वर्षमा कृषिजन्य निर्यातलाई अहिलेको रु.२४ अर्बभन्दा दोब्बर रु.५३ अर्ब पुर्‍याउने लक्ष्य लिएको छ। रु.३१ अर्बको कृषि व्यापार घाटालाई शून्यमा झार्ने अनि कृषियोग्य भूमिको ६० प्रतिशत (अहिले १८ प्रतिशत) मा सिंचाइ सुविधा पुर्‍याउने सरकारको लक्ष्य छ।
नेपालमा चुनढुंगा, म्याग्नेसाइट, फलाम, शिशा, जस्ता, सुन, खरी, प्राकृतिक ग्याँस, कोइला, मार्बल, बहुमूल्य पत्थर, कृषि चुन लगायत ६० भन्दा बढी खनिज पदार्थको भण्डार छ, जो नेपाली समृद्धिको अर्का अस्त्र बन्न सक्छ। तर, ६० प्रतिशत सम्भाव्य क्षेत्रको अध्ययन नै हुन बाँकी रहेको खानी तथा भूगर्भ विभागका वरिष्ठ इन्जिनियर कृष्णदेव झा बताउँछन्। अध्ययन गरिएको ३९ हजार वर्ग किमी क्षेत्रका तीन दर्जनभन्दा बढी खानीमा १ अर्ब ७ करोड टन चुनढुंगा पाइएको छ, जसले नेपाललाई सयौं वर्ष सिमेन्टमा आत्मनिर्भर बनाउँछ।
नेपालमा २० करोड टन म्याग्नेसाइट रहेको पत्ता लागेको छ। अहिले प्रतिटन म्याग्नेसाइटको भारु ६००० पर्छ। सामान्य प्रशोधनपछि बिक्री गर्न सकिने कोइला, मूल्यवान पत्थर, मार्वल, खरी, क्वार्जाइट, कृषि चुनका पनि नेपालमा ठूला भण्डारहरू रहेको अध्ययनले देखाएको छ। ८९ ठाउँमा फलामको र १०७ ठाउँमा तामाको खानी फेला परेको छ भने ७० ठाउँमा सुन खानीको संभावना देखिएको छ ।
काठमाडौं उपत्यकामा ३१.६ करोड घनमिटर प्राकृतिक ग्याँस रहेको प्रमाणित भइसकेको छ। शिशाका ४९, चाँदीका १३, टीनका १७, जस्ताका २५ र म्याग्नेसाइटका १६ वटा खानी पत्ता लागेको खानी विभागको मिनरल रिसोर्सेस अफ नेपालपुस्तकमा उल्लेख छ। खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजित महतो नेपाली पहाडमा मुलुकको समृद्धि लुकेर बसेकोबताउँछन्। त्यसलाई खोतल्ने स्रोत जुटाउन पनि राजनीतिक स्थिरता त चाहिन्छ नै।
स्वास्थ्य र शिक्षामा उपलब्धि

कैयन् ठाउँमा आधारभूत स्वास्थ्य सेवा नपुगे पनि नेपालले स्वास्थ्यमा उल्लेख्य प्रगति गरेको छ। मातृशिशु मृत्युदर घटाएको नेपालको सफलता एशियामै उदाहरणीय छ। सहस्राब्दी विकास लक्ष्य अनुसार नेपालले सन् २०१७ भित्रै मातृ मृत्युदर प्रति एक लाखमा १३४ र शिशु मृत्युदर ३३ मा झार्ने लक्ष्य लिएको छ। अहिलेका ४३९३ स्वास्थ्य संस्था अबको १० वर्षमा ८८०० पुग्नेछन् र सुविधासम्पन्न अस्पताल संख्या १०५ बाट २१० हुनेछन्। त्यसबेला ८५० जनसंख्या बराबर एक चिकित्सक हुनेछन्।
अहिले शुरू भइसकेको मिर्गौला प्रत्यारोपण अझै गुणस्तरीय हुनेछ भने मासी (बोनम्यारो), कलेजो र मुटु प्रत्यारोपणको सुविधा पनि शुरू भइसक्नेछ। आँखा र दाँतको उपचारमा नेपालले अन्तर्राष्ट्रिय ख्याति कमाउन थालिसकेको छ। भारत, जापान, युरोप र अमेरिकाका बिरामी नेपाल आइरहेका छन्। आउँदो दशकमा नेपाल आँखा र दाँत उपचारको विश्वकेन्द्र बन्न सक्छ।
नेपालको प्राविधिक, व्यावसायिक र सीपमूलक शिक्षाले राम्रो नतिजा दिनथालेको छ। साक्षरता प्रतिशत ६५.९ पुग्दै गर्दा नेपाली शिक्षित जनशक्ति अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न थालेको छ। ५१५ वर्ष उमेर समूहको विद्यालय भर्नादरले ९६ प्रतिशत टेकेको छ। आउँदो दशकमा नेपालमा ग्रामीण विकास, द्वन्द्व व्यवस्थापन, जेण्डर स्टडी, माइक्रो बायोलोजी, बायोलोजिकल साइन्स, इकोनोमिक साइन्स, सोसल साइन्स जस्ता नयाँ विषयको पढाइ शुरू हुने शिक्षाविद्हरू बताउँछन्। यी विद्याले नेपालीलाई अनुसन्धान र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा थप सक्षम बनाउनेछ।
लोककल्याणकारी राज्य २०५१ सालमा शुरू गरिएको वृद्धवृद्धा र विधवालाई मासिक भत्ता दिने सामाजिक सुरक्षा कार्यक्रम आउँदो दशकमा अझ् व्यापक र परिणाममुखी हुनेछ। आर्थिक वर्ष २०५२/५३ मा रु.२८ करोड बजेट रहेको सामाजिक सुरक्षा बजेटले आव २०६९/७० मा रु.११ अर्ब नाघेको छ। पूर्वकर्मचारीहरूले पाउने पेन्सन र सामाजिक सुरक्षाका अन्य कार्यक्रम समेत जोड्दा यो आवमा राज्यले रु.३० अर्बभन्दा बढी खर्च गर्नेछ।
शुरूमा ७५ वर्ष पुगेका ज्येष्ठ नागरिक र ६० वर्ष माथिका विधवालाई मात्रै सुरक्षा भत्ता दिने गरिएकोमा आव २०६५/६६ बाट ज्येष्ठ नागरिकको उमेर हद ७० कायम गरिएको छ। दलित र कर्णाली अञ्चलवासीले त ६० वर्षमै ज्येष्ठ नागरिक भत्ता पाउँछन् भने एकल महिलाको उमेरहद हटाइएको छ। त्यसैगरी, पूर्ण तथा आंशिक अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जातिमा सूचीकृत पूरै जनसंख्या, देशभरका दलित तथा कर्णालीका सबै जातिका पाँच वर्षमुनिका दुई बालबालिकालाई पोषण भत्ता दिइन्छ। यो आवमा असक्त, असहाय र सीमान्तकृत समुदायका कुल २१ लाख ५६ हजार १९९ जना (कुल जनसंख्याको ८.१३ प्रतिशत) ले यो सुविधा पाउनेछन्। आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने तीन वर्षअघिको सामाजिक सुरक्षा कोषको अवधारणालाई पनि प्रभावकारी बनाए राज्यमाथि पर्ने भार समेत घटाउँदै संगठितअसंगठित दुवै क्षेत्रका कर्मचारीमजदूर, विदेशमा काम गर्ने नेपालीदेखि बेरोजगार र विपन्न नागरिक सबैले राज्यले हेरेको अनुभूति गर्नेछन्। त्यो कार्यक्रम कार्यान्वयन हुने हो भने १०१५ वर्षमा अधिकांश नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सकिनेछअवधारणा तयार हुँदा अर्थमन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकार रहेका अर्थविद् केशव आचार्य भन्छन्, “अनि लोककल्याणकारीराज्यको अभ्यास थप सार्थक हुनेछ।
समाजशास्त्रीमानवशास्त्रीहरू आउँदो दशकमा बालविवाह ह्वात्तै घट्ने विश्वास गर्छन्। नयाँ पुस्ता लैङ्गिक विभेदको विपक्षमा हुने र महिला सशक्तिकरण बढ्ने भएकाले महिलामाथिको हिंसा निकै घट्नेछ। सम्पत्तिमा महिलाको स्वामित्व १९.७१ प्रतिशत पुगेको सुखद् संकेत जनगणना २०६८ ले दिइसकेको छ। २०५८ मा ९.११ प्रतिशत मात्र महिलाको नाममा घर वा जग्गा थियो।
खेलमा पनि सम्भावना
राज्यको प्राथमिकतामा परे आउँदो दशकमा दक्षिण एशियामा नेपाल एउटा खेल शक्तिबन्ने क्रिकेटमा भएको प्रगतिले देखाएको छ। यही गतिमा अगाडि बढ्ने हो भने नेपालले आउँदो दशकमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग वानडे खेल्न सक्छ। त्यो अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बाटो खुल्ने नै छ। क्रिकेटसँगै फूटबलको पनि सम्भावना छ, नेपालमा। शर्त उही होराजनीतिक स्थिरता र राज्यको लगानी।

Tuesday, February 12, 2013

इन्ड अफ बाहुनिज्म

-देश सुब्बा-
नित्सेको 'ईश्वरको मृत्यु', रोलाँ बार्थको 'लेखकको मृत्यु', फुकुयामाको 'इतिहासको अन्त्य', ल्योतारको 'महाख्यानको अन्त्य', 'केन्द्रको अन्त्य'। यसैलाई जोडेर मैले भर्खरै एउटा रेडियो अन्तरवार्तामा 'बाहुनवादको अन्त्य' भनेँ। कसैले आज नभए भोलि भन्ला।
सबैतिर अन्त्य र मृत्युको कुरा उठिरहँदा सम्झेँ- ठीक बोलेँ या बेठीक! सुन्नेलाई लाग्ला- कति उग्र भनाई! यथास्थितिमा रहेको समाजलाई अमान्य हुन सक्छ। युरोपलाई अन्धकारमा राखी धर्मको हावी भएका बेला दार्शनिक रेने डेकार्तले दर्शनलाई जब धर्मको पन्जाबाट छुटाए, त्यतिखेर विरोधमा आवाज उठेको थियो। चार्ल्स डार्बिनले 'विकासवाद'को घोषणा गर्दा संसारलाई ईश्वरको सृष्टि मान्नेहरू हान्ने गोरुजस्तै रन्थनिएका थिए। ती सबै मिलाएर आफैलाई प्रश्न गरेँ।
नेपालमा पनि धेरै यथास्थितिवादी छन्। 'इन्ड अफ बाहुनिज्म'ले उनीहरूलाई रन्थनाउन सक्छ। के रन्थनाउँछ भनेर डेकार्त, डार्बिन चुप बसेको भए संसार नयाँ अर्थबाट बु‰न सकिन्थ्यो? अवश्य सकिँदैनथ्यो। त्यसो भने किन दुरगामी महŒव राख्ने बाहुनवाद अन्त्यको कुरा नगर्ने! हाम्रा समालोचकलाई पाश्चात्य मृत्यु ल्याएर नेपाली समालोचनामा मिसाउन कति सजिलो! आफ्नै देशमा वर्षौंदेखि जेलिएको जालोबारे बोल्न, लेख्न र समालोचना गर्न किन सास जालाजस्तो भएको! अब त साहित्यिक समालोचनाको एउटा पाटो मृत्यु र अन्त्य भइसक्यो। केन्द्रहीनता भइसक्यो। मलाई मृत्युको यस खेलमा बाहुनवादको अन्त्य बोल्न मन लाग्यो, बोलेँ। मैले यसलाई कुनै जाति, क्षेत्र, विशेष ठानिनँ। कुनै कालखण्डमा उमि्रएको समाजको कुसंस्कार, अन्धविश्वास ठानेँ। यस खेलमा धेरै लिलिपुट र कम्ती गुलिबर छन्। यस्तो भत्काउन आए- संरचनावाद उल्टाउँदै उत्तर संरचनावाद, निर्माण भत्काउँदै विनिर्माण। थोरै शासक धेरै शासितको ठाउँमा अब शासित शासक र शासक शासित हुनुपर्छ भन्ने 'सबाल्टर्न स्टडिज' आयो रणजीत गुहाको नेतृत्वमा।
मैले 'अपमान' उपन्यासलाई पाठकको कठघरामा उभ्याएँ। के यसको अपराध 'इन्ड अफ बाहुनिज्म' हो? त्यो बाहुनवादले एउटा घरेलु सर्पजस्तै लिम्बू, राई, गुरुङ, मगर, शेर्पा, मधेस, पहाड, लिम्बुवान, खम्बुवान, पूर्वपश्चिम सबैतिर डसिरहेको छ। आफूभन्दा कमजोर, निरीह, दुर्बल, नारी, तेस्रो लिंगी, आदिवासी, जनजाति, उत्पीडित, बाहुन, क्षेत्री सबैमा। जातको उपजातभित्र पसेर डसिरहेको छ। संस्कार, स्वतन्त्रता, न्याय, अधिकार सबैतिर। लिम्बू राईले दलितलाई, बाहुनले आफ्नै बाहुनलाई। सबैले उत्पीडित र नारीलाई। दलित जातिभित्र पनि 'तँ सानो, पानी नचल्ने, छुवाछुत' जस्ता विषय उठ्छन्। लिम्बूको सुनौली रुपौली, जार उठाउने र गैर लिम्बूमा दाइजोप्रथामा आइरहेको छ। राई, लिम्बू, गुरुङ, मगरको गाउँमा आफूजस्तै मान्छेलाई सानो जात भनेर पढ्न, लेख्न नदिने, मन्दिर पस्न नदिने, पानी थाप्न नदिने संस्कारमा देखिन्छ। हिन्दुलाई हिन्दुले रामायण, महाभारत, वेदजस्ता ज्ञानगुनका पुस्तक पढ्न नदिने प्रचलन। पाश्चात्य साहित्य समालोचनामा ठेलीका ठेली पुस्तक लेखेर आफूलाई उम्दा साहित्यकार, समालोचक ठान्ने साहित्यिक गुरुको समालोचनामा किन परेन! किन परेन अनिता चमार, गोल्छे सार्की, मानबहादुर विश्वकर्माको भेदभावपूर्ण जीवन। सधैं पाश्चात्य अर्थ र भनाई ल्याएर वाचल हुने पण्डित्याइँको अन्त्य हुनुपर्छ। मैले बोलेको बाहुनवाद अन्त्य ती सबै विचार, व्यवहार, कुसंस्कार, अन्धविश्वास, साहित्य विलासी, रुढीको विरुद्धमा हो। मैले लेखेको अपमान नयाँ नेपालको पूर्व परिकल्पना हो। कुनै व्यक्ति, जाति विशेषलाई अपमान गर्नु होइन। गल्ती देखाउनु अपमान हुँदैन, सम्मान हुन्छ। म ऐतिहासिक गल्ती सच्याउन खोजिरहेको छु।

डिस्को, म्याक्डोनाल्ड केएफसीजस्तै स्वादिष्ट भनाई ल्याएर साहित्य गर्ने नामी साहित्यकारको नेपालमा हालीमुहाली छ। खोई बाहुनवादको अन्त्य लेख्ने साहसी साहित्यकार, समालोचक, पत्रकार! भनिन्छ- उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट जोगाउन सक्छ। कस्तो साहित्यलाई उत्तम मान्ने, कुन साहित्यिक कृति उत्तम छ भनेर बु‰न केही 'टचस्टोन' अथवा छानिएका, मानिएका 'राम्रा' शेक्सपियर, वर्ड्सवर्थ, किट्सजस्ता लेखकका कृतिलाई मापदण्डको रूपमा लिनुपर्छ। त्यस्ता कृतिले 'टचस्टोन' वा मापदण्डको काम गर्छन्। कुनै नयाँ कृति उत्तम छ वा छैन भनेर बु‰न ती कृतिलाई विश्वप्रसिद्ध 'टचस्टोन' सँग तुलना गरेर हेर्नुपर्छ। यदि नयाँ कृतिले पुराना 'टचस्टोन'झैं अनुभूतिको गहिराई वा शब्द संयोजनको सौन्दर्यशास्त्र प्रतिविम्बित गरेका छन् भने भन्न सकिन्छ- हो, यी नयाँ कृति उत्तम साहित्यिक र सांस्कृतिक कृृति हुन्।'
के म्याथ्यु आर्नोल्डले यस्तै समालोचना गरेर आफूलाई अमर बनाए? नेपाली साहित्य सधैं यही धारले चल्छ? कि बाहुनवाद अमर पक्ष हो? कुनै दिन सबाल्टर्न, दलित, उत्पीडित, मधेसी, आदिवासी, जनजाति, नारीको पक्षधर रेमन्ड विलियमजस्ता समालोचक, रणजीत गुहाजस्ता सबाल्टर्न स्टडिज आउँदैन? अवश्य डेरिडाजस्तो पुरानो संरचना भत्काउने उत्तरसंरचना समयको उड्ने घोडामा चढेर आउँछ। बेलायतमा पनि आयो। बेलायती मार्क्सवादी विचारक रेमन्ड विलियमले आर्नोल्डले औंल्याएको उच्च संस्कृति तथा लोकप्रिय संस्कृतिमध्येको विभाजनलाई प्रश्न गर्दै भने- आर्नोल्डले भनेको सांस्कृतिक विभाजन वर्गीय विभेदमा आधारित छ। के शेक्सपियर, किट्स, वर्ड्सवर्थजस्ता लेखक आफैं पनि उच्च वा मध्यमवर्गीय परिवार थिएनन्? विश्वविद्यालयका पाठ्यक्रममा 'प्रख्यात' लेखकका रचना उच्च वा मध्यमवर्गकै पाठकले पढ्दैनन्? मजदुर तथा किसानजस्ता वर्गकाले पढ्ने, सुन्ने लोकगीत वा कविता 'उच्च साहित्य'का भागमा हुनै सक्दैनन्? शेक्सपिएरकै समयमा अस्ट्रेलियाको कुनै आदिवासीले लेखेको साहित्य 'टचस्टोन' हुँदैन?
नेपाली साहित्यमा माओवादी राजनीति सुरु हुनुअगाडि २०५२ सालदेखि जातीय सवाल, संघीयताको धारणा, गणतन्त्रको वकालत गर्ने उत्तरनेपाली साहित्य 'अपमान' आयो। अपमानले वर्षौंदेखि चलिआएको बाहुनवादमा भएको कुसंस्कार, कुरीति, अन्धविश्वास, रुढिवादलाई उल्टाउने साहस गर्यो। नेपाली समाजमा राजनीति, धर्मसंस्कार यति बिघ्न विस्तार भएको छ। न यसको जरा काटेर हुन्छ न हाँगाबिगा। जति फैलियो उति विष हुन्छ समाजमा। कुनै व्यक्ति विशेषको आनुवांशिकता पनि होइन। जसले यसमा अंश दावी गर्छ उसलाई पनि यसले भष्म बनाउँछ। समाजमा यस्तो हानिकारक भष्मे राख्नु हितकर हुँदैन। यसलाई उन्मूलन नगरी समाजमा फैलिएको हत्या, हिंसा, बलात्कार, छुवाछत, भेदभाव समाधान हुन सक्दैन। दिनदिनै निर्दोष छोरीचेली बलात्कारको शिकार भइरहेका छन्, छाउपडीको कारण गोठतिर मरिरहेछन्। गरिब हुँदा बोक्सीको आरोपमा जलाइन्छ। उच्च जातको गर्भ बोकेर अनिता चमार प्रशासन र सञ्चारको संरक्षणमा आइपुगिन्। कसले भन्न सक्छ यसमा बाहुनवादको वीर्य छैन भनेर? जातीय, लैंगिक भेदभावको बीज कुनै जंगलमा पनि उमि्रन सक्छ। शिशुपाललाई कृष्णले धेरै अपमान गरेको फल दियो महाभारतमा। भेदभावकारी समाजको 'अपमान' उपन्यासले मात्र होइन, धेरै-धेरै अपमानले धावा बोल्नुपर्छ। देशमा विद्यमान आर्थिक, सामाजिक, राजनैतिक सबै समस्याको रुढ बाहुनवाद होइन र? सबैतिर जातीय समन्वय, सहअस्तित्व, प्रेम, सम्मान, आदरको भावना विकास गर्न सबै जातमा भएको 'बाहुनवाद' को अन्त्य हुनुपर्छ तब मात्रै साँच्चैको 'नेपाल' बन्छ।
(साभार-नागरिक १फागुन २०१३)