–bfOgf] ePO dxfdf6L, bfOgf] xf] s]bf/ .
–:yfgLo d+unuLt
बिषय-प्रबेश
सुदुर पश्चिमको ग्राम्यांचलहरुमा कुनैपनि कामगर्दा ‘माटि दाहिना
रहुन’ भनेर स्थानिय भुमी देवताको आशिर्वाद माग्ने गरिन्छ । आपत बिपत पर्दा माटो
गुहार्ने ( माटि घत्याउने ) र देउघात हाल्ने प्रचलन अध्यापि देखिन्छ । यहाँका
प्राचिन शैल शिखरहरु, पबित्र पाटनहरु र
शिबस्वरुप शिलाहरुलाइ चेतनशील शक्तिको रुपमा पुजा गरिन्छ । यहाँका प्रतेक
कंकरहरु शंकर हुन् , फलत: माटोले निसाफ बिगार्दैन भन्ने यस क्षेत्रमा बलियो जन
बिश्वास छ ।
यिनै मान्यताको पृष्ठभुमीमा म मेरो गाऊँ
सम्झिरहेकोछु । काली कुमायूँको चिसो स्याँठलाई छेक्नेगरी पश्चिमपट्टि उभिएको बिशाल
बायु पर्बत र यसै पर्बतिय श्रृंखलाको छायामा हुर्किएका प्राचिन ऋषि मनिषिहरुका
आश्रमहरुलाई नमन गर्दै मेरा गाउँका प्रतेक बुङा-थुम्काहरु, दोमिल्ला-दोभानहरु,
तोली- भन्ज्यांगहरु र शेरा-बगरहरुमा स्थापित लोकदेवताका किम्बदन्तिहरुलाई स्मरण
गरिरहेकोछु । ग्वाल्लेकमा रोपाई नभएसम्म तथा दुबोको रुखमा उक्लिने र दुबोको छायामा
बस्ने मानिसहरु नजन्मे सम्म यो गाऊँमा कलियुगको पुर्ण प्रभाव पर्ने छैन भन्ने मेरो
गाऊँको जन बिश्वासप्रति सम्मान जनाउछु । म यस महान धरतिको पुत्र हुँ भन्ने मलाइ
गर्ब छ । हाम्रा बन्दनीय स्थानिय देवता श्रीकेदारको आल (क्षेत्र ) मानिएको मेरो
सुरकाल गाऊँको गौरब गाथा सम्झदा मेरो मन मयुर सारै आल्हादित हुन्छ ।
नेपालका बिसौं हजार गाऊँमध्ये यो गाऊँ पनि
एउटा हो । सबै सामान्य गाऊँघरहरुको जस्तो यस गाऊँमा पनि सुख दुख दुबै छ । यहाँका
गाउँलेहरु पनि अहोरात्र काममा खट्दछन । यहाँ धनी-गरीब, मोटा-दुब्ला, काला-गोरा,
बुढा-तरुना सबै खालका मानिस बस्दछन । जे भए पनि र जो भए पनि सबै एउटै माटोले बनेका
हुन ,एउटै माटोमा खेलेका-हुर्केका हुन् । यसैले सबै गाउलेहरु समान समस्या र समान
बोली ब्यबहार भएका आम आफन्त हुन् ।
सबै
गाऊँघरको जस्तो यहाँ पनि धेरै जना खेतिपाति गर्दछन् , केहि पढदछन र थोरै जना बन्द
ब्यापार गर्दछन । केहि यत्र तत्र नौकरी र ज्याला मजदुरी गर्न पनि गएकाछन । बसाइ
सराइ गर्नेहरुको संख्या सारै थोरै छ । गएकाहरु पनि बिशेष पर्ब समारोहमा अबश्यै
फर्कन्छन । अचेल सारै थोरैहरु एकअर्काका कुरा काटने, जान्ने सुन्ने भएको स्वाङ
गर्ने र काम कम गरि गफ मात्रै हाक्नेहरुको नयाँ बर्ग पनि पलाएकोछ । जे भए पनि
हाम्रा गाऊँलेहरुमा थुप्रै समानता छ । घाउ चोट सबैलाई दुखे जस्तै नमिठो बचन कसैलाई
पनि राम्रो लाग्दैन । गाऊँ घरमा झैझगडा नहोस र मर्दापर्दा सबैको सहयोग रहोस भन्ने
सबैको प्रयास रहन्छ । कुल मर्यादामा निहित उच्च आदर्शहरुको सबैले सकेसम्म पालन
गर्दछन ।
तर समष्टिमा गाउको सोच अझै ब्यबस्थित छैन
यहाँका मानिस घरी एउटा कुरा सोच्दछन , घरी अर्को कुरा । गाऊँको पहुँचमा गतिलो
स्कुल छैन । सामान्य स्वास्थ्य सेवा पनि उपलब्ध छैन । खेतीपातीबाट परीश्रम अनुसार
आम्दानी भएको हुदैन । जल, जमीन र जंगलको समुचित प्रयोग भएको छैन । बिडम्बना र
बिकृति निरन्तर बढिरहेकाछन । बदलिदो बिश्व परिबेशका नबीनतम बिचार बुझ्न
गाउलेहरुलाई हम्मे हम्मे परेकोछ ।
यो
पृष्ठभूमी र बर्तमान कालक्रमको परीप्रेक्षमा थातथलोको महिमा र पुर्बजका पौरखका
बारेमा सबैले जानकारी राख्नै पर्ने हुन्छ । यसो भएमा मात्र समाजमा एकता र सद्भावको
बिकास हुन्छ । स्वस्थ र सन्तुलित दृष्टिकोण तयार हुन्छ र सुन्दर सुनिश्चित भबिष्य
निर्माणगर्ने दिशामा अग्रसरहुन सकिन्छ ।
यसै सोचलाई बढि वस्तुगत बनाउदै मेरो गाऊँको
धरातलीय चर्चामा लागौं ।
भौगोलिक अवस्थिति
सुदूर पश्चिमांचलको एकमात्र उत्तर दक्षिण
राजमार्गको डोरो बैतडी नपुग्दै निंगलासैनी शक्तिपीठ रहेको देहिमाण्डौ बजारको
प्रबेश बिन्दुबाटैदक्षिणतिर झर्ने मुल बाटो देखिन्छ । त्यसै दिशामा देखिने बिशाल
ग्वाल्लेक पर्वतको काखैमा अबोध शिशु सुतेजस्तो एउटा सुन्दर शान्त गाऊँ देखिन्छ । बैतडी सदरमुकामबाट ४ कोश टाढा र देहिमाण्डौबाट डेढ कोश दक्षिणको यो
पर्बतीय पावन ग्रामको मौलिक स्वरुप अझै त्यति बिग्रेको छैन । हरिया बन-खेत, दुधालु
गाइ बस्तु र आज्ञाकारी परीवारजनको आन्तरिक आनन्दमा यहाँको परिबेश अझै रमाएकैछ ।
स्कन्दपुराण
मानसखण्डमा काशि बनारस भन्दा पनि यो समुच्चा क्षेत्रलाइ पुण्यप्रदा मानिएकोछ ।
यहाँका प्रतेक बन प्रान्तरमा शिबजीको बास छ भनिन्छ । कैलाश मानसरोबरको यात्रा-पथ यिनै लेक बेशी भएर हिमाल पारी पुग्दछ ।
देवताहरु परिभ्रमण भैरहने यहाँका रमाइला पाटन र पर्बतहरुको आआफनै बिशेषता छ । यहाँको
भुगोलमा कतै रामकृष्ण का गाथा गाइन्छन भने कतै पबित्र पादुका चिन्ह छन । पाण्डबले
बोकेका भनिएका बिशाल शिलाखंड र यिनै ले बनाएका मन्दिरहरू अझै देखिन्छन । रामले
खोलेका धाराहरु र सीताले न्वाउने नाउलाहरुको लामो बिबरण तयार हुनसक्छ । यहाँका
कोट-गढी, बुंगा-बनहरूको स्वतन्त्र र शौर्य सम्पन्न इतिहास छ । प्राकृतिक सम्पदा,
गिरी-शिखर, ताल-तलैया, ढुंगा-माटो, आगो-पानी, घाम-बतास समेतलाई भगवानकै स्वरुप
मान्ने सुदूर पश्चिमेलि परम्पराबाट हेर्दा यहाँको पाइला पाइलामा देउताको बास छ
जस्तो लाग्दछ । यो बिसेषता समुच्चमा यस क्षेत्र भरिकै हो । यस लेखमा बर्णित सुरकाल
गाऊँका सन्दर्भमा पनि यहि बिशेषता उल्लेखनिय छ ।
नामाकरण
यस क्षेत्रकै प्रमुख देवताको शिरस्थान मानिएको
ग्वाल्लेक धुरा ( प्राचिन बायु पर्वत) असिमी केदार समेत श्रीकेदारको आल भित्र
परेकोले यसको छोटकरी स्वरुप अपभ्रंस हुदै सुरकाल भएको हो भन्ने अध्येताहरुको भनाइ
छ । ब्यक्ति वा थर बिशेषका लागि आल ( क्षेत्र) छुट्ट्याउने प्रचलन हाम्रो देशमा
पहिले देखिनै चलेकोहो । काठमाण्डौ खाल्डोलाई मात्र नेपाल भनिएको यथार्थमा त्यो
नेवा: जातिको आलबाटै अपभ्रंश भएकोहो । ग्रामको सानो रुप गृह भए जस्तै आल( (क्षेत्र)को सानो रुप आलय (घर) प्रत्यय लागेका थुप्रै शब्दहरु लोक-प्रचलनमा रहेका
छन ।
यसरी श्रीकेदारको आल कालान्तरमा श्रीकेदार
आल,श्रीको आल, सिरकाल हुदै सुरकाल भएको हुन सक्दछ । गाँउका सनद सवालहरुमा साविक
देखि स्थापित श्रीकेदार देवताको गुठी अहिलेसम्म सोही नामबाट राजगुठीमा दरिएकोछ ।
यसै गरी स्थानिय लोकदेवताहरु खापरे दैत्यसंग लडाइ गर्नु अघि मन्त्रणाकालागि यसै
गाउमा जम्मा भएका थिए रे । देवताहरू एकै ठाऊमा जम्मा भएका हुनाले श्रीको आल भनिएको
होला भन्ने एकथरिको अडकल छ ।
प्रमुख स्थान-ग्वाल्लेक धाम
गाँउकै सेरोफेरोमा देखिने सिढीजस्ता गराहरु,
त्यसभन्दामाथिको हरियो जंगल र अझ माथिको रहस्यमय पर्वत श्रृखला मिलेर यो गाउँमा
गजबको बान्की हालेकोछ । गाऊको छेउछाउ बग्ने खोलाहरुको किनारमा ऊभिएका हरिया बृक्षहरुको लामो लहर पर्बतीय ढलान हुदै
क्षितिजमा हराएको दृश्यले यहाको परिबेशलाई थप रहस्यमय बनाएकोछ । यो आलभित्र
शिबस्वरुप मानिएका श्रीकेदारका बिभिन्न रुप र शिबगणहरु स्थापना गरिएकाछन । बिबिध
नामरुपले प्रचारित यिनीहरुको परीचय दिदा देवस्थल र स्थान बिशेषको झिनो अन्तर
छुट्याउन गारो पर्दछ । जे भए पनि श्री केदारको आल नै बर्तमानको सुरकाल हो ।
समुद्र सतहबाट करिब ८ हजार फिटको उचाइमा रहेको त्रिशुलाकार
पर्बत श्रृंखला र त्यसको वरपरको क्षेत्रलाइ ग्वाल्लेक धामको रुपमा बैतडी जिल्लाभरि
नै श्रद्धा र बिश्वासको केन्द्र मानिन्छ । पश्चिम महाकाली पारिबाट आउने चिसो
स्याँठलाइ रोक्ने हुनाले प्राचिन समयमा यसलाई बायु पर्बत भनिन्थ्यो । बायु पर्वत
वरिपरिकोतटीय क्षेत्रलाई बायु तट भनिएको र कालान्तरमा यहि शब्द अपभ्रंसित भै
“बैतडी” बन्नगएको हो भन्ने बिद्वानहरूको बिचार छ । यस प्रकार बैतडीको नामाकरण
गर्ने यो शिखर जिल्लाकै केन्द्रस्थलमा पर्न आउछ । कालक्रममा ग्वालाहरु बस्ने लेक
भएकोले ग्वाल्लेक कहलिएको हो भन्ने एकथरिको भनाइ छ । यस्तै सेतो फूल फुल्ने गुबो
(बुकी ) प्रसस्त पाइने हुनाले गुबालेक नै ग्वाल्लेक भएको हो भन्ने अर्को भनाइ छ।
जे भए पनि सुरकाल गाउको पुरै पश्चिमी पार्श्व
ग्वाल्लेकको छत्रछायामा छ । बैतडी जिल्लाभरिनै बृहतर ग्वाल्लेक धाम भएर बग्ने
नदिहरु र यसको वरपरको जंगलको बिशिष्ट महत्व छ। जैबिक बिबिधताको दृष्टिले यो
क्षेत्र सारै धनी छ।
बनस्पतिहरुमा बाँज, खर्सु, बुरौज, ओखर,
पाङर,चिलौने, अयार, सौण, सल्लो, रुइस, बैस, गणिया, चुक्या, लुइटो,
दल्लो,बाणि,गणौल्या, खडीग, पणङेउलो, बकलपाते, काउलो, किटकाउलो, टप्पोल्या, काफल,
सिलङो, दालचीनी, तेलपरो, भणुवा, पैयु,
पिपल, सिमल, बणुवा,काँकणि, किरमणो, घङारु, मेल, कँणिया आदि प्रमुख छन ।
बन्यजन्तुहरुमा बाघ,
चितुवा, घोरल, काँकण, थार रतुवा खरायो, दुम्सी(स:णो) आदि प्रमुख छन। बुढपाकाहरु
यदाकदा कस्तुरी समेत देखिने गरेको कुरा बताउछन।
यहाँका चट्टानहरुमा शिलाजीत, अभ्रख, तामा खरिढूंगा,
स्लेट, कमेरो र चुनढुंगा जस्ता खनिज रहेको अनुमान गरिन्छ। यहाँका बनजंगलहरुमा सहजै
उपलब्ध हुने जडिबुटिहरुमा अमलादाना, तेजपात, बोझो, पाषाणभेद (शिलफोडे), सुगन्धवाल
(सिमे), चुथ्रो(किरमणो), टिमुर, लोक्ता, काँकणी, सोमलता, दारुहल्दी, झ्याउ,
बिषजरा, मजिठो, मुरली, जिबन्ति (भालुका केला), बुके फूल, कुरिलो (झीझराइन),
चिराइतो, लेकतिते, बज्रदन्ति, कचुर, निगालो, सतुवा, गनानो, मकणबेली, खुचण्या,
धपण्या, रातपाते, हत्ताजणि, आकाशबेली आदि प्रमुख हुन । जंगली फलफुलहरुमा ओखर,
काफल, एसेलु, घङारु, किरमणा, माजरो, गोफला, मेल, बम्युर, मछाइन, अधल्ल्याहरुको नाम
लिन सकिन्छ ।यसबाहेकका हजारौ जडिबुटिको अध्ययन अनुसंधान हुन बाँकी छ ।
No comments:
Post a Comment