Thursday, August 17, 2017

संस्कृतका केही प्रेरणादायि श्लोक

संस्कृत श्लोक संग्रह

1. उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः।
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा: ।।
अर्थात:- उद्यम, यानि मेहनतले नै काम पूरा हुन्छ,  ईच्छा गर्नाले  मात्र कुनै काम पनि पूरा हुदैन । जसरी सुतेको सिंहको मुखमा मृगहरु स्वयम् प्रबेश गर्दैनन् ।

2. वाणी रसवती यस्य,यस्य श्रमवती क्रिया ।
लक्ष्मी : दानवती यस्य,सफलं तस्य जीवितं ।।
अर्थात:- जस्को मीठो बोली छ, जस्को काम परिश्रमयुक्त छ, जस्को धनलाई दानमा प्रयोग गरिएकोछ, त्यस्को जीवन नै सफल छ ।
-
3. प्रदोषे दीपक : चन्द्र:,प्रभाते दीपक:रवि:।
त्रैलोक्ये दीपक:धर्म:,सुपुत्र: कुलदीपक:।।
अर्थात:- संध्या-कालमा चंद्रमा दीपक हो, प्रातः कालमा सूर्य दीपक हो, तीनै लोकमा धर्म दीपक हो तथा सुपुत्र कुल को दीपक हो ।

4. प्रियवाक्य प्रदानेन सर्वे तुष्यन्ति जन्तवः ।
तस्मात तदैव वक्तव्यम वचने का दरिद्रता।।
अर्थात:- प्रिय वाक्य बोलेमा सबै  जीव संतुष्ट हुन्छन् ।  अतः प्रिय वचन नै बोल्नोस किनकि यस्ता बचनहरुको कहिल्यै अभाव रहदैन ।

5. सेवितव्यो महावृक्ष: फ़लच्छाया समन्वित:।
यदि देवाद फलं नास्ति,छाया केन निवार्यते।।
अर्थात:- विशाल वृक्षको सेवा  गरिरहनु पर्छ, किनकि यसले फल र छाया दुबै प्रदान गर्छ । यदि दुर्भाग्यबस फल पाइएन  भने पनि छाया त कसैले पनि रोक्न सक्दैन ।

6. देवो रुष्टे गुरुस्त्राता गुरो रुष्टे न कश्चन:।
गुरुस्त्राता गुरुस्त्राता गुरुस्त्राता न संशयः।।
अर्थात:- भाग्य रूष्ट भएमा गुरुले रक्षा गर्छन ।  गुरु रूष्ट भएमा कोहि आफनो हुदैन । अत: गुरु नै रक्षक हुन्३ । यसमा शंका छैन ।

7. अनादरो विलम्बश्च वै मुख्यम निष्ठुर वचनम
पश्चतपश्च पञ्चापि दानस्य दूषणानि च।।
अर्थात:- अपमान गरेर, ढिलो गरेर, मुख बिगारेर, कठोर बचन बोलेर दान गरेमा  तथा  दानपश्चात पश्चाताप गरेमा यी पाँच क्रियाले दानलाइ दुषित गर्दछन ।

8. अभिवादनशीलस्य नित्यं वृद्धोपसेविन:।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलं।।
अर्थात:- ठुलालाई अभिवादन गर्ने र नित्य बृध्दहरुको सेवा गर्ने मनुष्यको आयु, विद्या, यश र बल -यी चार कुरा बृध्दि  हुन्छन ।

9. दुर्जन:परिहर्तव्यो विद्यालंकृतो सन ।
मणिना भूषितो सर्प:किमसौ न भयंकर:।।
अर्थात:- दुष्ट व्यक्ति यदि विद्याले सुशोभित छ भने पनि  परित्याग योग्य नै हुन्छ । के मणिले सुशोभित सर्प  भयंकर हुदैन र ?

10. हस्तस्य भूषणम दानम, सत्यं कंठस्य भूषणं।
श्रोतस्य भूषणं शास्त्रम,भूषनै:किं प्रयोजनम।।
अर्थात:- हातको आभूषण दान हो , कण्ठको आभूषण सत्य हो , कानको शोभा शास्त्र श्रवणमा छ । अन्य आभूषण को कुनै प्रयोजन छैन ।

11. यस्य नास्ति स्वयं प्रज्ञा, शास्त्रं तस्य करोति किं।
लोचनाभ्याम विहीनस्य, दर्पण:किं करिष्यति।।
अर्थात:- जुन मनुष्यमा बिबेक छैन शास्त्रले त्यसलाई के गर्न सक्छ र ? आँखानै नभएकोलाई ऐनाले के गरोस ?

12. न कश्चित कस्यचित मित्रं न कश्चित कस्यचित रिपु:
व्यवहारेण जायन्ते, मित्राणि रिप्वस्तथा।।
अर्थात:- न कोई  कसैको मित्र हुन्छ न शत्रु । ब्यबहारले नै मित्र या शत्रु बनाउँछ ।

13. नीरक्षीरविवेके हंस आलस्यं त्वं एव तनुषे चेत।
विश्वस्मिन अधुना अन्य:कुलव्रतम पालयिष्यति क:।
अर्थात:- ऐ हंस, यदि तिमि नै दूध र पानीलाई भिन्न गर्न छोडछौ  भने तिम्रो कुलब्रत यो बिश्वमा कसले पालना गरिदेला ? (भाव- यदि बुद्धिमानले नै कर्तब्य त्यागेमा निष्पक्ष व्यवहार को गर्ला र ? )
-
14. दुर्जन:स्वस्वभावेन परकार्ये विनश्यति।
नोदर तृप्तिमायाती मूषक:वस्त्रभक्षक:।।
अर्थात:-दुष्ट व्यक्तिको स्वभाव नै अर्काको काम बिगार्ने हो । मुसाले कपडाहरु स्वभावबश नै काटने गर्छ, पेट भर्नका लागि होइन ।

15. सत्यं ब्रूयात प्रियं ब्रूयात न ब्रूयात सत्यं प्रियम।
प्रियं च नानृतं ब्रूयात एष धर्म: सनातन:।।
अर्थात:- सत्य बोल, प्रिय बोल, अप्रिय लाग्ने सत्य बोल । प्रियलाग्ने  असत्य पनि बोल्नु हुदैन ।

16. काव्यशास्त्रविनोदेन कालो गच्छति धीमतां।
व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा।।
अर्थात:- बुद्धिमान मानिसहरु काव्य-शास्त्रको अध्ययनमा आफनो समय ब्यतित गर्छन ।  मूर्ख मानिसहरु निद्रा, कलह वा कुनै ब्यसन बासनामा आफ्नो समय बिताउछन् ।

17. पृथ्वियां त्रीणि रत्नानि जलमन्नम सुभाषितं।
मूढ़े: पाधानखंडेषु रत्नसंज्ञा विधीयते।।
अर्थात:- पृथ्वीमा तीन रत्न छन-जल,अन्न र शुभ वाणी ।  तर मूर्खहरु ढुंगाको टुक्रालाई नै रत्न को संज्ञा दिने गर्दछन् ।

18. भूमे:गरीयसी माता,स्वर्गात उच्चतर:पिता।
जननी जन्मभूमिश्च स्वर्गात अपि गरीयसी।।
अर्थात:- भूमिभन्दा श्रेष्ठ माता छन , स्वर्गभन्दा महान पिता छन् , माता र मातृभूमि स्वर्गभन्दा पनि श्रेष्ठ छन् ।
                                                     19. शैले शैले न माणिक्यं,मौक्तिम न गजे गजे।
                                                           साधवो नहि सर्वत्र,चंदन न वने वने।।
अर्थात:- प्रत्येक पर्वतमा अनमोल रत्न पाइदैन , प्रत्येक हाथीको  मस्तकमा मोती हुदैन ।सज्जन मानिस सबै ठाउमा हुदैनन । प्रत्येक वनमा चंदन पाइदैन ।
                                                                             —
                                                           20. न विना परवादेन रमते दुर्जनोजन:।
                                                                 काक:सर्वरसान भुक्ते विनामध्यम न तृप्यति।।
अर्थात:- अर्काको निन्दा नगरेमा दुष्टब्यक्तिलाइ आनन्द नै आउदैन । जसरी कागले सबै रस भोग गरे पनि फोहोर टिप्नमा नै आनन्द मान्ने गर्दछ । ।

देबपुत्र दमाई र ढोलसागर

( साभार- प्रेम कैदी, अन्नपुर्णपोष्ट दैनिकबाट ) 
सानै उमेरदेखि विवाह र अन्य कार्यक्रममा बज्ने बाजाहरू सुन्दा एक किसिमको कौतूहल हुन्थ्यो । मन्दिर मेला बिहावारीहरूमा दमाईहरू मच्चीमच्ची बाजा बजाउँछन् । एक किसिमको रमाइलो वातावरण हुने गर्छ । अझ मन्दिरमा पूजा हुँदाको अवस्थामा हुने देवताको औतारमा माहोल फरक खालको हुन्छ । ती बाजा बजाउनेहरू अछूत मानिँदै आएको पाइन्छ । प्रायः गाउँमा अलि फरक बस्तीमा उनीहरूको बास हुन्छ । उहिले उहिले मान्छेले भन्थे, दमाईहरूको छुट्टै भाका हुन्छ ।
त्यसका कलौते भनिने उर्दुजस्ता अक्षरहरू हुन्छन् । यिनीहरू फरक प्रकृतिका अहिलेका मुसलमानजस्ता लाग्छन् । यिनीहरू जादु मन्त्रले असम्भव काम गर्न सक्छन् । एकचोटि एकजना दमाईले अर्को दमाईलाई खान बोलाएछ । १० पाथीको भात पकाएछ । पाहुना आउने दमाईले आफ्ना वीरहरू बोलाएर सबै भात सिध्यायो । पाहुना आउने दमाईकोमा खान जाँदा पनि त्यस्तै भयो । यसको अर्थ उनीहरू दुवैसँग अदृश्य वीरहरू थिए । ती आफ्ना मालिकलाई जादु मन्त्रको अवस्थामा सहयोगी हुन्थे । यो काम दमाईहरूले बढी गर्थे । गाँउतिर कोही बिरामी भएमा, झारफुक गर्ने र अन्य उपचारको काम पनि यिनीहरूबाट गराइन्छ । यिनीहरू फूल, स्याउला, सिस्नु र कुचो लिएर फुकफाक गरिरहेका देखिन्छन् ।
तर, आजभोलि विस्तारै यस्ता दृश्य कम हुँदै गएका छन् । खासगरी २०१९ सालमा आएको संविधान र राजा महेन्द्रले छुवाछूत उन्मूलन गरेपछि गाउँघरमाउथलपुथल मच्चियो । जब मान्छेहरू कामको खोजीमा देशबाहिर जान थाले अनि धेरै ठूलो सामाजिक उथलपुथल भयो । मेसिन नहुँदा हातले कपडा सिलाउँथे । मेसिन आउँदा हातको काम मासियो । त्यसै बेला मलेरिया उन्मूलन गरियो र राजा महेन्द्रले भूमिसुधार लागू गरे । गाउँमा उत्पादनको कमी र सीमित साधनस्रोतका कारण ठूलो अवसर खोजेर विस्तारै मानिसको बसाइँसराइमा तीव्रता आयो । अन्यत्र सर्ने परिपाटीले मानिसहरूले पुरानो थातथलो बिर्सिंदै गए । खासगरी संगीत साधकहरूको गाउँमा उपस्थिति नभएपछि बाजाको प्रयोग पनि कम हँुदै गएको दुःखदायी अवस्था हाम्रासामु छ ।
बाजागाजा अनि अनेकौ ताल, लय र धुन पनि लोप हुँदै गएका छन् । नयाँ पुस्ताले सिक्न नपाएको र पुरानो पुस्ता मासिँदै गएको अवस्थामा एक किसिमको पुस्तैनी रिक्तता पैदा हुँदै छ । मानिसको जन्म, विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा बजाइने बाजाका धुनहरू फरकफरक हुन्छन् । कुनै धुनमा दैवीस्तुति, कुनैमा शुभकामना र कुनै बेला आशोच बारेको संगीतको भाका जहिले पनि फरकफरक हुन्छ । हाल ब्यान्ड बाजाको नाममा पश्चिमा बाजाहरूले ठाउँ लिएका छन् । यसमा हामी आफ्नो संस्कार संस्कृतिबाट टाढा आयातीत संस्कारमा रमाइरहेका छौं । अहिले धेरै मानिस पञ्चैबाजाको नाममा प्रचलित गीतका धुनहरू बजाइरहेका छन् । तिनीहरूले परम्परागत धुनहरू प्रयोगमा ल्याउन सकेको पाइँदैन ।

 
संरक्षणप्रतिको उदासीनताकोकारणले लोप हुनसक्ने अवस्था देखिन्छ । यस्तो चरम लापरबाहीलाई रोक्ने कुनै प्रयास हुन सकेको छैन र हालको स्थितिमा त्यसको सम्भावनासमेत देखिँदैन किनकि राज्यले त्यस्तो नीति र सोच सार्वजनिक रूपमा उजागर गरेको देखिँदैन ।
राष्ट्रकै भाषासंस्कृति मास्न राज्यद्वारा नियुक्त प्राज्ञिक संस्थाहरूले चलखेल गरिरहेको बेला कर्णाली अर्थात् मध्य र सुदूरपश्चिम नेपालका कलासंस्कृति अनि बाजागाजा र गीतसंगीतको संरक्षणको कल्पनासम्म गर्न सकिने अवस्था छैन । यस्तो स्थितिमा कर्णालीका गाउँगाउँमा स्वतस्फूर्त रूपमा जातीय संगीतको नेतृत्व गर्ने खसलगायत अन्य जातिभित्रको दमाई भनी बाजाहरूको राजा दमाह ठोक्ने समूहको उत्थान र संरक्षण एवं सम्वर्धन हुने किञ्चित सम्भावना देखिँदैन ।
दुःखको कुरा स्वर्गका गन्धर्वजस्ता संगीतसाधक, तन्त्रशक्ति भएका र विशिष्ट दैवी क्षमता प्राप्त यस समुदायलाई आफू को हौं भन्ने ज्ञान पटक्कै रहेको पाइँदैन । सीमित जानकारी भएका औंलामा गन्न सकिने व्यक्तिहरू साधनारत रहिरहन सक्ने भौतिक अवस्थाबाट वञ्चित छन् । राज्य र समाज उनीहरूप्रति उपेक्षाभावमात्र होइन दलित भनेर छिछि दूरदूर गर्दै अछूतको निम्न तहमा राख्दै आएको छ ।
पहिले मानिसहरूले यी वाद्यवादनका सामग्री मन्दिर अथवा देवीदेवताका नाममा चढाउने गर्थे । स्वयं बजाउनेले पनि किन्नसक्ने अवस्था थियो तर अहिले सबै कुराको बजारभाउ आकासिएको छ । नेपाली मुद्राको भाउ अवमूल्यन हुँदाहुँदा मुद्रास्फीतिले नेटो काटेको छ । आमजनताको भन्दा आर्थिक अवस्था कमजोर भएका दमाईहरूको क्रयशक्ति समाप्तप्रायः अवस्थामा पुगेको छ । स्वयं बनाउने समय पनि छैन । यसबाट गीतसंगीत र बाजागाजा विलोप हँुदै जाँदा हाम्रो सभ्यता, संस्कृति र धर्मसमेत लोप हुँदै जाने अवस्था छ ।
हाम्रो संगीतको इतिहास पौराणिक कालदेखि रहिआएको छ । शिवको ताण्डव नृत्य हुँदाको अवस्थामा पनि ढोल नगारा आदि वाद्यवादनको प्रयोग भएको वर्णन पाइन्छ । हाल देवताहरूको मन्दिरमा पूजा हुँदासमेत ढोल, नगारा, दमाहा, झ्याली आदि बाजागाजा अति आवश्यक मानिन्छ । हाम्रो लोकजीवनका संगीतकार दमाई, ढोली, औजी, परियार, नेपाली, गहतराज आदि थर लेख्नेलाई अछूत मान्ने र कामी, लोहार, सार्कीभन्दा तल्लो श्रेणीमा राख्ने चलन प्रचलित नै छ । ढोल र दमाहा बजाउने काम केवल औजी (आवजी)ले मात्र गर्छन् । उल्लेख्य के छ भने असवर्ण मानिए पनि कुमाउमा जागरको बेला यिनीहरूलाई अछूत मानिँदैन । यसमा उनीहरूलाई औजी, देवदास र गुरु भनिन्छ । यिनीहरूलाई राईदास, विणी दास अथवा धरम दास पनि भनिन्छ ।
तालका जन्मदाता भगवान् शिवलाई आदि नर्तक अथवा अर्को नाम नटराज हो । उनी संगीतका जन्मदाता पनि हुन् । ढोलसागर ढोलको तालसम्बन्धी ग्रन्थ हो । हिमालय क्षेत्रमा ज्योतिष तन्त्र मन्त्र र नृत्य संगीत आदिसँग सम्बन्धित सबै ग्रन्थ शिवद्वारा रचित र शिव पार्वती संवादका संकलनका रूपमा उल्लेख गरिन्छ । यस्ता ग्रन्थमध्ये प्रमुख ग्रन्थ ढोलसागर मानिन्छ । यो लोक संगीतको प्रमुख ग्रन्थका रूपमा लिइन्छ । विश्वको प्रत्येक ढोल बजाउने मानिसलाई भगवानदास वा देवदास र औजी पनि भनिन्छ । पश्चिम नेपालतर्फ ढोल दमाहाको वादन र नृत्य ढोलसागरको सिद्धान्तमा आधरित हुन्छ ।
ढोलसागरको पहिलो भागमा सृष्टिको उत्पत्तिको वर्णन पाइन्छ । यसलाई जागेश्वरी ढोलसागर भनिन्छ । अर्को भागमा ढोलको वर्णन, यसको उत्पत्ति, बजाउने कलाको बारेमा विस्तृत उल्लेख छ । यस भागलाई चिष्टकला ढोलसागर भनिन्छ ।यो ग्रन्थमा ढोलको उत्पत्तिका सम्बन्धमा पार्वती भन्छिन्, दोपते उत्पन्न ढोल ददी द्वापते उत्पन्न दमामे कनक द्वीपते कनक, थरहरी बाजी किरणे मण्डल ते चार किरणी बाजे सिंदु द्वापते सिन्दु थरहरी बाजी न दुथरहिते सिंदु थरहरी बाजै चौ दिशा की चार चासणा बाजी चार चासणीं की चाखास रणों बाजी चार चासणों की चार तेल बाजी (दुई पदमा उत्पन्न भएको ढोल दुई पदमा बजेर दमाहासहित कनक दविपमा थर्काउँछ । यसको बजाइले सूर्यको किरणमा समेत कम्पन ल्याउँछ । यसको आवाज किरणमा फैलिएर चारै दिशाको जल थलमा समेत तरंग ल्याउन्छ । चारै दिशामा बजाउँदा यसले रणमा समेत दुश्मनहरूको हौसलालाई नाश गर्छ)।
ढोलको बनावटका सम्बन्धमा यसरी उल्लेख छ— ढोल्या पार्वतीले बटोलिन्, विष्णु नारायणले गढाए, चारेजुग ढोल मुढाया ब्रह्माजीले ढोलमाथि कंदोटी चढाए (ढोलको अवधारणा पार्वतीले बटुलिन, विष्णुले ढोलको आकार सिर्जना गरी चारै युगमा ढोल तयार गरे, ब्रह्माले त्यसमाथि आफ्नो चिह्न राखे ) । ढोलको मूल र शाखा यसप्रकार छ, अरे आवजी उत्तर ढोली, ढोलको मूल, पश्चिम ढोली ढोलकी शाखा, दक्षिण ढोली ढोलको पेट, पूरव ढोली ढोलको आँखा (मुख्य आवाज आउने ढोलको भागलाई उत्तरको ढोली र ढोलको मूल मानिन्छ । पश्चिमको ढोलीलाई ढोलको शाखा, दक्षिणको ढोलीलाई ढोलको पेट र पूर्वको ढोलीलाई ढोलको आँखा मानिन्छ ) । श्रीवेद, सतगणेश, पासमतो, रणका, छणक, बेची, गोपी, गोपाल, दुर्गा, सरस्वती, जगती गरी १२ प्रकारका ढोल हुन्छन् ।
आवजाका मूल र कला, मन मूले, पौन कला, शब्द गुरु, सुरत चेला, सिंहनाद शब्दली, आव, शरत वसन्त देश धरती हो । मेरो गाउँ अलेकको नगर जमराज पुरी बस्तो गाउँ (यसको मूल मन, कला पौन (वायु), शब्द गुरु, बनावट शिष्य, गर्जन शब्दहरू, शरदको वातावरण भएको देश धरती हो । मेरो गाउँ अलेकको नगर यमराज पुरी गाउँमा बस्छु ) । चारै युगमा ढोलको इतिहास, द्वापरा मानदाताको वामदास, ढोली गगनको ढोलम तम शून्य शब्दम् । त्रेता युगे, मध्ये महेन्द्र नाम राजा बिदी पाल ढोली काष्टकी ढोलम आविष्कार । कलियुगेमध्ये वीर विक्रमाजित राजा भगवान्दास ढोली अरू तत्रको ढोल वस्त्रको शब्दम् पंच नामिक नमो नमः द्ववापर युगमा राजा मान्धाताको ढोली वामदास रही आकाशको ढोल बजाएर शून्य शब्द पैदा गरे । त्रेतायुगमा राजा महेन्द भए र विंदी पाल ढोली भई काठको ढोल आविष्कार गरे । कलि युगमा राजा वीर विक्रमजितको साथमा भगवानदास ढोली भए धातुको ढोल र वस्त्रको शब्द भयो । यिनीहरूलाई हाम्रो नमस्कार छ ) ।
ढोलसागरमा यसलाई कथाको रूपमा प्रस्तुत गरिएको छ । यसलाई ईश्वरोवाच र पार्वतीउवाच राखेर प्रश्न र उत्तर मिलाइएको छ । कथामा शिव, निरंकार निरञ्जन, निर्विकार शून्य सब एक रूप मानिएको छ । सुरुमा ओम, माता पिता गुरु र देवताको आदेश लगाइएको छ । विष्णु कमलबाट उब्जनु, कलमबाट ब्रह्मा जन्मिई ओमकार शब्द निस्केर सात द्वीप नौ खण्डको सिर्जना मानिएको छ । ढोलको उत्पत्ति शाखा, ढोल बनाउँदा डोरी चढाउने शरीरको सम्बन्धमा समेत वर्णन गरिएको छ । ढोलपछि वेदती, देवताको नाम दिइएको छ । १० दिशामा कुन कुन ढोल बज्दछन् तिनीहरूको नाम छ । चारै युगको ढोलीको नाम उल्लेख छ । चार वेदलाई बजाउने ताल र शब्दहरू राखिएका छन् । त्यसपछि सर्वत्र धौ धौकार र त्यसैदिन औजी (आवाज निकाल्ने) को उत्पत्ति भएको कथा छ ।
पृथ्वी उत्पत्तिको विषयमा भनिएको छ, पृथ्वी निरंकार हुँदै त्यसबाट साकार भयो । थल, जलको अन्डा आकार फुटेर नौ खण्ड धरती उब्ज्यो । निरंकार गोसाईबाट ब्रह्मा, अंग मलेर विष्णु, भौं मलेर भोलेनाथ, खुट्टा मलेर पारवती पैदा भए । यस्तै गोसाईले पृथ्वी, स्वर्गमा ईन्द्र र पातालमा वासुकी रचे । माटो पैदा गरी त्यसमाथि पृथ्वी राखिदिए । त्यसपछि तेत्तीस करोड देवता थापना भए । त्यसपछि सोह्र शृंगार गराएर महादेवले पार्वतीलाई नचाए । बाजाको छत्तीस ताल उल्लेख भएको ढोलसागरमा ढोलवादनका चार शैलीहरू रहेका छन् जसमा अमृत, सिन्धु, प्रराणी र मध्यानी । अहिले चार शैलीमा भगवानदासको मध्यानी शैलीमात्र उपलब्ध छ । यसका पनि चार उपशैली रहेका छन्— सुत्रिका, बाकुली, सेन्दुरी र झाडखण्डी ।
मध्यानी शैलीका प्रमुख तालहरूमध्ये बडाँई ताल, मंगल उत्सव र शुभकामनाको लागि प्रयोग हुन्छ । ढोलको घुयेल ताल देवताहरूको उपासनाका लागि र रहमानी ताल विवाहको अवसरमा बजाइन्छ । रहमानी ताल पनि सैनवार, उकाल र उन्दार गरी तीन तरिकाले बजाइन्छ । नौबत ताल उददीम दासद्वारा इन्द्रको दरबारमा बजाइन्थ्यो । अति प्राचीन नौबत ताल रातको दोस्रो र अन्तिम प्रहरमा कुनै मंगल उत्सव अथवा वसन्त ऋतुमा नित्य प्रस्तुत गरिन्छ । पहिले राजाको दरबारमा बजाइने नौबत तालअन्तर्गत नौपतन र बाइस पडतालहरू प्रस्तुत गरिन्थ्यो । नौपतमा नौ निधिहरू, बाइस पडताल, आठ सिद्धिहरू र चौध भुवनको अभिव्यक्ति हुन्छ ।
शिवको ताण्डव नृत्यताका प्रस्तुत गरिने चरितालिम ताल आजकाल लोप हुँदै गएको मानिन्छ । विजैसारको दुवै टुप्पोलाई तामाको तीन टुक्राले जोडिन्छ । यी तीन टुक्रा ब्रह्मा विष्णु र महेश्वरको प्रतीक हुन् । विजैसार त्रिदेवको सामूहिक शक्तिको प्रतीक मानिन्छ । यो भव भक्ति, विश्वरूपी ढोलको नियन्त्रणमा राखिन्छ । ढोलको निर्माण संसारको प्रलयपछि सृष्टिको सुनसानको स्थितिलाई भंग गर्न ब्रह्मा, विष्णु र महेशका साथै पार्वतीले गरेको मानिन्छ । यस नवनिर्मित ढोलको नाम शिवजन्ती राखियो ।
यसलाई सर्वप्रथम शिवले धारण गरेर सृष्टिको मनोरञ्जन गरेका थिए । ढोललाई ताल दिनका लागि तामाको दमाहा पनि सँगै बजाइन्छ । ढोल र दमाहाहरू बनाउँदा स्थानीय देवताहरूको नामसमेत लिइन्छ । देवताको पूजासमेतमा बाजाको प्रभावकारी भूमिका रहेको हुन्छ । पर्वहरूमा देवताको बढाइँ गर्ने आदि समयमा बाजाको आवश्यकता पर्छ । देवताहरूको मन्दिरमा पूजा तथा पर्व र विवाहका अवसरमा बाजा बजाउन आसपासमा दमाईहरू गाउँ बनाएर बसेका हुन्छन् । मन्दिर परिसरभित्र उनीहरूलाई बस्ने निश्चित ठाउँ तोकिएको हुन्छ । तिनीहरूलाई बाजाको ताल र कुन बेला मन्दिरमा कस्तो किसिमको ताल बजाउने जानकारी हुन्छ । धामीहरू नाच्ने अथवा कम्प दिने र देवतापिच्छे फरक रहेको बाजाको ताल उनीहरूलाई मात्र थाहा हुन्छ ।
केही गोप्य पूजा हुने मन्दिरमा भने बाजा गाजाको आवश्यकता पर्दैन र यिनीहरूलाई बोलाइँदैन । बाजे धामी (बाजा बजाए पछि काम्ने) भएको मन्दिरमा मात्र बाजाको प्रयोग हुन्छ । हाल दमाई भनिने गरे पनि बाजा बजाउनेहरूलाई पहिले राईदास विणिदास अथवा धरमदास भनिन्थ्यो । किंवदन्तीअनुसार एक चोटि देवलोक अर्थात् सपादलक्ष्यका देवताहरू कैलाशमा एकत्रित हुँदा विषको प्रकोपले सबै ग्रस्त हुन गए । सबै देवता आत्तिएर भगवान् शंकरलाई रक्षाका लागि प्रार्थना गर्न लागे । शंकरले सबैलाई आफ्नो पसिना एउटा शिलामा पुछ्न लगाए । त्यस शिलाबाट उत्पन्न भएका व्यक्तिलाई धरमदास भनियो । विणीदासले विजयसारको ढोल बनाएपछि राईदास अथवा रैदासले छालाले मोडे । धरमदासले ढोल बजाएर बिनतिको बोल बोलेर विषको प्रभाव शान्त गरेर समाप्त पारे ।
उत्तराखण्डतिर कालसैन देवताको प्रसंगमा मोतिया दर्जीको बारेमा उल्लेख भएको छ, जसलाई कालसैनका पिताका मित्र भनिएको छ । कुमाउको हुमधुरा पुग्दा गोरिल र सैम देवता जंगलको विषालु फूलको गन्धले बेहोश भए । नजिकै बसोबास गर्ने धरमिया दासलाई यो कुरा थाहा भएर उनले दमाहा बजाउने गजाले तिनीहरूको विष उतारिदिएपछि तिनीहरू गहिरो निद्राबाट उठे । धरमिया दास शिवका साथमा शिव पार्वतीको विवाहमा कैलाशबाट आएका र यही क्षेत्रमा बसोबास गरेको मान्यता छ । कालसैनको विवाहमा पनि यिनले नगारा बजाएका थिए ।
बझाङको बान्नी मष्टोको मन्दिर नजिक राक्षससँगको लडाइँमा देवी र मष्टो दाज्यू बहिनी मिलेर राक्षसलाई मारेपछि उसको शरीरबाट ढोल, टाउकोको भकुण्डो, हड्डीहरूको नरसिंहा करनाललगायतका बाजा र हात काटी दमाहा बजाउने गजा बनाई बजाउने साधन भएको मान्ने चलन छ । एक कथाअनुसार प्रभुले ब्रह्मालाई चार वेद पढ्न दिए । बिहान पढेर बेलुका बिर्सने क्रममा उनले अठासी हजार वर्षसम्म वेद पढ्दै रहे । ब्रह्म ज्ञानी भएपछि उनमा पढेको घमण्ड बढयो । प्रभुका भक्त रैदास चमारले १२ वर्षमा धुनी पूरा गरे । ब्रह्मा गंगाको दर्शन गर्नका लागि जान लाग्दा रैदासले आफ्नो पनि भेटी गंगालाई चढाईदिनु भनी पठाए । यो देखी ब्रह्माले भने, म त्यहाँ यो कसको हातमा दिऊँला ?
रैदासले जवाफ दिए, आत्तिनु पर्दैन मेरो भेटी भनेपछि माताले हात पसारेर लिनेछिन् । ब्रह्मा त्यता पुगेपछि गंगाले ठूलो छाल हानिन् । ब्रह्मा आफ्नो काम सकेर फर्किए तर रैदासको भेटी चढाउन बिर्से । आधा बाटो आएपछि उनी आँखा नदेख्ने भए । गंगातिर फर्कंदा उनको आँखा खुल्थ्यो भने घरतिर लाग्दा उनको आँखा बन्द हुन्थ्यो । उनले गंगा किनारमा फर्केर रैदासको भेटी चढाउँदै भने, रैदासको भेटी चढाउनु थियो । गंगामाईले भनिन्, रैदास मेरो प्यारो भक्त हो । भेटी चढाएपछि गंगाले एक सुनको पत्थर निकालेर ब्रह्माको हातमा दिइन् । उनी त्यो पाएपछि रैदासको घरको बाटो छलेर हिँडे । उनी जुन बाटो हिँडे पनि रैदास सामने उभिएका देखिन्थे ।

भूू- स्वर्ग हो बैतडी

■भूस्वर्ग हो बैतडी■
( बासुदेब पाण्डेयको फेेसबुक टाइमलाइनबाट साभार । )( फोटो - ब्लगर स्वयम् । )

अग्लो पावन धाम, देव रहने  हो तीर्थ  रौलेश्वर
आस्थाको प्रतिमूर्ति सुन्दर गुफा पातालभूमेश्वर ।
साह्रै सुन्दर ठाउँ पाटन यता अग्लो उताको गडी
हो भन्छन् अपभ्रंश'वायुतड'को विद्वान् हरू बैतडी ।।

गर्छन् देख र भाल नित्य जसको बाबा जगन्नाथले
देवीस्थान समान सुन्दर धरा टेकूँ त्यहाँ माथले ।
गौरा मौलिक चाड भिन्न रसको गाइन्छ ड्यौडा बढी
मेलौली,सतबाँझ ,च्वाँगढ हुने भूस्वर्ग हो बैतडी ।।

सुर्नाया र चमेलिया अलि ठुला,खोला बनी चञ्चल
जान्छन् लाग्छ समुद्र भेट्न जलको भण्डार बोकी तल।
राखूँ लाग्छ अपूर्व दृश्य तिनको कोरेर आँखाभरि
के साँच्चै वरदान नै प्रकृतिको हो साङ्ग्रिला बैतडी ?

अग्ला शैल सुरम्य फाँट झरना भण्डार साहित्यको
भाषा संस्कृति भिन्न मौलिकपना खानी पुरातत्त्वको ।
श्रद्धा गर्छु म तीर्थतुल्य जसको माया मभन्दा बढी
आमातुल्य छ पूजनीय अति नै प्यारो धरा बैतडी ।।

आएको म छु बाध्यतावश उता छाडेर बालापन
मेरो देह यहाँ रहे पनि उतै अल्झिन्छ मेरो मन ।
जाऊँ भन्छ शरीर,थुन्छु मनको लाई सधैॅ हत्कडी
सुत्दा यो मन पुग्छ गाउँघरमै के भुल्दथेॅ बैतडी ।।

खोड्पे,शैल सिगास धाम जगका केदार नागार्जुन
देमाडौॅस्थित बस्दछिन् भगवती रक्षार्थ सारा जन ।
हाँसेझैॅ अपि नित्य बस्दछ जहाँ माणिक्य सारा जडी
साँच्चै सुन्दर सौम्य शैलतनया जन्मस्थली बैतडी ।।

संझनाको बैतडी

*संझनाको बैतडी*
( हर भट्टराईको फेेसबुक टाइमलाइनबाट साभार  । )

काली पश्चिम बग्छ  कल्कल गरी सीमा सुरक्षागरी
भेट्छौं काफल कागती कटुसका वुटाहरू लद्बदी
माताश्री त्रिपुरा सबै तिर यहाँ डाँडा बसी हेर्दछिन्
सारा बैतडीवासीमा खुशी भई माया सधैं छर्दछिन्
                            //१//
सेती बग्दछ पूर्वमा बल गरी देखाई नौलो छटा
यात्रा मात्र अनन्त हो अरू सबै हो अन्त पो भन्छ त
सिञ्ची हिड्दछ खेत बारी सवको भ्याइ नभ्याइ सधैं
रोपे बीज न बन्छ देश भरिलो बुझ्ने यहाँ छैन क्वै
                            //२//
कस्को दैनिकी चल्दथ्यो र नपुगी पैले झुलाघाटमा
पूरै पश्चिमभेगका जनहरू हिड्थे यही मार्गमा
खाने तेल र नून मात्र नभई किन्थे सबै सामल
रोकिन्थे , जब बैंशले नदीहरू उर्लेर हिड्थे तल
                             //३//
रोपी बोट अफिमका घर निरै गर्ने कुनै सेवन
देख्दा छाउ प्रथा र देउकी प्रथा बन्ने अमिलो मन
टाढा गाउँ पुगे अझै पनि यहाँ चर्को छ छुवा -छुत
लागे रोग नमानी क्यै असजिलो गर्छन् निकै फाक्-फुक
                              //४//
द्यौडा लाग्छ त्यसै पनि अति मिठो झन् यो मिठो फागुमा
छोडी हिड्छ मुमा बुबा अब  युवा भो शून्यता गाउँमा
सोध्छन् वृक्ष जुनारका हिउँदमा टाढा भए ख्वै किन
यस्तो उर्वर भूमीका युवक नि जाने विदेशै किन
                              //५//
आए बन्दछ भक्तिले रसमयी वैशाखको पूर्णिमा
गर्छन् पूजन देवीको गर पूरा भन्दै मनोकामना
मेला लाग्दछ देवी थान सवमा चढ्छन् निकै भाकल
भन्छन् कत्ति नराख भार मनमा आफ्ना प्रतिज्ञा सक
                              //६//
हेर्ने गर्छ अपि उँचो शीर गरी ओडेर बर्को  सफा
यौटै मात्र छ साक्षी बुझ्छ जसले सारा यहाँका कथा
भन्ने गर्दछ पारीको झिलिमिली हेरी पिथौरागढ
खोज्छौ उन्नति देशको यदि भने आफै अगाडि बढ
                             //७//

गाउँघरको खानपिन ; एक चर्चा



बिषय- प्रबेश
आफू खानपिनको त्यति शौकिन त परिएन , तर कुनै पनि नयाँ परिकार देख्दा स्वाद चाख्न असाध्यै मन लोभिन्छ । त्यसैले नयाँ ठाउँ जाँदा भरसक्य नयाँ नयाँ परिकार नै रोज्ने गर्दछु । बिगत एक डेढ बर्ष यता  निरन्तर जस्तै   गाउँघरतिर जाने गरिएकोछ । परिबर्तनका अन्य आयाम जस्तै लवाइ खवाइमा पनि  गाउँमा परिबर्तन देखिएकाछन्  । परंपरागत बिबिधतापुर्ण परिकारहरुको स्वाद लिएर हामी गाउँघरको बसाइलाइ अझ संस्मरणिय बनाउन सक्दछौ । मौसमका हिसाबले पनि यो लेख लेख्न बस्दा पहाडको गाउँमा रिमझिम पानी परिरहेको समय छ र गौरा महापर्बको सम्झना आइरहेकोछ । यस्तो चाडपर्बका बेलामा खानेकुराको ख्याल आउनु स्वाभाबिकै नै हुदा यसै  बहानामा खानपिनको चर्चा समसामयिक नै होला जस्तो लागेकोछ ।
स्थानिय खानपिन
आजभोली खेतमा काँक्रो, मुला, चोतो( स्थानिय मुला), पिँडालु, करेला, फर्सी, सिमी आदि तरकारीको छेलोखेलो रहन्छ । साउन- भदौका गाबा ( पिडालुको कलिलो डाँठ र पात ) त प्रख्यात नै भए । पहाडको जीवन शैली जस्तै यहाँको खानपिन पनि सादा र आडम्बर रहित हुन्छ । यो नै हाम्रा खानाको प्रमुख बिशेषता हो जस्तो लाग्छ ।
उपलब्ध भएजतिको सबै तरकारी एउटैमा मिसाएर भुटने र पाएसम्म त्यसमा छाँच ( महि ) हालेर रसदार तरकारी बनाउने चलन अध्यापि देखिन्छ । निख्खर स्थानिय सामग्रीमा स्थानिय मसालाको प्रयोग हुँदा यो " छाँच हालेको तरकारी" को स्वाद बेग्लै हुन्छ । पहिले पाइने केही रैथाने फलफुल, तरकारी र स्थानिय अन्नपात अहिले लुप्तप्राय: छन । केही त हराइ नै सके । अलि अलि पाकेपछि हातले मलेर कमलो बनाउन सकिने केरा आकारको " गोफला" भनिने फलको लहरा अब भेटिनै छोडे । बेडु, तिम्ला, गोलकाँक्रि, गिठा, धमेक, बनतरुल आदि पनि मुश्किलले पाइन्छन् ।
लोकप्रिय पहाडी खाद्यान्न भट्ट ( कालो, सेतो, खैरो सोयाबिन ) को चुक( अमिलो) हालेको दालको स्वादमा आफनै बिशेषता छ । पहाडी ब्यन्जनमा डुब्काको आफनै स्थान छ । डुब्काकै नामबाट ठुला शहरमा केही रेष्टुरेन्ट पनि चल्न थालेकाछन् । गहतका डुब्कालाई सबभन्दा स्वादिलो मानिन्छ ।
पहाडी अचार या चटनीको पनि अलग्ग्गै महात्म्य छ । तिल, भांग या सर्स्यु भुटिवरि पिसेर मुला आदिसंग मिसाएर बनाएको चटनीको स्वाद सजिलै बिर्सन सकिँदैन । दाडिम ( सानो अमिलो अनार ) का बियाँलाइ धनिया र पदम( पुदिना) संग पिसेर बनाएको अचार सम्झिदा पनि मुखै रसाउछ । हिउदको घाममा अमिलो निम्बु आदिको साना साना टुक्रा बनाइ मुला चोतोको लामो पातला टुक्रामा मिसाएर पिसेको हरियो धनिया, खुर्सानि र नुनमा साँधेर खाँदाको आनन्द बेग्लै छ । यसै मिश्रणलाई गुड , खुदो, चिनी वा दहिसंग मिलाएर पनि खानसकिन्छ ।
कोदाको परिकार; अब शहरमुखी भए
हाम्रो गाउघरमा यति धेरै परिकार छन कि हामीले हामीले बजारीकरण वा शहरिकरण गर्न नै सकेका छैनौ । उदाहरणका लागि सामान्य रोटिलाइ पनि हामी रोटि , रोटा, रोट, फुल्क्या, परौठा, माणा, लौऽन, पुरी, खल्क्या, आदि बिभिन्न भेराइटिमा पस्किन सक्छौ । यस्तै उदाहरणका लागि पहाडी जिल्लाका गाउघर तिर धेरै खेति गरिने र खाइने अन्न मध्येको  कोदो  शहरीकरणसँगै   एक अचुक औषधिको रुपमा पनि परिचित बनेको छ । परम्परागत रुपमैँ कोदोको ढिंडो, रोटी, पुवा र खोले बनाएर खाईन्थ्यो । अहिले शहरबजारमा पनि कोदोको माग बढ्न थालेपछि खोलेलाई सुप भन्न थालिएको छ र खानेदर बढ्दै गएको छ ।कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी परिकार पनि बन्न थालिसकेका छन् । थोरै चामलको भातसँग बिहान र बेलुका ढिंडो खाईन्छ । रोटी भने दिउँसोको खाजा र बेलुकाको खानाको रुपमा गुन्द्रुकको झोल वा साँधेको गुन्द्रुकसँग खाईन्छ । जाडो याममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदोले तातो दिने हुँदा बढीजसो परिकार जाडो याममैं खाईन्छ ।
त्यसो त मंगोलियन जातिले घरमैं कोदोको रक्सी बनाउने चलन छ । कोदोको रक्सी सबैभन्दा राम्रो मानिन्छ । खनिज र शुद्ध अल्कोहलको मात्रा राम्रो भएकाले स्वास्थ्यका हिसाबले पनि कोदोको रक्सीले अरु रक्सीको तुलनामा सबैभन्दा कम असर गर्ने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । स्वास्थ्य विशेषज्ञहरुले कोदोलाई वालवालिकाको सबैभन्दा उत्तम खाद्यान्न प्रमाणित गरेका छन् । भन्ने गरिएकोछ, कोदोको परिकार खाएका वालवालिकाको दिमागको विकास तीव्र गतिमा हुन्छ । हड्डी मजबुत बनाउने र शरीरको संरचना विकासमा कोदोको परिकारले राम्रो भुमिका खेल्छ । जाडोमा कोदोको खोलेले वृद्धवृद्धाको पेट आडिलो हुनुका साथै पेट र आन्द्रालाई सफा गर्छ । उच्चरक्तचाप र मधुमेहका विरामीले नियमित खानाले सञ्चो हुँदै जान्छ । चिल्लो नहालिकन बनाईएको कोदोको खोलेले घाँटीको टनसिल वा खटिरा,पुरानो घाउ वा एलर्जी ठिक हुने गर्छ । यसै गरि  हाम्रा स्थानिय परिकार स्वास्थ्यका लागि सारै अनुकूल छन, तर हामी " घरकी मुर्गी दाल बराबर " मानिरहेकाछौ ।
हरितालिकाको दर ; विशिष्ट खानपिनको समय 
आज भोलि नै हरितालिका ब्रतको समय पनि हो ।तीजमा खाइने दरका केही परिकार तथा बनाउने विधि पनि आआफ्नै किसिमका छन् । अरूबेला  कतै सुन्न नपाइने यो दर शब्द नेपाली सँस्कृतिको अमुल्य शब्द हो । ‘दर’ भनेको पकवान भनेर बुझिन्छ । जाे कसैले अाफूले दरका रुपमा जे खान्छ उसले ‘दर’ शब्दको अर्थ त्यहि खानालाई बुझ्छ । वास्तवमा  दर भनेको  तिज ब्रतको अघिल्लो दिन दरो हुने गरि जुन पकवान खाइन्छ त्यहि नै दर हो भन्छ । उहिले गाऊघरमा दरको लागि शुद्ध जौंको रोटी पकाइन्थे । हाल प्रचलनमा आएका केही परिकारका बारेमा विभिन्न पत्रपत्रिकाबाट  टिपोट गरेर यो लेखमा समेटने प्रयास गरिएकोछ ।
( क )ढकने
दरका रुपमा चौरासी व्यन्जन भएपनि, अनेक परिकार भएपनि ढकने लाई दरबाट हटाउने हो भने त्यो दर हुन सक्दैन । किनभने संस्कृति भनेको परम्परा पनि हो र यसलाई जस्ताको तस्तै संरक्षण गरिन आवश्यक छ । यसकारण ढकनेलाई दरमा सधै समाबेश गरौ ।
ढकने पकाउने तरिका र आवस्यक सामाग्री
१–एक के.जी. चामल(लङग्रेड बासमति)
२–१५० ग्राम ध्यु
३– ड्राई फ्रुट्स( ल्वाङ, सुकमेल, मरिचको धुलो, ढोलो अलैचिको दाना)
* कराहिमा ध्यु तताउने तताएको ध्युमा चामल राखेर सानो आँचमा भुट्ने । चामल भिजाएर पनि भुट्ने चलन छ । तर यहाँ भिजाइएको छैन ।
*गाडा खैरो हुन्जेल भुट्ने र आगो निभाएर पनि भुटिरहने बा चलाइ रहने । केहि सेलाए पछि माथिबाट दुध राखेर सानो आचमा पकाई रहने । बेला बेलामा चालाउने । छोपी छोपी मकाउने ।
* चामल राम्ररी पाकेपछि त्यसमा रहेको दुध सबै सुक्न दिने र चीनी राखेर राम्ररी चलाउने । त्यसपछि ड्राइ फुडहरु सबैतिर राखेर चलाउने । अलैचिको बोक्रा छोडाएर दाना मात्र राख्ने । केहि समय ढकनाले छोपेर राख्ने । यो परिकार खानको लागि तयार भयो ।
विचार गर्नु पर्ने कुरा के छ भने ढकनेको चामल एक अर्का मा टाँसिएको हुनु हुदैन । हेर्दा  सुख्खा लागेपनि यो दुध र ध्यु मा राम्ररी पाकेको ह्न्छ । पाकिसकेपछि यसको रङ खैरो हुन्छ । यसलाई जुनसूकै तरकारी संग खान सकिन्छ ।
( ख)भिण्डीको अचार
तीजको समयमा जताततै भिण्डी पाइन्छ । हरियो तरकारीका रुपमा भिण्डीको धेरै पकिार बनाउन सकिन्छ । दरकै रुपमा भिण्डीको अचार स्वादिलो र स्वास्थ्य बद्धक पनि हुन्छ ।
आबश्यक सामग्री
१ भिण्डी १ के.जी.
२ हरियो खुर्सानि १०० ग्राम
३ न्यामिर अथवा कागति
४ तीलको छोप २०० ग्राम
५ तेल १०० मी.ली.
६ जिरा, हिंग, मेथी,
बनाउने तरीका
* भिण्डी लामो दुई इन्चको टुक्रा पारेर चिर्ने । खुर्सानि पनि लामो पारेर चिरेर राख्नु
* कराहीमा तेल तताउने
* एक चमचा मेथी, एक चमचा जीरा, एक चुट्की हिंग फुराउने
* चिरेको खर्सानि हालेर एकछिन चलाउने । केही बेर चलाउने र बेसार राखेर काटेको भिण्डी ओइरीने । नुन राखेर सबैतिर चलाउने । सानो आचमा छोपेर पाक्न दिने ।
* हरियो ज्यामिरको अमिलो भए अति उत्तम हुन्छ यदि छैन भने कागतिको अमिलो आवश्यक मात्रामा राख्ने र छाप राखेर चलाउने । अव भिण्डीको अचार तया भयो । यो अचार भात बा पुलाउसंग खाएपनि हुन्छ । गुलियो ढकने वा हलुवा संग खाएपनि हुन्छ ।
( ग )पाल्पाली चुकाउनी
चुकाउनी भन्नासाथ यो पाल्पाली परिकार हो भन्ने बुझ्नु पर्छ । अहिले काठमाडौँका विभिन्न भोजभत्तेर खाने क्रममा पाल्पाको चुकाउनी समावेश गरिँदै आएको छ । यो स्वाद अहिले नेपाल भरिका मान्छेले पाएका छैनन् । तर विदेशीले स्वाद चाखिसकेका छन् । किन भने यो परिकार विभिन्न होटल र नेपाली रेष्टुरेन्टका मेन्यूमा देख्न सकिन्छ । चुकाउनी भनेको अचार हो । यसमा जहाँतहीं पाउने आलु प्रयोग भएको हुन्छ । सजिलै र थोरै खर्चमा यो तयार हुन्छ ।
आवश्यक सामग्री
आलु – १ किलो
दही -१ लिटर
तोरीको दाना -१ सय ग्राम
लसुन पोटी – १ सय ग्राम
नुन – स्वाद अनुसार
बेसार – गाडा हुने गरी
टिमुर, मेथी, धनिया पत्ता स्वाद अनुसार
बनाउने तरिका
आलु उसिनेर बोक्रा निकाल्ने त्यसलाई सानो सानो टुक्रा बनाउने । तोरी र लसुन मसिनो गरी सिलौटामा पिस्ने । त्यसलाई दहीमा मिलाउने । आलुको टुक्रा पनि दहिमा मिसाउने । तोरीको तेल तताउने र मेथी, बेसार फुराउने त्यो तेलले दहिलाई झान्ने । त्यसपछि टिमुर र काटेको धनीयाँ मिसाईदिने । यो अचार स्वाद र स्वास्थ्यका लागि अति उत्तम छ ।
( घ)सिस्नुकरी;नेपाली ब्राण्डेड शब्जी
तराईमा नपाईएता पनि पहाड र भित्रि मधेर तिर सिस्नु जहाँ पनि पाईन्छ । जङ्गलतिर पाईने यो बनस्पती पौष्टीक आहारका रुपमा गरीबको झोपडीमा बढी मात्रामा पाक्ने गथ्र्यो । तर जमाना फेरीयो । सिस्नुले आज स्टार होटलमा मान्यता पायो । यो आज विदेशतिर निर्यात गरिने नेपाली खाद्यय बनस्पतिका रुपमा परिचित छ । सिस्नु टिप्न गाह्रो छ । औषधिका रुपमा पनि प्रयोग हुने सिस्नु पौष्टिक तत्वले भरिपूर्ण मानिन्छ । होटलतिर यसको मुल्य मासुभन्दा महंगो छ । तेल मसला राखेर, उसिनेर, सुप बनाएर, धुलो पाउडर बनाई छोप मात्र प्रयोग गरेर सिस्नुको उपयोग गर्ने गरिएको छ ।
=बनाउने विधि र आवश्यक सामग्रीहरु 
ताजा सिस्नु – आधा किलो
अदुवा – २५ ग्राम
लसुन – २५ ग्राम
प्याज – १०० ग्राम
तेल – ८० ग्राम
जिरा धुलो – एक चम्चा
नुन, खुर्सानी – स्वाद अनुसार
मकैको पिठो – १०० ग्राम
धनियाँ पत्ता – १५ ग्राम
टमाटर – १०० ग्राम
१. सबै भन्दा पहिला सिस्नुलाई राम्रोसँग केलाउने । चिम्टाको सहयोग लिने, किनभने सिस्नुले पोलछ पनि । एउटा बाटामा राखेर त्यसमाथि मकैको पिठो छर्ने । दुबै सिस्नुमा पिठो लाग्नुपर्छ । एकघण्टा त्यसै छोडीदीने । पिठोले साना साना किरा भए टासेर बाहिर ल्याउँछ । त्यसपछि सबै पिठो झार्ने । धेरै पानीमा सिस्नोलाई चिम्टाले च्यापेर चलाउँदै पखाल्ने र पानी तर्काउने ।
२. कराहीमा तेल तताएर प्याजलाई केही रातो हुने गरी भुट्ने । त्यसमा अदुवा, लसुन, जिरा धुलो, खुर्सानी धुलो, राखेर फेरी नडढ्ने गरी भुट्ने । त्यसमा टमाटर हालेर केही बेर पकाउने र लेदो बनाउने । यसरी पाकेको ग्रेभीमा पानी हालेर उमालेपछि त्यसैमा सिस्नु हालेर पकाउने । पानी केही सुकेर सिस्नुको ग्रेभी शब्जी तयार हुन्छ । नुन, धनियापत्ता स्वाद अनुसार राख्नु पर्छ । यो तरकारी भात, चिउरा, ढिडो, रोटी जे सँग पनि खान सकिन्छ ।
अर्को विधि
सिस्नुलाई पहिला उसिनेर झिक्नु पर्छ । त्यसपछि त्यो उसिनेको सिस्नुलाई पानि सहित फिर्के लगाएर ग्रेभी बनाउने । त्यसमा तोरीको तेल तताएर टिमुर मेथी, जिम्मु सुकेको खुर्सानी अदुवा लसुनको लेदो, टमाटर पकाएर त्यहि ग्रेभीमा सिस्नो मिसाएर पनि तयार गर्न सकिन्छ । यो अर्कै स्वादमा आउँछ ।
( ङ ) च्याउ अचार – नयाँपन पुरानो शैली
अचारको स्वाद भएन भने खाना खाएको मजा नै आउँदैन । भोजमा अचार पनि निकै चाहिनछ । आलुको अचार खाने नेपाली जिब्रोमा फरक स्वादमा अचार चखाउन पाए झन मजा ।  मधेश, पहाड सबैतिर पाइने डल्ले च्याउलाई पकाएर त खाना सबैले जानेको हुन्छ तर यसलाई चटपटा स्वादमा पनि खान सकिन्छ ।
च्याउ अचार बनाउन चाहिने सामग्री र बनाउने तरिका
१. एक किलो डल्ले च्याउ
२. अदुवा – २०० ग्राम
३. तील – २०० ग्राम
४. खुर्सानी – हरियो , २०० ग्राम
५. तोरी तेल – १०० ग्राम
६. कागतीको रस – स्वाद अनुसार
७. नुन, बेसार, धनियाँ पत्ता, टिमुर, मेथी हिंग र तोरी दान
* डल्ले च्याउलाई राम्रो सँग पानिमा धुने र दुइ सिट्टि लगाउने । बाफ उडेपछिमात्र कुकरको बिर्को खोलेर सेलाउन दिने ।
* सेलाएको च्याउलाई चप वोर्डमा चनाको दाना आकारमा टुक्रा बनाउने
*अदुवा खुर्किएर त्यस्तै सानो सानो टुक्रा बनाउने ।
*तील भुटेर धुलो बनाएर राख्ने ।
*. खुर्सानी बीचमा चिरेर टुक्रा बनाउने , लामो पारेर चिर्ने ।
*. तोरीको तेल तताएर एक चम्चा मेथी कालो बनाएर फुराउने, एक चम्चा तोरीको दाना पड्काएर आयो घटाउने । त्यसमा एक चम्चा बेसार र एक चिम्टी हिंग हाल्ने । अनि अदुवा फुराउने ।
*खुर्सानी फुराउने , छोपीदिने । खुर्सानीको खार सकिन्छ अनि मात्र ढक्कन निकालेर च्याउ हालेर सानो आगोमा २० मिनट पाक्न दिने । पाकेपछि सेलाउने ।
*नून हाल्ने र तीलको छोप पनि हालेर चलाउने । अनी कागतीको रस हाल्ने । ग्रेभी बनाउन उमालेर सेलाएको पानी थप्दै चलाउने । धनीयाँको पत्ता र टिमुर पनि हाल्ने अन्तिममा । यो च्याउ अचार भात, चिउरा, पुलाउ, रोटी, ढिडो जे साग खाएपनि हुन्छ ।
अर्को तरीका
टमाटर र अदुवा खुर्सानीको प्युरी माथि डल्ले च्याउलाई ठूला टुक्रा गरेर पाकेको प्युरीमा डुवाएर पनि अचार बनाउन सकिन्छ । यस्तोमा उसिनेको च्याउलाई मजाले भुट्नुपर्छ र तिलको छोप पनि राख्नुपर्छ ।
( च )हलुवा – मेवामिष्ठान नेपाली स्वादमा
बिदेशी लड्डु, मिठाई त किनेर ल्याउला तर हामी आफैँले पनि त केही पस्किन सकौँ । यस कारण हलुवा बनाउने कुरा नै बाडौँ । यो हलुवा हाम्रै खेतमा फलेको गहुँको पिठोबाट बनाउन सकिन्छ । गहुँको पिठो छैन भने मकै, चना र फापर पनि प्रयोग गर्न सकिन्छ ।
हलुवा बनाउने सामग्री
१. आधाकिलो गहुँको पिठो
२. सुद्ध घिउ-३०० ग्राम
३. चीनी – ३०० ग्राम
४. पानी – १ लीटर
५. किसमिस – १०० ग्राम
६. काजु – ५० ग्राम
७. कपुर – एक टुड्की
बनाउने तरिका
१. घिउ तताएर पीठोलाई सानो आगोमा रातो हुने गरी भुट्ने
२. अर्को चुलामा पानी र चीनी उमाल्ने
३. राम्ररी भुटीएको पिठोमा सुख्खा देखियो भने माथिबाट घिउ थपेर फेरी भुट्ने ।
४. उमालेको चिनि पानी बिस्तारै हाल्दै चलाउने
५. सबै मिलेर एक भएपछि माथिबाट काजु किसमिस र कपुरको धुलो हाल्ने । सबै तिर राम्ररी चलाउने । यो हलुवा पूजाको लागि प्रसादको रुपमा उपयोगमा ल्याइन्छ । तर हामीले खाना पछिको मिष्ठान्नका रुपमा खान सक्छौँ । यो सुजीको हलुवा जस्तो हुँदैन । यसलाई काँटा प्रयोग गरेर पनि खान सकिन्छ ।
( छ )आलुको अचार
सामग्री :
आलु १ केजी, प्याज ३ वटा, गोलभेंडा ठूलो ३ वटा, हरियो खुर्सानी ६–७ वटा, अदुवा सानो टुक्रा, नुन स्वादअनुसार, कागती १ वटा, जिराको धूलो १ चम्चा, हरियो धनिया“ ।
विधि :
आलु उसिनेर बोक्रा निकाली एउटै सेपमा काट्ने । काँचो प्याजलाई राउन्ड सेपमा अस्रो छटिने गरी काट्ने । गोलभेंडा त्यही सेपमा काट्ने । हरियो खुर्सानीलाई चिरा पारेर काट्ने । अदुवालाई मसिनो गरी काट्ने ।

त्यसमा नुन, कागती, जिराको धूलो एवं हरियो धनियाँ सबैलाई ठूलो बाटामा राखेर मिक्स गर्ने । भुटेको तोरीको तेल हालेर सबैतिर पस्ने गरी मोल्ने । खानुभन्दा आधा घन्टाअघि फ्रिजमा हाल्ने । यो अचार ढकनीसँग खाँदा निकै स्वादिष्ट हुन्छ ।
( ज )पानीपुरी
पानीपुरी भनेपछि थप ब्याख्या गरिरहनु नपर्ला । नेपाली सडकमा खुब बेचिने खाद्य पदार्थ हो – पानीपुरी । धेरैलाई स्वादीलो पनि लाग्छ । तर सडकमा बनेको पानीपुरी साह्रै फोहोर हुन्छ । बेच्नेहरूले हात समेत राम्ररी धोएका हुँदैनन् । धुलो धुवाँ खानेकुरामा परिरहेको हुन्छ ।
त्यसबाट बँच्नको लागि के गर्ने ? सजिलो उपाय त घरमै पानी पुरी बनाउने हो । विभिन्न सामग्रीहरू अध्ययन गरेर तयार पारिएको पानीपुरी बनाउने सजिलो तरिका यस्तो रहेको छ ।
पानी पुरी बनाउने तरिका
पानीपुरी बनाउको लागि सुरुमा त पानीपुरीको डल्ला बनाउनुप–यो । त्यसको लागि एकदमै सजिलो उपाय छ । दुइसय ग्राम मैदामा दुई सय ग्रामनै सुजि राख्नुहोस । त्यसमा हल्का नुन राख्नुहोस । नुनकै हाराहारीमा बेसन पाउडर राख्नुहोस । भाँडोमा तयार भएको मैदा, सुजि, बेसन पाउडर र नुनलाई राम्रोसँग घोल्नुहोस । अनि विस्तारै थोरै–थोरै गरेर पानी राख्दै मुछ्दै जानुहोस । दुइतीन मिनेट मुछेपछि त्यो तयार हुन्छ । पिठो सुख्खा रोटी बनाउने पिठो जत्तिकै साह्रो बनाउनुहोस ।
उक्त मुछिएको पीठोलाई आधा घण्टाको लागि भाँडोमा ढकनीले छोपेर राख्नुहोस । आधा घण्टा पछि एउटा भाँडोमा थोरै तेल तताउनुहोस । तेल तात्ने बेला सम्म पीठो बेल्न सुरु गर्नुहोस । भाँडोमा भएको पीठोलाई सके सम्म पातलो हुने गरि बेल्नुहोस । सजिलोको लागि दुई सय ग्राम मैदा र दुई सय ग्राम सुजिको पीठोलाई तीन भाग बनाएर बेल्दा सजिलो होला । बेल्दाखेरि बुक्का पीठो र तेल चाहिँ नहाल्नुहोला ।
बेलेर तयार पारिएको पीठोबाट सानो सानो गोलो रोटी काट्न सुरु गर्नुहोस । यसका लागि सबैभन्दा सजिलो गिलासको प्रयोग हुन सक्छ । गिलास चाहिँ एकदमै सानो प्रयोग गर्नुहोस है, नत्र पानी पुरीको पुरिया ठूलो बन्छ । गीलासमा काटेपछि छेउँको नचाहिने पीठोलाई निकाल्नुहोस ।
अब तपाइले पीठो बेलेकै ठाउँमा गोला–गोला साना रोटी तयार भए होलान । अब तीनहरूलाई तेलमा फुराउन सुरु गर्नुहोस । ती रोटीलाई ठकने रोटी जस्तै गरेर फुराउनुहोस । ती रोटी फुरेर सानो सानो गोलो आकारमा तयार हुने छन् । सबै पुरीलाई एकै पटक फुराउँदा हुन्छ । पुरी चाडो पाक्ने भएकोले समयमै फर्काएर हल्का रातो रातो भएपनि निकाल्नुपर्छ ।
अब बाँकी रह्यो पुरिको डल्लो भीत्र राख्ने फिलिङ र पानी कसरी बनाउने भन्ने तरिका । सुरुमा पुरियामा राख्ने पानी बनाउन सिकौं । त्यसका लागि सुरुमा पानी चाहिन्छ ।
पानी, पुदिना, धनिया, अमिलोको लागि इम्ली, भुटेर पिसेको जिरा, धनियाको गेडाको पाउडर, विरे नुनको धुलो, रातो खुर्सानीको धुलो, मरिचको धुलो, कागतीको रस र हरियो खुर्सानी पनि आफ्नो स्वाद अनुसार तयार पार्नुहोस । यो मध्ये कुनै चिज नभएपनि पानी पुरीको पानी चाहिँ बन्छ है । स्वाद केही फरक पर्ला ।
अब सुरुमा धनियाको पात, पुदिना र खुर्सानीलाई मिक्चरमा राख्नुहोस त्यसमा अलिकती पानी पनि राख्नुहोस । धनियार पुदिनाले पानीको स्वाद मिठो बनाउँछ । अब तयार भएको झोललाई बाटा माथी छान्ने राखेर छान्नुहोस । चम्चाको सहायताले त्यसलाई राम्री छान्नुहोस । पानी भाँडोमा जम्मा हुन्छ, छोक्रा चाहिँ नफाल्नुहोला है । पछि चाहिन्छ । उक्त पानीमा एक लिटर जति पानी मिसाउनुहोस । किनकी पानीपुरीको पानी त बाक्लो त हुँदैन नि है ।
उक्त पानीमा इम्लीको लेदो, भुटेर पिसेको जिरा, धनियाको गेडाको पाउडर, विरे नुनको धुलो, रातो खुर्सानीको धुलो, मरिचको धुलो, कागतीको रस सबै मिसाउनुहोस । अनि चम्चाले राम्रोसँग हल्लाउनुहोस । पानी पुरीको पानी चाहिँ यसरी तयार हुन्छ है ।
अब चाहिँ पुरिया भित्र राख्ने अचार चाहियो है । पुरियामा औंलाले सानो प्वाल पारेर अचार राख्न सकिने कुरा त तपाइलाई थाहै छ । तर त्यो भन्दा पहिला अचार बनाउन सिकौं ।
यसको लागि चारवटा उसिनेर खोल्साएको आलु, उमालेको चना, प्याज, नुन, खुर्सानीको धुलो, हरियो खुर्सानी, पिसेर राखेको जिराको धुलो र धनिया पाउडर । अब एउटा सानो भाँडोमा आलुलाई मिच्ने, त्यसमा प्याज, जिरेनुन, रातो खुर्सानी, हरियो खुर्सानी, धनिया पाउडर, अघि छानेर राखेको हरियो छोक्रा पनि त्यसैमा राखेर मज्जाले चलाउने ।
अब अचार पनि तयार भयो है । अब पुरियामा अचार राख्ने, अरु अमिलो पिरो केही थप्न मन लागेको भए त्यसमैमा थोरै थप्ने । दही खान मन लाग्छ भने दही पनि थप्ने । अनि त्यो पुरियामा दुई चम्चा पानी पुरीको पानी राख्ने र क्वाप्प खाने ।
कस्तो गज्जब है !  स्वादीष्ट पानी पुरि बनाएर खानुहोस । हामीले दिएको बिधी कस्तो लाग्यो  । यो बिधि साथीहरुसँग पनि बाड्नुहोस ।
( झ )टमाटरको अचार
१. पहिले टमाटरलाई मजाले धुनुहोस ।

२. टमाटरलाई सानो सानो टुक्रा पारेर काट्नु होस ।३. त्यसपछी स्वादअनुसार नुन, बेसार तथा मसला हाल्नुहोस ।

४. त्यसमा अलिकती खुर्सानीको धुलो मिसाउनुहोस, स्वादीलो हुन्छ ।
५. लसुन, अदुवा तथा हरियो खुर्सानी का स साना टुक्रहरु पारेर मिसाउनुहोस ।६. त्यसैमाथि मेथि, जीरा, रायो र धनिया भुटेर पिसेको धुलो हाल्नुहोस ।७. मजाले टमाटर मोलेर काँचो तोरीको तेल मिसाउनुहोस् ।
८. अब तपाईको अचार तयार भयो, फेरी राम्रो संग मोलेर एकैक्षण राख्नुहोस ।९. अब केही सिसाका बट्टारुमा अचार भरेर घाममा सुकाउनुहोस, लगभग १० देखि १५ दिनमा तपाइको अचार खानका लागि योग्य हुन्छ ।
( ञ ) पुदिनाको चिया
पुदिना त हामी सबैलाई नै थाहा छ । पुदिनाको अचार खानु स्वास्थ्यको लागि धेरै नै फाइदाजनक छ । पुदिनाले खाना पचाउन पनि मद्दत गर्छ ।  पुदिनाको अचार मात्र हैन त्यसको चिया पनि निकै फाइदा जनक हुन्छ ।

पुदिनाको चियाले शरीरलाई स्वस्थ्य बनाउनुको साथै तौल घटाउन पनि मद्दत गर्छ । यदि तपाई तौल घटाउन चहानुहुन्छ भने प्रयोग गर्नुहोस् पुदिनाको ।  
बनाउने तरिका
तातो पानीमा २ ठुलो चम्चा पुदीनाको पात हाल्नुहोस् । त्यसलाई १५ मिनेटसम्म उमाल्नुहोस् । उम्लिएपछि स्वाद अनुसार मह हाल्नुहोस् र पुदीनाको चियाको स्वाद लिनुहोस्
१) पुदीनाको चियाले पेट सफा गर्दछ । यसरी शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले तौल कम गर्ने मद्दत मिल्छ ।।
२) कसैलाई पुदीनाको तेज बास्नाले भोकको नियन्त्रण गर्दछ । कसैलाई राती खान खाइसकेपछि पुदिनाको चिया खाएपछि मिठाई खान मन लाग्दैन ।
३) पुदिनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई सन्तुलित राख्दछ । गुलियो खाने इच्छा कम गर्दछ ।
स्वस्थ बन्न खाने तरिका जानी  राख्नुस ।
अन्तमा;
स्वस्थ रहन मानिस जति इच्छुक हुन्छन, सजिलै सबै जना त्यति सफल हुँदैनन् । रोग लागेपछि स्वस्थ बन्न ठूलो आर्थिक र मानसिक क्षतीपछि मात्रै संभव छ । तर, हामीले दैनिक जीवनमा ध्यान पु¥याउन नसकेका स–साना कुराले स्वस्थ जीवन जिउन धेरै मद्दत मिल्छ ।
घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल सबैभन्दा उत्तम हुन्छ । नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ । बिहान–बेलुकीको खानामा हरियो सागले फाइदा गर्छ ।
दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ । बेलुकीको खानामा २–३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ ।
नून थपेर खाने बानी छोड्नुपर्छ । बिहान–बेलुकीको खानामा हरियो सागले फाइदा गर्छ । दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ ।
बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैका लागि एकैनास हुँदैन । शारीरिक श्रम बढी गर्नेले धेरै र कम गर्नेले थोरै खानुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन । बेलुकीको खाना खाएपछि कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा मासु खाएमा हानि हुँदैन । खसी, राँगो, बंगुरको मासुले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराको मासुले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुराको मासु पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानि गर्दैन ।
माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।
हाम्रो गाँउघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आँटो, फापर र कोदोको रोटी, कूरिलोको सूप, कोइरालो, तीते करेला र केराको बुङ्गाको अचार, निउँरोको र लौकाको तरकारी, भुटेको मकै, भट्मास, चना, केराउ, दाँते ओखर आदिले मुटुलाई फाइदा पु¥याउँछ ।
उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन् । गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकैले पनि मुटुलाई फाइदा गर्छ । हाम्रो गाँउघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आँटो, फापर र कोदोको रोटी, कूरिलोको सूप, कोइरालो, तीते करेला र केराको बुङ्गाको अचार, निउँरोको र लौकाको तरकारी, भुटेको मकै, भट्मास, चना, केराउ, दाँते ओखर आदिले मुटुलाई फाइदा पु¥याउँछ । बेलुकीको खानामा दैनिक एक पोटी काँचो लसुन खाँदा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाइ एस्पिरिनले जस्तै रगतलाई पातलो बनाउँदछ ।

खाना थोरै–थोरै गरेर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक मात्रै पेट कसिने गरी खाने र लगत्तै सुत्ने बानी मुटुका लागि खतरनाक हुन् । जिब्रोले मीठो मानेको भरमा " खयान " सप्रेको मानेर टन्न खानु शरिरलाइ हानीकारक मानिन्छ । त्यसैले थोरै तर धेरैपल्ट उचित खाना खाएर आहार व्यवस्थापन गर्नुपर्छ । खानामा कोलेस्ट्रोलको मात्रा जति कम भयो मुटुलाई हानी त्यति कम हुन्छ । यूरिक एसिड बढेकाले खानामा प्रोटिनको मात्रा र यूरिक एसिड बढाउने पदार्थ घटाउनु पर्छ । बेलुकीको खानामा दैनिक एक पोटी काँचो लसुन खाँदा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाइ एस्पिरिनले जस्तै रगतलाई पातलो बनाउँदछ । मधुमेह (चिनी रोग) भएकाहरूले गुलियो खानु हुँदैन । डाइबेटीक डाइट चार्ट अनुसार क्यालोरी हिसाब गरेर खानु पर्छ ।
ल, परम्परागत खानपिनमा सुधारल्याई सफा र शुद्ध खाना खाऔं । सदैब स्वस्थ रहौ ।
यो पङ्तिकारको सबैलाइ हार्दिक शुभकामना ।

Friday, August 11, 2017

गाउँघर, राजनीति र बिकास

   
    सुदूर पश्चिमको मध्यपहाडमा पर्ने मेरो गाऊँमा बिकासको अर्थ  समय अनुसार बदलिदै गएको बुझिन्छ । अचेल पनि समकालीन राजनीतिले  ब्यक्ति वा समुहको स्वार्थ अनुकुल हुनेगरि बिकासलाई आआफनै पाराले परिभाषित गराएकोछ । २०१५/२० साल उता सस्तोमा नुन, गुड र लताकपडा भारतको झुलाघाटबाट ल्याउन सकिएमा र भन्सारका कर्मचारीले दुर्व्यवहार नगरेमा त्यहि नै बिकास र सुशासनको सपना थियो होला । त्यसपछि अक्षर सिकाउने पाठशाला र हिडन सजिलो हुने गोरेटो घोरेटो बिकासका लक्ष्य बने । केही बर्ष अघिसम्म पनि सायद  बुझेको विकासको अर्थ बाटो र बिजुली थियो । अहिले हाम्रा धेरै गाउँहरूले त्यो पाएका छन् । बर्ष०७४/०७५ को दशरथचन्द न पा को झण्डै ५४ करोडको बजेटमा पनि आधा जसो पुर्बाधार बिकासमा छुट्याएकोछ । यसमा पनि खानेपानी, सडक, सिंचाइ र कृषिलाई प्राथमिकतामा राखिएकोछ । तर बिध्यालय, बाटो र बिजुली आफैंमा विकास थिएन, त्यो त मात्र विकासको पूर्वाधार थियो । अहिले पनि हामी पुर्बाधार बिकासमा नै जोड दिइराखेकाछौ । यसरी बिकासका बारेमा हामी ज्यादै अलमलमा छौ । वास्तबिक  विकास भनेको जीवनस्तरको सकारात्मक परिवर्तन हो, विकास भनेको देशको र देशबासीको आयमा वृद्धि हो । देशबासीको आम्दानी बढेमा मात्र उनीहरूले धेरै भन्दा धेरै कर राज्यको ढुकुटीमा जम्मा गर्छन् । यहि राष्ट्रिय आम्दानीबाट बिकासका पुर्बाधारहरु तयार हुँदै जान्छन र  नयाँ–नयाँ रोजगारीका अवसर बढ्छन । अनि पो आम्दानीको श्रोत बढछ । अब यो यथार्थ गाउँ एकाइमा लग्यो भने हाम्रा गाउँ तथा गाउँवासीहरूको आय कसरी बढाउने भन्ने नै अबको विकासको सोच हुनु आवश्यक देखिन्छ ।
     हरेक गाउमा नयाँ पुस्ता जन्मिएकैछ, हुर्किएकैछ र केही पढे सिकेको पनि छ । तर अलि बुझ्ने भएपछि नवयुवाहरु शहर पस्छन् , बिदेश जान्छन र यथार्थबाट भाग्नुलाइ नै सफलता ठान्दछन् । जो गाउँमै बसे, ती आफुलाइ असफल सम्झन्छन र कुण्ठित भएर बस्छन् । यसरी गाउघर गाडी कुरिरहेकाहरु यात्रु थुप्रिएको बसपार्क जस्तो बनेकोछ । एबंप्रकारले जनशक्तिको पलायन अहिलेको प्रमुख समस्या बनेकोछ । गाउस्तरबाटै बिकासको जग वसाल्न बिकासका बारेमा बनाइएका भ्रम चिर्दै गाउँमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने अबको टडकारो आबश्यकता देखिन्छ ।
     नेपालमा विकास भएन, अवसर पाइएन भनेर विदेश जाने र गाउँको विकास भएन, अवसर पाइएन भनेर सहर पस्नेहरूमा केही न केही समानता छ । यसो त राष्ट्रियस्तरमा अवसर र रोजगार वृद्धिका बारेमा नयाँ–नयाँ योजनाको कुरा हुन्छ भने गाउँस्तरमा यस्ता कुरा किन नथाल्ने ? राष्ट्रियस्तरमा विकासका आवधिक योजनाबारे छलफल हुन्छ भने गाउँस्तरमा छलफल किन नहुने ? अबको १० वा २० वर्षमा आफ्नो गाउँ कस्तो हुने त्यो सपना किन नदेख्ने ? फेरि यस्ता कुरा गर्न सबैजना गाउँमै फर्कनुपर्छ भन्ने पनि छैन, यो छलफल फेसबुकलगायतका सर्वसुलभ प्रविधिबाट नै गर्न पनि सकिन्छ, हरेक सहरमा भएका गाउँका मान्छे भेला भएर छलफल गर्न पनि सक्छन् । यसकालागि
गाउँबाट सहर छिरेकाहरूको पनि संगठन बन्नुपर्छ र आफ्नो गाउँको विकासका लागि छलफल सुरुवात हुनुपर्छ ।
    मैले पहिलो पटक स्थानिय निकायमा आफनो प्रतिनिधि छान्न भोट हाल्न पाएको मौका पारेर बिकास सम्बन्धमा केही स्थानिय नेतृत्वमा आउन चाहेका उमेदवारहरुका बिचार बुझ्ने अवसर पाए । यी प्रतिनिधि बिचारले एउटा तप्काको बैचारिक दरिद्रता देखाउछ भने अर्कोतिर बिकासका ठुल्ठुला नारा दिने राजनैतिक दलले उमेदवार चयनको वास्तविक धरातल तिरपनि संकेत गरिरहेकाछन् । कसैले " माथि " बाट ल्याएको बिकास बरोबर गरि सबैमा बाडिदिने प्रतिबद्धता सुनाए भने कसैले आफुले पाउने पारिश्रमिकको आधा गरिबलाई बाँडी दिने " ठूलो" मन देखाए । कसैलाइ खेत मास्ने गरि ल्याएका सडकहरुले भारि बोक्नेहरुलाई बेरोजगार बनाएकोमा चिन्ता थियो भने कसै कसैलाइ नौकरीमा बर्षौ बाहिर बसेर रिटायर भएपछि मात्र गाउमा फर्कने म जस्ताहरुलाई  गाउँमा कुनै पदीय जिम्मेवारी दिनु हुदैन भन्ने ध्याउना थियो । कोहि गाउको गाइभैसी बिग्रेमा आफुले ठिक गरेबापत भोट आफुले पाउनुपर्ने दाबी लिइ रहेका हुन्थे भने कोहि आफुसंग सल्लाह नगरेका कारण अमुकलाई हराउनै पर्नेगरि मोर्चा बनाउन कस्सिएका हुन्थे । सपष्टतया यी भनाइ राजनैतिक लडाइका लागि खडा गरिएका शिखण्डी पात्रका बाँझा कल्पना हुन्, तर यथार्थमा गाउँको समग्र बिकासका लागि कसैसंग पनि सुसपष्ट खाका थिएन ।
     तै पनि खुशिको कुरा के छ भने केही मानिसमा यतिखेर आफ्नो गाउँको विकास कसरी गर्ने र यो महान अभियानमा आफूले कहाँनेर के भूमिका प्रस्तुत गर्ने भन्नेमा अलमल छ , छटपटी छ । हो, ग्रामिण बिकासका लागि केही लगानीको आबश्यकता त छ नै । यो वातावरण निर्बाचित प्रतिनिधिले  मिलाउनु पर्ने हुन्छ । गाउलेहरुको केही गरौ भन्ने इच्छाशक्तिको प्रयोग अब कृषिमा गरिनुपर्छ ।  केही पढेलेखेका सुकिलामुकिलाले कृषि पनि उद्योग हुनसक्छ भन्ने उदाहरण प्रस्तुत गर्न सक्यो भने यो प्रेरणाको विषय हुनसक्छ । मुग्लानमा पसिना बेचेर अलीअली बचाएर घरमा लेन्टर हाल्दैमा  दिगो विकास हुन सक्दैन । अहिले टुक्रा–टुक्रा भएको जग्गालाई चक्लाबन्दी गरी औद्योगिक कृषि अगाल्नुपर्छ । अब गुजाराका लागि होइन धनी हुन कृषि अपनाउनुपर्छ, कृषक अब व्यावसायिक बन्नै पर्छ, उदाहरणका लागि सय रोपनी जग्गा चक्लाबन्दी गर्ने, १२ महिना नै हुने किसिमका डालेघाँसहरू रोप्ने र २/४ सय बाख्रा पाल्ने हो भने त्यसबाट राष्ट्रले पनि केही प्राप्त गर्छ,  केहि जनाले सधैं (फुलटाइम) काम पाउन सक्छन् । वर्षमा  सयवटा मात्र खसी उत्पादन गरेर एउटाको ३० हजार रुपैयाँमा मात्र बेच्न सक्यो भने पनि १५लाखको कारोबार हुन्छ। यसरि नाफाको अंक बढाउन सकिन्छ ।  वातावरण निर्माण गर्ने हो भने  यो असम्भव पनि होइन ।
     पुँजीवाद नै अबको सामाजिक विकासको चरण हो, पुँजीवादको विशेषता भनेको मान्छेमा धनी हुने चाहना हुनु हो, धनी हुन श्रम गर्नुपर्छ, त्यो शारीरिक वा मानसिक हुनसक्छ र मानिसमा हुने धनी हुने प्रतिस्पर्धाले नै समाज विकासको गति लिन्छ । मान्छे दिनरात नभनी काम गर्छ तर नेपालमा अहिले धनी हुने नाममा जसरी सामाजिक अपराध बढेको छ , यो पुँजीवादको विकृत रूप हो। यसले समाजको भ्रष्टीकरण गर्छ र गरिरहेको पनि छ ।
     पुँजीवादको सही दिसा भनेको गाउँ–गाउँमा लगानी बढाउने श्रममा आधारित विकास नै हो र त्यो लगानी भनेको नेपालको अधिकांश गाउँमा कृषिसँग सम्बन्धित हुनसक्छ, पछि कृषिलाई आधार मानेर अरू उद्योग बन्न सक्छन् तर पहिलो पाइला कृषि नै हुनुपर्छ । यसैले गाउँबाट सहर पसेका तथा विदेश छिरेकाहरूको अबको लगानी कृषिको व्यवसायीकरणमा हुनैपर्छ । त्यो सानो–सानो मात्रामा सहकारीको रूपमा किन नहोस । यसले सबैभन्दा ठूलो त गाउँका कृषकमा आत्मसम्मान बढ्छ, कृषि पनि व्यवसाय हुनसक्छ भन्ने कुरो  स्थापित हुन्छ, उत्पादन बढ्ने र राष्ट्रलाई सकारात्मक असर पर्ने त छँदै छ ।
     गाउँमा लगानी गर्ने र रोजगारीको अवसर सिर्जना गर्न सक्ने क्षमता भएकाहरू भनेका गाउँका शिक्षक हुन्, तिनले अरूलाई मात्र होइन आफ्नै घरघरमा गुजारा गरेर बसेका र खेर गइरहेका जनशक्तिलाई व्यावसायिक जनशक्तिमा प्रयोग गर्न सक्छन्, छिमेकका एक–दुईजनालाई पनि रोजगारीको अवसर सिर्जना गर्न सक्छन् । एउटा शिक्षक दिनभर स्कुलमा पढाएर साँझ–बिहानको फाल्तु समय कृषि फार्मको व्यवस्थापन गर्नसक्छ। तर अहिले गाउघरका प्राय जसो शिक्षक नियमित  कक्षाभन्दा ट्युसन पढाउने, महिनाको एक–ढेड सय पार्टीलाई लेबी बुझाउने र सकेसम्म लटरपटर गरेर पैसा कमाउनेतिर बढि सक्रिय देखिन्छन । उहिले गाउकालागी अग्रणी मानिने गुरुहरु अहिले पार्टीका एजेन्ट जस्तै  राजनीतिक गफ गरेर समय बर्बाद गर्दैछन् । कुनै व्यावसायिक श्रम गर्दैननन् र सामाजिक आदर्श बन्दैनन् । बरु "आधुनिक ठालु" बनिरहेकाछन्  ।
    पुँजीलाई सही दिशा दिन र गाउँ–गाउँमा व्यावसायिक सोचको विकास गर्न पनि शिक्षित वर्गले व्यावसायिक कृषिमा लगानी गर्नुपर्छ ताकि त्यसको देखासिकी गाउँमै बस्ने शिक्षकहरूले गरून्, सामान्य कृषकले गरून् । यसका लागि सहकारी सबैभन्दा उत्तम मोडेल हुनसक्छ । लेबी, चन्दा, घुस, भ्रष्टाचार आदिमा खर्चिने रकम प्रतिव्यक्ति उठायो भने पनि सजिलै दसौं लाख हुनसक्छ, राम्रो संस्था बनाएर त्यो रकम व्यावसायिक कृषिमा लगाउन सकिन्छ । यसप्रकारको लगानी व्यावासायिक जोखिम कम गर्न र ग्रामीण विकासका छलफल तथा आन्तरिक प्रजातन्त्र विकास गर्नसक्छ, भविष्यमा यी आयोजनाहरू सफल हुँदै गएपछि व्यक्तिगत कृषि फार्म खुल्नेछन् र त्यो गाउँ विकासको अर्को फड्को हुनेछ ।
          गाउँका अर्का चेतनशील मान्छे भनेका राजनीतिकर्मी हुन् । ‘फुलटाइम’ राजनीति गर्नेको गुजारा चन्दा, लेबी, घुस र कमिसनले चलेको कुरो अनुमान गर्न सकिन्छ, जुन कुरो समाज विकासको बाधक हो, त्यो श्रम होइन ठगी , चोरी र भ्रष्टाचार हो । उनीहरूको अस्वाभाबिक जीवनशैलीले श्रम गर्नेहरूलाई हतोत्साहित गर्दछ । यो समाज विकासको बाधक हो । प्रष्ट  श्रोत नखुलेको सम्पतिको तडक भडकले अबैध धन्दा भएको जनाउ दिइरहेको हुन्छ । सामाजिक अगुवाहरुले यो बुझ्नु पर्ने हुन्छ र यस्ता अबैध बिकृत धन्दावाललाइ सामाजिक बहिष्कार गर्नसक्नु पर्छ । बिडम्बना के छ भने यस्तो सपष्ट श्रोत नखुलेको सम्पतिको धाक लाएर ठूलो पल्टिने गाउँमा थुप्रै भेटिन्छन् । सन्तोषको कुरा के लाग्यो भने यस्तो रातोरात लाखौ पैसा उमार्नेहरुको अगाडि कसैले केही नबोले पनि परोक्षमा घृणा नै गर्दा रहेछन् । धन्न, नैतिकताको दशांस भए पनि बाँकीरहेछ ।  हामीले यो किसिमको विकृतिलाई पनि अब सच्याउनुपर्छ । राजनीति गर्नेहरूले भनेजस्तो उनीहरूको सरकार बनेपछि आकाशबाट अमृत वर्षा हुनेवाला छैन । अनि सबैले श्रम नगरी खान पुग्ने, लगाउन पुग्ने समृद्धि हुने भन्ने दुनियाँमा कतै पनि हुदैन ।  समाज विकासको एकमात्र हतियार भनेको ठीक योजना, लगानी र कठोर श्रम नै हो । यही पृष्ठभूमिबाट नै समृद्ध नेपालको कल्पना गर्न सकिन्छ र यो नै अबको विकासको सही दिशा हो ।
       आधुनिकताको नाउँमा हुने गरेको सामाजिक विकृति , विसंगतिले दिनानुदिन नेपाली समाज ग्रसित छ ।आजका जल्दाबल्दा युवा तन्नेरीहरुमाझ देखीएको आधुनिकताले समाजको रुपरंगमै गलत प्रकारको परिवर्तन देखिन थालेको छ,  जसले समाजलाई कतै अवनति तिर त लगिरहेको छैन ? प्रश्न गहन बन्दै गएको छ। समाज विकासको क्रममा पश्चिमा मुलुकहरुले तुलनात्मक रुपमा हामी भन्दा फराकिलो फड्को मारेको पाइन्छ ।उनीहरुको विकासको अनुशरण अथवा नक्कल गर्ने परिपाटी विकाशोन्मुख देसमा बढी पाइन्छ । पश्चिमी मुलुकहरूको शिको सिक्दै नेपाली समाजमा पाच्य-अपाच्य संस्कृतिको नाउँमा भित्रीएको गलत प्रवृत्तिले हाम्रो समाजलाई कता पुर्याउने हो भन्ने चिन्ता बढ्दो छ ।संस्कृतिले समाजलाई गति दिइरहेको हुन्छ ।हामीले आफ्नो संस्कृति बिर्सदै जानी नजानी अरुको संस्कृतिको शिको सिक्दै वा नक्कल गर्दै गैरहेकाछौ। आजका युवा पुस्तामा तुलनात्मक रूपमा अरुभन्दा बढी  पश्चिमा अनुशरणले जरा गाडेको पाइन्छ, जुन डरलाग्दो रूपमा शहर हुदै गाउँ भित्रने गरेकोछ । समाजमा एक ब्यक्तिबाट अर्कोलाई, एक परिवारबाट अर्‍को परिवारलाई गरिने सरसहयोग हराउदै गएको छ ।समाज दिनानुदिन स्वार्थी बन्दै गैरहेको छ ।समाजमा परोपकारी भावनाको अभाव खड्कीन थालेको छ ।
    गाउँका प्राय: युवा- युबतिहरुले १०/१२ कक्षा पासको सर्टिफिकेट लिनु अब कुनै ठुलो उपलब्धि रहेन । तर यहि सर्टिफिकेटले उनिहरुको मनोदशा बिकृत जस्तै बनाउदो रहेछ र एक किसिमको कुन्ठा पैदा गरि दिदो रहेछ । निदानत: यो जनशक्ति दिल्ली बम्बैतिर हाल सजिलै गर्न पाइने पिजी( पेइङ गेष्ट ) को काममा टाप कस्दो रहेछ । अनि यदाकदा गाउमा झुल्किदा केही हजार भारतिय रुपिया, सस्ता रंगिचंगि लुगा र महंगा मोबायल बोकेर फर्कदो रहेछ । गाउमा बसेका कथित बेरोजगारहरुका लागि यिनै आदर्शपात्र लाग्दा रहेछन् । मैले गाउँ बसाइका क्रममा यस्तै २०/२२ बर्षे युवकहरुले मोबाइलमा राखेका " फोटो " काे सन्दर्भमा घण्टौ बेकारका बहस गरेको सुनेकोछु । यो पुस्ता ज्यादा जसो मादक पदार्थ र लागू पदार्थमा लठ्टिएको देखेकोछु ।
    सामाजिक मनोबिज्ञानका दृष्टिले हेर्दा अधुरो असान्दर्भिक शिक्षा तथा आर्थिक अभावको कारण नेपाली समाज विकृतिको चुङुलमा फस्दैछ । विज्ञानको विकासको क्रम संगै विकास भएको संचार जगत, मिडिया, दुर संचार, मोबाईल फोन, ईन्टरनेट , सामाजिक संजाल भित्रका फेस बूक, टुइटर, ह्यटसप जस्ता विषयको विकासले समाजको लगामलाई कता हिडाउदै छ ? हामीले सोच्ने बेला  आएकोछ । नेपाल जस्तो गरीब मुलुकमा निवास गर्ने हामी गरीब जनताले विकासको चरम अवस्थामा पुगेका देशहरुको नक्कल मिश्रित जीवनशैली अपनाउदाको के होला? हेक्का राखिनुपर्छ । विकासलाई अंगिकार गर्ने नाउँमा विकृति भित्राइनु अवस्य फलदायी हुदैन ।अन्ध अनुशरण गर्ने प्रवृत्तिले हामी तथा हाम्रो समाज ग्रसित छ ।
          समाजको परिधिभित्र रहेर ब्यक्तिले जीवन यापन गर्नु पर्छ , परिधि उलंघन गर्ने ब्यक्ति र  समाजले निर्माण गरेको गोरेटोमा हिंड्न नजान्ने ब्यक्ति कलङ्कित हुन पुग्छ । किताबमा पढ्न नपाइने ज्ञान समाजको किताबमा लेखिएको हुन्छ त्यसलाई पढ्न सक्नु पर्दछ, पढाइन सक्नु पर्दछ । पाठ्य पुस्तकको अलवा बालबालिकालाई सामाजिक शिक्षाको ज्ञानमा ध्यान पुर्याउनु आजको टडकारो आवश्यकता हो ।सामाजिक शिक्षाको गहनता दिनानुदिन ओझेलमा पर्दै गएको छ । समाजमा ब्यक्ति सामाजिक बन्नबाट पन्छिन थालेको छ। यि र यस्ता प्रवृत्ति को विकासले भोलीको नेपाली समाज कस्तो होला र? सामाजिक जिम्मेवारी बोध हराएको समाज कस्तो होला ? यो कुरालाई बेलैमा शुक्ष्म रुपमा मनन् गर्न नसके हाम्रो समाज भोलि ठुलो समस्यामा पर्ने निश्चित छ ।ब्यक्ति, राज्य पक्ष तथा सरोकार वाला निकायले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।