सुदूर पश्चिमको मध्यपहाडमा पर्ने मेरो गाऊँमा बिकासको अर्थ समय अनुसार बदलिदै गएको बुझिन्छ । अचेल पनि समकालीन राजनीतिले ब्यक्ति वा समुहको स्वार्थ अनुकुल हुनेगरि बिकासलाई आआफनै पाराले परिभाषित गराएकोछ । २०१५/२० साल उता सस्तोमा नुन, गुड र लताकपडा भारतको झुलाघाटबाट ल्याउन सकिएमा र भन्सारका कर्मचारीले दुर्व्यवहार नगरेमा त्यहि नै बिकास र सुशासनको सपना थियो होला । त्यसपछि अक्षर सिकाउने पाठशाला र हिडन सजिलो हुने गोरेटो घोरेटो बिकासका लक्ष्य बने । केही बर्ष अघिसम्म पनि सायद बुझेको विकासको अर्थ बाटो र बिजुली थियो । अहिले हाम्रा धेरै गाउँहरूले त्यो पाएका छन् । बर्ष०७४/०७५ को दशरथचन्द न पा को झण्डै ५४ करोडको बजेटमा पनि आधा जसो पुर्बाधार बिकासमा छुट्याएकोछ । यसमा पनि खानेपानी, सडक, सिंचाइ र कृषिलाई प्राथमिकतामा राखिएकोछ । तर बिध्यालय, बाटो र बिजुली आफैंमा विकास थिएन, त्यो त मात्र विकासको पूर्वाधार थियो । अहिले पनि हामी पुर्बाधार बिकासमा नै जोड दिइराखेकाछौ । यसरी बिकासका बारेमा हामी ज्यादै अलमलमा छौ । वास्तबिक विकास भनेको जीवनस्तरको सकारात्मक परिवर्तन हो, विकास भनेको देशको र देशबासीको आयमा वृद्धि हो । देशबासीको आम्दानी बढेमा मात्र उनीहरूले धेरै भन्दा धेरै कर राज्यको ढुकुटीमा जम्मा गर्छन् । यहि राष्ट्रिय आम्दानीबाट बिकासका पुर्बाधारहरु तयार हुँदै जान्छन र नयाँ–नयाँ रोजगारीका अवसर बढ्छन । अनि पो आम्दानीको श्रोत बढछ । अब यो यथार्थ गाउँ एकाइमा लग्यो भने हाम्रा गाउँ तथा गाउँवासीहरूको आय कसरी बढाउने भन्ने नै अबको विकासको सोच हुनु आवश्यक देखिन्छ ।
हरेक गाउमा नयाँ पुस्ता जन्मिएकैछ, हुर्किएकैछ र केही पढे सिकेको पनि छ । तर अलि बुझ्ने भएपछि नवयुवाहरु शहर पस्छन् , बिदेश जान्छन र यथार्थबाट भाग्नुलाइ नै सफलता ठान्दछन् । जो गाउँमै बसे, ती आफुलाइ असफल सम्झन्छन र कुण्ठित भएर बस्छन् । यसरी गाउघर गाडी कुरिरहेकाहरु यात्रु थुप्रिएको बसपार्क जस्तो बनेकोछ । एबंप्रकारले जनशक्तिको पलायन अहिलेको प्रमुख समस्या बनेकोछ । गाउस्तरबाटै बिकासको जग वसाल्न बिकासका बारेमा बनाइएका भ्रम चिर्दै गाउँमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने अबको टडकारो आबश्यकता देखिन्छ ।
नेपालमा विकास भएन, अवसर पाइएन भनेर विदेश जाने र गाउँको विकास भएन, अवसर पाइएन भनेर सहर पस्नेहरूमा केही न केही समानता छ । यसो त राष्ट्रियस्तरमा अवसर र रोजगार वृद्धिका बारेमा नयाँ–नयाँ योजनाको कुरा हुन्छ भने गाउँस्तरमा यस्ता कुरा किन नथाल्ने ? राष्ट्रियस्तरमा विकासका आवधिक योजनाबारे छलफल हुन्छ भने गाउँस्तरमा छलफल किन नहुने ? अबको १० वा २० वर्षमा आफ्नो गाउँ कस्तो हुने त्यो सपना किन नदेख्ने ? फेरि यस्ता कुरा गर्न सबैजना गाउँमै फर्कनुपर्छ भन्ने पनि छैन, यो छलफल फेसबुकलगायतका सर्वसुलभ प्रविधिबाट नै गर्न पनि सकिन्छ, हरेक सहरमा भएका गाउँका मान्छे भेला भएर छलफल गर्न पनि सक्छन् । यसकालागि
गाउँबाट सहर छिरेकाहरूको पनि संगठन बन्नुपर्छ र आफ्नो गाउँको विकासका लागि छलफल सुरुवात हुनुपर्छ ।

मैले पहिलो पटक स्थानिय निकायमा आफनो प्रतिनिधि छान्न भोट हाल्न पाएको मौका पारेर बिकास सम्बन्धमा केही स्थानिय नेतृत्वमा आउन चाहेका उमेदवारहरुका बिचार बुझ्ने अवसर पाए । यी प्रतिनिधि बिचारले एउटा तप्काको बैचारिक दरिद्रता देखाउछ भने अर्कोतिर बिकासका ठुल्ठुला नारा दिने राजनैतिक दलले उमेदवार चयनको वास्तविक धरातल तिरपनि संकेत गरिरहेकाछन् । कसैले " माथि " बाट ल्याएको बिकास बरोबर गरि सबैमा बाडिदिने प्रतिबद्धता सुनाए भने कसैले आफुले पाउने पारिश्रमिकको आधा गरिबलाई बाँडी दिने " ठूलो" मन देखाए । कसैलाइ खेत मास्ने गरि ल्याएका सडकहरुले भारि बोक्नेहरुलाई बेरोजगार बनाएकोमा चिन्ता थियो भने कसै कसैलाइ नौकरीमा बर्षौ बाहिर बसेर रिटायर भएपछि मात्र गाउमा फर्कने म जस्ताहरुलाई गाउँमा कुनै पदीय जिम्मेवारी दिनु हुदैन भन्ने ध्याउना थियो । कोहि गाउको गाइभैसी बिग्रेमा आफुले ठिक गरेबापत भोट आफुले पाउनुपर्ने दाबी लिइ रहेका हुन्थे भने कोहि आफुसंग सल्लाह नगरेका कारण अमुकलाई हराउनै पर्नेगरि मोर्चा बनाउन कस्सिएका हुन्थे । सपष्टतया यी भनाइ राजनैतिक लडाइका लागि खडा गरिएका शिखण्डी पात्रका बाँझा कल्पना हुन्, तर यथार्थमा गाउँको समग्र बिकासका लागि कसैसंग पनि सुसपष्ट खाका थिएन ।
तै पनि खुशिको कुरा के छ भने केही मानिसमा यतिखेर आफ्नो गाउँको विकास कसरी गर्ने र यो महान अभियानमा आफूले कहाँनेर के भूमिका प्रस्तुत गर्ने भन्नेमा अलमल छ , छटपटी छ । हो, ग्रामिण बिकासका लागि केही लगानीको आबश्यकता त छ नै । यो वातावरण निर्बाचित प्रतिनिधिले मिलाउनु पर्ने हुन्छ । गाउलेहरुको केही गरौ भन्ने इच्छाशक्तिको प्रयोग अब कृषिमा गरिनुपर्छ । केही पढेलेखेका सुकिलामुकिलाले कृषि पनि उद्योग हुनसक्छ भन्ने उदाहरण प्रस्तुत गर्न सक्यो भने यो प्रेरणाको विषय हुनसक्छ । मुग्लानमा पसिना बेचेर अलीअली बचाएर घरमा लेन्टर हाल्दैमा दिगो विकास हुन सक्दैन । अहिले टुक्रा–टुक्रा भएको जग्गालाई चक्लाबन्दी गरी औद्योगिक कृषि अगाल्नुपर्छ । अब गुजाराका लागि होइन धनी हुन कृषि अपनाउनुपर्छ, कृषक अब व्यावसायिक बन्नै पर्छ, उदाहरणका लागि सय रोपनी जग्गा चक्लाबन्दी गर्ने, १२ महिना नै हुने किसिमका डालेघाँसहरू रोप्ने र २/४ सय बाख्रा पाल्ने हो भने त्यसबाट राष्ट्रले पनि केही प्राप्त गर्छ, केहि जनाले सधैं (फुलटाइम) काम पाउन सक्छन् । वर्षमा सयवटा मात्र खसी उत्पादन गरेर एउटाको ३० हजार रुपैयाँमा मात्र बेच्न सक्यो भने पनि १५लाखको कारोबार हुन्छ। यसरि नाफाको अंक बढाउन सकिन्छ । वातावरण निर्माण गर्ने हो भने यो असम्भव पनि होइन ।
पुँजीवाद नै अबको सामाजिक विकासको चरण हो, पुँजीवादको विशेषता भनेको मान्छेमा धनी हुने चाहना हुनु हो, धनी हुन श्रम गर्नुपर्छ, त्यो शारीरिक वा मानसिक हुनसक्छ र मानिसमा हुने धनी हुने प्रतिस्पर्धाले नै समाज विकासको गति लिन्छ । मान्छे दिनरात नभनी काम गर्छ तर नेपालमा अहिले धनी हुने नाममा जसरी सामाजिक अपराध बढेको छ , यो पुँजीवादको विकृत रूप हो। यसले समाजको भ्रष्टीकरण गर्छ र गरिरहेको पनि छ ।
पुँजीवादको सही दिसा भनेको गाउँ–गाउँमा लगानी बढाउने श्रममा आधारित विकास नै हो र त्यो लगानी भनेको नेपालको अधिकांश गाउँमा कृषिसँग सम्बन्धित हुनसक्छ, पछि कृषिलाई आधार मानेर अरू उद्योग बन्न सक्छन् तर पहिलो पाइला कृषि नै हुनुपर्छ । यसैले गाउँबाट सहर पसेका तथा विदेश छिरेकाहरूको अबको लगानी कृषिको व्यवसायीकरणमा हुनैपर्छ । त्यो सानो–सानो मात्रामा सहकारीको रूपमा किन नहोस । यसले सबैभन्दा ठूलो त गाउँका कृषकमा आत्मसम्मान बढ्छ, कृषि पनि व्यवसाय हुनसक्छ भन्ने कुरो स्थापित हुन्छ, उत्पादन बढ्ने र राष्ट्रलाई सकारात्मक असर पर्ने त छँदै छ ।
गाउँमा लगानी गर्ने र रोजगारीको अवसर सिर्जना गर्न सक्ने क्षमता भएकाहरू भनेका गाउँका शिक्षक हुन्, तिनले अरूलाई मात्र होइन आफ्नै घरघरमा गुजारा गरेर बसेका र खेर गइरहेका जनशक्तिलाई व्यावसायिक जनशक्तिमा प्रयोग गर्न सक्छन्, छिमेकका एक–दुईजनालाई पनि रोजगारीको अवसर सिर्जना गर्न सक्छन् । एउटा शिक्षक दिनभर स्कुलमा पढाएर साँझ–बिहानको फाल्तु समय कृषि फार्मको व्यवस्थापन गर्नसक्छ। तर अहिले गाउघरका प्राय जसो शिक्षक नियमित कक्षाभन्दा ट्युसन पढाउने, महिनाको एक–ढेड सय पार्टीलाई लेबी बुझाउने र सकेसम्म लटरपटर गरेर पैसा कमाउनेतिर बढि सक्रिय देखिन्छन । उहिले गाउकालागी अग्रणी मानिने गुरुहरु अहिले पार्टीका एजेन्ट जस्तै राजनीतिक गफ गरेर समय बर्बाद गर्दैछन् । कुनै व्यावसायिक श्रम गर्दैननन् र सामाजिक आदर्श बन्दैनन् । बरु "आधुनिक ठालु" बनिरहेकाछन् ।
पुँजीलाई सही दिशा दिन र गाउँ–गाउँमा व्यावसायिक सोचको विकास गर्न पनि शिक्षित वर्गले व्यावसायिक कृषिमा लगानी गर्नुपर्छ ताकि त्यसको देखासिकी गाउँमै बस्ने शिक्षकहरूले गरून्, सामान्य कृषकले गरून् । यसका लागि सहकारी सबैभन्दा उत्तम मोडेल हुनसक्छ । लेबी, चन्दा, घुस, भ्रष्टाचार आदिमा खर्चिने रकम प्रतिव्यक्ति उठायो भने पनि सजिलै दसौं लाख हुनसक्छ, राम्रो संस्था बनाएर त्यो रकम व्यावसायिक कृषिमा लगाउन सकिन्छ । यसप्रकारको लगानी व्यावासायिक जोखिम कम गर्न र ग्रामीण विकासका छलफल तथा आन्तरिक प्रजातन्त्र विकास गर्नसक्छ, भविष्यमा यी आयोजनाहरू सफल हुँदै गएपछि व्यक्तिगत कृषि फार्म खुल्नेछन् र त्यो गाउँ विकासको अर्को फड्को हुनेछ ।
गाउँका अर्का चेतनशील मान्छे भनेका राजनीतिकर्मी हुन् । ‘फुलटाइम’ राजनीति गर्नेको गुजारा चन्दा, लेबी, घुस र कमिसनले चलेको कुरो अनुमान गर्न सकिन्छ, जुन कुरो समाज विकासको बाधक हो, त्यो श्रम होइन ठगी , चोरी र भ्रष्टाचार हो । उनीहरूको अस्वाभाबिक जीवनशैलीले श्रम गर्नेहरूलाई हतोत्साहित गर्दछ । यो समाज विकासको बाधक हो । प्रष्ट श्रोत नखुलेको सम्पतिको तडक भडकले अबैध धन्दा भएको जनाउ दिइरहेको हुन्छ । सामाजिक अगुवाहरुले यो बुझ्नु पर्ने हुन्छ र यस्ता अबैध बिकृत धन्दावाललाइ सामाजिक बहिष्कार गर्नसक्नु पर्छ । बिडम्बना के छ भने यस्तो सपष्ट श्रोत नखुलेको सम्पतिको धाक लाएर ठूलो पल्टिने गाउँमा थुप्रै भेटिन्छन् । सन्तोषको कुरा के लाग्यो भने यस्तो रातोरात लाखौ पैसा उमार्नेहरुको अगाडि कसैले केही नबोले पनि परोक्षमा घृणा नै गर्दा रहेछन् । धन्न, नैतिकताको दशांस भए पनि बाँकीरहेछ । हामीले यो किसिमको विकृतिलाई पनि अब सच्याउनुपर्छ । राजनीति गर्नेहरूले भनेजस्तो उनीहरूको सरकार बनेपछि आकाशबाट अमृत वर्षा हुनेवाला छैन । अनि सबैले श्रम नगरी खान पुग्ने, लगाउन पुग्ने समृद्धि हुने भन्ने दुनियाँमा कतै पनि हुदैन । समाज विकासको एकमात्र हतियार भनेको ठीक योजना, लगानी र कठोर श्रम नै हो । यही पृष्ठभूमिबाट नै समृद्ध नेपालको कल्पना गर्न सकिन्छ र यो नै अबको विकासको सही दिशा हो ।

आधुनिकताको नाउँमा हुने गरेको सामाजिक विकृति , विसंगतिले दिनानुदिन नेपाली समाज ग्रसित छ ।आजका जल्दाबल्दा युवा तन्नेरीहरुमाझ देखीएको आधुनिकताले समाजको रुपरंगमै गलत प्रकारको परिवर्तन देखिन थालेको छ, जसले समाजलाई कतै अवनति तिर त लगिरहेको छैन ? प्रश्न गहन बन्दै गएको छ। समाज विकासको क्रममा पश्चिमा मुलुकहरुले तुलनात्मक रुपमा हामी भन्दा फराकिलो फड्को मारेको पाइन्छ ।उनीहरुको विकासको अनुशरण अथवा नक्कल गर्ने परिपाटी विकाशोन्मुख देसमा बढी पाइन्छ । पश्चिमी मुलुकहरूको शिको सिक्दै नेपाली समाजमा पाच्य-अपाच्य संस्कृतिको नाउँमा भित्रीएको गलत प्रवृत्तिले हाम्रो समाजलाई कता पुर्याउने हो भन्ने चिन्ता बढ्दो छ ।संस्कृतिले समाजलाई गति दिइरहेको हुन्छ ।हामीले आफ्नो संस्कृति बिर्सदै जानी नजानी अरुको संस्कृतिको शिको सिक्दै वा नक्कल गर्दै गैरहेकाछौ। आजका युवा पुस्तामा तुलनात्मक रूपमा अरुभन्दा बढी पश्चिमा अनुशरणले जरा गाडेको पाइन्छ, जुन डरलाग्दो रूपमा शहर हुदै गाउँ भित्रने गरेकोछ । समाजमा एक ब्यक्तिबाट अर्कोलाई, एक परिवारबाट अर्को परिवारलाई गरिने सरसहयोग हराउदै गएको छ ।समाज दिनानुदिन स्वार्थी बन्दै गैरहेको छ ।समाजमा परोपकारी भावनाको अभाव खड्कीन थालेको छ ।
गाउँका प्राय: युवा- युबतिहरुले १०/१२ कक्षा पासको सर्टिफिकेट लिनु अब कुनै ठुलो उपलब्धि रहेन । तर यहि सर्टिफिकेटले उनिहरुको मनोदशा बिकृत जस्तै बनाउदो रहेछ र एक किसिमको कुन्ठा पैदा गरि दिदो रहेछ । निदानत: यो जनशक्ति दिल्ली बम्बैतिर हाल सजिलै गर्न पाइने पिजी( पेइङ गेष्ट ) को काममा टाप कस्दो रहेछ । अनि यदाकदा गाउमा झुल्किदा केही हजार भारतिय रुपिया, सस्ता रंगिचंगि लुगा र महंगा मोबायल बोकेर फर्कदो रहेछ । गाउमा बसेका कथित बेरोजगारहरुका लागि यिनै आदर्शपात्र लाग्दा रहेछन् । मैले गाउँ बसाइका क्रममा यस्तै २०/२२ बर्षे युवकहरुले मोबाइलमा राखेका " फोटो " काे सन्दर्भमा घण्टौ बेकारका बहस गरेको सुनेकोछु । यो पुस्ता ज्यादा जसो मादक पदार्थ र लागू पदार्थमा लठ्टिएको देखेकोछु ।
सामाजिक मनोबिज्ञानका दृष्टिले हेर्दा अधुरो असान्दर्भिक शिक्षा तथा आर्थिक अभावको कारण नेपाली समाज विकृतिको चुङुलमा फस्दैछ । विज्ञानको विकासको क्रम संगै विकास भएको संचार जगत, मिडिया, दुर संचार, मोबाईल फोन, ईन्टरनेट , सामाजिक संजाल भित्रका फेस बूक, टुइटर, ह्यटसप जस्ता विषयको विकासले समाजको लगामलाई कता हिडाउदै छ ? हामीले सोच्ने बेला आएकोछ । नेपाल जस्तो गरीब मुलुकमा निवास गर्ने हामी गरीब जनताले विकासको चरम अवस्थामा पुगेका देशहरुको नक्कल मिश्रित जीवनशैली अपनाउदाको के होला? हेक्का राखिनुपर्छ । विकासलाई अंगिकार गर्ने नाउँमा विकृति भित्राइनु अवस्य फलदायी हुदैन ।अन्ध अनुशरण गर्ने प्रवृत्तिले हामी तथा हाम्रो समाज ग्रसित छ ।
समाजको परिधिभित्र रहेर ब्यक्तिले जीवन यापन गर्नु पर्छ , परिधि उलंघन गर्ने ब्यक्ति र समाजले निर्माण गरेको गोरेटोमा हिंड्न नजान्ने ब्यक्ति कलङ्कित हुन पुग्छ । किताबमा पढ्न नपाइने ज्ञान समाजको किताबमा लेखिएको हुन्छ त्यसलाई पढ्न सक्नु पर्दछ, पढाइन सक्नु पर्दछ । पाठ्य पुस्तकको अलवा बालबालिकालाई सामाजिक शिक्षाको ज्ञानमा ध्यान पुर्याउनु आजको टडकारो आवश्यकता हो ।सामाजिक शिक्षाको गहनता दिनानुदिन ओझेलमा पर्दै गएको छ । समाजमा ब्यक्ति सामाजिक बन्नबाट पन्छिन थालेको छ। यि र यस्ता प्रवृत्ति को विकासले भोलीको नेपाली समाज कस्तो होला र? सामाजिक जिम्मेवारी बोध हराएको समाज कस्तो होला ? यो कुरालाई बेलैमा शुक्ष्म रुपमा मनन् गर्न नसके हाम्रो समाज भोलि ठुलो समस्यामा पर्ने निश्चित छ ।ब्यक्ति, राज्य पक्ष तथा सरोकार वाला निकायले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।

No comments:
Post a Comment