Saturday, October 14, 2017

मोतिबस्तीको बृतान्त


***===मोतिबस्तीको बृतान्त===***
( संक्षिप्त भुगोल, ईतिहास र मूल बासिन्दाहरुको  बंशावली समेत )

मोतिबस्तीको अवस्थिति
मोतीबस्ती कुनै काल्पनिक वा मायावी बस्तीको नाम होइन । विश्व मानचित्रको निर्देशांक -   29°25′N 80°30′E /  29.41°N 80- मा रहेको श्री असिमकेदार मंदिरको केन्द्र वरपर सरदर ५ किलोमिटर  क्षेत्रलाइ उहिले असिमकेदार आल (क्षेत्र)  भनिन्थ्यो । यहि "श्रीकेदारको आल" विशेषण कालक्रममा संक्षेपीकरण र अपभ्रंश हुँदै सुरकाल भनिन थाल्यो । हालको प्रशासनिक पुनर्गठनमा यो समग्र क्षेत्र दशरथचन्द नगरपालिका - ७, बैतडी (नेपाल) मा राखिएकोछ । यसभन्दा अगाडि दुर्गास्थान गा बि स को वा नं ४,५,६,७ मा बिभक्त थियो । अझ त्यसभन्दा अगाडि डोटी गौंडा अन्तरगत बैतडी जिल्लाको उपल्लो स्वराड गर्खामा पर्ने श्रीकेदार देवताको गुठी कायम भएको  सुर्काल मौजा मानिन्थ्यो । यहाँको पुराना सनदहरुमा " सङौणकोट दुर्ग निकटे" ( सङौणकोटको किल्ला नजिक) भन्ने शब्द राखिएको देखिएकोले एकीकरण पुर्ब  सायद सङौणकोटकै मातहत बस्ती मानिन्थ्यो ।
सोह्रौ शताब्दिदेखि आज पर्यन्त यहाँ मोति बडूका सन्तान दरसन्तानका बस्तीहरुको रजगज जारि छ । त्यसैले यो आलेखमा झण्डै दुई हजार जनसंख्याको यस सुन्दर गाउलाइ मोतिबस्तीको बिशेषण थपिएको हो । यहाँको भुगोलमा आधा बन जंगल र एक चौथाइ घासे ढलान छन् । प्राचीन बायुपर्वत ( हालको ग्वाल्लेक धुरा ) बाट पुर्ब बग्ने खोलानाला मार्फत अपार जलसम्पदाको श्रोत उपलब्ध छ । यो गाउँमा श्री र सहकालका देवता असिमकेदारको बास भएको कारण  यहाँको उब्जाउ र मलिलो माटोको धार्मिक महत्व पनि कायमै छ । कसैलाइ अन्याय प-यो भने "माटि घत्याउने" ( माटोलाइ पुकार्ने) चलन अद्यापि कायमै छ । यो आल भरि पुराना शासक ठगुरीमध्येका केहि  " राठ" ( बंश/ शाखा ) हरुलाइ यहाँको माटोमा प्रबेश गर्न र पानी प्रयोग गर्न निषेध गरिएका प्रचलन पनि अझै देखिन्छ ।
गंगा किनारका आर्यहरुको पहाडतिर प्रबेश
बाह्रौ शताब्दीतिर तत्कालिन कान्यकुब्ज (हाल भारतको कन्नौज अर्थात कानपुर) बाट आत्रेय गोत्री ब्राह्मण शक्ति भट्ट   गढवालको श्रीनगर, पौडी हुँदै कुर्मान्चलमा आए । यिनी जोधपुर परम्पराका  प्रतिहार बंशीय भट्ट थिए । बंशावली  अनुसार  यिनका पाँच भाई थिए । यिनका बुवाको नाम पृथ्बी भट्ट र बाजेको नाम उदय भट्ट थियो ।  शक्ति भट्टका छोरा पृथ्बी र नाति उदय भट्ट हालको भारतिय उत्तरांचल हुदै डोटी प्रदेशमा प्रबेश गरेका थिए । यसै बंशका बत्सराजले डोटीका राजाकी छोरिसंग बिबाह गरि यहाँको राजपाट समेत चलाएका थिए। यिनका छोरा उपबत्सराज र त्यस पछिका केहि पुस्ता सम्म डोटी र जुम्ला राज्यसम्म यो बंशको शासन थियो । यसैताका मैदानी आर्यहरु हिमालयतिर  आउन थाले । यसभन्दा अगाडि यहाँको भुगोलमा खस आर्य ,  किरात तथा मंगोलहरुको मिश्रित बस्ती थियो रे । मैदानी आर्यहरुको आगमनसंगै अर्को सांस्कृतिक र सामाजिक समायोजनको सिलसिलाबाट नयाँ समाज निर्माण हुँदै आयो । यो बस्तीको ज्ञात ईतिहास त्यसैताकाको धमिलो रेखाबाट शुरु हुन्छ ।
कालू भट्टको आगमन
{ १- कालू भट्ट  } -भारतमा मुसलमानहरुको चकचकी निरन्तर बढन थालेपछि त्यतातिरका आर्यहरुको पहाडतिर सर्दै आउने क्रम अझ बढन थाल्यो । सपादलक्षमा सगोत्रीहरुको राज्य भएर होला,सम्भबत: चौधौ शताब्दीताका काशि बनारसबाट कुमायु हुदै काली पश्चिमका बायुतटिय बस्तिमा कालु भट्ट नामका ब्राह्मण पनि आई पुगे  । कालू भट्टबाट तीन छोरा- त्रिपुर, जासु र उदासु - जन्मेका थिए  । जासु र उदासुका बारेमा कुनै जानकारी प्राप्त छैन् । त्रिपुरराजबाट एक एक छोरा हुँदै यो बंशको बिस्तारले वायु पर्बत वरपरका बायुतटीय बस्तीमा जरो हाल्यो । कालू भट्टका पाँच पुस्ताले यसै भुगोलमा आश्रय लिएर नीरन्तरता पायो । यो बसाइसराइ बारे केही किम्बदन्ति बाहेक एकिन र प्रामाणिक जानकारी छैन । कालू भट्टपछिको बंशबिस्तारको क्रम निम्नानुसार रहेको बंशावलीमा उल्लेख छ ।
{ २- त्रिपुर राज भट्ट  }
{ ३- काशीराज भट्ट  }
{ ४- गजराज भट्ट  }
{ ५- श्यामराज भट्ट  }

मोति भट्टबाट मोति बडूको बंश- बिस्तार

१ - [  १- मोति बडू   ]
            काली किनारका बस्तीहरुमा बिचरण गर्दैका कुनै दिन सम्भबत:  बिक्रम सम्बत १४९५ तिर श्यामराज भट्टको परीवारमा मोति भट्टको जन्म भएको अनुमान गरिन्छ । ( हालसम्मका १७ पुस्ताको औसत ३० बर्ष कायम गर्दा सरदर उल्लेखित समय मिल्दछ । ) श्यामराजका छोरा मोति भट्टले युबाबस्थामै ततकालिन सँङौडकोटका रजौटाहरु लाइ प्रभावमा पारे र बडाभट्ट कहलिन थाले । यिनै मोति भट्ट अर्थात मोति बडू ले बायुतट पर्बत (हालको ग्वाल्लेक धुरा) को पुर्बी पार्श्वलाई आफनो कार्य थलो बनाई बंश परम्परा चलाए ।  त्यो समयमा यो आल भरि २२ थरि जाति-उपजातिको बसोबास थियो रे । ओलीगाउ, कठायतबुङा, डुमखोला, चतुवाइजर, सुनी गाड. रावलाघाट, दियालगाउ जस्ता स्थान नामले यो बहुजातिय स्थल थियो भन्ने प्रमाणित हुन्छ । केही बर्ष पछि दियालगाउका बोहरा बाहेक अरुहरु यहाँबाट पलायन भए । मोति भट्टको पद-बोधक बडाभट्ट शब्द नै  कालान्तरमा जाति-बोधक ‘बडूभट्ट’ मा अपभ्रंशित भयो।  उनका सन्तानहरुले बडू थर नै कायम गरे । मोतिका ४ छोरा थिए ।
   १ - रतनदेव-    यिनका छोरा- नातीहरु परके, चमणे र खली बडू हुँदै हाल सुरकालको     माइखर्कमा बस्ने  गरेकाछन् । बिस्तृत बिबरण अनुसुची- १ मा समाबेश छ ।
  २- लखनदेव -माइखर्क र कोइराली बाहेक सुर्कालका बडू यिनकै शाखासन्तान हुन् ।  सुर्कालको मुख्य  गाउँ लगायत ऐचेकाँडा, पुजारागाउँमा बस्ने यिनका शाखा सन्तानको बिबरण तल छ ।
  ३- सतनदेब-  कपुरे, रतन, धर्मा, नख्वा , हिरुवा हुँदै यिनका बंशज हाल कोइरालीमा   सिमित छन्  । बिस्तृत बिबरण अनुसुची-२ मा राखिएकोछ
४- प्रतापदेव-यिनी सर्बशास्त्र प्रबिण थिए । भनिन्छ गाउँको देबभन्डार लुटन    आएको    तत्कालिन डोटेली राजा नागी मल्ललाइ झुक्याएर यिनले उतै फर्काइ दिएका थिए । यिनका कोही शाखासन्तान थिएनन् । यिनको जीबनको उत्तरार्ध बारेमा यथेष्ट जानकारी अद्यापि अप्राप्त छ । बजुवा मुठी भनेर यिनकै नामले असिमकेदारमा पोखल चढाउने चलन कायम छ ।
२ - [  २-  लखनदेव  ] लखनदेवका ३ छोरामा काशी, शंकरदेव र दुल्लप हुन् ।
  १- काशी -  यिनका दुई छोरा-  बासु र भानी(४) मध्ये जेठा बासुका २ छोराका बंशज गैर  भन्ने  स्थानमा बस्दछन । कान्छा भानिका   दुई छोराका सन्तान पनि चाल र डाङामाइ भन्ने ठाउमा बसोबास गर्छन्।  हरीका  दुई छोराका पनि क्रमस: डाडा र डोबरामा बस्दछन् ।  यिनीहरुको सम्पुर्ण बिबरण अनुसुची- ३ मा राखिएकोछ ।
    २- शंकरदेव -  यिनका दुई छोरा थिए । शाखासन्तान पुजारागाउ, चौरा,देउला र परीगाउमा बस्दछन् । थप बिबरण तल दिएकोछ । गाउँका दुई मुखिया यिनकै शाखा ( राठ) बाट हुने चलन छ ।
   ३- दुल्लप- यिनका १ छोरा दासी बडू र ४ नाति थिए । २ नाति निसन्तान रहे भने बाँकी मानी बडूका डङाली    तिर र सुन्नरेका   मटेखोला र तूणातिर बस्छन् ।  यिनी मध्येका धेरै जसो बेलौरी, महेन्द्रनगरतिर सरीसकेका छन । उपलब्ध भएसम्मको बिबरण अनुसुची ४ मा समाबिष्ट छ ।
३- [  ३- शंकरदेव  ]शंकरका कपुरे बडू र मगी बडू(४) भए कपुरे बडू- बिस्तृत बिबरण तल राखिएकोछ  मगी बडूका छोरानातीमध्ये सरङैका पुजारागाउ, नानखाली, चौटा र चोऽरा, देउला, भुइसीखर्क एबम् जगतेका देउला,डङाली र कलुवाखोलामा बस्दछन् । थप बिबरण अनुसुची-५ मा छ ।
४- [  १- कपुरे बडू   ]कपुरेबाट जसि, हिरा र रामी जन्मिए । यिनका सन्तानहरु परीगाँउमा बस्दछन । बिबरण    अनुसुची६ मा पनि राखिएकोछ ।  १ - जसी बडू(५) को थप बिबरण तल राखिएकोछ ।  २- हिरा बडू(५)को बंशक्रम क्रमस:(६) नारद , (७) गोबडे, (८) नरसिङ, (९) हरी , (१०) धनी  (११) जवाहर (१२) कालो हुँदै हाल कालो बडुका दुइ छोरा (१३-१)दामोदर र(१३-२) नंदराममा आइ पुगेकोछ । दामोदरका ३ छोरा (१४)रमेश, प्रकाश र केशब छन भने नन्दरामका लोक र---- गरि २ छोरा छन् । एकपल्ट १०/१२ परीवारमा पुगेको यो हाङ्गो धेरै जनाको अपुताली पर्न गै अचेल दुई परीवारमा सिमित भएकोछ ।३- रामी बडू-यिनी बेद बेदाङ्गका मर्मज्ञ, मेघाबि र जोशिला युवक थिए । शास्त्र मर्यादा अनुसार केदारको पुजा नचलाएकोले असिमकेदारका तत्कालिन पुजारी पालीका बिना भट्टलाई मन्दिरबाटै गलहत्याइ स्वयंले पुजारीको हैसियतमा पुजापाठ चलाएका थिए । पछि कूटमन्त्रबाट बिनाभट्टले यिनको र यिनका नाबालक छोराको अनाहक हत्या गरि अपुताली पारी दिएका कारण परिगाउबासीले अद्यापि बिना भाटका सन्तानका हातको पानी खाने गरेका छैनन्  । केही बर्ष स्वयम् पण्डा भै बेद बिधान अनुरुप  कामकाज चलाएपछि लोकसम्मति गरि पैतोला ( पाण्डेय ) बाट पुजारी हुने थिति बसालेका थिए ।
५- [  १- जसी बडू  ]जसि बडूका कालो र हिमरे  ।१- कालो बडू- यिनको बिबरण तल दिइएकोछ । २- हिमरे बडू-
यी मल्लाघरी परिगाँइका बाजे हुन् । यिनका(७) झुसे, ( ८)खट्टे र (९) पति बडू क्रमस: छोरा, नाति र पनाति भए । पतिका जयराम, किस्ने, हरी, धनी र संग्राम गरि ५ छोरा थिए । हरी र संग्राम निसन्तान रहे । धनी का धौले र बेसरो दुई छोरा भए । धौलेका नरी र नरीका भवानी र राजु गरि २ छोरा छन् । बेसरोका नंदराम र बिरादत दुई छोरा बाट क्रमस: तारा र हरी तथा तिलक र --- गरि ४ नाति छन । किस्नेका भने छोरा पर्ते, नाति कमले, पनाति गंगा र खनाति कैलाशमा बंशक्रम पुगेकोछ । उता हरीका छोरा मौरे, नाति कल्से, पनाति रामदत्तहुदै हाल खनातिहरु गोपाल, हरी र नवराजमा बंशबिस्तार भएकोछ ।
६- [  १- कालो बडू ] यिनका १ छोरा थिए ।

७- [  १-रतन बडू ] -२ सन्तान, धनी र लाटो भए । धनी निसन्तान रहे ।
८ - [  १- लाटो बडू  ]१ सन्तान मनुवा बडू मात्र   ।
९ - [  १-मनुवा बडु   ] बडुको ज्ञात बंशक्रमका यी चौधौ पुस्तामा पर्छन । यिनका ४ छोरा थिए ।१- गुमानी बडू- बिबरण तल छ । २- सकते बडू- निसन्तान भए । ३- काशी बडु- निसन्तान भए  । ४- दामू बडू(१०) -मोती बडूपछिको दशौ पुस्ताका दामुका ४ छोरा थिए । ११रौ बंशक्रममा यिनको नाम क्रमस: रिउले, बिरुवा, भानु र झकणो थियो । रिउलेको अपुताली भयो । (११)बिरुवाको एक छोरा(१२) चिमडे र एक नाति(१३) किसनानंद , दुई पनाति  (१४)अम्बा र परमा एबम चार खनातिहरु क्रमस: मनोहर र हर्के एबम नब्बी र भास्कर छन ।(१२) भानुका एक छोरा (१३)जुरा / कानु र एक नाति (१४)नफ्वाबाट दुई पनाति देब र मनोरथ छन् । देबका एक  र मनोरथ का एक प्रकाश गरि दुई खनाति छन् । (११)झगणोका(१२) रने छोरा र(१३)दत्राम, रामदत्त र धौले गरि ३ नाति भए । दतरामका (१४)देबदत्त एक नाति र उसको एक खनाति छ । रामदत्तका (१४)बिरा, पर्मानंद, जगदीश र नवराज गरि ४ छोरा छन । यिनीहरु कंचनपुरको बाणिमा बस्छन । धौलेका भने (१४)पदम र नवराज गरि दुई छोरा छन ।
१० - [  १-  गुमानी बडू ]- एक मात्र छोरा नन्दराज भए ।
११- [  १-  नन्दराज ]- एक मात्र छोरा मनिदत्त भए । उत्तरार्धमा जोगी बनेर हँसेखोलामा कुटिया बनाइ बसे ।
१२ - [  १- मनिदत बडू   ] ( पत्नी- लक्ष्मी )- तीन छोरा दुई छोरी थिए । यी पनि सन्यास लिएर स्वर्गबास भए ।१- दामोदर बडू ( आजन्म ब्रह्मचारी )  २- धर्मानन्द बडू ( पत्नी- नर्मदा )- थप बिबरण तल छ ।   ३- रामदत्त बडू ( पत्नी- कुन्ती ) -यिनका ५ छोरामा कमलापति( हाल- धनगढी ), इश्वरदत्त( हाल बम्बैमा कार्यरत ),  पुर्ब प्र स नि खिमानन्द( हाल- महेन्द्रनगर),  जयदत्त र जगदीश ( हाल- नेपाल आर्मी )  तथा२ छोरी आना जोशी र जमुना भट्ट भए । यिनबाट क्रमस: (१) इ.द्वय सिबराज र पुष्पराज (२) कृष्ण(३)आशीीष-(४) रोहित र (५) प्रकाश गरि ६ नाति छन ।४- छोरी कुन्ती पाण्डेय ( जर्ग )। ६- छोरी- काली पाण्डेय ( ठणकुणा )
१३- [  २- धर्मानन्द बडू   ] पत्नी- नर्मदा। हालसम्म ३ छोरा १ छोरीबाट १० नाति ४ नातिनी ४ पनाति र ४ पनातिनी । छोराहरु-१- भानदेव बडू ( पत्नी- राजेश्वरी ) =  यो आलेखको लेखक स्वयम् हुन् । त्यसैकारणले मात्र सुबिधाका लागि बंशबिबरणलाइ आफुसंग आबद्ध गरि प्रस्तुत गरिएकोछ । ज्ञात बिबरणलाइ अपडेट गर्दै जानेछु ।थप बिबरण तल छ ।२- दत्तराम बडू- नायब  सुब्बा , नेपाल सरकार , हाल जि स स बैतडी( पत्नी- कलशा )= छोरा द्वय सुरेश( स्वास्थ्यसंस्था ब्यबस्थापनमा स्नातक) र मुकेश( हाल कार्यरत- मेगा बैंक ) एबम छोरी डम्मरी पाण्डे ।३- कृष्णदत्त बडू - केदारशिला आ बि मा सिक्षक ।( पत्नी- हिरा ) = छोरा द्वय दिनेश ( बब्यबस्थापनमा स्नातकोतर ) र लक्ष्मण  तथा छोरी कान्ति भट्ट र अन्शु बडू । ४- छोरी- रमा जोशी ( जोशीबुङा )
१४ - [  १- भानदेव बडू   ]- बि सं २०१३/१/२८ मा जन्मेका भानदेब सुर्कालका बडूहरु मध्ये पहिलोपल्ट एस एल सी  गरि पहिलोपल्ट स्नातकोत्तर उतिर्ण पनि भएका ब्यक्ति हुन । यिनले सुदुर पश्चिम दिपायल केन्द्रमा लोकसेवाको जाँच दिनेमध्येबाट पहिलोपल्ट नै अधिकृत पदमा सिफारिस पाएका थिए । प्रबल गोरखा दक्षिण बाहु पदक, दीर्घसेवा पदक, जानपदसेवा पदक आदिबाट बिभुषित हुनु भएका यिनले नेपाल सरकारको उपसचिवबाट सेवा निबृती पाएका छन। सरकारी सेवामा रहदा विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी लगायतका महत्वपुर्ण पदको जिम्मेवारी सम्हालेका थिए । यिनका २ वटा कृति प्रकाशित छन र थुप्रै रचना विभिन्न पत्रपत्रिकामा छापिएका छन । करीब ५ वटा अप्रकाशित कृति प्रकाशनको पर्खाइमा छन । यिनका ४ छोरा छन् । यिनको बसाइ महेन्द्रनगरमा  छ ।
     १५- १-इ. दीपेन्द्र देव बडू/ पत्नी-अन्जना ।(२ छोरी- अद्रिका र आभा )- हाल सबै परीवार अष्ट्रेलियाको सिडनीमा बस्छन् ।
      १५-२- इ.कैलाशदेव बडू / पत्नी - डा. प्रतिष्ठा । ( १ छोरी - प्रदिप्ता ) हाल कार्यरत - काठमाण्डौ ।
       १५- ३- दिलिपदेव बडू- अष्ट्रेलियाको रक हेम्पटन र सिडनीमा अध्ययन पुरागरी हाल अष्टेलियामै कार्यरत ।
        १५-४-इ. बासुदेव बडू- हाल काठमाडौंमा  अध्ययनरत ।
यसरी मोतिबस्तीको सबभन्दा पछिल्लो पुस्ता हाल बस्ति बाहिर नै कर्मथलो खोज्ने क्रममा छ । सम्पर्क अभावले पछिल्लो  बिबरण अद्याबधिक भएको छैन । सामान्य नाम र बिबरणहरु पनि फरक पर्न सक्छन् । निरन्तर संशोधन गरीरहने वाचा गर्दै यसबारे सुझाव र सुचना अपेक्षित छन् । कोष्ट भित्र राखिएको संख्याले पुस्तैनी क्रमतिर संकेत गर्छ । बंशक्रम नासिएकाहरुको बिबरण र मातृनाम अप्राप्य रहे । बिबरण छोट्याउनु पर्ने बाध्यता बुझिदिनु हुनेछ । यो अधुरो र अपरिमार्जित आलेखका बारेमा प्राप्त हुने प्रतिकृयाको स्वागत छ ।धन्यबाद ।।
*** ---------------------------------------######################---------------------------***


अनुसुची-१ ( माइखर्कपट्टिको बंशावली )
माइखर्कका बडू उपाध्यायहरुको बंश-बृक्ष
मोति बडु(१)का जेष्ठ सुपुत्र रत्नदेब(२) बाट परके र झुपुर(३) गरी २ छोरा थिए । झुपुरको अपुताली परेकोछ भने परकेबाट छोरा खली(४) र २नाति पुने(५-१) र नरी (५-२) भए । ५-१ पुनेबाट छोरा कपुरे (६-१) नाति दशरथ(६-२) पनाति २ शिबा(७-१) र कुरे(७-२) भए । शिबाका छोरा धनी (८) नाति झलो (९) समेत ५ जना भए । कुरेका २ जना छोरामा जेठा ज्योतिष बिरभान बडू उपाध्याय (८ ) थिए । यिनी नामि ज्योतिष थिए नै, यिनीसंग दुर्लभ ज्योतिष ग्रन्थको संग्रह पनि थियो भनिन्छ । धर्म, दर्शन र ज्योतिषमा यिनी बेजोड  मानिन्छन् । बडूहरुको पहिलो प्रामाणिक बंसावली समेत यिनले तयार गरेका थिए रे । दुर्भाग्यबश यिनको ग्रन्थहरुको संग्रह र लेखेका कृतिहरु हाल प्राप्य छैनन । यिनका ४ छोरी थिए तर छोरा भएनन् । यिनका भाइ परुवावाट भने छोरा गंगादत्त(९) र नाति शंकर (१0) भए ।
अर्कोतिर नरी ( ५-२) बाट भने जसीराज(६-१) र डम्मरराज (६-२)२ भाइ भए । जसीराजका छोरा पुर्खे(७) र नाति (८/2)हिरा र प्रताप २ जना  भए । हिराका ३ छोरा भए , (९/१) भानु (९/२) दामोदर र घऽणो (९/३) । भानुका ४ छोरा भए -(१०/१) केशब, (१०/२) नारायण, (१०/३) रामदत्त र (१०/४)हरी । दामोदरका पनि चारै छोरा भए - (१०) दुर्गा, काशी, लाल र दुरा । घऽणोका भने (१०)बिरादत्त र दुर्गादत्त गरि २ जना भए । बिरादत्त हाल महेन्द्रनगर बस्छन भने दुर्गादत्त बम्बै तिर बसोबास गर्छन् ।
पुर्खेका अर्का छोरा  प्रताप(८) का ४ छोरा थिए - (९)जयदेब, परे , मनोरथ र गणेश । जग्गा मुद्दाका क्रममा जयदेब पहिलो पल्ट काठमाडौं ( तत्कालिन नेपाल ) सम्म पुगेर फर्केका हुदाँ उनी " नैपल्याऽ" भनेर बढि चिनिन्छन । काठमाडौंबाट गुठी बन्दोबस्तको पहिलो प्रमाणित रेकर्ड " सनद " समेत यिनैले ल्याएका थिए । यिनका ३ छोरा छन् । (१०-४) देवदत्त शर्मा( पुर्ब प्रधानपंच, दुर्गास्थान), बलराम शर्मा र डम्बरदत्त शर्मा बडू ( हाल टिम्बर करपोरेशनमा छैठौ तहमा कार्यरत )। एघारौ पुस्तामा देबदत्तका भुवन, किरण, बिपिन,------------- समेत ४ जना, बलरामका उद्धब , पुन्डरिक---४ जना र डम्मरका २ छोरा इ सुदर्शन र इ.अशोक २ छोरा छन ।
(९) परेका(१०-३) तर्कराज, कृष्ण र लछी गरि३ जना र (९) मनोरथका (१०-२) हरी र चक्रप्रसाद दुई जना छोरा छन् ।(९) गणेशको भने हालसम्म कुनै अतोपतो छैन ।
नरीका अर्का छोरा डम्मरराज(६-२) का भने ४ छोरा थिए -(७-४) जयराज, लाटो, पुडके र देबीदत्त ।(७-१) जयराजका छोरा झुले(८) र नाति महादेब बडु(९) हुन । महादेव हालसम्म बडुबंश परम्पराका सबभन्दा पुरानो पुस्ताको जिबित ब्यक्ति मानिन्छन् । यिनका छोरा यज्ञराज(१०) का पदमराज, खेमराज र--- गरि ३ नाति(११) छन् ।
डम्मरराजकै दोस्रा छोरा लाटो(७-२) बाट जन्मेका ३ छोरा गुजे दामु र कले(८) मध्ये हाल दामुपट्टि छोरा रामी (९) नाति प्रेम(१०) र पनाति चिन्तामणि (११)छन। गुजेको भने अपुताली परेकोछ ।
लाटोकै अर्को छोरा कमले(९) का दुई छोरा भए - कृपा(१०-१) र झुले (१०-२ ) । कृपाका ३ छोरा भए- शिव, कृष्ण र हिरामणि (११) । झुलेका भने डम्मरे र लाटो(११) गरि दुई छोरा छन् ।
डम्मरराजका तेस्रा छोरा पुडके(७) का काशी र हरी(८) गरि दुई छोरा भए । काशीका पनि धौले र परीदत्त (९) गरि दुई छोरा भए । परीदत्त वाटुलासौ तिर सरे । उनका वसन्त र देबदत्त(१०) गरी दुई छोरा छन् । अर्का हरी(८) का भने कालो, बिसनदत्त र देबदत्त (९) तीन छोरा भए । यश क्रममा कालोका केशब र पुष्कर(१०), बिसनका दीपक(१०) र देबका कृष्ण(१०) दशौ पुस्तामा बंश बिस्तार हुँदैछ ।
अनुसुची-२ ( कोइरालीपट्टिको बंशावली )
 कोइरालीका बडूहरुको बंश-बृक्ष
मोति बडू(१)का अर्का छोरा सतनदेब बडूका बारेमा केही जनश्रुति सुनिन्छन् । तर उनको यथार्थ स्थितिबारे खासै ध्यान दिइएको छैन । भनिन्छ, घर किचलोका कारण केही बर्ष यिनले अन्यत्रै बसाइ सारेका थिए । उत्तरार्धमा मूलभुमी मै फर्के र कोइराली भन्ने ठाउँमा सिमित भए ।
सतनका(२) का छोरा कपुरे(३) र नाति रतन(४) भए । रतनका २ छोरा भए- रमुवा र धर्मा(५) । रमुवाको छोरा अंगद र नाति माधव भएपछि दुर्भाग्यबश अपुताली प-यो । धर्माका भने छोरा नरी(६) र नाति हिरा (७) भए । हिराका दुई छोरा भए- मनुवा र खेट्टे (८)
मनुवा(८)तर्फ ३ छोरा भए- हरिदत्त, दमुवा र हरीप्रसाद (९)। हरीप्रसादका छोरा काशि(१०) , नाति तुलादत्त(११) र पनाति महेश र लक्ष्मण(१२) भए । दमुवा(९) का छोरा नौटे(१०) र ३ नाति - बिरपले, झुसे( रामदत्त) र अन्तराम(११) भए । पनातितर्फ बीरपलेका ३ जना- रेबा, इन्नरे र कृष्ण(१२), अन्तरामका पुर्ब प्र नि नारायण(१२) तथा झुसेका देब((१२) समेत ५ जना छन् । तेस्रा हरीदत्त(९)का भने झुपुरे(१०) र गगरे(१०) नामका २ छोरा भए । झुपरेका ३ छोरातर्फ दहर्ते, तारादत्त र कमलापति(११) गरि ३ छोेरा भए । बारौ पुस्ताका पनाति भने दहर्तेका ---(१२) , ताराका राजु, गोपाल र--(१२) र कमलापतिका जनक(१२) समेत छ जना छन् । गगरे(१०) का छोरा गोपाल(११) का दुई नाति भए- प्रमानन्द र नवराज(१२) भए । परमाका --(१३) र नवराजका-----(१३) छन् ।
खेट्टे(८)तर्फ कलुवा, बिरा र पठने(९)नामका  तीन छोरा थिए । बिरा(९) का १ छोरा अर्जुने(१०) र ४ नाति - धौले, जया, परमानंद र रतनदत्त (११) भए । बाह्रौ पुस्ताका नाति भने धोलेका २ अम्बा र पदम, जयाका १महेश, परमाका २जना भानदेव र महादेव  र रतनका१ दीपक गरि ६ जना भए । कलुवा(९) का कमले र घुइरे(१०) दुई छोरा तर्फका सन्तान मात्र छन् । कमलेतर्फ हरीराम (११) एक छोरा भए । घुइरेतर्फ भन १ छोरा कृपा(१२) बाट कालो र धनी(१३) दुई छोरा मध्ये धनीका मात्र मनोरथ, प्रजापति र मगनी(१४) तीन भाइ छोरा छन् ।
पठने(९) का ४ छोरामा मौरे, किसने, अजुवा र अनुवा (१०) चार भाइ छोरा भए । मौरेका भगते र गणेश(११) दुई छोरापट्टि भगतेका कृष्णानंद र लछी(१२) र गणेशका----- र-----(१२) गरि-- नाति छन । किसनेका तीन छोरा लाल, रामदत्त र फुने(११) भए । लालका ५ छोरा क्रमस: भगिरथ, देब, जया, नरी र हरी (१२) मध्येबाट भगिरथका  ॥॥ देबका नरि ॥॥ जयका॥॥, नरिदत्तका॥॥ र हरदेवका॥॥ (१३)-- नाति छन् । रामदत्तका एक छोरा बिस्ना(१२) बाट----(१३) नाति छन् । फुनेका ---(१२ )--- (१३) नाति छन । पठनेका अर्का छोरा अजुवा(१०)का छोरा परमानन्द (मल्डे) तारा र बलराम (११) दुइ छोराबाट क्रमस: -------  र----- (१२) नाति छन् । अनुवा(१०) का सोबे र बिरभान (११) दुई छोरा भए । सोबेबाट बलदेब(१२) र बिरभानका नारायण र॥॥॥ (१२) बाट क्रमस:--------------(१३) नाति छन ।

अनुसुची-३ ( चाऽल, डाङामाइ, डोबरा र गैरपट्टिको बंशावली )
चाऽल, डाङामाइ, डोबरा र गैरपट्टिको बंशबृक्ष
मोति बडूका तेस्रा सन्तान लखनदेव (२) का ३ छोरामा काशी, शंकरदेव र दुल्लप (३) हुन् ।काशीका दुई छोरा-  बासु र भानी (४)मध्ये जेठा बासु(४)का २ छोराका बंशज गैर  भन्ने  स्थानमा बस्दछन । कान्छा भानि(४)का   दुई छोरा- हरी र खण्डू(५) मध्ये हरीका सन्तान पनि चाल र डाङामाइ भन्ने ठाउमा बसोबास गर्छन्।  हरीका  दुई छोराका पनि क्रमस: डाडा र डोबरामा बस्दछन् यिनै स्थान नामबाट यो नामावली ब्यबस्थित गर्ने प्रयास गरिएकोछ ।
(क)गैरपट्टि
बासू(४) का दुइ छोरा रुदे र मगी(५) मध्ये रुद्रेका सालु र भुरे (६)नामका दुई छोरा भए । सालुबाट क्रमस: एक एक छोरा कुशे(७), नाति परुवा (८) र पनाति चुने (९) भए । चुनेका पठने र गुमे (१०) दुई छोराका सन्तान छन । पठनेबाट पनि एक एक छोरा रोजो(११), नाति करणो(१२, पनाति नंदराम(१३) र खनाति भानदेव(१४) छन । गुमे((१०) का तीन छोरामा मौरे, दमुवा र नेफरे मध्ये मौरे(११)का झुले(१२)बाट बिरा र तारा (१३)गरि दुई छोरा छन । यिनबाट बिरादत्तका बेद (१४)र ताराका ---, ----(१४) गरि दुई छोरा छन् ।नेफरोका परमानंद र भानदेव (१२) दुई छोरा भए । परमानंदका काशि र तारा(१३) र भानदेबका नारायण, रघुवर र राम(१३) नामका नाति छन् । दमुवा (११) का भने छोरा गुजे(१२) बाट धौले र अनि (१३) बाट क्रमस: बलदेव, बिष्णु र नवराज (१४) नामका नाति छन्  ।
अर्कोतिर छैठौपुस्ताका सालु र भुरे मध्ये भुरे (६)का बिसो र धर्मा (७) दुई छोरा भए । बिसोका बाँकी धनी, दमुवा र पत्वा मध्ये धनी(८), नंदे(९), जंजाली(१०) मा बंशक्रम पुगेको छ । यिनका गणेश र अनि (११) गरि दुई छोरा छन । गणेशका चन्द्रदेब र अनिका गरी (१२) बंशबिस्तार हुदैछ । दमुवा(८) को छोरा जया(९) नाति धर्मा (१०)र पनाति देब(११) छन भने पतुवा तर्फ छोरा गंगा(९) नाति कुत्त्या(१०) र पनाति भानदेव (११) छन् । नरपते र परभते(८)को  अपुताली परेको रहेछ ।
अर्को धर्मे(७) का छोरा(८) हरिसिह, नाति (९)दहर्ते, पनाति(१०) कालू खनाति (११)जयराम बाट(१२) खिमामा बंशक्रम पुगेकोछ । पाँचौ पुस्ताका मगीबडुका पनि छोरो कीडे(६) नाति झुसे (७),पनाति रतने (८) हुँदै खनाति दुई जना परबते र धनी(९) भए । पर्बतेको चिमा(१०) बाट तीन छोरा भए- दामोदर, मनिदत्त र किस्नानंद (११) । दामोदरका पदम (१२) मनुवाका राम र कृष्ण(१२) र किस्नानंदका बलदेब (१२) छन । धनी(९) का भने छोरा दुखे(१०)बाट कमले र हरी(११) दुई छोरा छन।  कमलेका गोपाल र राम (१२) र हरीका---(१२) छन्

(ख)चाल र डाङामाइ ।
काशिका दुई छोरा बासु र भानी मध्ये भानी(४)का पनि दुई छोरा भए हरी र खन्डु(५) । हरीका छोरा पति(६)बाट धोलु र मगी(७) मध्ये मगीका उजले र जसी(८) २ छोरा भए ।उजलेका पुर्बे(९) बाट काशि र रतन (१०) भए । काशिका ४ छोरा- जय, झुसे, पर्ते र नरायण(११)बाट क्रमस: छन् । रतनेका- धोले र गणेश(११)बाट------ छन् । यिनीहरु डाङामाइवाला भनिन्छन् ।
जसीका तीन छोरामा जयराम, अन्डे र बाङो(९) भए  । जयरामका छोरा लाटो(१०)बाट गोरे, सोबे र जया(११) पट्टिबाट क्रमस: देब, टीका, भानदेब र  पिति(१२) गरि ४ सन्तान छन् । देब जुजुनथला बस्छन भने भानदेब र पिति दोधरा बसाइ सरेका छन् । अन्डे(१०) बाट  जन्मेका ४ मध्ये  झगणो र झुलेको अपुताली प-यो । नन्दे र रुबसे (११) बाट रामदत्त,/ प्रेमदत्त, मनिदत/ कृष्णदत, लछि/ गोपाल/ तारा (१२)गरि ८ सन्तान भए । यिनिहरुवाट निम्नबमोजिम बंशबिस्तार भएकोछ । रामदत्त,/ प्रेमदत्त, मनिदत/ कृष्णदत, लछि/ गोपाल/ तारा बाट क्रमस:----(१३) सन्तान छन् ।
बाङो(१०) बाट भने किस्ने र पौनो (११) भए । किस्नेका रामदत्त र जोगी(१२) भए । रामदतका धर्मानन्द(१३) छन। जोगीका जोखे र बिरादत्त(१३) छन्  । यिनीहरु पनि डाङामाइ नै बस्छन् ।
खन्डु(५) पट्टि कुत्ते र दामु(६) भए । कुत्तेका छोरा मन्के(७) नाति अनि(८) पनाति गुजे र जैभान (९) भए । गुजेबाट छोरा मनि(१०) नाति नंदराम(११) हुँदै पनाति नरि /पर्ते/ पत्वा /राम र प्रेम(१२) पाँच भाइमा बंशबिस्तार भएकोछ । जैभान(९)का नन्दे, गगने र धनी (१०) भए ।नंदेका छोरा गोपे(११) बाट धामी जयकिस्ने(१२) छन् । गगनेका ४ छोरा गङ्वा/ कालो/ अनि/ मनी(११) मध्ये गंगा बाट--र मनीबाट ---(१२) छन् । धनीका मल्डे(११) बाट जयराम मात्र छन् । यिनी सबै चाल भन्ने ठाउमा बस्छन् ।
खंडुकै छोरा कुत्ते र दामु(६) मध्ये दामुका छोेरा गोबणो (७) र नाति मनसे तथा किङणो(८) भए । मनसेका मनी र पठाने(९) दुई मध्ये मनिका राम(१०) बाट किस्ने(११) छोरा र जया र अनि(१२) नाति भए । जय भारतको फैजाबादमा बसाइ सरे भने अनिका---------(१३) छन् । पठाने(९) का धनी(१०) बाट जन्मेका धामी जयदेब (११) गाउँलाइ नेतृत्व दिनसक्ने प्रख्यात माथबर मानिसमा गनिन्छन् । उनका चार छोरा(१२)- नन्दराम/ तुला/ जगदीश/ डम्बर बाट नातिहरु----(१३) छन् । गोबडोका छोरा किङणो(८) बाट भने पङणो र माधी (९)छोरा भए ।  पङणोका धउले(१०) बाट कुते र टिने(११) भए । टिनेका छोरा नरी र काशी(१२)बाट------(१३) छन् । कुतेबाट गणेश, धिङणो, शंकर र खिमा(१२) भए । यिनका---- फैजाबाद सरे भने ---- बाट------(१३) छन् । माधी(९) का काशीबाट (१०) बाट परमे र पतुवा (११) भए । परमेका अनुवा, तारा, केशब(१२) हुन भने पतुवाका रिउलो(१२) हुन् ।

(ग)डोबरा
हरीका छोरा पति(६)बाट धोलु र मगी(७) नाति भए। धौलुका सन्तान डोबरामा बस्छन । धोलुबाट (७) धनी(८) हुदै नातिहरु गुमा, पुरुषोतम र हिरामणि(९) भए । गुमाका किस्ने(१०) बाट कुत्ते र दामोदर (११) बाट क्रमस: देब तथा तारादत्त र अम्बादत्त (१२)छन् । पुरुषोतम(९) हरीदत्त(१०) र उनका मोति, प्रेम र महादेब(११) मध्ये मोति निसन्तान भए । प्रेम भारतको पिथौरागढ बसाइ सरे । उनका वसन्त र रामदत्त (१२) दुई छोरा छन् । महादेबका पुष्कर र सहदेब (१२) छन् । पुरुषोतमकै अर्का छोरा गंगादत्त(१०)बाट ७ भाइ छोरा भए- नंदराम, बिरपल, रघुबर, गुणानंद, दासी, कमले र भगीरथ(११) । नन्दराम निसन्तान रहे अरुका क्रमस: --- छन । अर्का छोरा बिरादत्त(१०) का ४ छोरा मध्ये धर्मा निसन्तान रहे जया(११) बाट तिलक(१२) र ललुवा (११) बाट डम्बर (१२) र जगन्नाथ(११) बाट ---(१२) छन् । हिरामणि(९) का रतन र कालू(१०) दुई छोरा भए । रतनका खेट्टे, ललुवा र रामदत्त(११) तीन छोराबाट क्रमस:---(१२) नाति छन । कालुका नंदे परुवा र चुन्धे अनुवा(११) ३ छोरा भए । यिनबाट क्रमस: ---- छन् ।


अनुसुची-४ ( डङाली, खन्यौला, मटेखोला र तूडापट्टिको बंशावली )
डङाली, खनेउला, मटेखोला र तूडापट्टिको बंशबृक्ष

मोति बडूका नाति दुल्लप (३) बडु का १ छोरा दासी बडू (४)र ४ नाति थिए । २ नाति निसन्तान रहे भने बाँकी मागी बडू(५)का डङाली तिर र सुन्नरे(५)का   मटेखोला र तूणातिर बस्छन् ।  यिनी मध्येका धेरै जसो बेलौरी, महेन्द्रनगरतिर सरीसकेका छन । डङालीबस्ने मागी बडूका सन्तान क्रमस: एक एक गरि(६) पुरने, (७)चिमुवा, (८)खली, (९)दहर्ते, (१०)लालमा सर्दै हाल लालबडूका परमा/ भानु / तुला(११)मा पुगेकोछ । यिनमा परमाका जगदीश र खिमा(१२), तुलाका   (१२) र धनगडी गेटा बस्ने भानुका---(१२)  सन्तान छन ।
सुन्नरि(५) तिर भने मनी र नङरे(६) २ छोरा भए । मनीका पनि उजले र जसी (७) २ छोरा नै भए । उजलेपट्टि झुले, हरी र लाल (८)मध्ये झुलेका  पङणो, गङ्वा, पटके र कैले(९) चार बाँकी रहे ।
पङणो(९)का पर्ते र देब (१०)भए । परतेका गोरे र देबका टीका(११) भए । गङ्वाका छोरा जया(१०) का मनि र लाली(११) बाट क्रमस: कृष्ण / भुरे र -----(१२) नाति भए । पटकेका बिरुवा(१०)का भने गोजे, उजले र राम (११) नामका तीन छोरा भए । उजले महेन्द्रनगर सरे उनका केशबदत्त बडू ( ना सु भिमदत्त न पा ) र ------(१२) गरि २ छोरा छन् । गोजेका-- र रामका ---(१२) छन् ।
कैले(९) तर्फ जसी((१०) बाट ३ छोरा अंगद, राम र धनी(११) भए । अंगदका लाटो(१२) जयराम(१३) हुँदै परमा(१४) मा बंश पुगेकोछ भने रामका छोरा मोजी(१२) नाति चन्नरी (१३) र पनाति मनोहर र लछी(१४) छन् । धनीका २ छोरा चुन्धे र किस्ने (१२)भए । चुन्धेबाट छोरा नरि(१३) र नातिहरु- रुबसे र चन्द्रदेब(१४) भए । यिनीबाट क्रमस:----(१५) छन् । किस्नेका दलुवा(१३) बाट बिरभान र डम्मर (१४) हुँदै नाति----(१५) मा बंशबिस्तार पुगेकोछ ।
सुन्नरि(५) तिरका मनी र नङरे(६) मध्ये नङरीकाछोरा फौरे(७) नाति परुवा र मैसे (८) भए । परुवा का हरी र पतुवा(९) नामका २ छोरा भए । हरीका छोरा गोले(१०) र नाति जगदीश(११) बाट----- मा बंसावली पुगेकोछ भने पतुवाका कानो(१०) र दुखे (११) हुँदै कालो र दहर्ते(१२) बाट कृष्ण/ परमा र ---(१३) जन्मेका हन् । अर्कोतिर मैसे(८) बाट पत्वा, पर्ते र कैले (९) तीन छोराका मात्र सन्तान रहे । पतुवाका अर्जुने(१०) बाट जगरे र दमुवा (११) र कालो(१०) बाट दत्ती , भुरे, चन्नरी र ध्वज (११) चार छोरा भए । यिनीहरुका--- छन् ।
पर्ते(९) का भोके, जोगी र जयराम(१०) तीन छोरा भए । भोकेबाट ३ धोले, भानदेव र उमा(११), जोगीबाट झुसे, गङ्गा र दुर्गा(११), जयरामबाट नरी, रामी,बलराम र तारा(११) छन् । यिनबाट--- भएका छन । कैले(९) का भने छोरा झकडो(१०), नाति लाली(११) र पनाति मदन (१२) भएका छन् । बिरुवाको अपुताली परेकोछ ।


अनुसुची-५
(चोऽरा, पुजरागाउँ, कलुवाखोला र देउलापट्टिको बंशावली )

मोति बडूका नाति शंकरका कपुरे बडू र मगी बडू(४) भए ।कपुरे बडूका सन्तान  परिगाउँमा बस्छन । मगी बडूका
छोरानातीमध्ये सरङै(५)का पुजारागाउ, नानखाली, चौटा र चोऽरा, देउला, भुइसीखर्क एबम् जगते(५)का देउला,डङाली र कलुवाखोलामा बस्दछन् ।
क) चोऽरा, पुजरागाउँ, नानखाली र चौटाका बडूहरुको बंशबृक्ष
सरङे(५) का पुरखे, किङणो र मनी(६) तीन छोरा थिए । पुरखेका चार छोरा मध्ये कलुवा र किणा((७) का मात्र सन्तान छन् । कल्वाका छोरा मनके(८) नाति बसुवा(९) र पनाति धौले र बिरुवा (१०) भए । धौलेका छोरा मल्डे(११) बाट फउरे, राम र परमा (१२) तीन छोरा भए । फउरे गुलरिया सरे । अरु नानखाली बस्छन । यिनबाट क्मस:---(१३) सन्तान छन् । उता बिरुवा(१०) का तिउलो, बेसरो र गोरे(११) भए । तिउलोका जया र शंकरे(१२) मध्ये जयाका हरी(१३) र नीजबाट भुबन र --(१४) छोरा छन । शंकरेका सबै छोरा-अनि, मनी, केशब, तारा र धनी(१३) पनि गुलरियातिर सरेका छन् । गोरेका राम , जगदीश र धनी(१२) मध्ये राम र जगदीश गुलरिया सरेका छन  । बेसरो(११) का गंगा , कुइरे र दुर्गा (१२) तीन छोरा छन । गंगाका नन्दराज(१३) हुन भने केशबका---(१३) र गुलरिया सरेका दुर्गाका---(१३) छन् ।
पुरखेका ४ छोरा मध्येका किणा(७) का सन्तान भने पुजारागाउतिर सरेका छन् । किणाका पनि ४ छोरा मध्ये तीन - हिरुवा, झुसे र नौटे(८) का मात्र सन्तान छन । डुङरेको अपुताली प-यो । हिरुवाका रगी र गुजे(९) भए । रगिका मधुवा(१०)बाट कासी(११) र सगरे(१२) भए । सगरेका कृष्ण(१३) बाट देबराज(१४?) छन् । गुजे(९) का अनुवाबाट दुखे र छेपरो(१०) हुँदै गणेश, केशब/---(११) मा क्रम पुगेकोछ । झुसे(८) बाट ललुवा, पटने र रतने(९) भए । अहिले रतनेका अर्जुने(१०) बाट मात्र सन्तान छन् । उनका तीन छोरा हिरुवा, सगरे र परे(११) थिए । हिरुवाबाट सोबे र नीलकंठ (१२) भए । सोबे का यज्ञराज (१३) बाट मेजर --- र---- (१४) दुई छोरा छन । यिनी महेन्द्रनगरतिर वस्छन । नीलकंठका रघुवर(१३) बाट-----(१४) छन । सगरेका पनि परते र रामी(१२) बाट क्रमस:-----,----(१३) छन । यसै गरि परेका दुई छोरा देब र उजले (१२) बाट पनि क्रमस:----,-----,/----,----(१३) छन । यिनीहरु पनि कंचनपुर सरेका छन् । अर्का नौटे(८) का पनि बिरसिं र कलुवा(९)  नामका दुई छोरा भए । बिरसिंका दलुवा र गुमणो(१०) भए । दलुवाका छोरा दुखेबाट(११) बाट नाति बहादुर(१२) दोधारा सरे । उनका शम्भु र---(१३) नामका छोरा छन् । गुमणो(१०) का सोभान, झुले र कैले(११) तीन छोरा भए । कैलेका थोले , खिमा र तारा (१२) तीन छोरा भए । थोलेका प्र स नि केशबबाट(१३)-----,---- (१४) छन । खिमाका महादेब, नाराुन----(१३) बाट क्रमस:-----(१४) छन् । ताराका कमलापतिबाट(१३)----------(१४) छन् । अर्कोपट्टि कलुवा(९) का किस्ने र परमले(१०) भए । किस्नेका काशि(११) बाट धुकुणो, हरी (१२) भए । धुकुणोबाट देब(१३) र नाति----(१४) छन् । हरिका ---- (१३) बाट---(१४) छन् । परमले(१०) का भने करणो, हरसिङे र धौले(११) बाट भने क्रमस: नेफरो/ अम्बा, भानदेब र दुर्गा (१२) छन् । यिनका----(१३) छन् ।
सरङे(५) का पुरखे, किङणो र मनी (६) मध्ये दोश्रा किङणोका छोरा घोरे(७) र नाति गोपे(८)बाट तीन पनाति अजी, रतने र पुने(९) भए । पुनेको अपुताली प-यो ।अरु चोऽरा अजीका छोरा मुखिया अर्जुने(१०)बाट पनि तीन नाति भए ।- दासी, जगुवा र किस्ने(११) । जगुवाको पनि अपुतालि प-यो । दासीबाट मुखिया परमानन्द(१२) र उनका छोरा ३ जना- देब, लछी र प्रताप (१३) छन् । किस्नेका पाँच छोरा  दामोदर/ धौले/ लुते( काशी )/ र गौरे(१२) भए । यिनबाट क्रमस: नौटे र कुइरे / दत्त , गोपाल र बलदेव / भुवन, पदम र नारायण/ बलदेब र---/ केशब र --(१३) छन् ।
गोपे(८)बाटका तीन छोरा अजी, रतने र पुने(९) मध्ये छोरा चुन्धे(१०) नाति गणेश(११) हुँदै पनाति द्वय दत्तराम र नारायन(१२)मा क्रम पुगेकोछ । दत्तरामका २ जना बिरादत् र शिबराज (१३) र नारायनका लक्ष्मी, चन्द्रदेव-----(१३) नामका  छोरा छन् ।यिनीहरु कैलाली कन्चनपुरतिर सरेका छन् ।
सरङेका तेस्रा छोरा मनी(६) का तर्फ छोरा किस्ने(७) नाति कित्थे(८) र पनाति जया (९) भए । जयाबाट बिरभान र दमुवा(१०) दुई छोरा भए । बिरभानपट्टि रतने(११) बाट छोरा लुते(१२) नाति मनिदत्त(१३) र पनाति दिपक र बलदेब (१४) छन । दमुवापट्टि भने छोरा कालो(११), नाति जया(१२) र पनाति----(१३) छन् ।

( ख ) तल्लो मल्लो देउला,कलुवाखोला र डङालीपट्टिको बंशबृक्ष
मगी बडुका छोरा जगते(५)का सन्तान देउला,डङाली र कलुवाखोलामा बस्दछन् । यिनका बारेमा केही जनश्रुति छन । यिनी मूल नक्षत्रमा जन्मेका हुनाले दियालगाउका बोहराको घरमा हुर्केका थिए रे । असिमकेदारको धामी समेत रहेको नीज बोहराले हुक्कामा जुठो पानी राखेको निहुमा यिनको हेला होचो गरेका कारण यिनले देवता गुहार्दा असिमकेदारले धामीको रुपमा यिनमा अवतरण गरेका रे । यसपछि असिम केदारका धामी पनि बडुबाट नै रहने परम्परा बस्यो । जगतका पङणो, फुने र चैते(६) तीन छोरा थिए । पुनेको पछि केही रहेन । पङणोबाट छोरा मगी(७) र नाति परुवा र जैसिङ (८) भए। परुवाका नरपते र मनसिङे(९)बाट मात्र सन्तान छन् । नरपते तर्फका रतने र जयराम(१०) भए । रतनेका किस्ने(११) बाट रामदत्त र काशिदत्त (१२) छोरा र यिनका क्रमस: नारायण/ जगदीृश र पद्मराज(१३) तीन नाति छन् ।  पूर्ब प्रहरी निरीक्षक नारायन महेन्द्रनगरमा बस्छन।  यिनका प्रकाश र हरीश(१४) भए भने जगदीशबाट-----(१४) र पद्मका ---,----,----(१४) छोरा छन् । जयराम(१०) का कलसे र धउले(११)बाट क्रमस: झुपुरे र भगुवा(१२) भए भने यिनका पनि क्रमस: जगदीश/ जनक र भान/----(१३) छन ।अर्कातिर मनसिङे(९) का रुबसे र अर्जुने(१०) भए । रुबसेका लाटोबाट(११) धिङणो र कहरे(१२) बाट क्रमस:----/----- र-----/----(१३) सन्तान छन् । अर्जुनेका(१०) हरी, गंगा र गोले(११) बाट पनि क्रमस: नरि/ दुर्गा/ मनि, रामदत्त र मदन/ दत्तराम(१२) भए । यिनको बंशबिस्तार क्रमस:------(१३) मा हुदैछ ।  सन्तान मल्ला देउलामा बस्छन ।
पङणोका छोरा मगी(७) र नाति परुवा र जैसिङ (८) मध्ये जयसिङपट्टि जगुवा, खन्डे र धर्मा (९) गरि ३ छोरा भए । जगुवाका तिनछोरामा भोके निसन्तान रहे । हरीदत्त (१०)भने जमदार बाजेका नामले प्रसिद्ध छन् ।यी केदार उ मा बि का संस्थापक मानिन्छन र असाध्यै बिकासप्रेमी , स्वप्नद्रष्टा ब्यक्तित्वमा गनिन्छन यिनका नंद र नरिदत्त (११)गरि २ छोरा पट्टि मध्ये नंदेकाछोरा धर्मानंद(१२)बाट  गोपाल र----(१३) छन। बेलोरी बस्ने नरीका भने खिमा र राम(१२) हुन । मधुवा(१०) का कै धौले(११) बाट राम(१२) छन् । धर्मा(९) का छोरा रमुवा(१०) नाति कमले(११) र पनाति शंकर/ प्रकाश(१२) छन् । खन्डे(९)तर्फ पौनो र किस्ने(१०) भए । यिनमा पौनोका कालो र नरी(११)बाट क्रमस: शंकर तथा रामदत्त/ धनी/ जगदीश(१२) छन । किस्नेका परकाजु(११) बाट धौले र राम छन् ।
जगते(५) का अर्का छोरा चैते(६) बाट बिरुवा र झुसे(७) दुई नाति भए । बिरुवाका गोबडे र नरी (८)भए भने झुसेका जयभने र किसने(८) भए । गोबडेका गंगा(९) बाट २ छोरा- झगडो र नेफरो(१०) तथा दुई नाति- मनि र बिष्णुदत्त (११) भए । मनिका रघुबर र दुर्गा तथा बिष्णुका बलदेब, लछी र पदम (१२) गरि पाँच नातिबाट क्रमस:--,--,--,-- र --(१३) पनाति छन । नरी(८) का गगरे(९)बाट ठगी र तिउले(१०) छोराबाट एकेक नाति दत्तराम र कैलो(११) भए । दत्तरामका छोरा नंदाबल्लभ र बिश्राम(१२)का सन्तान बेलौरीतिर बस्छन् । कैलोका तारादत्त(१२) बाट----(१३) छन् । यिनीहरु तल्लो देउलामा बस्छन् ।
झुसेका जयभने र किसने(८) मध्ये जयभनेबाट एकएक गरि क्रमस: चिले(९), अज्वा(१०), देब(११) हुँदै हाल  बासु/ परमा(१२) मा बंशक्रम पुगेकोछ । किस्ने(८) तर्फ पाँच भाइ- अर्जुने, हिरुवा, जयराम, कमले र मौरे(९) भए । अर्जुनेका झुले र धौले(१०) बाट क्रमस: बिरुवा, दहर्ते र काशी तथा हरूवा र नंदराम(११) भए । यिनका सन्तान कलुवाखोलामा बस्छन । हिरुवाका देब(१०) बाट गगराम (११) हुँदै हेमराज(१२) मा बंशक्रम पुगेकोछ । जयरामका दामु(१०)का भने मनुवा/ रामी/ चन्नरी(११) बाट क्रमस: बिउरे/ कृष्ण/ दासी/ महेश/ दीपक---=(१२) मा बंशबिस्तार पुगेकोछ । कमलेका सगरे(१०) बाट प्रकाश(११) छन् । मौरेका दुई छोरा कालो र गोजे(१०) भए । कालोका भगीरथ (११) बाट दत्तराम---(१२) छन् । गोजेका ३  छोरा कृष्ण, दासी र गोपाल(११)बाट क्रमस:---/----/---(१२) छन ।


अनुसुची-६ ( परीगाउँपट्टिको बंशावली )
परीगाउँपट्टिको बंशबिस्तारक्रम
४- [  १- कपुरे बडू   ]मोतिबडूका पनाति कपुरेबडूबाट जसि, हिरा र रामी जन्मिए । यिनका सन्तानहरु परीगाँउमा बस्द छन ।  १- हिरा बडू(५) यिनको बंशक्रम क्रमस:(६) नारद , (७) गोबडे, (८) नरसिङ, (९) हरी , (१०) धनी  (११) जवाहर (१२) कालो हुँदै हाल कालो बडुका दुइ छोरा (१३-१)दामोदर र(१३-२) नंदराममा आइ पुगेकोछ । दामोदरका ३ छोरा (१४)रमेश, प्रकाश र केशब छन भने नन्दरामका लोक र---- गरि २ छोरा छन् । एकपल्ट १०/१२ परीवारमा पुगेको यो हाङ्गो धेरै जनाको अपुताली पर्न गै अचेल दुई परीवारमा सिमित भएकोछ ।
२- रामी बडू (५)यिनी बेद बेदाङ्गका मर्मज्ञ, मेघाबि र जोशिला युवक थिए । शास्त्र मर्यादा अनुसार केदारको पुजा नचलाएकोले असिमकेदारका तत्कालिन पुजारी पालीका बिना भट्टलाई मन्दिरबाटै गलहत्याइ स्वयंले पुजारीको हैसियतमा पुजापाठ चलाएका थिए । पछि कूटमन्त्रबाट बिनाभट्टले यिनको र यिनका नाबालक छोराको अनाहक हत्या गरि अपुताली पारी दिएका कारण परिगाउबासीले अद्यापि बिना भाटका सन्तानका हातको पानी खाने गरेका छैनन्  । केही बर्ष स्वयम् पण्डा भै बेद बिधान अनुरुप  कामकाज चलाएपछि लोकसम्मति गरि पैतोला ( पाण्डेय ) बाट पुजारी हुने थिति बसालेका थिए । ३ - जसी बडू- थप बिबरण निम्नानुसार छ ।
५- [   जसी बडू  ]पाँचौ पुस्ताका जसि बडूबाट कालो र हिमरे(६) नामका २ छोरा भए ।१- हिमरे बडू(६)- मल्लाघरी मुखिया राठी परिगाँइका बाजे हुन् । यिनका(७) झुसे, ( ८)खट्टे र (९) पति बडू क्रमस: छोरा, नाति र पनाति भए । पतिका जयराम, किस्ने, हरी, धनी र संग्राम गरि ५ छोरा थिए । हरी र संग्राम निसन्तान रहे । धनी का धौले र बेसरो दुई छोरा भए । धौलेका नरी र नरीका भवानी र राजु गरि २ छोरा छन् । बेसरोका नंदराम र बिरादत दुई छोरा बाट क्रमस: तारा र हरी तथा तिलक र --- गरि ४ नाति छन । किस्नेका भने छोरा पर्ते, नाति कमले, पनाति गंगा र खनाति कैलाशमा बंशक्रम पुगेकोछ । उता हरीका छोरा मौरे, नाति कल्से, पनाति रामदत्तहुदै हाल खनातिहरु गोपाल, हरी र नवराजमा बंशबिस्तार भएकोछ ।
६- [  २- कालो बडू ] यिनका १ छोरा ७- [  १-रतन बडू ] -२ सन्तान, धनी र लाटो भए । धनी निसन्तान रहे ।
८ - [  १- लाटो बडू  ]१ सन्तान मनुवा बडू मात्र भए   ।
९ - [  १-मनुवा बडु   ] बडुको ज्ञात बंशक्रमका यी चौधौ पुस्तामा पर्छन । यिनका४ छोरा थिए ।१- सकते बडू- निसन्तान भए ।२- काशी बडु- निसन्तान भए  । ३- दामू बडू(१०) -मोती बडूपछिको दशौ पुस्ताका दामुका ४ छोरा थिए । ११रौ बंशक्रममा यिनको नाम क्रमस: रिउले, बिरुवा, भानु र झकणो थियो । रिउलेको अपुताली भयो । (११)बिरुवाको एक छोरा(१२) चिमडे र एक नाति(१३) किसनानंद , दुई पनाति  (१४)अम्बा र परमा एबम चार खनातिहरु क्रमस: मनोहर र हर्के एबम नब्बी र भास्कर छन ।(१२) भानुका एक छोरा (१३)जुरा / कानु र एक नाति (१४)नफ्वाबाट दुई पनाति देब र मनोरथ छन् । देबका एक  र मनोरथ का एक प्रकाश गरि दुई खनाति छन् । (११)झगणोका(१२) रने छोरा र(१३)दत्राम, रामदत्त र धौले गरि ३ नाति भए । दतरामका (१४)देबदत्त एक नाति र उसको एक खनाति छ । रामदत्तका (१४)बिरा, पर्मानंद, जगदीश र नवराज गरि ४ छोरा छन । यिनीहरु कंचनपुरको बाणिमा बस्छन । धौलेका भने (१४)पदम र नवराज गरि दुई छोरा छन । चौथा गुमानीबाट निम्नक्रम चालू छ ।
१० - [  ४-  गुमानी बडू ]- एक मात्र छोरा नन्दराज भए ।
११- [  १-  नन्दराज ]- एक मात्र छोरा मनिदत्त भए । उत्तरार्धमा जोगी बनेर हँसेखोलामा कुटिया बनाइ बसे ।
१२ - [  १- मनिदत बडू   ] ( पत्नी- लक्ष्मी )- तीन छोरा थिए । यी पनि सन्यास लिएर स्वर्गबास भए ।
१- दामोदर बडू ( आजन्म ब्रह्मचारी )
                        २- धर्मानन्द बडू ( पत्नी- नर्मदा )- थप बिबरण तल छ ।
                                                   ३- रामदत्त बडू ( पत्नी- कुन्ती  - ५ छोरा कमलापति( हाल- धनगढी ),    इश्वरदत्त( हाल बम्बैमा कार्यरत ),  पुर्ब प्र स नि खिमानन्द,  जयदत्त र जगदीश ( हाल- नेपाल आर्मी ) र २ छोरी  भए । यिनबाट क्रमस: (१) इ.द्वय सिबराज र ---(२) कृष्ण(३)--(४)--(५) प्रकाश गरि ६ नाति छन ।
४- छोरी कुन्ती पाण्डेय ( जर्ग )
       ६- छोरी- काली पाण्डेय ( ठणकुणा )
१३- [  २- धर्मानन्द बडू   ] पत्नी- नर्मदा। हालसम्म ३ छोरा १ छोरीबाट १० नाति ४ नातिनी ४ पनाति र ४ पनातिनी ।
                                          १- भानदेव बडू ( पत्नी- राजेश्वरी ) = थप बिबरण तल छ ।
२- दत्तराम बडू( पत्नी- कलशा )-
                                                    = छोरा द्वय सुरेश र मुकेश( हाल कार्यरत- मेगा बैंक ) एबम छोरी डम्मरी पाण्डे ।
३- कृष्णदत्त बडू ( पत्नी- हिरा )
                                                               = छोरा द्वय दिनेश र लक्ष्मण र छोरी कान्ति भट्ट र अन्शु बडू ।
४- छोरी- रमा जोशी ( जोशीबुङा )
१४ - [  १- भानदेव बडू   ]- बि सं २०१३/१/२८ मा जन्मेका भानदेब सुर्कालका बडूहरु मध्ये पहिलोपल्ट एस एल सी  गरि पहिलोपल्ट स्नातकोत्तर पनि भएका ब्यक्ति हुन । यिनले सुदुर पश्चिम दिपायल केन्द्रमा लोकसेवाको जाँच दिनेमध्येबाट पहिलोपल्ट नै अधिकृत पदमा सिफारिस पाएका थिए । प्रबल गोरखा दक्षिण बाहु पदक, दीर्घसेवा पदक, जानपदसेवा पदक आदिबाट बिभुषित हुनु भएका यिनले नेपाल सरकारको उपसचिवबाट सेवा निबृती पाएका छन। यिनले सरकारी सेवामा रहदा विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी लगायतका महत्वपुर्ण पदको जिम्मेवारी सम्हालेका थिए । यिनका २ वटा कृति प्रकाशित छन र थुप्रै रचना विभिन्न पत्रपत्रिकामा छापिएका छन । करीब ५ वटा अप्रकाशित कृति प्रकाशनको पर्खाइमा छन । यिनका ४ छोरा छन् । यिनको बसाइ महेन्द्रनगरमा  छ ।
                           १५- १-इ. दीपेन्द्र देव बडू/ पत्नी- अञ्जना ) । (२ छोरी- अद्रिका र आभा )- हाल सबै परीवार अष्ट्रेलियाको सिडनीमा बस्छन् । यिनले बुढा नीलकण्ठ स्कुलबाट एस एल सी र काठमाण्डौ तथा  क्विन्सलैन्डबाट सिभल इन्जिनियरिङमा स्नातक र मास्टर्स डिग्री पूरा गरेकाछन ।
                            १५-२- इ.कैलाशदेव बडू / पत्नी - डा. प्रतिष्ठा। ( १ छोरी - प्रदिप्ता ) हाल बसाइ-काठमाण्डौ ।
एपेक्सबाट सुचना प्रबिधिको अध्ययन पूरा । हाल बहुराष्टिय कम्पनी क्लाउड फेक्ट्रीमा प्रोडक्सन प्रमुख ।
                             १५- ३- दिलिपदेव बडू- हाल अष्ट्रेलियामा अध्ययन पूरा गरि सिडनीमा कार्यरत ।
                               १५-४-इ. बासुदेव बडू- हाल काठमाडौंमा  अध्ययनरत ।

@#$%&*---------------0000000-------------000000000-----------------------@#$%&*


                               -महेन्द्रनगर/ २०७४-०७-२७

मानसी लोकसाहित्यमा भलौलो


मानसी लोकसाहित्यमा भलौलो

(  साभार-कबिराज भट्ट, मिति२०७४/०६/२८ को प्रशासनमा प्रकाशित  / फोटो सौजन्य- गुगल )
नेपालको कर्णाली काग हिमालदेखि पश्चिम र भारतको कुमाउ नन्दा हिमालसम्मको क्षेत्र पुराणमा मानसखण्ड नामले विख्यात छ । यही क्षेत्रमा पुर्खादेखि कथ्य परम्परामा हस्तान्तरण हुँदै आएको लोकसाहित्य नै मानसी लोकसाहित्य हो । मानसी लोकसाहित्यलाई पनि लोक गद्य र लोक पद्य दुई भागमा वर्गीकरण गर्न सकिन्छ । मानसी लोकगद्यअन्तर्गत बातै, भडा, नाटक, तथा विभिन्न संवाद पर्छन् भने मानसी लोकपद्यअन्तर्गत सगुना, फाग, अठ्यावाली, धुमारी, चैत गरी यस क्षेत्रमा विभिन्न चाँडवाड तथा शुभकार्यमा गाइने सगुना, फाग, गीत, भैन, भलौलो आदि पर्छन् । भलौलो मानसी लोक साहित्यको लोकपद्यअन्तर्गत पर्ने विधा हो । यस क्षेत्रका नारीहरूले उज्यालो हुने बेलामा गाउँदै आइरहेको लोकपद्य नै भलौलो हो । भलौलोमा समयसँग सम्बन्धित गीत पर्छन् । विभिन्न कथालाई आधार बनाएर कुन समयमा कुन काम गर्नु उचित हुन्छ भन्ने शिक्षा दिने भलौलोमा यस क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा समग्र पहिचान झल्केको पाइन्छ । यस क्षेत्रको रहनसहन, सभ्यता, भेषभूषा तथा समग्र पहिचान बोकेको भलौलो समग्र वाङ्मयकै लोक सम्पत्ति हो ।
यस क्षेत्रमा प्रसिद्ध भलौलोमध्ये रामको कथामा आधारित भलौलो र रानी मौलालाई ब्रह्म महुर्तमा के–के काम गर्नुपर्छ भनी सोधिएका प्रश्न र तिनका उत्तर भएको भलौलो हुन् । रामको कथामा आधारित भलौलोमा सासू कौशल्याले सीतालाई उज्यालो हुन लाग्यो ब्यूझेर पानी भर्न जानु भन्ने प्रसङ्गबाट सुरु हुन्छ भने रानी मौलको भलौलोमा रानी मौलालाई रात कसरी रात कती घडी बाँकी छ भन्ने प्रसङ्गबाट सुरु भएको पाइन्छ । भगवान रामको कथामा आधारित भलौलोको कथा केही मात्रमा रामायणसँग मिले पनि यसमा धेरै कुरा मौलिक छन् । यस भलौलोमा सासू कौशल्याले सीतालाई बिहान हुन लाग्यो पानी भर्न जाऊ भनेको, सीता पानी भर्न गएको अवस्थामा स्वर्णमृग देखेको, सीता मृग देखेर रमाएको र पानी भरेर घर आउन ढिला भएको, घरमा सबै रिसाउनु र अबेर हुनुको कारण सोधेको, सीताले मृगको बयान गरेको तथा राम र लक्ष्मण मृगको खोजीमा गएको कथा छ । यसबाट के प्रष्ट हुन्छ भने यसमा आएको रामायणको कथा वास्तविक रामायणको कथा नभएर काल्पनिक तथा यस क्षेत्रसँग मेल खाने गरी बनाएको कथा हुन सक्छ । यस भलौलोमा यस क्षेत्रको सामाजिक चित्रण प्रष्टसँग गरेको पाइन्छ । भलौलोमा भएका विभिन्न पक्षको चित्रण यसरी गर्न सकिन्छ ।
तत्कालीन परिवेशमा समयको ज्ञान सम्बन्धी चित्रण
आधुनिक घडीको आविस्कार हुनुपूर्व मानिसले समयको जानकारीका लागि पनघडी (पानीघडी)को माध्यमबाट समयको जानकारी लिने कुरा सर्वविदित नै छ । पानीघडी तामाको पातलो कचौरा जस्तो भाँडा हो जसको तलतिर मसिनो प्वाल हुन्छ र त्यसलाई पानीभएको भाडोमा राखिन्थ्यो र त्यो प्वालबाट पानी उक्त भाँडोमा आउने र भरिनेबित्तिकै एक घडी समय भएको मानिन्थ्यो । वर्तमान आधुनिक घडीको एक घण्टा समय बराबर तत्कालीन घडीको अढाई घडी हुन्थ्यो । सबै ठाउँ र समयमा पानीघडीबाट समय हेर्न कठीन हुने भएकाले मानिसले लक्षण अनुसार समयको जानकारी लिने गर्थे । श्वास फेर्दा नाकको कुन प्वालबाट वायू ओहोरदोहोर हुँदैछ, तारा तथा जून कहाँ पुगे, ब्यान तारो उदाएको, चिसो हावा चलेको आदि कुराबाट समयको जानकारी लिने चलन अझै पनि यस क्षेत्रमा चलिरहेकै छ । यसरी भलौलोमा पनि पानी घडीबाट समयको जानकारी लिने कुरा रानीमौलाको भलौलोबाट प्रष्ट हुन्छ ।
ओ रानी मौला तमुइ बोल भाइर कती घडी रात
पानी भरन्याकी सेवा मानेइ गुसाइ बेइझाली रात
यसमा आएको कति घडी रात भन्ने कुराले रात कती समय बाँकी छ भन्न खोजेको पाइन्छ । घडी नभएको अवस्थामा पनि विभिन्न लक्षणबाट समयको जानकारी लिने कुरालाई रामको कथामा आधारित भलौलोका केही पङ्तिलाई लिन सकिन्छ ।
धन्य बिजोइ खानी कोसेडी लछे राम हरि
कि जाणेइ रातकी बात हो लछे राम हरि
नाककी नथिया मेरा ठण्ण लागि लछे राम हरि
तब जाण्या रातकी बात हो लछे राम हरि
बौलीका खडुवा डण्ण लाग्या…
तब जाण्या रातकी बात…
सपुर पिछौडी मेरा ठण्ण लागि…
तब जाण्या रातकी बात…
उपर्युक्त पङ्तिमा रात सकिन लागेको कसरी थाहा पायौ ? भन्ने प्रश्नको उत्तरमा आफूले लागाएका गहना नाकमा लगाएको नथु, हातमा लगाएका खडुवा, पछ्यौरी आदि चिसो हुन लागेका छन्, यिनै लक्षणको आधारमा अब रात धेरै छैन, उज्यालो हुन लागेको सङ्केत पाए भन्ने कुरालाई प्रष्ट्याउन खोजेको पाइन्छ ।
यसैगरी भलौलोमा पूर्वीय दर्शनले भनेअनुसार ब्रह्म महुर्तमा उठेर सरसफाइ, धर्मकर्म पूजापाठ आदि गर्नुपर्छ भन्ने कुराको साथै तत्कालीन समयको धार्मिक अनुसानको चित्रण रानी मौलाको भलौलोमा यसरी गरेको पाइन्छ ।
ओ रानी मौला तमुई बोल भाइर कती घडी रात
पानी भरन्याकी सेवा मानेई गुसाइ बेइझाली रात
ओ रानी मौला तमुई बोल भाइर कती घडी रात
लिपन्या घसन्याकी सेवा मानेई गुसाइ बेइझाली रात
यसैगरी फूल टिपन्याकी सेवा मानेई, पात टिपन्याकी सेवा मानेई, पुजारी पण्णाकी सेवा मानेई आदि पङ्तिले ब्रह्म महुर्तमा गर्नुपर्ने कामको समेत जानकारी दिएको पाइन्छ । यसरी भलौलोभित्र तत्कालीन परिवेशमा हाम्रा पूर्खाले समयको जानकारी कसरी पाउथे ? कुन समयमा कुन काम गर्नु उचित हुन्छ ? भन्नेसँगै ब्रह्म महुर्तको महत्वको समेत चित्रण गरिएको पाइन्छ ।
तत्कालीन समाजका सासू–बुहारीको सम्बन्धको चित्रण
सानै उमेरमा विवाह भएपछि बुहारीलाई उचित शिक्षा दिने काम सासूद्वारा हुने गथ्र्यो । बुहारीले सासू–ससुरा, श्रीमान तथा घरपरिवारका सदस्यको सेवा कसरी गर्नुपर्छ ? पाहुनाको सत्कार कसरी गर्ने ? समाजमा कसरी बस्ने ? भनने कुराको ज्ञान सासूहरूले दिने गरेको पाइन्छ । भलौलोमा पनि सासू–बुहारीको सम्बन्धलाई प्रष्टसँग चित्रण गरेको पाइन्छ । सानै उमेरमा विवाह हुँदा बुहारीले भोग्नुपरेका पीडा, सासूबाट बुहारी शासित भएको कुरा पनि यसबाट प्रष्टसँग थाहा पाउन सकिन्छ । केही नकारात्मक पक्ष भए पनि यसमा तत्कालीन समयका लागि उपयुक्त हुने किसिमले बुहारीलाई धर्म, नीति, अनुशासन, तथा घर चलाउने कला सिकाउने गुरुकारूपमा सासूको भूमिकालाई लिन सकिन्छ । बुहारीलाई समयमा उठ्न, उचित समयमा उचित काम गर्न शिक्षा दिएको पाइन्छ । त्यसैगरी यसभित्र नारीहरूले भोग्नुपरेका पीडा र कष्टकर जीवनको समेत चित्रण गरेको पाइन्छ । भलौलोमा सासूले बुहारीलाई कसरी काममा खटाउँथे र काम बिग्रिए गुनासो गर्थे भन्ने कुरालाई रामको कथामा आधारित भलौलोमा यसरी चित्रण गरिएको पाइन्छ ।
पत्ताल बिउज्या काली नाग लछे राम हरि
शिखर बिउजया महादेव लछे राम हरि
भोल बेइ उजालो होइग्यो लछे राम हरि
पानी भरनी बेला हाइरैछ लछे राम हरि
यसैगरी लिपनी घसनी बेला होइरैछ, फुल टिपनी बेला होइगैछ, सन्या गरनी बेला होइरैछ आदि भनेर सासूले सुतिरहेकी बुहारीलाई बिउझाएर काममा लगाएको चित्रण यहाँ पाइन्छ ।
सबकी बुहारी चेली पानी नावा लछे राम हरि
हमरी बुहारीको जागो नाई भयो लछे राम हरि
उगाड उगाड सीता दार जोलो लछे राम हरि
यसरी घरका सदस्यको निद्रा खराब हुने डर तथा सानो घरमा ठाउँठाउँमा घरका अन्य सदस्य सुतिरहेका र बाहिर निस्कने बाटो नभएको एवम् के भन्ने हुन भन्ने डर तथा लाजले बुहारीलाई बाहिर निस्कन समेत मुस्किल परेको कुरा यसरी अभिव्यक्त गरिन्छ ।
दशरथ सौर सिताई छन लछे राम हरि
कसिकाइ उगाडौ मुइत दार जोलो लछे राम हरि
यसैगरी राम भतार सीताई छन्, लछेमन देउर सीताइ छन्, कसी काइ उगाडु मैत दारजोलो भनेर बुहारीले भन्ने गरेको कुरा यहाँ देखाइएको छ । तत्कालीन समयमा घरको सुरक्षाका लागि कुकुर पाल्ने गरेको र घरको मूल ढोका (खोलादेली)मा कुकुर सुत्ने गरेको र बुहारीले कुकुरको डर मान्ने कुरालाई समेत यहाँ यसरी देखाइएको पाइन्छ ।
खोलादेली झपुवाकी चौखी लछे राम हरि
कसीकाई उगाडु मुइत दारजोलो लक्षे राम हरि
यसरी विभिन्न सम्स्याका बाबजुत पनि बुहारीले सासूले अह्राएको काम समयमा गर्नुपर्ने बाध्यताको चित्रण गरिएको पाइन्छ ।
हात समाइछ रूपा घडुली लछे राम हरि
कोखीमुणी शिर सिरौणी लछे राम हरि
सीता रानी पानीनाव गैन लछे राम हरि
नारीले भोग्नु परेका पीडाको चित्रण
तत्कालीन परिवेशमा नारीले नुहाउन बन्द कोठाको व्यवस्था नभएकाले पानीका मुहानमै खुलारूपमा नुहाउनु परेको अवस्थाको चित्रण यहाँ गरिएको पाइन्छ । कसैले नदेखुन् भनेर अँध्यारोमै पानीका मुहानमा गएर चिसो पानीले नुहाउनुपर्ने बाध्यता हुन्थ्यो । पुस÷माघको ठण्डीमा समेत चिसै पानीले नुहाउनु, तुसारोमा नाङ्गै खुट्टाले हिँड्नु र विभिन्न किसिमका रोगले च्याप्नु एकातिर आफैमा समस्या थियो भने अर्कोतिर पानीका मुहानमा नुहाउँदा भोगी पुरुषबाट असुरक्षित हुनु अर्को समस्या हुने गथ्र्यो । युवतीको नाङ्गो शरीर हेर्ने लालसा भएका दुष्ट पुरुष लुकेर नुहाएको हेर्ने तथा नारीप्रति आकर्षित भएर विभिन्न किसिमका जाल रच्ने पुरुषको चरित्रलाई पनि भलौलोमा यसरी देखाएको पाइन्छ ।
नाइधोइ सीतारानी सूर्ज ज्वार लछे राम हरि
अइतिर धेक्यो सुनामृग लछे राम हरि
मृग धेक्यो अचम्मको लछे राम हरि
तामाले बादेकी पिठ थिई लछे राम हरि
यसैगरी सुनाले बादेका दन्त थिया, चाँदीले बादेकी पुछ थिई, लुवाले बादेका खुर थिया, सीतारानी अचम्म पडी, सीतारानी मृगैका ख्याल, सीतारानी घर लौटी आइन् । यसरी रावले मृगको रूप धारण गरी सीतालाई आकर्षित गर्न खोजेको प्रसङ्गबाट तत्कालीन समाजका पुरुषको भोगी चरित्र तथा विभिन्न प्रलोभनमा पारेर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृतिको चित्रण एकातिर पाइन्छ भने युवायुवतीको प्रेमलाई अपराध सम्झने समाजको समेत यसमा चित्रण गरिएको पाइन्छ । बुहारीले कामबाट समयमा घर फर्कन नसके विभिन्न किसिमका शंका उपशंका गर्ने, रिसाउने, गाली गर्ने तथा विभिन्न शारीरिक तथा मनोवैज्ञानिक दबाब दिने कुरा पनि प्रष्टसँग थाहा पाउन सकिन्छ । बुहारीले समयमा पानी नल्याएकाले घरका सदस्य अगाडिदेखि नै रिसले चुर भइरहेको करालाई यसरी देखाइएको छ ।
भोलबेइ उज्यालो होइग्यो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरि
घाम दडिई वर आयो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरि
बासीतुसी पानीले सन्न्या ग¥यो लछे राम हरि
नाइ आयो सीताको पानी लछे राम हरी
बासीतुसी पानीले कोट लायो लछे राम हरी
नाइ आयो सीताको पानी लछे राम हरी
कोट चिणी चिणी पैतोली, कोट चिणी चिणी गोडी गाठा, घुणजोला, जाङ जोला, आदि गरी घर पुरै बनाइसक्दा पनि पानी नपुगेको र एकातिर सबै जना बुहारीदेखि रिसाइरहेको र अर्कातिर कतै दुर्घटना त भएन की भन्ने चिन्ताले आकुलव्याकुल हुने गरेको कुरा यहाँ देखाउन खोजिएको छ । त्यसैगरी अबेर घर बुहारीसित कोही पनि नबोल्ने काममा नसघाउने कुरालाई यसरी देखाएको छ ।
सीता रानी घर लौटी आइन लछे राम हरि
कौसिला सासु तमुइ बोल लछे राम हरि
घडुली बिसोइ हम दिय लछे राम हरि
जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरि
राम भतार तमुई बोल लछे राम हरि
घडुली उचाइ हम दिय लछे राम हरि
जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरि
यसरी घरका सबै सदस्यलाई आग्रह गर्दा पनि टाउकोमा राखेर ल्याएको भरिएको पानीको गाग्री जमिनमा राख्न कसैले सहयोग नगरेको हुँदा आफैले बलजफतपूर्वक भाडो बिसाएको कुरालाई यसरी देखाएको पाइन्छ ।
शिर है उचायो घडु कुमजोला लछे राम हरि
कुमु है उचायो घडु छाति जोला लछे राम हरि
छाति है उचायो घडु काखी जोला लछे राम हरि
काखी है उचायो घडु बाइर खाख्यो लछे राम हरि
बुहारीले पानी भर्न अबेर गरेकाले विभिन्न कुरा सुनाएर उसमाथि प्रश्न गरेको पाइन्छ ।
ओ रानी सीता तमुई बोल लछे राम हरि
पनिया इतनी क्या बेर लछे राम हरि
बुहारीले काममा ढिला भएको कारण यसरी बताइएको छ ।
पानिया भरना मुइले मृग धेक्या लछे
मृग धेक्या मुइले अचम्मको लछे राम हरि
तामाले बादेकी पिठ थिई
सुनाले बादेका दन्त थिया 
सुनाले बादेका सिङ्ङु थिया…
मुइ भुल्यो मृगका खेल लछे राम हरि
तब भैछ पनिया बेर लछे राम हरि
यस किसिमले मृर्गको ख्यालमा पानी ल्याउन अबेर भएको कुरा बुहारीले बताएको पाइन्छ । यसरी तत्कालीन समाजमा बुहारीले गरेका हरेक कामबारे जानकारी लिने र विभिन्न कमजोरीले बताउनुपर्ने परिवेशको भलौलोमा चित्रण गरिएको पाइन्छ ।
पति–पत्नीको प्रेम र नारी हठको चित्रण
हिन्दु सभ्यता अनुसार नारी र पुरुषमा हुने प्रेम केवल पति र पत्नीबीच मात्र हुनुपर्छ भन्ने मान्यता अनुसरण गरेको पाइन्छ । नारी पुरुषले एकआपसमा असाध्य प्रेम गर्ने र पुरुषले पनि नारीको प्रेमका लागि ज्यानै जोखिममा राखेर पनि पत्नीले भनेको कुरा पु¥याउने कुरालाई पनि यसमा देखाएको छ । सीताले देखेको मृग सुन्दर भएको र उक्त मृगलाई उपहारका रूपमा मलाई ल्याइदिनु भनेर रामलाई आग्रह गरेको अनि रामले मृग ल्याउने बाचा गरी धनुष लगेर वनतिर गएको कुराबाट पति पत्नीको प्रेमलाई एकातिर झल्काएको छ भने यस्तो मृग प्रकृतिमा सम्भव छैन यो कुनै छल हुन सक्छ यसमा जिद्दी नगर यसले विनास ल्याउन सक्छ, पछि दुःख पर्न सक्छ भन्दा पनि सीताले उक्त मृग जसरी पनि ल्याउनै पर्ने कुराले नारीमा हुने हठ र त्यसले निम्त्याउने सङ्कटलाई पनि यहाँ यसरी देखाउन खोजिएको छ ।
राम भतार तमुइ बोल लछे राम हरि
मृग लेइ हम दिय लछे राम हरि
ओ रानी सीता तमुइ बोल लछे राम हरि
जन पडै मृगका पाछा लछे राम हरि
तैबात होलो विनास लछे राम हरि
जति भन्दा पनि सीताले नमानेपछि राम र लक्ष्मण जङ्गलतिर गएको प्रसङ्ग यसरी दिएको पाइन्छ ।
हिट भौल्या मृगका खोज लछे राम रही
एकन डडेली काटी दोसरीका छिना
नाई पायो मृगको खोज लछे राम हरि
यसरी जति गर्दा पनि मृग नमिलेको, वनमा असुभ सङ्केत देखिएको र घरमा सीताको अपहरण भएको कुरालाई लिएर पति–पत्नीको प्रेम र नारी हठले निम्त्याएको पीडालाई यहाँ प्रष्ठरूपमा देखाउन खोजिएको छ ।
भलौलोको जीवन दर्शन
भलौलोमा हिन्दू दर्शन र मानसी लोकाचारका कुरालाई देखाउन खोजिएको छ । बह्म महुर्तमा उठेर नित्यकर्म गरी पूजापाठ गर्नु, अनुशासित जीवन बिताउनु, ठूलाबडाले भनेको मान्नु आदि कुरालाई यसमा देखाएको पाइन्छ । भगवान रामका आदर्श गुणको अनुशरण गर्नु पर्ने, पति पत्नीव्रत धर्मका कुरालाई राम्रोसँग चित्रण गरिएको पाइन्छ । यसैगरी कुनै कुरामा गम्भीर भएर विचार गरी अघि बढ्नुपर्छ, हठ गर्नु हुँदैन, विचार नपु¥याइ काम गरे त्यसले पश्चाताप मात्र हुन्छ, दुःख मात्र भोग्नु पर्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने समयको महत्व यसभित्रको मुख्य दर्शन हो । यसरी समग्रमा वर्तमान नेपालको सुदूरपश्चिमी तथा भारतको चम्पावत जिल्लालगायत कुमाउ, गडवाल क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, नैतिक आदि समग्र पहिचान भलौलोले बोकेको पाइन्छ ।

Saturday, October 7, 2017

बुढाको बेदना

बुढाका बेदना


ऐना हेर्छु  अतीतका मनमनै सम्झन्छु सब झलझली ।
पैलेका अनुहार बदलिन गए सारा भए नक्कली ।।
बोल्दैनन् घरका सदस्य अब ता आफन्त भन्नेहरु ।
बोलीमा पनि बीस घोलिन गयो ख्वै के भनु के गरु?।।1।।
भेटौं  भन्छु समस्त भाइ बहिनी वल्ला र पल्ला पनि,
कल्ले भन्छ र भेट हुन्छ सजिलै मिल्दैन चाँजो पनि ।।
आफ्नै सोची अनेक सिर्जन गरे ऐले म एक्लै भए ।
पापी यो मनले समाल्छ कसरी आफनै पराया भए ! ।।2।।।
घुम्ने मन छ, समस्त तीर्थहरु औ सुन्दर शहर सरसरी ।
सोची मात्र हुदैन केहि अब ता बाधा थपिए कति।।
आफ्नै देह पनि अशक्त हुन गो सर्बाङ्ग ढिला भए ।
यो मोरो मन कुद्छ युवक बनी बुझदा त बूढो भए   ।।3।।
वास्ता राखी भबिष्यको जिनिस जो साँचेर राख्ने गरे ।
काया जीर्ण हुँदा अरुहरु मिली खाएर सक्ने भए ।।
मेरो त्यो श्रमको सबै परिणति, हा दैब ब्यर्थै गए  !
पुर्खाको इतिहासको सुद समेत निर्लज्ज खाने भए! 4।।
पर्नुसम्म खिया प-यो मन बदन छाडने भयो त्यो गति ।
भन्छु सुस्त बनुँ बसुँ तर पनि बेकामको छटपटी ।।
यात्रा जीबनको बिरानपथको पर्दो बिपदमा प-यो ।
थोत्रो गाडी भएछ जर्जर जरा कुद्नै नसक्ने बन्यो ।। 5।।
ऐना हेर्दछु सोच्छु आफू त उही  देखिन्छु कि क्यै गरी  ।
पोता दागहरु मुहार भरीका छोपिन्न केही गरि ।।
काला केश फुले, ललीत बयका गाला सबै खुम्चीए ।
हा दुर्दैब! कहाँ लगीस् बदनको त्यो लालीमा के गरे! ।।6।।
खाऊँ भन्छु उसै गरि घरी घरी कमजोर दन्तावली ।
आफनो सीप र दक्षता समयले पार्ने भयो नक्कली ।।
तातो देखि सहन्न शीतल भए खोकेर गर्नु  गर्यो ।
यो बूढो तन ब्यर्थ भो  मन भने बेताल कुदने भयो ।।7।।
मीठो खानु हुदैन भन्छ , घरमा खानु छ  खल्लो कति,
तर्कारी नुनतेलमा पनि अहो ! मिल्दैन भान्सा रति।।
बेग्लै खाऊँभने छ एकथरिको झर्को र फर्को अति ।
आफ्नैले पनि स्वार्थमा परिवरी हेप्ने गरेको कति ।।8।।
छोरी छन् ससुरालमा छन यता छोरा बुहारि सित ।
बुढाहेरु परे सबै बिलखमा को बस्छ यस्तासित ।।
यस्तै काल दशा रहेछ सबले भोग्ने बेहोर्ने भनी ।
सारै खिन्न हुदोछ चित्त यसको को बुझनसक्ला गति ।।9 ।।

=भानदेव बडू
महेन्द्रनगर
२२-६-२०७४

राराको यात्रा ; एउटा तरल सम्झना

राराको यात्रा  ; एउटा तरल सम्झना
======((=====))======== 

२०५३ मंसीरको पहिलो हप्ता । सरकारी नौकरीकै सिलसिलामा पुन: सय दिन ननाघ्दै मुगु जिल्लामा जानुपर्ने भयो । हिमपातको मौसममा घुच्चिलेक छिचोल्दै जुम्लाबाट गमगढी पुग्ने साहस जुटाउनै सकिएन । नयाँ ठाउँको परिचय पाइने आकर्षणको लोभमा नेपालगञ्ज- बाजुरा प्लेनमा जाने र त्यहाँबाट पैदल राराको भ्रमण गरि पश्चिम मुगु समेत हेर्ने निर्णयमा पुगियो । कोल्टी नजिक कर्णालीको खोचमा ०५१ को मध्यावधि निर्बाचनताका प्रहरी मोबाइल टोलीकासाथ मैले घुमीसकेको थिए । मार्तडी- कोल्टी पैदलमार्गका कतिपय मीठा सम्झनाहरु मसंग अझै थाति छन् । अष्ट्रेलियाली पर्यटकहरुलाइ खोजी उध्दार गर्ने कार्यमा यसै भेगको माथिबाट तत्कालिन प्रहरी निरीक्षक अरुण बि सी का साथमा एकपल्ट हुम्लाको यारि र सिमीकोटसम्म हवाइ गस्ती समेत गरेकोछु । एकरात हुम्लाको चिसो खाएर दोस्रो दिन नेपाल- चीन सिमाक्षेत्रबाट पर्यटक टोली सुर्खेत पु-याएको सम्झना अझै आलै छन । माननीय न्यायाधिश जगन्नाथ ढकालकासाथ यी खैरा भीरभरि देखिने बाटाका किरिमिरि धर्साहरु पछ्याउदै हेलिक्याप्टरबाट एक फन्को रारा घुमेर गमगढी ओर्लिएको पनि धेरै भएको छैन ।
यसपालाको यात्राको पहिलो मुकाम भने कोल्टि हुन पुगेछ । कोल्टि पुरानै पारामा कोल्टे परेर बसेको थियो । उपभोक्ता समिति मार्फत काम गराएको झोकमा स्थानिय ठेकेदार नेताले सिंचाइ कार्यालयका प्रमुखसंग झगडा गरेको हुँदा बाजुराका प्र जि अ समेत कोल्टीमै आइ बसेका छन भन्थे । केयर नेपालको कार्यक्रमको मध्यावधि मुल्यांकन गर्न उच्चस्तरीय टोली आइपुग्ने चर्चा पनि थियो । शाही नेपाल बायुसेवा निगमको हप्ताको दुई दिनको उडानका टिकट लिन चाहने यात्रुहरुको चाप उत्तिकै थियो । तर यसपाला यो सब मेरो सरोकारको बिषय थिएन । गमगढीबाट मेरा सहयोगीहरु आइपुगेका थिए । यात्राको सम्पुर्ण जोरजाम महिला बिकास अधिकृत बहिनी बिश्वमणि जोशीले मिलाइ दिएकी थिइन ।
" बाटो अप्ठ्यारो छ । राम्रोसंग जानुहोला है दाइ! " बिश्वमणिकै यी सात शब्दको आत्मिय सातुसामल बोकीवरि दोश्रो बिहान म सुदुर कर्णालीको पैदल यात्रामा हिडे । कर्णालीको पिलु पूल तरि मुगु प्रबेश गर्दा नितान्त नौलो परिबेश देखियो । मेरो यात्रादलमा सामेल एउटा जुम्ली घोडासहित म, प्रहरी हवल्दार र सइस समेत चार प्राणी सोझो हिडाइमा अप्ठ्यारो बाटो कुल्चदै गयौ । न भातको ठेगान न बासको । तै पनि हामी हिडी रह्यौ ।
मध्यान्ह तिर कर्णाली किनार छोडेर खत्याड खोलाको तिरैतिर उभो लाग्यौ । बस्ती बिस्तार कहाँसम्म छ, हेर्नै भ्याइन्न ।बेला बेला आउने चिसो स्याँठले जिउ चिरिएला जस्तो हुन्छ । बाटोमा ठाँडो जमेको खबरले झन झन आतङ्कीत बनाउदैछ । स्थान अनुसारको स्वभाव बनाउदै हामी फगत हिडीरह्यौ ।
प्रसंगबसात् यसै भुगोल नजिक जुकोट भेगको एउटा घटना याद आउदैछ । जातपातको सारै भेदभाव राख्ने यहाँको कट्टर समाजको एकजना ठगुरी बाबुसाहेबले यसै भेगको दलित लुहारको मृतक छोरासङ्ग बाबू-छोराको नक्कली नाता प्रमाणित गराइ भारतीय दुताबासबाट रु डेढलाख हात लगाएका थिए । भारतको कुनै कम्पनीमा रामबहादुर गोर्खा भनी नाम लेखाएका ती कामी पुत्रको सबभन्दा नजिकको नाता भन्नु नै गाउमा एकाघरका काकामात्र थिए । ती काका र बाबुसाहेबको नामको पहिलो र दोस्रो शब्द मिल्दथ्यो । थर लेखाएकै थिएन । बस्, यसै कानुनी छिद्रबाट नाता प्रमाणित र सनाखत गराइ क्षतिपुर्ति बापत कम्पनीले पठाएको रकम माथिल्लो खानदानले सजिलै हजम गरिदिएछन् । तर पछि रकम बाडफाँडमा कुरा नमिल्दा उजुर पर्न गै वास्तविकता बाहिर आएको थियो । काका कामिले रकम पाए नपाएको थाहा भएन, तर बाबुसाहेब यथास्थान यथावत नै रहेछन । बहुदलबादी बनेर अचेल जुन दल सत्तामा गयो त्यसैको नेता बन्दा रहेछन । बाटोमा यस्तै फट्याइ गरि बस्छन रे । तर यसपाला भेटिएनन । म र मेरा सहयोगी साथिहरु यस्तै भुभुल्का उठाउदै गुमनाम हिडदै रह्यौ ।
बाजुरा भेग पहिला नै धेरथोर बुझिसकिएको थियो । जुकोट नजिकै साप्पाटाम दलितहरुको डुमकोट पनि थियो। तर म त्यहाँ पुग्न भ्याएको थिएन ( अचेल त्यो मुक्तिकोट कहलिएको छ रे । ) पहाडी मुसलमानहरुको बसाइ भएको कोल्टी पारि डाडाको गाउँ ( नाम भुलेछु ) मा पनि जानै भ्याइएको थिएन  । खत्याड खोला भेटिएपछि भने म पहिलो चोटी यो भेगमा पसेको थिए । प्रमुख जिल्ला अधिकारीको हैसियतमा मुगु खटिएको भए पनि हामीहरु फगत एक यात्रीको हैसियतमा रारासम्म पुग्ने ध्याउन्नमा थियौ । कहिलेकाहि यस्तो यात्रा पनि रमाइलो हुन्छ । एक पल्ट बझाङ्गको बुंगलबाट चुहावन सैनपसेलाहुदै चैनपुर जाँदा पनि खसीबाख्रा किन्ने ठेकेदार बनेर हामी गाउँ डुलेका थियौ  । कतै खाना पाइएन । निदानत: पसेलाको पुलिस चौकीमा पुगेपछि मात्र खाने जोहो मिल्यो । त्यो रमाइलो यात्राको वर्णन स्वर्गीय प्रहरी निरीक्षक डम्बरसिह खत्री पछिसम्म गरिरहनु हुन्थ्यो । यसपाला भने यो दुर्गम भेगमा त्यस्तो कुनै दुर्बोध तत्व भेट्टिएन । केही झलकहरुले भने हामीहरुलाइ बाटो काटने मेसो दिदैछन । बाटोको कुरा गराइ यिनै बिषयमा केन्द्रित रह्यो ।
-कोट पैण्ट र कालो चश्माको पहिरनमा सुल्पा तान्दै बसेको यौटो आधुनिक सुदर्शन युवकले बास र बाटोको बारेमा दिएको जानकारि हिडदै जाँदा गलत प्रमाणित भयो । हामी बेकारमा अलमलियौ मात्र ....
- सुकाढीकको गाउँमा खानेपानीका पाइपहरु मुठा पारेर यत्र तत्र छरिएका थिए । बाटोभरि पानी छ्यालब्याल्ल थियो । तर स्थानिय महिलाहरु डोकोभित्र गाग्री राखी टाढाबाट पानी बोक्दै थिए । एउटा जननेता हामीलाइ बताए-" बिकास जति हप्पै बाँडियो , हजुर । पैसा पुग्न्या नाइ । यो योजना अधुरै छ ।…. "
- खत्याडखोलाको वारिपारिका दुइटा अग्ला अग्ला स्थानमा एउटै बिद्यालयले केन्द्रको सत्ता परिबर्तनसंगै लुकामारी खेल्दो रहेछ । यो बर्ष खोलापारी स्कुल कायम थियो । वारीको बिद्यालयभवन र बिद्यालय हाता बिरान देखिन्थ्यो । … आदि ।
- समयजस्तै निरन्तर बगीरहेको खत्याडमा गतिलो पूल कतै छैन । बाटोमा ठडिएका अक्कर पहिराहरु छल्दै र ठाउठाउमा वारीपारी खोला तर्दै हिडनु यो यात्राको नियमित नियति थियो । हामी निरन्तर हिडी रह्यौ ।
आजको बास रातापानिको कार्की होटेलमा परेछ । घ्यु भात खाएर कर्मनिष्ठ बुढा कार्कीको गफ सुन्दै थाकेको ज्यान कुनबेला सतेछ , थाहै भएन । बिहान भने सेरी भन्ने स्थानमा भातको जोहो मिल्यो । करानका भोटेहरु धानचामल खरीद गर्न यतै ओइरिएका रहेछन् । सेरी र गम्थाबाट मात्रै हजारौको खाध्यान्न बाहिरिन्छ रे। तर पनि समष्टिमा मुगु खाद्यान्न न्यून हुने सबभन्दा गरीब जिल्ला मानिन्छ।
तै पनि खत्याड खोलाको हरिया फाँटहरु हेर्न लायक थिए । तरकारी लाएको भने कतै देखिएन। यहाँका महिलाहरुको इस्पाति श्रमको परिणति उल्लेखनिय छ । तर राजनैतिक बादबिबादमा मात्र रुचि राख्ने स्वघोषित बुद्धीजिबिहरुलाइ फुर्सद नै कहाँ हुन्छ र ? वैभव मुन्तिर गरिबी र अशिक्षाको अर्को कुरूप तस्बिर छ । राराको पार्श्वबर्तो यो लोकमा श्रमको मोल छैन, खाद्यान्न चाहिने जति जहाजमा सरकारले बोकेर लैजानुपर्छ ।
हामीले खाना खाएको कथित होटलको आगनमै एकजना तराइबासी शिक्षक यस बर्षको कक्षा ८ को जिल्लास्तरीय परिक्षामा गम भेगकालाइ प्रथम र द्वितीय बनाएकाले आफुले बिरोध गरिवरि यो भेगका छात्रलाई प्रथम बनाएर आएको दाबी गर्दै थिए । शिखरभन्दा बिजुली चुरोट मनपराउने एकजना खोले बादसाह यसपटकको अबिश्वास प्रस्तावलाइ सरकारप्रति समयको माँग मानेर आफुले समर्थन गरिरहेको धक्कु पेल्दै थिए । एकजना प्रौढ दमाई बाटोमा समेत लुगा सिउने कुरा निकालेर आफुलाइ हेपेकोमा रिसाएर सानो बच्चालाइ हप्काउदै थिए । नजिकै खोलाछेउको धारामा तरुनी र अधबैसे महिलाहरुका जमात जर्सी गाईको सुधो बथान जस्तै लगभग नाङ्गै भुतुङ्गै नुहाउने धुने काममा लागेका थिए ।
यिनै र यस्तै परीदृश्यसंगै खत्याड खोला बिपरित दिशामा बग्दै थियो । हाम्रो यात्राको तेस्रो दिन भने बाँउपानीको एक्लो घरमा बिसाउनुपर्ने भयो । एउटा मात्र सिंगो कोठामा हाम्रो यात्रादलमा सामेल भएका जुम्लाका आत्रेय गोत्रोत्पन्न तीनजना भट्ट समेत ६ जनाको जमात लहरै तेर्सिएर त्यो चिसो रातलाइ येनकेन बितायौ । साहुको कोते धन्दा र भट्टका गफगाफले रात त छर्लङ्गै भयो । ३ बजे बिहानहेर्दा त घोडा गायब थियो । बिहानभरि घोडा खोज्नमै बित्यो । ९ बजेतिर तुषारो र हिउँ जमेर बनेको ठाडोमा चिप्लिएर भीरमा अडकिएको घोडा बल्ल भेटियो । नानाथरी स्थानिय उपाय निकालेर घोडालाइ बाटोमा पुर्याएपछि मात्र रमाइलो नरमाइलोका बीच आजको यात्रा शुरु भयो । जमेको हिउका थुम्काथुम्की बनेका नौला दृश्य हेर्दै १२ बजेतिर खत्याडको शीर्षस्थान राराको मैदानमा पुगीन्छ ।
साहसी पर्यटन ब्यबसायी कृष्णकुमार नेपालले नौ लाखको लागतमा खोलेको होटल ट्रायङ्गल अर्थ ( triangle  earth  ) का एकला चौकिदारले हाम्रो स्वागत गरे । बिहानको खाना स्वादपुर्बक यसै होटेलमा खायौ । मोंपासाको कहानीमा दरिएको  पर्बतीय होटल ( mountain inn ) सायद यस्तै हुदो हो ।
कार्तिक - चैत्रसम्म हिउँ पर्ने यो ठाउँमा सरदर २०० जना बिदेशी पर्यटक आउदा रहेछन् । यो यात्राको अन्तिम लक्ष्य राराको आगनमा पुग्दा बाटोको थकानले जिउ थिलथिलो भएकोछ, तर मन तरल हुँदैछ र भावनाहरु प्रबल हुँदैछन् । चिसो हावासित उडीरहेका ताता अनुभुतिसङ्गै राराको प्रथम दर्शन पाइन्छ । नेपालको सबभन्दा सानो निकुञ्जमा लकेर बसेको देशकै सबभन्दा ठूलो ताल , महेन्द्र राराताल । २९९० मिटरको उचाइमा १०.८ बर्ग कि मि क्षेत्र ओगटेको १५७ मिटर गहिरो ताल । चारैतिर चीड, गोब्रे सल्लो र देवदारको स्थावर जगत छ । दक्षिण किनारको मिलिचौर मैदान र उत्तरतिर सेनाको ब्यारेक । टाढादेखिने झलझलायमान छायानाथ शिखरको प्रष्टै पानी छाया । राराको कञ्चन पानीभित्र रङ्गीन मत्स्य संसार । स्वर्ग, मर्त्य र पातालको त्रिकोण बिन्दु यसैतालमा पर्छ जस्तो लाग्छ ।
भोटे भाषामा बोका बाख्रा पाल्ने ठाउँलाइ रारा भनिदोरहेछ । राजादहलाइ कालान्तरमा रारादह भनिएको पनि हुनसक्दछ । छायानाथ ठाकुरले बाण हानेर खत्याडखोलाको बाटो राराको निकास खोलिदिएको भन्ने किम्बदन्ती पनि सुन्न पाइन्छ । पौराणिक कथा अनुसार सतिदेबीको बाँकी सम्पुर्ण अंग खसेको कारण शिबरुप छायानाथ र शक्तिस्वरुपा ऋणमोक्ष देबीको स्थापना भएको हो । नेपालगञ्ज जुम्लाको हवाइ यात्रापछि डाँफे र घुच्चीको लेक काटेर यहाँ पुग्न ठ्याम्मै दुई दिन लाग्दछ । कोल्टीबाट भने ३ दिन हिडेर शरीर गलेकोछ ( अचेल ताल्चा बिमानस्थलमा प्लेन आउछ र मुगुमा मोटरबाटो पुगेको छ रे । )  यो दुरुह यात्रा-पथको थकानका बाबजूद राराको सुन्दर देहयष्टिमा पथिक- दृष्टि-अभिसार अनबरत चलिरहेकोछ । ख्वै किन होला? आज मेरो मन-बृन्दाबनमा कल्पनाले मीठो मुरली- धून खन्याइ दिएकोछ । भावनाको अटेस मटेसले अस्तब्यस्त बन्दै गएकोछु । बिपन्नबस्तीका अभाव अनुभुतिहरु बिझाइला लागेका छैनन । राराको जलाबरणमा धर्सा कोर्दै हिडेका जलहाँसहरु जीवन दर्शनको विद्यार्थी बन्ने रहर उब्जदैछ । सिंजा सम्राटहरुले हिडेको यो बाटोमा राजा महेन्द्रको भ्रमण नभएको भए राराको यो भुगोल नेपालीले समेत थाहा पाउदैनथे होलान ।
विज्ञानप्रविधिले निम्ताएको विकास र विनाशबाट रारा धेरै टाढा छ । फेरि पनि रारा सुन्दर र शान्त छ । राराको महिमा प्रचारप्रसार हुन सके पर्यटकले भरपूर मनोरञ्जन लिन सक्ने निर्विकल्प गन्तव्य हुनसक्छ । यसैबाट रोजगारी र विदेशी मुद्रा आर्जन गर्ने अवसर पनि जुट्न सम्भव छ । रारा मानिसका लागि सुखको वर्षा गराउने सम्पदा बन्न सक्छ । यतिमात्र होइन, हामीलाई प्रकृतिले रारा जस्ता हजारौं बरदान यही मुलुकभित्रै दिएको छ । यी सम्पदा हाम्रा पेवा हुन् । तर पनि यस्ता चिजको उपयोग गरेर अझै किन नेपालीको भाग्य बदल्न सकिएको छैन ? मनमा यस्ता छालहरू आउँछन् । काठमाडौं सहरबाट ‘रारा' धेरै दूर छ । सामान्य हिसाबले पुग्न सजिलो छैन । तर जब पुगिन्छ, त्यसको परिवेशसँगै डुबेर एकैछिन हराइन्छ ।
रारा विहान बेग्लै हुन्छ, दिउँसो अर्कै, बेलुका बतास चल्दा एउटा हुन्छ , नचल्दा अर्कौ । निर्मल आकाश र चाँदनी रात संसारका सारा दु:ख बिर्साई दिने हुन्छन् । यस्तो मनोरम रातमा राराको सौन्दर्य जसले हेर्ने अथवा सुन्ने सौभाग्य पाएको छ त्यहां पुगी यस्तो दृश्य नहेरी उ रहन सक्तैन । चन्दननाथ गुल्मको १९८ औ बार्षिकोत्सबमाप्रमुख अतिथि भै भागलिन पाउँदा रारा किनारमा दिनभरि सिङ्गो समय बिताएको सम्झनाले अहिले पनि रोमान्च गराउछ । तत्कालिन गुल्मपति मेजर जीतेन्द्रबीर सिंह बस्न्यातले भने जस्तै राराको अप्रतीम सौन्दर्यलाइ विश्व सामु चिनाउनसकेको भए मुगुको अनुहार नै बदलिने थियो ।
झट्ट हेर्दा यस तालको निकास छैन कि जस्तो लाग्दछ । तर पश्चिमपट्टिको अन्दाजै गर्न नसकिने अग्लो डांडातिर यसको निकास छ । रारातालको केही घण्टाको उकालो हिडाई पश्चात मुर्मा गाउँको माथीबाट समग्र रारातालको पुरै दृश्य अवलोकन गर्न सकिन्छ ।
मुगुको मानसिकता बारे जिल्ला सदरमुकाममा मैले रमाइलो किस्सा सुनेको थिए । गमगढी पारीको तीखो चुचुरामा रहेको ढिस्कोका कारण यस चिसो ठाउमा सारै ढिलो घाम झुल्किन्छ । कुनै बेलाका स्थानिय राजाले यो ढिस्को नै फोर्ने महत्वाकांक्षी योजना बनाएछन र सारा रैतिलाइ काममा लगाएछन । एकदिन निरीक्षणमा जाँदा त १२० जना जथाभावी आफुखुशी माटो खोस्रीरहेका र १८० जना सुल्पा तान्दै बसिरहेका भेट्टिएछन । निदान: योजना थन्कियो । अहिले पनि सदरमुकाम गमगढीमा सारै ढिलो घाम आउँछ र सामाजिक जागरुकताको यथार्थ पनि लगभग त्यस्तै छ । सवालाख जनसंख्या भएको मुगुमा ०५१।०५२ सालमा शिक्षातिर बार्षिक ३ करोड रुपियाको बजेट थियो । जिल्लाभरि आधा दर्जन स्नातक र डेढ दर्जन उच्चमाध्यमिक शिक्षा उतिर्ण जनशक्ति मात्र मुगुमा देखिन्थ्यो । प्राय: शिक्षकहरु भारतिय सर्टिफिकेटधारी थिए । तराइबासी शिक्षक भरमार भर्ना भएको यो जिल्लामा शिक्षाका हाकिम    " मोटाएर " जाने गरेको दृष्टान्त यहाँका जानकार मुखाग्रै सुनाउछन । बिकासे बोकाहरु काटेर खाइएका चर्चा पनि सुनिन्छन । मुगुको राजनीति खाद्यको कुप्पनमा खेलिदो रहेछ ।
मुगुको दुई महिने बसाइकै क्रममा तिनै लोकको सौन्दर्य समेटेको एकान्तप्रिय राराको आगनभरिको यसपालाको सरस यात्रा निख्रिन्छ । म भन्न सक्छु, रारा राराजस्तै छ । जीवन यस्तै यात्राहरुको सरल समीकरण मात्रै न हो । अझै पनि कर्णालीको ग्रामिण धरातलको शब्दचित्र यहाँकै लोकगीतबाट प्रष्ट्याउन मिल्दो रहेछ।
जेठा मुख्ख्या, माइला धामी, कान्सा छन् हेराउन्या ।
एकै घर तीन पगणी, गाउँ गर्खा  घुमाउन्या ।।

=== अस्तु ===
( यो लेख प्रेम कैदीको सम्पादकत्वमा निक्लिने " मालिका साप्ताहिक " को मिति ०५४ मंसीर २ सोमबारको बर्ष१ अंक १५ मा अग्रलेखको हैसियतमा प्रकाशित भएकोछ । शिर्ष फोटोको सौजन्य- साभार- गुगल )