सुन्दर सुदूर क्षेत्रसंग सम्बन्धित बिबिध सामग्रीहरूको संकलन गरिएको यस ब्लगमा सबैलाई हार्दिक स्वागत छ ।
Friday, April 27, 2018
Sunday, April 8, 2018
पुरानो बेला; अचेलको समय
पुरानो बेला ; अचेलको समय
( लेखक-भानदेब बडू )
प्यारा भाइ बहिनीहरु!
के तपाईंलाई यस्तो प्रश्न थाहा छ, जसको उत्तर क्षण क्षणमा बदलिदै जान्छ । निसन्देह यो प्रश्न र यसको उत्तर तपाईंलाई रमाइलो लाग्नेछ । किन भने हाम्राे पुरानो भनाई अनुसार निरन्तर परिबर्तन भैरहने स्वरुप नै रमणीय हुन्छ । यस्तो रमाइलो प्रश्नको रमाइलो उत्तर खोज्न धेरै टाढा जानुपर्दैन । अचेल भित्ता मात्र हैन, हात हातमा यस प्रश्नको उत्तर टाँसिएका हुन्छन् । तर जतिपल्ट प्रश्न सोधियो, त्यतिपल्ट अलग अलग उत्तर प्राप्त हुन्छ ।
हो, भाइ बहिनीहरु!
यसरी प्रतेक पल बदलिइ रहेको अबस्थालाई हामी समय भन्ने गर्दछौ । समयको नाप क्यालेण्डर, घडी वा पात्रबाट लगाइरहेका हुन्छौ । तपाइँले यो लेख पढ्दापढ्दै समयको सानो अंश बदलिएको हुनेछ । हामी जन्मेर मर्दासम्म कैयौ दशक लाग्दछ । यो धर्ती करोडौ बर्ष पुरानो छ । हाम्रा सभ्यताहरु हजारौ बर्षमा बिकसित भएकाछन । र समयको कुनै दिन यो सब सकिनेछ ।
सारांशमा भन्न खोजिएको कुरा केहो भने समय गतिशील छ । हिजो जस्तो आज छैन, आज जस्तो भोली रहनेछैन । समयको नापखोजको खेल बडो मनोरंजनपुर्ण छ । किनकि बर्तमान चलायमान छ, भबिष्य अनिश्चित छ र अतीत सम्झनामा मात्र रहन्छ ।
आउनोस, आज हामी पनि आधा शताब्दी अगाडीको हाम्रा गाउँको स्कुले जीबनतिर अन्तर-दृष्टि लगाउँ । त्यसबेला आकाशको घाम हेरेर समयको अडकल काटिन्थ्यो । कंप्युटरको कल्पना समेत गारो थियो । कागज कलम मुश्किलले पाइन्थे । तर गाउघरमै बनाउन सकिने शैक्षिकसामग्रीमा आधारित त्यो पढाइ पुर्णत: स्वाबलम्बी थियो । मसीनो माटो फिंजाएर कुनै छेस्काले धर्सा कोर्न मिल्नेगरी बनाइएको एकप्रकारको लामोपाटिमा लेखेर अक्षरारम्भ गराइन्थ्यो । सजिलै लेख्न र मेटन सकिनेहुदा पुराना ज्योतिषीहरु अद्यापी यस्तै धुलौटोमा हिसाब गरेर ग्रहदशा निकाल्ने गर्दछन् । यसै गरि कमेरो माटो पानीमा भिजाएर निंगालाको कलमले लेख्न मिल्ने काठको सानो तख्तीलाई पाटी भनिन्थ्यो। चौकोर पारिएको स्लेट पत्थरमा खरीढुङ्गाले लेखेर गणित सिक्नुको आनन्द नै अर्को थियो ।
हुनेखानेले मात्रै बर्णमालाको किताब किनेर राख्न भ्याउथे । सामान्यतया अक्षर चिनाउने तरिका समेत आफ्नै खालको हुन्थ्यो । यसमा प्रयोग गरिने बस्तु वा बिम्ब पुर्णत: स्थानिय हुन्थे र सजिलै बुझिन्थे । " ए फोर एप्पल " भनेर अक्षर चिनाइने यो जमानामा त्यो पुरानो तरिकाको उल्लेख गर्नु पनि सान्दर्भिक नै हुने ठानी यहाँ प्रस्तुत गरेकोछु ।
यथा-
कपुरी- क, पेटथोप्ले- ख, गाईगोडे- ग , घरजस्तो- घ , बिन्दा- ङ ।
तीखो- च, छपरे- छ, जङण्या-- ज, झकुल्या- झ, खम्या - ञ ।
टाठो- ट, कण्ठ मिलायो- ठ, डेणबाङो- ड, कुकुरपुछणी- ढ, तिनधणके- ण ।
ताली जसो- त, मुंडोमोण्यो- थ, देलिजसो- द, कन्जठ्या- ध, नफरे- न ।
प-या- प , फाउण्या- फ, पेट फाण्यो- ब, भकारी- भ, मुख मिलायो - म ।
बूढो- य , औल्या- र , लुलो- ल , बाटुलो- व, मोटो- श, पेट फाण्यो- ष, पातलो- स ।
हलो जसो- ह, क्षेत्री - क्ष, दुई औले- त्र, ज्ञानी- ज्ञ ।।
यति मात्रै हैन, बाह्रखरी, दुनोट, संस्कृत र नेपालीका लामालामा श्लोक मुखाग्रै पार्नु पर्थ्यो ।
अचम्भ लाग्छ, भाइबहिनीहरु! हाम्रा बेद शास्त्रहरु सुनेर मुखाग्र पारि अर्को पिढीलाइ हस्तान्तरण गरिदै हजारौ बर्षसम्म सुरक्षित राखिएका हुनाले श्रुति भनिन्छन् । मानिसहरुले भोजपत्र, बाँसका बोक्रामा लेख्न सिके पछि मात्र किताबको चलन आयो । स्थानिय बिरुवा लोक्ताबाट बनाइने " नेपाली कागज" देखेकै होलाउ । मसी समेत आँप, काफल, बाँज वा किरमणाका बोक्राबाट बनाइन्थ्यो ।
त्यसबेलाका गुरुहरु अहिलेका ब्याबसायिक जस्ता थिएनन । आफ्नै श्रमनिष्ठामा बिश्वास राखने, बिद्यार्थिहरुका हितका लागि निरन्तर क्रियाशील गुरुहरु समाजका गहना थिए, प्रेरणाका श्रोत थिए । उनका प्रतेक आदेश अकाट्य हुन्थे ।
आजभन्दा ५०-६० बर्ष पहिले समेत अहिले जस्तो बाटोघाटो थिएन । छापाका किताब कम पाइन्थे । घरमै पंडित राखेर पढाउने चलन पनि थियो । शासकबर्गमा समेत स्कुल खोल्नु भनेको समस्या निम्त्याउनु हो भन्ने मानसिकता थियो । महेन्द्रनगरदेखि काठमाडौं पुग्न २०९ कोष पैदल हिडनु पर्थ्यो ।
उहिलेका कुरा सम्झिदा अहिले प्रारंभिक शिक्षाको अबसर सबैलाई उपलब्ध छ । बिद्यालयका आआफ्ना भवन छन । विभिन्न शैक्षिक सामग्रीसमेत उपलब्ध छन । शहरका बिद्यालयहरु मा त साधारण जोडघटाउ देखि जटिल गणितीय समाधान खोज्न समेत अदभूत बिद्युतीय यन्त्र छन ।
तर समय फेरी पनि रोकिनेवाला छैन । हाम्रो समाज तिब्र रुपान्तरणको क्रममा छन । आआफ्ना परिबेशमा सबै सचेत छन । अहिले शिक्षा, ज्ञान वा शक्तिको पनि परिभाषा फेरिएकोछ । नेपालमा पनि त्यो दिन टाढा छैन, आफनै कोठामा बसी दुनियाको नामि बिश्वबिद्यालयको कक्षा-कोठाको अवलोकन गर्न सकिनेछ र त्यहा भैरहेको छलफलमा समेत सहभागी हुन सकिनेछ । पृथ्बीको एक कुनामा बसी अर्को कुनाको गतिबिधि नियाल्न सकिनेछ । यसै अर्थमा बिद्यार्थीहरुले पनि ज्ञानको नयाँ क्षितिज उघार्नु आबश्यक भएकोछ । कहिले नरोकिने समयको भरपुर प्रयोग गरेर मात्र यो सब संभव छ ।
अचेल युवा बिद्यार्थिहरुलाई तताएर, सु-याएर, सडकमा उतारेर आफनो दुनो सोझ्याउन असंभव आशा देखाउने तत्वहरु समेत समाजमा सक्रीय छन् । बाधा ब्यबधान र तडकभडकबाट सतर्क भएर निरन्तर बगीरहने समयसंगै समयकै सदुपयोग गर्नु नै विद्यार्थी जीबनको महतम कर्तब्य हुन आउँछ । ब्यबस्थित र प्रतिबद्ध जीवन बाच्ने अभ्यास गरीरहनु पर्दछ । गतिमान समयले हामीलाई यहि भन्दछ । याद गरौ- न समय यस्तो थियो, न यस्तो रहनेछ।
********
Wednesday, January 10, 2018
मेरा माटिकि बिनति
बिन्ती
===========
इजू माटी!को छ ? दुख दलिदिन्या दैब अहिले।
महाँशक्ती काँ गै? सजसुख दिन्या जो थी पहिले।
भयो क्या अन्धेर? इसी बिथिति क्या की हुनपसी?।
भुत्यौलैकी बेला, जननि हुनलागी कसिकसी।
तँदुब्लाको द्यौ है दुबलि दुनियाँकी रुठिगयै।
कठै!मेरो क्वैन कुलपरिशिला जन् रुठि दियै।
जडाफल् लौन्या तै फललि कसरी सब सुकिगया।
छयामाया पाऊ कुरडि हमरीलै झुटिभया।
भरै मात्तर् तेरो नसकि अरु क्यै मन रुनपस्यो।
कठै!निर्धाले त जिउनु न जिया झो हुनपस्यो।
मया मार्या तैले बिनति सन्न्या क्याकि म गरूँ ।
मया मा-या तँइले, बिनति सन्न्या क्या कि म गरुँ ।।
( शिखरिणीछन्दमा शब्द साभार- रघुनाथ जोशी । सुदूर पश्चिम नेपालमा मातृभुमीको माटोलाई नै शक्तिस्वरुप देवता मानेर पुजापाठ बिन्तिभाउ गरिरहने लामो परम्परा छ । यहाँका शिद्धशिखरहरु नै हाम्रो अजस्र शक्तिश्रोत हुन् । यो बिन्ति यिनै मातृदेवता, पितृदेवता र स्थानिय भुमीदेवताहरुमा समर्पित छ । फोटोहरु फेसबुकबाट संकलित छन र बैतडीको प्राचिनतम बायुतट पर्बत अर्थात हालको ग्वाल्लेक धामको पुर्बीपार्श्व स्थित असिम केदार धामको सेरोफेरोबाट देखिने अनिर्बचनिय प्राकृतिक दृश्यावलीका हुन् । )
===========
इजू माटी!को छ ? दुख दलिदिन्या दैब अहिले।
महाँशक्ती काँ गै? सजसुख दिन्या जो थी पहिले।
भयो क्या अन्धेर? इसी बिथिति क्या की हुनपसी?।
भुत्यौलैकी बेला, जननि हुनलागी कसिकसी।
तँदुब्लाको द्यौ है दुबलि दुनियाँकी रुठिगयै।
कठै!मेरो क्वैन कुलपरिशिला जन् रुठि दियै।
जडाफल् लौन्या तै फललि कसरी सब सुकिगया।
छयामाया पाऊ कुरडि हमरीलै झुटिभया।
भरै मात्तर् तेरो नसकि अरु क्यै मन रुनपस्यो।
कठै!निर्धाले त जिउनु न जिया झो हुनपस्यो।
मया मार्या तैले बिनति सन्न्या क्याकि म गरूँ ।
मया मा-या तँइले, बिनति सन्न्या क्या कि म गरुँ ।।
( शिखरिणीछन्दमा शब्द साभार- रघुनाथ जोशी । सुदूर पश्चिम नेपालमा मातृभुमीको माटोलाई नै शक्तिस्वरुप देवता मानेर पुजापाठ बिन्तिभाउ गरिरहने लामो परम्परा छ । यहाँका शिद्धशिखरहरु नै हाम्रो अजस्र शक्तिश्रोत हुन् । यो बिन्ति यिनै मातृदेवता, पितृदेवता र स्थानिय भुमीदेवताहरुमा समर्पित छ । फोटोहरु फेसबुकबाट संकलित छन र बैतडीको प्राचिनतम बायुतट पर्बत अर्थात हालको ग्वाल्लेक धामको पुर्बीपार्श्व स्थित असिम केदार धामको सेरोफेरोबाट देखिने अनिर्बचनिय प्राकृतिक दृश्यावलीका हुन् । )
Saturday, January 6, 2018
बहुउपयोगी निमको पत्ता यी २८ रोगका निम्ति अचुक औसधी
बहुउपयोगी निमको पत्ता यी २८ रोगका निम्ति अचुक औसधी: ज्वरो आएमा यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस् आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो
Monday, January 1, 2018
किताब पढ्ने बानी
(साभार :-२०७४/९/७ को कान्तिपुरमा प्रकाशित बिश्वबन्धु पोखरेलको लेखबाट । तस्बीर- ब्लगर स्वयम् ।)
महिना मा कम्तिमा पनि एउटा किताब पढ्ने बानी बसालौं, आफ्नो अमूल्य समय त्यतिकै खेर नफालौं ।
अचेलका युवायुवतीहरु वास्तविक किताबहरु पढ्नुभन्दापनि फेसबुकमा झुन्डिन र युट्यूबमा आँखा जोड्डाउन मन पराउछन् । हुन त फेसबुक र युट्यूबले पनि ज्ञानगुनका कुराहरु नसिकाउने त हैनन् तर ती माध्यमहरुमा चाहिने र नचाहिने सबैथोक हुने भएकोले मन सजिलै बहकिन सक्छ । अझ युवाहरु को चञ्चल मन को त क कुरा गर्नु । त्यसैले इन्टरनेट को सहि सदुपयोग हुन सकेन भने समयको बर्बादी र त्यसबाट हुने प्रत्यक्ष र अप्रत्यक्ष असर हरु ले हाम्रो जीवन मा नकारात्मक असरहरु पुर्याइरहेका हुन्छन् ।
हामी अक्सर किताब पढ्न भनेपछि ह्या भनेझै गर्छौँ । जर्ज मार्टिनले भनेका छन् 'जसले पुस्तक पढ्छ, उसले मर्नुभन्दा अघि हजार जीवन बाँचेको हुन्छ भने जसले पढ्दैन, उसले केवल एक मात्र जीवन बाँचेको हुन्छ ।' किताब भनेको कोरा कागज मात्र हैन, यो त अथाह ज्ञान को भण्डार हो । संसारका जति पनि नामूद व्यक्तित्वहरु छन् उनीहरुले आफ्नो जीवन को धेरै जसो समय किताब पडनमा बिताउने गर्छन । विश्वकै धनाड्य बिल गेट्स भन्छन्, 'म एक वर्षमा करिब पचास जति किताब पढ्छु ।' यसर्थ उनले एक हप्तामा एउटा किताब पढेर सक्काउने गर्छन् । ती किताब हरुले उनको जीवनमा कस्तो परिवर्तन गरे होलान् त्यो उनको सफल जीवन बाट सजिलै थाहा पुन सकिन्छ ।
किताब जेसुकैको बारेमा किन नहोस्, त्यसले हाम्रो दैनिकी र जीवनमा पुर्याउने योगदान अतुलनीय हुन्छ । थाहा नै नपाउने गरि हाम्रो जीवन मा किताब बाट प्राप्त भएका ज्ञानहरुले प्रत्छ्य र अ प्रत्छ्य प्रभाव पारी नै रहेका हुन्छन । म आफु पनि समय पाउनेबित्तिकै किताब मा झुन्डिन मन पराउछु । चाहे त्यो साधारण साप्ताहिक रुपमा प्रकाशित हुने पुस्तक होस् या कुनै बहुप्रतिष्ठीत लेखकले लेखेको उपन्यास नै किन नहोस् । ति किताबहरुबाट मैले आफुमा कुनै पनि कुरालाई एकोहोरो रुप मा नभई विभिन्न तरिकाबाट सोच्ने र हेर्ने तरिका सिकेको छु । साथसाथै आफ्नो मनमा लागेका र खेलेका कुराहरु कापीमा उतार्ने प्रेरणा पाएको छु जुन कुरा ममा पहिला खासै थिएन भन्दा पनि हुन्छ ।
किताबको प्रकारले असर पार्ने भएपनि सरदर रुपमा भन्नुपर्दा एउटा किताब पढेर सक्काउन पाँच देखि दस घण्टा लाग्ला । आजकाल हामी दिनको कम्तिमा पनि दुई घण्टा फेसबुक र इन्टरनेट मा बिताउछौं । यसअर्थमा इन्टरनेटमा बिताउने दुई घण्टाबाट आधा घण्टा मात्रै समय भएपनि दिनको कुनै नयाँ किताबलाई दिन सकियो भने हामीले प्रत्येक पन्ध्र देखि बीस दिनमा एउटा किताब र एक वर्षमा कम्तिमा पनि बीसओटा नयाँ किताब पढेर भ्याउन सक्ने रैछौं । आजैबाट प्रयास गर्ने कि? अनि आफूले पढेर सक्काएको किताब आफ्नो साथीभाईलाई दिएर धेरै भन्दा धेरै पढ्न प्रोत्साहन गर्ने कि? सुरुवात आफै बाट गरौँ । समाज बदलिन समय लाग्दैन ।
Friday, December 15, 2017
महाभारत युद्धपछिका व्यास
महाभारत युद्धपछिका व्यास( कथा )
मैले भविष्यमा हेर्दा जे देखेको थिएँ त्यही भयो । युद्धभूमिमा हेर्दा म लासैलासको पहाड देखिरहेछु रगतको नदी देखिरहेछु, यहाँको हावामा विष पाइरहेछु, ऋषि भएर कसैप्रति-स्नेह नराख्दा नराख्दै पनि मेरो मन विचलित भएको ? मानवसंहारको दृष्यले मनलाई दुखी बनायो कि ? मेरा औरस पुत्र धृतराष्ट्रको दुखले दुखी बनायो ? धृतराष्ट्रप्रति मलाई पुत्रमोह त कहिल्यै थिएन किनभने मैले माता सत्यवतीको वचनलाई हार्न नसकेर मात्र उनका विधवा बुहारीहरूलाई गर्भवती गराएर पुत्र प्रदान गरेको थिएँ । तर, त्यो बेलामा मैले मातालाई भनेको पनि थिएँ-“माता, मबाट जन्मिँमा यी सन्तानहरू ऋषिपुत्र झैं हुने छैनन् । भविष्यको कुरा केही भन्न सकिन्न । हुन सक्छ यी सन्तान नै हस्तिनापुरको रक्षा समर्थ नहोलान् ।” मैले उनका बुहारीहरूलाई पुत्र दान त गरेँ तर विना कुनै मोह । म वनमा फर्किएको केही समयपछि थाहा भयो मबाट जम्निएका दुइ पुत्रमध्ये एक अन्धा र अर्को रोगी छन् । मलाई झुक्याउन एक दासीलाई पठाइएको थियो, ती चाहिँ सबैभन्दा असल र स्वस्थ पैदा भए – विदुर ।
तर, के मैले पुत्र दान गरेर पनि हस्तिनापुरको रक्षा भयो त ? आज तिनै पुत्रका सन्तानहरू आपसमा युद्ध गरेर निर्दोष मानिसहरूको रगतले यो भूमि भिजाइरहेका छन् । तर, यो युद्धको बिउ त धेरै अगाडि नै रोपिइसकेको थिएन र ? मलाई त्यो दृष्य अझैं पनि याद छ ।
पाण्डवहरूको मृत्युको खबर सुनेर मलाई विश्वास नलागेर धृतराष्ट्रकहाँ पुगेका थिएँ । धृतरष्ट्र चित्कार गरेर रोइरहेका थिए । यस्तो लाग्थ्यो – मानौं, उनी अहिले नै टाउको फार्नेछन् । मैले भनेको थिएँ – शान्त होऊ सम्राट्, सायद विधिको विधान नै यही थियो । यदि ईश्वरले चाहेको भए त उनीहरू बाँचिहाल्थे । “हे ईश्वर ! किन मृत्यु दियौ मेरा छोरालाई ?” धृतराष्ट्र बारम्बार भनिरहेका थिए र त्यहीँ दुर्योधन पनि आँसु पुछिरहेका थिए । विदुर एकातिर उभिरहेका थिए । मलाई विदुरको सहज स्थिति देखेर अचम्म लागेको थियो । धेरे बेरपछि मैले एकान्तमा विदुरलाई सोधेँ -“पुत्र विदुर, के साँच्चि नै पाण्डवहरूको मृत्यु भयो ? हेर धृतराष्ट्र कस्तो दुःखी भएको ?” विदुरले केही भन्न खोजेझैं गरेर पुनः चूप लागेका थिए । केही लुकाउन खोजेझैं विदुर । मैले भनेँ -“तिमी रहश्य लुकाइरहेछौ ।” विदुर मुस्किएर भने “ऋषिवर, तपाइँलाई के पो थाहा छैन र मैले रहस्य लुकाउनु ? यति थाहा पाउनुुस् कि पाण्डवहरू जीवित छन् ।” म हर्षित भएको थिएँ मैले भनेँ -“तर तिमीले धृतराष्ट्रलाई र दुर्योधनलाई किन लुकाएको यो कुरा ? उनीहरू त पाण्डवका वन्धु हुन् । उनीहरूलाई थाहा हुनुपर्दैन ?” विदुरले केही मुस्किएर भनेका थिए-“ऋषिवर सायद यहाँलाई थाहा छैन होला आफ्नै वान्धवले पाण्डवका शत्रु भएर मार्ने षडयन्त्र रचेका हुन् । यदि मैले अहिले नै यो रहस्य खोलेँ भने फेरि षडयन्त्र गर्नेछन्, म उनीहरूलाई पाण्डव मार्ने षडयन्त्र गर्न दिन्नँ । समय आएपछि उनीहरूले पाण्डव जीवित छन् भन्ने थाहा पाइहाल्नेछन् ।” आफ्नै दाजुभाइलाई मागर्न खोज्ने व्यक्तिहरू दरवारमै रहेछन् । विदुरले भन्दै जाँदा मलाई अचम्मभन्दा पनि बढी दुःख लागेको थियो । तर, म गर्न नै के सक्थेँ र विदुरलाई ? मलाई हस्तिनापुरको खबर पठाउँदै गर्नु भनेर वन फर्केँ । समय बित्दै गयो केही समयपछि पाण्डवहरू पुनः फर्केर आए भन्ने खबर सुनेँ । भेट्न जान मन लागेको त थियो व्यस्त भएर जान सकिनँ ।
विदुरले बारम्वार समाचार पठाइरहन्थे । दरबारमा युधिष्ठिरलाई युवराज घोषित गरिएको खबरले चाहिँ यो वनमा बस्ने ऋषिको मन पनि प्रसन्न गरायो र म केही समयपछि दरबारमा गएँ । विदुरले मलाई स्वागत गरे । उनैको घरमा बसेको थिएँ । विदुले दुर्योधन र युधिष्ठिरको स्वभावको बारेमा, जनता उनीहरूको प्रेमको बारेमा भनेका थिए । केही दिनअघि नै शहरमा एउटा दर्घटना भएछ । एक ठाउँमा सोमरस पिएर बसेका केही व्यक्तिहरूले झगडा गर्न थालेपछि झगडाले उग्र रूप लियो । त्यसमा मारपिट पनि मच्चियो । धनको लुटपाट पनि भयो । यो कुरा दरबारसम्म पुगेपछि युवराज युधिष्ठिर आफैं कुरा बुझ्न गए । त्यहाँ पुगेपछि थाहा भयो कि दरबारका केही सैनिकहरू नै त्यसमा संलग्न रहेछन् । उनीहरूले रक्सी खाएर मारपिट गरे र लुटपाट गरे । त्यस्ता व्यक्तिहरूलाई दण्ड दिनुपर्ने कुरा युधिष्ठिरले सम्राट् धृतराष्ट्रलाई भने तर, दुर्योधनले विरोध गरे । सैनिकहरूलाई सजाय दिँदा उनीहरूको मनोबल गिर्ने कुरा दुर्योधनले भने । युधिष्ठिरले भनेका थिए-“भाइ दुयोृधन, यदि त्यस्तो कु-कर्म गर्ने सैनिकलाई दण्ड नदिए, जनताको राजा, दरबार र राज्य व्यवस्थप्रति विश्वास घट्नेछ । अनि जनताको मनोबल गिर्नेछ र राज्यको पतनको शुरूवात हुनेछ । कुनै पनि व्यक्तिलाई चाहे सैनिकलाई होस् वा गैरसैनिकलाई दरबारभित्रको काम गर्ने होस् वा बाहिरको । यदि उसको अपराधअनुसारको सजाय दिइएन भने उसको कुकर्मले झन् बल पाउनेछ । दण्डहीनताको अवस्थाले देशमा अनुशासनहीनता खडा गर्छ । अनि बिस्तारे धमिराले खाए झैं हस्तिनापुरको प्रशासन कमजोर हुँदै जानेछ । वरिपरिका राज्यहरूले आक्रमण गर्नेछन् । यस्तो अवस्था आउन दिनु ठीक होला र ?”
युधिष्ठिरको कुरा सुनेर दुर्योधन ठूलो स्वरले कराएका थिए-“चूप लाग युधिष्ठिर कसैलाई दण्ड दिने वा नदिने अधिकार राजासँग मात्र हुन्छ ।” “हो, दुर्योधन । तर म युवराज भएको नाताले देशको उन्नतिको लागि राजालाई सल्लाह त दिन सक्छु नि फेरि म जे भनिरहेछु, सबै आफैं गएर कुरा बुझेर आएर, अपराधीलाई दण्ड दिने कुरा मात्र भनिरहेछु । केही नराम्रो सल्लाह त दिएको छैन ।”-युधिष्ठिरले भनेका थिए । धृतराष्ट्रले सैनिकहरूलाई बोलाएर सोधपुछ गरे तर केही दण्ड दिएनन् ।
पछि थाहा भयो ती सैनिकहरू त दुर्योधनका सैनिक रहेछन् र दुर्योधनले उनीहरूको अनेकौं अपराध यसरी नै ढाकछोप गर्थे र दुर्योधनको अपराध चाहिँ धृतराष्ट्र ढाकछोप गर्थे । त्यही अपराध ढाकछोप गर्दागर्दै महाभारत युद्ध हुन पुग्यो । म युद्ध शुरू हुनुभन्दा अघि पनि तरबार पुगेँ र धृतराष्ट्रलाई सम्झाएँ कि पाण्डवप्रति न्याय गरियो भने युद्ध अझैं टालिन सक्छ तर, ती विचरा धृतराष्ट्रका बाहिरी आँखा मात्र होइन मनको विवेकमा पनि अँध्यारो छाएको थियो । उनले मेरो कुरा मानेनन् । युद्धको कुरा सुनेपछि वनतर्फ लागिसकेका थिए । म व्यास आज वनमा बसेर पनि युद्धमा मारिएका मानिसहरूप्रति दुःखी छु । धृतराष्ट्रले कसरी लडिरहेको होला ? म युद्धभूमिमा गएर के हेरूँ ? नजाऊँ मन मान्दैन, जाऊँ धृतराष्ट्रलाई के भनेर सान्त्वना दिऊँ ? ऊफ्, ईश्वर ! दरबारको षडयन्त्र, विवेकहीन राजाको कारणले देशले पाउने पीडा विधवाको चित्कार, यी सबैको अन्त्य कहिले हुन सक्ला ?
( मझेरी डटकमबाट साभार )
मथुरीको बाख्रो
मथुरियक बकर
( कुमायुनी भााषामा लेखिएको यो कथालाइ कथाकार अनिल कार्कीको कथासंग्रह " भ्यास और अन्य कहानियाँ" बाट साभार लिइएकोछ । )
मथुरि सिध् दिमागक मैस बिल्कुल न छी, न वीक दिमाग ठीक चलछि। नान् छना उकै लकु मार गयोछि, जै कारण उ सीध ढंगल हिट्ले न सकन और साफ बोलि ले न सगन। पहाड़ में कहावत छू कि ’डुण पाजि, काण् खाजी और लाट उत्पाती हूं।‘ मथुरि ले कम नहा, वील आपुण जीवन में कभै हार न मानि। उ तो नानतिनन वाल आदिम छू। या वीक बार में कैई जाओ तो वीक घर में सैणि छू, भरी पूरी परिवार छू। यो अलग ढंगक् मैसकि आपुण एक भाषा छू, जकै गूँ लोग समझ तो सगनन, लेकिन वीक दगाड़ बोल नी सगन।
ब्यावकै अनियार हुण बखत उ लड़खडू़नैं टार्च ली भैर ऊणछी तो पाल् गूँ लोगों ले वीक त्यरछ-म्यरछ टार्चक फोकस हिलूणक कारण उकै पछणि दी और कूण पैठन कि “उ तो जरूर मथुरि हुन्यल”। जब उ उनार मुखअक समणिले पुजिभैर कूण पैठअ कि “म्यार बकर हरा ग्यो, बताओ धै को-को घा काटणि ही जाराछि बण! अगर तिमिल ले म्यार बकर कति द्यखौ तो बताओ मैंकैं, मैं तो दिन भर परेशान है गईं आज।” घा काटणि वालनैल् छाजन लै भे भ्यारकै देख भैर कूण पंैठीं- “नै नै जिभौज्यू हमिल न दैय्ख! होय दानसिंह कैं जरूर देखौ ’पात्लि गड़ा‘ तरफ कान् में बडि़याठ धरि भेर लकाड़नहि जाणछी कि पत्त उनिल देखौ जब? य बात सुणि भेर मथुरियल आपुण टार्चक बटन में काटी-फाटी बुड़ अंगुल धर भे पाल गूँ बे मल्धार तक अन्यारमें आपुण नान्छनाक् दगडु़ दानसिंहक् गुन्याव तक पुजौ तो वाँ पेली बे दानसिंह ठाड़ छि। जसै् दानसिंहल् मथुरि कैं देखो तो गरम जोशक दगाड़ नमस्कार कर और तुरंत पुछण पैठ् कि “त्यर बकर हरा र हुन्यल न आज? तू ले यार? कि बार छू आज?” मथुरि आपुण भाषा में बोलण लागौ ’मनलबार!‘ आज तो मंगलबार छू। दानसिंहल् मथुरि कैं नड़क्या भेर को “यले क्वे बार छू आपुण दगडु़क् घर उणक! बुधबाराक् दिन आ जनै!”
मथुरि कैं लागौ कि क्वै भारि गलती है गे आज उ कयाँ, य सोचि भेर मथुरि झैपण पैठौ। असलमें बचपनक् दगड़ु जै भ्यो दानसिंह मथुरियक्, दगड़ में माछ मारी भ्याय दुयिनले। और तो और जब मथुरि कंै लकु पडौ़ ठीक उदिन बयावक चपेट में उन-उनै बचि छि दानसिंह ले। लेकिन जदिनभे घर गृहस्थी हैगे, उदिन भै दुयिनाक खुट् जस बाधि गईं। आब कभै-कभै मिलनन् तो दागाड़ में एक बीड़ जतुक पी सकनन् बस। और तो और कबखतै कैका दुकान में या हिटनबाट् भेंट हंै जैं जबत एक दुसर् छैं इतुकै पूछि सकनन् कि नानतिन कस छिन यार! मथुरि न दानसिंहक् बार् में पुछि सकँू और न दानसिंह मथुरि छै कै सकूँ कि “कस छै रे तू?” लेकिन आज दानसिंह ले कूण पैठ् “ठीक टैम में आरछै रे! इदू सालन में पैल बखत फुरसतल भेट हुणैं, आब् खाण खा भैर जालैं!” मथुरि कैं लागो कि बकर खोजणि ही नै, बल्कि उ दगड़ु खोजणि आ रौ। उकैं नान्छनानक् दगड़ु दानसिंह याद एगो जैक दगाड़ उ गङक् रिवाड़ में दिन भरि बजरी में नाङगड़ पडि़ रुछि और गरम हुण में गंङ में डुबकी लगूछि, फिर गरम बजरी में पड़ी जाछि। कधेलि पेटक ओर तो कधेली पीठक ओर। लेकिन आब् उ यस बिती अनुभव छि कि जकंै क्वे अनुभवक न्यात याद कर सकछी। मथुरि या दानसिंह जोर-जोरल धात् लगै भेर यस ले न कैं सगछि कि हमिल गंङ में नाङड़ ना। लेकिन उ जरूर आपुण च्यालनन् छैं कैं सगछि कि “अगर गंङ में नाणि जाणछा तो बजरी में न खेलिया, आँख भतौर लै जाल और शरीर काउ पड़ जाल, जल्दी-जल्दी नैं भैर घर आया, दिन बिथत न करिया और वैं न रया।” पैली और आज में भौते फरक है ग्यो मथुरि कूण पैठ् “मैं न रुकनि दानसिंह म्यार बकर...”
दानसिंहल् जवाब द्यो कि “नै-नै मैं क्या न सुणनि, तुकै रुकण पड़ल, आज नई फसलक नई खाण छू हमार घर, शिकार बणा राखो और थ्वाड़ लाल शराब ले छू। ग्यूंक् कटै् और पिसै ले हैगे आज, ईष्ठ-मितुर सब आरान, कदुक भल संजोेग छू कि तु ले आरछ, आब नै न कये।”
इदुक में दानसिंहक् चेलिल् मथुरियक हाथ में चहाक् गिलास थमा द्यो, मथुरि यस माय देखि भैर खुश है ग्योछि, उकैं लागअ कि
कधैलि दानसिंह कैं आपुण घर बुला भैर यस खातिरदारी करुल कि उलै याद धरल् और मथुरि कूण पैठ् “पर...दान सिंह मैं तो बकरक् बारमें खोज-खबर करणहि आरछि भाई...”
दानसिंह कैं फिर खीझ भै और कूण पैठ् “भोई कर लिये खोज-खबर, कैका गोरु-बाछों दगाड़ लागि ग्यो न्यल, भोई पत्त् चलि जाल, अछयान बाघ ले न लागि रअ जंगल, तु चिंता न कर, भोई मिल जाल त्यार बकर।”
आब मथुरि चुप है ग्योछि और नौ-रवाट् पाकण लागि रौछि। मेहमान सब एक जाग गुन्यावमें बैठ ग्याछि। बाँजक लकाड़क् आग् में चढि़ लू भध्याव् में शिकारक् भिटकण आवाजक बीचमें, शराबक बोतलकैं ताउ में दानसिंहले हल्क कूणले मारी जबत ख्याटक् आवाजक दगाड़ बोतलक शील खुलि गे और चाखमें बैठ भैर स्टीलक् गिलास में शराब हालि भेर दानसिंहल् छाजबे भ्यारकै देखौ और धात् लगूँण पैठ् “अरे थ्वाड़ राॅग् शिकार निकालि भै तो दिओ।”
थ्वाड़ देर में दानसिंहक् घरवालि एक थाई में सुकि शिकार चाख में धरि भैर आगछि तो फिर दुईनल् पूरि बोतल पी दे। आब् उनार अणकसि बातोंनक् न पूँछड़ पत्त छि और न हीं ख्वारक। मथुरि तो आड़-तिरछ पैलि भै छि। शराब पी भैर उ ज्यादा त्यरछै है ग्योछी। जब दानसिंहल् वींहैं मजाक कर भै कौ- “चल पैं आब सोमबार बे मंगल इतवार तकक् नाम बता दे यार मथुरि।” तो वील बत्तीक् हल्क् उज्याव में आपुण बुँ हाथक बुरमट्ठी आंगुल आपुण टिट् िअंगुलक् पैली पाय में राखि भैर गिड़न शुरू कर् पैठौं- “चों, मनल, पुच्छ, भीपें, चुक्क्ल, छनज, इताल” मथुरि लाटक् यस बुलण सुणि भैर दानसिंह हँस ग्यो और दानसिंह देखि भेर मथुरि, और फिर दुईय् हसैण पै गईं, मजाक-मजाक में सामणि धरी बत्ती जमीन में घुरि गै, और मिट्टीतेलक बास पुर भतर फैल गै। जब तक दानसिंह बत्ती जुगुत में लागिरछि तब तक मथुरियल आपुण चार सैल वाल टार्च निकालि भैर आपुण टार्च जला दे और टार्चक फोकस टैड़-म्यड़ हिलण-हिलण घरक धुरि में टेकि ग्योछि, तब वील ध्यानल देखौ कि जै जाग् टार्चक फोकस् अटक् रोछि उ जाग् धड़है अलग बकरक् ख्वर लटकी छि। मथुरि चैंकौ और फिर उकैं आपुण बकरक् याद आ गेछि, वील ध्यानल् चा जबू तो आपुण बकर कैं पछणि ग्योछि, किलैकि वीक काऊँ बकरक् चानि में सफेद बालनकि चिंदी छि, फिर वील टार्च कैं हटै भैर दानसिंहक् तरफ हीं लगा द्यो। उकैं लागो कि दानसिंहल् खिला-पिला भै मूतल चुट्ठै दी। वीक मन भ्यो कि अल्लै कैं द्यूँ उहैं “साल म्यार बकर मैंकैं खिला भैर, त्यरि तौलि त्यार मुख में रौलि कर दयो त्वील।” लेकिन जब वील दानसिंहकंै घूरौ तो दान सिंह झिझक भै इदुकै कै बैठ कि “बकरक मुनि छू”
मथुरि जल्दी-जल्दी उठौ और दानसिंहक् घर वालन छै भली कै मिलि भैर टार्च जला भैर घर ही बाट लागि ग्यो। शायद उधैल रातक दस-ग्यारह बाजि रौ हुन्याल, मथुरि क्वेेले दार्शनिक सवालल न टकराईं और सुन्न झै है ग्योछि। करीब आधुक बाट हिट भैर आपुण हैं कूण लागौ - “ठीक भ्यो कि मैंल दानसिंह छ न कय कि य म्यारअ बकर छू...कि पत्त् जब म्यर बकर न छि, चनेल बकर और ले तो है सकनन्। अगर म्यार बकर हुन तो दानसिंह मैकैं क्या खिलूँन वीक शिकार? क्या पिलून लाल शराब? कति मैं उधेलि कै दिनि कि म्यार बकर मैंकैणि खिलूणरछै तू चोर साल... तो कि इज्जत बचनि इष्ट-मितुरन में म्यार बचपनक दगड़ु दानसिंहकि। चलो आज एक पाप हुणल बचि ग्यो म्यार हाथों...”
फिर उ द्विमन है ग्योछि “दानसिंहकैं बिना म्यार बताय कसिकै पत्त् चल् कि म्यार बकर हरारौ...। और शिकार ले भौत कौंल छि पठ्क जस। म्यार बकर ले आठ-नौ महीणक तो छि...”फिर वील खुद छै को “नै-नै बचपनक् दगणु छू दानसिंह, खानदानी आदिम छू कभै यस न कर सगन।” लेकिन बात कंै उलझण जै पैठी मथुरि कंै, और घरक् करीब-करीब पुजण में जब वीक नशस् उतर ग्योछि तो कूण पैठ्- उ म्यर बकर छि, आज तो पुर इलाक में कैलै बकर न काट, फिर दानसिंह शिकार कां भैर ला्? जब उ रात्त बण् लकाड़ काटणि जारहि तो दुकान कबखत ग्यो? चुत्ति साल लकाड़नक दगाड़ म्यार बकर ले काटि भै ला हुन्यल।
मथुरियल कुछ देर बाद सोचि भैर कौ “नै-नै कैछैं य बात बतूण ले पाप होल। दानसिंहक् करम उकै दुखाल एक दिन, बचपनक् दगड़ु छू म्यार। मैल वीहैं दगडु़ कै राखौ, आब मैकैं कूण पड़ल कि बकर कै बाघ लिगौ, पाल गूँ घा काटणि वालनल् बकर में बाघ कैं झपटण देख् िभेलि। बैंकि आज बे कभै दानसिंहक् दगाड़ बात नि करूँ।” वील द्वार खोलौ जब् मथुरियक घरवालि कौ- “क्वै खोज-खबर मिली?”
मथुरियल को होय मधुली मिलि! हमार बकर कैं कुकुरि बाघ लिजारौ मधुली!
मधुलील मथुरि कैं पाणिक गिलास थमा भैर को “क्वे बात न, आब्बै थ्वाड़ दिनन में बकर फिर ब्याणि छू, फिर उस्सै चनेलि पाठ् द्यौल हमार बकर। दुख किलै मनणछा कि चिंता करण आब्!” जवाब में मथुरि इदुकै कैं सगौ कि “बकर तो फिर पाठि देलि मधुली, पर नान्छनक् दगडु़ दानसिंह काँ भै मिलल!
एक लम्ब् सांस ले भैर मथुरि बाभ्यो निवारक् खाट में चधरलि मुँख ढकि भैर पडि़ ग्यो।”
Subscribe to:
Posts (Atom)









