Wednesday, February 24, 2021

कृष्णका पत्नी र छोराहरू अनि राधाको प्रसंग

 


सञ्जय साह मित्र २०७७ फागुन १० गते १२:५० मा प्रकाशित
1.1kShares
facebook sharing button
twitter sharing button
email sharing button

सञ्जय साह मित्र,

कृष्णलाई धेरैले भगवान मान्ने गर्दछन्।कृष्णले आफूलाई कैयौँ ठाउँमा भगवान नै भनेका छन्।सर्वसाधारण तथा राजा–महाराजाहरुले पनि कृष्णलाई भगवान स्कीकार गरेका छन्।हिन्दु धर्मशास्त्रले कृष्णलाई विष्णुका दश अवतारमध्ये एक मानेका छन्।विभिन्न देशमा भगवान भनेर पूजित कृष्णको जन्म जेलमा भएको थियो।उनको जन्म इसापूर्व ३११२ मा भएको मानिन्छ,यसलाई आधार मान्ने हो भने कृष्णको जन्म भएको करिब ५१३२ वर्ष भएको मान्नुपर्ने देखिन्छ।हिन्दु धर्मशास्त्रले मान्ने गरेको तथा अहिलेसम्म ग्रामीण धार्मिक समाजमा प्रचलनमा रहेको चार युगमध्ये द्वापर युगको सबैभन्दा मुख्य घटनाको रूपमा महाभारतलाई मानिएको छ।महाभारत युद्धमा मुख्य नायक कृष्ण नै थिए र यदि साहित्यको दृष्टिकोणले हेर्ने हो भने पनि विश्वकै सबैभन्दा ठूलो प्राचीन महाकाव्य मानिएको महाभारतका नायक कृष्ण नै हुन्।

कृष्णले बाल्यकालदेखि नै धेरै सङ्घर्ष गर्नुपरेको थियो।कृष्णलाई आदर्शीकरण पनि गरिएको छ।कृष्णको बारेमा धेरै चर्चा भएको पाइन्छ।विश्वका कुनै पनि हिन्दूले कृष्णलाई सजिलै चिन्दछन् तर कृष्णका सन्तानको बारेमा कमैले जानकारी राख्दछन्।

कृष्णका आठ पत्नी थिए।आठ जना सित कृष्णले विधिवत विवाह गरेका थिए । आठ पत्नीलाई सम्बोधन गर्न शास्त्रमा अष्टभार्या भन्ने गरिएको पाइन्छ । आठ पत्नीको बारेमा विभिन्न ग्रन्थहरु स्पष्ट छन्।सोधीखोजी गर्दा कृष्णका जेठी पत्नी रुक्मिणी हुन्।यसै गरी कुनै सूर्यवंशीकी पुत्री कालिंदी,अवन्तीराजकी कन्या मित्रविंदा,अवधपति नग्नजितकी पुत्री सत्या,जाम्बवानकी पुत्री जाम्बवती, केकयराजका दुई छोरीहरु भद्रा र रोहिणी,मद्रराजकी कन्या सुशीला, सत्राजितकी पुत्री सत्यभामा र शैब्यराजकी पुत्री लक्ष्मणा कृष्णका अन्य पत्नीहरु हुन्।कृष्णको कसरी यत्ति धेरै बिहे हुन पुग्यो त ? यसको उत्तर जान्न त त्यही युगमा पुग्नु पर्दछ तर पनि कृष्ण आफ्नो युगका नायक थिए,वास्तवमा उनी महानायक थिए।कतिपय बिहे उनले युद्ध जितेर गरे।कतिपय कन्याले मन पराएर बिहे गरे वा युद्धमा पराजित राजाले आफ्नो छोरीलाई पालन गर्ने वचन लिएर छोरीको हात दिए।यसरी कृष्णका अनेक पत्नी थिए भन्ने सामाजिक कथन पनि रहेको छ अहिलेसम्म।सम्भवतः यसै कारण कृष्णलाई यसै पनि प्रेमको अवतार मान्ने गरिएको छ।

कृष्णको जीवनमा अधिकांश पत्नीहरुले ठूला सहयोग गरेका छन्।ती प्रसंग र सन्दर्भअनुसार तिनीहरुको भूमिकाको स्मरण हुन्छ।कृष्णका पत्नीहरुमध्ये सत्यभामालाई लागेको थियो उनलाई कृष्णले सबै पत्नीहरुभन्दा बढी माया गर्दछन् ।यो उनको भ्रम थियो।यो भ्रम हुने कारण यो पनि थियो कि सत्यभामाकै सहायताले कृष्णले नरकासुरको बध गरेका थिए।वास्तवमा कृष्णले पनि यो कुरा बुझेका थिए,यसैले उनले एक सन्दर्भमा सत्यभामालाई यो कुरा स्पष्ट पारिदिएका छन्।यथार्थमा कृष्ण सबै पत्नीलाई समान प्रेम गर्दथे।

कृष्णका पत्नीहरुबारे केही अन्यौल रहेजस्तै उनका पत्नीबाट कतिवटा पुत्रहरु प्राप्त भए भन्ने विषयमा त्यत्ति धेरै स्पष्ट भएको पाइन्न।कृष्णका कति पुत्र थिए भन्ने विषयमा कृष्णका विषयमा जति स्पष्ट छन् त्यत्ति स्पष्ट उनका छोराहरुको विषयमा भने भएको देखिन्न।कृष्णका आठ पत्नीबाट असी पुत्र प्राप्त भएको उल्लेख कतै कतै भेटिन्छ।

कृष्ण र रुक्मिणीका प्रद्युम्न, चारुदेष्ण, सुदेष्ण, चारुदेह, सुचारु, चरुगुप्त, भद्रचारु,चारुचन्द्र,विचारु र चारु गरी दश पुत्र थिए।कृष्ण र जाम्बवतीका साम्ब, सुमित्र,पुरुजित,शतजित,सहस्त्रजित,विजय,चित्रकेतु,वसुमान,द्रविड र क्रतु गरी दश पुत्र थिए।यसै गरी कृष्ण र सत्यभामाका भानु,सुभानु,स्वरभानु,प्रभानु, भानुमान,चन्द्रभानु,वृहद्भानु,अतिभानु श्रीभानु र प्रतिभानु गरी दश पुत्र थिए।यसै गरी कृष्ण र कालिन्दीका श्रुत,कवि,वृष,वीर,सुबाहु,भद्र,शान्ति,दर्श,पूर्णमास र सोमक गरी दश पुत्र थिए।यसै गरी कृष्ण र मित्रविन्दाका वृक,हर्ष,अनील, गृध,वर्धन,अनद,महांस,पावन,वहिन र क्षुधि गरी दश पुत्र थिए ।कृष्ण र लक्ष्मणाका प्रघोष,गात्रवान,सिंह,बल,प्रबल,ऊध्र्वग,महाशक्ति,सह,ओज र अपराजित गरी दश पुत्र थिए।यसै गरी कृष्ण र सत्याका वीर,चन्द्र,अश्वसेन, चित्रगुप्त,वेगवान,वृष,आम,शंकु,वसु र कृति गरी दश पुत्र थिए।यसै गरी कृष्ण र भद्राका संग्रामजित,वृहत्सेन,शूर,प्रहरण,अरिजित,जय,सुभद्र,वाम,आयु र सत्यक गरी दश पुत्र थिए।

कतिपयले कृष्णले विधिवत विवाह गरेका आठ पत्नीबाट असी छोराको जन्म भएको कुरालाई मान्दै के पनि थपेका छन् भने उनका थप छोराहरु पनि थिए। तर यसबारे विस्तृत बताएका छैनन्।उनका भित्रिया पत्नीहरुबाट पनि थप सन्तानोत्पन्न भएको सङ्केत गरिएको हुन सक्छ।

कृष्ण जीवित छँदै उनका धेरै पुत्र मारिएका थिए । महाभारत समाप्त भएको करिब ३६ वर्षपछि कृष्णका धेरै पुत्रहरुको एकापसमा लडाइँ भएर मृत्यु भएको थियो ।
कृष्णका पुत्रहरुबारे त धेरै जानकारी पाउन सकिएको छ।उनका पुत्रको संख्याबारे मतभिन्नता भने अवश्य रहेको छ तर कृष्णका कतिवटा छोरी थिए?यसबारे जानकारी पाउन निकै मुस्किल रहेको छ तर कृष्ण र रुक्मिणीबाट एक पुत्रीरत्न प्राप्त भएको भने धेरै ठाउँमा उल्लेख रहेको पाइन्छ।कृष्ण र रुक्मिणीको पुत्रीको नाम हो – चारुवती।सम्भवतः चारुवतीलाई चारुमति पनि भनिएको पाइन्छ वा चारुवती र चारुमति गरी दुई पात्र पनि हुन सक्छन्।

कृष्णका पुत्रहरुमा प्रद्युम्न,साम्ब,सट,सारण र गद निकै प्रसिद्ध भए । यिनीहरु इतिहासमा निकै प्रसिद्ध छन्।कृष्णका नातिहरुमा अनिरुद्ध र वज्रको प्रसिद्धिको चर्चा पनि पाइन्छ तर अन्य पुत्र तथा नातिहरुबारे खासै धेरै चर्चा वा उल्लेख गरिएको पाइन्न।

कृष्ण र राधाको प्रसंग
कृष्णको नाम जहिले पनि राधासित जोडिन्छ।राधा कृष्णको बाल्यकालको साथी थिइन्।११ वर्षको उमेरमा राधासित दुई दिनपछि फर्केर आउँछु भनेर गएका कृष्ण कहिल्यै फर्केर आएनन्।८० वर्षपछि झन्डै ९१ वर्षको उमेरमा कृष्ण भएकै ठाउँमा राधा पुगेकी थिइन्।त्यत्तिखेर महाभारत युद्ध सिद्धिसकेको थियो।महाभारत युद्ध सकिएको केही समयपछि युद्धभूमिको भयंकर अवस्थालाई देखेर विह्वल र विक्षिप्त बनेका थिए।

कृष्णलाई राधाले भेटेपछि त्यहीँ प्राणत्याग गरेकी थिइन्।सामान्य वार्तालाप भएको थियो दुई बीच।दुवैले जीवनको त्यो घडीमा आफ्ना बाल्यकाललाई सम्झेका थिए। दुवैले सुन्दर बाल्यकाललाई सम्झेर एकअर्कालाई नदेखाउने वा नदेखिने गरी अश्रुधार चुहाएका थिए । दुवैले रोएके दुवैले थाहा पाइसकेका थिए।आँखा देख्न नसक्ने भइसकेकी राधाले कृष्णको सबै कुरा देखिरहेकी थिइन्।राधाको देहत्यागले कृष्ण झन् असह्य वेदनाले छटपटिएका थिए।

माथि नै भनिएको छ – इसापूर्व ३११२ तिर कृष्णको जन्म भएको थियो । महाभारतका वास्तविक नायक कृष्णको उमेर महाभारतको समयमा करिब ५६ वर्षको थियो अर्थात् महाभारत युद्धको समयमा कृष्णको उमेर ५६ वर्ष रहेको बुझिन आउँछ र महाभारत समाप्त भएको ३५÷३६ वर्षपछि इसापूर्व ३०२० तिर कृष्णको देहावसान भएको मानिन्छ।

कृष्णलाई कुनै व्याधाले हानेको तीर लागेर मृत्यु भएको थियो।र अन्त्यमा,कृष्ण आफैँमा एक संघर्षको नाम पनि हो । कतिपय विद्वानले यो पनि भनेका छन् कि कृष्ण यस्तो ऐना हो जहाँ अगाडि जसले जस्तो रुप लिएर उभिन्छ त्यस्तै अनुहार देखा पर्दछ रे । कृष्ण कूटनीतिज्ञ, राजनीतिज्ञ, योद्धा, सारथि, साथी, गुरु, परम ज्ञानी, असल शिष्य हुन्।कृष्ण शासक पनि हुन् र शासित पनि । अत्यन्त धेरै सहन सक्ने प्रतिभावान पनि हुन्।आफूलाई हदैसम्मको दयावान पनि देखाएका छन्।कृष्णलाई कैयौँका प्रिय वा प्रेमी पनि मानिन्छ।द्वापरमा मात्र होइन, कलियुगमा पनि मीरालाई कृष्णले दर्शन दिएको कुरा पनि सुनिन्छ । मोहिनी अवतार पनि कृष्णले लिएको मानिन्छ अर्थात् कृष्णमा यो गुण थियो कि उनीप्रति दुनिया मोहित हुन्थे ।कृष्णको धार्मिक,आध्यात्मिक तथा दार्शनिक विचार आज पनि उत्तिकै महत्वपूर्ण छन्।उनका वाणीबारे आज पनि अध्ययन भइरहेको भनिन्छ । कृष्णले दिएको उपदेशहरुको संग्रहलाई संसारले गीताको रुपमा पूजा गर्ने गर्दछ । गीतामा सबै दर्शन पाइन्छ भन्छन्।यो विज्ञानको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहेको मानिन्छ।गीताको ज्ञान हासिल गर्ने व्यक्ति अद्यपर्यन्त विद्वान मान्ने चलन रहेको छ।विश्वका विभिन्न देशमा गीताको आधिकारिक पढाइ हुने गर्दछ। हिन्दु धर्मबाहेकका धर्मावलम्बीहरुले पनि गीतालाई उच्च कोटिको ज्ञान दिने पुस्तकको रुपमा स्वीकार गरेका छन् र कृष्णलाई श्रद्धा तथा सम्मान गर्ने गरेका छन्।

कृष्णलाई नेपाल पनि आएका थिए।कृष्ण अहिलेको रौतहटको भूमिमा पनि पाइला टेकेका थिए।रौतहटमा रहेका शिवालयमध्ये एकमा पूजा गरेका थिए भन्ने विश्वास पनि गरिन्छ।कृष्णको नेपाल यात्रा र रौतहट बसाइँ पनि महत्वपूर्ण पक्ष हो।कुनै एक दिन यस विषयमा स्पष्ट पार्ने प्रयास गर्नेछु।

1.1kShares
facebook sharing button
twitter sharing button
email sharing button

प्रतिक्रिया

Wednesday, February 3, 2021

* ईजा कि मैँमा..*

 


 

पहाणमाइ देवीका रूप थिन ईजा,  
गर्मीमाइ छाया जाड़िमाइ धूप थिन ईजा,                                                             
 ईजा थिन रे ब उजालो हुन्थ्यो अनरामणिलै,
 ईजा थिन रे ब हाँसि खुशी औथि परिवारमाँइ ।।                                        
 ईजा थिन रे झोल भात थ्यो 
 ईजा थिन रे चुड़कानिमाँइ स्वाद थ्यो ,                                                                         
 ईजा थिन रे बुरौजमाँइ रंग थ्यो , 
ईजा थिन रे त्यार वारमाइ उमंग थ्यो ।।                                                                  
 ईजा भया ब मनका दु:ख टणाऽ पठौन्थिन ,
 हमरा ईजा घरकि धूरि जसि होइरन्थिन,                                                
  ईजा गंगोत्री जसि थिन , ईजा जमुनोत्री जसि थिन,
 ईजा सबैनकि एक धरती हुन एक अग्गास हुन ।।                            
  ईजा यमुना हन्, ईजा गंगाकि धार हुन् , साँच्चि ,
 जबसम्म ऊन रइन, तबसम्म साजि मौ छन ,                                     
 हमरा ईजा सत्यनारायणज्यूका कथा हुन्, 
ईजा गया सर्ग लोक , मनमाँइ ब्यथाइ ब्यथा छन।।                                    
  बँजानी धुराका धारा हुन ईजा, चन्ना सुर्जे, ध्रुबतारा हुन ईजा,                                                                                    ईजा थ्या रे ब मेरो बाटो साफ थ्यो , 
ईजा थ्या रे ब मेरि गल्तिमाँइ माफ थ्यो ।।                                                           
 ईजा आफुइ तपस्या आफुइ भकती हुन् , 
साँच्ची उनरा आशिकमाइ भौतै शक्ति थिन् ,                                                
  ईजा थिन रे हमरा खेतमाँइ हरियाली थि ,
 ईजा थिन रे घरमणि साल भर धिनाली थि ।।                                             
 घरकि श्रृंगार हुन् ईजा, 
खुशी मन की बहार थिन् ईजा,                                                                                        
  ईजा छन भण्या काँणालै फूल छन, 
ईजा छन भण्या ढूँगालै धूल छन ।।                                                                       
 **                                                                                        **                                                                         ( बिजय मिश्रको " इजा भक्ति " शिर्षकको कुमायुनि कबिताको डोटेलि भावानुबाद )

Saturday, January 30, 2021

९७ सालको बिद्रोह

 १९९७ सालको राणाविरोधी विद्रोहको बारेमा यथार्थरुपमा टंकप्रसाद आचार्यबाट लिखित ऐतिहासिक वृतान्त- -       -  टङ्कप्रसाद आचार्य '                              प्रजापरिषद्को आन्दोलनको क्रममा पाँचसय जति मानिसहरू पक्रिएका थिए । तिनमा प्रजापरिषद्का जम्मै सदस्यहरूको साथै श्री ५ त्रिभुवनका नवरत्न मण्डलीका सदस्यहरूसमेत गरी राणाहरूको विरुद्ध षड्यन्त्रमा लागेका दरबारभित्रका जागीरेहरू, सांस्कृतिक वा धार्मिक सुधारमा रुचि राख्ने मानिसहरू पनि परेका थिए । तिनीहरूमध्ये कोही एउटा पुस्तकालय वा स्कूल खोल्ने अभियोगमा समातिएका थिए भने एकजना सुन्न प्रतिबन्ध लगाइएको रेडियो सुन्ने गरेको र भारतमा छापिएका अखबारहरू पढ्ने गरेको अपराधमा पक्राउ परेको थियो । हामी प्रजापरिषद्का सदस्यहरूलाई पहिला त सिंहदरबार मूलढोका पस्नासाथ आउने दक्षिणी गारतमा थुनियो र पछि हामीलाई नवरत्न मण्डलीका केही सदस्यहरूसँगै स्कूलघरमा सारियो । स्कूलघरमा चन्द्रशमशेरका छोराहरूलाई शिक्षा दिनको लागि बनाइएको थियो । त्यसमा उनका नौ जना छोराहरूपिच्छे एकएकवटा कोठा थियो । २००७ सालपछि त्यही घरमा रेडियो नेपालको स्टेसन खोलियो । अरूहरूलाई चाहि फूटबल चौरमा (हाल गृहमन्त्रालय) गाडिइएका स्याना पालहरूमा राखियो । सबै ठाउँमा चौबीसै घण्टा कडा पहरा लागेको हुन्थ्यो । सुरुका पन्ध्र दिनसम्म त कति कडाइ गरियो भने एकै ठाउँमा राखिएका हामीहरूलाई पनि एक अर्कोसँग कुरा गर्न मनाही गरिएको थियो । सिंहदरबारको हाम्रो त्यो कोठामा चारजना पहरादार थिए । तिनीहरू पनि हामीसँगै आलोपालो गरी सुत्दथे । कम्तीमा एकजना रातभर जाग्राम बस्दथ्यो । म उड्न सक्तछु, अलप हुन सक्तछु रे भन्ने हल्ला फिजिएको थियो । राणाहरूको धाकरवाफ र हैकमलाई चुनौती दिनु भनेको यस्तो सोच्नै नसक्ने कुरा थियो कि कसैले त्यस्तो चरम निडरता देखाउँदछ भने उसमा कुनै कुनै चमत्कारिक शक्तिको सिद्धि छ भन्ने सोचिन्थ्यो । त्यसैले मलाई अत्यन्त कडाइ र निगरानीमा राखियो र दिसा–पिसाब गर्दा पनि दुई सङ्गीनधारी सिपाहीले समातेका हुन्थे । तर पछिपछि त जेलमा पहरादार सिपाहीहरूले पनि हामीप्रति सहानुभूति राख्नथाले र हामीलाई आफूसक्दो मद्दत गरिदिनथाले । तिनीहरू हामीलाई भेट्न आउने अफिसरहरूबारे अघिबाटै सूचना दिन्थे र हामीहरू आफूले फुकाएका नेल–हत्कडी आदि हत्तपत्त फेरि लगाएर बस्दथ्यौँ । यसरी तिनीहरूले हाम्रो त्यो चलाखी पत्तै पाउन सकेनन् । अनि पहरादारहरूले हामीहरूमाथि सहानुभूति राख्नाको पछिल्तिर दुइटा कारण थिए – एउटा त के भने हामी तिनीहरूलाई हाम्रो क्रान्तिको उद्देश्य तिमीहरूलगायत सबै नेपालीहरूको भलो गर्नु हो भनी बताउँदथ्यौँ र अर्को के भने राणाहरूले राजालाई पनि हामीहरूसँगै मुछेका थिए र सिपाहीहरू राजाका अनन्त्र्क्त थिए । सिंहदरबारमा हामीहरूमाथि मुद्दा चलाउँदै जाँदा राणाहरूले हामीमध्ये केहीलाई साह्रै निर्मम तरिकाले यातना दिए । तिनीहरू हाम्रो कुर्कुच्चामा बिजुलीको करेन्ट लगाइदिन्थे । हामीलाई वाक्वाक्ती हुन्थ्यो । तर, म रबडको तलुवा भएको कपडाको जुत्ता लगाउने हुनाले मलाई करेन्टको त्यत्ति विघ्न मार पर्दैनथ्यो (हाँसो) । रामहरि र मलाई केही पिटे–चुटे पनि गंगालाललाई चाहिँ तिनीहरूले निर्धातसँग चुट्दथे । हामीहरूलाई कटबाँसको फ्रेममा बाँधेर घोडाको कोर्राले पिट्दथे । हामीलाई पिटेर–यातना दिएर आफ्नो रिस पोख्ने ¤” अथवा यातनाकारीहरूलाई कडा स्वरमा झपार्दै भन्थे, “आज तिमीहरू हामीलाई चुट्लाउ, पिट्लाउ, सताउलाउ तर भोलि तिमीहरूलाई पनि यस्तै भोग्नुपर्ला ¤” ब्राह्मणलाई अरू ब्राह्मणले मात्र पट्नुपर्ने नियम चलेको हुँदा मलाई पिट्न राणाहरूले ब्राह्मण नै पाएनन् । यसै क्रममा एकदिन एउटा राणा अफिसरले मेरो जीउका नेल–हत्कडी आदितिर औँल्याएर व्यङ्ग्य गर्दै मलाई भन्यो– “बाजे, बडो तानामाना भिरिएछ नि त ?” मैले पनि जवाफमा भने “हो, मैले भिरेको छु । तिमीहरू राणा अत्याचारी शासक भएर त्यस्तो तानामाना भिर्छाै, हामी देशभक्त, प्रजातन्त्रका योद्धाहरू यस्तो तानामाना भिर्छौँ ।” जर्नेल शंकरशमशेरले प्रेमराज पौड्याललाई एकदिन यसो भनेछन्, “इजलासमा टङ्कप्रसाद भन्ने बाहुनलाई केरकार गरी उसको बयान त लिइरहेको छ तर उसलाई न त पैसाले लोभ्याउन सकिन्छ, न हामीले भन्याभन्या जस्तो गरी बयान दिन कर लगाउन सकिन्छ ।” डर भनेको के हो र कस्तो हुन्छ त्यो मलाई त्यतिबेला थाहा नै भएन । मैले मेरा मित्रहरू सिंहदरबारमा बहादुर, सुरा, प्रसन्नचित्त र उच्च मनोबलमा होलान् भन्ने आशा गरेको थिएँ । तर म त्यहाँ आइपुग्दा धेरैजसोको चेहरालाई निराशा र वित्यासको भावले गर्दा निन्याउरो देख्दा मुटु छियाछिया भयो । जीवराज, फणीन्द्रराज हमाल र ध्रुवनाथ दवाडीजस्ता जोशिला, हँसिला र फुर्तिला मानिसहरूले“टङ्कप्रसादजी, तपाईंले त हामीलाई बर्बाद गरिदिनुभयो” भन्दा मलाई सात तला अग्लो ठाउँबाट तल खँगारिएको जस्तो भयो । (ध्रुवनाथ पछि आफ्ना तीनभाइ छोराहरूसँगै अमेरिका गएर बसे ।) उनीहरूले प्रजापरिषद्को सदस्यतालाई च्यातच्यूत गरेर फालिदिइसकेका थिए । प्रजापरिषद्का कामहरू यति गोप्यतवरले गर्ने गरिएका हुन्थे कि आन्दोलनमा सम्मिलित भएका अनेक सक्रिय सदस्यहरूले पनि टङ्कप्रसादलाई आफैले देखेका थिएनन् । अनि उसको पत्याइनसक्नु साहसिलो व्यवहारले गर्दा उनीहरूले ऊ जीउडालको हिसाबबाट लरतरो नभएको मानिस हुनुपर्दछ भन्ठानेका थिए । (टङ्कप्रसादले यहाँ बताएका निराशाको कुरा सायद् उनको ज्यादै सानो कदलाई देख्दा उत्पन्न भएको पो हो कि?) तर, रामहरि, दशरथ चन्द, चूडाप्रसाद, गंगालाल, गोविन्दप्रसाद र गणेशमान आदि बडो बहादुर थिए र उनीहरूले आफ्नो चेहरा र मनमा कहिल्यै कुनै विषाद आउन दिएनन्, सधैँ प्रसन्नचित्त र हँसिलो रहन्थे र कस्तै विकट समयमा पनि आफ्नो जोश र स्फूर्तिलाई गिर्न दिएनन् । साँच्चासाँच्ची भनेको, हामीहरू सबै सिंहदरबारमा एकताबद्ध भएर आखिरीसम्म लड्दै गएका भए राणाहरूले हामी सबै जनालाई प्राणदण्ड दिनेथे र त्यसको लगत्तै पछि प्रजातन्त्र आउनेथ्यो । अहिले यस्तो जीवन बाँच्नमा के सार्थकता छ? त्यसबाट के नै उद्देश्य प्राप्ति हुन्छ र ? मैले बिहे गरेँ, छोराछोरी जन्माएँ, तिनीहरूको पनि बिहे गरिदिएँ, यति त हो नि¤ अहँ, यस्तो खालको जिन्दगी के जिन्दगी ?” कार्तिक १७ गते मलाई जर्नेल नरशमशेर समक्ष बयान दिन लगियो । उसले मलाई“राजा त्रिभुवन पनि तिमीहरूको संस्थामा संलग्न छन्, हैन ?” भनी सोध्यो । “अहँ, छैनन्” भनी मैले उत्तर दिएँ । “तँ होइन भन्छस्, तर हामीलाई धर्मभक्तको घरबाट जफत गरिएका कागजपत्रहरूबाट सबै कुरा थाहा भइसक्यो, बुझिस् ? अहिले जा, भोलि तेरो राम्ररी पूजा गरेपछि अनि तैँले थाहा पाउलास् ।” भोलिपल्ट मलाई सिँहदरबारको स्कूलघरको कौसीमा लगियो । त्यहाँ नरशमशेर पहिले नै आएर बसिसकेको रहेछ । उसले बिन्ती भावको स्वरमा सोध्यो–“यसमा अरू को–को छन्, भन ।” मैले भने– “सरकार भनेको समाजको मुटु हो । त्यसमा कीरा लागेपछि के हुन्छ ? देशको पैसा विदेशको बैङ्कमा रहने, यहाँ मानिस खान नपाउने, बोल्ने–लेख्ने स्वतन्त्रतासम्म नपाउने ? के हामी नागरिक होइनौँ ? हामीले नागरिक हक पाउनु पर्दछ ।” मैले यत्ति के भनेको थिएँ नरशमशेरले मेचबाट जुरुक्क उठेर मलाई एक झापड हिर्कायो । मैले भनेँ, “पिटेर राजकाज गर्ने जमाना गयो । पिट, जति पिट्न मन लाग्छ पिट ।” त्यसपछि नरशम्शेरले धर्मभक्तको बयान सुनाइ देऊ भनी त्यहाँ कागजपत्र लिइबसेका न्यायाधीश महेन्द्रबहादुर महतलाई अह्रायो । महत सुब्बाले धर्मभक्तको बयानको आदिदेखि अन्तसम्म सुनाए । अब मलाई सबै कुरा खुलिसकेछ भन्ने थाहा भयो । अनि, मैले कुरा लुकाउने कुनै अर्थ देखिनँ । त्यसपछि तिनीहरूले मेरो बयान लिन थाले । बीचबीचमा नरशम्शेर आउँदथ्यो र मलाई महेन्द्रविक्रमको नाम नलिनु है भन्दथे (उनैले हामीलाई कलकत्तामा डुप्लिकेटिङ्ग मेसिन किनिदिएका थिए) तर, गुञ्जायमानको पनि सहयोग थियो क्यारे, होइन” भनी उनलाई पोल्ने इसारा गर्दथ्यो । मैले भनेँ, “यसमा गुञ्जामानसँग हाम्रो कुनै सम्बन्ध छैन । काजीको छोरा, आफू पनि सरदार, उसले कसरी हामीलाई साथ दिन्छ ? नभएको कुरालाई हो भनेर म भन्दिनँ ।” उता चन्द्रशमशेरका छोरा शंकर शमशेर आएर “महेन्द्रविक्रम शाहले पर्चा छाप्ने मेसिन किनिदिएको होइन ? त्यो पनि लेखाउनु” भन्दथ्यो । (रामहरि शर्मालाई पनि यस्तै प्रकारको दबाब अनेक पटक दिइएको प्रसङ्ग उनी यस अनुवादकसँग यस पुस्तकको पारायण गर्दा बताउँछन्––अ.रि.) यसरी जुद्ध शमशेरका खलक र चन्द्रशमशेरको खलक आ–आफ्नो कूटनीतिअनुरूप त्यो मुद्दामा व्यक्तिविशेषलाई तान्न चाहन्थे भन्ने कुरा स्पष्ट हुन्छ । पछि, महत सुब्बाले पनि गुञ्जमानलाई पोल्न आफ्ना मालिक जुद्धशमशेरको इसारामा मलाई कर गर्न थाले । राणाहरूले पहिला त तिनका विरुद्ध वास्तवमा ब्राह्मण र क्षेत्रीहरू आफै लागेका होइनन्, नेवारहरूको लहैलहै र बहकाउमा लागेर र चलाखीमा परेर राणाहरूसँग बदला लिन नेवारहरूले रचेको षड्यन्त्रमा फसेका हुन् भन्ठानेका थिए । त्यसैकारण बयान लिने क्रममा महत सुब्बा यसो भन्ने गर्दथे,“कान्डमा लाग्न तपाईंहरूलाई भन्ने मानिसहरूको नाम मलाई भन्नोस् । तपाईँहरू नेवारहरूको चालमा फस्नुभएको हो भन्ने हामीलाई थाहा छ । तपाईंहरूलाई बराल्ने मान्छेको नाम मलाई भन्नुभयो भने तपाईंहरू सबैजना छुट्नुहुनेछ ।” यसरी तिनीहरू गुञ्जमान दोषी हुन् र उनको नाम हामी पोलौँ भनेर इसारा गर्दथे । एकपटक त उनले खुलस्तसँग नै भने, “होइन, तपाईंहरू उसको नाम लिन किन डराउनु भा ? गुञ्जमान पनि यसमा मुछिएका छन्, होइन त ? हामीलाई साँचोसाँचो भन्नोस् । साँचो बोल्नुभयो भने कसैले बिगार गर्न सक्तैन क्या, तपाईंहरूलाई । जे होस्, तपाईंहरूलाई नेवारहरूले भड्काएका हुन् भन्ने हामीले थाहा पाइसकेकै छौँ, त्यसैले तपाईंहरूले बताए पनि, नबताए पनि क्यै फरक पर्ने हैन, बुझ्नुभयो ?” मैले तिनीहरूलाई यस्तो कुरा साँचो होइन भनेर बारम्बार भनेँ । गुञ्जमान हाम्रो संस्थामा संलग्न छैनन् । हामीलाई कुनै नेवारले बरालेको होइन । मैले यो सबको लागि म नै एकमात्र जिम्मेवार छु भनेँ । तर तिनीहरू मेरो मुखबाट गुञ्जमानको नाम बकाउन लागिपरिरहे र उसको नाम पोल कि पोल भनेर बारम्बार दबाब पनि दिन थाले । मैले तिनीहरूलाई भनेँ, “तपाईंहरूले जे भने पनि, जे गरे पनि, म नभएको कुरा ज्यान गए पनि भन्ने होइन, बुझ्नुभयो ? प्रजापरिषद्सँगै कुनै सम्बन्ध–सरोकारै नभएकाहरूलाई हामीले मुछ्न के हाम्रो धर्म र इमानले दिन्छ ? तपाईंहरू आफूखुसी जे मनलाग्छ त्यै मेरो बयानमा लेख्नोस् तर म त्यसमा दस्तखत गर्ने होइन, क्यारे । बरु, यस्तो वाहियातलाई बिर्सेर म जे भन्छु, त्यही लेख्नुहोस् । म भएभरको साँचो कुरा बताइदिनेछु ।” मैले आफ्नो भन्नुपर्ने जति सबै भनिसकेपछि पनि तिनीहरूले भने “तपाईं जे भन्नोस् यी नेवारहरूले बदलाको भावना लिएर तपाईंहरूलाई बरालेकै हुन् । त्यही कुरा मान्नोस् र तपाईंहरू सबैजना छुट्नुहुनेछ ।” तिनीहरूले हरेकपटक आउँदै त्यसो भनेको सुन्दासुन्दा मलाई वाक्क लाग्यो र मैले तिनीहरूलाई झपार्दै भने, “म नै यो काण्डको लागि जिम्मेवार छु र मलाई यसमा सघाउने अरूहरू विचरा त प्रजातन्त्र भन्ने के चीज हो, त्यो पनि जान्दैनन् । मैले नै तिनीहरूलाई बरालेको हुँ । तिनीहरू आफू के गरिरहेका छन् र मेरो अभिप्राय के हो, केही जान्दैनन् । त्यसैले उनीहरू सबैलाई छाडिदिनोस् । अनि, जहाँसम्म नेवारहरूले बदला लिन खोजेको गुञ्जमान यसमा मुछिएका भन्ने कुरा छ, त्यो साँचो होइन । अब, मैले जे भन्या छु त्यही त्यही लेख्नुभएको छ भने ठीक छ, म त्यसमा दस्तखत गरिदिन्छु, नत्र भने आफूखुसी लेख्नोस् र आफै सही गर्नोस् । हामीहरूलाई सिँहदरबारमा तीन महिनासम्म राखियो । त्यस समत्र्रि नै हामीहरूमाथि मुद्दा चलाइयो । मुद्दामा हाम्रो पैरवी गर्ने कुनै वकिल थिएनन् । सरकारी अभियोक्ताहरूको रूपमा चार जना राणा कमान्डिङ्ग जर्नेलहरू थिए– एकजना पश्चिमतर्फका, दोस्रो पूर्वतर्फका, तेस्रो उत्तरतर्फका र चौथा दक्षिणतर्फका । तिनीहरूमध्ये एकजना जंगीलाठ हुन्थ्यो । हाम्रो बचाउ पक्षका वकिल हामी आफै थियौँ । त्यो कुनै अदालत थिएन, विशुद्धरूपमा फौजी अदालत थियो । कोर्टमार्सल गर्दा पनि त मानिसले आफ्नो वकिल राख्न पाउनुपर्दछ भने यहाँ त सरकारी अभियोक्ताहरूले चाहेबमोजिम काम हुन्थ्यो । हामीले जसरीतसरी भए पनि आफ्नो वकालत आफैले ग¥यौँ (हाँसो) । सबै कुरा कबुल गर्नु नै हाम्रो प्रतिरक्षाको ध्येय थियो । हामीले त केही कानुन उल्लङ्घन गरेका होइनौँ, हामीहरू त पूरै राणाशाहीको विरुद्ध छौँ र हामी त्यसलाई पल्टाएर फ्याँक्न चाहन्छौँ भन्यौँ । हामीलाई मुद्दाको फैसला सुनाइयो । हामीहरूमध्ये केहीलाई तीन वर्ष कैद, कसैलाई ६ वर्ष कैद, कसैलाई बाह्र त, कसैलाई अठार वर्ष कैद, कसैलाई जन्मकैद । हामीहरू ६ जनालाई (गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्री, रामहरि र मलाई) ज्यान सजाय सुनाइयो । अरूलाई विभिन्न रकम जरिवाना गरियो । हामीलाई डुप्लिकेटिङ्ग मेसिन किनिदिने महेन्द्रविक्रम शाहलाई पाँच सय रुपियाँ जरिवाना ठोकियो, तीन जनालाई पचास रुपियाँ र अट्ठाइस जनालाई जनही रु. दस जरिवाना ठोकियो । झ्यालखानमा कैद गरिएका बत्तीस जना व्यक्तिहरूमा आधाजति प्रजापरिषद्का सदस्य थिए । हाम्रो संस्थाको कुल सदस्य सङ्ख्या पच्चीस थियो । तर, कोही भारत भागेर गएका थिए भने कतिपयलाई कम्तीमा सोह्र वर्षसम्म काठमाडौँ नफर्किने गरी तिनको आ–आफ्ना गाउँमा धपाइएको थियो । दुईजना नाबालक १५ र १६ वर्षका मात्र भएकाले तिनीहरूलाई आफ्नो संरक्षणको जिम्मामा छाडिदिएको थियो । मेरो उमेर अट्ठाइस वर्ष थियो भने रामहरिको चौबीस, दशरथ चन्द र धर्मभक्तको एकतीस थियो भने गंगालालको एक्काइसमात्र । कैद पर्नेहरूमा विसं १९९२ सालतिर खुलेको महावीर स्कूलमा सामाजिक सुधारबारे पढाउने शिक्षकहरू पनि थिए । दस रुपियाँ जरिवाना ठोकिएकाहरूको रकमलाई बढाएर दस रुपियाँ र एक आना पारियो (एक आनामा रुपियाँको १६ औँ भाग हुन्थ्यो, जोड रकमलाई, खासगरी सुन्नमा टुङ्गिने अङ्कलाई अफाप ठानिने हुँदा रकमलाई बिजोडी पारेर बढाइएको हो ।) मुद्दाको फैसला सुनाइएपछि हामीहरू जेल जाने भयौँ र साथीहरूको ज्यान जाने भयो । भोलिपल्ट हामीहरूलाई जेलतर्फ हिँडाउने तरखर हुनथाल्यो । ज्यान सजाय पाएका मित्रहरूसँग अन्तिम भेट गर्न उनीहरूलाई राखेको कोठामा गयौँ । राणाहरूले रामहरि र मलाई किन ज्यानसजाय दिन सकेनन् भन्ने कुरा म पछि बताउनेछु । धर्मभक्तले “म देश र जनताको भलाइको निम्ति आफ्नो ज्यान अर्पण गर्दै छु, त्यसैले मृत्युसँग कत्ति पनि डर छैन” भने । हामीले उनलाई सान्त्वना दिँदै भन्यौँ, “नेपालको इतिहासमा तपाईँ अमर हुनुहुनेछ ।” दशरथ चन्द र गंगालाललाई एउटै कोठामा राखिएको थियो । उनीहरूसँग अँगालो मारेर बिदावारी भयौँ । यत्तिकैमा दशरथ चन्दले अङ्ग्रेजीमा भनेः The Nepal Praja Parishad is Our Life , As Long as the Nepal Praja Parishad remains, we remain, (अर्थात् नेपाल प्रजापरिषद् नै हाम्रो जीवन हो, जबसम्म नेपाल प्रजापरिषद् रहनेछ हामी पनि जीवित रहनेछौँ) । दशरथ चन्द पहरा दिने सिपाहीहरूले आफ्नो कुरा नबुझून् भनेर कहिलेकाहीँ अङ्ग्रेजीमा बोल्ने गर्दथे । फेरि उनले भने, “राणाशाहीको अन्त्य र प्रजातन्त्रको उदय तपाईंहरूले देख्नुहुनेछ ।” अनि गणेशमानले हामी सबैजनाको तर्फबाट बोल्दै भने, “हामी बाँचेका छौँ, धन्दा मान्नुपर्दैन । प्रजातन्त्र ल्याउनेछौँ ।” ज्यान सजाय पाएका मित्रहरूसँग अन्तिम भेट गरेपछि हामीलाई आ–आफ्नो गुन्टा बोकेर जेल लाग्न भनियो । हामीहरू कुनै पनि किसिमको दुःख, कष्ट तथा यातना सहन तयार थियौँ तर जाडोका लुगाफाटो, सिरक, डस्ना, पकाउने भाँडाहरू आदि हालिएका गुन्टाहरू बोक्न भने हामीलाई असह्य भएको थियो । हामीसँग त मालसामानलाई राम्ररी कस्ने–बाँध्ने डोरीसम्म पनि थिएनन् । यसरी सकी–नसकी सिंहदरबारको मूल पटाङ्गिनीसम्म पुग्यौँ । के कारणले हो कुन्नि हामीले धेरै बेरसम्म त्यहीँ थकाइ मार्ने मौका पायौँ । त्यसपछि फेरि हामीलाई छिटछिटो माल सामान बोकेर हिँड्नु भनियो । मलाई खपिनसक्नु भयो र मैले त्यो कुराको विरोध गरेँ । हो, हाम्रो गुन्टा गह्रौँ त थियो नै तर हाम्रो आपत्ति त्यसको वजनसित थिएन । हामीसित त्यसलाई दुई–तीनवटा पोकाहरू पारेर बाँध्ने कुनै उपाय नभएकोले गर्दा हामीले विरोध गरेका थियौँ । अहँ, म त आफैँ गुन्टासुन्टा बोक्न सक्तिनँ भनेँ । यसबारे राणा अधिकारीहरू र हाम्रोबीच निकै रन्कारन्की प¥यो । त्यसपछि फेरि तिनीहरूले हामीलाई धेरै बेरसम्म कुर्न लगाए– यी सब कुरा प्रधानमन्त्रीसम्म पु¥याउन र आवश्यक हुकुम पाउन होला । यत्तिकैमा तीन बजेको हुँदो हो, हामीलाई जेलतर्फ हिँडाइयो तर गुन्टा बोक्नुपरेन । हामीहरूलाई जेल लैजाँदा पनि जुलुसजस्तै गरी सबभन्दा अगाडि म, रामहरि, चुडाप्रसाद, गोविन्दप्रसाद, गणेशमान, पुष्करनाथ, बलबहादुर, चन्द्रमान, अनि हरिकृष्णलाई क्रम मिलाएर हिँडाइयो । सिंहदरबार र भद्रकाली वरिपरि मानिसहरू जम्मा भएर बस्न पाउँदैनथे । तर, त्यस्तो हुँदाहुँदै पनि बाटोमा निकै युवकहरू जोखिम उठाएर नै हामीलाई हेर्न जम्मा भएका रहेछन् । शुक्रराज शास्त्री हामीहरू पक्राउमा पर्नुभन्दा दुई वर्ष जतिअघि गिरफ्तार भएका थिए । उनी हाम्रो पार्टीका सदस्य थिएनन् । उनी त काठमाडौँको इन्द्रचोकमा भागवद्गीताको प्रवचन दिँदा पक्राउ परेका थिए । आफूलाई पक्रेपछि राणाहरूले आफ्ना शर्तहरूमा उनलाई गिरफ्तार गरेकोमा राणाशासनले सबभन्दा पहिला क्षमायाचना नगरुञ्जेल आफूले तिनका शर्तहरूलाई वास्तासम्म पनि नगर्ने भनी जवाफ पठाइदिए । शुक्रराज भारतमा गान्धीजीलाई भेट्न गएकाले राणाहरू उनीसँग सशङ्कित थिए । उनी त्यहाँको सुधारवादी हिन्दू संस्थासित सम्बद्ध भएकाले राणाहरू क्रुद्ध थिए । शोभा भगवतीस्थान पुगेर उनीहरू दुवैले सबभन्दा पहिला विष्णुमतीको पवित्र जलमा हातमुख धोए । सेचन गरेपछि माता भगवतीको दर्शन गर्न चाहे । दुईजना जल्लाद पोडेहरू समेत लिई त्यहाँ पुगेको जर्नेल नरशमशेरले हुन्न, पर्दैन भनेन । उनीहरूले माता भगवतीको अन्तिम दर्शन गर्दै प्रार्थना गरे, “माता, हामीले नेपाल माताको निम्ति केही काम ग¥यौँ, बत्ती बाल्यौँ, हामीले बालेको बत्ती ननिभोस् यही आशीर्वाद हामी पाऊँ ।” जेल लगिएको केही दिनपछि हामीले भद्रगोल जेलको २ नं को घरको माथिल्लो तलाको हाम्रो झ्यालबाट दक्षिणपट्टिको सडकमा मानिसहरूको आउनुजानु बढी भएको देख्यौँ । मध्याह्नतिर जेलको चौकीदार आएर हामीलाई गए राति शुक्रराज शास्त्रीलाई झुन्ड्याएर मारेको खबर सुनाइयो । खालि गीताका श्लोकहरू पढेर सुनाएको अभियोगमा उनलाई राणाशासनले १९९७ माघ १० गते राति त्रिपुरेश्वरबाट कालीमाटी जाने बाटोको बीचमा पर्ने पचली भन्ने ठाउँमा रुखमा झुन्ड्याएर मा¥यो । त्यस अघिसम्म पनि म राणाहरूसँग आवश्यक परेमा सीमित मात्रामा केही सम्झौता गर्ने मनस्थितिमा थिएँ तर तिनीहरूले शुक्रराजलाई झुन्ड्याएर मारेपछि म राणाशाहीको अन्त्य गर्ने हाम्रो मागमा कतै कुनै सम्झौता नगर्न दृढ प्रतिज्ञ भएँ । शुक्रराजलाई झुन्ड्याइएको दुई दिनपछि धर्मभक्तलाई सिफलमा झुन्ड्याइयो । गोविन्दप्रसाद उपाध्यायले यस घटनालाई आफ्नो अनुसन्धानको आधारमा ‘नेपालको प्रजातान्त्रिक इतिहास सन्दर्भ’ नामक पुस्तकमा यी शब्दहरूमा वर्णन गरेका छन्, ‘१९९७ साल माघ १२ गते दिउँसो धर्मभक्त माथेमालाई सिंहदरबार स्कूलबाट सेन्ट्रल जेल ल्याइयो । त्यसैदिन अपराह्न उनका नातेदारहरूलाई भेट्न आउनु भन्ने खबर राणाशासनले गरेको रहेछ तर उनका बाबु आदिभक्तलाई राणाशासनको अनुरोधमा अङ्ग्रेज सरकारले कलकत्तामा थुनिराखेको थियो । भाइहरू पनि उतै थिए । यहाँ उनका फुपूका छोरी सूर्यलक्ष्मीमात्र थिइन् । उनी र उनका टोलका केही उत्साही मित्रहरूमात्र जेलको ढोकामा पुगे । ‘धर्मभक्तलाई खुट्टामा नेल–सिक्री हाली र हातहरू पछिल्तिर फर्काई फलामे हत्कडी लगाई जेलको ठीक अघिल्तिर जगन्नाथ मन्दिरको सामु उनीहरूलाई भेट्न लगियो । सूर्यलक्ष्मीले “माफी मागेको भए छुट्छ भन्छन् किन माफी नमाग्नु भा ?” भनेर सोधिन् । धर्मभक्तले जवाफ दिए, “हामीले प्रजातन्त्र र राजाको निम्ति काम गरेको हो, हामीले के बिराएका छौँ र माफी माग्ने ?” यस्तो क्रुर शासकहरूसँग पनि माफी माग्छन् ? मैले देशको निम्ति ज्यान अर्पण गर्ने नै निश्चय गरेँ । भावी पुस्ताले यिनीहरूसँग मेरो मृत्युको बदला लिनेछन् । त्यसपछि पुनः बहिनीलाई उनले भने, “मैले तिमीलाई धेरै दुःख दिएँ । अब भोलिदेखि त्यो दुःख दिन्न है ।” यस्तो उद्गार उनले त्यस दिनसम्म आफू सिंहदरबारमा थुनिँदा बिहान–बेलुकी नै लगातार खाना बनाई पठाउने, लुगा धोइकन पठाउने आदि बहिनीको सेवालाई सम्झेर र दाजुलाई के पो हुने हो कि भन्ने बहिनीको चिन्तालाई बुझेर पोखेका हुन् । यत्तिकैमा भेट गर्ने समय सकियो भनी जेलको कप्तानले भनेपछि मलाई शरीर गलाउने र कमजोर बनाउने इन्जेक्सन बलजफ्ती दिइरहेका छन् तर धन्दा नमान्नु, अब सब चाँडै सकिने छ भनी धर्मभक्त बहादुरीसाथ जेलभित्र लागे । सूर्यलक्ष्मी र अरू भेट्न जानेहरू गहभरि आँसु लिई घर फर्के । सोही दिन बेलुकी ८ बजेदेखि नै डिल्लीबजार, ज्ञानेश्वरतिरका पसलहरू बन्द गर्नु भन्ने उर्दी दिइएको थियो । १० बजेपछि धर्मभक्तलाई लहरीमा राखी डिल्लीबजार हुँदै कमलपोखरीको चार दोबाटो पूर्व ज्ञानेश्वरबाट कालो पुल भई सिफलको उकालोमा लगियो । यसै सम्बन्धमा लप्टन कृष्णबहादुर थापा भन्दछन्, “त्यसै दिन राति ७ बजेतिर मैले २० जनाजति सिपाहीहरू लिई धोवीखोलाको कालोपुलपारि सिफलको उकालोमा रहेको ठूलो रुखमा फाँसीको डोरी तयार गर्न र त्यहाँ पु¥याइएको अभियुक्तलाई त्यसैमा झुन्ड्याउनु भन्ने आदेश पाएँ ।” म ९ बजेतिर २० जवान सिपाही र आवश्यक सामानहरू लिई त्यसतर्फ गएँ । राति ११ बजेतिर धर्मभक्तलाई केही सिपाहीहरूले लहरीमा राखी दुईजना पोडेसहित उक्त ठाउँमा ल्याइयो । उनले नीलो कमिज, सेतो सुरुवाल, ऊनी इस्टकोट लगाएका थिए । धर्मभक्तका दुवै हात पछाडिपट्टि लगी बाँधिएको थियो र आँखामा पनि पट्टी बाँधिएको थियो । त्यहाँ उनलाई पु¥याएपछि जर्नेल नरशमशेरले उनको आखिरी इच्छा के छ भनी सोधे । धर्मभक्तले “राणा सरकारको छिट्टै अन्त्य होस्” भन्ने मेरो इच्छा छ भने । त्यसपछि उल्लेखित रुखको दक्षिणतिर बढेको हाँगामा ठीक गरिएको फाँसीको डोरीमुनि लगाइएको पाक्व इँटको सानो गारोमा धर्मभक्तलाई उभ्याइयो र फाँसीको डोरी घाँटीमा हाली जमिनको गारो ढल्याइयो तर फाँसीको डोरी उल्टो परेकोले र उनको बलियो वजनदार शरीरले गर्दा रुखको हाँगो लच्किन पुग्यो र उनी गोडाले जमिन टेक्न पुगे । उनलाई पुनः झुन्ड्याउनका लागि दक्षिणतिरै बढेको अर्को हागाँमा फाँसीको डोरी हाली फेरि गारो उभ्याइयो । उनलाई झुन्ड्याउन उनी उभिएको गारो ढालियो । धर्मभक्त छटपटाए र उनको वजनले फाँसीको डोरी नै छिन्यो । फाँसीको डोरी फुकाल्न लाग्दा चाँडो फुकाउन सकिएन । नरशमशेर आत्तिएर छिटो गर भन्दै एक जम्कामा उक्त फाँसीको डोरी आफैँले चक्कुले काट्न खोज्दा हडबडमा धर्मभक्तको गालादेखि चिउँडोसम्म धारिलो चक्कुको टुप्पाले काटियो र डोरी पनि काटियो । यस्तो व्यवहारबाट धर्मभक्त रिसले आगो भएर आफ्नो नगिचै उभिएको नरशमशेरलाई एक लात हाने । नरशमशेर सम्हालिन नसकेर ५–६ फिट पर हुत्तिदै गएर लडे । त्यसपछि नरशमशेरले धर्मभक्तलाई चुट्ने आदेश दिए । त्यहाँ उभिएका त्यत्तिका सिपाहीहरूले धर्मभक्तलाई निर्घातसँग पिटे । यस पिटाइले धर्मभक्त मुर्छा परे । त्यसपछि उक्त रुखको पश्चिमपट्टि बढेको हाँगामा फेरि फाँसीको डोरी कसियो । अनि मुर्छा परेको धर्मभक्तलाई ८–९ जना सिपाहीहरूले उभ्याएर फाँसीको डोरी उनको घाँटीमा बाँधी तेस्रो पटक उनलाई झुन्ड्याइयो । यसरी माघ १३ गते बिहान पशुपतिनाथको दर्शन गर्न जाने मानिसहरूले धर्मभक्तलाई सिफलको उकालोको बकैनाको रुखमा झुन्ड्््याइएको देखे । तिनीहरूमध्ये एकजना प्रख्यात कवि भीमनिधि तिवारी पनि थिए । उनी लेख्दछन्, “त्यसरी झुन्ड्याइएका धर्मभक्तको घाँटी छड्के परेको, आधा आँखा चिम्लेको, मुखबाट रगत बगेको, गालादेखि चिउँडोसम्म काटिएको, रगतको धर्सो जमेको, माथितिर फर्काइएको कपाल, अलिअलि दाह्री, गोडाको टुप्पोले भुइँ छुनै–छुनै लागेको थियो ।” उनको छातीमा एउटा कागजको बोर्ड झुन्ड्याइएको थियो जसमा ‘संस्था खडा गरी दुनियाँ भड्काउने, पर्चा छरी हातहतियार खोजी हिँडी केही जम्मा गरी श्री ५, श्री ३ सरकार र रोलवाला जर्नेलहरूको गाथ बिताई राजकाजसमेत आफूले चलाउने उद्योग गरेको हुनाले यस्तो सजाय भयो भनी लेखिएको थियो । १९९७ साल माघ ६ गते आफूलाई ज्यान सजाय सुनाउँदा दशरथ चन्दले क्यै डरपिर मानेनन् बरु “ज्यान क्या चीज है” भनेर हलल्ल हाँस्दै राणाशाहीलाई लल्कारेका थिए । उनले भारतमा पढेका थिए र हामीसँग कुरा गर्दा पनि उनी अक्सर हिन्दीमै बोल्दथे । गंगालालले आफ्ना साथीहरूलाई जन्मकैद सुनाउँदा “जुद्धशमशरेको जन्मभर” भनी राणाहरूमाथि कटुव्यङ्ग्य प्रहार गरेका थिए । (उनको यस व्यङ्ग्यको अर्थ जुद्धशमशेरको पनि चाँडै नै हत्या गरिने छ भन्ने थियो ।) दशरथ चन्द र गंगालाललाई माघ १४ गतेसम्म सिंहदरबारमै राखियो । त्यहाँ राममाया भन्ने च्यामिनी उनीहरूको कोठा बढार्ने काम गर्दथिन् । दशरथ चन्दकी प्रेमिका जुलियाना पहिले नै पाल्पामा क्षयरोग लागेर मरिसकेकी थिइन् । आफूलाई मृत्युसजाय सुनाएको भोलिपल्ट राममायालाई बोलाएर दशरथ चन्दले भने, “राममाया, मेरा साथीहरू मारिएपछि उनीहरूको निम्ति रुने आफन्तहरू धेरै छन् तर मेरो निम्ति रोइदिने यस संसारमा कोही छैन । मलाई मारेपछि तिमी मलाई सम्झेर रोइदेऊ है ?” माघ १५ गते अबेर साँझ दशरथ चन्द र गंगालाललाई सैनिक पहरामा लहरीमा हाली प्याफलको बाटो गरी शोभा भगवतीतर्फ लगियो । आफ्नो घर नगिचै पुगेपछि गंगालालले आफ्नै धमै पत्नीलाई ‘हसिना हसिना’ भनी चर्को आवाजले बोलाए । ‘हसिना’ उनको जीवनको अति प्यारो शब्द थियो … सधैँ हँसिली, सधैँ प्रसन्नचित्त । गंगालालले त आफ्नी हसिनालाई सम्बोधन गर्दै कविताहरू पनि लेखेका थिए । शोभा भगवतीस्थान पुगेर उनीहरू दुवैले सबभन्दा पहिला विष्णुमतीको पवित्र जलमा हातमुख धोए । सेचन गरेपछि माता भगवतीको दर्शन गर्न चाहे । दुईजना जल्लाद पोडेहरू समेत लिई त्यहाँ पुगेको जर्नेल नरशमशेरले हुन्न, पर्दैन भनेन । उनीहरूले माता भगवतीको अन्तिम दर्शन गर्दै प्रार्थना गरे, “माता, हामीले नेपाल माताको निम्ति केही काम ग¥यौँ, बत्ती बाल्यौँ, हामीले बालेको बत्ती ननिभोस् यही आशीर्वाद हामी पाऊँ ।” उनीहरूलाई विष्णुमती र भाचाखुसीको दोभानमा एकै ठाउँमा गाडिएका बाँसहरूतिर लगियो । त्यहाँ दशरथ चन्दलाई उत्तरतिर र गंगालाललाई पश्चिमतिर फर्काएर बाँधियो । त्यसपछि नरशमशेरले दशरथ चन्दलाई अन्तिम इच्छा के छ भनी सोध्यो । दशरथ चन्दले“राणाशासनको अन्त्य भएको र प्रजातन्त्र कायम भएको हेर्ने इच्छा छ” भनी जवाफ दिए । त्यसपछि नरशमशेरले गंगालाललाई माफी माग भन्यो । गंगालालले “किन माफी माग्ने ?” मैले माफी माग्नुपर्ने के काम गरेको छु र हँ ? बरु, राणाशाहीजस्तो कसाहीले गरेको अत्याचारको निम्ति हामीसँग माफी माग” भनी जवाफ दिए । यस्तो जवाफ पाउँदा नरशमशेरको मुखमा थुक सुक्यो, नाकमुख खुम्चियो र ऊ क्यै बोल्न नसकी चुप लाग्यो । अनि अब पहिले गोली को खाने भनी दशरथ चन्द र गंगालालका बीच कुरा भयो । दशरथ पहिले गंगालाललाई र त्यसपछि आफूलाई गोली हानियोस् भन्ने चाहन्थे तर नरशमशेर, जेठाबाठा, दशरथ चन्दलाई गोली हानेर गंगालाललाई माफी माग्न लगाई नैतिक पतन भएको सिद्धान्तच्युत गराएको कुरा दुनियाँमा प्रचार गरी राणाशाहीको नाम ठाडो राख्न चाहन्थ्यो । नरशमशेरलाई उसको बाजे जुद्धशमशेर र बाबु हजुरिया जर्नेल बहादुरशमशेरको यही निर्देशन हुँदो हो । यो कुराको दशरथ चन्दले पहिले नै अनुमान लगाइसकेका थिए । दशरथ चन्दले पहिले गंगालाललाई गोली हान्न अनि उनलाई हान्न तिनीहरूसँग अनुरोध गरे । दशरथ चन्दको मनको कुरा बुझेर गंगालालले भने, “दाइ, तपाईँ ढुक्क हुनुहोस्, म माफी माग्दिनँ । कुनै हालतमा पनि माफी माग्दिनँ ।” दशरथ चन्द र गंगालाललाई गोली हानेर मार्न भनी कैयौँ दिनदेखि दुई बलिया पोडेहरूलाई पेस्तोल हान्न सिकाइएको थियो । त्यसदिन तिनीहरूलाई प्रशस्त रक्सी ख्वाएर ल्याइएको थियो र तिनीहरू बेसुरै थिए । एउटा पोडेलाई दशरथ चन्दको घुँडामा गोली हान्न अह्राइयो । त्यसले नगिचै आएर हान्यो । दशरथले पीडा ओठ टम्म गरे, तर दुखेको आवाज झिकेनन् । बरु उनले‘राणाशाही मुर्दावाद’ भनी नारा लगाए । गंगालालले पनि त्यो नारा दोहो¥याए । त्यो निस्तब्ध मध्यरातमा ‘राणाशाही मुर्दावाद’ को नारा घन्कियो । नरशमशेर रिसले बहुलाजस्तो भयो र त्यही पोडेलाई दशरथको तिघ्रामा गोली हान्न अह्रायो । त्यसले नगिचै गएर तिघ्रामा गोली हान्यो । अब पीडा सही नसक्नु भयो र दशरथ चन्द छटपटाउन थाले । त्यो राक्षसी अत्याचार देखेर गंगालालले खप्न सकेनन् र कराए ‘सक्छस् भने तेरो बाबुलाई एउटै गोली हानेर मार न ।” त्यस्तो आवाज सुनेपछि नरशमशेरले रिसले काँप्दै आफैँले गंगालालको घुँडामा गोली हान्यो । यसले गंगालाललाई कुनै असर परेन । गंगालालले नरशमशेरलाई, “तँ अत्याचारी क्रुर बजिया” भनी गाली गरे । अब दशरथलाई उनको कोखामा तेस्रो गोली हान्न त्यही पोडेलाई अह्राइयो । त्यसले नगिचै आएर कोखामा गोली हान्यो । यस्तो निर्मम दृश्य देखाएर नरशमशेरलाई गाली गर्न थाले । अब नरशमशेरले गंगालालको घुँडाको जोर्नीभन्दा अलि तल दोस्रो गोली हान्यो । उता दशरथ चन्द छटपटाइरहेका थिए । केही समयपछि त्यही पोडेले दशरथ चन्दको छातीमा चौथो गोली हान्यो । यसरी राणाशाहीको चार गोली खाएर दशरथ चन्द नेपालका प्रातः स्मरणीय सहिद भए । त्यसपछि फेरि नरशमशेरले गंगालालको तिघ्रामा तेस्रो गोली हान्यो । गंगालाल छटपटाउन थाले । यो सबै अत्याचारको दृश्यलाई वाल्ल परेर हेरिरहेको दोस्रो पोडेलाई गंगालाललाई आखिरी गोली हान्न अह्राइयो । त्यो पोडेले गोली हान्न मानेन र घ्वाँघ्वाँ गरेर रुन थाल्यो । त्यसपछि उसलाई फकाईफुल्याई गर्न थाले तैपनि त्यसले गोली हान्न मानेन । तिनीहरूले कति कोशिश गर्दा पनि केही लागेन । त्यसपछि पहिलो पोडेलाई नै यो क्रुर काम गर्न अह्राइयो । तर, त्यसले पनि आनाकानी गर्दै नगिचबाट गोली हान्न असम्भव छ र टाढाबाट हानेको गोली लाग्न सक्तैन भनेर गोली हान्न मानेन । गोलीकाण्डको यो नृशंस दृश्य देखेर त्यो पोडे आफैँ कामिरहेको थियो । नरशमशेरले त्यसलाई फकाई छाड्यो र टाढैबाट गोली हान्न अँगालो हाली पेस्तोल समाउन पनि आफैँले मद्दत ग¥यो । एकपछि अर्को गरी दुइटा गोली छुटे जुन क्रमशः गंगालालको पेट र कोखामा लाग्न पुगे । यसरी पाँच गोली खाएर गंगालाल सहिद भए । यसप्रकार धर्मभक्तलाई झुन्ड्याएको दुई दिनपछि तिनीहरूले गंगालाल तथा दशरथ चन्दलाई गोली हानेर मारे । अर्को व्यक्ति, नायवसुुब्बा पूर्णनारायण प्रधानलाई आखिरी बेलामा जुद्धशमशेरको हुकुमले ज्यानसजायबाट फुकुवा गरियो । उनी हाम्रो पार्टीका सदस्य थिएनन् । कसैले भनेको उनको अपराध के थियो भने उनीसँग त्यतिबेला घरमा राख्न प्रतिबन्ध लगाइएको रेडियो थियो रे, उनी त्यसबाट खबर सुन्थे रे ! उनलाई टुँडिखेलको रुखमा झुन्ड्याउने डोरी तयार थियो, गारो पनि उठाइसकिएको थियो तर त्यही बेला प्रधानमन्त्री जुद्धशमशेर त्यही बाटोबाट जानलाग्दा रुखनिर केको भीड भनी सोधेछन् । त्यसपछि पूूर्णनारायण प्रधानको ज्यानसजायलाई जन्मकैदमा सारिदिए । त्रिभुवनलाई पनि सिंहदरबारको मुद्दामा ल्याइयो । उनका दुई पुत्र हिमालय तथा बसुन्धरा पनि आफ्ना पिताका साथ भए । कोही महेन्द्र पनि साथै थिए भन्दछन् तर यतिञ्जेल हामीलाई त त्यहाँ त्रिभुवन, हिमालय तथा बसुन्धरामात्र भएको लाग्दछ । राणाहरूले त महेन्द्रलाई सुरुदेखि नै आफ्नो पक्षमा तान्ने कोशिश गरेका थिए । राणाहरूले त त्यही कारणबाट महेन्द्रका सबै सहायक र कर्मचारीहरूमा आफ्नै नातेदार र मान्छेहरूलाई राखेका थिए । राजा त्रिभुवन राणा खलकसँग बिहेवारी सम्बन्ध राख्न पटक्कै चाहन्नथे तर राणाहरूले त्यसका लागि अड्डी लिएको लियै गरे । आखिरमा त्रिभुवनको केही लागेन र जुद्धशमशेरको माहिला छोरा जर्नेल हरिशमशेरकी जेठी छोरी इन्द्रराज्यलक्ष्मीको बिहे महेन्द्रसँग भयो । इन्द्रराज्यलक्ष्मीको मृत्यु भएपछि महेन्द्रले २००८ सालमा आफ्नै साली रत्नराज्यलक्ष्मीसँग बिहे गरे । यो कत्तिको साँचो हो, म ठोकेर भन्न त सक्तिनँ तर राणाहरूको बसुन्धारासँग झगडा परेको थियो भन्ने सुनेको हुँ । हाम्रो मुद्दामा पनि राणाहरू त्रिभुवन र उनका दुई भाइ–छोरा हिमालय तथा बसुन्धारालाई डाँडो कटाएर गोर्खा धपाउने र महेन्द्रलाई श्री ५ बनाउने तरखरमा थिए । उनीहरूलाई सिंहदरबारमा ल्याएर राति ९–९ बजेसम्म नजरबन्द गरियो भन्ने कुरा हामीले पछि हामीलाई पहरा दिने सिपाहीहरूबाट सुन्यौँ । सोही दिन राति साढे ८ बजेतिर बेलायतका राजदूत सर जियोफ्रे बेथाम काठमाडौँ आइपुगे । राणाहरूले त्रिभुवनलाई काठमाडौँबाट धपाउनेबारे उनीसँग सल्लाह गरे । ती अङ्ग्रेज अधिकारी यो योजनासहित सहमत भएनन् । भारतमा तैनाथ गोरखा फौजहरूले राजामाथि यस्तो दुव्र्यवहार भएको सुने भने त फौजमा विद्रोह नै हुने डर राजदूतले राणाहरूलाई सुनाए । त्यसैकारण त्रिभुवनलाई गद्दीच्युत गर्ने कुरा त परै जाओस् राजधानी बाहिर धपाउनु पनि हुँदैन भन्ने उनले सल्लाह दिए । धेरै पछि मैले त्रिभुवनसँग यसबारे सोधेँ, “सरकारलाई गोर्खा धपाउन राणाहरूले पक्का गरेका थिए भने सरकारलाई किन धपाएनन् त ?” अनि उनले बेलायतको राजदूतको आगमनको कुरा बताए । यसरी त्रिभुवन निष्काशनबाट जोगिए । यही वार्ताको क्रममा उनले भने, “टङ्कप्रसादजी, तपाईँ यतिका वर्षसम्म जेल पर्नुभयो तर मैले पनि त कम्ता दुःख, कष्ट पाइन नि ¤ हेर्नोस्, मलाई आफ्नै दरबारका कोठामा नजरबन्द गरेर राखिएको थियो । बडामहारानीहरूले नै हामीहरू सबैको लागि बिहान–बेलुकीको भात र खाजाहरू पकाउनुपर्दथ्यो ।” त्रिभुवले हामीलाई साँच्चि नै ठूलो समर्थन दिएका हुन् । माघ १५ गतेका दिन रामहरि र मलाई फेरि सिंहदरबार बग्गीखाना हाजिर गराइयो । त्यसबीच राणाहरूले हाम्रा साथीहरूलाई फाँसी दिइसकेका र गोली हानेर मारिसकेका थिए । हामीहरू संस्थाको नेता भएकोले हाम्रो पनि ज्यान सजाय लिने तय भइसकेको थियो । तर, रामहरि र म ब्राह्मण थियौँ, त्यसैकारण राणाहरूले हामीलाई सुनाइएको ज्यान सजाय लागू गर्न सकेनन् । मनुस्मृतिमा बाह्मणलाई ज्यान सजाय दिनुहुन्न भनेर लेखिएको छ । ब्राह्मण हत्या त्यस समयमा सबभन्दा ठूलो पाप ठानिने भएकोले बाह्मणलाई जात–च्युत गरेर देशबाट धपाइदिनु नै उसलाई दिनसकिने कठोरतम दण्डसजाय हो भनेर मुलुकी ऐनमा किटान गरिएको छ । राणाहरूले हाम्रो गतिविधिलाई कत्रो ठूलो अपराध ठानेका थिए भन्ने देखाउनलाई तिनीहरूले हामीलाई ज्यानसजाय दिन सक्दथे तर त्यो लागु गर्न सकेनन् । जात लिने अर्थात् जातबाट च्युत गर्ने पद्धति यस्तो थियोः पहिला त हाम्रो टाउकोलाई चारपाटे मुडियो, यसो गर्दा टुपी पनि खौरी दिइयो, त्यसपछि चारै पाटामा चारवटा बेग्लाबेग्लै रङ्गहरू पोतिए । रङ्ग पोत्नाको खास कुनै माने थिएन, खालि हाम्रो बेइज्जती गर्न यसो गरिएको थियो । त्यसपछि हाम्रो जनै फुकालिदिइयो । ब्राह्मणले सधैँभरि जनैरुपी पवित्र डोरी लगाउनैपर्दछ । अतः हामी फेरि जेल फर्केर आएपछि घरबाट जनै पठाइदिए र हामीले फेरि जनै लगायौँ । हामीलाई सुँगुर बोकाएर लैजान खोजिएको थियो क्यारे, तर किन हो कुन्नि, तिनीहरूले त्यसो गर्न लगाएनन् । आखिर, राणाहरूको सनकको न कुरा हो । तिनीहरूले हाम्रो अरू मानमर्दन गर्नका लागि हामीलाई चारपाटे मोडेर नेल–हत्कडीले बाँधेर सहर घुमाउने योजना बनाएका थिए तर त्यो पनि तिनीहरूले आँट गर्न सकेनन् । त्यस्तो अवस्थामा हामीलाई देख्दा जनता राणाहरूसँग क्रुद्ध हुने डरले गर्दा हामीलाई सिंहदरबारबाट जेल लैजाँदा टुँडिखेलमा कवाज खेल्न लगाइयो र त्यतिबेला त्यहाँ वरिपरि कसैलाई आउन–जान दिइएन । अनि हामीलाई शरीरको नेल–हत्कडी छन्द्राङ्ग–छन्द्राङ्ग बजाउँदै हिँडाएर सिंहदरबारबाट जेल फर्काइयो । दुःखको कुरा, राणाहरूले हामीलाई देश निकाला गर्ने सजाय पनि दिएनन् । हामीलाई देश निकाला ग¥यो भने त हामीले झन् भारतबाट राणाहरूको विरुद्ध काम गर्ने सुवर्ण अवसर पाउने डर तिनीहरूलाई भयो(हाँसो) । त्यसको साटो तिनीहरूले हामीलाई झ्यालखानमा कोचे । यसको साथै राणाशासनले हाम्रो निजी सम्पत्तिमात्र होइन, अंशसमेत सर्वस्व हरण ग¥यो । यस सर्वस्वमा मेरो सिफलको घर र त्यसको चर्चेको जमिन पनि प¥यो । राणाहरू बीचबीचमा आफ्ना मान्छेहरू हामीकहाँ पठाएर माफी मागेमा पूरै क्षमादान पाइन्छ भन्न लगाउँदथे । तर, हामी तिनीहरूको प्रस्तावलाई लत्याइदिन्थ्यौँ । हामीले माफी किन माग्ने हँ ? गल्ती राणाहरूको हो र हामी ठीक बाटोमा छौँ भने हामीले क्षमायाचना किन गर्ने हँ ? ल, हामीले माफी माग्नेथ्यौँ होला । तर, तिनीहरूले हाम्रै अघिल्तिर जसो शुक्रराज शास्त्रीलाई फाँसी दिएपछि त हाम्रो रगत यस्तरी उम्ल्यो कि हामीले माफी मागेर राणाहरूसँग सम्झौता कहिल्यै नगर्ने किरिया खायौँ । रामहरि, गोविन्दप्रसाद, चुडाप्रसाद र मगरी हामी चारजना सँगै बस्यौँ र हामीले जेलमा सडेर मर्नै प¥यो भने पनि राणाहरूसँग कहिल्यै माफी नमाग्ने सङ्कल्प ग¥यौँ । पछि हामीले त्यस्तै आचरण गरेकोमा ठूलो खुसी मनायौँ । हामीले बिनाशर्त रिहाइबाहेक अरू कुनै शर्त नमान्ने वचन दियौँ । एकपटक राणाहरूले रामहरिलाई रिहा गर्न खोजे तर उनले जीउमा फेरि सिक्री बाँधे र जेल छाडेर जान अस्वीकार गरे । हामीले जेलमा १०–१० वर्ष गोडामा फलामे नेल बाँधेरै काट्यौँ ।) अनि दस वर्षपछि हामीलाई विनाशर्त रिहा नगरिकन सुख्खै पाएनन् । तर, जेल जाँदा (राणाशाही यति छिट्टै ढल्ला भन्ने सोचेका पनि थिएनौँ ।' -टङ्कप्रसाद आचार्य स्रोतः ज्युँदा सहिदहरू

Wednesday, January 20, 2021

चन्द्रवंशी राजाहरूको अलिखित इतिहास

 


(साभार-डा. माधवप्रसाद पोखरेल, अन्नपुर्ण पोष्ट ३१ साउन २०७६ बाट)


नेपालका चन्द्रवंशी राजाहरूको वंशावली र धेरै छेत्री–बाहुनको वंशावली हेर्दा तिनीहरू एउटै बाबुका सन्तान हुन् भन्ने प्रस्ट देखिन्छ।        अत्रि र आत्रेय गोत्र हुने नेपाली राजा प्रजाााााााहरुको बंशावलीहरू भिडाउँदा अत्रि गोत्र र आत्रेय गोत्र हुने सबै नेपालीहरू अनि ३४ ओटा बाइसी चौबिसी राज्यका ‘चन्द्रवंशी’ राजाहरू एउटै बाबुका सन्तान देखिन्छन्।

क. ‘सेती अञ्चलको दिग्दर्शन’ भन्ने किताब (पृष्ठ ३.१) मा पूर्ण प्रकाश नेपाल ‘यात्री’ले यी चन्द्रवंशीहरू अनेक जात (बाहुन, छेत्री, खस ठकुरी, नेवार, मगर, सन्यासी, कामी, दमाई, सार्की, दराई, राजी, गाइने, माझी, आदि) मा र अनेक थर र अनेक गोत्रमा विभाजित भएका पाइन्छन् भन्ने लेखेका छन्।


ख. डा. राजाराम सुवेदीले लेखेका बाइसी (कर्णाली प्रदेशको मध्यकालीन इतिहास, १३६ (१३७) चौबिसी राज्यका इतिहास अनुसार तेत्तिस चौँतिस ओटा बाइसी चौबिसी राज्य (दुल्लु, दैलेख, जुम्ला, खाँडाचक्र, रुकुम, जाजरकोट, सल्यान, गोताम, मुसिकोट, बाँफी, सान्नी, जहारी, अछाम, फलाबाङ, धुलिकोट, झ्याकोट, माल्नेटा, गल्कोट, दार्मा, दाङ, छिल्ली, दुनै, गजुल, थलारा, बझाङ, रास्कोट, डोटी, प्युठान, आदि) का राजाहरू मलय बमका सन्तान देखिन्छन् र एउटै बाबुका सन्तान ती सबैजसो अत्रि र आत्रेय गोत्रमा बाँडिएका पाइन्छन्।


ग. मैले अध्ययन गरेका त्यस्ता चन्द्रवंशी राजाहरूका वंशावलीमा अत्रि र आत्रेय गोत्र हुने छेत्री (बगाले थापा), बाहुन (पानी पोखरेल, गोतामे)का वंशावली भिडाउँदा पनि काशीदास पछाडि दश पुस्ता धेरैजसो खुरुखुरु मिलेको पाएको छु।


घ. मोहन बहादुर मल्ल (‘सिजा इतिहासको डोरेटो’, २.३३:३६) को विश्लेषण अनुसार देवचन्द्र समाल (१३८४—१३८६) आदित्य मल्ल (१३५६—१३८४) का ज्वाइँ काशीदास (१३६४—१३८४) का छोरा, ‘गजेभीम’ (अर्थात्, राजा गगनिराज, १४१७) काशीदासका नाति र मलय बम (१४२९—१४३५) काशीदासका पनाति देखिन आउँछन् अनि बाइसी चौबिसी राज्यका सबैजसो राजाहरू मलय बमका सन्तान देखिन्छन्।


चन्द्र वंश, अत्रि गोत्र र आत्रेय गोत्र


नेपालका वंशावलीहरूमा एउटै व्यक्ति (काशीदास) का सन्तानहरू मध्ये राजाहरूले चाहिँ आफुलाई चन्द्रवंशी (पर्वतका मल्ल राजा, कुमाउँका चन्द), अथवा सोमवंशी, अथवा बुधवंशी (गोपाल राजवंशावली अनुसार जयस्थिति मल्ल, मोहन बहादुर मल्ल, २.३३: ४०—४१) भनेको पाइन्छ भने, अरु छेत्री (बगाले थापा, कालिकोटे खँड्का) बाहुनहरूले चाहिँ आफुलाई अत्रि (गोतामे, खतिवडा, चापागाईँ, ओझा, आदि) अथवा आत्रेयगोत्री (जस्तै, पानी पोखरेल, पौडेल) मात्र भनेको पाइन्छ।


क. वंशावली बनाउनेहरूमा आफुलाई पुराणका देउता अथवा ऋषिमुनिका वंशज घोषित गर्ने चलन हुन्छ, त्यसैले प्रमाणित गर्न नसकिने भए पनि काशीदासका नेपाली सन्तानहरूमा पनि यस्तो प्रवृत्ति पाइन्छ।


ख. पुराण अनुसार चन्द्रमा अत्रि ऋषिका जेठा छोरा भएकाले चन्द्रमा अत्रि गोत्रका आत्रेय हुन्। यसै कारणले आफुलाई अत्रि गोत्र भन्नेहरू पनि अत्रि ऋषि त होइनन् नि, त्यसैले ‘आत्रेय’ (अर्थात्, अत्रिका सन्तान) नै हुन्। यसैले चन्द्रवंशी भन्नु, आत्रेय भन्नु र अत्रि गोत्रको भन्नु एउटै कुरो हो।


ग. यस प्रमाणका आधारमा एउटै बाबु (काशीदास)का सन्तानले आफुलाई आत्रेय गोत्र हुने र अत्रि गोत्र हुने भनेर दुवै किसिमले चिनाएको पाइन्छ।


घ. देउता र ऋषिसित आफ्नो वंश जोड्ने यस्तो मोहले गर्दा वंशावलीहरूमा रमाइलो के पाइन्छ भने काशीदासकै वंशज अरु राजाहरूले आफुलाई चन्द्रवंशी घोषित गरे पनि जाजरकोटे राजा (विश्वनाथ भट्टराई, २०३१) हरूले चाहिँ आफूलाई सूर्यवंशी घोषित गरेको पाइन्छ।


कन्नौजसँग चन्द्रवंशी राजाहरूको साइनो


नेपालका सबै अत्रि र आत्रेय गोत्र हुने बाहुन छेत्री र चन्द्रवंशी राजाहरूको वंशावली कन्नौज (कान्यकुब्ज) सँग जोडिन्छ। भारतको उत्तर प्रदेश राज्यमा गङ्गा किनार पर्ने कन्नौज नैमिषारण्य (नेमसर) नजिकैको प्राचीन सहर हो।


क. मुसलमानहरूको आक्रमण (मु. गजनी १०१८(१९ इ०, मु० गोरी ११९४, अलाउद्दिन खिल्जी १३०३) भन्दा अगाडि पनि बङ्गालका पालहरू (आठौँ–नवौँ शताब्दी) ले, आफुलाई सूर्यवंशी घोषित गर्ने गुर्जर प्रतिहारवंशी राजाहरूले अनि चन्द्रवंशी ‘राष्ट्रकूट’, ‘राठौड’, ‘राइठोर’ अथवा ‘गाहडवाल’ (१२ औँ शताब्दी) राजपुतहरूले कन्नौजमा आफ्नो आधिपत्य जमाए।


ख. एघारौँ शताब्दीमा मु० गजनीले कन्नौजबाट गुर्जर प्रतिहारवंशी राजाहरूलाई धपाए, १२ औँ शताब्दी (११९४ इ.) मा मु० गोरीले गाहडवाल वंशको अन्त्य गरे भने १४ औँ शताब्दी (१३०३ इ.) मा अलाउद्दिन खिल्जीले काशीदास पाध्याका बाबु मठिमल्ल राइठोरलाई मारे (सच्चिदानन्द भट्टाचार्य, ‘भारतीय इतिहास कोश’, १९६७ इ.)।


ग. कन्नौज हत्याउने सूर्यवंशी गुर्जर प्रतिहारहरू पनि, चन्द्रवंशी गाहडवाल राइठोरहरू पनि जब जब कन्नौजबाट विस्थापित भएछन्, तब तब मानसरोवर जाने बाटो समातेर दुल्लु र जुम्ला हुँदै पश्चिम तिब्बत पुगेछन् भन्ने अड्कल गर्न सकिन्छ, किन भने सूर्यवंशी गुर्जर प्रतिहारहरूको थर पनि अन्त तिर पाल भई सकेको थियो। जुम्लाका राजा पुण्य मल्ल पनि जन्मिँदा सूर्यवंशी पाल नै थिए।


घ. मु. गजनीले हराए पनि कन्नौजबाट गुर्जर प्रतिहारहरूलाई गाहडवालवंशी राठोडहरूले विस्थापित गरे। त्यस्तै, मु. गोरीले चन्द्रवंशी गाहडवालका शासक जयचन्द्रलाई मारे पनि १४ औँ शताब्दीमा अलाउद्दिन खिल्जीले मठिमल राठोडलाई मारेर राठोडहरूलाई ‘शर्मा पाध्य’ थर लिन बाध्य बनाए पछि ती सबै मानसरोवर जाने बाटो समातेर जुम्ला नै पुगेछन् भन्ने देखिन्छ।


ङ. ठिक्क एघारौँ शताब्दीको मध्य तिर पश्चिम तिब्बतमा लाङ्दार्माका सन्तानहरूबाट ‘पाल’ थर भएका भारतीय शासकहरूले शासन हत्याउँछन् (जिउसेप्पे टुची, ‘नेपाल : द डिस्कभरी अफ द मल्ल’, १९६० इ.)। सम्भवतः ती शासकहरू मु. गजनीले हराएका गुर्जर प्रतिहारवंशी राजा नै थिए।


च. त्यस्तै १२ औँ शताब्दी र १४ औँ शताब्दीमा क्रमशः मु. गोरी र अलाउद्दिन खिल्जीबाट युद्ध हारेका चन्द्रवंशी राजपुतहरू पनि सम्भवतः पृथ्वी मल्लको शेष पछि बाइसी चौबिसी राज्य हत्याउन सफल भएछन् भन्ने अड्कल गर्न सकिन्छ (डा. रामनिवास पाण्डेय, ‘मेकिङ अफ मोडर्न नेपाल’, १९९७ इ०)।


पानी पोखरेलको वंशावलीका सूचनामा आत्रेय गोत्र हुने पानी पोखरेलका वंशावली (कृष्णचन्द्र पोखरेल, २०४२) को परिशिष्ट (पृष्ठ ६५४) मा के लेखिएको छ भने,

क. पानी पोखरेलका पुर्खा काशीदास जोशीका कुल देवता मस्ट थिए,

ख. काशीदासले सबै विद्या (षट् शास्त्र) पढेका थिए, जस मध्ये ‘भास्वती’ भन्ने ज्योतिष ग्रन्थ पनि पथ्र्यो।

ग. काशीदास गङ्गा किनारको कन्नौज र हरियाणाका बाहुन थिए।

घ. कन्नौजबाट काशीदास म्लेच्छहरूका पिरले दुल्लेश्वर (दुल्लु) आए।

ङ. दुल्लेश्वर (दुल्लुका राजा) ले काशीदासलाई बोलाएर सम्मान दिए। काशीदासले राजाका अगाडि केही चमत्कार गरेर देखाई दिए : (अ) उनले ज्वाला प्रकट गराई दिए। उनको त्यो चमत्कार देखेर राजाले उनलाई प्रतिष्ठा दिए अनि दुइटा पोखरी खनाए। काशीदासले ती दुइटा पोखरी मध्ये एउटालाई दुधले, अर्कालाई पानीले भरी दिए। (ज) त्यो चमत्कार देखेर राजाले उनलाई ‘पोख‍र्‍याल’ थर दिए।


च. वंशावलीमा काशीदासबाट उनका सन्तान दरसन्तानको १३ पुस्ते नामावली (कासीदास, विसनदास, देउदास, ब्रह्मदास, देवाकर, स्यवाकर १, श्रीकर, इन्दीकर, उदयानन्द, भास्कर, स्यवाकर २, रघुनन्दन, निबु) आउँछ। पानी पोखरेलको वंशावलीमा देखिने काशीदास पछाडिका दश पुस्ता सम्म पाइने यी नामहरू नेपालका चन्द्रवंशी राजाहरूका धेरैजसो वंशावलीसँग खुरुखुरु मिल्छन्।


छ. पानी पोखरेलको वंशावलीमा नै के देखिन्छ भने अत्रि गोत्र हुने गोतामेहरू, आत्रेय गोत्र हुने पोखरेलहरू र समाल ठकुरीहरू काशीदासका सन्तान ‘निबु’ नाम गरेका एउटै व्यक्तिका चार ओटा छोरा (चेला) रहेछन्, जस्तै, (अ) जेठा गोलस्यका सन्तान समाल ठकुरी भए, (आ) माइला छोरा कबेडीका सन्तान गोतामे भए, (इ) साइँला छोरा सैगुणका सन्तान पोखरेल भए भने, (ई) कान्छा केदारुका सन्तान मारुल्याका दुलाल भए।


ज. साइँला सैगुणको नाउँ ‘चाभा’ र ‘केलु’ पनि देखिन्छ। लाभु (खोलो ? ) पार बस्ने यिनका सन्तान ‘लाभुल्याल’ भनिन्छन् भने, पहरी गाउँमा बस्ने तिनका सन्तान ‘पहाडी’ भनिन्छन्। सैगुणका जेठा छोराको नाउँ ‘मभी’ थियो, माइला छोराको नाउँ ‘चाचल्या’ थियो भने, साइँलाको नाउँ चाहिँ जगतानन्द थियो। कान्छा छोराको नाउँ लेखिएको छैन।


झ. पानी पोखरेलको वंशावलीमा लेखिए झैँ सबै चन्द्रवंशी राजाहरूका पनि कुल देवता मस्ट हुन्।


ञ. चन्द्रवंशी राजा लगायत अत्रि र आत्रेय गोत्र हुने सबै नेपालीहरूका पुर्खा काशीदास षट्शास्त्र जान्ने ज्योतिषी रहेछन्। वाणीविलास ज्योतिर्विद्ले पनि लेखेका छन्, ‘काशीदास इति प्रभाकरसुतः षट्शास्त्रवेत्ता सुधीः (प्रभाकरका छोरा काशीदास षट्शास्त्र जान्ने थिए)। कर्णाली प्रदेश सरकारको योजना आयोगका उपाध्यक्ष डा. पुण्य प्रसाद रेग्मी दैलेखका प्रसिद्ध ज्योतिषी धर्मराज रेग्मीका छोरा हुन्। उनका घरमा काशीदास जोशीले लेखेको ज्योतिषको ‘रत्नकोश’ भन्ने पुरानो ग्रन्थ पाइएको छ। पूर्ण प्रकाश नेपाल ‘यात्री’ले पनि एउटा अप्रकाशित ग्रन्थमा दैलेखमा धर्मराज रेग्मीका घरमा त्यो ‘रत्नकोश’ आफूले केही अंश पढेको सूचना दिएका छन्। डा. रेग्मीले मलाई त्यस ग्रन्थका केही पृष्ठ पठाई दिएका छन्। यसबाट काशीदास जोशी ज्योतिषी रहेछन् भन्ने कुरो प्रमाणित हुन्छ।


इतिहासका थप प्रमाण


क. ओंकार प्रसाद गौचन (२०२६) के लेख्छन् भने, जुम्लाका राजाले आफ्नी छोरी काशीदास पाध्यालाई दिए र दाइजोमा उनलाई ठाकुरजी लेकको दक्षिण सम्म फैलेको फाँटको शासक बनाई दिए अनि ज्वाइँलाई खुसी पार्दै के भने भने, नाति जन्म्यो भने, म उसलाई राजा नै बनाई दिन्छु। केही समय पछि जन्मेको नातिको नाउँ ‘देवचन्द्र’ (इतिहास प्रकाश, २.३:२३७–२९९), ‘देवदास’ (इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, ६०९—६११) वा ‘देवसिंह’ राखियो। वचन अनुसार राजाले देवदासलाई गण्डकी र सेती नदी बिच उत्तरमा ठाकुरजी लेक र दक्षिणमा चुरे पहाड सम्मको भूभागको राजा बनाई दिए (इतिहास प्रकाश २.३: ३८७—३९९)। फलतः राजस्थानको राजवंश इतिहासमा पहिलो पल्ट पहाडी प्रदेशको राजा हुन पाएकाले तिनीहरूलाई मानिसहरूले ‘पहाडी राया’ पनि भन्दथे (पृ. २२१)। यसरी काशीदास, रत्नसिंह वा रत्नज्योतिले नेपाल पसेर थोरै समयमा अनेक चमत्कार र चिताई नसक्नु उन्नति गरेकाले मानिसहरूले उनलाई ‘जालन्धरी’ राजा अथवा ‘औतारी राजा’ भन्ने नाउँ राखे (इतिहास प्रकाश १.१: ६९—११९)।


ख. ओंकार प्रसाद गौचन (पर्वते मल्ल राजाहरूको वंशावली, २०२६) के पनि लेख्छन् भने, दिल्लीका बादशाहले नै उनीहरूलाई राइठोर पदवी दिएका थिए। वास्तवमा ‘राइठोर’ थर ‘राष्ट्रकूट’ बाट अपभ्रंश भए जस्तो छ। काशीदासले त्यो पदवी छोडेर आफ्नो बाहुन थर ‘शर्मा पाध्य’ राखे अनि एउटी आचार्य बाहुनकी छोरी बिहे गरेर बाटो लागे।


ग. राजा गगनिराज, मलय बम र डिम्ब पनि काप्रियकै सन्तान हुन् (ओंकार प्रसाद गौचन, २०२६)।


घ. धनवज्र वज्राचार्य (२०२८) ले ‘कर्नाली प्रदेशको ऐतिहासिक रूपरेखा’ भन्ने लेखमा काशीदास जोशी नेपाल पस्ता जुम्लामा आनन्द मल्ल र रिपु मल्लको शासन थियो, त्यसैले काशीदासलाई स्वागत गर्ने तिनै दुइटा राजा मध्ये एउटा हुनु पर्छ भन्ने विचार राखेका छन्।


ङ. वंशावली अनुसार काशीदासका एउटा वंशजको नाम ‘निमु’ (पन्ध्रौँ शताब्दीका पर्वतका राजा ‘डिम्ब’, रामनिवास पाण्डेय) छ र उनका एउटा छोराको नाउँ ‘काप्रिय’ छ। ओंकार प्रसाद गौचन (२०२६) को सूचना अनुसार काप्रियले तिब्बतका बादशाहबाट ‘शाही’ थर पाएर उनी ‘काप्रिय शाही’ भए। मोहन बहादुर मल्ल (२०३१) का विचारमा चाहिँ काप्रियले ‘शाही’ पद पृथ्वी मल्लबाट पाएका हुन्।


च. मोहन बहादुर मल्ल (सिंजा इतिहासको डोरेटो, २०३३:३७ (३८) चाहिँ के लेख्छन् भने, काशीदास मानसरोवर जान भनेर जुम्ला आई पुग्दा पूर्वी जुम्लामा चाहिँ आदित्य मल्ल (जाव पाल) राज्य गर्थे भने, पश्चिमी जुम्लामा चाहिँ उनका छोरा पुण्य मल्ल राज्य गर्थे, जसले प्रताप मल्लकी राजकुमारी शकुनमालालाई बिहे गरेर ससुरालीको मल्ल थर लिएका थिए। मोहन बहादुर मल्लका विचारमा काशीदासलाई छोरी (हरमता) दिने राजा आदित्य (आजित) मल्ल नै हुन्, जसले काठमाडौँ उपत्यकामा आक्रमण गरेको कुरो ‘गोपाल राजवंशावली’ मा लेखिएको छ। आदित्य मल्लले नै काठमाडौँ उपत्यका आक्रमण गरेर जुम्ला फर्के पछि आफ्ना नाति देवचन्द्र समाललाई सामाचौरका राजा बनाई दिएका हुन्। आदित्य मल्ल पनि रिपु मल्ल पनि अशोक चल्लकै बेग्ला बेग्लै छोरा (जितारि मल्ल, १३३५ र आनन्द मल्ल) तिरका नाति हुन्।


छ. डा. रामनिवास पाण्डेय (१९९७ इ.) ले ‘मेकिङ अफ मोडर्न नेपाल’ भन्ने आफ्नो पिएचडीको प्रकाशित शोध प्रबन्धमा काशीदास जोशीका विषयमा धेरै महत्त्व पूर्ण सूचना दिएका छन्, जस्तै :


अ. काशीदासका पुर्खा लक्ष्मीचन्द्र दिल्लीका सुल्तानले समस्त उत्तर भारत जितेका वेलामा भागेर कन्नौजमा ‘समाल’ हरूकहाँ लुकेका थिए। उनका छोरा मित्रसेनले त ‘समाल’ थर नै लिएका थिए (पृ. २१७)। यो सूचनाका आधारमा समाल थर कन्नौज तिरै प्रचलित रहेछ भन्ने बुझिन्छ।


आ. जर्ज टडले राजस्थानको इतिहास (एनल्स एन्ड एन्टिक्विटिज अफ राजस्थान, १९५० इ.) मा लेखेअनुसार १३०३ इ. मा अलाउद्दिन खिल्जीले जयमल फत्तालाई दिल्लीमा आक्रमण गरेकाले उनलाई सहयोग दिन कन्नौजका अन्तिम राजा मठिमल राइठोड गए, तर आफुलाई आक्रमण गरेको बदला लिन अलाउद्दिनले राईठोर थरकै उन्मूलन गर्ने निर्णय गरेकाले उनका युवराज काशीदास (रत्नसिंह अथवा रत्नज्योति) ले आफ्नो थर राइठोरबाट बदले अनि आफुलाई ‘देव शर्मा पाध्य’ (काका देवदत्त राइठोर) को वंशज घोषित गरेर ‘शर्मा पाध्य’ थर लिई एक हुल साथमा लिएर नै हिमालय तिर लागे भन्ने लेखेका छन् (पृ. २२०)।


इ. सुदूर पश्चिम र पश्चिम तिरका धेरै लोक साहित्यमा पनि काशीदासको प्रसङ्ग आउँछ। जुम्ला र दुल्लुका वंशावली (इतिहास प्रकाश १.१: ६९—११९) हरूमा काशीदासकी रानी कालिकालाई स्थानीय जनताले देवीकै रूपमा मान्दछन् र मन्दिरमै पूजा गर्छन् (पृ. ३२३)।


ज. पानी पोखरेलको वंशावलीमा काशीदासका एउटा सन्तान तिब्बतका राजा भए भन्ने पनि लेखिएको छ। त्यसको प्रमाणका लागि सत्यमोहन जोशी (कर्णाली लोक संस्कृति, खण्ड १, पृ. १४) यस्तो लेख्छन्, "सिजा खोला उपत्यकाबाट पनि कर्णालीको हाराहारी हुँदै उँभो लागेका सिंजालहरू (अरुहरू पनि) जाड (भोटे) हरूको रहनसहन र भाषा अपनाई जाडले झैँ नै बसोवास गरी बसेको पनि विदित हुन्छ। जन कथन अनुसार, जाडका संस्कृति र आकृतिले ढालिसकेका एक थरी मानिसहरू अझै पनि आफूहरूलाई ‘हामी ठकुरी हौँ’ भनी टोपल्ने गर्छन्।”


निष्कर्ष


क. यसरी नेपालका चन्द्रवंशी राजाहरूको वंशावली र धेरै छेत्री बाहुनको वंशावली कसरी मिल्छ भने, तिनीहरू एउटै बाबुका सन्तान हुन् भन्ने प्रस्ट देखिन्छ।


ख. अत्रि र आत्रेय गोत्र हुने यी चन्द्रवंशी राजाहरू र अनेक जात र थरका नेपालीहरू भारतको कन्नौजमा १२—१४ औँ शताब्दीमा शासन गर्ने ‘गाहडवाल’ अथवा ‘राठोड’, ‘राइठोर’ थर हुने शासकहरूका सन्तान देखिन्छन्।


ग. कन्नौजका शासकहरू त्यहाँ ११ औँ शताब्दीदेखि १४ औँ शताब्दी सम्म आक्रमण गर्ने मुसलमान शासकहरूबाट आजित भएर आफ्नो जिउ, धन र धर्म रक्षा गर्न मानसरोवर जाने बाटो पक्रेर कर्णाली नदीको गड्तिर समाएर दुल्लु, जुम्ला र पश्चिम तिब्बत पुगेर शक्तिशाली भएका रहेछन्।


घ. कन्नौजका यी राजपुतहरू खस जाति चाहिँ होइनन्, टडले तिनीहरूलाई खसका गोती शक जाति भनेर चिनाएका छन्, तर तिनीहरू अनादि कालदेखि पामिर, हिन्दुकुश र हिमालयको पश्चिमी भेगमा प्राग्वैदिक कालदेखि आफ्नो छुट्टै सांस्कृतिक चिनारी जोगाएर बसेका खस (र अरु) जातिका शासक भएर कसरी नङमासु मिले झैँ मिलेर बसे भने, उनीहरू नै खस राजा भन्ने नामले प्रसिद्ध भए।


ङ. माथि उल्लेख गरिएका अत्रि र आत्रेय गोत्र हुने चन्द्रवंशी राजाहरूका सूचनाले अनेक प्रश्नहरू उमार्छन्, ती प्रश्नहरूको चित्त बुझ्दो उत्तर खोज्न अनेक पक्षमा अनुसन्धान गर्नु आवश्यक छ।


भाषाविद् पोखरेल विविध विषयका गम्भीर अध्येता हुन्। यो लेख पोखरेलकै भाषिक शैलीअनुसार छ। 




Monday, January 18, 2021

डोरबहादुर हुनु र नहुनु -

(साभार -डोरबहादुर हुनु र नहुनु - from @Himal_Khabar:)

 डोरबहादुर विष्टलिखित पुस्तक ‘भाग्यवाद र विकास’ले मानवशास्त्रको नेपाली स्कूल स्थापनाको जुन प्रयत्न गरेको थियो, नेपाली मानवशास्त्रले त्यस्तो मौलिक सैद्धान्तिक दृष्टिकोणसहित नेपाली समाजको व्याख्या र विश्लेषण गर्ने परम्परालाई समृद्ध पार्न नसक्नु हाम्रो सीमा रह्यो।

Friday, January 8, 2021

मानसखण्ड लोकसंस्कृतिका अन्तरंग कुरा -

(साभार - एभरेष्ट दैनिक, लेखक -आचार्य घनश्याम लेखक)मानसखण्ड लोकसंस्कृतिका अन्तरंग कुरा - Everest Dainik - News   सप्तकर्णालीदेखि महाकाली नदीबीचको विशिष्ट भूभाग प्राचीनकालदेखि मानसभूमिका रुपमा रहेको छ । मानस पर्वत एवम् मानस सरोवरको एक खण्डका रुपमा रहेको ...