यसपालि पनि मेरो सुदुरपश्चिममा पानी नपरेको खबर पाउदैछु । यहाँ राजधानीमा जेठको महिना नसकिदै बर्षा शुरु भएजस्तो छ । बाबा मछिन्द्रको रथ शायद यसै ऋतुको प्रतिक्षामा ऊभिइरहन्छ क्या रे । आषाढको प्रथम दिवस नपरे पनि आंग्ल मास जूनको यो मनसुन-पानीले मलाइ पनि मेरो थातथलो र त्यहि कुजिएर बसेकि मेरी आजन्म गृहिणी अर्धांगिनीलाइ सम्झन बाध्य पारेकोछ ।
त्यसो त यसै परिबेशसंग मिल्ने कालिदासको ‘मेघदुत’
पढेको ३५ बर्ष पुगेछ । सरकारी जागिरकै सिलसिलामा म दार्चुलाको ब्यास जाँदा यो महाकाब्यको हिन्दी अनुदित संस्करण बोकेर नै
गएको थिए । एस एल सी सम्म पढेको संस्कृतको भरमा यसको मुल रस लिन नसकिए पनि
अनुबादको आधारमा जे पढियो, त्यो मन-मुटु झनझनाउने खालको थियो । अलकापुरिबाट
निर्बासित यक्षले दक्षिण भारतको रामगिरी पर्बतमा बसेर उत्तरवर्ति बादलसंग पठाएको
खबर नै यस काब्यको केन्द्रिय कथन हो।
यक्ष यस प्रसंगमा भन्दछ, ‘ हे बादल! मेहनति किसान
माथि दया गर्नु होला । खेतिपाति राम्रो हुने नहुने तिमीमा नै भर पर्दछ। हलुका
सुगन्धले भरिएका हालै जोतिएका खेतहरुमाथि मुसलधार पानी बर्षायौ भने शैबाल श्रेणिका
शिखरहरु प्रेम र सम्मानपुर्बक मित्र मानेर तिमीलाइ आफनो शिरमा राख्नेछन । जल
बर्षाएपछि तिमी हल्का हुनेछौ र तिम्रो गति पनि बढनेछ’ ।
म पनि पुर्बबाट पछिम गैरहेको मनसुनको बादललाई यस्तै
भनु जस्तो लागिरहेकोछ । तर तत्कालिन अलकापुरी र हालको सुदुर पश्चिमको माहौल
नितान्त भिन्न छ । त्यसैले म भन्छु ‘ हे बादल! सिंहासनका खेलाडी बस्ने यो
राजधानीको खाल्डोलाइ सुदुरको मौसमबारे खासै सरोकार छैन । यहाँको नेतृत्व चार
भन्ज्यांगभित्रको गतिबिधिको आधारमा देशको हिसाब लाउछ ।
तिमी प्रष्ट देखनेछौ, पश्चिम क्रमश: बन्जर हुदै जाँदोछ । त्यहाँको किसानलाइ
काकाकुल जस्तो आकाशसंग बिलौना सुनाउनु पर्ने परिस्थिति छ । फाइलमा खेति गर्ने
सिंहदरवारलाइ त्यसको के मतलब ? त्यसैले
पुर्बबाट पश्चिम लाग्दा राजकिय चरितर अनुरुप ननिख्रिएर फोस्रो गर्जनमात्र नगर्नुहोला
। बरु सरस सलील सहित यथासक्य चाँडो गै दिनुहोला ।
हे बादल! कर्नालीको सेरोफेरोमा पुगेपछि तिमी अलि
शान्त भएर त्यहाँका सुन्दर दृश्य देखनेछौ । टाढाबाट हेर्दा जुनसुकै ढुंगा पनि
चिप्लो देखिन्छ भन्छन । तर यहाँको यथार्थ सारै खस्रो छ । अलिपर महाकाली किनारमा
पुग्दा पंचेश्वर नामको प्रस्ताबित जलबिद्युत योजनाको निर्माणस्थल हे-यौ भने यहाँको
इतिबृत सबै खुलस्त हुनेछ। झण्डै दुइ दशक अगाडीदेखि यहाँका बासिन्दा पंचेश्वरको सुर्य
पश्चिमबाट उदायो भने सेटेलाइट मार्फत बिजुली बेचने सपनामा अझै उँघिरहेका भेटिनेछन्
। यहाँ यत्रतत्रमा ठड्याइएका तार रहित वा तारसहितका खम्बा देखेर तिमी पनि भ्रमित
नहुनु । यो त कोरा आश्वासन फालेर यहाँका दुखी मनुवालाई रनभुल्लमा पार्ने प्राथमिक
प्रयास मात्र हो । यसमा कि बिजुली आउदैन, कि बिरलै बिजली आउँछ । त्यसैले कृपया,
आधिबेहरी र बिजुलि फालेर त्यहाँको घाउमा
नुनचुक नछरेमा वरत्र परत्र सप्रनेछ । त्यहाँका अवाक-अचंभित र असहाय मानबिय
अनुहारभित्र बलिरहेको असन्तुष्टि र बिद्रोहको ज्वालालाइ तिम्रो शान्त आगमनले केहि
राहत पुग्नेछ ।
आलभोली यो श्रापित भुखण्डमा निर्बाचन नामको एउटा
नाटक मंचन हुदैछ । त्यसैले बाटोको कुनै मञ्चमा कुनै खाइलाग्दो मानिसका जोशिला कुरा
सुन्यौ भने पनि भ्रममा नपर्नु होला । यो यिनीहरुको धन्दा हो । यि धुर्त
चुनावजिबीहरुको भनाइ र गराइमा १८० डिग्री कै फरक पर्छ । यहि अन्तरमा रुमल्लिएर
मेरा राष्ट्रका पछिल्ला केहि दशक बाँझो बसेकाछन । तर त्यहाँका बिरान बनपाखामा कुनै
सज्जन श्रमजिबी पसिनाले तर भएकोछ भने कृपया त्यसलाइ छाया प्रदान गरिदिनु होला ।
मेरो देबभुमी आजभोली दुष्ट ग्रहको छायामा छ । धरतिका
रहस्यहरु जानेका मनिषिहरुको यो साधना स्थलमा तिमी हजारौ पर्बतिय गाऊँहरुको करुण
क्रन्दन सुन्नेछौ । मदिरामय गाँउमा बिन्तिपत्रे अनुहार बोकेका हतभागी ग्रामबासीहरुमा
न कुनै आशा छ, न कुनै बिश्वास छ । त्यसैले यिनिहरु असन्तोषको अनर्गल आक्रोश पोख्न
सक्दछन । यस आधारमा यिनलाइ असहिष्णु र अबिबेकी भनि हाल्नु अन्याय हुनेछ ।
मित्र मेघ! यहाँका साना ठुला गाड-गोधरासंग तिम्रो
घनिष्ट सम्बन्ध छ । तर अरु कशैले यिनीहरुको चिन्ता गरेका छैन । त्यसैले अचेल
क्रमस: कृषकाय बन्दैछन यिनीहरु । कृपापुर्बक एकपल्ट यिनीहरुको
जिर्ण कायालाई अंकमाल गरेर जानु हुनेछ ।
आजभोलीको चलनचल्तिका कुरामा बहुलताबादी
संस्कृतिबादले यहाँ पनि बडो बजार पाएकोछ । यो ‘फाटो ल्याउ र राज गर’ भन्ने पुरानो
संस्कृतिकै यथास्थितिबादी राजनीति हो । के नयाँ नयाँ स्वायत राज्यको मांग साँच्चै
यथार्थबादी मांग हो र ? कि हामीजस्ता सिमान्तबासीहरुको आधारभुत साझा समस्या
बेकारी, गरिबी, निम्नस्तरीय जीवनशैलीबाट ध्यान हटाएर बन्चितहरूलाइ अझ बन्चित गर्ने
मेसो हो ? यो तिमीलाइ थाहा छ, त्यसैले त तिमी अख्खर भिर होस या आधुनिक शहर, सरोबर
गरेर पानी प्रदान गर्छौ । यहि सार्बभौमिक मानबताबाद नै हाम्रो अभिष्ट हो। तर
बिशिष्ट संस्कृतिको सन्दर्भ आउनासाथ यसमा बन्चितिकरणका सवालहरु स्वत: बादलभित्रको
पानी जस्तै लुकेको हुदोरहेछ ।
मित्र मेघ! अचेल भौतिकबादी-उपभोगबादी दर्शन पनि
केन्दिय चिन्ताको बिषय बनेको देख्नेछौ । हुन पनि सबै ज्ञानको आधार यहि देह हो ।
मैले पनि मेरै जिउजस्तो परम आनन्द धाम र पुर्ण तिर्थस्थल अन्यत्र देखेको छैन । यहि
देह-संस्कृतिको आडमा कैयौ उद्योग ब्यबसाय चलेकाछन । जेहोस, तिम्रो आगमन मात्रको
शितलताले पनि यो देहलाइ बडो आराम मिल्दछ । तर मेरो नेपालमा कृषक जिवनलाई
कृषि-तथ्यांकका आधारमा हेरिन्छ । मनुष्यलाइ बस्तु मानेर गणितिय तथ्यांकमा हेरिनु
मेरो युगको अर्को त्रासदी हो । यसैकारण शहरियाहरु गाऊँ पस्दा जिबन अध्येता हैन,
पर्यटक बनेर पस्दछन । मेरो साथि ! तिमीले एकपल्ट त्यँहाको जिवन पनि हेरी देउ
है!!
यहाँ सत्ता-बिकल्पको दाबी सहित संकिर्णताबादी एनजिओ
संस्कृति ल्याएर प्रतिगामी बिचारको राम्रो खेति लगाइएकोछ । यसले छदम-सन्देश
दिएकोछ-सरकारभन्दा उ पुर्ण छ, प्रगतिशील छ । लोकतान्त्रिक संस्थाभन्दा यस्ता
गैरसरकारीको डाँको बडो श्रुति मधुर भए पनि षडयन्त्रपुर्ण छ । यि अलमलका कुरामा तिमी अलमलिने काम नै छैन, यो
त मैले प्रसंगबस भनेका कुरा मात्र हुन । मलाइ थाहा छ, यो मेरो अन्तरबेदनाको बिरेचन
पनि हो । मात्र के भन्न खोजेको हो भने यहाँ जे जति भयो भनिइएकोछ, त्यो नक्कली हो ।
अझै पनि आकाशको पानीको भरमा परेको मेरो गाऊँको जिवन पुर्ण आश्रित तिमीमै छ ।
तर यो
सबै कुरा अब त्यहाँ भन्नु आबश्यक छैन । पछिल्ला बर्षका द्वन्दले यिनीहरुलाइ
अब्यक्त नै सही, जानकारीयुक्त बनाइ दिएकोछ । कमसे कम यिनीहरुलाइ यति जानकारी छ कि
‘ रन अफ रिभर’ जस्ता नया पदावलीले अब धेरै दिन झुक्याउन सक्नेवाला छैनन् । मेरा
सुदुरबासीको ओजस्वी उर्जा धेरै दिनसम्म बिक्रयको बस्तु मात्र रहने छैन । हामी
इतिहासका केहि गल्तिको साँवा ब्याज बुझाइ रहेकाछौ । त्यसैले , मेरो प्रिय मेघ! जाउ
। त्यहाँका आतुर र आर्त मनका घाउमा शितलता प्रदान गरि देउ ।
गाँऊ
भुल्नु कुनै अर्थमा पनि शहरिया हुनु होइन । गाँऊहरु नभएको भए यो मेरो देश मन-मुटु नभएको शरिर जस्तो हुन्थ्यो होला । तर
अब गाऊहरु पनि क्रमश: शहरिकरणको चपेटामा छन । पुराना ढूंगाका घर अब सिमेन्टको
ढलानमा बदलिदैछन । बहुराष्ट्रिय संस्कृतिले गाँऊमा पनि जरा हाल्दैछ । गाँऊका
भित्री संरचनामा परिवर्तन भएकोछ ।
यस्तै
एउटा गाँऊको सामान्यघरमा मेरि प्रिया पनि बसेकिछिन । उनको सुन्दरतालाई आधुनिक सुन्दरताका
मापदंडले अंक दिन थाल्यो भने त्यो पनि अन्याय हुनेछ ।
चौबिस घण्टाको दिनमा १८ घण्टा काम गर्ने महिलाको जीयस्तै एउटा गाँऊको सामान्यघरमा मेरि प्रिया पनि बसेकिछिन । उनको सुन्दरतालाई आधुनिक सुन्दरताका मापदंडले अंक दिन थाल्यो भने त्यो पनि अन्याय हुनेछ । चौबिस घण्टाको दिनमा १८ घण्टा काम गर्ने महिलाको जीवनसंग खस्ला र खाउंला भन्दै आकास चियाउने पुरुषहरुको सामाजिक प्रबृत्तिको अन्तर सम्बन्ध जानेपछि मेरा गाँउका महिलाबृन्द दुनियामा सबभन्दा सुन्दर ठहरिनेछन । त्यसै पनि सुन्दरता हेर्नेको आँखामा हुन्छ भन्छन ।
यस्तोमा मेरी दुखारी बुढियालाई खोजन तिमीलाई धौ हुनेछ । उनी आम महिला हुन । कष्टकर बसाइले शहर निर्मित सुन्दरताको छेउटुप्पो भेटदैन । मेरा निम्ति उनी असाध्यै प्रिय छिन, सहयोगी छिन, बिश्वासिलि छिन । जिउडालको बर्णनले मात्र सुन्दरताको अभिब्यक्ति दिन्छ भन्ने मलाइ लाग्दैन । मेरो बिनम्र निबेदन छ, मेरो देबभुमीमा अबश्य जानुहोला । तिम्रो आगमनका कारण त्यँहाको हरितिमा बढेमा बनिता-जनको कान्तिमा बसन्त छाउनेछ । पानीको हाहाकार र सुख्खा भुगोलको अभिसाप हटाउने बादललाई देखनासाथ मेरी प्रिया त्यसै फुरुंग हुनेछिन् ।
कालिदासको यक्षले तिम्री बिजुली-रानी तिमीसंग नछुट्टियुन भन्ने कामना गरेको थियो । मेरो सुन्दर सुदुर बिजुली पाउनकालागि सारै लालयित छ । मेरो मेघ! तिमी आउदा बिजुलिका पापि सौदागरहरुसंग सतर्क भएर आउनु है । उपयुक्त समयमा गाँउ-गर्खा घुमेर अस्तब्यस्त समाजलाई नयाँ जिबन दिनुहोला । तिम्रो स्वाभाबिक आगमनले मात्र निरस निरुद्देश्य ग्रामिण दैनिकीले नयाँ गति लिनेछ ।