Wednesday, August 21, 2013

बडिमालिका मन्दिर: स्वर्गको एक टुक्रा

   
(साभार-लबराज पाध्याय, - फेशबुकबाट)

प्राकृतिक सुन्दरता, फरक भौगोलिक अवस्थिती, बिभिन्न जातजाती, भेषभुषा र आफनो बेग्लै स्वतन्त्र पहिचान बोकेको सुदूर पश्चिमाञ्चल बिकास क्षेत्र राष्टिय बिकासको सूचिमा पछाडी पारिदै आएको छ । हाम्रो देशमा भएका प्राकृतिक स्रोत, बन जंगल, नदी नाला, पहाड, पर्वत, जडिबुटि, धार्मिक सम्पदा तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण भु भाग सुदूर क्षेत्रमा प्रशस्तै हुदा हुदै पनि यसलाई बिकासको गतिमा पार्न सदियौ देखि पन्छाईएको छ वा पन्छिएको छ यसको लेखाजोखा त गर्नै पर्छ र गरिदै पनि छ । यस्तै यि सम्पूर्ण स्रोत भएको यसै बिकास क्षेत्रको अझै सुदुर जिल्ला बाजुरा पनि एक हो । यस जिल्लामा प्रशस्त रुपमा स्रोत साधनहरु प्राकृतिक स्थल, धार्मिक स्थल, पर्यटकिय सम्भावना बोकेका क्षेत्रहरु रहेका छन् । देशको आर्थिक बिकासको लक्ष्यमा पर्यटकिय स्रोत भएकाले यस अभियानलाई यस जिल्लाका स्रोत स्थललाई पर्यटकिय स्थलहरु ब्नाउन सके सुदूर पश्चिम तथा देशकै आर्थिक बिकासमा टेवा पुयाउने देखिन्छ ।
यसरी पर्यटकीय स्थलहरु बजुरामा प्रशस्तै भए पनि यस क्षेत्रको महत्वपूर्ण धार्मिक स्थल बडिमालिका मन्दिर पनि एक हो । यो मन्दिर समुन्द्रि सतहदेखि करिब १५ हजार फिट उचाईमा अवस्थित छ । बर्षको ४ महिना हिउ, ४ महिना पानी बर्षा र ४ महिना लगभग सफा मौसम हुने यस मन्दिर क्षेत्रमा ४ महिना जति त्यहाँको भ्रमण गर्न सकिने अवस्था छ । त्यस बेलामा सुन्दर प्राकृतिक दृष्यावलोकन त गर्न सकिन्छ नै यहाा रहेका अन्य जडिबुटी, बनस्पती, डाफे, मुनाल, कालिज, मृग, झारल, घोरल, बाघ, भालु आदी जस्ता जनावरहरु पनि आर्कषणका केन्द्र बिन्दु रहने गरेका छन । हाल सम्म राष्टिय रुपमा प्रचार प्रसारमा नआएको हुनाले यस क्षेत्र ओझेलमा परेपनि यसलाई प्रचार प्रसारको मुलधारमा ल्याउने हो भने यो क्षेत्र आर्थिक सम्बृद्धिका लागि कोशेढुगां साबित हुनेमा कसैको दुईमत नहोला ।
धार्मिक महत्व:
बडिमालिका मन्दिर हिन्दु धर्मवालम्बिका लागि धार्मिक आस्थाको केन्द्र बिन्दुका रुपमा रहेको छ । यहाा हरेक बर्ष जनै पूर्णिमाको सु अवसर पारेर मेला लाग्ने गर्दछ । मेला अवधिमा सुदूर पश्चिमाञ्चलका सम्पूर्ण जिल्ला, कर्णाली अञ्चलका तथा अन्य जिल्लाहरु साथै भारतबाट पनि दर्शनार्थिको भिड लाग्ने गरेको छ । धार्मिक ग्रन्थ, स्वस्थानी ब्रत कथाको आधारमा यस क्षेत्रमा (मन्दिर) दक्ष प्रजापतिको यज्ञमा सतिदेबिले आत्म दाह गरेपछि शिवजीले उनको मृत शरिर बोकेर बिभिन्न स्थानमा घुम्ने क्रममा यहाँ पुगेर सतिदेबिको कुम पतन भई यस पर्वत (मलयागिरी पर्वत) मा देबी उत्पन्न भई बडिमालिका मन्दिर स्थापना भएको कथन छ । त्यसैले हिन्दु धर्मावलम्बिहरुले आफनो मनोकाक्षां पूर्ण होस भन्ने उद्देष्यका साथ यस मन्दिरमा दर्शन गर्न आउने गरेका छन । भनिन्छ, यदि शुद्ध मनले यहाँ देबिको दर्शन गर्न आउने हरेक तिर्थालुको मनोकांक्षा पूर्ण गरिदिन्छन । यस क्षेत्रमा बिभिन्न उमेर समुहकाले आफुलाई मिल्दो जुल्दो बर माग्छन भन्ने स्थानियहरुको कथन रहेको छ । यहाा बुढाबुढीले आफना सन्तानहरु सहि बाटोमा लागुन, सत्कर्म गरुन भन्ने खालका बरदान माग्छन भने युवाहरु आफनो सु स्वास्थ्यमा तथा जिवन साथी राम्रो पाईयोस अर्थात शिव पार्वतिको जस्तो होस भन्ने बर माग्ने गर्दछन साथै बिभिन्न रोग ब्याधीबाट ग्रसित ब्यक्तिहरु त्यसबाट छुटकारा पाउने मनोकाक्षांका सहित त्यहाा लाम लाग्ने गर्दछन ।
यस क्षेत्रको अर्को महत्वपूर्ण धार्मिक स्थलमा त्रिवेणी धाम पनि रहेको छ । बढिमालिका मन्दिर देखि केहि घण्टाको दुरिमा अवस्थित त्रिवेणी धाममा तिर्थालुहरु पवित्र स्नान गर्नकालागि आउने गर्दछन । धार्मिक आस्था अनुसार मानिसले गरेको सत्कर्म बाहेकका कार्यहरु गरेको भए यहाा स्नान गर्दा सबै पखालिएर जाने विश्वास छ । त्यस त्रिवेणीमा नुहाउदा मानिसमा भएका रोगब्याधिहरु प्नि हटेर जाने विश्वास रहेको छ । साथै त्रिवेणीमा तिर्थालुहरुले आफना मृत पुर्वजहरुको अस्तु ल्याएर त्यहा अर्पण गर्दा उहाहरु स्वर्गमा बास पाउाने विश्वास पनि रहेको छ । बडिमालिका मन्दिर र त्रिवेणी बिचमा लौडिबिनायक मन्दिर, बासुधारा, भित्र पर्ने (भिर्गु ऋषि खसेको भनिएको ठाउा) आदि स्थलहरु पनि रहेका छन ।
त्यस्तै बडिमालिका मन्दिरको दर्शन पछि बाटोमा थुप्रै अन्य धार्मिक तथा पर्यावरणीय स्थलहरु रहेका छन । जसमा विष्णु पानी, धोबेलपुरिको दह, निगालसैन आदि ठाउहरु रहेका छन ।
पर्यटकिय महत्व:
बडिमालिका मन्दिरसंग आफनो छुटै धार्मिक महत्वको बिषय भएपनि यस मन्दिर जान आउन गर्नुपर्ने बिच बाटोमा प्रशस्तै यस्ता स्थलहरु छन जसबाट प्रचुर मात्रामा आन्तरिक तथा बाहय पर्यटकहरु भित्रयाई आर्थिक उपार्जन गर्न सकिने सम्भावनाहरु रहेका छन । बडिमालिका मन्दिर पुग्न बाजुर सदरमुकाम मार्तडी देखि जान आउन करिब ३,४ दिन लाग्दछ । सदरमुकाम बाहेक यस मन्दिर जान छोटो बाटोको रुपमा कैशाशमाण्डु गाबिसको नाटेश्वरी मन्दिर भएर जान सकिन्छ । यी तिन ठाउाबाट जादाा बाटामा थुप्रै मन्दिर, जडिबुटि, बनस्पति, बन्यजन्तु, पहाड, पर्वत, नदी, खोल्सा, झरना, आदि जस्ता पर्यटकलाई आर्कषित गर्ने खालका र उनीहरुका मुख्य खोजिका बिषयहरु त्यस क्षेत्रमा रहेका छन । त्यस बिचमा रहेका आर्कषणका मुख्य केन्द्र बिन्दुहरु निम्न छन ।
त्रिवेणी क्षेत्र
बाजुरा सदरमुकाम मार्तडी र छतारा गाबिसबाट बडिमालिका जादा बाटोमा पर्ने यस क्षेत्र ठूला ठूला पाटनहरुले भरिपूर्ण क्षेत्र हो । यहाा बिभिन्न प्रजातिका जडिबुटि जस्तै: पाचाऔले, यार्चागुम्बा, गुच्चाच्याउ, बिभिन्न सुगन्धित धुपका प्रजाति, बिष प्रजातिका जडिबुटि, मृगहरु, झारल, घोरल आदिले भरिभराउ क्षेत्र हो । यहाा बर्षा याममा गाउ बाट भेडा, घोडा, भैसिहरु चराउन ल्याउने गरीन्छ । यहाा मौसम सफा हुने हो भने त्यहाा चरिरहेका भेडा, घोडा, भैसी र अन्य जनावरको बथान एकदमै आर्कषक देखिने गरेका छन । यदि यहा मौसम सफा भएर बडिमालिकाबाट यो क्षेत्र हेर्ने हो भने स्वर्गकै टुक्रा हो भन्ने अनुभव हुने गरेको स्थानिय बासिन्दा बताउादछन । यस क्षेत्रमा जनैपूर्णिमाको अवसरमा जाने हो भने त्रिवेणी क्षेत्रका फुलहरु फुलेर गलैचाझै आर्कषक देखिने गरेका छन । त्यहाा रहेका, कहि उठेका, कहि दबेका देखिने गह्राहरु एकदमै आर्कषक देखिन्छन साथै ति गह्राहरुमा नागबेली आकारमा बग्ने ससाना पानीका मुहान र खोलाहरु एकदमै आर्कषक देखिन्छन ।
खेतिवेति: त्रिवेणी क्षेत्रमा रहेको अर्को अचम्म लाग्दो र आर्कषक दृष्यावलोकनको क्षेत्र हो खेतिबेति । यो क्षेत्रमा तराईका फाटमा झै यति उचाईमा धानका गह्राहरुझै मिलाएर धान रोपिएको जस्तै दृष्य देख्न सकिन्छ । यहा लगाएको जस्तो देखिने धान जस्तै तर नफलेको देखिन्छ । यी गह्राहरुमा यो बाली दुरी मिलाएर डोरी हालेर लगाएको जस्तो गरी बोटहरु रोपिएका छन । पौराणिक कथन अनुसार बर्षायाममा चराहरु बेसीतिर नहुनुको कारण त्यहा गएर खेति बेतिमा खेति गर्दछन रे ।
त्यसैले यस क्षेत्रमा भ्रमण गर्दा अथवा तिर्थयात्रामा जादा यो क्षेत्र घुम्नु पर्ने हुन्छ र आफु भाग्यमानि छु भनि देखाउन खेतीबेतीका गह्राहरुमा धानको बाला पाई आफु भाग्यमानि भएको महशुष गर्नु अवस्य प्रयास गर्नुपर्ने हुन्छ ।

No comments:

Post a Comment