Friday, August 9, 2013

मेलौली ; पर्यटनको अनुपम खानी


बैतडी जिल्लाका बहुसंख्यक गाबिसं हरुको नाम देवी देवताका नामले नामाकरण गरिएका छ । त्यसमा मेलौली पनि पर्दछ । मेलौली यहाको स्थानिय भगवतिको नाम हो । बैतडीका ६२ बटा चर्चीत गाबिसमध्ये मेलौली पनि एक हो, जो प्राकृतिक धार्मीक सास्कृतिक राजनितिक शैक्षिक हरेक दृष्टिबाट उल्लेखनिय छ।
पुरानो क्षेत्र बिभाजनको आधारमा मेलैाली तल्लो स्वराडको लगभग मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२कोष टाढा अर्थात एक दिनको पैदल बाटोमा दक्षिण भेगमा पर्दछ । समुद्री सतहबाट लगभग सत्रसय मिटरको उचाईमा मन्दिर क्षेत्र पर्दछ। यसको क्षेत्रफल एकसय चौतिस रोपनी छ। बैतडी जिल्लाको यतिको उचाईमा सम्मपरेको दुबोले भरिपुर्ण स्थल एक मात्र मेलौलीको थलोचौर हो । हावापानी समशितोष्ण छ । हावाको सिरसिराहट बिहान बेलुकी चलिरहेको हुन्छ । देहीमाण्डैा र पाटनबाट जाने घारेटोबाटो यसै मेलौलीथान हुँदै सर्माली एवं पंचेश्वर जाने गर्दछ ।
पुरानो किवदन्तिलाई पनि स्विकार्ने हो भने खालीगाड महारुद्र गाबिसको भुल्यौडाबाट उचित ठाउँमा स्थापना गर्ने मेलौलीको गाथ अन्य ठाउँमा राख्दा स्विकारेनन र अन्तमा यसै चौरमा राखेपछि त्यहि बिराजमान भए । डोको उठाउदा हात आयो, गाथ त्यहि भुमिमा टासिन पुग्यो । डोको बोक्ने कत्यौरा बुढाको भुमिमा गाडेको टेक्ने मयलको लौरो पनि केही छिनमै हराभरा भयो । भन्न खोजेको त्यस प्रकृतिको अनुपम ठाउँलाई भगवतिले पनि तेह्रौँ सताब्दीमा आफूलाई ठूलो प्रेमले समाहित गरेको कारण त्यस ठाउको सुन्दरता दर्शनियता र सहजता नै हो ।
द्दारसैनीदेखि लिएर दवानी सम्मको लगभग चार किलोमिटर समथर डाँडाबाट दक्षिणमा अबस्थिति डडेल्धुरा भागेश्वर लेकको हराभरा दृश्याबलोकन पश्चिमा शिब नाथको उन्नत दर्शनिय लेक र भारतको चम्पाबत क्षेत्रका बिभिन्न पर्वतिय श्रृखलाहरु अलैाकिक उत्तरतिर अबस्थित बिशाल ग्वाल्लेक केदारको जँगलपारी मानसरोबर एबं सैपाल हिमशिखरका मनोहर छटाहरुले प्रकृति पारखिहरुको मन मस्तिष्कलाई बिहान बेलुका लोभ्याईरहेको हुन्छ । पुर्वतिर घनघस्याको लेक लगायतका बिभिन्न प्रर्वत श्रृखला देवराली भंज्यांगहरुलाई छिनाल्दै उदय हुने सुर्यले कसको मन लोभ्याउदैन र? जनकवि केरी धर्मराज थापाले पनि घण्टैासम्म त्यस चौरमा बसेर प्रकृतिमोहक लोकलहरी सुनाएको स्मरण बृद्दहरु गर्ने गर्दछन । स्थानिय कवि स्वर्गीय हजारी सिहँ साउद रचनाहरुको सृष्टि पनि यसै सुरम्य स्थलमा भएको थियो ।
धार्मीक स्थलको रुपमा सुदूर पश्चिमका प्रमुख शक्तिपिठमध्ये मेलौली पनि एक हो । संचारका माध्यमहरुबाट जसको बढी प्रसार प्रसार गरिन्छ,बाहिर जगतले पनि त्यहि मात्र प्रमुख हो कि भन्ने ठान्छ । यातायत सुबिधाले पनि त्यसलाई सहजता प्रदान गरेको हुन्छ । यि कुराहरुबाट ओझेलमा परेको मेलौली भगवतिको महिमा डोटी डडेल्धुरा बैतडीमा सताब्दीऔदेखि रहिआएको अझैपनि कार्तिक पुर्णीमा लाग्ने जात्रा जात को सहभागीताले दर्शाउने गर्दछ । एक सय चौतिस रोपनी क्षेत्रफल भएको चौरमा सुपको माण्डैशैली शिखरशैली भित्रको पगौडा शैलीले एक अर्को किसिमको बिशिष्टता प्रदान गरेको छ मेलैाली मन्दिरले । लगभग चार दिन सम्म रहने जात्रामा करैाडौको ब्यापार हुन्छ । नेजा ध्वजा आशा गुर्ज भानु भोकर लगायत पाचबाजाको साथ दशैा ब्यक्तिहरुले बोक्ने चन्डोलमा श्वेत फेटा र बागो लगाई सुन चादीको गहनामा सुशोभित धामीले हातमा चामर लिएर सुर्योदयको मुहुर्तमा लगभग एकघण्टासम्म धामी काम्दा अनुपम नै देखिन्छन दर्शकहरुलाई ।चौरको मध्यमा रहेको फलामे पिँङ सु प मा नै सबभन्दा अग्लो हुनुपर्दछ ।

यस मुल मंन्दिरको अतिरिक्त पोखरी स्थित भगवतिको भण्डार लाई आगर स्थित ठाकुर मन्दिरलाई पनि पगौडा शैलीमा नवनिर्माण गरेको छ। यि दुबै मन्दिर दर्शनिय छन। काँडा बजार स्थित शिब मन्दिर शिखर शैलीको नजीक टोल र गाउँहरुमा मष्टा गैसरे सिद्द भूतनाथ लाटो रतनपुरी आदीका देवस्थान माडौ र खुला देबस्थानका रुपमा स्थापित छन । बिभिन्न प्रर्वमा जातियता अनुसारले पुजाआजा गरिन्छ। मेलौली भगबतिका सहयोगी शक्तिका रुपमा यि देवि देवतालाई लिने गरिन्छ । एक दुईघण्टाको फरकमा रहेका प्रसिद्द मन्दिरहरुमा शिवनाथ महारुद्र ठाकुर मन्दिर उदयदेब ग्वाल्येक केदार गँगेश्वर आदी दर्शनिय धार्मीक स्थलका रुपमा बिद्यमान छन ।
मन्दिरको पश्चिम र ग्रीन बेल्टको ठीक मुनी देब्वा ओराड नामले एउटा गुफा छ । प्रबेशद्दार सागुरो भएको हुदा सबैलाई भित्र प्रवेश गर्न सक्दैनन् । गएका हरुबाट प्राप्त जानकारी अनुसार बिभिन्न देवि देबताहरुको प्राकृतिक मुर्तिहरु छन । उज्यालोको साधन लिएर मात्र भित्र हिडेर हेर्न सकिन्छ रे । स्थानिय बासीहरुको भनाई अनुसार मन्दिरको चौर मुनि हुदै दक्षिण पुर्वमा पर्ने देबु नौलासम्म ५७ सौ मिटर दूरीसम्म रहेको अनुमान गर्दछन । गुफा अनुसन्धानयोग्य छ। 

लामालेक बुढाघरभन्दा माथि लेकतिर अर्को गुफा छ। यसैको घर छेउमा १२० भन्दाबढी किसिमको जडिबुडि रहेको जानकारी आर्योवेदिक प्राबिधिक भुवन शर्माले भन्नु भएको थियो । बंसार जंगली टिमुर लोक्ताआदि जडिबुटिको उत्पादन-प्रशोधनको योजना बन उपभोक्ता महासंघले बनाएकोछ रे। यो भन्दामाथितिर तलावहरु पनि रहेका छन । अगाडि गएर दुईबटा बाटाहरु छुटिन्छन रे । यस किसिमका गुफाहरु सीमा र ग्वाल्लेकको बनमा पनि पाईन्छन । यि अझै खोजका बिषयहरु छन ।
मेलौलींमा चैतै दशै र अशोजको महिनाको बडा दशैमा नित्य ५ पुजा  र बली बिधान हुने गर्दछ ।कार्तिक पुर्णीमासीको जातमा बिभिन्न किसिमले मनोराजन हुने साँस्कृतिक पुराना र नयाँ सँस्कृतिको ब्यापक प्रयोग हुन्छ ।सँस्कृति भित्रको केही कुस्कारहरुलाई अहिले छोडिदै गएता पनि समायानुल नयाँको स्थापना गर्ने प्रयास नै रहेका छन ।
धर्म र सँस्कृतिको नाममा केहि बैश्य जातिका छोरी बहिनीहरुलाई देबदासी -देउकी बनाउने चलन चालीसको दशकमा समाज सेवी र पिडित समुदायले ठूलो प्रयत्नका साथ समाप्त पारियो । २०४२ सालतिर सरकारले कानुन नै निर्माण गरि यस प्रथालाई अबैध करार गरायो । नयाँ देबवासी बन्नेक्रम रुक्यो । लामो पुस्ता देखि बदनाम भएको समाजले चालीस यताका दशकमा शिक्षा रोजगारी र अन्य आधुनिक पेशामा ठूलो फडको मारेको छ ।
त्यसै अनुरुप धर्म र स्ँस्कृतिको नाममा मन्दिरमा बली गरिएका राँगाहरु दलित समुदायले खानु पर्ने प्रथा थियो ।गैर दलित समुदायले बोका मात्र खाने गर्थे । २०५८ सालमा तत्कालिन प्रधान मंन्त्रि शेरबहादूर देउवाको पालामा मठ मन्दिरहरुमा जातिय बिभेद गरिने छैन भन्ने घोषण पश्चात बैतडीको पुरचौडी मल्लादेही गाविसको डिलाशैनी भगवती मंन्दिरमा स्थानीय दलित समुदायले भाद्र १गते नै मन्दिर प्रबेश गरेका थिए ।यो अभियान बैतडी जिल्लाभरी नै फैलेको थियो । र यसले जिल्लाभरी नै ठूलो बिबादको सृजना गरेको थियो ।दलित समुदायले आफूहरु बिभेदित हुने कारणहरुमध्ये अरुले सिनो ढेरो भनेर घृणा गर्ने पदार्थ आफूले प्रयोग खाने गरे वाफत हो भन्ने ठहर गरि बहिस्कार गरेपश्चात अझै पनि बिबादित अबस्थामा खाने नखाने बिच द्दन्द्द कायम छ।
सुपको नै प्रसिद्द चाड गौरा प्रर्व यस मन्दिर र गाउँमा सबभन्दा लामो समयसम्म रहने गर्दछ । भगबति, कौरब र पान्डब तथा रामका कथाहरु ठाडो खेलको रुपमा ढौलक मजुरा बजाई युबा बृद्दहरु ठूलो श्रदा एवं कलात्मक ढंगले खेल्छन । महिलाहरु अठेबाली पार्नेकाम पौराणिक पृष्ठभूमि झल्काउने किसिमले गर्नु हुन्छ ।देउृदा खेल महिला पुरुष ले ब्यापक रुपमा खैल्ने गर्छन । मणिलेक हाईस्कुल का प्रअ उत्तम चन्दको कार्यकालमा मेलैली क्षेत्र कला सँस्कृतिको उर्बर काल रहयो । प्रवासी नेपाली उत्सादलाइ मणिलेकमा शिक्षक बनाई शास्त्रीय आधुनिक गीत ठूलो प्रशिक्षण र प्रयोग गराइयो । यहाका परिबार समुदायले यसको ठूलो लाभ प्राप्त गरयो । लाल राम दमाई नामुद तब्ला उत्साद बने । शिक्षक गोपाल राम र भाई मनोहर हारमोनियम बादक गीतकार गायनका साथै नृत्यकार पनि रहे । मनोहर परियार अझै पनि क्यासेट निर्माण गर्नुका साथै प्रगतिशिल गीतहरुलाई आधुनिक लोक र शास्त्रीय रुपमा सास्कृतिक संगठनको माध्यमबाट यस क्षेात्रमा क्रियाशिल देखिन्छन । देउताहरुका जागर गाउनु पनि लोप हुदै गइरहेको प्राचिन सँस्कृति हो । शिबद्दारा मन्दिर यस क्षेत्रको सबभन्दा ठूलो वाणिज्य केन्द्र काडाबजार कै छेउमा पूवैतिर एउटा सुन्दर गुम्बाकार शिब मन्दिर अबस्थित छ। शिबरात्रीको समय यहा ठूलो मेला लाग्ने गर्दछ ।
यि जात्राहरुमा महिलाहरुले लगाउने पुराने पहिरन आडगो घागरो पिछैडो लगाएका बृद्दाहरु अझै पनि देख्न सकिन्छन्। अंग्रेज कालका चादीका भिक्टोरियन कम्पनीमाला, झूमझूमी बाला, नथू मुदडा, पैडामा सु सज्जित महिलाहरु ठूलो सान र सौकको साथ खेल खेलेको देख्न सकिन्छ ।




No comments:

Post a Comment