यो बाटोको बीचमा माटो खनेेर बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर बसेका मानिसहरु
यो भूकम्पपीडित मन्दिर र ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई सधैँ त्यही– सधैँ उस्तै र सधैँ एकनास
तब मलाई गलत लाग्छ मेरो देशको इतिहास ।
यो बुझेर पनि लाटो बनेर बसेका मानिसहरु
यो भूकम्पपीडित मन्दिर र ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई सधैँ त्यही– सधैँ उस्तै र सधैँ एकनास
तब मलाई गलत लाग्छ मेरो देशको इतिहास ।
यसरी भुुपि शेेरचनले कबितामा " आफुुलाई आफनै देशको ईतिहास गलत लागेको " उदघोष गरेकाछन् । र उनले यो पनि भनेका छन् " हामी बुद्धू हौ, त्यसैले पो बहादुर हौ " ।
यो कबिताको गुढार्थ जे भए पनि यथार्थमा हामी बहादुर होइनौ, बुद्धू नै हौ । तोपगोला बर्सिरहेको बेला खुुकुरी समातेर निक्लिनु बुद्धुपन बाहेक केही होइन् । अंंग्रेज लेखकका बिबरण र त्यसैका आधारमा तयार पारिएका अपूरा आलेखहरुलाई हामी ईतिहास भनेर पढिरहेकाछौ ।
यो कबिताको गुढार्थ जे भए पनि यथार्थमा हामी बहादुर होइनौ, बुद्धू नै हौ । तोपगोला बर्सिरहेको बेला खुुकुरी समातेर निक्लिनु बुद्धुपन बाहेक केही होइन् । अंंग्रेज लेखकका बिबरण र त्यसैका आधारमा तयार पारिएका अपूरा आलेखहरुलाई हामी ईतिहास भनेर पढिरहेकाछौ ।
खानु लाउनुको बर्तमान दुखभन्दा अँँध्यारोमा रााखिएको आफनै पुर्खाको अतीतको ईतिहास कहिलेकाहि बढि पिरोल्दो रहेछ । उहिले मात्र होइन, अहिलेको यथार्थमा पनि मानिसहरूका दु:खमाथि नै राजनीति भइरहेकोछ । दमन र शासनको दुश्चक्रमा कुन ईतिहास मेटाइयो? कुन हराइयो? कसको मसी केरियो? कसको ईतिहास रगतले लेखियो? जनमानसबाट यी कुरा भने मेटिदा रहेनछन् ।
त्यसो त जुनसुकै राज्यको पनि असली अनुहार हिंसा, त्रास र भय नै हो । जुनसुकै ब्याख्याले यो दमन चक्रलाई छोप्न खोजे पनि यो कालो करतूत गन्हाई हाल्दोरहेछ । त्यसैले सिर्जनशील अराजकता नै अहिंसा हो या अराजकताको अन्त्य नै सिर्जनशील अराजकता हो ? छलफलको बिषय बनेकोछ । जे होस्, ईतिहास जित्नेको घोडा हो भन्नेमा कुनै बिबाद छैन ।
यसता उदाहरण बग्रेल्ति भेेटिन्छन् । पश्चिमा इतिहासकारहरु यस मामिलामा अझ सिध्दहस्त छन । उदाहरणका रुपमा केही प्रसंग अघि सारौ ।
पाश्चात्य ईतिहासकारका करामत
आधुनिक पाश्चात्य इतिहासका जनक भनेर चिनिने प्राचीन ग्रिसका इतिहासकार हेरोडोटसले पनि आफ्नै समसामयिक युद्ध (जस्तै ग्रिस र पर्सिया अर्थात् इरान बिचको युद्ध) का आधारमा लेखेको इतिहास तथ्ययुक्त मानिन्छ, तर अतीतका घटना तथा अन्य जाति र देश (शक, भारत, मिस्र देश) का विषयमा लेखिएको इतिहास चाहिँ मिथक र किम्बदन्तीमा आधारित छ । हेरोडोटसले भारतमा फ्याउरा जत्रा कमिला र उड्ने सर्प पाइन्छन् भनेर पनि लेखेका छन् । समसामयिक युद्धको घटनालाई आधारित बनाएर लेखेको इतिहास नै पनि एथेन्सका बासिन्दालाई प्यारो लाग्ने गरी प्रस्तुत गरिएको छ (Hamilton 9-13) । मनपरेको घटनालाई पत्यार पर्ने गरि कालक्रम मिलाएर व्याख्या गरिएको हुन्छ। यसतो बाह्यप्रभावको लेखाजोखा ईतिहासमा बिरलै पाइन्छ ।
आफनो ईतिहास ; तथ्य कम, किम्बदन्ति ज्यादा
यसै गरि पुर्बिय ईतिहासकारहरुले पनि तथ्यभन्दा कथा किम्बदन्तिहरुलाई ऐतिहासिकता प्रदान गरे । फलत: कतै एकादेशको कथा बन्यो, कतै शाास्त्रीय- पौराणिक कहानी बनाइयो । एकै किताका वास्तविक र काल्पनिक घटना मिसाइएको क्षेपक कथा जस्तो । उदाहरण प्रस्तुत गरौ:-
चीनबाट आएका महामञ्जुश्रीले फूलचोकी र चन्द्रागिरीमा चोभारको गल्छी काटेका हुन रे । बागमती नदी मडारिँदै बग्न थालेपछि काठमाडौं दहका नागका राजा कर्कोटकले महामञ्जुश्रीसँग आफ्नो बासस्थानका लागि अनुरोध गरे। मञ्जुश्रीले टौदहमा गएर बस भनेपछि पानीको एउटा भङ्गालो त्यता लगियो आदि । हाम्रो ईतिहास यस्तो कथाबाट शुुरु हुन्छ । तर वास्तबिकतामा उहिले उपत्यकामा शिवपुरीको जलाधार क्षेत्रबाट निस्किएका साना ठूला नदीहरू बागमती नदीमा मिसिएर चोभारबाट बाहिर निस्किए होलान । उपत्यका विशाल जलाशय हुँदा पनि पाखापखेरामा मानव बस्ती थियो होला । प्रामाणिक रूपमा अहिले भेटिएका पौराणिक बस्तीहरू थानकोट, बुढानीलकण्ठ, चम्पादेवी र साँखुतिर थिए होलान् । पानी सुक्दै गयो । बस्ती त्यहाँबाट पनि तल तल ओर्लिंदै गयो । । यसैताका माथि भोटबाट आएका समुहहरुसंग लडाइँ हारेपछि यहाँका आदिबासी नागवंशिय मानिस चोभारको बाटो हुँदै दक्षिणतिर लागेको हुनसक्छ र उपत्यकाको फाँटमा मानव बस्ती बसेको हुन सक्छ । यसपछि विभिन्न समुहको आगमन प्रत्यागमन भयो र ईतिहासले एउटा धार समातेेको होला । तर मंजुश्री, ने मुनीका कथाले यसलाई गाजेमाजे गरियो ।
यसै गरि राष्ट्रिय विभुति मानिएका सीता र भृकुटीका बारेमा समेत एकिन र यथेष्ट जानकारी हामीसंग छैन । खाली पौराणिक गाथाको भरमा सिताको माइति देश हालको नेपाललाइ मानिरहेकाछौ । जनक र सीताको बारेमा कुनै ऐतिहासिक अनुसन्धान भएकै छैन । बैज्ञानिक ढङ्गले सोच्ने हो भने चौतिस पैतिस सय बर्ष अगाडी को ईतिहासमा रामराज्यकालिन आदर्शबादीताको अनुमान गर्नै गारो देखिन्छ । यसैगरि कैलाशकुट भवनको भव्यतामा पालिएकी महासामन्त अंशुवर्माकी छोरीको बिहे तिब्बती राजा स्रङ्चन ग्यम्पोसँग हुने कुरो पनि उति पत्यारलाग्दो हुन सक्तैन । विवाहपूर्व राजसी जीवनशैली भोगेकी राजपुत्रीले तिब्बति सरदार स्रङ्चन ग्याम्पोसँग बिहे गर्ने कुरो बढी असान्दर्भिक हुन्छ । विशेष ध्यान दिएर अध्ययन गर्ने हो भने सीताभन्दा सजिलो गरी भृकुटीको इतिहास पत्ता लाग्न सक्छ । पृथ्वीनारायण शाहका पुर्खालाई महाराणा प्रतापको वंशज मान्ने कि त्यतिबेला मगर बहुल क्षेत्र भएकोले गोरखाकै खाँटि मगरको बंशज मान्ने भन्नेमा हामी सबै भ्रमको इतिहास पढिरहेका छौं । राम शाहकी रानी मगर पुत्री थिइन् र आफ्ना असल कामका कारण उनी मनकामना माइ भएकी हुन् भन्ने स्थानिय मान्यता छ । त्यसैले मनकामना मन्दिरको पुजारी मगर जातको हुन्छ भन्ने धेरैलाई थाहा छ । स्वयं पृथ्वीनारायण शाहको पहिलो बिहे मगर राजा हेमकर्ण सेनकी छोरीसँग भएको थियो । राजा हुन क्षत्रीय हुनुपर्छ भन्ने ज्योतिष ब्राह्मणका कारण उनले बनारसमा गएर गोत्र परिवर्तन गरी काँधमा जनै पहिरिएका थिए र त्यतैकी राजपुत कन्यासँग बिहे गरेका थिए भन्ने एकथरि ईतिहासकारको भनाई छ । गणतन्त्र आएपछिमात्र पृथ्वीनारायण शाहलाई मिथक पात्र बनाउने कोसिस अन्त गरिएको छ र गुरु गोरखनाथको छाद खान नमानेर खुट्टामा झरेको सन्दर्भ किंवदन्ती मात्र मानिएकोछ ।
मौन ईतिहासमाथि भाटगिरी
देहरादून नजिकको नालापानीमा बीर बलभद्र कहलिएका हाम्रा सेनानायक उतैबाट पंजाबका राजा रणजितसिंहको फौजमा भर्ना हुन गएको तथ्यबारे हाम्रो ईतिहास धेेरै बोलेको छैन । लाहौरमा गएर लाहुरे बन्ने उनी पहिलो नेपाली ( गोर्खाली ) हुन रे । नालापानि किल्लामा मारिएका महिला र केटाकेटि को थिए ? लडाईको किल्लामा उनीहरुलाई किन राखिएको थियो ? हाम्रो ईतिहास केही पनि बोल्दैन ।
गोर्खा- कम्पनीको लडाईमा नेपालदरबारको कार्यनीति बनाउनेहरुलाई युध्दक्षेत्रको परिस्थितिको सहि आकलन नै थिएन भन्ने कुरा जगजाहेर छ । त्यसभन्दा अघि गोर्खाराज्यको निर्माणताका समेत यस्तै भद्रगोलको अवस्था थियो । बिकट बाटोघाटोका कारण बिजितक्षेत्रमा सरकारको नियन्त्रण हुनसक्ने अबस्था थिएन । राज्यले न कर्मचारी पाल्ने हैसियत राख्थ्यो, न सरहद भित्र शासन गर्न । यसकारण " जिउधन सरकारको" भन्ने अवधारणासंगै सुदूर पश्चिममा त यो भद्रगोलको अवस्थालाई " गोरख्यौल " भनेर नै नाम दिइयो । यथार्थमा राजा भुुमीका मालिक भए । तर यसबाट उनी कुनै उत्पादन संग्रह गर्न सक्दैनथे । फलत: बिर्तावाल, किपटवाल, गुठियार, मुखिया, रजबार आदि छोटेराजा भएर कुत आम्दानी उठाउदै दलाली कमिसन खान थाले । यस परिस्थितिमा राष्ट्रको ईतिहास कसरी लेखियो होला? बिचारणिय छ ।
केही स्वनामधन्य बिद्वानहरुले नेपालको ईतिहासलाई यतिबेला झन भद्रगोल बनाई दिएकाछन । ऐतिहासिक यथार्थ भन्छ, नेपालका आदिबासी खस जातिका मानिस हुन् । झण्डै छ हजार वर्ष अघि तिनीहरू ककेससबाट पूर्वतिर लागे । सिधै आउँदा उनीहरू मानसरोबर आइपुगे । मानसरोबरबाट दक्षिण लागेका कसहरू, खस भएर जुम्लाबासी भए । खसको जात थिएन । खसहरू बोन धर्मका नजिक थिए । ईश्वर तिनीहरूका लागि निराकार थियो । खस जातिका तीन बिशेषता थिए- मतवाली, मष्टोपुजक र जातपात बिहिन ।कालांतरमा उनीहरू जुम्लाबाट विभिन्न दिशातिर फैैलिए । बिस्तारै उनीहरू बाहुन, क्षेत्रीमा विभाजित हुँदै गए । केहि दलित पनि भए । त्यसैले खस जातिका बाहुन क्षेत्री र दलितहरूको थर मिलेको हो । जुम्लाबाट ओरालो लागेका बाहुन क्षेत्रीहरूसंग उनीहरूभन्दा तीन हजार वर्षपछि नेपाल पसेको कान्यकुब्जी ब्राह्मण संस्कृति सम्मिश्रण भएपछि एउटा भिन्नखाले मिश्रित " पहाडी" सहसंस्कृतिको बिकास भयो । ती खसहरूको वर्तमान परिचय मस्टो पूजकका रुपमा मात्र देखिन्छ । मस्टो पूजन निराकार हुन्छ । कुलपूजामा कुनै देवदेवी हुँदैनन्, अपितु लोहोरो आकारका केही ढुङ्गाहरू हुन्छन् । आजको राजनीतिक विश्लेषणमा अन्य बनाइएका खसहरू चिनारी अहिले यही मस्टो र कुलपूजामा बेरिएको छ । यसरी दुई महान सभ्यता मिलेर नयाँ सभ्यता बनेकोछ- जसलाई अचेेल " खस-आर्य " नाम दिएर सम्बैधानिक बर्गिकरणमा अन्य समुहमा राखिएकोछ ।
यिनै वैदिक आर्य अर्को किसिमले पनि नेपाली भूमिमा आइपुगे। गंगा मैदानबाट क्रमश: बस्ती फैलिँदै फैलिँदै नेपालको तराईसम्म उनीहरू आइपुगेका छन्। राजा जनक र गौतम बुद्धको समयअघि नै यहाँसम्म उनीहरूको बस्ती फैलिसकेको देखिन्छ। यसरी फैलिएको बस्तीमा अष्ट्रिक र द्रविडहरू पनि छन्। उनीहरू जात व्यवस्थासहित यहाँसम्म आइपुगेका हुन्। वैदिक आर्यको यो समूह नै अहिले मधेसी भनेर चिनिन्छ।
यिनै वैदिक आर्य अर्को किसिमले पनि नेपाली भूमिमा आइपुगे। गंगा मैदानबाट क्रमश: बस्ती फैलिँदै फैलिँदै नेपालको तराईसम्म उनीहरू आइपुगेका छन्। राजा जनक र गौतम बुद्धको समयअघि नै यहाँसम्म उनीहरूको बस्ती फैलिसकेको देखिन्छ। यसरी फैलिएको बस्तीमा अष्ट्रिक र द्रविडहरू पनि छन्। उनीहरू जात व्यवस्थासहित यहाँसम्म आइपुगेका हुन्। वैदिक आर्यको यो समूह नै अहिले मधेसी भनेर चिनिन्छ।
किन ईतिहासमा लप्पनछप्पन लेखिन्छ?
यसरी गलत ईतिहास लेखिने कारणहरु धेरै हुन सक्दछन । बाध्यात्मक अबस्था वा सुनियोजित षडयंत्रबाट पनि यस्तो ईतिहास बन्न सक्छ । आफुुलाई माथि अरुलाई तल पार्न, ईतिहासमा पनि आलंकारिकता थपेर शक्तिशाली औजारको रुपमा प्रयोग गर्न वा अरुले लेखेको बिश्वास नगरि आफनो बारेमा आफैै लेख्न थाल्दा पनि गलत ईतिहास लेखिन सक्दछ ।
तर बिडम्बना तब शुुरु हुन्छ, जब यसरी नयाँ रुप दिदादिदै मूल रुप नै बिकृत हुन्छ ।मुलत: लेखन कार्य बिचारको प्रतिबिम्बन पनि हो । गोराहरुले पस्किएको पु्र्बिय बिम्ब मौलिक आस्था, बिश्वास र तौरतरिका भन्दा भिन्न हुने नै भयो । उनीहरुको सोच संकुचित र बिकृत देखिने नै भयो ।
पश्चिमका इतिहासकार पुर्बिय कालगणनासंग अनभिज्ञ थिए । हिन्दु पंङ्चाङ्गमा आधाारित बिक्रम सम्बत ग्रेगरियन पात्रोभन्दा ५६ बर्ष ८ महिना १५ दिन पछाडी हुन्छ ।त्यसै गरि बिक्रम सम्बत भन्दा शक संवत् १३५ बर्ष र नेपाल सम्बत ९३६ बर्ष कान्छो छ । हाम्रो पंचाङ्गमा चारयुगको हिसाबकिताब छ । यसै अलमलमा ऐतिहासिक तिथिमिति फरक पर्न सक्छन । हाम्रो ईतिहासले अंंग्रेजहरुका टिपोट र ब्याख्यालाई शिरोपर गरेकोछ ।उनीहरुले आफुु अनुकुल हुनेगरि किम्बदन्तिहरुको कल्पना गरेका पनि हुन सक्छन । संस्कृतको अधकल्चो ज्ञान र पुरातात्विक बस्तुको भ्रमात्मक समिक्षाले पनि हाम्रो ईतिहासलाई गलत बनाउन भरथेग गरेकोछ । कथित बिदेशी बिद्वानहरुको यात्रा वर्णन र अनुबादित कथांशलाई हामीले ईतिहास भन्दै आएकाछौ ।
बिडम्बना हेरौ न, बास्तबमा गोर्खाली लडाकाहरु धनुषबाण खुुडाखुकुरी मात्र चलाउथे । यिनीहरु करकापबाट मोर्चामा सामेल भएका हुन्थे ।पुराना तोपका पार्टपुर्जा डोकोमा बोक्थे र गढीगौडामा पुगेपछि मात्र नटबोल्ट कस्थे । यो परिस्थितिमा अंंगरेजको सामरिक नीति अगाडी निरीह हुनै पर्थ्यो, भए । दुबैतर्फका शासकलाई आआफनो सत्तालाई बैध बनाउदै ईतिहास लेख्नु थियो, लेखे ।
सुदूर पश्चिमका सवालमा ; ईतिहासको एकोहोरो हेराइ
अछाम र डोटीलाई नेपालमा मिलाएपछि सन् १७९० को शुुरुतिर अमरसिंह थाापाको नेतृत्वमा गोरखापल्टन हालको पश्चिम सिमाना महाकाली नदिसम्म पुग्यो । यस फौजलाई अलखनन्दा वारिसम्म दखल गर्न कुनै ठुुलो युद्ध लडनु परेन । गढवालका राजासंग युद्ध चल्दा चीनले काठमाडौंमा आक्रमण गरेकोले अमरसिंह थाापाले गढवालसंग सन्धि गरि यो फौज सन १७९१ मा काठमाण्डौ फर्क्यो । यसअघि र पछिको अवधिमा समेत यो क्षेत्रले थुुप्रै आरोह अबरोह बेहो-यो । सन् १७७९ सम्म डोटी स्वतन्त्र राज्य थियो । १७९१ को नारिदाङको लडाइपछि मात्र यो गोरखाराज्यमा गाभियो । तर आजपर्यन्त नेपालको इतिहासमा डोटी प्रदेशको गणना पुछारको कुना सुदूरपश्चिम इलाकाका अर्थमा राखिएकोछ । अचेेल पनि यो ७ नं प्रदेश बनाइएकोछ । हिमालक्षेत्रको पहिलो राजबंश कत्युरकालिन उकुदरबार होस या एकहजार तीनसय बर्ष अगाडीको नागिमल्लको अजयमेरुकोट होस् , नेपाली इतिहासकारका नजरमा ती कहिल्यै परेनन । नेपालको ईतिहासमा हिमालवारिपारि शाासन गर्नेे सिंजाली राजाहरुभन्दा आफनो राज्यका कति घरमा भात पाक्यो भनेर धुुवाँ हेरिबस्ने कान्तिपुरे राजाहरुको राज्य नै विशाल ठहरिएकोछ । सुदुर भेेगका कोऽर, कोर या कुँँवर नै राजधानीका श्री३ राणाजी हुन भनेर सैयौ बर्षसम्म यो इतिहासले लेख्न सकेन । देउचेली, डोलामैयाँ, अधेेकारानीहरुका कथा हाम्रो इतिहासमा कहिल्यै अटाएनन् । तथ्यहरुको बलात काशीकरण गरियो । यसरी हामीलाइ आफनै देशको गलत ईतिहास पढाइएकोछ ।
सुदूर पश्चिम नेपालको मध्यकालिन ईतिहासमा जुम्ला र डोटी नै प्रमुख केन्द्र हुन् । पाँचौ शताब्दी सम्म त सिंजा साम्राज्यकै रुपमा बिकसित थियो । तर त्यसपछिका कालक्रममा यी दुबै केन्द्र कहिले खुुम्चिने र कहिले बिस्तार हुने सिलसिला चल्यो । यसरी कैयौ लडाई लडिएका साक्ष्य सुदूरमा अझैै बाँकि छन । यो भुुरे टाकुरे राजाहरुको लडाई गोरखाली बिजयसंगै सकियो । तर यी बिजेताहरुलाइ परपश्चिमेहरुले कहिले पनि आफनो भनेर सकारेनन ।
कर्णालीपारिका मानिस अहिले पनि वारिकालाई पूर्वीया भनेर फरक दृष्टिले हेर्छन्। यस्तो दृष्टिकोण त्यसै बनेको होइन, बरू फरक धरातलहरुको बलजफ्ति एकीकरण हुँदाको दर्दनाक इतिहासको निरन्तरता नै हो। यो घृणाको कारण इतिहासमा छोपिएको छ। इतिहासमा छोपिएको तथ्यलाई आज पनि न्याय गरेनौं भने उनीहरूको मनमा अहिले पनि घृणा भइरहने भयो। अत्याचार भएको विषयलाई एक हजार वर्षपछि भए पनि जस्ताको तस्तै अत्याचार नै हो भन्न सक्नुपर्छ। मानवचेतना र अरूमा एउटा फरक यही त हो। हाम्रो इतिहासको थुप्रै सन्दर्भ गलत सूचना लुकाउने या मनगढन्ते सूचना दिने गरी बनाउन लगाइएकोछ । नयाँ पुस्ता यो भ्रम चिर्न चाहन्छ । इतिहासमा भएका अत्याचारलाई छोप्दै जाने, फेरि नयाँ अत्याचार गर्दै जाने हो भने आममानिसमा घृृणाभाव रहिरहन सक्छ । एक अर्कामा अबिश्वास र घृृणा कायम रहदा राष्ट्रिय एकताको भावना पैदा गर्न गारो पर्छ । त्यसैले, राष्ट्रका महत्वपूर्ण घटनाको कथित इतिहाससँग नयाँ पुस्ताले सरोकार राख्नैपर्छ । हामिलाई पढाइएको गलत इतिहासमाथि थप अनुसन्धान र बिचार-बिमर्श आवश्यक छ।
No comments:
Post a Comment