Wednesday, September 7, 2016

उदास समय र ध्वस्त यात्रा

केहि उनले खोजेका थिए,
केही मैले चाहेको थिए ।
न हामी सबै पाउन सक्थ्यौ,
न हामी सबै छोड्न चाहन्थ्यौ ।
       यहि अनिर्णित मायालु समयमा हामी जोडियौ,
       कहिले यता मोडियौ, कहिले उता मोडियौ ।
       कहिले आपसमै ठोक्कियौ, कहिले झोक्कियौ, 
        न थाकेर रोकियौ, न फुुर्सदिला भयौ ।
उकालि ओरालि दौडिरह्यौ, दौडि रह्यौ  ।
उदास यात्रा र डरलाग्दो बाटोमा
गुमाउनु त के पो थियो र ?
पाउन पनि त केही पाएनौ ।
         थोरै चाहना आफैैभित्र लुकाइ रह्यौ।
         धेेरै भावना आँँखाबाट बगाइ रह्यौ ।
          खिया लागेका साछि झ्यालहरुमा 
         मरेको समयबारेमा लेखिरह्यौ ।
बहकिएको मनभरिका रिता डोब बोकेर,
उदास समयको यो ध्वस्त यात्रामा
न  केही पायौ, न केही गुमायौ ।
शुुन्यमा हिंडि रह्यौ, कुदि रह्यौ ।। 
                 ---------०७३/५/२२, काठमाडौ  ।


 



No comments:

Post a Comment