बूढो माझी र समुद्र (उपन्यास)’ विश्वप्रसिद्ध उच्च कोटिका कृतिहरूमध्ये एकमा पर्दछ । एउटा बूढो माछा मार्ने माझीको संघषशीलतालाई यसरी प्रस्तुत गरेको छ कि जसबाट यसका पाठकहरूले सहजै ग्रहण गर्न सक्छन्– मान्छे भएर जन्मेपछि मृत्युपर्यन्त संघर्षशील जीवन भएर बाँच्न सक्नुपर्छ र जीवनका जस्तासुकै कठोर चुनौतीहरूलाई पनि बूढो माझीले माछासँग लाप्का खेलझैं खेल्न सक्नुपर्छ । संसारलाई संघर्षशील भएर बाँच्न प्रेरित गर्दै आफू भने बूढेसकालमा पेस्तोल पड्काएर आफ्नो इहलिला समाप्त गर्ने विश्व प्रसिद्ध स्रष्टा हुन् अर्नेस्ट हेमिङ्ग्वे, जसबाट लेखिएको थियो माथि उल्लेखित संसार प्रसिद्ध उपन्यास ‘बूढो माझी र समुद्र’ ।
उपन्यासमा एकजना बूढो पात्र (सान्टीयागो) छन् जसको जीवीका माछा मार्ने काममा अडेको हुन्छ । माछा पकड्ने सिलसिलामा एकपल्ट ऊ किनाराबाट धेरै टाढा पुग्छ । उसले तीनदिन लगाएर ठूलो माछा बल्छीमा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन। किनारा (बस्ती)मा मानिसहरू बुढा मान्छेको लागि चिन्तित हुन्छन । ऊ माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछा(सार्क)ले लुछ्दै खान्छन् । जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ। माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ। त्यस पछि अरु माझि(सहयोगी) हरू सधै संगै माछा मार्न जाने प्रण गर्दछन् ।सान्टीयागो भने जवानीमा सेता सिंहहरूको छेउ अफ्रिकि समुन्द्री तटमा भएको कल्पनामा डुब्छ ।
मेरो गाउँको लोकसाहित्यमा एउटा यस्तै लोक गीति कथा बहुतै लोकप्रीय छ । जीवन संघर्षमय त छ नै । तर पनि जीवन -यात्रा परबाट हेर्दा प्रहसनमय पनि छ । गम्भीर बिषयलाइ कौतुहलपुर्ण बनाएर बताउने लोक मनिषिहरुको एउटा जीवन सन्दर्भको गाथाबाट लोक जीवन बुझ्न सकिन्छ ।
गाउँघरका सबै बुढापाका माछामार्न गए पनि आफनो बूढो घरैमा बसेको देखेर घरबुढिले कचकच गरेपछि बुुढो झोकिन्छ । माछा मार्ने जाल र कखेलो ( डोरिले बुनेको विशेष किसिमको स्थानिय परंपरागत झोला ) खोज्न लगाउछ र खोलातिर जान्छ ।
सबका बूड़ा माछी मारि लिउना,
इन मेरा बुड़ा घरै बसि रन्ना...
एइ घर उइ घर मछाकि बास,
इसा खसमकि कि माण आस...।
मछाको बास गाड़कि ताल,
ल्या बुड़ि कख्यालो ल्या बुड़ि जाल।
#काँ तेरी कख्याली काँ तेरी जाल,
घोड़मेड़ा कख्याली फरब्याट्टि जाल .
घुसघुस्या बड्डो उनि खोलि रड्डो
जोइकी कुरडीले उनि खोलि बड्डो
----
खोलामा पैलोचोटि जाल हान्यो । केही परेन । दोस्रोपल्ट खुुर्पाको बींड जत्रो सानो माछा मात्र प-यो । तेस्रो प्रयासमा रुखको सानो जरा जत्तिको माछा जालमा आयो । चौथो पाचौ खेेप पनि सित्तै गयो । अन्तमा यतिकै रात पर्न थाालेपछि सहर माछा पाइने ठुुलो तालमा जाल हान्यो र कखेलो भरिने गरि ठुुलो स:र माछा मारेर बूढो घर फर्क्यो ।
पैल्लिकी साँट छम्काइ हालि जाल
छम्काइछ जाल गाड़की ताल
पैल्लीका छम्काकि झुरि न फुरि
दोसरा छम्का छम्काइछ जाल
दोसरा छम्काकि अँसभिण्या माछो,
तेसरा छम्का छम्काइछ जाल
तेसरा छम्काकि बग्जड्या माछो
चौथा छमककि छम्केइ जाल
माछि न ताछि छम्केइ जाल
पाँचौ साटकि छम्केइ जाल
झुुरि न फुुरि छम्केइ जाल
डुबिगया दिन पडिगैछ रात
को सुण कुरणि को सुण बात
सःरकि ताल छम्काइ हालि जाल
बुड़ाकि जाल पडिगयो सःर,
सरै सःरले कख्याली भर ....
कख्यालि बोकि बड्डो सज्सज रड्डो
घुसघुस बड्डो त घर तिर रड्डो ।
यता बुढा फर्कन ढिलो भएकोमा बाघ भालुले पो खायो कि सर्पले पो टोक्यो कि भनेर बुढि एक मनले चिन्ता गर्न थालिन् , अर्को मनले माछाका परिकारको कल्पना गर्न थालिन् ।।
आधि सरक् मणि रिट्टाछ काग
कि मेरा बुड़ा लागिगैछ बाग
जेठ बैसाग फुलन्ना मालु
कि मेरा बुड़ा लै गैछ भालु...
- घरकि करड़िमणो किर्बिर्या स्याप
सड़्सड़ हुन्नाछे आइगयो क्याब?
मालुका पातका बनौंला पुड़ा
सज्सज औन्या इन मेरा बुड़ा
नून लाई खौंला चुक लाइ खौंला
व मेरा बुड़ा सङ्ङै मरि जौंला ।
बुढा माछा बोकेर फर्किए । जोरजाम सकियो । परिकार बने । मर्यादा अनुरुप सबैलाई बुढिले भाग लगाइन् । खानेबेला बुढाको मन मानेन । अरुको भागबाट पनि अलिअलि झिक्दै खान थालेपछि फेेरि बुढि कचकच गर्न थालिन् । दुई बुढाबुढिमा फेेरि झगडा प-यो र अन्तमा दुबै जना भोकभोकै एक्लाएक्लै सुत्न गए ।
पटकन क्यालेब सड्डाम गरि
बुढिकि डीठ बुढामाइ पणि
ले बुढि कख्यालो ल्या बुणा जाल
खोज बुणि मसला खोज बुणि तेल
-नुन लायो माछो चुक लायो माछो
चुक लायो माछो बेगर लायो माछो
एइ घर दी छ उइ घर दी छ
सासु परायाकि गोल्या दुनु लाइछ,
सौति रे नन्दुकि चिर्या दुनु लाईछ
ठुल्ठुला डल्ला लडुलीका पल्ला
यो बुड़ो नाठ्यो सो बुड़ो नाठ्यो
नाठ्यो ट नाठ्यो करड़ि बुड़ो नाठ्यो
लडुलिका बणाकोलै खाइ बुडो नाठ्यो
लडुलीकी इज्याको जाँङड़ो टोड़ि नाठ्यो.
यैै मेरा बुणा सुद्दि न बुद्दि
बुणाकि धीत त कभै न मद्दि
दुई बुणाबुणि भैै हाणाहाण
तै बुणो बिसौरि तैं बुणि राण
ले तेरो कखेलो ले तेरि जाल
बुणो पस्यो मजेला बुढि गै पाऽण ।।
यसरी एउटा रमाइलो जीबनको एक दिन तुरीन्छ । दिनभरीको मेहनतका बाबजूद बुढाबुढी एक्लाएक्लै भोकै सुत्छन । शायद यी हाम्रा गाउले बुढा पनि त्यो राति त्यहि माछो देख्दा हुन र त्यस्तै माछा कहाँ पाइएलान भनेर झोक्राइ बसेका होलान । कथानकमा स्थानभेद भए पनि हेमिङ्वेको कथा र यस कथामा एउटै जीवन चेत बोलीरहेकोछ ।
यसरी लोककबिहरुको हास्यब्यंग चेेतना अबिरल बगिरहन्छ । केही बोलहरुमा स्थानभेद अनुरुप अलिअलि फरक परे पनि कथाबस्तुले एउटै सिलसिलालाई मनोरञ्जक ढंंगले हत्जोड्या खेेलमा बाँधेर राखेको हुन्छ । आखिर हाम्रो जिबनको अन्तिम नियति पनि यस्तै छ । कति हार्दिक र निष्कपट अभिब्यक्ति छ यो लोकबाङमयमा । सानोछदा यो गीतिकथा कहिले गाउनुहुन्छ भनेर म बुवालाइ सोधिरहन्थे । घुसघुसे बड्डोको गाथामा गाउका युबकहरु मच्चिमच्ची खेल्थे, नाच्थे । अहिले त डेउडाको नाममा वास्तविक लोक दर्शन हराउदै जाँदो छ । वास्तविक लोकसाहित्य अहिले संंरक्षणको पर्खाइमा छन । सबैलाई चेेतना भया ।
This comment has been removed by the author.
ReplyDelete🙏🙏
ReplyDelete