पर्यटनको सोझो सम्बन्ध प्रकृति, संस्कृति र साहसिक गतिविधिसँग हुन्छ। पर्यटकलाई सन्तुष्टि प्रदान गर्ने पर्यटकीय सम्पदा प्रकृति र संस्कृतिमा आधारित हुन्छन्। यसर्थ कुनै पनि देशको पर्यटन विकासका लागि त्यहाँ रहेका सांस्कृतिक एवं प्राकृतिक सम्पदाको भूमिका महत्वपूर्ण हुन्छ। मनोरम प्रकृतिले भरिपूर्ण सुन्दर दृश्यवालोकन तथा सांस्कृतिक विविधतायुक्त परम्परागत जीवनशैली र सामाजिक चालचलन पर्यटकको मन जित्ने विषय हुन्। नेपालको सर्न्दर्भलाई हेर्दा सन् १९५० को दशकमा हिमाल आरोहणसँगै हिमाली क्षेत्रमा पदयात्रा गर्नेजस्ता प्राकृतिक सम्पदामा आधारित साहसिक पर्यटकीय क्रियाकलाप विस्तारै साँस्कृतिक गतिविधितर्फ उन्मुख भएको देखिन्छ। पदयात्रा क्षेत्रसँगै वासस्थान रहेका समुदायले मनाउने चार्डपर्व, सामाजिक जीवनशैली र सां’स्कृतिक गतिविधितर्फ विस्तारै पर्यटकको रुचि बढ्दै गएको देखिन्छ। देवताको वासस्थान रहेको तथा मन्दिरै मन्दिरको सहर भनेर चिनिने काठमाडौंको स्थानीय मौलिक संस्कृति, चार्डपर्व, मेला तथा जात्राले समेत पर्यटकको रुचि र आकर्षण बढाएको देखिन्छ। यसै क्रममा काठमाण्डौ उपत्यकाको सांस्कृतिक सम्पदा तथा अन्नपूर्ण, लाङटाङ र सोलुखुम्बु क्षेत्रका ग्रामीण सांस्कृतिक जीवनशैली एवं परम्परासमेत पर्यटकका रुचिपूर्ण सम्पदाका रुपमा चिनिँदै आएका छन्। यस सर्न्दर्भमा पर्यटक सन्तुष्टिको स्तरबारे गरिएको एक सवेक्षणका अनुसार पोखरा भ्रमण गर्नेमध्ये ५१ प्रतिशत पर्यटकले नेपालीको जीवनशैली, चालचलन र मैत्रीभावपूर्ण व्यवहारलाई मन पराएको देखिएको छ। यसबाट पनि हाम्रो साँस्कृतिक गतिविधि र परम्परागत मूल्य एवं मान्यता पर्यटकीय दृष्टिमा कति महत्वपूर्ण रहेछन् भन्ने प्रष्ट हुन्छ।
नेपालीको आफ्नो मौलिक परम्परा अनुरुप यति वेला चार्डपर्वको मौसम आएको छ। चार्डपर्व कुनै पनि देशका लागि सांस्कृतिक गतिविधिका धरोहर हुन्। मौलिक संस्कृति र परम्परागत जीवनशैलीमा मात्र चार्डपर्वको यथार्थता झल्कने गर्दछ। विभिन्न चार्डपर्वमा मेला तथा जात्रा भर्ने नेपालीको पुरानै परम्परा हो। यद्यपि पछिल्लो अवस्थामा नेपाल भ्रमण वर्ष १९९८ ले मेला तथा जात्रामार्फत् आन्तरिक पर्यटन प्रवर्द्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गर्यो। स्थाय रुपमा समुदाय मिलेर आ-आफ्नो परम्परा र चालचलन अनुसारको महोत्सव, मेला वा जात्रा गरी ग्रामिण तथा साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने प्रचलन बढ्दै गएको छ। विशेषगरी चार्डपर्व अनुसार आ-आफ्नो समुदाय मिलेर स्थान विशेषमा मेला वा जात्रा लगाउने हाम्रो परम्परागत अभ्यास हो। जस्तो कि जनैपूणिर्मामा गोसाइकुण्ड, माघेसक्रान्तिमा सुनसरीको वाराहक्षेत्र र देवघाट, रामनवमीमा रामजानकी मन्दिर जनकपुर, हरितालिका तीज र शिवरात्रीमा काठमाडौं स्थित पशुपतिनाथलगायतका शिवालयमा मेला लाग्ने गर्दछ। यसरी पर्व विशेषमा मेला लाग्ने समयमा त्यहाँ गरिने सांस्कृतिक गतिविधिले आयोजना स्थलमा विशेष रौनक नै थपेको हुन्छ। तिनै कार्यक्रमको आकर्षणमा मानिस मेला तथा जात्रामा सहभागी एवं अवलोकन गर्न जाने प्रचलनबाट आन्तरिक पर्यटकीय गतिविधिले प्रोत्साहन पाएको देखिन्छ।
समुदाय विशेषले समेत विभिन्न चार्डपर्वमा जात्रा लगाउने मौलिक परम्पराले स्वदेशीमात्र नभएर विदेशी पर्यटकसमेत आकषिर्त भएको पाइन्छ। नेपालको सर्न्दर्भमा नेवार समुदायले जनैपूणिर्मादेखि देखाउने लाखे नाँच, ताय मचा नाच, गाइजात्रा, रोपाइँ जात्रा, भैरवनाच आदि उल्लेखनीय छन्। बैशाख पूणिर्माको अवसरमा गुरुङ समुदायमा देखाइने घाँटुनाँच, माघी पर्वमा मगर तथा थारु समुदायद्धारा प्रस्तुत गरिने चुटका तथा मारुनी नाच, थकाली समुदायमा फागुपूणिर्माको अवशरमा सञ्चालन गरिने यार्तुङमेला, पश्चिम नेपालमा गौरा पर्वको अवशरमा गरिने देउडा नाच, ब्राहृमण, क्षेत्री समुदायमा देखाइने बालन, भजन, चुट्का आदि साँस्कृतिक गतिविधि नेपालमा प्रचलित छन। उल्लिखित पर्वहरूमा समुदाय विशेषबाट प्रस्तुत गरिने पूजापाठ, भजनकीतनसहितको नाचगान, नाटक, झाँकीको प्रस्तुति आदि साँस्कृतिक गतिविधि महत्वपूर्ण पर्यटकीय सम्पदा हुन्। स्वदेशी तथा विदेशी पर्यटक यस्ता साँस्कृतिक गतिविधि अवलोकन एवं स्वयं सहभागी भएर मनोरञ्जन लिन चाहन्छन्। यसर्थ हाम्रो परम्परागत मूल्य, मान्यता र साँस्कृतिक सम्पदाको रुपमा रहेका चार्डपर्व, मेला तथा जात्राहरूको आवश्यक संरक्षण र सर्म्वर्द्धन गर्नेतर्फ राज्यको सम्बन्धित निकायदेखि स्थानीय समुदायसमेतले आवश्यक भूमिका खेल्नुपर्ने देखिन्छ।
नेपालको सर्न्दर्भमा समग्र पश्चिमाञ्चल क्षेत्रलाई लोकसंस्कृतिको धनी रहेको भूभाग मानिन्छ। लोकगीत र संगीतका पारखीका लागि विशेष आकर्षण रहेको यस क्षेत्रको केन्द्र पोखरालगायत तनहूँ, लमजुङ, स्याङ्जा, वागलुङ आदि लोकसंस्कृतिका स्वदेशी तथा विदेशी अध्यताका ल्ाागिसमेत आकर्षक मानिन्छन्। पोखरा उपत्यका नेपालको पहाडी भूधरातलमा बस्ने मङ्गोलियन समुदाय र आर्य समुदायको साँस्कृतिक सम्मिश्रणको संगम स्थलको रुपमा रहेको छ। विभिन्न समुदायको आ-आफ्नो जीवनशैली, भाषा, चार्डपर्व एवं लोक परम्परा र संस्कृतिले गर्दा यो क्षेत्र साँस्कृतिक सम्पदमासमेत धनी छ। मूलतः गुरुङ, मगर, नेवार, क्षेत्री, व्राम्हाण आदि समुदायका लोकसंस्कृतिले गुञ्जयमान यस क्षेत्रको पर्यटन विकासमा सांस्कृतिक गतिविधिको भूमिकासमेत महत्वपूर्ण रहन सक्छ। यद्यपि हाम्रा पुर्ख्ााहरूले संरक्षण गरी नासोका रुपमा हामीलाई सुम्पिएका यस्ता सां’स्कृतिक धरोहरलाई पर्यटकीय सम्पदाका रुपमा यथोचित विकास गरी आवश्यक लाभ लिन सकिएको अवस्था छैन। सबै समुदायले परम्परालाई निरन्तरता दिनमात्र होइन कि आफ्नो पहिचान र गौरव बचाउँदै पर्यटकीय गतिविधि प्रवर्द्धनमार्फत् जीवनस्तर सुधार गर्न आ-आफ्ना सां’स्कृतिक गतिविधिको संरक्षण गर्नु आवश्यक छ।
विश्व पर्यटन बजारमा पर्यटक आवगमनको दृष्टिमा दोस्रो स्थानमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत महत्वपूर्ण साँस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ। विशेष गरी बौद्धमार्गीको बसोबास रहेको उक्त भूभागसँग हाम्रो हिमाली जनजीवन र त्यहाँको संस्कृति मिल्दोजुल्दो पनि छ। धर्म, संस्कृति, रीतिरिवाज, भाषा, परम्परागत जीवनशैली आदि विषयमा हाम्रो हिमाली जनजीवन तिब्बतीयन भूमिसँग सामिप्यता राख्दछ। आज तिब्बतले करोडौं पर्यटलाई आकर्षण गरिरहेको अवस्था छ भने हामी किन गर्न सक्दैनौ ? विचारणीय प्रश्न छ। धमाधम खुल्नका लागि चर्चा पाइरहेका उत्तरी नाकाहरूको कुरा गरिरहँदा व्यापार, व्यवसायका साथसाथै सांस्कृतिक पर्यटकको आवगमनको लागिसमेत ती नाका महत्वपूर्ण हुने विषय ख्याल राख्नु आवश्यक छ। त्यसैले सुगम यातायातका साथ साँस्कृतिक पर्यटन प्रवर्द्धनका लागि पनि उत्तरी हिमाली नाकाहरु यथाशीघ्र खोल्ने प्रयास गर्नु पर्दछ। हाम्रालागि उत्तर-दक्षिण रहेका नेपालका दुर्इ छिमेकी चीन तथा भारत व्यापारिक साझेदारमात्र होइनन्, पर्यटनका वाहक पनि हुन्। चीन र भारतबाट मात्रै वर्षमा पाँच करोड बढी पर्यटक विदेश भ्रमणका लागि निस्कने गर्दछन्। त्यस्तैगरी, विदेशबाट सात करोडबढी पर्यटक चीन तथा भारत आउने गरेको तथ्याङ्क विश्व पर्यटन संगठनसँग छ। यी दुबै देशका साँस्कृतिक गतिविधिसँग जोडिएको हाम्रो सामाजिक जनजीवनलाई हामीले पर्यटन विकाससँग जोडनु आवश्यक छ। साँस्कृतिक पर्यटनका सम्भावना र विकासबारे हामीले आवश्यक बहस एवं चर्चा, परिचर्चा गर्नुपर्ने देखिन्छ। त्यसको वस्तुगत अवस्थाको आधारमा आवश्यकता अनुरुपको रणनीतिक सोच, कार्यक्रम र कार्यान्वयनमा पहलकदमी आवश्यक छ। नेपालको वर्तमान पर्यटकीय गतिविधिको अवस्थालाई विश्लेषण गर्दा प्रकृतिमा आधारित पदयात्रा, जलयात्रा, जंगलयात्रा, पर्वतारोहणलगायतका साहसिक गतिविधितर्फ करिब ३१ प्रतिशत पर्यटक आकषिर्त भएको देखिन्छ। अकोर्तर्फ स्वच्छ मनोरञ्जनका लागि भ्रमण गर्ने पर्यटको गन्तव्य स्थल भनेको धार्मिक तथा साँस्कृतिक स्थानहरू नै हुन्। करिब एक लाख ३० हजार पर्यटकले लुम्बिनी भ्रमण गर्नु, एक लाखकै हाराहारीमा मुक्ति क्षेत्रको भ्रमण गर्नु, काठमाडौ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सुचिकृत दरवार स्क्वायरहरू, पशुपतिनाथ, स्वयम्भु, वौद्धनाथ, चाँगुनारायणलगायतका स्थानमा पर्यटकको घुँइचो लाग्नुबाट सांस्कृतिक पर्यटनप्रतिको आकर्षणलाई सहजै अनुमान गर्न सकिन्छ। नेपाल आउने पर्यटकमध्ये करिब ४२ प्रतिशतको आकर्षण रहेको साँस्कृतिक पर्यटनको यस क्षेत्रलाई यथोचित व्यवस्थापन, संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ। यसर्थ हाम्रा चार्डपर्वमा सामाजिक मूल्य, मान्यता र परम्परासँगै जोडिएर आउने साँस्कृतिक गतिविधिको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका लागि पहल गर्नु आवश्यक देखिन्छ ।
No comments:
Post a Comment